कर्तव्यमार्फत समर्पित हुन सिक्दा

23 जनवरी 2022

सन् २०१२ मा, ताइवानमा म कार्यरत छँदा मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। पछि, मैले थाहा पाएँ कि फिलिपिन्सबाट यसलाई स्विकार्ने पहिलो व्यक्ति म नै हुँ। म उत्साहित थिएँ र मैले आशिषित् महसुस गरेँ। सन् २०१४ मा फिलिपिन्स फर्केपछि, मैले आफ्नो देशमा सर्वशक्तिमान् परमेश्‍वरको राज्य सुसमाचार प्रचार गर्न थालेँ। चाँडै नै, धेरै फिलिपिनीहरूले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरे। म असाध्यै खुसी थिएँ र सुसमाचार प्रचार गर्ने आफ्नो कर्तव्य पूरा गर्न सकेकोमा मलाई गर्व लाग्यो। मैले सोचेँ, सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु विशेष कर्तव्य हो, सबैले यो गर्न सक्दैन, किनभने मानिसहरूले यो कर्तव्य पूरा गर्न केही सत्यता बुझ्नु आवश्यक छ। सामान्यतया, मैले दाजुभाइ र दिदीबहिनीहरूलाई भेट्दा, फिलिपिन्सबाट परमेश्‍वरको काम स्विकार्ने म पहिलो व्यक्ति भएकोमा तिनीहरू ईर्ष्या गर्थे। म एकदमै भाग्यमानी छु भन्‍ने तिनीहरूलाई लाग्थ्यो अनि सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन सक्षम भएकोमा तिनीहरू मेरो प्रशंसा गर्थे। तिनीहरूले मेरो ईर्ष्या र मान गरेको देख्दा, म आफूलाई सधैँ श्रेष्ठ सम्झन्थेँ, र सुसमाचार सुनाउनुजस्तो महत्वपूर्ण कर्तव्यको लागि म योग्य छु भन्‍ने मलाई लाग्थ्यो।

एक दिन, मण्डलीको दैनिक काम देखरेख गर्ने र गाडी चलाउने ब्रदरले आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने भएको र केही समयसम्म गाडी चलाउन नसक्‍ने कुरा सुनेँ। मलाई गाडी चलाउन आउँछ भनेर हाम्रा अगुवालाई थाहा थियो र केही समयको लागि उक्त ब्रदरको गाडी चलाउने र मण्डलीका लागि किनमेल गर्ने अनि मण्डलीको दैनिक कामको रेखदेख गर्ने कर्तव्य सम्हाल्न सक्छु कि भनी सोधे। त्यतिबेला, म चिन्तित र व्यथित भएँ। मैले सोचेँ, “किन तपाईं मलाई अचानक गाडी चलाउन लगाउन चाहनुहुन्छ? यदि म चालक भएँ भने, मेरा दाजुभाइ र दिदीबहिनीहरूले मलाई के सोच्छन्?” मेरो विचारमा, सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु महत्वपूर्ण कर्तव्य थियो, त्यसले परमेश्‍वर देखा पर्नुभएको तृष्णा गर्ने धेरै मानिसहरूलाई उहाँसामु ल्याउन सक्थ्यो, तर गाडी चलाउनु त केवल दैनिक काम, एक सामान्य कर्तव्य मात्र थियो, त्यो त वास्तवमा यस्तो काम हो जसले परमेश्‍वरको गवाही दिन वा अरूलाई मेरो मान गर्न लगाउन पटक्‍कै सक्दैन। सामान्य काम त जोकोहीले गर्न सक्छ, तर सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिन जोकोहीले गर्न सक्दैन। त्यस काममा खटाउँदा म साह्रै निराश भएँ। गाडी चलाउने कर्तव्य मलाई सुहाउँदैन जस्तो लाग्यो। ममाथि यो कसरी भइरहेको छ भनेर मैले बुझ्न सकिनँ, मेरा अगुवाले मलाई यसै कर्तव्यमा राखिराख्‍ने पो हुन् कि भन्‍ने चिन्ता लाग्यो। मैले धेरै नकारात्मक सोचाइहरू आए, मैले यो कर्तव्य आज्ञाकारी भई निर्वाह गर्न सकिनँ, र मेरो कर्तव्य परिवर्तन भएको कुरा दाजुभाइ र दिदीबहिनीहरूलाई थाहा भएको समेत म चाहन्‍नथेँ। भोलिपल्ट, केही दाजुभाइ र दिदीबहिनीहरूले मलाई अभिवादन गर्दै भने, “हामीले सुनेको तपाईंले गाडी चलाउने कर्तव्य निर्वाह गर्दै हुनुहुन्छ अरे?” तिनीहरूले यसो भनेको सुनेर म एकदमै लज्‍जित र निराश भएँ। मलाई यो कर्तव्य निभाउन पटक्‍कै मन लागेन। मैले त राम्रो प्रतिष्ठा कमाउन सक्‍ने सुसमाचार प्रचार पो गरिहेको हुनुपर्ने हो भन्‍ने सोचेँ। मेरा दाजुभाइ र दिदीबहिनीहरूले मलाई तुच्छ ठानेको म चाहन्‍नथेँ। म दुःखी र अनाज्ञाकारी भएँ, नकारात्मक सोचमा डुबेँ, तर बाहिरचाहिँ मन नदुःखेको जस्तो बहाना गरेँ। तिनीहरूले मेरो कमजोरी देखेको र मलाई तुच्छ नजरले हेरेको म चाहदिनथेँ, त्यसैले, मैले यसो भन्दै जवाफ दिएँ, “यी त परमेश्‍वरका प्रबन्ध हुन् र यसको लागि म उहाँप्रति कृतज्ञ छु।” मैले त्यसो भन्दै गर्दा के महसुस गरेँ भनेँ, “सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ,” भन्‍ने वाक्यांश मलाई थाहा भए पनि, परमेश्‍वरले वास्तवमै वातावरण बनाउनुहुँदा, मैले उहाँको सार्वभौमिकतालाई वास्तवमा स्वीकार गरिनँ। मेरो बोली र मेरो हृदयको कुरा मेल खाएन। बाहिर म आज्ञाकारी थिएँ, तर परमेश्‍वरले सृजना गर्नुभएको वातावरणलाई मैले वास्तवमा स्वीकार र पालन गरिनँ। “किन अचानक यी सब अनुभव गरिरहेको छु?” भनेर नसोची बस्‍न सकिनँ। “के अगुवाले मलाई सवारी चलाउन लगाएर गल्ती गरेका हुन्? यो कर्तव्य मलाई पटक्‍कै सुहाउँदैन। मैले त सुसमाचार प्रचार गरिरहेको हुनुपर्थ्यो, कसरी म चालक बन्‍न सक्छु र?” म असाध्यै नकारात्मक भएँ। पक्‍कै पनि सुसमाचार प्रचार गर्न म अयोग्य छु भन्‍ने लागेर उनले मलाई चालक बनाएका हुन् भन्‍ने सोचेँ। गाडी चलाउन मेरो हात मात्र चाहिन्छ यसको लागि जीवन प्रवेश वा सत्यताका सिद्धान्तहरू खोजी गर्नु आवश्यक छैन, र यो शारीरिक श्रम मात्र हो भन्‍ने मलाई लागेको हुनाले मैले आफूलाई खटाइएको मण्डलीका लागि सर-सामान लाने र ल्याउने मात्र गरेँ। केही समय बितेपछि, मैले जीवन प्रवेश प्राप्त गरिनँ र यसबाट म थकित भएँ, मलाई गाडी चलाउने कर्तव्य झन् झनै असह्य हुँदै गएको महसुस गरेँ।

एक दिन, पहिला मसँगै सुसमाचार प्रचार गर्ने एक ब्रदरले मलाई फोन गरेर सोधे, “ब्रदर, अहिले तपाईंको काम कस्तो भइरहेको छ? नयाँ कर्तव्यमा भिज्नुभयो? हामी केही ठाउँमा जान चाहन्छौँ। फुर्सद भयो भने हामीलाई लैजानुहुन्छ कि?” त्यो कुरा सुनेर म दुःखी र लज्‍जित भएँ। मैले सोचेँ, “हुन सक्छ, ब्रदरको लागि म हैसियतबिनाको एक चालक मात्र हुँ। तिनले अवश्य मलाई तुच्छ ठान्छन्।” म एकदमै दुःखी र नकारात्मक भएँ र मेरो कर्तव्यमा मसित कुनै प्रेरणा थिएन। मलाई परमेश्‍वरका वचनहरू पढ्न वा भेलाहरूमा जान मन लागेन, र दाजुभाइ र दिदीबहिनीहरूले मलाई के सोचे होलान् भनेर मैले अक्सर सोचेँ। त्यस समयमा, मैले आफ्नो कर्तव्य निर्वाह गरे पनि र कुनै अवज्ञा नदेखाए पनि, म भित्रभित्र अशान्त थिएँ र मैले यो कर्तव्यलाई स्वीकार गर्न सकिनँ। जेसुकै होस्, मैले सृष्टि गरिएको प्राणीको रूपमा आफ्ना कर्तव्य पूरा गर्नुपर्छ भनेर मलाई सैद्धान्तिक तवरमा थाहा थियो, तर म आफ्नो नकारात्मक र निष्क्रिय स्थितिबाट उम्कन सकिनँ। बिस्तारै, मलाई पवित्र आत्माको काम महसुस भएन र आफ्नो कर्तव्य सांसारिक जागिरजस्तो लाग्यो, जसमा बिहान काममा जाने, बेलुकी कामबाट फर्कने र दिन कहिले बित्छ भनेर कुरेर बस्‍ने गरिन्छ। मेरो हृदय अन्धकार र दुःखले भरियो, भेलाहरूमा मसित पवित्र आत्माको अन्तर्दृष्टि हुँदैनथ्यो र मलाई सधैँ ख्रोक्रो महसुस हुन्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो स्थिति गलत हो भनेर मलाई थाहा छ, तर गाडी चलाउँदा र सरसामान ढुवानी गर्दा, म अझै पनि दाजुभाइ र दिदीबहिनीहरूले मलाई के सोच्लान् भन्‍ने ख्याल गर्छु। कृपया, मलाई डोऱ्याउनुहोस् ताकि मैले यो कर्तव्यलाई पालन गर्न र स्विकार्न सकूँ।”

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “साँचो समर्पण के हो? जब परमेश्‍वरले तेरो तरिकासँग मेल खाने तरिकामा काम गर्नुहुन्छ, तँलाई सबै कुरा सन्तोषजनक र उचित भएको महसुस हुन्छ, अनि तँलाई अरूभन्दा अलग र राम्रो देखिने मौका दिइएको बेला, तँलाई यो धेरै महिमावान् लाग्छ, र तँ भन्छस् ‘परमेश्‍वरलाई धन्यवाद’, अनि उहाँको योजना र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्। यद्यपि, तँ अरूभन्दा राम्रो र अलग नदेखिने र कसैले पनि तँलाई स्वीकार नगर्ने सामान्य ठाउँमा तँलाई खटाउँदा, तँ खुसी हुन छाड्छस् र तँलाई समर्पित हुन कठिन हुन्छ। … परिस्थितिहरू अनुकुल हुँदा समर्पित हुन प्रायः सजिलो हुन्छ। प्रतिकूल परिस्थितिहरूमा पनि—तेरो तरिकाले कामकुराहरू नहुँदा र तेरो भावनामा चोट पर्दा, तँलाई कमजोर पार्ने, तँलाई शारीरिक रूपमा दुःख दिने र तेरो प्रतिष्ठामा ठेस लगाउने, तेरो अभिमान र घमण्डलाई सन्तुष्ट नपार्ने र तँलाई मनोवैज्ञानिक रूपमा पीडा दिने अवस्था आउँदा पनि—यदि तँ समर्पित हुन सक्छस् भने, तँ साँच्‍चै वृद्धि भएको छस्” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरको वचनले मेरो हृदयको भ्रष्टता खुलासा गऱ्यो। मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्दा कसरी परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भनेको थिएँ भनेर स्मरण गरेँ, “परमेश्‍वरले जस्तोसुकै वातावरण प्रबन्ध गरून्, वा मैले चाहे कठिनाइहरू भोग्‍नुपरोस् वा ठूला परीक्षा अनुभव गर्नुपरोस्, म त्यो स्वीकार र पालन गर्नेछु। जेसुकै होस्, म परमेश्‍वरलाई पछ्याउनेछु।” अहिले, वास्तविक वातावरण आएको थियो तर मैले त्यसलाई पालन गर्न सकिनँ। परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धप्रति मेरो आज्ञाकारिता केवल शब्दहरू मात्र रहेछन् भन्‍ने अचानक महसुस भयो। सुरुमा, मण्डलीले मलाई सुसमाचार प्रचार गर्न खटाउँदा, त्यो कर्तव्य विशेष व्यक्तिले निर्वाह गर्छ भनेर विश्‍वास गर्थेँ, र तथ्य कुरा के हो भने, मलाई चम्काउने यस्तो महत्वपूर्ण कर्तव्य मैले पाएको थिएँ। दाजुभाइ र दिदीबहिनीहरूले पनि मलाई प्रशंसा र मान गर्थे। मलाई मेरो कर्तव्य साह्रै मन पर्थ्यो, तसर्थ, म कर्तव्यमा अत्यन्तै जोसिलो थिएँ र कडा मेहनत गर्थेँ। तर अगुवाले मलाई गाडी चलाउन लगाउँदा, म सबैले सम्मान गर्ने उच्‍च ओहोदाबाट तुरुन्तै खसेर कसैले वास्ता नगर्ने चालक भएँ र यो असाध्यै लाजमर्दो कुरा हो भन्‍ने मलाई लाग्यो। त्योभन्दा पनि, गाडी चलाउने काम त्यति महत्वपूर्ण कर्तव्य होइन र यसलाई कसैले इज्‍जत गर्दैन भनेर सोचेँ। यदि मैले यो कर्तव्य निर्वाह गरेँ भने, दाजुभाइ र दिदीबहिनीहरूले मलाई पहिलाको जस्तो मान गर्नेछैनन्, त्यसैले, मैले यो कर्तव्यलाई भित्र हृदयबाट स्वीकार गर्न सकिनँ, मैले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धलाई पालन गर्न सकिनँ, र मेरा अगुवाले गरेको प्रबन्ध नै गलत छ भनेर समेत मैले सोचेँ। मैले मेरो मर्यादा र हैसियतलाई एकदमै गम्भीरतापूर्वक लिएँ, र म एकदमै नाटीकुटी गर्थेँ र आफ्नो रोजाइअनुसार कर्तव्यलाई लिएँ। मैले नदेखिने र अदृश्य कर्तव्य होइन, आफ्नो इज्‍जत र मान कमाउन सक्‍ने कर्तव्य चाहेको थिएँ। अरूबाट मान पाउन नसक्‍ने कर्तव्यमा मलाई खटाइँदा, मेरो हृदय प्रतिरोध र गुनासोले भरियो। बाहिर त, मैले त्यसको विरोध गरिनँ तर भित्र भने, त्यसलाई पालन गर्न सकिनँ, त्यसले गर्दा मैले पवित्र आत्माको काम गुमाएँ र अन्धकारमा जिएँ। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, यदि म परमेश्‍वरप्रति निष्कपट भई आज्ञाकारी हुन र मसित साँचो कद होस् भन्‍ने चाहन्छु भने मैले उहाँका प्रबन्धहरू पालन गर्नुपर्छ, मलाई मनपर्ने वातावरण हुँदा मात्र होइन तर अझ महत्वपूर्ण रूपमा, मलाई मन नपर्ने वातावरणमा हुँदा पनि मैले ती पालन गर्नुपर्छ। मैले आफ्नो इज्‍जत गुमाउँदा वा दाजुभाइ र दिदीबहिनीहरूले मान नगर्दासमेत, प्रबन्धहरूलाई स्वीकार र पालन गर्नुपर्थ्यो।

पछि, एउटा भेलामा मैले आफ्नो स्थितिबारे खुलस्तसित सङ्गति गरेँ, अनि मेरा दाजुभाइ र दिदीबहिनीहरूले परमेश्‍वरको वचनको एउटा खण्ड मलाई पठाए, त्यसले मेरो अनाज्ञाकारिताको जड बुझ्न मलाई मदत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “शैतानले मानिसलाई आफ्नो नियन्त्रणभित्र दह्रिलो गरी राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) त्यसकारण, जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने तिमीहरूलाई लाग्छ। यदि मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अगाडिको बाटो उप्रान्त देख्‍न सक्दैनन्, उप्रान्त तिनीहरूको लक्ष्यहरूलाई देख्‍न सक्दैनन्, त्यसैले तिनीहरूको भविष्य कालो, मधुरो र मलिन देखिन्छ भन्‍ने तिमीहरूलाई लाग्छ। तर, ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भन्‍ने कुरा तिमीहरूले बिस्तारै एक दिन पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्णरूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍नको लागि शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्णरूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई तैँले साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्रै मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। मैले परमेश्‍वरको वचनलाई मनन गरेपछि के बुझेँ भने, आफूले पाएका कर्तव्य मैले पालन गर्न सकिनँ किनभने त्यसले मेरो मर्यादा र हैसियतलाई हानि गऱ्यो र यो शैतानले पुऱ्याएको हानि हो भन्‍ने मलाई लाग्यो। शैतानले मानिसहरूको हृदयलाई नियन्त्रण गर्न प्रसिद्धि र सफलता प्रयोग गर्छ। यसले मानिसहरूलाई प्रसिद्धि र सफलताका लागि सङ्घर्ष गर्न र सबै कुरा त्याग्‍न लगाउँछ। मैले पनि जीवनमा होसै नपुऱ्याई शैतानका दर्शनहरू पछ्याएँ। म सानो छँदा मेरा आमाबाबुले कसरी मलाई अरूबाट आदर र प्रशंसा कमाउनुपर्छ भनेर सिकाएको कुरा सम्झेँ, त्यसैले, म सानै हुँदासमेत, अरूभन्दा माथि र उत्कृष्ट हुनुपर्छ भन्‍ने विश्‍वास गर्थेँ। समाज र मिडियाले पनि यी दृष्टिकोणलाई बढावा दिन्छ, र मैले केही प्रसिद्ध, धनी र उच्‍च हैसियतका मानिसहरूलाई सामान्य मानिसलाई भन्दा राम्रो व्यवहार गरिएको देखेँ, त्यसैले, अगाडि हुन र सबैबाट प्रशंसा पाउन म कटिबद्ध भएँ। आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गरेपछि पनि म यही दृष्टिकोणअनुसार जिएँ, मैले परमेश्‍वरको इच्छा खोज्न वा सत्यताको पछि लाग्‍नमा ध्यान नलगाई आफ्नो कर्तव्य निर्वाह गरेँ, अनि सुसमाचार प्रचार गर्नेजस्ता महत्वपूर्ण कर्तव्य गर्नु नै अरूबाट प्रशंसा र आदर कमाउने एकमात्र तरिका हो भन्‍ने गलत सोचाइ राखेँ। शारीरिक मेहनत गर्नेहरूको कर्तव्यलाई कसैले पनि कदर गर्दैन भनेर म सोच्थेँ। म कर्तव्यहरू असल वा खराब हुन्छन् भनेर सोच्थेँ, र आफूलाई विशिष्ट बनाउने कर्तव्य निर्वाह गर्न चाहन्थेँ। मेरा अगुवाले मलाई हाम्रो कामको आवश्यकताअनुसार सवारी चलाउन लगाउँदा, मैले त्यसलाई भित्र हृदयबाट स्वीकार वा पालन गर्न सकिनँ, र मलाई आफू गाडी चलाउने कर्तव्य निभाउन होइन, सुसमाचार प्रचार गर्न योग्य छु भन्‍ने लाग्यो। म केवल आफ्नो छवि र हैसियतबारे चिन्तित थिएँ, तर मैले परमेश्‍वरको इच्छाको खोजी गरिनँ र मण्डलीको कामका आवश्यकताहरूलाई विचार गरिनँ। म साह्रै स्वार्थी र घृणित थिएँ! सुसमाचार प्रचार गर्ने कर्तव्यलाई निरन्तर गर्न चाहनु वास्तवमा परमेश्‍वरको इच्छाको ख्याल गर्नु थिएन। म कर्तव्यलाई सबैबाट प्रशंसा कमाउने साधनको रूपमा मात्र लिन चाहन्थेँ। म आफ्नो कर्तव्यलाई आफ्नो प्रदर्शन गर्न र अरूलाई मेरो मान गर्न लगाउन प्रयोग गर्न चाहन्थेँ ताकि मैले प्रसिद्धि र सफलता हासिल गर्न सकूँ र यसबाट प्राप्त सम्मानको आनन्द लिन सकूँ। अगुवाले मलाई यो कर्तव्यमा खटाउँदा, उच्‍च सम्मान कमाउने मेरो महत्वाकाङ्क्षा चकनाचूर भयो, त्यसैले, म निष्क्रिय भई पछि हटेँ र मसित आफ्नो कर्तव्य निभाउने शक्तिको समेत कमी भयो। यी शैतानी विचार र धारणाहरूले मेरो हृदयमा कसरी जरा गाडेका रहेछन् र यी मेरो प्रकृति नै बनिसकेका रहेछन् भनेर मैले बुझेँ। त्यसले मेरो बोली, काम र कर्तव्यप्रतिको मेरो व्यवहारलाई नियन्त्रण गऱ्यो, मलाई परमेश्‍वरविरुद्ध विद्रोह गर्न र प्रतिरोध गर्न लगायो। प्रसिद्धि र सफलताको पछि लाग्दा मैले सबै तर्कशक्ति गुमाएँ। मैले सोचेँ, सांसारिक हैसियत र धेरै मानिसहरूको समर्थन प्राप्त गरिरहेका केही दाजुभाइ र दिदीबहिनीहरूले कसरी परमेश्‍वरमा विश्‍वास गरेपछि र कर्तव्य हातमा लिएपछि, आफ्नो प्रतिष्ठा र हैसियतलाई त्याग्‍न सके र मण्डलीले जे प्रबन्ध गरे पनि, तुच्छ देखिने कर्तव्य नै भए पनि, तिनीहरूले त्यसलाई स्विकार्न र पालन गर्न सके। आफूलाई तिनीहरूसँग दाँज्दा म लज्‍जित भएँ। म परमेश्‍वरको साँचो विश्‍वासी थिइनँ। मेरो हृदयमा परमेश्‍वरको लागि स्थान वा परमेश्‍वरप्रति हुनुपर्ने सबैभन्दा आधारभूत आज्ञाकारितासमेत थिएन। प्रसिद्धि र सफलताको पछि लाग्‍नु कत्ति लज्‍जाजनक र घृणित कुरा रहेछ भनेर बल्ल बुझेँ। यदि म यसरी नै पछि लागिरहेको भए, मैले सत्यता कहिल्यै बुझ्नेथिइनँ, र ढिलो वा चाँडो, म हटाइनेथिएँ।

त्यसपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “सत्यता वास्तविकतामा प्रवेश गर्नु त्यति सरल कुरा होइन। यसको मुख्य कुरा भनेको सत्यताको खोजी गर्ने र सत्यतालाई अभ्यास गर्ने कार्यमा ध्यान दिनु हो। तैँले यी कुराहरूलाई हरेक दिन तेरो हृदयमा राख्‍नुपर्छ। तैँले जे-जस्ता समस्याहरूको समाधान गर्नुपरे पनि, सधैँ आफ्‍नै चासोहरूलाई सुरक्षा नगर्; बरु, सत्यताको खोजी गर्न र आत्म-चिन्तन गर्न सिक्। तँमा जे-जस्ता भ्रष्टताहरू प्रकट भए पनि, तिनलाई तैँले जाँच नगरीकन छोड्नु हुँदैन; तैँले आफ्‍नो भ्रष्ट सारलाई मनन गर्न र पहिचान गर्न सक्छस् भने त्यो एकदम उत्तम हुन्छ। यदि दैनिक परिस्थितिमा, तैँले तेरा विचारहरू तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्ने, कसरी सत्यताको अभ्यास गर्ने, र सत्यता सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरामा नै लगाउन सक्छस् भने, तैँले परमेश्‍वरका वचनहरूअनुसार तेरा समस्याहरूलाई समाधान गर्न सत्यताको प्रयोग कसरी गर्ने हो सो कुरा सिक्‍न सक्छस्। त्यसो गर्ने क्रममा, तैँले स्वभावमा परिवर्तनहरू हासिल गर्नेछन्, यसरी तँ क्रमिक रूपमा सत्यताको वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तेरो दिमाग कसरी उच्‍च पद प्राप्त गर्ने, वा अरूको अगाडि कसरी व्यवहार गर्ने, अरूलाई कसरी आफ्नो आदर गराउने भन्‍ने सोचले भरिएको छ भने, तँ गलत मार्गमा छस्। यसको मतलब तैँले शैतानका लागि काम गर्दै छस्; तैँले सेवा प्रदान गर्दै छस्। यदि तेरो दिमाग आफू झन्-झन् मानिसजस्तै बनूँ, परमेश्‍वरको अभिप्रायअनुरूप बनूँ, उहाँसामु समर्पण हुन र उहाँलाई आदार गर्न सक्षम होऊँ र आफूले गर्ने हरेक कुरामा संयम देखाउन र उहाँको छानबिन स्वीकार गर्न सकूँ भनी आफू कसरी बदलिने भन्‍ने विचारहरूले भरिएको छ भने, तेरो अवस्था झन्-झन् राम्रो हुनेछ। परमेश्‍वरको अगाडि जिउनु भनेकै यही हो। यसरी, यहाँ दुई मार्गहरू छन्: एउटा मार्गले केवल व्यवहारलाई जोड दिन्छ, व्यक्तिको आफ्नै महत्वाकांक्षा, इच्छा, इरादा, र योजनाहरू पूरा गर्न जोड दिन्छ; यो शैतानको सामु र यसको अधिकारक्षेत्रअन्तर्गत बाँचिरहेको हुन्छ। अर्को मार्गले भने कसरी परमेश्‍वरको इच्छालाई पूरा गर्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, परमेश्‍वरमा समर्पित हुने, र उहाँप्रति कुनै भ्रम नपाल्ने वा उहाँको अवज्ञा नगर्ने कुरामा जोड दिन्छ, ताकि व्यक्तिले परमेश्‍वरलाई आदर गर्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकोस्। सधैँ परमेश्‍वरको सामु जिउने व्यक्ति यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। परमेश्‍वरको वचन पढेपछि मैले बुझेँ, यदि म सत्यता प्राप्त गर्न र भ्रष्टताबाट उम्कन चाहन्छु भने, मैले गलत लक्ष्यको पछि लाग्‍न छोड्नुपर्छ। मैले आफूलाई प्रदर्शन गर्न सकूँ या नसकूँ वा मेरो कर्तव्यमा अरूबाट प्रशंसा पाउन सकूँ या नसकूँ, मैले आफ्नो कर्तव्यलाई स्वीकार गरी बफादारीपूर्वक निर्वाह गर्नुपर्छ। यो, कर्तव्यप्रतिको मनोवृत्ति र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने तर्कशक्ति हो। यदि मैले दाजुभाइ र दिदीबहिनीहरूबाट आदर कमाउन मात्र आफ्नो कर्तव्य निर्वाह गरेँ भने, त्यसको अर्थ मैले शैतानको सेवा गरिरहेको हुनेछु, किनभने शैतानले मानिसहरूलाई प्रसिद्धि, सफलता र हैसियतको पछि लाग्‍न, र परमेश्‍वरबाट टाढिन र उहाँलाई धोका दिन लगाउँछ। यदि मैले प्रसिद्धि र सफलताको पछि लाग्‍ने आफ्नो लक्ष्यलाई नत्यागेको भए वा आफ्नो भ्रष्ट स्वभावलाई नबदलेको भए, अन्त्यमा, म हटाइन सक्थेँ। सत्यताको पछि लाग्‍नु, स्वभाव परिवर्तन गर्नु, परमेश्‍वरका प्रबन्धहरू स्वीकार गर्नु, प्रसिद्धि र सफलताको पछि लाग्‍ने सोचलाई त्याग्‍नु, परमेश्‍वरका मापदण्डअनुसार कार्य गर्नु र आफ्ना कर्तव्य राम्ररी पूरा गर्नु नै परमेश्‍वरसामु जिउने एकमात्र तरिका थियो, र यी खोजहरू नै मेरा भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने एकमात्र तरिका थिए। मैले यो कुरा बुझेपछि, मैले दिशा भेटाएँ। म परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र कर्तव्यमा सत्यताको पछि लाग्‍नुपर्छ भनेर मलाई थाहा भयो, र म आफ्ना कर्तव्य स्वीकार गर्न इच्छुक भएँ। मानिसहरूले मेरो मान गरून् या नगरून्, मैले सक्दो आफ्नो कर्तव्या पूरा गर्नुपर्थ्यो।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आज, जब तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्छौ, यो ठूलो वा सानो जेसुकै भए पनि, यसमा शारीरिक परिश्रम वा तेरो दिमाग जे लगाउनु परे पनि, यो मण्डलीबाहिर वा मण्डली बाहिर गरिए पनि, तैँले गर्ने कर्तव्य कुनै दुर्घटना होइन? यो तेरो छनौट होइन, यो परमेश्‍वरद्वारा निर्देशित गरिएको हो। परमेश्‍वरको कार्यभारको कारणले मात्रै तँ उत्प्रेरित छस् अनि तँसित मिशन र जिम्मेवारीको यो चेतना छ, अनि तँ यो कर्तव्य गर्न सक्छस्। अविश्‍वासीहरूको माझमा, त्यस्ता धेरै छन् जो आकर्षक, बुद्धिमानी वा सक्षम छन्। तर, के परमेश्‍वरले तिनीहरूलाई कृपा गर्नुहुन्छ र? (गर्नुहुन्न।) परमेश्‍वरले तिमीहरूलाई मात्र, यस समूहका मानिसहरूलाई मात्रै कृपा गर्नुहुन्छ। उहाँले आफ्नो कामको व्यवस्थापनमा तँलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न लगाउनुहुन्छ, हरेक प्रकारको कर्तव्य र जिम्मेवारी पूरा गर्न लगाउनुहुन्छ, अनि जब अन्त्यमा परमेश्‍वरको व्यवस्थापनको योजना सिद्धिन्छ र पूरा हुन्छ, यो कस्तो महिमा र आदर हुनेछ! अनि त्यसैले आज आफ्‍नो कर्तव्य गर्ने क्रममा मानिसहरूले जब थोरै कठिनाइ भोग्छन्, जब तिनीहरूले कति कुराहरू परित्याग गर्छन् अनि आफैलाई समर्पित गर्छन्, जब तिनीहरूले मूल्य चुकाउँछन्, जब तिनीहरूले यस संसारको हैसियत, ख्याति र भाग्य त्याग्छन्, यस्तो प्रतीत हुन्छ कि परमेश्‍वरले ती कुराहरू तिनीहरूबाट लानुभएको छ—तर तिनीहरूले अझ ठूलो र अझ उत्तम कुरा हासिल गरेका हुन्छन्। तिनीहरूले परमेश्‍वरबाट के हासिल गरेका हुन्छन् त? जब तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको हुन्छस्, जब तैँले तेरो लागि दिइएको परमेश्‍वरको कार्यभारलाई तैँले पूरा गरेको हुन्छस्, जब तैँले तेरो मिशन र कार्यभारको निम्ति सम्पूर्ण जीवन जिउँछस् अनि तँ सार्थक जीवन जिउँछस्—तब तँ वास्तविक व्यक्ति होस्! तँ वास्तविक व्यक्ति होस् भनेर म किन भन्छु? परमेश्‍वरले तँलाई चुन्नुभएकोले, उहाँले तँलाई उहाँको व्यवस्थापनमा परमेश्‍वरको सृजिएको प्राणीको कर्तव्य गर्न दिनुभएको छ अनि तेरो जीवनमा योभन्दा ठूलो मूल्य वा अर्थ अरू कुनै हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरप्रति समर्पित हुनेसम्बन्धी अभ्यासका सिद्धान्तहरू”)। “यदि तँ परमेश्‍वरको इच्छा पूरा गर्नलाई तैँले गर्ने सबै कुरामा समर्पित हुन चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य पूरा गर्नु हुँदैन; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई तैँले स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरो चाखहरूसित मेल खाओस् वा नखाओस्, वा तेरा रुचिहरूभित्र परोस् वा नपरोस्, वा तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा केही गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै गर्नु हुँदैन, तैँले सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, र त्यसको बारेमा सिक्‍नुपर्छ र प्रवेश प्राप्त गर्नुपर्छ। यदि तैँले कष्ट भोग्‍नुपर्छ र तँ डटेर रहन र चम्कन सफल हुँदैनस् भने पनि तैँले अझै आफ्नो भक्ति अर्पण गर्नुपर्छ। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ; व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन, तर तेरो कर्तव्यजस्तो ठान्‍नुपर्छ। मानिसहरूले आफ्ना कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? जब सृष्टिकर्ता—परमेश्‍वर—ले कसैलाई उसले गर्नुपर्ने काम दिनुहुन्छ, र त्यस स्थितिमा त्यो व्यक्तिको कर्तव्य उत्पन्‍न हुन्छ। परमेश्‍वरले तँलाई दिनुहुने कामहरू, परमेश्‍वरले तपाईंलाई दिनुहुने आज्ञाहरू—यी नै तेरा कर्तव्यहरू हुन्। जब तँ तेरा लक्ष्यहरूको रूपमा तिनको पछि लाग्छस्, र तँमा साँच्‍चै परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ भने, तब के तँ अझै पनि इन्कार गर्न सक्छस् त? तैँले तिनीहरूलाई अस्वीकार गर्नु हुँदैन। तैँले तिनीहरूलाई स्वीकार गर्नुपर्छ। यो नै अभ्यासको मार्ग हो। अभ्यासको मार्ग भनेको के हो? (सबै कुरामा पूर्ण रूपमा समर्पित हुनु।) सबै कुरामा परमेश्‍वरको इच्‍छा पूरा गर्न समर्पित हुनु। यहाँ मुख्य कुरा कहाँ छ? यो ‘सबै कुरा’ मा छ। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, जब तँ कुनै कुरामा सिपालु हुँदैनस्, तब तैँले सिक्‍नुपर्ने आवश्यकता हुन्छ; कहिलेकहीँ तैँले कठिनाइहरूको सामना गर्नेछस्, अनि तैँले धेरै कष्ट भग्‍नुपर्छ। तैपनि, चाहे काम जेसुकै नै होस्, यदि यो काम परमेश्‍वरले आज्ञा गर्नुभएको हो भने, तैँले उहाँबाट यसलाई स्वीकार गर्नुपर्छ, यसलाई तैँले तेरो कर्तव्यको रूपमा लिनुपर्छ, यसलाई पूरा गर्न तँ समर्पित हुनुपर्छ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्नुपर्छ: अभ्यासको मार्ग भनेको यही हो। तँलाई जेसुकै भए पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले अभ्यास गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै सत्यताको अभ्यास गर्नु हो, र यसरी काम गर्नु मात्रै सत्यताको वास्तविकतामा प्रवेश गर्नु हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। परमेश्‍वरको वचन पढेपछि मैले के बुझेँ भने, कुनै पनि कर्तव्य मकहाँ संयोगले आउँदैन, न त यो कुनै एक व्यक्तिले प्रबन्ध गर्छ। यो त परमेश्‍वरको सार्वभौमिकता र कटिबद्धताबाट आउँछ। गाडी चलाउनु मलाई मनपर्ने कर्तव्य नभए तापनि वा त्यसमा मलाई रुचि नभए पनि, मण्डलीको कामका आवश्यकताअनुसार त्यो मेरो लागि प्रबन्ध गरिएको थियो, त्यसैले, म आफ्नो रोजाइअनुसार गर्न सक्दिनथेँ। यसले मलाई पीडा दिए पनि वा यसबाट प्रशंसा नपाइए पनि, यसलाई इन्कार गर्ने कुनै कारण मसित थिएन। मैले बुद्धिमानीपूर्ण काम गर्नुपर्छ र आज्ञा पालन गर्नुपर्छ किनभने यो कर्तव्य परमेश्‍वरबाट आउँछ। परमेश्‍वरले मलाई एउटा कर्तव्य दिनुभयो, त्यसको अर्थ उहाँले मलाई जिम्मेवारी र मिसन दिनुभयो, त्यसैले, जति नै गाह्रो भए पनि, मैले आफ्नो कर्तव्य सारा हृदयले निर्वाह गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य र परमेश्‍वरको कार्य पूरा गर्नुपर्छ। यसरी जिउनु अर्थपूर्ण छ र यो व्यर्थ होइन। पहिला, म प्रसिद्धि र सफलताको मोहमा परेको थिएँ, मैले परमेश्‍वरको सार्वभौमिकतालाई बुझिनँ, त्यसैले मैले आफ्नो कर्तव्यलाई ठीकसित लिन सकिनँ र मैले कर्तव्यलाई असल र खराबको रूपमा हेरेँ। सत्य कुरा के हो भने, परमेश्‍वरको घरमा कुनै पनि कर्तव्य असल वा खराब हुँदैन, हामीले केवल बेग्लाबेग्लै कार्यहरू गर्छौं। सुसमाचार प्रचार गर्नु र गाडी चलाउनु, यी दुइटै मण्डलीको कामका आवश्यक भागहरू हुन्। हामीले परमेश्‍वरको घरमा जुनै कर्तव्य निर्वाह गरे पनि, हामी जीवन प्रवेशको पछि लागेको परमेश्‍वर चाहनुहुन्छ। यदि मैले प्रशंसा, प्रसिद्धि र सफलता पाउनका लागि आफ्नो कर्तव्य गरेँ भने, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरिरहेको हुनेथिइनँ, मैले आफ्नै उद्देश्यको लागि योजना बुनिँरहेको हुनेथेँ। अरूले मेरो प्रशंसा गरे पनि परमेश्‍वरले स्वीकृति दिनुहुनेथिएन। मेरा अगुवाले मलाई चालकको कर्तव्य बन्दोबस्त गर्दा, मानिसहरूमाझ मेरो हैसियत नहुने र यो अलिक थकाइलाग्दो भए पनि, यस वातावरणले मलाई आज्ञाकारी हुन सिकायो, सत्यता बुझ्न मदत गऱ्यो, र मलाई बिस्तारै प्रसिद्धि र सफलताप्रतिको चाहना त्याग्‍न लगायो। यो, मेरो लागि परमेश्‍वरको मुक्ति थियो। वास्तवमा, मैले यसबारे सोचेपछि, मण्डलीका काम सम्हाल्न गाडी चलाउँदा, परमेश्‍वरको घरका हितलाई विचार गर्नुपर्ने विभिन्‍न कुराहरूको सामना गरेँ, ती सबैमा सत्यता खोज्नुपर्थ्यो र सिद्धान्तअनुसार काम गर्नुपर्थ्यो। के यो मेरो लागि सत्यता अभ्यास गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्ने असल मौका थिएन र? मैले यो कुरा बुझेपछि, परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो अज्ञानतालाई माफ गरिदिनुहोस्। मैले तपाईंलाई धेरै कुरामा निराश पारेँ। अबउप्रान्त, म सबै कुरा तपाईंको प्रबन्धमा छोड्नेछु, तपाईंको अवलोकन स्वीकार गर्नेछु, र तपाईंलाई पूर्ण हृदयले प्रेम गर्दै आफ्नो कर्तव्य निर्वाह गर्नेछु।” प्रार्थना गरिसकेपछि, मलाई हलुका महसुस भयो र आफ्नो कर्तव्य उचित तरिकाले पूरा गर्न म विश्‍वस्त भएँ।

एकपटक, मैले दाजुभाइ र दिदीबहिनीहरूलाई मण्डलीका सरसामान किनमेल गर्न गाडीमा पुऱ्याएँ। मैले देखेँ, तिनीहरू एकदमै होसियारीपूर्वक चीजबीजहरू छान्दै, मूल्य र गुणस्तर जाँच्दै थिए ताकि परमेश्‍वरको परिवारको हितमा हानि नपुगोस्। मैले गाडी चलाउन थालेदेखि, मान पाउने मेरो चाहना पूरा नभएकोले गर्दा कसरी आफ्नो कर्तव्यप्रति गलत मनोवृत्ति राखेको थिएँ भनेर सोचेँ। हरेक दिन जे गर्न लगाइन्थ्यो मैले त्यही मात्र गरेँ, त्यसलाई गम्भीरतापूर्वक कहिल्यै लिइनँ, र कसरी कर्तव्य राम्ररी पूरा गर्ने भनेर कहिल्यै विचार गरिनँ। किनमेल गर्दा, मैले उच्‍च गणस्तर र कम मूल्य प्रायः खोजिनँ, राम्रोजस्तो लागेको कुरा किनिहाल्थेँ। मैले प्रायः कहिल्यै त्यति होसियारीपूर्वक किनमेल गरिनँ। मैले त्यसमा खासै मन लगाइनँ। म कुनै हालतमा पनि सेवाकर्ता हुन चाहन्‍नथेँ। पछि, म आफूलाई कर्तव्यमा अरूले मान गर्छन् कि गर्दैनन् भन्‍नेबारे चिन्तित हुँदै भइनँ। त्यसको सट्टा, मैले आफ्नो कर्तव्य र मण्डलीका हितबारे गम्भीरतापूर्वक सोचेँ, अनि मण्डलीको लागि किनमेल गर्दा म होसियार र समझदार पनि भएँ। त्यसरी आफ्ना कर्तव्य निर्वाह गर्दा, मलाई शान्ति महसुस भयो र त्यसउप्रान्त थकित पनि भइनँ। मैले आफ्नो अनुभवबाट धेरै कुरा प्राप्त गरेँ, परमेश्‍वरले मलाई आत्मसमीक्षा गराउन अनि प्रतिष्ठा र हैसियतको पछि लाग्‍नु गलत हो भनेर महसुस गराउन मननपर्ने कर्तव्य दिनुभएको रहेछ भनेर बुझेँ। उहाँले मलाई सत्यताको पछि लाग्‍ने मार्गमा डोऱ्याइरहनुभएको थियो। यो सबै मेरो लागि परमेश्‍वरको प्रेम थियो। मैले परमेश्‍वरका असल अभिप्रायहरू अनुभव गरेँ र के बुझेँ भने, परमेश्‍वरले जे जसरी कामकुरा प्रबन्ध गर्नुभए पनि, ती मेरो धारणासित मेल नखाँदासमेत, ती सबै मेरो जीवनका लागि लाभदायी छन्। त्यसउप्रान्त, म परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्दिनथेँ। परमेश्‍वरलाई सन्तुष्ट पार्न म उहाँप्रति आज्ञाकारी हुनुपर्थ्यो।

त्यसको तुरुन्तैपछि, ती ब्रदरले नयाँ ड्राइभिङ लाइसेन्त प्राप्त गरे र चालकको कर्तव्यमा फर्किए, र अगुवाले मलाई आम कामकाज सम्हाल्न खटाए। यो कुरा सुनेर मैले सोचेँ, “यसपटक, म आफ्नो रोजाइअनुसार कर्तव्यलाई लिन सक्दिनँ। मैले परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई स्विकार्नु र पालन गर्नुपर्छ। मलाई थाहा छ, परमेश्‍वरले मलाई यो, अभ्यास गर्न, उहाँको वचन र काममार्फत मलाई सिद्ध पार्न र मलाई विभिन्‍न कर्तव्यहरूमा उहाँका वचनहरू अनुभव र अभ्यास गराउन दिनुभएको दोस्रो मौका हो।” मेरो पहिलाको अनुभवलाई विचार गर्दा, नयाँ कर्तव्यमा मसित नकारात्मक सोचाइहरू छँदै थिएनन्, मैले त्यसउप्रान्त आफ्नो कर्तव्यलाई तुच्छ ठानिनँ र अरूको प्रशंसा पाउन खोजिनँ। त्यसको सट्टा, मैले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेँ र परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गरेँ। मैले परमेश्‍वरका केही वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको आफ्नै हितको बारेमा सोच्नुपर्छ, अनि उहाँको कामको बारेमा सोच्नुपर्छ र यी सोचहरूलाई सबैभन्दा पहिलो र प्रमुख ठान्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैंले केही समयसम्‍म यसो गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनले मेरो हृदय उज्यालो बनायो। हामीले आफ्नो कर्तव्य पूरा गर्दा, परमेश्‍वरको अवलोकन स्विकार्नुपर्छ, आफ्ना चाहनाहरू त्याग्‍नुपर्छ, आफ्नो इमानदार हृदय चढाउनुपर्छ, परमेश्‍वरको घरको फाइदाका लागि काम गर्नुपर्छ र आफूले गर्नुपर्ने सबै कुरा सक्दो राम्रो गर्ने प्रयास गर्नुपर्छ। यो, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु, सोझो ढङ्गमा जिउनु र मानिसले गर्नुपर्ने काम गर्नु हो। मैले यसरी अभ्यास गर्दा, मलाई एकदमै दृढ र सहज महसुस भयो। अहिले म आफ्नो कर्तव्यमा एकदमै खुसी छु र मैले धेरै कुरा प्राप्त गरेको छु। मलाई थाहा छ, तथ्यहरूद्वारा खुलासा नभई र परमेश्‍वरको वचनको न्याय नपाई, मैले आफ्नो भ्रष्टता चिन्‍नेथिइनँ। मेरो भ्रष्टता, विद्रोह र खोजबारेको गलत दृष्टिकोणलाई निराकरण गर्न, परमेश्‍वरले मलाई आफूलाई चिन्‍न लगाउन र कर्तव्यप्रतिका कस्ता मनोवृत्ति र दृष्टिकोण परमेश्‍वरको इच्छाअनुरूप हुन्छन् भनेर बुझाउन मननपर्ने वातावरणमा राख्‍नुभयो। यो अनुभवपछि, मैले के पनि बुझेँ भने, मैले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरको प्रबन्ध हो, र यो जीवन प्रवेशसित सम्बन्धित मेरा आवश्याकताहरूमा आधारित छ, त्यसैले मैले त्यो स्वीकार र पालन गर्नुपर्छ, आफ्ना कर्तव्य सारा मन र मस्तिष्कले निर्वाह गर्नुपर्छ, कर्तव्य निर्वाह गर्दा सत्यताको पछि लाग्‍नुपर्छ, र साँचो अर्थमा परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको स्वीकृति प्राप्त गर्ने व्यक्ति बन्‍नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्