259 म एक सानो सृजित प्राणी मात्र हुँ
पद १
हे परमेश्वर! मेरो हैसियत होस् वा नहोस्,
म अब आफैलाई चिन्छु।
हैसियत उच्च छ भने, तपाईंले उचाल्नुभएकोले हो।
तुच्छ छ भने, तपाईंको पूर्वनिर्धारणले हो।
पद २
हे परमेश्वर! मसँग न रोजाइ छन्, न गुनासो।
सबैथोक तपाईंका हातमा छन्।
यस देशमा, यी मानिस बीच म जन्मिऊँ,
मात्र तपाईंको प्रभुत्वमा आज्ञाकारी होऊँ,
भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो।
कोरस
सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको
म एक सानो सृजित प्राणी मात्र हुँ ।
मलाई बनाउनुभयो र आफ्नो हातमा,
आफ्नो नियन्त्रणमा राख्नुभएको छ।
तपाईंको औजार हुन इच्छुक छु।
कारण यो तपाईंको पूर्वनिर्धारण हो,
र कसैले यसलाई बदल्न सक्तैन।
सबथोक तपाईंका हातमा छन्।
पद ३
हे परमेश्वर! म हैसियतमा ध्यान दिन्न, दिन्न।
म मात्र प्राणीहरू मध्ये एक हुँ।
आगो र गन्धकको कुण्डमा, अतल कुण्डमा मलाई
राख्नुभयो भने, म केवल एक प्राणी हुँ।
कोरस
सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको
म एक सानो सृजित प्राणी मात्र हुँ ।
मलाई बनाउनुभयो र आफ्नो हातमा,
आफ्नो नियन्त्रणमा राख्नुभएको छ।
तपाईंको औजार हुन इच्छुक छु।
कारण यो तपाईंको पूर्वनिर्धारण हो,
र कसैले यसलाई बदल्न सक्तैन।
सबथोक तपाईंका हातमा छन्।
ब्रिज
प्रयोग गर्नुहुन्छ भने, एक प्राणी हुँ।
सिद्ध पार्नुहुन्छ भने, प्राणी नै हुँ।
पार्नुहुन्न भने पनि तपाईंलाई प्रेम गर्नेछु,
कारण म एक प्राणी मात्र हुँ।
कोरस
सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको
म एक सानो सृजित प्राणी मात्र हुँ ।
मलाई बनाउनुभयो र आफ्नो हातमा,
आफ्नो नियन्त्रणमा राख्नुभएको छ।
तपाईंको औजार हुन इच्छुक छु।
कारण यो तपाईंको पूर्वनिर्धारण हो,
र कसैले यसलाई बदल्न सक्तैन।
सबथोक तपाईंका हातमा छन्।