55 आखिरी दिनहरूमा परमेश्वरले मानिसलाई वचनद्वारा न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ
पद १
आखिरी दिनहरूको काम वचन बोल्नु हो।
वचनले मानिसमा ठूलो परिवर्तन ल्याँउछ
र तिनलाई स्वीकार गर्नेमा झन् बढी।
अनुग्रहको युगका चिह्न र चमत्कार
स्वीकार गर्नेमा भन्दा बढी।
त्यो युगमा, हात राखेर र प्रार्थना गरेर भूतहरू भगाइन्थ्यो
कोरस १
तर मानिसको भ्रष्टता रहिरह्यो,
मानिसको भ्रष्टता रहिरह्यो,
मानिसको भ्रष्टता रहिरह्यो।
पद २
उसलाई निको पारियो, पापबाट क्षमा गरियो
तर उसको भ्रष्ट स्वभावबाट
शुद्ध पार्ने काम बाँकी नै थियो।
मानिस आफ्नो विश्वासद्वारा मुक्त भयो
तर उसको पापी प्रकृति अझै रह्यो।
देहधारी परमेश्वरद्वारा
मानवको पाप क्षमा गरियो।
कोरस २
तर मानवभित्र अझै पाप थियो,
मानवभित्र अझै पाप थियो,
मानवभित्र अझै पाप थियो।
पद ३
त्यो चरणको काम सकिएपछि
न्यायको काम अझै बाँकी रह्यो।
यो चरणमा वचन प्रयोग हुन्छ
मानवलाई शुद्ध पार्न र मार्ग दिन।
पापबलिद्वारा
उसलाई सबै पापबाट क्षमा गरिएको छ
किनकि क्रूसीकरणको काम समाप्त भइसकेको छ।
कोरस ३
वहाँ शैतान माथि विजयी,
शैतान माथि विजयी,
शैतान माथि विजयी हुनुभएको छ।
ब्रिज
मानवभित्र भ्रष्टता अझै रह्यो, ऊ पाप
र वहाँको विरोध गर्न सक्थ्यो
वहाँले मानवलाई पाउनुभएको छैन।
त्यसैले यो चरणमा वचन प्रयोग गरी उसको
भ्रष्टता देखाउनुहुन्छ, कि उसले सही मार्ग लिओस्।
पद ४
यो चरण अर्थपूर्ण र फलदायी छ, कारण अब वचनले
मानिसको जीवन आपूर्ति गर्छ,
उसलाई नवीकरण गराउँछ;
यो कामको गहन चरण हो।
उहाँ आखिरी दिनमा देहधारी हुँदा
देहधारणको अर्थ र मानवलाई
मुक्ति दिने उहाँको योजना पूरा हुन्छ।
कोरस ४
वचनले मानिसलाई आखिरी
दिनहरूमा शुद्ध पार्छ।
आखिरी दिनहरूमा शुद्ध पार्छ।
वचनले मानिसलाई आखिरी
दिनहरूमा शुद्ध पार्छ।
आखिरी दिनहरूमा शुद्ध पार्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित