परमेश्‍वरको कामलाई चिन्‍नु (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४१

यी समयहरूमा परमेश्‍वरको काम चिन्नु भनेको मुख्यतया, आखिरी दिनहरूका देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो र उहाँ पृथ्वीमा के गर्न आउनुभएको छ भनी जान्नु हो। मैले यसअघि आफ्ना वचनहरूमा परमेश्‍वर प्रस्थान गर्नुअघि एउटा उदाहरण स्थापित गर्न पृथ्वीमा (आखिरी दिनहरूको दौरान) आउनुभएको छ भनी उल्लेख गरेको छु। परमेश्‍वर यो उदाहरण कसरी स्थापित गर्नुहुन्छ? उहाँ त्यो वचनहरू बोलेर र पृथ्वीभरि काम गरेर र बोलेर गर्नुहुन्छ। आखिरी दिनहरूको दौरान परमेश्‍वरको काम यही हो; उहाँ बोल्नु मात्रै हुन्छ, ताकि पृथ्वी वचनहरूको संसार बनोस् र हरेक व्यक्तिलाई उहाँका वचनहरूद्वारा भरणपोषण गरियोस् र अन्तर्दृष्टि दिइयोस् अनि यसरी तिनीहरूले आफ्नो आत्माभित्र ज्योति देखून् र दर्शनहरूबारे स्पष्टता प्राप्त गरून्। आखिरी दिनहरूमा, परमेश्‍वर देह बन्नुभएको छ र मुख्य रूपमा वचनहरू बोल्न पृथ्वीमा आउनुभएको छ। जब येशू आउनुभयो, तब उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो र उहाँले क्रूसीकरणको छुटकाराको काम पूरा गर्नुभयो। उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र पुराना सबै कुरा समाप्त गर्नुभयो। येशूको आगमनले व्यवस्थाको युगको अन्त्य गर्‍यो र अनुग्रहको युगको सुरुवात गर्‍यो; आखिरी दिनहरूका देहधारी परमेश्‍वरको आगमनले अनुग्रहको युगको अन्त्य गरेको छ। उहाँ मुख्य रूपमा आफ्ना वचनहरू बोल्न—वचनहरू प्रयोग गर्दै मानिसलाई सिद्ध पार्न, मानिसलाई ज्योति र अन्तर्दृष्टि दिन—आउनुभएको छ र यसरी मानिसको हृदयभित्र रहेको अस्पष्ट ईश्‍वरको स्थान हटाउनुहुन्छ। जब येशू आउनुभयो, तब उहाँले कामको यो चरण गर्नुभएन। जब उहाँ आउनुभयो, तब उहाँले धेरै चमत्कार गर्नुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो, र उहाँले क्रूसीकरणको छुटकाराको काम गर्नुभयो। परिणामस्वरूप, मानिसहरू आफ्ना धारणाहरूमा परमेश्‍वर यस्तै हुनुपर्छ भन्ने विश्‍वास गर्छन्। किनभने जब येशू आउनुभयो, उहाँले मानिसको हृदयबाट अस्पष्ट ईश्‍वरको छवि हटाउने काम गर्नुभएन; जब उहाँ आउनुभयो, तब उहाँ क्रूसमा टाँगिनुभयो, उहाँले बिरामीलाई निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो अनि स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो। एक हिसाबमा, आखिरी दिनहरूको दौरान परमेश्‍वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट ईश्‍वरले ओगटेको स्थानलाई हटाउँछ, ताकि उप्रान्त मानिसको हृदयमा अस्पष्ट ईश्‍वरको छवि नरहोस्। उहाँ आफ्नो व्यावहारिक वचन र काम, विभिन्न ठाउँमा आफ्नो भ्रमण र आफूले मानिसमाझ गर्ने अत्यन्तै व्यावहारिक र सामान्य काममार्फत मानिसलाई परमेश्‍वरको व्यावहारिकता चिन्‍ने तुल्याउनुहुन्छ र मानिसको हृदयमा रहेको अस्पष्ट ईश्‍वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, परमेश्‍वर मानिसलाई पूर्ण पार्न र सबै कुरा पूरा गर्न आफ्नो देहद्वारा बोलिएका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरले पूरा गर्ने काम यही हो।

तिमीहरूले के थाहा पाउनैपर्छ:

१. परमेश्‍वरको काम अलौकिक छैन, र तिमीहरूले यसबारे मनमा धारणाहरू राख्‍नु हुँदैन।

२. यसपटक देहधारी परमेश्‍वर जुन मुख्य काम गर्न आउनुभएको छ सो काम तिमीहरूले बुझ्नैपर्छ।

उहाँ बिरामीहरू निको पार्न, वा भूतप्रेतहरू धपाउन वा आश्‍चर्यकर्महरू गर्न आउनुभएको होइन, र उहाँ पश्‍चात्तापको सुसमाचार प्रचार गर्न, वा मानिसलाई छुटकारा दिन आउनुभएको होइन। यसको कारण के हो भने येशूले यो काम पहिले नै गरिसक्‍नुभएको छ, र परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। आज, परमेश्‍वर अनुग्रहको युगलाई अन्त्य गर्न र अनुग्रहको युगका सबै अभ्यासहरूलाई फाल्न आउनुभएको छ। व्यवहारिक परमेश्‍वर मुख्य रूपमा उहाँको व्यावहारिकता प्रकाश गर्न आउनुभएको हो। जब येशू आउनुभयो, उहाँले थोरै वचनहरू बोल्नुभयो; उहाँले मुख्य रूपमा आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो र बिरामीहरू निको पार्नुभयो र भूतप्रेतहरू धपाउनुभयो, वा उहाँले उहाँ साँच्‍चिकै परमेश्‍वर हुनुहुन्छ, र उहाँमा कुनै दहगत भावनाहरू थिएन भन्‍ने कुराप्रति मानिसहरूलाई विश्‍वस्त तुल्याउन र सो कुरा उनीहरूलाई देखाउन भविष्यवाणीहरू गर्नुभयो। आखिरमा, उहाँले क्रूसीकरणको काम पूरा गर्नुभयो। आजका परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न, न त उहाँले बिरामीहरू निको पार्ने र दुष्टात्माहरू धपाउने काम नै गर्नुहुन्छ। जब येशू आउनुभयो, उहाँले गर्नुभएको कामले परमेश्‍वरको एक भागलाई प्रतिनिधित्व गर्‍यो, तर यसपटक परमेश्‍वर बाँकी रहेको चरणको काम गर्न आउनुभएको हो, किनकि परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुहुन्‍न; उहाँ सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ, र त्यसैले तैँले आज जे जति देख्छस् त्यो सबै नै व्यावहारिक परमेश्‍वरका वचनहरू र काम हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४२

आखिरी दिनहरूमा, परमेश्‍वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न, मानिसको जीवनका लागि आवश्यक सबै कुरा व्याख्या गर्न, मानिसले प्रवेश गर्नुपर्ने कुराहरू औँल्याउन, मानिसलाई परमेश्‍वरका कार्यहरू देखाउन र मानिसलाई परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र विलक्षणता देखाउन देह बन्नुभएको छ। परमेश्‍वरले बोल्ने धेरै तरिकामार्फत, मानिसले परमेश्‍वरको सर्वोच्चता, परमेश्‍वरको महान्‌ता, र त्योभन्दा बढी, परमेश्‍वरको नम्रता र गुप्तपन देख्छ। मानिसले परमेश्‍वर सर्वोच्च हुनुहुन्छ तर उहाँ नम्र र गुप्त हुनुहुन्छ अनि सबैभन्दा सानो बन्न सक्नुहुन्छ भन्ने देख्छ। उहाँका कतिपय वचन सिधै आत्माको दृष्टिकोणबाट, कतिपय वचन सिधै मानिसको दृष्टिकोणबाट र कतिपय वचन तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोलिएका हुन्छन्। यसमा, परमेश्‍वरको कामको तरिका एकदमै फरक हुन्छ भनी देख्न सकिन्छ र उहाँ मानिसलाई वचनहरूमार्फत नै त्यो देख्न दिनुहुन्छ। आखिरी दिनहरूको दौरान परमेश्‍वरको काम सामान्य र व्यावहारिक दुवै हुन्छ र यसरी आखिरी दिनहरूका मानिसहरूको समूह सबैभन्दा ठूलो परीक्षामा पर्छन्। परमेश्‍वरको सामान्यता र व्यावहारिकताका कारण, सबै मानिस परीक्षाहरूबीच प्रवेश गरेका छन्; मानिस परमेश्‍वरका परीक्षाहरूमा पर्नुको कारण परमेश्‍वरको सामान्यता र व्यावहारिकता नै हो। येशूको युगमा, कुनै धारणा वा परीक्षाहरू थिएनन्। येशूले गरेका धेरैजसो काम मानिसका धारणाहरूअनुरूप भएकाले, मानिसहरूले उहाँलाई पछ्याए र तिनीहरूमा उहाँबारे कुनै धारणाहरू थिएनन्। आजका परीक्षाहरू मानिसले सामना गरेका अहिलेसम्मकै सबैभन्दा ठूला परीक्षा हुन् र जब यी मानिसहरू महासङ्कष्टबाट बाहिर आउँछन् भनेर भनिन्छ, तब यही सङ्कष्टलाई जनाइएको हो। आज, परमेश्‍वर यी मानिसहरूमा आस्था, प्रेम, कष्ट स्वीकार र समर्पण निर्माण गर्न बोल्नुहुन्छ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरद्वारा बोलिएका वचनहरू मानिसको प्रकृति सार, मानिसका व्यवहार र प्रकटीकरणहरू अनि मानिसले वर्तमानमा प्रवेश गर्नुपर्ने कुराहरूअनुसार बोलिएका हुन्छन्। उहाँका वचनहरू व्यावहारिक र सामान्य दुवै हुन्छन्: उहाँ भोलिको कुरा गर्नुहुन्न, न त उहाँ हिजोलाई नै फर्केर हेर्नुहुन्छ; उहाँ आज प्रवेश गर्नुपर्ने, अभ्यास गर्नुपर्ने र बुझ्नुपर्ने कुराहरूबारे मात्र बोल्नुहुन्छ। अहिलेको दिनमा, यदि चिन्‍ह र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीलाई निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ, र यदि त्यस्तो व्यक्तिले फर्किआउनुभएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो कुनै दुष्टात्माले गरेको प्रतिरूपण हुन्छ, यो दुष्टात्माले येशूको नक्कल गर्ने कार्य हुन्छ। यो कुरा याद गर! परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूअनुरूप छैन; उदाहरणका लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र अन्ततः आउने त येशू नै हुनुहुन्थ्यो। यसरी, फेरि अर्को मसीह आउनु गलत हुनेथ्यो। येशू एक पटक आइसक्‍नुभएको छ, र यदि “येशू” यस पटक फेरि आउनुभएको भए, त्यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको विशेषता हुन्छ। मानिसका धारणाहरूमा, परमेश्‍वरले सधैँ चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सधैँ बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर बिलकुलै त्यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि परमेश्‍वरले अझै पनि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको र बिरामीलाई निको पार्नुभएको भए—यदि उहाँले ठ्याक्कै येशूले जस्तै गर्नुभएको भए—परमेश्‍वरले एउटै काम दोहोर्‍याउनुभएको हुनेथियो, र येशूको कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण कार्यान्वयन गर्नुहुन्छ। उहाँको कामको हरेक चरण पूरा भएपछि, दुष्ट आत्माहरूले तुरुन्तै यसको नक्‍कल गर्ने कोसिस गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग विधि अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँको कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्ने कोसिस गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ। परमेश्‍वरको आजको काम किन येशूको कामभन्दा फरक छ? परमेश्‍वरले आज किन चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न, पिशाचहरू धपाउनुहुन्‍न, र बिरामीहरू निको पार्नुहुन्‍न? यदि येशूको काम व्यवस्थाको युगमा गरिएको कामजस्तै भएको भए, के उहाँले अनुग्रहको युगको परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्‍नुहुन्थ्यो? के उहाँले क्रूसीकरणको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि येशू मन्दिरमा आबद्ध हुनुभएको र उहाँले व्यवस्थाको युगमा जस्तै शबाथको दिन पालन गर्नुभएको, उहाँलाई कसैले पनि नसताएको र सबैले अँगालेको भए, के उहाँ क्रूसमा टाँगिइन सक्‍नुहुन्थ्यो? के उहाँले छुटकाराको काम पूरा गर्न सक्‍नुहुन्थ्यो? यदि आखिरी दिनहरूका देहधारी परमेश्‍वरले पनि येशूले गर्नुभएजस्तै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, यसको के अर्थ हुन्थ्यो? यदि परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको व्यवस्थापन योजनाको भागलाई प्रतिनिधित्व गर्ने उहाँको कामको अर्को भाग गर्नुभयो भने मात्र मानिसले परमेश्‍वरबारे झनै गहिरो ज्ञान प्राप्त गर्न सक्छ, र परमेश्‍वरको व्यवस्थापन योजना पूरा हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४३

आखिरी दिनहरूको दौरान, परमेश्‍वर मुख्य रूपमा आफ्ना वचनहरू बोल्न आउनुभएको छ। उहाँ आत्माको दृष्टिकोणबाट, मानिसको दृष्टिकोणबाट र तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुहुन्छ; उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, केही समयका लागि एउटा तरिका प्रयोग गर्नुहुन्छ अनि मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसको हृदयबाट अस्पष्ट ईश्‍वरको छवि हटाउन यी बोल्ने तरिकाहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरद्वारा गरिने मुख्य काम यही हो। मानिसले परमेश्‍वर आउनुहुँदा उहाँले बिरामीलाई निको पार्नुहुनेछ, पिशाचहरू धपाउनुहुनेछ, आश्‍चर्यकर्महरू गर्नुहुनेछ र मानिसलाई भौतिक आशिष्‌हरू दिनुहुनेछ भनी विश्‍वास गर्ने हुनाले, परमेश्‍वर मानिसका धारणाहरूमा भएका यस्ता कुराहरू हटाउन, मानिसलाई परमेश्‍वरको व्यावहारिकता र सामान्यता जान्न दिन अनि मानिसको हृदयमा रहेको येशूको छवि हटाएर त्यसको सट्टा परमेश्‍वरको नयाँ छविलाई मानिसको हृदय ओगट्न दिन कामको यो चरण—सजाय र न्यायको काम—गर्नुहुन्छ। मानिसभित्र परमेश्‍वरको छवि पुरानो भएपछि, त्यो मूर्ति बन्छ। जब येशू आउनुभयो र उहाँले कामको त्यो चरण गर्नुभयो, तब उहाँले परमेश्‍वरको सम्पूर्णताको प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्‍ह र आश्चर्यकर्म देखाउनुभयो, केही वचन बोल्नुभयो र अन्ततः क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्‍वरको एउटा भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्‍वरका सबै कुराको प्रतिनिधित्व गर्न सक्नुभएन, बरु उहाँले परमेश्‍वरको कामको एउटा भाग गर्नमा परमेश्‍वरको प्रतिनिधित्व गर्नुभयो। किनभने परमेश्‍वर अत्यन्तै महान् र अत्यन्तै अद्भुत हुनुहुन्छ अनि उहाँ अगम्य हुनुहुन्छ र किनभने परमेश्‍वर हरेक युगमा आफ्नो कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको अवधिमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसका लागि जीवनका वचनहरू प्रदान गर्नु; मानिसको प्रकृति सार र उसको भ्रष्ट स्वभाव खुलासा गर्नु; र उसका धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, साथै ज्ञान र संस्कृतिलाई हटाउनु हो। यी सबै कुराहरू परमेश्‍वरका वचनहरूमार्फत खुलासा गरेर पखालिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्मका कामहरू प्रयोग गर्नुहुन्‍न। उहाँले मानिसलाई प्रकाश गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ, ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देखोस् र परमेश्‍वरको स्वभाव बुझोस्, ताकि परमेश्‍वरका वचनहरूमार्फत, मानिसले परमेश्‍वरका कार्यहरू देखोस्। व्यवस्थाको युगमा, यहोवाले आफ्ना वचनहरूद्वारा मोशालाई मिश्रबाट बाहिर अगुवाइ गर्नुभयो र इस्राएलीहरूलाई केही वचन बोल्नुभयो; त्यसबेला, परमेश्‍वरका कार्यहरूको अंश प्रकट भएको थियो, तर मानिसको क्षमता सीमित भएकाले र कुनै पनि कुराले उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने हुनाले, परमेश्‍वर निरन्तर बोल्नुभयो र उहाँले काम गर्नुभयो। अनुग्रहको युगमा, मानिसले फेरि एक पटक परमेश्‍वरका कार्यहरूको अंश देख्यो। येशूले चिन्‍ह र आश्चर्यकर्महरू देखाउन, बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन, र आफू क्रूसमा टाँगिन सक्नुभयो, जसको तीन दिनपछि उहाँ मृत्युबाट बौरी उठ्नुभयो र मानिससामु देहमा देखा पर्नुभयो। मानिसलाई परमेश्‍वरबारे यति मात्र थाहा थियो। परमेश्‍वर मानिसलाई जति प्रकट गर्नुहुन्छ, मानिसले त्यति नै जान्दछ र यदि परमेश्‍वरले उप्रान्त मानिसलाई केही पनि प्रकट नगर्नुहुने हो भने, मानिसले परमेश्‍वरलाई त्यही हदसम्म सीमित गर्नेथ्यो। यसरी, परमेश्‍वर निरन्तर काम गर्नुहुन्छ, ताकि उहाँबारे मानिसको ज्ञान अझ गहन हुन सकोस् र मानिसले बिस्तारै परमेश्‍वरको सार जान्न सकोस्। आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई सिद्ध पार्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभाव परमेश्‍वरका वचनहरूद्वारा खुलासा हुन्छ र तेरा धार्मिक धारणाहरू परमेश्‍वरको व्यावहारिकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूमा, परमेश्‍वर मुख्य रूपमा “वचन देह बन्नुहुन्छ, वचन देहभित्र आउनुहुन्छ र वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने वचनहरू पूरा गर्न देह बन्नुभएको छ र यदि तँसँग यसबारे पूर्ण ज्ञान छैन भने, तँ दृढ रहन असक्षम हुनेछस्। आखिरी दिनहरूको दौरान, परमेश्‍वर मुख्य रूपमा कामको एउटा चरण पूरा गर्ने अभिप्राय राख्नुहुन्छ, जसमा वचन देहमा देखा पर्नुहुन्छ र यो परमेश्‍वरको व्यवस्थापनको योजनाको कामको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान पूर्ण हुनैपर्छ; परमेश्‍वरले जसरी काम गर्नुभए पनि, परमेश्‍वर मानिसलाई उहाँलाई सीमित गर्न दिनुहुन्न। यदि परमेश्‍वरले आखिरी दिनहरूमा यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान थप अगाडि बढ्न सक्नेथिएन। तँलाई परमेश्‍वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई नष्ट गर्न सक्नुहुन्छ अनि येशू मृत्युबाट बौरी उठ्न र पत्रुससामु देखा पर्न सक्नुहुन्छ भन्‍ने मात्र थाहा हुनेथ्यो...। तर तैँले परमेश्‍वरका वचनहरूले सबै कुरा पूरा गर्न सक्छन् र मानिसमाथि विजय हासिल गर्न सक्छन् भनेर कहिल्यै भन्नेथिइनस्। परमेश्‍वरका वचनहरू अनुभव गरेर मात्र तँ यस्तो ज्ञानबारे बोल्न सक्छस्। तँ परमेश्‍वरको काम जति धेरै अनुभव गर्छस्, उहाँबारे तेरो ज्ञान त्यति नै पूर्ण हुनेछ र त्यसपछि मात्र तैँले परमेश्‍वरलाई आफ्नै धारणाहरूभित्र सीमित गर्नेछैनस्। मानिसले परमेश्‍वरलाई उहाँको काम अनुभव गरेर चिन्छ; परमेश्‍वरलाई चिन्ने अर्को कुनै सही तरिका छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४४

आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट भएको हुनुपर्छ कि, आखिरी दिनहरूमा, परमेश्‍वरले पूरा गर्नुहुने कुरा मूलतः “वचन देह बन्‍नुहुन्छ” भन्‍ने तथ्य नै हो। उहाँले पृथ्वीमा गर्नुभएको व्यावहारिक काममार्फत, उहाँ मानिसलाई उहाँलाई चिन्न र उहाँसँग संलग्‍न हुन, साथै उहाँका व्यावहारिक कार्यहरू देख्न मद्दत गर्नुहुन्छ। उहाँले मानिसहरूलाई यो कुरा प्रस्ट रूपमा देख्न मद्दत गर्नुहुन्छ कि उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ तर उहाँले त्यसो गर्न नसक्‍ने समयहरू पनि हुन्छन्; यो कुरा युगमा भर पर्छ। यसबाट तैँले देख्‍न सक्छस् कि परमेश्‍वर चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्‍न, बरु उहाँले गर्नुपर्ने कामअनुसार र युगअनुसार आफ्‍नो काम गर्ने तरिका परिवर्तन गर्नुहुन्छ। कामको अहिलेको चरणमा, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न; उहाँले येशूको युगमा केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो किनभने त्यस युगमा उहाँको काम फरक थियो। परमेश्‍वरले आज त्यो काम गर्नुहुन्‍न, र कतिपय मानिसहरू उहाँलाई चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम ठान्छन्, वा तिनीहरू उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन नगर्ने भएकाले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने सोच्छन्। के त्यो भ्रम होइन र? परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ, तर उहाँ फरक युगमा काम गरिरहनुभएको छ, त्यसैले उहाँले त्यस्तो काम गर्नुहुन्‍न। फरक-फरक युगमा र उहाँको कामका फरक-फरक चरणहरूअनुसार, परमेश्‍वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास चिन्‍हहरू र अचम्‍मका कामहरूमाथिको विश्‍वास होइन, न त यो आश्‍चर्यकर्महरूमाथिको विश्‍वास नै हो, यो त नयाँ युगको दौरान उहाँले गर्नुहुने व्यावहारिक काममाथिको विश्‍वास हो। मानिसले परमेश्‍वरलाई परमेश्‍वरको काम गर्ने तरिकामार्फत चिन्छ, र यो ज्ञानले मानिसमा परमेश्‍वरमाथिको विश्‍वास पैदा गर्छ, यसको मतलब परमेश्‍वरको काम र कार्यहरूमाथिको विश्‍वास पैदा गर्छ। कामको यो चरणमा, परमेश्‍वरले मुख्य रूपमा बोल्नुहुन्छ। चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले एउटा पनि देख्‍नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्‍मेको थिइनस्। यदि तँ जन्‍मेको थिइस् भने, तैँले चिन्‍हहरू र अचम्मका कामहरू देख्‍न सक्थिस्, तर तँ आखिरी दिनहरूको समयमा जन्मिस्, त्यसैले तैँले परमेश्‍वरको व्यावहारिकता र सामान्यता मात्र देख्‍न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई देख्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्‍वरलाई मात्रै देख्न सक्छस्, जो कुनै सामान्य मानवभन्दा कुनै फरक हुनुहुन्‍न। हरेक युगमा, परमेश्‍वरले फरक-फरक कार्यहरू प्रकट गर्नुहुन्छ। हरेक युगमा, उहाँले आफ्ना कार्यहरूका केही भाग प्रकट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्‍वरको स्वभावको एउटा पाटो र परमेश्‍वरका कार्यहरूको एउटा पाटोको प्रतिनिधित्व गर्छ। उहाँले प्रकट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरक-फरक हुन्छन्, तर ती सबैले नै परमेश्‍वरबारे मानिसको ज्ञानलाई अझ गहिरो बनाउँछन्, र मानिसलाई परमेश्‍वरमाथि अझ साँचो र अझ ठोस विश्‍वास दिलाउँछन्। परमेश्‍वरका सबै कार्यहरूका कारणले, परमेश्‍वर अत्यन्तै अचम्‍मका, अत्यन्तै महान्, र सर्वशक्तिमान् हुनुभएको कारणले, र उहाँ अज्ञेय हुनुभएको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ—त्यही कारणले गर्दा मानिसले परमेश्‍वरमा विश्वास गर्छ। यदि तँ परमेश्‍वरले चिन्‍ह र आश्चर्यकर्महरू गर्न सक्‍नुहुने र बिरामीलाई निको पार्न र पिशाचहरू धपाउन सक्‍नुहुने भएकाले उहाँमा विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, र कतिपय मानिसले तँलाई भन्‍नेछन्, “के दुष्ट आत्माहरू पनि त्यस्ता कुराहरू गर्न सक्दैनन् र?” के यो परमेश्‍वरको छविलाई शैतानको छविसँग मिसाउनु होइन र? आज, परमेश्‍वरमाथिको मानिसको विश्‍वास उहाँका धेरै कार्य र उहाँले गर्नुहुने धेरै काम र उहाँले बोल्नुहुने धेरै तरिकाहरूले गर्दा हो। परमेश्‍वर आफ्ना वचनहरूमार्फत मानिसलाई विजय गर्नुहुन्छ र उसलाई सिद्ध पार्नुहुन्छ। मानिस परमेश्‍वरका धेरै कार्यहरूका कारण उहाँमा विश्वास गर्छ, उहाँले चिन्‍ह र आश्चर्यकर्महरू देखाउन सक्‍नुहुने भएकाले होइन; मानिसहरू परमेश्‍वरका कार्यहरू देखेर मात्र उहाँलाई चिन्छन्। परमेश्‍वरका व्यावहारिक कार्यहरू, उहाँ कसरी काम गर्नुहुन्छ, उहाँ कस्ता बुद्धिमानी विधिहरू प्रयोग गर्नुहुन्छ, उहाँ कसरी बोल्नुहुन्छ, र उहाँ मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भनी जानेर मात्र—यी पक्षहरू जानेर मात्र—त परमेश्‍वरको व्यावहारिकता बोध गर्न र उहाँको स्वभाव बुझ्न सक्छस्, उहाँ के मन पराउनुहुन्छ, उहाँ केलाई घृणा गर्नुहुन्छ, र उहाँ मानिसमा कसरी काम गर्नुहुन्छ भन्ने जान्न सक्छस्। परमेश्‍वर के मन पराउनुहुन्छ र उहाँ केलाई घृणा गर्नुहुन्छ भन्ने बुझेर, तँ सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्‍नता छुट्याउन सक्छस्, र परमेश्‍वरबारे तेरो ज्ञानमार्फत तेरो जीवनमा प्रगति हुन्छ। छोटकरीमा भन्दा, तैँले परमेश्‍वरको कामको ज्ञान प्राप्त गर्नैपर्छ, र तैँले परमेश्‍वरमाथिको विश्‍वासबारे आफ्ना दृष्टिकोणहरू सच्याउनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४५

तैँले जस्तोसुकै गरी पछ्याए तापनि, सबैभन्दा माथि, आज परमेश्‍वरले गर्नुहुने कार्यलाई तैँले बुझ्नुपर्छ, र तैँले यस कार्यको महत्त्वलाई जान्नुपर्छ। जब उहाँ अन्तिम दिनहरूमा आउनुहुन्छ, परमेश्‍वरले कुन कार्य ल्याउनुहुन्छ, उहाँले कुन स्वभाव ल्याउनुहुन्छ, र मानिसमा कुन कुरा पूर्ण गर्नुहुनेछ भन्‍ने बारेमा तैँले बुझ्नुपर्छ र जान्नुपर्छ। उहाँले देहमा गर्नलाई आउनुभएको कार्यलाई यदि तैँले जान्दैनस्‌ वा बुझ्दैनस्‌ भने, तैँले उहाँका अभिप्राय कसरी जान्न सक्छस्‌, र तँ उहाँसँग कसरी घनिष्ठ हुन सक्छस्‌? वास्तवमा, परमेश्‍वरसँग घनिष्ठ हुनु जटिल छैन, तर न त यो सरल नै छ। यदि मानिसहरूले यो कुरा पूरै बुझ्न सक्छन्‌ र यसलाई अभ्यास गर्न सक्छन्‌ भने, यो सरल बन्छ; यदि मानिसहरूले यसलाई पूरै बुझ्न सक्दैनन् भने, यो अझ धेरै कठिन हुन्छ, र, यति मात्र होइन, तिनीहरू आफ्नो खोजीलाई अस्पष्टतातिर लिएर जानलाई लालायित हुन्छन्‌। यदि, परमेश्‍वरको खोजीमा, मानिसहरूसँग आफ्नै अडानमा खडा हुने अवस्था छैन भने, र तिनीहरूले कुन सत्यतालाई अङ्गीकार गर्नुपर्ने हो सोबारे जान्दैनन्‌ भने, यसको अर्थ यही हो कि तिनीहरूसँग कुनै जग छैन, र त्यसैले तिनीहरूलाई दृढ खडा हुन कठिन हुन्छ। आज, सत्यतालाई नबुझ्ने यति धेरै छन्, जसले असल र खराबबीचको भिन्नता छुट्ट्याउन सक्दैनन्‌ वा केलाई प्रेम गर्ने वा घृणा गर्ने भन्न सक्दैनन्‌। यस्ता मानिसहरू मुस्किलै दृढ खडा हुन सक्छन्‌। परमेश्‍वरमाथिको विश्‍वासको कुञ्‍जी भनेको सत्यतालाई अभ्यासमा लगाउन सक्नु, परमेश्‍वरका अभिप्रायलाई ध्यान दिनु, उहाँ देहमा आउनुहुँदा मानिसमा परमेश्‍वरको कार्यलाई र उहाँले जुन सिद्धान्तहरूद्वारा बोल्नुहुन्छ त्यसलाई जान्नु हो। हूलहरूको पछि नलाग्। तैँले प्रवेश गर्नुपर्ने कुरामा तँसँग सिद्धान्तहरू हुनुपर्छ, र तैँले तिनलाई अङ्गीकार गर्नुपर्छ। परमेश्‍वरको अन्तर्दृष्टिद्वारा ल्याइएका तँभित्र भएका ती कुराहरूलाई दृढपूर्वक पक्रिराख्दा सो तेरो लागि सहयोगी हुनेछ। यदि तैँले पक्रँदैनस्‌ भने, आज तैँले एक प्रकारले दिशा परिवर्तन गर्नेछस्‌, भोलि अर्को तरिकाले दिशा परिवर्तन गर्नेछस्‌, र तैँले कहिल्यै पनि कुनै व्यावहारिक कुरा पाउने छैनस्‌। यस्तो हुनु तेरो आफ्नै जीवनको लागि लाभदायक छैन। सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्‌: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन्‌ भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्‌; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन्‌ भने, तँ पनि शङ्कालु हुन्छस्‌, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्‌। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्‌, र आफैँ केही कुरा खुट्ट्याउनसक्दैनस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्‌। यो कुनै अडानविनाको व्यक्ति हो, जससँग सुझबुझ छैन—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्‌: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्‍नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्‌, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्‌। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्‌; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस्‌ र? यसमा, के तैँले आफूमा सुझबुझ नभएको कारण परमेश्‍वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्‌, तँ नोकसानीमा हुनेछस्‌, र फेरि एकपटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्‌। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्‌, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्‌। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान्‌ हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्‌, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्‌—तँ असल र खराबबीच‌को, न्याय र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्‍नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्‌। यही मात्र तेरो वास्तविक कद हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४६

परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्‍ने बारे जान्नुपर्छ, यो साँचो मार्ग हो कि होइन, र यो परमेश्‍वरको काम हो कि होइन भन्‍ने कसरी मापन गर्छस्? साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? तैँले यस मार्गमा पवित्र आत्माको काम छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन्‌ कि होइनन्‌, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउन सक्छ भन्ने कुरा हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सार भनेको परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो, र जब देहधारी परमेश्‍वरमा विश्‍वास गर्छन्, त्यो पनि देह परमेश्‍वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सार नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्‍ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता, जसरी यसलाई भनिन्छ, सामान्य मानवताको जीवन स्वभाव हो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा ऊबाट जे माग गर्नुभएको थियो यो त्यही कुरा हो, जस्तो कि, (मानव समझ, अन्तर्दृष्टि, बुद्धि, र आफूलाई आचरणमा कसरी ढाल्ने भन्ने कुराको आधारभूत ज्ञान लगायत) सामान्य मानवताको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानव जीवनमा डोर्‍याउन सक्छ कि सक्दैन, बोलिएको सत्यताले सामान्य मानवताको वास्तविकताका आधारमा मागहरू गर्छ कि गर्दैन, यो सत्यता वास्तविक र व्यवहारिक छ कि छैन, र यो सबैभन्दा सामयिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र व्यावहारिक अनुभवहरूमा डोर्‍याउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको समझ पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूका भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छन्। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदयको प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्‍ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन आपूर्ति गर्न समर्थ छ कि छैन भन्‍ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग साँचो मार्ग हो भन्‍ने निष्कर्ष निकाल्न सकिन्छ। तिमीहरूको भावी अनुभवहरूमा अन्य मार्गहरू स्विकार गराउनको लागि म तिमीहरूलाई यी कुराहरू भन्दिनँ, न त भविष्यमा अर्को नयाँ युगको कार्य हुनेछ भनी पूर्वानुमानको रूपमा नै भन्छु। म ती भन्छु ताकि तिमीहरू आजको मार्ग नै साँचो मार्ग हो भन्‍ने कुरामा निश्चय हुन सक, ताकि तिमीहरू आजको कार्यमा आफ्नो विश्‍वासमा आंशिक रूपमा मात्र पक्का हुनेछैनौ र यसमा अन्तर्दृष्टि पाउन असमर्थ हुनेछैनौ। निश्चित हुनुको बाबजुद पनि अझै धेरै जना अन्योलमा पछ्याउँछन्‌; यस्तो निश्चयतामा कुनै सिद्धान्त हुँदैन, र यस्ता मानिसहरू चाँडो वा ढिलो हटाइनुपर्छ। आफ्नो पछ्याइमा विशेष गरी उत्सुक भएकाहरू समेत पनि तीन भाग निश्चित र पाँच भाग अनिश्चित हुन्छन्‌, जसले देखाउँछ कि तिनीहरूसँग कुनै जग छैन। तिमीहरूको क्षमता अति कमजोर छ र तिमीहरूको जग अति सतही छ त्यसैले तिमीहरूसँग फरक छुट्ट्याउने बुझाइ नै छैन। परमेश्‍वरले आफ्नो कार्य दोहोर्याउनुहुन्न, उहाँले त्यस्तो कार्य गर्नुहुन्न जुन यथार्थपरक हुँदैन, उहाँले मानिससँग अत्याधिक मागहरू गर्नुहुन्न, र उहाँले यस्तो कार्य गर्नुहुन्न जुन मानिसको समझभन्दा पर हुन्छ। उहाँले गर्नुहुने सबै कार्य मानिसको सामान्य समझको हदभित्र हुन्छ, र यसले सामान्य मानवताको समझ नाघ्दैन, र उहाँको कार्य मानिसको सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको कार्य हो भने, मानिसहरू पहिलाको भन्दा अझ बढी सामान्य बन्छन्‌, र तिनीहरूको मानवता पहिलाको भन्दा अझ अधिक सामान्य हुन्छ। मानिसहरूले तिनका भ्रष्ट शैतानी स्वभावको बारे, र मानिसको सारबारे बढ्दो ज्ञान हासिल गर्छन्‌, र तिनीहरूले सत्यताको लागि पहिलेको भन्दा अझ ठूलो तिर्सना पनि राख्छन्‌। भन्नुको मतलब, मानिसको जीवन वृद्धि हुन्छ र वृद्धि हुन्छ, र मानिसको भ्रष्ट स्वभाव झन्‌-झन्‌ धेरै परिवर्तनको सक्षम बन्छ—यी सबैको अर्थ परमेश्‍वर मानिसको जीवन बन्नुहुन्छ भन्‍ने हो। यदि कुनै मार्ग मानिसको सारका ती कुराहरू खुलासा गर्न असक्षम छ, मानिसको स्वभाव परिवर्तन गर्न असक्षम छ, र यसको साथै, मानिसहरूलाई परमेश्‍वरको सामुन्ने ल्याउन वा परमेश्‍वरको बारेमा तिनीहरूलाई साँचो बुझाइ दिन असक्षम छ, र तिनीहरूको मानवतालाई अझ पहिलाको भन्दा पनि बढि खस्कने बनाउँछ र तिनीहरूको समझ अझ पहिलाको भन्दा असामान्य बनाउँछ भने, यो मार्ग सत्य मार्ग हुँदै होइन, र यो दुष्टात्माको कार्य, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा, यो पवित्र आत्माको वर्तमान कार्य हुन सक्दैन। तिमीहरूले यी सब वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छौ, तापनि तिमीहरूसँग साँचो मार्ग र झूटो मार्गको बीचमा फरक छुट्ट्याउनको लागि, वा यस सत्य मार्ग खोजी गर्नको लागि यस सिद्धान्तको बारे अलिकति पनि ज्ञान छैन। अधिकांश मानिसहरू यी कुराहरूमा रुचि समेत राख्दैनन्‌; तिनीहरू केवल त्यहीँ जान्छन्‌ जहाँ बहुसंख्यक जान्छन्‌, र त्यही दोहोर्याउँछन्‌ जे बहुसंख्यकले भन्छन्। यो व्यक्ति कसरी साँचो मार्ग खोज्ने व्यक्ति हो? यस्ता मानिसहरूले साँचो मार्गलाई कसरी पत्ता लगाउन सक्छन्‌? यदि तिमीहरूले यी विभिन्न मुख्य सिद्धान्तहरू बुझ्छौ भने, जेसुकै भएतापनि, तिमीहरू बहकाउमा पर्नेछैनौ। आज, यो महत्त्वपूर्ण छ कि मानिसहरूले भिन्नता छुट्ट्याउन सकून्‌; सामान्य मानवताद्वारा धारण गरिनुपर्ने कुरा यही हो, र मानिसहरूले आफ्नो अनुभवमा धारण गर्नुपर्ने कुरा यही हो। यदि, आज पनि, मानिसहरूले पछ्याउने क्रममा अझै पनि केही भिन्नता छुट्ट्याउन सक्दैनन्‌, र यदि तिनीहरूको मानव भाव अझै वृद्धि भएको छैन भने, मानिसहरू अति मूर्ख छन्‌, र तिनीहरूको खोजी गलत र भ्रष्ट भएको छ। आज तेरो खोजीमा अलिकति पनि भिन्नता छैन, र तैँले भनेजस्तै यो सत्य होला कि तैँले सत्य मार्ग पत्ता लगाएको छस्‌, तर के तैँले यसलाई प्राप्त गरेको छस्‌? के तँ केही छुट्ट्याउन समर्थ भएको छस्‌? यस सत्य मार्गको सारतत्त्व के हो? यस सत्य मार्गमा, तैँले सत्य मार्ग प्राप्त गरेको छैनस्‌; तैँले सत्यताको कुनै कुरा प्राप्त गरेको छैनस्‌। भन्नुको मतलब, तैँले त्यो कुरा हासिल गरेको छैनस्‌ जुन परमेश्‍वरले तँबाट माग गर्नुहुन्छ, र यसरी तेरो भ्रष्टतामा कुनै परिवर्तन भएको छैन। यदि तैँले यसरी नै खोजी जारी राखिस्‌ भने, तँलाई अन्ततः हटाइनेछ। यस दिनसम्म पछ्याएको हुनाले, तैँले समातेको मार्ग सही मार्ग हो भन्‍ने कुरामा तँ निश्चित हुनुपर्छ, र अब उप्रान्त कुनै शङ्का गर्नुहुँदैन। केही झीनामसिना मामिलाहरूको कारण धेरै मानिसहरू सदैव अनिश्चित हुन्छन्‌ र सत्यताको पछि लाग्न छोड्छन्‌। यस्ता मानिसहरू ती हुन्‌ जोसँग परमेश्‍वरको कार्यको विषयमा कुनै ज्ञान हुँदैन; तिनीहरू ती हुन्‌ जसले अन्योलमा परमेश्‍वरलाई पछ्याउँछन्‌। ती मानिसहरू जसलाई परमेश्‍वरको कार्यको बारेमा थाहा हुँदैन ती उहाँसँग घनिष्ठ हुन, वा उहाँको गवाही दिन असक्षम हुन्छन्। म तिनीहरूलाई परामर्श दिन्छु जसले आशिषहरू मात्र खोज्छन्‌ र जति सक्दो चाँडो सत्यतालाई पछ्याउन अस्पष्ट र अमूर्त कुरा मात्र पछ्याउँछन्‌, ताकि तिनीहरूको जीवनले अर्थ पाउन सकून्। अब उप्रान्त आफैलाई मूर्ख नबनाओ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४७

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र स्थिति र मानवजातिको समग्र विकाससम्‍बन्धी प्रवाहहरूमा आधारित छ; व्यवस्थापन कार्य पनि सोहीअनुरूप बिस्तारै मात्रै परिवर्तन भएको छ। यी सबै सृष्टिको सुरुवातदेखि योजना गरिएको थिएन। संसारको सृष्टि हुनुभन्दा पहिले, वा त्यसपछि चाँडै, यहोवाले कार्यको पहिलो चरण अर्थात् व्यवस्थाको कार्य; कार्यको दोस्रो चरण अर्थात् अनुग्रहको कार्य; वा कार्यको तेस्रो चरण अर्थात् विजयको कार्य—जुन उहाँले सुरुमा मोआबका केही सन्तानबाट सुरु गर्नुहुनेथियो, र यसद्वारा सम्पूर्ण ब्रह्माण्ड विजय गर्नुहुनेथियो—त्यसको योजना बनाउनुभएको थिएन। संसारलाई सृष्टि गरिसकेपछि, उहाँले यी वचन कहिल्यै बोल्‍नुभएन, न त मोआबपछि नै ती उहाँले कहिल्यै बोल्‍नुभयो; वास्तवमा, लोतभन्दा पहिले, ती उहाँले कहिल्यै उच्‍चारण गर्नुभएन। परमेश्‍वरका सबै काम तत्‍कालीन रूपमा गरिन्छ। उहाँको व्यवस्थापनको सम्पूर्ण छ हजार वर्षे कार्यको विकास पनि ठीक यसरी नै भएको छ; उहाँले संसारको सृष्टि हुनुभन्दा पहिले कुनै पनि हालतमा “मानवजातिको विकासको सारांश चार्ट” जस्तो योजना लेख्‍नुभएन। परमेश्‍वरको काममा, उहाँ के हुनुहुन्छ, त्यो प्रत्यक्ष रूपमा व्यक्त गर्नुहुन्छ; योजना बनाउन उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न। अवश्‍य नै, केही अगमवक्ताले निकै धेरै अगमवाणी बोलेका छन्, तर परमेश्‍वरको कार्य सधैँ नै सटीक योजनाअन्तर्गत नै रह्यो भन्‍न सकिँदैन; ती अगमवाणी परमेश्‍वरको त्यस समयको कार्यअनुसार गरिएका थिए। उहाँले गर्नुहुने सबै काम सबभन्दा व्यावहारिक काम हुन्छन्। उहाँले हरेक युगको विकासअनुसार यो गर्नुहुन्छ, र कामकुराहरू कसरी परिवर्तन हुन्छन् त्यसैको आधारमा गर्नुहुन्छ। उहाँको लागि, आफ्‍नो काम गर्नु भनेको रोगमा औषधी उपयुक्त हुनुजस्तै हो; उहाँले आफ्नो काम गर्ने क्रममा अवलोकन गर्नुहुन्छ, र आफ्ना अवलोकनअनुसार आफ्‍नो काम जारी राख्‍नुहुन्छ। आफ्‍नो कामको हरेक चरणमा, परमेश्‍वर आफ्‍नो प्रचुर बुद्धि र शक्ति व्यक्त गर्न सक्षम हुनुहुन्छ; उहाँले आफ्नो प्रशस्त बुद्धि र अख्तियार कुनै निश्‍चित युगको कामका आधारमा प्रकट गर्नुहुन्छ, र उहाँले त्यस युगमा फर्काएर ल्याउनुभएका सबैलाई उहाँको सम्पूर्ण स्वभाव देख्‍ने तुल्याउनुहुन्छ। उहाँले हरेक युगमा गरिनुपर्ने कामअनुसार नै मानिसको खाँचो आपूर्ति गर्नुहुन्छ, र जे काम गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ। शैतानले जुन हदसम्‍म मानिसलाई भ्रष्ट तुल्याएको छ त्यसकै आधारमा उहाँले तिनीहरूको खाँचो आपूर्ति गरिदिनुहुन्छ। जसरी पृथ्वीमा परमेश्‍वरलाई प्रकट गर्न सकून् र तिनीहरूले सृष्टिको माझमा परमेश्‍वरको गवाही दिन सकून् भनेर यहोवाले प्रारम्भमा आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, यो पनि त्यस्तै हो। तैपनि, सर्पको प्रलोभनमा परेपछि हव्‍वाले पाप गरिन्, र आदमले पनि त्यसै गरे; बगैँचामा, तिनीहरू दुवैले असल र खराबको ज्ञान दिने रूखको फल खाए। तसर्थ, यहोवाले तिनीहरूमा थप काम गर्नुपर्‍यो। तिनीहरूको नग्‍नता देखेपछि, उहाँले पशुका छालाबाट बनाइएको वस्‍त्रद्वारा तिनीहरूको शरीर ढाकिदिनुभयो। त्यसपछि उहाँले आदमलाई भन्‍नुभयो, “तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तँ भूमिमा नफर्कुञ्‍जेलसम्म … तेरो खातिर भूमि श्रापित भएको छ; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्।” त्यो स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” त्यसपछि, उहाँले तिनीहरूलाई अदनको बगैँचाबाट निकाल्‍नुभयो र अहिले जसरी आधुनिक मानिस पृथ्वीमा जिउँछन्, त्यसरी नै तिनीहरूलाई त्यसको बाहिरपट्टि जिउने तुल्याउनुभयो। प्रारम्‍भमा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा सृष्टि भएपछि मानिसलाई सर्पद्वारा प्रलोभनमा पर्न दिने र त्यसपछि मानिस र सर्पलाई सराप्‍ने उहाँको योजना थिएन। उहाँसँग वास्तवमै त्यस्तो योजना थिएन; घटनाक्रम नै त्यसरी विकसित भयो जसले उहाँलाई उहाँको सृष्टिको बीचमा नयाँ काम गर्ने अवसर दियो। पृथ्वीमा आदम र हव्‍वाबीच यहोवाले आफ्‍नो काम गरिसक्‍नुभएपछि, मानवजाति हजारौं वर्षसम्‍म विकास तबसम्‍म भइरह्यो, जबसम्‍म “पृथ्वीमा मानिसको दुष्टता ठूलो थियो र उसको हृदयको विचारहरूको हरेक कल्पना निरन्तर रूपमा दुष्ट मात्र थियो भन्‍ने यहोवाले देख्‍नुभयो। अनि यहोवाले पृथ्वीमा मानिस बनाउनुभएकोमा अफसोस मान्नुभयो र आफ्‍नो हृदयमा उहाँ दुःखित हुनुभयो। … तर नोआले यहोवाको नजरमा अनुग्रह पाए।” यस पटक यहोवासँग गर्नुपर्ने धेरै नयाँ काम थियो, किनभने उहाँले सृष्टि गर्नुभएको मानवजाति सर्पको प्रलोभनमा परेपछि अत्यन्तै पापी बनेको थियो। यी परिस्‍थितिलाई ध्यानमा राख्दै, यहोवाले सारा मानवजातिको बीचबाट बचाउन नोआको परिवारलाई चुन्‍नुभयो, र त्यसपछि उहाँले जल-प्रलयद्वारा संसारलाई नष्ट गर्ने आफ्‍नो काम अघि बढाउनुभयो। आजका दिनसम्‍म पनि मानवजाति यही शैलीमा झन्-झन् भ्रष्ट हुँदै विकसित हुने काम जारी छ, अनि जब मानव यस्तो विकासको चरमबिन्दुमा पुग्छ, तब यसले मानवजातिको अन्त्य ल्याउनेछ। प्रारम्‍भदेखि संसारको अन्त्यसम्‍मै, उहाँको कार्यको आन्तरिक सत्यता सधैँ यस्तै रह्यो र सधैँ यस्तै रहनेछ। यो मानिसलाई कसरी तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ भन्‍ने जस्तै छ; यो, हरेक व्यक्ति सुरुमा नै निश्‍चित वर्गमा पर्नेछ भनी पूर्वनिर्धारण गरिएको भन्‍ने मामिलाभन्दा निकै परको कुरा हो; बरु, विकासको प्रक्रिया भएर गएपछि मात्रै हरेकलाई क्रमिक रूपमा वर्गीकरण गरिन्छ। अन्त्यमा, पूर्ण मुक्तिमा ल्याउन नसकिने हरेकलाई तिनीहरूका “पितापुर्खा”-कहाँ नै फर्काइन्छ। मानवजातिबीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध अनि अझै वास्तविक र व्यावहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैँचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानका षड्यन्त्रहरूअनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कामको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी काम गर्नुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत अर्थात् त्यस शत्रुलाई विजय गर्न तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यति धेरै काम गर्दा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्त्यमा उहाँले दुष्टलाई दण्ड र असललाई इनाम दिने उहाँको धर्मी स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानका षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका यावत् थोकलाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीका यावत् थोकलाई उहाँको पाउदानमुनि विश्राम गर्ने तुल्याउनुभएको छ र, त्यसका साथै, मानवजातिलाई आक्रमण र हैरान गर्ने दुष्टहरूलाई उहाँको सजायमा खस्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत अर्थात् शैतानसँगको सहस्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीजले परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खास गरी परमेश्‍वरको व्यावहारिकताको साक्षी देखेका छन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै व्यावहारिक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्यता देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको व्यावहारिकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४८

पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई अवरोध गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सृष्टि गरिएका सबै प्राणीहरू उहाँकै हातमा छन्; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ र? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले आफ्‍नो देहधारणको कार्यको तयारी संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १४९

जब परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँको आत्मा मानिसमा ओर्लिनुहुन्छ; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरका आत्माले भौतिक शरीर धारण गर्नुहुन्छ। उहाँ केही सीमित चरणहरू नल्याइकन पृथ्वीमा आफ्‍नो काम गर्न आउनुहुन्छ; उहाँको काम पूर्णतया असीमित छ। देहमा पवित्र आत्‍माले गर्नुहुने कामलाई अझै उहाँको कामका परिणामहरूद्वारा नै निर्धारित गरिन्छ, र देहमा हुँदा उहाँले गर्नुहुने कामको समय अवधि निर्धारित गर्न उहाँले यस्तै कुराहरूको प्रयोग गर्नुहुन्छ। उहाँ अघि बढ्ने क्रममा उहाँको कामको जाँच गर्दै, पवित्र आत्माले उहाँको कामको हरेक चरण प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ; यो काम मानिसको कल्‍पनालाई तन्‍काउने जत्तिको अलौकिक पनि छैन। यो, स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने क्रममा यहोवाले गर्नुभएको काम जस्तै छ; उहाँले योजना बनाउनुभयो र एकैसाथ काम गर्नुभयो। उहाँले अन्धकारबाट ज्योतिलाई अलग गर्नुभयो, अनि बिहान र साँझ अस्तित्वमा आयो—यसको लागि एक दिन लाग्यो। दोस्रो दिन, उहाँले आकाश सृष्टि गर्नुभयो, र त्यसको लागि पनि एक दिन लाग्यो; त्यसपछि उहाँले पृथ्वी, समुद्रहरू, र तिनलाई वृद्धि गर्दै लाने सबै प्राणीहरू सृष्टि गर्नुभयो, जसको लागि अर्को दिन लाग्यो। यो छैटौं दिनसम्‍म जारी रह्यो, जुन बेला उहाँले मानिस सृष्टि गर्नुभयो अनि तिनलाई पृथ्वीमा भएका सबै थोकको व्यवस्थापन गर्न दिनुभयो। त्यसपछि, सबै थोक सृष्टि गरिसिध्याएपछि सातौं दिनमा, उहाँले विश्राम लिनुभयो। परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र यसलाई पवित्र दिन भन्‍नुभयो। उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि मात्रै यो पवित्र दिनको स्थापना गर्ने निर्णय गर्नुभयो, तिनीहरूलाई सृष्टि गर्नुभन्दा पहिले होइन। यो काम पनि तत्कालीन रूपमा नै गरियो; सबै थोक सृष्टि गर्नुभन्दा पहिले, उहाँले छ दिनमा संसारको सृष्टि गर्ने अनि सातौं दिनमा विश्राम गर्ने निर्णय गर्नुभएको थिएन; त्यस्ता कुराहरू सत्य होइनन्। उहाँले त्यस्तो केही भन्‍नुभएन, न त यसबारे योजना नै बनाउनुभएको थियो। यावत् थोकको सृष्टि छैटौं दिनमा समाप्त हुनेछ र सातौं दिनमा उहाँले विश्राम गर्नुहुनेछ भनेर उहाँले कुनै पनि हालतमा भन्‍नुभएको थिएन; बरु, त्यो समय उहाँलाई जे असल लाग्यो त्यहीअनुसार नै सृष्टि गर्नुभयो। उहाँले सबै कुरा सृष्टि गरिसक्‍नुभएपछि, पहिले नै छैटौं दिन भइसकेको थियो। उहाँले सबै कुरा सृष्टि गरी सकिञ्‍जेलसम्‍म पाँचौं दिन भइसकेको थियो भने, उहाँले छैटौं दिनलाई पवित्र दिन भनी भन्‍नुहुनेथियो। तैपनि, उहाँले वास्तवमा छैटौं दिनमा सबै थोक सृष्टि गरिसक्‍नुभयो, अनि सातौं दिन पवित्र बन्यो, जसलाई आजको दिनसम्‍म पनि हस्तान्तरण गरिँदै आएको छ। त्यसकारण, उहाँको हालको कार्य पनि यसरी नै गरिन्छ। तिमीहरूका परिस्थितिहरूअनुसार तिमीहरूका खाँचोको निम्ति उहाँले बोल्‍नुहुन्छ र जुटाउनुहुन्छ। अर्थात्, मानिसहरूका परिस्‍थितिअनुसार आत्माले बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ; उहाँले सबैमाथि नजर राख्‍नुहुन्छ र कुनै पनि समयमा र कुनै पनि स्थानमा काम गर्नुहुन्छ। म जे गर्छु, त्यही भन्छु, तिमीहरूलाई दिन्छु, र तिमीहरूलाई प्रदान गर्छु, त्यो तिमीहरूलाई चाहिने त्यो नै हो भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ, मेरो कुनै पनि काम वास्तविकताबाट अलग छैन; यो सबै व्यावहारिक छ, किनभने “परमेश्‍वरका आत्माले सबैमाथि नजर राख्‍नुहुन्छ” भन्‍ने तिमीहरू सबैलाई थाहा छ। यदि यी सबै कुराको निर्णय पहिले नै गरिएको थियो भने, के यो अति स्पष्ट हुनेथिएन र? यो परमेश्‍वरले सम्पूर्ण छ सहस्राब्दीको लागि योजना बनाएर मानवजातिलाई विद्रोही, विरोधी, बेइमान र धोकेबाज बन्‍ने, र देहको भ्रष्टता, शैतानिक स्वभाव, आँखाको अभिलाषा, र व्यक्तिगत लुप्तता बोक्‍ने तुल्याउनुभयो भनेर तँ विचार गर्छस्। तीमध्ये कुनैलाई पनि परमेश्‍वरले पहिलेबाटै नियुक्त गर्नुभएको थिएन, तर यी सबै शैतानको भ्रष्टताको परिणामस्वरूप भए। कसैले यसो भन्‍न सक्छ, “के शैतान पनि परमेश्‍वरकै पकडमा थिएन र? शैतानले मानिसलाई यसरी भ्रष्ट तुल्याउनेछ, र त्यसपछि परमेश्‍वरले मानिसको बीचमा आफ्‍नो काम गर्नुहुनेछ भनेर परमेश्‍वरले पहिलेबाटै निर्धारित गर्नुभएको थियो।” के शैतानले मानवजातिलाई भ्रष्ट तुल्याओस् भनेर परमेश्‍वरले वास्तवमा पहिले नै निर्धारण गर्नुहुनेथियो र? परमेश्‍वरले मानवजातिलाई सामान्य रूपमा जिउन दिने मात्रै उत्कट इच्‍छा गर्नुहुन्छ, त्यसकारण के उहाँले तिनीहरूको जीवनमा वास्तवमा नै बाधा दिनुहुनेथियो र? यदि त्यसो हो भने, शैतानलाई हराउने र मानवजातिलाई मुक्त गर्ने कार्य बेकामको प्रयास हुनेथिएन र? मानवजातिको विद्रोहीपनलाई कसरी पहिलेबाटै निर्धारित गर्न सकिने थियो र? यो, शैतानको बाधाद्वारा घटेको घटना हो, त्यसकारण के यसलाई परमेश्‍वरले पहिलेबाट नै निर्धारित गर्नुभएको हुन सक्थ्यो र? शैतान परमेश्‍वरको पकडमा छ भनेर तिमीहरू जे विचार गर्छौ, त्यो कुरा शैतान परमेश्‍वरको पकडमा छ भनेर मैले विचार गर्नेभन्दा अत्यन्तै फरक छ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने तिमीहरूको अभिव्यक्तिअनुसार त शैतानले उहाँलाई कहिल्यै धोका नै दिन सक्दैनथियो। के तैँले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भनिनस् र? तिमीहरूको ज्ञान अत्यन्तै अमूर्त छ, र वास्तविकताभन्दा बाहिर छ; मानिसले परमेश्‍वरका सोचाइहरूलाई कहिल्यै बुझ्‍न सक्दैन, न त उहाँको बुद्धिलाई नै कहिल्यै बुझ्‍न सक्छ! परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ; यो झूट हुँदै-होइन। प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो किनभने परमेश्‍वरले सुरुमा त्यसलाई केही अख्तियार दिनुभएको थियो। अवश्य नै, जसरी हव्‍वा सर्पको परीक्षाको सिकार बनिन् त्यसरी नै यो पनि एउटा अनपेक्षित घटना थियो। तैपनि, शैतानले त्यसको धोकालाई जसरी अघि बढाए पनि, त्यो अझै पनि परमेश्‍वर जत्तिको शक्तिशाली हुँदैन। तिमीहरूले भनेझैँ, शैतान बलवान् मात्रै छ; त्यसले जेसुकै गरे तापनि, त्यसलाई परमेश्‍वरको अख्तियारले सधैँ जित्‍नेछ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने भनाइको पछाडि रहेको साँचो अर्थ यही नै हो। त्यसकारण, शैतानसँगको युद्धलाई एक-एक चरण गरी अघि बढाइनुपर्छ। यसको साथै, शैतानका चालहरूको प्रतिक्रिया स्वरूप, परमेश्‍वरले आफ्‍नो कामको योजना गर्नुहुन्छ—अर्थात्, उहाँले मानवजातिकहाँ मुक्ति ल्याउनुहुन्छ अनि युगलाई उपयुक्त हुने गरी आफ्नो सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट गर्नुहुन्छ। त्यसरी नै, अनुग्रहको युगभन्दा पहिले, प्रारम्‍भतिर नै आखिरी दिनहरूको कामलाई पूर्वनिर्धारण गरिएन; यसरी पूर्वनिर्धारणको काम सुव्यवस्थित रूपमा गरिँदैन: पहिलो, मानिसको बाहिरी स्वभाव परिवर्तन गर्नु; दोस्रो, मानिसलाई उहाँको सजाय दिनु र परीक्षाहरू गर्नु; तेस्रो, मानिसलाई मृत्युको परीक्षा पार गर्न लगाउनु; चौथो, मानिसलाई प्रेमिलो परमेश्‍वरको समय अनुभव गर्न र सृष्टि गरिएको प्राणीको सङ्कल्प व्यक्त गर्न दिनु; पाँचौं, मानिसलाई परमेश्‍वरका अभिप्राय देख्‍ने र उहाँलाई पूर्ण रूपमा चिन्‍ने तुल्याउनु, अनि अन्तिममा मानिसलाई पूर्ण तुल्याउनु। उहाँले यी सबै कुराको योजना अनुग्रहको युगको अवधिमा गर्नुभएन; बरु, उहाँले वर्तमान युगमा नै तिनको योजना बनाउन थाल्‍नुभयो। जसरी परमेश्‍वर काममा हुनुहुन्छ, त्यसरी नै शैतान पनि काममा नै छ। शैतानले त्यसको भ्रष्ट स्वभाव व्यक्त गर्छ, तर परमेश्‍वरले सीधा रूपमा बोल्‍नुहुन्छ अनि अत्यावश्यक कुराहरू प्रकट गर्नुहुन्छ। आज गरिने काम यही नै हो, र संसारको सृष्टिपछि, धेरै पहिले प्रयोग गरिएको काम गर्ने सिद्धान्त यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५०

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो; त्यसको शरीरमा विष थियो, जसको फाइदा लिन शैतानले त्यसको प्रयोग गर्‍यो। हव्‍वालाई पाप गर्न लगाउन परीक्षा गर्ने सर्प नै थियो। हव्‍वापछि आदमले पाप गरे, र त्यसपछि तिनीहरू दुवैले असल र खराब छुट्याउन सके। यदि सर्पले हव्‍वालाई परीक्षा गर्ने थियो र हव्‍वाले आदमलाई परीक्षा गर्ने थियो भन्‍ने यहोवालाई थाहा थियो भने, किन उहाँले तिनीहरू सबैलाई बगैँचाभित्रै राख्‍नुभयो? यदि उहाँले यी कुराबारे पूर्वानुमान गर्न सक्‍नुभएको थियो भने, उहाँले किन सर्पलाई सृष्टि गरेर अदनको बगैँचामा राख्‍नुभयो? किन अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूखको फल थियो? के तिनीहरूले खाऊन् भन्‍ने आसय उहाँको थियो? जब यहोवा आउनुभयो, न त आदमले न त हव्‍वाले उहाँको सामना गर्न सके, अनि तिनीहरू असल र खराबको ज्ञान दिने रूखको फल खाएर सर्पको छलको सिकार बनेका छन् भन्‍ने कुरा यहोवाले त्यसपछि मात्रै थाहा पाउनुभयो। आखिरमा, उहाँले सर्पलाई श्राप दिनुभयो, अनि उहाँले आदम र हव्‍वा दुवैलाई पनि श्राप दिनुभयो। ती दुईले रूखको फल खाँदै छन् भन्‍ने कुरा यहोवालाई थाहा थिएन। मानवजाति दुष्ट र यौनजन्य रूपमा छाडा बन्‍ने हदसम्म भ्रष्ट भए, र तिनीहरूको हृदयमा बास गर्ने सबै कुरा दुष्ट र अधर्मी मात्रै थिए; यी सबै फोहोर थिए। त्यसकारण, मानवजातिलाई सृष्टि गरेकोमा यहोवा पछुताउनुभयो। त्यसपछि, उहाँले संसारलाई जल-प्रलयद्वारा नष्ट गर्ने कार्य अघि बढाउनुभयो, जसमा नोआ र उनका छोराहरू बाँचे। कतिपय कुराहरू वास्तवमा मानिसहरूले कल्‍पना गरे जत्तिको बृहत् र अलौकिक हुँदैनन्। कतिले सोध्छन्, “प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिनेछ भन्‍ने परमेश्‍वरले जान्‍नुहुन्थ्यो भने, उहाँले त्यसलाई किन सृष्टि गर्नुभयो?” ती तथ्यहरू यसप्रकार छन्: पृथ्वी अस्तित्वमा हुनुभन्दा पहिले, त्यो प्रधान स्‍वर्गदूत स्वर्गका स्वर्गदूतहरूमध्ये सबैभन्दा महान् थियो। स्वर्गका सारा स्वर्गदूतहरूमाथि त्यसको क्षेत्राधिकार थियो; परमेश्‍वरले त्यसलाई प्रदान गर्नुभएको अख्तियार यही नै थियो। परमेश्‍वरबाहेक, स्वर्गका स्वर्गदूतहरूमध्ये त्यो नै सबैभन्दा महान् थियो। पछि, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, तल पृथ्वीमा त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरविरुद्ध अझै ठूलो धोकाधडी गर्‍यो। म त भन्छु, त्यसले मानवजातिलाई व्यवस्थापन गर्न र परमेश्‍वरको अख्तियार नाघ्‍न चाहेकोले परमेश्‍वरलाई धोका दियो। हव्‍वालाई परीक्षा गरी पाप गर्न लगाउने त्यही प्रधान स्‍वर्गदूत थियो, र त्यसले त्यसो गर्‍यो किनभने त्यो, पृथ्वीमा आफ्‍नो राज्य स्थापना गर्न र मानिसहरूले परमेश्‍वरलाई धोका दिएर उहाँको सट्टा उसको आज्ञापालन गर्ने तुल्याउन चाहन्थ्यो। धेरै कुराहरूले त्यसको आज्ञापालन गर्न सक्छन्—पृथ्वीका मानिसहरूले जस्तै स्वर्गदूतहरूले पनि त्यसो गर्न सक्छन् भन्‍ने त्यस प्रधान स्‍वर्गदूतले देख्यो। आदम र हव्‍वाले त्यस प्रधान स्‍वर्गदूतको आज्ञा पालन गरेको बेला, चराचुरुङ्गी र वनपशुहरू, रूखहरू, जङ्गलहरू, पहाड-पर्वत, खोलानाला, र पृथ्वीमा भएका सबै कुरा मानवजाति अर्थात् आदम र हव्‍वाको हेरचाहमा थियो। त्यसकारण, त्यस प्रधान स्‍वर्गदूतले परमेश्‍वरको अख्तियार नाघ्‍ने र परमेश्‍वरलाई विश्वासघात गर्ने इच्‍छा गर्‍यो। त्यसपछि, त्यसले धेरै स्वर्गदूतहरूलाई परमेश्‍वरलाई विश्वासघात गर्न बहकायो, जो पछि विभिन्‍न प्रकारका अशुद्ध आत्‍माहरू बने। के आजसम्‍मको मानवजातिको विकास प्रधान स्‍वर्गदूतको भ्रष्टताले नै पैदा गरेको होइन र? मानवजाति आज जस्तो छ त्यो प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई विश्वासघात गरेर मानवजातिलाई भ्रष्ट तुल्याएको कारणले गर्दा नै हो। यो चरणबद्ध कार्य मानिसहरूले कल्‍पना गरेजस्तो अमूर्त र सरल छँदै-छैन। शैतानले कुनै कारणले धोका दियो, तैपनि त्यति सरल तथ्यलाई बुझ्‍न मानिसहरू असमर्थ छन्। स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने परमेश्‍वरले किन शैतानलाई पनि सृष्टि गर्नुभयो? परमेश्‍वरले शैतानलाई अत्यन्तै धेरै घृणा गर्नुहुन्छ, र शैतान उहाँको शत्रु हो, त्यसो हुँदा-हुँदै पनि किन उहाँले शैतानलाई सृष्टि गर्नुभयो? शैतानको सृष्टि गरेर, के उहाँले शत्रुको सृष्टि गर्दै हुनुहुन्‍नथियो र? परमेश्‍वरले वास्तवमा शत्रुको सृष्टि गर्नुभएको थिएन; बरु, स्वर्गदूत सृष्टि गर्नुभएको थियो, र पछि त्यो स्वर्गदूतले उहाँलाई धोका दियो। त्यसको हैसियत वृद्धि भएर यति महान् भयो कि त्यसले परमेश्‍वरलाई नै धोका दिन चाह्यो। यो संयोग थियो भनेर भन्‍न सकिन्छ, तर यो एउटा अपरिहार्य कुरा पनि थियो। कुनै व्यक्ति निश्‍चित बिन्दुसम्‍म परिपक्‍व भइसकेपछि कसरी आखिरमा मर्छ यो त्यस्तै छ; कामकुराहरू विकास हुँदै त्यो चरणमा पुगे। कतिपय विवेकहीन मूर्खहरू भन्छन्, “शैतान तपाईंको शत्रु हो भने, तपाईंले किन त्यसको सृष्टि गर्नुभयो? त्यस प्रधान स्‍वर्गदूतले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई थाहा थिएन र? के तपाईंले अनन्तदेखि अनन्तसम्‍म देख्‍न सक्‍नुहुन्‍न र? के तपाईंलाई त्यस प्रधान स्‍वर्गदूतको स्वभाव थाहा थिएन र? त्यसले तपाईंलाई धोका दिनेछ भन्‍ने तपाईंलाई स्पष्ट रूपमा थाहा हुँदाहुँदै, तपाईंले किन त्यसलाई प्रधान स्‍वर्गदूत बनाउनुभयो? त्यसले तपाईंलाई धोका मात्रै दिएन, तर त्यसले आफूसँग अरू धेरै स्वर्गदूतहरूलाई लिएर मरणशीलहरूको संसारमा मानवजातिलाई भ्रष्ट तुल्याउन ओर्ल्यो, तैपनि आजको दिनसम्‍मै, तपाईंले अझै आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजना पूरा गर्न सक्‍नुभएको छैन।” के यी शब्‍दहरू सही छन् त? जब तँ यसरी विचार गर्छस्, के तैँले आफैलाई आवश्यकताभन्दा बढी समस्याबाट गुजारिरहेको हुँदैनस् र? अरू यसो भन्‍नेहरू पनि छन्, “आजको दिनसम्‍मै शैतानले मानवजातिलाई भ्रष्ट नतुल्याएको भए, परमेश्‍वरले मानवजातिलाई यसरी मुक्तिमा ल्याउनुहुने थिएन। तसर्थ, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता अदृश्य हुनेथियो; उहाँको बुद्धि कहाँ प्रकट गरिनेथियो र? त्यसकारण, परमेश्‍वरले मानवजातिलाई शैतानको लागि सृष्टि गर्नुभयो ताकि उहाँले पछि आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न सकून्—अन्यथा, मानिसले कसरी परमेश्‍वरको बुद्धि पत्ता लगाउन सक्थ्यो र? यदि मानिसले परमेश्‍वरको विरोध नगरेको भए वा उहाँ विरुद्ध विद्रोह नगरेको भए, उहाँका कार्यहरू प्रकट गर्नु आवश्यक नै हुने थिएन। यदि सृष्टि गरिएका सबै प्राणीहरू उहाँको आराधना गर्थे र उहाँमा समर्पित हुन्थे भने, परमेश्‍वरसँग कुनै काम नै हुनेथिएन।” यो त झन् वास्तविकताभन्दा अझै परको कुरा हो, किनभने परमेश्‍वरमा केही पनि अशुद्धता छैन, त्यसकारण उहाँले अशुद्धताको सृष्टि गर्न सक्‍नुहुन्‍न। उहाँले अहिले आफ्‍नो शत्रुलाई जित्‍न, आफूले सृष्टि गर्नुभएका मानिसहरूलाई मुक्त गर्न, अनि उहाँलाई घृणा गर्ने, धोका दिने, र विरोध गर्ने, अनि प्रारम्‍भमा उहाँको प्रभुत्वमा र उहाँको स्वामित्वमा रहेका भूतात्‍माहरू र शैतानलाई जित्‍नको लागि मात्रै आफ्‍ना कार्यहरू प्रकट गर्नुहुन्छ। परमेश्‍वरले यी भूतात्‍माहरूलाई हराउन र त्यस क्रममा, उहाँको सर्वशक्तिमान्‌ता सबै थोकलाई प्रकट गर्न चाहनुहुन्छ। मानवजाति र पृथ्वीमा भएका सबै कुरा अहिले शैतानको सत्तामा र दुष्टहरूको सत्ताको अधीनमा छन्। मानिसहरूले उहाँलाई चिन्‍न सकून् भनेर परमेश्‍वरले सबै कुरालाई आफ्‍ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ, र त्यसद्वारा शैतानलाई हराउन र उहाँका शत्रुहरूलाई पूर्ण रूपमा जित्‍न चाहनुहुन्छ। यो कार्यको पूर्णतालाई उहाँका कार्यहरूको प्रकटद्वारा पूरा गरिन्छ। सृष्टि गरिएका उहाँका सबै प्राणीहरू शैतानको सत्ताअन्तर्गत् छन्, त्यसकारण परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो सर्वशक्तिमान्‌ता प्रकट गर्न चाहनुहुन्छ, जसद्वारा शैतानलाई हराउन चाहनुहुन्छ। यदि शैतान नै हुँदैनथियो भने, उहाँले आफ्‍ना कार्यहरू प्रकट गर्नु आवश्यक हुनेथिएन। शैतानले बाधा नपुऱ्याएको भए, परमेश्‍वरले मानवजातिलाई सृष्टि गरेर तिनीहरूलाई अदनको बगैँचामा नै जिउन अगुवाइ गर्नुहुनेथियो। शैतानले धोका दिनुभन्दा पहिले, किन परमेश्‍वरले स्वर्गदूतहरूलाई वा प्रधान स्‍वर्गदूतलाई आफ्‍ना कार्यहरू कहिल्यै प्रकट गर्नुभएन? यदि प्रारम्‍भमा, सबै स्वर्गदूतहरू र प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई चिनेको र त्यो उहाँमा समर्पित भएको भए, परमेश्‍वरले ती अर्थहीन कार्यहरू गर्नुहुनेथिएन। शैतान र भूतात्‍माहरूको अस्तित्वको कारणले, मानिसहरूले पनि परमेश्‍वरको विरोध गरेका छन्, र तिनीहरू विद्रोही स्वभावले भरिएका छन्। त्यसकारण, परमेश्‍वर आफ्ना कार्यहरू प्रकट गर्न चाहनुहुन्छ। उहाँले शैतानसँग युद्ध गर्न चाहनुहुने भएकाले, त्यसलाई हराउन उहाँले आफ्ना अख्‍तियार र सबै कार्यहरू प्रयोग गर्नुपर्छ; यसरी उहाँले मानिसहरूबीच गर्नुहुने मुक्तिको कामले तिनीहरूलाई उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता देख्‍ने तुल्याउनेछ। आज परमेश्‍वरले गर्दैगर्नुभएको काम अर्थपूर्ण छ, र कतिपय मानिसहरूले यसो भन्‍ने क्रममा जे भन्छन् त्यससँग त्यसले कुनै पनि हालतमा मेल खाँदैन, “के तपाईंले गर्नुहुने काम विरोधाभासपूर्ण छैन र? के कामको यो चरण तपाईंको आफ्‍नै लागि बाधा पैदा गर्ने अभ्यास मात्रै होइन र? तपाईंले शैतानको सृष्टि गर्नुभयो, र त्यसपछि तपाईंलाई धोका दिन र विरोध गर्न त्यसलाई अनुमति दिनुभयो। तपाईंले मानव सृष्टि गर्नुभयो, त्यसपछि आदम र हव्‍वालाई परीक्षामा पर्न दिँदै तिनीहरूलाई शैतानको हातमा सुम्‍पनुभयो। तपाईंले यी सबै कुरा उद्देश्य राखेर नै गर्नुभयो भने, किन अझै पनि मानवजातिलाई घृणा नै गर्नुहुन्छ? तपाईंले किन शैतानलाई घृणा गर्नुहुन्छ? के यी सबै तपाईंले नै बनाउनुभएको होइन र? तपाईंले घृणा गर्नुपर्ने के कारण छ र?” कतिपय मूर्ख मानिसहरूले मात्रै त्यस्ता कुराहरू भन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्‍छा गर्छन्, तर भित्र गहिराइमा, परमेश्‍वरबारे गुनासो गर्छन्। कस्तो विरोधाभास! तैँले सत्यतालाई बुझ्दैनस्, तँसँग अत्यन्तै धेरै अलौकिक विचारहरू छन्, अनि परमेश्‍वरले गल्ती गर्नुभयो भनेर समेत तँ दाबी गर्छस्—तँ कति मूर्ख छस्! सत्यतासँग खेलबाड गर्ने तँ नै होस्; परमेश्‍वरले गल्ती गर्नुभएको होइन! कतिपय मानिसहरू घरीघरी गुनासो समेत गर्छन्, “शैतानलाई सृष्टि गर्ने तपाईं नै हुनुहुन्छ, अनि त्यसलाई मानिसहरूमाझ झार्ने र तिनीहरूलाई त्यसको हातमा सुम्पने तपाईं नै हुनुहुन्छ। मानिसहरूले शैतानी स्वभाव प्राप्त गरेपछि, तपाईंले तिनीहरूलाई क्षमा दिनुभएन; त्यसको विपरीत, तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म घृणा गर्नुभयो। सुरुमा तपाईंले तिनीहरूलाई निश्‍चित हदसम्‍म प्रेम गर्नुभयो, तर अहिले तपाईं तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। मानवजातिलाई घृणा गर्ने तपाईं नै हुनुहुन्छ, तैपनि मानवजातिलाई प्रेम गर्ने पनि तपाईं नै हुनुहुन्छ। वास्तवमा यहाँ के भइरहेको छ? के यो विरोधाभास होइन र?” तिमीहरूले यसलाई जसरी हेरे तापनि, स्वर्गमा यही भएको हो; यसरी नै प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो र मानवजाति भ्रष्ट भयो, अनि मानवजाति आजसम्‍म पनि यस्तै छ। तिमीहरूले यसलाई जसरी बताए पनि, सम्पूर्ण कथा त्यही नै हो। तैपनि, परमेश्‍वरले आज गरिरहनुभएको यो कामको पछाडि रहेको सम्पूर्ण उद्देश्य भनेको तिमीहरूलाई मुक्त गर्नु र शैतानलाई पराजित गर्नु हो भन्‍ने तिमीहरूले बुझ्‍नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५१

परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त गर्छ र परमेश्‍वरको कार्यमा बाधा दिन्छ। अर्कोतर्फ, मानवजातिको मुक्ति नै परमेश्‍वरको कार्य हो। परमेश्‍वरको कामको कुन चरण मानवजातिलाई मुक्त गर्नको लागि होइन? कुन चरण मानवजातिलाई धुनको लागि, र तिनीहरूलाई धर्मी रूपमा व्यवहार गर्ने र प्रेम गर्न सकिनेहरूको प्रतिरूपमा जिउने तुल्याउनको लागि होइन? तैपनि, शैतानले यसो गर्दैन। त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउँछ; त्यसले मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसको काम सम्पूर्ण ब्रह्माण्डभरि नै निरन्तर रूपमा जारी राख्छ। अवश्‍य नै, परमेश्‍वरले पनि शैतानलाई कुनै ध्यान नै नदिइकन आफ्‍नो काम गर्नुहुन्छ। शैतानसँग जति नै धेरै अख्‍तियार भए तापनि, त्यो अख्तियार परमेश्‍वरले नै त्यसलाई दिनुभएको थियो; परमेश्‍वरले आफ्‍नो सम्पूर्ण अख्तियार त्यसलाई दिनुभएन, त्यसकारण शैतानले जेसुकै गरे तापनि, त्यसले परमेश्‍वरलाई कहिल्यै उछिन्न सक्दैन र त्यो सधैँ नै परमेश्‍वरको पकडभित्रै हुनेछ। स्वर्गमा हुँदा परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य प्रकट गर्नुभएन। उहाँले शैतानलाई अख्तियारको सानो भाग मात्रै दिएर अरू स्वर्गदूतहरूमाथि नियन्त्रण अभ्यास गर्न दिनुभयो। त्यसकारण, शैतानले जेसुकै गरे तापनि, परमेश्‍वरको अख्‍तियारलाई उछिन्न सक्दैन, किनभने परमेश्‍वरले त्यसलाई सुरुमा दिनुभएको अख्तियार सीमित छ। परमेश्‍वरले काम गर्नुहुँदा, शैतानले बाधा दिन्छ। आखिरी दिनहरूमा, त्यसका बाधाहरू समाप्त हुनेछन्; त्यसरी नै, परमेश्‍वरको कार्य पनि समाप्त हुनेछ, अनि परमेश्‍वरले जुन प्रकारका मानिसहरूलाई पूर्ण बनाउन चाहनुहुन्छ तिनीहरू पनि पूर्ण हुनेछन्। परमेश्‍वरले मानिसहरूलाई सकारात्मक रूपमा निर्देशित गर्नुहुन्छ; उहाँको जीवन जिउँदो पानी हो, जुन नाप्‍न नसकिने र सीमारहित छ। शैतानले मानिसलाई निश्‍चित हदसम्‍म भ्रष्ट तुल्याएको छ; अन्त्यमा, जीवनको जिउँदो पानीले मानिसलाई पूर्ण बनाउनेछ, अनि हस्तक्षेप गर्नु र त्यसको काम गर्नु शैतानको लागि असम्‍भव हुनेछ। यसरी, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुनेछ। अहिले समेत, शैतानले यो स्वीकार गर्न मान्दैन; त्यसले निरन्तर रूपमा आफैलाई परमेश्‍वर विरुद्धमा खडा गर्छ, तर उहाँले त्यसलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले भन्‍नुभएको छ, “शैतानका सारा अन्धकारका शक्तिहरू र सारा अन्धकारका प्रभावहरूमाथि म विजय हुनेछु।” अहिले देहमा गरिनुपर्ने काम यही नै हो, र देह बन्‍ने कार्यलाई महत्त्वपूर्ण तुल्याउने पनि यही नै हो: अर्थात्, आखिरी दिनहरूमा शैतानलाई हराउने कामको चरण पूरा गर्नु, अनि शैतानको स्वामित्वमा रहेका सबै कुरालाई हटाउनु। शैतानमाथिको परमेश्‍वरको विजय अपरिहार्य छ! वास्तवमा, शैतान धेरै पहिले नै असफल भइसक्यो। जब ठूलो रातो अजिङ्गरको देशभरि सुसमाचार फैलन सुरु भयो—अर्थात्, जब देहधारी परमेश्‍वरले आफ्‍नो काम सुरु गर्नुभयो र यो काम अघि बढ्यो—तब शैतान पूर्ण रूपमा पराजित भयो, किनभने देहधारणको खास उद्देश्य नै शैतानलाई जित्‍नु थियो। परमेश्‍वर फेरि पनि देह बन्‍नुभएको छ र कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने आफ्‍नो काम उहाँले सुरु गर्नुभएको छ भन्‍ने थाहा पाउनेबित्तिकै, शैतान यो कामको अघि अक्क न बक्क बन्यो, अनि थप कुनै पनि दुष्कर्म गर्ने आँट गरेन। सुरुमा शैतानले पनि प्रशस्तै बुद्धि प्राप्त गरेको छु भन्‍ने ठान्यो, अनि त्यसले परमेश्‍वरको कार्यमा अवरोध र बाधा पुऱ्यायो; तैपनि, परमेश्‍वर फेरि देह बन्‍नुहुनेछ, वा परमेश्‍वरले आफ्नो काममा शैतानको विद्रोहीपनलाई मानवजातिको लागि प्रकाश र न्यायको रूपमा प्रयोग गर्नुहुनेछ, जसद्वारा उहाँले मानिसहरूलाई विजय गर्नुहुनेछ र शैतानलाई हराउनुहुनेछ भन्‍ने अपेक्षा त्यसले गरेको थिएन। परमेश्‍वर शैतानभन्दा बुद्धिमानी हुनुहुन्छ, र उहाँको कामले त्यसलाई अत्यन्तै बढी मात्रामा उछिन्छ। त्यसकारण, मैले यसभन्दा अघि उल्‍लेख गरेझैँ, “मैले गर्ने काम शैतानका चालहरूको प्रतिक्रियामा गरिन्छ; अन्त्यमा, म मेरो सर्वशक्तिमान्‌ता र शैतानको शक्तिहीनतालाई प्रकट गर्नेछु।” परमेश्‍वरले अग्रस्थानमा आफ्‍नो काम गर्नुहुन्छ, तर आखिरमा, नष्ट भइञ्‍जेलसम्‍म शैतान पछि-पछि दगुर्छ—त्यसलाई केले प्रहार गर्‍यो त्यो पनि त्यसलाई थाहा हुनेछैन! त्यसलाई पहिले नै प्रहार गरेर चकनाचूर पारिसकिएपछि मात्रै त्यसले सत्यतालाई महसुस गर्नेछ, र त्यस बेलासम्‍म, त्यो पहिले नै आगोको कुण्डमा परिसकेको हुनेछ। के त्यसबेला शैतान पूर्ण रूपमा विश्‍वस्त हुनेछैन र? किनभने त्यसपछि त्योसँग प्रयोग गर्ने कुनै पनि युक्ति हुनेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५२

मानिसको बीचमा परमेश्‍वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिस नै यो कामको लक्ष्य र परमेश्‍वरले बनाउनुभएको एउटै मात्र प्राणी हो, जसले परमेश्‍वरको साक्षी दिन सक्छ। मानिसको जीवन र मानिसका सबै क्रियाकलापहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन र यी सबै परमेश्‍वरका हातद्वारा नियन्त्रित छन् र कुनै पनि व्यक्ति परमेश्‍वरबाट स्वतन्त्र रहेर अस्तित्वमा रहन सक्दैन भनेर समेत भन्‍न सकिन्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने यो एउटा तथ्य हो। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको फाइदाको लागि हुन् र यी शैतानका युक्तिहरूका विरुद्ध निर्देशित छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरबाट आउँछन् र मानिसको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ। तसर्थ, मानिस परमेश्‍वरबाट अलग हुनै सक्दैन। यसको साथै, मानिसबाट अलग हुने परमेश्‍वरको कुनै अभिप्राय कहिल्यै रहेको छैन। परमेश्‍वरले गर्नुहुने काम सारा मानवजातिको खातिर हो र उहाँका विचारहरू सँधै दयालु छन्। त्यसो भए, मानिसको लागि परमेश्‍वरको काम र परमेश्‍वरका विचारहरू (अर्थात् परमेश्‍वरका अभिप्राय) दुवै नै मानिसले जान्‍नुपर्ने “दर्शनहरू” हुन्। त्यस्ता दर्शनहरू परमेश्‍वरको व्यवस्थापन, र मानिसले गर्न नसक्ने काम पनि हुन्। यसबीच, आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई गर्ने मागहरूलाईमानिसको “अभ्यास” भनिन्छ। दर्शनहरू परमेश्‍वर स्वयमका काम हुन् वा ती मानवजातिप्रतिको उहाँका अभिप्राय वा उहाँको कामका उद्देश्यहरू र महत्त्व हुन्। दर्शनहरूलाई व्यवस्थापनको भाग पनि भन्‍न सकिन्छ, किनभने यो व्यवस्थापन परमेश्‍वरको काम हो र यो मानिसप्रति निर्देशित छ, जसको अर्थ यो, परमेश्‍वरले मानिसको बीचमा गर्नुहुने काम हो भन्‍ने हुन्छ। यो काम त्यो प्रमाण र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्छ र यो, मानिसको लागि सबैभन्दा धेरै महत्त्वको छ। यदि मानिसहरूले परमेश्‍वरको कार्यको ज्ञानमा ध्यान दिनुको सट्टा, परमेश्‍वरमाथिको विश्‍वासका धर्मसिद्धान्तहरू वा सानातिना महत्त्वहीन विवरणहरूमा मात्रै ध्यान दिन्छन् भने, तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेछैनन् र यसको साथै, तिनीहरू परमेश्‍वरका अभिप्रायअनुरूप हुनेछैनन्। परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको लागि अत्यन्तै उपयोगी परमेश्‍वरको कामलाई दर्शनहरू भनिन्छ। परमेश्‍वरको काम, परमेश्‍वरका अभिप्राय र परमेश्‍वरको कामका लक्ष्‍यहरू र महत्त्व नै यी दर्शनहरू हुन्; ती सबै मानिसको लागि लाभदायक छन्। अभ्यासले मानिसद्वारा गरिनुपर्ने, परमेश्‍वरलाई पछ्याउने सृष्टि गरिएका प्राणीहरूद्वारा गरिनुपर्ने कुरालाई जनाउँछ र यो मानिसको कर्तव्य पनि हो। मानिसले के गर्नुपर्छ भन्‍ने कुरा मानिसले सुरुदेखि नै बुझेको कुरा होइन तर आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई दिनुभएका मागहरू नै हुन्। परमेश्‍वरले कार्य गर्ने क्रममा यी मागहरू क्रमिक रूपमा अझै गहन र अझै उच्‍च बन्छन्। उदाहरणको लागि, व्यवस्थाको युगमा मानिसले व्यवस्थालाई पछ्याउनुपर्थ्यो र अनुग्रहको युगमा मानिसले क्रूसलाई बोक्‍नुपर्थ्यो। राज्यको युग फरक छ: मानिसलाई दिइएका मागहरू व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा उच्‍च छन्। दर्शनहरू जति उच्‍च हुँदै जान्छन्, मानिसलाई दिइएका मागहरू त्यति नै उच्‍च हुँदै जान्छन् र अझै स्पष्ट र अझै व्यावहारिक हुँदै जान्छन्। त्यसरी नै, दर्शनहरू पनि बढ्दो रूपमा व्यावहारिक हुँदै जान्छन्। यी धेरै वास्तविक दर्शनहरू परमेश्‍वरप्रतिको मानिसको समर्पणसँग मात्रै अनुकूल छैनन् तर परमेश्‍वरसम्‍बन्धी उसको ज्ञानसँग अझै अनुकूल छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५३

अघिल्‍ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्‍वरको काम अझ बढी वास्तविक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी निर्देशित र उहाँलाई पछ्याउनेहरू सबैका खातिर परमेश्‍वर स्वयमको साक्षी दिन अझै बढी सक्षम छ। अर्थात, राज्यको युगको अवधिमा उहाँले काम गर्ने क्रममा, परमेश्‍वरले आफैलाई मानिसकहाँ विगतको कुनै पनि समयमा भन्दा बढी प्रकट गर्नुहुन्छ, जसको अर्थ मानिसले जान्‍नुपर्ने दर्शनहरू कुनै पनि अघिल्‍लो युगको भन्दा उच्‍च छन् भन्‍ने हुन्छ। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको हुनाले, राज्यको युगको अवधिमा मानिसले जानेका दर्शनहरू सम्पूर्ण व्यवस्थापनको कार्यभरिमा नै सबैभन्दा उच्‍च छन्। परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ र त्यसैले मानिसले जान्‍नुपर्ने दर्शनहरू सम्पूर्ण दर्शनहरूमा सबैभन्दा उच्‍च बनेका छन् र यसको परिणामस्वरूप मानिसले गर्ने अभ्यास पनि अघिल्‍लो जुनसुकै युगको भन्दा उच्‍च छ, किनभने मानिसको अभ्यास दर्शनहरूसँगै परिवर्तन हुन्छ र दर्शनहरूको सिद्धता मानिसलाई दिइएका मागहरूको सिद्धताको पनि सङ्केत हो। परमेश्‍वरका सबै व्यवस्थापन रोकिनेबित्तिकै, मानिसको अभ्यास पनि रोकिन्छ र परमेश्‍वरको कामविना, विगत समयका धर्मसिद्धान्तलाई पालन गर्नेबाहेक मानिससँग अरू कुनै विकल्‍प रहनेछैन, अन्यथा फर्कने ठाउँ कहीँ पनि हुनेछैन। नयाँ दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै नयाँ अभ्यास हुनेछैन; पूर्ण दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै सिद्ध अभ्यास हुनेछैन; उच्‍च दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै उच्‍च अभ्यास हुनेछैन। मानिसको अभ्यास परमेश्‍वरका पाइलाहरूसँगै परिवर्तन हुन्छ अनि सोहीअनुरूप, मानिसका ज्ञान र अनुभव पनि परमेश्‍वरको कार्यसँगै परिवर्तन हुन्छन्। मानिस जति सक्षम भए तापनि, ऊ परमेश्‍वरबाट अलग रहन सक्दैन र यदि परमेश्‍वरले एक क्षणको लागि मात्रै भए पनि काम गर्न छोड्नुभयो भने, मानिस उहाँको क्रोधबाट तुरुन्तै मर्नेथियो। घमण्ड गर्नको लागि मानिससँग केही पनि छैन, किनभने मानिसको ज्ञान आज जति नै उच्‍च किन नहोस्, उसका अनुभवहरू जति नै प्रगाढ किन नहोऊन्, ऊ परमेश्‍वरको कामबाट अलग रहन सक्दैन—किनभने मानिसको अभ्यास र परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा उसले खोज्‍नुपर्ने कुरालाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। परमेश्‍वरको कार्यको हरेक घटनामा, मानिसले जान्‍नुपर्ने दर्शनहरू छन् र यीनै कुराहरूलाई पछ्याउँदै, मानिसलाई उचित मागहरू दिइन्छ। जगको रूपमा रहेका यी दर्शनहरूविना, मानिस अभ्यास गर्न असक्षम हुने थियो, न त ऊ अटल रूपमा परमेश्‍वरलाई पछ्याउन नै सक्षम हुने थियो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन वा परमेश्‍वरका अभिप्राय बुझ्दैन भने, मानिसले गर्ने सबै कुरा व्यर्थ र परमेश्‍वरद्वारा अनुमोदन हुन असक्षम हुन्छ। मानिसका वरदानहरू जति नै प्रशस्त भए पनि, परमेश्‍वरको काम र परमेश्‍वरको अगुवाइबाट ऊ अझै अलग रहन सक्दैन। मानिसका कार्यहरू जति नै असल भए पनि वा मानिसले जति नै कामहरू गरे पनि, तिनले परमेश्‍वरको कार्यलाई अझै प्रतिस्थापन गर्न सक्दैनन्। त्यसैले, कुनै पनि परिस्‍थितिमा मानिसको अभ्यासलाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। नयाँ दर्शनहरूलाई स्वीकार नगर्नेहरूसँग कुनै नयाँ अभ्यास हुँदैन। तिनीहरूको अभ्यासले सत्यतासँग कुनै सम्‍बन्ध राख्दैन किनभने तिनीहरू धर्मसिद्धान्तअनुसार चल्दछन् र तिनीहरूले मृत व्यवस्थालाई छाड्दैनन्; तिनीहरूमा कुनै नयाँ दर्शनहरू हुँदैन, र यसको परिणामस्वरूप, तिनीहरूले नयाँ युगको कुनै पनि कुरालाई अभ्यास गर्दैनन्। तिनीहरूले दर्शनहरूलाई गुमाएका छन् र यस क्रममा तिनीहरूले पवित्र आत्माको कामलाई पनि गुमाएका छन् र तिनीहरूले सत्यतालाई गुमाएका छन्। सत्यताविहीनहरू मूर्खताका सन्तान हुन्, तिनीहरू शैतानका मूर्तरूप हुन्। कुनै व्यक्ति चाहे जस्तोसुकै प्रकारको व्यक्ति होस्, तिनीहरू परमेश्‍वरको कामका दर्शनहरूविहीन हुन सक्दैनन् र पवित्र आत्‍माको उपस्थितिविहीन हुन सक्दैनन्; कुनै व्यक्तिले दर्शनहरूलाई गुमाउनेबित्तिकै, ऊ पातालमा झरिहाल्छ र अन्धकारको बीचमा जिउँछ। दर्शनहरूविनाका मानिसहरू परमेश्‍वरलाई मूर्खतापूर्ण तरिकाले पछ्याउनेहरू हुन्, तिनीहरू त्यस्ता हुन् जसमा पवित्र आत्‍माको काम हुँदैन र तिनीहरू नरकमा जिइरहेका हुन्छन्। त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्दैनन्, बरु परमेश्‍वरको नामलाई साइनबोर्ड जस्तै झुण्ड्याउँछन्। पवित्र आत्माको कामलाई नचिन्‍नेहरू, देहधारी परमेश्‍वरलाई नचिन्‍नेहरू, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्णताका तीन चरणको कार्यलाई नजान्‍नेहरू—तिनीहरूलाई दर्शनहरूबारे थाहा छैन, त्यसैले तिनीहरू सत्यताविहीन छन्। अनि सत्यता नभएकाहरू सबै दुष्ट काम गर्नेहरू होइनन् र? सत्यतालाई अभ्यास गर्न इच्‍छुकहरू, परमेश्‍वरको ज्ञानको खोजी गर्न इच्‍छुकहरू र परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्नेहरू ती मानिसहरू हुन् जसका लागि दर्शनहरूले जगको रूपमा काम गर्छन्। तिनीहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ किनभने तिनीहरूले परमेश्‍वरसँग सहकार्य गर्छन् र मानिसले अभ्यास गर्नुपर्ने सहकार्य यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५४

दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्‍नुपर्ने परमेश्‍वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि दर्शनहरूभित्र समावेश छन्। विगतमा, विभिन्‍न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षबारे मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो र परमेश्‍वरसम्‍बन्धी ज्ञानसँग यसले मुस्किलले सम्‍बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रूसीकरणको दर्शन मात्रै थियो र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रूसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुटकाराको कामभन्दा बढी कुरा मानिसले जान्‍नुहुँदैन भन्‍ने मानिन्थ्यो र अनुग्रहको युगको अवधिमा, मानिसले जान्‍नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्‍वरसम्‍बन्धी थोरै मात्रै ज्ञान थियो र येशूको प्रेम र करुणासम्‍बन्धी ज्ञानबाहेक, उसले अभ्यास गर्नका लागि थोरै सरल र दयनीय कुराहरू अर्थात् आजका कुराहरूभन्दा निकै टाढाका कुराहरू मात्रै थिए। विगतमा, मानिसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्‍वरको कामको व्यवहारिक ज्ञानबारे बताउन ऊ असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्‍ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्‍नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्‍वरले कुनै पनि नयाँ काम गर्नुभएन र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरूबाहेक, येशूको क्रूसीकरणभन्दा अरू कुनै उच्‍च दर्शनहरू थिएनन्। विगतमा, अरू दर्शनहरूबारे कुनै उल्‍लेख गरिएन किनभने परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन, किनभने उहाँले मानिसलाई सीमित मागहरू मात्रै गर्नुभयो। यसरी, मानिसले जेसुकै गरे तापनि, यी सीमाहरूलाई उल्लङ्घन गर्न ऊ असक्षम थियो, जुन सीमाहरू मानिसले अभ्यास गर्नुपर्ने केही सरल र सतही कुराहरूबाहेक केही पनि थिएनन्। आज म अरू दर्शनहरूबारे बताउँछु किनभने आज धेरै काम गरिएको छ, जुन काम व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा धेरै गुणा बढी छ। मानिसलाई दिइएका मागहरू पनि विगतका युगहरूका भन्दा कैयौं गुणा बढी छन्। यदि मानिस त्यस किसिमको कार्यलाई बुझ्‍न पूर्ण रूपमा असमर्थ छ भने, यसमा त्यति ठूलो महत्त्व हुँदैन; यदि मानिसले यसको लागि आफ्‍नो सम्पूर्ण जीवनभरिको प्रयासलाई समर्पित गर्दैन भने, त्यस्ता कार्यलाई पूर्णरूपमा बुझ्‍न उसलाई कठिनाइ हुनेछ भन्‍न सकिन्छ। विजयको काममा, अभ्यासको मार्ग बारे मात्रै कुरा गर्नुले मानिसको विजयलाई असम्‍भव तुल्याउनेथियो। मानिसलाई कुनै पनि मागहरू नदिइकन दर्शनहरूबारे मात्रै कुरा गरियो भने, यसले पनि मानिसको विजयलाई असम्‍भव नै तुल्याउनेथियो। यदि अभ्यासको मार्गबाहेक अरू केहीबारे बोलिएन भने, मानिसको मुख्य कमजोरीलाई प्रहार गर्नु वा मानिसका धारणाहरूलाई तोड्नु असम्‍भव हुनेथियो र मानिसलाई पूर्ण रूपले विजय गर्नु पनि असम्‍भव नै हुनेथियो। मानिसको विजयको मुख्य औजार दर्शनहरू नै हुन्, तैपनि यदि दर्शनहरूबाहेक अभ्यासको कुनै मार्ग थिएन भने, मानिसले पछ्याउनको लागि कुनै बाटो हुने थिएन, उसँग प्रवेशका कुनै माध्यमहरू हुनु त परै जाओस्। सुरुदेखि अन्तिमसम्‍मै परमेश्‍वरको कामको सिद्धान्त यही नै रहेको छ: दर्शनहरूमा ती कुरा छन् जसलाई अभ्यास गर्न सकिन्छ र अभ्यासबाहेक थप रूपमा दर्शनहरू पनि छन्। मानिसको जीवन र उसको स्वभाव दुवैमा हुने परिवर्तनहरूको तह दर्शनहरूको परिवर्तनसँग साथ-साथै रहन्छ। यदि मानिस आफ्‍नै प्रयासहरूमा मात्रै भर पर्नुपरेको थियो भने, उसले कुनै पनि ठूलो तहको परिवर्तन हासिल गर्न असम्‍भव हुनेथियो। दर्शनहरूले परमेश्‍वर स्वयमको काम र परमेश्‍वरको व्यवस्थापनबारे बताउँछन्। अभ्यासले मानिसको अभ्यासको मार्ग र मानिसको अस्तित्वको बाटोलाई जनाउँछ; परमेश्‍वरको सबै व्यवस्थापनमा, दर्शनहरू र अभ्यासबीचको सम्‍बन्ध परमेश्‍वर र मानिसबीचको सम्‍बन्ध हो। यदि दर्शनहरूलाई हटाइयो भने, वा यदि अभ्यासबारे कुरा नगरिकन तिनीबारे बताइयो भने, वा यदि दर्शनहरू मात्रै थिए र मानिसका अभ्यासलाई हटाइएको थियो भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापनको रूपमा लिन सकिँदैन, मानवजातिको लागि परमेश्‍वरको कार्य गरिएको छ भनेर भन्‍न सक्‍ने त परै जाओस्; यसरी, मानिसको कर्तव्यलाई हटाइने मात्रै होइन तर यो परमेश्‍वरको कामको उद्देश्यको पनि इन्कार हुनेथियो। यदि, सुरुदेखि अन्तिमसम्‍मै, परमेश्‍वरको कामको संलग्‍नताविना नै मानिसले अभ्यास मात्रै गर्नु आवश्यक थियो, साथै, मानिसले परमेश्‍वरको कामबारे जान्‍नु आवश्यक थिएन भने, त्यस्तो काम अझै विरलै परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिन्थ्यो। यदि मानिसले परमेश्‍वरलाई चिनेको थिएन र परमेश्‍वरका अभिप्रायबारे अनजान थियो अनि उसले आफ्‍नो अभ्यासलाई अस्पष्ट र अमूर्त रूपमा अन्धाधुन्ध अघि बढाउँथ्यो भने, ऊ कहिल्यै पनि पूर्ण रूपमा योग्य सृष्टि गरिएको प्राणी बन्‍नेथिएन। त्यसकारण, यी दुवै कुरा अपरिहार्य छन्। यदि परमेश्‍वरको काम मात्रै थियो, भन्‍नुको अर्थ यदि दर्शनहरू मात्रै थिए र मानिसद्वारा कुनै सहकार्य वा अभ्यास गरिएको थिएन भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिँदैन। यदि मानिसको अभ्यास र प्रवेश मात्रै थिए भने, मानिस जति उच्‍च मार्गमा प्रवेश गरे तापनि, यो पनि अस्वीकार्य नै हुनेथियो। मानिसको प्रवेश काम र दर्शनहरूसँगै क्रमिक रूपमा परिवर्तन हुनुपर्छ; यो झट्ट परिवर्तन हुन सक्दैन। मानिसको अभ्यासका सिद्धान्तहरू स्वतन्त्र र बन्धनमुक्त छैनन् तर ती निश्‍चित सीमाभित्र तय गरिएका हुन्छन्। त्यस्ता सिद्धान्तहरू कामको दर्शनहरूसँगै परिवर्तन हुन्छन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन आखिरमा परमेश्‍वरको काम र मानिसको अभ्यासमा नै जोडिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५५

मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा सुरुमा, जब स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गरियो, त्यो बेला कुनै व्यवस्थापन थिएन। यदि, परमेश्‍वरको सारा काममा, मानिसको लागि लाभदायक कुनै अभ्यास थिएन भने, अर्थात् भ्रष्ट मानवजातिलाई परमेश्‍वरले उचित मागहरू नदिनुभएको भए (यदि, परमेश्‍वरले गर्नुभएको काममा, मानिसको अभ्यासको लागि कुनै उपयुक्त मार्ग थिएन भने), यो कार्यलाई परमेश्‍वरको व्यवस्थापन भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कार्यको सम्पूर्णतामा भ्रष्ट मानवजातिलाई तिनीहरूले आफ्‍नो अभ्यासलाई कसरी अघि बढाउनुपर्छ भन्‍ने बारेमा बताउने कार्य मात्रै समावेश थियो भने, र परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य-कुशलतालाई अघि नबढाउनुभएको भए, र आफ्‍नो सर्व-शक्ति वा बुद्धिको एउटा भाग पनि प्रदर्शन नगर्नुभएको भए, परमेश्‍वरले मानिसलाई दिनुभएको मागहरू जति उच्‍च भए पनि, मानिसको बीचमा परमेश्‍वर जति लामो समय बस्‍नुभएको भए तापनि, मानिसले परमेश्‍वरको स्वभावको बारेमा केही पनि जान्‍ने थिएन; यदि त्यसो भएको भए, यस प्रकारको कामलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न अझै अयोग्य हुनेथियो। सरल रूपमा भन्दा, परमेश्‍वरको व्यवस्थापनको काम भनेको परमेश्‍वरले गर्नुभएका, साथै परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरूले परमेश्‍वरको अगुवाइमा गरेका सबै काम हो। त्यस प्रकारको कामलाई व्यवस्थापनको रूपमा सार-सङ्क्षेप गर्न सकिन्छ। अर्को शब्‍दमा भन्दा, मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम, साथै उहाँलाई पछ्याउनेहरूले उहाँसँग गर्ने सहकार्य सबैलाई समग्रमा व्यवस्थापन भनिन्छ। यहाँ, परमेश्‍वरको कार्यलाई दर्शनहरू भनिएको छ र मानिसको सहकार्यलाई अभ्यास भनिएको छ। परमेश्‍वरको कार्य जति उच्‍च छ (अर्थात् दर्शनहरू जति उच्‍च छन्), परमेश्‍वरको स्वभावलाई मानिसको लागि त्यति नै सरल तुल्याइन्छ, यो मानिसका धारणाहरूसँग त्यति नै अमिल्दो हुन्छ र मानिसको अभ्यास र सहकार्य त्यति नै उच्‍च बन्छ। मानिसलाई दिइएका मापदण्डहरू जति उच्‍च छन्, मानिसका धारणाहरूसँग परमेश्‍वरको कार्य त्यति नै अमिल्दो हुन्छ, जसको परिणामस्वरूप, मानिसका परीक्षाहरू र उसले पूरा गर्नुपर्ने मापदण्डहरू पनि उच्‍च बन्छन्। यो कामको समाप्तिमा, सारा दर्शनहरू पूरा गरिएका हुनेछन् र मानिसले जुन कुरालाई अभ्यास गर्नुपर्ने छ त्यो सिद्धताको शिखरमा पुगेको हुनेछ। यो हरेकलाई यसका प्रकारअनुसार वर्गीकरण गरिने समय पनि हुनेछ, किनभने मानिसले जान्‍नु आवश्यक कुरा मानिसलाई देखाइएको हुनेछ। त्यसकारण, जब दर्शनहरू चरम विन्दुमा पुग्छन्, सोहीअनुरूप काम पनि यसको समाप्तिमा पुग्‍नेछ र मानिसको अभ्यास पनि यसको शीर्ष विन्दुमा पुगेको हुनेछ। मानिसको अभ्यास परमेश्‍वरको काममा आधारित हुन्छ र परमेश्‍वरको व्यवस्थापन मानिसको अभ्यास र सहकार्यमा मात्रै पूर्ण रूपमा व्यक्त हुन्छ। मानिस परमेश्‍वरको कामको प्रदर्शन-नमुना र परमेश्‍वरको सारा व्यवस्थापन कार्यको लक्ष्य, साथै परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको परिणाम पनि हो। यदि परमेश्‍वरले मानिसको सहकार्यविना नै काम गर्नुभयो भने, उहाँको सम्पूर्ण कार्यको उत्कृष्टताको रूपमा रहन सक्‍ने केही पनि हुनेथिएन र परमेश्‍वरको व्यवस्थापनको अलिकति पनि महत्त्व हुनेथिएन। परमेश्‍वरको कामको अतिरिक्त, आफ्‍नो कामलाई व्यक्त गर्न र यसको सर्व-शक्ति र बुद्धिलाई प्रमाणित गर्नको लागि परमेश्‍वरले उचित पात्रहरूलाई छनौट गरेर मात्रै, आफ्‍नो व्यवस्थापनको उद्देश्यलाई पूरा गर्न र शैतानलाई पूर्ण रूपमा पराजित गर्न यी सबै कार्यको प्रयोग गर्नुको आफ्‍नो लक्ष्‍यलाई हासिल गर्न सक्‍नुहुन्छ। त्यसकारण, मानिस परमेश्‍वरको व्यवस्थापनको कामको अपरिहार्य भाग हो र परमेश्‍वरको व्यवस्थापनलाई फल फलाउने र यसको अन्तिम लक्ष्‍यलाई हासिल गर्ने बनाउन सक्‍ने मानिस मात्रै हो; मानिसबाहेक, अरू कुनै पनि प्राणीले त्यस किसिमको भूमिकालाई निर्वाह गर्न सक्दैन। यदि मानिस परमेश्‍वरको व्यवस्थापन कार्यको साँचो उत्कृष्टता हुनु छ भने, भ्रष्ट मानवजातिको विद्रोहीपनलाई पूर्ण रूपमा हटाइनुपर्छ। यसको लागि के आवश्यक पर्छ भने, मानिसलाई फरक-फरक समयको लागि उपयुक्त अभ्यास दिइनुपर्छ र परमेश्‍वरले मानिसको बीचमा त्यसैअनुरूपको कार्य गर्नुपर्छ। यसरी मात्रै आखिरमा मानिसहरूको त्यो समूहलाई प्राप्त गरिनेछ जो परमेश्‍वरको व्यवस्थापन कार्यको उत्कृष्टता हुन्। परमेश्‍वरको कार्यद्वारा मात्रै मानिसको बीचमा परमेश्‍वरले गर्नुभएको कार्यले परमेश्‍वरको गवाही दिन सक्दैन; त्यस्तो गवाही हासिल गर्न उहाँको कामको निम्ति उपयुक्त जीवित मानवजातिको आवश्यकता पर्छ। परमेश्‍वरले सुरुमा यी मानिसहरूमा काम गर्नुहुन्छ, त्यसपछि त्यसद्वारा उहाँको कामलाई व्यक्त गरिनेछ र यसरी उहाँको त्यस्तो गवाहीलाई सृष्टि गरिएका प्राणीहरूमाझ वहन गरिनेछ र यसमा परमेश्‍वरले आफ्‍नो कामको लक्ष्‍यलाई हासिल गर्नुभएको हुनेछ। शैतानलाई हराउनको लागि परमेश्‍वरले एकलै काम गर्नुहुन्‍न किनभने उहाँले सारा सृष्टि गरिएका प्राणीहरूमाझ आफ्‍नो गवाही आफै दिन सक्‍नुहुन्‍न। यदि उहाँले त्यसो गर्नुभयो भने, मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनु असम्‍भव हुनेथियो, त्यसकारण त्यसलाई जित्‍नका लागि परमेश्‍वरले मानिसमा काम गर्नैपर्छ, त्यसपछि मात्रै उहाँले सारा सृष्टि गरिएका प्राणीहरूमाझ आफ्‍नो गवाही प्राप्त गर्न सक्‍नुहुनेछ। यदि मानिसको सहकार्यविना परमेश्‍वरले मात्रै काम गर्नुभयो भने, वा यदि मानिसले सहकार्य गर्नु आवश्यक थिएन भने, मानिसले परमेश्‍वरको स्वभावलाई कहिल्यै पनि जान्‍न सक्‍नेथिएन र ऊ परमेश्‍वरका अभिप्रायबारे सदासर्वदा नै अनभिज्ञ हुनेथियो; त्यसपछि परमेश्‍वरको कामलाई परमेश्‍वरको व्यवस्थापनको काम भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कामलाई नबुझीकन मानिसले आफै प्रयास गरेको र खोजी गरेको र कठिन परिश्रम गरेको भए, मानिसले मजाक गरिरहेको हुनेथियो। पवित्र आत्माको कार्यविना, मानिसले गर्ने कुरा शैतानकै हुन्छ, त्यो विद्रोही र दुष्कर्म हुन्छ; भ्रष्ट मानिसले गर्ने सबै कुरामा शैतानलाई प्रकट गरिन्छ र परमेश्‍वरको अनुरूप केही पनि हुँदैन र मानिसले गर्ने सबै कुरा शैतानको प्रकटीकरण नै हुन्छ। बोलिएका सबै कुरामा दर्शनहरू र अभ्यासबाट कुनै पनि कुरा अलग छैनन्। दर्शनहरूका जगमा मानिसले अभ्यास र समर्पणको मार्ग भेट्टाउँछ, ताकि उसले आफ्‍ना धारणाहरूलाई पन्छ्याएर विगतमा उसँग नभएका कुराहरूलाई प्राप्त गर्न सकोस्। मानिसले उहाँसँग सहकार्य गरोस्, उहाँका मागहरूमा मानिस पूर्ण रूपमा समर्पित होस् भनेर परमेश्‍वरले माग गर्नुहुन्छ र मानिसले परमेश्‍वर स्वयमले गर्नुभएको कामलाई हेर्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ शक्तिलाई अनुभव गर्न र परमेश्‍वरको स्वभावलाई जान्‍नको लागि अनुरोध गर्छ। सारांशमा, यी परमेश्‍वरका व्यवस्थापन हुन्। मानिससँगको परमेश्‍वरको मिलाप नै व्यवस्थापन हो र यो सबैभन्दा ठूलो व्यवस्थापन हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५६

दर्शनहरूमा संलग्‍न कुराले प्राथमिक रूपमा परमेश्‍वर स्वयमको कार्यलाई जनाउँछ र अभ्यासमा संलग्‍न कुरालाई मानिस स्वयमले गर्नुपर्छ र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरको कार्यलाई परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ, र मानिसको अभ्यासलाई मानिस आफैले हासिल गर्छ। जुन कुरा परमेश्‍वरद्वारा गरिनुपर्छ त्यो मानिसद्वारा गरिनु आवश्यक छैन, र मानिसद्वारा अभ्यास गरिनुपर्ने कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैन। परमेश्‍वरको कार्य उहाँको आफ्‍नै सेवकाइ हो र मानिससँग यसको कुनै सम्‍बन्ध छैन। यो कार्य मानिसद्वारा गरिनु आवश्यक छैन, यसको साथै, परमेश्‍वरद्वारा गरिनुपर्ने कार्य गर्न मानिस असक्षम हुनेछ। मानिसले अभ्यास गर्नु आवश्यक रहेको कुरालाई मानिसले नै पूरा गर्नुपर्छ, चाहे यो उसको जीवनको बलिदान होस् वा गवाहीको रूपमा खडा हुनको लागि आफैलाई शैतानको हातमा सुम्पने कार्य नै होस्—यी सबैलाई मानिसले नै पूरा गर्नुपर्छ। आफूले पूरा गर्नुपर्ने सबै काम परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ र मानिसले गर्नुपर्ने कुरा मानिसलाई देखाइन्छ र पूरा गर्नको लागि बाँकी काम मानिसकै लागि छोडिन्छ। परमेश्‍वरले थप काम गर्नुहुन्‍न। उहाँले आफ्‍नो सेवकाइभित्रको काम मात्रै गर्नुहुन्छ र मानिसलाई बाटो मात्रै देखाउनुहुन्छ र बाटो खोल्‍ने काम मात्रै गर्नुहुन्छ अनि बाटो तयार गर्ने काम गर्नुहुन्‍न; यस कुरालाई सबैले बुझ्‍नुपर्छ। सत्यतालाई अभ्यास गर्नु भनेको परमेश्‍वरको वचनलाई अभ्यास गर्नु हो र यो सबै नै मानिसको कर्तव्य हो, मानिसले गर्नु पर्ने कुरा हो र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध छैन। यदि परमेश्‍वरले पनि मानिसले जस्तै सत्यतामा कष्ट र शोधनको पीडा सहनुपर्छ भनेर मानिसले माग गर्छ भने, मानिस विद्रोही भएको हो। परमेश्‍वरको काम भनेको आफ्‍नो सेवकाइ गर्नु हो र मानिसको कर्तव्य भनेको कुनै पनि प्रतिरोधविना नै परमेश्‍वरका सबै मार्गदर्शनप्रति समर्पित हुनु हो। परमेश्‍वरले जुन किसिमले काम गर्नुभए तापनि वा उहाँ जसरी जिउनुभए तापनि, आफूले हासिल गर्नुपर्ने कुरालाई मानिसले पूरा गर्नैपर्छ। परमेश्‍वरले मात्रै मानिसहरूलाई मागहरू दिन सक्‍नुहुन्छ अर्थात् मानिसलाई मागहरू दिनको लागि परमेश्‍वर मात्रै योग्य हुनुहुन्छ। मानिससँग कुनै पनि विकल्‍प हुनुहुँदैन र पूर्ण रूपमा समर्पित भएर अभ्यास गर्नेबाहेक उसले केही पनि गर्नुहुँदैन; मानिसमा हुनुपर्ने चेतना यही नै हो। परमेश्‍वर स्वयमले गर्नुपर्ने काम पूरा भएपछि, मानिसले यसलाई चरणबद्ध रूपमा अनुभव गर्नु आवश्यक हुन्छ। यदि परमेश्‍वरको सारा व्यवस्थापन पूरा भएपछि, अन्त्यमा, मानिसले परमेश्‍वरले माग गर्नुभएको कुरा मानिसले गरेको छैन भने, मानिसलाई दण्ड दिइनुपर्छ। यदि मानिसले परमेश्‍वरका मागहरू पूरा गर्दैन भने, यो मानिसको विद्रोहीपनको कारणले हो; यसको अर्थ परमेश्‍वर आफ्‍नो काममा पर्याप्त रूपमा विस्तृत हुनुभएन भन्‍ने होइन। परमेश्‍वरको वचनलाई अभ्यास गर्न नसक्‍नेहरू, परमेश्‍वरका मागहरूलाई पूरा गर्न नसक्‍नेहरू र आफ्‍नो बफादारीता दिन र आफ्‍नो कर्तव्यलाई पूरा गर्न नसक्‍नेहरू सबैलाई दण्ड दिइनेछ। आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेको थप मागहरू नभई मानिसको कर्तव्य, र सबै मानिसले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्य निर्वाह गर्न वा त्यो राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? तिमीहरू कसरी अझै पनि भविष्य र प्रत्याशाहरू पाउने अपेक्षा गर्न सक्छौ? परमेश्‍वरको काम मानवजातिका खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनका खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले तनमन लगाएर आफ्‍नो अभ्यास गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको काममा, मानिसले सक्दो गर्नुपर्छ, बफादारी देखाउनुपर्छ र विभिन्‍न धारणामा लिप्त हुनु वा निष्क्रिय बसेर मृत्यु पर्खिनुहुँदैन। परमेश्‍वर मानिसका लागि आफैलाई बलि चढाउन सक्‍नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्‍वरलाई बफादारी देखाउन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मन लगाउनुहुन्छ भने, मानिस चाहिँ किन अलिकति सहकार्य गर्न सक्दैन? परमेश्‍वरले मानवजातिका लागि काम गर्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्‍वरको व्यवस्थापनका खातिर आफ्‍ना केही कर्तव्य निर्वाह गर्न सक्दैन? परमेश्‍वरको काम यहाँसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर कदम चाल्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले आफ्‍नो सब थोक मानिसलाई अर्पित गरिसक्‍नुभएको छ, तर आज मानिस किन निष्कपटतासाथ आफ्‍नो कर्तव्य निर्वाह गर्न असमर्थ छ? परमेश्‍वरका लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसका लागि, परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र परमेश्‍वरका मागहरू पूरा गर्नु नै उसको पहिलो प्राथमिकता हो। तिमीहरू सबैले यो कुरा बुझ्‍नुपर्छ। तिमीहरूलाई बताइएका वचनहरू तिमीहरूको सारको केन्द्रबिन्दुमा नै पुगेको छ र परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ। धेरै मानिसहरू अझै पनि सत्यता वा यो बाटोको झूटलाई बुझ्दैनन्; तिनीहरू अझै पनि प्रतीक्षा गरिरहेका छन् र हेरिरहेका छन् र आफ्‍नो कर्तव्यलाई पूरा गरिरहेका छैनन्। बरु, तिनीहरूले परमेश्‍वरको हरेक वचन र कार्यलाई छानबिन गर्छन्, तिनीहरू उहाँले के खानुहुन्छ र के लाउनुहुन्छ भन्‍ने कुरालाई ध्यान दिन्छन् र तिनीहरूका धारणाहरू अझै सोचनीय बन्छन्। के त्यस्ता मानिसहरूले व्यर्थमा चासो देखाइरहेका छैनन् र? तिनीहरू कसरी परमेश्‍वरलाई खोजी गर्ने मानिसहरू हुन सक्छन्? र तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुनको लागि अभिप्राय राख्‍ने मानिसहरू हुन सक्छन्? तिनीहरूले आफ्‍नो बफादारीता र कर्तव्यलाई आफ्‍नो मनको पछाडि राख्छन् र परमेश्‍वरको अवस्थितिमा ध्यान केन्द्रित गर्छन्। तिनीहरू एक आक्रोश हो! यदि मानिसले आफूले बुझ्‍नुपर्ने सबै कुरालाई बुझेको छ, र अभ्यास गर्नुपर्ने सबै कुरालाई अभ्यास गरेको छ भने, परमेश्‍वरले अवश्य नै मानिसमाथि आफ्‍ना आशिषहरू प्रदान गर्नुहुन्छ, किनभने उहाँले मानिसबाट माग गर्नुहुने कुरा भनेको मानिसको कर्तव्य हो र मानिसले गर्नुपर्ने कुरा हो। यदि मानिस आफूले बुझ्‍नुपर्ने कुरालाई बुझ्‍न असक्षम छ भने र अभ्यास गर्नुपर्ने कुरालाई अभ्यास गर्न असक्षम छ भने, उसलाई दण्ड दिइनेछ। परमेश्‍वरसँग सहकार्य नगर्नेहरू परमेश्‍वरप्रति वैमनस्यतामा छन्, नयाँ कामलाई स्वीकार नगर्नेहरू यसको विरोधमा छन्, यदि त्यस्ता मानिसहरूले केही गरेनन् भने पनि तिनीहरू स्पष्ट रूपमा यसको विरोधमा छन्। परमेश्‍वरले माग गर्नुभएका सत्यता अभ्यास नगर्नेहरू जानीजानी विरोध गर्नेहरू र परमेश्‍वरका वचनहरूप्रति विद्रोही हुनेहरू हुन्, चाहे तिनीहरूले पवित्र आत्माको कार्यलाई विशेष रूपमा ध्यान नै किन नदिऊन्। आज्ञाकारी र समर्पित नहुने मानिसहरू विद्रोही हुन् र तिनीहरू परमेश्‍वरको विरोधमा छन्। आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू हुन् र परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू पवित्र आत्‍माको कार्यलाई स्वीकार नगर्ने मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५७

जब परमेश्‍वरको काम र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँका अभिप्रायअनुरूपकाहरू उहाँका मागहरू पूरा गर्न सक्षम हुन्छन्। परमेश्‍वरले आफ्ना मापदण्डहरूअनुसार र मानिस जुन कुरा हासिल गर्न सक्षम छ त्यहीअनुसार मानिसबाट मागहरू गर्नुहुन्छ। आफ्‍नो व्यवस्थापनबारे कुरा गर्ने क्रममा, उहाँले मानिसको लागि मार्ग पनि देखाउनुहुन्छ र मानिसलाई जीवित रहने मार्ग प्रदान गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन र मानिसको अभ्यास दुवै एउटै चरणका काम हुन् र दुवैलाई एकसाथ अघि बढाइन्छ। परमेश्‍वरको व्यवस्थापनको कुरा मानिसको स्वभावको परिवर्तनसँग सम्‍बन्धित छ र मानिसले गर्नुपर्ने कुरा र मानिसको स्वभावको परिवर्तन परमेश्‍वरको कामसँग सम्‍बन्धित छ; यी दुई अलग हुन सक्‍ने कुनै समय छैन। मानिसको अभ्यास चरणबद्ध रूपमा परिवर्तन भइरहेको छ। यो यसैले हो किनभने मानिसलाई परमेश्‍वरले गर्नुभएका मागहरू पनि परिवर्तन भइरहेका छन् र किनभने परमेश्‍वरको काम सँधै परिवर्तन भइरहेको छ र प्रगति भइरहेको छ। यदि मानिसको अभ्यास धर्मसिद्धान्तको जालमा नै रहिरहन्छ भने, उसमा परमेश्‍वरको काम र अगुवाइको कमी छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि मानिसको अभ्यास कहिल्यै परिवर्तन हुँदैन वा गहिराइमा जाँदैन भने, मानिसको अभ्यास मानिसको इच्‍छाअनुसार गरिएको छ र यो सत्यको अभ्यास होइन भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि पाइला चाल्‍नको लागि मानिससँग कुनै मार्ग छैन भने, ऊ पहिले नै शैतानको हातमा परिसकेको छ र शैतानद्वारा नियन्त्रित छ, जसको अर्थ ऊ दुष्ट आत्‍माहरूद्वारा नियन्त्रित छ भन्‍ने हुन्छ। यदि मानिसको अभ्यास गहिराइमा जाँदैन भने, परमेश्‍वरको काम विकास हुनेछैन र यदि परमेश्‍वरको काममा कुनै परिवर्तन छैन भने, मानिसको प्रवेश रोकिनेछ; यो अपरिहार्य छ। परमेश्‍वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्‍वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्‍भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्‍यो भने, परमेश्‍वरको काम निरन्तर अघि बढ्नु असम्‍भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्‍वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्‍वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सही थियो, तर युग बितिसकेको र परमेश्‍वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्‍नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्‍वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन् र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्‍वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्‍ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्‍वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने आज यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनुहुँदैन। पवित्र आत्‍माको कार्यलाई नजान्‍नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थिए र पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्दैन थिए। विद्रोहीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थिए। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्‍चित रूपमा नै आजको कामबाट अलग हुन्छ र आजको कामसँग मिल्दैन। यीजस्ता पुराना भइसकेका मानिसहरू परमेश्‍वरको इच्‍छा पूरा गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्‍वरका गवाहीको रूपमा खडा हुन सक्‍ने मानिसहरू बन्‍नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू र कुनै बेला क्रूसको लागि कष्ट भोग्‍नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्‍नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्‍नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्‍ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तनबारे, विगत र आजको अभ्यासका भिन्‍नताहरूबारे, अघिल्‍लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्‍ने बारेमा र आज यो कसरी गरिन्छ त्यसबारे किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूबारे सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्‍छ भने, यसले परमेश्‍वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊ असक्षम छ भन्‍ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापनसम्‍बन्धी परमेश्‍वरको योजना परिवर्तन भएको छैन भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्‍माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सही छन् भन्‍ने सँधै विचार गर्छन् तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्‍वरको काम रोकियो र पवित्र आत्‍माको कार्य तिनीहरूमा छैन। परमेश्‍वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्‍नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्‍नुहुन्छ। धर्ममा हुनेहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन् र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्‍वरले यी मानिसहरूलाई त्याग्‍नुभएको छ र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्‍नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन् र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्‍वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ र मानिसको अभ्यास सँधै माथि उठिरहेको छ। परमेश्‍वरले सँधै काम गरिरहनुहुन्छ र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्‍नो शीर्ष विन्दुमा पुग्‍छन् र परमेश्‍वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्‍वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो र परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५८

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

परमेश्‍वरका दैनिक वचनहरू   अंश १५९

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ दर्शनहरूको सत्यतामाथि विशुद्ध रूपमा पारङ्गत भइसकेपछि, तेरो प्रवेश सुरक्षित रहनेछ; परमेश्‍वरका कार्यहरू जति नै परिवर्तन भएतापनि, तँ आफ्नो हृदयमा स्थिर रहनेछस्, दर्शनहरूका बारेमा स्पष्ट हुनेछस्, र आफ्नो प्रवेश र आफ्नो खोजीप्रति तेरो एउटा लक्ष्य हुनेछ। यसरी, तँभित्रका सारा अनुभव र ज्ञान अझै गहिरो भएर बढ्नेछन्‌ र अझै विस्तृत हुनेछन्‌। तैँले पूर्ण रूपमा समग्र चित्रलाई बुझेपछि, तैँले जीवनमा कुनै पनि नोकसानीहरूलाई भोग्नु पर्नेछैन, न त तँ बाटो बिराएर नै जानेछस्। यदि तैँले कार्यका यी कदमहरूलाई जानेको छैनस् भने, तैँले हरेक कदममा नोकसानी भोग्नुपर्नेछ, र सबै कुराहरूलाई मिलाउनको लागि तँलाई धेरै दिन लाग्नेछ, न त तँ केही हप्तापछि नै सहि मार्गमा आउन सक्नेछस्। के यसले विलम्ब गराउनेछैन र? तिमीहरूले पूर्ण रूपमा पारङ्गत हुनुपर्ने सकारात्मक प्रवेश र अभ्यासको मार्गमा धेरै कुराहरू छन्। परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा कुरा गर्दा, तैँले निम्न बुँदाहरूलाई बुझ्‍नैपर्छ: विजयको सम्बन्धमा उहाँको कार्यको महत्त्व, सिद्ध पारिँदै गरिएको भविष्यको मार्ग, परीक्षाहरू र सङ्कष्टहरूलाई अनुभव गरेर प्राप्त गर्नैपर्ने कुरा, न्याय र सजायको महत्त्व, पवित्र आत्माको कार्यको पछाडि रहेका सिद्धान्तहरू, र सिद्धता र विजयको पछाडि रहेका सिद्धान्तहरू। यी सबै कुराहरू दर्शनहरूको सत्यतामा पर्छन्। बाँकी व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगमा भएको कार्यका तीन चरणहरूको साथै भविष्यको गवाही हुन्। यी पनि दर्शनहरूको सत्यता हुन्, र ती सबैभन्दा आधारभूत हुनुको साथै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। वर्तमानमा, तिमीहरूले प्रवेश गर्नुपर्ने र अभ्यास गर्नुपर्ने धेरै कुराहरू छन्, र अहिले यो अझै गहन र अझै विस्तृत छ। यदि तँसँग यी सत्यताहरूको बारेमा कुनै ज्ञान छैन भने, तैँले प्रवेशलाई अझै प्राप्त गर्न बाँकी नै छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। धेरैजसो समयमा, सत्यता सम्बन्धी मानिसहरूको ज्ञान अत्यन्तै सतही हुन्छ; निश्चित आधारभूत सत्यताहरूलाई अभ्यास गर्न तिनीहरू असक्षम हुन्छन् र सानातिना कुराहरूलाई कसरी सम्हाल्ने भन्‍ने कुरा समेत तिनीहरू जान्दैनन्। मानिसहरूले सत्यतालाई व्यवहारमा प्रयोग गर्न नसक्नुको कारण के हो भने तिनीहरूको स्वभाव विद्रोही छ, र आजको कार्यसम्बन्धी तिनीहरूको ज्ञान अत्यन्तै सतही र एकतर्फी छ। तसर्थ, मानिसहरूको लागि सिद्ध बनाइनु त्यति सजिलो कार्य होइन। तँ अत्यन्तै बढी विद्रोही छस्, र तैँले धेरै मात्रामा आफ्नो पुरानो स्वभावलाई कायम राख्छस्; तँ सत्यताको पक्षमा खडा हुन सक्दैनस्, र तँ सबैभन्दा स्पष्ट सत्यताहरूलाई समेत अभ्यास गर्न सक्दैनस्। यस्ता मानिसहरूलाई बचाउन सकिँदैन र तिनीहरू विजय नगरिएका मानिसहरू हुन्। यदि तेरो प्रवेशसँग न त कुनै विवरण छ न त कुनै उद्देश्यहरू छन्‌ भने, तँमा वृद्धि आउन निकै विलम्ब हुनेछ। यदि तेरो प्रवेशमा अलिकति पनि वास्तविकता छैन भने, तेरो खोजी व्यर्थ हुनेछ। यदि तँ सत्यताको सारतत्त्वको बारेमा अनभिज्ञ छस् भने, तँ अपरिवर्तित नै रहनेछस्। वास्तविकतामा प्रवेश गरेर, र यस अतिरिक्त, विस्तृत अनुभवहरूमा प्रवेश गरेर मानिसको जीवनमा वृद्धि र उसको स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ। यदि तेरो प्रवेशको बेला तैँले धेरै विस्तृत अनुभवहरू प्राप्त गरेको छस् भने, र तँसँग धेरै वास्तविक ज्ञान र प्रवेश छ भने, स्वभाव तुरुन्तै परिवर्तन हुनेछ। यदि, वर्तमानमा, तँ अभ्यासको बारेमा पूर्ण रूपमा स्पष्ट छैनस् भने पनि, तँ कम्तीमा पनि परमेश्‍वरको कार्यका दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। अन्यथा, तँ प्रवेशको लागि असमर्थ हुनेछस्; तैँले सत्यताको ज्ञान प्राप्त गरिसकेपछि मात्रै प्रवेश सम्भव हुन्छ। यदि पवित्र आत्माले तँलाई तेरो अनुभवमा अन्तर्दृष्टि दिनुहुन्छ भने मात्रै तैँले सत्यताको गहन बुझाइलाई, र गहन प्रवेशलाई प्राप्त गर्नेछस्। तिमीहरूले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६०

सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्‍वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने। यहोवाको कार्य भनेको व्यवस्था स्थापित गरेर मानिसलाई प्रत्यक्ष रूपमा नेतृत्व गर्नु र गोठाला गर्नु थियो, ताकि पृथ्वीमा मानिसले सामान्य जीवन जिउन सकोस् र यहोवालाई सामान्य तरिकाले आराधना गर्न सकोस्। व्यवस्थाको युगमा परमेश्‍वरलाई मानवद्वारा न त देख्न सकिन्थ्यो न त छुन सकिन्थ्यो। शैतानद्वारा भ्रष्ट गरिएका प्रारम्भिक मानिसहरूलाई शिक्षा दिँदै र तिनीहरूलाई गोठाला गर्दै उहाँले अगुवाइ मात्रै गर्नुभएको हुनाले, उहाँको वचनमा व्यवस्थाहरू, विधिविधानहरू, र मानव आचरणका मूल्य-मान्यताहरू मात्रै समावेश थिए, र यसले तिनीहरूलाई जीवनका सत्यताहरू प्रदान गरेन। उहाँको नेतृत्व अन्तर्गत रहेका इस्राएलीहरू शैतानद्वारा गहन रूपमा भने भ्रष्ट गरिएका थिएनन्। उहाँको व्यवस्थाको कार्य मुक्तिको कार्यको केवल प्रथम चरण, मुक्तिको कार्यको केवल सुरुवात मात्रै थियो, र मानिसको जीवन आचरणको परिवर्तनसँग व्यवहारिक रूपमा यसको कुनै सम्बन्ध नै थिएन। त्यसकारण, मुक्तिको कार्यको सुरुवातमा उहाँले इस्राएलमा गर्नुभएको कार्यको लागि देह धारण गर्नुपर्ने कुनै आवश्यकता थिएन। यही कारणले गर्दा, मानिससँग संलग्न हुनको लागि उहाँलाई एउटा माध्यम—एउटा औजार—को आवश्यकता पर्यो। तसर्थ, सृष्टि गरिएका प्राणीहरूका बीचमा यहोवाको लागि बोल्ने र कार्य गर्नेहरूको उदय भयो, जसले गर्दा, मानिसका पुत्रहरू र अगमवक्ताहरू मानिसहरूका बीचमा कार्य गर्न आए। मानिसका पुत्रहरूले मानिसहरूका बीचमा यहोवाको तर्फबाट कार्य गरे। यहोवाद्वारा “मानिसका पुत्रहरू” भनेर बोलाइनुको अर्थ यहोवाको तर्फबाट यस्ता मानिसहरूले व्यवस्थालाई स्थापित गरे भन्‍ने हो। इस्राएलका मानिसहरूका बीचमा तिनीहरू पूजाहारीहरू पनि थिए, यहोवाद्वारा रेखदेख गरिएका र सुरक्षा दिइएका पूजाहारीहरू, र जसमा यहोवाको आत्माले कार्य गर्नुहुन्थ्यो; तिनीहरू मानिसहरूका बीचमा रहेका अगुवाहरू थिए र तिनीहरूले प्रत्यक्ष रूपमा यहोवाको सेवा गर्थे। अर्कोतर्फ, अगमवक्ताहरू सारा भूमिका र जातिका मानिसहरूसँग यहोवाको तर्फबाट बोल्ने कार्यप्रति समर्पित थिए। तिनीहरूले यहोवाको कार्यको बारेमा अगमवाणी पनि गर्थे। चाहे तिनीहरू मानिसका पुत्रहरू होऊन्‌ वा अगमवक्ताहरू होऊन्‌, तिनीहरू सबै स्वयम्‌ यहोवाको आत्माद्वारा खडा गरिए र तिनीहरूमा यहोवाको कार्य थियो। मानिसहरूका बीचमा, यहोवालाई प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्नेहरू तिनीहरू नै थिए; तिनीहरू यहोवाद्वारा खडा गरिएका हुनाले मात्रै तिनीहरूले आफ्ना कार्य गरे र स्वयम् पवित्र आत्मा देहधारी हुनुभएको देह तिनीहरूसँग भएको हुनाले होइन। त्यसकारण, परमेश्‍वरको तर्फबाट बोल्नमा र कार्य गर्नमा तिनीहरू उस्तै भएतापनि, व्यवस्थाको युगमा मानिसका पुत्रहरू र अगमवक्ताहरू देहधारी परमेश्‍वरका देह थिएनन्। अनुग्रहको युगमा र अन्तिम चरणमा परमेश्‍वरको कार्य ठीक विपरीत थियो, किनकि मुक्तिको कार्य र मानिसको न्याय दुवै स्वयम् देहधारी परमेश्‍वरले गर्नुभयो, र उहाँको तर्फबाट कार्य गर्नको लागि अगमवक्ताहरू र मानिसका पुत्रहरू खडा गर्ने अब फेरि कुनै आवश्यकता परेन। मानिसको नजरमा, तिनीहरूको कार्यको सारतत्त्व र विधिको बीचमा कुनै उल्लेखनीय भिन्नताहरू छैनन्। अनि यही कारणले गर्दा मानिसहरूले निरन्तर रूपमा देहधारी परमेश्‍वरको कार्यलाई अगमवक्ताहरू र मानिसका पुत्रहरूको कार्यसँग अन्योल पैदा गर्दै हुन्छन्। देहधारी परमेश्‍वरको रूप र अगमवक्ताहरू तथा मानिसका पुत्रहरूको रूप आधारभूत रूपमा उस्तै थियो। अनि देहधारी परमेश्‍वर अगमवक्ताहरूभन्दा अझै सामान्य र अझै व्यावहारिक हुनुहुन्थ्यो। यसरी, उहाँहरूबीचको भिन्नता छुट्याउन मानिस असमर्थ छ। मानिसले केवल रूपमा मात्रै ध्यान दिन्छ, कार्य गराइ र बोलाइमा यी दुई उस्तै भएतापनि, तिनीहरूका बीचमा तात्त्विक भिन्नता छ भन्‍ने बारेमा मानिस पूर्ण रूपमा अनभिज्ञ छ। उस्तै देखिने कुराहरूका बीचमा रहेको भिन्नतालाई बताउने मानिसको क्षमता अत्यन्तै कमजोर भएको हुनाले, उसले सामान्य कुराहरूका बीचमा रहेको भिन्नतालाई छुट्याउन असमर्थ हुन्छ, अति जटिल कुनै कुराको बारेमा त कुरै नगरौं। जब पवित्र आत्माद्वारा प्रयोग गरिएका यी अगमवक्ताहरू र मानिसहरूले बोले र कार्य गरे, यो मानिसका दायित्वहरूलाई पूरा गर्नका लागि थियो, सृष्टि गरिएको प्राणीको प्रकार्यलाई पूरा गर्नको लागि थियो, र यो मानिसले गर्नुपर्ने कार्य थियो। तैपनि, देहधारी परमेश्‍वरका वचनहरू र कार्य भनेको उहाँको सेवकाइलाई अघि बढाउनु थियो। उहाँको बाहिरी रूप सृष्टि गरिएको प्राणीको जस्तो थियो, तैपनि उहाँको कार्य भनेको आफ्नो प्रकार्यलाई होइन तर आफ्नो सेवकाइलाई अघि बढाउनु थियो। सृष्टि गरिएका प्राणीहरूको हकमा “दायित्व” भन्‍ने शब्दको प्रयोग गरिन्छ, तर देहधारी परमेश्‍वरको देहको हकमा भने “सेवकाइ” भन्‍ने शब्दको प्रयोग गरिन्छ। यी दुईको बीचमा एउटा अपरिहार्य भिन्नता रहेको छ; यिनलाई एक-अर्कासँग प्रतिस्थापन गर्न सकिँदैन। मानिसको कार्य भनेको केवल आफ्नो दायित्वलाई पूरा गर्नु हो भने, परमेश्‍वरको कार्य भनेको आफ्नो सेवकाइलाई व्यवस्थापन गर्नु, र अघि बढाउनु हो। त्यसकारण, धेरै प्रेरितहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भएतापनि र धेरै अगमवक्ताहरू उहाँद्वारा भरिएका भएतापनि, तिनीहरूको कार्य र वचनहरू भनेका सृष्टि गरिएका प्राणीहरूका रूपमा रहेको आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै थियो। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्‍वरद्वारा बोलिएको जीवनको मार्गलाई नाघेका हुन सक्थे, र तिनीहरूको मानवत्वले देहधारी परमेश्‍वरको मानवत्वलाई अझै नाघेको हुन सक्थ्यो, तर तिनीहरूले अझै आफ्नो दायित्व पूरा गर्दै थिए, र सेवकाइलाई पूरा गर्दै थिएनन्। मानिसको दायित्वले मानिसको प्रकार्यलाई जनाउन सक्छ; मानिसद्वारा प्राप्त गरिने कुरा पनि यही नै हो। तैपनि, देहधारी परमेश्‍वरद्वारा अघि बढाइएको सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित छ, र यो मानवद्वारा प्राप्त गरिँदैन। देहधारी परमेश्‍वरले चाहे बोल्नुहुन्छ, चाहे कार्य गर्नुहुन्छ, वा चाहे जे-जस्ता आश्चर्यका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले आफ्नो व्यवस्थापनभित्र रहेर नै महान् कार्य गर्दै हुनुहुन्छ, र उहाँको सट्टामा त्यस किसिमको कार्य मानिसद्वारा गर्न सकिँदैन। मानिसको कार्य भनेको परमेश्‍वरको व्यवस्थापनको कार्यको निश्चित चरणमा रहेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै हो। परमेश्‍वरको व्यवस्थापन नभएको भए, अर्थात्, यदि देहधारी परमेश्‍वरको सेवकाइ हराएको भए, सृष्टि गरिएको प्राणीको दायित्व हराउने थियो। आफ्नो सेवकाइलाई अघि बढाउनको लागि परमेश्‍वरले गर्ने कार्य मानिसलाई व्यवस्थापन गर्नको लागि हो, जबकी मानिसले निभाउने आफ्नो दायित्व भनेको सृष्टिकर्ताका मागहरूलाई पूरा गर्न उसको दायित्व निभाउनु हो, र आफ्नै सेवकाइलाई अघि बढाउने विचार गर्ने कुरा कुनै पनि हालतमा हुन सक्दैन। परमेश्‍वरको अन्तर्निहित सारतत्त्वको लागि—उहाँको आत्माको लागि—परमेश्‍वरको कार्य भनेको उहाँको व्यवस्थापन नै हो, तर सृष्टि गरिएको प्राणीको बाहिरी रूपलाई धारण गर्नुहुने देहधारी परमेश्‍वरको लागि, उहाँको कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनु हो। उहाँले गर्नुहुने जेसुकै कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनको लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्‍वरको व्यवस्थापनको क्षेत्राधिकारभित्र र उहाँको मार्गदर्शनको अन्तर्गत रही सक्दो प्रयास गर्नु मात्रै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६१

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विकृत पक्षहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थियो र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरका आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थियो, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्‍ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्‍ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्‍ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरका आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्‍ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ। यशैया, दानिएल, र अरूहरू अत्यन्तै उच्च शिक्षा पाएका र सभ्य मानिसहरू थिए; तिनीहरू यहोवाको नेतृत्व अन्तर्गत रहेका असाधारण मानिसहरू थिए। देहधारी परमेश्‍वरको देह पनि ज्ञानवर्धक थियो र उहाँमा चेतनाको कमी थिएन, तर उहाँको मानवत्व खास रूपमा सामान्य थियो। उहाँ एक सामान्य मानिस हुनुहुन्थ्यो, र नाङ्गो आँखाले उहाँसँग सम्बन्धित कुनै पनि विशेष मानवत्वलाई छुट्याउन वा उहाँको मानवत्वमा अरूहरूबाट भिन्न रहेको कुनै पनि कुरालाई पत्ता लगाउन सकिँदैनथ्यो। उहाँ पूर्ण अलौकिक वा अद्वितीय हुनुहुन्नथ्यो, र उहाँसँग कुनै पनि उच्च शिक्षा, ज्ञान, वा सिद्धान्त थिएन। उहाँले बोल्नुभएको जीवन र उहाँले देखाउनुभएको मार्ग सिद्धान्तद्वारा, ज्ञानद्वारा, जीवनको अनुभवद्वारा, वा पारिवारिक पृष्ठभूमिद्वारा प्राप्त गरिएका थिएनन्‌। बरु, ती पवित्र आत्माको प्रत्यक्ष कार्य थिए, जुन देहधारी देहको कार्य हो। मानिससँग परमेश्‍वरको बारेमा ठूला-ठूला धारणाहरू भएकाले, र अझै खास रूपमा, यी धारणाहरू अत्यन्तै अथाह र अलौकिक तत्त्वहरूसँग सम्बन्धित भएकाले, जस्तो की मानिसको नजरमा, चिन्हहरू र आश्‍चर्यकर्महरू गर्न नसक्ने, मानवीय कमजोरी सहितका एक सामान्य परमेश्‍वर निश्चित रूपमा नै परमेश्‍वर हुनुहुन्न भन्‍ने धारणाले गर्दा यसो भएको हो। के यी मानिसका गलत धारणाहरू होइनन् र? यदि देहधारी परमेश्‍वरको देह एक सामान्य मानिस थिएन भने, उहाँ देह हुनुभयो भनेर कसरी भन्न सकिन्छ? देह धारण गर्नु भनेको सामान्य, साधारण मानिस बन्नु हो; यदि उहाँ अभौतिक प्राणी रहिआउनुभएको भए, उहाँ देह बन्नुहुने थिएन। उहाँ देहबाटको हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्नको लागि, देहधारी परमेश्‍वरले सामान्य देहलाई धारण गर्नु आवश्यक पर्यो। यो केवल देहधारणको महत्त्वलाई पूरा गर्नको लागि मात्रै थियो। तैपनि, अगमवक्ताहरू र मानिसका पुत्रहरूका हकमा यो लागू भएको थिएन। तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका वरदान प्राप्त मानिसहरू थिए; मानिसको नजरमा, तिनीहरूको मानवत्व खास रूपमा महान् थियो, र तिनीहरूले सामान्य मानवत्वलाई माथ दिने विभिन्न कार्यहरू गरे। यसकारणले गर्दा, मानिसले तिनीहरूलाई परमेश्‍वरको रूपमा लिए। अब तिमीहरूले यो कुरालाई स्पष्ट रूपमा बुझ्नुपर्छ, किनभने यो विगतका युगहरूका सबै मानिसहरूद्वारा सहजै अन्योलमा पारिएको विषय हो। यस अतिरिक्त, देहधारण रहस्यमय कुराहरूमध्ये सबैभन्दा रहस्यमय कुरा हो, र मानिसले देहधारी परमेश्‍वरलाई स्विकार गर्न सबैभन्दा कठिन छ। म जे भन्छु त्यो तिमीहरूको प्रकार्यलाई पूरा गर्ने र देहधारणको रहस्य सम्बन्धी तिमीहरूको बुझाइप्रति अनुकूल छ। यी सबै नै परमेश्‍वरको व्यवस्थापनसँग, दर्शनहरूसँग सम्बन्धित छन्। दर्शनहरू, अर्थात् परमेश्‍वरको व्यवस्थापनको कार्य सम्बन्धी ज्ञान प्राप्त गर्नको लागि यसबारे तिमीहरूको बुझाइ अझै लाभदायक हुनेछ। यसरी, तिमीहरूले विभिन्न प्रकारका मानिसहरूले पूरा गर्नुपर्ने दायित्वको बारेमा धेरै नै बुझाइ प्राप्त गर्नेछौ। यी वचनहरूले तिमीहरूलाई प्रत्यक्ष रूपमा मार्ग नदेखाए तापनि, तिमीहरूको प्रवेशको लागि ती अझै पनि निकै नै सहयोगीसिद्ध छन्, किनकि वर्तमानमा तिमीहरूको जीवन दर्शनहरूमा निकै अभावग्रस्त छ, र यो तिमीहरूको प्रवेशलाई रोक्ने निकै ठूलो बाधा बन्नेछ। यदि तिमीहरू यी समस्याहरूलाई बुझ्न असमर्थ रहेका छौ भने, तिमीहरूको प्रवेशलाई अघि बढाउने कुनै उत्प्रेरणा हुनेछैन। त्यस्तो खोजीले कसरी तिमीहरूलाई उचित तरिकाले कर्तव्य पूरा गर्न सक्‍ने तुल्याउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६२

कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो? दाऊदलाई पनि प्रभु भनेर भनियो, र येशूलाई पनि त्यसै भनेर भनियो; उनीहरूले गरेका काम फरक-फरक भए तापनि, उनीहरूलाई उही नाउँले बोलाइयो। मलाई बताऊ, किन उनीहरूका पहिचानहरू एउटै थिएनन्? यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र त्यो पनि पवित्र आत्‍माबाट नै आएको थियो, अनि पवित्र आत्‍माले भन्‍ने अभिप्राय राख्‍नुभएका वचनहरूलाई तिनले पनि भन्‍न सके; किन यूहन्‍नाको पहिचान येशूको भन्दा फरक थियो?” येशूले बोल्‍नुभएका वचनहरूले परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सके, र तिनले पूर्ण रूपमा परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्न सके। यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र तिनले परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनथिए। किन यूहन्‍ना, पत्रुस, र पावलले येशूले जस्तै धेरै वचनहरू बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तै थिएन? तिनीहरूले गरेको कार्य फरक थियो भन्‍ने नै यसको मुख्य कारण हो। येशूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्‍नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले सृष्टि गरिएको प्राणीको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्‍चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल सृष्टि गरिएका प्राणी मात्रै थिए, र तिनीहरूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्‍दैनथिए। तिनीहरूले परमेश्‍वरको नाउँमा काम गरे वा परमेश्‍वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिर तिनीहरू सृष्टि गरिएका प्राणी मात्रै थिए। पुरानो करारमा, धेरै अगमवक्ताहरूले भविष्यवाणीहरू गरे वा भविष्यवाणीका पुस्तकहरू लेखे। तिनीहरू परमेश्‍वर हुन् भनेर कसैले भनेनन्, तर येशूले काम सुरु गर्ने बित्तिकै, परमेश्‍वरका आत्माले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने गवाही दिनुभयो। किन त्यसो भयो? यस विन्दुमा तँलाई पहिले नै थाहा भइसकेको हुनुपर्छ! पहिले, प्रेरितहरू र अगमवक्ताहरूले विभिन्‍न पत्रहरू लेखे, र विभिन्‍न भविष्यवाणीहरू गरे। पछि, मानिसहरूले तीमध्ये कतिलाई बाइबलमा समावेश गर्न छनौट गरे, र कति हराएर गए। तिनीहरूले बोलेका हरेक कुरा पवित्र आत्‍माबाट नै आएका थिए भनी भन्‍ने मानिसहरू पनि छन्, त्यसकारण किन यसमध्ये कतिलाई असल ठानिन्छ र यसमध्ये कतिलाई खराब ठानिन्छ त? अनि किन कतिलाई छनौट गरियो, अरूलाई गरिएन? यदि ती वास्तवमै पवित्र आत्‍माले बोल्‍नुभएका वचनहरू नै थिए भने, मानिसहरूले ती छनौट गरिरहनुपर्ने आवश्यकता हुनेथियो र? किन येशूले बोल्‍नुभएका वचनहरू र उहाँले गर्नुभएको कामका विवरणहरू सुसमाचारका चार वटा पुस्तकहरूमा फरक-फरक छन्? के यो ती विवरण लेख्‍नेहरूको गल्ती होइन र? कतिपय मानिसहरूले सोध्‍नेछन्, “पावल र नयाँ करारका अन्य लेखकहरूले लेखेका पत्रहरू र तिनीहरूले गरेको काम आंशिक रूपमा मानिसको इच्‍छाबाट पैदा भएको हुनाले, र मानिसका धारणाहरू मिश्रित भएका हुनाले, के तपाईं (परमेश्‍वर) ले आज बोल्‍नुहुने वचनहरूमा मानव अशुद्धता हुँदैन र? के तिनीहरूमा वास्तवमै मानिसको कुनै धारणा समावेश हुँदैन र?” परमेश्‍वरले गर्नुभएको यो चरणको कार्य पावल र धेरै प्रेरितहरू अनि अगमवक्ताहरूले गरेको कामभन्दा पूर्ण रूपमा फरक छ। पहिचानमा मात्रै भिन्‍नता छैन, तर, मुख्यतः गरिने कार्यमा पनि भिन्‍नता छ। पावललाई प्रहार गरेर तिनी प्रभुको अघि लडेपछि, तिनलाई पवित्र आत्माले नै काम गर्न अगुवाइ गर्नुभयो, अनि तिनी पठाइएका एक व्यक्ति बने। त्यसकारण तिनले मण्डलीहरूलाई पत्रहरू लेखे, अनि यी पत्रहरू सबै येशूका शिक्षाहरू अनुरूप नै थिए। पावललाई प्रभुले प्रभु येशूको नाममा काम गर्न पठाउनुभएको थियो, तर जब परमेश्‍वर स्वयम्‌ आउनुभयो, उहाँले कुनै पनि नाममा काम गर्नुभएन, र उहाँले आफ्‍नो काममा परमेश्‍वरका आत्मालाई बाहेक कसैलाई प्रतिनिधित्व गर्नुभएन। परमेश्‍वर आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्न आउनुभयो: उहाँलाई मानिसले सिद्ध तुल्याएको थिएन, र उहाँको कार्य कुनै पनि मानिसका शिक्षाहरू अनुसार गरिएन। कामको यो चरणमा परमेश्‍वरले आफ्‍ना व्यक्तिगत अनुभवहरूका बारेमा कुरा गरेर अगुवाइ गर्नुहुन्‍न, तर उहाँसँग जे छ त्यसको आधारमा उहाँले आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। उदाहरणको लागि, सेवा गर्नेको परीक्षा, सजायको समय, मृत्युको परीक्षा, परमेश्‍वरलाई प्रेम गर्ने समय…। यो सबै यसभन्दा पहिले कहिल्यै नगरिएको काम हो, र यो मानिसको अनुभवहरूको भन्दा बरु वर्तमान युगको काम हो। मैले बोलेका वचनहरूमा, कुन-कुनचाहिँ मानिसका अनुभवहरू हुन्? के ती सबै प्रत्यक्ष रूपमा आत्माबाट नै आउँदैनन्, र के ती आत्माले नै जारी गर्नुभएको होइन र? तिमीहरूको क्षमता कमजोर भएकोले मात्रै तिमीहरू सत्यतालाई देख्‍न सक्दैनौ! मैले बताउने जीवनको व्यावहारिक मार्ग भनेको मार्गमा डोर्याउनु हो, र यसको बारेमा यसभन्दा पहिले कसैले बताएको छैन, न त कसैले कहिल्यै यो मार्गलाई अनुभव गरेको, वा यो वास्तविकतालाई जानेको छ। मैले यी वचनहरू उच्‍चारण गर्नुभन्दा पहिले, कसैले पनि ती बोलेका छैनन्। त्यस्ता अनुभवहरूका बारेमा कसैले पनि कहिल्यै कुरा गरेका छैनन्, न त तिनीहरूले त्यस्ता विवरणहरूका बारेमा नै बोलेका छन्, यसको साथै, यस्ता कुराहरूलाई प्रकट गर्नको लागि कसैले यस्ता स्थितिहरूलाई कहिल्यै औंल्याएका छैनन्। मैले आज डोर्याउने मार्गलाई कसैले कहिल्यै पनि डोर्याएको छैन, र यदि यसलाई मानिसले डोर्याएको थियो भने, यो नयाँ मार्ग हुनेथिएन। उदाहरणको लागि, पावल र पत्रुसलाई लिऊँ। येशूले मार्गको अगुवाइ गर्नुभन्दा पहिले तिनीहरूसँग तिनीहरूका आफ्‍नै अनुभवहरू थिएनन्। येशूले मार्गको अगुवाइ गर्नुभएपछि मात्रै येशूले बोल्‍नुभएका वचनहरूलाई अनि उहाँले अगुवाइ गर्नुभएको मार्गलाई तिनीहरूले अनुभव गरे; यसद्वारा तिनीहरूले धेरै अनुभवहरू प्राप्त गरे, र तिनीहरूले पत्रहरू लेखे। त्यसकारण, मानिसका अनुभवहरू परमेश्‍वरका काम जस्तै उही हुँदैनन्, र परमेश्‍वरको काम अनि मानिसका धारणा र अनुभवहरूले व्याख्या गरेको ज्ञान एउटै होइनन्। मैले बारम्‍बार भनेको छु, आज मैले नयाँ मार्गको अगुवाइ गरिरहेको छु, र मैले नयाँ काम गरिरहेको छु, अनि मेरो काम र वाणीहरू यूहन्‍ना र अरू सबै अगमवक्ताहरूका भन्दा फरक छन्। म कहिल्यै पनि सुरुमा अनुभवहरू प्राप्त गर्ने अनि तिनको बारेमा तिमीहरूलाई बताउने गर्दिन—कुरा त्यस्तो होइन। यदि यस्तो हो भने, के त्यसले तिमीहरूलाई धेरै पहिले नै विलम्बित गरेको हुनेथिएन र? विगतमा, धेरैले बताउने ज्ञानलाई पनि उचालिन्थ्यो, तर तथाकथित आत्मिक व्यक्तित्वहरूका आधारमा मात्रै तिनीहरूका सबै वचन बोलिएका हुन्थे। तिनीहरूले मार्गको अगुवाइ गरेनन्, तर ती तिनीहरूका अनुभवहरूबाट, तिनीहरूले जे देखेका थिए त्यसबाट, र तिनीहरूका ज्ञानबाट आएका थिए। कतिपय तिनीहरूका धारणाबाट आएका थिए, र कति तिनीहरूले भोगेका अनुभवहरूद्वारा रचना गरिए। आज, मेरो कार्यको प्रकृति तिनीहरूकोभन्दा पूर्ण रूपमा फरक छ। मैले अरूद्वारा अगुवाइ गरिने कार्यको अनुभव गरेको छैन, न त अरूद्वारा सिद्ध पारिने कार्यलाई नै मैले स्वीकार गरेको छु। त्यसबाहेक, मैले बोलेका र सङ्गति गरेका सबै कुरा अरू कसैको जस्तो छैन र तिनलाई अरू कसैले कहिल्यै बोलेका छैनन्। आज, तिमीहरू जो भए पनि, तिमीहरूको काम मैले बोल्‍ने वचनहरूका आधारमा गरिन्छ। यी वाणीहरू र कामविना, यी कुराहरूलाई (सेवा गर्नेको परीक्षा, सजायको समय…) कसले अनुभव गर्न सक्थ्यो र, अनि त्यस्तो ज्ञान कसले बोल्‍न सक्थ्यो र? के तँ साँच्‍चै यसलाई देख्‍न सक्दैनस्? कार्यको चरण जेसुकै भए तापनि, मेरा वचनहरू बोलिएपछि तुरुन्तै, तिमीहरू मेरा वचनहरू अनुसार सङ्गति गर्न, र ती अनुसार काम गर्न सुरु गर्छौ, अनि यो तिमीहरूमध्ये कसैले सोचेको मार्ग होइन। यति टाढासम्‍म आइसकेपछि, के तँ त्यति स्पष्ट र सरल प्रश्‍नलाई देख्‍न सक्दैनस् र? यो कतिपयले सोचेको मार्ग होइन, न त यो कुनै पनि आत्मिक व्यक्तित्वहरूमा आधारित छ। यो नयाँ मार्ग हो, र येशूले कुनै बेला बोल्‍नुभएका धेरैजसो वचनहरू समेत अब उप्रान्त लागू हुँदैनन्। मैले नयाँ युगको सुरुवात गर्ने कार्यको बारेमा बोलिरहेको छु, र यो एकलै खडा हुने काम हो; मैले गर्ने काम, अनि मैले बोल्‍ने वचनहरू सबै नयाँ छन्। के यो आजको नयाँ काम होइन र? येशूको कार्य पनि यस्तै थियो। उहाँको काम पनि मन्दिरका मानिसहरूको भन्दा फरक थियो, र यो फरिसीहरूको कामभन्दा पनि फरक नै थियो, न त यो इस्राएलका सबै मानिसहरूले गरेको कामसँग नै कुनै पनि रीतिले मिल्थ्यो। यसलाई देखिसकेपछि, मानिसहरूले आफ्‍नो मनमा यो निर्णय गर्न सकेनन्: “के यो साँच्‍चै परमेश्‍वरले नै गर्नुभएको हो?” येशूले यहोवाको कुनै पनि व्यवस्थालाई पक्रिनुभएन; जब उहाँ मानिसलाई शिक्षा दिन आउनुभयो, तब उहाँले जे बोल्‍नुभयो त्यो नयाँ र प्राचीन सन्तहरू र पुरानो करारका अगमवक्ताहरूले भनेका भन्दा फरक थियो, र यसले गर्दा, मानिसहरू अनिश्‍चित नै रहे। यही कारणले गर्दा मानिसलाई निराकरण गर्नु निकै कठिन हुन्छ। कामको यो नयाँ चरणलाई स्वीकार गर्नुभन्दा पहिले, तिमीहरूमध्ये बहुसंख्यकले हिँडेको मार्ग भनेको ती आत्मिक व्यक्तित्वहरूको जगलाई अभ्यास गर्नु र त्यसमा प्रवेश गर्नु थियो। तर आज, मैले गर्ने काम अत्यन्तै फरक छ, त्यसकारण यो सही हो कि होइन सो निर्णय गर्न तिमीहरूले सक्दैनौ। तैँले पहिले कुन मार्ग हिँडिस् मलाई त्यसको चासो छैन, न त तैँले कसको “भोजन” खाइस् वा तैँले कसलाई आफ्‍नो “पिता” को रूपमा लिइस् त्यसप्रति मलाई कुनै चासो छ। मैले आएर मानिसलाई अगुवाइ गर्न नयाँ काम ल्याएको हुनाले, मलाई पछ्याउने सबैले मैले जे भन्छु सोही अनुसार काम गर्नुपर्छ। तँ जत्तिसुकै शक्तिशाली “परिवार” बाट आएको भए तापनि, तैँले मलाई पछ्याउनैपर्छ, तैँले तेरा पहिलेका अभ्यासहरू अनुसार व्यवहार गर्नु हुँदैन, “तेरो अभिभावक पिता” तल झर्नैपर्छ, र तेरो अधिकारमा पर्ने भागको खोजी गर्नको लागि तँ आफ्‍नो परमेश्‍वर सामु आउनुपर्छ। तेरो पूर्णता मेरै हातमा छ, र तैँले तेरो संरक्षक पितालाई अति धेरै अन्धविश्‍वास अर्पण गर्नु हुँदैन; उसले तँलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। आजको काम एकलै खडा हुन्छ। आज मैले बताउने सबै कुरा अवश्य नै विगतको जगमा आधारित छैन; यो नयाँ सुरुवात हो, र यो मानिसको हातले सृष्टि गरेको हो भनेर भन्छस् भने, मुक्ति दिन नसकिने गरी अन्धो भएको तँ नै होस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६३

यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्‍वर कहलाइएन? किन पवित्र आत्‍माले तिनीहरूको लागि गवाही दिनुभएन? येशूले काम थालनी गर्ने र आफ्‍ना वचनहरू सुरु गर्ने बित्तिकै किन पवित्र आत्‍माले उहाँको गवाही दिनुभयो? अनि किन पवित्र आत्‍माले अरूको लागि गवाही दिनुभएन? तिनीहरू, अर्थात् देहका मानिसहरू, सबै “प्रभु” कहलाइए। तिनीहरूलाई जे कहलाइए पनि, तिनीहरूका कार्यले तिनीहरूको अस्तित्व र सारलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूको अस्तित्व र सारले तिनीहरूको पहिचानलाई प्रतिनिधित्व गर्छ। तिनीहरूका सार तिनीहरूका पदहरूसँग सम्‍बन्धित छैन; तिनीहरूले जे व्यक्त गरे, र तिनीहरूले जे जिए त्यसले यसैको प्रतिनिधित्व गर्छ। पुरानो करारमा, प्रभु भनेर कहलाइनु कुनै असाधारण कुरा थिएन, अनि व्यक्तिलाई जेसुकै भनेर बोलाउन सकिन्थ्यो, तर उसको सार र अन्तर्निहित पहिचान अपरिवर्तनीय हुन्थे। झूटा ख्रीष्टहरू, झूटा अगमवक्ताहरू, र बहकाउनेहरूका बीचमा, “परमेश्‍वर” कहलाइनेहरू पनि छैनन् र? अनि किन तिनीहरू परमेश्‍वर होइनन्? किनभने तिनीहरूले परमेश्‍वरको कार्य गर्न सक्दैनन्। मूल रूपमा, तिनीहरू मानव हुन्, मानिसहरूलाई बहकाउनेहरू हुन्, परमेश्‍वर होइनन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरको पहिचान छैन। के दाऊद बाह्र कुलका बीचमा प्रभु भनेर कहलिदैन थियो र? येशूलाई पनि प्रभु कहलाइयो; किन येशूलाई मात्रै देहधारी परमेश्‍वर कहलाइयो? के यर्मियालाई पनि मानिसको पुत्र भनेर चिनिँदैन थियो र? अनि के येशू मानिसको पुत्रको रूपमा चिनिनुहुन्‍न थियो र? किन येशू परमेश्‍वरको खातिर क्रूसमा टाँगिनुभयो? के उहाँको सार फरक भएकोले होइन र? के उहाँले गर्नुभएको काम फरक भएकोले होइन र? के शीर्षकले अर्थ राख्छ र? येशूलाई मानिसको पुत्र कहलाइए तापनि, उहाँ परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो, उहाँ शक्ति धारण गर्न, र छुटकाराको काम पूरा गर्न आउनुभएको थियो। यसले येशूको पहिचान र सार मानिसको पुत्र भनेर कहलाइने अरूका भन्दा फरक थिए भन्‍ने कुरालाई प्रमाणित गर्छ। आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त? के यसलाई देख्‍न नसक्‍ने गरी मानिस अत्यन्तै मूर्ख छैन र? यदि तँलाई परमेश्‍वरको गवाही दिन लगाइएको छ भने, तैँले कस्तो प्रकारको गवाही दिन सक्छस्? के परमेश्‍वरलाई चिन्‍ने त्यस्तो तरिकाले उहाँको गवाही दिन सक्छ र? यदि अरूले तँलाई “यदि यूहन्‍ना र लूकाका विवरणहरूमा मानव इच्छा मिश्रित थिए भने, के तिमीहरूका परमेश्‍वरले बोलेका वचनहरूमा पनि मानव इच्छा मिश्रित छैनन् र?” भनी सोध्यो भने, के तँ स्पष्ट उत्तर दिन सक्छस्? लूका र मत्तीले येशूका वचनहरू सुनिसकेपछि, र येशूको काम देखिसकेपछि, तिनीहरूले येशूले गर्नुभएको कामका केही तथ्यहरूको विवरणलाई स्मरण गर्ने तरिकाले आफ्‍नै ज्ञान अनुसार बोले। के तँ तिनीहरूका ज्ञान पवित्र आत्माले नै पूर्ण रूपमा प्रकट गर्नुभएको थियो भनी भन्‍न सक्छस्? बाइबलभन्दा बाहिर, तिनीहरूका भन्दा उच्‍च ज्ञान भएका धेरै आत्मिक व्यक्तित्वहरू थिए, त्यसो भने किन तिनीहरूका वचनहरूलाई पछिका पुस्ताहरूले लिएनन्? के तिनीहरूलाई पनि पवित्र आत्‍माले प्रयोग गर्नुभएको थिएन र? यो जान कि, आजको काममा, मैले येशूको कामको जगमा आधारित मेरा आफ्‍नै अन्तर्दृष्टिहरू बोलिरहेको छैन, न त येशूको कामको पृष्ठभूमि विरुद्धमा मेरो आफ्‍नै ज्ञानको बारेमा नै बोलिरहेको छु। त्यो बेला येशूले के काम गर्नुभयो? अनि आज मैले के काम गरिरहेको छु? मैले जे गर्छु र भन्छु त्यसको पूर्वानुमान छैन। आज मैले हिँड्ने मार्गमा पहिले कहिल्यै हिँडिएको छैन, विगतका युगहरू र पुस्ताहरूका मानिसहरू कहिल्यै यसमा हिँडेका छैनन्। आज, यसको सुरुवात भएको छ, र के यो आत्माको काम होइन र? यो पवित्र आत्‍माको काम भए तापनि, विगतका अगुवाहरू सबैले आफ्‍नो कामलाई अरूका जगको आधारमा अघि बढाए; तैपनि, परमेश्‍वर स्वयमको काम भने फरक छ। येशूको कामको चरण पनि यस्तै थियो: उहाँले नयाँ मार्ग खोल्‍नुभयो। जब उहाँ आउनुभयो, उहाँले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो, र मानिसले पश्‍चात्ताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ भनेर भन्‍नुभयो। येशूले आफ्‍नो काम पूरा गर्नुभएपछि, पत्रुस र पावल अनि अरूले येशूको कार्यलाई अघि बढाउन सुरु गरे। येशूलाई क्रूसमा काँटी ठोकिएर स्वर्गमा उचालिएपछि, क्रूसको मार्ग फैलाउनको लागि तिनीहरूलाई आत्माले पठाउनुभएको थियो। पावलका वचनहरू उच्‍च रहेको भए तापनि, ती पनि येशूले जे भन्‍नुभएको थियो त्यसको जगमा आधारित थिए, जस्तै धैर्यता, प्रेम, कष्ट-भोग, शिर ढकाइ, बप्तिस्मा, वा पालन गर्नुपर्ने अरू धर्मसिद्धान्तहरू। यो सबै येशूको वचनहरूको जगको आधारमा बोलिएको थियो। तिनीहरूले नयाँ मार्ग खोल्‍न सक्दैन थिए, किनभने तिनीहरू सबै परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६४

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई अनुग्रहको युगमा गरिनुपर्ने कार्य अनुसार अघि बढाइएको थियो। उहाँले अघि सार्नुभएको काम अनुसार, उहाँको आफ्‍नै योजना अनुसार, र उहाँको आफ्‍नै सेवकाइ अनुसार परिश्रम गर्नुभयो; उहाँले पुरानो करारको व्यवस्था अनुसार काम गर्नुभएन। उहाँले गर्नुभएको कुनै पनि कुरा पुरानो करारको व्यवस्था अनुसार थिएन, र उहाँ अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्नको लागि काम गर्न आउनुभएन। प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई पूरा गर्नको लागि मात्रै भनेर परमेश्‍वरको कामको हरेक चरण प्रस्तुत गरिएन, र उहाँ धर्मसिद्धान्तको पालन गर्न वा प्राचीन अगमवक्ताहरूको भविष्यवाणीहरूलाई जानी-जानी पूरा गर्नको लागि आउनुभएन। तैपनि उहाँका कार्यहरूले प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई भङ्ग गरेन, न त उहाँले पहिले गर्नुभएको काममा नै तिनीहरूले बाधा दिए। उहाँको कामको प्रमुख बुँदा भनेको उहाँ कुनै पनि धर्मसिद्धान्तद्वारा बाँधिनुको सट्टा, उहाँ स्वयमले गर्नुपर्ने काम गर्नुभयो भन्‍ने थियो। उहाँ अगमवक्ता वा द्रष्टा हुनुहुन्‍न थियो, तर कर्ता हुनुहुन्थ्यो जो वास्तवमा आफूले गर्नु पर्ने काम गर्न आउनुभयो, र उहाँ आफ्‍नो नयाँ युग सुरु गर्न र आफ्‍नो नयाँ कार्यलाई अघि बढाउन आउनुभयो। अवश्य नै, जब येशू आफ्‍नो काम गर्न आउनुभयो, उहाँले पुरानो करारका प्राचीन अगमवक्ताहरूले बोलेका धेरै वचनहरूलाई पनि पूरा गर्नुभयो। त्यसरी नै आजको कार्यले पनि पुरानो करारका प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरूलाई पूरा गरेको छ। यति मात्रै हो कि, “पुरानो तिथि-पत्र” लाई म पालन गर्दिन। किनभने मैले गर्नै पर्ने काम धेरै छन्, मैले तिमीहरूसँग बोल्‍नै पर्ने वचनहरू धेरै छन्, र यो काम र यी वचनहरू बाइबलका अनुच्‍छेदहरूबाट व्याख्या गर्नुभन्दा धेरै नै महत्त्वपूर्ण छन्, किनभने तिमीहरूका निम्ति त्यस्ता कामको ठूलो महत्त्व वा मूल्य हुँदैन, र तिनले तिमीहरूलाई सहायता गर्न, वा तिमीहरूलाई परिवर्तन गर्न सक्दैनन्। म बाइबलको कुनै पनि अनुच्‍छेदलाई पूरा गर्नको खातिर नयाँ काम गर्ने अभिप्राय राख्दिनँ। यदि परमेश्‍वर बाइबलका प्राचीन अगमवक्ताहरूका वचनहरूलाई पूरा गर्न मात्रै आउनुभयो भने, को ठूलो हो, देहधारी परमेश्‍वर कि ती प्राचीन अगमवक्ताहरू? आखिर, अगमवक्ताहरू परमेश्‍वरको रेखदेख गर्ने हुन् कि परमेश्‍वर अगमवक्ताहरूका रेखदेख गर्ने हुनुहुन्छ? तँ कसरी यी वचनहरूलाई व्याख्या गर्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६५

परमेश्‍वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको देखि आजको दिनसम्‍मै हरेक चरणलाई अर्को चरणले नजिकबाट पछ्याएको थियो। यदि मार्ग तयार गर्ने कोही नभएको भए, त्यसपछि आउने कोही पनि हुनेथिएन; त्यसपछि आउनेहरू पनि भएका हुनाले, मार्ग तयार गर्नेहरू पनि हुन्छन्। यसरी यो कामलाई चरणबद्ध रूपमा हस्तान्तरण गरिएको छ। एउटा चरणले अर्कोलाई पछ्याउँछ, र मार्ग खुला गर्ने कुनै व्यक्ति विना, काम सुरु गर्नु असम्‍भव हुनेथियो, र आफ्‍नो कार्यलाई अघि बढाउने कुनै माध्यम परमेश्‍वरसँग हुनेथिएन। कुनै पनि चरणले अरू चरणमा अवरोध पुऱ्याउँदैन, र एउटाले अर्कोलाई प्रवाह निर्माण गर्ने गरी क्रमबद्ध रूपले पछ्याउँछ; यो सबै उही आत्माले गर्नुहुन्छ। तर कसैले मार्ग खोले पनि वा अर्कोको काम गरे पनि, यसले तिनीहरूको पहिचानलाई निर्धारित गर्दैन। के यो सहि होइन र? यूहन्‍नाले मार्ग खोले, र येशूले आफ्‍नो कामलाई अघि बढाउनुभयो, त्यसकारण के यसले येशूको पहिचान यूहन्‍नाको भन्दा सानो थियो भन्‍ने प्रमाणित गर्छ? यहोवाले येशूले भन्दा पहिले आफ्‍नो काम गर्नुभयो, त्यसकारण के यहोवा येशूभन्दा महान् हुनुहुन्छ भनेर तैँले भन्‍न सक्छस्? तिनीहरूले मार्ग तयार गरे पनि वा अरूको काम गरे पनि त्यो महत्त्वपूर्ण कुरा होइन; तिनीहरूको कामको सार र त्यसले प्रतिनिधित्व गर्ने पहिचान नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यो सहि होइन र? परमेश्‍वरले मानिसको बीचमा काम गर्ने अभिप्राय राख्‍नुभएको हुनाले, उहाँले मार्ग तयार गर्ने काम गर्न सक्‍नेहरूलाई खडा गर्नुपर्यो। जब यूहन्‍नाले भर्खरै प्रचार गर्न सुरु गरेका थिए, उनले भने, “परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ।” “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ।” तिनले सुरुदेखि नै त्यसरी बोलेका थिए, र किन तिनले यी वचनहरू भन्‍न सके? वचनहरू बोलिने क्रमको हिसाबले, स्वर्गको राज्यको सुसमाचार सुरुमा बोल्‍ने यूहन्‍ना नै थियो, अनि त्यसपछि उसो येशूले बोल्‍नुभयो। मानिसका धारणाहरू अनुसार, नयाँ मार्ग खोल्‍ने यूहन्‍ना नै थिए, त्यसकारण अवश्य नै यूहन्‍ना नै येशूभन्दा महान् थिए। तर तिनी ख्रीष्‍ट हुन् भनेर यूहन्‍नाले भनेनन्, र परमेश्‍वरले तिनी परमेश्‍वरका प्रिय पुत्र हुन् भनी साक्षी दिनुभएन, तर प्रभुको मार्ग खोल्‍न र तयार गर्नको लागि मात्रै प्रयोग गर्नुभयो। उनले येशूको लागि मार्ग तयार गरे, तर उनले येशूको तर्फबाट काम गर्न सकेनन्। मानिसको सबै कामलाई पनि पवित्र आत्माले नै कायम राख्‍नुहुन्छ।

पुरानो करारको युगमा, मार्गलाई अगुवाइ गर्ने यहोवा नै हुनुहुन्थ्यो, र यहोवाको कार्यले पुरानो करारको सम्पूर्ण युग, र इस्राएलमा गरिएका सबै कार्यलाई प्रतिनिधित्व गर्‍यो। मोशाले यो कार्यलाई पृथ्वीमा थामी राख्यो मात्रै, र तिनका परिश्रमहरूलाई मानिसले प्रदान गरेको सहकार्यको रूपमा लिइन्छ। त्यो बेला, मोशालाई बोलावट गर्नुहुँदै, बोल्‍नुहुने यहोवा नै हुनुहुन्थ्यो, र उहाँले मोशालाई इस्राएलका मानिसहरूका बीचमा खडा गर्नुभयो, र तिनलाई उजाड स्थानदेखि कनानसम्‍म तिनीहरूलाई डोर्याउने बनाउनुभयो। यो कार्य मोशा स्वयमको थिएन, तर यहोवाले व्यक्तिगत रूपमा निर्देशित गर्नुभएको कार्य थियो, त्यसकारण मोशालाई परमेश्‍वर कहलाइन सकिँदैन। मोशाले व्यवस्थालाई पनि कायम गरे, तर यो व्यवस्था व्यक्तिगत रूपमा यहोवाले नै जारी गर्नुभएको थियो। उहाँले मोशालाई यो व्यक्त गर्न लगाउनुभएको मात्रै थियो। येशूले पनि आज्ञाहरू गर्नुभयो, र उहाँले पुरानो करारको व्यवस्थालाई रद्द गर्नुभयो र नयाँ युगका निम्ति आज्ञाहरूलाई स्थापित गर्नुभयो। किन येशू परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ? किनभने एउटा भिन्‍नता छ। त्यो बेला, मोशाले गरेको कामले युगलाई प्रतिनिधित्व गरेन, न त यसले नयाँ मार्ग नै खुल्ला गर्‍यो; तिनलाई यहोवाले नै अगाडि निर्देशित गर्नुभएको थियो र तिनी परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए। जब येशू आउनुभयो, यूहन्‍नाले मार्ग तयार गर्ने कार्यको चरणलाई अघि बढाएका थिए र स्वर्गको राज्यको सुसमाचारलाई फैलाउन थालेका थिए (पवित्र आत्माले नै यसको सुरुवात गर्नुभएको थियो)। जब येशू आउनुभयो, उहाँले प्रत्यक्ष रूपमै उहाँको आफ्‍नो काम गर्नुभयो, तर उहाँको काम र मोशाको कामको बीचमा ठूलो भिन्‍नता थियो। यशैयाले पनि धेरै अगमवाणीहरू बोलेका थिए, तैपनि किन तिनी परमेश्‍वर स्वयम्‌ थिएनन्? येशूले धेरै अगमवाणीहरू बोल्‍नुभएन, तैपनि किन उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो? त्यो बेला येशूको काम पवित्र आत्‍माबाट आएको हो भनेर कसैले पनि भन्‍ने आँट गरेन, न त तिनीहरूले यो मानिसको इच्‍छाबाट आएको हो वा यो पूर्ण रूपमा परमेश्‍वर स्वयम्‌को काम हो भनेर भन्‍ने नै आँट गरे। त्यस्ता कुराहरूलाई विश्‍लेषण गर्ने कुनै उपाय मानिससँग थिएन। यशैयाले त्यस्तो काम गरे, र त्यस्ता अगमवाणीहरू बोले, र ती सबै पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍न सकिन्छ; ती यशैया स्वयम्‌बाट नै सीधै आएको थिएन, तर यहोवाबाट आएका प्रकाशहरू थिए। येशूले ठूलो मात्रामा काम गर्नुभएन, र धेरै वचनहरू बोल्‍नुभएन, न त उहाँले धेरै अगमवाणीहरू नै बोल्‍नुभयो। मानिसको लागि, उहाँको प्रचार खास रूपमा उच्‍च देखिएन, तैपनि उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो र यसलाई मानिसले वर्णन गर्न सक्दैन। कसैले पनि कहिल्यै यूहन्‍ना, वा यशैया, वा दाऊदमा विश्‍वास गरेका छैनन्, न त कसैले तिनीहरूलाई परमेश्‍वर, वा दाऊद परमेश्‍वर, वा यूहन्‍ना परमेश्‍वर भनेर नै भनेका छन्; कसैले पनि त्यसरी बोलेको छैन, र येशूलाई मात्रै ख्रीष्ट भनेर भनिएको छ। यो वर्गीकरण परमेश्‍वरको गवाही, उहाँले गर्नुभएको काम, र उहाँले गर्नु भएको सेवकाइ अनुसार गरिएको हो। बाइबलका महान् पुरुषहरूका बारेमा कुरा गर्दा—अब्राहाम, दाऊद, यहोशू, दानिएल, यशैया, यूहन्‍ना, र येशू—उनीहरूले गरेका कामद्वारा नै, तैँले को परमेश्‍वर स्वयम्‌ हो, र कस्ता प्रकारका मानिसहरू अगमवक्ताहरू हुन्, र प्रेरितहरू को हुन् भनेर भन्‍न सक्छस्। कसलाई परमेश्‍वरले प्रयोग गर्नुभएको थियो, र को परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो त्यस कुरालाई उनीहरूले गरेका कामको सार र प्रकारद्वारा नै भिन्‍नता छुटाइन्छ र निर्धारित गरिन्छ। यदि तैँले भिन्‍नताहरू छुट्याउन सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो तँलाई थाहा छैन भन्‍ने यसले प्रमाणित गर्छ। येशू नै परमेश्‍वर हुनुहुन्छ किनभने उहाँले धेरै वचनहरू बोल्‍नुभयो, र धेरै काम गर्नुभयो, निश्‍चित रूपमा उहाँले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो। त्यसरी नै, यूहन्‍नाले पनि मोशाले जस्तै धेरै काम गरे, र धेरै वचनहरू बोले; किन तिनीहरूलाई परमेश्‍वर भनेर कहलाइएन? आदमलाई प्रत्यक्ष रूपमा परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो; किन तिनलाई परमेश्‍वर भन्‍नुको सट्टा, सृष्टि गरिएको प्राणी भनेर भनियो? यदि कसैले तँलाई, “आज, परमेश्‍वरले धेरै काम गर्नुभएको छ, र उहाँले धेरै वचन बोल्‍नुभएको छ; उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। मोशाले धेरै वचन बोलेका हुनाले, तिनी पनि पक्‍कै परमेश्‍वर स्वयम्‌ नै थिए!” भनेर भन्छ भने, तैँले यसको जवाफमा तिनीहरूलाई यो सोध्‍नुपर्छ, “त्यो बेला, किन परमेश्‍वरले येशूलाई परमेश्‍वर स्वयम्‌ भनी गवाही दिनुभयो तर यूहन्‍नालाई दिनुभएन? के यूहन्‍ना येशूभन्दा पहिले आएका थिएनन् र? कुनचाहिँ महान् थियो, यूहन्‍नाको काम कि येशूको काम? मानिसको लागि, यूहन्‍नाको काम येशूको भन्दा महान् देखिन्छ, तर किन पवित्र आत्माले येशूको गवाही दिनुभयो तर यूहन्‍नाको गवाही दिनुभएन?” आज पनि यही कुरा भइरहेको छ! त्यो समयमा, जब मोशाले इस्राएलका मानिसहरूलाई डोर्‍याए, यहोवा तिनीसँग बादलहरूका बीचबाट बोल्‍नुहुन्थ्यो। मोशाले प्रत्यक्ष रूपमा बोलेनन्, तर तिनलाई यहोवाले नै प्रत्यक्ष रूपमा अगुवाइ गर्नुभएको थियो। यो पुरानो करारमा भएको इस्राएलको काम थियो। मोशाभित्र आत्मा हुनुहुन्‍नथियो, न त परमेश्‍वरको अस्तित्व नै। तिनले त्यो काम गर्न सकेनन्, त्यसकारण तिनले गरेको काम र येशूले गर्नुभएको कामको बीचमा ठूलो भिन्‍नता छ। र त्यसको कारण के हो भने उनीहरूले गरेको काम फरक थियो! कुनै व्यक्ति परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति हो कि अगमवक्ता, प्रेरित हो कि परमेश्‍वर स्वयम्‌ नै हो सो कुरालाई उसले गरेको कामको प्रकृतिद्वारा पत्ता लगाउन सकिन्छ, अनि यसले तेरा शङ्काहरूलाई अन्त्य गर्नेछ। बाइबलमा थुमाले मात्रै सात वटा मोहोर तोड्न सक्‍नुहुन्छ भनेर लेखिएको छ। युगहरूभरि, ती महान् व्यक्तित्वहरू मध्येमा धर्मशास्‍त्रका व्याख्या गर्ने धेरै छन्, तब के तैँले तिनीहरू सबै थुमा हुन् भनेर भन्‍न सक्छस्? के तँ तिनीहरूको स्पष्टीकरण सबै परमेश्‍वरबाट नै आउँछन् भनेर भन्‍न सक्छस्? तिनीहरू व्याख्याकार मात्रै हुन्; तिनीहरूसँग थुमाको पहिचान छैन। तिनीहरू कसरी सात मोहरहरू तोड्न योग्य हुन सक्थे र? “थुमाले मात्र सात मोहरहरू तोड्न सक्‍नुहुन्छ” भन्‍ने कुरा साँचो हो, तर उहाँ सात मोहरहरू तोड्‍न मात्रै आउनुहुन्‍न; यो कामको कुनै आवश्यकता छैन, यसलाई संयोगवश गरिन्छ। उहाँको आफ्‍नै कामको बारेमा उहाँ पूर्ण रूपमा स्पष्ट हुनुहुन्छ; के उहाँले धर्मशास्‍त्रको अर्थ लगाउँदै धेरै समय बिताउनु आवश्यक हुन्छ? के छ हजार वर्षे कार्यमा “धर्मशास्‍त्रको अर्थ लगाउने थुमाको युग” लाई थप्‍नुपर्छ? उहाँ नयाँ काम गर्न आउनुहुन्छ, तर मानिसहरूलाई छ हजार वर्षको कामको सत्यतालाई बुझ्‍न सहायता गर्दै, उहाँले विगतका समयहरूको कामको बारेमा पनि केही प्रकाशहरू प्रदान गर्नुहुन्छ। बाइबलका धेरै अनुच्‍छेदहरूको व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन; आजको काम नै कुञ्‍जी र महत्त्वपूर्ण कुरा हो। परमेश्‍वर सात मोहरहरू तोड्नको लागि मात्रै विशेष गरी आउनुहुन्‍न, तर मुक्तिको काम गर्नको लागि आउनुहुन्छ भन्‍ने तैँले जान्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६६

अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे। यूहन्ना प्रभुको अग्रदूत थिए, तैपनि तिनी परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ थिए; तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्र थिए। येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि ओर्लनुभयो। त्यसपछि उहाँले आफ्नो काम सुरु गर्नुभयो, अर्थात् उहाँले ख्रीष्टको सेवकाइ गर्न थाल्नुभयो। त्यसैकारण उहाँले परमेश्‍वरको पहिचान धारण गर्नुभयो, किनकि उहाँ परमेश्‍वरबाट आउनुभएको थियो। यसभन्दा पहिले उहाँको विश्‍वास जे-जस्तो भए पनि—त्यो कहिलेकहीँ कमजोर, वा कहिलेकहीँ बलियो भएको हुन सक्छ—त्यो सबै सामान्य मानव जीवनमा हुने कुरा हो, जुन उहाँले आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले उहाँमा थियो। उहाँले बप्तिस्मा लिइसकेपछि (अर्थात्, अभिषेक हुनुभएपछि), परमेश्‍वरको शक्ति र महिमा तुरुन्तै उहाँसँग थियो, त्यसैले उहाँले आफ्नो सेवकाइ गर्न थाल्नुभयो। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्नुहुन्थ्यो, आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो र उहाँसित शक्ति र अधिकार थियो, किनकि उहाँले सीधै परमेश्‍वरको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो; उहाँले आत्माको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो र आत्माको आवाज प्रकट गर्दै हुनुहुन्थ्यो। त्यसकारण, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो; यो निर्विवाद छ। यूहन्ना त्यस्तो व्यक्ति थिए जसलाई पवित्र आत्माले प्रयोग गर्नुभएको थियो। तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनथिए, न त तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्नु सम्भव नै थियो। यदि तिनले त्यसो गर्ने इच्छा गरेका भए, पवित्र आत्माले तिनलाई त्यसो गर्ने अनुमति दिनुहुनेथिएन, किनकि तिनले त्यो काम गर्न सक्दैनथिए, जुन परमेश्‍वर आफैले पूरा गर्न चाहनुहुन्थ्यो। हुन सक्छ, तिनमा मानिसको इच्छाका धेरै कुराहरू थिए, वा विचलित पार्ने केही कुरा थियो; कुनै पनि परिस्थितिमा तिनले सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए। तिनका गल्तीहरू र मूर्खताहरूले तिनी आफैलाई मात्र प्रतिनिधित्व गर्थे, तर तिनको काम भनेको पवित्र आत्माको प्रतिनिधि हुनु थियो। तापनि, तिनका सबै कुराले परमेश्‍वरको प्रतिनिधित्व गर्थे भनेर तैँले भन्‍न सक्दैनस्। के तिनको विकृत तरिकाहरूले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? मानिसको प्रतिनिधित्वमा विकृतिहरू हुनु सामान्य कुरा हो, तर यदि परमेश्‍वरको प्रतिनिधित्वमा विचलनहरू छन् भने के त्यसले परमेश्‍वरलाई लज्जित पार्दैन र? के यो पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा हुनेछैन र? पवित्र आत्माले मानिसलाई हलकासाथ परमेश्‍वरको स्थानमा खडा हुने अनुमति दिनुहुन्न, चाहे ऊ अरूद्वारा उच्च पारिएको नै किन नहोस्। यदि ऊ परमेश्‍वर होइन भने, ऊ अन्त्यसम्म स्थिर बस्न सक्दैन। पवित्र आत्माले मानिसको इच्छाअनुसार कुनै व्यक्तिलाई परमेश्‍वरको प्रतिनिधित्व गर्ने अनुमति दिनुहुन्न! उदाहरणका लागि, पवित्र आत्माले नै यूहन्नाको बारेमा साक्षी दिनुभएको थियो र तिनी येशूका निम्ति बाटो तयार पार्ने व्यक्ति हुन् भनी पवित्र आत्माले नै तिनलाई प्रकट गर्नुभएको थियो, तर तिनीमाथि गरिएको पवित्र आत्माको काम राम्ररी निर्धारित गरिएको थियो। येशूको निम्ति बाटो तयार पार्ने व्यक्ति हुनु, उहाँको निम्ति बाटो तयार पार्नु भनेर मात्रै यूहन्‍नालाई भनिएको थियो। भन्नुपर्दा, पवित्र आत्माले तिनलाई बाटो तयार पार्ने काममा मात्र समर्थन गर्नुभयो र तिनलाई त्यो काम मात्र गर्ने अनुमति दिनुभयो—तिनलाई अरू कुनै काम गर्न दिइएन। यूहन्नाले एलियाको प्रतिनिधित्व गर्थे र तिनले बाटो तयार पार्ने एक अगमवक्ताको प्रतिनिधित्व गरे। पवित्र आत्माले तिनलाई यसमा समर्थन गर्नुभयो; जबसम्म तिनको काम बाटो तयार पार्ने थियो पवित्र आत्माले तिनलाई समर्थन गर्नुभयो। तापनि, यदि तिनले आफू परमेश्‍वर हुँ भनेर दाबी गरेका भए, र तिनी मुक्तिको काम पूरा गर्न आएका हुन् भनेका भए पवित्र आत्माले तिनलाई अनुशासनमा राख्‍नु हुनेथियो। यूहन्नाको काम जति नै महान् भए पनि र त्यसलाई पवित्र आत्माले समर्थन गर्नुभएको भए पनि, तिनको काम सीमाहीन थिएन। मानिलिऊँ, पवित्र आत्माले साँच्चै तिनको कामलाई समर्थन गर्नुभएको भए पनि, तिनलाई दिइएको शक्ति बाटो तयार पार्ने कामसम्म मात्र सीमित थियो। तिनले अरू कुनै पनि काम पटक्कै गर्न सकेनन्, किनकि तिनी बाटो तयार पार्ने यूहन्ना मात्र थिए, येशू थिएनन्। त्यसकारण, पवित्र आत्माको गवाही महत्त्वपूर्ण हुन्छ, तर पवित्र आत्माले मानिसलाई जुन काम गर्ने अनुमति दिनुहुन्छ त्यो अझ महत्त्वपूर्ण हुन्छ। के यूहन्नाले त्यति बेला ठूलठूला साक्षी पाएका थिएनन् र? के तिनको काम पनि महान् थिएन र? तर तिनले गरेको कामले येशूको कामलाई उछिन्न सकेन, किनकि तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसभन्दा बढी केही थिएनन् र सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए, त्यसैले तिनले गरेका काम सीमित थियो। तिनले बाटो तयार पार्ने काम गरिसकेपछि, पवित्र आत्माले अब तिनको गवाहीलाई समर्थन गर्नुभएन, तिनीबाट कुनै नयाँ काम भएन, परमेश्‍वर आफैले काम सुरु गर्नुभएपछि तिनी गए।

कतिपय मानिस दुष्ट आत्माहरूका नियन्त्रणमा पर्छन् र “म परमेश्‍वर हुँ!” भन्दै चर्को स्वरमा कराउँछन्। तैपनि, अन्तमा, तिनीहरू प्रकाश हुन्छन्, किनभने तिनीहरूले प्रतिनिधित्व गर्ने कुरामा तिनीहरू गलत हुन्छन्। तिनीहरू शैतानको प्रतिनिधित्व गर्छन्, र पवित्र आत्मा तिनीहरूलाई कुनै वास्ता गर्नुहुन्न। तैँले आफूलाई जतिसुकै उच्च पारे पनि वा तँ जतिसुकै ठूलो स्वरले कराए पनि, तँ अझै पनि एउटा सृजित प्राणी नै होस् र तँ शैतानको होस्। म कहिल्यै “म परमेश्‍वर हुँ, म परमेश्‍वरको प्रिय पुत्र हुँ!” भनेर कराउँदिनँ। तर मैले गर्ने काम परमेश्‍वरको काम हो। के म चिच्याउन आवश्यक छ र? उच्च पार्न आवश्यक छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र मानिसले उहाँलाई कुनै हैसियत प्रदान गर्नु वा सम्मानजनक उपाधि दिनु आवश्यक छैन: उहाँको कामले नै उहाँको पहिचान र हैसियतको प्रतिनिधित्व गर्छ। उहाँको बप्तिस्माभन्दा पहिले, के येशू परमेश्‍वर स्वयम् हुनुहुन्नथ्यो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? उहाँको गवाही दिइएपछि मात्रै उहाँ परमेश्‍वरको एकमात्र पुत्र बन्नुभयो भनेर पक्कै पनि भन्न मिल्दैन, होइन र? उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै पहिले नै, के येशू नाम गरेका एक जना मानिस हुनुहुन्नथ्यो र? तँ नयाँ मार्गहरू ल्याउन वा आत्माको प्रतिनिधित्व गर्न असक्षम छस्। तँ आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरू व्यक्त गर्न सक्दैनस्। तँ परमेश्‍वर स्वयम्‌को काम गर्न असक्षम छस्, र तँ आत्माको काम गर्न पनि असक्षम छस्। परमेश्‍वरको बुद्धि, आश्चर्य, र बुझ्‍न नसकिने अवस्था, अनि परमेश्‍वरले मानिसलाई सजाय दिँदा उहाँको सम्पूर्ण स्वभाव—यी सबै तैँले व्यक्त गर्न सक्ने क्षमताभन्दा बाहिर छन्। त्यसकारण परमेश्‍वर हुँ भनी दाबी गर्ने प्रयास गर्नु व्यर्थ हुनेछ; तँसँग नाम मात्रै हुनेछ र कुनै सार हुनेछैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर उहाँलाई कसैले चिन्दैन, तैपनि उहाँआफ्नो काम जारी राख्नुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै यसो गर्नुहुन्छ। चाहे तैँले उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँलाई बहिनी भन्, त्यसले फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको काम हो र यसले परमेश्‍वर स्वयम्‌को कामको प्रतिनिधित्व गर्छ। उहाँ मानिसले उहाँलाई के नामले बोलाउँछ भन्‍नेबारे वास्ता गर्नुहुन्न। के त्यो नामले उहाँको काम निर्धारण गर्न सक्छ र? तैँले परमेश्‍वरलाई जेसुकै भनेर बोलाए पनि, उहाँका सम्बन्धमा भन्नुपर्दा, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँ आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा अनुमोदित हुनुहुन्छ। यदि तँ एउटा नयाँ युगका लागि मार्ग प्रस्तुत गर्न, वा पुरानो युगको अन्त्य गर्न, वा नयाँ युगको सुरुवात गर्न, वा नयाँ काम गर्न असक्षम छस् भने, तँलाई परमेश्‍वर भन्न मिल्दैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६७

पवित्र आत्माद्वारा प्रयोग गरिएको व्यक्तिले समेत परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। यसको अर्थ त्यस्तो व्यक्तिले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्‍ने मात्रै होइन, उसले गर्ने कामले सिधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्‍ने पनि हो। अर्को शब्दमा भन्दा, मानव अनुभवहरूलाई सिधै परमेश्‍वरको व्यवस्थापनभित्र राख्न सकिँदैन, र तिनले परमेश्‍वरको व्यवस्थापनको प्रतिनिधित्व गर्न सक्दैनन्। परमेश्‍वर स्वयम्‌ले गर्नुहुने काम पूर्णतया उहाँले आफ्नै व्यवस्थापनको योजनामा गर्न चाहनुभएको काम हो र यो ठूलो व्यवस्थापनसँग सम्बन्धित छ। मानिसहरूद्वारा गरिने काममा तिनीहरूका व्यक्तिगत अनुभवहरू आपूर्ति गर्ने कुरा समावेश हुन्छ। यसमा पहिले गएकाहरूले हिँडेका मार्गहरूबाहेक अनुभवको नयाँ मार्ग खोज्ने, र पवित्र आत्माको मार्गदर्शनमा हुँदा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई मार्गदर्शन गर्ने कुरा समावेश हुन्छन्। यी मानिसहरूले आपूर्ति गर्ने कुरा भनेको तिनीहरूका व्यक्तिगत अनुभवहरू वा आत्मिक मानिसहरूका आत्मिक लेखहरू हुन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिने भए पनि, तिनीहरूले गर्ने काम छ हजार वर्षे योजनाको व्यवस्थापनको महान् कामसँग असम्बन्धित छ। तिनीहरू केवल आफूले निर्वाह गर्न सक्ने प्रकार्यहरू नसकेसम्म वा आफ्नो जीवनको अन्त्य नभएसम्म मानिसहरूलाई पवित्र आत्माको प्रवाहमा डोर्‍याउनका लागि विभिन्न कालमा पवित्र आत्माद्वारा खडा गरिएका मानिस हुन्। तिनीहरूले गर्ने काम भनेको परमेश्‍वर स्वयम्‌का लागि उपयुक्त मार्ग तयार गर्नु वा पृथ्वीमा परमेश्‍वर स्वयम्‌को व्यवस्थापनको कुनै एउटा पक्षलाई जारी राख्नु मात्रै हो। आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको ठूलो काम गर्न असक्षम छन्, न त तिनीहरू नयाँ निकासहरू खोल्न सक्छन्, तिनीहरूमध्ये कसैले पनि अघिल्लो युगको परमेश्‍वरको सबै काम अन्त्य गर्न त झनै सक्दैन। त्यसकारण, तिनीहरूले गर्ने कामले एउटा सृजित प्राणीले आफ्नो प्रकार्य निर्वाह गर्नुलाई मात्र प्रतिनिधित्व गर्छ र यसले परमेश्‍वर स्वयम्‌ले आफ्नो सेवकाइ निर्वाह गर्नुलाई प्रतिनिधित्व गर्न सक्दैन। किनभने तिनीहरूले गर्ने काम परमेश्‍वर स्वयम्‌द्वारा गरिएको कामजस्तो हुँदैन। नयाँ युगको सुरुवात गर्ने काम परमेश्‍वरको सट्टामा मानिसले गर्न सक्ने कुरा होइन। यो परमेश्‍वर स्वयम्‌बाहेक अरू कसैले गर्न सक्दैन। मानिसद्वारा गरिने सबै काम भनेको एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो र यो उसलाई पवित्र आत्माद्वारा प्रेरित गरिँदा वा अन्तर्दृष्टि दिइँदा गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गदर्शन भनेको पूर्णतया मानिसलाई दैनिक जीवनमा अभ्यासको मार्ग देखाउनु र उसले परमेश्‍वरका अभिप्रायहरूअनुरूप कसरी काम गर्नुपर्छ भन्‍ने कुरा देखाउनु हो। मानिसको काममा न त परमेश्‍वरको व्यवस्थापन समावेश हुन्छ न त यसले आत्माको कामको प्रतिनिधित्व गर्छ। उदाहरणका लागि, विटनेस ली र वाचम्यान नीको काम बाटो देखाउनु थियो। मार्ग नयाँ होस् वा पुरानो, काम बाइबलभित्रै रहने सिद्धान्तमा आधारित थियो। चाहे त्यो स्थानीय मण्डलीलाई पुनर्स्थापित गर्नु होस् वा स्थानीय मण्डली निर्माण गर्नु होस्, तिनीहरूको काम मण्डलीहरू स्थापना गर्नेसँग सम्बन्धित थियो। तिनीहरूले गरेको कामले येशू र उहाँका प्रेरितहरूले अनुग्रहको युगमा अधुरो छोडेका वा थप अगाडि नबढाएका कामलाई अगाडि बढायो। तिनीहरूले आफ्नो काममा जे गरे त्यो येशूले त्यस समयको आफ्नो काममा उहाँपछि आउने पुस्ताहरूलाई गर्न भन्नुभएको कुरालाई पुनर्स्थापित गर्नु थियो, जस्तै शिरलाई ढाकेर राख्ने, बप्तिस्मा लिने, रोटी भाँच्ने, वा दाखमद्य पिउने। तिनीहरूको काम बाइबललाई पालन गर्नु र बाइबलभित्रै मार्गहरू खोज्नु थियो भनेर भन्न सकिन्छ। तिनीहरूले कुनै पनि प्रकारको नयाँ प्रगति गरेनन्। त्यसकारण, व्यक्तिले आफ्नो काममा बाइबलभित्रै नयाँ मार्गहरू, साथै अझ राम्रा र अझ वास्तविक अभ्यासहरू पत्ता लागेको मात्र देख्न सक्छ। तर व्यक्तिले आफ्नो काममा परमेश्‍वरका वर्तमान अभिप्रायहरू भेट्टाउन सक्दैन, आखिरी दिनहरूमा परमेश्‍वरले गर्ने अभिप्राय राख्नुभएको नयाँ काम त झनै भेट्टाउन सक्दैन। किनभने उसले हिँडेको मार्ग पुरानो नै थियो—त्यसमा कुनै नवीकरण र कुनै प्रगति भएको थिएन। उसले येशूको क्रूसीकरणको तथ्यलाई पक्रिराख्न, मानिसहरूलाई पश्‍चात्ताप गर्न र आफ्ना पापहरू स्वीकार गर्न लगाउने अभ्यासलाई पालन गर्न, जसले अन्तसम्म सहन्छ उसले मुक्ति पाउनेछ र पुरुष महिलाको शिर हो, र महिलाले आफ्नो श्रीमान्‌को पालन गर्नुपर्छ भन्‍ने भनाइहरू पालना गर्न, र दिदीबहिनीहरूले प्रचार गर्न सक्दैनन्, पालन गर्न मात्र सक्छन् भन्‍ने परम्परागत धारणालाई त झनै बढी पालना गर्न जारी राख्यो। यदि यस्तो प्रकारको अगुवाइलाई निरन्तर रूपमा पालना गरिएको भए, पवित्र आत्माले कहिल्यै पनि नयाँ काम गर्न, मानिसहरूलाई प्रावधानहरूबाट मुक्त पार्न, वा तिनीहरूलाई स्वतन्त्रता र सुन्दरताको क्षेत्रमा डोर्‍याउन सक्नुहुनेथिएन। त्यसकारण, युग परिवर्तन गर्ने कामको यो चरणमा, परमेश्‍वर स्वयम्‌ले काम गर्न र बोल्न आवश्यक छ; नत्रभने उहाँको सट्टामा कुनै पनि मानिसले त्यसो गर्न सक्दैन। अहिलेसम्म, यो प्रवाहभन्दा बाहिरका पवित्र आत्माका सबै काम ठप्प भएका छन्, र पवित्र आत्माद्वारा प्रयोग गरिएकाहरूले आफ्नो दिशा गुमाएका छन्। त्यसकारण, पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूको काम परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कामजस्तो नहुने हुनाले, तिनीहरूका पहिचान र तिनीहरू जसका तर्फबाट काम गर्छन् ती पात्रहरू पनि त्यसै गरी फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुहुने काम फरक छ, र यसै कारणले गर्दा त्यसरी नै काम गर्नेहरूका पहिचान र हैसियतहरू फरक हुन्छन्। पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरूले केही नयाँ काम गर्न पनि सक्छन् र अघिल्लो युगमा गरिएका केही कामलाई हटाउन पनि सक्छन्, तर तिनीहरूले गर्ने कामले नयाँ युगमा परमेश्‍वरका स्वभाव र अभिप्रायहरू व्यक्त गर्न सक्दैन। तिनीहरू परमेश्‍वर स्वयम्‌को स्वभावलाई सिधै प्रतिनिधित्व गर्ने उद्देश्यले नयाँ काम गर्नका निम्ति होइन, अघिल्लो युगको कामलाई पूर्ण रूपमा हटाउन मात्र काम गर्छन्। तसर्थ, तिनीहरूले जति नै धेरै पुराना अभ्यास खारेज गरे पनि वा जति नै धेरै नयाँ अभ्यास सुरु गरे पनि, तिनीहरू अझै मानिस र सृजित प्राणीहरूको नै प्रतिनिधित्व गर्छन्। तर, परमेश्‍वर स्वयम्‌ले काम गर्दा, उहाँ खुला रूपमा पुरानो युगका अभ्यासहरूको खारेजीको घोषणा गर्ने वा सिधै नयाँ युगको सुरुवातको घोषणा गर्ने गर्नुहुन्न। उहाँ आफ्नो काममा सिधा र स्पष्ट हुनुहुन्छ। उहाँ आफूले गर्न चाहेको काम स्पष्ट रूपमा सम्पादन गर्नुहुन्छ; अर्थात्, उहाँ आफूले ल्याएको कामलाई सिधै व्यक्त गर्नुहुन्छ, आफ्नो काम मूल अभिप्रायअनुसार सिधै गर्नुहुन्छ, आफ्नो सत्त्व र स्वभाव व्यक्त गर्नुहुन्छ। मानिसले हेर्दा, उहाँको स्वभाव र उहाँको काम पनि बितेका युगहरूका भन्दा फरक हुन्छन्। तर, परमेश्‍वर स्वयम्‌को दृष्टिकोणबाट हेर्दा, यो उहाँको कामलाई निरन्तरता दिनु र थप अगाडि बढाउनु मात्रै हो। परमेश्‍वर स्वयम्‌ले काम गर्दा, उहाँ आफ्नो वचन व्यक्त गर्नुहुन्छ र सिधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, मानिसले काम गर्दा, यो विचार-विमर्श र अध्ययनमार्फत हुन्छ, वा यो अरूको काममा आधारित ज्ञानको विस्तार र अभ्यासको प्रणालीकरण हो। भन्नुको अर्थ, मानिसले गर्ने कामको सार भनेको एउटा स्थापित क्रमलाई पछ्याउनु र “नयाँ जुत्ता लगाएर पुरानो मार्गमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माद्वारा प्रयोग गरिएका मानिसहरू हिँड्ने मार्ग समेत परमेश्‍वर स्वयम्‌ले सुरु गर्नुभएको मार्गको जगमा नै निर्माण गरिएको हुन्छ। त्यसैले, आखिरमा, मानिस मानिस नै हो, र परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६८

यूहन्ना प्रतिज्ञाद्वारा जन्मेका थिए, जसरी इसहाक अब्राहामबाट जन्मेका थिए। तिनले येशूका लागि बाटो खोलिदिए र धेरै काम गरे, तर तिनी परमेश्‍वर थिएनन्। बरु, तिनी अगमवक्ताहरूमध्ये एक थिए, किनभने तिनले येशूका लागि बाटो मात्र खोलिदिएका थिए। तिनको काम पनि महान् थियो, र तिनले बाटो खोलिसकेपछि मात्रै येशूले आधिकारिक रूपमा आफ्नो काम सुरु गर्नुभयो। सारमा, तिनले केवल येशूका लागि सेवा प्रदान गरे, र तिनले गरेको काम येशूको काममा टेवा पुर्‍याउन गरिएको थियो। तिनले बाटो खोलिसकेपछि, येशूले आफ्नो काम सुरु गर्नुभयो, जुन काम अझ नयाँ, अझ ठोस, र अझ विस्तृत थियो। यूहन्नाले कामको सुरुवाती भाग मात्र गरे; नयाँ कामको ठूलो भाग येशूले गर्नुभयो। यूहन्नाले पनि नयाँ काम गरे, तर तिनी नयाँ युगको सुरुवात गर्ने व्यक्ति थिएनन्। यूहन्ना प्रतिज्ञाद्वारा जन्मेका थिए, र तिनको नाम स्वर्गदूतद्वारा दिइएको हो। त्यतिबेला, कतिपयले तिनको नाम तिनका बुबा जकरियाको नामबाट राख्न चाहेका थिए, तर तिनकी आमाले यसो भन्दै आफ्नो भनाइ राखिन्, “यस बालकलाई त्यो नामले बोलाउन मिल्दैन। उसलाई यूहन्ना भनिनुपर्छ।” यो सबै पवित्र आत्माको आदेशमा भएको थियो। येशूको नाम पनि पवित्र आत्माको आदेशमा नै राखिएको थियो, उहाँ पवित्र आत्माबाट जन्मनुभएको थियो, र उहाँ पवित्र आत्माद्वारा प्रतिज्ञा गरिनुभएको थियो। येशू भनेको परमेश्‍वर, ख्रीष्ट, र मानिसको पुत्र हुनुहुन्थ्यो। तर, यूहन्नाको काम पनि महान् हुँदाहुँदै तिनलाई किन परमेश्‍वर भनिएन? येशूले गर्नुभएको काम र यूहन्नाले गरेको कामबीच ठ्याक्कै के भिन्‍नता थियो? के यूहन्ना येशूका लागि बाटो खोलिदिने व्यक्ति भएकोले मात्रै यस्तो भएको थियो? कि यो परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुनाले यस्तो भएको थियो? यूहन्नाले पनि “पश्‍चात्ताप गर, किनकि स्वर्गको राज्य नजिक आइपुगेको छ” भनेका भए पनि, र तिनले पनि स्वर्गको राज्यको सुसमाचार प्रचार गरेका भए पनि, तिनको काम थप विकसित भएन र यसको सुरुवात मात्र भयो। यसको विपरीत, येशूले पुरानो युगको अन्त्य गर्नुका साथै एउटा नयाँ युगको सुरुवात गर्नुभयो, तर उहाँले पुरानो करारको व्यवस्थालाई पनि पूरा गर्नुभयो। उहाँले गर्नुभएको काम यूहन्नाको भन्दा महान् थियो, र अझ महत्त्वपूर्ण कुरा उहाँ सम्पूर्ण मानवजातिलाई छुटकारा दिन आउनुभयो—उहाँले त्यस चरणको काम गर्नुभयो। यूहन्नाको कुरा गर्नुपर्दा, तिनले बाटो मात्र खोलिदिए। हुन त तिनको काम महान् थियो, तिनका वचनहरू धेरै थिए, र तिनलाई पछ्याउने चेलाहरू कैयौँ थिए, तर तिनको कामले मानिसलाई नयाँ सुरुवात ल्याइदिनेबाहेक अरू केही गरेन। मानिसले तिनीबाट कहिल्यै पनि जीवन, मार्ग, वा अझ गहन सत्यताहरू प्राप्त गरेन, न त मानिसले तिनीमार्फत परमेश्‍वरका अभिप्रायहरूको बुझाइ नै प्राप्त गर्‍यो। यूहन्ना एक महान् अगमवक्ता (एलिया) थिए जसले येशूको कामका लागि थलो खोले र उम्मेदवारहरू तयार पारे; तिनी अनुग्रहको युगका अग्रदूत थिए। तिनीहरूको सामान्य मानव रूपलाई अवलोकन गरेर त्यस्ता मामलाहरूलाई खुट्ट्याउन बिलकुलै सकिँदैन। यो अझ बढी सान्दर्भिक छ किनभने यूहन्नाले पनि निकै ठूलो काम गरे र, यसबाहेक, तिनलाई पवित्र आत्माद्वारा प्रतिज्ञा गरिएको थियो, र तिनको कामलाई पवित्र आत्माद्वारा समर्थन गरिएको थियो। यसो हुनाले, तिनीहरूले गरेका काममार्फत मात्रै कसैले तिनीहरूका सम्बन्धित पहिचानहरूबीच भिन्‍नता छुट्याउन सक्छ, किनभने व्यक्तिको बाहिरी रूपबाट कुनै हालतमा उसको सार बताउन सकिँदैन, न त पवित्र आत्माको गवाही के हो भनेर मानिसले कुनै हालतमा यकिन गर्न नै सक्छ। यूहन्नाद्वारा गरिएको काम र येशूद्वारा गरिएको काम असमान थिए र फरक प्रकृतिका थिए। यूहन्ना परमेश्‍वर थिए कि थिएनन् भन्ने कुरा व्यक्तिले यसैका आधारमा निर्धारण गर्नुपर्छ। येशूको काम सुरुवात गर्नु, निरन्तरता दिनु, अन्त्य गर्नु, र फलदायी बनाउनु थियो। उहाँले यी प्रत्येक चरण सम्पादन गर्नुभयो, जबकि यूहन्नाको काम एउटा थालनी गर्नेबाहेक अरू केही थिएन। सुरुमा, येशूले सुसमाचार प्रचार गर्नुभयो र पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, र त्यसपछि मानिसलाई बप्तिस्मा दिनुभयो, बिरामीलाई निको पार्नुभयो, र पिशाचहरूलाई धपाउनुभयो। अन्त्यमा, उहाँले मानवजातिलाई पापबाट छुटकारा दिनुभयो र सम्पूर्ण युगका लागि आफ्नो काम पूरा गर्नुभयो। उहाँ मानिसलाई प्रचार गर्दै र स्वर्गको राज्यको सुसमाचार प्रचार गर्दै हरेक ठाउँमा पनि जानुभयो। यस सन्दर्भमा उहाँ र यूहन्ना उस्तै हुनुहुन्थ्यो, भिन्‍नता यति मात्र थियो कि येशूले नयाँ युगको सुरुवात गर्नुभयो र मानिसलाई अनुग्रहको युग ल्याइदिनुभयो। उहाँको मुखबाट अनुग्रहको युगमा मानिसले के अभ्यास गर्नुपर्छ भन्‍ने वचन र मानिसले पछ्याउनुपर्ने मार्ग निस्कियो, र अन्तमा, उहाँले छुटकाराको काम सकाउनुभयो। यूहन्नाले यो काम गर्न सक्नेथिएनन्। त्यसैले परमेश्‍वर स्वयम्‌को काम गर्ने येशू नै हुनुहुन्थ्यो, र परमेश्‍वर स्वयम् उहाँ नै हुनुहुन्छ, र सिधै परमेश्‍वरको प्रतिनिधित्व गर्ने पनि उहाँ नै हुनुहुन्छ। मानिसका धारणाहरूले के भन्छन् भने प्रतिज्ञाद्वारा जन्मेका, आत्माबाट जन्मेका, पवित्र आत्माद्वारा समर्थन गरिएका, र नयाँ निकासहरू खोल्ने सबै जना परमेश्‍वर हुन्। यो तर्कअनुसार, यूहन्ना पनि परमेश्‍वर हुनेथिए, अनि मोशा, अब्राहाम, र दाऊद…, तिनीहरू पनि सबै परमेश्‍वर हुनेथिए। के यो चरम मजाक होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १६९

कसै-कसैलाई यस्तो लाग्न सक्छ, “किन परमेश्‍वर आफैले यो युगको सुरुवात गर्नुपर्दछ? के कुनै सृष्टि गरिएको प्राणी उहाँको स्थानमा खडा हुन सक्दैन र?” तिमीहरू सबैलाई थाहा छ, कि परमेश्‍वर एउटा नयाँ युग सुरु गर्ने स्पष्ट उद्देश्यसहित देह बन्नुभयो, र निश्चय नै, जब उहाँले एउटा नयाँ युगको सुरुवात गर्नुहुन्छ, उहाँले त्यतिबेलै पहिलेको युगको अन्त्य गर्नुभएको हुनेछ। परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँको कामलाई गति दिने उहाँ स्वयम् नै हुनुहुन्छ, त्यसैले पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई हराउनुभएको र संसारमाथिको उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि उहाँ स्वयम्ले मानिसमाझ काम गर्नुहुँदा, त्यो एक नयाँ लडाइँको सुरुवात हो। नयाँ कामको सुरुवातविना, स्वाभाविक रूपमै पुरानोको अन्त्य हुनेथिएन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त हुन बाँकी छ भन्‍ने कुराको प्रमाण हो। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ काम गर्नुहुन्छ भने मात्र, मानिस शैतानको शक्तिबाट पूर्णतः उम्कन सक्छ र उसले नयाँ जीवन र नयाँ सुरुवात प्राप्त गर्न सक्छ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरमा समर्पित हुने कार्य हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिस परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरमा समर्पित हुन्छ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र तिमीहरू उहाँमा समर्पित हुनुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र समर्पणता र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँको कामलाई गति दिने उहाँ नै हुनुहुन्छ, र उहाँको काम समाप्त गर्ने उहाँ नै हुनुहुन्छ। कामको योजना बनाउने, र त्यसलाई व्यवस्थापन गर्ने उहाँ नै हुनुहुन्छ, र अझ बढी, कामलाई फलदायी बनाउने उहाँ नै हुनुहुन्छ। बाइबलमा भनिएझैँ, “आदि र अन्त्य म नै हुँ; बीउ छर्ने र कटनी गर्ने म नै हुँ।” परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित यो सबै काम उहाँ आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाका सार्वभौम हुनुहुन्छ; उहाँको सट्टा कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्तिमा ल्याउन सक्दैन, किनकि सबै थोक आफ्नो हातमा राख्नुहुने उहाँ नै हुनुहुन्छ। संसार सृष्टि गर्नुभएकाले, उहाँ सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुनेछ, र उहाँले निश्चय नै सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुनेछ, यसरी आफ्नो सम्पूर्ण योजनालाई फलदायी बनाउनुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७०

परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकाश भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकाश भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकाश गरिएको छ, आखिरी दिनहरूको यस अवधिमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कामले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिने काम सबै कामको समापन हो; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकाश गरिएको छ। यो रहस्य प्रकट गर्नु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्‍ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी बुझाइ जति नै धेरै भए पनि त्यो शब्दहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्ला, केही शब्दहरूको व्याख्या गर्न सक्ला, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूलाई गम्भीर रूपमा जाँच गरेको होला, तर उसले ती शब्दहरूभित्र रहेको अर्थ कहिल्यै पनि खोल्न सक्नेछैन, किनकि मानिसले देख्‍ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य सुल्झाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो, सबैभन्दा गहन रूपमा लुकाइएको रहस्य हो, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्‍वर आफैले मानिसलाई व्याख्या नगरुञ्जेल र प्रकाश नगरुञ्‍जेल कसैले पनि परमेश्‍वरका अभिप्रायहरू सीधै बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ पहेली रहनेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको त कुरै नगरौँ, यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्‍ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यो रहस्य बुझ्न सक्छौ भने, र यदि तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्‍ने तिमीहरूलाई थाहा थिएन। परमेश्‍वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्‍यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्‍ने कुरा मानिसहरूले बुझ्‍ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७१

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती व्यक्तिहरूका सेवकाइ र गोठालोपनको आवश्यकता पर्छ, जसलाई परमेश्‍वरले प्रयोग गर्नुभएको हुन्छ। यसैले परमेश्‍वरले प्रत्येक युगमा विभिन्न मानिसहरूलाई खडा गर्नुहुन्छ जो उहाँको कामको खातिर मण्डलीहरूको गोठालो गर्दै व्यस्तताका साथ दौडधूप गर्छन्। यो भनेको के हो भने, परमेश्‍वरको काम ती मानिसहरूद्वारा गरिनुपर्छ जोमाथि उहाँले कृपादृष्टि राख्नुहुन्छ र जसलाई उहाँले योग्य पाउनुहुन्छ; पवित्र आत्माले उहाँको काम गर्नका निम्ति तिनीहरू भित्रको प्रयोग गर्न योग्य भाग प्रयोग गर्नुपर्दछ, अनि तिनीहरू पवित्र आत्माद्वारा सिद्ध तुल्याइएर परमेश्‍वरका प्रयोगका निम्ति योग्य बनाइन्छन्। मानिसको बुझ्ने क्षमता धेरै कम भएकोले तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका व्यक्तिहरूद्वारा गोठालो गरिनुपर्छ; परमेश्‍वरले मोशालाई पनि त्यसरी नै प्रयोग गर्नुभएको थियो, जसमा उहाँले त्यो बेला प्रयोग गर्न सकिने धेरै कुरा पाउनुभयो, जुन कुराहरू तिनले त्यस चरणको परमेश्‍वरको काम गर्न प्रयोग गरे। यस चरणमा, परमेश्‍वरले एक व्यक्तिलाई प्रयोग गर्नुहुन्छ, साथै पवित्र आत्माले काममा प्रयोग गर्न सक्नुहुने त्यस व्यक्तिको भागको फाइदा उठाउनुहुन्छ, र पवित्र आत्माले उसलाई मार्गनिर्देशन गर्ने, त्यसको साथै प्रयोग हुन नसक्ने उसको बाँकी भागलाई सिद्ध पार्ने दुवै काम गर्नुहुन्छ।

परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्तिद्वारा गरिने काम ख्रीष्टको काम वा पवित्र आत्माको कामसँग सहकार्य गर्नका निम्ति हो। यस व्यक्तिलाई परमेश्‍वरका चुनिएका मानिसहरू सबैलाई अगुवाइ गर्न परमेश्‍वरद्वारा मानिसहरूमाझ खडा गरिन्छ र उसलाई मानव सहकार्यको काम गर्नका निम्ति पनि परमेश्‍वरद्वारा खडा गरिन्छ। मानव सहकार्यको काम गर्न सक्ने यस्तो व्यक्ति भएपछि, ऊमार्फत मानिसप्रति परमेश्‍वरका धेरैजसो माग र पवित्र आत्माले मानिसहरूमाझ गर्नैपर्ने काम हासिल गर्न सकिन्छ। यसलाई अर्को तरिकामा यसरी भन्न सकिन्छ: परमेश्‍वरले यस मानिसलाई प्रयोग गर्नुको उद्देश्य भनेको परमेश्‍वरलाई पछ्याउने जति सबैले परमेश्‍वरका अभिप्रायहरू अझ राम्ररी बुझ्न सकून् र परमेश्‍वरका मागहरू अझ बढी मात्रामा पूरा गर्न सकून् भन्‍नका लागि हो। मानिसहरू परमेश्‍वरका वचनहरू वा परमेश्‍वरका अभिप्रायहरू सिधै बुझ्न असक्षम हुने हुनाले, परमेश्‍वरले एक व्यक्तिलाई खडा गर्नुभएको हो जसलाई यस्तो काम गर्नका लागि प्रयोग गरिन्छ। परमेश्‍वरद्वारा प्रयोग गरिने यस व्यक्तिलाई परमेश्‍वरले मानिसहरूलाई मार्गदर्शन गर्ने माध्यमका रूपमा, परमेश्‍वर र मानिसबीच सञ्चार गर्ने “अनुवादक” का रूपमा पनि वर्णन गर्न सकिन्छ। तसर्थ, यस्तो मानिस परमेश्‍वरको घरको कुनै पनि कामदार वा प्रेरितभन्दा फरक हुन्छ। तिनीहरू सबैलाई परमेश्‍वरको सेवा गर्ने मानिस हुन् भन्न सकिन्छ, तैपनि उसको कामको सार र उसलाई परमेश्‍वरद्वारा प्रयोग गरिनुको पृष्ठभूमिमा, यो मानिस अन्य कामदार र प्रेरितहरूभन्दा धेरै फरक हुन्छ। उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबले, परमेश्‍वरद्वारा प्रयोग गरिने मानिसलाई उहाँद्वारा खडा गरिन्छ, उसलाई परमेश्‍वरको कामका लागि परमेश्‍वरद्वारा तयार पारिन्छ र ऊ परमेश्‍वर स्वयम्‌को कामसँग सहकार्य गर्छ। कुनै पनि व्यक्तिले कहिल्यै उसको सट्टामा उसको काम गर्न सक्दैन—ईश्‍वरीय कामका साथसाथै मानव सहकार्य पनि अपरिहार्य छ। यसबीच, अन्य कामदार वा प्रेरितहरूद्वारा सम्पन्न गरिने काम भनेको प्रत्येक अवधिमा मण्डलीहरूका लागि गरिएका प्रबन्धहरूका धेरै पक्षको सम्प्रेषण र कार्यान्वयन मात्र हो, नत्रभने मण्डली जीवन कायम राख्नका लागि जीवनको केही सामान्य प्रबन्ध मात्र हो। यी कामदार र प्रेरितहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुँदैनन्, झन् तिनीहरूलाई पवित्र आत्माद्वारा प्रयोग गरिने मानिस भन्न मिल्नु त परै जाओस्। तिनीहरू मण्डलीहरूमध्येबाट छानिन्छन् र तिनीहरूलाई केही समयका लागि तालिम दिएर संवर्धन गरिएपछि, प्रयोग गर्न योग्यहरूलाई राखिन्छ, जबकि अयोग्यहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यतै फिर्ता पठाइन्छ। यी मानिसहरू मण्डलीहरूमध्येबाट छानिने हुनाले, कतिपयले अगुवा बनेपछि आफ्नो साँचो रङ देखाउँछन् र कतिपयले धेरै नराम्रा कामसमेत गर्छन् र तिनीहरू अन्ततः हटाइन्छन्। अर्कोतर्फ, परमेश्‍वरद्वारा प्रयोग गरिने मानिस भनेको त्यस्तो व्यक्ति हो जो परमेश्‍वरद्वारा तयार पारिएको हुन्छ र जोसँग निश्चित क्षमता हुन्छ र जसमा मानवता हुन्छ। ऊ पवित्र आत्माद्वारा अग्रिम रूपमा तयार र सिद्ध पारिएको हुन्छ र पूर्ण रूपमा पवित्र आत्माद्वारा अगुवाइ गरिएको हुन्छ र विशेष गरी उसको कामको कुरा गर्नुपर्दा, ऊ पवित्र आत्माद्वारा निर्देशित र नियन्त्रित हुन्छ—यसको फलस्वरूप, उसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई डोर्‍याउने मार्गमा कुनै विचलन हुँदैन, किनभने परमेश्‍वर निश्चित रूपमा आफ्नो कामको जिम्मेवारी लिनुहुन्छ र परमेश्‍वर जहिले पनि आफ्नै काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७२

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो। परमेश्‍वर स्‍वयम्‌को सारतत्त्व आत्मा हुनुहुन्छ, जसलाई पवित्र आत्मा वा सात गुणा प्रबल आत्मा भन्‍न सकिन्छ। जे भए तापनि, तिनीहरू परमेश्‍वरका आत्मा हुन्, यद्यपि परमेश्‍वरका आत्मालाई फरक युगहरूमा फरक नामले सम्बोधन गरिएको छ। उहाँहरूको सार एउटै हो। त्यसैले, परमेश्‍वर स्‍वयम्‌को काम नै पवित्र आत्माको काम हो, साथै देहधारी परमेश्‍वरको काम पवित्र आत्माले गर्नुहुने कामबाहेक अरू केही होइन। प्रयोग गरिएका मानिसहरूले गर्ने काम पनि पवित्र आत्माको काम नै हो। तैपनि, परमेश्‍वरको काम पवित्र आत्माको पूर्ण अभिव्यक्ति हो, जुनचाहिँ पूर्णतया साँचो हुन्छ, तर प्रयोग भइरहेका मानिसहरूको काममा थुप्रै मानवीय कुराहरू मिसिएका हुन्छन्, र ती पवित्र आत्माको प्रत्यक्ष अभिव्यक्ति होइनन्, त्यो उहाँको पूर्ण अभिव्यक्ति हुने कुरा त परै जाओस्। पवित्र आत्माको काम अनेक छन् र कुनै सर्तहरूद्वारा सीमित छैनन्। पवित्र आत्माको काम फरक मानिसहरूमा फरक-फरक छन्; त्यसले फरक सारतत्त्व प्रकट गर्छ, र यो युग र देश अनुसार फरक हुन्छ। निश्‍चय नै, पवित्र आत्माले फरक तरिकाले र विभिन्‍न सिद्धान्तहरू अनुसार काम गर्नुभए तापनि यो काम जसरी गरिए पनि वा जुनसुकै मानिसहरूमा गरिएको भए पनि त्यसको सारतत्त्व सधैँ फरक हुन्छन्; फरक मानिसहरूमा गरिने सबै कामको फरक-फरक सिद्धान्तहरू हुन्छन्, र ती सबैले आफ्नो उद्देश्यको सारतत्त्व प्रतिनिधित्व गर्न सक्छ। यसो हुनुको कारण चाहिँ पवित्र आत्माको काम क्षेत्रको हिसाबले पूर्णतया निर्दिष्ट छ र पूर्णतया मापन गर्न सकिन्छ। देहधारण हुनुभएको शरीरमा गरिएको काम मानिसहरूमा गरिएको काम जस्तै हुँदैन, र जुन व्यक्तिमा काम गरिन्छ उसको योग्यता अनुसार काम फरक हुन्छ। देहधारी शरीरमा गरिने काम मानिसहरूमा गरिने काम होइन, र यो काम मानिसहरूमा गरिने काम जस्तै होइन। संक्षिप्तमा, काम जसरी गरिने भए तापनि फरक वस्तुमा गरिने काम कहिल्यै उही हुँदैनन्, र उहाँले काम गर्नुहुने मानिसहरूको स्थिति र प्रवृत्ति अनुसार उहाँले काम गर्नुहुने सिद्धान्तहरू फरक-फरक हुन्छन्। पवित्र आत्माले मानिसहरूमा अन्तर्निहित सारको आधारमा फरक-फरक काम गर्नुहुन्छ र उनीहरूको सारतत्त्वभन्दा ज्यादा हुने गरी उहाँले तिनीहरूलाई माग गर्नुहुन्‍न, न त उहाँले उनीहरूको अन्तर्निहित क्षमतालाई नाघ्‍ने गरी काम गर्नुहुन्छ। त्यसैले, मानिसमा गरिने पवित्र आत्माको कामले मानिसहरूलाई कामको उद्देश्यको सार देख्‍ने तुल्याउँछ। मानिसको अन्तर्निहित सार परिवर्तन हुँदैन; उसको अन्तर्निहित क्षमता सीमित हुन्छ। पवित्र आत्माले मानिसहरूलाई प्रयोग गर्नुहुन्छ वा उनीहरूको योग्यताको सीमितता अनुसार उनीहरूमा काम गर्नुहुन्छ, ताकि त्यसबाट उनीहरूले फाइदा लिन सकून्। जब प्रयोग गरिएका मानिसहरूमा पवित्र आत्माले काम गर्नुहुन्छ, तब ती मानिसहरूको क्षमता र अन्तर्निहित योग्यता प्रस्फुटन हुन्छन्, रोकिएका हुँदैनन्। उनीहरूको अन्तर्निहित योग्यता कामको सेवामा प्रयोग गरिएको हुन्छ। यसलाई यसो भन्‍न सकिन्छ कि उहाँले आफ्नो काममा प्रयोग गर्न सकिने मानिसहरूको भागहरूलाई प्रयोग गर्नुहुन्छ, ताकि कामको परिणामहरू प्राप्‍त गर्न सकियोस्। यसको विपरीत, देहधारी शरीरमा गरिने कामले प्रत्यक्ष रूपमा आत्माको काम व्यक्त गर्छ र त्यसलाई मानिसको मन र सोचविचारले दूषित बनाएको हुँदैन; न त मानिसहरूको वरदानहरूले न त मानिसको अनुभवले वा मानिसको जन्मसिद्ध अवस्थाले नै त्यसलाई पहुँच गर्न सक्छ। पवित्र आत्माका सबै असङ्ख्य कामको अर्थ मानिसलाई फाइदा पुर्‍याउनु र सुसज्‍जित पार्नु हो। जे भए तापनि, कतिपय मानिसहरू सिद्ध तुल्याइएका हुन्छन् भने कतिपयमा चाहिँ सिद्धताको अवस्था हुँदैन, जसको अर्थ उनीहरूलाई सिद्ध तुल्याउन सकिँदैन र उनीहरूलाई मुक्ति दिन निकै कठिन हुन्छ, र उनीहरूसँग पवित्र आत्माको काम भएको हुन सक्‍ने भए तापनि, उनीहरूलाई अन्तमा हटाइन्छ। पवित्र आत्माको काम मानिसहरूलाई सुसज्‍जित पार्नुको लागि भए तापनि, तैपनि पवित्र आत्माको काम भएका सबै जना पूर्ण रूपमा सिद्ध बनाइनेछन् भनी भन्‍न सकिँदैन, किनकि धेरै मानिसहरूले अनुसरण गरिरहेको मार्ग उनीहरूलाई सिद्ध बनाउने मार्ग होइन। उनीहरूसँग पवित्र आत्माको एकपक्षीय काम मात्र छ, तर न त उनीहरूसँग मानवीय सहकार्यको कुनै कुरा छ, न त उनीहरूको मानवीय अनुसरण नै सही छ। त्यसैले, यी मानिसहरूमा गरिने पवित्र आत्माको कामले सिद्ध तुल्याइएका मानिसहरूलाई सेवा पुर्‍याउँछ। पवित्र आत्माको कामलाई मानिसहरूले प्रत्यक्ष रूपमा देख्‍न सक्दैनन्, न त मानिसहरूले त्यसलाई प्रत्यक्ष रूपमा स्पर्श नै गर्न सक्छन्। यसलाई केवल कामको वरदान पाएकाहरूले मात्र व्यक्त गर्न सक्छन्, अर्थात् मानिसहरूको अभिव्यक्तिहरूद्वारा पवित्र आत्माको काम अनुयायीहरूलाई प्रदान गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७३

पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्‍न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्‍वरको कामले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्न सक्‍ने, र सम्पूर्ण युगमा मानिसहरूको प्रवेशलाई पनि प्रतिनिधित्व गर्न सक्‍ने भए तापनि, पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले नै मानिसहरूको प्रवेशका विस्तृत विवरणका काम सम्पन्‍न गर्नु आवश्‍यक छ, देहधारी परमेश्‍वरले होइन। त्यसैले, परमेश्‍वरको काम वा परमेश्‍वरको आफ्नो सेवकाइ चाहिँ परमेश्‍वरको देहधारी शरीरको काम हो, जुन मानिसले उहाँको सट्टामा गर्न सक्दैन। पवित्र आत्माको काम धेरै किसिममा मानिसहरूबाट सम्पन्‍न गरिएको हुन्छ; कुनै एक जना व्यक्तिले मात्र यसलाई पूर्णतया हासिल गर्न सक्दैन, र पूर्णतया व्यक्त गर्न सक्दैन। मण्डलीहरू अगुवाइ गर्नेहरूले पनि पवित्र आत्माको कामलाई पूर्णतया प्रतिनिधित्व गर्न सक्दैनन्; तिनीहरूले केही अगुवाइका काम मात्र गर्न सक्छन्। त्यसैले पवित्र आत्माको कामलाई तीन भागमा विभाजन गर्न सकिन्छ: परमेश्‍वरको आफ्नै काम, प्रयोग गरिएका मानिसहरूको काम, र पवित्र आत्माको प्रवाहमा रहेकाहरूमा काम। परमेश्‍वरको आफ्नै कामचाहिँ सम्पूर्ण युगलाई अगुवाइ गर्नु हो; प्रयोग गरिएका मानिसहरूको काम भनेको, परमेश्‍वरले आफ्नो काम पूरा गर्नुभएपछि परमेश्‍वरद्वारा पठाइनु वा परमेश्‍वरबाट आदेशहरू प्राप्त गर्नु हो, परमेश्‍वरका अनुयायीहरूलाई अगुवाइ गर्नु हो, र परमेश्‍वरको काममा सहकार्य गर्नेहरू यिनीहरू नै हुन्; प्रवाहमा भएकाहरूमाथि पवित्र आत्माले गर्नुभएको काम चाहिँ उहाँका सबै कामलाई कायम राख्‍नु हो, अर्थात् उहाँका सम्पूर्ण व्यवस्थापन र उहाँको साक्षी कायम राख्‍नु हो, यसको साथ-साथै सिद्ध बनाउन सकिनेहरूलाई सिद्ध बनाउनु हो। सँगसँगै, यी तीन भाग पवित्र आत्माको कामको पूर्णता हुन्, तर परमेश्‍वर स्‍वयम्‌को काम विना, व्यवस्थापनको काम त्यसको पूर्णतामा निष्‍क्रिय रहन्छ। परमेश्‍वर स्‍वयम्‌को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्‍वर स्‍वयम्‌को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्‍वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले निर्वाह गर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापनको कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्‍नताहरू भएको कारण परमेश्‍वर स्‍वयम्‌को काम र मानिसको कामको बीचमा स्पष्‍ट र ठोस भिन्‍नताहरू छन्। यसबाहेक, पवित्र आत्माले गर्नुभएको कामको हदमा पहिचानहरूमा भिन्‍नता हुनुका साथै उद्देश्यमा फरक हुन्छ। यिनीहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्र हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७४

मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तर्कना, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामका भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ। जब केही मानिसहरूले नकारात्मक कुरा अनुभव गर्छन्, तिनीहरूको सङ्‍गतिको अधिकांश भाषामा नकारात्मक तत्त्वहरू समावेश हुनेछन्। यदि तिनीहरूको अनुभव एक निश्‍चित समयको निम्ति सकारात्मक छ र तिनीहरू सकारात्मक धारणाको मार्गमा विशेष गरी रहे भने, तिनीहरूको सङ्‍गति अत्यन्त उत्साहजनक हुन्छ, र मानिसहरूले तिनीहरूबाट सकारात्मक बन्दोबस्तहरू प्राप्‍त गर्न सक्छन्। यदि एक जना कामदार एक निश्‍चित समयको निम्ति नकारात्मक बन्छ भने उसको सङ्गतले सधैँ नकारात्मक तत्त्वहरू बोकी हिँड्छ। यस किसिमको सङ्‍गत निराशाजनक हुन्छ, र अरू व्यक्तिहरू पनि उसको सङ्गतपछि अन्जानमै निराश बन्‍नेछन्। अगुवाको आधारमा नै उसलाई पछ्याउने व्यक्तिहरूको अवस्था परिवर्तन हुन्छ। एक कामदार भित्रपट्टि जस्तो छ, उसले त्यही कुरा व्यक्त गर्छ, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्‍न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्‍गत परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छन्। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुभएपछि वा बोल्नुभएपछि, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ के हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सत्त्वका आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ। यदि कसैले सजाय र न्यायको बारेमा उसको बुझाइसँग सङ्‍गत गर्‍यो, तर तँसँग त्यसको कुनै अनुभव थिएन भने तैँले उसको ज्ञानलाई इन्कार गर्ने साहस गर्ने थिइनस्, शत प्रतिशत त्यसमा सहमत हुन साहस गर्ने कुरा त परै जाओस्। किनकि तैँले तिनीहरूले सङ्‍गत गरेको कुरा कहिल्यै अनुभव गरेको छैनस्, तैँले कहिल्यै थाहा पाएको थिइनस्, र तेरो मनले त्यसको बारेमा कल्पना गर्न सक्दैन। तिनीहरूको ज्ञानबाट तैँले लिन सक्‍ने कुरा भनेको भविष्‍यमा सजाय र न्याय भएर जानका लागि चाहिने एक मार्ग हो। तर यो मार्ग एक सैद्धान्तिक ज्ञान मात्र हुन सक्छ; यसले तेरो आफ्नो बुझाइको ठाउँ लिन सक्दैन, न त तेरो अनुभवको नै। सायद तिनीहरूले भनेको कुरा सही नै छ भनी तँ विचार गर्छस्, तर तेरो आफ्‍नै अनुभवमा तँ त्यो कुरा धेरै किसिमले अव्यावहारिक भएको पत्ता लगाउँछस्। सायद तैँले सुन्‍ने कतिपय कुराहरू पूर्णतया अव्यावहारिक भएको महसुस गर्छस्; त्यो समयमा यसको धारणालाई लिन्छस्, र तैँले त्यसलाई स्वीकार गरे तापनि, तैँले अनिच्छुक रूपमा मात्रै स्वीकार गर्छस्। तर तेरो आफ्नै अनुभवमा, तैँले जुन कुराबाट ज्ञान प्राप्‍त गरेको छस्, त्यो धारणा तेरो व्यवहार गर्ने तरिका बन्छ, र तैँले जति धेरै तपाईंले व्यवहार गर्छस्, तैँले सुनेका वचनहरूको साँचो मूल्य र अर्थलाई त्यति नै बुझ्छस्। तैँले आफैले अनुभव गरिसकेपछि तैँले अनुभव गरेको कुराको ज्ञानको बारेमा त्यसपछि तैँले कुरा गर्न सक्छस्। यसको साथै, तैँले कसको ज्ञान वास्तविक र व्यावहारिक छ अनि कसको ज्ञान सिद्धान्तमा आधारित छ र व्यर्थको छ भनी छुट्याउन पनि सक्छस्। त्यसैले, तैँले स्वीकार गरेको ज्ञान सत्यतासँग मेल खान्छ कि खाँदैन भन्‍ने कुरा तैँले व्यावहारिक रूपमा त्यसलाई अनुभव गरेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर रहन्छ। जब तेरो अनुभवमा सत्यता हुन्छ, तब तेरो ज्ञान व्यावहारिक र मूल्यवान् बन्‍नेछ। आफ्‍नो अनुभवबाट तैँले विवेक र अन्तर्दृष्टि पनि हासिल गर्न सक्छस्, आफ्‍नो ज्ञानलाई गहिराउन सक्छस्, र तैँले आफूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तैँले तेरो बुद्धि र सामान्य चेतनालाई वृद्धि गर्न सक्छस्। मानिसहरूले व्यक्त गर्ने त्यस्तो ज्ञान जसको सत्यता छैन, त्यो सिद्धान्त हो, चाहे त्यो जतिसुकै उच्‍चकोटीको किन नहोस्। यस किसिमको व्यक्ति शरीरका विषयमा धेरै बुद्धिमान ठहरिन सक्छ तर आत्मिक कुराको विषयमा कुनै भेद छुट्याउन सक्दैन। किनकि यस किसिमका मानिसहरूसँग आत्मिक मामिलाको बारेमा कुनै पनि अनुभव हुँदैन। यी मानिसहरूले आत्मिक मामिलामा प्रकाश पाएका हुँदैनन् र तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन। तैँले जुनसुकै ज्ञान व्यक्त गरे पनि, यदि त्यो तेरो सारतत्व हो भने त्यो तेरो व्यक्तिगत अनुभव हो, तेरो वास्तविक ज्ञान हो। सिद्धान्तको बारेमा मात्र कुरा गर्ने मानिसहरू—यी मानिसहरूसँग न त सत्यता हुन्छ न त वास्तविकता नै हुन्छ—छलफललाई पनि तिनीहरूको अस्तित्व भन्‍न सकिन्छ, किनकि उनीहरूको गहिरो सोचविचारद्वारा मात्रै तिनीहरू आफ्नो सिद्धान्तको निर्क्योलमा आइपुगेका छन् र यो उनीहरूको गम्भीर चिन्तनको परिणाम हो। तैपनि यो केवल सिद्धान्त मात्र हो, यो कल्पनाभन्दा अरू केही होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७५

सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको बारेमा बोल्‍न सक्दैन, न त विविध आत्मिक कुराहरूको सही ज्ञानको बारेमा नै कुरा गर्न सक्छन्। मानिसले जे व्यक्त गर्छ त्यो उभित्र जे छ त्यही हो—यो निश्‍चित हो। यदि कसैले आत्मिक कुराहरूको ज्ञान र सत्यताको ज्ञान प्राप्‍त गर्ने चाहना गर्छ भने उससँग वास्तविक अनुभव हुनुपर्छ। यदि तैँले मानव जीवनका सामान्य चेतनाका बारेमा स्पष्‍टसँग बोल्‍न सक्दैनस् भने तैँले त्योभन्दा कति थोरै मात्रामा आत्मिक कुराहरूको बारेमा बोल्‍न सक्‍नेछस्? मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरूलाई हटाइनुपर्ने हुन्छ। तैँले व्यक्त गर्ने अन्तर्दृष्टि तैँले जीवनमा अनुभव गरेका कठिनाइहरूको प्रमाणको रूपमा खडा हुन सक्छ, जुन कुराहरूको निम्ति तँलाई सजाय दिइएको हुन्छ, र जुन विषयको निम्ति तेरो न्याय गरिएको हुन्छ। परीक्षाहरूको हकमा पनि यही कुरा लागू हुन्छ: जहाँ व्यक्तिलाई शोधन गरिएको हुन्छ, जहाँ व्यक्ति कमजोर हुन्छ—यी ती क्षेत्र हुन् जसमा व्यक्तिले अनुभव गरेको हुन्छ, जसमा व्यक्तिको मार्ग हुन्छ। उदाहरणका लागि, यदि कसैले वैवाहिक सम्बन्धमा नैराश्यता भोग्छन् भने उनीहरूले प्रायजसो यस्तो सङ्गति गर्छन्, “परमेश्‍वरलाई धन्यवाद होस्, परमेश्‍वरको प्रशंसा होस्, मैले परमेश्‍वर अभिप्रायपूरा गर्नैपर्छ र मेरो सम्पूर्ण जीवन अर्पण गर्नुपर्छ, र मैले मेरो वैवाहिक सम्बन्धलाई पूर्णतया परमेश्‍वरको हातमा समर्पण गर्नुपर्छ। म मेरो सारा जीवन परमेश्‍वरमा समर्पण गर्न इच्छुक छु।” मानिसभित्र भएका सबै कुराहरू सङ्गतिद्वारा प्रदर्शन गर्न सकिन्छ। चाहे उनीहरू चर्को स्वरमा बोलून् वा शान्त स्वरमा बोलून्, व्यक्तिको बोलीवचनको ढाँचा अनुभवका विषयहरू होइन र तिनले उनीहरूसँग के छ र उनीहरू को हुन् भन्‍ने कुराको प्रतिनिधित्व गर्न सक्दैनन्। यी कुराहरूले व्यक्तिको चरित्र असल कि खराब छ, वा उनीहरूको प्रकृति असल छ कि खराब छ भन्‍ने मात्र बताउन सक्छ, तर कसैसँग अनुभव छ कि छैन त्यस कुरासँग तिनलाई तुलना गर्न सकिँदैन। बोल्दा आफैलाई व्यक्ति गर्न सक्‍ने क्षमता, वा बोलीको सीप वा गति केवल अभ्यासको प्रतिफल हो र यसले व्यक्तिको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। जब तँ आफ्नो व्यक्तिगत अनुभवहरूको बारेमा कुरा गर्छस्, तब तैँले महत्वपूर्ण ठानेका र तँभित्र भएका सबै कुराहरूका बारेमा सङ्गति गर्छस्। मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो सत्त्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७६

पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन। चाहे सत्यता सतही होस् वा गहन होस्, र सत्यता ग्रहण गर्नेहरूको क्षमता जस्तोसुकै होस्, पवित्र आत्माले जे पनि गर्नुहुन्छ, त्यसले मानिसहरूलाई फाइदा गर्छ। तर पवित्र आत्माको काम प्रत्यक्ष रूपमा गरिँदैन; उहाँसँग सहकार्य गर्ने मानिसहरूद्वारा नै यसलाई व्यक्त गरिनुपर्छ। केवल यसरी मात्रै पवित्र आत्माको कामको परिणामहरू प्राप्‍त गर्न सकिन्छ। निश्‍चय नै, जब पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यसमा कुनै मिलावट हुँदैन; तर जब पवित्र आत्माले मानिसद्वारा काम गर्नुहुन्छ, यो अत्यन्तै कलङ्कित बन्छ र यो पवित्र आत्माको मौलिक काम हुँदैन। यसकारण, सत्यता फरक हदमा परिवर्तन हुन्छ। अनुयायीहरूले पवित्र आत्माको मौलिक अभिप्राय प्राप्‍त गर्दैनन् तर पवित्र आत्माको काम र मानिसको अनुभव र ज्ञानको संयोजन प्राप्‍त गर्छन्। अनुयायीहरूले पवित्र आत्माको कामको जुन हिस्सा प्राप्‍त गर्छन् त्यो सही हुन्छ, जबकी उनीहरूले प्राप्‍त गर्ने मानिसको अनुभव र ज्ञान फरक-फरक हुन्छ किनकि सेवकहरू फरक छन्। पवित्र आत्माको प्रकाश र अगुवाइ पाएका सेवकहरूले यो प्रकाश र अगुवाइ हासिल गर्छन्। यी अनुभवहरूभित्र मानिसको मन र अनुभव साथै मानवताको सार, समावेश हुन्छ, त्यसपछि, तिनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान वा अन्तर्दृष्टि तिनीहरूले प्राप्त गर्छन्। यो चाहिँ सत्यता अनुभव गरिसकेपछिको मानिसको अभ्यास गर्ने तरिका हो। यस किसिमको अभ्यास गर्ने तरिका सधैँ एक समानको हुँदैन, किनकि मानिसहरूले फरक किसिमले अनुभव गर्छन् र मानिसहरूले अनुभव गर्ने कुराहरू पनि फरक नै हुन्छन्। यस किसिमले पवित्र आत्माको उही प्रकाशले पनि फरक ज्ञान र अभ्यास ल्याउँछ, किनकि प्रकाश प्राप्‍त गर्नेहरू फरक हुन्छन्। कतिपय मानिसहरूले अभ्यास गर्ने क्रममा सानातिना गल्तीहरू गर्छन् भने कतिपयले ठूलै गल्ती पनि गर्छन्, र कतिपयले चाहिँ गल्ती बाहेक केही पनि गर्दैनन्। मानिसहरूको बुझ्‍ने क्षमता फरक-फरक हुने भएकोले यस्तो हुन्छ, साथै उनीहरूमा अन्तर्निहित क्षमताको कारण पनि यस्तो हुन्छ। कतिपय मानिसहरूले सन्देश सुनेपछि एक किसिमले बुझ्छन्, र कतिपयले सत्यता सुनिसकेपछि अर्कै किसिमले बुझ्छन्। कतिपय मानिसहरूले हल्का रूपमा तलमाथि बुझ्छन् भने कतिपयले त सत्यताको वास्तविक अर्थ बुझेकै हुँदैनन्। त्यसैले, एक व्यक्तिले अरूलाई कसरी अगुवाइ गर्नेछ भन्‍ने कुरालाई उसको बुझाइले निर्देशित गर्छ; यो साँचो हो, किनकि व्यक्तिको काम उसको अस्तित्वको अभिव्यक्ति नै हो। सत्यताको सही बुझाइ भएकाहरूले अगुवाइ गरेका मानिसहरूसँग पनि सत्यताको सही बुझाइ हुन्छ। बेतुके बुझाइ बोकेका मानिसहरू भए पनि तिनीहरूको सङ्ख्या थोरै हुन्छ, र सबैजना यस्तै हुनेछ भन्‍ने छैन। यदि कुनै व्यक्तिमा सत्यता सम्‍बन्धी बेतुके बुझाइ छ भने उसलाई पछ्याउनेहरू पनि अवश्यै विकृत नै हुनेछन्, र यी मानिसहरू हरेक कोणले बेतुके प्रकारका हुनेछन्। अनुयायीहरूले सत्यता कति मात्रामा बुझ्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ। निश्‍चय नै, परमेश्‍वरबाट आएको सत्यता सही हुन्छ, र यसमा कुनै गल्ती हुँदैन, र यो पूर्णतया निश्‍चित हुन्छ। तैपनि सेवकहरू पूर्णतया सही नहुन सक्छन् र पूर्णतया भरोसायोग्य हुन्छन् भनेर भन्‍न पनि सकिँदैन। यदि सेवकहरूसँग सत्यतालाई अभ्यास गर्ने व्यावहारिक तरिका छ भने अनुयायीहरूसँग पनि त्यही किसिमको अभ्यास गर्ने तरिका हुनेछ। यदि सेवकहरूसँग सत्यता अभ्यास गर्ने व्यावहारिक तरिका छैन तर धर्मसिद्धान्त मात्र छ भने अनुयायीहरूसँग कुनै वास्तविकता हुनेछैन। अनुयायीहरूको योग्यता र प्रवृत्ति जन्मजात निर्धारित हुन्छ र यो सेवकहरूसँग सम्बन्धित हुँदैन, तर अनुयायीहरूले कुन हदसम्म सत्यतालाई बुझ्छन् र परमेश्‍वरलाई चिन्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ (यो केही मानिसहरूमा मात्र लागू हुन्छ)। सेवक जस्तो हुन्छ, उसले अगुवाइ गर्ने अनुयायीहरू पनि त्यस्तै हुनेछन्। सेवकले जे कुरा व्यक्त गर्छ, त्यो उसको सार हो, यसमा कुनै पूर्वाग्रह हुँदैन। उसलाई पछ्याउनेहरूसँग उसले माग गर्नेहरू नै उसले चाहना गरेको कुरा हो वा उसले हासिल गर्न सक्‍ने कुरा हुन्। आफूले जे गर्ने गरेका छन् त्यही कुराको आधारमा अधिकांश सेवकहरूले आफ्ना अनुयायीहरूबाट ती कुरा माग गर्छन्, यद्यपि उनीहरूका अनुयायीहरूले त्यति धेरै कुरा हासिल गर्न सक्दैनन्—र हासिल गर्न नसकिने त्यही कुरा नै व्यक्तिको प्रवेशको बाधक बन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७७

काँटछाँट, न्याय र सजाय भोगेकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलग्गिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ काट-छाँट गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई काट-छाँट गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दूषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यता वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७८

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न सक्दैन—अन्यथा, उसले मानिसहरूलाई नीतिनियमहरूमा डोर्‍याउनेछ। मानिसको काम एक निश्‍चित समय वा चरणमा मात्र लागू हुन्छ। किनकि मानिसको अनुभवको आफ्नो क्षेत्र हुन्छ। कसैले पनि मानिसको कामलाई परमेश्‍वरको कामसँग तुलना गर्न सक्दैन। मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागू हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको अभिप्राय हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। सत्यता वास्तविकता अनुभवमा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सधैँ पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्ने मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माका अभिप्रायलाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरका अभिप्रायसँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन। मानिससँग मानिसको काम गर्ने सिद्धान्तहरू छन्, र सबै मानिसहरूसँग फरक-फरक अनुभवहरू हुन्छन् र फरक-फरक सर्तहरू हुन्छन्। मानिसको काममा पवित्र आत्माद्वारा प्रकाश दिइएको उसका सबै अनुभवहरू पनि समावेश हुन्छन्। यी अनुभवहरूले मानिसको अस्तित्वलाई मात्रै प्रतिनिधित्व गर्छन् र यसले परमेश्‍वरको अस्तित्व वा पवित्र आत्माका अभिप्रायलाई प्रतिनिधित्व गर्दैन। त्यसैले, मानिसले हिँड्ने मार्गलाई पवित्र आत्माले हिँड्नुहुने मार्ग भनेर भन्‍न सकिँदैन, किनकि मानिसको कामले परमेश्‍वरको कामलाई प्रतिनिधित्व गर्दैन, र मानिसको काम र मानिसको अनुभव पवित्र आत्माको पूर्ण अभिप्राय होइनन्। मानिसको काम नीतिनियममा पतन हुन सक्‍ने सम्भावना रहन्छ, र उसको कामको पद्धति सजिलै सीमित क्षेत्रमा बन्धित हुन्छ, र त्यसले मानिसहरूलाई स्वतन्‍त्र मार्गमा अगुवाइ गर्न सक्दैन। अधिकांश अनुयायीहरू सीमित क्षेत्रमा जिउँछन्, र उनीहरूको अनुभवको क्षेत्र पनि सीमित हुन्छ। मानिसको अनुभव सधैँ सीमित रहेको छ; उसको कामको पद्धति पनि थोरै प्रकारमा सीमित रहेको छ र त्यसलाई पवित्र आत्माको काम वा परमेश्‍वर स्‍वयम्‌को कामसँग तुलना गर्न सकिँदैन। किनकि आखिरमा मानिसको अनुभव सीमित हुन्छ। तैपनि परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, यो नीतिनियमबाट बाँधिएको हुँदैन; जसरी गरिए पनि यो कुनै एउटा पद्धतिमा सीमित हुँदैन। परमेश्‍वरको काममा कुनै पनि नीतिनियम हुँदैन—उहाँका सबै काम मुक्त छन् र स्वतन्‍त्र छन्। मानिसले उहाँलाई पछ्याउन जति नै धेरै समय खर्च गरे तापनि उसले परमेश्‍वरको काम गर्ने तरिकालाई शासन गर्ने नियमहरू बुझ्‍न सक्दैन। उहाँको काम सैद्धान्तिक हुने भए तापनि, यो सधैँ नयाँ तरिकाबाट गरिन्छ र त्यसमा नयाँ विकासहरू हुन्छन्, र यो मानिसको पहुँचभन्दा बाहिर हुन्छ। एउटै समयावधिमा परमेश्‍वरले फरक-फरक किसिमका थुप्रै काम गर्न सक्‍नुहुन्छ र मानिसहरूलाई अगुवाइ गर्ने फरक तरिकाहरू अपनाउन सक्‍नुहुन्छ, ताकि मानिसहरूले सधैँ नयाँ प्रवेश पाऊन् र परिवर्तित होऊन्। तैँले उहाँको कामको नियम पत्ता लगाउन सक्दैनस् किनकि उहाँले सधैँ नयाँ तरिकाले काम गरिरहनुहुन्छ, र यसरी मात्रै परमेश्‍वरका अनुयायीहरू नीतिनियमबाट बाँधिएका हुँदैनन्। परमेश्‍वर स्‍वयम्‌को कामले सधैँ मानिसहरूको धारणालाई इन्कार गर्छ र त्यसको विपरीत काम गर्छ। उहाँलाई साँचो हृदयले पछ्याउने र अनुसरण गर्ने मानिसहरूले मात्र आफ्नो स्वभाव रूपान्तरण भएको पाउन सक्छन् र स्वतन्‍त्र भएर जिउन सक्छन्, यसैले उनीहरू कुनै नियमद्वारा बाधित हुँदैनन् वा धार्मिक धारणाहरूद्वारा सीमाबद्ध गरिएका हुँदैनन्। मानिसको आफ्नो अनुभव र आफूले हासिल गर्न सक्‍ने कुराको आधारमा उसको कामले मानिसहरूबाट मागहरू गरेको हुन्छ। यी आवश्यकताहरूको मापदण्ड एक निश्‍चित क्षेत्रभित्र सीमित भएको हुन्छ, र अभ्यासका पद्धतिहरू पनि अत्यन्तै सीमित हुन्छन्। यसरी अनुयायीहरू अजानमा यो सीमित क्षेत्रभित्रै जिउँछन्; समय बित्दै जाने क्रममा, यी कुराहरू नीतिनियम र धर्मविधिहरू बन्छन्। परमेश्‍वरको सिद्ध तुल्याउने प्रक्रिया भएर नगएको र उहाँको न्याय प्राप्‍त नगरेको कुनै पनि व्यक्तिले कामको एक समयावधिमा अगुवाइ गरेको छ भने, उसका अनुयायीहरू सबै धार्मिक विधिमा जिउने र परमेश्‍वरको विरोध गर्ने विज्ञहरू बन्‍नेछन्। त्यसैले, यदि कुनै व्यक्ति योग्य अगुवा हो भने त्यो व्यक्ति न्यायको प्रक्रिया भएर गएको हुनुपर्छ र सिद्ध तुल्याउने कार्यलाई स्वीकार गरेको हुनुपर्छ। न्याय भएर नगएका व्यक्तिहरूसँग पवित्र आत्माको काम हुन सक्‍ने भए तापनि उनीहरूले अस्पष्ट र अव्यावहारिक कुराहरू मात्रै व्यक्त गर्छन्। समयसँगै, उनीहरूले मानिसहरूलाई अस्पष्ट र अलौकिक नीतिनियमहरूमा डोर्‍याउनेछन्। परमेश्‍वरले गर्नुहुने काम मानिसको देहसँग मिल्दैन। यो मानिसको सोचविचारसँग मिल्दैन, तर मानिसको धारणा विपरीत हुन्छ; यो व्यर्थका धार्मिक रङ्‍गहरूद्वारा कलङ्कित तुल्याइएको हुँदैन। परमेश्‍वरको कामको प्रतिफलहरू उहाँद्वारा सिद्ध नतुल्याइएको व्यक्तिले हासिल गर्न सक्दैन; यो मानिसको सोचाइबाट बाहिरको कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १७९

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ। के परमेश्‍वरको छ हजार वर्षको काममा तैँले कुनै नियमहरू पत्ता लगाउन सक्छस्? मानिसले गर्ने काममा धेरै नियम र बन्देजहरू हुन्छन्, र मानव मष्तिष्क अत्यन्तै कट्टरपन्थी हुन्छ। त्यसकारण, मानिसले व्यक्त गर्ने भनेका उसको अनुभवको क्षेत्र भित्रका ज्ञान र अनुभूतिहरू नै हुन्। मानिसले यसभन्दा बाहेकको कुनै पनि कुरा व्यक्त गर्न सक्दैन। मानिसको अनुभव वा ज्ञान उसका अन्तर्निहित वरदान वा उसको जन्‍मजात क्षमताबाट आउँदैनन्; ती परमेश्‍वरको अगुवाइ र प्रत्यक्ष गोठालोपनको कारण आउँछन्। मानिससँग यस गोठालोपनलाई स्वीकार गर्ने क्षमता मात्रै हुन्छ र ईश्‍वरत्व के हो त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्न सक्‍ने क्षमता हुँदैन। मानिस स्रोत हुन सक्दैन; ऊ स्रोतबाट आउने पानीलाई स्वीकार गर्ने भाँडो मात्रै बन्‍न सक्छ। मानवको जन्‍मजात क्षमता अर्थात मानवको रूपमा व्यक्तिमा हुनुपर्ने गुण नै यही हो। यदि व्यक्तिले परमेश्‍वरको वचनलाई स्वीकार गर्ने क्षमतालाई गुमाउँछ र मानवको जन्‍मजात क्षमतालाई गुमाउँछ भने, त्यस व्यक्तिले सबैभन्दा बहुमूल्‍य कुरालाई पनि गुमाउँछ, र सृष्टि गरिएको मानिसको कर्तव्यलाई पनि गुमाउँछ। यदि व्यक्तिमा परमेश्‍वरको वचनको वा उहाँको कामको कुनै ज्ञान वा अनुभव छैन भने, त्यस व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई गुमाउँछ, र उसले सृष्टि गरिएको प्राणीको गरिमालाई पनि गुमाउँछ। ईश्‍वरत्व के हो त्यसलाई व्यक्त गर्नु परमेश्‍वरको अन्तर्निहित गुण हो, चाहे यो देहमा व्यक्त गरियोस् वा पवित्र आत्माले प्रत्यक्ष रूपमा व्यक्त गर्नुभएको होस्; परमेश्‍वरको सेवकाइ यही हो। परमेश्‍वरको काम वा त्यसपछिको अवधिमा मानिसले आफ्‍नै अनुभवहरू वा ज्ञानलाई व्यक्त गर्छ (अर्थात्, उसले ऊ जे हो त्यही व्यक्त गर्छ); मानिसको जन्‍मजात क्षमता र मानिसको कर्तव्य यही हो, र मानिसले हासिल गर्नुपर्ने कुरा यही हो। मानिसको अभिव्यक्ति परमेश्‍वरले जे व्यक्त गर्नुहुन्छ त्यसको मापदण्डबाट निकै नै चुक्‍ने भए तापनि, र मानिसको अभिव्यक्ति विभिन्‍न नियमहरूले बाँधिने भए तापनि, मानिसले आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्नैपर्छ र उसले जे गर्नु आवश्यक छ त्यो गर्नैपर्छ। मानिसले आफ्‍नो कर्तव्यलाई पूरा गर्नको लागि मानवीय रूपमा सम्‍भव भएको सबै कुराहरू गर्नुपर्छ, र उसले कुनै कुरा पनि बाँकी राख्‍नु हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८०

तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव वा सामना गर्ने कुरा, वा उसमा भएका संसारसँग व्यवहार गर्ने दर्शनहरू) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूकाभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८१

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले आफ्‍नो व्यक्तिगत अनुभवको बारेमा कुरा गर्छ। परमेश्‍वरले प्रत्यक्ष रूपमै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, जबकि मानिसले उसले अनुभव गरेको सत्यतासम्‍बन्धी अनुभवलाई मात्रै व्यक्त गर्न सक्छ। परमेश्‍वरको कामका कुनै पनि नियमहरू छैनन् र यो समय वा भौगोलिक सीमाहरूमा सीमित छैन। उहाँ जे हुनुहुन्छ सो उहाँले कुनै पनि समय, कुनै पनि स्थानमा व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले आफ्‍नो इच्‍छाअनुसार काम गर्नुहुन्छ। मानिसको कामका अवस्था र प्रसंग हुन्छन्; तीविना उसले काम गर्न सक्दैन र परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान वा सत्यतासम्‍बन्धी आफ्नो अनुभवलाई व्यक्त गर्न सक्दैन। कुनै कुरा परमेश्‍वरको आफ्‍नै काम हो कि मानिसको काम हो भनेर बताउनको लागि, तैँले ती दुई बीचको भिन्‍नतालाई तुलना मात्रै गर्नुपर्छ। यदि परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कुनै काम छैन र मानिसले गरेको काम मात्रै छ भने, तैँले मानिसका शिक्षणहरू अरू कुनै पनि व्यक्तिको क्षमताभन्दा उच्‍च, धेरै परको रहेछ भनी स्पष्ट रूपमै जान्‍नेछस्; तिनीहरूको बोल्‍ने शैली, काम-कुराहरू सम्‍हाल्‍ने सम्‍बन्धी तिनीहरूका सिद्धान्तहरू, र तिनीहरूको अनुभवी र स्थिर किसिमको काम गर्ने शैली अरूको पहुँचभन्दा बाहिर हुन्छन्। तिमीहरूले असल क्षमता र उत्कृष्ट ज्ञान भएका यी मानिसहरूलाई सराहना गर्छौ, तर तैँले परमेश्‍वरको काम र वचनहरूबाट उहाँको मानवता कति उच्‍च छ भन्‍ने कुरा देख्‍न सक्दैनस्। बरु, उहाँ साधारण हुनुहुन्छ, र, काम गर्दा, उहाँ सामान्य र व्यावहारिक हुनुहुन्छ तैपनि मरणशीलहरूले नाप्‍न नसक्‍ने हुनुहुन्छ, जसले मानिसहरूमा एक प्रकारले उहाँको डर मान्ने हृदय विकास गराउँछ। शायद आफ्‍नो कामप्रतिको व्यक्तिको अनुभव निश्‍चित रूपमा उच्च हुनसक्छ, वा उसको कल्‍पना र तर्क निश्‍चित रूपमा उच्च हुनसक्छ, र उसको मानवता निश्‍चित रूपमा असल हुनसक्छ; त्यस्ता गुणहरूले मानिसहरूको सराहना मात्रै प्राप्त गर्न सक्छ, तर तिनीहरूमा डर र त्रास जागृत गर्न सक्दैन। जसले राम्ररी काम गर्न सक्छन्, जोसँग निश्‍चित रूपमा गहन अनुभव छ, र जसले सत्यताको अभ्यास गर्न सक्छन् तिनीहरूलाई मानिसहरूले सराहना गर्छन्, तर त्यस्ता मानिसहरूले कहिल्यै पनि डर जागृत गर्न सक्दैनन्, सराहना र ईर्ष्या मात्रै जागृत गर्न सक्छन्। तर परमेश्‍वरको कार्यलाई अनुभव गरेका मानिसहरूले परमेश्‍वरलाई सराहना गर्दैनन्; बरु, तिनीहरूले ठान्छन् कि उहाँको काम मानव पहुँचभन्दा बाहिर छ र मानिसको लागि बुझ्‍न नसकिने छ, अर्थात् यो ताजा अनि आश्चर्यको छ। जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँ सम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरू अचेत रूपमा उहाँको डर मान्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका अभिप्राय पूरा गर्न सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको डर र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्‍ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्‍ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो त्रास वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; साँचो रूपमा उहाँको डर मान्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरू अनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो डर र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँको डर मान्ने हृदय विकास गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूमा उहाँको डर मान्नेहृदय हुन्छ। परमेश्‍वरको डर मानिनुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र परमेश्‍वर मात्र डर र समर्पणको योग्य हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँको डर मान्ने हृदय विकास गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँको डर मान्ने हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै विद्रोही हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको डर मान्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरू परमेश्‍वरको डर मान्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै घृणास्पद स्वभाव हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्मी कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८२

आखिर, परमेश्‍वरको काम मानिसको कामभन्दा फरक छ, र यसअलावा, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुन सक्छन्? परमेश्‍वरसँग उहाँको आफ्नै विशेष स्वभाव छ, जबकि मानिससँग उसले निर्वाह गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्‍वरको स्वभाव उहाँका कामहरूमा व्यक्त हुन्छ, जबकि मानिसको कर्तव्य उसको अनुभवहरूमा समाविष्ट हुन्छ र उसको खोजहरूमा व्यक्त हुन्छ। यसैले कुनै कुरा परमेश्‍वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्‍ने कुरा गरिएको कामद्वारा नै स्पष्ट हुन्छ। परमेश्‍वर स्वयम्‌द्वारा यसको व्याख्या गरिनु आवश्यक छैन, न त यसमा मानिसले गवाही बन्‍ने प्रयास गर्नु नै आवश्यक छ; यसअतिरिक्त, यसको लागि परमेश्‍वर स्वयम्‌ले कुनै मानिसलाई दमन गर्न आवश्यक पर्दैन। यो सबै प्राकृतिक प्रकाशको रूपमा आउँछ; न त यो जबरजस्ती हुने कुरा हो न त यो मानिसले हस्तक्षेप गर्न सक्‍ने कुरा नै हो। मानिसको कर्तव्यलाई तिनीहरूका अनुभवहरूद्वारा जान्‍न सकिन्छ र यसको निम्ति मानिसहरूले कुनै पनि थप अनुभवको काम गर्नु जरुरत छैन। मानिसको सारा सार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन्छ, जबकि परमेश्‍वरले आफ्नो काम गर्दा आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्‍नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्‍वरको काम हो भने, परमेश्‍वरको स्वभावलाई जोकोहीद्वारा लुकाउन झन् असम्भव हुन्छ, मानिसले नियन्त्रण गर्ने कुरा त परै जाओस्। कुनै पनि मानिसलाई परमेश्‍वर भन्‍न सकिँदैन, न त तिनीहरूको काम र वचनहरूलाई पवित्र भनेर हेर्न वा अपरिवर्तनीय ठान्‍न सकिन्छ। परमेश्‍वरलाई मानव भन्‍न सकिन्छ किनकि उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्यको रूपमा लिन सकिँदैन। यसअतिरिक्त, परमेश्‍वरका वाणीहरू र पावलका पत्रहरूलाई समान रूपमा हेर्न सकिँदैन, न त परमेश्‍वरको न्याय र सजाय अनि मानिसका निर्देशनका वचनहरूलाई समान रूपमा लिन सकिन्छ। यसैले परमेश्‍वरका कामलाई मानिसका कामदेखि फरक छुट्याउने सिद्धान्तहरू छन्। यिनीहरूलाई कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिताअनुसार नभई तिनीहरूका सारहरूअनुसार छुट्याइन्छ। यस विषयमा, धेरै मानिसहरूले सिद्धान्तहरूको गल्ती गर्छन्। किनकि मानिसले बाहिरी कुरा हेर्छ, जुन तिनीहरूले हासिल गर्न सक्छन्, जबकि परमेश्‍वरले सारलाई हेर्नुहुन्छ, जसलाई मानवजातिका भौतिक आँखाले अवलोकन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरका वचनहरू र कामलाई औसत मानिसका कर्तव्यहरूको रूपमा लिन्छस् भने र मानिसका ठूला परिमाणका कामलाई मानिसले निर्वाह गर्ने कर्तव्यको रूपमा नभई देहधारण गर्नुभएका परमेश्‍वरको कामको रूपमा हेर्छस् भने, के तैँले सिद्धान्तमा गल्ती गरेको हुँदैनस् र? मानिसका पत्र र जीवनीहरूलाई सजिलै लेख्‍न सकिन्छ, तर पवित्र आत्माको कामको जगमा मात्र त्यसो गर्न सकिन्छ। तैपनि, परमेश्‍वरका अभिव्यक्तिहरू र कामलाई मानिसद्वारा वा मानिसको बुद्धि र सोचद्वारा सजिलै हासिल गर्न सकिँदैन, न त मानिसहरूले तिनीहरूलाई अन्वेषण गरिसकेपछि पूर्ण रूपमा व्याख्या नै गर्न सक्छन्। यदि सिद्धान्तका यी विषयहरूले तिमीहरूमा कुनै किसिमका प्रतिक्रिया पैदा गर्दैनन् भने, तिमीहरूका विश्‍वास स्पष्ट रूपमा त्यति सत्य वा शुद्ध छैन। तिमीहरूको विश्‍वास अस्पष्टताले भरिएको छ र यो अन्योलग्रस्त र सिद्धान्तविहीन दुवै छ भनेर मात्रै भन्‍न सकिन्छ। परमेश्‍वर र मानिसका सबैभन्दा आधारभूत विषयहरूको पनि बुझाइ नभएको यस प्रकारको विश्‍वास के पूर्ण रूपमा समझ नै नभएको विश्‍वास होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८३

येशू साढे तेत्तीस वर्षसम्म पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले क्रूसमा क्रूसीकरणको काम गर्न आउनुभयो, अनि क्रूसीकरणद्वारा परमेश्‍वरले उहाँको महिमाको एउटा भाग प्राप्त गर्नुभयो। जब परमेश्‍वर देहमा आउनुभयो, उहाँ नम्र र गुप्त रहन सक्नुभयो, र उहाँले अथाह कष्ट सहन सक्नुभयो। उहाँ परमेश्‍वर स्वयम् हुनुभए पनि, छुटकाराको काम पूरा गर्नलाई उहाँले अझै हरेक अपमान र हरेक गिल्ला सहनुभयो, अनि क्रूसमा टाँगिएर ठूलो कष्ट भोग्नुभयो। यो चरणको काम पूरा भएपछि, मानिसहरूले परमेश्‍वरको ठूलो महिमा भएको देखे पनि, त्यो नै उहाँको सम्पूर्ण महिमा भने थिएन; त्यो उहाँको महिमाको एउटा भाग मात्र थियो, जुन उहाँले येशूबाट प्राप्त गर्नुभएको थियो। येशूले हरेक कठिनाइ सहन, नम्र र गुप्त हुन, परमेश्‍वरको निम्ति क्रूसमा टाँगिन सक्नुभएको भए पनि, परमेश्‍वरले उहाँको महिमाको एउटा भाग मात्र प्राप्त गर्नुभयो, र उहाँको महिमा इस्राएलमा प्राप्त भएको थियो। परमेश्‍वरको महिमाको अझै अर्को भाग छ: व्यावहारिक रूपमा काम गर्न र मानिसहरूको एउटा झुन्ड सिद्ध बनाउन पृथ्वीमा आउने काम। येशूको कामको चरणको अवधिमा उहाँले केही अलौकिक कुराहरू गर्नुभयो, तर त्यो चरणको काम कुनै पनि किसिमले चिह्न र चमत्कारहरू गर्नका निम्ति मात्र थिएन। त्यो मुख्य रूपले येशूले दुःख भोग्न सक्नुहुन्छ, र परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुहुन्छ, येशूले परमेश्‍वरलाई प्रेम गर्नुभएको कारण उहाँले अथाह कष्ट भोग्न सक्षम हुनुहुन्छ, र परमेश्‍वरले उहाँलाई त्याग्नुभए पनि, उहाँ अझै पनि परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको जीवन बलिदान गर्न इच्छुक हुनुहुन्छ भनी देखाउनका निम्ति थियो। परमेश्‍वरले इस्राएलमा उहाँको काम पूरा गर्नुभएपछि र येशूलाई क्रूसमा टाँगिएपछि, परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको थियो, अनि परमेश्‍वरले शैतानको सामु साक्षी दिनुभएको थियो। परमेश्‍वर कसरी चीनमा देह बन्नुभएको छ भन्‍ने कुरा तिमीहरूले न त जानेका छौ न देखेका छौ, यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ भनेर तिमीहरू कसरी देख्न सक्छौ र? जब परमेश्‍वरले तिमीहरूमा विजयको धेरै काम गर्नुहुन्छ, र तिमीहरू दह्रो भई खडा हुन्छौ, तब यो चरणको परमेश्‍वरको काम सफल हुन्छ, र यो परमेश्‍वरको महिमाको भाग हो। तिमीहरूले यो मात्र देख्छौ, अनि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइनु बाँकी नै छ, तिमीहरूले आफ्नो हृदय पूर्ण रूपले परमेश्‍वरलाई दिनु बाँकी नै छ। तिमीहरूले यो महिमा पूर्ण रूपमा देख्नु बाँकी नै छ; परमेश्‍वरले तिमीहरूको हृदय पहिले नै जित्नुभएको छ, तिमीहरू उहाँलाई कहिल्यै पनि छोड्न सक्दैनौं, अनि आखिरीसम्म परमेश्‍वरलाई पछ्याउनेछौ र तिमीहरूका हृदय परिवर्तन हुनेछैन, अनि यही नै परमेश्‍वरको महिमा हो भन्‍ने मात्र तिमीहरूले देख्छौ। तिमीहरूले कुन कुरामा परमेश्‍वरको महिमा देख्छौ? मानिसहरूमा भएको उहाँको कामका प्रभावहरूमा। मानिसहरू परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी देख्छन्, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ, र तिनीहरू उहाँलाई छोड्न तयार हुँदैनन्, अनि यो परमेश्‍वरको महिमा हो। जब मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूको शक्ति बढ्छ, र तिनीहरूले परमेश्‍वरलाई हृदयबाटै प्रेम गर्न सक्छन्, परमेश्‍वरले गर्नुभएको कामको सर्वोच्च पराक्रम, उहाँका वचनहरूको अतुलनीय शक्ति देख्छन्, जब तिनीहरूले उहाँको वचनमा अख्तियार छ भन्‍ने देख्छन्, अनि उहाँले चीन देशको भूतको सहरमा उहाँको काम सुरु गर्न सक्नुभएको देख्छन्, जब मानिसहरू कमजोर भए पनि, तिनीहरूको हृदय परमेश्‍वरको सामु झुक्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू ग्रहण गर्न इच्छुक बन्छन्, अनि जब, तिनीहरू कमजोर र अयोग्य भए पनि परमेश्‍वरका वचनहरू प्रेमिलो र तिनीहरूका कदरको योग्यका भएको देख्न सक्छन्, तब त्यो परमेश्‍वरको महिमा हो। जब मानिसहरू परमेश्‍वरद्वारा सिद्ध बनाइने, र उहाँको अघि समर्पित हुन र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्‍ने, र तिनीहरूका सम्भावनाहरू र भाग्यलाई परमेश्‍वरको हातमा दिन सक्‍ने दिन आउँछ, त्यस बेला परमेश्‍वरको महिमाको दोस्रो भाग पूर्ण रूपले प्राप्त भएको हुनेछ। भन्नुको अर्थ, जब व्यावहारिक परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, त्यसबेला चीन देशमा उहाँको काम समाप्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा, जब परमेश्‍वरद्वारा अघिबाटै नियुक्त गरिएका र चुनिएकाहरू सिद्ध बनाइएका हुन्छन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको हुनेछ। परमेश्‍वरले आफ्नो महिमाको दोस्रो भाग पूर्वमा ल्याएको छु भनी भन्‍नुभए पनि, यसलाई नाङ्गो आँखाले देख्न सकिँदैन। परमेश्‍वरले उहाँको काम पूर्वमा ल्याउनुभएको छ; उहाँ पहिले नै पूर्वमा आउनुभएको छ, र यो परमेश्‍वरको महिमा हो। आज, उहाँको काम पूरा हुन बाँकी भए पनि, परमेश्‍वरले काम गर्ने निर्णय गर्नुभएकोले, यो निश्चय नै पूरा गरिनेछ। परमेश्‍वर आफैले यो काम चीनमा पूरा गर्ने निर्णय गर्नुभएको छ, अनि उहाँले तिमीहरूलाई पूर्ण बनाउने संकल्प गर्नुभएको छ। यसैले, उहाँले तिमीहरूलाई कुनै उम्कने बाटो दिनुहुन्न—उहाँले पहिले नै तिमीहरूको हृदय जितिसक्नुभएको छ, अनि तिमीहरूले चाहे पनि वा नचाहे पनि तिमीहरू अघि बढ्नुपर्छ, अनि जब तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन्छौ, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ। आज, परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्न बाँकी नै छ, किनकि तिमीहरू पूर्ण रूपमा सिद्ध बनाइन बाँकी नै छ। तिमीहरूका हृदय परमेश्‍वरतिर फर्केको भए तापनि, तिमीहरूको देहमा अझ पनि धेरै कमजोरीहरू छन्, तिमीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्‍ने अवस्थामा छौ, तिमीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्दैनौ, अनि तिमीहरूमा धेरै नकारात्मक कुराहरू बाँकी नै छन्, जसबाट तिमीहरूले छुटकारा पाउनुपर्छ र तिमीहरू अझै पनि धेरै परीक्षाहरू र शोधनहरूबाट भएर जान बाँकी नै छ। त्यसरी मात्र तिमीहरूको जीवनका स्वभावहरू बदलिन सक्छन् र तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्‍ने विषयमा संक्षिप्त चर्चा

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८४

त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्‍वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभयो र मानिसहरूले नबुझ्ने धेरै कुरा भन्नुभयो। किनभने, त्यसबेला, उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसरी, उहाँ जानुभएको केही वर्षपछि, मत्तीले येशूका लागि एउटा वंशावली बनाए र अरूहरूले पनि मानिसको इच्छाका धेरै काम गरे। येशू मानिसलाई सिद्ध पार्न र प्राप्त गर्न नभई कामको एउटा चरण गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि त्यसैले, येशू क्रूसमा टाँगिनुभएपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचन बोलिनैपर्छ, अझ धेरै काम गरिनैपर्छ, र धेरै प्रक्रिया हुनैपर्छ। त्यसै गरी येशू र यहोवाको कामका रहस्यहरू पनि उजागर गरिनैपर्छ, ताकि सबै मानिसको विश्वासमा बुझाइ र स्पष्टता होस्, किनभने यो आखिरी दिनहरूको काम हो र आखिरी दिनहरू परमेश्‍वरको कामको समापन, कामको अन्त्यको समय हो। कामको यस चरणले तँलाई यहोवाको व्यवस्था र येशूको छुटकारा छर्लङ्ग पार्नेछ अनि यो मुख्यतया तैँले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण काम बुझ्न सकेस् र यस छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण महत्त्व र सार बोध गर्न सकेस् र येशूले गरेका सम्पूर्ण काम र उहाँले बोलेका वचनहरूको उद्देश्य अनि बाइबलप्रतिको तेरो अन्धविश्वास र आराधना समेत बुझ्न सकेस् भनेर हो। यी सब कुराले तँलाई पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनेछन्। तैँले येशूले गरेको काम र परमेश्‍वरको आजको काम दुवै बुझ्नेछस्; तैँले सम्पूर्ण सत्यता, जीवन र मार्ग बुझ्नेछस् र देख्नेछस्। येशूले गरेको कामको चरणमा, येशू किन समापनको काम नगरी प्रस्थान गर्नुभयो? किनभने येशूको कामको चरण समापनको काम थिएन। जब उहाँलाई क्रूसमा टाँगियो, तब उहाँका वचनहरू पनि समाप्त भए; उहाँको क्रूसीकरणपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। त्यो अहिलेको चरणजस्तो थिएन, जसमा वचनहरू अन्त्यसम्म बोलिएपछि र उहाँको सम्पूर्ण काम समापन भएपछि मात्र परमेश्‍वरको काम समाप्त भएको हुनेछ। येशूको कामको चरणको दौरान, नभनिएका वा पूर्ण रूपमा व्यक्त नगरिएका धेरै वचन रहेका थिए। तैपनि येशूले आफ्ना वचनहरू पूर्ण रूपमा व्यक्त गरिएका छन् कि छैनन् भनेर वास्ता गर्नुभएन, किनभने उहाँको सेवकाइ वचनहरूको सेवकाइ थिएन, र त्यसैले उहाँ क्रूसमा टाँगिनुभएपछि प्रस्थान गर्नुभयो। कामको त्यो चरण मुख्यतया क्रूसीकरणका खातिर थियो, र यो अहिलेको चरणजस्तो होइन। कामको यो अहिलेको चरण मुख्यतया समापन गर्न, स्पष्ट पार्न र सबै काम अन्त्य गर्नका खातिर हो। यदि वचनहरू अन्त्यसम्म बोलिएनन् भने, यो काम समाप्त गर्ने कुनै उपाय हुनेछैन, किनभने कामको यस चरणमा सबै काम वचनहरू प्रयोग गरेर अन्त्य र सम्पन्न गरिन्छ। त्यसबेला, येशूले मानिसले बुझ्न नसक्ने धेरै काम गर्नुभयो। उहाँ चुपचाप प्रस्थान गर्नुभयो र आज पनि उहाँका वचनहरू नबुझ्ने अझै धेरै मानिस छन्। तिनीहरूको बुझाइ त्रुटिपूर्ण छ तैपनि तिनीहरू त्यो सही हो भन्ने विश्वास गर्छन् र आफू गलत छु भन्ने जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको काम पूर्णतया समाप्त गर्नेछ र यसको समापन गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापनको योजना बुझ्नेछन् र जान्नेछन्। मानिसभित्रका धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रामक बुझाइ, यहोवा र येशूको कामबारे उसका धारणाहरू, गैरविश्‍वासीहरूबारे उसका दृष्टिकोणहरू, र उसका अन्य सबै विकृतिलाई सच्याइनेछ। अनि मानिसले जीवनका सबै सही मार्ग र परमेश्‍वरले गरेका सबै काम, र सम्पूर्ण सत्यता बुझ्नेछ। जब त्यो हुन्छ, तब कामको यो चरण समाप्त हुनेछ। यहोवाको काम संसारको सृष्टि थियो, यो सुरुवात थियो; कामको यो चरण कामको अन्त्य हो र यो समापन हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूमाझ गरिएको थियो, र यो सबैभन्दा पवित्र स्थानमा गरिएको अभूतपूर्व काम थियो। कामको अन्तिम चरण संसारलाई न्याय गर्न र युगलाई अन्त्य गर्न सबैभन्दा फोहोरी देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो स्थानमा गरिएको थियो, र अन्तिम चरण सबैभन्दा अँध्यारो स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, उज्यालो ल्याइनेछ, र सबै मानिसमाथि विजय हासिल गरिनेछ। जब यस सबैभन्दा फोहोरी र सबैभन्दा अँध्यारो स्थानका मानिसहरूमाथि विजय हासिल गरिसकिएको हुन्छ, र सम्पूर्ण जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेका हुन्छन्, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएको हुन्छ, तब यो तथ्य सम्पूर्ण ब्रह्माण्डमाथि विजय हासिल गर्ने काम गर्न प्रयोग गरिनेछ। कामको यो चरण प्रतिनिधिमूलक छ। यस युगको काम समाप्त भइसकेपछि, छ हजार वर्षे व्यवस्थापनको काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अँध्यारो स्थानमा भएकाहरूमाथि विजय हासिल गरिसकेपछि, अरू सबै ठाउँमा पनि त्यसै हुनेछ भनेर भनिरहनु पर्दैन। त्यसकारण, चीनमा गरिने विजयको कामले मात्र प्रतिनिधिमूलक महत्त्व राख्छ। चीन अन्धकारका सबै शक्तिको मूर्तरूप हो, र चीनका मानिसहरूले देहका, शैतानका र सांसारिकताका सबै मानिसको प्रतिनिधित्व गर्छन्। चिनियाँ मानिसहरू नै ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा बढी भ्रष्ट तुल्याइएका छन्, जसले परमेश्‍वरको सबैभन्दा घोर विरोध गर्छन्, जसको मानवता सबैभन्दा नीच र सबैभन्दा फोहोरी छ, र त्यसैले तिनीहरू सम्पूर्ण भ्रष्ट मानवजातिका मूल रूप हुन्। यसको अर्थ अन्य देशहरूमा पटक्कै समस्या छैन भन्ने होइन; मानिसका धारणाहरू सबै उस्तै हुन्छन्, र यी देशका मानिसहरू राम्रो क्षमताका हुन सक्ने भए पनि, यदि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् भने, तिनीहरू उहाँको विरोध पक्कै गर्छन्। यहूदीहरूले पनि किन परमेश्‍वरको विरोध गरे र उहाँको विरुद्ध विद्रोह गरे? फरिसीहरूले पनि किन उहाँको विरोध गरे? यहूदाले किन येशूलाई विश्वासघात गरे? त्यसबेला, धेरै चेलाले येशूलाई चिनेका थिएनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि बौरिउठ्नुभएपछि पनि मानिसहरूले किन अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै उस्तै होइनन् र? यति मात्र हो कि, चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको छ, र जब तिनीहरूमाथि विजय हासिल गरिन्छ, तब तिनीहरू नमुना र प्रतिरूप बन्नेछन्, अनि अरूका लागि सन्दर्भका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापनको योजनाका सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा नै भ्रष्टता, फोहोरीपन, अधार्मिकता, विरोध, र विद्रोहीपन सबैभन्दा पूर्ण रूपमा देखिन्छन् र ती तिनका सबै विविध रूपमा प्रकट हुन्छन्। एकातिर, तिनीहरू कमजोर क्षमताका छन्, र अर्कोतिर, तिनीहरूको जीवन र मानसिकता पिछडिएको छ, अनि तिनीहरूको बानी, सामाजिक वातावरण, जन्मिएको परिवार—सबै कमजोर र सबैभन्दा पिछडिएका छन्। तिनीहरूको हैसियत पनि निम्न छ। यस स्थानको काम प्रतिनिधिमूलक छ, र यो परीक्षण काम पूर्ण रूपमा गरिसकिएपछि, परमेश्‍वरको त्यसपछिको काम अझ धेरै सजिलो हुनेछ। कामको यो चरण पूरा भएपछि, त्यसपछिको काम पटक्कै गाह्रो हुनेछैन। कामको यो चरण सम्पन्न भइसकेपछि, ठूलो सफलता पूर्ण रूपमा हासिल भएको हुनेछ, र सम्पूर्ण ब्रह्माण्डमा विजयको काम पूर्ण रूपमा समाप्त भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८५

अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिस थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँमा समर्पित हुने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य परमेश्‍वरद्वारा गरिएको साँच्चिकै उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। उहाँको अभिप्राय यी मानिसहरूलाई दण्ड दिनु होइन तर मुक्ति दिनु हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुनेथिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुनेथिएन। उहाँले तिमीहरूमाथि काम गरिरहनुभएको छ, जो सबैभन्दा अन्धकारपूर्ण ठाउँमा खसेका छन्, जो सबैभन्दा पिछडिएका छन्। यी मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन् र परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै जानेका छैनन्। सृष्टि गरिका यी प्राणीहरू शैतानद्वारा यति भ्रष्ट पारिएका छन् कि तिनीहरूले परमेश्‍वरलाई बिर्सेका छन्। तिनीहरू शैतानद्वारा अन्धा तुल्याइएका छन् अनि स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूलाई बिलकुल थाहा छैन। तिमीहरू सबैले आफ्नो हृदयमा मूर्तिहरूलाई पूजा गर्छौ र शैतानको आराधना गर्छौ—के तिमीहरू सबैभन्दा तल्लो, सबैभन्दा पिछडिएका मानिस होइनौ र? तिमीहरू कुनै व्यक्तिगत स्वतन्त्रता नभएका, सबैभन्दा तल्लो स्तरका देह हौ अनि तिमीहरूले कठिनाइहरू पनि भोग्छौ। तिमीहरू विश्‍वासको स्वतन्त्रतासमेत नभएका यस समाजको सबैभन्दा तल्लो तहका मानिस पनि हौ। तिमीहरूमाथि काम गर्नुको महत्त्व यसैमा छ। तिमीहरू अर्थात् मोआबको सन्तानमाथि काम गर्नु भनेको तिमीहरूलाई अपमानित गर्नु नभई कामको महत्त्व प्रकट गर्नको निम्ति हो। तिमीहरूका निम्ति यो ठूलो उत्थान हो। यदि कुनै व्यक्तिसित तर्क र अन्तर्दृष्टि छ भने, तिनीहरूले यसो भन्‍नेछन्: “म मोआबको सन्तान हुँ, आज परमेश्‍वरद्वारा दिइएको यति ठूलो उचाइ वा यति ठूलो आशिष् प्राप्त गर्न म साँच्चै अयोग्य छु। मैले गर्ने र भन्‍ने सबै कुरामा, अनि मेरो हैसियत र मूल्यअनुसार म परमेश्‍वरको यति ठूलो आशिषको बिलकुल योग्य छैनँ। परमेश्‍वरको निम्ति इस्राएलीहरूसित ठूलो प्रेम थियो, अनि तिनीहरूले पाएको अनुग्रह परमेश्‍वरले नै तिनीहरूलाई प्रदान गर्नुभएको हो तर तिनीहरूको हैसियत हाम्रो भन्दा ज्यादै उच्च छ। अब्राहाम यहोवाप्रति धेरै भक्त थिए, अनि पत्रुस पनि येशूप्रति धेरै भक्त थिए—तिनीहरूको भक्ति हाम्रो भन्दा सयगुणा बढी थियो। हाम्रा कार्यहरूको आधारमा हामी परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन पूर्ण रूपले अयोग्य छौँ।” चीनका यी मानिसहरूको सेवालाई परमेश्‍वरको अघि ल्याउन सकिँदैन। यो पूर्ण रूपमा गोलमाल अवस्थामा छ; तिमीहरूले अहिले परमेश्‍वरको यति धेरै अनुग्रहको आनन्द लिनु भनेको विशुद्ध रूपमा परमेश्‍वरले गर्नुभएको उत्थान हो! के तिमीहरूले कहिले परमेश्‍वरको काम खोजी गरेका छौ? के तिमीहरूले कहिले परमेश्‍वरको निम्ति आफ्‍नो जीवन बलिदान गरेका छौ? के तिमीहरूले कहिले आफ्नो परिवार, आफ्नो बाबुआमा अनि आफ्ना छोराछोरीहरूलाई स्वेच्छाले त्यागेका छौ? तिमीहरूमध्ये कसैले पनि ठूलो मूल्य चुकाएका छैनौ! यदि पवित्र आत्माले तिमीहरूलाई बाहिर ननिकाल्नुभएको भए, तिमीहरूमध्ये कति जना सबै कुरा बलिदान गर्न सक्षम हुनेथियौ? दबाब र बाध्यतामा परेर मात्रै तिमीहरूले आजसम्म पछ्याएका छौ। तिमीहरूको भक्ति कहाँ छ? तिमीहरूको समर्पणता कहाँ छ? तिमीहरूका कार्यहरूको आधारमा त तिमीहरू धेरैअघि नै नष्ट भइसक्नुपर्नेथियो—तिमीहरू सबैलाई मेटाइसक्नुपर्नेथियो। कुन कुराले तिमीहरूलाई त्यस्ता ठूला आशिषहरूको आनन्द लिने योग्य बनाउँछ? तिमीहरू अलिकति पनि योग्यका छैनौ! तिमीहरूमध्ये कसले आफ्नो बाटो बनाएका छौ? के तिमीहरूमध्ये कसले आफै साँचो बाटो भेट्टाएका छ? तिमीहरू सबै अल्छी, घिचुवा, आराम खोज्ने बेकामकाहरू हौ! के तिमीहरूलाई आफू महान् छौँ भन्‍ने लाग्छ? तिमीहरूसँग घमन्ड गर्ने के कुरा छ? तिमीहरू मोआबका सन्तान हौ भन्‍ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरूको स्वभाव वा जन्मस्थान उच्चतम प्रकारको छ त? तिमीहरू उसका सन्तान हौ भन्‍ने कुरालाई बेवास्ता गर्दा पनि, के तिमीहरू सबै हरेक पक्षबाट मोआबका सन्तान होइनौ र? के तथ्यहरूको सत्यता बद्लिन सक्छ र? तिमीहरूको स्वभावलाई अहिले उजागर गर्दा के यसले तथ्यहरूको सत्यतालाई गलत प्रकारले प्रतिनिधित्व गर्छ र? तिमीहरूको गुलामी, तिमीहरूको जीवन, अनि तिमीहरूको चरित्रलाई हेर—तिमीहरू मानवजातिमध्ये सबैभन्दा नीचमध्ये पनि नीच हौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरूसँग घमन्ड गर्नको लागि के छ र? समाजमा तिमीहरूको दर्जालाई हेर। के तिमीहरू यसको सबैभन्दा तल्लो तहमा छैनौ र? के मैले गलत बोलेको भन्‍ने तिमीहरूलाई लाग्छ? अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? साँचो मार्ग खोज्नका निम्ति एकदमै धेरै मानिसले आफूलाई बलिदान गरेका छन्, आफ्नो जीवन दिएका छन् र रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ? तुलना गर्दा, त्यस्तो महान् अनुग्रह पाउन तिमीहरू बिलकुल योग्य छैनौ। आज तिमीहरू मोआबका सन्तान हौ भनेर भन्दा के तिमीहरूलाई अन्याय हुन्छ? तिमीहरू आफूलाई ज्यादै ठूलो नठान। तिमीहरूसित घमन्ड गर्ने केही कुरा छैन। तिमीहरूलाई त्यस्तो ठूलो मुक्ति, त्यस्तो ठूलो अनुग्रह सित्तैमा दिइएको छ। तिमीहरूले केही पनि अर्पण गरेका छैनौ, तापनि तिमीहरूले सित्तैमा अनुग्रह पाउँछौ। के तिमीहरूलाई लाज लाग्दैन? के यो साँचो बाटो तिमीहरू आफैले खोजेको र भेट्टाएको हो र? के पवित्र आत्माले तिमीहरूलाई यो स्वीकार गर्न बाध्य पार्नुभएको होइन र? तिमीहरूसित खोजी गर्ने हृदय कहिल्यै थिएन, सत्यताको खोजी र तिर्सना गर्ने हृदय हुनु त परको कुरा हो। तिमीहरू पछाडि बसेर यसको आनन्द मात्र लिइरहेका छौ; तिमीहरूले यो सत्यतालाई सानोभन्दा सानो प्रयास नगरीकन प्राप्त गरेका छौ। तिमीहरूसित गुनासो गर्ने के अधिकार छ? के तिमीहरू सबैभन्दा ठूलो मूल्यका छौ भनी सोच्छौ? आफ्नो पूरै जीवन अर्पण गर्ने र रगत बगाउने मानिसहरूसित तुलना गर्दा तिमीहरूसित गुनासो गर्ने के कारण छ? अहिले नै तिमीहरूलाई नष्ट गर्नु ठीक र स्वभाविक हुन्थ्यो! तिमीहरूसित समर्पित हुने र पछ्याउनेबाहेक अर्को कुनै विकल्प छैन। तिमीहरू पटक्कै योग्यका छैनौ! तिमीहरूमध्ये धेरैलाई बोलाइएको थियो, तर यदि तिमीहरूको वातावरणले तिमीहरूलाई बाध्य नतुल्याएको भए वा तिमीहरूलाई नबोलाइएको भए, तिमीहरू बाहिर निस्कन पूर्ण रूपले अनिच्छुक हुनेथियौ। त्यस्तो परित्यागलाई आत्मसात् गर्न को इच्छुक हुन्छ? देहका सुखविलासलाई त्याग्न को इच्छुक हुन्छ? तिमीहरू सबै त्यस्ता मानिसहरू हौ जसले आरामसाथ मोजमस्ती गर्न लोभ गर्छौ र विलासी जीवन खोज्छौ! तिमीहरूले त्यस्ता ठूला आशिषहरू पाएका छौ—तिमीहरूले अरू के भन्‍नु छ र? तिमीहरूसित के गुनासाहरू छन् र? तिमीहरूलाई स्वर्गमा सबैभन्दा ठूला आशिषहरू र सबैभन्दा ठूलो अनुग्रहको आनन्द उठाउन दिइएको छ, अनि पृथ्वीमा पहिले कहिल्यै नगरिएको काम आज तिमीहरूलाई प्रकट गरिएको छ। के यो आशिष होइन र? तिमीहरूलाई आज यस्तो सजाय दिइएको छ किनकि तिमीहरूले परमेश्‍वरको प्रतिरोध गरेका छौ र उहाँको विरुद्धमा विद्रोह गरेका छौ। उहाँको यो सजायको कारणले गर्दा, तिमीहरूले परमेश्‍वरको कृपा र प्रेम देखेका छौ, अनि अझ बढी, तिमीहरूले उहाँको धार्मिकता र पवित्रता देखेका छौ। यो सजायले गर्दा र मानवजातिको फोहोरीपनको कारण, तिमीहरूले परमेश्‍वरको ठूलो शक्ति, पवित्रता र महानता देखेका छौ। के यो अत्यन्त दुर्लभ सत्यता होइन र? के यो अर्थपूर्ण जीवन होइन र? परमेश्‍वरले गर्नुहुने काम अर्थपूर्ण हुन्छ! यसरी, तिमीहरूको दर्जा जति तल्लो हुन्छ, तिमीहरू परमेश्‍वरद्वारा उचालिएका हौ भनेर त्यति नै बढी प्रमाणित हुन्छ, अनि तिमीहरूमाथि आज उहाँले गर्नुभएको कामको ठूलो मूल्य त्यति नै बढी प्रमाणित हुन्छ। यो स्पष्ट रूपमा एउटा अमूल्य सम्पत्ति हो, जसलाई अरू कतै पनि पाउन सकिँदैन! युगौँ-युगदेखि कसैले यस्तो ठूलो मुक्तिको आनन्द उठाएका छैनन्। तिमीहरूको दर्जा तल्लो स्तरको छ भन्‍ने तथ्यले परमेश्‍वरको मुक्ति कति ठूलो छ भन्‍ने देखाउँछ, अनि यसले परमेश्‍वर मानवजातिप्रति विश्‍वासयोग्य हुनुहुन्छ भन्‍ने कुरा पनि देखाउँछ—उहाँले मुक्ति दिनुहुन्छ, नष्ट गर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८६

जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर भूमिका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्‍वरको सर्वोच्चता अझ राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर भूमिमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सबै सृजित प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको त्रुटिरहित प्रेम प्रकट हुन्छ। परमेश्‍वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका नियतिका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ, के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, नम्र र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यी सबै उहाँका पवित्रता होइनन् र? के यी सबै उहाँका धार्मिकता होइनन् र? सबै मानवजाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफूलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानवजातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैनन् र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र? तिमीहरू फोहोरको देशमा जन्‍मिएका थियौ, र पनि तिमीहरूले परमेश्‍वरको पवित्रता प्राप्त गरेका छौ। तिमीहरू भूतात्माहरू भेला हुने ठाउँमा जन्‍मियौ, तापनि तिमीहरूले ठूलो सुरक्षा पाएका छौ। तिमीहरूसित के विकल्‍प छ र? तिमीहरूसित के गुनासा छन्? के उहाँले भोग्नुभएको कष्ट तिमीहरूले भोगेको कष्टभन्दा ठूलो छैन र? उहाँ पृथ्वीमा आउनुभएको छ र कहिल्यै मानव संसारका खुसीयालीहरूमा रमाउनुभएको छैन। उहाँ त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ। मानिसहरूले उहाँलाई भौतिक कुराहरू उपलब्ध गराऊन् भनेर उहाँ पृथ्वीमा आउनुभएन, न त उहाँ खाना, कपडा, अनि गरगहनाको आनन्द लिन नै आउनुभयो। उहाँले यी कुराहरूलाई कुनै ध्यान दिनुहुन्न। उहाँ पृथ्वीमा मानिसको निम्ति कष्ट उठाउन आउनुभयो, भौतिक सम्पत्तिको आनन्द लिन होइन। उहाँ कष्ट भोग्न, काम गर्न, र आफ्नो व्यवस्थापन योजनाको काम पूरा गर्न आउनुभयो। उहाँले राम्रो ठाउँमा बस्न दूतावास वा भव्य होटेल रोज्नुभएन, न त उहाँसित उहाँलाई पर्खेर बस्ने थुप्रै नोकरहरू नै छन्। तिमीहरूले जे देखेका छौ, त्यसको आधारमा, के तिमीहरूलाई उहाँ काम गर्न कि आनन्दको निम्ति आउनुभयो भन्‍ने थाहा छैन? के तिमीहरूका आँखाले देख्दैनन्? उहाँले तिमीहरूलाई कति धेरै दिनुभएको छ? यदि उहाँ एउटा आरामदायी ठाउँमा जन्मिनुभएको भए, के उहाँले महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो? के उहाँले काम गर्न सक्नुहुन्थ्यो? के उहाँले त्यसो गर्नुको कुनै महत्त्व हुन्थ्यो? के उहाँले मानवजातिलाई पूर्ण रीतिले विजय गर्न सक्‍नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई फोहोरको देशबाट उद्धार गर्न सक्नुहुन्थ्यो? मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार सोध्छन्: “परमेश्‍वर पवित्र हुनुहुन्छ भने किन उहाँ हाम्रो यस फोहोर ठाउँमा जन्मिनुभयो? तपाईँले हामी फोहोरी मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ; तपाईँले हाम्रो प्रतिरोध र विद्रोहीपनलाई घृणा गर्नुहुन्छ, त्यसैले, किन तपाईँ हामीसित बस्नुहुन्छ? तपाईँ सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। तपाईँ कहीँ पनि जन्मिन सक्नुहुन्थ्यो, तब किन यस फोहोरी देशमा जन्मिनुपर्‍यो? तपाईँले हामीलाई हरेक दिन सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, अनि हामी मोआबका सन्तान हौँ भनी तपाईँ स्पष्ट रूपले जान्नुहुन्छ, तैपनि किन तपाईँ अझै हाम्रो माझ बस्नुहुन्छ? किन तपाईँ मोआबका सन्तानहरूको परिवारमा जन्मिनुभयो? तपाईँले किन त्यसो गर्नुभयो?” तिमीहरूका त्यस्ता विचारहरू पूर्ण रूपले तर्कहिन छन्! केवल त्यस्तो कामले मात्रै मानिसहरूलाई उहाँको महानता, नम्रता र गुप्तपन पनि देखाउँछ। उहाँ आफ्नो कामको खातिर सबै कुरा बलिदान गर्न इच्छुक हुनुहुन्छ, अनि उहाँले आफ्नो कामको खातिर सबै कष्ट सहनुभएको छ। उहाँले मानवजातिको खातिर, अनि त्यसभन्दा बढी, शैतानलाई जित्नको लागि कार्य गर्नुहुन्छ, ताकि सृष्टि गरिएका सबै प्राणीहरू उहाँको अधीनमा हुन सकून्। अर्थपूर्ण, मूल्यवान् काम यही मात्रै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई मुक्ति दिनुको महत्त्व

परमेश्‍वरका दैनिक वचनहरू   अंश १८७

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अन्यजातिहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ छन्। तिमीहरूमाझको मेरो काम बाहिरियाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति मात्र अनावरण गरिन्छ; अन्यजातिहरू कसैलाई पनि यो कुरा थाहा छैन, किनकि समय अझै आइपुगिसकेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण पारिइन लागेका छन्, तर बाहिरियाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम अत्यन्तै गुप्त रहेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर गुप्त रहनुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि भने उहाँ खुला हुनुहुन्छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरमा भएका सबै कुरा खुला छन्, सबै प्रकट भएका छन, र सबै स्वतन्त्र पारिएका छन्, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अन्यजातिहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई थाहा नदिनका निम्ति कडाइका साथ ढोका बन्द गरिएको छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई निन्दा गर्नेछन् र सतावटमा पार्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै सकिँदैन। यदि यो काम खुला रूपमा गरिएको भए, उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे र? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाएर नगरिएको भए, येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पारेको र दुष्टात्मा धपाएको जस्तै गरी गरिएको भए, के धेरै पहिले नै यो काम दियाबलसहरूद्वारा “कब्जा गरिएको” हुनेथिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्‍नेथिए र? यदि त्यति बेला मैले सभाघरहरूमा पसेर मानिसहरूलाई प्रचार गर्थेँ र प्रवचन सुनाउँथेँ भने, के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिइसकेको हुनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अन्यजातिहरूले मेरो काम देख्‍न, जान्‍न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिले जति स्थिर छ त्यति स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ। जब पृथ्वीमा परमेश्‍वरको काम समाप्त हुन्छ, अर्थात् जब यो गुप्त कार्य समाप्त हुन्छ, तब कामको यो चरण खुला रूपमा विस्फोट हुनेछ। चीनमा विजेताहरूको एउटा समूह छ भनी सबैले थाहा पाउनेछन्; र परमेश्‍वर चीनमा देहधारी हुनुभएको छ र उहाँको काम समाप्त भएको छ भनी सबैले थाहा पाउनेछन्। त्‍यसपछि मात्रै मानिसले यो कुरा देख्‍नेछ: चीनमा अझै पनि किन ह्रास वा पतन देखिन बाँकी छ? के देखिन्छ भने, परमेश्‍वरले चीनमा व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको छ र मानिसहरूको एउटा समूहलाई सिद्ध पारी विजेताहरू बनाउनुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (२)

अघिल्लो: परमेश्‍वरको कामलाई चिन्‍नु

अर्को: परमेश्‍वरको कामलाई चिन्‍नु (२)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्