आफ्नो कर्त्तव्य पूरा गर्दाका इनामहरू

11 अक्टोबर 2021

याङ्ग मिन्‍झेङ, क्यानडा

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामप्रतिको समर्पणता यथार्थ र वास्तविक हुनुपर्छ, अनि यो समर्पणतामा जिउनुपर्छ। सतही समर्पणताले मात्रै परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभाव परिवर्तन गर्न नखोजिकनै परमेश्‍वरका वचनहरूका सतही पक्षहरूको मात्र आज्ञापालन गर्नु परमेश्‍वरको हृदय अनुसारको हुनु होइन। परमेश्‍वरको आज्ञापालन र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई आज्ञाकारी मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ”)। परमेश्‍वरका यी वचनहरू पढेर परमेश्‍वरप्रतिको समर्पणतासम्बन्धी मेरो अनुभवलाई स्मरण गराउँछ।

यो कुरा वर्ष २०१६ को मार्चमा शुरु भयो। म चिनियाँ कम्युनिस्ट पार्टीबाट हुने गिरफ्तार र सतावटबाट बच्न चीनबाट भागें, म आफ्नो विश्‍वासको अभ्यास गर्न चाहन्थे। केही समयपछि चर्चकी अगुवा सिस्टर झाङले मलाई सोध्नुभयो, “के तपाईं सिञ्चन कार्य गर्न चाहनुहुन्छ?” खुबै रमाउँदै मैले जवाफ दिएँ, “त्यो त गज्जब कै कुरा हो नि! म अरूलाई सत्यता बुझ्न र साँचो मार्गमा जग बसाल्न मदत गर्नेछु। त्यो त एउटा असल काम हुनेछ!” मैले मनमनै सोचें: यदि मलाई चिन्नेहरूले मलाई सिञ्चन कार्य गरिरहेको भेट्टयो भने, उनीहरूले मलाई हेर्नेछन्‌ र मेरो प्रशंसा गर्नेछन्‌। यसले मलाई अरूको नजरमा राम्रो देखाउनेछ। मेरो मनमा यस्तो आशा पलाएको मात्र के थियो, ती अगुवा बहिनीले फेरि मसित कुरा गर्नुभयो। उहाँले भन्नुभयो, आपत्कालीन स्थिति आइपरेकोले केही बहिनीहरू नयाँ ठाउँमा सर्नुपर्ने भयो, तर उनीहरूले जाने कुनै ठाउँ पाएका छैनन्। उहाँले त्यसको लागि मेरो घर उचित हुने कुरा गर्नुभयो, अनि उनीहरूलाई मैले घरमा राख्न सक्छु कि भनेर सोध्नुभयो। त्यसपछि त मेरो मन अशान्त भयो। सिञ्चन कार्य गर्नेछु भनेर सोचेको थिएँ, तर अब खातिरदारीको काम पो गर्नु। अबउप्रान्त के मैले सारा समय भान्साघरमै बिताउनु? यो काम गाह्रो मात्र होइन, लाजमर्दो पनि हुनेछ। बाहिर संसारमा त म एक व्यवसायी महिला थिएँ र मेरो आफ्नै कारखाना थियो। अरूले मलाई सुपरवुमन भन्थे। घरमा त म खाना पकाउन, सर-सफाई गर्न र लुगा धुन समेत धाईलाई लगाउँथें। अहिले ती सबै काम अरूको निम्ति मैले गर्नुपर्ने भयो। यो काम म साँच्चै गर्न चाहँदिनँ थिएँ। तर बहिनीहरूले जाने अन्य ठाउँ नपाएका र आफ्नो काम शान्तिसित गर्न नसकेका विषयमा सोचें। अनि त्यसको लागि मेरो घर उचित स्थान थियो, त्यसैले इच्छा नहुँदा-नहुँदै पनि म सहमत भएँ।

केही दिनसम्म मैले सतही रूपमा खातिरदारी गरें, तर भित्रभित्र म अशान्त थिएँ र शंका गर्न थालें। के मेरा भाइबहिनीहरूले मलाई सिञ्चन कार्यको लागि अयोग्य ठानेका हुन्? नत्र किन उनीहरूले मलाई खातिरदारीमा लगाए? यदि मलाई चिन्ने भाइबहिनीहरूले मलाई भेट्टाए भने, के उनीहरूले मलाई सत्यताको वास्तविकता गुमाएको, अनि अन्य काम गर्न नसकेर खातिरदारीमा लागेको भन्नेछन्? यसबारे सोच्दा पनि, म साँच्चै उदास हुन्थेँ। अनि मैले परमेश्‍वरअघि गरेको संकल्पबारे सोच्थेँ, मैले गर्नुपर्ने काम जस्तोसुकै भए पनि, यसले चर्चको काममा मद्दत पुग्छ भने म त्यसलाई राम्रोसँग मन लगाएर गर्नेछु, त्यो काम मलाई मन नपरे पनि, म परमेश्‍वरमा समर्पित हुनेछु। त्यसो भए, अहिले खातिरदारीको काम दिइँदा म किन परमेश्‍वरमा समर्पित हुन सक्दिन र? त्यसपछि मैले परमेश्‍वरलाई मौन प्रार्थना गरें। मैले भनें “हे परमेश्‍वर, तपाईंले मलाई खातिरदारीको काम प्रबन्ध गरिदिनुभएको छ, तर मलाई लाग्छ, म विद्रोह गर्न चाहँदैछु र म कहिल्यै समर्पित हुन सक्दिनँ। हे परमेश्‍वर, कृपया मलाई अन्तर्ज्ञान दिनुहोस्‌ र मार्गदर्शन गर्नुहोस्, ताकि मैल तपाईंको इच्छा बुझ्न सकूँ।”

त्यसपछि मैले परमेश्‍वरको वचनको दुईवटा अनुच्छेद पढें: “मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको मापन गर्ने क्रममा, ध्यान दिनुपर्ने मुख्य कुरा भनेको तिनीहरूले परमेश्‍वरबाट कुनै अत्याधिक थोकहरू चाहन्छन् कि चाहँदैनन्, अनि तिनीहरूको आफ्नै गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति आज्ञाकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जेसुकै भए पनि, यदि तैँले त्यो परमेश्‍वरबाट प्राप्त गर्न सक्दैनस् भने, सत्यको खोजी गर्न सक्दैनस् भने, सधैँ तेरा आफ्नै व्यक्तिपरक तर्कबाट बोलिरहेको हुन्छस् भने, र सधैँ तँ मात्र सही छस् भन्‍ने महसुस गर्छस् भने, र अझै पनि तँ परमेश्‍वरलाई शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरूले कहिल्यै पनि उहाँको आज्ञापालन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरसँग माग गर्छस् भने, त्यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्दैछस्, तैँले आफ्नै विचारहरू चुनिरहेको छस्, र तेरा आफ्नै विचारअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्दछ। यसो गरेर, तैँले परमेश्‍वरलाई धोका दिन्छस्, र तँमा आज्ञाकारीता हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्”)। “साँचो समर्पण के हो? जब परमेश्‍वरले तेरो तरिकासँग मेल खाने तरिकामा काम गर्नुहुन्छ, तँलाई सबै कुरा सन्तोषजनक र उचित भएको महसुस हुन्छ, अनि तँलाई अरूभन्दा अलग र राम्रो देखिने मौका दिइएको बेला, तँलाई यो धेरै महिमावान् लाग्छ, र तँ भन्छस् ‘परमेश्‍वरलाई धन्यवाद’, अनि उहाँको योजना र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्। यद्यपि, तँ अरूभन्दा राम्रो र अलग नदेखिने र कसैले पनि तँलाई स्वीकार नगर्ने सामान्य ठाउँमा तँलाई खटाउँदा, तँ खुसी हुन छाड्छस् र तँलाई समर्पित हुन कठिन हुन्छ। … परिस्थितिहरू अनुकुल हुँदा समर्पित हुन प्रायः सजिलो हुन्छ। प्रतिकूल परिस्थितिहरूमा पनि—तेरो तरिकाले कामकुराहरू नहुँदा र तेरो भावनामा चोट पर्दा, तँलाई कमजोर पार्ने, तँलाई शारीरिक रूपमा दुःख दिने र तेरो प्रतिष्ठामा ठेस लगाउने, तेरो अभिमान र घमण्डलाई सन्तुष्ट नपार्ने र तँलाई मनोवैज्ञानिक रूपमा पीडा दिने अवस्था आउँदा पनि—यदि तँ समर्पित हुन सक्छस् भने, तँसँग साँच्चै बडप्पन छ। तैँले पछ्याउनुपर्ने लक्ष्य यही हो नि, होइन र? यदि तँसँग यस्तो अन्तर्प्रेरणा, यस्तो लक्ष्य छ भने, त्यहाँ आशा हुन्छ” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका यी वचनहरूले मलाई साँचो समर्पण व्यक्तिगत छनौटको विषय होइन भनेर देखाए। मलाई त्यो मन परे नि नपरे नि, वा मलाई लाभ भए नि वा नभए नि, जबसम्म यो परमेश्‍वरबाट आउँछ् र यसले चर्चको काममा सहयोग पुऱ्याउँछ, तबसम्म म पूर्णतया समर्पित हुनुपर्छ। तर त्यसको साटो मैले के गर्दैथिएँ? खातिरदारीको काम दिँइँदा, मैले परमेश्‍वरको इच्छालाई विचार गर्ने वा चर्चको काम सम्हाल्नेबारे सोचिनँ। मैले त धाक देखाउन सक्छु कि सक्दिनँ वा वा आफूतिर अरूको ध्यान खिच्न सक्छु कि सक्दिनँ, अनि आफ्नो अभिमान पूरा हुन्छ कि हुँदैन भनेर मात्र सोचें। त्यो कसरी परमेश्‍वरमा समर्पित हुने कुरा भयो र? मैले सूमहको अगुवा हुँदाको समयबारे सोचें। चर्चका अगुवाले सधैं पहिला मसित संगति गर्नुहुन्थ्यो। सोच्थें, अगुवाले र भाइबहिनीहरूले मेरो बारेमा राम्रो सोच्छन्। काममा प्रयास गर्नु मेरो निम्ति कुनै ठूलो कुरा थिएन। जतिसुकै थकाइ लागे पनि, त्यो गर्न म तयार थिएँ। तर जब मलाई खातिरदारीको काम लगाइयो, म नकरात्मक भएँ, यस प्रकारको काम मेरो लागि तुच्छ हो भन्ठानें। साथै, जति नै कोशिश गरे पनि अरूले मेरा प्रयासहरू देख्दैनन् भन्ठानेँ। त्यसैकारण मैले यस कामलाई यत्ति नराम्रो ठानें। त्यसपछि मात्र मैले देखें कि धाक देखाउन र अरूको ध्यान आफूतिर खिच्न चाहेकोले मात्र मैले आफ्नो काम मेहनतसाथ गरेको थिएँ। तथापि, खातिरदारीको कामले मेरा आकांक्षाहरू पूरा गर्न सकेन, त्यसैले म समर्पित हुन सकिनँ। मैले आफ्ना व्यक्तिगत प्राथमिकता र छनौटहरूलाई अघि राखेर काम गरेको रहेछु भन्ने महसुस गरेँ, अनि मैले आफ्नै प्रतिष्ठा र फाइदाबारे मात्र सोचें। म सत्यताको पछि लागिरहेको थिइनँ वा परमेश्‍वरमा समर्पित भइरहेको थिइनँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढें। “सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस् भने, र परमेश्‍वरको छानबिनलाई स्वीकार्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरो हृदयमा हुनुहुन्छ? यस्ता व्यक्तिहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूमा मैले अभ्यासको मार्ग भेट्टाएँ। मैलै मेरो काममा परमेश्‍वरको सुक्ष्म जाँच स्वीकार गर्नुपर्छ, मसित परमेश्‍वरको भय मान्ने हृदय हुनुपर्छ, व्यक्तिगत फाइदालाई पन्छाउनुपर्छ अनि चर्चको काममा फाइदा हुने काम मात्र गर्नुपर्छ। परमेश्‍वरको इच्छा बुझेपछि, मैले प्रार्थनामा यसो भनें। “हे परमेश्‍वर, म तपाईंको सुक्ष्म जाँचलाई स्विकार्छु। अरूले के सोच्छ भन्नेमा म ध्यान दिदिनँ। म केवल तपाईंका प्रबन्धहरूमा समर्पित हुन चाहन्छु अनि खातिरदारीको मेरो कर्तव्यलाई राम्ररी पूरा गर्न चाहन्छु।” केही दिनपछि, मेरा चर्चका बहिनीहरूले म यस विदेशी मुलुकमा भर्खरै आएको अनि सरसामानहरू किनमेल गर्न गाह्रो भइरहेको थाहा पाए, त्यसैले आवश्यक सरसामान किनमेल गर्न मसँगै गए। आफ्नो काममा व्यस्त भए तापनि उनीहरूले सकेजति मलाई घरको काममा मद्दत गरे। मलाई केही समस्या आइपर्दा उनीहरूले आफ्ना अनुभवहरू प्रयोग गर्दै सहयोग गर्न मसित सङ्गति गर्थे। म खातिरदारी गर्ने व्यक्ति भएको कारण, उनीहरू कसैले पनि मलाई तुच्छ ठानेनन्‌ वा कोही पनि मबाट टाढा बसेनन्। मैले के बुझ्न थालेँ भने, भाइबहिनीहरूसित काम गर्दा त्यहाँ कुनै सानो-ठूलोको कुरा हुँदैन। हामी केवल आफ्नो काम गर्छौं र परमेश्‍वरअघि दायित्व पूरा गर्छौं। यस अनुभवपछि, मलाई आफ्नो काममा समर्पित हुन सक्छु भन्ने लाग्यो, तर ममा आफ्नो स्वभाव र सारबारे वास्तविक बुझाइ नभएकोले, म अझै पनि प्रतिष्ठा र ओहदाको पछि लाग्न छोडेको थिइनँ। मलाई मन नपर्ने केही घटना घट्नेबित्तिकै, म फेरि उदांगो भइहाल्थेँ।

केही समयपछि चर्चका अगुवाले मलाई फोन गरेर सिस्टर झाऊ सुमाचार प्रचार गर्नमा व्यस्त हुनुहुन्छ भनेर भन्नुभयो अनि उहाँको छोरीको हेरचाह गर्न हरेक शनिबार केही घण्टा समय निकाल्न सक्छु कि भनेर सोध्नुभयो। म उत्तिखेरै नानी हर्ने कामको विरुद्धमा थिएँ। विगतमा, म आफ्नो काममा एकदमै व्यस्त हुन्थें, आफ्ना नानीहरूको हेरचाह गर्न समेत गाह्रो पर्थ्यो। अरूको नानीको हेरचाह गर्दा त म धाई आमाजस्तै हुनेथिएँ। मलाई चिन्ने भाइबहिनीहरूले यो कुरा थाहा पाएमा के सोच्लान्? मैले कसरी उनीहरूलाई आफ्नो अनुहार देखाउनु? तर मैले सिस्टर झाऊले भोगिरहनुभएका वास्तविक कठिनाइहरूबारे सोचें, अनि यदि मैले उहाँलाई मद्दत गरिनँ भने त्यसले मेरो अन्तस्करणलाई घोच्नेथियो। यसबारे सोचें र त्यसपछि हुन्छ भनें। शनिबार अपरान्ह म सिस्टर झाऊको घर गएँ। दिन मुस्किलले काटें, अनि साँझमा बच्चा रून थाली, “आमा” भनेर चिच्याउन थाली। उसलाई फकाउनै सकिनँ। बच्चालाई कसरी फकाउने भनेर यताउता ओहोरदोहोर गरें, उसलाई कथा भनें, कार्टुन देखाएँ, अनि बल्लबल्ल केही क्षणपछि ऊ रून छोडी। त्यस रात घर फर्कँदा मनमनै सोचें, “नानी हेर्नु साँच्चै गाह्रो रहेछ। यो काम यति थकाइलाग्दो छ तर कसैले नि देख्दैन।” जति धेरै सोचें, त्यति नै व्यथित भएँ। घर आइपुग्दा, त्यहाँ बहिनीहरूले आफ्ना कामबाट हासिल गरेका कुराबारे खुसीसाथ छलफल गरिरहेको देखें। म साँच्चै हताश भएँ र मलाई ईर्ष्या लाग्यो। मैले सोचें, “म चाहिं मेरा बहिनीहरूले जस्तै सिञ्चन कार्य गर्न कहिल्यै सक्षम हुनेछु? अहिले त मेरो काम भनेको, कि चाहिँ अरूको नानी हेर्नु वा भाँडा धुनु हो। यसबाट मैले के सत्य पाउन सक्छु? के अरूले मसित सत्यको वास्तविकता छैन, त्यसैले म यस्तै कामको लागि मात्र योग्य छु भनेर भन्छन्?” यो सोचाइले मलाई झनै उदास बनायो। त्यो रात म एक झिमिक पनि सुत्न सकिनँ, यताउता पल्टिरहें, त्यसैले परमेश्‍वरलाई प्रार्थना गरें। मैले भनें, “हे परमेश्‍वर, अहिले म एकदमै उदास छु। म मेरो प्रशंसा हुने र आफूलाई विशिष्ट बनाउने काम गर्न चाहन्छु। हे परमेश्‍वर, मलाई थाहा छ यो कुरा तपाईंको इच्छाविपरीत छ तर मलाई समर्पित हुन एकदमै गाह्रो लाग्छ। हे परमेश्‍वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्‌ र मलाई डोऱ्याउनुहोस्, आफूलाई चिन्न मलाई मद्दत गर्नुहोस्‌ ताकि म यो भयानक स्थितिबाट निस्कन सकूँ।”

त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढें। “मानिसको भ्रष्ट स्वभाव उनीहरूको हरेक विचार र धारणामा, उनीहरूको प्रत्येक कार्यपछाडिको आशयमा लुकेको हुन्छ; यो कुनै पनि विषयप्रतिको मानिसको प्रत्येक दृष्टिकोणमा अनि परमेश्‍वरले गर्नुहुने सबै कामलाई कसरी लिने भन्ने तिनीहरूको प्रत्येक विचार, बुझाइ, दृष्टिकोण र चाहनामा लुकेको हुन्छ। यो यिनै कुराहरूभित्र लुकेको हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कुनै व्यक्ति साँचो रूपमा आज्ञाकारी छ भने मात्रै ऊसँग साँचो विश्‍वास हुन सक्छ”)। “मानिसहरूमा एउटा भ्रष्ट शैतानी स्वभावले गहिरो जरा गाडेको छ; त्यो उनीहरूको जीवन बनेको छ। मानिसहरूले वास्तवमा कुन कुराको खोजी गर्छन् र के प्राप्त गर्न चाहन्छन्? भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्वाकांक्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? सर्वप्रथम, मानिसहरू सधैं यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको प्रभुत्वको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा एक कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसो भए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? उहाँ त्यस्तो व्यक्ति चाहनुहुन्छ जसको खुट्टा दह्रिलोसँग जमिनमा टेकिएको हुन्छ, जो परमेश्‍वरको एक योग्य प्राणी हुन चाहन्छ, जसले एक प्राणीको कर्तव्य पूरा गर्न सक्छ, र जो मानिसको स्थानमा रहन सक्छ। … त्यसो भए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाको अगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन र यो कुनै खेल होइन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभावहरूलाई सत्यताको खोजी गरेर अनि परमेश्‍वरमा भर परेर मात्र समाधान गर्न सकिन्छ”)। परमेश्‍वरको न्यायसम्बन्धी वचनहरू पढ्दा म एकदमै लज्जित भएँ। आफैबारे सोचें: “म किन परमेश्‍वरले प्रबन्ध गर्नुभएका परिस्थितिहरूप्रति कहिल्यै समर्पित हुन सक्दिनँ? म किन यी महत्त्वहीन कामहरू गर्न चाहँदिनँ? यी कामहरू गर्दा अरूले मलाई तुच्छ, उनीहरूभन्दा निम्न तहको ठान्छन्‌ जस्तो लाग्छ। मलाई लाग्छ मेरो कुनै मोल छैन। म केही होइन जस्तो लाग्छ। मलाई त अरू मानिसहरूबाट प्रशंसा पाइने काम मात्र गर्न लायकको काम हो जस्तो लाग्छ।” जब मैले यी सोचहरूबारे विचार गरें, तब मैले आफूलाई हैसियतको चाहले नियन्त्रण गरिरहेको महसुस गरें। म त “रुखको बोक्रा भनेझैं मानिसको अनुहार,” “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ,” वा “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” भन्ने जस्ता शैतानी विषहरू पालेर बाँचेको थिएँ, यी विचारहरू मभित्र गहिरिएर बसेका थिए र मेरो प्रकृति नै बनेको थियो। म अहङ्कारी र अभिमानी भएको थिएँ। मलाई आफ्नो प्रशंसा मन पर्थ्यो। नाम कमाउन र हैसियत प्राप्त गर्न मन पर्थ्यो, अनि मैले यी कुरालाई जीवनमा पछ्याउनुपर्ने लक्ष्य बनाएँ। तर त्यस्ता लक्ष्यहरूको पछि त संसारका मानिसहरू लाग्छन् भनेर महसुस गरें। परमेश्‍वरलाई विश्‍वास गर्न थाल्नुअघि म एकदमै प्रतिस्पर्धी थिएँ। म आफ्नो कारखाना राम्ररी र सफलतापूर्वक चलाउनको लागि बिहानदेखि बेलुकासम्म काम गर्थें। घर पुग्दा साथीभाइ र आफन्तहरूले मलाई सुपरवुमन भन्दै न्यानो स्वागत गर्थे। यसले साँच्चै मेरो अहम् भावनालाई सन्तुष्ट पार्थ्यो। यसको लागि म जुनै मूल्य चुकाउन पनि राजी थिएँ। चर्चमा सामेल भएपछि पनि मेरा यी दृष्टिकोणहरू जस्ताका तस्तै थिए। म आफ्नो प्रतिष्ठा र ओहदाको लागि काम गर्थें। म हैसियत र प्रशंसामा खुसी हुन्थें। हैसियतबिना र विशिष्ट हुन नपाउँदा म नकरात्मक र दुःखी हुन्थें, परमेश्‍वर र उहाँले प्रबन्ध गर्नुभएको परिस्थितिको प्रतिरोध गर्थें। यसबारे जति धेरै सोचें, त्यति नै धेरै मैले यी शैतानी विषहरूले मलाई पीडा मात्र दिएको महसुस गरें। तिनले मलाई परमेश्‍वरको विरोध गर्न र उहाँलाई अवज्ञा गर्न लगायो। यदि मैले यी कुराको पछि लाग्न छोड्दिनथेँ भने, म परमेश्‍वरको घृणाको पात्र हुनेथेँ र निष्कासित हुनेथेँ। यसबारे जति धेरै सोचें, म आफू चलेको मार्गबारे त्यति नै धेरै भयभित भएँ। मैले हतार-हतार प्रार्थना गरें र परमेश्‍वरअघि पश्चाताप गरें। त्यसपछिदेखि मैले ख्याति, हैसियत वा प्रशंसाको चाहना गरिनँ, मेरो चाहना भनेकै परमेश्‍वरको योग्य प्राणी हुनु मात्र थियो। प्रार्थना गरेपछि मेरो हृदय शान्त भयो।

भोलिपल्ट मैले उपासना गर्दा परमेश्‍वरका यी वचनहरू पढें: “तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, र त्यसकारण तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई तैँले निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौटहरू वा मागहरू गर्नुहुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तेरो आफ्नै गन्तव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता तँसँग छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्यलाई पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, तर यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यसलाई हासिल गर्नुपर्छ र हासिल गर्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। परमेश्‍वरका वचनहरू पढ्दा, यसले मैले के बुझ्न मदत पुग्यो भने, म परमेश्‍वरको सृष्टि भएको हुनाले उहाँको शासन र प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। मैले सत्य र स्वभावगत परिवर्तनको खोजी गर्नुपर्छ। यो मेरो काम हो र यो मैले गर्नैपर्छ। परमेश्‍वरले प्रबन्ध गर्नुभएको परिस्थिति मलाई मन परेन तर यसको पछि परमेश्‍वरको राम्रो अभिप्राय हुन्छ। उहाँले मलाई शुद्ध पार्न र परिवर्तन गर्न यो प्रबन्ध गर्नुभएको हो। आफ्नो कामबारे म कचकचे, प्रतिष्ठा र हैसियत खोज्ने हुन सक्दिनँ। मैले सत्यको पछि लाग्न ध्यान लगाउनुपर्छ, परमेश्‍वरका वचनहरूको न्यायलाई स्विकार्नुपर्छ अनि आफ्नो भ्रष्ट स्वभावलाई सच्च्याउनुपर्छ। मैले मेरा सबै कुरा आफ्नो काममा लगाउनुपर्छ।

त्यसपछिका दिनहरूमा मैले अरूले मबारे के सोच्छन् भनेर ध्यान दिन छोडें, अनि परमेश्‍वरअघि गर्नुपर्ने आफ्नो काम मात्र गरें। अरूहरू आ-आफ्ना काममा व्यस्त हुँदा, र आफ्ना नानीहरूको हेरचाह गर्न नसकेको बेला, म उनीहरूलाई मदत गर्थें। उनीहरूले सुसमाचार प्रचार गरेको र परमेश्‍वरकहाँ अझ धेरै मानिसहरूलाई ल्याएको देख्दा मेरो हृदय आनन्दविभोर हुन्थ्यो। मलाई मेरो कामले विशिष्ट बनाउन नसके तापनि, मेरा भाइबहिनीहरूको मनलाई आराम दिन र राज्यको सुसमाचारलाई फैलाउनमा चुपचाप मदत गरेर आफ्नो भूमिका निभाउन सक्थें। त्यो त अर्थपूर्ण काम भयो। मैले आफ्नो घरमा चर्चका सदस्यहरूलाई राखेर अनि उनीहरूका नानीहरू हेर्न मदत गरेर, यहाँसम्म कि मेरो अहम र इज्जत सबै गुम्दासमेत, आफ्नो काम एकदमै इनामपूर्ण भएको महसुस गरें। मैले जानेँ कि प्रतिष्ठा कमाउनुको पछि लाग्नु भनेको दुष्टता हो। मैले पछ्याउनुपर्ने कुरा भनेको परमेश्‍वरका प्रबन्धहरूप्रति समर्पित हुनु र आफ्नो काम सर्वोत्तम तरिकामा गर्नु हो। मैले साँचो रूपमा बुझेँ कि परमेश्‍वरको घरमा कुनै काम पनि सानो वा ठूलो हुँदैन। मेरो काम जस्तोसुकै भए तापनि त्यसमा सिक्नुपर्ने पाठ र अभ्यास गर्नुपर्ने सत्यहरू हुन्छन्‌। समर्पित हुन्जेलसम्म र सत्यको खोजी गरुन्जेलसम्म मैले यसबाट लाभ पाउनेछु। यसले मलाई परमेश्‍वर कत्ति धर्मी हुनुहुन्छ र उहाँले कसैको पक्ष लिनुहुन्न भनेर देखायो। यतिको बुझाइ र परिवर्तन परमेश्‍वरले मलाई दिनुभएको इनाम हो। परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

जेलको कष्ट

जियाओ फान, चीनमे २००४ को एक दिन, म केही दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी भइरहेकी थिएँ त्यही बेला अचानक २० जनाभन्दा बढी प्रहरीहरू अचानक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्