674 परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसलाई सिद्ध पार्न र प्रेम गर्न हो

शुरुवात

भविष्यमा जे पाए पनि, आज देख्छौ कि

तिमीहरूमा परमेश्‍वको काम प्रेम नै हो।


पद १

सेवाकर्ताको समयदेखि आजसम्म,

मानिसले परमेश्‍वरको काम कति

अद्भुत छ भनी स्पष्ट देख्छन्।

मानिसको दिमागले उहाँको कामका

तरिका बुझ्नै सक्तैन।

मानिसले देख्न सक्छन् कि तिनको कद कति सानो

र अनाज्ञाकारीता कति ठूलो छ।


पूर्व कोरस १

उहाँले मानिसलाई प्रभावको निम्ति

सराप्नुभयो, मार्नुभएन।

मानिसलाई वचनले सराप्नुभयो,

तर सराप मानिसमाथि आइलागेन।

मानिसको अनाज्ञाकारीता सराप्नुभयो,

त्यसैले जब सराप बोल्नुभयो,

उहाँको उद्देश्य मानिसलाई सिद्ध पार्नु थियो।


कोरस १

मानिसलाई न्याय गर्नुहुन्छ, सराप दिनुहुन्छ।

तर दुवै तरिकाले सिद्ध पार्नुहुन्छ।

उहाँले न्याय गर्नैपर्छ, सराप दिनैपर्छ।

मानिसमा जे अशुद्धता छ, त्यो सिद्ध पार्नुहुन्छ।


पद २

उहाँले पहिला यस्तो काम कहिल्यै गर्नुभएन,

अहिले तिमीहरूमा काम गर्नुहुन्छ, ताकि उहाँको बुद्धि अनुभव गर्न सक।

भित्रभित्रै पीडा भोगे पनि,

तिमीहरूको हृदय स्थिर र शान्त छ।

उहाँको कामको यो चरणको

आनन्द लिन सक्नु, ठूलो आशिष् हो।


पूर्व कोरस २

निराकरण पनि तिमीलाई मुक्ति दिन हो।

यसले तिमीलाई पीडा दिए पनि,

तिम्रो स्वभाव परिवर्तन हुँदा,

उहाँको काम बुद्धिमानी रहेछ भनी देख्नेछौ।

त्यो दिन उहाँको इच्छा बुझ्नेछौ।

अहिले स्पष्ट देख्न सक्तैनौ होला,

एक दिन उहाँको आजको काम मूल्यवान छ भनी देख्नेछौ।


कोरस २

मानिसलाई न्याय गर्नुहुन्छ, सराप दिनुहुन्छ।

तर दुवै तरिकाले सिद्ध पार्नुहुन्छ।

उहाँले न्याय गर्नैपर्छ, सराप दिनैपर्छ।

मानिसमा जे अशुद्धता छ, त्यो सिद्ध पार्नुहुन्छ।


अन्त्य

जब उहाँले महिमा पाउनुहुने दिन आएको

र उहाँलाई प्रेम गर्नु अर्थपूर्ण छ

भनी देख्छौ, मानव जीवन बुझ्छौ,

तिम्रो आत्मा स्वतन्त्र हुन्छ,

देह उहाँलाई प्रेम गर्ने संसारमा जिउँछ,

तिम्रो जीवन आनन्दले भरिन्छ,

सधैँ उहाँको नजिक हुन्छौ, उहाँलाई हेर्छौ,

तब उहाँको आजको कामको

मूल्य साँच्चै जान्नेछौ।

उहाँको कामको हरेक पाइला, चाहे त्यो कठोर वचन, न्याय

वा सजाय होस्, सही हुन्छ र मानिसलाई सिद्ध पार्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो: 670 कष्ट र जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्छौ

अर्को: 675 परमेश्‍वरको शोधनको कामको उद्देश्य

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्