112 परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ

पद १

नयाँ युग शुरु गर्न, परमेश्‍वर देह बन्नुहुन्छ

अर्थात पुरानो युगको अन्त्य भएको छ।

हरेक पटक उहाँ आएर, मानवमाझ काम गर्नुहुन्छ

अर्थात नयाँ लडाइँ शुरु भएको छ।

नयाँ काम नहुँदा, पुरानो अन्त्य हुँदैन

र पुरानो काम अन्त्य नहुनु

शैतानसँगको लडाइँ चलिरहेको प्रमाण हो।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ, आदि र अन्त्य हुनुहुन्छ।


पद २

उहाँ आउनुभइ मानवमाझ नयाँ काम गर्नुभए मात्र

मानव शैतानको राज्यक्षेत्रबाट छुट्न सक्छ

र नयाँ जीवन, नयाँ शुरुवात पाउन सक्छ।

नत्र मानव सधैँ पुरानै युगमा,

शैतानको प्रभावमा बाँच्नेछ।

हर युग उहाँले अगुवाइ गरी, मानिसको एक अंश मुक्त गर्नुहुन्छ र

उहाँको कामसँगै मानव नयाँ युगमा प्रवेश गर्छ।

उहाँ विजयी हुनुहुँदा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।


ब्रिज

उहाँको कामसँगै मानिस नयाँ युगमा प्रवेश गर्छ।

उहाँको विजयमा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।

उहाँको कामसँगै मानिस नयाँ युगमा प्रवेश गर्छ।

उहाँ विजयी हुनुहुँदा, उहाँलाई पछ्याउनेहरू पनि विजयी हुन्छन्।


कोरस

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ।

आफ्नो कामलाई गति दिनुहुने उहाँ नै हुनुहुन्छ

र पुरानो युगलाई अन्त्य गर्न

आउनुहुने उहाँ मात्रै हुनुहुन्छ।

यो उहाँले शैतानलाई हराउनुभएको प्रमाण हो,

यो उहाँले संसार विजय गर्नुभएको प्रमाण हो।

बीउ छर्ने र कटनी गर्ने उहाँ नै हुनुहुन्छ,

परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ, आदि र अन्त्य हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (१)” बाट परिमार्जित

अघिल्लो: 110 परमेश्‍वरको तीन चरणका कामको भित्रि सत्य

अर्को: 113 परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्