243 आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्दाका नतिजाहरू

कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

सत्यताको नित्य, अनन्त मार्ग ल्याउनुहुन्छ—

सबैले जीवन प्राप्त गर्ने मार्ग,

जहाँ मानिस परमेश्‍वरलाई चिन्नेछ, र उहाँबाट स्वीकारिनेछ।


पद १

यदि आखिरी दिनहरूको ख्रीष्टले

दिनुभएको जीवन मार्ग खोज्दैनौ भने,

कहिल्यै येशूको स्वीकृति, स्वर्ग पाउनेछैनौ,

कारण तिमी इतिहासको कठपुतली, कैदी हौ।

नियमद्वारा नियन्त्रित, इतिहासले बाँधिएकाहरूले,

अनन्त जीवनको मार्ग पाउनेछैनन्;

तिनीहरूसँग सिंहासनको

जिउँदो पानी नभई धमिलो पानी हुनेछ,

जसमा हजारौँ वर्षदेखि निर्भर छन्।


कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

सत्यताको नित्य, अनन्त मार्ग ल्याउनुहुन्छ—

सबैले जीवन प्राप्त गर्ने मार्ग,

जहाँ मानिस परमेश्‍वरलाई चिन्नेछ, र उहाँबाट स्वीकारिनेछ।


ब्रिज

जीवनको पानी नभएकाहरू लास,

शैतानको खेलौना, नरकका पुत्र हुनेछन्।

कसरी तिनले परमेश्‍वरलाई देख्छन्?

यदि सधैँ ठिङ्ग उभिन्छौ, विगतमा बाँच्छौ,

यथास्थितिलाई बदल्ने प्रयास गर्दैनौ भने,

के सधैँ उहाँको विरुद्ध हुदैँनौ?


कोरस

आखिरी दिनहरूको ख्रीष्टले जीवन र

सत्यताको नित्य, अनन्त मार्ग ल्याउनुहुन्छ—

सबैले जीवन प्राप्त गर्ने मार्ग,

जहाँ मानिस परमेश्‍वरलाई चिन्नेछ, र उहाँबाट स्वीकारिनेछ।


पद २

उहाँका कामका कदम जोशिला, शक्तिशाली छन्,

उर्लने छाल र गर्जने आकाश झैँ,

तैपनि मृत्यु पर्खी बस्छौ।

थुमाको अनुयायी भनी कसरी चिनिन सक्छौ?

आफ्नो परमेश्‍वर कहिल्यै पुरानो नभई सधैँ

नयाँ हुनुहुन्छ भनी कसरी पुष्टि गर्छौ?

पुराना शब्दले कसरी नयाँ युगमा ल्याउन

वा उहाँको काम खोज्न र स्वर्ग जान डोर्याउँछन्?

ती शब्द क्षणिक सान्त्वना मात्र हुन्,

जीवन दिने वा सिद्धतामा डोर्याउने सत्यता होइनन्।

के यो चिन्तन योग्य छैन?

के भित्रका रहस्य देख्दैनौ?

के आफै परमेश्‍वरलाई भेट्न स्वर्गको

आफ्नै बाटो बनाउन सक्छौ?


अन्त्य

हेर आखिरी दिनहरुमा,

मानवलाई कसले मुक्ति दिनुहुन्छ।

नत्र कहिल्यै सत्यता र जीवन पाउनेछैनौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 242 आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्नु पवित्र आत्माको निन्दा गर्नु हो

अर्को: 244 परमेश्‍वरलाई विरोध गर्नुको परिणाम दण्ड हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्