763 परमेश्वरको प्रेम वास्तविक जीवनमा चाख्नैपर्छ
पद १
परमेश्वरको प्रेम देख्न चाहेमा,
साँच्चै अनुभव गर्न चाहेमा,
वास्तविकता र वास्तविक
जीवनको गहिराइमा जानैपर्छ
र देख्नैपर्छ कि उहाँले गर्नुहुने
सबथोक प्रेम र मुक्ति हो,
मानिसलाई अशुद्ध कुरा त्याग्न सक्षम तुल्याउनु हो,
उहाँको इच्छा पूरा गर्न नसक्ने,
मानिसका कुरा शोधन गर्नु हो,
मानिसलाई अशुद्ध कुरा त्याग्न सक्षम तुल्याउनु हो,
उहाँको इच्छा पूरा गर्न नसक्ने,
मानिसका कुरा शोधन गर्नु हो।
पद २
मानिसलाई आपूर्ति गर्न वचन प्रयोग गर्नुहुन्छ,
अनुभव गर्न वास्तविक जीवनका
परिस्थिति प्रबन्ध गर्नुहुन्छ।
उहाँका वचनको अन्तर्दृष्टि, अगुवाइद्वारा,
प्रार्थना, अन्वेषण, खोजी गरेमा,
यसद्वारा अभ्यास गर्नुपर्ने कुरा र
पवित्र आत्माका कामको निम्ति मौकाहरू पाएमा
उहाँसँग सहकार्य गरेमा, भ्रमित नभएमा,
तिमीसँग वास्तविक जीवनमा मार्ग हुनेछ,
र उहाँलाई साँच्चै सन्तुष्ट पार्नेछौ।
पद ३
उहाँलाई सन्तुष्ट पारे पछि,
तिमीमा उहाँको अगुवाइ हुनेछ,
उहाँद्वारा आशिषित हुनेछौ,
जसले आनन्दको आभास दिनेछ:
उहाँलाई सन्तुष्ट पारेकोले सम्मानित आभास गर्नेछौ,
भित्र उज्यालो र हृदयमा स्पष्ट, शान्त हुनेछौ।
विवेकले सान्त्वना पाउनेछ, आरोपबाट मुक्त हुनेछ,
दाजुभाइ-दिदीबहिनी देख्दा भित्र आनन्दित हुनेछौ।
उहाँको प्रेमको आनन्द लिनुको अर्थ यही हो,
उहाँको आनन्द साँच्चै लिनु यो मात्रै हो।
मानिसले उहाँको प्रेमको आनन्द अनुभवद्वारा पाउँछन्:
कठिनाइ अनुभव र सत्यता अभ्यास गरेर,
आशिष् पाउँछन्।
सत्यतालाई सधैँ यसरी अभ्यास गरेमा,
बिस्तारै उहाँका धेरै कामको स्पष्ट ज्ञान विकास गर्नेछौ,
त्यो बेला आभास गर्नेछौ कि तिम्रो सामु
वचन स्फटिकझैँ छर्लङ्ग छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्” बाट परिमार्जित