1011 परमेश्वरले मानिसको सार अनुसार तिनीहरूको अन्त्य निधो गर्नुहुन्छ
पद १
कोही अन्त्यसम्म बाँच्न सक्छ भने,
परमेश्वरका मापदण्ड पुरा गरेकोले हो।
तर अन्तिम विश्राममा बाँच्न सक्तैन भने,
उहाँलाई अवज्ञा गरेको, खुसी पार्न नसकेकोले हो।
बालकको दुष्ट कार्य वा धार्मिकता
उसका आमाबाबुमा सार्न सकिँदैन।
आमाबाबुको दुष्टता वा धार्मिकता
छोराछोरीसँग बाँड्न सकिँदैन।
कोरस
हरेकको सुहाउँदो गन्तव्य हुन्छ।
जुन उनीहरूको सारद्वारा निर्धारित हुन्छ।
एउटाको गन्तव्य अरूसँग सम्बन्धित हुँदैन।
पद २
हरेकले आफ्नै पाप भोग्छन्, आशिष् पाउँछन्,
कसैलाई प्रतिस्थापन गर्न सकिँदैन।
कसैले अर्काका पाप बहन गर्न सक्तैन;
अर्काको सट्टा दण्ड पाउन झनै सक्तैन। यो पक्का हो।
धर्मी काम गर्ने व्यक्ति धर्मी हुन्।
दुष्ट काम गर्नेहरू, दुष्ट-कर्ता नै हुन्।
धर्मी काम गर्नेहरू बाँच्ने नै छन्,
र दुष्ट-कर्तालाई विनाशले पर्खन्छ।
कोही पवित्र छ भने, तिनमा फोहोरको दाग हुँदैन।
र फोहोरीमा पवित्रताको भाग हुँदैन।
कोरस
हरेकको सुहाउँदो गन्तव्य हुन्छ।
जुन उनीहरूको सारद्वारा निर्धारित हुन्छ।
एउटाको गन्तव्य अरूसँग सम्बन्धित हुँदैन।
पद ३
दुष्ट मानिसलाई नष्ट गरिनैपर्छ,
र धर्मी मानिस बाँच्ने नै छन्,
दुष्ट-कर्ताको छोराछोरी धर्मी भए पनि,
धर्मीका आमाबाबु दुष्ट भए पनि।
पतिले विश्वास गरे र पत्नीले नगरे,
छोराछोरीले विश्वास गरे र आमाबाबुले नगरे,
तिनीहरू बीच सम्बन्ध हुँदैन।
यी दुई एक अर्कासँग मिल्दैनन्।
कोरस
हरेकको सुहाउँदो गन्तव्य हुन्छ।
जुन उनीहरूको सारद्वारा निर्धारित हुन्छ।
एउटाको गन्तव्य अरूसँग सम्बन्धित हुँदैन।
पद ४
विश्राममा प्रवेश गर्नु अघि, तिनका
वरिपरि भौतिक नातेदार हुन्छन्।
तर विश्राममा प्रवेश गरिसकेपछि,
त्यस्ता कुनै नातेदार हुँदैनन्।
कर्तव्य पूरा गर्नेहरू, नगर्नेहरूका शत्रु हुन्।
उहाँलाई प्रेम गर्नेहरू, घृणा गर्नेहरूका शत्रु हुन्।
विश्राममा प्रवेश गर्नेहरू
नष्ट गरिएकाहरू सँग मेल खाँदैनन्।
कोरस
हरेकको सुहाउँदो गन्तव्य हुन्छ।
जुन उनीहरूको सारद्वारा निर्धारित हुन्छ।
एउटाको गन्तव्य अरूसँग सम्बन्धित हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित