77 परमेश्वरको न्यायले उहाँको धार्मिकता र पवित्रता प्रकट गर्छ
पद १
परमेश्वरले आज बोल्नुहुने वचन
मानिसका पाप र अधार्मिकताको न्याय गर्न,
विद्रोहीपन सराप्न र तिनको छल
र कुटिलपनलाई सजाय दिन हो।
तिनको बोली र काम उहाँको इच्छा अनुरूप नभए,
ती सबलाई न्याय र तिनको
अवज्ञालाई पाप झैँ निन्दा गर्नुहुनेछ।
यही कामले उहाँको पूरै पवित्रता प्रकट गर्छ।
पद २
परमेश्वर न्यायका सिद्धान्त
अनुरूप बोल्दै हुनुहुन्छ।
उसको विद्रोहीपन र अधार्मिकतालाई न्याय गर्दै,
कुरुपता खुलासा गर्दै,
उहाँ आफ्नो धर्मी स्वभाव देखाउनुहुन्छ।
उहाँको पवित्रता भनेको उहाँ धर्मी हुनुहुन्छ।
तिमीहरूको भ्रष्ट स्वभावको आधारमा उहाँ बोल्नुहुन्छ,
न्याय, विजयको काम गर्नुहुन्छ।
पूर्व कोरस १
यो काम मात्र वास्तविक हो र
उहाँको पवित्रतालाई पूर्णतः चम्काउँछ।
कोरस
यी न्यायका कारण तिमीहरू देख्न सक्षम छौ कि
उहाँ धर्मी र पवित्र हुनुहुन्छ।
त्यसैले तिमीहरूलाई न्याय गर्नुभएको छ र
क्रोध पोखाउनुभएको छ।
पद ३
मानिसको विद्रोहीपन देख्दा
उहाँ धार्मिकता र मानिसको
फोहोरिपन देख्दा उहाँ
पवित्रता प्रकट गर्न सक्नुहुन्छ।
उहाँ अलिकति पनि दाग नभएको
पवित्र परमेश्वर हुनुहुन्छ तर पनि
फोहोरको देशमा बस्नुहुन्छ भनी
देखाउन यो पर्याप्त छ।
पद ४
उहाँ आफूलाई अरूसँग मैलो
बनाउने नियमित मानिस हुनुभएको भए;
धर्मी नहुनुभएको भए वा उहाँमा
पवित्रताको कुनै तत्व नभएको भए,
उहाँ फोहोरी मानिसको अधार्मिकता
न्याय गर्न योग्य हुनुहुने थिएन,
न त पूरै मानवजातिलाई
न्याय गर्न योग्य हुनुहुने थियो।
पूर्व कोरस २
कोही फोहोरीले कसरी
आफू जत्तिकै फोहोरी मानिसलाई न्याय गर्न सक्छ?
कोरस
यी न्यायका कारण तिमीहरू देख्न सक्षम छौ कि
उहाँ धर्मी र पवित्र हुनुहुन्छ।
त्यसैले तिमीहरूलाई न्याय गर्नुभएको छ र
क्रोध पोखाउनुभएको छ।
अन्त्य
मानिसलाई न्याय गर्ने अधिकार
एउटै पवित्र परमेश्वरसँग मात्र छ, परमेश्वरसँग।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्” बाट परिमार्जित