812 पत्रुसले परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे

पद १

येशूसँग हुँदा, पत्रुसले येशूमा प्रेम र

अनुकरण गर्न लायक धेरै कुरा पाए।

येशूमा परमेश्‍वरका धेरै कुरा देखे, उहाँको

जीवन, वचन, कार्य, सब हृदयमा पूर्णतः लिए।


कोरस १

येशू साधारण मानिस हुनुहुन्न भनी बुझे।

उहाँको रूप अरुको जस्तै भए पनि,

मानिसको निम्ति प्रेम, सहानुभूति,

कृपाले भरिपूर्ण हुनुहुन्थ्यो।

उहाँको काम, वचन सबलाई टेवा थियो।

पत्रुसले कहिल्यै नपाएका कुरा पाए।


पद २

पत्रुसले देखे येशू साधारण मानिस झैँ देखिनुहुन्थ्यो,

तर उहाँमा असाधारण आभा थियो।

अद्वितीय येशुका कार्य अरूका भन्दा भिन्न थिए।

उहाँको चरित्र विशेष, हात दृढ, स्थिर थिए।


कोरस २

येशूले कुनै कुरा ठूलो वा सानो बनाउनुहुन्थेन।

आफ्नो जीवन यस्तो तरिकामा जिउनुभयो, जसले

उहाँको चरित्र सामान्य, प्रशंसनीय दुवै देखायो।

उहाँ अनुग्रहसित सीधा बोल्नुहुन्थ्यो।

सब काममा गरिमा कायम राख्नुहुन्थ्यो।


पद ३

येशू चुपचाप रहनुहुन्थ्यो,

कहिले निरन्तर बोल्नुहुन्थ्यो।

दुःखी, मौन वा ढुकुर झैँ खुसी हुन सक्नुहुन्थ्यो।

सिपाही, गर्जने सिंह झैँ क्रोध देखाउनुहुन्थ्यो।

कहिले हाँस्नुहुन्थ्यो, अरु बेला

प्रार्थना गर्नुहुन्थ्यो, रुनुहुन्थ्यो।


कोरस ३

येशूले जस्तो व्यवहार गर्नुभए पनि, पत्रुससँग

उहाँप्रति असीमित प्रेम र आदर हुन गयो।

येशूको हाँसोले खुसी र

शोकले उनलाई दुःखी बनायो।

येशूको क्रोधले उनलाई डरले कँपायो।

तर येशूका माग, कृपा, क्षमाले

उहाँप्रति साँचो प्रेम, आदर, तृष्णा विकास गरायो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसले येशूलाई कसरी चिने” बाट परिमार्जित

अघिल्लो: 806 परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

अर्को: 815 तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्