विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्

पूरक: डेमिङ र सियाओमिङको कथा

हाम्रो सङ्गतिको मुख्य विषयमा प्रवेश गर्नुअघि, सुरुमा एउटा कथा भन्छु। कथा भन्दा के फाइदा हुन्छ? (कथा सम्झन सजिलो हुन्छ।) अहिलेसम्म मैले कति वटा सम्झन सजिलो कथाहरू सुनाइसकेको छु? (दाबाओ र सियाओबाओको कथा।) मैले पछिल्लो पल्ट “दाबाओ र सियाओबाओको कथा” सुनाएको थिएँ। (“मुसाको सिकार” र महिला नेताहरूको कथा पनि सुनाएको थिएँ।) निकै कथाहरू सुनाइसकेको छु। म किन कथा सुनाउँछु? वास्तवमा यसको उद्देश्य मानिसहरूले बुझ्नुपर्ने सत्यताबारे अझै आरामसित, अझै सजिलो पारामा सङ्गति गर्नु हो। यदि मैले सुनाएका कथाहरूबाट तिमीहरूले सत्यता बुझेको भए, अनि यी सत्यताहरूले तिमीहरूको दैनिक जीवन प्रवेशका विभिन्‍न पाटाहरूमा मदत गर्छन् भने, कथाहरू व्यर्थैमा सुनाइएको ठहरिँदैन। यसले तिमीहरूले साँच्चै नै कथामा संलग्न सत्यताहरू बुझ्यौ, साथै यसलाई केवल कथाकै रूपमा मात्र सुन्‍नुको सट्टा सत्यताका व्यावहारिक पक्षहरू पनि बुझ्यौ भन्‍ने देखाउँछ। पछिल्लो पल्ट, मैले दाबाओ र सियाओबाओको कथा सुनाएँ। आज म डेमिङ र सियाओमिङको कथा सुनाउँदै छु। कथा सुन्दै जाँदा, यस कथाले तिमीहरूलाई वास्तवमा के बुझाउन खोज्दैछ अनि यसमा सत्यताको कुन पक्ष संलग्न छ, ती कुराबारे विचार गर।

डेमिङ र सियाओमिङ बाबु र छोरा हुन्। केही समयअघि डेमिङ र उसको छोरा सियाओमिङले परमेश्‍वरको नयाँ काम स्विकारे। के यो राम्रो कुरो हो? (हो।) यो राम्रो कुरो हो। सियाओमिङ सानै छ र अलिअलि मात्र पढ्न सक्छ, त्यसैले डेमिङले उसका निम्ति परमेश्‍वरको वचन दिनहुँ पढिदिन्छ र सियाओमिङले नबुझेका शब्दहरू धैर्य गर्दै बुझाउँछ। केही समयपछि, सियाओमिङले एक व्यक्तिका रूपमा आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने बारेमा धेरै सिद्धान्तहरू, साथै उसले परमेश्‍वरमा विश्‍वास गर्नुअघि कहिल्यै नसुनेको केही शब्दावलीहरू, जस्तो कि समर्पणता, विश्‍वास, इमानदारी, छल इत्यादिबारे बुझ्न थाल्छ। छोराको प्रगति देखेर डेमिङ निकै खुसी हुन्छ। यद्यपि, हालै डेमिङले के याद गर्छ भने, उसले सियाओमिङलाई परमेश्‍वरका वचनहरू जतिसुकै पढेर सुनाए तापनि उसको व्यवहार वा बोलीमा खासै प्रगति भएको छैन। डेमिङ चिन्तित हुन्छ र उसमा एउटा बोझ विकास हुन्छ, अनि ऊ सोच्न थाल्छ: “मैले कसरी मेरो छोरालाई परमेश्‍वरका वचनहरू सुनाएर केही सत्यता बुझाउन सक्छु, उसमा केही परिवर्तन देखाउन सक्छु ताकि अरूले उसलाई अनुमोदन गरून्, उसलाई स्याबासी दिऊन् र ऊ एक असल बालक हो भनेर प्रशंसा गरून्? र त्यसपछि, सियाओमिङको व्यवहार देखेर तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो भनेर प्रशंसा गर्न सक्थे, र मेरो छोरामा आएका परिवर्तनहरूमार्फत अरूलाई सुसमाचार प्रचार गर्न सकिने थियो—यो कत्ति राम्रो हुनेथियो!” आफूमा यस्तो बोझ विकास गरेपछि, डेमिङ सोच्न थाल्छ: “मैले सियाओमिङलाई आत्मआचरणबारे अझ बढी बुझाउन कसरी राम्रोसँग शिक्षा दिन सक्छु, ताकि उसले राम्रो व्यवहार गरोस् र ऊ परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो होओस्? अन्तमा, जब सियाओमिङ एक असल बालक बन्छ र सबैले उसको प्रशंसा गर्छन्, तब यो सबैको महिमा परमेश्‍वरलाई दिन सकिनेथ्यो—यो कत्ति राम्रो हुनेथ्यो! त्यति बेला, मेरो मनको गह्रौँ ढुङ्गा बिसाइने थियो।” के डेमिङले महसुस गरेको बोझ तर्कसङ्गत हो? के यसलाई उसले उचित कार्य गरेको मान्‍न सकिन्छ? (सकिन्छ।) यस दृष्टिकोणबाट हेर्दा, उसको सुरुवाती उद्देश्य सही छ—यसलाई तर्कसङ्गत र उचित कार्य मान्‍न सकिन्छ। डेमिङले सियाओमिङका लागि छनौट गरिदिएको मार्ग सही छ कि गलत? यो असल हो कि खराब? अगाडि बढ्दै जाँदा हेर्दै जाऔँ। डेमिङ यस विषयमा प्रायजसो परमेश्‍वरलाई प्रार्थना र बिन्ती चढाउने गर्छ र अन्तमा एक दिन उसले “प्रेरणा” पाउँछ। कस्तो “प्रेरणा”? उद्धरण चिन्ह भित्र रहेको तथाकथित “प्रेरणा।” यो “प्रेरणा” उद्धरण चिन्हभित्र भएकाले डेमिङले कस्तो प्रकारको मार्गबारे बताइरहेको हुनसक्ला? यस कथामा अब के हुन्छ, तिमीहरू कल्पना गर्न सक्छौ? यो त्यति स्पष्ट छैन, छ त? यो अलिक अज्ञात छ।

एक दिन, आफ्नो छोरालाई परमेश्‍वरको वचन पढेर सुनाइसकेपछि डेमिङले सियाओमिङलाई परमेश्‍वरमाथि विश्‍वास राख्नु राम्रो हो कि होइन भनी निकै गम्भीरतापूर्वक सोध्छ। सियाओमिङले पनि गम्भीर रूपमा यसरी प्रत्युत्तर दिन्छ, “परमेश्‍वरमा विश्‍वास राख्नु राम्रो हो। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसले अरूलाई हेप्दैन, उसमाथि विपत्ति आइपर्दैन, ऊ स्वर्ग जान सक्छ, र मरेपछि उसलाई नरकमा पठाइने छैन।” के सियाओमिङ सही हो? यति कलिलो उमेरमा सियाओमिङले यस्तो भन्‍न सक्नु निकै राम्रो हो। परमेश्‍वरमाथिको विश्‍वासबारे उसको बुझाइ निकै सरल छ, यो प्राथमिक र अति नै सतही छ, तर उसका निम्ति यसले गहन अर्थ राख्छ। यो सुनेर डेमिङ निकै खुसी हुन्छ र ढुक्क महसुस गर्छ, अनि भन्छ, “स्याबास् सियाओमिङ, तिमीले प्रगति गरेका छौ। तिमीले परमेश्‍वरमाथि विश्‍वास गर्नुको केही आधार छ भन्‍ने देखिन्छ। तिम्रो बाबु निकै खुसी र ढुक्क छ। तर परमेश्‍वरमाथि विश्‍वास गर्नु के साँच्चै यति सरल छ र?” सियाओमिङ केही समय घोरिन्छ अनि भन्छ, “परमेश्‍वरको वचनले यही त भन्छ नि, हैन र? अरू के कुरा छ र?” डेमिङले तुरुन्तै जवाफ दिन्छ, “परमेश्‍वरका मागहरू यति मात्र होइनन्। तिमीले परमेश्‍वरमा यति लामो समयदेखि विश्‍वास गरेका छौ, अनि दाजुभाइ दिदीबहिनीहरू भेट्न आउँदा तिमी उहाँहरूलाई अभिवादन गर्न समेत जान्दैनौ। अबदेखि तिमीले बूढापाकाहरूलाई भेट्दा उहाँहरूलाई हजुरबुबा अनि हजुरआमा भनेर सम्बोधन गर्नू; अधबैँसेहरूलाई भेट्दा उहाँहरूलाई अङ्कल, आन्टी वा दाजु अनि दिदी भनेर बोलाउनू। यसरी तिमी सबैको प्रिय बालक बन्‍नेछौ—अनि सबैको प्रिय बालकलाई मात्र परमेश्‍वरले मन पराउनुहुन्छ। अबदेखि, मेरो कुरा सुन अनि मैले भनेजस्तै गर; मैले कसैलाई जसरी सम्बोधन गर्नु भन्छु, तिमी त्यसरी नै सम्बोधन गर्नु है।” सियाओमिङले आफ्नो बाबुले भनेको कुरा मनमा राख्छ, उसले आफ्नो बाबुले भनेको कुरा सही हो भनेर सोच्छ। उसको कलिलो हृदयमा उसले के विश्‍वास गर्छ भने, उसको बाबु ऊभन्दा पाको हुनुहुन्छ, परमेश्‍वरका वचनहरू पनि धेरै पढ्नुभएको छ, अनि आफूले भन्दा धेरै कुरा जान्‍नुभएको छ। अझै, उसका बाबुले उसको सर्वोत्तम हितलाई ध्यानमा राख्नुहुन्छ र गलत बाटोमा अवश्य डोर्‍याउनुहुन्‍न, त्यसैले उसको बाबुले भनेको जुनै कुरा पनि सही नै हुनुपर्छ। सियाओमिङले सत्यता के हो अनि धर्मसिद्धान्त के हो भन्‍ने कुरा बुझ्दैन तर कम्तीमा पनि उसले असल र खराब, सही र गलत के हो भन्‍ने कुरा जान्दछ। उसको बाबुले बोलिसकेपछि, यस विषयबारे सियाओमिङमा पनि अलिकति बोझ विकास हुन्छ। त्यस बेलादेखि, सियाओमिङ उसको बाबुसित कहीँ कतै गएको बेला कसैसँग भेट हुँदा उसको बाबुले कसैलाई “आन्टी” भन भन्छ भने ऊ “नमस्कार आन्टी” भन्छ, कसैलाई “अङ्कल” भन भन्छ भने, ऊ “नमस्कार अङ्कल” भन्छ। सबै मानिसहरूले सियाओमिङलाई शिष्ट आनीबानी भएको असल बच्चा भनेर खुब प्रशंसा गर्छन्, अनि उसको राम्रो पालनपोषण गरेकोमा डेमिङको पनि निकै तारिफ गर्छन्। सियाओमिङ निकै खुसी हुन्छ, उसले मनमनै सोच्छ, “बुबाको निर्देशन राम्रो छ, भेट्ने जति सबैले मलाई मन पराउँछन्।” आफ्नो बुबाले उसलाई साँच्चै नै असल र सही तरिकाले मार्गनिर्देशन गर्दै हुनुहुन्छ भनेर सियाओमिङ भित्रभित्रै मक्ख पर्छ अनि निकै गर्व महसुस गर्छ।

एक दिन, सियाओमिङ स्कूलबाट घर फर्कने बित्तिक्कै आफ्नो बुबाकहाँ जान्छ अनि भन्छ, “बुबा, तपाईँलाई थाह छ, के भयो? पल्लो घरका झाङ बूढाले कत्रो माछा—” उसको कुरा टुङ्गिनअघि नै डेमिङले बीचैमा भन्छ: “‘झाङ बूढा’ रे? सियाओमिङ, तिमीले कसरी यस्तो भन्‍न सकेको? तिमी अझै पनि विश्‍वासी हौ कि होइनौ? तिमी कसरी उहाँलाई ‘झाङ बूढा’ भन्‍न सक्छौ? मैले तिमीलाई के भनेको थिएँ, तिमीले बिर्स्यौ, वास्तवमा तिमीलाई परमेश्‍वरमा विश्‍वासै छैन रहेछ, तिमी साँचो विश्‍वासी होइनौ। हेर, मलाई याद छ; म तिमीलाई मदत गर्न र सम्झाउन सक्छु। तिमीले उहाँलाई हजुरबुबा झाङ भनेर बोलाउनुपर्छ, बुझ्यौ?” सियाओमिङ सोच्न थाल्छ: “उनलाई हजुरबुबा झाङ भनेर केही बिग्रँदैन।” उसले अझ भन्छ, “अनि पल्लो घरका हजुरबुबा झाङले यत्ति ठूलो माछा पक्रनुभएको छ! बुढी हजुरआमा झाङ त कत्ति खुसी हुनुभयो!” “तिमीले फेरि बिर्स्यौ?” डेमिङ भन्छ। “तिमीले अझै बुझेका छैनौ, केटा। मैले तिमीलाई भर्खरै भनेँ त, तिमीले उहाँलाई हजुरबुबा झाङ भनेर बोलाउनुपर्छ; त्यसको मतलब, त्यही उमेरकी उहाँकी श्रीमतीलाई के भनेर बोलाउनु पर्छ? उहाँलाई हजुरआमा झाङ भन्‍नुपर्छ। यो कुरा सम्झिराख्नू; तिमी कहिल्यै पनि झाङ बुढा वा झाङ बुढी नभन्नू, नत्र मानिसहरू हामीमाथि हाँस्नेछन्। यस्तो भयो भने, त्यो हाम्रा लागि विश्‍वासीका रूपमा कत्ति लाजमर्दो कुरो हुनेछ, हैन र? तिनीहरूले हामी अशिष्ट र अभद्र छौँ, विश्‍वासीजस्ता पनि छैनौँ भनेर भन्‍नेछन्। यसले परमेश्‍वरलाई महिमित तुल्याउँदैन।” सुरुमा त सियाओमिङ झाङ बूढाले पक्रेको ठूलो माछाबारे आफ्नो बुबालाई बताउन निकै उत्सुक थियो, तर आफ्नो बुबाले सुधार गरेपछि भने उसको चासो नै हराउँछ र यसबारे कुरा गर्न मनै गर्दैन। ऊ आफ्नो झोला बोकेर फनक्क फर्किन्छ, अनि हिँड्दै लाग्दा गुनगुन गर्दै भन्छ: “हजुरबुबा झाङ, हजुरआमा झाङ भन्दैमा सबै कुरा तपाईँलाई मात्र थाहा भएको जस्तो। हामीलाई यसको के मतलब? तपाईँ मात्रै आध्यात्मिक मानिस जस्तो!” डेमिङले जवाफ दिन्छ: “अँ, हो, म वास्तवमै आध्यात्मिक छु! अधिकांश मानिसहरूको हकमा, तिनीहरू जतिसुकै बुढो भए पनि, म तिनीहरूको उमेर हेरेरै तिनीहरू कत्ति जेठा छन् भनेर बताउन सक्छु, अनि तिनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर जान्दछु। म पाका मानिसहरूलाई अङ्कल र आन्टी भन्छु—तिमी किन सही रूपमा सम्बोधन गर्न पनि सक्दैनौ? विश्‍वासीका रूपमा, हामीले यो कुरा बिर्सनु हुँदैन; उमेरको हिसाबले लगाउनुपर्ने साइनोलाई हामीले गडबड गर्न मिल्दैन।” यस्तो झपार खाएपछि सियाओमिङलाई पटक्कै राम्रो लाग्दैन, तैपनि भित्रभित्रै उसलाई अझै पनि आफ्नो बुबा सही हो भन्‍ने लाग्छ; उनले गर्ने जुनै काम पनि सही छ भन्‍ने लाग्छ, अनि आफूलाई मन नलागे पनि आफू गलत छु भनी स्विकार्छ। त्यसयता, उसले झाङ बुढा र झाङ बुढीलाई जतासुकै भेटे पनि ऊ तिनीहरूलाई हजुरबुबा झाङ र हजुरआमा झाङ भनेर बोलाउँछ। आफ्नो बुबाले सिकाएका र मनमा हालिदिएका सबै कुरालाई सियाओमिङले मनमा राख्छ। यो राम्रो कुरो हो कि नराम्रो कुरो? अहिलेसम्म त यो राम्रै कुरा जस्तो देखिन्छ, हैन र?

एक दिन सियाओमिङ र उसको बुबा टहल्न निस्कन्छन् र उनीहरूले एउटा छिप्पट सुँगुर्नी आफ्ना पाठाहरूको बथानलाई डोऱ्याउँदै गइरहेको देख्छन्। त्यस सुँगुर्नी र पाठाहरूबीच निकै घनिष्ठ सम्बन्ध हुन्छ। सियाओमिङले सोच्छ, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरू असल छन्; चाहे त्यो सुँगुर होस् वा कुकुर नै किन नहोस्, तिनीहरू सबैमा मातृ नैसर्गिक प्रवृत्ति छ र त्यसको सम्मान गरिनुपर्छ। यस पटक, सियाओमिङ अभद्र र अशिष्ट पाराले त्यसलाई “बुढी सुँगुर्नी” भनेर बोलाउँदैन। गल्ती होला अनि आफ्नो बुबालाई रिस उठ्ला भन्‍ने डरले उसले बिस्तारै सोध्छ, “बुबा, यो आमा सुँगुरको उमेर कति हो? यसले यति धेरै पाठाहरू जन्माइसकी, यसलाई म के भनेर बोलाऊँ?” डेमिङले केही बेर सोचेर भन्छ, “यसलाई के भनेर बोलाउने? यो भन्‍न अलि गाह्रो छ।” आफ्नो बुबा उत्तर नदिई विचारमा डुबेको देखेर सियाओमिङले गुनासो गर्छ: “तपाईँले यति धेरै परमेश्‍वरका वचनहरू पढ्नुभएको होइन र? तपाईँ त मभन्दा पाको हुनुहुन्छ; तपाईँलाई यति पनि कसरी थाहा नभएको?” सियाओमिङको कुरा सुनेर उत्तेजित भएपछि डेमिङ अलि बेचैन हुन्छ र भन्छ: “त्यसलाई हामीले ‘हजुरआमा’ भने कसो होला?” सियाओमिङले सुँगुरलाई बोलाउनअघि नै डेमिङले फेरि सोच्छ र भन्छ, “हामी त्यसलाई हजुरआमा भनेर बोलाउन सक्दैनौँ; त्यसो भन्यौँ भने त त्यो पनि तिम्रो आमापट्टिको हजुरआमाकै दौँतरी हुने भई त, हैन त? त्यसलाई सुँगुर्नी हजुरआमा भन्‍नु त झन् खतम हुनेछ, त्यसो भन्दा त त्यो मेरै आमाको दौँतरी हुनेछे। त्यसले धेरै बच्चा जन्माएकीले हामी त्यसको पहिचान र हैसियतलाई बेवास्ता गर्न मिल्दैन, अनि हामी त्यसको वरिष्ठताबारे पनि गलत हुन मिल्दैन। हामीले त्यसलाई ‘सुँगुर्नी आन्टी’ भन्‍नुपर्छ।” यो सुनेर सियाओमिङ त्यस सुँगुर्नीतर्फ आदरपूर्वक झुक्छ अनि “सुँगुर्नी आन्टी, नमस्कार” भन्दै बोलाउँछ। त्यो सुँगुर्नी झसङ्ग हुन्छे, अनि त्यो र त्यसका पाठाहरू तर्सेर भाग्छन्। यो देखेर सियाओमिङ कतै आफूले गलत साइनो त लगाइनँ भन्दै सोच्न थाल्छ। डेमिङले भन्छ, “त्यो सुँगुर्नी पक्कै पनि खुसी र प्रसन्‍न भएको हुनुपर्छ, अनि त यस्तो प्रतिक्रिया देखायो। भविष्यमा पनि यस्तै परिस्थिति आइपऱ्यो भने, अरूले जे भने पनि वा जे गरे पनि हामीले यस्तै व्यवहार गरिरहनुपर्छ। शिष्ट हुनू अनि सामाजिक संस्कारहरू मान्नू; यो देखेर सुँगुरहरू पनि खुसी हुनेछन्।” यस कुराबाट सियाओमिङले केही नयाँ कुरा सिक्छ। उसले के सिक्छ? ऊ भन्छ, “परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो; सबै प्राणीले एक अर्कालाई आदर गरे भने, शिष्ट भए भने, ज्येष्ठतालाई बुझे भने, अनि बूढापाकाहरूलाई सम्मान र सानाहरूलाई माया गरे भने, सबै प्राणीहरू सौहार्दपूर्वक सह-अस्तित्वमा रहन सक्छन्।” सियाओमिङले अब यो धर्मसिद्धान्त बुझ्छ। यो सुनेर उसको बुबाले सियाओमिङ अब त सिकाएको कुरो राम्ररी बुझ्ने केटो भइसक्यो भनेर प्रशंसा गर्छ। त्यसपछि सियाओमिङ पहिलाभन्दा झनै सभ्य र शिष्ट हुन्छ। ऊ जहीँ गए पनि उसको आनीबानी भद्र हुन्छ अनि ऊ अरूभन्दा अलग देखिन्छ। के ऊ “असल केटो” होइन र? ऊ उद्धरण चिन्हभित्रको “असल केटो” हो। अनि कथा यतिमै टुङ्गिन्छ।

तिमीहरूलाई यो कथा कस्तो लाग्यो? यो निकै रमाइलो छ, होइन र? यो कथा कसरी बन्यो? यो वास्तविक जीवनमा मानिसहरूको बोली, कार्य, व्यवहार, विचार, र दृष्टिकोणबाट लिइएको हो—त्यसैलाई यो लघुकथामा संक्षेपीकरण गरिएको थियो। यो कथाले कुन विषयबारे कुरा गरिरहेको छ? कथामा तिमीहरूले डेमिङमा के-कस्ता समस्याहरू पाउन सक्छौ? सियाओमिङको बारेमा नि? डेमिङको समस्याको सार के हो? सबैभन्दा पहिले, यसबारे सोच: के डेमिङले संक्षेपण र अभ्यास गरेको कुनै अंश सत्यतासँग मिल्दोजुल्दो थियो? (थिएन।) त्यसोभए उसले के अभ्यास गरिरहेको थियो त? (धारणा र कल्पनाहरू।) यी धारणा र कल्पनाहरू कहाँबाट आए? (परम्परागत संस्कृतिबाट।) जड त परम्परागत संस्कृति हो; उसका धारणा र कल्पनाहरू परम्परागत संस्कृतिको संक्रमण, प्रभाव र शिक्षाका उपज थिए। उसले आफूले विश्‍वास गरेको कुरा सबैभन्दा राम्रो, सबैभन्दा सकारात्मक, परम्परागत संस्कृतिका सर्वोत्कृष्ट तत्त्वहरू ग्रहण गऱ्यो, तिनलाई अर्कै स्वरूपमा प्रस्तुत गऱ्यो, र तिनलाई आफ्नो छोराले अभ्यास गर्नका लागि आफूले सत्यता भनेर विश्‍वास गरेको कुरामा परिणत गऱ्यो। के यो कथालाई स्पष्ट र बुझ्न सजिलो मान्‍न सकिन्छ? (सकिन्छ।) तिमीहरूले यो कथा सुनेर के बुझ्यौ र के बोध गर्न सक्यौ, आफ्नो विचार बाँड। (कथा सुनेपछि, मलाई डेमिङको समस्या के लाग्यो भने, उसले परमेश्‍वरमा विश्‍वास गरे तापनि परमेश्‍वरका वचनहरूमा कहिल्यै मेहनत लगाएन। उसले मानिसहरूका परम्परागत धारणाहरूका आधारमा परमेश्‍वरमा विश्‍वास गऱ्यो, अनि यी सतही मान्यताहरू पालन गर्‍यो भने परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ भन्‍ने सोच्यो। परमेश्‍वर वास्तवमा मानिसहरूबाट के माग गर्नुहुन्छ र कसरी एक सामान्य मानवतामा बाँच्नुपर्छ भन्‍ने कुरामा उसले परमेश्‍वरका वचनहरूभित्रबाट खोजी वा मनन गरेन।) डेमिङ के को आधारमा बाँचिरहेको थियो? (धारणा र कल्पनाहरू।) धारणा र कल्पनाहरूअनुसार बाँच्नु खोक्रो वाक्यांश हो; वास्तवमा ऊ परम्परागत संस्कृतिअनुसार बाँचिरहेको थियो, र उसले परम्परागत संस्कृतिलाई नै सत्यताका रूपमा लिन्थ्यो। ऊ परम्परागत संस्कृतिअनुसार बाँचिरहेको थियो—यसमा के कस्ता कुराहरू संलग्न छन्? ऊ सियाओमिङले मानिसहरूलाई खास साइनोहरू लगाएर सम्बोधन गरोस् भनेर किन चाहन्थ्यो? (भन्‍न त उसले यी असल कामहरूमार्फत परमेश्‍वरलाई महिमित तुल्याउनका लागि गरेको हो भनेर भन्यो, तर वास्तवमा, ऊ आफ्नै अभिमानलाई सन्तुष्ट पार्न, आफ्नो बच्चालाई राम्रोसँग शिक्षा दिन सकेकोमा प्रशंसा बटुल्न चाहन्थ्यो।) हो, उसको अभिप्राय यही थियो। उसको शिक्षा आफ्नो बच्चालाई परमेश्‍वरका वचन र सत्यता बुझाउनका निम्ति थिएन; बरु आफ्नो बच्चालाई यस्तो गर्न लगाएर आफ्नै महिमा बढाउनका निम्ति थियो, आफ्नो व्यक्तिगत अभिमानलाई सन्तुष्ट पार्नका निम्ति थियो। यो पनि एउटा समस्या हो। कसैले आनीबानीमार्फत आफूलाई सजिसजाउ गरेर खोल ओडाउनुमा मात्रै ध्यान दिनुमा केही समस्या छ? (छ।) यसले ऊ हिँडिरहेको बाटोमा समस्या छ भन्‍ने सङ्केत गर्छ, र यो सबैभन्दा गम्भीर समस्या हो। सधैँ आफ्नो व्यवहारको सजावटमा ध्यान केन्द्रित गर्नुको उद्देश्य के हो? यो मानिसहरूको प्रशंसा बटुल्न, मानिसहरूलाई आफ्नो चापलुसी गर्ने तुल्याउन र वाहवाही पाउन हो। यसको प्रकृति कस्तो छ? यो पाखण्ड हो, यो फरिसीहरूको दृष्टिकोण हो। जो बाहिरी आनीबानी राम्रो बनाउनमा ध्यान केन्द्रित गर्छन्, जो आफ्नो व्यवहारलाई सजावट गर्नमा ध्यान केन्द्रित गर्छन्, जसले आफ्नो व्यवहारमा धेरै मेहनत लगाउँछन्—के तिनीहरूले सत्यता बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरूले परमेश्‍वरका धेरै वचनहरू पढ्छन् र धेरै मेहनत पनि लगाउँछन्, तैपनि तिनीहरू किन सत्यता बुझ्दैनन्? तिनीहरूले परमेश्‍वरको व्यवस्थापन र मानवजातिको मुक्तिले मानिसहरूलाई सत्यता बुझ्न लगाउने, मानिसहरूलाई सिद्ध पार्ने र तिनीहरूको स्वभावमा परिवर्तन ल्याउने उद्देश्य राख्छन् भनेर बुझ्दैनन्—तिनीहरूले यो बुझ्दैनन्। तिनीहरू सोच्छन्, “मैले परमेश्‍वरको वचन जसरी पढे पनि मानिसहरू सजिलै सहमत हुने, तिनीहरूले कदर गर्ने, स्याबासी दिने कुनै भाषण, कार्य र व्यवहारको सारांश निकाल्नेछु, अनि फेरि म यी नै कुराहरूअनुसार जिउनेछु र वास्तविक जीवनमा यसलाई दह्रोसँग पालन गर्नेछु। एक साँचो विश्‍वासीले गर्नुपर्ने पनि यही हो।”

के तिमीहरूको पनि डेमिङका जस्तै समस्याहरू छन्? अहिले भर्खरै छलफल गरेका प्रस्ट कुराहरू, जस्तै सामाजिक मान्यताहरू पालना गर्ने, ज्येष्ठतालाई ध्यान दिने, ठूलालाई आदर र सानालाई माया गर्ने, अनि वृद्ध र युवाहरूमाझ उचित व्यवस्था कायम गर्ने कुराहरूबाहेक, यस्ता अन्य व्यवहार, विचार, दृष्टिकोण वा बुझाइहरू पनि छन् कि? के तिमीहरू आफै यी मुद्दाहरू खोतल्न र चिरफार गर्न जान्दछौ? उदाहरणका लागि, मण्डलीमा, यदि कोही आफूभन्दा जेठो छ वा उसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ भने, तिमीहरू सधैँ उसलाई इज्जत दिन चाहन्छौ। उनीहरूले बकवास कुरा गर्दा पनि तिमीहरू उनीहरूलाई आफ्नो कुरा सक्काउन दिन्छौ, बीचैमा रोक्दैनौ, अनि कुनै गलत काम गरेकोमा उनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता पर्दा पनि, उनीहरूको कार्य जति नै अनुचित वा भयानक भए पनि, सबैले उनीहरूलाई क्षमा दिनुपर्छ र उनीहरूलाई सहन गर्नुपर्छ भन्‍ने सोचेर तिमीहरू अझै उनीहरूको इज्जत बचाउने प्रयास गर्छौ र अरूको अगाडि उनीहरूको आलोचना गर्दैनौ। तिमीहरू अक्सर अरूलाई पनि सिकाउँछौ: “हामीले वृद्धहरूलाई इज्जत दिनुपर्छ र उनीहरूको प्रतिष्ठामा आँच पुऱ्याउनु हुँदैन। हामीहरू उनीहरूभन्दा कान्छा हौँ।” यो “कान्छो” शब्द कहाँबाट आयो? (परम्परागत संस्कृतिबाट।) यो परम्परागत सांस्कृतिक विचारबाट लिइएको हो। यसका साथै, मण्डलीमा एक निश्चित वातावरण बनाइएको छ, जसअनुसार मानिसहरूले आफूभन्दा ज्येष्ठ दाजुभाइ दिदीबहिनीहरूलाई भेट्दा उनीहरूलाई “ठूल्दाइ,” “ठूल्दिदी,” “आन्टी,” वा “जेठा दाइ” भनेर न्यानो रूपमा सम्बोधन गर्छन्, यस्तो लाग्छ सबैजना एउटा ठूलो परिवारको हिस्सा हो; यी वृद्ध व्यक्तिहरूलाई अतिरिक्त सम्मान देखाइन्छ, जसले अनजानमै अरूको मनमा युवाहरूप्रति राम्रो छाप छोड्छ। परम्परागत संस्कृतिका यी तत्त्वहरूले मण्डलीको वातावरणलाई नै निरन्तर फैलाउने र आकार दिने हदसम्म चिनियाँ जनताको मन-मस्तिष्कमा गहिरो जरा गाडेका छन्। मानिसहरू प्रायः यी अवधारणाहरूद्वारा बाँधिएका र नियन्त्रित भएकाले, तिनीहरू व्यक्तिगत रूपमा त्यसको समर्थन, यस दिशामा कार्य गर्न र अभ्यास गर्न कडा परिश्रम गर्ने मात्र नभई अरूलाई पनि सँगसँगै पछ्याउन निर्देशन दिँदै यस्तै गर्न स्वीकृति दिन्छन्। परम्परागत संस्कृति सत्यता होइन; यो निश्चित छ। तर यो सत्यता होइन भनेर मानिसहरूले केवल थाहा पाउनु पर्याप्त छ? यो सत्यता होइन भन्‍नु एउटा पक्ष हो; हामीले यसलाई किन चिरफार गर्नुपर्छ? यसको जड के हो? समस्याको सार कहाँ छ? यी कुराहरूलाई कसरी त्याग्न सकिन्छ? परम्परागत संस्कृतिको चिरफार गर्नुको उद्देश्य यस पक्षको सिद्धान्त, विचार र दृष्टिकोणका बारेमा तेरो हृदयको गहिराइमा नयाँ बुझाइ प्रदान गर्नु हो। यी पूर्णतया नयाँ बुझाइ कसरी प्राप्त गर्न सकिन्छ? पहिलो कुरा त, परम्परागत संस्कृति शैतानबाट उत्पन्‍न हुन्छ भनेर तैँले जान्‍नुपर्छ। अनि शैतानले मानिसहरूमा परम्परागत संस्कृतिका यी तत्त्वहरू कसरी रोपिदिन्छ? हरेक युगमा शैतानले केही प्रसिद्ध व्यक्तित्वहरू र महान् व्यक्तिहरूलाई प्रयोग गरेर यी विचारहरू, यी तथाकथित भनाइहरू र सिद्धान्तहरू फैलाउने गर्दछ। त्यसपछि, बिस्तारै, यी विचारहरू व्यवस्थित र मूर्त बन्छन्, मानिसहरूको जीवनको झन्-झन् नजिक आउँछन्, र अन्ततः ती मानिसहरूमाझ व्यापक हुन्छन्; बिस्तारै बिस्तारै यी शैतानी विचारहरू, भनाइहरू र सिद्धान्तहरूलाई मानिसहरूको दिमागमा बसाइन्छ। यी विचारहरू मनमा घुसाइएपछि मानिसहरू शैतानबाट आएका यी विचारहरू र सिद्धान्तहरूलाई आफूले अभ्यास र पालना गर्नुपर्ने सबैभन्दा सकारात्मक चीजहरू ठान्‍ने गर्छन्। त्यसपछि शैतानले मानिसहरूको दिमागलाई कैद गर्न र नियन्त्रण गर्न यी चीजहरू प्रयोग गर्दछ। अहिलेसम्म पुस्तौँ पुस्तालाई यस्ता परिस्थितिमा शिक्षित पारिएको, अनुकूलन गरिएको र नियन्त्रित गरिएको छ। यी सबै पुस्ताले परम्परागत संस्कृति सही र राम्रो हो भन्‍ने विश्‍वास गरेका छन्। कसैले पनि यी तथाकथित असल र सही चीजहरूको उत्पत्ति वा स्रोतलाई चिरफार गर्दैन—यसले गर्दा नै समस्या गम्भीर बन्ने हो। धेरै वर्षदेखि परमेश्‍वरका वचनहरू पढेका केही विश्‍वासीहरूले समेत अझै पनि यी सही र सकारात्मक कुराहरू हुन् भनी सोच्छन्, उनीहरू यसले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ, परमेश्‍वरका वचनलाई प्रतिस्थापन गर्न सक्छ भन्‍ने हदसम्म विश्‍वास गर्छन्। अझै भन्‍नुपर्दा, कसै-कसैले सोच्ने गर्छन्, “मानिसहरूका बीचमा बसेर हामीले जतिसुकै परमेश्‍वरका वचनहरू पढे तापनि, तथाकथित परम्परागत विचारहरू र संस्कृतिका परम्परागत तत्त्वहरू—तीन आज्ञाकारिता र चार सद्गुणहरू, साथै परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयता जस्ता अवधारणाहरू—खारेज गर्न सकिँदैन। किनभने ती हाम्रा पुर्खाहरूबाट हस्तान्तरण हुँदै आएका हुन्, जो ऋषिहरू थिए। हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ भन्दैमा हाम्रा पुर्खाहरूको शिक्षाको विरुद्धमा जान सक्दैनौँ, र हामी हाम्रा पुर्खाहरू र ती प्राचीन ऋषिहरूको शिक्षालाई हेरफेर गर्न वा त्याग्न सक्दैनौँ।” यस्ता विचार र सचेतना सबै मानिसको हृदयमा हुन्छ। अनजानमा, तिनीहरू सबै अझै पनि परम्परागत संस्कृतिका यी तत्त्वहरूको नियन्त्रण र बन्धनमा छन्। उदाहरणका लागि, जब कुनै बच्चाले तँलाई बीस वर्ष नाघेको सम्झेर “अङ्कल” भनी बोलाउँछ, तब तँ खुसी र सन्तुष्ट हुन्छस्। यदि उसले तँलाई सीधै नामले सम्बोधन गर्छ भने, तँ असहज महसुस गर्छस्, यो बच्चा त अशिष्ट छ र यसलाई झपार्नुपर्छ भन्‍ने सोच्छस्, र तेरो मनोवृत्ति परिवर्तन हुन्छ। वास्तवमा, उसले तँलाई अङ्कल भनोस् वा तेरो नामै काढेर बोलाओस्, यसले तेरो निष्ठामा कुनै आँच आउँदैन। त्यसोभए उसले तँलाई अङ्कल भनी सम्बोधन नगर्दा तँ किन दुखी हुन्छस्? किनभने तँ परम्परागत संस्कृतिको प्रभुत्व र प्रभावमा परेको छस्; यसले तेरो दिमागमा पहिले नै जरा गाडिसकेको छ अनि मानिसहरू, घटनाहरू र चीजहरू, साथै सबै चीजहरूको मूल्याङ्कन र न्याय गर्नका लागि यही नै सबैभन्दा आधारभूत मानक बनिसकेको छ। तेरो मापदण्ड नै गलत छ भने, तेरा कार्यहरूको प्रकृति सही हुन सक्छ र? अवश्यै सक्दैन। यदि सत्यताका आधारमा मापन गरिने हो भने, तैँले यो मामिलालाई कसरी सम्हाल्नेछस्? अरूले तँलाई के भनेर बोलाउँछन्, तँ मतलब राख्छस्? (राख्दिनँ।) उनीहरूले तेरो अपमान वा बेइज्जत नगरेसम्म तँ मतलब राख्दैनस्—यस्तो अवस्थामा त तँ पक्कै पनि असहज महसुस गर्नेछस्; यो मानवताको सामान्य अभिव्यक्ति हो। यद्यपि, यदि तेरो मापनको मापदण्ड परमेश्‍वरका वचन, सत्यता, वा परमेश्‍वरबाट आएको संस्कृति हो भने, मानिसहरूले तँलाई तेरो नामै काढेर बोलाउन् वा “अङ्कल” वा “दाइ,” जे भनेर बोलाऊन्, तैँले अवश्य नै कुनै प्रतिक्रिया देखाउने छैनस्। यस मामिलामा, तँ स्थानीय प्रचलन पालन गर्न सक्छस्। उदाहरणका लागि, चीनमा जब कसैले तँलाई “अङ्कल” भनेर बोलाउँछ, त्यतिबेला तँ आफूलाई आदरभाव देखाइएको महसुस गर्छस्। तर यदि तँ पश्चिमी देशमा गइस् र कसैले तँलाई “अङ्कल” भनी बोलायो भने, तैँले अप्ठ्यारो महसुस गर्नेछस्; तँ आफूलाई नामै काढेर बोलाएको रुचाउँछस्, यसलाई सम्मानको रूपमा हेर्नेछस्। चीनमा, यदि तँभन्दा धेरै कान्छोले तँलाई तेरो नाम काढेर बोलायो भने, उसले तेरो ज्येष्ठताको ख्यालै नगरेको महसुस गर्दै तँ धेरै दुःखी हुनेछस्; तँ धेरै अपमानित महसुस गर्नेछस्, र तँ रिसाउनेछस् र त्यस व्यक्तिको निन्दा समेत गर्नेछस्। के यसले यसप्रकारको सोचाइमा समस्या छ भनेर देखाउँदैन र? मैले बताउन खोजेको समस्या यही हो।

प्रत्येक देश र प्रत्येक जातिको आ-आफ्नै परम्परागत संस्कृति हुन्छ। के हामी सबै परम्परागत संस्कृतिको आलोचना गर्छौँ? एउटा यस्तो संस्कृति छ, जसको हामीले आलोचना गर्नु हुँदैन। त्यो कुन संस्कृति हो, भन्‍न सक्छौ? म एउटा उदाहरण दिनेछु। परमेश्‍वरले आदमलाई सृष्टि गर्नुभयो; आदमको नाम राख्ने को थियो? (परमेश्‍वर।) त्यसोभए, परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभयो, र तिनीहरूसँग अन्तरक्रिया गर्दा उहाँले मानिसहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ? (तिनीहरूको नाम काढेर।) ठीक भन्यौ, उहाँले तिनीहरूलाई तिनीहरूको नाम काढेर बोलाउनुहुन्छ। परमेश्‍वरले तँलाई एउटा नाम दिनुहुन्छ, र परमेश्‍वरको नजरमा यो नामको अर्थ छ; यसले एक पदनाम, एक उपाधिको काम गर्दछ। जब परमेश्‍वरले तँलाई एक पदनाम दिनुहुन्छ, उहाँले तँलाई त्यही पदनामद्वारा बोलाउनुहुन्छ। के यो सम्मानको एउटा रूप हैन र? (हो।) यो सम्मानको सबैभन्दा राम्रो रूप हो, यस्तो सम्मान जुन सत्यतासँग सबैभन्दा मिल्दो छ र सबैभन्दा सकारात्मक छ। यो नै मानिसहरूलाई आदर गर्ने मानक हो, र यो परमेश्‍वरबाट आउँछ। के यो एक प्रकारको संस्कृति हैन र? (हो।) के हामीले यो संस्कृतिको वकालत गर्नुपर्छ? (गर्नुपर्छ।) यो परमेश्‍वरबाट आएको हो; परमेश्‍वरले मानिसलाई सीधै उसको नाम काढेर बोलाउनुहुन्छ। परमेश्‍वरले तँलाई एउटा नाम दिनुहुन्छ, एउटा पदनाम दिनुहुन्छ, र त्यसपछि यो पदनामलाई तेरो प्रतिनिधित्व गर्न र तँलाई बोलाउन प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूसँग यसरी व्यवहार गर्नुहुन्छ। जब परमेश्‍वरले दोस्रो व्यक्ति सृष्टि गर्नुभयो, उहाँले ऊसित कस्तो व्यवहार गर्नुभयो? परमेश्‍वरले आदमलाई उसको नाम राख्न दिनुभयो। आदमले उसको नाम हव्वा राखे। के परमेश्‍वरले उसलाई यही नामले बोलाउनुभयो? उहाँले बोलाउनुभयो। त्यसैले, यो परमेश्‍वरबाट आएको संस्कृति हो। परमेश्‍वरले प्रत्येक सृजित प्राणीलाई एउटा पदनाम दिनुहुन्छ, र जब उहाँले त्यो पदनाम बोलाउनुहुन्छ, तब मानव र परमेश्‍वर दुवैलाई यो कसलाई उल्लेख गरिएको हो भनेर थाहा हुन्छ। यसलाई सम्मान भनिन्छ, यसलाई समानता भनिन्छ, मानिस विनम्र छ कि छैन, उसको मानवतामा मर्यादाको भाव छ कि छैन, त्यो मापन गर्ने मानक यही हो। के यो सटिक छ? (छ।) यो साँच्चै सटिक छ। बाइबलमा, चाहे यसले कुनै निश्चित घटनाको अभिलेख राखेको होस् वा परिवारको वंशावलीको, सबै पात्रहरूको नाम छ, तिनीहरूका पदनामहरू छन्। यद्यपि, तिमीहरूले एउटा कुरा याद गऱ्यौ कि गरेनौ, म निश्चित छैनँ: बाइबलले हजुरबुबा, हजुरआमा, अङ्कल, आन्टी, ठूलो बुबा, ठूली आमा, र यस्तै अन्य उपाधिहरू प्रयोग गर्दैन; यसले मानिसहरूको नाम मात्र प्रयोग गर्छ। यसबाट तिमीहरूले के पत्ता लगाउन सक्छौ? परमेश्‍वरले मानिसहरूका लागि जे तोक्नुभएको छ, चाहे ती नियमहरू होऊन् वा व्यवस्था, मानवीय हिसाबले मानिसहरूमाझ हस्तान्तरण हुँदै आएको एक प्रकारको परम्परा हो। अनि परमेश्‍वरबाट हस्तान्तरण भएको यो परम्परा के हो? यो त्यस्तो चीज हो, जुन मानिसहरूले पालन गर्नुपर्छ: ज्येष्ठताअनुसारको उपाधिहरूको आवश्यकता छैन। परमेश्‍वरको नजरमा, हजुरबुबा, हजुरआमा, ठूलो बुबा, काका, ठूली आमा, काकी जस्ता जटिल पारिवारिक उपाधिहरू छैनन्। मानिसहरू किन यी श्रेणीअनुसारका उपाधिहरू र पदवीहरूमा धेरै ध्यान दिन्छन्? यसको मतलब के हो? परमेश्‍वरले यी कुराहरूलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। यी कुराबारे किचकिच गरिरहने त सधैँ शैतानकै जातिका मानिस हुन्। यस परम्परागत संस्कृतिको सन्दर्भमा, परमेश्‍वरसँग जोडिएको एउटा अति नै वास्तविक तथ्य छ: परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई सृष्टि गर्नुभयो, र एक व्यक्तिको कति परिवार र सन्तानहरू हुन सक्छन्, उहाँलाई स्पष्ट रूपमा थाहा छ; कुनै पदानुक्रमको आवश्यकता छैन। परमेश्‍वरले केवल फल्दैफुल्दै जान र आफ्नो परिवारलाई समृद्ध पार्न भन्‍नुहुन्छ—तैँले याद गर्नुपर्ने कुरा यत्ति हो। प्रत्येक पुस्ताका कति सन्तानहरू छन्, र ती सन्तानहरूका कति सन्तानहरू छन्—बस्, त्यति नै हो, पदानुक्रमको कुनै आवश्यकता छैन। पछिका पुस्ताहरूले आफ्ना पुर्खाहरू को थिए भनेर जान्‍न आवश्यक छैन, न त उनीहरूले कुनै पुर्ख्यौली भवन वा मन्दिर बनाउन नै आवश्यक छ, न त बलि चढाउन वा उनीहरूको आराधना गर्नै आवश्यक छ। बाइबलमा अभिलेख गरिएअनुसार परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरू, यहोवामा विश्‍वास गर्नेहरू सबैले वेदीको अगाडि भेटीहरू चढाउँछन्। परिवारका सबैजना परमेश्‍वरसामु आउँछन् र भेटीहरू चढाउँछन्। यो चिनियाँहरूभन्दा फरक छ, जहाँ प्रत्येक परिवारमा जिज्यू, बराज्यूहरूका स्मृतिमा खोपिएका पाटीहरूले भरिएको पुर्ख्यौली हल हुन्छ। परमेश्‍वरले पहिलो पटक आफ्नो काम सुरु गर्नुभएको ठाउँमा यी कुराहरू अस्तित्वमा छैनन्। तर, परमेश्‍वरको कामको स्थलबाट टाढा रहेका अन्य ठाउँहरू भने शैतान र दुष्ट आत्माहरूद्वारा नियन्त्रित हुन्छन्। यी बौद्धमार्गी देशहरूमा, यस्ता शैतानी अभ्यासहरू फस्टाउँछन्। त्यहाँ, मानिसहरूले आफ्ना पुर्खाहरूको आराधना गर्नैपर्छ, र सबै कुरा परिवारलाई रिपोर्ट गर्नैपर्छ, सबै कुरा परिवारका पुर्खाहरूकहाँ पुर्‍याउनैपर्छ; पुर्खाको खरानी अस्तित्वमा नरहे पनि, पछिका पुस्ताले धूप अर्पण गरेरै भए पनि शिर झुकाउनैपर्छ। आधुनिक समयमा, पश्चिमी र नयाँ विचारहरूको अझ धेरै सम्पर्कमा आएका र परम्परागत पारिवारिक बन्धन तोडेका केही व्यक्तिहरू यस्ता परिवारहरूमा रहिरहन चाहँदैनन्। तिनीहरू यस्ता परिवारहरूद्वारा निकै कडा र कठोर रुपमा नियन्त्रण गरिएको महसुस गर्छन्, जुनै पनि मामिलामा, विशेषगरी परिवारमा विवाहको कुरा उठ्दा बुढापाकाहरूले हस्तक्षेप गर्छन्। चीनमा, त्यस्ता चीजहरू प्रचलित छन्। शैतानले मानिसहरूलाई ज्येष्ठतामा ध्यान केन्द्रित गर्न लगाउँछ, र यो अवधारणालाई मानिसहरूले सजिलै स्वीकार गरेको देखिन्छ, तिनीहरू विश्‍वास गर्छन्: “हरेक पुस्ताको आ-आफ्नै श्रेणी हुन्छ; शीर्षमा भएकाहरू हाम्रा पुर्खाहरू हुन्। एकपटक ‘पुर्खा’ शब्द उल्लेख भएपछि मानिसहरूले घुँडा टेकेर देवतालाई जस्तै तिनीहरूको आराधना गर्नुपर्छ।” बाल्यकालदेखि नै, व्यक्तिलाई यसरी प्रभाव पारिएको र अनुकूलन गरिएको हुन्छ, अनि उसलाई परिवारमा यसरी हुर्काइएको हुन्छ; उसको कलिलो दिमागमा एउटै कुरा भरिएको हुन्छ: यो संसारमा परिवारबिना बाँच्न सकिँदैन, र परिवार त्याग्नु वा परिवारको बन्धनबाट मुक्त हुनु नैतिक रूपमा निन्दनीय अपराध हो। नैतिक रूपमा निन्दनीय अपराध भन्नाले केलाई इङ्गित गर्दछ? यसले के इङ्गित गर्छ भने, यदि तँ आफ्नो परिवारको कुरा सुन्दैनस् र तँ आमाबुबाप्रतिको कर्तव्य निर्वाह नगर्ने बच्चा होस्, र त्यस्तो बच्चा भन्‍नुको अर्थ तँ मानव होइनस्। त्यसकारण, अधिकांश मानिसहरूले यी पारिवारिक जन्जिरहरू तोड्ने साहस गर्दैनन्। चिनियाँहरू पदानुक्रमका साथै तीन आज्ञाकारिता र चार सद्गुणहरू, र तीन आधारभूत बन्धनहरू र पाँच स्थिर सद्गुणहरू जस्ता अवधारणाहरूद्वारा गम्भीर रूपले अनुकूलित, प्रभावित र नियन्त्रित भएका हुन्छन्। आफूभन्दा ठूलाहरूलाई अङ्कल, आन्टी, हजुरबा वा हजुरआमा भनेर सम्बोधन नगर्ने युवाहरूलाई प्रायः असभ्य र असंस्कारी भएको आरोप लगाइन्छ। यसको मतलब के हो? यसको मतलब तँलाई यस जातीय समूहमा, यो समाजमा निम्नस्तरको मानिन्छ, किनभने तँ सामाजिक मान्यताहरू पछ्याउँदैनस्, तँ संस्कारी छैनस्, अनि मूल्यहीन छस्। अरूहरूको पहिरन चिटिक्क हुन्छ, तिनीहरू स्वाङ पार्नमा निपुण हुन्छन्, र शिष्टता र शालीनका साथ बोल्छन्; तिनीहरू मधुर वाणी बोल्छन्, तर तँ भने कसैलाई अङ्कल वा आन्टी भनेर सम्बोधन पनि गर्न जान्दैनस्। मानिसहरूले तँलाई असंस्कारी भन्‍नेछन्, र तँलाई जहीँ पनि तुच्छ नजरले हेर्नेछन्। यो चिनियाँहरूको मनमा गाडिएको विचारधारा हो। मानिसहरूलाई कसरी सम्बोधन गर्ने भनेर थाहा नभएका केही बच्चाहरूलाई तिनीहरूका आमाबाबुले नराम्ररी गाली वा कुटपिट पनि गर्नेछन्। उनीहरूलाई पिट्दै गर्दा केही आमाबाबुहरूले भन्‍नेछन्, “तँ रूखो, मूल्यहीन र असंस्कारी छस्; म तँलाई नमरूञ्जेल पिट्छु! तँ मलाई लाजमा पार्नु बाहेक अरू केही जान्दैनस्, मलाई मानिसहरूको अगाडि लज्जित बनाउँछस्!” कुनै बच्चाले अरूलाई कसरी सम्बोधन गर्ने भनेर नजानेको कारणले गर्दा आमाबाबुले आफ्नो लाज बचाउन तिललाई पहाड बनाएर बच्चालाई नराम्रोसित कुट्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो सरासर वाहियात कुरा हो! मैले यसरी सङ्गति नगरेको भए, के तिमीहरूले यी कुराहरू महसुस गर्नेथियौ? के तिमीहरू वास्तविक जीवनमा देखिने घटनाहरूमार्फत, वा परमेश्‍वरका वचनहरू पढेर, वा आफ्नै अनुभवहरूद्वारा यी विषयहरूलाई बिस्तारै अनि अलि अलि गर्दै बुझ्न सक्छौ, र त्यसपछि जीवनको दिशा परिवर्तन गर्दै, आफू हिँडिरहेको दिशा मोड्न सक्छौ? यदि सक्दैनौ भने तिमीहरूमा अन्तर्दृष्टिको कमी छ। सबै मामिलाहरूमा, परमेश्‍वरका वचनहरू, परमेश्‍वरका कार्यहरू, र परमेश्‍वरका मागहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नु नै सबैभन्दा सही दृष्टिकोण हो, यसमा एउटा पनि त्रुटि छैन—यो निस्सन्देह कुरो हो। शैतानबाट आउने कुनै पनि कुरा जतिसुकै मानवीय धारणा वा स्वादसँग मिल्दोजुल्दो भए पनि, जतिसुकै सभ्य देखिने भए पनि, त्यो सत्यता होइन तर बनावटी रूप हो।

यो कथा सुनाउनुको उद्देश्य तिमीहरूलाई ज्योति देख्न लगाउनु, सत्यता के हो, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गर्छन्, परमेश्‍वरले मानिसहरूलाई आफ्नो स्वभाव परिवर्तन गर्न अनि सत्यता प्राप्त गर्न लगाउनुको अर्थ के हो, अनि परमेश्‍वरद्वारा व्यक्त सत्यता र उहाँका मागहरू कुनै व्यक्तिले कल्पना गर्न सक्ने कुरा, व्यक्तिले राष्ट्रिय तथा सामाजिक वातावरणबाट पाउने शिक्षा र प्रभावद्वारा आउने विचार, दृष्टिकोण, र विभिन्‍न बुझाइहरूसित सम्बन्धित छन् कि छैनन् भनेर बुझाउनु हो। तिमीहरू सबैले यी मामिलाहरू आफैले पनि चिरफार गर्नुपर्छ। आज, हाम्रो उदाहरणले एउटा पक्षलाई मात्र समेटेको छ। वास्तवमा, प्रत्येक व्यक्तिको हृदयमा परम्परागत संस्कृतिका चीजहरूको कुनै कमी हुँदैन। केही मानिसहरू भन्छन्: “हामीले पदानुक्रमलाई खारेज गर्न खोज्दैछौँ, त्यसैले के मैले मेरा आमाबाबुलाई उनीहरूको नाम काढेर बोलाउन सक्छु?” के यो सही हो? यदि तिमीहरू आफ्नो आमाबाबुलाई आमा र बुबा भनेर सम्बोधन गर्छौ भने, के यसको मतलब तिमीहरू अझै पनि पदानुक्रमलाई पालन गरिरहेका र परम्परागत संस्कृतिमा फर्केका भन्‍न मिल्छ? मिल्दैन। आमाबाबुलाई जसरी बोलाइनुपर्ने हो, अझै पनि त्यसरी नै बोलाउनुपर्छ; उनीहरूलाई आमा र बुबा भनेर सम्बोधन गर्न लगाउनुभएको परमेश्‍वरले नै हो। उनीहरूलाई यसरी नै बोलाइनपर्ने हो; यो त तेरो आमाबाबुले तँलाई “बच्चा,” “छोरा” वा “छोरी” भनेर सम्बोधन गरेजस्तै हो। त्यसोभए मेरो यो कथाबाट मुख्यतः तिमीहरूले के बुझ्नुपर्ने हो? यसले मूलतः कुन मुद्दालाई सम्बोधन गरिरहेको छ? (कुनै कुराको मूल्याङ्कन गर्ने हाम्रो मानक परिवर्तन हुनैपर्छ; सबै कुरा परमेश्‍वरको वचन र आवश्यकताअनुसार मूल्याङ्कन गरिनुपर्छ।) त्यो सही हो। अन्धाधुन्ध आफैले कुराहरू नबनाओ। मानिसहरू सधैँ आफ्नो “सत्यता” आफै सिर्जना गर्न चाहन्छन्। जब तिनीहरूले केही गर्न चाहन्छन्, तिनीहरू तर्क र सिद्धान्तहरूको ठेली लिएर आउँछन्, र त्यसपछि विधिहरूको ठेली लिएर आउँछन्, अनि त्यो ठीक हो कि बेठीक भन्‍ने कुराको केही वास्ता नगरी यसलाई लागु गर्छन्। तिनीहरूले यो वर्षौँसम्म अभ्यास गर्छन्, यसले कुनै नतिजा ल्याए पनि नल्याए पनि त्यसैमा दृढतापूर्वक अडिग रहन्छन्, तर अझै पनि आफूहरूलाई परोपकारी, धर्मी र दयालु ठान्छन्। तिनीहरू सोच्छन्, तिनीहरू जुन जीवन जिइरहेका छन्, ती राम्रा छन्, र यसबाट तिनीहरूले प्रशंसा र वाहवाही बटुल्छन्, र अन्ततः तिनीहरू आफैलाई महान् सोच्न पुग्छन्। मानिसहरू कहिल्यै विचार गर्दैनन्, बुझ्ने प्रयास गर्दैनन्, वा प्रत्येक मामिलामा परमेश्‍वरका आवश्यकताहरू के हुन्, प्रत्येक कुरा गर्नका लागि कार्यका सिद्धान्तहरू के हुन्, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने प्रक्रियामा परमेश्‍वरको आज्ञाप्रति निष्ठा प्रदर्शन गरेका छन् कि छैनन् भन्‍ने कुराको खोजी गर्दैनन्। तिनीहरूले यी कुराहरू विचार गर्दैनन्; तिनीहरू ती बाङ्गाटिङ्गा र दुष्ट मामिलाहरूबारे मात्र सोच्छन्—के यो दुष्टतामा संलग्न हुनु होइन र? (हो।) जो बाहिरी रूपमा भद्र देखिन्छ, शिष्ट व्यवहार गर्छ, शिक्षित छ र सामाजिक मान्यताहरूको पालना गर्दछ, जो परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयताको कुरा गर्छ, र जो साहित्यिक भाषामा बोल्छ र मीठा-मीठा कुरा गर्छ—यस्तो व्यक्तिले सत्यताको अभ्यास गर्छ कि गर्दैन, हेर। यदि उसले कहिल्यै सत्यताको अभ्यास गर्दैन भने, ऊ भलाइको स्वाङ पार्ने पाखण्डीबाहेक अरू केही होइन। ऊ बिल्कुल डेमिङ जस्तै हो, र अलिकति पनि फरक होइन। असल आचरणमा मात्र ध्यान केन्द्रित गर्ने अनि अरूलाई धोका दिएर आफ्नो प्रशंसा र वाहवाही बटुल्न मात्र त्यसको प्रयोग गर्ने मानिसहरू कस्ता हुन्छन्? (पाखण्डीहरू।) के यी मानिसहरूमा आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) के आत्मिक बुझाइ नभएका मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू किन सक्दैनन्? (तिनीहरू सत्यता के हो बुझ्दैनन्, त्यसैले तिनीहरूले बाहिरी रूपमा राम्रो देखिने र मानिसहरूले सत्यता जत्तिकै असल ठान्‍ने राम्रो व्यवहार र चीजहरू लिन्छन्, र तिनलाई अभ्यास गर्छन्।) त्यो मुख्य कुरा होइन। तिनीहरूले सत्यता जतिसुकै नबुझे तापनि, के तिनीहरूले अझै पनि काम गर्ने केही स्पष्ट सिद्धान्तहरू जान्दैनन् र? जब तैँले तिनीहरूलाई आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर भन्छस्, तिनीहरूले बुझ्न सक्दैनन् र? त्यस्ता मानिसहरूको एउटा विशेषता हुन्छ: तिनीहरूको सत्यता अभ्यास गर्ने मनसाय हुँदैन। तँ जेसुकै भन् न, तिनीहरूले तेरो कुरा सुन्‍ने छैनन्; तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्नेछन् अनि भन्‍नेछन्। हामीले हालै ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूबारे बारम्बार कुरा गर्दै आएका छौँ। आफू वरपरका मानिसहरूलाई नियाल्: कसले केही परिवर्तन देखाएको छ, अनि कसको व्यवहार र काम गर्ने सिद्धान्तहरू पटक्कै परिवर्तन भएका छैनन्, तैँले जसरी सङ्गति गरे पनि कसको हृदय प्रभावित हुँदैन, अनि तेरो सङ्गतिको विषयवस्तुसित आफैलाई जोड्न सक्षम भए तापनि को अझै परिवर्तन भएको छैन, वा परिवर्तन हुन चाहँदैन, र आफूखुसी काम गरिरहन्छ, त्यस्तालाई हेर्। के तिमीहरूले त्यस्ता मानिसहरूलाई भेटेका छौ? भेटेका छौ नि, होइन र? केही अगुवा र कामदारहरूलाई किन बर्खास्त गरिन्छ? किनभने तिनीहरू सत्यता अभ्यास गर्दैनन्, तिनीहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सबै प्रकारका धर्मसिद्धान्त बुझ्छन्, र तिनीहरू आफ्नै तरिकामा अडिरहन्छन्। तैँले सत्यता सिद्धान्तमा जसरी सङ्गति गरे पनि, तिनीहरूसित अझै पनि आफ्नै नियमहरू हुन्छन्, तिनीहरू आफ्नै दृष्टिकोणमा टाँसिरहन्छन् र कसैको कुरा सुन्दैनन्। तिनीहरू केवल आफूखुसी गर्छन्—तँ एउटा कुरा भन्छस्, तिनीहरू अर्को कुरा गर्छन्। यस्ता खालका अगुवा र कामदारहरूलाई बर्खास्त गर्नुपर्छ, होइन र? (हो।) तिनीहरूलाई पक्कै पनि बर्खास्त गर्नुपर्छ। यी मानिसहरू कुन मार्गमा छन्? (ख्रीष्टविरोधीको मार्गमा।) ख्रीष्टविरोधीको मार्गमा हिँड्दा, पर्याप्त समय दिइयो भने, तिनीहरू स्वयम् ख्रीष्टविरोधी बन्‍नेछन्। त्यो त यसमा कति समय लाग्छ भन्‍ने कुरा मात्र हो। यदि तिमीहरूले तिनीहरूसित सत्यतामा जसरी सङ्गति गरे पनि तिनीहरू त्यसलाई स्विकार्दैनन् अनि बिलकुलै परिवर्तन हुँदैनन् भने, यो वास्तवमै समस्याजनक कुरो हो, अनि तिनीहरू पहिले नै ख्रीष्टविरोधी बनिसकेका हुन्छन्।

आज बताइएको कथाबाट तिमीहरूले प्राप्त गरेको सबैभन्दा ठूलो प्रेरणा के हो? त्यो के हो भने, मानिसहरूलाई पथभ्रष्ट हुन सजिलो हुन्छ। मानिसहरूलाई बहकिन किन सजिलो हुन्छ? पहिलो, मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ; दोस्रो, मानिसहरू जुनसुकै उमेरका भए पनि, तिनीहरूको विचार र हृदयको गहिराइ खाली पन्ना होइन। त्यसोभए यो कथाले तिमीहरूलाई के सुझाव दिन्छ? मानिसहरूलाई बहकिन सजिलो हुन्छ—त्यो पहिलो कुरा हो। दोस्रो, मानिसहरू आफूले असल र सही ठानेको कुरालाई सत्यताझैँ मान्‍ने, बाइबलीय ज्ञान र आत्मिक धर्मसिद्धान्तहरूलाई अभ्यास गर्नुपर्ने परमेश्‍वरका वचनका रूपमा लिने झुकाव राख्छन्। यी दुई विषय बुझिसकेपछि भविष्यमा हिँड्नुपर्ने बाटो र भविष्यमा गर्नुपर्ने हरेक कार्यका लागि तिमीहरूसित कस्तो नयाँ बुझाइ, विचार वा योजना छ? (भविष्यमा कामहरू गर्दा, हामीले जे सही छ भनी विश्‍वास गर्छौँ, त्यही गर्नु हुँदैन। पहिलो, हामीले हाम्रा विचारहरू परमेश्‍वरको चाहनासँग मिल्दोजुल्दो छन् कि छैनन् अनि ती परमेश्‍वरका मागहरूसँग मेल खान्छन् कि खाँदैनन् भनेर विचार गर्नुपर्छ। हामीले परमेश्‍वरका वचनमा अभ्यासका सिद्धान्तहरू खोज्नुपर्छ अनि त्यसपछि अगाडि बढ्नुपर्छ। यसो गरेर मात्र हामी सत्यता अभ्यास गर्दैछौँ र हामीले परमेश्‍वरमाथिको विश्‍वासमा हिँडिरहेको बाटो सही हो भन्‍ने कुरा सुनिश्चित गर्न सक्छौँ।) तिमीहरूले परमेश्‍वरको वचनका सन्दर्भमा प्रयास लगाउनैपर्छ। आफ्नै अनुमानहरू लगाउन बन्द गर। तँमा आत्मिक बुझाइ छैन; तेरो क्षमता कमजोर छ; र तँमा जति भव्य विचारहरू फुरे पनि, ती सत्यता होइनन्। तँ आफूले गरेको कुरा त्रुटिरहित र सही छ भनी विश्‍वस्त भए पनि, त्यसलाई सङ्गति र पुष्टि गर्न दाजुभाइ र दिदीबहिनीहरूकहाँ ल्याउनुपर्छ, वा परमेश्‍वरका सान्दर्भिक वचनहरूसँग तुलना गर्नुपर्छ। के यसरी तैँले शतप्रतिशत त्रुटिरहित परिणाम निकाल्न सक्छस्? सक्छस् नै भन्‍ने छैन; तैँले सत्यता सिद्धान्त र परमेश्‍वरले भन्नुभएको कुराको स्रोतलाई पूर्ण रूपमा नबुझेसम्म, तेरो अभ्यासमा अझै पनि केही विचलनहरू हुन सक्छन्। त्यो एउटा पक्ष हो। दोस्रो के हो? यदि मानिसहरू परमेश्‍वरका वचनबाट टाढिए भने, तिनीहरूका कार्यहरू जति नै तर्कसङ्गत वा स्वीकार्य देखिए पनि, तिनले सत्यतालाई प्रतिस्थापित गर्न सक्दैनन्। सत्यतालाई प्रतिस्थापित गर्न नसक्ने कुनै पनि कुरा सत्यता होइन, न त त्यो सकारात्मक कुरा नै हो। यदि त्यो सकारात्मक कुरा होइन भने, के हो त? त्यो पक्कै पनि परमेश्‍वरलाई खुसी पार्ने कुरा होइन, न त त्यो सत्यताअनुरूप नै हुन्छ; त्यो परमेश्‍वरले निन्दा गर्ने कुरा हो। यदि तैँले परमेश्‍वरले निन्दा गर्ने कुरा गरिस् भने त्यसको परिणाम के हुनेछ? तैँले गर्दा परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ। परमेश्‍वरबाट नआउने सबै कुरा नकारात्मक चीज हुन्, ती शैतानबाट आउँछन्। कतिपय मानिसले यो कुरा नबुझ्लान्; तैँले अनुभव प्राप्त गर्दै जाँदा, त्यो बिस्तारै बुझिन्छ।

आज हामीले एउटा कुराको घोर आलोचना गरिरहेका छौँ; हामी केको आलोचना गर्दैछौँ? बुढी सुँगुर्नीलाई सुँगुर्नी आन्टी भन्‍ने कुरा, हैन र? के सुँगुर्नीलाई “सुँगुर्नी आन्टी” भन्‍नु लाजमर्दो कुरो हो? (हो।) यो लाजमर्दो कुरा हो। मानिसहरू सधैँ सम्मानजनक उपाधि पाउन चाहन्छन्। यो “सम्मान” कहाँबाट आउँछ? “सम्मान” ले केलाई जनाउँछ? के यसले ज्येष्ठतालाई जनाउँछ? (हजुर।) आफू सधैँ ज्येष्ठ ठानिन चाहनु, सधैँ ज्येष्ठतामा मात्र ध्यान केन्द्रित गर्नु—के यो राम्रो हो? (होइन।) ज्येष्ठतामा ध्यान केन्द्रित गर्नु किन राम्रो होइन? तैँले ज्येष्ठतामा ध्यान केन्द्रित गर्नुको महत्त्व के हो भनेर विश्लेषण गर्नुपर्छ। यसलाई यसरी भन्‍नु एकदमै सरल हुन्छ: “परमेश्‍वर मानिसहरूलाई ज्येष्ठतामा ध्यान केन्द्रित गर्न अनुमति दिनुहुन्‍न, त्यसोभए तिमीहरू किन यसबारे निरर्थक छलफल गर्दैछौ? तिमीहरू सभ्य भएको ढोँग गर्दै वाहियात कुरा गर्दैछौ। तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको घरको हितलाई कहिल्यै ख्याल गर्दैनस्, तर तीमाथि सधैँ विश्‍वासघात गर्छस्। जब कुनै कुरामा तेरा आफ्नै स्वार्थहरू समावेश हुन्छन्, तब तँ परमेश्‍वरको घरका हितलाई धोका दिन हिचकिचाउँदैनस्। तँ असल व्यक्तिको नाटक गरेर कसलाई मूर्ख बनाउन खोज्दै छस्? के तँ असल व्यक्ति ठहरिन योग्य छस्?” के यसो भन्‍नु स्वीकार्य हुन्छ? (हुन्छ।) त्यसलाई अझ कठोर बनाउन के भन्‍नुपर्छ? “तँ के बकबक गर्दै छस्? तँ त पटक्कै सत्यता नबुझ्ने मूर्ख सुँगुर, पटमूर्ख नै होस्। तँ केको ढोँग गर्दैछस्? तँ शिक्षित, सुसंस्कारी भएको छस्, र परमेश्‍वरमा विश्‍वास गर्छस्। तैँले परमेश्‍वरका यतिका धेरै वचन पढेको छस् र तँलाई आफू परमेश्‍वरमा निकै राम्रो विश्‍वास गर्छु भन्‍ने लाग्छ। तर अन्त्यमा, तँलाई सत्यता अभ्यास गर्नुको अर्थसमेत थाहा छैन। के तँ मूर्ख सुँगुर, पटमूर्ख नै होइनस् र?” यो कथा यतिमै टुङ्गिन्छ। अब सङ्गतिको मुख्य विषयमा फर्कौँ।

ख्रीष्टविरोधीहरूको कुटिल, स्वेच्छाचारी र तानाशाही व्यवहार र तिनीहरूले कसरी मानिसहरूलाई जबरजस्ती आफ्नो आज्ञापालन गर्न लगाउँछन् भन्ने कुराको विश्लेषण

अ. ख्रीष्टविरोधीहरूको कुटिल व्यवहारको विश्लेषण

पछिल्लोपटक हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको पाँचौँ विषयवस्तुबारे सङ्गति गर्‍यौँ—तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्। आज हामी छैटौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ—तिनीहरू कुटिल शैलीमा व्यवहार गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्। के यो विषयवस्तु र पाँचौँ विषयवस्तुबीच कुनै भिन्नता छ? स्वभावको सन्दर्भमा, ठूलो भिन्नता छैन; दुवै विषय शक्ति हत्याउने अनि स्वेच्छाचारी र तानाशाही रूपमा कार्य गर्नेबारे छन्। दुवैका स्वभावहरू दुष्ट, अहङ्कारी, हठी, र क्रूर हुन्छन्; दुवैका स्वभावहरू उस्तै हुन्छन्। तर, छैटौँ विषयवस्तुले ख्रीष्टविरोधीहरूको अर्को महत्त्वपूर्ण प्रकटीकरणलाई जोड दिन्छ, त्यो हो तिनीहरूका कार्यहरू कुटिल हुन्छन्—यो ख्रीष्टविरोधीहरूको कार्यको प्रकृतिसँग सम्बन्धित छ। अब, पहिला “कुटिल” शब्दबारे छलफल गरौँ। बाहिरी रूपमा, “कुटिल” अपमानजनक शब्द हो कि प्रशंसनीय? यदि कसैले कुनै कुटिल काम गर्छ भने, के त्यो राम्रो कुरा हो कि नराम्रो हो? (नराम्रो।) यदि कसैले कुटिल रूपमा काम गर्छ भनियो भने, यो व्यक्ति असल हो कि खराब? कुटिल रूपमा काम गर्ने व्यक्ति निकम्मा बेवकुफ हो भन्ने छाप र भावना मानिसहरूमा पर्छ भन्ने कुरा प्रस्टै छ। यदि कसैले कुनै कुटिल कुरा सामना गरेमा, त्यसले उसलाई खुसी दिन्छ कि उसमा डर पैदा गर्छ? (यो डरलाग्दो हुन्छ।) यो राम्रो कुरा हुँदै होइन। छोटकरीमा भन्नुपर्दा, हेर्दाखेरि, “कुटिल” एउटा अपमानजनक शब्द हो, कार्य आफैलाई व्याख्या गर्दा होस् वा व्यक्तिको कार्यशैलीलाई व्याख्या गर्दा, यो कुनै पनि सकारात्मक हुँदैन; यो निश्चय नै नकारात्मक हुन्छ। अब, हामी पहिला कुटिलपनका प्रकटीकरणहरू के-के हुन् भनी व्याख्या गरौँ। किन यसलाई छली नभनेर कुटिल भनिन्छ? यहाँ “कुटिल” शब्दको विशेष के अर्थ हो? कुटिलपन छलीपनभन्दा गहन हो। के कुटिल रूपमा काम गर्ने व्यक्तिलाई चिन्न मानिसहरूलाई बढी समय लाग्ने र बढी कठिन हुने हुँदैन र? (हुन्छ।) यति कुराचाहिँ प्रस्ट छ। त्यसैले, “कुटिल” शब्दलाई व्याख्या गर्न तिमीहरू सबैले बुझ्न सक्ने शब्दहरू प्रयोग गर। यहाँ, “कुटिल” को अर्थ कपटी र धूर्त हो, र यसले असामान्य व्यवहारलाई जनाउँछ। यो असामान्यताले गहिरो रूपमा लुकेको र यस्ता मानिसहरूले के सोचिरहेका वा गरिरहेका छन् भनी औसत व्यक्तिले बुझ्न नसक्ने हुनुलाई जनाउँछ। अर्को शब्दमा, यस्तो व्यक्तिका कार्यहरूका विधि, मनसाय, र सुरुवात बुझ्न निकै कठिन हुन्छन्, र कहिलेकाहीँ तिनीहरूको व्यवहार पनि गुपचुपको र गोप्य हुन्छ। छोटकरीमा भन्नुपर्दा, व्यक्तिको कुटिलपनको खास प्रकटीकरण र स्थितिलाई व्याख्या गर्न सक्ने एउटा शब्द छ, त्यो हो “पारदर्शिताको कमी,” जसले गर्दा अरूले तिनीहरूलाई बुझ्न र बोध गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूका कार्यहरूको प्रकृति यस्तै हुन्छ—अर्थात्, जब तँलाई तिनीहरूले कुनै काम गर्नुका अभिप्राय स्पष्ट छैन भन्ने महसुस र आभास हुन्छ, तब तँलाई ती निकै डरलाग्दा लाग्छन्, तर छोटो समयमा वा कुनै कारणवश तैँले तिनीहरूका मनसाय र अभिप्रायहरू अझै पनि बुझ्न सक्दैनस्, र थाहै नपाई तँलाई तिनीहरूका कार्यहरू कुटिल छन् भन्ने अनुभूति हुन्छ। किन तँलाई यस्तो अनुभूति हुन्छ? किनभने एकातिर तिनीहरू के भन्छन् वा गर्छन् भनेर कसैले बुझ्न सक्दैन। अर्कोतिर तिनीहरू प्रायजसो घुमाउरो तरिकाले बोल्छन्, तँलाई बहकाउँछन्, र अन्त्यमा तँलाई तिनीहरूका कुन अभिव्यक्तिहरू सही र कुन गलत हुन्, अनि तिनीहरूका शब्दहरूको वास्तविक अर्थ के हुन् भनेर अनिश्चित बनाउँछन्। तिनीहरूले झूट बोल्दा, तँलाई त्यो नै सत्यता हो भन्ने लाग्छ; तँलाई कुन अभिव्यक्ति सही वा गलत हो भनी थाहा हुँदैन, र आफूलाई प्राय: मूर्ख बनाइएको र झुक्याइएको महसुस हुन्छ। यस्तो भावना किन आउँछ? किनभने यस्ता मानिसहरू कहिल्यै पारदर्शी रूपमा काम गर्दैनन्; तैँले तिनीहरू के गरिरहेका छन् वा केमा व्यस्त छन् भनेर प्रस्टसित देख्न सक्दैनस्, जसले गर्दा तँमा तिनीहरूप्रति शङ्का जाग्छै जाग्छ। अन्त्यमा, तैँले तिनीहरूको स्वभाव छली, कपटी, र दुष्ट पनि छ भन्ने देख्छस्। “कुटिल” शब्द बुझ्न कठिन छ र मानिसहरूलाई निकै असामान्य लाग्छ, तर यसलाई किन “पारदर्शिताको कमी” भन्ने यस्तो सरल वाक्यांशले व्याख्या गर्ने? यो वाक्यांशमा एउटा अर्थ लुकेको छ। यो अर्थ के हो? त्यो के हो भने ख्रीष्टविरोधीहरूले केही गर्न चाहेमा, तँलाई प्राय: झूटो रूप देखाउँछन्, जसले गर्दा तँलाई तिनीहरूलाई बुझ्न कठिन हुन्छ। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधीले तेरो देब्रे गालामा थप्पड हान्न चाहेमा, तेरो दाहिने गालामा ताक्नेछ। तँ दाहिने गाला जोगाउन तर्किँदा उसले तेरो देब्रे गालामा मजाले झापड हान्नेछ र आफ्नो उद्देश्य पूरा गर्नेछ। यो कुटिलपन, र षड्यन्त्रले भरिपूर्ण हुनु हो—तिनीहरूसँग कुराकानी र व्यवहार गर्ने हरकोही तिनीहरूको षड्यन्त्रमा पर्छ। तिनीहरू किन सधैँ षड्यन्त्र गरिरहेका हुन्छन्? तिनीहरू मानिसहरूलाई नियन्त्रणमा राख्न र उनीहरूको हृदयमा ठाउँ ओगट्न चाहनुबाहेक, हरव्यक्तिबाट फाइदा उठाउन चाहन्छन्। यसअलावा, तैँले यस्ता मानिसहरूमा एक प्रकारको दुष्ट स्वभाव पनि भेट्टाउन सक्छस्: तिनीहरू अरूलाई शोषण गर्न वा आफ्ना शक्ति प्रयोग गरेर अरूका कमजोरीहरूको मजाक उडाउन अत्यन्तै रुचाउँछन्, र अरूसँग खेलवाड गर्नमा रमाउँछन्। यो तिनीहरूको दुष्टताको प्रकटीकरण हो। सांसारिक शब्दमा भन्नुपर्दा, यस्ता मानिसहरू चतुर मानिन्छन्। साधारण मानिसहरू सोच्छन्, “ठूला उमेरका मानिसहरू मात्र चतुर हुन सक्छन्। साना उमेरका मानिसहरूसित कुनै अनुभव वा सांसारिक बुद्धि हुँदैन, त्यसैले उनीहरू कसरी चतुर हुन सक्छन्?” के यो भनाइ सही हो? अहँ, होइन। ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव उमेरमा भर पर्दैन; तिनीहरू यो स्वभाव लिएरै जन्मेका हुन्छन्। यति मात्र हो कि तिनीहरू साना उमेरका र कम अनुभवी हुँदा, यस्ता षड्यन्त्रहरूमा तिनीहरूको संलग्नता बढी आधारभूत र कम परिष्कृत हुन सक्छ। उमेर बढ्दै जाँदा, तिनीहरू ती बूढा दियाबलस राजाहरूजस्तै निष्खोट बन्छन् जसका कार्यहरू कडाइका साथ सिलबन्दी गरिएका र धेरैजसो मानिसहरूले पूर्णतया बुझ्न नसक्ने हुन्छन्।

मैले भर्खरै “कुटिल” शब्दलाई सरसर्ती व्याख्या गरेको छु, त्यसैले अब कुटिलपनका विशेष स्थिति र प्रकटीकरणहरूबारे सङ्गति गरौँ। के यो सङ्गति गर्नलायक छैन र? यदि हामीले यसमा सङ्गति गरेनौँ भने, के तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्नेछौ? के तिमीहरूले तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्छौ? (सक्दैनौँ।) तैँले तिनीहरूलाई पूर्ण रूपले खुट्ट्याउन वा छर्लङ्गै देख्न नसक्ने होइन; कहिलेकाहीँ तँलाई कुनै विशेष व्यक्ति निकै चतुर छ भन्ने पनि लाग्नेछ—यति चतुर कि उसले तँलाई विश्वासघात गरेपछि पनि तँ उसले अह्राएकै काम गर्छस्—र तँ ऊदेखि सावधान रहनुपर्छ। त्यसोभए, ख्रीष्टविरोधीहरू कस्ता कामहरू गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरू अनि वरिपरिका मानिसहरूसितको व्यवहारमा कस्ता बोली र व्यवहार प्रकट गर्छन् जसले गर्दा तिनीहरू कुटिल शैलीमा र दुष्ट स्वभावले कामकुरा गर्छन् भन्ने देखिन्छ? यो सङ्गति गर्न लायकको छ। “कुटिल” शब्दको मात्र व्याख्या गर्दा, मानिसहरूलाई सामान्यतया त्यो निकै सरल लाग्छ; त्यसको अर्थ बुझ्न सायद शब्दकोषमा हेरे पुग्छ। तर मानिसहरूका कुन कार्य, व्यवहार र स्वभावहरू यो शब्दसँग सम्बन्धित छन् र यो शब्दका ठोस प्रकटीकरण र स्थितिहरू हुन् भन्ने सन्दर्भमा, त्यो बुझ्न झन् मुस्किल र कठिन बन्छ, बन्दैन र? पहिला, आफूले भेटेका र सामना गरेका मानिसहरू, वा विशेष ख्रीष्टविरोधीहरूबारे सोच। तिनीहरूका कुन कार्यहरूले गर्दा तँलाई यो कार्यको प्रकृति कुटिलपनसँग सम्बन्धित छ भन्ने अनुभूति भयो, वा तिनीहरूका कस्ता दैनिक शब्द, कार्य, र व्यवहारहरू योसँग सम्बन्धित थिए? (एकपटक मैले एक जना ख्रीष्टविरोधीलाई भेटेँ जो प्रस्ट रूपमा हैसियतका लागि होड गर्न र अगुवा हुन चाहन्थ्यो, तर दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्थ्यो, “हामीले झूटा अगुवा र झूटा कामदारहरूबारे रिपोर्ट गर्नुपर्छ। यसो गर्‍यौँ भने मात्र हामीले पवित्र आत्माको काम पाउन सक्छौँ। यदि हामीले झूटा अगुवाहरूको रिपोर्ट र खुलासा गरेनौँ भने, पवित्र आत्माको काम प्राप्त गर्न सक्दैनौँ। हामी एकजुट भएर मण्डलीको कामको रक्षा गर्न खडा हुनैपर्छ।” ऊ मण्डलीको कामको रक्षा गर्ने निहुँमा अगुवा र कामदारहरूको कमजोरी समात्ने दाउ खोज्थ्यो, तिललाई पहाड बनाएर दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र कामदारहरूबारे रिपोर्ट गर्न उक्साउँथ्यो। उसको लक्ष्य अगुवा र कामदारहरूलाई पदच्युत गराउनु थियो ताकि आफूलाई अगुवा बन्ने मौका प्राप्त होस्। धेरै दाजुभाइ-दिदीबहिनीले यो कुरा बुझेनन् र उनीहरू उसको भ्रममा परे। उनीहरूले समस्यालाई सिद्धान्तका आधारमा खुट्ट्याउनुको साटो केही साना मामलाहरू र अगुवा र कामदारहरूका प्रकाश भएका भ्रष्टताहरूको फाइदा उठाएर उनीहरूलाई निन्दा गर्ने, संज्ञा दिने, र कामकुरालाई बढाइचढाइ गर्थे, र मण्डलीलाई लथालिङ्ग पार्थे।) भन् त, के यो कुटिलपन हो? (हो।) यो ठ्याक्कै त्यही हो। यो किन कुटिल हो? उसले इन्साफको बहानामा आफ्ना गोप्य लक्ष्यहरू हासिल गर्थ्यो, र त्यो सँगसँगै अरूलाई कार्य गर्न हौस्याउँथ्यो तर आफूचाहिँ देखा पर्दैनथ्यो र लुकेर परिणामहरू हेर्थ्यो। त्यसले काम बन्यो भने झनै राम्रो, तर यदि बनेन भने, उसलाई कसैले पनि छर्लङ्गै बुझेको हुन्थेन, किनकि ऊ गहन रूपमा लुकेको हुन्थ्यो। यो कुटिलपन हो—यो त्यसका प्रकटीकरणहरूको एउटा रूप हो। उसले तँलाई उसका भित्री साँचो विचारहरू थाहा दिँदैनथ्यो, र यदि तैँले अलिकति पनि अनुमान लगाउन सकेको भए, मानिसहरूले सत्यता छर्लङ्गै देख्नेछन् भन्ने डरले उसले हतारहतार विभिन्न बहाना र तर्कहरू गरेर ती ढाकछोप गर्थ्यो र जसरी पनि आफूलाई जोगाउँथ्यो। उसले जानाजानी मामलाहरू जटिल बनाउँथ्यो; यो कुटिलपन हो। अरू कोही छ? (केही वर्षअघि, एक समूह ख्रीष्टविरोधीहरू हाम्रो मण्डलीमा देखा परे र तिनीहरूले पकड जमाए, अनि मण्डलीको कामलाई लथालिङ्ग पारे। माथिले कुनै व्यक्तिलाई कामको जिम्मा लिन पठाउनुभयो, तर यो ख्रीष्टविरोधी समूहले एउटा बहाना बनाएर काम गऱ्यो र यसो भन्यो, “हाम्रा आफ्नै अगुवाहरू छन्, हामी अरू ठाउँबाट पठाइएका अगुवाहरूलाई स्विकार्दैनौँ; हामी आफै काम सम्हाल्न सक्छौँ।” फलस्वरूप, धेरै जना भ्रममा परे र उनीहरूले ख्रीष्टविरोधीहरूको कुरा सुने, माथिले प्रबन्ध गरेका अगुवालाई स्विकार्न मानेनन्। यी ख्रीष्टविरोधीहरूले माथिले पठाएका अगुवालाई एउटै ठाउँमा सीमितसमेत पारे, तिनलाई दाजुभाइ-दिदीबहिनीहरूसित कुराकानी गर्न रोके र मण्डलीको काममा हात बाँट्न वा कुनै काम कार्यान्वयन गर्न असम्भव तुल्याइदिए।) ख्रीष्टविरोधीहरूको यो व्यवहार हदै कुटिल थियो—तिनीहरूको गोप्य मनसाय के थियो? तिनीहरू मण्डलीलाई नियन्त्रणमा राखेर आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न चाहन्थे। यो कुटिलपन हो; ख्रीष्टविरोधीहरूले यस्तै किसिमको काम गर्छन्।

ख्रीष्टविरोधीहरूले कुटिल रूपमा कार्य गर्नुका प्रमुख प्रकटीकरणहरू के-के हुन्? एउटा त पारदर्शिताको कमी हो, र अर्कोचाहिँ तिनीहरू गोप्य रूपमा व्यक्त गर्न नसकिने षड्यन्त्रहरू रच्छन्। यदि तिनीहरूले आफ्ना योजना र अभिप्रायहरू सबैलाई खुलाउने हो भने, के तिनीहरूले ती साकार पार्न सक्थे त? कदापि सक्थेनन्। कुटिल विधिहरू प्रयोग गर्ने मानिसहरूले किन यसरी कामकुरा गर्छन्? यी कार्यहरू पछाडिको उद्देश्य के हो? हालसम्म, तिमीहरूले मण्डलीमा नियन्त्रणबारे मात्र सोचेका छौ, तर कतिपय मामलामा मण्डलीलाई नियन्त्रण गर्ने वा सबैलाई नियन्त्रण गर्ने कुरा पर्दैन। कुनै मण्डली वा क्षेत्रका मानिसहरूलाई भ्रममा पार्नु भनेको तुलनात्मक रूपले ठूलो मामला हो, त्यसोभए सामान्य अवस्थामा ख्रीष्टविरोधीहरूले गर्ने सानातिना व्यवहार र कार्यहरूको उद्देश्य के हो? मानिसहरूलाई शोषण गर्नु अनि आफ्नो स्वार्थ पूरा गर्न र आफ्नो निम्ति उपयोग गर्न उनीहरूलाई परिश्रम गर्न लगाउनु हो। परमेश्‍वरले मानिसहरूलाई योजनाबद्ध गर्नुहुने र उनीहरूको भाग्यमाथि शासन गर्नुहुने भए पनि, ख्रीष्टविरोधीहरू पनि मानिसहरूको भाग्यमाथि हुकुम चलाउन र उनीहरूलाई चालवाजी गर्न चाहन्छन्। तर यदि तिनीहरूले सिधै तँलाई चालवाजी गर्न चाहन्छु भनेका भए, के तँ त्यसमा सहमत हुनेथिस्? यदि तिनीहरूले तँलाई दासझैँ आदेश दिन चाहन्छु भनेमा, के तँ सहमत हुनेथिस्? यदि तिनीहरूले आफू अगुवा हो र तैँले तिनीहरूको कुरा सुन्नैपर्नेछ भनेका भए, के तँ सहमत हुन्थिस्? तँ पक्कै पनि सहमत हुनेथिइनस्। त्यसकारण, तिनीहरूले तँलाई थाहै नपाई तिनीहरूको शोषणमा पार्न केही असामान्य विधिहरू प्रयोग गर्नुपर्छ; यसलाई कुटिल हुनु भनिन्छ। उदाहरणका लागि, ठूलो रातो अजिङ्गर कुटिल शैलीमा चल्छ, त्यसले उचित लाग्ने बहानाहरू चलाएर मानिसहरूलाई भ्रममा पार्छ। त्यसले कसरी जमिनदार र पुँजीपतिहरूका सम्पत्ति जफत गर्थ्यो? के यसले निश्चित रकमभन्दा माथिका सबै सम्पत्ति राज्यलाई हस्तान्तरण गर्नुपर्छ भनी नीति बनायो? यदि त्यसले यो कुरा खुला रूपमा घोषणा गरेको भए के त्यसले काम बन्नेथ्यो? (बन्नेथिएन।) त्यसरी काम नबन्ने भएपछि, त्यसले के गर्‍यो? त्यसले न्यायोचित रूपमा जमिनदार र पुँजीपतिहरूका सम्पत्तिहरू जफत गर्नु र खोस्नु सही हो भनेर सबैलाई सही लाग्ने उपाय खोज्नुपर्‍यो। यसले जमिनदार र पुँजीपतिहरूलाई शक्तिहीन बनायो, राज्यलाई धनी बनायो, र त्यसको शासन बलियो बनायो। ठूलो रातो अजिङ्गरले त्यो कसरी गर्‍यो? (जमिनदारहरूलाई आक्रमण गरेर अनि भूमि पुनर्वितरण गरेर।) त्यसले “जमिनदारहरूलाई आक्रमण गरेर भूमि पुनर्वितरण गर्ने” र “सबैका लागि समानता” जस्ता नाराहरू चलायो, अनि सारा जमिनदार र पुँजीपतिहरूलाई झूटो आरोप लगाउन र निन्दा गर्न “सेतो कपाल भएकी केटी” जस्ता कथाहरू रच्यो। त्यसले जनताको रायको शक्ति र प्रचारबाजी प्रयोग गरेर मानिसहरूलाई यी भ्रामक विचारहरू घुसाउँथ्यो, त्यसले सारा अनभिज्ञहरूलाई जमिनदार र पुँजीपतिहरू खराब हुन् र श्रमिकहरूको समान होइनन्, अब जनता नै आफ्नो देशका मालिक हुन्, राज्य जनताको हो, यी थोरै व्यक्तिहरूले त्यति धेरै सम्पत्ति राख्नु हुँदैन, र त्यसलाई जफत गरेर सबैलाई पुनर्वितरण गर्नुपर्छ भनेर सोच्ने तुल्यायो। यस्ता तथाकथित राम्रा, सही, र गरिब पक्षीय विचारधारा र सिद्धान्तहरूको उक्साहटमा, मानिसहरू भ्रममा परे र अन्धा बने, अनि उनीहरूले स्थानीय धनाढ्य उद्योगपतिहरूसँग लड्न अनि जमिनदार र पुँजीपतिहरूलाई आक्रमण गर्न थाले। त्यसको अन्तिम परिणाम के थियो? यी जमिनदार र पुँजीपतिहरूमध्ये कतिपयलाई कुटेर मारिए, कतिपयलाई अङ्गभङ्ग पारिए, र कतिपय धेरै टाढा भागे। छोटकरीमा भन्नुपर्दा, ठूलो रातो अजिङ्गरले आफ्नो उद्देश्य हासिल गर्नु नै अन्तिम परिणाम थियो। यी दियाबलसहरूले चाहेका लक्ष्यहरू हासिल गर्नेहेतु यी मूर्ख र अज्ञानी मानिसहरू बिस्तारै यस्ता ठगीमा पारिए। त्यसै गरी, ख्रीष्टविरोधीहरू पनि कामकुरा गर्दा यस्ता कुटिल विधिहरू अपनाउँछन्। उदाहरणका लागि, जब कुनै ख्रीष्टविरोधीले नेतृत्वको भूमिकामा रहेको कसैसँग सहकार्य गर्छ, र यस व्यक्तिमा इन्साफको बोध छ, उसले सत्यता बुझ्छ, र उसलाई खुट्ट्याउन सक्छ भनी देख्छ, तब उसले अनिश्चित महसुस गर्न थाल्छ: “के यो व्यक्तिले मलाई पिठ्यूँपछाडिबाट कमजोर पार्न सक्छ? के उसले पर्दापछाडि केही गरिरहेको छ? म किन उसलाई बुझ्न सक्दिनँ? ऊ मेरो पक्षमा छ कि छैन? के उसले मबारे माथिलाई रिपोर्ट गर्न सक्छ?” उसले मनमा यी कुरा सोचेर, आफ्नो हैसियत सुरक्षित छैन भन्ने चिन्ता गर्न थाल्छ, गर्दैन र? उसले त्यसपछि के गर्छ? के उसले सिधै त्यस व्यक्तिलाई सास्ती दिन्छ? कतिपय ख्रीष्टविरोधीले त्यस्तो व्यक्तिलाई खुलेआम सास्ती दिनेथिए, तर जो कुटिल छन् तिनीहरूले सिधै त्यसो गर्नेथिएनन्। बरु, तिनीहरूले सुरुमा केही तुलनात्मक रूपले कमजोर, अन्योल, र नासमझ दाजुभाइ-दिदीबहिनीहरूसित कुरा गर्नेथे, उनीहरूलाई प्रश्न सोध्नेथे र सतर्क भई छानबिन गर्नेथे: “फलानो व्यक्ति दस वर्षदेखिको विश्वासी हो, त्यसैले उसको आस्थाको केही जग हुनुपर्छ, होइन र?” कसैले जवाफ देला: “उसको ठूलै जग छ। उसले त्यतिका वर्ष परमेश्‍वरमा विश्वास गर्दा, आफ्नो परिवार र करियर त्यागेको छ; उसको आस्था हाम्रोभन्दा ठूलो छ। ऊसित सहकार्य गर्नु तेरा लागि निकै राम्रो हुनेछ।” ख्रीष्टविरोधीले भन्नेथ्यो: “हो, यो धेरै राम्रो हो, तर ऊ अरू दाजुभाइ-दिदीबहिनीहरूसँग कहिल्यै घुलमिल हुँदैन। ऊ खासै मिलनसार देखिँदैन।” अर्को व्यक्तिले थप्ला: “कुरा त्यस्तो होइन—ऊ सत्यतालाई हामीले भन्दा धेरै पछ्याउँछ। हामी प्रायजसो सँगै कुराकानी गर्छौँ, तर उसले बढीजसो समय परमेश्‍वरका वचनहरू पढेर, प्रवचनहरू सुनेर, अनि भजनहरू सिकेर बिताउँछ, र हामीसँग हुँदा परमेश्‍वरका वचनहरूमा सङ्गति गर्छ।” यस व्यक्तिबारे सकारात्मक र अनुमोदित टिप्पणीहरू सुनेपछि, ख्रीष्टविरोधीलाई आफूले थप केही भन्न नसक्ने महसुस हुन्छ, त्यसैले उसले विषय परिवर्तन गर्छ र यसो भन्छ: “उसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको छ र ऊसँग हामीमा भन्दा धेरै अनुभव छ। हामीले भविष्यमा ऊसित अझ धेरै कुराकानी गर्नुपर्छ र उसलाई एक्ल्याउनु हुँदैन।” यो सुनेर पनि अरूले केही पनि खुट्ट्याउँदैनन्। अधिकांश मानिसहरूले त्यस व्यक्तिको वाहवाही गरेको देखेर, ख्रीष्टविरोधीले आफ्ना मनसाय पूरा गर्न नसकेपछि त्यस विषयबारे थप केही पनि भन्दैन। पछि, ख्रीष्टविरोधीले अर्को समूहका मानिसहरू भेट्टाउँछ र सोध्छ: “के तिमीहरू कहिल्यै फलानाले परमेश्‍वरका वचनहरू पढेको देख्छौ? मलाई त ऊ सधैँ अरूसँग सङ्गति गरिरहेको र बाहिरी रूपमा व्यस्त देखिरहेको छाप परेको छ; किन ऊ परमेश्‍वरका वचनहरू कहिल्यै पढ्दैन?” यो समूह बढी समझदार हुन्छ, उनीहरू अन्तर्निहित कुरा बुझ्छन् र सोच्छन्, “यी दुईबीच फूट छ जस्तो देखिन्छ; ऊ हामीलाई त्यस व्यक्तिलाई कमजोर पार्न लगाउने र बहिष्कार गराउने प्रयास गरिरहेको छ।” त्यसैले, तिनीहरू जवाफ दिन्छन्: “हो, ऊ सधैँ महत्त्वहीन कामहरूमा व्यस्त हुन्छ, सधैँ मानिस र कामकुराबारे ज्यादै घोत्लिरहेको हुन्छ। ऊ परमेश्‍वरका वचनहरू विरलै पढ्छ, र पढिहाले पनि, ऊ निदाइहाल्छ; मैले यो धेरैपटक देखेको छु।” पहिलो समूहका र दोस्रो समूहका मानिसहरूसँगको कुराकानीबाट, ख्रीष्टविरोधीका शब्दहरूमा कस्तो स्वभाव देखिन्छ? के त्यो दुष्ट स्वभाव होइन र? (हो।) उसका कार्यका प्रकृति र माध्यमहरू कस्ता छन्? ती कुटिल छन्। पहिलो समूहका मानिसहरूले ख्रीष्टविरोधीले के गर्न खोजिरहेको थियो भनेर थाहै पाएनन्, तर दोस्रो समूहले के भइरहेको छ भनेर छनक पाइहाले, र त्यसपछि उसका तालमा ताल मिलाए। ख्रीष्टविरोधी आफूले भनेको कुरा दोस्रो समूहले मानेको र उनीहरूलाई लोभ्याउन सकिने देखेर, यो समूहलाई प्रयोग गरी आफ्नो सहकर्मीलाई हटाउन चाहन्छ। यस्तो सोच्ने शैली कुटिल हो। अनेक तरिकाले मनाइएपछि, दोस्रो समूह भ्रममा पर्छ र लोभिन्छ, अनि यसो भन्छ: “त्यो व्यक्तिले मण्डली अगुवा हुने सिद्धान्त र सर्तहरू पूरा नगर्ने भएकाले, मलाई लाग्छ अर्कोपटक हामीले उसलाई अगुवाका रूपमा भोट गर्नु हुँदैन, होइन त?” यो समूह निकै छली छ, उनीहरूले बोलेपछि ख्रीष्टविरोधीको मनोवृत्ति नियाल्छन्। ख्रीष्टविरोधी भन्छ: “त्यसरी हुँदैन; यो अनुचित हुन्छ। यो परमेश्‍वरको घर हो, समाज होइन!” यो सुनेपछि, उनीहरूले सोध्छन्: “के साँच्चै त्यसो गरेर हुँदैन? त्यसोभए हामीले के गर्नुपर्छ त? त्यसोभए हामी अर्कोपटक उसलाई भोट गर्नेछौँ।” ख्रीष्टविरोधीले तुरुन्तै भन्छ, “उसलाई भोट गरेर पनि हुँदैन।” देखिस् त? उनीहरूले जे भने पनि, त्यो सही हुँदैन; यो समस्या हो। खासमा, ख्रीष्टविरोधी यी मानिसहरूलाई आफ्नो मार्गमा हिँडाउन, खाल्डो खनेर त्यसमा हाल्न मात्र चाहन्छ। अन्त्यमा, यी मानिसहरूले अनेकथरीका कुराहरू सुनेपछि, ख्रीष्टविरोधीका अभिप्राय थाहा पाउँछन्: “निष्पक्ष चुनावचाहिँ गरौँ। उसमा त्यति धेरै राम्रा गुणहरू नभएकाले जेहोस् ऊ चयन नहुन सक्छ।” ख्रीष्टविरोधी खुसी हुन्छ। हेर: यहाँ एउटा ब्वाँसो र केही स्याल छन्, र तिनीहरू काँधमा काँध मिलाएर काम गरिरहेका छन्। यो ख्रीष्टविरोधी र मण्डलीमा उसलाई पछ्याउने शक्तिहरूले गर्ने कार्यहरूको सिद्धान्त र प्रकृति हो; यो तिनीहरूको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरू भन्छन्, “त्यसोभए भोट गरौँ। त्यसबाहेक, ऊ खासै महान् होइन; यदि हामीले भोट गर्‍यौँ भने ऊ नचुनिन पनि सक्छ।” के यसमा केही शङ्कास्पद कुरा छ? के तिनीहरू केही योजना गरिरहेका छन्? तिनीहरूले एकअर्काका शब्दबाट सुइँको पाइसकेका छन्, तर के गर्ने भनेर सिधै कसैले पनि भन्दैन; तिनीहरूबीच मौन समझदारी हुन्छ, र त्यो कुरा सबैले बुझ्छन्। बाहिरी रूपमा, ख्रीष्टविरोधीले सिधै कसैलाई पनि आफ्नो सहकर्मी नरोज्न निर्देशन दिँदैन, अनि ऊमुनिका मानिसहरू पनि “हामी उसलाई रोज्दैनौँ; हामी तपाईँलाई रोज्छौँ” भन्दैनन्। किन तिनीहरू त्यो सिधै भन्दैनन्? किनकि कसैले पनि अर्कोलाई आफ्नो कमजोरी समात्ने मौका दिन चाहँदैन। के यो कुटिल कुरा होइन र? यो सरासर दुष्टता हो। तिनीहरू एकअर्काको बोलीको भाव सुन्छन्, तर कसैले पनि सिधै बोल्दैन, र अन्त्यमा, एउटा सहमतिमा पुग्छन्। यसलाई शैतानी संवाद भनिन्छ। तिनीहरूमध्ये एक जना “मूर्ख” हुन्छ जसले कुरा सुनेपछि पनि बुझ्दैन र त्यस व्यक्तिलाई भोट गर्ने कि नगर्ने भनेर अरूलाई सोध्छ। ख्रीष्टविरोधीले कस्तो जवाफ दिन्छ? यदि उसले “तिमीलाई जे ठिक लाग्छ त्यही गर” भन्यो भने, त्यो अति प्रस्टै हुनेछ। यस्तो जवाफमा धम्की र उक्साहटको प्रकृति हुन्छ; दुष्ट मानिसहरू यस्तो बोल्दैनन्। बरु, तिनीहरू भन्छन्: “के परमेश्‍वरको घरमा कार्य प्रबन्धहरू छैनन् र? तिमीले जसलाई भोट गर्नुपर्ने हो उसैलाई गर; यदि कसैलाई चुन्नु हुँदैन भने, उसलाई भोट नगर।” के यो अस्पष्ट कुरा बोल्नु होइन र? तिनीहरू वैध देखिने बहाना प्रयोग गर्छन्, र भन्छन्: “तिमीले सिद्धान्तअनुसार नै कार्य गर्नुपर्छ; तिमीले मेरो कुरा सुनेर हुँदैन। मेरो कुराले अर्थ राख्दैन। म सिद्धान्त होइन; परमेश्‍वरका वचनहरू सिद्धान्त हुन्।” “मूर्ख” व्यक्तिले यो कुरा सुनेर सोच्छ, “यदि हामीले सिद्धान्तअनुसार कार्य गर्ने हो भने, म उसलाई भोट गर्नेछु।” समूहले यो व्यक्ति मूर्ख रहेछ र यसले तिनीहरूका योजना भताभुङ्ग पार्न सक्छ भन्ने बुझेर, सामूहिक रूपमै उसलाई निकाल्छ, र उक्त “मूर्ख” लाई तिनीहरूमाझ रहन दिँदैन। अन्त्यमा, जब “मूर्ख” ले त्यस व्यक्तिलाई भोट गर्नुपर्छ कि पर्दैन भनेर सोधिरहन्छ, तब कसैले भन्छ: “यसबारे पछि कुरा गरौँला। हामी यो कुरा उसको कार्य प्रस्तुतिका आधारमा तय गर्नेछौँ।” के यी शब्दहरूमा कुनै निर्णायकत्व छ? इमानदारीको कुनै तत्त्व छ? (छैन।) त्यसोभए यी शब्दहरूमा वास्तवमा के छ? यी शब्दहरूले तिनीहरूको दुष्ट स्वभाव, साथै गोप्य मनसाय, अभिप्राय, र उद्देश्यहरूलाई देखाउँछन्। तिनमा ख्रीष्टविरोधीको आँखाको छारो बन्ने व्यक्तिलाई हटाउने ब्वाँसो र स्यालहरूको गोप्य षड्यन्त्र समावेश छ। यो समूहका मानिसहरूले त्यस्तो कार्य गर्न सक्नुको कारण के हो? तिनीहरू आफ्नो दुष्ट स्वभावद्वारा नियन्त्रित हुनुबाहेक, तिनीहरूले त्यसो गर्न सक्नुको कारण भनेको तिनीहरूमाथिको ख्रीष्टविरोधीले त्यस व्यक्तिलाई मन नपराउनु हो। यदि तिनीहरूले उसलाई भोट गरेछन् र ख्रीष्टविरोधीले थाहा पायो भने, नतिजा राम्रो हुनेछैन। त्यसैले, तिनीहरूले गर्नुपर्ने सबैभन्दा जरुरी र महत्त्वपूर्ण, सबैभन्दा फाइदाजनक कुरा भनेको त्यस व्यक्तिलाई भोट नगर्नु हो। तिनीहरू सबैले ख्रीष्टविरोधीको कुरा सुन्छन्; ख्रीष्टविरोधीले जे भने पनि, उसका शब्दहरू जुनसुकै दिशातिर मोडिए पनि, यी मानिसहरू उसैलाई पछ्याउँछन्, सत्यता सिद्धान्त र परमेश्‍वरका वचनहरूलाई बेवास्ता गर्छन्। हेर्, यदि कुनै ख्रीष्टविरोधी देखा परेमा, उसको आज्ञापालन गर्नेहरू हुन्छै हुन्छन्। यदि कुनै ख्रीष्टविरोधीले काम गऱ्यो भने, कतिपय मानिसले उसलाई साथ दिनेछन् र पछ्याउनेछन्—एक्लै र कसैको साथविना काम गर्ने कुनै ख्रीष्टविरोधी हुँदैन।

भर्खरै छलफल गरिएको विषय ख्रीष्टविरोधीहरूले कसरी कुटिल रूपमा कार्य गर्छन् भन्ने कुराको एउटा प्रकटीकरण थियो। यहाँ उल्लेखित कुटिलपनले ख्रीष्टविरोधीहरूले गर्ने काममा रहेका तिनीहरूका उद्देश्य र प्रेरणाहरूलाई जनाउँछ, तर तिनीहरूले तँलाई त्यो कुरा न त भन्नेछन्, न त तँलाई देख्न दिनेछन्। जब तैँले त्यो कुरा पत्ता लगाउँछस्, तब तिनीहरूले त्यसलाई ढाकछोप गर्न हदैसम्म प्रयास गर्नेछन्, तँलाई भ्रममा पार्न र तिनीहरूप्रतिको तेरो बुझाइ बदल्न विभिन्न उपाय लगाउनेछन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल पक्ष हो। यदि तिनीहरूका मनसायहरू सजिलै खुलासा गरिए, वृहत रूपमा सार्वजनिक गरिए, सबैलाई बताइए, र मानिसहरूलाई थाहा दिइए भने, के त्यो कुटिल कुरा हुनेथ्यो? त्यो कुटिल कुरा हुनेथिएन; त्यो के हुनेथ्यो? (मूर्ख कुरा।) मूर्ख कुरा होइन—त्यो त समझलाई त्याग्ने हदसम्मको अहङ्कार हुनेथ्यो। ख्रीष्टविरोधीहरू व्यवहारले कुटिल हुन्छन्। तिनीहरू कसरी कुटिल हुन्छन्? तिनीहरू सधैँ छलकपटको भरमा व्यवहार गर्छन्, र तिनीहरूका शब्दहरूले केही प्रकट गर्दैनन्, त्यसैले मानिसहरूलाई तिनीहरूका अभिप्राय र लक्ष्यहरू बुझ्न कठिन हुन्छ। त्यो कुटिल कुरा हो। तिनीहरू आफूले भन्ने वा गर्ने कुनै पनि कुरामा सजिलै निष्कर्षमा पुग्दैनन्; तिनीहरू आफ्ना मातहतका मानिसहरू र श्रोताहरूलाई तिनीहरूको अभिप्रायबारे आभास गराउँछन्, र ती मानिसहरूले ख्रीष्टविरोधीलाई बुझेपछि उसका एजेन्डा र प्रेरणाअनुसार कार्य गर्छन् र उसको आदेश पालन गर्छन्। यदि कुनै काम पूरा भयो भने, ख्रीष्टविरोधी खुसी हुन्छ। यदि पूरा भएन भने, कसैले पनि ऊविरुद्ध कुनै निहुँ भेट्टाउन, वा उसले गर्ने कामपछाडिका प्रेरणा, अभिप्राय, वा लक्ष्यहरू बुझ्न सक्दैन। ख्रीष्टविरोधीहरूको कुटिलपन गोप्य षड्यन्त्र र लक्ष्यहरूमा हुन्छ, ती सबैको उद्देश्य नै अरू सबैलाई धोका दिने, अरूसित खेलवाड गर्ने, र अरूलाई नियन्त्रणमा राख्ने हुन्छ। कुटिल व्यवहारको सार यही हो। कुटिलपन भनेको केवल झूट बोल्नु वा कुनै खराब कुरा गर्नु होइन; बरु, यसमा त्योभन्दा ठूला आशय र लक्ष्यहरू हुन्छन्, जुन साधारण मानिसहरूले बुझ्नै सक्दैनन्। यदि तैँले कुनै कुरा गरेको छस् र त्यसबारे कसैले थाहा नपाओस् भन्ने चाहन्छस्, अनि झूट बोल्छस् भने, के त्यो कुटिलपन हो? (होइन।) त्यो केवल छलीपन हो, र यो कुटिलपनको तहमा पुग्दैन। के कारणले कुटिलपन छलीपनभन्दा गहन हुन्छ? (मानिसहरू त्यसलाई बुझ्न सक्दैनन्।) मानिसहरूलाई त्यो बुझ्न गाह्रो हुन्छ। त्यो यसको एउटा पक्ष हो। अरू के हो? (मानिसहरूले कुटिल व्यक्तिविरुद्ध कुनै निहुँ भेट्टाउँदैनन्।) ठिक भनिस्। कुरा के हो भने मानिसहरूलाई ऊविरुद्ध कुनै कुरा भेट्टाउन कठिन हुन्छ। त्यस व्यक्तिले खराब कामकुरा गरेको छ भनेर कतिपय मानिसलाई थाहा भए पनि, उनीहरू ऊ असल व्यक्ति हो कि खराब हो, दुष्ट व्यक्ति हो कि ख्रीष्टविरोधी हो भनेर निर्क्योल गर्न सक्दैनन्। मानिसहरू उसलाई छर्लङ्गै बुझ्न सक्दैनन्, तर ऊ असल हो भन्ठान्छन्, र उसको भ्रममा पर्न सक्छन्। त्यो कुटिलपन हो। सामान्यतया, मानिसहरू झूटहरू बोल्ने र सानातिना षड्यन्त्रहरू रच्ने झुकाव राख्छन्। त्यो छलीपन मात्र हो। तर ख्रीष्टविरोधीहरू सामान्य छली मानिसभन्दा कपटी हुन्छन्। तिनीहरू दियाबलस राजाजस्तै हुन्छन्; तिनीहरूले गर्ने कुरा कसैले बुझ्न सक्दैन। तिनीहरूले इन्साफको नाममा धेरै दुष्ट कामकुरा गर्न सक्छन्, र मानिसहरूलाई चोट पुर्‍याउँछन्, तर मानिसहरू अझै पनि तिनीहरूको गुनगान गाउँछन्। यसलाई कुटिलपन भनिन्छ।

विगतमा एउटा घटना घटेको थियो जहाँ माथिसँगको सम्पर्क र सङ्गतिको बेलामा, एक जना अगुवालाई परमेश्‍वरको घरका केही कार्य योजनाबारे जानकारी गराइएको थियो। त्यतिबेला, कार्य प्रबन्ध औपचारिक रूपमा जारी भइसकेको थिएन। फर्केपछि, उसले देखावटी गर्न थाल्यो, तर तैँले त्यो देखावटी गरेको हो भन्न सक्दैनथिस्। ऊ एउटा भेलामा निकै गम्भीर रूपले बोलिरहेको थियो, र अचानक, उसले सङ्गति गर्दागर्दै पहिले कहिल्यै नसुनिएको कुरा भन्यो: “हालसम्म, परमेश्‍वरको कामको हरचरण पूरा भएको छ, र मानिसहरू मूलत: स्थिर भइसकेका छन्। अर्को महिनादेखि, हामी सुसमाचार फैलाउनेछौँ, त्यसैले हामीले सुसमाचार समूहहरू स्थापना गर्नुपर्छ। सुसमाचार समूहहरू कसरी स्थापित गर्ने? यसमा केही विस्तृत कुरा छन्…।” यो कुरा सुनेपछि अरूले सोचे, “यी शब्दहरू कहाँबाट आए? माथिले त अहिलेसम्म कुनै कार्य प्रबन्धहरू जारी गर्नुभएको छैन। उसलाई कसरी थाहा भयो? उसमा पक्कै पनि दूरदृष्टि छ!” तिनीहरू उसलाई आराधना गरिरहेका थिए, होइन र? ऊप्रति मानिसहरूको मनोवृत्ति तत्कालै परिवर्तन भयो। उसले बस सुसमाचार समूहहरू स्थापित गर्ने कुरा मात्र गर्‍यो तर उसले पछि कुनै पनि विशेष काम गरेन—उसले खोक्रा नाराहरू मात्र फलाक्यो। खोक्रा नाराहरू फलाक्नुमा अवश्यै उसको आफ्नै उद्देश्य थियो; ऊ आफ्नो देखावटी गरिरहेको थियो, मानिसहरूले उसलाई ठूलो मानून् र आराधना गरून् भन्ने चाहिरहेको थियो। त्यसलगत्तै, माथिबाट कार्य प्रबन्ध जारी भयो। जब दाजुभाइ-दिदीबहिनीहरूले त्यो कुरा देखे, उनीहरू चकित भए र उनीहरूले भने, “गजबै भो! यो त अगमवाणी होइन र? तपाईँले यो कुरा कसरी थाहा पाउनुभयो? तपाईँ हामीले भन्दा राम्रो सत्यता बुझ्नुहुन्छ; तपाईँको कद हाम्रोभन्दा ठूलो छ। हाम्रो कद अत्यन्तै सानो छ। सुसमाचार प्रचार गर्ने बेला भयो भनेर तपाईँले हामीलाई भनिसक्नुभएको थियो, जबकि हामी भावशून्य थियौँ र हामीलाई केही थाहै थिएन। हेर्नू त, तपाईँले सङ्गति गरेको कुरा माथिबाटको कार्य प्रबन्धसँग मिल्दैन र? यो संयोगवश मिलेको हो, र अब यो पुष्टि भएको छ।” यस घटनामार्फत, सबैले साधारण रूपमा नभएर पूर्ण समर्पणका साथ, झण्डै ऊसामु घुँडा टेक्ने र ढोग्ने अवस्थासम्म पुगेर उसलाई अझ बढी आराधना गरे। धेरैजसो मानिसहरूलाई यो मामलाबारे थाहै थिएन; यदि त्यसबारे ऊ आफैले नभनेको भए, कसैलाई थाहा हुन्थेन, त्यो परमेश्‍वरलाई मात्र थाहा हुन्छ। यो अत्यन्तै प्रस्ट मामला थियो, र उसले यो कुरा कसैसामु प्रकट गरेन, बरु उनीहरूलाई निर्लज्ज रूपमा छल गर्ने निर्णय गर्‍यो। के यो व्यवहारलाई कुटिल मानिन्छ? (मानिन्छ।) किन उसले अरूलाई यसरी छल गर्‍यो? उसले यस तरिकाले व्यवहार र कार्य गर्न सक्नुको कारण के थियो? उसले हृदयमा साँच्चै के सोचिरहेको थियो? ऊ आफूलाई मानिसहरूले फरक रूपमा हेरून्, ऊ साधारण व्यक्ति होइन भन्ठानून् भन्ने चाहन्थ्यो। के यो सामान्य मानवतामा हुनुपर्ने कुरा हो? (होइन।) यस्तो व्यक्तिका कार्यहरू घिनलाग्दा र निर्लज्ज हुन्छन्। के तैँले यसलाई कुटिल कुरा मान्नेथिस्? (मान्नेथिएँ।) यो कुरा कुटिल हुनुबाहेक अलि घिनलाग्दो पनि छ।

ख्रीष्टविरोधीहरूमध्ये, एकखाले व्यक्ति हुन्छ जसले कहिल्यै कुनै गलत कुरा भनेको सुनिएको छैन वा गलत काम गरेको देखिएको छैन; उसले जे गर्छ र जसरी काम गर्छ ती सामान्यतया असल मानिन्छन् र सबैबाट अनुमोदित हुन्छन्। ऊ प्रायजसो कृपालु सन्तझैँ मुहार बनाएर मुस्कुराउँछ, र कहिल्यै कसैलाई काटछाँट गर्दैन। मानिसहरूले जे-जस्तो गल्ती गरे पनि, ऊ सधैँ ममतामय आमाको जत्तिकै क्षमाशील हृदयले उनीहरूलाई सहन्छ। ऊ मण्डलीमा प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने, बाधा र अवरोधहरू सिर्जना गर्ने, वा दुष्ट कार्यहरू गर्ने मानिसहरूलाई कहिल्यै कारबाही गर्दैन। के यो उसले यी कुराहरू देख्न वा खुट्ट्याउन नसकेकाले हो? अहँ, यो दुवैमध्ये कुनै पनि होइन; उसले ती कुरा देख्न र खुट्ट्याउन सक्छ, तर उसले हृदयमा के विश्वास गर्छ भने, यदि यी मानिसहरूलाई पखालियो अनि मण्डली इमानदारहरू, सत्यता पछ्याउनेहरू, परमेश्‍वरप्रति निष्कपट रूपले समर्पित हुनेहरूले मात्र भरिएर शान्त बन्यो भने, ऊ आफै सजिलै खुट्ट्याइन सक्छ र उसले मण्डलीमा आफ्नो स्थान नपाउन सक्छ। यसर्थ, उसले यी मानिसहरूलाई साथमा राख्छ, दुष्कर्मीहरूलाई दुष्टता गरिरहन, झूट बोल्नेहरूलाई झूट बोलिरहन, र बाधा दिनेहरूलाई बाधा दिइरहन दिन्छ, यी बाधाहरूमार्फत मण्डली कहिल्यै शान्त नहोस् भन्ने सुनिश्चित गर्छ, र त्यसरी आफ्नो हैसियत सुरक्षित राख्छ। त्यसोभए, कसैलाई निष्कासन गर्नुपर्‍यो, निराकरण गर्नुपर्‍यो, एक्ल्याउनुपर्‍यो, वा पदबाट हटाउनु पर्‍यो भने, उसले के भन्छ? “हामीले मानिसहरूलाई पश्चात्ताप गर्ने मौका दिनैपर्छ। कोसँग पो कमीकमजोरी वा भ्रष्टता हुँदैन र? कसले गल्ती गरेको हुँदैन? हामीले सहनशील हुन सिक्नैपर्छ।” दाजुभाइ-दिदीबहिनीहरूले यसबारे मनन गर्छन् र भन्छन्, “हामी परमेश्‍वरलाई साँच्चै विश्वास गर्ने र अपराध गर्ने वा मूर्ख र अज्ञानीहरूलाई सहन्छौँ, तर दुष्ट मानिसहरूलाई सहँदैनौँ। ऊ दुष्ट व्यक्ति हो।” ख्रीष्टविरोधीले जवाफ दिन्छ, “ऊ कसरी दुष्ट व्यक्ति हो? ऊ कहिलेकाहीँ मात्र रुखो बोली बोल्छ; त्यो दुष्टता होइन। हत्या गर्ने र संसारमा आगजानी गर्ने मानिसहरू वास्तविक दुष्ट मानिस हुन्।” तर ख्रीष्टविरोधीले वास्तवमा के सोच्छ? “ऊ दुष्ट व्यक्ति हो? के ऊ म जत्तिकै दुष्ट छ? तिमीले मैले गरेको कुरा देखेकै छैनौ, म भित्री रूपमा के सोचिरहेको छु भनेर तिमीलाई थाहै छैन। थाहा भएको भए, के तिमीहरूले मलाई पखाल्नेथिएनौ र? उसलाई पखाल्ने सोचिरहेका छौ? सम्भव छैन! म तिमीलाई उसलाई तह लगाउन दिनेछैनँ। जसले प्रयास गर्छ, म ऊसित रिसाउनेछु, म उसका लागि परिस्थितिहरू एकदमै कठिन बनाइदिनेछु! जसले उसलाई तह लगाउन खोज्छ, म त्यसलाई निष्कासित गर्नेछु!” तर के उसले यो कुरा सुन्नेगरी भन्छ? अहँ, भन्दैन। त्यसोभए उसले के गर्छ त? पहिला उसले परिस्थिति साम्य बनाउँछ, मामिलाको स्थितिलाई स्थिर पार्छ, मण्डलीलाई अगुवाइ गर्न सक्षम र विभिन्न शक्तिहरूलाई सन्तुलन गर्न सक्ने देखिन्छ, ताकि मण्डली ऊविना चल्न नसकोस्। के यसरी उसको पद सुरक्षित हुँदैन त? उसको पद सुरक्षित भइसकेपछि, के उसको जीविका सुरक्षित हुँदैन र? कुटिल हुनु भनेको यही हो। त्यसैले धेरैजसो मानिस यस्ता व्यक्तिलाई छर्लङ्गै बुझ्न सक्दैनन्। किन सक्दैनन्? तिनीहरू कहिल्यै सत्य बोल्दैनन्, न त हल्का रूपमा नै काम गर्छन्। माथिले तिनीहरूलाई जे अह्राए पनि, तिनीहरू झारा टार्छन्; वितरण गर्नुपर्ने पुस्तकहरू तिनीहरू पठाइदिन्छन्; तिनीहरू हप्तामा केही भेला गरिराख्छन्, र भेलाहरूको समयमा सङ्गतिमा एकाधिकार जमाउँदैनन्। बाहिरबाट हेर्दा, सबथोक सिद्ध र खोटरहित देखिन्छ, आलोचना गर्ने ठाउँ नै हुँदैन। तर तिमीहरू एउटा कुरा चाहिँ खुट्ट्याउन सक्छौ: तिनीहरू दुष्ट मानिसहरूलाई कहिल्यै तह लगाउँदैनन्। बरु उल्टै, तिनीहरूको रक्षा गर्छन्, निरन्तर रूपमा तिनीहरूको ढाकछोप र बचाउ गर्छन्। के यो कुटिल कुरा होइन र? यसमा तिनीहरूको व्यवहारको कुटिल पक्ष के हो, केन्द्रविन्दु के हो? यी कुराहरूलाई प्रस्ट्याउनैपर्छ। तिनीहरू कहिल्यै सत्य बोल्दैनन्, सधैँ झूट बोलेर परमेश्‍वरको घरलाई धोका दिन्छन्। तिनीहरू दुष्ट मानिसहरूले दुष्टता गरेको देख्छन् तर तिनीहरूलाई कहिल्यै तह लगाउँदैनन्, सधैँ मामिलालाई सामसुम पार्ने गर्छन्, अनि धैर्य र सहनशीलता अभ्यास गर्छन्। तिनीहरूले यी कुरा गर्नुको मनसाय के हो? के यो साँच्चै मानिसहरूलाई एक-अर्काको सबल पक्षबाट सिकेर आफ्ना कमीकमजोरी सुधार्न र एक-अर्काप्रति सहनशील हुन मद्दत गर्नु हो? (होइन।) त्यसोभए तिनीहरूको उद्देश्य के हो? तिनीहरू आफ्नो प्रभाव बलियो पार्न, र आफ्नो हैसियत स्थिर पार्न चाहन्छन्। तिनीहरूलाई के थाहा छ भने दुष्ट मानिसहरूलाई पखालिएपछि तिनीहरूको पालो आउनेछ; तिनीहरू यही कुरादेखि डराउँछन्। त्यसकारण, तिनीहरू दुष्ट मानिसहरूलाई साथमै राखिरहन्छन्; तिनीहरू त्यहाँ भइञ्जेल, ख्रीष्टविरोधीको हैसियत सुरक्षित हुन्छ। यदि दुष्ट मानिसहरूलाई पखालियो भने, ख्रीष्टविरोधी सकिनेछ। दुष्ट मानिसहरू भनेको उसको सुरक्षाको पर्खाल, उसको कवच हो। त्यसैले, चाहे जोसुकैले दुष्ट मानिसहरूको खुलासा गरोस् वा तिनीहरूलाई पखाल्नुपर्छ भनेर सुझाव देओस्, ऊ यसो भन्दै असहमति जनाउँछ, “तिनीहरूले अझै आफ्ना कर्तव्य निभाउन सक्छन्, अझै पैसा चढाउन सक्छन्; कम्तीमा पनि, तिनीहरूले अझै पनि श्रम गर्न सक्छन्!” ऊ दुष्ट मानिसहरूको बचाउ गर्ने कारण र बहानाहरू खोज्छ, अनि सामान्यतया, समझशक्ति नभएका मानिसहरूले ऊभित्र लुकेको दुर्भावनापूर्ण नियत देख्न सक्दैनन्, त्यसलाई खुट्ट्याउन सक्दैनन्।

के कुनै ख्रीष्टविरोधीका कुटिल कार्यहरूले तिमीहरूमा गहिरो छाप पारेका कुनै अन्य उदाहरणहरू छन्? कसैले भन त। (एक जना दिदी सुसमाचार समूहकी सुपरिवेक्षक थिइन्, र हरमहिना उनले केही मानिस प्राप्त गर्थिन्, तीमध्ये कतिपय गैरविश्‍वासी थिए। ख्रीष्टविरोधीले कार्य प्रबन्धलाई प्रसङ्गबाहिर गएर व्याख्या गर्‍यो, उसले भन्यो, सुसमाचार प्रचार मुख्य गरी सम्प्रदायका मानिसहरूप्रति लक्षित हुनुपर्छ, गैरविश्‍वासीहरू गौण हुनुपर्छ, अनि यदि गैरविश्‍वासीहरूप्रति ध्यान केन्द्रित गरियो भने, त्यो कार्य प्रबन्धको गम्भीर उल्लङ्घन हो। उसले “सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी” बाट परमेश्‍वरका वचनहरूसमेत प्रयोग गरेर यस व्यवहारको विश्लेषण गर्‍यो। त्यसपछि उसले सबैलाई यसो भन्दै भोट गर्न लगायो, “के यस्तो व्यक्ति अझै पनि सुपरिवेक्षक हुन सक्छ?” त्यो बेला, मण्डलीका धेरै जना एकदुई वर्ष मात्र भएका नयाँ विश्वासी थिए र उनीहरूले खुट्ट्याउन सक्दैनथे, त्यसैले उनीहरू कार्य प्रबन्ध उल्लङ्घन गर्नु गम्भीर हो भन्ने महसुस गरेर उक्त दिदीलाई बर्खास्त गर्न सहमत भए। ती दिदी त्यो बेला एकदमै नकारात्मक बनिन्; यस ख्रीष्टविरोधीद्वारा चिरफार गरिएपछि र दोषी ठहराइएपछि, उनलाई आफू नै ख्रीष्टविरोधी भएको र पक्कै पनि परमेश्‍वरद्वारा हटाइने महसुस भयो, अनि उनी अत्यन्तै नकारात्मक बनिन्, र उनलाई जिउन मन लागेन। त्यसअलावा, यस ख्रीष्टविरोधीले माथिका केही प्रवचन र सङ्गतिहरू पनि रोकिराख्यो, हामीलाई सुन्न दिएन। उसले माथिको सङ्गति अत्यन्तै कठोर छ र यो सुनेपछि सानो कदका हामी नयाँ विश्वासीहरूले धारणा विकास गर्नेछौँ भनेर दाबी गर्‍यो। बाहिरी रूपमा, उसले हामीलाई ख्याल गरिरहेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, उसलाई यदि हामीले माथिका प्रवचनहरू सुन्यौँ भने हामीले उसलाई खुट्ट्याउन सक्नेछौँ, र त्यसपछि उसले हामीलाई नियन्त्रणमा राख्न सक्नेछैन भन्ने डर थियो। उसले यी उचित देखिने विधिहरू प्रयोग गरेर मानिसहरूलाई सास्ती दिने र ठग्ने गर्थ्यो, उसले गरेको कुरा तर्कसङ्गत र परमेश्‍वरको घरको कार्य प्रबन्धअनुसार छ जस्तो देखाउँथ्यो।) यो घटनालाई निश्चय नै कुटिल भनेर व्याख्या गर्न सकिन्छ। जोकोही ख्रीष्टविरोधीले निरन्तर रूपमा उस्तै अभ्यासहरू गर्छ, त्यसमा अलिकति पनि फरक हुँदैन, तिनीहरूले गर्ने जुनसुकै कुराका अभिप्राय र लक्ष्यहरू उही हुन्छन्। के यसले ख्रीष्टविरोधीहरू वास्तवमा पिशाच र दुष्टात्मा हुन् भनेर प्रमाणित गर्दैन र? (गर्छ।) अवश्यै गर्छ। ख्रीष्टविरोधीहरू अर्थात् यी पिशाच र दुष्टात्माहरूका कार्यहरूलाई कुटिल भनेर व्याख्या गर्नु पूर्णतया उपयुक्त हुन्छ र त्यो बिलकुलै बढाइचढाइ गरिएको हुँदैन।

यी उदाहरणहरूबाट तिमीहरूले केही अन्तर्ज्ञान प्राप्त गरेको हुनुपर्छ; के तिमीहरूले ख्रीष्टविरोधीहरूका कुटिल कार्यहरूबारे केही समझशक्ति विकास गर्न थालेका छौ? गोप्य अभिप्राय र मनसायसहितको कुटिल व्यवहार संलग्न कुनै पनि कुरा साधारण व्यक्तिको कार्य होइन, इमानदार व्यक्तिको कार्य होइन, र निश्चय नै सत्यता पछ्याउने व्यक्तिको कार्य होइन। के तिनीहरूले गर्ने कामकुरा सत्यता अभ्यास गर्नु हो? के तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए, तिनीहरू के गरिरहेका हुन्छन्? तिनीहरू मण्डलीका काममा अवरोध पुऱ्याइरहेका र विघटन ल्याइरहेका, दुष्टता गरिरहेका हुन्छन्; तिनीहरू परमेश्‍वरको मार्ग पछ्याइरहेका हुँदैनन्, न त परमेश्‍वरको घरको कामलाई समर्थन नै गरिरहेका हुन्छन्। तिनीहरू जे गर्छन् त्यो मण्डलीको काम होइन; तिनीहरू आफ्नै एजेन्डा पछ्याउन मण्डलीको काम गरेको खोल मात्र ओडिरहेका हुन्छन्, विशेष गरी आफ्नो व्यक्तिगत स्वार्थ र शैतानका स्वार्थहरू जोगाइरहेका हुन्छन्। अरू कुनै उदाहरणहरू छन्? (२०१५ मा, माथिबाट एउटा कार्य प्रबन्ध जारी भयो, जसमा हामीलाई झूटा अगुवाहरू खुट्ट्याउने अनि साँचो र झूटो मण्डलीहरूबीचको भिन्नता छुट्ट्याउनेबारे सङ्गति गर्न “जागृत” को लेख प्रयोग गर्न निर्देशन दिइएको थियो। मण्डलीमा एक जना अगुवा थियो जो भर्खरै बर्खास्त भएको थियो, जसले के भन्थ्यो भने हामी परमेश्‍वरका नयाँ विश्वासी हौँ र सानो कदका छौँ, अनि हामी माथिको कार्य प्रबन्धलाई अत्यन्तै सतही रूपमा बुझ्छौँ—परमेश्‍वरका कार्यहरू बुझ्न सकिँदैनन्, र माथिले यो प्रबन्धलाई गहिरो अर्थमा जारी गऱ्यो। उसले यसो पनि भन्यो, “झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने सत्यताहरूका सम्बन्धमा, माथिले यसअघि धेरै सङ्गति प्रदान गरेको छ र त्यसलाई एकदमै प्रस्टसित व्याख्या गरेको छ। यदि त्यो झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने कुरा मात्र भएको भए, अर्को कार्य प्रबन्ध जारी गर्नुपर्ने थियो र?” पछि, उसले सन्दर्भविनै विगतका माथिको कार्य प्रबन्ध, प्रवचन, र सङ्गतिहरूका खण्डहरू लिएर दसौँ हजार शब्द सामग्रीहरू सङ्कलन गरी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पाऱ्यो, हामीलाई त बरु “जागृत” लाई खुट्ट्याउन लगायो। त्यो बेला, हामी भ्रममा पऱ्यौँ अनि हामीले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन ध्यान दिएनौँ। पछि, यो व्यक्ति ख्रीष्टविरोधी भएको खुलासा भयो। उसलाई यदि सबैले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन थाले भने, उसका दुष्ट कार्यहरू पर्दाफास गर्नेछन् र उसलाई खुट्ट्याउनेछन् भन्ने डर थियो, त्यसैले बरु उसले जानाजानी हामीलाई गलत दिशामा डोऱ्याएर “जागृत” लाई खुट्ट्याउन लगायो।) यो चतुऱ्याइँ, गलत दिशामा लैजाने तरकिब थियो, जसले ध्यान भङ्ग गरेर ध्यान अन्तै मोड्थ्यो ताकि ऊप्रति कसैले पनि ध्यान नदेओस्। के यो परिचित विधिजस्तो लाग्दैन? जब ठूलो रातो अजिङ्गरले आफ्नो राजनैतिक प्रणालीभित्र आन्तरिक अशान्ति वा सर्वसाधारणले हड्ताल वा विद्रोहको योजना गर्नेजस्ता सङ्कट सामना गर्छ, तब त्यसले यही तरकिब प्रयोग गर्छ—ध्यान अन्तै मोड्ने तरकिब। त्यसले यो विधि बारम्बार अपनाउँछ। जब कुनै सङ्कट उत्पन्न हुन्छ, तब त्यसले युद्धको त्रास पैदा गर्छ, देशभक्ति फैलाउँछ, अनि त्यसपछि प्रतिरोध युद्ध र देशभक्तिसम्बन्धी चलचित्रहरू निरन्तर रूपमा देखाउँछ वा झूटा समाचार फैलाई राष्ट्रवादी भावना जगाएर ध्यान अन्तै मोड्छ। ठूलो रातो अजिङ्गरले यी कुरा गोप्य मनसायले, अव्यक्त उद्देश्यहरू राखेर गर्छ—यसलाई कुटिल व्यवहार भनिन्छ। ख्रीष्टविरोधीहरूको पूर्वज को हो? त्यो ठूलो रातो अजिङ्गर, दियाबलस हो। तिनीहरूका कार्यहरूको प्रकृति ठ्याक्कै उस्तै हुन्छ, मानौँ तिनीहरू एकअर्काका साझेदार हुन्। ख्रीष्टविरोधीहरूका षड़्यन्त्र र विधिहरू कहाँबाट आउँछन्? ती तिनीहरूका पूर्वज, दियाबलस शैतानले सिकाएका हुन्। शैतान तिनीहरूभित्र हुने भएकाले तिनीहरू कुटिल रूपमा चल्नु एकदमै सामान्य कुरा हो; यसले तिनीहरूमा ख्रीष्टविरोधी प्रकृति छ भनी पूर्ण रूपमा प्रकट गर्छ।

(परमेश्‍वर, म एउटा उदाहरण सुनाउन चाहन्छु। एक जना ख्रीष्टविरोधीको यो घटना जिजिन पाष्टरीय इकाइमा घटेको हो। २०१२ को वसन्त ऋतुतिरको कुरा हो। एन नाम गरेको एक जना ख्रीष्टविरोधीले विभिन्न मण्डलीमा धेरै भ्रम फैलाएको थियो र “परमेश्‍वर धर्ती छाड्नुअघि सबैभन्दा बढी के कुरालाई ख्याल गर्नुहुन्छ” शीर्षकको पर्चासमेत लेखेर गोप्य रूपमा सारा मण्डलीहरूलाई बाँडेको थियो। उसले परमेश्‍वर जानुभएपछि उहाँका चुनिएका मानिसहरूले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसको कुरा सुन्नेछन् कि छैनन् भन्ने कुरालाई परमेश्‍वर आफू जानुअघि सबैभन्दा बढी ख्याल गर्नुहुन्छ, त्यसैले हामीले परमेश्‍वरका अभिप्रायहरू बुझ्नुपर्छ; र अब, परमेश्‍वरको वचन खानु र पिउनुको साटो पवित्र आत्माले प्रयोग गरेको मानिसको प्रवचन, सङ्गति र कार्य प्रबन्ध मात्र पढे पुग्छ भनेर दाबी गऱ्यो। फलस्वरूप, धेरै दाजुभाइ-दिदीबहिनी भ्रममा परे; उनीहरूले परमेश्‍वरको वचन खान र पिउन छाडे, जुन त्यो ख्रीष्टविरोधीले हासिल गर्न खोजेको लक्ष्य थियो। ख्रीष्टविरोधीको कपटीपन त्यसैमा हुन्छ, उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई गवाही दिने भेषमा मानिसहरूलाई परमेश्‍वरको वचनबाट टाढा पुर्‍यायो, परमेश्‍वरको वचन खाने र पिउने काम त्याग्न लगायो, साथै मानिसहरूलाई आफूले परमेश्‍वरको हृदय गहन रूपमा बुझेको छ भन्ने महसुस गरायो। उसले परमेश्‍वर जानुअघि उहाँ के कुरालाई ख्याल गर्नुहुन्छ भनेर सोचेकाले मानिसहरूले उसलाई उच्च सम्मान र आराधना गरे।) उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई किन उच्च पार्‍यो? पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिस त मानव हो, र ऊ पनि मानव नै हो। उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पारेर मानिसहरूलाई वास्तवमा उसैलाई आराधना गर्न र उच्च पार्न लगाइरहेको थियो; उसको लक्ष्य त्यही थियो। हामीले उसको कुरा सही थियो वा गलत भनी मूल्याङ्कन गरेर मात्र हुँदैन; हामीले उसका शब्दहरूले हासिल गरेका परिणाम र उद्देश्यहरूलाई हेर्नुपर्छ; त्यो नै मुख्य कुरा हो। त्यसैले, उसले पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्नुको उद्देश्य वास्तवमा आफैलाई उच्च पार्नु थियो; उसको उद्देश्य त्यही थियो। उसलाई थाहा थियो, पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्दा निश्चय नै कसैले विरोध गर्नेछैन, र मानिसहरूले ऊसँग सहमत भएर उसलाई उच्च पार्नेछन्। तर यदि उसले सिधै आफूलाई उच्च पारेर आफ्नो गवाही दिएको भए, मानिसहरूले उसलाई खुलासा गर्न, खुट्ट्याउन, र नकार्न सक्थे। त्यसकारण, त्यो ख्रीष्टविरोधीले आफूलाई उच्च पार्न र आफ्नो गवाही दिन पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसलाई उच्च पार्ने तरकिब अपनायो; यो नै त्यस ख्रीष्टविरोधीको धूर्तता थियो। ख्रीष्टविरोधी एनका कार्यहरू एकदमै कुटिल थिए, मानिसहरू सजिलै उसको भ्रममा पर्थे—यो एक विशिष्ट ख्रीष्टविरोधी घटना हो। परमेश्‍वरका चुनिएका मानिसहरूले यो ख्रीष्टविरोधीको घटनाबाट खुट्ट्याउन सिक्नुपर्छ, ख्रीष्टविरोधीहरूका कुटिल पक्षहरू, साथै तिनीहरूले मानिसहरूलाई भ्रममा पारेर परिणाम हासिल गर्न प्रयोग गर्ने प्रचलित विधि र उपायहरू बुझ्नुपर्छ। यी कुरा बुझ्नाले मानिसहरूलाई ख्रीष्टविरोधीहरू खुट्ट्याउनमा ठूलो फाइदा पुग्छ। अरू कसले उदाहरण सुनाउनु छ?

(परमेश्‍वर, मैले पनि एउटा ख्रीष्टविरोधी घटना सुनाउनु छ। यो हेनान पाष्टरीय इकाइको घटना हो। २०११ तिर, ख्रीष्टविरोधी यु, जो एक बर्खास्त भएकी झूटो अगुवा थिई, उसलाई मण्डलीले पखाल्ने कामको जिम्मा लिन खटाएको थियो किनकी उसमा केही प्रतिभा र कार्य अनुभव थियो। त्यसबखत, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई पूर्ण रूपले खुलासा र उन्मूलन गर्न माथिबाट एउटा कार्य प्रबन्ध जारी भएको थियो। हैसियत मन पराउने युले यसलाई पुनरागमनको अवसरका रूपमा देखी। उसले कार्य प्रबन्ध कार्यान्वयन गर्ने बहानामा पवित्र आत्माको कामको प्रवाह पछ्याउन अनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनमा ध्यान दिन निरन्तर रूपमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरी। तर, उसले तिनलाई खुट्ट्याउने सिद्धान्तहरू सङ्गति गरिन बरु हामीलाई अगुवा र कामदारहरूप्रति ध्यान दिन लगाई। प्रत्येक भेलामा, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवा र कामदारहरूको कार्य प्रस्तुतिबारे बोल्न लगाउँथी। हामीले बोलेपछि, ऊ तिनीहरूका काममा भएका केही विचलनहरू र तिनीहरूले प्रकाश गरेका भ्रष्ट स्वभावहरूलाई समातेर यी समस्याहरूको प्रकृतिलाई बढाइचढाइ गर्थी, र तिनीहरूलाई सिधै झूटा अगुवा भनेर बर्खास्त गर्थी। पछि, उसले यी झूटा अगुवा र कामदारहरूलाई कसरी निमिट्यान्न पारेकी थिई भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई निरन्तर रूपमा गवाही दिन्थी, यसरी उनीहरूलाई आफूमा खुट्ट्याउने क्षमता र कार्य सामर्थ्य भएको महसुस गराउँथी। वास्तवमा, उसले यी अगुवा र कामदारहरूको बर्खासीको मौका छोपेर पुनरागमन गर्ने र अगुवा हुने लक्ष्य राखेकी थिई। युको भ्रममा परेका दाजुभाइ-दिदीबहिनीहरूले अगुवा र कामदारहरूले प्रकाश गरेको भ्रष्टता र तिनीहरूको काममा रहेका विचलनहरू देखेर, तिनीहरू झूटा अगुवा पो हुन् कि भन्ने शङ्का गर्न थाले, र उनीहरूले मण्डलीका सबै तहका अगुवाहरूलाई प्रश्नसमेत गरे, जसका कारण उनीहरूले अगुवा र कामदारहरूका काममा सामान्य रूपमा सहकार्य गर्न सकेनन्। सानो कदका थुप्रै अगुवा र कामदारहरू पनि एकदमै बाधित भए, नकारात्मकता र सजगताको स्थितिमा जिए, उनीहरूले आफ्ना कर्तव्यहरू सामान्य रूपमा गर्न सकेनन्, जसका कारण मण्डली अस्तव्यस्त भयो। त्यसबखत, धेरै मानिसले यस ख्रीष्टविरोधीलाई आराधना गरे, र झण्डै एक दर्जन मण्डलीहरू यस ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा परे। यो ख्रीष्टविरोधी प्रकट भएपछि पनि, कतिपय मानिसले उसलाई खुट्ट्याउन सकेनन्, उसले मण्डलीको काम सम्हालिरहेकी छे भन्ने विश्वास गरे, र कतिपय त उसका पक्षमा समेत उभिए।) भ्रममा परेका दाजुभाइ-दिदीबहिनीहरूलाई पछि के भयो? (सङ्गति र सहयोगमार्फत, कतिपयले ख्रीष्टविरोधीलाई खुट्ट्याए र उद्धार पाए, तर कतिपय चाहिँ, अरूले उनीहरूसित जति नै सङ्गति गरे पनि, उनीहरूले हठ कसेर ख्रीष्टविरोधीलाई नै पछ्याउने निधो गरे, र अन्त्यमा यी मानिसहरूलाई हटाइयो।) के अहिले धेरैजसो मानिसले यस ख्रीष्टविरोधीलाई खुट्ट्याउँछन् त? (अब उनीहरूले केही मात्रामा खुट्ट्याउँछन्।) जिद्दी भइरहने र नबद्लिनेहरू नष्ट हुन योग्य हुन्छन्; ख्रीष्टविरोधीलाई पछ्याउनुको परिणाम यही हो।

हामीले भर्खरै ख्रीष्टविरोधीहरूका कुटिल कार्यहरूका विभिन्न प्रकटीकरणबारे सङ्गति गर्‍यौँ। अब, त्यसबारे सारांशमा कुरा गरौँ: ख्रीष्टविरोधीहरूको यस्तो व्यवहारले व्यक्त गर्ने सार र स्वभाव के हो? (दुष्टता।) यो मुख्यतः दुष्टता नै विशेषता भएको स्वभाव हो। त्यसोभए के हामी दुष्ट स्वभावका मानिसहरू प्रायः कुटिल तरिकामा कार्य गर्छन्, र कुटिल रूपमा कार्य गर्नेहरूमा एकदमै दुष्ट स्वभाव हुन्छ भन्न सक्छौँ? (सक्छौँ।) के यो तार्किक तर्क हो? बाहिरबाट हेर्दा यो कताकता तर्कजस्तो देखिए पनि, वास्तवमा, परिस्थितिहरू ठ्याक्कै यस्तै हुन्छन्—दुष्ट स्वभावका मानिसहरू प्राय: कुटिल तरिकामा चल्छन्। ख्रीष्टविरोधीहरूका कुटिल तरिकामा कार्य गर्ने प्रकृति सार शैतानबाट उत्पन्न हुन्छ; तिनीहरू दियाबलस र शैतानजस्तै हुन् भन्ने कुरा निकै प्रस्ट छ। ख्रीष्टविरोधीहरू कसरी काम गर्छन् भनी हेरेर, तैँले दियाबलसहरू र शैतान कसरी चल्छन् भनी बुझ्न सक्छस्। वास्तविक दियाबलसहरू र शैतान र ठूलो रातो अजिङ्गरले योभन्दा अझ गम्भीर रूपमा काम गर्छन्। केवल एउटा ख्रीष्टविरोधीले समेत अत्यन्तै कुटिल रूपमा, यस्तो चलाक तरकिबका साथ काम गर्छ, गल्ती कोट्याउने कुनै ठाउँ नराखी यसरी बोल्छ कि कसैले पनि कुनै त्रुटि भेट्टाउन वा उसको गल्ती पक्रन असम्भव हुन्छ। बूढा दियाबलसहरू र शैतान त झनै कति कुटिल होलान्! ख्रीष्टविरोधीहरूको कुटिल व्यवहारको दृष्टिकोणबाट विचार गर्दा, हैसियतविहीन साधारण मानिसहरू, जो विरलै अरूसित कुराकानी गर्छन् वा खुल्छन्, जो पारदर्शिताविना काम गर्छन् र आफूले भित्री रूपमा के सोचिरहेको छु वा के गर्ने विचार गरिरहेको छु र आफूले काम गर्नुका अभिप्रायहरू के-के हुन् भनी अरूलाई थाहा दिन चाहँदैनन्, जो अत्यन्तै गोप्य रहन्छन् र आफूलाई राम्रोसँग लुकाउँछन्—के तिनीहरूका बोली र व्यवहारले पनि कुटिलपनको सङ्केत दिँदैनन् र? यदि यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गरिएन भने, तिनीहरू निश्चय नै ख्रीष्टविरोधी मार्गमा हिँडिरहेका हुन्छन्। यो निश्चित छ। यदि ख्रीष्टविरोधीका मार्गमा हिँड्नेहरू काटछाँट स्विकार्दैनन्, अरूका सुझावहरू मान्दैनन्, र त्योभन्दा पनि सत्यता स्विकार्दैनन् भने, हैसियत प्राप्त गरेपछि, तिनीहरू ख्रीष्टविरोधी बन्छै बन्छन्; यो समयको कुरा मात्र हो। यदि त्यस्तो दुष्ट स्वभाव भएका र एकपटक ख्रीष्टविरोधी मार्गमा हिँडिसकेका कतिपय मानिसले ख्रीष्टविरोधीसँग केही समानता देखाएका छन्, तर काटछाँट स्विकारेपछि, पश्चात्ताप गर्छन्, सत्यता स्विकार्न सक्छन्, पहिलेको मार्ग त्याग्छन्, र बदलिएर सत्यता अभ्यास गर्न सक्छन् भने, नतिजा के हुनेछ? यस्तो बदलाबले उनीहरूलाई ख्रीष्टविरोधी मार्गबाट अझ टाढा पुर्‍याउनेछ, जसले गर्दा उनीहरूलाई परमेश्‍वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न सजिलो हुनेछ, र त्यसपछि उनीहरूले मुक्ति पाउने आशा पाउनेछन्। ख्रीष्टविरोधीहरू कसरी कुटिल तरिकामा कार्य गर्छन् भन्ने प्रकटीकरणहरूबारे सङ्गति यति नै हो; अर्को सङ्गति गर्नुपर्ने प्रकटीकरण भनेको तिनीहरू कसरी स्वेच्छाचारी र तानाशाही छन् भन्ने हो।

आ. ख्रीष्टविरोधीहरूको स्वेच्छाचारी र तानाशाही व्यवहार, अनि तिनीहरूले कसरी मानिसहरूलाई जबरजस्ती पालन गर्न लगाउँछन् भन्ने कुराको विश्लेषण

ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही शैलीमा कार्य गर्छन्, अरूसँग कहिल्यै सङ्गति गर्दैनन् वा परामर्श माग्दैनन्, आफूखुसी काम गर्छन्, र अरूलाई जबरजस्ती पालन गर्न लगाउँछन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले जे गरे पनि, तिनीहरूले जस्तोसुकै प्रबन्ध वा निर्णयहरू गरे पनि, अरूसँग सङ्गति गर्दैनन्, सहमतिमा पुग्दैनन्, समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्, र आफ्ना कर्तव्य पूरा गर्दा लागु गर्नुपर्ने सिद्धान्तहरू खोज्दैनन्। यसअलावा, तिनीहरू मानिसहरूलाई तिनीहरूले किन निश्चित तौरतरिकाले कामकुरा गरिरहेका छन् भनी बुझ्न दिँदैनन्, जसले गर्दा मानिसहरू अन्योलमा पर्छन् र तिनीहरूको कुरा सुन्न बाध्य हुन्छन्। यदि कसैले कुनै कुरा नबुझेर त्यसबारे ख्रीष्टविरोधीलाई सोधेमा, ऊ सङ्गति वा व्याख्या गर्न अनिच्छुक हुन्छ। यस मामलामा ख्रीष्टविरोधीले कस्तो परिस्थिति कायम राख्न चाहन्छ? एक-एक कुरा थाहा पाउने अनुमति कसैलाई पनि हुँदैन; सुसूचित हुने अधिकार कसैसँग पनि हुँदैन। ऊ आफूले जे चाहन्छ त्यही गर्छ, र उसलाई सही लागेको कुरा राम्ररी कार्यान्वयन हुनैपर्छ। अरूलाई प्रश्न गर्ने अधिकार हुँदैन, झन् उनीहरू ऊसँग सहकार्य गर्न त झनै योग्य हुँदैनन्; उनीहरूको भूमिका आज्ञापालन गर्ने र समर्पित हुने मात्र हो। ख्रीष्टविरोधी यसलाई कसरी हेर्छ? “तिमीहरूले मलाई अगुवाका रूपमा चुनेकाले तिमीहरू मेरो व्यवस्थापनअन्तर्गत छौ र तिमीहरूले मेरो कुरा सुन्नैपर्छ। यदि तिमीहरू मेरो कुरा सुन्न चाहँदैनौ भने, तिमीहरूले मलाई नचुन्नुपर्थ्यो। यदि तिमीहरू मलाई चुन्छौ भने, तिमीहरूले मेरो कुरा सुन्नुपर्छ। सबथोकमा मेरो अन्तिम निर्णय हुन्छ!” उसको नजरमा, ऊ र दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध के हो? ऊ आदेश दिने व्यक्ति हो। दाजुभाइ-दिदीबहिनीहरूले सही र गलत छुट्याउन मिल्दैन, सोधपुछ गर्न मिल्दैन, र उसलाई आरोप लगाउन, खुट्ट्याउन, प्रश्न गर्न वा शङ्का गर्न पाउँदैनन्; यी सबै निषेध गरिएका हुन्छन्। ख्रीष्टविरोधीले योजना, अभिव्यक्ति, र विधिहरू प्रस्ताव मात्र गर्नुपर्छ, अनि सबैले त्यसमा कुनै प्रश्न नगरी वाहवाही गर्नैपर्छ र सहमति जनाउनैपर्छ। यो अलि जबरजस्ती भएन र? यो कस्तो तरकिब हो? यो स्वेच्छाचारी र तानाशाही कुरा हो। यो कस्तो स्वभाव हो? (क्रूर।) सतही अर्थमा, “स्वेच्छाचारी” ले एक्लै निर्णयहरू गर्नु, अन्तिम निर्णय गर्नुलाई जनाउँछ; अनि “तानाशाही” को अर्थ एक्लैले कुनै मूल्याङ्कन वा निर्णय गरेपछि, अरू सबैले भिन्न मत वा अभिव्यक्ति नराखी, प्रश्नसमेत नगरी त्यो कार्यान्वयन गर्नैपर्ने स्थिति हो। स्वेच्छाचारी र तानाशाही हुनु भनेको कुनै परिस्थिति आइपर्दा, के गर्ने भनी निर्णय गर्नुअघि यसलाई आफैले मनन र विचार गर्नु हो। तिनीहरू कसरी कामकुरा गर्ने भन्नेबारे अरू कसैको सुझावविना, पर्दापछाडि आफै निर्णय गर्छन्; तिनीहरूका आफ्नै सह-कर्मचारी, सहकर्मी वा उच्च तहका अगुवाहरूले समेत हस्तक्षेप गर्न सक्दैनन्—स्वेच्छाचारी र तानाशाही हुनु भनेको यही हो। तिनीहरूले जस्तोसुकै परिस्थिति सामना गरे पनि, यसरी कार्य गर्नेहरू मनमा कुरा खेलाएर र जानाजानी दिमाग खियाएर निरन्तर अघि बढ्छन्, कहिल्यै अरूको परामर्श लिँदैनन्। तिनीहरू दिमागमा अनेक तरिकाले सोच्छन्, तर तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनेर कसैलाई थाहा हुँदैन। किन कसैलाई थाहा हुँदैन? किनकि तिनीहरूले यो कुरा भन्दैनन्। कतिपय मानिसले तिनीहरू बोलक्कड नभएर मात्र यस्तो हो भन्ठान्लान्, तर खास कुरा त्यही हो? यो व्यक्तित्वको मामला होइन; यो अरूलाई अन्धकारमा राख्न जानाजानीको निर्णय हो। तिनीहरू आफ्नै तवरले कामकुरा गर्न चाहन्छन्, तिनीहरूका आफ्नै लेखाजोखा हुन्छन्। तिनीहरू के लेखाजोखा गरिरहेका हुन्छन्? तिनीहरूका लेखाजोखा आफ्नै हित, हैसियत, ख्याति, प्राप्ति, र प्रतिष्ठासँग सम्बन्धित हुन्छन्। तिनीहरू कसरी आफ्नै पक्षमा कार्य गर्ने, आफ्नो हैसियत र प्रतिष्ठामा आँच आउन कसरी नदिने, अरूले तिनीहरूलाई छर्लङ्गै नदेख्ने गरी कसरी कार्य गर्ने, र विशेष गरी आफ्ना कार्यहरू माथिबाट कसरी लुकाउने भन्नेबारे मनन गर्छन्, र अन्त्यमा कसैलाई कुनै कमजोरी नदेखाई लाभ प्राप्त गर्ने आशा गर्छन्। तिनीहरू सोच्छन्, “यदि मैले क्षणिक भूलचूकमा केही गलत कुरा भनेमा, सबैले मलाई छर्लङ्गै देख्नेछन्। यदि कसैले बेला न कुबेला बोलेर मेरो बारेमा माथिलाई रिपोर्ट गर्‍यो भने, माथिले मलाई बर्खास्त गर्न सक्छन्, अनि म आफ्नो हैसियत गुमाउनेछु। त्यसअलावा, यदि मैले अरूसँग सधैँ सङ्गति गरेँ भने, के मेरा सीमित क्षमताहरू सबैसामु प्रस्ट हुनेछैनन् र? के अरूले मलाई तुच्छ ठान्लान् र?” लौ भन् त, यदि ती कुरा साँच्चै छर्लङ्गै देखिएमा, के त्यो राम्रो हुनेछ कि नराम्रो? वास्तवमा, सत्यता पछ्याउनेहरूका लागि, इमानदार मानिसहरूका लागि छर्लङ्गै देखिनु र केही इज्जत र प्रतिष्ठा गुमाउनुले खासै फरक पार्दैन। उनीहरू यी कुराहरूमा खासै चिन्तित देखिँदैनन्; उनीहरू तीप्रति कम सजग देखिन्छन् र तिनलाई धेरै महत्त्व दिँदैनन्। तर ख्रीष्टविरोधीहरू ठिक उल्टो हुन्छन्; तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरू आफ्नो हैसियत अनि आफूप्रति अरूका बुझाइ र मनोवृत्तिहरूलाई जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छन्। तिनीहरूलाई आफ्ना मनका कुरा वा सत्यता भन्न लगाउनु हदै गाह्रो हुन्छ; धेरै लाभहरू दिएर पनि पर्याप्त नहुन सक्छ। यदि तिनीहरूलाई आफ्ना गोप्य कुरा वा निजी मामलाहरू खुलाउन लगाइयो भने, त्यो झनै कठिन हुनेछ—तिनीहरूले ज्यानै गए पनि त्यो नगर्न सक्छन्। यो कस्तो प्रकृति हो? के यस्तो व्यक्तिले सत्यता स्विकार्न सक्छ? के उसले मुक्ति पाउन सक्छ? पक्कै पनि सक्दैन। आखिर, “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ।”

ख्रीष्टविरोधीहरू आफ्नो आत्ममूल्य, हैसियत, इज्जत, र आफ्नो शक्ति कायम राख्न सक्ने कुनै पनि कुरालाई विशेष महत्त्व दिन्छन्। तँ तिनीहरूसित यसो भन्दै सङ्गति गर्छस्, “मण्डलीको काम गर्दा, चाहे त्यो बाह्य मामला होस् वा आन्तरिक प्रशासन, कर्मचारी समायोजन, वा अरू कुनै कुरा होस्, तपाईँहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्नैपर्छ। अरूसँग सहकार्य गर्न सिक्ने पहिलो चरण भनेको सङ्गति गर्न सिक्नु हो। सङ्गति भनेको बेकारको कुराकानी वा आफ्नो नकारात्मकता वा परमेश्‍वरविरुद्ध विद्रोह व्यक्त गर्नु मात्र होइन। तपाईँहरूले अरूलाई प्रभाव पार्नका लागि आफ्नो नकारात्मक वा विद्रोही स्थितिहरू पोखाउनु हुँदैन। मुख्य कुरा त कसरी परमेश्‍वरका वचनहरूमा सिद्धान्तहरू खोज्ने र सत्यता बुझ्ने भन्नेबारे सङ्गति गर्नु हो।” तर, तैँले सत्यताबारे जति सङ्गति गरे पनि, त्यसले तिनीहरूलाई प्रभावित पार्न वा तिनीहरूले काम गर्ने र आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र दिशालाई परिवर्तन गर्न सक्दैन। यो कस्तो स्वभाव हो? हल्का रूपमा भन्नुपर्दा, यो हठीपन हो; कडाइका साथ भन्नुपर्दा, यो क्रूरता हो। खासमा, यसलाई क्रूरता भन्नु उचित हुन्छ। ब्वाँसोले भेडालाई गाँजिरहेको कुरा विचार गर्; यदि तैँले “म बरु खरायो दिन्छु, त्यो भेडालाई जान दे, हुन्छ?” भनी मोलतोल गरिस् भने, त्यो सहमत हुनेछैन। तैँले, “म तँलाई गाई दिन्छु, हुन्छ?” भनिस् भने, त्यो कदापि सहमत हुँदैन। त्यसले पहिला भेडा खानेछ, र त्यसपछि गाई खानेछ। त्यो एउटा खाएर सन्तुष्ट हुँदैन; त्यसले दुइटै चाहन्छ। यो कस्तो स्वभाव हो? (अतृप्त लोभी र अत्यन्तै क्रूर।) यो अति क्रूरता हो! त्यसै गरी, ख्रीष्टविरोधीहरूको अत्यन्तै क्रूर स्वभावको सन्दर्भमा भन्नुपर्दा, सत्यतामा सङ्गति गरेर, तिनीहरूलाई काटछाँट गरेर वा सल्लाह दिएर काम छैन। तैँले अझ उच्च हैसियत वा धेरै लाभद्वारा आकर्षित नगरेसम्म त्यस्तो कुनै कुराले पनि तिनीहरूको जरा गाढेर बसेको हैसियतको पछ्याइ वा अरूलाई नियन्त्रण गर्ने चाहना परिवर्तन गर्न सक्दैन। अन्यथा, तिनीहरूले आफ्नो मुखमा परिसकेको सिकारलाई कदापि छोड्नेछैनन्। कदापि नछोड्नुको अर्थ के हो? त्यसको अर्थ, तिनीहरूले कुनै निश्चित हैसियत प्राप्त गरिसकेपछि यो अवसरलाई प्रयोग गरेर जोरदार रूपमा आफूलाई प्रस्तुत र प्रदर्शन गर्नेछन्। के प्रदर्शन गर्छन्? आफ्ना विभिन्न प्रतिभा र वरदानहरू, आफ्नो पृष्ठभूमि, शिक्षा, मूल्य, र सामाजिक हैसियत प्रदर्शन गर्छन्, आफू कति सक्षम र दक्ष छन्, आफूले कसरी मानिसहरूलाई नचाउन र चालबाजी गर्न सक्छन्, कसरी मानिसहरूलाई वशमा पार्न सक्छन् भनी घमण्ड गर्छन् र सान देखाउँछन्। सत्यता र समझ नभएकाहरूलाई यो सुनेपछि त्यस्ता ख्रीष्टविरोधीहरू अत्यन्तै प्रभावशाली रहेछन् भन्ने लाग्छ; तिनीहरूलाई हीनताबोध हुन्छ, र तिनीहरू स्वेच्छाले ख्रीष्टविरोधीको नियन्त्रणमा अधीनस्थ हुन्छन्।

कतिपय ख्रीष्टविरोधीहरू षड्यन्त्र रच्नमा अत्यन्तै धूर्त र मनका कुरा नखोल्ने हुन्छन्। तिनीहरू सर्वोच्च शैतानी दर्शन पालना गर्छन्, जुन कुनै पनि परिस्थितिमा विरलै बोल्नु र आफूले सामना गर्ने कुनै पनि परिस्थितिमा आफ्नो अडान सजिलै व्यक्त नगर्नु, बोल्नैपर्ने बाध्यता आइपरेपछि मात्र बोल्नु हो। तिनीहरू केवल सबैका कार्यहरू ध्यानपूर्वक नियाल्छन्, मानौँ तिनीहरूको उद्देश्य बोल्नु वा कार्य गर्नुअघि आफू वरिपरिकालाई राम्ररी बुझ्नु र छर्लङ्गै चिन्नु हो। तिनीहरूले पहिला कोचाहिँ आफ्नो सिकार हुन र सहयोगी बन्न सक्छ, र आफ्नो “राजनैतिक शत्रु” का रूपमा कोबाट सावधान रहनुपर्छ भनी पहिचान गर्छन्। कहिलेकाहीँ तिनीहरू बोल्दैनन् वा अडान लिँदैनन्, मौन रहन्छन्, तैपनि भित्रभित्र मनन र आकलन गरिरहेका हुन्छन्; यी व्यक्तिहरू हृदयमा धूर्त हुन्छन् र विरलै खुलेर बोल्छन्। के तिमीहरू यस्तो व्यक्तिलाई निकै दुष्ट भन्नेथियौ? यदि तिनीहरू प्रायः खुलेर बोल्दैनन् भने, तैँले तिनीहरूलाई कसरी खुट्ट्याउन सक्छस्? के तिनीहरूलाई छर्लङ्गै चिन्न सजिलो छ? यो एकदमै गाह्रो छ। यस्ता मानिसहरूको हृदय शैतानी दर्शनले पूर्ण रूपमा भरिएको हुन्छ। के यो कुटिल कुरा होइन र? ख्रीष्टविरोधीहरूलाई लाग्छ, यदि तिनीहरूले धेरै बोलेमा, निरन्तर रूपमा आफ्नो दृष्टिकोण व्यक्त गरेमा र अरूसित सङ्गति गरेमा, तिनीहरूलाई सबैले छर्लङ्गै चिन्नेछन्; ख्रीष्टविरोधीलाई उनीहरूले उसमा गहनता छैन, ऊ एक साधारण व्यक्ति मात्र हो भन्ठान्नेछन्, र सम्मान गर्नेछैनन् भन्ने लाग्छ। ख्रीष्टविरोधीका लागि सम्मान गुमाउनुको अर्थ के हो? त्यसको अर्थ मानिसहरूको हृदयमा तिनीहरूको सम्मानित हैसियत गुम्नु, मामुली, अज्ञानी र साधारण देखिनु हो। ख्रीष्टविरोधीहरू यस्तो हेर्ने आशा गर्दैनन्। त्यसकारण, जब ख्रीष्टविरोधी मण्डलीका अरूले सधैँ खुलस्त भएर आफ्नो नकारात्मकता, परमेश्‍वरविरुद्धको विद्रोह, हिजो उनीहरूले गरेका गल्तीहरू, वा आज इमानदार हुन नसकेकाले आफूलाई भएको असहनीय पीडा स्विकारेको देख्छ, तब ऊ यी मानिसहरूलाई मूर्ख र भोलाभाला ठान्छ, किनकि ऊ यस्ता कुराहरू कहिल्यै स्विकार्दैन, र आफ्ना विचारहरू लुकाइ राख्छ। कतिपय मानिस कमजोर क्षमता वा सोझो भएका कारण, र जटिल विचारहरू नभएका कारण विरलै बोल्छन्, तर जब ख्रीष्टविरोधीहरू विरलै बोल्छन्, त्यसको त्यही कारण होइन; त्यो त स्वभावको समस्या हो। तिनीहरू अरूलाई भेट्दा विरलै बोल्छन् र मामलाहरूमा आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन्। किन तिनीहरू आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्? पहिलो कुरा, तिनीहरूमा निश्चय नै सत्यता हुँदैन र तिनीहरू कामकुरा छर्लङ्गै देख्न सक्दैनन्। यदि तिनीहरू बोलेमा, गल्तीहरू गर्छन् र छर्लङ्गै देखिन सक्छन्; तिनीहरू होच्याइमा परिएला भनी डराउँछन्, त्यसैले मौन भएको बहाना बनाउँछन् र गम्भीर र विचारशील भएको स्वाङ पार्छन्, जसले गर्दा अरूलाई तिनीहरूको अड्कल गर्न गाह्रो हुन्छ, तिनीहरू बुद्धिमान् र प्रतिष्ठित देखिन्छन्। यस्तो देखावटी रूपका कारण, मानिसहरू ख्रीष्टविरोधीलाई कम आँक्ने आँट गर्दैनन्, अनि उसलाई बाहिर शान्त र सौम्य देखेर, उनीहरू उसलाई अझ उच्च सम्मान गर्छन् र अनादर गर्ने आँट गर्दैनन्। यही नै ख्रीष्टविरोधीहरूको कुटिल र दुष्ट पक्ष हो। तिनीहरू आफ्नो दृष्टिकोण सजिलै व्यक्त गर्दैनन् किनकि तिनीहरूका धेरैजसो दृष्टिकोण सत्यतासँग मेल खाँदैनन्, बरु ती केवल मानव धारणा र कल्पना मात्र हुन्छन्, खुलासा गर्न योग्य हुँदैनन्। त्यसैले, तिनीहरू मौन रहन्छन्। भित्री रूपमा तिनीहरू केही ज्योति पाइने आशा गर्छन् जसलाई प्रशंसा प्राप्त गर्न देखाउन सकिन्छ, तर तिनीहरूमा यो नभएकाले, तिनीहरू सत्यताको सङ्गतिका क्रममा चुपचाप र लुकेर बस्छन्, भूतजस्तै छायाँमा लुकेर अवसर पर्खेर बस्छन्। अरूले ज्योतिबारे बोलेको देख्दा, तिनीहरू त्यसलाई आफ्नो बनाउने उपायहरू खोज्छन्, देखावा गर्न त्यसलाई अर्को तरिकामा व्यक्त गर्छन्। ख्रीष्टविरोधीहरू यतिका धूर्त हुन्छन्। तिनीहरू आफूले जे गरे पनि अलग देखिने र श्रेष्ठ हुने कोसिस गर्छन्, किनकि तिनीहरूलाई यति गरेमा मात्र खुसी लाग्छ। यदि तिनीहरूले अवसर पाएनन् भने, तिनीहरू पहिला चुपचाप बस्छन्, र आफ्नो दृष्टिकोण आफूसँगै राख्छन्। यो ख्रीष्टविरोधीहरूको धुर्त्याइँ हो। उदाहरणका लागि, जब परमेश्‍वरको घरद्वारा कुनै प्रवचन जारी हुन्छ, तब कतिपय मानिसले त्यो परमेश्‍वरका वचनझैँ देखिन्छ भन्छन्, र अरूले चाहिँ त्यो माथिबाटको सङ्गतिझैँ देखिने सोच्छन्। तुलनात्मक रूपमा सिधासाधा मानिसहरू आफ्नो मनको कुरा बोलिहाल्छन्, तर ख्रीष्टविरोधीहरू यसबारे आफूसँग कुनै राय भए पनि त्यसलाई लुकाएर राख्छन्। तिनीहरू अवलोकन गर्छन् र बहुमतको दृष्टिकोणलाई पछ्याउन तयार हुन्छन्, तर वास्तवमा तिनीहरू त्यसलाई राम्ररी बुझ्न सक्दैनन्। के यस्ता चतुर र धूर्त मानिसहरूले सत्यता बुझ्न सक्छन् वा तिनीहरूमा साँचो सुझबुझ हुन सक्छ? सत्यता नबुझ्ने व्यक्तिले के कुरा पो छर्लङ्गै बुझ्न सक्छ र? उसले केही पनि छर्लङ्गै बुझ्न सक्दैन। कतिपय मानिस कामकुरालाई छर्लङ्गै बुझ्न नसके पनि गम्भीर भएको बहाना गर्छन्; वास्तवमा, तिनीहरूमा समझशक्ति हुँदैन र आफूलाई अरूले छर्लङ्गै बुझ्नेछन् भन्ने डर हुन्छ। यस्ता परिस्थितिमा हुनुपर्ने सही मनोवृत्ति हो: “हामी यस मामलालाई छर्लङ्गै बुझ्न सक्दैनौँ। हामीले आफूलाई थाहा नभएकाले लापरवाही रूपमा बोल्नु हुँदैन। गलत बोल्दा नकारात्मक असर पर्न सक्छ। म माथिले के भन्छन् त्यो पर्खेर हेर्नेछु।” के त्यो इमानदारीसाथ बोल्नु होइन र? त्यस्तो सरल भाषा भएर पनि ख्रीष्टविरोधीहरू किन त्यो भन्दैनन्? तिनीहरू आफू छर्लङ्गै देखिएको चाहँदैनन्, तिनीहरूलाई आफ्ना सीमितताहरू थाहा छ; तर यसको पछाडि पनि घृणित अभिप्राय हुन्छ—त्यो हो, आदर पाउने। के यो सबैभन्दा घिनलाग्दो कुरा होइन र? सबैले बोलिसकेपछि, धेरैले त्यो परमेश्‍वरका वचन हो र थोरैले होइन भनेको देखेर, ख्रीष्टविरोधीलाई पनि उक्त प्रवचन परमेश्‍वरको वचन नहुन सक्छ भन्ने लाग्छ, तर उसले त्यो कुरा सिधै भन्दैन। ऊ भन्छ, “म यस मामलामा हतारमा निष्कर्ष निकाल्न सक्दिनँ; म बहुमतकै पक्षमा जान्छु।” ऊ आफूमा अन्तर्ज्ञानको कमी भएको स्विकार्दैन, बरु भेष बदल्न र लुक्न यो अभिव्यक्ति प्रयोग गर्छ, त्यस सँगसँगै आफू निकै बुद्धिमान् भएको, आफ्ना विधिहरू उत्कृष्ट भएको ठान्छ। त्यसको दुई दिनपछि, जब परमेश्‍वरको घरले उक्त प्रवचन परमेश्‍वरको वचन हो भनी घोषणा गर्छ, तब त्यो ख्रीष्टविरोधीले तुरुन्तै भन्छ, “देख्यौ, मैले तिमीलाई के भनेको थिएँ? त्यो परमेश्‍वरको वचन हो भनेर मलाई सुरुदेखि नै थाहा थियो, तर म तिमीहरूमध्ये ती नचिन्नेहरूको कमजोरीबारे चिन्तित थिएँ, त्यसैले मैले त्यो भन्न सकिनँ। यदि मैले त्यो परमेश्‍वरका वचन हो भनेको भए, के मैले तिमीहरूलाई दोषी ठहराइरहेको हुनेथिइनँ र? तिमीहरू कति दुःखित हुनेथ्यौ! तिमीहरू धेरै कमजोर छौ भन्ने थाहा पाएर म कसरी ढुक्क हुन सक्थेँ र? त्यसपछि त म कस्तो अगुवा हुनेथिएँ?” भेष बदल्न कति माहिर! ख्रीष्टविरोधीहरूका हरेक कुरापछाडि अभिप्राय र उद्देश्यहरू हुन्छन्; जब तिनीहरू मुख खोल्छन्, तब त्यो घमण्ड गर्ने, आफ्नो उपलब्धि, विगतका असल कार्य र विगतका गौरवको सान देखाउनेबारे हुन्छ। तिनीहरू बोल्दैपिच्छे यिनै कुराबारे बोल्छन्। तिनीहरूलाई छर्लङ्गै बुझ्न नसक्नेहरूले तिनीहरूलाई आदर्श मान्छन्, तर तिनीहरूलाई छर्लङ्गै बुझ्न सक्नेहरूलाई तिनीहरू अत्यन्तै अन्तर्घाती र छली लाग्छ—ख्रीष्टविरोधीले आफ्ना कमीकमजोरी कहिल्यै स्विकार्दैन। ख्रीष्टविरोधीहरू गोप्य रूपमा चल्छन् र दोधारे कुरा गर्छन्; तिनीहरू बढीजसो बकवास बोल्छन्, अनि तिनीहरू कुनै पनि कुरा छर्लङ्गसित चिन्न वा कुनै पनि सत्यता बुझ्न सक्दैनन्। अझ खराब त, तिनीहरूले कुनै सत्यता नबुझे पनि बुझेको बहाना गर्छन् र हरकुरामा संलग्न हुन चाहन्छन्, सबै मामलामा निर्णय गर्न र हैकम चलाउन चाहन्छन्, र आफू वरिपरिकालाई जान्ने कुनै अधिकार दिँदैनन्। यसले अन्त्यमा कस्तो परिस्थिति निम्त्याउँछ? तिनीहरूसँग सहकार्य गर्ने वा तिनीहरूसँग कर्तव्य गर्ने सबैलाई तिनीहरू बाहिरी रूपमा ती बफादार र मूल्य चुकाउन इच्छुक देखिए पनि, वास्तवमा कुरा त्यो होइन भन्ने महसुस हुन्छ। वर्षौँदेखि ख्रीष्टविरोधीको निकट रहेकाहरूले समेत तिनीहरू के सोचिरहेका छन् भनेर छर्लङ्गै बुझ्न वा तिनीहरूले साँच्चै के गर्न सक्छन् भनी थाहा पाउन सक्दैनन्—धेरैजसो मानिसले तिनीहरूलाई राम्रोसँग बुझ्न सक्दैनन्। तिनीहरूले भन्ने सबै कुरा झूट र खोक्रा शब्दहरू, जाली र छली शब्दहरू हुन्। तिनीहरू हरकुरामा संलग्न हुन र सारा निर्णयहरू गर्न चाहन्छन्, तर निर्णय गरिसकेपछि सम्भावित कुनै नतिजाको जिम्मेवारी लिँदैनन्, र यस व्यवहारको सफाइ दिन कारणहरू दिन्छन्। निर्णय गरेपछि, तिनीहरू कामचाहिँ अरूलाई गर्न दिन्छन्, जबकि आफूचाहिँ अरू मामलामा हस्तक्षेप गर्नतिर लाग्छन्। सुरुको मामलालाई अनुगमन गरिएको छ छैन, त्यसलाई कार्यान्वयन गरिएको छ छैन, यो कार्यान्वयन कतिको प्रभावकारी भएको छ, त्यस शैलीबारे अरू धेरैजसोमा कुनै राय छ छैन, त्यसले परमेश्‍वरको घरका हितहरूलाई क्षति पुर्‍याउँछ पुर्‍याउँदैन, वा दाजुभाइ-दिदीबहिनीहरूमा त्यसबारे समझ छ कि छैन भन्नेबारे तिनीहरू वास्तै गर्दैनन्, त्यो आफ्नो चासोको कुरा होइन र आफूसँग त्यसको कुनै सम्बन्ध छैन जस्तै गर्छन्—तिनीहरू अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरूले वास्ता गर्ने एउटै मात्र कुरा के हो? तिनीहरू आफूले देखावा गर्न र अरूको प्रशंसा पाउन सक्ने कुराहरूको मात्र वास्ता गर्छन्; तिनीहरूले त्यसो गर्न अवसरहरू कहिल्यै छुटाउँदैनन्। आफ्नो काममा, तिनीहरू आदेश दिने र प्रावधानहरू लागु गर्नेबाहेक केही पनि गर्दैनन्। तिनीहरू शक्तिको खेल खेल्न र मानिसहरूलाई चालबाजी गर्न मात्र सक्छन्, अनि आत्म-सन्तुष्ट हुन्छन् र आफ्नो काममा सफल भएको सोच्छन्। तिनीहरूलाई आफ्नो कार्यशैलीका परिणामहरूबारे पटक्कै थाहा हुँदैन—तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेका हुन्छन्, मण्डलीको काममा बाधा र अवरोध पुर्‍याइरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरको इच्छालाई अघि बढाउनमा अवरोध खडा गरिरहेका र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न खोजिरहेका हुन्छन्।

“स्वेच्छाचारी र तानाशाही हुनु, अरूसँग कहिल्यै सङ्गति नगर्नु, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु”—ख्रीष्टविरोधीहरूको यो व्यवहारको सारले मुख्यतः के जनाउँछ? तिनीहरूको स्वभाव दुष्ट र क्रूर हुन्छ, र तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने अत्यन्तै बलियो चाहना हुन्छ, जुन मानव चेतनाको सीमाबाहिर हुन्छ। यसअलावा, आफूले निर्वाह गर्ने कर्तव्यप्रति तिनीहरूको कस्तो बुझाइ वा दृष्टिकोण र मनोवृत्ति हुन्छ? यो सच्चा रूपले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूभन्दा कसरी फरक छ? सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरू आफूले गर्ने काममा सिद्धान्तहरू खोज्छन्, जुन आधारभूत आवश्यकता हो। तर ख्रीष्टविरोधीहरू आफूले निर्वाह गर्ने कर्तव्यलाई कसरी बोध गर्छन्? तिनीहरूको कर्तव्य निर्वाहमा कस्तो स्वभाव र सार प्रकट हुन्छन्? तिनीहरू उच्च पदमा रहन्छन् र आफूमुनिकाहरूलाई बडप्पन देखाउँछन्। तिनीहरू नेतृत्व गर्न चुनिएपछि, आफूलाई हैसियत र पहिचान भएका व्यक्तिका रूपमा हेर्न थाल्छन्। तिनीहरू आफ्नो कर्तव्य परमेश्‍वरबाट पाएको हो भनी स्विकार्दैनन्। कुनै निश्चित पद हासिल गरेपछि, तिनीहरूलाई आफ्नो हैसियत महत्त्वपूर्ण छ, आफ्नो शक्ति ठूलो हो, र आफ्नो पहिचान अद्वितीय छ भन्ने लाग्छ, जसले गर्दा तिनीहरू उच्च पदमा रहेर अरूलाई हेयको दृष्टिले हेर्छन्। त्यससँगै, तिनीहरू आफूले आदेशहरू जारी गर्न र आफ्नै सोचअनुसार कार्य गर्न सक्छु र यसो गरेकोमा कुनै सन्देह राख्नु पर्दैन भनेर सोच्छन्। तिनीहरू कर्तव्य निर्वाह गर्ने अवसर प्रयोग गरेर अख्तियारप्रतिको लालसा पूरा गर्न, अरूलाई शक्तिले शासन र नेतृत्व गर्ने आफ्नो चाहना र महत्त्वाकाङ्क्षा पूरा गर्न सकिन्छ भनेर सोच्छन्। तिनीहरू अन्तत: आफ्नो अख्तियारमा चुनौती नहुने मौका पाइएको महसुस गर्छन् भन्न सकिन्छ। कतिपयले भन्छन्: “स्वेच्छाचारी र तानाशाही हुनु, अनि कहिल्यै अरूसँग सङ्गति नगर्नु नै ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन्। हाम्रो अगुवामा पनि ख्रीष्टविरोधीका स्वभाव र प्रकटीकरणहरू भए पनि, उनी हामीसँग प्रायः सङ्गति गर्छन्!” के त्यसको अर्थ उनी ख्रीष्टविरोधी होइनन् भन्ने हो? ख्रीष्टविरोधीहरू कहिलेकाहीँ बहाना बनाउन सक्छन्: एक चरण सबैसँग सङ्गति गरेर सबैका सोचहरू बुझेपछि र बोध गरेपछि—आफ्नो पक्षमा को छ र को छैन भनी पहिचान गरेपछि—तिनीहरू उनीहरूलाई वर्गीकरण गर्छन्। भावी मामलाहरूमा, तिनीहरू आफूसँग राम्रो सम्बन्ध भएका र आफूसँग मिल्नेहरूसँग मात्र कुराकानी गर्छन्। तिनीहरूसँग ताल नमिल्नेहरूलाई धेरैजसो मामलाहरूबारे प्रायः जानकारी गराइँदैन र तिनीहरू उनीहरूलाई परमेश्‍वरका वचनका पुस्तकहरूबाट वञ्चित पनि गराउलान्। के तिमीहरूले कहिल्यै स्वेच्छाचारी र तानाशाही भएर अरूसँग सङ्गति नगरेर यस्तो व्यवहार गरेका छौ? स्वेच्छाचारी र तानाशाही त निश्चय नै हुने गर्छ, तर अरूसँग कहिल्यै सङ्गति नगर्ने त हुँदै भएन नि; तैँले कहिलेकाहीँ सङ्गति गर्न सक्छस्। तर, सङ्गति गरेपछि, कामकुरा तैँले भनेजस्तै गरी अघि बढ्छन्। कतिपय मानिस सोच्छन्: “हामीले सङ्गति गरे पनि, वास्तवमा मैले धेरै पहिले निश्चित योजना बनाइसकेको छु। म आफूले गर्ने कुरामा मेरा सिद्धान्तहरू छन् भनी तिमीलाई थाहा दिन औपचारिकताका लागि मात्र तिमीसँग सङ्गति गर्छु। के तिमी मलाई तिम्रो योग्यता थाहा छैन भन्ने सोच्छौ? आखिर, तिमीले मेरै कुरा सुन्नुपर्नेछ र मेरै तरिका पछ्याउनुपर्नेछ।” खासमा, तिनीहरूले हृदयमा धेरै पहिला निर्णय गरिसकेका हुन्छन्। तिनीहरूलाई लाग्छ, “म बोल्नमा सिपालु छु र कुनै पनि तर्कलाई आफ्नो पक्षमा मोड्न सक्छु; बोल्नमा मलाई कसैले जित्न सक्दैन, त्यसैले स्वाभाविक रूपमा हावा मेरै इशारामा चल्नेछ।” तिनीहरूले निकै अघिबाटै आकलन गरिसकेका हुन्छन्। के यस्तो परिस्थिति हुन्छ? स्वेच्छाचारी र तानाशाही हुनु संयोगवश कहिलेकाहीँ प्रकट हुने व्यवहार होइन; यो निश्चित स्वभावद्वारा नियन्त्रित हुन्छ। यो तिनीहरूको बोल्ने र कार्य गर्ने तरिकाबाट त स्वेच्छाचारी र तानाशाहीजस्तो नदेखिएला, तर तिनीहरूको स्वभाव र तिनीहरूका कार्यहरूको प्रकृतिबाट भने तिनीहरू वास्तवमै स्वेच्छाचारी र तानाशाही हुन्। तिनीहरू औपचारिकता पूरा गर्छन् र अरूका राय “सुन्छन्”, अरूलाई बोल्न दिन्छन्, उनीहरूलाई कुनै परिस्थितिका एक-एक कुराबारे थाहा दिन्छन्, परमेश्‍वरको वचनले के माग गर्छ भनी छलफल गर्छन्—तर तिनीहरू निश्चित अलङ्कार वा वाक्यांश प्रयोग गरेर अरूलाई आफूसँग सहमत गराउँछन्। अनि अन्तिम नतिजा के हुन्छ? सबथोक तिनीहरूको योजनाअनुसार नै अघि बढ्छ। यो तिनीहरूको कपटी पक्ष हो; यसलाई अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउनु पनि भनिन्छ, यो एक प्रकारको “नरम” बाध्यता हो। तिनीहरू सोच्छन्, “तिमीले सुनिरहेका छैनौ, होइन? तिमी बुझ्दैनौ, होइन? म बुझाउँछु।” बुझाउँदाखेरी, तिनीहरू आफ्ना शब्दहरू बुन्छन् र बङ्ग्याउँछन्, अरूलाई आफ्नो तर्क स्विकार्न लगाउँछन्। उनीहरूलाई तर्क सुन्न लगाएपछि, मानिसहरूले सुन्छन् र सोच्छन्, “तपाईँले भन्नुभएको कुरा ठिक हो; हामी तपाईंले भनेअनुसार अभ्यास गर्नेछौँ, अब यति सच्चा हुनु पर्दैन,” अनि ख्रीष्टविरोधी खुसी हुन्छ। धेरैजसो मानिस तिनीहरूका शब्दहरू खुट्ट्याउन सक्दैनन्। के तिमीहरूमा समझशक्ति छ? यस्ता परिस्थितिहरू सामना गर्दा, तिमीहरूले के गर्नुपर्छ? उदाहरणका लागि, कुनै मामला सामना गर्नुपर्दा, तँलाई त्यसमा समस्या छ भन्ने महसुस हुन्छ; तँ त्यतिबेला ठ्याक्कै समस्या औँल्याउन सक्दैनस्, तैपनि तँलाई जबरजस्ती आज्ञापालन गर्न लगाइएको महसुस हुन्छ। त्यसपछि तैँले के गर्नुपर्छ? तैँले सान्दर्भिक सिद्धान्तहरू खोज्नुपर्छ, माथिबाट मार्गदर्शन खोज्नुपर्छ, वा सम्बन्धित व्यक्तिसँग सङ्गति गर्नुपर्छ। त्यसबाहेक, सत्यता बुझ्नेहरूले यस मामलाबारे सँगै छलफल र सङ्गति गर्न सक्छन्। कहिलेकाहीँ, पवित्र आत्माको काम र मार्गदर्शनले तँलाई ख्रीष्टविरोधीहरू वा ख्रीष्टविरोधी मार्गमा हिँड्नेहरूले अघि सारेका प्रस्ताव वा सिद्धान्तहरूमा भएका समस्याहरू, र तिनीहरूका गुप्त मनसायहरू बुझ्न मद्दत गर्नेछन्। एकअर्कासँगको सङ्गतिमार्फत, तैँले कुरा बुझ्न सक्लास्। तर सायद तैँले सङ्गति गर्नुको सट्टामा यस्तो सोच्छस्, “यो ठूलो समस्या होइन, उसलाई जे मन लाग्छ त्यही गर्न देऊ। आखिर, म मुख्य जिम्मेवार होइन, मैले यी मामलाहरूमा टाउको दुःखाउनुपर्दैन। केही बिग्रेमा म जिम्मेवार हुनेछैनँ; उसैले जिम्मेवारी लिनेछ।” यो कस्तो व्यवहार हो? यो आफ्नो कर्तव्यप्रति बफादार नहुनु हो। के आफ्नो कर्तव्यप्रति बफादार नहुनु परमेश्‍वरको घरका हितहरूप्रति विश्वासघात होइन र? यो त यहूदाजस्तै हुनु हो! धेरै मानिस दमनकारी शक्तिको सामना गर्नुपर्दा, यो शक्ति प्रयोग गर्नेहरूसँग सम्झौता गर्छन् र तिनीहरूसँगै लाग्छन्, जुन आफ्नो कर्तव्यप्रति अबफादार हुनुको एउटा प्रकटीकरण हो। चाहे तैँले कुनै ख्रीष्टविरोधीलाई सामना गर्दा होस् वा जथाभाबी कार्य गर्ने र तँलाई जबरजस्ती पालन गर्न लगाउने व्यक्तिलाई सामना गर्दा, कस्ता सिद्धान्तहरू पालना गर्ने निर्णय गर्नुपर्छ? तैँले कुन मार्ग पछ्याउनुपर्छ? यदि तँलाई आफूले गरिरहेको कुरा परमेश्‍वरका वचन र कार्य प्रबन्धहरूसँग बाझिँदैन वा तीबाट बाहिर जाँदैन भन्ने लाग्छ भने, तँ त्यसमा दृढ रहनैपर्छ। सत्यता पालना गर्नु सही हो र यो परमेश्‍वरद्वारा अनुमोदित हुन्छ, तर शैतान, दुष्ट शक्ति, र दुष्ट मानिसहरूसामु झुक्नु र सम्झौता गर्नु विश्वासघाती व्यवहार हो, परमेश्‍वरलाई घृणा लाग्ने र उहाँद्वारा श्रापित दुष्ट कार्य हो। ख्रीष्टविरोधीहरू आफूसँग तर्कवितर्क गर्ने व्यक्तिको सामना गर्दा प्रायः यसो भन्छन्, “यस मामलामा मेरो अन्तिम निर्णय चल्छ, र यो मेरै तरिकाले गर्नुपर्छ। यदि केही बिग्रियो भने, म जिम्मेवारी लिनेछु!” यो भनाइले कस्तो स्वभावलाई जनाउँछ? के यसरी बोल्ने र अभ्यास गर्ने व्यक्तिमा सामान्य मानवता हुन सक्छ? किन तिनीहरू अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्? किन तिनीहरू समस्याहरू उत्पन्न हुँदा सत्यता खोजेर ती समाधान गर्दैनन्? किन तिनीहरू सत्यता अभ्यासका सिद्धान्तहरू तय गर्न सक्दैनन्? यसले तिनीहरूमा सत्यता छैन भनेर प्रमाणित गर्छ। के तिमीहरू यस भनाइको समस्या खुट्ट्याउन सक्छौ? यस्ता कुराहरू भन्नुले तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव छ भनेर प्रमाणित गर्छ; यही नै ख्रीष्टविरोधीको व्यवहार हो। तर, अझ धूर्त ख्रीष्टविरोधीले, अरूद्वारा खुट्ट्याइने डरले, सबै जना सहमत हुने र मानिसहरूलाई भ्रमाउने र आफ्नो पकड जमाउने लक्ष्य हासिल गर्नका लागि सही देखिने केही कुरा भन्नैपर्छ। त्यसपछि, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी नियन्त्रणमा राख्ने भनी मनन गर्नेछन्।

ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुनुका प्रकटीकरणहरू धेरै नै हुनुपर्छ, किनकि यस्तो व्यवहार, स्वभाव, र अवगुण हरेक भ्रष्ट व्यक्तिमा देख्न सकिन्छ, झन् ख्रीष्टविरोधीहरूमा नदेखिने त कुरै भएन। के तिमीहरू आफू स्वेच्छाचारी र तानाशाही भएको केही उदाहरण सम्झन सक्छौ? उदाहरणका लागि, यदि कसैले तिमीलाई छोटो कपालमा राम्रो देखिन्छ भन्यो, र तैँले “छोटो कपालमा त्यस्तो राम्रो के हुन्छ र? मलाई त लामो कपाल मन पर्छ, र म आफूलाई जस्तो मन पर्छ त्यस्तै गर्छु” भनी जवाफ दिइस् भने, के यो स्वेच्छाचारी र तानाशाही हुनु हो? (होइन।) त्यो व्यक्तिगत रुचिको कुरा मात्र, सामान्य मानवताको एउटा पाटो हो। कतिपय मानिस टाढाको हेर्न समस्या नभए पनि चस्मा लगाउन मन पराउँछन्। यदि कतिपय मानिसले तिनीहरूको आलोचना गर्दै, “तिमी राम्रो देखिन मात्र खोजिरहेका छौ, वास्तवमा तिमीलाई चस्मा चाहिँदैन!” भन्छन् अनि तिनीहरूले “मलाई नचाहिए त के भो? तर म त लाउँछु लाउँछु!” भन्छन् भने—के यो स्वेच्छाचारी र तानाशाही हुनु हो? होइन, यो व्यक्तिगत रुचिको कुरा हो, बढीमा जिद्दी हुनु हो, र यसमा तिनीहरूको स्वभावसम्बन्धी कुनै समस्या पर्दैन; मन लागेमा तिनीहरूले केही दिनपछि चस्मा लगाउन छोड्न सक्छन्। त्यसोभए स्वेच्छाचारी र तानाशाही हुनुमा मुख्य गरी के-के पर्छन्? यसमा मुख्य गरी व्यक्तिले लिने मार्ग, उसको स्वभाव, र उसका कार्यपछाडिका सिद्धान्त र अभिप्रेरणाहरू पर्छन्। उदाहरणका लागि, कुनै वैवाहिक जीवनमा श्रीमानलाई गाडी मन पर्छ तर परिवारसँग लगभग २०,००० युआन मात्र छ, अनि श्रीमानले जहाँबाट सकिन्छ त्यहाँबाट पैसा सापटी लिएर अनावश्यक रूपमा लगभग २,००,००० युआन पर्ने गाडी किन्छ, जसका कारण परिवारले खानेकुरा किन्न सक्दैन, अनि श्रीमतीलाई गाडी किनेको थाहासमेत हुँदैन भने, के यो श्रीमान् स्वेच्छाचारी र तानाशाही भएको हो? यो वास्तवमै स्वेच्छाचारी र तानाशाही हुनु हो। स्वेच्छाचारी र तानाशाही हुनुको अर्थ अरूको भावना, सोच, राय, मनोवृत्ति वा दृष्टिकोणलाई विचार नगर्नु, आफूलाई मात्र ध्यान दिनु हो। सरल भाषामा भन्नुपर्दा, दैनिक जीवनमा त्यसको अर्थ आफ्ना देहसुख र चाहनाहरू पूरा गर्नु, आफ्नो स्वार्थ पूर्ति गर्नु हो, र कर्तव्यको सन्दर्भमा भन्नुपर्दा, यसले हैसियत र शक्ति पछ्याउने आफ्ना महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नुलाई जनाउँछ। एउटा उदाहरण यस्तो छ: मण्डलीको एउटा घर थियो, र त्यसको छेउमा बाटो बनाउनुपर्ने थियो। बाटोको उचित चौडाइ सौन्दर्य र व्यावहारिकता दुवै हिसाबले, घरको आकार र आँगनअनुसार निर्धारण गर्नुपर्छ। यस घर र आँगनको ठूलो क्षेत्रफलका कारण, बाटो कम्तीमा दुई मिटर फराकिलो हुनुपर्थ्यो। प्रभारीले भन्यो: “मैले निर्णय गरेको छु, हामी बाटो एक मिटर फराकिलो बनाउनेछौँ।” अरूले भने, “हरदिन धेरै मानिस भित्रबाहिर गर्छन्, र कहिलेकाहीँ हामीले सामानहरू बोक्नुपर्छ; एक मिटरले त हुँदै हुँदैन, यो त अति साँघुरो हुन्छ।” तर प्रभारीले आफ्नो दृष्टिकोणमा जिद् कस्यो, र कुनै छलफल गर्नै मानेन। बाटो बनेपछि, सबैले बाटो अति साँघुरो भएको देखे; त्यो घर र आँगनसँग मिलेको थिएन र अव्यावहारिक थियो—त्यो फेरि बनाउनुपर्ने भयो, जसले गर्दा फेरि काम गर्नुपर्थ्यो। त्यसपछि सबैले यस व्यक्तिबारे गुनासो गरे। खासमा, बाटो निर्माण सुरु हुनुपहिले नै कतिपय मानिसले विरोध जनाएका थिए, तर यो व्यक्ति असहमत भयो र आफ्नै दृष्टिकोणमा जिद कस्यो, अरूलाई जबरजस्ती उसकै चाहनाअनुसार काम गर्न बाध्य पाऱ्यो, जसले गर्दा यस्ता परिणामहरू निम्तिए। किन यो व्यक्तिले अरूका सुझाव स्विकार्न सकेन? फरक-फरक रायहरू आउँदा, किन उसले सबै पक्षलाई विचार गरेर सही विधि भेट्टाउन सकेन? परामर्श दिने कोही नभएको भए, आफै निर्णय गर्नु ठिकै हुन्थ्यो, तर परामर्श दिने मानिसहरू थिए र अझ राम्रा सुझावहरूसमेत पाएका थिए, तैपनि किन उसले ती स्विकार्न सकेन? यो कस्तो स्वभाव हो? त्यहाँ कम्तीमा दुइटा सम्भावनाहरू छन्: एउटा हो, यो व्यक्ति विचारशून्य, अन्योलमा परेको व्यक्ति हो; अर्को हो, उसको स्वभाव अत्यन्तै अहङ्कारी र आत्मधर्मी छ, ऊ सधैँ आफूलाई सही ठान्छ, र अरूले भनेको कुरा जति नै सही भए पनि स्विकार्न सक्दैन—यो अति अहङ्कार हो, यसले गर्दा समझ गुम्छ। यस्तो सामान्य मामलाले नै उसको स्वभाव प्रकट गऱ्यो। अत्यधिक अहङ्कारले चेतना गुम्छ। चेतना नहुनु भन्नुको अर्थ के हो? कस्तो कुरामा चेतना हुँदैन? पशुहरूमा चेतना हुँदैन। यदि कुनै व्यक्तिमा चेतना छैन भने, ऊ पशुभन्दा फरक हुँदैन; उसको दिमागमा मूल्याङ्कन गर्ने क्षमता हुँदैन, र त्यसमा चेतना हुँदैन। यदि कुनै व्यक्ति समझ गुम्ने गरी अहङ्कारी बन्यो, र उसमा चेतना छैन भने, के ऊ पशुसरह हुँदैन र? (हुन्छ।) ऊ ठ्याक्कै त्यस्तै हुन्छ; मानव चेतना नहुनुको अर्थ ऊ मानव होइन। के ख्रीष्टविरोधीहरूमा यस्तो चेतना हुन्छ? (हुँदैन।) ख्रीष्टविरोधीहरूमा त त्यो झनै हुँदैन; तिनीहरू पशुभन्दा खराब हुन्, तिनीहरू दियाबलसहरू हुन्। जस्तो कि जब परमेश्‍वरले शैतानलाई “तँ कहाँबाट आइस्?” भनेर सोध्नुभयो, वास्तवमा परमेश्‍वरको प्रश्न एकदमै प्रस्ट थियो; परमेश्‍वरले के सन्देश दिनुभयो? (उहाँले शैतानलाई ऊ कहाँबाट आएको भनेर सोधिरहनुभएको थियो।) यो वाक्य प्रस्ट रूपले प्रश्नचिन्हमा टुङ्गिन्छ; यो एउटा प्रश्न हो, जसमा “तँ” कर्ताले “शैतान” लाई जनाउँछ: “तँ कहाँबाट आएको होस्?” व्याकरण मिलेको छ, र परमेश्‍वरको प्रश्न सजिलै बुझिन्छ। शैतानले कस्तो जवाफ दियो? (“पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)।) यो शैतानको चर्चित भनाइ हो। के शैतानको जवाफले कुनै चेतना देखाउँछ? (देखाउँदैन।) त्यसमा चेतना छैन। परमेश्‍वरले त्यसलाई त्यो कहाँबाट आएको भनेर फेरि सोध्नुहुँदा, त्यसले उही जवाफ दोहोर्‍यायो, मानौँ त्यसले परमेश्‍वरका वचनहरू बुझ्न सकेन। के मानिसहरूले शैतानले भनेको कुरा बुझ्न सक्छन्? के त्यसको बोलीमा कुनै चेतना छ? (छैन।) त्योसँग चेतना छैन—त्यसोभए के त्यसले सत्यता बुझ्न सक्छ? परमेश्‍वरको त्यस्तो सामान्य प्रश्नको समेत उसले त्यसरी जवाफ दियो; त्यसले परमेश्‍वरले बोल्ने सत्यताहरू झनै बुझ्न सक्दैन। ख्रीष्टविरोधीहरूमा चेतना पनि हुँदैन भन्न सकिन्छ; कुटिल रूपमा काम गर्नेहरू, परमेश्‍वरको वचन वा सत्यता बुझ्न नसक्नेहरू सबै अविवेकी हुन्। तैँले सत्यता अभ्यास गर्ने, सिद्धान्तहरूअनुसार कार्य गर्ने, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सिद्धान्तहरू खोज्ने र अरूसँग सङ्गति गर्नेबारे जति नै बताए पनि—जुन तिनीहरूले बुझेको र जानेको भन्छन्—जब कार्य गर्ने कुरा आउँछ, तब तिनीहरू तेरा शब्दहरू हृदयमा लिँदैनन् र आफूलाई जे मन लाग्छ त्यही गर्छन्। यो पैशाचिक प्रकृति हो! यस्तो पैशाचिक प्रकृति भएकाहरूले सत्यता बुझ्दैनन् र तिनीहरूमा चेतना हुँदैन। तिनीहरूको सबैभन्दा समझहीन र निर्लज्ज पक्ष के हो? मानवहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो र उहाँले मानिसहरूलाई चयन गरेर आफूसामु ल्याउनुको उद्देश्य के हो? त्यसको उद्देश्य मानिसहरूलाई परमेश्‍वरका वचनहरू पालन गर्न र बुझ्न, परमेश्‍वरको निर्देशन अनुसार जीवनमा सही मार्गमा हिँड्न, र अन्त्यमा सही र गलत, सकारात्मक र नकारात्मक कुराहरू छुट्ट्याउन सक्षम हुन लगाउनु हो। परमेश्‍वरको अभिप्राय यही हो; यसरी, परमेश्‍वरलाई पछ्याउनेहरू झन्-झन् राम्रा बन्दै जान्छन्। अनि ख्रीष्टविरोधीहरू कुन हदसम्म समझहीन हुन्छन्? तिनीहरू सोच्छन्, “परमेश्‍वर, तपाईं मानिसहरूलाई आफूसामु ल्याउनुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु; तपाईँ मानिसहरू चयन गर्न अनि उनीहरूलाई योजनाबद्ध र शासन गर्न सक्नुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु; तपाईँ मानिसहरूलाई तपाईँप्रति समर्पित हुन र तपाईँका कुरा सुन्न लगाउन सक्नुहुन्छ, तपाईँ सिधा आदेशहरू दिनुहुन्छ र उनीहरूलाई आफूले भनेअनुसार गराउनुहुन्छ, त्यसैले म पनि त्यसै गर्नेछु।” के यो चेतनाहीन हुनु होइन र? (हो।) के चेतनाहीन हुनुको अर्थ तिनीहरूमा लज्जाबोध छैन भन्ने होइन र? (हो।) के मानिसहरू तेरा हुन्? के उनीहरूले तँलाई पछ्याउनुपर्छ? किन उनीहरूले तेरो कुरा सुन्नुपर्ने र? तँ त साना सृजित प्राणीहरूमध्ये एक मात्र होस्, तैँले कसरी सबथोकभन्दा माथि हुने आकाङ्क्षा राख्न सकिस्? के यो चेतनाहीन हुनु होइन? (हो।)

कतिपय मानिस मण्डलीमा अगुवाका रूपमा चुनिन एकदमै भाग्यमानी हुन्छन्, तर वास्तवमा, तिनीहरूको क्षमता र कद मापदण्डअनुसार हुँदैनन्। अगुवा हुनु भनेको परमेश्‍वरद्वारा उच्च पारिनु हो, तर तिनीहरू त्यसलाई त्यसरी बुझ्दैनन्। बरु, तिनीहरू सोच्छन्, “अगुवाको नाताले, म अरूभन्दा राम्रो र उच्च छु; अब त म साधारण व्यक्ति रहिनँ। तिमीहरू सबैले परमेश्‍वरसामु आज्ञाकारीपूर्वक झुकेर आराधना गर्नुपर्छ, तर मैले त्यसो गर्नु पर्दैन, किनकि म तिमीहरूभन्दा फरक हुँ; तिमीहरू सृजित प्राणी हौ, तर म होइन।” त्यसोभए तँ के होस् त? के तँ पनि देह र रगतले बनेको छैनस् र? तँ कसरी अरूभन्दा फरक भइस्? फरक त तेरो निर्लज्जपन हो; तँमा सम्मानको भाव र चेतना छैन, तेरो त कुकुरसँग पनि तुलना हुँदैन। तँ स्वेच्छाचारी र तानाशाही तरिकामा काम गर्छस्, अरूको कुनै पनि सल्लाहलाई बेवास्ता गर्छस्—फरक त्यही हो। तिनीहरूको क्षमता जति नै कमजोर भए पनि वा कामकुरा गर्नमा तिनीहरूको दक्षता जति नै कम भए पनि, तिनीहरू अझै आफूलाई औसत व्यक्तिभन्दा माथि ठान्छन्, र आफूमा क्षमता र प्रतिभा भएको विश्वास गर्छन्। तसर्थ, तिनीहरू आफूलाई योग्य र पूर्णतया सबथोक नियन्त्रण गर्न सक्ने सोच्दै, जे गर्दा पनि सहमतिमा पुग्नका लागि अरूको परामर्श लिँदैनन्। के यो अहङ्कारले गर्दा समझ गुम्दैन र? के यो लाज पचेको निर्लज्जपन होइन र? (हो।) अगुवा बन्नुअघि, तिनीहरू पुच्छर लुकाएर व्यवहार गर्थे; तिनीहरू आफूमा प्रतिभा र क्षमता भएको ठान्थे, र आफ्ना कार्यहरूमा केही महत्त्वाकाङ्क्षा राख्थे, तर अवसर मात्र पाएका थिएनन्। अगुवा बनेपछि, तिनीहरूले आफूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्दा अलग राखे, र उच्च पद ग्रहण गरे। त्यसपछि त तिनीहरू आफ्नो साँचो रूप देखाएर श्रेष्ठ बन्न थाले; तिनीहरूले आफूले ठुलठुला कुराहरू हासिल गर्न सक्छु भनी सोच्न थाले, र यस्तो ठाने, “परमेश्‍वरको घरले सही व्यक्ति रोजेको छ; म वास्तवमै प्रतिभाशाली छु—सक्‍कली सुन अन्तमा चम्किन्छ। मलाई नै हेर न: परमेश्‍वरले मलाई चिन्नुभएको छ, छैन त?” के यो घृणास्पद कुरा होइन र? (हजुर, हो नि।) तँ साधारण सृजित प्राणीहरूमध्ये एक होस्; तेरा वरदान र प्रतिभा जति नै ठूलो भए पनि, तेरो भ्रष्ट स्वभाव अरू सबैको जस्तै छ। यदि तँ आफूलाई अद्वितीय रूपले असाधारण सोच्छस् र आफूलाई श्रेष्ठ ठान्छस्, अरू सबै जनाभन्दा माथि उठ्न, सबथोकभन्दा श्रेष्ठ हुन चाहन्छस् भने, तँ गलत छस्। यो गलत बुझाइले गर्दा, तँ अरूसित सङ्गति वा परामर्श नगरी स्वेच्छाचारी र तानाशाही व्यवहार गर्छस्, अनि अरूले तेरो आज्ञा र तेरो कुरा मानेकामा रमाउन चाहन्छस्, जुन गलत कुरा हो। गल्ती कहाँनेर छ? (गलत पद ग्रहण गर्नुमा।) किन ख्रीष्टविरोधीहरू सधैँ गलत पद लिन्छन्? एउटा कुरा निश्चित छ, जुन तिमीहरूले महसुस नगरेका हुन सक्छौ: अरूका तुलनामा तिनीहरूका मानवतामा केही थप कुरा हुन्छ; तिनीहरूमा सधैँ एक प्रकारको गलत बुझाइ हुन्छ। यो गलत बुझाइ कसरी पैदा हुन्छ? परमेश्‍वरले त यो दिनुहुन्न, तर शैतानले दिन्छ। तिनीहरूले गर्ने हरकुरा, तिनीहरूले प्रकट र व्यक्त गर्ने हरकुरा मानवताको सामान्य सीमाभित्र हुने नैसर्गिक प्रवृत्ति होइन, यो कुनै बाह्य शक्तिद्वारा सञ्चालित हुन्छ। तिनीहरूका कार्यहरू कुटिल हुन्छन्, र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अनियन्त्रित हुन्छन् भन्नुको कारण के हो? मानिसहरूलाई नियन्त्रणमा राख्ने तिनीहरूको चाहनाले सीमा नाघेको हुन्छ। सीमा नाघ्नुको अर्थ के हो? त्यसको अर्थ जुनसुकै माध्यम अपनाएर भए पनि विवेक र लज्जाबोधलाई उछिन्नु हो; यो स्प्रिङ्जस्तै दबाउनै नसकिने हुन्छ—तैँले थिचेर राख्दा त्यो एकछिन थिचिएर बस्ला, तर छोडेपछि त्यो पहिलेजस्तै हुन्छ। के यो चाहनाले थिचिनु र आसक्तिमा पर्नु होइन र? यो बिलकुलै बढाइचढाइ गरिएको होइन।

जहाँ ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति सम्हाल्छन्, त्यस मण्डलीलाई मण्डली भन्नै मिल्दैन। यो अनुभव गरेकाहरूमा त्यसबारे अनुभूति हुनुपर्छ। त्यहाँ शान्ति, खुसी, र सामूहिक उत्थानको वातावरण नभई, अस्वच्छ असामञ्जस्यको वातावरण हुन्छ। सबैले अत्यन्तै बेचैन र असहज महसुस गर्छन्, र हृदयमा शान्ति महसुस गर्न सक्दैनन्, मानौँ कुनै ठूलो विपत्ति आउन लागेको छ। ख्रीष्टविरोधीहरूका बोली र कार्यहरूले मानिसहरूको हृदय धमिलिने, र उनीहरूले सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउन नसक्ने वातावरण सिर्जना गर्छन्। यसअलावा, लामो समयसम्म ख्रीष्टविरोधीहरूका भ्रममा पर्दा मानिसहरूको हृदय परमेश्‍वरबाट टाढिन्छ, जसले गर्दा ठ्याक्कै नामका लागि मात्र परमेश्‍वरमा विश्वास गर्ने तर उहाँलाई हृदयमा नराख्ने धर्मका मानिसहरूको जस्तै परमेश्‍वरसित असामान्य सम्बन्ध बन्न पुग्छ। एउटा वास्तविक समस्या पनि छ, त्यो के हो भने जब ख्रीष्टविरोधीहरूले शक्ति सम्हाल्छन्, तब त्यसले मण्डलीभित्र विभाजन र भद्रगोल ल्याउँछ। सत्यतालाई प्रेम गर्नेहरूले भेलाहरूमा आनन्द वा मुक्ति अनुभूति गर्दैनन्, यसकारण मण्डली छाडेर घरमै परमेश्‍वरमा विश्वास गर्न चाहन्छन्। जब पवित्र आत्माले मण्डलीमा काम गर्नुहुन्छ, तब मानिसहरूले सत्यता बुझे पनि नबुझे पनि, सबै जना हृदय र प्रयासमा एकजुट हुन्छन्, र हङ्गामाविनाको अझ शान्तिपूर्ण र स्थिर वातावरण सिर्जना गर्छन्। तर, ख्रीष्टविरोधीहरूले कार्य गर्दा, अशान्त र अनौठो वातावरण सिर्जना गर्छन्। तिनीहरूको हस्तक्षेपले गुटहरू पैदा हुन्छन्, मानिसहरू एकअर्काप्रति रक्षात्मक, आलोचनात्मक, आक्रामक बन्छन्, र पिठ्यूँपछाडि एकअर्कालाई कमजोर पार्छन्। स्पष्टतः ख्रीष्टविरोधीहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू शैतानका नोकर हुन्। ख्रीष्टविरोधीहरूका कार्यका परिणामहरू यी हुन्: पहिलो, दाजुभाइ-दिदीबहिनीहरूमाझ आपसी आलोचना, शङ्का, र सावधानी; दोस्रो, पुरुष र महिलाबीचका सीमाहरू भङ्ग हुन्छन्, जसले गर्दा बिस्तारै अनुचित अन्तरक्रियाहरू हुने गर्छन्; अनि तेस्रो, मानिसहरू हृदयमा दर्शनहरूबारे अस्पष्ट बन्छन्, र उनीहरू सत्यता अभ्यास गर्नमा ध्यान दिन छाड्छन्। उनीहरूलाई सत्यता सिद्धान्तबमोजिम कार्य गर्ने तरिका थाहा हुन छोड्छ। धर्मसिद्धान्तहरूबारे तिनीहरूको पहिलेको थोरै बुझाइ गुम्छ, उनीहरूको मन धुमिल हुन्छ, उनीहरू अन्धाधुन्ध ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्, देखावटी कामहरू गर्नेबारे दौडधूप गर्नमा ध्यान केन्द्रित गर्छन्। कतिपय मानिसले ख्रीष्टविरोधीहरूलाई पछ्याएर केही हुँदैन भन्ने महसुस गर्न सक्छन्; यदि सत्यता पछ्याउनेहरू भेला भएर सँगै आफ्ना कर्तव्य पूरा गर्न सके, कस्तो खुसी मिल्थ्यो होला! ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति सम्हालेपछि, पवित्र आत्माले काम गर्न छोड्नुहुन्छ, र दाजुभाइ-दिदीबहिनीहरूमाथि अन्धकार छाउँछ। परमेश्‍वरप्रतिको विश्वास र कर्तव्य निर्वाह निस्तेज हुन्छ। यदि यो लामो समयसम्म जारी रह्यो भने, के अधिकांश दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरद्वारा हटाइनेछैनन् र?

आज, एकातिर हामीले ख्रीष्टविरोधीहरूको स्वेच्छाचारी र तानाशाही व्यवहारका प्रकटीकरणहरू विश्लेषण गर्‍यौँ। अर्कोतिर, यी प्रकटीकरणहरूलाई विश्लेषण गरेर, तँ ख्रीष्टविरोधी नभए पनि, यस्ता प्रकटीकरणहरू हुनुले तँलाई ख्रीष्टविरोधीहरूको अवगुणसित जोड्छ भनेर सबैलाई सचेत गराइएको छ। के स्वेच्छाचारी र तानाशाही शैलीमा कार्य गर्नु सामान्य मानवताको प्रकटीकरण हो? कदापि होइन; स्पष्टतया, यो भ्रष्ट स्वभाव देखाउनु हो। तेरो हैसियत जति उच्च भए पनि वा तैँले जतिसुकै कर्तव्यहरू निर्वाह गर्न सक्ने भए पनि, यदि तैँले अरूसित सङ्गति गर्न सिक्न सकिस् भने, तैँले सत्यताका सिद्धान्तहरू पालना गरिरहेको हुन्छस्, जुन न्यूनतम मापदण्ड हो। अरूसित सङ्गति गर्न सिक्नु सिद्धान्तहरू पालना गर्नुसरह हो भन्नुको कारण के हो? यदि तैँले सङ्गति गर्न सिक्न सकिस् भने, त्यसले तँ आफ्नो हैसियतलाई रोजीरोटीका रूपमा हेर्दैनस् वा त्यसलाई अति गम्भीर रूपमा लिँदैनस् भनेर प्रमाणित गर्छ। तेरो हैसियत जति उच्च भए पनि, तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। तेरा कार्यहरू आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति गरिएका हुन्छन्, हैसियतका निम्ति हुँदैनन्। त्यो सँगसँगै, समस्याहरू आइपर्दा, यदि तैँले सङ्गति गर्न सिक्न सकिस् अनि, चाहे सामान्य दाजुभाइ-दिदीबहिनीहरूसित होस् वा तैँले सहकार्य गर्नेहरूसित होस्, उनीहरूसित खोजी र सङ्गति गर्न सकिस् भने, यसले के प्रमाणित गर्छ? यसले तँमा सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने मनोवृत्ति छ भन्ने देखाउँछ, जसले पहिला परमेश्‍वर र सत्यताप्रतिको तेरो मनोवृत्तिलाई झल्काउँछ। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्नु तेरो जिम्मेवारी हो, र आफ्ना काममा सत्यता खोज्नु तैँले पछ्याउनुपर्ने मार्ग हो। अरूले तेरा निर्णयहरूप्रति कस्तो प्रतिक्रिया जनाउँछन्, उनीहरू समर्पित हुन सक्छन् सक्दैनन् वा उनीहरू कसरी समर्पित हुन्छन्, त्यो उनीहरूको कुरा हो; तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र मानकअनुरूप हुन सक्नु वा नसक्नु तेरो कुरा हो। तैँले कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझ्नैपर्छ; यो कुनै व्यक्तिप्रति समर्पित हुने कुरा नभएर सत्यता सिद्धान्तहरूप्रति समर्पित हुने कुरा हो। यदि तँलाई आफूले सत्यता सिद्धान्तहरू बुझ्छु र, सबैसँग सङ्गति गरेर सबै सहमत हुने सहमतिमा पुग्छु भन्ने लाग्छ, तर थोरै मानिसहरू भनेको नमान्ने छन् र समस्या खडा गर्न चाहन्छन् भने, यस्तो परिस्थितिमा के गर्नुपर्छ? यस्ता अवस्थामा, अल्पसङ्ख्यकले बहुसङ्ख्यकलाई पछ्याउनुपर्छ। धेरैजसो मानिसहरू सहमतिमा पुगेकाले, किन तिनीहरूचाहिँ समस्या खडा गरिरहेका? के तिनीहरू जानाजानी बिगार्न खोजिरहेका छन्? तिनीहरू आफ्ना रायहरू व्यक्त गरेर सबैलाई तिनीहरूलाई खुट्ट्याउन दिन सक्छन्, अनि यदि सबैले तिनीहरूका रायहरू सिद्धान्तअनुरूप छैनन् र ती टिक्दैनन् भनेमा, तिनीहरूले आफ्ना दृष्टिकोण त्याग्नुपर्छ र तिनमा अडिरहन छाड्नुपर्छ। यो मामला सम्हाल्ने सिद्धान्त के हो? व्यक्तिले सही कुरा पालना गर्नुपर्छ र अरूलाई जबरजस्ती गलत कुरा पालना गर्न लगाउनु हुँदैन। बुझिस्? वास्तवमा, ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी र तानाशाही हुने यो व्यवहार र अभ्यास देखाउनुअघि, मनमा आफ्ना योजनाहरू बनाइसकेका हुन्छन्। स्वेच्छाचारी र तानाशाही हुनुले पक्कै पनि सही कामकुरा गर्नु वा सत्यता अभ्यास गर्नुलाई जनाउँदैन। यसले निश्चय नै गलत र सत्यता उल्लङ्घन गर्ने कुरा गर्नु, गलत मार्ग पछ्याउनु, र गलत निर्णयहरू गरेर पनि अरूलाई ती पालन गर्न लगाउनुलाई जनाउँछ। यसैलाई स्वेच्छाचारी र तानाशाही हुनु भनिन्छ। यदि कुनै कुरा सही छ र सत्यतासित मिल्छ भने, त्यसलाई पालना गर्नैपर्छ। यो स्वेच्छाचारी र तानाशाही हुनु होइन; यो सिद्धान्त पालना गर्नु हो। यी दुई कुराबीच फरक छुट्ट्याउनुपर्छ। ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुनुले मुख्यतः के कुरालाई जनाउँछ? (सिद्धान्त वा सत्यतासित मेल नखाने कामकुरा गर्नु, अनि अझै अरूलाई पनि त्यसै गराउनुलाई जनाउँछ।) ठिक भनिस्, जुनै परिस्थिति उत्पन्न भए पनि वा जस्तोसुकै समस्या सम्हालिरहेको भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन् बरु आफ्नै धारणा र कल्पनाहरूका आधारमा निर्णयहरू गर्छन्। तिनीहरू त्यसो गर्नु सिद्धान्तविपरीत हुन्छ भनेर हृदयमा जान्दछन् तर पनि अरूले सुनेको र अरू समर्पित भएको चाहन्छन्। ख्रीष्टविरोधीहरूले निरन्तर रूपमा अपनाउने शैली यही हो।

सुसमाचार फैलाउने काम पहिले सुरु हुँदा, कतिपय मानिसले “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने पुस्तकलाई धार्मिक वृत्तहरूमा ल्याएर सुसमाचार प्रचार गरे। रहस्यहरू प्रकाश गर्ने, दर्शनहरू सङ्गति गर्ने, र जीवन प्रवेशबारे छलफल गर्ने परमेश्‍वरका वचनहरू धार्मिक व्यक्तिहरूले पढेपछि, सबैले ती निकै राम्रा छन् भने। तर, तिनीहरूलाई मानिसहरूबारे न्याय र खुलासाका कतिपय वचनहरू शब्द चयनमा अति कठोर लागे। तिनीहरूलाई यस्तो लाग्यो मानौँ आफूलाई गाली गरिँदै छ र आफूले त्यो स्विकार्न नसकेर “के परमेश्‍वर मानिसहरूलाई गाली गर्ने तरिकाले बोल्न सक्नुहुन्छ र? यी वचनहरू बढीमा कुनै बुद्धिमान् व्यक्तिले लेखेको जस्ता देखिन्छन्” भने। सुसमाचार प्रचार गर्ने जिम्मेवारी सम्हालेको व्यक्तिले आफूसँग एउटा समाधान छ भनेर भन्यो। पछि, उसले मानिसहरूका धारणा, कल्पना, र स्वादसँग नमिल्ने परमेश्‍वरका वचनहरूका सारा अंशहरू, साथै पढेपछि मानिसहरूले धारणा विकास गर्न सक्छन् भनी जुन वचनहरूबारे ऊ डराएको थियो, त्यसलाई परिवर्तन गर्‍यो। उदाहरणका लागि, परमेश्‍वरले मानव प्रकृति खुलासा गर्न प्रयोग गरेका शब्दहरू जस्तै “गणिका,” “वेश्या,” “फटाहा,” र वाक्यांशहरू जस्तै “नरकमा फाल्नु” अनि “अग्नि र गन्धकका कुण्डमा फाल्नु” सबै मेटाइए। छोटकरीमा भन्दा, सजिलै धारणा वा गलत बुझाइहरू पैदा गर्न सक्ने जुनसुकै वचनहरू पूर्ण रूपमा हटाइए। ल भन् त न्याय, निन्दा, र श्रापका यी शब्दहरूलाई परमेश्‍वरको वचनबाट हटाएपछि, के ती परमेश्‍वरका मूल वचन रहन्छन्? (रहँदैनन्।) के ती अझै पनि परमेश्‍वरले आफ्नो न्यायका काममा व्यक्त गर्नुभएका वचन नै हुन्छन्? यस “पाका सज्जन” ले कसैसँग परामर्श लिएन र परमेश्‍वरका धेरै वचनहरू मेटायो जुन शोधन र मानिसहरूको भ्रष्ट स्वभाव खुलासा गर्नेबारे अत्यन्तै कठोर थिए, विशेष गरी ती वचनहरू जुन सेवाकर्ताहरूको परीक्षाका समयसँग सम्बन्धित थिए। पछि, जब धार्मिक मानिसहरूले संशोधित संस्करण पढे, तब तिनीहरूले “ठिकै छ, हामी यस्ता परमेश्‍वरमा विश्वास गर्न सक्छौँ” भने र त्यो स्विकारे। यो पाको सज्जनले मनमनै सोच्यो, “हेर्नुस् त म कति अक्कली छु! परमेश्‍वरका वचनहरू अति कठोर हुनु बुद्धिमानी कुरा होइन। ती मानिसहरूलाई त फकाउने मात्र हो—तपाईँले गाली ठानिन सक्ने कुराहरू कसरी भन्न सक्नुभयो? त्यो बुद्धिमानी कुरा होइन! मैले केही फेरबदल गरेँ, अनि हेर्नुस् त के भयो: धर्मका पाष्टरहरूसमेत विश्वास गर्न इच्छुक छन्, र बढीभन्दा बढी मानिसहरूले त्यो स्विकारिरहेका छन्। कस्तो लाग्यो त? के म बुद्धिमान् होइन र? के म अक्कली होइन र? के त्यो निकै प्रभावशाली छैन र?” उसले गरेका फेरबदलका नतिजाहरूले उसलाई आफूप्रति अत्यन्तै गर्वित तुल्याए। तर, मण्डलीमा प्रवेश गरेका धर्मका कतिपय मानिसले आफूले पढेका परमेश्‍वरका वचनहरू हेरफेर गरिएका र मण्डलीका मूल पाठहरूभन्दा फरक पाए, अनि यो सवाल खडा भयो। यस पाका सज्जनले परमेश्‍वरका वचनहरूको सामग्री फेरबदल गरेको रहेछ भनेर पछि पत्ता लाग्यो। यस पाका सज्जनले गरेको कामबारे तिमीहरूलाई कस्तो लाग्छ? अरू केही पनि नभनेर यति मात्र भनौँ: ती वचनहरू तेरा थिएनन्, ती फेरबदल गर्ने तेरो कुनै अधिकार थिएन। त्यो कुनै मानवले लेखेको लेख वा पुस्तक भएको भए पनि, यदि तँ फेरबदल गर्न चाहन्छस् भने, तैँले सुरुमा मूल लेखकको मञ्जुरी लिनुपर्छ। यदि उसले मान्यो भने, तैँले फेरबदल गर्न सक्छस्। यदि उसले मानेन भने, तैँले एक शब्द पनि फेरबदल गर्न मिल्दै मिल्दैन। यसलाई लेखक र पाठकहरूको सम्मान गर्नु भनिन्छ। यदि लेखकमा परिमार्जन गर्ने ऊर्जा छैन र उसले तँलाई मूल मर्म रहने गरी अनि अपेक्षित नतिजा हासिल हुने गरी तैँले कुनै पनि कुरा परिवर्तन गर्न सक्छस् भन्दै तँलाई अख्तियार दियो भने, के त्यसपछि तैँले परिवर्तन गर्न मिल्छ? (मिल्छ।) यदि लेखकले आफ्नो मञ्जुरी वा अख्तियार दिएको छ भने, फेरबदल गर्न सकिन्छ। यस्तो व्यवहारलाई के भनिन्छ? यो न्यायोचित, मान्य, र उचित हो, होइन? तर यदि लेखकले मञ्जुरी दिएको छैन र तैँले उसको अख्तियारीविना त्यो फेरबदल गरिस् भने के होला? त्यसलाई के भनिन्छ? (लापरवाह र हठी हुनु भनिन्छ।) त्यसलाई लापरवाह र हठी, स्वेच्छाचारी र तानाशाही हुनु भनिन्छ। अहिले, यो पाको सज्जनले के फेरबदल गऱ्यो? (परमेश्‍वरका वचनहरू।) परमेश्‍वरका मूल वचनहरू जसमा परमेश्‍वरको मनोदशा, स्वभाव, र मानवजातिप्रतिका अभिप्रायहरू पाइन्छन्। परमेश्‍वरका वचनहरू भनिने तरिकामा अर्थपूर्ण हुन्छन्। के तँलाई परमेश्‍वरले बोल्नुभएको हरेक वचनपछाडिको मनोदशा, उद्देश्य र अपेक्षित नतिजा थाहा छ? यदि तँ त्यो बुझ्न सक्दैनस् भने, किन अन्धाधुन्ध फेरबदल गर्छस्? परमेश्‍वरले बोल्नुभएको हरेक वाक्य, शब्द चयन, भाव, तिनले मानिसहरूलाई महसुस गराउने वातावरण, मनोदशा, र संवेगहरू, सबै होसियारीपूर्वक बनाइएका र विचार गरिएका हुन्छन्। परमेश्‍वरसँग सोचविचार र बुद्धि छ। यो पाको सज्जनले के सोचेको थियो? उसले परमेश्‍वरको बोल्ने शैलीलाई बुद्धिहीन ठानेको थियो। उसले परमेश्‍वरको कामलाई त्यसरी हेरेको थियो। ऊ विश्वास गर्थ्यो, “धित मरुन्जेल खान मात्र चाहने धर्मका मानिसहरूलाई फकाउनुपर्छ अनि प्रेमिलो र कृपालु व्यवहार गर्नुपर्छ। शब्दहरू यति कठोर हुनु हुँदैन। यदि ती अति कठोर भएमा, हामी कसरी सुसमाचार प्रचार गर्न सक्छौँ? के त्यसपछि पनि सुसमाचार फैलिन सक्छ?” के परमेश्‍वरलाई यसबारे थाहा छैन र? (छ।) परमेश्‍वरलाई राम्ररी थाहा छ। त्यसोभए किन उहाँ अझै यसरी बोल्नुहुन्छ? यो परमेश्‍वरको स्वभाव हो। परमेश्‍वरको स्वभाव के हो? तैँले विश्वास गरे पनि नगरे पनि उहाँ आफ्नै तरिकाले बोल्नु हो। यदि तँ विश्वास गर्छस् भने, परमेश्‍वरका भेडाहरूमध्ये एक होस्; विश्वास गर्दैनस् भने, तँ ब्वाँसो होस्। परमेश्‍वरको वचनले तँलाई खुलासा र अलि गाली गर्छ, अनि त्यसपछि तँ आफू परमेश्‍वरको विश्वासी होस् भनी स्विकार्न मान्दैनस्? के त, अब तँ परमेश्‍वरको सृजित प्राणी रहिनस्? के परमेश्‍वर परमेश्‍वर हुन छोड्नुभयो? यदि यही कारणले गर्दा तँ परमेश्‍वरलाई नकार्न सक्छस् भने, तँ एक दुष्ट व्यक्ति, दियाबलस होस्। परमेश्‍वर यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसैले मण्डलीले जबरजस्ती वा फकाएर तिनीहरूलाई स्विकार्नु हुँदैन। कतिपय मानिस भन्छन्: “परमेश्‍वरले मलाई गाली गर्नुभए पनि, म खुसीसाथ स्विकार्न इच्छुक छु। यदि उहाँ परमेश्‍वर हुनुहुन्छ भने, मलाई मुक्ति दिन सक्नुहुन्छ। यदि उहाँले मलाई हिर्काउनुभयो भने, त्यो उचित हो। यदि उहाँले मलाई अन्योलमा परेको व्यक्ति भन्‍नुहुन्छ भने, म त्यही नै हुँ, र त्योभन्दा पनि बढी अन्योलमा परेको व्यक्ति हुँ; यदि उहाँ मलाई गणिका भन्नुहुन्छ भने, मैले गणिकाको काम नगरे जस्तो देखिए पनि, परमेश्‍वरले त्यसो भन्नुभएकाले म त्यो कुरा मान्छु र स्विकार्छु।” तिनीहरूमा सबैभन्दा सरल विश्वास, मान्यता र स्वीकार, अनि परमेश्‍वरको डर मान्ने सबैभन्दा सरल हृदय हुन्छ। परमेश्‍वर यस्ता मानिसहरू प्राप्त गर्न चाहनुहुन्छ। कतिपय मानिसहरूलाई परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र घोच्ने लाग्छ, आफूले आशिष् प्राप्त गर्नेछैन भन्ने महसुस गर्छन्, त्यसैले अबउप्रान्त विश्वास गर्न चाहँदैनन्। तिनीहरू सोच्छन्, “तपाईँ परमेश्‍वर नै हुनुभए पनि, म तपाईँमा विश्वास गर्नेछैनँ। यदि तपाईँ यस्तो बोल्नुहुन्छ भने, म तपाईँलाई पछ्याउनेछैनँ।” त्यसोभए गैहाल्! यदि तैँले परमेश्‍वरलाई मान्नेसमेत गर्दैनस् भने, उहाँ कसरी तँलाई आफ्नो सृजित प्राणी भनेर चिन्न सक्नुहुन्छ र? त्यो असम्भव छ! परमेश्‍वरका वचनहरू यहाँ छन्; ती विश्वास गर् या नगर्, त्यो तेरै निर्णय हो। यदि विश्वास गर्दैनस् भने, गैहाल्। तैँले त्यो गुमाउनेछस्। यदि विश्वास गर्छस् भने, तैँले मुक्ति पाइने आशाको किरण पाउनेछस्। के यो उचित होइन र? (हो।) तर के यो पाको सज्जनले यस तरिकाले सोचेको थियो त? के उसले परमेश्‍वरका विचारहरू छर्लङ्गै बुझ्न सक्थ्यो? (सक्दैनथ्यो।) के ऊ मूर्ख थिएन र? आत्मिक बुझाइ नहुने मानिसहरू यस्तो मूर्ख काम गर्छन्। उसले परमेश्‍वरलाई अत्यन्तै महत्त्वहीन र सामान्य ठान्यो, परमेश्‍वरका विचारहरू मानव सोचभन्दा धेरै माथि छैनन् भन्ने सोच्यो। ऊ प्राय: परमेश्‍वरको विचार मानिसको भन्दा उच्च रहेको कुरा गर्थ्यो, सामान्य समयमा यी ठूला धर्मसिद्धान्तहरूबारे प्रचार गर्थ्यो, तर वास्तवमै कुनै परिस्थिति आइपर्दा, उसले यी वचनहरू परमेश्‍वरले भन्ने कुराजस्तो नलागेर, ती बेवास्ता गर्‍यो। उसले आफ्नो हृदयमा परमेश्‍वरका यी वचनहरूलाई मान्दैनथ्यो, त्यसैले उसले ती स्विकार्नै सकेन। उसले सुसमाचार प्रचार भइरहेको ठिक मौका छोपी “प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्ने र अझ धेरै मानिस प्राप्त गर्ने” बहाना बनाएर परमेश्‍वरका वचनहरू झटपट फेरबदल गर्‍यो। अन्त्यमा मैले उसको व्यवहारलाई कसरी चित्रण गरेँ? परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नु। छेडछाड गर्नुको अर्थ के हो? त्यसको अर्थ मूल अर्थमा स्वेच्छाचारी रूपले थपथाप गर्नु, त्यसलाई घटाउनु, वा हेरफेर गर्नु, लेखकले चाहेको अर्थ बदल्नु, लेखकको सुरुको अभिप्राय र बोल्नुका उद्देश्यलाई बेवास्ता गर्नु, र त्यसपछि ती जथाभावी हेरफेर गर्नु हो। यसलाई छेडछाड गर्नु भनिन्छ। के उसमा परमेश्‍वरको डर मान्ने हृदय थियो? (थिएन।) कस्तो दुस्साहस! के यो कुनै मानवले गर्ने कुरा हो? (होइन।) यो दियाबलसको काम हो, मानवको होइन। तैँले कुनै साधारण व्यक्तिका शब्दहरूसमेत यतिकै हेरफेर गर्न मिल्दैन; तैँले लेखकको रायलाई सम्मान गर्नैपर्छ। यदि तँ फेरबदल गर्न चाहन्छस् भने, तैँले अग्रिम जानकारी गराएर उसको मञ्जुरी लिनुपर्छ, अनि उसको मञ्जुरी पाएपछि मात्र तैँले उसको रायअनुसार फेरबदल गर्न सक्छस्। यसलाई सम्मान भनिन्छ। परमेश्‍वरको सन्दर्भमा भन्नुपर्दा, उहाँलाई सम्मान मात्र गरेर हुँदैन! यदि परमेश्‍वरका वचनहरूको एउटा मात्र वाक्य गलत छापियो भने, यदि त्यसमा कुनै एउटा व्याकरणिक शब्द हटेको छ भने, तैँले त्यो स्वीकार्य हुन्छ हुँदैन भनेर सोध्नुपर्छ; स्वीकार्य हुँदैन भने, तैँले त्यो पृष्ठ फेरि छाप्नुपर्छ। यसमा यस्तो गम्भीर र जिम्मेवार मनोवृत्ति आवश्यक पर्छ; यसलाई परमेश्‍वरको डर मान्ने हृदय राख्नु भनिन्छ। के यस पाका सज्जनसँग त्यस्तो हृदय थियो? (थिएन।) उसमा परमेश्‍वरको डर मान्ने हृदय थिएन। उसले परमेश्‍वरलाई आफूभन्दा तल ठान्थ्यो; ऊ अत्यन्तै दुस्साहसी थियो। यस्तो व्यक्तिलाई निष्कासित गर्नुपर्छ।

भर्खरै त्यस्तै घटना घट्यो। कतिपय मानिसले फेरि पनि सुसमाचार प्रचार गरेर थप मानिसहरू प्राप्त गर्ने बहानामा परमेश्‍वरका वचनहरूलाई लापरवाहीपूर्वक परिवर्तन गरे। यसपटक पछिल्लो पटकभन्दा अलि राम्रो भयो; पछिल्ला घटनामा, त्यो काम अरूसँग सङ्गति नगरी, स्वेच्छाचारी र तानाशाही रूपमा कार्य गरिएको थियो, परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्न जथाभावी रूपमा र लापरवाहीपूर्वक काम गरिएको थियो। यसपटक, तिनीहरूले सुरुमा यसो भन्दै माथिलाई सोधे, “कुनै निश्चित जातीय समूहका मानिसहरूले परमेश्‍वरको वचनका केही शब्दहरू स्विकार्न सक्दैनन्। हामीले ती शब्दहरूलाई, र उनीहरूले स्विकार्न नसक्ने परमेश्‍वरका वचनहरूका भनाइ वा खण्डहरूका अंश हटाउने वा हेरफेर गर्ने, र त्यसपछि उनीहरूलाई परमेश्‍वरका वचनहरूको विशेष रूपले बनाइएको संस्करण प्रचार गर्ने रणनीति बनाएका छौँ। त्यसपछि त उनीहरूले विश्वास कसो नगर्लान् त?” हेर् त; तिनीहरू साँच्चै दुस्साहसी हुन्। यो कस्तो व्यवहार हो? नरम रूपले लिइयो भने, यस्ता मानिसहरूलाई केवल मूर्ख, अज्ञानी, र अति कलिलो मान्न सकिन्छ; तिनीहरूलाई फेरि त्यसो नगर्नू भन्न मात्र सकिन्छ। तर यदि हामीले तिनीहरूले गरेको कुराको प्रकृतिलाई चित्रण गर्‍यौँ भने, तिनीहरूले शैतानलाई खुसी पार्न त्यतिकै परमेश्‍वरका वचनहरू हेरफेर गरिरहेका थिए। यसलाई के भनिन्छ? यो त गौरवका लागि प्रभुलाई धोका दिने यहूदाको, विश्‍वासघाती र धोकेबाजहरूको व्यवहार हो। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई छेडछाड गरे, मानिसहरूलाई खुसी पार्न र सुसमाचार स्वीकार गराउन ती बढी रुचिकर र स्वीकार्य बनाए—यसको के काम? पृथ्वीमा कसैले विश्वास नगरे पनि, के परमेश्‍वरका वचनहरू परमेश्‍वरको वचन हुन छोड्छन् र? के परमेश्‍वरका वचनहरूको प्रकृति बदलिन्छ? (बदलिँदैन।) के परमेश्‍वरका वचनहरू तिनीहरूले स्विकारे मात्र सत्यता हुने र स्विकारेनन् भने सत्यता नहुने हो? के यसले गर्दा परमेश्‍वरका वचनहरूको प्रकृति बदलिन सक्छ? कदापि सक्दैन। सत्यता भनेको सत्यता नै हो; यदि तैँले त्यो स्विकारिनस् भने, तँ नष्ट हुन्छस्! सुसमाचार प्रचार गर्ने कतिपय मानिस सोच्छन्, “उनीहरूले नस्विकार्नु कति दुःखलाग्दो कुरा हो! उनीहरू अत्यन्तै महान् र कुलिन मानिस हुन्। परमेश्‍वर उनीहरूलाई अत्यन्तै प्रेम र कृपा गर्नुहुन्छ, हामीले कसरी उनीहरूलाई प्रेम नदेखाउन सक्छौँ र? परमेश्‍वरका वचनहरूलाई फेरबदल गरौँ ताकि उनीहरूले स्विकार्न सकून्। ती मानिसहरू अत्यन्तै राम्रा छन्, अनि परमेश्‍वर उनीहरूप्रति अत्यन्तै असल र कृपालु हुनुहुन्छ। हामी परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ!” के यो देखावा गर्नु होइन र? (हो।) अर्को ढोँगी—सत्यता नबुझ्नेहरूले मूर्ख कुरा मात्र गर्न सक्छन्! परमेश्‍वरका वचनहरूमा छेडछाड गर्नेलाई कारबाही गरिएको र निष्कासित गरिएको थियो भनेर भनिसकिएको छ, र अहिले फेरि पनि तिनमा छेडछाड गर्न चाहने मानिसहरू छन्। तिनीहरू के हासिल गर्न खोजिरहेका छन्? के यो गौरवका लागि प्रभुलाई घात गर्नु होइन र? (हो।) यो गौरवका लागि प्रभुलाई घात गर्नु, शैतानलाई खुसी पार्नु हो। के परमेश्‍वरका वचनहरू व्यावहारिक छैनन् र? के तिनलाई खुला रूपमा प्रस्तुत गर्न सकिँदैन र? के तँ तिनलाई सत्यताका रूपमा मान्दैनस् र? यदि तँ तिनलाई मान्दैनस् भने, किन अझै विश्वास गर्छस्? यदि तँ सत्यता स्विकार्न सक्दैनस् भने, परमेश्‍वरमा विश्वास गर्नुको के अर्थ? यसरी मुक्ति प्राप्त गर्नु असम्भव छ। परमेश्‍वर जसरी बोल्नुभए पनि, उहाँले तेरा धारणाहरूसँग नमिल्ने जस्तोसुकै वचनहरू प्रयोग गर्नुभए पनि, उहाँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँको सार बदलिँदैन। तैँले जतिसुकै मिठो बोले पनि, तैँले जे गरे पनि, आफूलाई जति नै दयालु, उपकारी, वा प्रेमिलो ठाने पनि, तँ मानव, भ्रष्ट मानव नै होस्। तँ परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्विकार्न मान्दैनस् र शैतानलाई खुसी पार्न परमेश्‍वरका वचनहरूलाई हेरफेर गर्ने प्रयास गर्छस्। यो कस्तो व्यवहार हो? यो तिरस्कारयोग्य व्यवहार हो! परमेश्‍वरका वचनहरूमा छेडछाड गर्ने प्रकृतिबारे अघिल्लो सङ्गतिपछि, अब सुसमाचार प्रचार गर्दा फेरि यस्तो समस्या आउनेछैन भनी मैले सोचेको थिएँ। तर, अविश्वसनीय रूपमा, छेडछाड गर्न र यस्ता सोचहरू राख्न आँट गर्ने मानिसहरू अझै पनि रहेछन्। यस्ता मानिसहरूको परमेश्‍वरको वचनप्रति कस्तो मनोवृत्ति हुन्छ? (अनादर।) तिनीहरू पूर्णतः लापरवाह हुन्छन्! तिनीहरूलाई हृदयमा परमेश्‍वरका वचनहरू प्वाँखझैँ हल्का, महत्त्वहीन लाग्छ। तिनीहरू सोच्छन्, “परमेश्‍वरको वचनलाई कुनै पनि तरिकामा चलाउन सकिन्छ; म उहाँका वचनहरू मनलागी परिवर्तन गर्न सक्छु। तिनलाई मानव धारणा र रुचिसँग मिल्ने बनाउनु राम्रो हुन्छ। परमेश्‍वरका वचनहरू त्यस्तो हुनुपर्छ!” परमेश्‍वरका वचनहरूमा छेडछाड गर्नेजस्ता कुरा गर्नेहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न सकिन्छ। तिनीहरू लापरवाही रूपमा र सोचविचार नगरी कार्य गर्छन्, र जथाभाबी छेडछाड गर्छन्; तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, अनि तिनीहरूमा अन्य ख्रीष्टविरोधीहरूको जस्तै स्वभाव र गुण हुन्छन्। अनि अर्को कुरा छ: खतरा आइपर्दा वा आफ्नो स्वार्थमा क्षति पुग्दा तिनीहरूको पहिलो सोच र काम के हुन्छ? तिनीहरू के रोज्छन्? तिनीहरू आफ्नो रक्षा गर्न परमेश्‍वरको हित र उहाँको घरका हितहरूलाई विश्वासघात गर्न रोज्छन्। के परमेश्‍वरका वचनहरूमा छेडछाड गर्नेहरूले साँच्चै प्रभावकारी रूपमा सुसमाचार प्रचार गर्नका लागि त्यसो गर्छन्? तिनीहरूको तथाकथित प्रभावकारितापछाडिको गोप्य मनसाय के हुन्छ? तिनीहरू आफ्ना प्रतिभा र क्षमताहरूको प्रदर्शन गर्न, मानिसहरूलाई “हेर म कति सक्षम छु! हेर, मैले हेरफेर गरेपछि सुसमाचार प्रचार गर्ने काम कति प्रभावकारी बनेको छ? तिमीहरूसँग यस्ता सिपहरू छैनन्, तिमीहरू यस्तो सोच्ने आँटसमेत गर्दैनौ। मैले आफ्नो सोच र कार्यद्वारा कस्ता नतिजाहरू हासिल गरेको छु, हेर त?” यी मानिसहरू परमेश्‍वरको वचनलाई बेवास्ता गर्छन् अनि ख्याति र हैसियत पछ्याउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न तिनमा छेडछाड गर्छन्। के तिनीहरूमा ख्रीष्टविरोधीको गुण छैन र? तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्नु बिलकुलै अन्याय हुँदैन।

ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानाशाहीको अर्को प्रकटीकरण के हो? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसित कहिल्यै सत्यतामा सङ्गति गर्दैनन्, न त मानिसहरूका वास्तविक समस्याहरू समाधान नै गर्छन्। बरु, तिनीहरू शब्द र धर्मसिद्धान्त प्रचार गरेर मानिसहरूलाई भाषण दिने अनि अरूलाई जबरजस्ती आफूलाई पालन गर्नसमेत लगाउने मात्र गर्छन्। माथि र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति र व्यवहार कस्तो हुन्छ? त्यो छल र कपटबाहेक केही हुँदैन। मण्डलीभित्र समस्याहरू भए पनि, तिनीहरू माथिलाई कहिल्यै केही रिपोर्ट गर्दैनन्। तिनीहरूले जे गरे पनि माथिलाई कहिल्यै सोध्दैनन्। यस्तो लाग्छ तिनीहरूसँग त्यस्ता कुनै समस्याहरू छैनन् जसका लागि माथिको सङ्गति वा निर्देशन आवश्यक पर्छ—तिनीहरू सबथोक गुपचुप र गोप्य रूपमा, पर्दापछाडि गर्छन्। यसलाई गुप्त चालबाजी भनिन्छ, जसमा तिनीहरू अन्तिम निर्णय गर्न र निर्णायक बन्न चाहन्छन्। तर, कहिलेकाहीँ तिनीहरू नक्कली भेष धारण गर्छन्, सानातिना मामलाहरू उठाएर माथिलाई सोध्छन्, सत्यता पछ्याउने व्यक्तिका रूपमा ढोँग गर्छन्, र आफूले हरचिजमा एकदमै सूक्ष्म तरिकाले सत्यता खोज्छु भनी माथिलाई गलत विश्वास दिलाउँछन्। वास्तवमा, तिनीहरू कुनै पनि महत्त्वपूर्ण मामलामा कहिल्यै मार्गदर्शन खोज्दैनन् अनि एकपक्षीय निर्णय गर्छन् र माथिलाई अन्धकारमा राख्छन्। यदि कुनै समस्या उत्पन्न भएमा, तिनीहरूले त्यसको रिपोर्ट गर्ने सम्भावना झनै कम हुन्छ, किनकि तिनीहरू त्यसले आफ्नो शक्ति, हैसियत, वा प्रतिष्ठालाई असर गर्ला भनी डराउँछन्। ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही रूपमा काम गर्छन्; तिनीहरू कहिल्यै अरूसित सङ्गति गर्दैनन् र अरूलाई जबरजस्ती पालन गर्न लगाउँछन्। स्पष्टसँग भन्नुपर्दा, यो व्यवहारका मुख्य प्रकटीकरणहरू व्यक्तिगत उद्यममा संलग्न हुनु; आफ्नो प्रभाव, व्यक्तिगत गुट, र सञ्जालहरू बढाउनु; आफ्ना प्रयासहरू पछ्याउनु; र त्यसपछि, आफूलाई जे मन लाग्छ त्यही गर्नु, आफूलाई फाइदा हुने कामकुरा गर्नु, र पारदर्शिताविना कार्य गर्नु हुन्। ख्रीष्टविरोधीहरूको अरूलाई आफूप्रति समर्पित गराउने इच्छा र चाहना एकदमै बलियो हुन्छ; तिनीहरू सिकारीले आफ्नो कुकुरलाई आदेश पालना गर्न लगाएझैँ मानिसहरूले तिनीहरूको आज्ञा मानून् भन्ने अपेक्षा गर्छन्, सही वा गलत खुट्ट्याउन दिँदैनन्, र पूर्ण अनुपालन र समर्पण गराउन जिद् कस्छन्।

ख्रीष्टविरोधीहरूको स्वेच्छाचार र तानाशाहीपनको अर्को प्रकटीकरण तल उल्लिखित परिदृश्यमा देख्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीको अगुवा ख्रीष्टविरोधी हो, अनि यदि माथिल्लो तहका अगुवा र कामदारहरूले त्यस मण्डलीको कामबारे जान्न र त्यसमा हस्तक्षेप गर्न चाहन्छन् भने, के यो ख्रीष्टविरोधी सहमत हुनेछ? कदापि हुँदैन। उसले कुन हदसम्म त्यो मण्डलीलाई नियन्त्रणमा राख्छ? छिर्नै नसकिने किल्लाजस्तै, जहाँ सियो पनि छिर्दैन, पानी पनि पस्दैन, उसले अरू कसैलाई संलग्न हुन वा सोधपुछ गर्न दिँदैन। जब उसले अगुवा र कामदारहरू कामबारे जान्न आउँदै छन् भनी थाहा पाउँछ, तब उसले दाजुभाइ-दिदीबहिनीहरूलाई भन्छ, “यी मानिसहरू आउनुको उद्देश्य के हो, मलाई थाहा छैन। उनीहरू हाम्रो मण्डलीको वास्तविक परिस्थिति बुझ्दैनन्। यदि उनीहरूले हस्तक्षेप गरेमा, हाम्रो मण्डलीका काममा बाधा दिन सक्छन्।” उसले दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी भ्रममा पार्छ। अगुवा र कामदारहरू आइपुगेपछि, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको सम्पर्कमा आउन नदिन विभिन्न कारण र बहाना बनाउँछ, साथै अगुवा र कामदारहरूलाई देखावटी सत्कार गर्छ, र उनीहरूको सुरक्षा सुनिश्चित गरेका निहुँमा उनीहरूलाई अलग ठाउँमा राख्छ; तर वास्तवमा, त्यसको उद्देश्य उनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूसँग भेटेर उनीहरूबाट परिस्थितिबारे थाहा पाउन नदिनु हो। अगुवा र कामदारहरूले कामको परिस्थितिबारे सोधपुछ गर्दा, त्यो ख्रीष्टविरोधीले झूटो छवि देखाएर छल गर्छ; उसले आफू माथिकाहरूलाई छल गर्छ र आफूमुनिकाहरूलाई सत्यता लुकाउँछ, आफ्ना भनाइहरूलाई बढाइचढाइ गरेर भन्छ, र उनीहरूलाई छल गर्न कामको प्रभावकारिताको बढाइचढाइ गर्छ। अगुवा र कामदारहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसित भेट्न सुझाव दिँदा, उसले यस्तो जवाफ दिन्छ, “मैले कुनै प्रबन्ध गरेको छैनँ! तपाईँले आउनुअघि मलाई जानकारी नै गराउनुभएन। गराउनुभएको भए, म केही दाजुभाइ-दिदीबहिनीलाई तपाईँसँग भेट्ने प्रबन्ध मिलाउनेथेँ। तर हालको प्रतिकूल वातावरणलाई विचार गर्दा, सुरक्षाका कारण तपाईँहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई नभेट्नु नै राम्रो हुन्छ।” उसको कुरा उचित लागे पनि, समझदार व्यक्तिले समस्या पत्ता लगाउन सक्छ: “ऊ अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेको चाहँदैन किनकि उसलाई आफू खुलासा होइन्छ भन्ने डर छ, उसको कामका त्रुटि र विचलनहरू प्रकट हुनेछन् भन्ने डर छ।” ख्रीष्टविरोधीले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई कडाइका साथ नियन्त्रण गर्छ। यदि अगुवा र कामदारहरू जिम्मेवार छैनन् भने, उनीहरू ख्रीष्टविरोधीद्वारा सजिलै छलमा पर्न र मूर्ख बनाइन सक्छन्। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको वास्तविक परिस्थिति, उनीहरूका नसुल्झिएका कठिनाइहरू, माथिका सङ्गति र प्रवचनहरू अनि परमेश्‍वरको वचनका पुस्तकहरू समयमै दाजुभाइ-दिदीबहिनीहरूकहाँ पुगेका छन् कि छैनन्, मण्डलीका विभिन्न कार्य परियोजनाहरू कसरी अगाडि बढिरहेका छन्, विचलन वा समस्याहरू छन् कि छैनन्—यी सबै कुरा अगुवा र कामदारहरूले थाहै पाउँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूलाई पनि परमेश्‍वरको घरका कुनै नयाँ कार्य प्रबन्धहरूबारे थाहा हुँदैन; यसर्थ, ख्रीष्टविरोधीले मण्डलीलाई पूर्ण रूपले नियन्त्रण गर्छ, शक्तिमा एकाधिकार जमाउँछ र मामलाहरूमा अन्तिम निर्णय गर्छ। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले माथिल्लो तहका अगुवा र कामदारहरूलाई सम्पर्क गर्ने अवसर नै पाउँदैनन्, अनि वास्तविक सत्यता थाहा नपाएर उनीहरू ख्रीष्टविरोधीको भ्रम र नियन्त्रणमा पर्छन्। ख्रीष्टविरोधीले जसरी बोले पनि, यी निरीक्षण गर्ने अगुवा र कामदारहरूमा समझशक्ति हुँदैन र उनीहरू ख्रीष्टविरोधीले राम्रो काम गरिरहेको छ भन्ने नै सोच्छन्, र उसैमा पूर्ण भरोसा राख्छन्। यो त परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको हेरचाहमा सुम्पनुसरह हो। ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाइरहँदा, यदि अगुवा र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, उनीहरू गैरजिम्मेवार हुन्छन्, र त्यसलाई सम्हाल्न जान्दैनन् भने, के यो मण्डलीका काममा रोकावट ल्याउनु र परमेश्‍वरका चुनिएका मानिसहरूलाई घात गर्नु होइन र? के यस्ता अगुवा र कामदारहरू झूटा अगुवा र कामदार होइनन् र? कुनै ख्रीष्टविरोधीद्वारा नियन्त्रित मण्डलीका सम्बन्धमा भन्नुपर्दा, अगुवा र कामदारहरूले हस्तक्षेप र सोधपुछ गर्नैपर्छ, अनि ख्रीष्टविरोधीलाई तुरुन्तै कारबाही गरेर हटाउनैपर्छ—यसमा दुई मत छैन। यदि वास्तविक काम नगर्ने र ख्रीष्टविरोधीले परमेश्‍वरका चुनिएका मानिसहरूलाई भ्रममा पार्ने कुरालाई बेवास्ता गर्ने झूटा अगुवाहरू छन् भने, ती चुनिएका मानिसहरूले यी झूटा अगुवा र कामदारहरूलाई खुलासा गर्नुपर्छ, उनीहरूको रिपोर्ट गर्नुपर्छ, उनीहरूलाई पदबाट हटाउनुपर्छ, र उनीहरूका ठाउँमा असल अगुवा राख्नुपर्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रममा पार्ने समस्या राम्ररी समाधान गर्ने तरिका यही मात्र हो। कतिपयले भन्लान्, “यस्ता अगुवा र कामदारहरू कमजोर क्षमताका र समझशक्ति नभएका हुन सक्छन्, जसले गर्दा उनीहरूले ख्रीष्टविरोधीको समस्या सम्हाल्न र समाधान गर्न सकेनन्। उनीहरूले जानाजानी यसो गरिरहेका छैनन्; के उनीहरूलाई अर्को मौका दिनु पर्दैन र?” यस्ता अन्योलमा परेका अगुवाहरूलाई थप मौका दिनु हुँदैन। यदि अर्को मौका दिइयो भने, उनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई क्षति पुर्‍याइरहनेछन्। किनभने उनीहरू सत्यता पछ्याउने मानिस होइनन्; उनीहरूमा विवेक र समझ हुँदैन, अनि उनीहरू सिद्धान्तविनै काम गर्छन्—उनीहरू हटाइनुपर्ने घृणास्पद मानिस हुन्! विगत दुई वर्षमा, केही मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरू यस्ता झूटा अगुवा र वास्तविक काम नगर्ने ख्रीष्टविरोधीहरूलाई हटाउन एकजुट भएका छन्, र उनीहरूले तिनीहरूलाई बर्खास्त गरेका र हटाएका छन्। के त्यो राम्रो कुरा होइन र? (हो।) यस्तो राम्रो समाचार सुन्दा म प्रसन्न हुन्छु; यो नै परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धि हुनु र उनीहरू परमेश्‍वरप्रतिको विश्वासका सही मार्गमा प्रवेश गर्नुको उत्कृष्ट प्रमाण हो। यसले मानिसहरूले केही समझशक्ति र कद प्राप्त गरेका छन्, अनि उनीहरू झूटा अगुवा र ख्रीष्टविरोधी, दुष्ट पिशाचहरूद्वारा नियन्त्रित हुन छाडेका छन् भन्ने देखाउँछ। साधारण झूटा अगुवा र ख्रीष्टविरोधीहरूले अब परमेश्‍वरका चुनिएका मानिसहरूलाई भ्रममा पार्न वा नियन्त्रणमा राख्न सक्दैनन्, जो हैसियत वा शक्तिद्वारा नियन्त्रित हुन छाडेका छन्। उनीहरूमा झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने र खुलासा गर्ने साहस छ, उनीहरू तिनीहरूलाई निकाल्ने र हटाउने आँट गर्छन्। खासमा, चाहे अगुवा र कामदारहरू होऊन् वा परमेश्‍वरका चुनिएका जनमध्येका साधारण मानिस होऊन्, परमेश्‍वरसामु उनीहरू सबैको बराबर हैसियत हुन्छ, उनीहरूका कर्तव्यहरू मात्र फरक हुन्छन्। परमेश्‍वरका घरमा, हैसियतमा कुनै भिन्नता हुँदैन, कर्तव्य र जिम्मेवारीमा मात्र भिन्नता हुन्छ। मण्डलीका काममा बाधा दिने झूटा अगुवा र ख्रीष्टविरोधीहरूको सामना गर्नुपर्दा, अगुवा र कामदारहरू अनि परमेश्‍वरका चुनिएका मानिसहरू दुवैले तिनीहरूको खुलासा र रिपोर्ट गर्नुपर्छ, तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ, ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट निष्कासित गर्नुपर्छ। यो जिम्मेवारी एउटै र सबैको साझा हो।

ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र तिनीहरूले सारा मामलामा अन्तिम निर्णय गर्नैपर्छ—के यी समस्याहरू सबै प्रस्ट रूपमा देखिँदैनन् र? अरूसँग सङ्गति गर्नु र सिद्धान्तहरू खोज्नु औपचारिकता वा देखावटी प्रक्रिया होइन; यसको उद्देश्य के हो? (सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्नु, र ती निर्वाह गर्न मार्ग प्राप्त गर्नु।) ठिक भनिस्; यसको उद्देश्य आफ्ना कर्तव्य निर्वाह गर्न सिद्धान्त र मार्ग प्राप्त गर्न सक्नु हो। परमेश्‍वरका वचनहरूमा सत्यता खोजेर अनि सिद्धान्तहरू बुझेर मात्र आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्न सकिन्छ भनेर तैँले सुरुमा बुझ्नैपर्छ। यदि तैँले समस्या समाधान गर्न सत्यतामा सङ्गति गर्छस् भने, कस्तो विधि अपनाउनुपर्छ? कुन-कुन मानिसहरूलाई संलग्न गराउनुपर्छ? सही व्यक्तिहरू छनोट गर्नुपर्छ; तैँले मुख्य रूपमा सत्यता बुझ्न सक्ने राम्रो क्षमताका केही मानिससँग सङ्गति गर्नुपर्छ, किनकि यसो गर्दा प्रभावकारी नतिजाहरू प्राप्त हुनेछ। यो जरुरी छ। यदि तैँले समझ नभएका कमजोर क्षमताका अन्योल मानिसहरू चयन गरिस्, जसलाई जति नै छलफल गरे पनि सत्यता बुझाउन वा सत्यतासम्म पुऱ्याउन सकिनेछैन भने, प्रचुर मात्रामा सत्यतामा सङ्गति गरे पनि, कुनै नतिजाहरू निस्कनेछैनन्। मण्डलीमा पैदा हुने समस्याहरूका बाबजुद, परमेश्‍वरका चुनिएका मानिसहरूलाई जानकारी पाउने अधिकार हुन्छ अनि उनीहरूले मण्डलीको कामको परिस्थिति र विद्यमान समस्याहरू थाहा पाउनुपर्छ। यदि अगुवा र कामदारहरूले आफूमाथिकाहरूलाई छल गर्छन् र आफूमुनिकाहरूबाट सत्यता लुकाउँछन्, अरूलाई अलमल्ल पार्ने विधिहरू अपनाउँछन् भने, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको खुलासा र रिपोर्ट गर्ने, वा त्यो परिस्थिति माथिल्लो तहमा पुर्‍याउने अधिकार हुन्छ। यो परमेश्‍वरका चुनिएका मानिसहरूको कर्तव्य र दायित्व पनि हो। कतिपय झूटा अगुवाहरू स्वेच्छाचारीपूर्वक र तानाशाही रूपमा कार्य गर्छन्, मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रणमा राख्छन्। यो परमेश्‍वरलाई प्रतिरोध र विरोध गर्नु हो, यो ख्रीष्टविरोधीहरूको निरन्तर अभ्यास हो। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले यो कुरा खुलासा र रिपोर्ट गरेनन्, अनि मण्डलीको काम रोकियो वा सुस्त भयो भने, अगुवा र कामदारहरूले मात्र नभई परमेश्‍वरका चुनिएका मानिसहरूले पनि जिम्मेवारी लिनुपर्छ, किनकि झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीमा शक्ति चलाउँदा दुःख पाउने त परमेश्‍वरका चुनिएका मानिसहरूले नै हो, सम्भवत: उनीहरूको मुक्ति पाउने मौका नष्ट हुन्छ। त्यसकारण, परमेश्‍वरका चुनिएका मानिसहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्ने अधिकार र जिम्मेवारी हुन्छ, जुन मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि लाभदायी हुन्छ। कतिपय अगुवा र कामदारहरू भन्छन्: “तिमीहरू सबै जना म स्वेच्छाचारी र तानाशाही छु भन्छौ, हैन? यसपटक म त्यस्तो हुनेछैनँ। म सबैलाई आफ्ना राय व्यक्त गर्न दिनेछु। एक दिन, दुई दिन—ती कुरा बताउन तिमीहरूलाई जति समय लागे पनि म पर्खनेछु।” कहिलेकाहीँ, केही विशेष समस्याहरू सामना गर्दा, विवादहरू कैयौँ दिनसम्म लम्बिन्छन् तर समाधान निस्कँदैन, अनि तिनीहरू पर्खी नै रहन्छन्। तिनीहरू कामलाई अघि बढाउनुअघि सबैजना सर्वसम्मतिमा पुगुञ्जेल पर्खन्छन्। यसले कति काममा ढिलाइ गराउँछ? यसले कामकुरामा धेरै ढिलाइ गराउँछ; यो प्रस्ट रूपले गैरजिम्मेवारीपन प्रकट हुनु हो। यदि कुनै अगुवा वा कामदारले निर्णयहरू गर्न सक्दैन भने कसरी मण्डलीको काम प्रभावकारी रूपले व्यवस्थापन गर्न सक्छ र? मण्डलीका काममा, अगुवा र कामदारहरूसँग निर्णयहरू गर्ने अधिकार हुन्छ भने दाजुभाइ-दिदीबहिनीहरूसँग सुसूचित हुने अधिकार हुन्छ। तर, अन्त्यमा अगुवा र कामदारहरूले नै निर्णयहरू गर्नैपर्छ। यदि कुनै अगुवा वा कामदारले निर्णय गर्न सक्दैन भने, उसको क्षमता अत्यन्तै कमजोर छ, र ऊ नेतृत्वको भूमिकाका लागि उपयुक्त छैन। ऊ अगुवा भए पनि, उसले वास्तविक काम गर्न वा मानकअनुरूप हुनेगरी आफ्ना कर्तव्य निर्वाह गर्न सक्दैन। कतिपय अगुवा र कामदारहरू एउटै विषयमा लामो समयसम्म बहस गरेर पनि निर्णय गर्न सक्दैनन्, र अन्त्यमा, जो बढी जोरदार देखिन्छ उसकै अनुसार गर्छन्। के यो सिद्धान्तअनुसारको विधि हो? (होइन।) तिनीहरू कस्ता किसिमका अगुवा हुन्? तिनीहरू केवल अन्योलमा परेका मानिस हुन्। यदि तँ “ख्रीष्टविरोधीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, र मलाई त्यस्तो बन्छु कि भन्ने डर लाग्छ; म ख्रीष्टविरोधीका मार्गमा हिँड्न चाहँदिनँ। म सबैले आफ्ना रायहरू व्यक्त गरुन्जेल पर्खनेछु, र त्यसपछि टुङ्गोमा पुगेर र कुनै ठिक्कको विधिको सारांश निकालेर निर्णय गर्नेछु” भनिस् भने—के त्यो स्वीकार्य हुन्छ? (हुँदैन।) किन हुँदैन? यदि नतिजा सत्यता सिद्धान्तहरूसँग मिल्दैन भने, तँ यस तरिकाले अघि बढे पनि, के त्यो प्रभावकारी हुन सक्छ? के त्यसले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछ? यदि त्यो प्रभावकारी भएन र त्यसले परमेश्‍वरलाई सन्तुष्ट पारेन भने, समस्या गम्भीर हुन्छ। सत्यता सिद्धान्तअनुसार कार्य नगर्नु, आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुनु, झारा टार्नु, र शैतानको दर्शनअनुसार कामकुरा गर्नु भनेको परमेश्‍वरप्रति अबफादार हुनु हो। यो परमेश्‍वरलाई धोका दिनु हो! ख्रीष्टविरोधीका रूपमा शङ्का गरिनुबाट वा आलोचना खेप्नुबाट जोगिन तँ आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबाट पन्छिन्छस् र शैतानी दर्शनको “सम्झौता गर्ने” विधि अपनाउँछस्। फलस्वरूप, तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई क्षति पुर्‍याउँछस् र मण्डलीका काममा असर पार्छस्। के यो सिद्धान्तमा नचल्नु होइन र? के यो स्वार्थी र घृणास्पद कुरा होइन र? अगुवा वा कामदारको नाताले, तैँले सिद्धान्तअनुसारै बोल्नुपर्छ र काम गर्नुपर्छ, नतिजा प्राप्त हुने गरी र दक्षतापूर्वक आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। जसरी परमेश्‍वरको घरका काममा फाइदा पुग्छ र सत्यता सिद्धान्तसँग मेल खान्छ तैँले त्यही तरिकामा कार्य गर्नुपर्छ। उदाहरणका लागि, मनमा व्यावहारिक नतिजालाई राखेर नै मण्डलीका सामानहरू खरिद गर्नुपर्छ। ती सामानहरू उचित मूल्यको र काम लाग्ने हुनुपर्छ। यदि तैँले सिद्धान्त पालना नगरी लापरवाहीपूर्वक पैसा खर्च गरिस् भने, परमेश्‍वरको घरका हित र परमेश्‍वरका भेटीहरूको नोक्सान हुन सक्छ। तिमीहरूले यस्तो परिस्थितिलाई कसरी सम्हाल्नेथियौ? (माथिको मार्गदर्शन खोज्नेथियौँ।) माथिको मार्गदर्शन खोज्नु एउटा तरिका हो। यसअलावा, अल्छी नहो। राम्ररी अनुसन्धान गर्, विस्तृत रूपमा सोधपुछ गर्, अरूलाई सल्लाह माग्, वृत्तान्त बुझ्, र पर्याप्त तयारी गर्; सायद त्यसपछि तुलनात्मक रूपमा उचित समाधान भेट्टाउन सकिन्छ। यदि तैँले यो प्रारम्भिक काम गरिनस् र वृत्तान्त नबुझी लापरवाहीपूर्वक कार्य गरिस्, फलस्वरूप धेरै पैसा खर्च भयो भने, त्यसलाई के भनिन्छ? त्यसलाई झाराटारुवा हुनु भनिन्छ। कतिपय मानिस यसरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, आफूले गर्ने काममा पारदर्शी हुँदैनन्। उनीहरू रिपोर्ट गर्नुपर्ने आधा कुरा मात्र रिपोर्ट गर्छन्, बाँकी कुरा लुकाउँछन् किनभने उनीहरूलाई पूर्ण रूपमा पारदर्शी हुँदा आफूमाथि समस्या आइपर्नेछ र आफूले थप अनुसन्धान र सुधार गर्नुपर्नेछ भन्ने लाग्छ। त्यसैले, उनीहरू वास्तविक परिस्थिति र वृत्तान्त अरूबाट लुकाउँछन्, तुरुन्तै काम सकाउँछन् र त्यसपछि परमेश्‍वरको घरलाई पैसा तिर्न भन्छन्। तर निरीक्षण गर्दा, उनीहरूको काम मानकअनुरूप हुँदैन र त्यो फेरि गर्नुपर्ने हुन्छ, र अझ धेरै पैसा खेर जान्छ। के यो परमेश्‍वरको घरलाई क्षति पुर्‍याउनु होइन र? के यो यहूदाको व्यवहार होइन र? (हो।) यहूदाको व्यवहारमा परमेश्‍वरको घरका हितहरूलाई धोका दिनु समावेश छ। परिस्थितिहरू सामना गर्नुपर्दा, यस्तो व्यक्ति मण्डलीबाहिरका मानिसहरूका पक्षमा लाग्छ, आफ्नो देहबारे मात्र विचार गर्छ र परमेश्‍वरको घरका हितहरूबारे बिलकुलै सोच्दैन। के उसमा परमेश्‍वरप्रति कुनै बफादारी हुन्छ? (हुँदैन।) अलिकति पनि बफादारी हुँदैन। उसलाई परमेश्‍वरको घरका हितहरूलाई धोका दिँदा र मण्डलीका काममा क्षति पुर्‍याउँदा आनन्द लाग्छ—यो यहूदाको व्यवहार हो। अर्को परिस्थिति पनि छ: कतिपय कर्तव्यमा अरू क्षेत्रका विशेष ज्ञान र विशेषज्ञता समावेश हुन्छन् जुन सबैलाई थाहा नहोला। यस्ता अवस्थामा, तैँले समस्याबाट पटक्कै पन्छिनु हुँदैन। यो प्रचुर सूचनाका युगमा, तँ अल्छी हुनु हुँदैन, बरु सक्रियतापूर्वक सान्दर्भिक तथ्याङ्क र जानकारी खोज्नुपर्छ। तैँले सुरुमा सबैभन्दा आधारभूत जानकारी प्राप्त गरेर, उक्त पेशा वा क्षेत्रको आधारभूत बुझाइ प्राप्त गर्छस्, र त्यसपछि त्यस क्षेत्रको दायराभित्रका थप पक्षहरूबारे सिक्दै जान्छस्, चाहे त्यो तथ्याङ्क होस् वा विभिन्न व्यावसायिक शब्दावली, यसरी तँ त्यससँग आधारभूत रूपमा परिचित हुन्छस्। यस स्तरमा पुगेपछि, बफादारीपूर्वक र मानकअनुरूप हुनेगरी आफ्ना कर्तव्यहरू पूरा गर्नु अझ बढी लाभदायक हुँदैन र? (हुन्छ।) त्यसोभए, आफ्नो कर्तव्य निर्वाह गर्दा यो सारा तयारीको कामको उद्देश्य के हो? अनुसन्धान गर्नु, विवरण बुझ्नु, र त्यसपछि सङ्गति र समालोचनात्मक छलफलमार्फत उपयुक्त समाधानहरू खोज्नु सबै मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्ने तयारीकै पाटो हुन्। राम्रोसँग यी तयारीहरू गर्नुले आफ्नो कर्तव्य निर्वाहमा बफादारीलाई देखाउँछ; यसले झाराटारुवाहरूलाई प्रकाश पनि गर्छ। अविश्‍वासीहरू र आफ्ना कर्तव्य निर्वाहमा आफूलाई साँचो रूपमा परमेश्‍वरप्रति समर्पित नगर्नेहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू पूर्णतया झाराटारुवा हुन्छन्; तिनीहरूले मण्डलीका निम्ति जे खरिद गरे पनि, आफ्नै सनकअनुसार लापरवाहीसाथ पैसा खर्च गर्छन्, माथिको मार्गदर्शन खोज्दैनन्, र आफूले सबथोक बुझेका छौँ भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरू परमेश्‍वरको घरको पैसा खेर फाल्छन्। के तिनीहरू खर्चालु, विपत्ति निम्त्याउने व्यक्ति होइनन् र? तिनीहरू परमेश्‍वरका भेटीहरू नोक्सान गर्छन् र आफूले दुष्टता गरिरहेको र परमेश्‍वरको प्रतिरोध गरिरहेको छु भनेर थाहासमेत पाउँदैनन्; तिनीहरूलाई हृदयमा कुनै पछुतो लाग्दैन। परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुलासा गर्दा र खुट्ट्याउँदा, अनि तिनीहरूलाई निकाल्न र निष्कासन गर्न भोट गर्दा मात्र, तिनीहरूको अलि होस खुल्छ र तिनीहरू पछुताउन थाल्छन्। तिनीहरूलाई आफ्ना कार्यहरूले यस्ता गम्भीर परिणाम निम्त्याउनेछन् भनेर महसुस भएको हुँदैन—साँच्चै, आफै नचेतेसम्म तिनीहरूको चेत खुल्दैन! यस्ता मानिसहरू बढीजसो अधकल्चा बुद्धि भएका मूर्ख हुन्छन्, तैपनि तिनीहरू अगुवा र कामदार भएर परमेश्‍वरको घरका लागि कार्यहरू निर्वाह गर्ने आकाङ्क्षा राख्छन्। तिनीहरू गधालाई धोएर गाई बनाउन खोजेजस्तै निर्लज्ज हुन्छन्। यी मानिसहरू अविश्‍वासी हुन्; तिनीहरूले जति नै वर्ष विश्वास गरेका भए पनि, सत्यता बुझ्दैनन्। तैपनि तिनीहरू सधैँ परमेश्‍वरको घरका अगुवा र कामदार हुन चाहन्छन्, सधैँ शक्ति चलाउन र अन्तिम निर्णय गर्न चाहन्छन्—के तिनीहरू लाज पचेका निर्लज्ज होइनन् र? यस्ता मानिसहरूलाई किन अविश्‍वासी मानिन्छ? किनभने तिनीहरूले धेरै वर्षसम्म परमेश्‍वरमा विश्वास गर्नुका साथै धेरै प्रवचनहरू सुने पनि, सत्यताहरू बुझ्दैनन् र कुनै पनि सत्यता अभ्यास गर्न सक्दैनन्, जसले गर्दा तिनीहरू अविश्‍वासी हुन्। के तिमीहरू कसैले यस्ता व्यवहार देखाउँछौ? देखाउने जतिले हात उठाऊ। तिमीहरू सबैले देखाउँछौ? त्यसोभए तिमीहरू सबै जना अविश्‍वासी हौ, र त्यो गम्भीर समस्या हो। परमेश्‍वरमा सच्चा विश्वास गर्नेहरूले यदि निरन्तर रूपमा प्रवचनहरू सुन्छन् भने, केही सत्यता बुझ्नेछन् र केही प्रगति गर्नेछन्, जसले गर्दा तिनीहरू बोली र व्यवहारमा अझ भरपर्दो बन्नेछन्। यदि कसैले वर्षौँसम्म प्रवचन सुनेर पनि कुनै प्रगति गर्दैन भने, ऊ अन्योलमा परेको व्यक्ति, पशु र अविश्‍वासी हो। कतिपय मानिसले तीनदेखि पाँच वर्ष परमेश्‍वरमा विश्वास गर्दा निकै कुरा बुझ्छन् अनि आफ्ना बोली र व्यवहारमा सत्यता खोज्न सक्छन्। यदि तिनीहरूले आफ्ना कर्तव्य निर्वाहमा त्रुटिहरू देखेमा वा परमेश्‍वरको घरलाई केही क्षति पुर्‍याएमा, तिनीहरू दुःखी हुन्छन् र आत्मग्लानि महसुस गर्छन् र आफूलाई घृणा गर्छन्; तिनीहरूलाई आफ्नो एकछिनको गल्ती, अवफादारी, अल्छीपन, वा देहसुखमा लिप्त भएको कारण यस्ता ठूला त्रुटिहरू भएको र यस्तो ठूलो क्षति निम्तिएको हो भन्ने लाग्छ, र तिनीहरू यसका लागि आफूलाई घृणा गर्छन्। हृदयमा पछुतो मान्ने यस्ता मानिसहरूमा केही मानवता हुन्छ र तिनीहरू मुक्ति प्राप्त गर्ने मोडमा पुग्न सक्छन्। यदि कसैले धेरै वर्ष प्रवचनहरू सुनेपछि पनि कुनै सत्यता बुझ्दैन, आफ्नो कर्तव्य निर्वाहमा गल्तीहरू गरिरहन्छ, परमेश्‍वरका घरमा सधैँ समस्या खडा गर्छ र मण्डलीका काममा क्षति पुर्‍याउँछ, अनि हृदयमा पछुतोसमेत गर्दैन भने, यस्तो व्यक्तिमा पटक्कै मानवता हुँदैन, ऊ सुँगुर र कुकुरभन्दा खराब हो। के उसले अझै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छ? उसले कर्तव्य निर्वाह गरे पनि, त्यो झारा टार्ने हुन्छ, र त्यसले परमेश्‍वरको अनुमोदन पाउँदैन।

कतिपय मानिसले बोल्दा परमेश्‍वरको घरलाई सधैँ “हाम्रो परिवार” भन्छन्, कुराकानीमा लगातार “हाम्रो परिवार” को चर्चा गर्छन्। उनीहरू त्यो मिठो पाराले भन्छन्! उनीहरूले भन्ने गरेको “हाम्रो परिवार” भनेको के हो? यहाँ त परमेश्‍वरको घर, परमेश्‍वरको परिवार, र मण्डली मात्र हुन्छ। के सधैँ “हाम्रो परिवार” भन्नु उचित हो? मलाई त त्यो उचित लाग्दैन। “हाम्रो परिवार” भन्ने शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यदि भनिने कुरा वास्तविकतासँग मिले मात्र त्यो उचित हुन्छ। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, यदि तँ सधैँ झारा टार्दै आफ्ना कर्तव्यहरू निर्वाह गर्छस्, मण्डलीको कामलाई पटक्कै कायम राख्दैनस्, मण्डलीको कामलाई गम्भीर रूपमा बिलकुलै लिँदैनस्, तैपनि “हाम्रो परिवार” भनिरहन्छस् भने, त्यो अनुचित हो। त्यो झूट र ढोँगको सङ्केत हो, यसले घृणा र तिरस्कार निम्त्याउँछ; तर, यदि तँ साँच्चै सत्यता वास्तविकता भएको र मण्डलीको कामलाई कायम राख्ने व्यक्ति होस् भने, परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्नु स्वीकार्य हुन्छ। अरूलाई यो कुरा साँचो, झूटरहित लाग्छ, र तिनीहरूले तँलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा हेर्नेछन्, तँलाई मन पराउनेछन् र प्रशंसा गर्नेछन्। यदि तैँले हृदयमा सत्यतालाई प्रेम गर्दैनस्, न त सत्यता नै स्विकार्छस्, र तँ आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार छस् भने, परमेश्‍वरको घरलाई “हाम्रो परिवार” नभन्। तैँले गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नुपर्छ, र मण्डलीको कामलाई कायम राख्न सक्नुपर्छ ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ परमेश्‍वरको घरको अंश होस् भनी महसुस गरून्। त्यसपछि, तैँले “हाम्रो परिवार” भन्दा, अरूलाई कुनै तिरस्काररहित निकटता महसुस हुनेछ, किनभने तँ हृदयमा परमेश्‍वरको घरलाई साँच्चै आफ्नै घर ठान्छस्, र आफ्नो कर्तव्य निर्वाहमा तँ साँच्चै जिम्मेवार हुन्छस् र तैँले मण्डलीको काम कायम राख्छस्। जब तँ “हाम्रो परिवार” भन्छस्, त्यो पूर्ण रूपमा उचित लाग्छ, त्यसमा झूटको सङ्केत देखिँदैन। यदि व्यक्तिले मण्डलीको कामप्रति कुनै जिम्मेवारी देखाउँदैन, आफ्नो कर्तव्य झारा टार्दै निर्वाह गर्छ, एउटा सिन्को उठाउन, फोहोर कोठा सफा गर्न, वा फोहोर सोहोर्न वा जाडो याममा हिउँ सोहोर्न वा आँगन सफा गर्न समेत कष्ट गर्दैन, परमेश्‍वरको घरको सदस्यजस्तो नभएर बाहिरी व्यक्तिजस्तो देखिन्छ भने, के यस्तो व्यक्ति परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य हुन्छ? तिनीहरू केवल सेवाकर्ता, अस्थायी कामदार, जीवनविनाका शैतानका मानिस हुन्, परमेश्‍वरको घरका सदस्य नै होइनन्। अनि तिनीहरू अझै पनि प्रायजसो निर्लज्ज भई परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्छन्, मुख खोल्नेबित्तिकै त्यसो भन्छन्, अत्यन्तै आत्मीयताका साथ त्यसो भन्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई अत्यन्तै न्यानो सम्बोधन गर्छन्—तर तिनीहरू कुनै वास्तविक कामहरू सम्हाल्दैनन्। कामहरू सम्हाल्दा, तिनीहरू गल्तीहरू गर्छन्, परमेश्‍वरको घरलाई क्षति पुर्‍याउँछन्। के तिनीहरू केवल पाखण्डी होइनन् र? यस्ता मानिसहरू एकदमै अनैतिक, कुनै विवेक वा समझ नभएका हुन्छन्। परमेश्‍वरको विश्वासीको नाताले व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत गुणहरू विवेक र समझ हुन्, अनि ऊ सत्यता स्विकार्न पनि सक्षम हुनुपर्छ। यदि उसमा विवेक र समझसमेत छैन अनि ऊ सत्यता बिलकुलै स्विकार्दैन भने, के ऊ अझै पनि परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य हुन्छ? ऊ अस्थायी कामदार र सेवाकर्ता मात्र हो; ऊ शैतानको हो र परमेश्‍वरको घरसँग उसको खासै सम्बन्ध छैन। परमेश्‍वर यस्ता मानिसहरूलाई स्विकार्नुहुन्न; उहाँको नजरमा तिनीहरू दुष्ट मानिस हुन्। धेरै मानिस परमेश्‍वरमा विश्वास गर्छन् तर सत्यता पटक्कै पछ्याउँदैनन्, परमेश्‍वरको घरका मामलाहरूप्रति उदासीन हुन्छन्। तिनीहरू आफूले सामना गर्ने समस्याहरूलाई मतलब गर्दैनन्, आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गर्छन्, कठिनाइमा परेका दाजुभाइ-दिदीबहिनीहरूबाट टाढा रहन्छन्, अनि खराब कामकुरा गर्ने र परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने वा मण्डलीको काम बरबाद गर्नेहरूलाई घृणा गर्दैनन्। तिनीहरूलाई सही र गलतका महत्त्वपूर्ण मामलाहरू थाहा हुँदैन; परमेश्‍वरका घरमा जे आइपरे पनि तिनीहरूलाई त्यसको चासो हुँदैन। के तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै घर ठान्छन्? निश्चय नै ठान्दैनन्। यी मानिसहरू परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्न योग्य छैनन्; त्यसो भन्नेहरू पाखण्डी मात्र हुन्। कस्ता मानिसहरू “हाम्रो परिवार” भन्न योग्य हुन्छन्? भर्खरै, मैले कतिपय मानिस अवश्यै अल्पसङ्ख्यक भए पनि, वास्तवमा खराब हुँदैनन् भन्ने देखेको छु। अहिलेका लागि हामी तिनीहरूले कति सत्यता बुझ्छन्, वा तिनीहरूको कद वा आस्था कत्रो छ भन्नेबारे कुरा गर्नेछैनौँ, तर यी मानिसहरू साँच्चै परमेश्‍वरमा विश्वास गर्छन्, वास्तविक कामहरू गर्न सक्छन्, र आफूले निर्वाह गर्ने कर्तव्यमा साँच्चै जिम्मेवार हुन्छन्—तिनीहरूमा मानवताको केही प्रतिरूप हुन्छ। यस्ता मानिसहरूलाई मात्र साँचो रूपमा परमेश्‍वरको घरको अंश मान्न सकिन्छ। जब तिनीहरू “हाम्रो परिवार” भन्छन्, तब त्यो न्यानो र साँच्चै हृदयस्पर्शी लाग्छ। उदाहरणका लागि, मण्डलीलाई एउटा टेबुल चाहिएको थियो, जुन किन्नुपर्‍यो भने छ-सात सय डलर पर्नेथ्यो। कतिपय दाजुभाइ-दिदीबहिनीले भने, “त्यो त अति महँगो भो। हामीले काठ किनेर आफैले बनाउँदा धेरै पैसा जोगिन सक्छ। त्यसले पनि उतिकै राम्रो काम गर्नेछ, कुनै फरक पर्दैन।” यो सुनेपछि, मलाई हृदयमा कस्तो महसुस भयो? मेरो मन अलि छोयो: “यी मानिसहरू खराब छैनन्; उनीहरू परमेश्‍वरको घरका लागि पैसा जोगाउन जान्दछन्।” यस्ता मानिसहरू भेटी फजुल खर्च गर्नेहरूका तुलनामा धेरै राम्रा हुन्, कम्तीमा उनीहरूमा केही विवेक र समझ अनि थोरै मानव भावना हुन्छ। कतिपय मानिसले थाहै नपाई परमेश्‍वरको घरलाई सयौँ वा हजारौँ डलर घाटा गराउँछन्, यो तिनीहरूको चासोको विषय होइन समेत भन्छन्, र हृदयमा कुनै ग्लानि महसुस गर्दैनन्। अर्कोतिर, यसो भन्ने अरू हुन्छन्, “दस वा आठ डलर बचाउनु पनि राम्रै हो। हामी आफैले समाधान गर्न सक्ने कामकुरामा अनावश्यक पैसा खर्च गर्नु हुँदैन। हामीले जहाँ सकिन्छ बचत गर्नुपर्छ। खर्च गर्नै नपर्ने पैसा खर्च गर्नु आवश्यक छैन। हामीले थोरै कठिनाइ सहनु र मेहनत गर्नु ठिक हुन्छ।” यस्तो भन्न सक्नेहरू मात्र विवेक र समझ भएका, सामान्य मानवता बोकेका, र साँच्चै परमेश्‍वरको घरसँग मेल खाने मानिस हुन्। यी मानिसहरूसँग परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भन्न सक्ने अधिकार हुन्छ किनभने उनीहरू परमेश्‍वरको घरका हितलाई विचार गर्छन्। कतिपय मानिस परमेश्‍वरको घरका हितबारे बिलकुलै सोच्दैनन्। के उनीहरूले यस्ता विचार गर्न नसक्ने हो र? उनीहरू आफ्नो जीवनका सन्दर्भमा, अत्यन्तै मितव्ययी हुन्छन्, एक पैसा खर्च गर्न पनि हिचकिचाउँछन्, सधैँ सबैभन्दा सस्तो र सबैभन्दा व्यावहारिक सामान किन्न चाहन्छन्, सक्दो बचत गर्छन्, मोलमोलाइ गर्छन्, एक-एक हिसाब लगाउँछन्, आफ्ना जीवन व्यवस्थापनमा दक्ष भएको प्रस्ट देखिन्छन्। तर परमेश्‍वरको घरका लागि कामकुरा गर्ने सन्दर्भमा भने, उनीहरू यसरी काम गर्दैनन्। उनीहरू परमेश्‍वरको घरको पैसा चलाउँदा, अत्यधिक खर्च गर्छन्, जसरी मन लाग्छ त्यसरी खर्च गर्छन्, मानौँ खर्च गरिएन भने त्यो खेर जानेछ। के त्यो अत्यन्तै खराब चरित्रको सङ्केत होइन र? यस्ता मानिसहरू अति स्वार्थी हुन्छन्, परमेश्‍वरको घरलाई पटक्कै विचार गर्दैनन्, आफूलाई सन्तुष्ट पार्न मात्र खोज्छन्। उनीहरू जालझेल गरेर स्वर्गको राज्यमा प्रवेश गर्ने र सबैभन्दा कम मूल्य चुकाएर ठुलाठुला आशिषहरू प्राप्त गर्ने आशा राख्छन्। यस्ता स्वार्थी र घृणास्पद मानिसहरू अझै पनि यस्ता ठुलठुला महत्त्वाकाङ्क्षा र चाहनाहरू पाल्छन्; यसले उनीहरूमा चरित्रको गम्भीर अभाव छ भन्ने देखाउँछ!

के अब हामीले मूलत: कसरी ख्रीष्टविरोधीहरू कुटिल रूपमा व्यवहार गर्छन् र तिनीहरू स्वेच्छाचारी र तानाशाही छन् भन्ने प्रकटीकरणबारे पूर्ण रूपमा सङ्गति गरेका छौँ? (गरेका छौँ।) त्यसोभए त्यसको सारांश निकालौँ। ख्रीष्टविरोधीहरूले कुटिल रूपमा कामकुरा गर्नु, र तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनु, तिनीहरूमा हुने दुई भिन्न तर उत्तिकै महत्त्वपूर्ण र सँगसँगै देखिने सामान्य व्यवहारहरू हुन्। यस प्रकटीकरणले ख्रीष्टविरोधीहरूका दुइटा प्रमुख स्वभावहरू खुलासा गर्छ—दुष्टता र क्रूरता; तिनीहरू दुष्ट र क्रूर दुवै हुन्छन्। कहिलेकाहीँ, तैँले तिनीहरूको क्रूर पक्ष नदेख्न सक्छस्, तर दुष्ट पक्ष देख्न सक्छस्। तिनीहरू नरम व्यवहार गर्छन्, जसले गर्दा तिनीहरूको कुनै पनि बलजफ्ती वा असभ्य व्यवहार देख्न कठिन हुन्छ। तिनीहरू बाहिरी रूपले उग्र देखिँदैनन्, न त तिनीहरू तँलाई कुनै कुरा बलजफ्ती नै गराउँछन्, तर तिनीहरू तँलाई अरू दुष्ट माध्यमहरूमार्फत जालमा पार्छन्, बिस्तारै तिनीहरूका नियन्त्रणमा पार्छन्, तिनीहरूका उद्देश्यहरू पूरा गराउँछन्—यसरी तँ तिनीहरूद्वारा शोषित हुन्छस्। तँ थाहै नपाई तिनीहरूका पासोमा पर्छस्, स्वेच्छाले तिनीहरूको चालवाजी र खेलवाडप्रति समर्पित हुन्छस्। किन तिनीहरूले यस्ता परिणामहरू ल्याउन सक्छन्? ख्रीष्टविरोधीहरू प्रायजसो सही कथन र भनाइहरू प्रयोग गरेर तँलाई निर्देशन दिन्छन् र प्रभाव पार्छन्, केही कामकुरा गर्न उक्साउँछन्, तिनीहरूले भन्ने सबथोक ठिक हो, तैँले त्यो पालन गर्नुपर्छ र त्यो यस तरिकाले गर्नुपर्छ भन्ने महसुस गराउँछन्, नत्र तँलाई आफू सत्यताविरुद्ध गइरहेको छु भन्ने लाग्नेछ, तैँले तिनीहरूको अवज्ञा गर्नु भनेको परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हो भन्ने महसुस गर्नेछस्। त्यसो गर्दा, तैँले स्वेच्छाले तिनीहरूलाई पालन गर्छस्। यसको अन्तिम नतिजा के हुन्छ? मानिसहरूले तिनीहरूका शब्दहरू पछ्याएर तिनीहरूले भन्ने कुरा अभ्यास गरे पनि, के तिनीहरू सत्यता बुझ्छन् र? के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध झन्-झन् निकट बन्दै छ कि टाढिँदै छ? परिस्थितिहरू सामना गर्नुपर्दा, मानिसहरूले परमेश्‍वरसामु आएर उहाँलाई प्रार्थना गर्न नसक्ने मात्र होइन, तर तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा सत्यता सिद्धान्तहरू कसरी खोज्ने, परमेश्‍वरका अभिप्राय र मागहरू कसरी बुझ्ने भनेर पनि थाहा हुँदैन। बरु, तिनीहरू अविश्वसनीय कुरा भन्छन्: “मैले मुख्यतः समर्थन र भरणपोषणका लागि अगुवाहरूमा भर परेर धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको छु। जे आइपरे पनि, यदि अगुवाहरूले सङ्गति दिएमा, अघि बढ्ने मार्ग प्राप्त हुन्छ। अगुवाहरूविना केही हुँदैन।” तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएका भए पनि, तिनीहरूको कद यत्रो मात्र छ, अझै पनि तिनीहरू अगुवाहरूविना चल्नै सक्दैनन्। के यो दयनीय अवस्था होइन र? यसको भित्री अर्थ के हो? यसको तात्पर्य तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न, उहाँमा भर पर्न, उहाँतर्फ हेर्न, वा उहाँका वचनहरू खान र पिउन जान्दैनन् भन्ने हो। तिनीहरूलाई यी सब कुरा बुझ्नका लागि अगुवाहरूको साथ चाहिन्छै चाहिन्छ; तिनीहरूले विश्वास गर्ने परमेश्‍वरलाई अगुवाले प्रतिस्थापित गर्न सक्छ। परमेश्‍वरमा यस्तो व्यक्तिको विश्वास भनेको वास्तवमा आफ्ना अगुवाहरूमाथिको विश्वास हो भन्न सकिन्छ। तिनीहरू अगुवाहरूले भन्ने सबथोक सुन्छन्, र उनीहरूले जे भने पनि विश्वास गर्छन्। तिनीहरू साँचो रूपमा कसलाई विश्वास गर्छन्, पछ्याउँछन् र कसको आज्ञापालन गरिरहेका हुन्छन्—परमेश्‍वर कि अगुवाहरू? के यो धर्मका मानिसहरूले नामका लागि मात्र प्रभुमा विश्वास गर्नु, तर वास्तवमा आफ्ना पाष्टरहरूलाई विश्वास गर्नु, पछ्याउनु र भरोसा गर्नुजस्तो होइन र? के यो मानवद्वारा नियन्त्रित हुनु होइन र? तँ अगुवाहरूलाई आराधना गर्छस्, सारा मामलामा तिनीहरूको कुरा सुन्छस्। यो त मानवलाई विश्वास गर्नु र पछ्याउनु, मानिसद्वारा बाधित र नियन्त्रित हुनु हो। परमेश्‍वरले अत्यन्तै प्रस्ट रूपमा बोल्नुभएको छ, तैपनि तँ उहाँका वचनहरू बुझ्न सक्दैनस्, न त ती अभ्यास गर्न नै जान्दछस्, तर दियाबलस र शैतानहरूले केही शब्द बोल्नेबित्तिकै तिनीहरूलाई बुझ्छस्? तँ वास्तवमा केचाहिँ बुझ्छस्? कहिलेकाहीँ तँ कुनै प्रावधान वा धर्मसिद्धान्त बुझ्छस्—के त्यसलाई सत्यता बुझेको मानिन्छ? (मानिँदैन।) त्यो सत्यता बुझ्नु होइन; त्यो त भ्रममा पर्नु हो। त्यो ठ्याक्कै त्यही हो।

ख्रीष्टविरोधीहरूले कुटिल व्यवहार गर्नु अनि तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनुका प्रकटीकरणमा, तिनीहरूका प्रमुख स्वभावहरू दुष्टता र क्रूरता हुन्। यो दुष्टता कहाँ प्रकट हुन्छ? यो तिनीहरूको कुटिल व्यवहारमा प्रकट हुन्छ। अनि तिनीहरूको क्रूरता कहाँ प्रकट हुन्छ? (स्वेच्छाचारी र तानाशाही हुनुमा।) यो मुख्यतः तिनीहरू स्वेच्छाचारी र तानाशाही हुनुमा, र अरूलाई बलजफ्ती आज्ञापालन गर्न लगाउनुमा प्रकट हुन्छ; तिनीहरूको बलजफ्तीले क्रूर स्वभावलाई देखाउँछ। परमेश्‍वर उहाँ र सत्यताप्रति मानिसहरू समर्पित भएको माग गर्नुहुन्छ। परमेश्‍वर कुन तरिकाले काम गर्नुहुन्छ? परमेश्‍वरले आफ्ना वचनहरू व्यक्त गर्नुभएपछि, मानिसहरूलाई परमेश्‍वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरू सत्यता र उहाँका वचनप्रति समर्पित हुनु हो भनेर बताउनुहुन्छ। तँलाई यो सत्यता थाहा छ, यो वाक्यांश ठिक हो भन्ने थाहा छ, तर तँ समर्पित हुने कि नहुने र कसरी समर्पित हुने भन्ने सन्दर्भमा, परमेश्‍वरको कस्तो मनोवृत्ति हुन्छ? तँसित स्वतन्त्र इच्छा छ, छनोट गर्ने अधिकार छ। यदि तँ समर्पित हुन चाहन्छस् भने, समर्पित हो; यदि तँ समर्पित हुन चाहँदैनस् भने, समर्पित हुनु पर्दैन। तर, जहाँसम्म समर्पित नहुनुले कस्ता परिणामहरू ल्याउँछन्, परमेश्‍वरले मानिसहरूमा के कुराको छानबिन गर्नुहुन्छ, र तिनीहरूबारे उहाँका निष्कर्षहरू के-के हुन् भन्‍ने कुरा छ, परमेश्‍वरले यी मामलाहरूमा अतिरिक्त कुरा केही पनि गर्नुहुन्‍न। उहाँ तँलाई चेतावनी दिनुहुन्न, धम्काउनुहुन्न, वा बाध्य पार्नुहुन्न, तँलाई मूल्य तिर्न लगाउनुहुन्न वा त्यसका लागि दण्ड दिनुहुन्न। परमेश्‍वरले त्यसरी कार्य गर्नुहुन्न। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको अवधिमा, जब उहाँले मानवहरूलाई भरणपोषण गर्न वचनहरू व्यक्त गरिरहनुभएको हुन्छ, तब उहाँले मानिसहरूलाई गल्तीहरू गर्न, गलत मार्ग लिन, उहाँविरुद्ध विद्रोह गर्न र मूर्ख कामकुरा गर्न दिनुहुन्छ। तर उहाँ आफ्ना वचन र आफ्ना काम गर्ने केही विधिहरूमार्फत, बिस्तारै मानिसहरूलाई उहाँका मागहरू के हुन्, सत्यता भनेको के हो, र के सही र के गलत हो भनी बुझ्न दिनुहुन्छ—उदाहरणका लागि, काटछाँट, ताडना, र अनुशासनमार्फत, अनि अर्तीहरूमार्फत पनि यसो गर्नुहुन्छ। कहिलेकाहीँ, उहाँ तँलाई केही अनुग्रह प्रदान गर्नुहुन्छ, तँभित्र हलचल ल्याउनुहुन्छ, वा तँलाई केही ज्योति र अन्तर्दृष्टि दिनुहुन्छ, र तँलाई के सही र के गलत हो, परमेश्‍वरका मागहरू वास्तवमा के-के हुन्, मानवले कस्तो पद ग्रहण गर्नुपर्छ, र मानिसहरूले के अभ्यास गर्नुपर्छ भनी जान्न दिनुहुन्छ। उहाँ तँलाई बुझ्न लगाउने क्रममा केही छनौट पनि दिनुहुन्छ। यदि तैँले “म विद्रोही हुनेछु, म जिद्दी हुनेछु, म सही कुरा रोज्न चाहँदिनँ, म बफादार हुन चाहँदिनँ, म यसरी नै कार्य गर्न चाहन्छु!” भनिस् भने, अन्त्यमा, तँ आफ्नो गन्तव्य र परिणामका लागि आफै जिम्मेवार हुन्छस्। तैँले आफ्ना कार्यहरूको जिम्मेवारी लिनुपर्छ र मूल्य तिर्नुपर्छ; परमेश्‍वरले यस सम्बन्धमा केही गर्नुहुन्न। परमेश्‍वर निष्पक्ष र धर्मी हुनुहुन्छ। यदि तँ उहाँका मागअनुसार कार्य गर्छस् र तँ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होस्, वा, यदि त्यसको उल्टो तँ परमेश्‍वरका मागअनुसार कार्य गर्दैनस् र परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति होइनस् भने, दुइटै अवस्थामा, तेरो गन्तव्य जहाँसुकै भए पनि, परमेश्‍वरले त्यो निकै पहिले निर्धारण गरिसक्नुभएको हुन्छ। परमेश्‍वरले थप केही पनि गर्नु पर्दैन। यदि तैँले आज परमेश्‍वरका मागअनुसार कार्य गरिनस् भने उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ, ताडना, वा दण्ड दिनुहुनेछ, तँमाथि विपत्तिहरू ल्याउनुहुनेछ भन्ने त होइन—परमेश्‍वर त्यस्तो काम गर्नुहुन्न। परमेश्‍वर त मानिसहरूलाई समर्पणबारे सत्यता बुझ्न मद्दत गर्नका लागि मात्र उनीहरू समर्पित भएको माग गर्नुहुन्छ; त्यसमा “बाध्य पार्ने” भन्ने नै हुँदैन। परमेश्‍वर मानिसहरूलाई समर्पित हुन वा सत्यताको यो पक्ष अभ्यास गर्न बाध्य पार्नुहुन्न। त्यसकारण, परमेश्‍वरको तरिकामा, चाहे उहाँले मानिसहरूलाई योजनाबद्ध गर्नुहोस्, उनीहरूको भाग्य चलाउनुहोस्, उनीहरूलाई अगुवाइ गर्नुहोस्, वा उनीहरूलाई सत्यताद्वारा भरणपोषण गर्नुहोस्, यी कार्यहरूको आधार बाध्यतामा आधारित हुँदैन, न त त्यो आवश्यकता नै हो। यदि तैँले परमेश्‍वरको वचनअनुसार कार्य गरिस् भने, बिस्तारै झन्-झन् बढी सत्यता बुझ्नेछस्, अनि परमेश्‍वरसामु तेरो अवस्था निरन्तर सुध्रिनेछ—तैँले राम्रो अवस्था कायम राख्नेछस्, अनि परमेश्‍वरले पनि तँलाई दैनिक जीवनमा तैँले नबुझ्ने पक्षहरूमा अन्तर्दृष्टि दिनुहुनेछ। तर, यदि तँ सत्यता अभ्यास गर्दैनस्, परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र सत्यता पछ्याउन अनिच्छुक हुन्छस् भने, तैँले अत्यन्तै सीमित कुरा प्राप्त गर्नेछस्। यी दुईबीचको एकदमै फरक कुरा यही हो। परमेश्‍वर पक्षपात गर्नुहुन्न; उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ। कतिपय मानिस भन्छन्: “परमेश्‍वरले बलजफ्ती अभ्यास गराउनुभएको भए, के म गर्दिनथेँ र?” परमेश्‍वर मानिसहरूलाई बाध्य पार्नुहुन्न; त्यो त शैतानले गर्छ। परमेश्‍वर त्यसरी काम गर्नुहुन्न। बाध्य पारिँदा मात्र तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस् भने, तँ के हुन्छस्? के तँ परमेश्‍वरप्रति साँच्चै समर्पित भइरहेको हुन्छस्? परमेश्‍वरले चाहनुहुने समर्पण त्यस्तो होइन। परमेश्‍वरले बताउनुहुने समर्पणमा त व्यक्तिले सत्यता बुझाइका आधारमा विवेक र समझअनुसार स्वेच्छाले परमेश्‍वरका वचनहरू अभ्यास गर्छ। समर्पणताको अन्तर्निहित अर्थ यही हो। यसमा बाध्यता, प्रतिबन्ध, धम्की, वा कुनै पनि प्रकारको बन्धन वा नियन्त्रण संलग्न हुँदैन। त्यसकारण, जब तँलाई कुनै मामलामा निकै बाँधिएको वा नियन्त्रित महसुस भएमा, त्यो निश्चय नै परमेश्‍वरको काम होइन। एक अर्थमा, त्यो मानव सोचाइ वा विकृत बुझाइ र आफैले लगाएको बाधाहरूबाट उत्पन्न हुन सक्छ। अर्को अर्थमा, त्यो अरू कसैले तँलाई नियन्त्रण गर्न खोजिरहेको, प्रावधानहरू वा केही सही लाग्ने तर्क वा सिद्धान्त प्रयोग गरेर तँलाई नियन्त्रण गरेको, जसले गर्दा तैँले आफ्नो सोचाइमा केही विकृतिहरू विकास गरेको हुन सक्छ। यसले तेरा बुझाइमा समस्या छ भन्ने देखाउँछ। यदि तँलाई आफू स्वेच्छाले र खुसीसाथ परमेश्‍वरप्रति समर्पित छु भन्ने लाग्छ भने, यो पवित्र आत्माको काम र साथै साँचो मानवता, विवेक र समझबाट आएको हो।

परमेश्‍वरको घरमा सत्यताप्रति, उहाँको घरको कार्य प्रबन्धप्रति, र मण्डलीका प्रबन्धहरूप्रति समर्पित नहुने कतिपय मानिस हुन्छन्। परमेश्‍वरको घरले यस कुरालाई कसरी सम्हाल्छ? के यसलाई समाधान गर्न जबरजस्ती कार्यान्वयन गरिने कुनै विधिहरू छन्? यदि कुनै अगुवाले वास्तविक काम गर्दैन, कार्य प्रबन्धअनुसार काम गर्दैन, र सत्यता अभ्यास गर्दैन, वा वास्तविक काम गर्न सक्दैन भने, परमेश्‍वरको घरले त्यसलाई कसरी सम्हाल्छ? (परमेश्‍वरको घरले उसलाई बर्खास्त गर्छ।) ऊ सिधै बर्खास्त हुन्छ, तर के ऊ निष्कासित हुन्छ? (हुँदैन।) दुष्टता नगरेकाहरू निष्कासित हुँदैनन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूका सन्दर्भमा भन्नुपर्दा, यदि उनीहरूलाई कुनै कर्तव्य निर्वाह गर्न खटाइयो तर उनीहरू त्यो नकार्छन् भने, के यसलाई समर्पित नभएको मानिन्छ? यदि उनीहरू गएनन् भने, अरू कोही भेट्टाउन सकिन्छ; के कसैलाई जबरजस्ती कुनै कर्तव्य निर्वाह गराइन्छ र? (गराइँदैन।) कुनै जोरजबरजस्ती हुँदैन। सत्यतामा सङ्गति गरेर, यदि उनीहरू स्विकार्न र समर्पित हुन इच्छुक हुन्छन् भने त्यो ठिकै हो। यसलाई जोरजबरजस्ती गरिएको मानिँदैन; यो उनीहरूको व्यक्तिगत सहमति र इच्छाअनुसार उनीहरूलाई यो कर्तव्य निर्वाह गर्न खटाउनु हो। उदाहरणका लागि, कतिपय मानिसलाई खाना पकाउन मन पर्छ तर उनीहरूलाई सरसफाइका काममा खटाइन्छ, र उनीहरू भन्छन्, “यदि मलाई सफाइ गर्न लगाइयो भने, म सफा गर्नेछु। म परमेश्‍वरको घरका बन्दोबस्तहरूप्रति समर्पित हुन्छु।” के यसमा कुनै जोरजबरजस्ती छ? के यसमा कसैको इच्छाविपरीत कुनै जबरजस्ती गरिएको हुन्छ? (हुँदैन।) यो उनीहरूको इच्छुकता र समर्पणअनुसार प्रबन्ध गरिएको हो, कसैलाई कुनै कठिन परिस्थितिमा पारिएको वा कसैलाई जबरजस्ती कुनै कुरा गर्न लगाइएको होइन। त्यस्ता अवस्थाहरू पनि हुन सक्छन् जहाँ कुनै निश्चित कर्तव्यका लागि अस्थायी रूपमा कोही भेट्टाउन सकिँदैन, र तँलाई त्यस ठाउँमा अस्थायी रूपमा खटाइन्छ; त्यसमा तँ व्यक्तिगत रूपमा इच्छुक नहुन सक्छस्, तर कामका लागि यो जरुरी हुन्छ, यो एउटा विशेष अवस्था हो। तँ परमेश्‍वरको घरको सदस्य होस्, तैँले परमेश्‍वरको घरको खाना खान्छस् र त्यहाँ आफ्ना कर्तव्यहरू निर्वाह गर्छस्—के तैँले आफूलाई परमेश्‍वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने व्यक्ति मान्ने भएकाले यो सानो मामलामा आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्दैनस्? यो त वास्तवमा समर्पण वा कष्टमा समेत गणना हुँदैन; यो अस्थायी मात्र हो, तँलाई लामो समयका लागि यो कर्तव्य निर्वाह गर्न भनिएको होइन। कतिपय मानिस आफूलाई अह्राइएको काम फोहोर र थकाइलाग्दो छ भनी गुनासो गर्छन् अनि त्यो गर्न अनिच्छुक हुन्छन्। यदि उनीहरूले त्यस्तो कुरा उठाएमा, उनीहरूलाई तुरुन्तै अर्को काममा खटाउनुपर्छ। तर, यदि उनीहरू मुखले मात्र यो कुरा भनिरहेका छन् तर वास्तवमा समर्पित हुन र कष्ट भोग्न इच्छुक छन् भने, उनीहरूले आफ्नो कर्तव्य निर्वाह जारी राख्नुपर्छ। के यो शैली उपयुक्त छ? (छ।) के यो सिद्धान्त ठिक छ? (ठिक छ।) परमेश्‍वरको घरले मानिसहरूलाई कदापि उनीहरूको इच्छाविपरीत जबरजस्ती गर्दैन। कतिपय मानिस जे कर्तव्य निर्वाह गरे पनि अल्छी, गैरजिम्मेवार हुने र उनीहरूमा बफादारी नहुने अर्को परिस्थिति हुन्छ। कहिलेकाहीँ, उनीहरू गोप्य रूपमा समेत खराब कामकुरा गर्छन्। जब उनीहरू राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, तब बहानाहरू बनाउँछन्, त्यो कर्तव्य आफूलाई उपयुक्त छैन, त्यसमा आफू सिपालु छैन, वा आफूले सम्बन्धित क्षेत्र नबुझेको दाबी गर्छन्। तर वास्तवमा, उनीहरूले यी कारणहरूले गर्दा राम्रोसँग कर्तव्य निर्वाह गर्न नसकेका होइनन् भनेर सबैलाई प्रस्टसित थाहा हुन्छ। यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? यदि उनीहरूले अन्तै कर्तव्य निर्वाह गर्ने अनुरोध गर्छन् भने, के यसमा सहमति जनाउनुपर्छ? (पर्दैन।) त्यसोभए के गर्नुपर्छ? यस्ता मानिसहरू कर्तव्य निर्वाहका लागि उपयुक्त हुँदैनन्; उनीहरू मन नलागी-नलागी र उचित मनोवृत्तिविना कर्तव्य निभाउँछन्, त्यसैले उनीहरूलाई बरखास्त गर्नुपर्छ। कुनै कर्तव्य निर्वाह गर्न अह्राउनेबित्तिकै अरट्ठो र प्रतिरोधी बन्ने अर्को प्रकारको व्यक्ति हुन्छ। ऊ हदै अनिच्छुक र बेराजी हुन्छ, आफ्नो असन्तुष्टिलाई यस्तो सोच्दै मुस्किलले दबाउँछ, “म केही वर्ष यहीँ गुपचुप बस्छु र जसोतसो गुजारा चलाउनेछु, त्यसपछि म कहाँ पुग्छु, कसलाई थाहा!” यस्ता अभिप्रायहरू राख्ने मानिसहरूलाई कर्तव्य निर्वाह गर्न दिनु हुँदैन, र उनीहरूले अरू कर्तव्य निर्वाह गर्न चाहे पनि, अनुमति दिइँदैन। यस्ता मामलालाई बलपूर्वक नै सम्हाल्नुपर्छ। किन? किनभने उनीहरूको सार छर्लङ्गै देखिन्छ—उनीहरूलाई बुझ्नेहरूले उनीहरू अविश्‍वासी हुन् भन्छन्; उनीहरू वरपरका मानिसहरू पनि उनीहरू कर्तव्य निर्वाह गर्न उपयुक्त छैनन् भन्छन्। त्यस्ता मानिसहरू गैरविश्‍वासी हुन्, र तिनीहरूलाई पखाल्नैपर्छ। यदि पखालिएन भने, उसले बाधा दिन, गलत कार्य गर्न, र मण्डलीभित्र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्न मात्र सक्छ, जुन बिलकुलै स्वीकार्य हुँदैन। यस्ता मामिलालाई मण्डलीमा कर्तव्य निर्वाह गर्नेहरूलाई व्यवहार गर्ने तरिकाका सिद्धान्तअनुसार सम्हाल्नुपर्छ; उनीहरू इच्छुक नहुनुले केही फरक पार्दैन। के यो जोरजबरजस्ती हो? यो जोरजबरजस्ती होइन; यो त सिद्धान्तअनुसार कार्य गर्नु, परमेश्‍वरको घरका हित र कामलाई कायम गर्नु हो। यो अविश्‍वासी र परमेश्‍वरका घरमा सित्तैमा बस्नेहरूलाई पखाल्नु हो। यदि तँ सित्तैमा बस्न चाहन्छस् भने, अन्त कतै बस्, यहाँ होइन। परमेश्‍वरको घर कुनै अवकाश गृह होइन; यसले कामचोरहरूलाई पाल्दैन। बुझिस्?

कतिपय ख्रीष्टविरोधी आफूलाई निकै राम्ररी लुकाउँछन्, केही कुरा देख्दा केही नबोली केवल मुस्कुराउँछन्, धेरै मामलामा मौन रहन्छन्, गहिरो ज्ञान भएको नाटक गर्छन् र कुनै अडान देखाउँदैनन्। तँलाई पहिलोपटक तिनीहरूका सम्पर्कमा आउँदा, तिनीहरूलाई छर्लङ्गै बुझ्न सजिलो हुँदैन; तँलाई तिनीहरू गहन र उल्लेखनीयसमेत लाग्न सक्छ। तँ यस्ता ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउँछस्? तैँले तिनीहरू वास्तवमा के मन पराउँछन्, के कुरामा ध्यान दिन्छन्, तिनीहरूलाई केमा रुचि छ, र तिनीहरू कोसँग बोल्छन् भनेर राम्ररी ध्यान नियाल्नुपर्छ। तैँले यी पक्षहरू नियालेर तिनीहरूलाई बुझ्न सक्छस्। यसअलावा, तिमीहरू सबैलाई थाहा हुनुपर्ने एउटा कुरा छ: अगुवा वा कामदारको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिकति प्रतिभा भएकाले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यता वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास गऱ्यौ भने, अनि यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदरभावले हेऱ्यौ र तिनीहरूमा भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हो। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै अन्तर्निहित रूपमा गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदान प्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले अरू मानिसलाई आराधना गर्ने, आदरभावले हेर्ने र पछ्याउने जोकोहीलाई अन्त्यमा हटाइनेछ र दोषी ठहराइनेछ। परमेश्‍वरमा विश्वास गर्नेहरूले उहाँलाई मात्र आदरभावले हेर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र कामदारहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले तँमा के-कस्ता परिणामहरू निम्त्याउँछन् त? यसले तँलाई थाहै नपाई तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्ने मापदण्डहरूअनुसार मापन गर्ने, र तिनीहरूका समस्या र कमीकमजोरीहरूलाई सही तरिकाले लिन नसक्ने तुल्याउँछ; यसका साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरो ईश्वर बन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्ये एक बनेको क्षणसम्मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्‍वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्‍वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्‍वरलाई पछ्याइरहेको छस्, तँ उहाँका घरमा छस्, तँ उहाँको उपस्थितिमा छस् भन्ने विश्वास गरिरहेको हुन्छस् जबकि वास्तवमा, तँलाई शैतानका नोकरहरूले ख्रीष्टविरोधीहरूले बन्दी बनाइसकेका हुनेछन्। तैँले यो कुरा पत्तै पाउनेछैनस्। यो अत्यन्तै खतरनाक अवस्था हो। यो समस्या समाधान गर्न एकातर्फ, ख्रीष्टविरोधीहरूको प्रकृति सार चिन्ने क्षमता, र सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरूको कुरूप अनुहार छर्लङ्गै देख्ने क्षमता आवश्यक पर्छ; त्यसैले, यसको लागि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई भ्रम र फन्दामा पार्न प्रायजसो प्रयोग गर्ने शैलीका साथै तिनीहरूले कामकुरा गर्ने तरिकासित परिचित पनि हुनुपर्छ। अर्कोतर्फ, तिमीहरूले परमेश्‍वरको स्वभाव र सारसम्बन्धी ज्ञानको खोजी गर्नैपर्छ। ख्रीष्ट मात्र सत्यता, बाटो र जीवन हुनुहुन्छ, र कुनै व्यक्तिलाई पुज्दा तँमाथि विपत्ति र दुर्भाग्य आइपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ, र तैँले पूर्ण विश्वासका साथ ख्रीष्टलाई पछ्याउन र उहाँप्रति समर्पित हुन जरूरी छ। यो मात्रै मानव जीवनको सही मार्ग हो। कतिपयले यसो भन्लान्: “ठिकै छ, मैले अगुवाहरूको आराधना गर्नुका कारणहरू छन्—म प्रतिभावान् जोकोहीलाई आफ्नो हृदयमा स्वतः आराधना गरिहाल्छु। म मेरा धारणाअनुरूपका कुनै पनि अगुवाको आराधना गर्ने गर्छु।” तैँले परमेश्‍वरमा विश्वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्चै देख्न सक्दैनस्? यदि तँ परमेश्‍वरलाई विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् भने, तैँले उहाँको वचनप्रति ध्यान दिनुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि त्यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, बस सत्यताप्रति समर्पित हो—के यो यति सजिलो कुरा होइन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने व्यक्ति खोज्नमै जोड दिन्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? यसको साटो किन सत्यताको सेवक नहुने? यसमा व्यक्तिमा समझ र इज्जत छ कि छैन भन्ने कुरा देखिन्छ। तैँले आफैबाट सुरु गर्नुपर्छ: आफैलाई विभिन्न प्रकारका सत्यताहरूले सुसज्जित गर्, विभिन्न मामला र मानिसहरू प्रकट हुने विभिन्न तरिकाहरू पहिचान गर्न सक्ने बन्, विभिन्न मानिसहरूको व्यवहारको प्रकृति के हो र तिनीहरूले कस्ता स्वभावहरू प्रकट गर्छन् भन्ने कुरा जान्, विभिन्न प्रकारका मानिसहरूको सारलाई छुट्याउन सिक्, र तेरो वरिपरिका मानिसहरू कस्ता छन्, तँ कस्तो व्यक्ति होस्, र तेरो अगुवा कस्तो व्यक्ति हो भन्नेबारे स्पष्ट बन्। यी सबै कुरा स्पष्ट रूपमा देखेपछि, तैँले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सही तरिकाले व्यवहार गर्न सक्नेछस्: यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तैँले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नेछस्, र यदि तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नभएर दुष्ट मानिस, ख्रीष्टविरोधी, वा अविश्‍वासी हुन् भने, तैँले तिनीहरूसँग दूरी कायम गर्नेछस् र तिनीहरूलाई त्याग्नेछस्। यदि तिनीहरू सत्यता वास्तविकता भएका मानिसहरू हुन् भने, तैँले तिनीहरूलाई आदर गरे पनि, तिनीहरूको आराधना गर्नेछैनस्। कसैले पनि ख्रीष्टको स्थान लिन सक्दैन; ख्रीष्ट मात्रै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ, र ख्रीष्टलाई पछ्याएर मात्र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्छस्। यदि तैँले यी कुराहरूलाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तँसित कद छ र तँ ख्रीष्टविरोधीहरूको भ्रममा पर्ने सम्भावना हुँदैन, न त तैँले ख्रीष्टविरोधीहरूको भ्रममा पर्छु भनेर डर मान्नु जरुरी नै हुन्छ।

कतिपय मानिस केही ख्रीष्टविरोधीलाई प्रकट गरिएको र हटाइएको देख्दा चिन्तित हुन्छन्, र भन्छन्: “यसो हेर्दा ख्रीष्टविरोधीहरू दुष्ट मानिसझैँ नदेखिए पनि, तिनीहरूका कामकुरालाई खुट्ट्याउँदा तिनीहरू किन त्यति दुष्ट भएको पाइन्छ? ख्रीष्टविरोधीहरू वास्तवमै निकै कुटिल हुन्छन् भन्ने देखिन्छ। तर म कमजोर क्षमताको छु, र यदि मैले फेरि यस्ता ख्रीष्टविरोधीहरूलाई भेटेँ भने, मलाई लाग्छ म तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनँ। म कसरी ख्रीष्टविरोधीहरूदेखि जोगिनुपर्छ?” तैँले आफू कमजोर क्षमताको भए पनि, भ्रममा परिएला भनेर सधैँ चिन्ता लिनु वा तिनीहरूबाट कसरी जोगिने भनेर सधैँ सोच्नु पर्दैन। तैँले सत्यता बुझ्नमा मात्र ध्यान दिनुपर्छ, अझ धेरै परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, र समय पाउँदा, ख्रीष्टविरोधीहरूले गरेका दुष्ट कार्यहरूबारे गम्भीर रूपले मनन गर्नुपर्छ, र आफूलाई सोध्नुपर्छ, “तिनीहरूको दुष्टता कहाँ हुन्छ? के कुराले तिनीहरू यस्तो दुष्टता गर्न प्रेरित भए? के सामान्य मानिसहरूले यस्तो दुष्टता गर्न सक्छन्? सत्यता बुझ्नेहरूले तिनीहरूलाई कसरी खुट्ट्याउँछन्? मैले तिनीहरूलाई कसरी खुट्ट्याउनु?” तैँले परमेश्‍वरको वचनद्वारा मानिसहरूको सार छर्लङ्ग देखेपछि, सबथोक बुझ्नेछस्। जब तैँले लगातार रूपमा यी कामकुराबारे सोच्छस्, तब अनजानमै खुट्ट्याउन सिक्नेछस्, र मानिसहरूलाई भ्रममा पार्न खोज्ने ख्रीष्टविरोधीहरूको फेरि सामना गर्नुपर्दा स्वत: खुट्ट्याउन सक्नेछस्। यसका लागि धेरै अनुभवहरू भोग्नुपर्छ; यो तैँले अझ धेरै प्रवचन सुन्दैमा सिक्न सकिने कुरा होइन। यो त धेरै फाइदा लुटाइएपछि वा धेरै घाटा बेहोरेपछि समाजमा अनुभव प्राप्त गर्नुजस्तै हो—“गल्तीबाट नै पाठ सिकिन्छ।” यो त्यही विचार हो। परमेश्‍वरप्रतिको हाम्रो विश्वासमा, मुख्य कुरा सत्यता बुझ्नु हो। तैँले जति धेरै सत्यता बुझ्छस्, त्यति नै धेरै कामकुरा छर्लङ्गै बुझ्नेछस्। यदि तँ कुनै पनि सत्यता बुझ्दैनस् भने, ज्ञान भएर पनि काम छैन। ज्ञानले मात्र तैँले कुनै कुरा छर्लङ्गै बुझ्न सक्दैनस्; तेरो दृष्टिकोण सांसारिक मानिसहरूको जस्तै छ, त्यसैले तैँले जे कुराबारे टिप्पणी गरे पनि त्यो बकवास र भ्रम हुनेछ। तैँले अहिले कतिपय मानिसलाई छर्लङ्गै बुझ्न सक्दैनस् भने चिन्ता नगर्। तैँले सत्यता बुझेपछि, स्वत: खुट्ट्याउने शक्ति प्राप्त गर्नेछस्। अहिलेका लागि, बस आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नमा ध्यान दे, परमेश्‍वरका वचनहरू अझ धेरै खाने र पिउने गर्, अनि सत्यताबारे अझ धेरै मनन गर्। तैँले सत्यता बुझेको दिन, मानिसहरूलाई खुट्ट्याउन सक्नेछस्। तैँले कसैको व्यवहार हेरेर नै उसलाई के भइरहेको छ भनी हृदयमा थाहा पाउनेछस्; कसैले कुनै समस्याबारे रिपोर्ट गरेको सुनेर नै, तैँले त्यस समस्याको सार छर्लङ्गै बुझ्न सक्नेछस्; अनि कसैको विचार र दृष्टिकोण सुनेर नै उसको कद थाहा पाउनेछस्। तैँले खासै धेरै प्रयास नगरी नै, कुनै मामला वा व्यक्तिबारे सबथोक बुझ्न सक्नेछस्—सत्यता बुझ्नुको नतिजा यही हो। तर, यदि तँ सत्यता पछ्याउँदैनस्, बरु आफ्ना कल्पनामा भरोसा गरेर मानिसहरूको मूल्याङ्कन गर्छस्, उनीहरूको आराधना गर्छस्, उनीहरूमा भर पर्छस्, र उनीहरूलाई अन्धाधुन्ध चापलुसी गर्छस्, अनि यदि सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, अन्तिम नतिजा के हुनेछ? तँलाई जोकोहीले भ्रममा पार्न सक्छ; तैँले जोकोहीलाई, सबैभन्दा प्रस्ट ख्रीष्टविरोधीलाई समेत देख्न सक्नेछैनस्। उसले तँलाई मूर्ख बनाउनेछ, र तैँले अझै पनि उसलाई उसको क्षमताका कारण प्रशंसा गर्नेछस्, हरदिन उसको फन्को मार्नेछस्। त्यसोभए, तँ साँच्चै अन्योलमा परेको व्यक्ति होस्, र तँ व्यावहारिक परमेश्‍वरमा नभई कुनै अस्पष्ट परमेश्‍वरमा विश्वास गर्छस्, र तँ सत्यता पछ्याउने व्यक्ति पक्कै होइनस् भनेर निश्चित रूपमा भन्न सकिन्छ।

कतिपय मानिस ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनेबारे धेरै प्रवचन सुनेपछि पनि, तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्। उनीहरू खुट्ट्याउने केही विधि मात्र बुझ्छन् तर उनीहरूमा वास्तविक अनुभव हुँदैन। उनीहरूले वास्तवमै ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू सामना गर्दा, फेरि पनि ती खुट्ट्याउन सक्दैनन्। उनीहरूले प्रवचन सुनेपछि ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसके पनि, आफूलाई आफूले सुनेका कुरासँग तुलना गर्छन् र झन्-झन् आफूलाई ख्रीष्टविरोधीझैँ ठान्न थाल्छन्। अन्त्यमा, उनीहरू आफै ख्रीष्टविरोधी भएको विश्वास गर्छन्। यस्तो खुट्ट्याइमा कुनै समस्या छैन। उनीहरूलाई ख्रीष्टविरोधीहरू खुट्ट्याउनेबारे विवरण राम्ररी थाहा छ, उनीहरूमा चित्रण गर्ने सिद्धान्तहरू नभएको मात्र हो। यो ठूलो समस्या होइन; यसबाट उनीहरूको प्रवचन सुनाइ प्रभावकारी बनेको छ भन्ने देखिन्छ। उनीहरूले वास्तविक ख्रीष्टविरोधीहरू नखुट्ट्याएका भए पनि आफूलाई खुट्ट्याएका छन्, त्यो पनि राम्रो कुरा हो। उनीहरू पहिला आफू बच्छन्, र ख्रीष्टविरोधी बन्नबाट जोगिन्छन्, जुन ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने यी प्रवचनहरू सुन्नुको फलदायी नतिजा हो। आफूलाई ख्रीष्टविरोधीका रूपमा खुट्ट्याउन सक्नु सामान्य कुरा होइन; यस्तो खुट्ट्याइमा विस्तृत अवलोकन गर्नुपर्छ, र मलाई लाग्छ यो खुट्ट्याइ नै हो। अहिले आफूलाई खुट्ट्याउनु राम्रो कुरा हो; त्यसो गर्न ढिलो भइसकेको छैन। यदि तैँले दुष्टता गरेको वा विपत्तिहरू निम्त्याएको थिइस् र त्यसपछि तँलाई ख्रीष्टविरोधी भनेर चित्रण गरिएको थियो भने, त्यो ढिलो भइसकेको हुनेथ्यो। यदि तैँले अहिले आफूलाई खुट्ट्याउन सक्छस् भने, बढीमा, त्यसको अर्थ ख्रीष्टविरोधीहरूको जस्तै विशेषताहरू देखाउँछस्, ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको छस्, र तैँले गलत मार्ग रोजेको छस् भन्ने हुन्छ—तँलाई यस तरिकाले मात्र चित्रण गर्न सकिन्छ। अझै पनि मार्ग परिवर्तन गर्ने समय छ, तर यदि तैँले परिवर्तन नगर्ने निर्णय गरिस् भने त्यो खतरनाक हुन्छ। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने विषयबारे धेरैपटक सङ्गति गरिएको छ, र अहिलेसम्म कतिपय मानिस साँच्चै खुट्ट्याउन सक्ने भएका छन्। उनीहरू आफूले प्रकट गर्ने ख्रीष्टविरोधी स्वभावहरू पहिचान गर्न सक्छन्, जुन नतिजा हो र त्यसले उनीहरूले खुट्ट्याउने शक्ति प्राप्त गरेका छन् भनी प्रमाणित गर्छ। यदि उनीहरू ख्रीष्टविरोधीहरूको प्रकृति सार भएकाहरू र ख्रीष्टविरोधी स्वभावहरू मात्र भएकाहरूबीच थप फरक छुट्ट्याउन सक्छन् भने, पूर्ण रूपमा खुट्ट्याउन माहिर भएका हुनेछन्। यो चाँडै हासिल गर्न सकिने कुरा हो, त्यसैले चिन्तित हुन आवश्यक छैन। यदि मानिसहरूले आफ्ना ख्रीष्टविरोधी स्वभावहरू खुट्ट्याउन सक्छन्, आफू ख्रीष्टविरोधी मार्गमा हिँडिरहेको छ कि छैन भनी चिन्न सक्छन्, र ख्रीष्टविरोधीहरूको प्रकृति सार के हो भनी बुझ्छन् भने, उनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सिकिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्नु व्यक्तिले कति वर्ष परमेश्‍वरमा विश्वास गरेको छ भन्ने कुरासँग सम्बन्धित नभई, बरु कुनै व्यक्तिले सत्यताका लागि प्रयत्न गर्न र त्यसलाई बुझ्न सक्छ कि सक्दैन भन्ने कुरासँग सम्बन्धित छ। कतिपय मानिसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएका हुन्छन् र ख्रीष्टविरोधीहरू खुलासा गर्नेबारे धेरै प्रवचन सुनेका हुन्छन्, तर उनीहरूका ख्रीष्टविरोधी स्वभाव र प्रकटीकरणहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। मैले जसरी सत्यतामा सङ्गति गरे पनि, उनीहरूलाई अत्तोपत्तो हुँदैन। उनीहरूले अहिले सङ्गतिका विषयसँग आफूलाई जोड्लान्, तर कदम चाल्ने वा आफ्नो कर्तव्य निभाउने सन्दर्भमा, उनीहरू पुरानै मार्गमा फर्कन्छन्। के यो यस्ता मानिसहरूका लागि समस्याजनक र खतरनाक कुरा होइन र? यो निकै खतरनाक हो! मैले जसरी सङ्गति गरे पनि, मेरो कुरा सुनिरहेको बेला उनीहरूलाई जतिसुकै आत्मग्लानि वा खिन्न महसुस भए पनि, त्यसपछि उनीहरू बिलकुलै परिवर्तन हुँदैनन्। उनीहरू आफूले किन चापलुसी र चाकरी गर्नेहरूलाई सधैँ बढुवा र संवर्धन गर्छु भनी चिन्तन गर्दैनन्, न त आफूले अरूलाई किन सिद्धान्तका आधारमा नभई आफ्नै सनकअनुसार व्यवहार गर्छु भनेर नै चिन्तन गर्छन्। उनीहरू आफूलाई मन पर्ने मानिसहरू दुष्ट वा खराब भए पनि तिनीहरूदेखि दिक्क मान्दैनन्, र तिनीहरूलाई बढुवा दिइरहन्छन् र प्रयोग गरिरहन्छन्। त्योभन्दा पनि, उनीहरू आफू किन फिटिक्कै सत्यता पछ्याउँदिनँ र ख्रीष्टविरोधीहरूका मार्गमा हिँडेको छु भनेर त झनै चिन्तन गर्दैनन्। धेरै दुष्टता गरेर पनि कुनै वास्तविक चिन्तन नगर्नु वा परिवर्तन नहुनु खतरनाक कुरा हो। हालैका भेलाहरूमा, ख्रीष्टविरोधीहरूको स्वभाव र सारलाई खुलासा गर्नेबारे सङ्गति गरिएको छ। ख्रीष्टविरोधीहरूको स्वभाव सामान्यतया देखिने भ्रष्ट स्वभावहरूभन्दा गोप्य र दुष्ट हुन्छ। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरू सत्यतालाई घृणा गर्छन्, अनि सत्यता वा परमेश्‍वरको न्याय र सजाय पटक्कै स्विकार्न सक्दैनन्। त्यसोभए ख्रीष्टविरोधीहरूको परिणाम, तिनीहरूको अन्त्य के हुन्छ? तिनीहरू निश्चय नै हटाइनेछन्। परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई कसरी चित्रण गर्नुहुन्छ? सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्नेहरूका रूपमा—तिनीहरू परमेश्‍वरका शत्रु हुन्! सत्यताको विरोध गर्नु, परमेश्‍वरलाई घृणा गर्नु, र सबै सकारात्मक कुरालाई घृणा गर्नु—यो साधारण मानिसहरूमा पाइने क्षणिक कमजोरी वा मूर्खता होइन, न त क्षणिक विकृत बुझाइबाट उत्पन्न हुने गलत सोच र दृष्टिकोणको प्रकटीकरण नै हो; समस्या यो होइन। समस्या त तिनीहरू ख्रीष्टविरोधी, परमेश्‍वरका शत्रु हुनु, तिनीहरूले सारा सकारात्मक कुरा र सारा सत्यतालाई घृणा गर्नु हो; तिनीहरू परमेश्‍वरलाई घृणा र विरोध गर्ने पात्र हुन्। परमेश्‍वरले यस्ता पात्रहरूलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न! यी मानिसहरू सत्यतालाई तिरस्कार र घृणा गर्छन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? यहाँ दुष्टता, क्रूरता, र सत्यताप्रतिको घृणाको खुलासा भइरहेको छ। यो त भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्भीर शैतानी स्वभावहरू हो, जसले सामान्य भ्रष्ट मानवजातिले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू नभई शैतानका सबैभन्दा विशिष्ट र चुरो विशेषताहरूलाई जनाउँछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरविरोधी शक्ति हुन्। तिनीहरूले मण्डलीलाई बाधा दिन र नियन्त्रण गर्न सक्छन्, अनि तिनीहरूमा परमेश्‍वरको व्यवस्थापन कार्यलाई भत्काउने र बिथोल्ने क्षमता हुन्छ। यो त भ्रष्ट स्वभावका सामान्य मानिसहरूले गर्न सक्ने कुरा होइन; ख्रीष्टविरोधीहरूले मात्र यस्ता कार्यहरू गर्न सक्छन्। यस मामलालाई कम नआँक्।

सबै दुष्ट मानिसमा दुष्ट स्वभावहरू हुन्छन्। कतिपय दुष्टता निष्कपट मानिसहरूलाई निरन्तर रूपमा धम्काउने, उनीहरूलाई व्यङ्ग्य वा छड्के हान्दै व्यवहार गर्ने, उनीहरूलाई सधैँ हाँसोका पात्र बनाउने, र उनीहरूको फाइदा लुट्नेजस्ता क्रूर स्वभावहरूमार्फत व्यक्त गरिन्छ। दुष्ट मानिसहरू अर्को दुष्ट व्यक्तिलाई भेट्दा खुसामदी गर्छन्, तर कुनै कमजोर व्यक्ति भेट्दा उसलाई कुल्चन्छन् र आफ्नो हैकम जमाउँछन्। यिनीहरू हदै क्रूर र दुष्ट मानिस हुन्। इसाईहरूलाई धम्काउने वा दमन गर्ने जोकोही व्यक्तिका भेषमा दियाबलस हो; ऊ आत्माविहीन पशु र दुष्ट दियाबलसको अवतार हो। यदि दुष्ट मानिसहरूको समूहमाझ निष्कपट मानिसहरूलाई नहेप्ने, इसाईहरूलाई क्रूर व्यवहार नगर्ने, आफ्नो स्वार्थमा हानि पुऱ्याउनेहरूमाथि मात्र रिस पोखाउने मानिसहरू छन् भने, यी मानिसहरूलाई गैरविश्‍वासीहरूमाझ राम्रा मानिस मानिन्छ। तर ख्रीष्टविरोधीहरूको दुष्टता कसरी फरक हुन्छ? ख्रीष्टविरोधीहरूको दुष्टता मुख्यतः तिनीहरूको प्रतिस्पर्धा गर्ने विशेष झुकावमा प्रकट हुन्छ। तिनीहरू स्वर्गसँग, धर्तीसँग, र अन्य मानिससँग होड गर्ने आँट गर्छन्। तिनीहरूले अरूलाई हेप्न नदिने मात्र होइन, तिनीहरूले अरूलाई हेप्ने र सास्ती दिने काम पनि गर्छन्। हरदिन, तिनीहरू मानिसहरूलाई कसरी सास्ती दिने भनेर विचार गर्छन्। यदि तिनीहरूले कसैलाई ईर्ष्या वा घृणा गर्छन् भने, उसलाई कहिल्यै छोड्नेछैनन्। ख्रीष्टविरोधीहरू यिनै तरिकामा दुष्ट हुन्छन्। यो दुष्टता अरू कहाँ प्रकट हुन्छ? यो तिनीहरूको कामकुरा गर्ने कुटिल तरिकामा देख्न सकिन्छ—केही दिमाग, केही ज्ञान र केही सामाजिक अनुभव भएका मानिसहरूलाई तिनीहरूलाई बुझ्न गाह्रो हुन्छ। तिनीहरू अत्यन्तै कुटिल तरिकाले कामकुरा गर्छन्, र यो दुष्टताको हदसम्म पुग्छ; यो साधारण छलीपन होइन। तिनीहरू धेरैजसो मानिसहरूले भन्दा बढी छलछाम गर्न र चाल चल्न सक्छन्। धेरैजसो मानिसहरू तिनीहरूसँग प्रतिस्पर्धा गर्न र तिनीहरूलाई सम्हाल्न सक्दैनन्। यो ख्रीष्टविरोधी हो। म किन साधारण मानिसहरूले तिनीहरूलाई सम्हाल्न सक्दैनन् भन्छु? किनभने तिनीहरूको दुष्टता यति चरम हुन्छ कि तिनीहरूमा मानिसहरूलाई बहकाउने अति ठूलो शक्ति हुन्छ। तिनीहरू अनेकथरीका उपायहरू सोचेर मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउन सक्छन्। तिनीहरू अनेकथरीका मानिसहरूलाई शोषण गरेर पनि मण्डलीका काममा बाधा र हानि पुऱ्याउन सक्छन्। यस्ता परिस्थितिहरूमा, परमेश्‍वरको घरले ख्रीष्टविरोधीहरूको हरप्रकारको प्रकटीकरण, स्वभाव, र सारबारे बारम्बार सङ्गति गर्छ, ताकि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सकून्। यो आवश्यक छ। कतिपय मानिसहरू बुझ्दैनन्, र भन्छन्, “किन सधैँ ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने भन्नेबारे मात्र सङ्गति गर्नु?” किनभने ख्रीष्टविरोधीहरू मानिसहरूलाई भ्रममा पार्न पूर्ण रूपले सक्षम हुन्छन्। तिनीहरू कुनै घातक महामारीले जस्तै धेरै मानिसलाई भ्रममा पार्न सक्छन्, त्यसले सङ्क्रमण फैलाएर एकैपटक धेरैलाई हानि गर्न र मार्न सक्छ; यो अत्यन्तै सङ्क्रामक र फैलिने हुन्छ, अनि यसको सङ्क्रमण र मृत्यु दर निकै उच्च हुन्छ। के यी गम्भीर परिणामहरू होइनन् र? यदि मैले तिमीहरूसित यसरी सङ्गति गरिनँ भने, के तिमीहरू ख्रीष्टविरोधीहरूको भ्रम र नियन्त्रणमा पर्नबाट जोगिन सक्छौ? के तिमीहरू साँच्चै परमेश्‍वरतर्फ फर्कन र उहाँप्रति समर्पित हुन सक्छौ? यो एकदमै गाह्रो छ। साधारण मानिसहरूले कुनै अहङ्कारी स्वभाव प्रकट गर्दा, त्यसले बढीमा, अरूलाई उनीहरूको अहङ्कारको कुरूप स्थिति देखाइदिन्छ। उनीहरू कहिलेकाहीँ घमण्ड गर्छन्, कहिलेकाहीँ सान देखाउँछन् र देखावा गर्छन्, अनि कहिलेकाहीँ आफ्नो हैसियत जमाउन अरूलाई भाषण छाँट्न रुचाउँछन्। तर के ख्रीष्टविरोधीहरूका सन्दर्भमा पनि कुरा यही हो? यसो हेर्दा, तिनीहरूले आफ्नो हैसियतको दाबी गरेको वा त्यसलाई रुचाएको जस्तो नदेखिएला, तिनीहरूलाई हैसियतमा कहिल्यै रुचि नभएको देखिएला, तर भित्र भने, तिनीहरूमा त्यसप्रति बलियो चाहना हुन्छ। यो त केही सम्राट वा गैरविश्‍वासीहरूका लुटेरा सरदारहरूजस्तै हुनु हो: तिनीहरू आफ्नो भूमिका लागि लड्दा, आफ्ना साथीहरूसँगै कष्टहरू भोग्छन्, विनम्र र महत्त्वाकाङ्क्षारहित देखिन्छन्। तर के तैँले तिनीहरूको हृदयभित्र लुकेका चाहनाहरू देखेको छस्? तिनीहरूले किन यस्ता कष्टहरू सहन सक्छन्? तिनीहरूको चाहनाले नै तिनीहरूलाई बल दिन्छ। तिनीहरू मनमा ठूलो महत्त्वाकाङ्क्षा पाल्छन्, कुनै पनि कष्ट भोग्न वा कुनै पनि अपमान, बदनाम, तिरस्कार, र बेइज्जती सहन तयार हुन्छन् ताकि तिनीहरू एक दिन सिंहासनमा बस्न सकून्। के यो कुटिलपन होइन र? के तिनीहरू कसैलाई यो महत्त्वाकाङ्क्षाबारे थाहा दिन सक्छन्? (सक्दैनन्।) तिनीहरू त्यसलाई लुकाउँछन् र गोप्य राख्छन्। यसो हेर्दा त तिनीहरू अरूले सहन नसक्ने कुरा सहन सक्ने, असह्य कष्टहरू भोग्न सक्ने, आफू वरपरका मानिसहरूका नजरमा दृढ, महत्त्वाकाङ्क्षाविनाको, व्यावहारिक र असल व्यक्ति देखिन्छन्। तर तिनीहरूले गद्दी सम्हालेर वास्तविक शक्ति प्राप्त गरेको दिन, आफ्नो अख्तियार बलियो बनाउन र हडपिनबाट जोगाउन आफूसँगै कष्ट भोगेका र लडेका सारा मानिसहरूलाई मार्छन्। सत्यता प्रकट भएपछि मात्र मानिसहरूले तिनीहरू कति धूर्त रहेछन् भनेर थाहा पाउँछन्। जब तँ फर्केर हेर्छस् र तिनीहरूले गरेको सबथोक महत्त्वाकाङ्क्षाद्वारा प्रेरित भएको देख्छस्, तब तैँले तिनीहरूको स्वभाव दुष्ट रहेछ भनेर थाहा पाउँछस्। यो कस्तो तरकिब थियो? यो कुटिलपन थियो। यो ख्रीष्टविरोधीहरूको कार्य गर्ने स्वभाव हो। ख्रीष्टविरोधीहरू र आधिकारिक शक्ति प्रयोग गर्ने दियाबलस राजाहरू एकै प्रकारका हुन्; यदि तिनीहरूले शक्ति र हैसियत पाएनन् भने, मण्डलीमा विनाकारण कष्ट भोग्ने र सहनेछैनन्। अर्को शब्दमा भन्नुपर्दा, यी मानिसहरू परमेश्‍वरको घरमा उहाँको साधारण भक्त हुन सम्झौता गरेर, वा चुपचाप र गुमनाम रूपमा केही कर्तव्य गरेर साधारण अनुयायी हुनुमा कदापि सन्तुष्ट हुँदैनन्; तिनीहरू निश्चय नै यसो गर्न इच्छुक हुनेछैनन्। यदि हैसियत भएको कसैलाई ख्रीष्टविरोधी मार्गमा हिँडेका कारण बर्खास्त गरिन्छ, र उसले “अब हैसियत नभएपछि, म सिधै साधारण व्यक्तिका रूपमा काम गर्नेछु, आफूले सक्ने जस्तोसुकै कर्तव्य गर्नेछु; हैसियतविना पनि म त्यतिकै परमेश्‍वरमा विश्वास गर्न सक्छु” भन्ने सोच्छ भने, के ऊ ख्रीष्टविरोधी हो? होइन, यो व्यक्ति एकपटक ख्रीष्टविरोधी मार्गमा हिँडेको हो, उसले क्षणिक मूर्खताका कारण एकपटक गलत मार्ग लिएको हो, तर ऊ ख्रीष्टविरोधी होइन। वास्तविक ख्रीष्टविरोधीले चाहिँ के गर्छ त? यदि उसले आफ्नो हैसियत गुमायो भने, विश्वास गर्न छोड्नेछ। त्यति मात्र होइन, उसले आफ्नो शक्ति प्राप्तिको महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न अरूलाई भ्रममा पार्ने, आफूलाई आराधना गर्न र पछ्याउन लगाउने विभिन्न उपायसमेत सोच्नेछ। ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नेहरू र वास्तविक ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। हामी ख्रीष्टविरोधीहरूका यी स्वभाव सारहरू र प्रकटीकरणहरूलाई खुट्ट्याउँछौँ र चिरफार गर्छौँ किनकि यस समस्याको प्रकृति एकदमै गम्भीर हुन्छ। धेरैजसो मानिस ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूको त कुरै छाडौँ, आफूले केही सत्यता बुझेको ठान्ने कतिपय अगुवा र कामदारहरूसमेत ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन पूर्ण रूपले पोख्त हुँदैनन्। तिनीहरू कति पोख्त छन् भनी बताउन गाह्रो छ, जसले तिनीहरूको कद अत्यन्तै सानो छ भन्ने देखाउँछ। ख्रीष्टविरोधीहरूलाई सही रूपमा खुट्ट्याउन सक्नेहरू मात्र साँचो कद भएका मानिस हुन्।

अहिले तिमीहरू सबैले सामना गरिरहेको ठूलो समस्या के हो? धेरैजसो मानिस झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनन् र सजिलै तिनीहरूका भ्रममा पर्छन्, जुन समाधान गरिएन भने एकदमै खतरनाक हुन्छ। त्यसकारण, म तिमीहरूले विभिन्न प्रकारका मानिसहरूबीच फरक छुट्ट्याउन सिक भन्ने माग गर्छु। मानिसहरूका विभिन्न व्यवहार र अभिव्यक्तिले कस्तो स्वभावलाई प्रतिनिधित्व गर्छन् भनी खुट्ट्याऊ, र यिनका आधारमा, त्यस व्यक्तिको सार खुट्ट्याऊ। यसअलावा, तिमीहरूले के चाहिँ सत्यता वास्तविकता हो र के चाहिँ शब्द र धर्मसिद्धान्त मात्र हुन् भनेर फरक छुट्ट्याउन सक्नुपर्छ। यदि यी खुट्ट्याउन सकेनौ भने, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनौ। खुट्ट्याउने शक्तिबिना तिमीहरूले कसरी वास्तविकतामा प्रवेश गर्ने मार्ग प्राप्त गर्न सक्छौ? कतिपय अगुवा र कामदारहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बक्ने गर्छन्, शब्द र धर्मसिद्धान्तहरू बुझ्नु नै आफूसँग वास्तविकता हुनु भन्ठान्छन्। त्यसैले, शब्द र धर्मसिद्धान्तहरू बक्ने क्रममा, तिनीहरूलाई सन्तुष्ट र न्यायोचित महसुस हुन्छ, तिनीहरू झन्-झन् बढी उत्साहित बन्छन्। तर तिनीहरूमाथि परीक्षाहरू आइपर्दा, तिनीहरू डगमगाउँछन् र, आफू कसरी डगमगायो भनेर थाहा नपाए पनि यसो भन्छन्, “परमेश्‍वरले मलाई किन सुरक्षा दिनुभएन?” के यो लाजमर्दो असफलता होइन? त्यसैले, कतिपय अगुवा र कामदारहरू सधैँ शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्छन्—के तिमीहरू यसलाई खुट्ट्याउन सक्छौ? (सक्दैनौँ।) कहिलेकाहीँ म कतिपय अगुवा र कामदारहरू शब्द र धर्मसिद्धान्तबारे मात्र कुरा गर्छन् अनि तिनीहरू अगुवा हुन उपयुक्त छैनन् भनेर केही दाजुभाइ-दिदीबहिनीहरूले भनेको सुन्छु, र उनीहरू तिनीहरूलाई बर्खास्त गर्न अनुरोध गर्छन्। तर, जब उनीहरूलाई कुनै नयाँ अगुवा चयन गर्न लगाइन्छ, तब धेरैजसो मानिसले खुट्ट्याउन सक्दैनन्, अनि चयन गरिएका अगुवा र कामदारहरू पनि खासै वास्तविकताविना नै शब्द र धर्मसिद्धान्तहरूबारे मात्र कुरा गर्ने हुन्छन्। यो एकदमै गम्भीर, एकदमै कठिन समस्या हो। जब तिमीहरू यी मामलाबारे मेरो सङ्गतिका वचनहरू सुन्छौ, तब के तिमीहरू साधारण अगुवाहरूले भन्ने कुराभन्दा कुनै भिन्नता खुट्ट्याउन सक्छौ? यदि तँ त्यो भिन्नता खुट्ट्याउन सक्छस् भने, तँलाई सत्यता वास्तविकता के हो भन्ने थाहा छ। यदि तँ त्यो खुट्ट्याउन सक्दैनस् र कुरा एउटै हो भन्ठानेर “हामीले पनि परमेश्‍वरका वचनहरू बोल्न सिकेका छौँ, र हामीले भन्ने र परमेश्‍वरले भन्ने कुरा एउटै हो” भनी सोच्छस् भने, त्यो समस्याजनक कुरा हो। त्यसले तँ सत्यता बिलकुलै बुझ्दैनस्, परमेश्‍वरका वचनहरूको नक्कल गर्न र ती थोरै कन्ठाग्र भन्न मात्र जान्दछस्, सत्यता पटक्कै बुझ्दैनस् भन्ने साबित गर्छ। धेरैजसो ख्रीष्टविरोधीहरूमा केही प्रतिभा र वाक्पटुता हुन्छ, जसले तिनीहरूलाई मानिसहरूलाई भ्रममा पार्ने पुँजी दिन्छ। त्यसमाथि तिनीहरूको दुष्ट स्वभाव अनि चालबाज बोली र व्यवहार भएपछि त, तिनीहरू वास्तवमै मानिसहरूलाई भ्रममा पार्न सक्षम हुन्छन्। यदि तिमीहरू शब्द र धर्मसिद्धान्तहरू बक्न मात्र सक्छौ र सत्यता वास्तविकतालाई खुट्ट्याउन सक्दैनौ भने, ख्रीष्टविरोधीहरूका भ्रममा पर्न मात्र सक्छौ। यो तिमीहरूको नियन्त्रणबाहिरको कुरा हुन्छ! सत्यता नबुझ्नेहरूले जे इच्छा गरे पनि, तिनीहरू ख्रीष्टविरोधीहरूका भ्रममा नपर्न असम्भव हुन्छ। शैतानको प्रभावबाट मुक्त हुनु सामान्य मामला होइन, हो त?

जून ११, २०१९

अघिल्लो: विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्

अर्को: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्