915 सृष्टिकर्ताको अख्तियार अन्तर्गत सबथोक पूर्ण रूपमा सिद्ध छ

पद १

परमेश्‍वरले बनाउनुभएको

चल्न सक्ने-नसक्ने सबथोक, जस्तै चरा,

माछा, फूल, रूख, पशु,

कीरा, सब उहाँसँग असल थिए,

उहाँको योजना अनुसार, सिद्धताको शिखरमा थिए,

तिनीहरू उहाँले चाहनुभएका जस्तै नै थिए।


पद २

पाइला दर पाइला, योजना

अनुरूप गर्न चाहनुभएको, सब काम गर्नुभयो।

र एक पछि अर्को,

सृष्टि गर्न चाहनुभएका कुरा देखा परे।

ती सब उहाँको अख्तियारको प्रतिबिम्ब हुन्।

यिनको कारण, सब प्राणी सृष्टिकर्ताको

अनुग्रह र आपूर्तिको लागि

निकै आभारी नभई बस्न सकेनन्।


पद ३

उहाँका आश्चर्यजनक कार्य

प्रकट हुन थालेपछि, संसार,

एक-एक गरी उहाँले सृष्टि

गर्नुभएका सबथोकले भरिपूर्ण भयो।

आकार रहित, अन्धकारबाट स्पष्टता र ज्योतिमा,

मृत्युको सन्नाटाबाट

असीमित जीवन्ततामा परिवर्तन भयो।


पद ४

सृष्टिका सबथोकमाझ,

ठूलादेखि साना, सानादेखि अति सूक्ष्मसम्म,

सृष्टिकर्ताको अख्तियार

र शक्तिले सृष्टि नगरेको केही पनि थिएन।

हर प्राणीको अस्तित्वको अद्वितीय, अन्तर्निहित

आवश्यकता, मूल्य थियो।

तिनको आकार, संरचना जस्तो भएपनि

सब उहाँको अख्तियारमा अवस्थित छन्।


पद ५

सृष्टिकर्ताको अख्तियार अन्तर्गत,

सबले उहाँको शासनको नयाँ गीत गाउनेछन्,

नयाँ दिनको कामको लागि शुभारम्भ गर्नेछन्।

र त्यही क्षणमा,

सृष्टिकर्ताले आफ्नो व्यवस्थापनको काममा

नयाँ पृष्ठ खोल्नुहुनेछ।

हो, नयाँ पृष्ठ खोल्नुहुनेछ।


पद ६

वसन्तमा अंकुरण,

ग्रिष्ममा पाक्ने, शरदमा कटनी, शिशिरमा

भण्डारण गर्ने बारे सृष्टिकर्ताले

तोक्नुभएको नियम अनुसार,

सबथोक व्यवस्थापनको योजनासँग मिल्नेछन्,

नयाँ दिन, सुरुवात र जीवन

मार्गलाई स्वागत गर्नेछन्।

उहाँको अख्तियार मुनि हर नयाँ दिनलाई,

स्वागत गर्न चाँडै अनवरत रूपमा

वृद्धि हुँदै जानेछन्।

सबथोक सिद्ध छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १” बाट परिमार्जित

अघिल्लो: 914 सबै थोक सृष्टिकर्ताको अख्तियारका प्रकटीकरण हुन्

अर्को: 916 सृष्टिकर्ताको अख्तियार र शक्ति असीमित छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्