940 परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ

कोरस

परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ।


शुरुवात

उहाँ आफ्ना विचार र मनोवृत्ति

परिस्थिति अनुसार बदल्नुहुन्छ।

निनवेवासीप्रति मनोवृत्तिको बदलीले

उहाँका आफ्नै सोच छन् भनी देखाउँछ।


पद १

उहाँ रोबट वा मूर्ति हुनुहुन्न,

जीवित परमेश्‍वर हुनुहुन्छ।

उहाँ निनवेवासीप्रति रिसाउन वा तिनका

मनोवृत्तिको कारण तिनको

विगत क्षमा गर्न सक्नुहुन्थ्यो।

तिनलाई नाश गर्ने वा तिनले पश्चाताप गरेमा

क्षमा गर्ने छनौट गर्न सक्नुहुन्थ्यो।


पद २

परिस्थितिको बदलावअनुसार उहाँका

विचार सधैँ रूपान्तरण भइरहन्छन्।

यी विचार विकसित हुँदै जाँदा,

उहाँका सारका विभिन्न पक्षहरू देखाइन्छन्।

उहाँले पुनर्विचार गर्ने क्षण, मानिसलाई

आफ्नो वास्तविक अस्तित्व देखाउनुहुन्छ।


कोरस

परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ।


ब्रिज १

उहाँका साँचो अभिव्यक्तिले मानिसलाई उहाँको

क्रोध र कृपा, प्रेमिलो दयालुपन र

सहनशीलताको अस्तित्वको प्रमाण दिन्छ।


पद ३

परिस्थिति अनुसार उहाँ

आफ्नो सारका भाग प्रकट गर्नुहुन्छ।

उहाँ सिंहको क्रोध, आमाको

कृपा र सहनशीलता राख्नुहुन्छ।

उहाँको धर्मी स्वभावलाई

कसैले प्रश्न उठाउन, उल्लङ्घन गर्न

मोड्न वा बदल्न सक्तैन।


पद ४

उहाँको धर्मी स्वभाव, अर्थात

उहाँको क्रोध र कृपा,

कुनै पनि समय वा स्थानमा, सबथोक,

सबकुरा माझ देखाउन सकिन्छ।

सृष्टिका हर कुनामा,

उहाँ हर क्षण यी जीवन्त अभिव्यक्ति दिनुहुन्छ।


कोरस

परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ।


ब्रिज २

उहाँको धर्मी स्वभाव समय वा स्थानले

सीमित छैन, बरु पूर्ण सहजताको साथ,

हर समय र स्थानमा व्यक्त गरिन्छ।


अन्त्य

जब उहाँको हृदय बदलिन्छ र

उहाँ क्रोध देखाउन बन्द गर्नुहुन्छ,

निनवेलाई बाँच्न दिनुहुन्छ,

के भन्न सक्छौ कि

उहाँ केवल प्रेमिलो, कृपालु हुनुहुन्छ,

कि उहाँको क्रोध खोक्रा शब्द मात्रै हुन्?

जब उहाँ क्रोधित हुनुहुन्छ,

र कृपा फिर्ता लिनुहुन्छ,

के भन्न सक्छौ कि मानिसलाई साँचो प्रेम गर्नुहुन्न?


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो: 934 परमेश्‍वर सबथोकको शासक हुनुहुन्छ

अर्को: 945 परमेश्‍वरको क्रोधको प्रतीक

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्