696 तिमीले परमेश्वरको काम कसरी अनुभव गर्ने भनेर जान्नुपर्छ
पद १
धेरै मानिस परमेश्वरको काम
कसरी अनुभव गर्ने जान्दैनन्।
समस्या पर्दा के गर्ने भनी जान्दैनन्।
आत्मिक जीवन जिउन असक्षम छन्।
उहाँका वचन र काम दैनिक जीवनमा लागु गर्नैपर्छ।
कोरस
उहाँको काम अनुभव नगरेमा,
तिमी सिद्ध पारिने छैनौ।
जब यसलाई अनुभव गर्छौ,
कुनै पनि समय र ठाउँमा यसबारे सोच्छौ,
उहाँमा भर पर्दै, गोठालाबिना
स्वतन्त्र रूपमा जिउन सक्छौ, तब मात्र
उहाँको इच्छा पूरा हुन्छ।
पद २
कहिलेकाँही उहाँको उपस्थिति
गुमाएको अनुभूति दिनुहुन्छ,
तिमी अन्धकारमा डुब्छौ; यो शोधन हो।
तिमीले जे गरे पनि बिग्रिन्छ,
यो उहाँको ताडना हो।
तिम्रो विद्रोही कार्य कसैले देख्दैन,
तर उहाँले देख्नुहुन्छ।
पूर्व कोरस १
तिमीलाई ताडना दिनुहुन्छ।
आत्माको काम विस्तृत छ।
शब्द, सोच र कार्य अवलोकन गर्नुहुन्छ,
मानिसलाई चेतना दिनुहुन्छ।
कोरस
उहाँको काम अनुभव नगरेमा,
तिमी सिद्ध पारिने छैनौ।
जब यसलाई अनुभव गर्छौ,
कुनै पनि समय र ठाउँमा यसबारे सोच्छौ,
उहाँमा भर पर्दै, गोठालाबिना
स्वतन्त्र रूपमा जिउन सक्छौ, तब मात्र
उहाँको इच्छा पूरा हुन्छ।
पद ३
तिम्रो एक पछि अर्को काम बिग्रिँदै जाँदा,
पवित्र आत्माको काम बुझ्दै जान्छौ।
धेरै ताडनाद्वारा,
उहाँको इच्छा अनुसार काम गर्न सिक्छौ,
तिमीभित्रको उहाँको मार्गदर्शनलाई
सही प्रतिक्रिया दिन्छौ।
पूर्व कोरस २
कहिलेकाँही विद्रोही हुनेछौ,
र उहाँले भित्रैबाट हप्काउनुहुनेछ।
यो सब उहाँको ताडनाबाट आउँछ।
कोरस
उहाँको काम अनुभव नगरेमा,
तिमी सिद्ध पारिने छैनौ।
जब यसलाई अनुभव गर्छौ,
कुनै पनि समय र ठाउँमा यसबारे सोच्छौ,
उहाँमा भर पर्दै, गोठालाबिना
स्वतन्त्र रूपमा जिउन सक्छौ, तब मात्र
उहाँको इच्छा पूरा हुन्छ।
अन्त्य
वचन र कामलाई बेवास्ता गरेमा,
तिमीलाई बेवास्ता गर्नुहुनेछ।
तिनलाई जति गम्भीरताका साथ लिन्छौ,
त्यति अन्तर्दृष्टि दिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट परिमार्जित