1025 आखिरी दिनहरूमा मानिसलाई परमेश्वरको प्रतिज्ञा
पद १
जब विजयको काम पूर्ण हुनेछ,
तब मानिस एक सुन्दर संसारमा पस्नेछ।
पृथ्वीमा जीवन अझै रहनेछ,
तर आज जस्तो हुनेछैन।
मानिसमा विजय पश्चात यो नयाँ जीवन हो,
नयाँ क्षेत्रमा पसेको प्रमाण हो,
पृथ्वीमा परमेश्वरसँग मानिसको जीवनको सुरुवात हो।
कोरस
पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ
र तृष्णा गरिएको छ,
जुन इतिहासमा कहिल्यै देखिएको छैन।
६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।
यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,
यहि उसलाई परमेश्वरको प्रतिज्ञा हो, प्रतिज्ञा हो।
पद २
यो जीवनको आधार मानिस शुद्ध पारिएर,
विजय गरिएपछि सृष्टिकर्ताप्रति समर्पित हुनु हो।
तसर्थ विजयको काम,
परमेश्वरको कामको अन्तिम चरण हो,
मानिस यस्तो सुन्दर स्थान पस्नु अघि।
कोरस
पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ
र तृष्णा गरिएको छ,
जुन इतिहासमा कहिल्यै देखिएको छैन।
६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।
यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,
यहि उसलाई परमेश्वरको प्रतिज्ञा हो।
पद ३
यो प्रतिज्ञा अहिले पूरा हुँदैन:
मानिस भावी गन्तव्यमा तब पुग्नेछ;
जब पूरा हुनेछ आखिरी दिनहरूको काम;
जब मानिसमाथि पूर्णतः विजय गरिइनेछ,
जब शैतान पराजित हुनेछ।
कोरस
पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ
र तृष्णा गरिएको छ,
जुन इतिहासमा कहिल्यै देखिएको छैन।
६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।
यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,
यहि उसलाई परमेश्वरको प्रतिज्ञा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित