एउटी शिक्षिकाको छनौट

25 जुन 2025

मो वेन, चीन

गोधूलि साँझमा पश्चिममा घाम अस्ताउँदै गर्दा, ढोका खोल्दा समाउने गाँठोमा सेतो कपडा बाँधेको सानो फार्महाउसको ढोका खुल्यो, अनि सूर्यको एउटा बाँकी रहेको प्रकाश आँगनको रङ्गविनाको रातो इँटे गाह्रोमा पोखियो।

हलको बीचमा एउटा शवबाकस राखिएको थियो। शवबाकसको अगाडि एउटी सात वर्षकी बच्ची र एउटा नौ वर्षको बालक, अनि एउटी तीस वर्ष जतिकी गाउँले महिला घुँडा मारिरहेका थिए।

“ममी, हाम्रो परिवारमा यस्तो घटना घटेको छ। तर किन कोइपनि आफन्तहरू सघाउन आएका छैनन्?” ती सानी बच्चीको कोमल स्वरले घरभित्रको सन्नाटालाई खलबल्याइदियो।

“तिम्रो बाबाको बिमारीका कारण र हाम्रो सबै बचत सकिएर, गरिब भएकाले हाम्रा आफन्तहरूले हामीलाई तिरस्कार र हेलाँ गर्छन्। अब, तिमीहरूका बाबा बितिसकेपछि, केवल हामी, आमा र छोराछोरीहरू मात्र एक अर्काका सहारा हौँ। तिमीहरू दुई जनाले आफ्नो योग्यता देखाउन कडा मिहिनेत गर्नुपर्छ-अरूले तिमीहरूलाई हेप्न नदेऊ। मलाई आशा छ, तिमीहरू दुवैको भविष्य उज्ज्वल हुनेछ, आफैँले केही गर्नेछौ, अनि हाम्रो भाग्य बदल्ने छौ!” आमा चाहिँले सङ्कल्पले भरिएका आँखाले ती दुई बालबालिकातिर हेरेर, भित्री मनबाटै यति शब्द बोलिन् अनि आफ्नो आँसु पुछिन्।

ती सात वर्षकी बच्ची आन रान थिइन्।

बाल्यकालको यो दृश्यको छाप आन रानको हृदयमा गहिरोसँग बसेको थियो। सानै उमेरदेखि आफ्नो योग्यता प्रदर्शन गर्नका लागि कडा मिहिनेत गर्नुपर्छ भन्ने आन रानलाई थाहा थियो, उत्कृष्टता तथा अरूको प्रशंसा प्राप्तिका लागि कडा परिश्रम गर्नु नै उनको जीवनको लक्ष्य थियो। आन रान विशेषगरी विद्यालयमा कडा परिश्रम गर्थिन्, लगनशील अध्ययनद्वारा मात्र उज्ज्वल भविष्य प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्थिन्। प्राथमिक विद्यालय अवधिभर आन रान सधैँजसो उत्कृष्ट तीनमा पर्थिन्।

तेह्र वर्षमा आन रान जुनियर हाइस्कुलमा पुगिन् त्यतिबेला एक जना छिमेकीले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनको सुसमाचार उनकी आमालाई सुनाइन्। त्यसदिन, आन रान आफ्नी आमासँग परमेश्‍वरको सुरुवातको सृष्टिबारेको भिडिओ हेर्न गइन्। त्यसदिनदेखि, आन रानले मानिसलाई परमेश्‍वरले बनाउनुभएको हो, र स्वर्ग, पृथ्वी तथा सबथोकमा रही सम्पूर्ण मानवलाई मार्गदर्शन दिने र हेरचाह गर्ने एक जना सार्वभौम हुनुहुन्छ भन्ने थाहा पाइन्। आन रानले भित्र न्यानो महसुस गरिन्- परमेश्‍वर कति जाति हुनुहुन्छ!

पन्ध्र वर्षमा पैसाको अभाव भएपछि आन रान स्कुल छोडेर काम गर्न बाध्य भइन्। आन रानले परमेश्‍वरलाई विश्वास गर्नु राम्रो हो भन्ने थाहा पाएपनि, उनलाई आफू सानै छु र आफ्नो अगाडि भविष्यको लामो बाटो छ भन्ने महसुस गर्थिन्। उनी कुनै उपलब्धिविनाको साधारण जीवन जिउन चाहन्नथिन्, किनभने त्यसो भएमा कसैले सम्मान गर्दैन भन्ने उनलाई लाग्थ्यो। त्यसैले उनले के सोचेर कडा मिहिनेत गर्ने र पैसा कमाउने, पर्याप्त कमाइ हुने र सम्मानजनक काम खोज्ने निधो गरिन् भने, जबसम्म उनी आफूलाई स्थापित गर्न सक्छिन् तबसम्म उनी अरूको अगाडि सम्मानित जीवन बिताउन सक्नेछिन् र कसैबाट अपहेलित हुनुपर्ने छैन। आन रानको मस्तिष्क कसरी आफूलाई छिट्टै स्थापित गर्ने भन्ने सोचले भरिएको थियो। त्यसैले उनी आफ्नो खालि समयमा कहिलेकाहीँ मात्र भेलामा सहभागी हुन पाउँथिन्।

आन रान सत्र वर्षकी भएपछि एक साँझ हावामा बाँकी रहेको गर्मी अझै सकिएको थिएन। क्लिक थड गरेर ढोका खोलिएको र बन्द गरिएको आवाज, छिटो र कुशलतापूर्ण चाल अनि त्यसपछि हतारको पदचाप सुनियो। उनकी कजन फर्केकी थिइन्।

“के भयो? कुनै जरुरी कुरा छ र?” भनेर आन रानले सोधिन्।

“तिम्रा लागि खुसीको खबर ल्याएकी छु। हाम्रो स्कुलले तत्कालै शिक्षक नियुक्त गर्दैछ। मैले स्कुल अध्यक्षलाई तिम्रो बारेमा बताएकी छु। तिमीले नियुक्ति पायौ भने यो त प्रतिष्ठित जागिर हो र तलब पनि राम्रो हुन्छ।” यो जानकारी सुनेर आन रान तत्कालै यो कामका लागि लालायित भइन्। बच्चा बेलादेखि नै उनले उत्कृष्टता हासिल गरी आफूलाई स्थापित गराउने अपेक्षा गरेकी थिइन्। अहिले उनलाई शिक्षण पेशामा प्रवेश गर्ने यस्तो राम्रो मौका थियो, जुन सम्मानजनक पेशा मानिन्थ्यो। कलेज ग्राज्युएट वा कम्तीमा पनि असोसिएट डिग्री भएकोले मात्र स्कुलमा काम गर्न पाउँछन् भन्ने उनलाई थाहा थियो। उनले मनमनै विचार गरिन्, “मेरी/मेरो कजनको सहयोगविना, मैले कुनै स्कुलमा काम गर्ने मौका कसरी पाउँथेँ र? पछि म परीक्षा दिएर शिक्षण प्रमाणपत्र प्राप्त गर्न र औपचारिक रूपमा शिक्षक बन्न सक्छु, त्यसपछि मैले प्रतिष्ठा र आम्दानी हासिल गर्छु, होइन र? त्यो दिन आएपछि फेरि कसैले मलाई हेप्ने छैन।” यस्तो सोचेर आन रान विना कुनै हिचकिचाहट तयार भइन्।

आफ्नो कजनको घरबाट निस्कँदै गर्दा आन रानको दिमाग घुम्न थाल्यो, अनि उनले मनमनै विचार गरिन्: “प्राइभेट स्कुलमा काम गरेपछि भविष्यमा मैले दुई हप्तामा एकचोटि बिदा पाउँछु, अनि भेलामा सहभागी हुन त निश्चय नै पाउँदिन। परमेश्‍वरको काम त छिटै सकिँदै छ। भेला सहभागितामा मेरो जागिरले असर गर्‍यो भने मेरो जीवनका लागि त यो घातक हुन्छ।” तर यो उनको विशिष्टता हासिल गर्ने आफ्नो लामो समयदेखिको सपना साकार पार्ने मौका थियो। आन रान यसलाई गुमाउन चाहन्नथिन्। धेरै सोचविचार गरेपछि, आन रानले आखिर जागिर नै रोजिन्। उनले आफूलाई धेरैभन्दा धेरै परमेश्‍वरका वचन पढ्ने र बिदाको समयमा भेलामा सहभागी हुने गरेसम्म राम्रै होला, अनि त्यसले खासै असर नगर्ला भनेर सान्त्वना दिइन्।

ग्रीष्मकालीन छुट्टी सिद्धिनै लाग्दा आन रानले सफलतापूर्वक जागिर पाइन् र उनले चाहेजस्तै प्राथमिक विद्यालयकी शिक्षिका भइन्। आन रानले आफ्नो सपना साकार पार्ने एउटा माध्यम फेला पारिन्, र उनी निकै उत्साहित थिइन्, जागिरमा ११०% प्रयत्न गर्थिन्।

शरदको सुरुवातमा स्कुलले विद्यार्थीको नयाँ टोलीलाई स्वागत गर्‍यो, अनि क्याम्पस रमाइला कुराकानी र हाँसोले भरियो। आन रान निधार खुम्च्याउँदै हातमा अभ्यास पुस्तिकाको थुप्रो लिएर छिटोछिटो शिक्षण भवनतर्फ गइन्, मनमनै सोच्दै थिइन्, “यो स्कुलमा खासगरी अन्तर्कक्षात्मक प्रतिस्पर्धा तीव्र छ। हरेक शिक्षकका क्लासटेस्टका नतिजाहरू सञ्चालक र निर्देशकहरूबीचमा छलफलको विषय बन्छन्। मसँग कुनै शिक्षण अनुभव छैन। म स्कुलमा पहिलोचोटि प्रवेश गर्दा मैले पढाएका कक्षाका विद्यार्थीहरूको अङ्क त्यो तहभरिमा सबैभन्दा खराब थिए। तिनीहरूलाई अरू कक्षाको स्तरमा पुर्‍याउन चाहने हो भने मैले अझै बढी समय र मिहिनेत लगाउनुपर्छ।” आन रानले निर्णय गरिन्: “मैले तिनीहरूको परीक्षाको अङ्कमा सुधार गराउनै पर्छ र विद्यार्थीका अभिभावकले प्रशंसा गर्ने उत्कृष्ट शिक्षक बन्नै पर्छ।” यति सोचेपछि आन रानले गहिरो सास नलिइरहन सकिनन्। यो त धेरै ठुलो तनाव हो!

त्यसपछि त आन रान छिटो छिटो चल्ने घडी जस्तै भइन्, एकैछिन आराम गर्ने आँट पनि गर्दिनथिन्। ओभरटाइम काम गर्नु अनि राति अबेरसम्म काम गर्दै बस्नु, गृहकार्य चेक गर्नु अनि कमजोर विद्यार्थीलाई उनीहरूको ग्रेड सुधार्नका लागि साँझमा पढाउँदै बस्नु दैनिकी बन्यो। धेरै महिनापछि, आन रानले पढाएका कक्षाका विद्यार्थीहरू अन्तिम स्थानबाट पहिलो र दोस्रो स्थानमा पुगे। त्यसपछि अभिभावकबाट प्रशंसा र अगुवाहरूबाट उच्च सम्मान प्राप्त भयो, जसले आन रानको अभिमानलाई सन्तुष्ट बनायो। उनी दङ्ग थिइन्, गौरवले शिर ठाडो पारेर हिँड्थिन्, अनि आफ्ना गाउँका मानिस भेट्दा गौरवान्वित महसुस गर्थिन्। उनलाई आफ्नो कठिनाइ जति नै कठोर र थकाउने खालको भएपनि उपयोगी थियो भन्ने विश्वास थियो।

तथापि उनको चम्किलो बाहिरी आवरणभित्र अनन्त तिक्तता र पीडा लुकेको थियो जुन उनलाई मात्र थाहा थियो।

“मैले तँलाई धेरैचोटि भनिसकेकी छु, अलि कम व्यस्त हुने कामतिर जान सक्दिनस्? आफैँलाई हेर्, डेढ वर्षमा बाह्र पाउण्डभन्दा बढी घटिसकिस्, तँ निरन्तर औषधी र इन्जेक्सन लिइरहेकी छेस्, अनि सधैँ लखतरान हुन्जेल काम गरिरहेकी हुन्छेस्, तैँले आफैँलाई मार्न खोजेकी होस्? तँ परमेश्‍वरकी विश्वासी होस्, अनि भेलामा सहभागी नै नहुँदा तेरा लागि कसरी राम्रो हुन सक्ला? यस्तै चलिरहने हो भने, तँ अझैपनि सत्यता बुझ्न र मुक्ति पाउन सक्लिस् त?” आन रानकी आमाले उनको ओछ्यानको छेउमै बसेर आँखाभरी करुणा दर्साउँदै उनलाई गाली गरिन्।

“ममी मलाई थाहा छ यो जागिरले धेरै व्यस्त बनाउँछ र मलाई भेलामा सहभागी हुने समय नै दिँदैन, तर …” आन रानले आफ्नो कुरा सक्न नभ्याउँदै उनको घाँटी दुख्न थाल्यो।

उनकी आमा फर्किइन् र उनलाई एक गिलास पानी दिइन्। आफ्नी आमा गइसकेपछि आन रानले बितेको एक वर्षलाई फर्केर हेरिन्। सहकर्मीबीचको खुला प्रतिस्पर्धा र अदृश्य सङ्घर्ष, राति अबेरसम्मको बारम्बारको बसाइ, अनि कामको तनावले आन रानलाई अनिद्रा पीडित बनाएको थियो, उनी निदाएपनि प्रायः डरलाग्दा सपना आएर सताउँथे। विशेषगरी उनको रोगप्रतिरोधात्मक प्रणाली कमजोर भएको थियो, अनि उनी दैनिकजसो नै औषधी खान्थिन्। हरेक दिनको कार्यभारले गर्दा आन रानलाई परमेश्‍वरका अगाडि आउने समय वा ऊर्जा केही हुन्नथ्यो। उनी कहिले बन्द नहुने मेसिनजस्तो महसुस गर्थिन्, प्राय: कामबाहेक अरू केही जान्दिनथिन्। कहिलेकाहीँ उनी सोच्थिन्, “मैले जागिर बदल्नु पर्ला त? यसरी नै चलिरहँदा त यसले मेरो जिवनोन्नत्तिमा साँच्चै असर पार्दै छ। तर मैले राजीनामा दिएँ भने, मैले बच्चैबेलादेखि देखेको विशिष्ट बन्ने सपना पूर्णरूपले चकनाचुर हुन्न र? मैले यस्तै राम्रो मौका फेरि कहिल्यै पाउँछु होला र?” नातेदार र साथीसङ्गीहरूको आदरयुक्त हेराइ, अनि विद्यार्थीका अभिभावक र स्कुल सञ्चालकहरूको प्रशंसा—आन रानको भित्री चाहना यीनै सबै कुरा त थिए। उनले सोचिन् “एउटा भनाइ छ नि ‘मान्छेसित आफ्नो मर्यादाको लागि लड्ने दृढता हुनुपर्छ’। मानिसहरू आफ्नो योग्यता देखाउन र आदर पाउनका लागि त जिउँछन् नि, होइन र? जीवनभर साधारण नै भैरहने हो भने बाँच्नुको के अर्थ?” आन रान उठिन् र आफ्नो कलम टिपेर पाठ योजना निर्माण जारी राख्न आफ्नो टेबुलमा फर्केर गइन्। उनले निर्णय गरिन्: र के निधो गरिन् भने उनी आफ्नो जागिर छोड्न सक्दिनन्, अनि के पनि सोचिन् भने उनले परमेश्‍वरका वचन खान-पिउन साथै भेलामा सहभागी हुन बिदाको सदुपयोग गरिन् भने त्यो पनि एउटै कुरा त हो।

२०११ को वसन्तोत्सवको दौरान, आफ्नी आमासँग घर सफा गर्दै गर्दा, आन रानले अचानक आफ्नो दाहिने हात उठाउन नसक्ने र टाउको झुकाउन नमिल्ने भएको थाहा पाइन्। उनले टाउको झुकाउन खोज्दा कट्याक्क आवाज आएको सुनिन्। आन रान आत्तिइन् अनि अलमल्ल परिन्।

“तपाईंको काँध अररिएको छ अनि सर्भिकल स्पनडाइलोसिस भएको छ। यी दुवै पेशागत स्वास्थ्य समस्या हुन्। तपाईंले छिट्टै उपचार सुरु गर्नुभएन भने भविष्यमा प्यारालाइसिस हुन सक्छ। अझ खासगरी तपाईंको शारीरिक बनावट कमजोर छ, त्यसैले तपाईंले तत्कालै उपचार सुरु गरिहाल्नुपर्छ,” भनेर मेडिकल रूमका डाक्टरले आन रानलाई गम्भीरतापूर्वक सम्झाए।

डाक्टरका कुरा सुनिसकेपछि आन रान धेरै डराइन्: “म मात्र १९ वर्षकी छु। मेरो जीवन भर्खरै सुरु भएको छ, अनि मेरा पूरा गर्नुपर्ने सपना अझैपनि थुप्रै छन्। मेरो अररो काँध र सर्भिकल स्पनडाइलोसिस अझै बिग्रियो भने आउँदा दिनहरूमा म कसरी सफल हुन सक्छु त? म अझैपनि कक्षामा गएर सामान्यरूपमा काम गर्न सकुँला त?” जीवनमा उत्कृष्टता हासिल गर्ने सपना टुट्न सक्छ भन्ने सोचले, आन रानले खास अनिच्छुक महसुस गरिन् र गुनासो नगरी बस्नै सकिनन्, “मेरो जीवन किन यति कष्टकर भएको? म मेरा इच्छाहरू किन पूरा गर्न सक्दिनँ? के मेरो नियति जीवनभर हेपिएरै बाँच्ने हो?” उनी नरोइ बस्न सकिनन्।

आकाश हिउँ पर्नै आँटे जस्तो धमिलो थियो। हिउँको खाडलमा परेझैँ मानिसहरूलाई कँपाउँदै चिसो बतासले सुसेली हाल्यो।

आन रान निराशाले भरिएको अनुहार लिएर ओछ्यानमा डल्लो परिन्। उनले आफ्नो भविष्य अनि आफूले गर्ने काममा कत्तिपनि उत्साह नभएझैँ महसुस गरिन्। उनी आफ्नो पीडामा केवल प्रार्थना गर्दै परमेश्‍वरका सामु आउन सकिन्, “हे परमेश्‍वर, मलाई अचानक यस्तो गम्भीर रोगले च्याप्यो, र म भयभीत छु। म यहाँबाट अगाडि कसरी जाने मलाई थाहा छैन। यो गएको वर्षभरि मैले कामै मात्र गरेँ र भेलाहरूमा त्यति सहभागी भइनँ। यो तपाईंको अभिप्रायअनुरूप छैन भन्ने मलाई थाहा छ, तर म आफ्नो जागिर छोड्न सक्दिनँ। मलाई मेरो जीवन तितो लागिरहेछ, अनि यो सबै ममाथि नै किन भएको म बुझ्न सक्दिनँ। मलाई यो पीडालाई जितेर निस्कने सामर्थ्य अनि अन्तर्दृष्टि प्रदान गर्नुहोस्।”

त्यतिबेला हिउँदे छुट्टीको समय थियो, र आन रानले आफ्नो समय भेलामा सहभागी भएर या घरमै परमेश्‍वरका वचन पढेर बिताइन्। उनले खासगरी सुसमाचार चलचित्र र भिडिओहरू हेरेर आनन्द लिइन्। जब उनले अनुग्रहको युगमा, थुप्रै मिसिनरीहरूले आफ्नो परिवार र वैवाहिक जीवन त्यागेर, अनि हरेक प्रकारका सास्ती बेहोर्दै, टाढा-टाढा चीनसम्म, अथकरूपमा सुसमाचार प्रचार गर्दै विना पश्चात्ताप स्वेच्छाले आफूलाई प्रभुका निम्ति समर्पण गर्दै, यात्रा गरेको देखिन्, यसबाट आन रानले गहिरो प्रेरणा महसुस गरिन्। उनले मनमनै सोचिन्, “तिनीहरूले प्रभु येशूमाथि यति जोसका साथ विश्वास गरे, र आज मैले प्रभु येशूको पुनरागमनलाई स्वागत गर्दै, परमेश्‍वरको तेस्रो चरणको कामलाई स्वीकार गरेकी छु। मैले तिनीहरूले भन्दा धेरै परमेश्‍वरका वचन सुनेकी छु अनि सत्यता र रहस्यहरू बुझेकी छु। मैले परमेश्‍वरका वचनको मलजल र आपूर्तिको यति धेरै आनन्द लिएकी छु, त्यसैले मैले झन् बढी सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने गर्नुपर्छ।” आन रानले आफू वरपरका ती ब्रदर-सिस्टरहरूलाई सम्झिइन् जसले वैवाहिक जीवन र कामलाई त्यागेर, सक्रियतापूर्वक मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै र परमेश्‍वरको प्रेमको मूल्य चुकाउँदै थिए। उनले धेरै वर्षदेखि परमेश्‍वरमाथि विश्वास गर्दै आएकी थिइन्, परमेश्‍वरको अनुग्रहको आनन्द लिएकी थिइन्, तर आफ्नो कर्तव्य निर्वाह गर्नु सट्टा उनी भेलामा नियमित सहभागीसम्म पनि हुन सकिनन्। उनी आफू परमेश्‍वरको साँचो विश्वासी हो त भनेर आफैँ छक्क परिन्। आफू धन, प्रतिष्ठा र लाभको पछि लागिरहेको बेला, अहिले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका, पहिले आफूसँगै भेला हुने सिस्टरहरूलाई सम्झँदै, आन रानले आफैँलाई सोधिन्, “म किन धन, प्रतिष्ठा र लाभको खोज त्याग्न सक्दिनँ?”

एकदिन आन रानले परमेश्‍वरका वचनको एक खण्ड पढिन्: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र? सङ्क्षेपमा, परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, उहाँको सबै काम मानिसको निम्ति हो। उदाहरणको निम्ति, आकाश तथा पृथ्वी र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू मानिसको सेवा गर्नकै निम्ति हुन्: उहाँले मानिसको निम्ति बनाउनुभएको चन्द्र, सूर्य अनि ताराहरू, जनावरहरू र वनस्पति, वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि—सबै मानिसको खातिर नै बनाइएका हुन्। त्यसैले परमेश्‍वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका शारीरिक आशाहरूबाट बञ्चित गर्नुहुने भए तापनि यो उसको शुद्धीकरणको निम्ति हो र मानिसको शुद्धीकरण ऊ बाँच्न सकोस् भन्‍ने हेतुले गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। आन रानले के बुझिन् भने मान्छेको भाग्य उसको इच्छाको अधीनमा हैन, परमेश्‍वरको हातमा छ। उनलाई के स्पष्ट भयो भने उनी त केवल एउटी मामुली सिर्जित प्राणी हुन् र जीवनमा कस्ता अनुभवबाट गुज्रनु पर्नेछ भन्ने कुरा उनको नियन्त्रणमा छैन। यद्यपि उनी सधैँ आफ्नै पाराले काम गर्न खोज्थिन् अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित भइनन्। आफू बिरामी पर्नु, अनि जागिरलाई निरन्तरता दिन वा अरूभन्दा श्रेष्ठ हुन नसक्नुले आफ्नो जीवन नै अभागी छ भन्ने पनि उनले ठानिन्। उनले मनमनै गुनिन्, “यो भनेको परमेश्‍वरबारे गुनासो गर्नु होइन र?” बितेको वर्षलाई फर्केर हेर्दा आन रानले के महसुस गरिन् भने काममै केन्द्रित भएकोले परमेश्‍वरसँगको उनको सम्बन्ध टाढा भएको थियो। उनी बिरामी नभैदिएको भए, एकोहोरो काममै केन्द्रित रहने थिइन् र पैसा कमाइरहने थिइन्, परमेश्‍वर सामु आउने कुनै समय वा ऊर्जा हुने थिएन। अहिले शारीरिक पीडा भएपनि, उनी शान्त बस्न सक्थिन् अनि परमेश्‍वरका वचन पढेर समय बिताउन सक्थिन्, यो असल कुरा थियो। आन रान समर्पित हुन र परमेश्‍वरको अभिप्राय खोज्न तयार भइन्।

हिउँदको सूर्योदय हुँदै गर्दा यसको न्यानोपन विशेष मनमोहक थियो। घामले आँगनको हरेक कुना भरियो, आन रानको शरीरलाई न्यानोपनले नुहाइदियो।

आन रान आँगनको मेचमा अडेस लागेर परमेश्‍वरका वचन बिस्तारै पढ्दै बसिन्: “मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्‌। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। परमेश्‍वरका वचन मनन गर्दा आन रानले बिस्तारै के बुझ्न थालिन् भने बाल्यकालदेखि नै उनले उत्कृष्टता खोजिन्, आफ्नो भाग्य आफ्नै हातले बदल्न चाहिन्। उनी सधैँ सोच्थिन्, “मैले संसारमा आफ्नो नाम राख्नु छ अनि मानिसहरूको सम्मान जित्नु छ, नभए जीवन अर्थहीन हुन्छ। निम्नवर्गीय भएर जिउनको के अर्थ छ र?” आफ्नो उत्कृष्टता तथा महानताको खोजमा आन रानले पैसा कमाउन कडा परिश्रम गरिन्, अनि परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकारेपछि, कामको यो चरणको उद्देश्य मानिसहरूलाई पखाल्नु र रूपान्तरण गर्नु हो, यो परमेश्‍वरको कामको अन्तिम चरण हो, अनि कामको यो चरण जीवनमा एक पटक मात्र आउँछ, र यसलाई गुमाइयो भने आफूले मुक्ति पाउने अवसर गुमाउनेछु भन्ने उनलाई थाहा हुँदाहुँदै, उनी धन, प्रतिष्ठा र लाभको खोजीमा परमेश्‍वरबाट टाढा गइन्, साथै आफ्नो आदर्श र चाहनाहरूको पूर्ति र उत्कृष्टताको खोजलाई जीवनको अर्थका रूपमा लिइन्। यसका लागि उनले अथक परिश्रम गरिन्, प्रसिद्धि, लाभ र सम्पत्तिको भुमरीमा कडा सङ्घर्ष गरिन्, जसले अन्ततः उनलाई पूर्ण शारीरिक कष्ट र गहिरो पीडा दियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, पृथक् देखिन र यी तथाकथित सम्भावनाहरूका खातिर, अरूसँग भेला हुने र सत्यता प्राप्त गर्ने मौकालाई आलेटाले गर्दै उनले आफूलाई परमेश्‍वरबाट टाढा बनाइन् अनि उहाँलाई धोका दिइन्। परमेश्‍वरका वचनले भनेको पनि यही होइन र: “तँ आज लोभिएर जुन खुसीमा भुल्छस्, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो”? सम्पत्ति, प्रसिद्धि र लाभको खोजले राम्रो भविष्यतिर लैजाँदैन; यसले वास्तवमा आफ्नै नोक्सानी र बर्बादी गराउँछ! आन रानले के बुझिन् भने यो बिमारीले उनलाई केही पीडा दिएपनि, यसले उनलाई प्रसिद्धि र लाभको पछि लाग्नबाट पनि रोक्यो। बाहिरबाट हेर्दा यो बिमारीले उनको सपना चकनाचुर पारेजस्तो देखियो, तर अदृश्यरूपमा यसले उनलाई जोगायो। यो बिमारीमार्फत आन रान परमेश्‍वरका अगाडि आउन, आफ्नो जीवनपथलाई फर्केर हेर्न अनि सत्यता र जीवनको खोज वा प्रसिद्धि र लाभ, कुन बढी महत्त्वपूर्ण छ? भनेर आफ्नो जीवनमाथि साँचो चिन्तन गर्न सक्षम भइन्। तत्क्षण बाइबलका वचन सोच्दै गर्दा, आन रानलाई एउटा कुराको बोध भयो: “मैले घामको मुनि गरिएका सबै काम देखेको छु; अनि, हेर, ती सबै व्‍यर्थ र हावाको पछि लाग्‍नु हो” (उपदेशक १:१४)। “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। सम्पत्ति, प्रसिद्धि र लाभले अस्थायी आनन्द ल्याउन सक्छन् अनि व्यक्तिलाई विशिष्टता र अरूको सम्मान दिलाउन सक्छन्, तर त्यसको मतलब सत्यता र मुक्ति प्राप्त गर्ने मौका गुमाउनु हो जुन जीवन गुमाउनु सरह हुन्छ। त्यसमा के अर्थ छ र?

आन रानले परमेश्‍वरका वचनको अर्को खण्ड पढ्ने काम जारी राखिन्: “सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्; साथसाथै, अलिकति पनि चेतना हुँदै नभएका मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्यूँझीएस् र तैँले अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब तैँले यस संसारको उजाडताका केही कुरा महसुस गर्छस्, तब तँ नहरा, तँ नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्‍वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक ‘पिता’ प्राप्त गरिस् भन्‍ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, धेरै समयदेखि तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा महसुस गर्छस्। उहाँले व्यग्र तृष्णाका साथ रखवाली गर्दै, र बिना कुनै उत्तर तेरो प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा कालातीत छन्, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा)। परमेश्‍वरका वचनले मानवजातिलाई बारम्बार बोलाइरहेको देखेर, आन रानको हृदय ओतप्रोत भयो, आँसुले दृष्टि धमिलो भयो। उनले भित्रभित्रै सुस्केरा हालिन्, “त्यसोभए परमेश्‍वर सधैँ मलाई मुक्ति दिन कहिल्यै हार नमानी, मेरो पुनरागमनको प्रतीक्षामा हुनुहुन्छ।” आन रानले के महसुस गरिन् भने उनले धेरै पहिले परमेश्‍वरको आवाज सुनेकी थिइन्, परमेश्‍वरका धेरै वचन पढेकी थिइन्, अनि परमेश्‍वर आफैँ आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिनका लागि देहधारी हुनुभएको, र यो अत्यन्त दुर्लभ अवसर भएको कुरा थाहा पाएकी थिइन्, तैपनि उनी हृदयमा हठी र संवेदनहीन भएकी थिइन्, आफ्ना विचार, ऊर्जा र समय पैसा कमाउनमा केन्द्रित गरेर, अरूको सम्मान खोज्दै आफूलाई माथि उठाउन प्रयत्नरत थिइन्। उनी आफू यही पथमा लागिरहेमा, आफैँलाई रित्याउने साथै पूर्णरूपले प्रसिद्धि, लाभ र प्रतिष्ठाको बलिदानी सिकार बन्ने, राम्रा सम्भावनाहरू प्राप्त गर्न असफल हुने अनि अन्ततः आफैँलाई बर्बाद पार्ने कुराप्रति सचेत थिइन्। त्यतिखेर आन रानले गहिरो प्रभाव महसुस गरिन्, उनका आँखा आँसुले भरिएका थिए। उनले के थाहा पाइन् भने परमेश्‍वरले उनलाई दिएका सबैकुरा प्रेम र मुक्ति थिए, जबकि उनको प्रतिक्रिया भने अस्वीकार, छल, तथा प्रतिरोधयुक्त थियो। उनले परमेश्‍वरप्रति ऋणी महसुस गरिन्। उनले मौनतापूर्वक, परमेश्‍वरका वचन गम्भीरताका साथ खाने-पिउने साथै भेलाहरूमा सहभागी हुने, अनि दिक्दारी र पतनमा नभासिने सङ्कल्प गरिन्।

त्यसपछि उनले परमेश्‍वरका वचनको एउटा पठन सुनिन्: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै अधीनमा रही काम र सेवा गर्दछ, अनि त्यसद्वारा फोहोरले ढाकिने हदसम्म कुल्चीमिल्ची पारिन्छ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचन सुनेर आन रानले जीवनको सही लक्ष्य भेट्टाइन्, विशेष छुटकारा र आराम पाएको महसुस गरिन्। उनले प्रसिद्धि र लाभका निम्ति आफूले जिएका ती सबै वर्षहरूलाई फर्केर हेरिन् जसमा, उनले अलग देखिने इच्छाका कारण आफूलाई अत्यधिक पीडा दिँदै, तनाव, पीडा र कटुताको बोझले थिचिँदै, अन्तिममा शैतानसँगै विनाश हुन सक्ने अवस्थाको सामना गरिरहेकी थिइन्। यो सबै जीवनप्रतिको गलत दृष्टिकोणअनुसार जिउनुको परिणाम थियो। अब आन रानले के बुझिन् भने सम्पत्ति, पद, प्रसिद्धि तथा लाभ भनेका खोक्रा कुरा हुन्। सिर्जित प्राणीका रूपमा आफ्नो जीवन परमेश्‍वरप्रति समर्पण गर्नका लागि जिउनु, सत्यता पछ्याउनु, अनि परमेश्‍वरलाई चिन्नु नै सबैभन्दा अर्थपूर्ण जीवन हो। उनले आफ्नो भ्रष्ट स्वभाव त्यागेर परमेश्‍वरको कामका समयमा गम्भीरतापूर्वक सत्यतालाई पछ्याएमा, उनी आखिरमा परमेश्‍वरद्वारा अनुमोदित व्यक्ति बन्न सक्ने थिइन्। आफ्नो जीवनकालमा मानिसहरूबाट कुनै सम्मान प्राप्त नगरेपनि, परमेश्‍वरद्वारा अनुमोदित हुनु सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुरा हुने थियो। उनले ती धेरै ब्रदर-सिस्टरहरू, विश्वविद्यालयबाट पास भएकाहरू, पारिवारिक व्यवसाय भएकाहरूलाई सम्झिन्, जसले कर्तव्य निर्वाह गर्न आफ्नो प्रसिद्धि र लाभलाई त्यागेका थिए, अनि आफैँलाई प्रश्न गरिन् मजस्तो मामुली शिक्षिकाले त्याग्न नसक्ने त्यस्तो के नै थियो र? आन रानले परमेश्‍वरका वचनको पुस्तक बन्द गरिन्, घुँडा टेकिन् अनि प्रार्थना गरिन्, “हे परमेश्‍वर, म विद्रोही भएकी छु, सम्पत्ति, प्रसिद्धि र लाभको खोजमा जिएँ, अनि तपाईंसामु आउने इच्छै गरिनँ। आज म ब्युँझेकी छु र के महसुस गरेकी छु भने प्रसिद्धि, लाभ र सम्पत्तिका लागि मेरो जीवन समर्पण गर्नु उचित थिएन। परमेश्‍वर, मलाई मुक्ति दिन कहिल्यै हरेस नखाई सदा मेरो पुनरागमन कुरेर बस्नुभएकोमा तपाईंलाई धन्यवाद। म आज उप्रान्त तपाईंका वचन खाने-पिउनेमा केन्द्रित हुन, धेरै भेलाहरूमा सहभागी हुन अनि आफ्नो कर्तव्य निर्वाह गर्न तयार छु। शैतानद्वारा उल्लु बन्न र हानि बेहोर्न अब कत्तिपनि राजी छैन।” प्रार्थनापछि आन रानले आफ्नो हृदय स्थिर भएको महसुस गरिन्। त्यसपछिका दिनहरूमा उनले हरदिन लगनशीलतापूर्वक परमेश्‍वरका वचन खाइन् र पिइन् अनि धेरै भेलाहरूमा सहभागी भइन्।

वसन्तोत्सवको लगत्तै पछि, उनीसँग सम्पर्कमा नरहेकी एउटी सहपाठीले, नगरद्वारा सञ्चालित स्कुल समयपश्चात् विद्यार्थीहरूलाई खाना खाने समयमा मात्रै पढाउँदा हुने, एउटा पद प्रस्ताव गर्दै उनलाई अचानक फोन गरिन्। यो जागिरमा थोरै आम्दानी हुने र कुनै सम्मान वा प्रशंसा प्राप्त नहुने भएपनि, परमेश्‍वरका वचन खान-पिउन साथै आफ्नो कर्तव्य निर्वाह गर्न बढी समय पाउने हुँदा आन रान खुसी भइन्।

अर्को आइतबार बिहान, जतिबेला एन रान घरतिर हिँड्दै थिइन्, अरूहरू बाटोमा छिटो छिटो यता उता हिँड्दै थिए, त्यतिबेला उनी सुस्त सुस्त हिँड्दै, हिजो उनको कजनले उनलाई स्कुलको काममा फर्कन आग्रह गर्दै फोन गरेको कुरा सम्झिइन्; उनका आफन्तहरूले पनि त्यस्तै आग्रह गरे। आन रानले सोचिन्: “मेरो बिमारीमा सुधार हुँदै छ, म अझै जवान छु, फेरि एकचोटि कोसिस किन नगर्ने? म स्कुलमा फर्केर गएँ भने अरू मानिसहरूको सम्मान र प्रशंसा पनि फर्केर आउनेछ।”

मन्द हावा चल्यो, अनि आन रानले स्कुलका नमिठा दिनहरू सम्झिइन्। अहिले, उनले आफूलाई सम्पत्ति, प्रसिद्धि र लाभको दलदलबाट बाहिर ल्याउन सफल भएकी थिइन्, अनि सहजै भेलामा सहभागी हुन, परमेश्‍वरका वचन खान-पिउन र आफ्नो कर्तव्य निर्वाह गर्न सकेकी थिइन्। उनले मनमनै सोचिन्, “म अहिले स्कुलमा फर्केँ भने त्यसले अनावश्यक दुःख निम्त्याउन्न र?”

यस्तो सोचेर आन रानले आफ्नो फोन निकालिन् र नम्रतापूर्वक प्रस्ताव अस्वीकार गर्दै कजनलाई मेसेज गरिन्।

वीप! हर्न बजाउँदै, एउटा कार आन रानको अगाडि रोकियो। उनले आफ्नो सुटकेस च्याप्प समातिन् र आफ्नो कर्तव्य निर्वाह गर्ने पथमा लम्किइन्।

कारको झ्यालको छेउमा बसेर, आन रानले पैसा, प्रसिद्धि र लाभमा गहिरोसँग जेलिएको व्यक्तिदेखि, परमेश्‍वरका घरमा कर्तव्य पालना गर्ने सदस्य बनेसम्मको आफ्नो यात्राको स्मरण गरिन्। उनले हरेक पाइला वास्तवमा परमेश्‍वरद्वारा निर्देशित रहेको, साथै परमेश्‍वरको प्रेम र मुक्तिले भरिएको, अनि परमेश्‍वरका वचनले अन्तर्दृष्टि र दिशा प्रदान नगरेको भए, उनी अझैपनि प्रसिद्धि, लाभ र प्रतिष्ठा प्राप्तिको भुमरीमा फसेकी हुने थिइन् भन्ने महसुस गरिन्। उनले आफ्नो हृदयमा मौन रूपमा परमेश्‍वरलाई धन्यवाद दिइन्, अनि केवल अहिले आफूसँग भएको बहुमूल्य समयको कदर गर्न, गम्भीरतापूर्वक सत्यता पछ्याउन र परमेश्‍वरको हृदयलाई सान्त्वना दिन आफ्ना कर्तव्यहरू पूरा गर्न तयार भइन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

बाँकी वर्षहरूको लागि मेरो निर्णय

बच्‍चा हुँदा, मेरो परिवार निकै गरिब थियो र हामीलाई प्रायजसो गाउँका अरूले हेप्‍ने गर्थे। तिनीहरूको हेपाइको कारण मेरी आमाले आँसु झार्दा मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्