801 मानिसले परमेश्‍वरलाई चिनेर मात्र परमेश्‍वरलाई प्रेम गर्न सक्छ

पद १

परमेश्‍वरको कामको समाप्तिमा उहाँलाई चिनिन्छ;

यो उहाँले मानिसबाट गर्नुहुने अन्तिम माग हो।

उहाँले यसो गर्नुको कारण

उहाँको अन्तिम गवाहीको खातिर हो।

मानिस अन्ततः उहाँतर्फ फर्किऊन् भनी

उहाँ यो काम गर्नुहुन्छ।


पूर्व कोरस १

मानिसले उहाँलाई चिनेर मात्र साँचो विश्‍वास पाउन,

उहाँको डर मान्न र उहाँलाई पालन गर्न सक्छ।

उहाँलाई नचिन्नेहरू कहिल्यै उहाँप्रतिको साँचो

आज्ञापालन र आदरसम्म पुग्न सक्ने छैनन्।


कोरस

मानिसले चिनेर मात्र उहाँलाई प्रेम गर्न सक्छ।

उसले जे पाउन खोजे पनि, जसरी खोजे पनि,

उहाँबारे ज्ञान प्राप्त गर्न सक्षम हुनैपर्छ।

यसरी मानिसले परमेश्‍वरको हृदयलाई

सन्तुष्ट पार्न सक्छ।


पद २

उहाँलाई चिन्नुमा उहाँको स्वभाव जान्नु, इच्छा बुझ्नु

र उहाँ के हुनुहुन्छ भनी चिन्नु समावेश हुन्छ।

जुनसुकै पक्ष चिने पनि, मानिसले मूल्य तिर्नैपर्छ,

पालन गर्ने इच्छा हुनैपर्छ,

नत्र अन्त्यसम्म पछ्याउन सक्तैन।


पूर्व कोरस २

उहाँको काम मानिसका धारणासँग मेल नै खाँदैन।

उहाँ के हुनुहुन्छ, उहाँको वचन, काम

जान्न मानिसलाई गाह्रो छ।

मानिसले उहाँलाई पछ्याउन चाहेमा तैपनि पालन गर्न

इच्छुक नभएमा, केही प्राप्त गरेको हुनेछैन।


कोरस

मानिसले चिनेर मात्र उहाँलाई प्रेम गर्न सक्छ।

उसले जे पाउन खोजे पनि, जसरी खोजे पनि,

उहाँबारे ज्ञान प्राप्त गर्न सक्षम हुनैपर्छ।

यसरी मानिसले परमेश्‍वरको हृदयलाई

सन्तुष्ट पार्न सक्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट परिमार्जित

अघिल्लो: 800 यदि कसैले परमेश्‍वरलाई चिनेमा मात्र ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ

अर्को: 802 परमेश्‍वरलाई चिन्नेले मात्र परमेश्‍वर प्राप्त गर्न सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्