957 परमेश्‍वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ

पद १

परमेश्‍वर नीनवेवासीसँग निकै क्रोधित हुनुहुन्थ्यो

जब घोषणा गर्नुभयो उहाँले

उनीहरूको शहर उहाँले नष्ट गरिदिनुहुनेछ।

तर उपवास घोषित गरेर,

खरानी दले, भाङ्ग्रा लगाए उनीहरूले,

र परमेश्‍वरको मन पग्लियो,

उहाँको मन परिवर्तन भयो।

पाप स्विकारेकोले,

पश्चाताप गरेकोले,

निनवेको मानिसको लागि उहाँको क्रोध,

कृपा र सहनशीलतामा परिवर्तन भयो।


कोरस

उहाँ जब मानिससँग क्रोधित हुनुहुन्छ,

तब साँचो पश्चातापको आशा गर्नुहुन्छ।

तब उहाँले कृपा बर्साउनुहुन्छ मानिसमाथि।

उहाँको क्रोधको कारण मानिसको दुष्टता हो।

जो उहाँलाई सुन्छन्, पश्चाताप गर्छन्,

दुष्टता को बाटो छोड्छन्

र आफ्नो हिंसा सबै त्याग्छन्,

कृपा-सहनशीलता देखाउनुहुन्छ तिनैमाथि उहाँले।


पद २

परमेश्‍वरको स्वभावको यो प्रकाशनमा

कुनै विरोधाभास छैन।

नीनवेवासीले पश्चाताप गर्नु अघि र पछि

उहाँले यी अलग सार व्यक्त गर्नुभयो,

उहाँको सार अभिव्यक्त भयो।

त्यसैले मानिसहरूले उहाँको सारको

वास्तविकता देख्न सक्छन्।

यो सार उल्‍लङ्‍घन गर्न

असम्भव भएको देखिन्छ।


पद ३

आफ्नो रवैयामा परमेश्‍वरले बताउनुभयो मानिसलाई यी कुरा:

यो होइन कि उहाँ आफ्नो कृपा देखाउन चाहनुहुन्न,

तर थोरैले मात्र साँचो पश्चाताप गर्छन्

र आफ्नो हिंसा छोड्छन्,

बिरलै दुष्टताबाट मोडिन्छन्।

उहाँको नीनवेवासीप्रतिको व्यवहारले देखाउँछ,

कि उहाँको कृपा प्राप्त गर्न सकिन्छ,

यदि मानिसले पश्चाताप गरि दुष्टता त्याग्दछ,

उहाँको हृदय उनीहरूप्रति परिवर्तन हुनेछ।


कोरस

उहाँ जब मानिससँग क्रोधित हुनुहुन्छ,

तब साँचो पश्चातापको आशा गर्नुहुन्छ।

तब उहाँले कृपा बर्साउनुहुन्छ मानिसमाथि।

उहाँको क्रोधको कारण मानिसको दुष्टता हो।

जो उहाँलाई सुन्छन्, पश्चाताप गर्छन्,

दुष्टता को बाटो छोड्छन्

र आफ्नो हिंसा सबै त्याग्छन्,

कृपा-सहनशीलता देखाउनुहुन्छ तिनैमाथि उहाँले… उहाँले…।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो: 955 परमेश्‍वरका कार्यहरूका उद्देश्यहरू र सिद्धान्तहरू स्पष्ट छन्

अर्को: 961 परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुने दिन नजिकै छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्