402 साँचो विश्वास भएकाहरूले मात्र परमेश्वरको स्वीकृति प्राप्त गर्छन्
पद १
जब मोशाले चट्टान हिर्काए,
र यहोवाले दिनुभएको पानी निस्कियो,
त्यो उनको विश्वासको कारण थियो।
जब दाऊदले यहोवाको प्रशंसामा, आनन्दित
हृदयले विणा बजाए—
त्यो उनको विश्वासको कारण थियो।
कोरस १
जब अय्यूबले डाँडाकाँडा ढाक्ने वस्तुभाउ र
असंख्य सम्पत्ति गुमाए, जब उनको शरीर खटिराले ढाकियो,
त्यो उनको विश्वासको कारण थियो।
जब उनले यहोवाको आवाज सुन्न र
यहोवाको महिमा देख्न सके,
त्यो उनको विश्वासको कारण थियो।
पद २
पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नु
उनको विश्वासकै कारण थियो।
क्रूसमा टाँगिन, गवाही दिन सक्नु पनि
उनको विश्वासकै कारण थियो।
यूहन्नाले मानिसको पुत्रको महिमित स्वरूप,
उनको विश्वासकै कारण देखे।
जब आखिरी दिनहरूको दर्शन पाए, त्यो उनको विश्वासकै कारण थियो।
कोरस २
अन्यजाती राष्ट्रका मानिसले उहाँको प्रकाश पाउनु
र उहाँ मानिसमाझ आफ्नो काम गर्न देहधारी हुनुभई
फर्कनुभएको छ भनी जान्नुको कारण पनि
तिनको विश्वासको कारण हो, विश्वासको कारण हो।
कोरस ३
उहाँका कठोर वचनद्वारा प्रहार गरिएका
तैपनि सान्त्वना र मुक्ति दिइएका
सबैले के यो कुरा आफ्नो विश्वासकै
कारण गरेका होइनन् र?
उहाँका कठोर वचनद्वारा प्रहार गरिएका
तैपनि सान्त्वना र मुक्ति दिइएका
सबैले के यो कुरा विश्वासकै कारण गरेका होइनन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “विजयको कामको भित्री सत्यता (१)” बाट परिमार्जित