237 परमेश्‍वरको पाइलाहरू पछ्याउन धार्मिक धारणाहरू त्याग

पद १

परमेश्‍वरको विश्‍वासमा,

उहाँलाई वचन र आजको कामद्वारा जान्न खोज,

भ्रमित नभई।

उहाँलाई जान्न चाहेमा,

सबभन्दा पहिला उहाँको कामबारे जान्नुपर्छ।

यही हो आधार।

सबै भ्रम जसमा उहाँका वचनको शुद्ध

बुझाइको अभाव छन्,

केवल धार्मिक धारणा हुन्।

ती विकृत र गलत छन्।


कोरस

उहाँले पहिला जसरी काम गर्नु भएपनि

उहाँको आजको कामलाई महत्व दिनैपर्छ,

अनि तिमी धारणा छोड्ने, उहाँको पालन

गर्न सक्ने व्यक्ति हुन्छौ।

तिमी उहाँका वचन र काम पालन गर्न,

पाइला पछ्याउन सक्छौ।

यसरी इमान्दार भई उहाँको पालन गर्ने व्यक्ति हुन्छौ।


पद २

धार्मिक व्यक्तित्त्वले उहाँले आज

बोल्नुहुने वचन लिन्छन् र

पुराना दिनमा सिकेका वचनसँग जाँच्छन्।

आजको परमेश्‍वरको सेवा गरेर पुरानोसँग टाँसिएमा,

तिम्रो सेवाले बाधा ल्याउनेछ;

तिम्रो अभ्यास केवल अनुष्ठान, पुरानो।

धार्मिक धारणासाथ कसैले

पवित्र आत्माको कामको पाइला पछ्याउन सक्तैन।

पाइला-पाइला गरी पछि पर्छन्।

कारण ती चीजले तिनलाई अहङ्कारी बनाउँछन्।


कोरस

उहाँले पहिला जसरी काम गर्नु भएपनि

उहाँको आजको कामलाई महत्व दिनैपर्छ,

अनि तिमी धारणा छोड्ने, उहाँको पालन

गर्न सक्ने व्यक्ति हुन्छौ।

तिमी उहाँका वचन र काम पालन गर्न,

पाइला पछ्याउन सक्छौ।

यसरी इमान्दार भई उहाँको पालन गर्ने व्यक्ति हुन्छौ।


पद ३

उहाँ आफ्नो पुराना वचन, कामसँग टाँसिनुहुन्न।

पुरानो भए त्याग्नुहुन्छ।

के तिम्रा धारणा छोड्न सक्तैनौ?

विगतका उहाँका पुराना वचनसँग टाँसिन्छौ भने,

के यसले तिमीलाई उहाँको काम थाहा छ भनी पुष्टि गर्छ?

पवित्र आत्माको नयाँ प्रकाश स्वीकार्न सक्तैनौ भने,

विगतसँग टाँसिन्छौ भने,

तिमी उहाँका पाइला पछ्याउँदैनौ।

यही रोज्छौ भने तिमी परमेश्‍वर विरोधी हौ।


ब्रिज

मानवले धार्मिक धारणा मात्र छोड्न सकेमा,

उसको दिमागले उहाँको आजको काम, वचन नाप्ने छैन।

उहाँको अहिलेको काम विगतका तरिका भन्दा फरक भएपनि,

पुराना धारणा हटाउन र उहाँको

आजको काम पालन गर्न सक्छौ।


कोरस

उहाँले पहिला जसरी काम गर्नु भएपनि

उहाँको आजको कामलाई महत्व दिनैपर्छ,

अनि तिमी धारणा छोड्ने, उहाँको पालन

गर्न सक्ने व्यक्ति हुन्छौ।

तिमी उहाँका वचन र काम पालन गर्न,

पाइला पछ्याउन सक्छौ।

यसरी इमान्दार भई उहाँको पालन गर्ने व्यक्ति हुन्छौ,

व्यक्ति हुन्छौ, व्यक्ति हुन्छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्” बाट परिमार्जित

अघिल्लो: 236 के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्‍वर देखा पर्नुभएको देख्न सक्छन्?

अर्को: 238 कसरी मानिसले “मुक्तिदाता येशू” स्वर्गबाट ओर्लनुभएको देख्नसक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्