930 परमेश्वरले स्थापना गर्नुभएका नियम र सिद्धान्तमा सबथोक जिउँछन्
पद १
हजारौँ वर्ष भइसक्यो,
मानिस अझै परमेश्वरले दिनुभएको
ज्योति र हावाको आनन्द लिन्छ।
मानिस अझै पनि उहाँ आफैले
फुकिदिनुभएको सास फेर्छ।
हो, उहाँले दिनुभएको हावाको आनन्द लिन्छ।
पद २
मानिस अझै फूल, माछा, कीरा,
चरा जस्ता कुराको आनन्द लिन्छ।
उहाँले सृष्टि गर्नुभएको सबथोकको आनन्द लिन्छ।
दिन र रात बदलिन्छन्।
उहाँद्वारा दिइएका चार ऋतु,
सधैँझैँ परिवर्तन हुन्छन्, घुमिरहन्छन्।
कोरस
सबथोकमाझ जिउने हर प्रकारका प्राणी,
बिदा हुन्छन्, फर्किन्छन्, फेरि बिदा हुन्छन्।
आँखाको एक निमेषमा, करोडौँ बदली हुन्छन्।
तर परिवर्तन नहुने तिनका
प्रवृत्ति र तिनका अस्तित्वका नियम हुन्।
पद ३
आकाशमा उड्ने हाँस,
यो शिशिरमा बिदा हुन्छन्,
अर्को वसन्त फर्किन्छन्, अझै फर्किन्छन्।
पानीका माछाले आफ्ना
तलैया, खोला कहिल्यै छोड्दैनन्,
पानी कहिल्यै छोड्दैनन्—त्यो तिनको घर हो।
पद ४
जमीन माथि झ्याउँकिरी
हृदय खोली ठूलो स्वरमा गाउँछन्।
ग्रीष्मका दिन जमीन माथि कसरी बिताउँछन्!
घाँसका किरकिरे फट्याङ्ग्रा
बताससँगै मन्द स्वरमा गुनगुनाउँछन्।
यो घाँसको शरद गीत हो,
सब उहाँले बनाउनुभएको।
कोरस
सबथोकमाझ जिउने हर प्रकारका प्राणी,
बिदा हुन्छन्, फर्किन्छन्, फेरि बिदा हुन्छन्।
आँखाको एक निमेषमा, करोडौँ बदली हुन्छन्।
तर परिवर्तन नहुने तिनका
प्रवृत्ति र तिनका अस्तित्वका नियम हुन्।
ब्रिज
हाँस बथानमा भेला हुन्छन्,
चील एक्लै रहन्छन्।
सिंहका समूहले आफ्नो पेट
पाल्न शिकार गर्नेछन्।
बाह्रसिङ्गे मृग घाँस-पात
र फूलबाट टाढा जाँदैनन्।
कोरस
सबथोकमाझ जिउने हर प्रकारका प्राणी,
बिदा हुन्छन्, फर्किन्छन्, फेरि बिदा हुन्छन्।
आँखाको एक निमेषमा, करोडौँ बदली हुन्छन्।
तर परिवर्तन नहुने तिनका
प्रवृत्ति र तिनका अस्तित्वका नियम हुन्।
अन्त्य
उहाँले तिनलाई आपूर्ति
र तिनको जीवन पोषण गर्नुहुन्छ।
कसैले तिनका प्रवृत्ति बदल्न सक्तैन,
न त यी प्राणी जिउने नियम बिगार्न नै सक्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय १” बाट परिमार्जित