म कसरी आफ्नो ईर्ष्याबाट मुक्त भएँ
वाङ्ग शेन, चीनसन् २०१९ मा, म भिडियो समूहको टोली अगुवाको रूपमा छानिएँ। मैले मनमनै सोचेँ, “म साँच्चै सक्षम छु जस्तो छ, नत्र भने उहाँहरूले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अगष्ट २०२० मा, म अगुवा चयन भएँ र मैले मण्डलीको भिडियोसम्बन्धी कामको रेखदेख गर्थेँ। काममा नयाँ भएकीले, मलाई यसका धेरै सिद्धान्तहरू थाहा थिएन, र काम गर्दा केही समस्या र कठिनाइहरूको सामना गरेँ। त्यसैले, म सल्लाह र सुझावको लागि सधैँ समूह अगुवा सिस्टर मार्शाकहाँ जान्थेँ। मार्शा सिद्धान्तहरू र कामप्रति निकै परिचित थिइन्। उनी मेरो लागि ठूलो सहयोग थिइन्। मैले उनमा सुक्ष्म रूपमा ध्यान दिने र आफ्नो कर्तव्यलाई गम्भीरतासाथ लिने गुण देखेँ, र उनमा जिम्मेवारीको बोध थियो। कहिलेकहीँ, कामको बोझ धेरै हुँदा, मेरो केही काम उनलाई दिन्थेँ। हाम्रो सहकार्य राम्रो थियो।
पछि, मैले बिस्तारै के थाहा पाएँ भने, आफूलाई समस्या हुँदा ब्रदर-सिस्टरहरू सबैजना मार्शालाई सहयोग माग्न जाँदा रहेछन् र उनलाई भेटेपछि निर्णयहरू पनि सीधै गर्दा रहेछन्। म यो कुराप्रति कतै खुशी थिइनँ। मैले मनमनै सोचेँ: “यदि यस्तै भइरह्यो भने, के मैले अगुवाको पद गुमाउनेछैन र? यसरी हुँदैन। भविष्यमा मलाई सुम्पिइएको सबै काम म आफै गर्छु र मार्शालाई सहयोग माग्दिनँ। नत्र भने, अरूले उनैलाई जान्ने र प्रतिभाशाली कामदार ठान्नेछन्।” एकपटक, मार्शाले भिडियो बनाउने काममा एक ब्रदरले काम ढिलो गरिरहेको थाहा पाइन्। यसको बारेमा सोधपुछ गर्दा, उनले उसको सीप मापदण्डअनुरूप छैन, र उसले आफ्नो कर्तव्यमा सिद्धान्तहरूको खोजी गर्दैन, त्यसैले प्रायजसो दोहोर्याएर काम गर्नुपरेको पत्ता लगाइन्। उनले त्यो प्रोजेक्टमा सहयोग गर्न अर्का अलिक प्रतिभावान् ब्रदरलाई नियुक्त गरिन्। पछि मात्रै मलाई यो कुरा थाहा भयो। मार्शाले सही निर्णय गरेकी थिइन्, तर त्यस परिस्थितिप्रति मलाई अझै अलिक असहज अनुभव भइरहेको थियो। मलाई थाहा नदिई त्यस्तो ठूलो निर्णय गर्नु अनादर गर्नुको सङ्केत हो जस्तो लाग्यो। यस्तो हुँदा त के म नाममात्रको अगुवा हुँदिनँ र? पछि, मैले उनलाई यसबारेमा किन जानकारी दिनुभएन भनी सोधेँ। उनले मलाई अचम्म लाग्ने जबाफ दिइन्: “व्यस्त भएकोले तपाईंलाई भन्न बिर्सेछु।” उनले त्यसो भन्दा, मलाई झनक्क रिस उठ्यो, र मनमनै सोचेँ: “तिमीले झन्झन् बढी अख्तियार लिइरहेकी छौ र मेरो स्वीकृतीविनै निर्णयहरू गरिरहेकी छौ। मप्रति तिमीमा कुनै आदर छैन। के यसो गर्दा मण्डलीलाई मेरो खाँचो छैन भन्ने देखिँदैन र? यदि यस्तै भइरह्यो भने, ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? अवश्य नै तिनीहरूले मलाई निकम्मा ठान्नेछन्। त्यसपछि मैले कसरी अगुवाको रूपमा सेवा गर्न सक्छु?” यो महसुस गरपेछि, मनभित्र त्रासको भाव झन्झन् बढेर गयो। अर्कोपटक, मार्शाले मलाई उनले केही अध्ययन सामग्री सङ्कलन गरेको र केही सीप सिकाउन सबैलाई भेला गराउने योजना बनाएको कुरा सुनाइन्। यो कुरा सुन्दा मलाई असहज भयो र मैले सोचेँ: “कहिलेकहीँ यस्तो काम गर्न स्मरण गराउने म नै हुन्छ, तैपनि, हामीले कुराकानी गरिसकेपछि, अरूलाई सङ्गति र अगुवाइ गर्ने तिमी नै हुन्छौ। मैले पर्दापछाडि गर्ने कामको बारेमा कसैलाई थाहा हुँदैन, र सबैले पक्कै पनि तिमीले मैलेभन्दा बढी बोझ लिन्छौ भनेर सोच्छन् होला। यदि यस्तै भइरह्यो भने, मैले अगुवाको रूपमा आफ्नो स्थानलाई कसरी कायम राख्न सक्छु?” वास्तवमा, ब्रदर-सिस्टरहरूलाई अध्ययनमा अगुवाइ गर्नु मार्शाको जिम्मेवारी हो भन्ने मलाई थाहा थियो र यो काममा ढिलाइ गर्नु हुँदैन, र मैले यसमा कोलाहल गर्नु हुँदैन भन्ने पनि मलाई थाहा थियो। तर मार्शाले यो काम सम्हालेको म चाहँदिनथेँ। मैले सोचेँ: “मार्शाले झन्झन् धेरै प्रोजेक्टहरूमा संलग्नता जनाइरहेकी छिन्, जसमा म जिम्मेवार रहेका कतिपय काम पनि समावेश छन्। समस्या पर्दा अरूहरू उनीकहाँ जान रुचाउँछन्। के म उनीद्वारा चाँडै प्रतिस्थापित हुने त होइन?” यो सोच्दा मलाई निकै नरमाइलो लाग्यो। त्यसकारण मैले उनका कमीकमजोरी र समस्याहरूलाई खोतल्न थालेँ। म अरूलाई उनी काममा सिपालु छैनन् र म उनीभन्दा प्रतिभावान् छु भनेर देखाउन चाहन्थेँ।
एक दिन, माथिल्लो स्तरकी एक अगुवासँग हाम्रो कामको बारेमा छलफल गर्दा, उनले मार्शाको एउटा भिडियो प्रोजेक्ट अलिक ढिलो अघि बढिरहेको छ भनेर हल्का रूपमा उल्लेख गरिन्। म यही कुरा सुन्न चाहन्थेँ र मैले तुरुन्तै जवाफ दिएँ: “ठीक भन्नुभयो। उनलाई धेरै प्रोजेक्टहरू दिइएको छ, तर उनले ती सबै सम्हाल्न सक्दिनन्। उनका कतिपय प्रोजेक्टहरू प्रभावकारी भएका छैनन्। मलाई लाग्छ उनलाई यति धेरै काम दिनु ठीक हुँदैन। उनलाई यति धेरै अख्तियार दिनु हुँदैन…।” त्यो कुरा भनिसकेपछि, मलाई अलिक ग्लानि भयो: मैले कसरी त्यस्तो कुरा भन्न सकेँ? कर्तव्य परमेश्वरबाट आएका आज्ञा हुन्। म त यसरी बोलिरहेकी थिएँ, मानौँ मैले नै उनलाई ती कर्तव्यहरू दिएकी हुँ, मानौँ मैले नै उनलाई ती काम गर्ने अख्तियार दिएकी हुँ र अहिले म यसलाई फिर्ता लिन खोजिरहेकी छु। के मेरो सोचाइ गलत थिएन र? मैले त्यस्तो कुरा भन्न सक्छु भन्ने मलाई विश्वास थिएन र मलाई आफैप्रति निकै नराम्रो महसुस भयो। यसको साथै, तीमध्ये कति काम त मार्शाको कर्तव्यको भाग नै थिए, तर मैले उनलाई त्यो काम गर्नबाट रोक्ने प्रयास गरेँ र उनको कामका कमजोरीहरूलाई कोट्याइरहेँ। सबैले उनलाई असल कामदार होइनन् र उनी मभन्दा कम क्षमताकी हुन् भनी देखून् भन्ने मेरो चाहना थियो। म कसरी यति घृणित हुन सकेँ?
त्यसपछि, मैले आफ्नो स्थितिलाई सुधार गर्न परमेश्वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोज्न थालेँ। मैले एउटा खण्ड भेटेँ जहाँ परमेश्वरले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नुभएको छ, जुन मेरो स्थितिसँग मिल्दोजुल्दो थियो। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीको सारको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै क्रूर हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति लिएर आफैसँग राख्छन्, र ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूको नियन्त्रणमा हुनुपर्छ, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। … जब कसैले अगाडि आएर थोरै काम गर्छ, वा जब कसैले साँचो अनुभवात्मक गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाह र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्छन् र दबाउँछन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्नो हैसियतमा चुनौती दिनबाट रोक्नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। … ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘म कुनै हालतमा यो कुरा सहनेवाला छैनँ। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न र मसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा लोकप्रिय छस्, र तँ मैले भन्दा बढी लगनशीलताका साथ सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र तैँले मेरो श्रेय खोसिस् भने, त्यसपछि मैले के गर्ने?’ के तिनीहरू परमेश्वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्नो हैसियत कसरी कायम राख्ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्लो घस्ने, सत्यताको बुझाइ नभएका र खुट्ट्याउने क्षमता नभएकाहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। विगतमा, म सधैँ यो खण्डले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्छ तर ममा लागू हुँदैन भन्ने सोच्थेँ, तर त्यसपछि मलाई मेरो ख्रीष्टविरोधी स्वभाव निकै गम्भीर छ भन्ने थाहा भयो। सुरुमा, मार्शा निकै जिम्मेवार र परिश्रमी छिन् भनी सोच्थेँ, र मैले खुशीसाथ मेरो केही काम उनलाई दिने गर्थेँ, तर अरूले उनलाई सम्मान गरेको, आफ्ना धेरैजसो प्रश्नहरू लिएर उनीकहाँ गएको र उनले मलाई नसोधी कतिपय प्रोजेक्टहरू अघि बढाएको देखेपछि, मलाई उनले मेरो सम्मान चोरिरहेकी छिन् भन्ने चिन्ता लाग्यो र उनी मेरो हैसियतप्रति चुनौती बनिरहेको महसुस भयो, त्यसकारण मैले उनलाई थप प्रोजेक्टहरूमा सहभागी हुनबाट रोक्ने प्रयास गरेँ, जसमा उनको कर्तव्यकै हिस्सा रहेका प्रोजेक्टहरू पनि थिए। मलाई यदि उनले राम्रो काम गरिन् भने, ब्रदर-सिस्टरहरूले उनलाई अझै सम्मान गर्नेछन् र तुलनात्मक रूपमा म अझै खराब देखिनेछु भन्ने चिन्ता लाग्यो। मार्शालाई काम दिनबाट रोक्नको लागि मैले माथिल्लो स्तरकी अगुवालाई समेत बहकाएँ … यी बानीबेहोरालाई हेर्दा, ममा साँच्चै मानवताको कमी छ र मैले आफ्नो हैसियतलाई जोगाउन स्पष्ट रूपमै अरूलाई बहिष्कार गरिरहेकी छु भन्ने मलाई थाहा भयो। ख्रीष्टविरोधीहरूले अख्तियारलाई नै सबैभन्दा माथि राख्छन् र मण्डलीका काम वा हितहरूको बारेमा कहिल्यै विचार गर्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, तिनीहरूले आफ्नै हैसियतको बारेमा मात्रै वास्ता गर्छन् र जब कुनै व्यक्ति तिनीहरूभन्दा प्रतिभावान् देखिन्छ र तिनीहरूको हैसियतमा चुनौती आइलाग्छ, तब तिनीहरूले त्यो व्यक्तिलाई दमन गर्न र एक्ल्याउन सक्दो सबै गर्छन् र उसको जिम्मेवारीको कुनै पनि कर्तव्यमा महत्त्वपूर्ण भूमिका खेल्नबाट रोक्छन्। के मेरो व्यवहार ख्रीष्टविरोधीको भन्दा फरक थियो र? मैले त मण्डलीको काम मेरो आफ्नै व्यक्तिगत सम्पत्ति हो जस्तो गरी व्यवहार गरेँ। कसलाई कुन कर्तव्य र कति काम दिने भनेर विचार गर्ने क्रममा, म सधैँ तिनीहरूले मेरो हैसियत र प्रतिष्ठामा चुनौती दिन्छन् कि दिँदैनन् भन्ने बारेमा चिन्ता गर्थेँ। यसले मण्डलीको काममा कसरी असर पुर्याउँछ भन्नेबारेमा म अलिकति पनि विचार गर्दिनथेँ। मैले आफ्नो हैसियतलाई जोगाउनको लागि मानिसहरूलाई दमन गर्ने र एक्ल्याउनेसमेत गरेँ, र यसरी आफ्नो ख्रीष्टविरोधी स्वभाव प्रकट गरेँ। म साँच्चै नै खराब थिएँ।
मैले यो खण्ड भेट्टाएँ: “जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अधिकारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किच्छन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किच्ने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू असंयमित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरू ज्यादै नै ईर्ष्यालु हुन्छन् र तिनीहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतको अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्वरको डर मान्दैनन्, तिनीहरू आफैलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक कुरालाई परमेश्वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्वर उल्लेखयोग्य हुनुहुन्न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ नै हुँदैन। के आफ्नो हृदयमा परमेश्वरका निम्ति कुनै स्थान नहुने, र परमेश्वरको डर मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू जोसका साथ यताउता गएर आफूलाई व्यस्त राख्छन् र अत्यधिक मेहनत लगाउँछन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्वरप्रति समर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै ख्याति र हैसियतका लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको व्यक्ति डरलाग्दो हुन्छ भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन? के तिनीहरू हदैसम्म अहङ्कारी होइनन् र? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्वरको डर मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दुष्ट र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका वर्गमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै हुँदैन र तिनीहरूले जस्तोसुकै दुष्टता गर्न सक्छन्। तिनीहरू परमेश्वरका शत्रु हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रु हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, मलाई उहाँले मेरै अगाडि बसेर मलाई न्याय गरिरहनुभएको छ जस्तो लाग्यो। मार्शाले रेखदेख गर्ने काममा कुनै ठूलो समस्या छैन भन्ने कुरा स्पष्ट थियो, तर उनीबाट मेरो हैसियत खतरामा परेको हुनाले, मैले उनलाई दमन गर्ने उपाय खोजेँ, मौकाको फाइदा उठाउँदै माथिल्लो स्तरकी अगुवाको अघि उनलाई होच्याएँ, र अगुवालाई बहकाएर मार्शालाई कम काम दिलाउने आशा गरेँ ताकि उनले अरूबाट थप सम्मान प्राप्त नगरून् र मेरो पदलाई प्रतिस्थापन नगरून्। आफ्नो हैसियतलाई दह्रिलो बनाउन मैले अरूलाई दबाउने र दण्ड दिेने काम गरेँ। के ममा परमेश्वरको भय मान्ने कुनै हृदय थियो र? म शैतानी विषहरूअनुसार जिउँथेँ, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” र “समस्त ब्रह्माण्डमा सर्वोच्च शासक म मात्र हुँ।” म एकदमै स्वार्थी र अहङ्कारी थिएँ। मैले निरंकुश र एकतन्त्री चिनियाँ कम्युनिस्ट पार्टीको बारेमा सोचेँ, जसले आफ्नो स्थान खतरामा पार्ने जोसुकैलाई दबाउने र एक्ल्याउने गर्छ। के म पनि त्यस्तै थिइनँ र? म प्रतिभावान् र आफ्नो काममा प्रभावकारी हुने हरेक ब्रदर-सिस्टरलाई दबाउँथेँ। मैले मण्डलीमा आफ्नो अख्तियार स्थापित गर्ने प्रयास गरेँ र ब्रदर-सिस्टरहरूलाई मेरो मात्रै आदर गर्न र हृदयमा मलाई राख्न लगाउन चाहेँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! मलाई ती ख्रीष्टविरोधीहरूको याद आयो जसले आफ्नो हैसियतलाई कायम गर्न मानिसहरूलाई दण्ड दिन र दुर्व्यवहार गर्न हरसम्भव साधन प्रयोग गर्छन्, तिनीहरूको हैसियतमा चुनौती दिनेलाई आफ्नो आँखाको तारो ठान्छन्, तिनीहरूलाई गलत दोष लगाउँछन्, दण्ड दिन्छन्, र तिनीहरू निष्कासित नभएसम्म त्यसो गर्न छोड्दै छोड्दैनन्। यस प्रकारका हर दुष्कर्म गरेपछि, अन्तिममा ती ख्रीष्टविरोधीहरूलाई परमेश्वरको घरबाट बहिष्कार गरिएको थियो। यदि मैले त्यही काम जारी राखेको भए र पश्चात्ताप गर्न चुकेको भए, के मेरो पनि नियति त्यस्तै हुँदैनथ्यो र? परमेश्वरले ख्रीष्टविरोधीहरूलाई कसरी चिन्ने, र ख्रीष्टविरोधीको मार्गमा हिँड्नबाट कसरी बच्ने भन्नेबारेमा सङ्गति गर्दै आउनुभएको छ। परमेश्वरले सत्यताको यस पक्षको बारेमा स्पष्ट रूपमा सङ्गति गर्नुभएको छ, ताकि हामीले ख्रीष्टविरोधीहरूलाई चिन्न सकौँ, हाम्रो आफ्नै ख्रीष्टविरोधीको जस्तो बानीबेहोराको बारेमा मनन गर्न, र सत्यता, पश्चात्ताप र रूपान्तरणको पछि लाग्न सकौँ। तर मैले आफ्नो काममा आफ्नै ख्रीष्टविरोधी स्वभावलाई समाधान गर्नेबारेमा ध्यान दिइनँ, र कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र मण्डलीको कामको रक्षा गर्ने भनेर मनन गरिनँ। बरु, मैले हैसियतको लागि होड गरेँ, मेरो कर्तव्यलाई आफ्नै व्यक्तिगत उद्यमको रूपमा लिएँ, हैसियत र ब्रदर-सिस्टरहरूको आदर पाउने साधनको रूपमा लिएँ, र आफ्नो कर्तव्यमा हर अख्तियार चाहेँ। म आफ्ना इच्छाहरूको बहकाउमा परेँ।
एकपटक भक्तिको समयमा, मैले परमेश्वरको वचनका एकदमै उपयोगी दुई खण्डहरू भेट्टाएँ। परमेश्वरका वचनहरूले भन्छन्: “यदि अगुवा वा कामदारको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरूमा लिप्त हुन्छस्, आफ्नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यममा संलग्न हुँदै, र सधैँ उच्च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र उच्च पदमा बढुवा हुन खोज्नुले समस्या निम्त्याउँछ। सरकारी पद जस्तो महत्त्वपूर्ण कर्तव्यमा रमाउनु अत्यन्तै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तै व्यवहार गर्छस्, अरू कसैसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्ति विकेन्द्रीकृत गर्न र अरू मानिसहरूसँग बाँड्न चाहँदैनस्, अरूले तँलाई उछिनून्, ओझेलमा पारून् भन्ने चाहँदैनस्, यदि तँ एक्लै शक्तिको आनन्द लिन मात्रै चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तँ सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, मनसाय र विचारहरू विरुद्ध विद्रोह अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नका लागि निष्कपट रूपमा मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरू ध्यानपूर्वक सुन्न, र जोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाह स्विकार्न सक्छस् भने, तैँले अभ्यास गरिरहेको तरिका बुद्धिमानी र सही छ, र यसले तँलाई गलत मार्ग लिनबाट जोगाउनेछ, र तेरा लागि सुरक्षा प्रदान गर्नेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। “तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो। विशेष गरी, परमेश्वरको सेवा गर्नु सानोतिनो कुरा होइन, र तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! मानिसहरूमा शैतानी स्वभावहरू हुन्छन्, र तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, ‘मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?’ परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू ख्याति, प्राप्ति र हैसियत मात्र पछ्याउँछन्, अनि शक्तिमा रहन, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरूमा लिप्त हुन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्वरको विरोध गर्नु हो! आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, प्राप्ति र हैसियत मात्रै पछ्याउने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा कामदारको रूपमा, तैँले परमेश्वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिका लागि काम गरिरहेको छैनस्, त्यो त परै जाओस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्। बरु, तैँले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। विशेष गरी परमेश्वरको आज्ञाबाट नै यो कर्तव्य आयो। त्यसैले यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसका लागि परमेश्वरप्रति जवाफदेही हुनुपर्नेछ; अन्त्यमा, परमेश्वरलाई एउटा लेखा दिनैपर्छ, एउटा परिणाम निक्लिनैपर्छ। किनभने तैँले जे स्वीकार गरेको छस् त्यो परमेश्वरको आज्ञा हो, एउटा पवित्र जिम्मेवारी हो, र त्यसकारण यो जिम्मेवारी जति नै महत्त्वपूर्ण वा सानो भए पनि, यो गम्भीर कुरा हो। यो कति गम्भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्वरको विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्वरले लेखा राख्नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्नेबारेमा उहाँका आफ्नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; परमेश्वर तेरो कर्तव्य निर्वाहको सम्पूर्णताका आधारमा तेरो परिणाम निर्धारित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। विगतमा, अगुवाको पदलाई म हैसियतको प्रतीक मान्थेँ। परमेश्वरका वचनहरू पढिसकेपछि मात्रै मलाई मेरो कर्तव्य परमेश्वरले दिनुभएको आज्ञा हो भन्ने महसुस भयो। यो परमेश्वरले दिनुभएको जिम्मेवारी हो, र हैसियत र अख्तियारसँग यसको कुनै सम्बन्ध छैन। मण्डलीमा आफ्नो कर्तव्य निभाउँदा, उच्च र निम्न हैसियतको कुनै भिन्नता हुँदैन। हरेकले आ-आफ्नो स्थानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्छन्। अगुवा बनेपछि, मैले अभ्यास गर्ने कैयौँ मौका पाएँ, र क्रमिक रूपमा म सिद्धान्तहरूअनुसार काम गर्न सिक्दै थिएँ र केही सत्यता बुझ्दै थिएँ। परमेश्वरले सिद्धान्तहरू बुझेका प्रतिभावान् ब्रदर-सिस्टरहरूलाई मसँग काम गर्न खटाउनुभएको थियो ताकि मैले आफ्नो कर्तव्यमा सक्दो उत्कृष्ट काम गर्न सकूँ, र मण्डलीको काम राम्ररी गर्न सकूँ। तर मैले सत्यताको पछि लाग्ने र अरूसँग मैत्रीपूर्ण ढङ्गले काम गर्नमा ध्यान दिइनँ। बरु, मैले हैसियतलाई प्यारो ठानेँ र आफ्नो हैसियतलाई कायम राख्नको लागि अरूलाई दबाउने र एक्ल्याउने काम गरेँ, र यसरी ब्रदर-सिस्टरहरूको अभ्यास गर्ने मौका खोसेँ। मैले मेरा ब्रदर-सिस्टरहरूलाई हानि मात्र गरेकी थिइनँ, मण्डलीको काममा समेत असर पारेकी थिएँ। मेरा सबै बानीबेहोरालाई हेर्दा त, म साँच्चै नै अगुवा बन्न योग्य थिइनँ। म यो गलत मार्गमा हिँडिरहन चाहन्नथेँ। बस आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना जिम्मेवारीहरू इमान्दारीपूर्वक र व्याववहारिक रूपमा अघि बढाउन चाहन्थेँ। त्यसपछि, म आफ्नो कर्तव्यमा अझै बढी लागिपर्न थालेँ र अरूहरू मार्शालाई प्रश्नहरू सोध्न जाँदा, मलाई पहिलेजस्तो नराम्रो लाग्न छोड्यो, र तिनीहरूले मेरो सट्टा उनलाई सोध्छन् भन्नेबारेमा चिन्ता गर्न छोडेँ। मैले हाम्रो कर्तव्य पूरा गर्नको लागि मार्शासँग मिलेर उत्कृष्ट रूपमा कसरी काम गर्ने भनेर मात्रै विचार गर्थेँ। मार्शाले आफ्नो काममा समस्याहरू सामना गरिरहेको देख्दा, म उनीसँग कुराकानी गर्थेँ र सबै कुरालाई ठीक ठाउँमा ल्याउन सहयोग गर्थेँ। जब कुनै प्रोजेक्टहरू बिस्तारै अघि बढिरहेका हुन्थे, तब कसरी कार्यकौशलता बढाउने भनेर म उनीसँग छलफल गर्थेँ। ममा बुझाइको कमी हुँदा वा कुनै निश्चित समस्या कसरी सम्हाल्ने भनी मलाई थाहा नहुँदा, म सङ्गतिको लागि उनीकहाँ जान्थेँ। समय बित्दै जाँदा, हामीले सँगै मिलेर झन्झन् राम्ररी काम गर्दै गयौँ र मलाई निकै स्थिर र स्वतन्त्र महसुस भयो।
मैले परमेश्वरका वचनहरूको यो खण्ड पनि याद गरेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मलाई के थाहा भयो भने, प्रतिभाहरूको वृद्धि-विकास गर्नु अगुवाको जिम्मेवारी र मण्डलीको कामको आवश्यकता हो। यो अनुभवले मलाई यो काम कति अर्थपूर्ण छ भन्ने कुरा बुझ्न मदत गर्यो। एक हिसाबमा, यो परमेश्वरको घरको समग्र कामको लागि फाइदाजनक हुन्छ, र यसले धेरैभन्दा धेरै मानिसहरूलाई कर्तव्य पूरा गर्न आफ्नो प्रतिभाको प्रयोग गर्ने मौका दिन्छ, र यसरी परमेश्वरको घरको काम अझै अघि बढ्छ। अर्को हिसाबमा, यसले ब्रदर-सिस्टरहरूलाई थप अभ्यास गर्ने मौका पनि दिन्छ, र यसले तिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्याउँछ। यी सबै असल कार्यहरू हुन् र परमेश्वरले यी कार्य स्मरण गर्नुहुनेछ। सम्झेर हेर्दा, मार्शा मेरो लागि निकै ठूलो मदत थिइन्। उनले मलाई केही सिद्धान्तहरू बुझ्न र केही प्रगति गर्न सहयोग गरिन् र हाम्रो काम अझै सहजताको साथ अघि बढ्यो। परमेश्वरका मापदण्डहरू पालना गर्नु र कर्तव्य पूरा गर्नको लागि अरूसँग मिलेर काम गर्न सिक्नु कति महत्त्वपूर्ण छ भन्ने मैले महसुस गरेँ। यसरी मात्रै हामीले राम्रोसित मण्डलीको काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न सक्छौँ।
यस अनुभवबाट मैले, मेरो शैतानी स्वभाव र भ्रामक दृष्टिकोणहरूको बारेमा केही बुझाइ प्राप्त गरेँ, अनि नाम र हैसियतको चाह त्याग्न र आफ्नो कर्तव्य पूरा गर्न सकेँ। यो मेरो लागि परमेश्वरको मुक्ति थियो। परमेश्वरलाई धन्यवाद होस्!
वाङ्ग शेन, चीनसन् २०१९ मा, म भिडियो समूहको टोली अगुवाको रूपमा छानिएँ। मैले मनमनै सोचेँ, “म साँच्चै सक्षम छु जस्तो छ, नत्र भने उहाँहरूले...
फ्र्यान्क्लिन, स्पेनमे २०२३ मा, म धेरैवटा मण्डलीको सुसमाचार कामको जिम्मेवार थिएँ। जब मैले मसँगै काम गरिरहेका केही ब्रदर-सिस्टरलाई...
मेलानी, फिलिपिन्सपहिले म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्थेँ, तर मेरो क्षमता अलि कमजोर भएकाले, मैले धेरै सत्यताहरू स्पष्ट रूपमा...
जिआओ हान, चीनलिङ सीन खाली सडकमा आफ्नो बाइक चलाउँदै थिइन्। यो हिउँदको सबैभन्दा चिसो समय थियो, र अत्यन्त ठण्डा हावाले उनलाई रोक्नै नसक्ने गरी...