84 आखिरी दिनहरूमा परमेश्‍वरले उहाँको वचनद्वारा मानवलाई न्याय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ

पद १

आखिरी दिनहरूको देहधारी परमेश्‍वर वचन बोल्न,

मानव जीवनको खाँचो व्याख्या गर्न,

मानव कुन कुरामा प्रवेश गर्नुपर्छ औँल्याउन,

र उसलाई परमेश्‍वरका कार्य, बुद्धि,

सर्वशक्ति, अद्भुतता देखाउन आउनुभएको हो,

सर्वशक्ति, अद्भुतता देखाउन आउनुभएको हो।


पूर्व कोरस १

उहाँ बोल्नुहुने धेरै तरिकाद्वारा,

मानवले उहाँको सर्वोच्चता,

विशालता र अझ बढी विनम्रता र गुप्तता देख्छ।

मानव देख्छ कि उहाँ सर्वोच्च हुनुहुन्छ

तर नम्र र गुप्त हुनुहुन्छ, सबभन्दा सानो बन्न सक्नुहुन्छ।


कोरस १

उहाँका केही वचन सिधै आत्माको परिप्रेक्ष्यबाट,

केही सिधै मानवको परिप्रेक्ष्यबाट,

र केही तेस्रो व्यक्तिको परिप्रेक्ष्यबाट बोलिन्छन्।

यसमा देख्न सकिन्छ कि,

उहाँको काम गर्ने तरिका धेरै फरक हुन्छ

र वचनद्वारा नै उहाँले मानिसलाई

यो देख्ने तुल्याउनुहुन्छ।


पद २

यस युगमा उहाँले गर्नुहुने काम

मानव जीवनको लागि वचनको प्रावधान हो;

मानवको प्रकृति र भ्रष्ट स्वभावको खुलासा;

धार्मिक धारणा, सामन्ती र पुराना सोच,

मानव ज्ञान र संस्कृतिको निष्कासन हो।

उहाँका वचनद्वारा खुलासा गरिएर यी सब कुरा धोइनुपर्छ।


पूर्व कोरस २

आखिरी दिनहरूमा मानवलाई सिद्ध पार्न,

उहाँ चिन्ह र चमत्कार नभई

वचनहरू प्रयोग गर्नुहुन्छ।

उहाँ आफ्ना वचन मानवको खुलासा र न्याय गर्न,

उसलाई सजाय दिन र सिद्ध पार्न प्रयोग गर्नुहुन्छ।


कोरस २

ताकि उहाँका वचनमा मानिसले उहाँको बुद्धि र

प्रेमिलो स्वभाव देखोस्, उहाँको स्वभाव बुझोस् र

उहाँका वचनद्वारा उहाँका कार्य देखोस्।

आखिरी दिनहरूमा

उहाँ वचन देहमा देखा पर्नुहुने कामको चरण सक्काउनुहुन्छ।

यो उहाँको व्यवस्थापन योजनाको एक भाग हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आज परमेश्‍वरको कामलाई बुझ्‍नु” बाट परिमार्जित

अघिल्लो: 83 आखिरी दिनहरूमा परमेश्‍वरको कामको भित्री सत्य

अर्को: 85 वचनद्वारा गरिएको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्