131 परमेश्‍वरले नयाँ युगमा नयाँ काम ल्याउनुहुन्छ

पद १

येशूले काम सुरु गर्नुहुँदा,

व्यवस्थाको युगका साङ्लालाई छोड्दै,

त्यसका नियम, सिद्धान्त तोड्नुभयो।

ती उहाँमा बाँकी रहेनन्;

पूरै फ्याँक्नुभयो र मानिसलाई

ती पालना गर्न लगाउनुभएन।

येशूले शबाथमा आराम गर्नुभएन;

बाहिर काम गरिरहनुभएको थियो।


पूर्व कोरस

यसले सबलाई देखायो कि

उहाँ व्यवस्थामुनि हुनुहुन्नथ्यो,

शबाथको सीमा बाहिर, नयाँ

स्वरूप र काममा हुनुहुन्थ्यो।


कोरस

परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुँदा,

मानिसमाझ देखा पर्नुहुन्छ,

नयाँ स्वरूप नयाँ तरिकामा प्रयोग गर्नुहुन्छ।

यो उहाँका लक्ष्य मध्ये एउटा हो

ताकि मानिसले उहाँको स्वभाव,

“उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ” को अरू पक्ष देखोस्।


पद २

येशूको कामले उहाँले नयाँ काम ल्याउनुभएको देखायो,

यो शबाथ तोड्ने र व्यवस्था

बाहिर जानेबाट सुरु भयो।

परमेश्‍वरले नयाँ काम गर्नुहुँदा,

विगत पन्छ्याउनुभयो,

व्यवस्थाको युगका नियममा बाँधिनुभएन।


ब्रिज

शबाथमा पनि अरू दिन झैँ काम गर्नुभयो।

उहाँका चेला भोकाउँदा,

खानलाई गहुँका बाला टिप्न सक्थे।

यो उहाँलाई सामान्य थियो।

उहाँ आफ्नो काम र वचनमा नयाँ सुरुवात गर्न सक्नुहुन्थ्यो।

पछाडि नहेरी, नयाँ सुरुवात गर्नुहुन्छ।


कोरस

परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुँदा,

मानिसमाझ देखा पर्नुहुन्छ,

नयाँ स्वरूप नयाँ तरिकामा प्रयोग गर्नुहुन्छ।

यो उहाँका लक्ष्य मध्ये एउटा हो

ताकि मानिसले उहाँको स्वभाव,

“उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ” को अरू पक्ष देखोस्।


पद ३

उहाँका काममा सिद्धान्त छन्।

उहाँले नयाँ काम सुरु गर्नुहुँदा,

त्यो उच्च चरणमा हुन्छ र उहाँ मानिसलाई भित्र्याउनुहुन्छ।

मानिस पुराना वचन र नियममा

टाँसीदा, उहाँ स्वीकार्नुहुन्न,

कारण कामको नयाँ चरण ल्याई त्यसमा पस्नुभएको छ।


कोरस

परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुँदा,

मानिसमाझ देखा पर्नुहुन्छ,

नयाँ स्वरूप नयाँ तरिकामा प्रयोग गर्नुहुन्छ।

यो उहाँका लक्ष्य मध्ये एउटा हो

ताकि मानिसले उहाँको स्वभाव,

“उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ” को

अरू पक्ष देखोस्, अरू पक्ष देखोस्, अरू पक्ष देखोस्।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 130 हरेक युगमा परमेश्‍वरको काम फरक हुन्छ

अर्को: 132 परमेश्‍वरको काम र वचनहरूले मानिसमा ल्याउने भनेको सारा जीवन हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्