28 परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्

पद १

ती दिनहरू समाप्त हुनेछन्,

संसारमा केही चीज रहने छैन,

सबै थोक नयाँ हुनेछन्।

सम्झना राख!


पूर्व कोरस १

कुनै अस्पष्टता हुने छैन त्यहाँ!

स्वर्ग र पृथ्वी टलेर जानेछ,

तर परमेश्‍वरको वचन सदा रहनेछ!

तिमीहरूलाई फेरी सल्लाह दिनुहुन्छ:

व्यर्थमा नदौड, बिउँझ, पश्चताप गर

मुक्ति नजिकै हुनेछ!

उहाँ तिमीहरूमाझ देखा परिसक्नुभयो।

हो, परमेश्‍वरको आवाज उठेको छ।


कोरस

आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।

कान हुनेहरूले सुन्नैपर्छ!

सबै जीवहरूले स्वीकार्नै पर्छ!

केवल उहाँको वचन खाऊ र पिऊ,

तिनलाई शंका नगर।

उहाँको वचन सुन्ने र पालन गर्नेहरूले

ठूलो आशिष पाउनेछन्।


पद २

हो, परमेश्‍वरको आवाज उठेको छ;

हरेक दिन नयाँ र ताजा नै छ।

तिमीले उहाँलाई-उहाँले तिमीलाई देख्नुहुन्छ,

हरपल बोल्नुहुन्छ।


पूर्व कोरस २

तिमी उहाँलाई नकार्छौ, उहाँलाई चिन्दैनौ।

उहाँका भेडाले उहाँको स्वर सुन्न सक्दछन्

तर तिमीहरू संकोचमै छौ!

शैतानले तिमीलाई अन्धो बनाउँछ

अनि तिम्रो हृदय कठोर बनेको छ।

त्यसैले परमेश्‍वरको महिमित मुहार हेर्न सक्तैनौ।

कति दयनीय छ यो, अब धेरै नपर्ख!

परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्।


ब्रिज

सात आत्माहरू परमेश्‍वरको सिंहासन अघि

धर्तीका कुना कुनामा पठाइए।

परमेश्‍वरले आफ्ना दूत पठाउनुहुन्छ

बोल्न सबै मण्डलीहरूसँग,

उहाँ धर्मी र विश्‍वासयोग्य हुनुहुन्छ;

उहाँ नै मानिसको भित्री हृदय जाँच्ने परमेश्‍वर हुनुहुन्छ।


कोरस

आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।

कान हुनेहरूले सुन्नैपर्छ!

सबै जीवहरूले स्वीकार्नै पर्छ!

केवल उहाँको वचन खाऊ र पिऊ,

तिनलाई शंका नगर।

उहाँको वचन सुन्ने र पालन गर्नेहरूले

ठूलो आशिष पाउनेछन्।


पद ३

परमेश्‍वरको मुहार सच्चा रूपमा खोज्नेहरूले

नव ज्योति र अन्तरदृष्टि पाउनेछन्।

उहाँका वचन तिमीकहाँ आएर

तिम्रा आत्मिक आँखा खोल्नेछन्।


पूर्व कोरस ३

तिमीले आत्मिक संसारको रहस्य देख्नेछौ

र उहाँको राज्य मानिसबीच भएको।

केवल शरणमा प्रवेश गर

र सबै अनुग्रह तिमीमा हुनेछ।

तिमीलाई न अनिकाल, न महामारी, न जन्तुले छुने छ।

तिमी परमेश्‍वरसँगै हिँड्नेछौ

र महिमामा सँगै जानेछौ।


कोरस

आत्मा मण्डलीहरूसँग बोल्नुहुन्छ।

कान हुनेहरूले सुन्नैपर्छ!

सबै जीवहरूले स्वीकार्नै पर्छ!

केवल उहाँको वचन खाऊ र पिऊ,

तिनलाई शंका नगर।

उहाँको वचन सुन्ने र पालन गर्नेहरूले

ठूलो आशिष पाउनेछन्।

ठूलो आशिष पाउनेछन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५” बाट परिमार्जित

अघिल्लो: 27 जब पूर्वबाट बिजुली चम्किन्छ

अर्को: 29 सर्वशक्तिमान परमेश्‍वरले चर्मपत्र खोल्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्