जब हैसियतको इच्‍छा देखा पर्छ

28 अक्टोबर 2025

जुलाई २०२० मा, मैले ब्रदर झाओ झिजियान र सिस्टर लि मुक्सिन सँग मलजलको काम सम्‍हालिरहेकी थिएँ। तिनीहरूले भर्खरै तालिम लिन थालेका थिए, त्यसकारण मैले तिनीहरूलाई जतिसक्दो चाँडो सिद्धान्तहरू बुझ्‍न र कामबारे परिचित हुन सहयोग गरेँ, र तिनीहरूले नबुझेको कुरा मलाई सोध्थे। केही समयपछि, तिनीहरू दुवैमा केही सबल पक्ष रहेछन् भन्‍ने मैले देखेँ। झिजियानको क्षमता राम्रो थियो र तिनी सिद्धान्तहरू चाँडै सिक्थे, र मुक्सिन निकै सक्षम थिइन्—उनी निकै सुव्यवस्थित र दक्ष थिइन्। कामको जिम्‍मा दिइँदा, तिनीहरूले नयाँ विश्‍वासीहरूका कठिनाइ हटाउन परमेश्‍वरका वचनहरू तुरुन्तै भेट्टाउन सक्थे। मलाई त तिनीहरूको तुलनामा आफू फिका परेको जस्तो लाग्यो। म त्यति दक्षतासाथ काम गर्दिनथेँ र म तिनीहरूले जस्तो चाँडो बुझ्‍न सक्दिनथेँ। मैले नयाँ विश्‍वासीहरूका समस्याहरूलाई निकै बेर मनन गर्नुपर्थ्यो। म तिनीहरूको तुलनामा सबै कुरा ढिलो गर्थेँ र मलाई ती काम बोझिलो लाग्थ्यो। पछि, कामसित अझ परिचित भएपछि, तिनीहरूले क्रमिकरूपमा मुख्य भूमिका लिन थाले। कहिलेकहीँ हामीले मलजलकर्ताहरूको प्रश्‍नको जवाफ सँगै दिनुपर्थ्यो, किनभने मैले आफ्‍नो भागको सबै काम सकाएकी हुँदिनथेँ, मुक्सिन यसो भन्थिन्, “चिन्ता नगर्नुहोस्, हामीले सिधै जवाफ दिन सक्‍ने केही सरल प्रश्‍न मात्रै रहेछन्।” यो सुन्दा मलाई अप्ठ्यारो लाग्थ्यो। के मैले ढिलो काम गर्ने भएकोले मसँग छलफल गर्दा सबै कुरामा ढिलो हुनेछ भन्‍ने तिनीहरूलाई डर लागेको होइन र? मलाई बेवास्ता गरिएजस्तो लाग्यो, जुन पहिले कहिल्यै अनुभव गरेकी थिइनँ। मलाई असन्तुष्टसमेत लाग्यो: किन ममा क्षमताको यति कमी छ? म लचिलो भएर सोच्दिनथेँ र तुरुन्तै प्रतिक्रिया दिँदिनथेँ। म तिनीहरूजस्ता जवान वा बाठो थिइनँ—तिनीहरू सबै कुरामा प्रभावकारी थिए। के त्यहाँदेखि त म सबैभन्दा असक्षम बन्‍नेथिइनँ र? तिनीहरूले मलाई के ठान्‍नेथिए? सायद तिनीहरूले मैले यति धेरै समय मलजलको काम गरेपछि पनि, म अझै तिनीहरूभन्दा तल्‍लो स्तरमा छु, तर तिनीहरू त भर्खरै तालिम लिएकाहरू हुन् भनेर भन्‍नेथिए। त्यो त निकै लाजमर्दो हुनेथ्यो। म सिपालु छैन भन्‍ने तिनीहरूले नसोचून् भनेर, मैले गुप्तमा काम गर्न थालेँ, हरेक दिन नयाँ विश्‍वासीहरूसँग भेट्न थप समय लगाएँ, र परमेश्‍वरका वचनहरू खोजेर नयाँ विश्‍वासीहरूका समस्याबारे विचार गर्ने प्रयास गरेँ। मलाई त लुगा धुनु र खाना खानु पनि समयको बरबादी हो जस्तो लाग्यो, र म परमेश्‍वरलाई धेरै प्रार्थना गर्थेँ र आफ्‍नो कर्तव्यमा प्रभावकारी हुन सकूँ भनेर सहयोग माग्थेँ। तर अवस्था ठिक उल्टो भयो—मैले जति नै परिश्रम गरे पनि, मेरो प्रभावकारिता घट्दै गयो। थाहै नपाई मैले आफ्‍नो कर्तव्यप्रति जोसजाँगर गुमाएँ र मैले धेरै समस्या आफ्ना सहकर्मीहरूलाई सम्‍हाल्‍न लगाइरहेकी थिएँ। ममा क्षमताको कमी रहेछ, त्यसैले आफूले गर्न सक्ने काम मात्र गर्छु भन्‍ने मलाई लाग्यो। म झन्-झन् खराब स्थितिमा डुब्दै गएँ, आफ्‍नो कर्तव्यमा निकै निष्क्रिय भएँ, र मैले आफ्‍नो कामका समस्याहरू देख्‍न छोडेँ। म असल स्थितिमा छैन भन्‍ने देखेर, मेरा दुई सहकर्मीले मलाई सङ्गति दिए, तर मैले त्यो स्वीकार गरिरहेकी थिइनँ। मैले आफ्‍नो स्थिति कहिल्यै सुधार्न सकिनँ र कतिपय समस्या समयमा समाधान हुन सकेनन्, जसले मलजल कामको मेरो प्रस्तुतिमा असर पुर्‍याइरहेको थियो।

अगुवाले मेरो स्थितिबारे थाहा पाएपछि मसँग सङ्गति गरे। उनले योसँग मेरो क्षमताको कुनै सम्‍बन्ध छैन, तर मैले नाम र हैसियतको अत्यधिक चाहना गरेकोले यस्तो भएको हो, र मेरो स्थितिले हाम्रो काममा बाधा नपुऱ्याओस् भनेर मैले यो जतिसक्दो चाँडो परिवर्तन गर्नुपर्छ भनेर भनिन्। मैले म राम्रो स्थितिमा छैन र ममा आफ्नो कर्तव्यप्रति जिम्‍मेवारीको बोध छैन, र पहिले समाधान गर्न सक्‍ने समस्याहरू समाधान गर्न नसक्‍ने अवस्थामा पुगेकी छु भन्‍ने थाहा पाएँ। म पवित्र आत्‍माको अन्तर्दृष्टि अनुभूति गर्न सक्दिनथेँ; म चेतनाशुन्य र मन्द बुद्धिको भएकी थिएँ। प्रभु येशूले भन्‍नुभएको यो वचन मलाई याद आयो: “किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ(मत्ती १३:१२)। मैले पक्‍कै पनि परमेश्‍वरको इच्छाअनुरूप काम गरिरहेकी थिइनँ, त्यसकारण उहाँले मबाट अनुहार लुकाइरहनुभएको थियो। मलाई अलिक डर लाग्यो, र प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो कर्तव्य निकै बोझिलो छ र म तपाईंको मार्गदर्शन अनुभूति गर्न सक्दिनँ। बिन्ती छ मलाई अन्तर्दृष्टि र डोऱ्याइ दिनुहोस्, र मलाई आत्मचिन्तन गरेर आफ्ना समस्याहरू बुझ्‍ने, र आफ्नो गलत स्थिति सुधार्ने मौका दिनुहोस्।” त्यसपछि मैले मेरो स्थिति समाधान गर्ने परमेश्‍वरका वचनहरू भेट्टाएँ। परमेश्‍वर भन्नुहुन्छ, “प्रभु येशूले एकपटक भन्‍नुभयो, ‘किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ’ (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्‍वरले तँसित भएका कुरा ‘खोस्‍नुहुनेछ’। ‘खोस्‍नुहुनेछ’ भन्‍नुको अर्थ के हो? मानवको रूपमा त्यो कस्तो लाग्छ? हुन सक्छ, तैँले आफ्नो क्षमता र गुणद्वारा प्राप्त गर्न सक्‍ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै अविश्‍वासीजस्तै छस्। परमेश्‍वरले सबै कुरा खोस्‍नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र इमानदार छैनस् भने, परमेश्‍वरले तँसित भएका कुरा खोस्‍नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। … यदि तँलाई आफ्नो कर्तव्य निभाउनु सधैँ निरर्थक लाग्छ भने, यदि तँलाई गर्नुपर्ने कुनै कुरा नै छैन जस्तो लाग्छ र तैँले आफूलाई योगदान दिन सक्‍ने अवस्थामा पुर्‍याउन सक्दैनस् भने, यदि तैँले कहिल्यै अन्तर्दृष्टि पाएको छैनस् र तैँले प्रयोग गर्न सकिने कुनै चातुर्य वा बुद्धि आफूमा नभएको महसुस गर्छस् भने, यो एक समस्या हो: यसले के देखाउँछ भने तँसँग आफ्‍नो कर्तव्य पूरा गर्ने सही अभिप्राय वा सही मार्ग छैन, र परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न, र तेरो स्थिति अस्वाभाविक छ। तैँले मनन गर्नैपर्छ: ‘मसँग किन आफ्‍नो कर्तव्य पूरा गर्ने मार्ग छैन? मैले यसको अध्ययन गरेको छु, र यो मेरो व्यावसायिक दायरामा पर्छ—म यसमा सिपालु पनि छु। मैले आफ्‍नो ज्ञान लागू गर्ने प्रयास गर्दा किन सक्दिनँ? म यसलाई किन प्रयोग गर्न सक्दिनँ? के भइरहेको छ?’ के यो संयोग हो? यहाँ एउटा समस्या छ। जब परमेश्‍वरले कसैलाई आशिष दिनुहुन्छ, तब ऊ बुद्धिमान् र ज्ञानी, सबै कुरा स्पष्ट बुझ्‍ने, उत्सुक, चनाखो र विशेष गरी सिपालु हुन्छ; उसँग कौशलता हुनेछ आफूले गर्ने हरेक कुराद्वारा ऊ उत्प्रेरित हुनेछ, र आफूले गर्ने हरेक कुरा सहज हुनेछ र आफूलाई कुनै कठिनाइले रोक्न सक्दैन भन्‍ने उसले सोच्नेछ—उसले परमेश्‍वरबाट आशिष पाउँछ। यदि कसैलाई सबै कुरा असाध्यै कठिन लाग्छ, र उसले जुनसुकै काम गरिरहेको भए पनि, ऊ अडभङ्गे, हास्यसपद, र मूर्ख छ, उसलाई जे भने पनि बुझ्दैन भने, यसको अर्थ के हो? यसको अर्थ उसँग परमेश्‍वरको मार्गदर्शन छैन र उसँग परमेश्‍वरको आशिष छैन। कतिपय मानिसहरू यसो भन्छन्, ‘मैले आफूलाई अर्पेको छु, र पनि कसरी म परमेश्‍वरको आशिष देख्दिनँ?’ यदि तँ केवल आफूलाई अर्पण गर्छस् र प्रयास गर्छस्, तर सिद्धान्तहरूअनुसार काम गर्न खोज्दैनस् भने, तैँले आफ्‍नो कर्तव्यमा झारा टारिरहेको छस्। तैँले कसरी पो परमेश्‍वरका आशिषहरू देख्‍न सक्छस् र? यदि तँ आफ्‍नो कर्तव्य पूरा गर्दा सधैँ लापरवाह हुन्छस् र कहिल्यै विवेकशील हुँदैनस् भने, पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि वा प्रकाश दिनुहुनेछैन, र तैँले परमेश्‍वरको मार्गदर्शन वा उहाँको काम प्राप्त गर्नेछैनस्, र तेरा कामहरूले कुनै फल फलाउनेछैनन्। मानव सामर्थ्य र ज्ञानमा भरोसा गरेर कर्तव्य राम्ररी पूरा गर्नु वा मामिला सम्हाल्नु अत्यन्त गाह्रो हुन्छ। हरेकले मैले केही न केही जानेको छु, ममा केही सीप छ भन्‍ने सोच्छ, तर तिनीहरूले काम राम्ररी गर्दैनन्, र सधैँ काम बिगार्छन्, जुन टिकाटिप्पणी र हाँसोको विषय बन्छ। यो एउटा समस्या हो। कुनै व्यक्ति त्यति जान्‍ने नहुन सक्छ तर उसले आफूलाई जान्‍ने ठान्छ र ऊ कसैको सामु झुक्दैन। यो मानिसको प्रकृतिमा रहेको समस्या हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचन पढिसकेपछि म अलिक अत्तालिएँ। अचेल मलाई सबै कुरा कठिन र थकाइलाग्दो लागिरहेको थियो। मैले आफ्‍नो काममा समस्याहरू देखिरहेकी थिइनँ, र पहिले आफूले समाधान गर्न सक्‍ने समस्याहरू सामना गर्दा मलाई असहाय महसुस हुन्थ्यो। किनभने म विद्रोही स्थितिमा अल्झिरहेकी थिएँ र परमेश्‍वरले मबाट आफ्‍नो अनुहार लुकाइरहनुभएको थियो। म असंवेदनशील र गुँगो, मूर्ख र मन्दबुद्धिको भएकी थिएँ। मैले नयाँ विश्‍वासीहरूलाई मलजल गरेको धेरै भएको थियो र मैले दर्शनहरूका केही सत्यता बुझेकी थिएँ, र केही सिद्धान्तहरू जानेकी थिएँ। म समय बित्दै जाँदा आफ्‍नो कर्तव्यमा अझै सिपालु हुँदै जानु तर्कसङ्गत हुन्थ्यो, तर म त यसमा झन्-झन् खराब हुँदै गइरहेकी थिएँ। म पवित्र आत्‍माको अन्तर्दृष्टि अनुभूति गर्न सक्दिनथेँ, र आफ्नो कर्तव्यप्रति मेरो मनोवृत्ति परमेश्‍वरको लागि घृणास्पद थियो। मैले परमेश्‍वरका वचनहरूबाट उहाँको धार्मिकता र पवित्रता देख्‍न सकेँ। यदि उहाँले मानिसहरूलाई आशिष दिनुहुन्छ वा तिनीहरूबाट खोस्‍नुहुन्छ भने, यो सिद्धान्तहरूमा आधारित नै हुन्छ। जब मानिसहरूले आफ्‍नो कर्तव्यमा मन लगाउँछन्, यसमा सर्वस्व सुम्पन्छन्, र तिनीहरूको अभिप्राय परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने हुन्छ, तब सहजै पवित्र आत्‍माको काम प्राप्त गर्छन्। तिनीहरूमा अन्तर्ज्ञान हुन्छ र तिनीहरूले आफ्‍नो कर्तव्यका समस्याहरू पत्ता लगाउन सक्छन्, र ती कसरी समाधान गर्ने सो तिनीहरूलाई थाहा हुन्छ। तिनीहरू आफ्‍नो कर्तव्यमा झन्-झन् सिपालु हुँदै जान्छन्। यदि मानिसहरू आफ्‍नो कर्तव्यमा इमानदार हुँदैनन्, सधैँ प्रतिष्ठा र हैसियतबारे सोचिरहन्छन् भने, तिनीहरूलाई पवित्र आत्‍माको काम प्राप्त गर्न गाह्रो हुन्छ। त्यसपछि तिनीहरू झन्-झन् चेतनाशुन्य र गुँगो हुँदै जान्छन्, र पहिले देखाउन सकेका सक्षमता देखाउन सक्दैनन्। त्यसरी कर्तव्य राम्ररी पूरा गर्नु असम्‍भव हुन्छ। मैले त्यस अवधिमा आफ्नो स्थितिबारे मनन गरेँ। मैले मेरा दुई सहकर्मीसँग काम गर्न थालेपछि, ममा बोझको अनुभूति थियो र तिनीहरूलाई जतिसक्दो चाँडो काम सिक्‍न सहयोग गर्न सकेँ, तर मलाई तिनीहरूले चाँडो प्रगति गरिरहेका छन् र तिनीहरू हरेक तरिकामा मभन्दा सिपालु छन् भन्‍ने थाहा भएपछि, खतरा महसुस भयो—मलाई आफ्नो नेतृत्वको भूमिका गुम्छ भन्‍ने डर भयो, त्यसकारण म पथभ्रष्ट हुन थालेँ। म तिनीहरूले मेरो कमजोरी नदेखून् भन्‍ने चाहन्थेँ, त्यसकारण राती अबेरसम्‍म कडा परिश्रम गर्थेँ। मलजल गर्नमा अझै प्रभावकारी बन्‍न, मैले नयाँ विश्‍वासीहरूसँग भेला हुन अझै धेरै समय लगाएँ। तर मैले जति नै कडा परिश्रम गरे पनि, जस्तो मूल्य चुकाए पनि, तिनीहरूले भन्दा कमै उपलब्धि प्राप्त गरेँ। मैले आफ्ना सबै शक्ति सहकर्मीहरूसँग प्रतिस्पर्धा गर्नमा लगाएँ। मैले आफ्‍नो काममा अझै धेरै उपलब्धि पाउन र इज्‍जत बचाउन परमेश्‍वरलाई गुहारसमेत मागेँ। म साह्रै अविवेकी थिएछु। मैले परमेश्‍वरलाई प्रयोग गरिरहेकी थिएँ, उहाँलाई धोका दिइरहेकी थिएँ—त्यो कसरी कर्तव्य पूरा गरेको भो र? मलाई साह्रै पछुतो भयो र परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले नाम र हैसियतको पछि लाग्दै आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिरहेकी छैनँ। म मलजलको काममा बाधा बनेकी छु। म तपाईंको अघि पश्‍चात्ताप गर्न चाहन्छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो लागि निकै उपयोगी भयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तैँले आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो योग्यता, तेरो क्षमताको उचाइ, तेरो मानवता, तेरो सबल पक्ष, तेरा सीपहरूमा आधारित हुँदैन; यो तँ सत्यता स्विकार्ने र सत्यता अभ्यास गर्न सक्‍ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरामा आधारित हुन्छ। यदि तैँले सत्यता अभ्यास गरेर अरूसँग उचित व्यवहार गर्न सक्छस् भने, तैँले अरूसँग मिलेर सहकार्य गर्न सक्छस्। व्यक्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र अरूसँग मिलेर सहकार्य गर्न सक्छ कि सक्दैन भन्‍ने कुरोको चुरो उसले सत्यता स्वीकार र पालना गर्न सक्छ कि सक्दैन भन्‍ने नै हो। मानिसहरूको क्षमता, वरदान, योग्यता, उमेर इत्यादि कुरा प्रमुख होइनन्, ती सब गौण कुरा हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। प्रवचन सुनेपछि, सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्न सक्‍नेहरूले यो सही हो भनेर स्वीकार गर्छन्। वास्तविक जीवनमा, तिनीहरूले मानिस, घटना, र वस्तुहरूको सामना गर्दा, यी सत्यताहरू कार्यान्वयन गर्छन्। तिनीहरूले सत्यता अभ्यास गर्नेछन्, यो तिनीहरूको आफ्‍नै वास्तविकता, र तिनीहरूको जीवनको भाग बन्नेछ। यो तिनीहरूको चालचलन र काम गर्ने शैलीको मार्गनिर्देशन र सिद्धान्त बन्छ; यो तिनीहरूले जिउने र देखाउने कुरा बन्नेछ। प्रवचन सुन्दा, सत्यतालाई प्रेम नगर्नेहरूले पनि यसलाई सही भनी स्वीकार गर्छन्, र यो सबै बुझेको छु भनी सोच्छन्। तिनीहरूले आफ्‍नो हृदयमा धर्मसिद्धान्तहरू रेकर्ड गरेका हुन्छन्, तर तिनीहरूले कुनै काम गर्दा विचार गर्ने सिद्धान्त र मार्गनिर्देशनहरू के-के हुन्छन्? तिनीहरू सधैँ आफ्‍नै हितहरूअनुसार कामकुरालाई विचार गर्छन्; तिनीहरू सत्यता प्रयोग गरेर कामकुरालाई विचार गर्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दा आफूलाई घाटा हुन्छ, र अरूले आलोचना गर्छन् र तुच्छ ठान्छन्, अनि आफ्नो इज्‍जत जान्छ भनेर डराउँछन्। तिनीहरू घरी यो घरी त्यो सोच्छन्, र अन्तिममा यस्तो विचार गर्छन्, ‘म आफ्‍नै हैसियत, प्रतिष्ठा, र हितहरूको मात्रै रक्षा गर्नेछु, मुख्य कुरो यही हो। यी कुराहरू पूरा भएपछि, म सन्तुष्ट हुनेछ। यदि यी कुराहरू पूरा भएनन् भने, मलाई सत्यता अभ्यास गर्दा खुसी मिल्‍नेछैन्, न त आनन्द नै हुनेछ।’ के यो सत्यताली प्रेम गर्ने व्यक्ति हो? अवश्य नै होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने पर्याप्तरूपमा कर्तव्य पूरा गर्नु कसैको क्षमता वा वरदान, वा उसको उमेरसँग सम्बन्धित हुँदैन। मुख्य कुरा भनेको तिनीहरूले सत्यतालाई प्रेम गर्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। यदि तिनीहरू सत्यतालाई प्रेम वा अभ्यास गर्दैनन्, तर बोली र काममा आफ्‍नो इज्‍जत र हैसियतबारे मात्रै सोच्छन्, अनि मण्डलीको काम कायम राख्दैनन् भने, तिनीहरूको क्षमता वा वरदान जति नै उच्‍च भए पनि, तिनीहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्न गाह्रो हुनेछ। तर म त सधैँ राम्रो क्षमता र लचिलो सोचाइ भएको व्यक्ति आफ्‍नो कर्तव्यमा सिपालु हुन्छ, तर पाका र कमजोर क्षमता भएकाहरू जति नै परिश्रम गरे पनि सफल हुँदैनन् भन्‍ने सोच्थेँ। मैले सत्यता बुझेकी थिइनँ, तर म सधैँ मानिस र परिस्थितिहरूलाई आफ्‍ना धारणाहरूको आधारमा हेर्थेँ। म कति मूर्ख र अज्ञानी थिएछु! परमेश्‍वर हरेकलाई फरक-फरक क्षमता, फरक-फरक वरदान दिनुहुन्छ, र हामीबाट फरक-फरक कुरा माग गर्नुहुन्छ। मण्डलीले हामीलाई सँगै काम गर्ने बन्दोबस्त मिलाउँछ ताकि हामी प्रत्येकले आफ्‍नो सबल पक्ष प्रयोग गरेर एकअर्काका कमीकमजोरी परिपूर्ति गर्न सकौँ। त्यसपछि हामी सँगै मिलेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौँ। राम्रो क्षमता भएका दुई सहकर्मीले हाम्रो कामको प्रभावकारिता बढाउन सक्थे। हामीले समस्याहरूलाई अझै छिटो समाधान गर्न सक्थ्यौँ, र हाम्रो काम ढिलो हुनेथिएन। मैले आफ्‍नो घमण्ड त्यागेर अरूका सबल पक्षबाट सिक्‍न सकेकी भए, के मैले अझ चाँडो प्रगति गर्नेथिइनँ र? ममा मेरा सहकर्मीहरूको क्षमता त थिएन, तर म काम पूरा गर्नै नसक्‍ने गरी पनि असक्षम थिइनँ। मेरो मनोवृत्ति सही हुँदा, मैले आफ्‍नो कर्तव्यलाई प्रयास लगाएर गम्‍भीररूपमा लिन तयार हुँदा, आफ्ना समस्याहरू अझै स्पष्टरूपमा देखेर समस्याहरू तुरुन्तै समाधान गर्न सक्थेँ। मैले आफ्नो नाम र हैसियतको खातिर नाफा र घाटाबारे विचार गर्न छोड्नुपर्थ्यो। त्यसपछि, मैले परमेश्‍वरका मापदण्डहरू पालना गर्न कम गरेँ, सहकर्मीहरूसँग प्रतिस्पर्धा गर्न छोडेँ, तर आफ्‍नो कर्तव्यमा मन लगाएँ। मेरो स्थिति समयसँगै क्रमिकरूपमा परिवर्तन भयो, र मेरो काम अघि बढ्यो।

चाँडै नै त्यही समस्या देखा पर्दा म छक्‍क परेँ। परमेश्‍वरका आखिरी दिनहरूको काम भर्खरै स्विकार्ने कतिपय नयाँ विश्‍वासीहरूलाई हाम्रो मण्डलीमा सारियो। तिनीहरूलाई मलजल गर्ने जिम्‍मा झिजियान र मलाई दिइयो। तिनले मलजलको काम गरेको धेरै समय नभएको भए पनि, तिनीहरूका समस्या समाधान गर्न परमेश्‍वरका मिल्ने वचनहरू भेट्टाउन सक्थे र तिनको सङ्गति अत्यन्तै स्पष्ट हुन्थ्यो। म तिनीहरूका केही समस्या समाधान गर्न सक्थेँ तर तिनले जतिको स्पष्टसित कुरा गर्न सक्दिनथेँ। नयाँ विश्‍वासीहरूलाई मेरो सङ्गतिभन्दा झिजियानको सङ्गति मन पर्थ्यो। मलाई निकै डाहा लाग्थ्यो। झिजियानले काममा यति छोटो समय बिताएका भए पनि निकै छिटो प्रगति गरेका थिए, तर त्यो स्तरमा पुग्‍न मलाई यतिका वर्ष लागेको थियो। मलाई तिनको अघि हीनताबोध हुन्थ्यो। मानिसहरू आफ्ना नबुझेका समस्याहरू समाधान गर्न झिजियानकहाँ गएको देख्दा, मलाई विशेष गरी डाहा लाग्थ्यो। असल क्षमता हुनुले त्यति फरक पार्दो रहेछ। यसद्वारा तिनले अरूको आदर मात्रै कमाएका थिएनन्, तर आफ्‍नो कर्तव्यमा थोरै प्रयास गरे पनि राम्रा परिणामहरू प्राप्त गर्थे। यदि मसँग झिजियानको जस्तै क्षमता भएको भए, सायद अरू सबैले मलाई पनि आदर गर्ने थिए। तर मेरो उमेर ५० नागिसकेको थियो र क्षमता घट्दै थियो। मैले जति नै परिश्रम गरे पनि म त्यही स्तरमा अल्झिनेथेँ। थाहै नपाई मैले आफ्‍नो कर्तव्यप्रति जोसजाँगर गुमाएछु। भेलामा नयाँ विश्‍वासीले प्रश्‍न सोध्दा, म झिजियानलाई उत्तर दिन लगाउँथेँ, र केही सरल टिप्‍पणीहरू मात्रै थप्थेँ। म आफ्‍नो कर्तव्यमा झन्-झन् निष्क्रिय र परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गएँ। प्रार्थनामा के भन्‍ने मलाई थाहा हुँदैनथ्यो, र कहिलेकहीँ राती प्रार्थना गर्दा म निदाउँथेँ पनि। म खतरनाक स्थितिमा छु भन्‍ने महसुस भएपछि, मैले खोजी र मनन गरेँ। आफूमा क्षमताको कमी छ भन्‍ने देखेपछि, म आफ्‍नो कर्तव्यमा नकारात्मक र निष्क्रिय बनेँ: यसको पछाडि कस्तो भ्रष्ट स्वभाव लुकेको थियो?

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ। “कुनै व्यक्तिले आफैलाई सिद्ध, वा प्रतिष्ठित र कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफैलाई विशिष्ट सोच्नु—अहङ्कारी स्वभावले यस्तो गराउँछ; आफ्‍ना कमी-कमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्ने, र कहिल्यै आफ्ना गल्तीहरू र असफलताहरूको सामना गर्न नसक्ने—अहङ्कारी स्वभावले यस्तो गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा श्रेष्ठ वा बलियो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा अझ राम्रा विचारहरू, सुझावहरू, र दृष्टिकोण राख्‍न नदिनु, र जब तिनीहरूले राख्छन् तब नकारात्मक बन्‍नु, बोल्ने इच्छा नगर्नु, दुःखी र उदास हुनु, र खिन्‍न बन्‍नु—यी सबै अहङ्कारी स्वभावको कारणले हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति प्रकट गरिदिए। मैले आफ्नो क्षमतालाई सहकर्मीको क्षमतासँग तुलना गरेँ, र आफू बराबरीमा नआउँदा नकरात्मक बनेँ र पछि हटेँ। यो अहङ्कारी स्वभावद्वारा नियन्त्रित थियो। मैले आफ्नो अहङ्कारको कारण आफ्ना कमीकमजोरी र दुर्बलताहरू उचितसित सामना गर्न सकिनँ, र मैले अरूलाई मभन्दा सिपालु वा सक्षम देख्दा यसलाई विशेष रूपमा स्विकार्न सक्दिनथेँ। हरेक पक्षमा मभन्दा मेरो सहकर्मी सक्षम भएको, समूहमा मुख्य स्थान लिएको र सबैको आदर र अनुमोदन पाएको देख्दा, मलाई अप्ठ्यारो, सन्तुलन गुमेको जस्तो लाग्यो, र मैले त्यो वास्तविकता स्विकार्न सकिनँ। मैले आफ्नो क्षमता अरूको भन्दा कमजोर छ भनेर स्विकारे पनि, हृदयदेखि स्विकार्दिनथेँ। मैले गुप्तमा तिनीहरूसँग होड गरिरहेँ। मैले तिनीहरूसँग प्रतिस्पर्धा गर्ने, आफूलाई तिनीहरूसँग तुलना गर्ने अठोट गरेकी थिएँ। तिनीहरूलाई जित्‍न नसक्दा, म आफ्‍नो कर्तव्यमा नकारात्मक बनेँ र कर्तव्यमा मेरो शक्ति घट्यो। के त्यो मेरो अहङ्कारी स्वभाव प्रकट भएको होइन र? म कति अहङ्कारी र अज्ञानी थिएँ!

मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पनि याद आयो जसमा उहाँले ख्रीष्टविरोधीहरूको स्वभावलाई निन्दा गर्नुभएको छ। परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्‍ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्‍ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै हैसियत र प्रतिष्ठा मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूले आफ्नो हैसियत र प्रतिष्ठाको खोजीलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै हैसियत र प्रतिष्ठाको पनि खोजी गर्छन्। के भन्‍न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्‍वरमाथिको विश्‍वास र सत्यताको खोजी भनेकै हैसियत र प्रतिष्ठाको खोजी हो भन्‍ने विश्‍वास गर्छन्; हैसियत र प्रतिष्ठाको खोजी भनेको सत्यताको खोजी हो र हैसियत र प्रतिष्ठा प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा वा हैसियत छैन, कसैले पनि आफूलाई सम्‍मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै हताश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्‍नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्‍बार विचार गर्छन्, आफ्‍नो लागि परमेश्‍वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा बोल्न पाऊन्, प्रतिष्ठा पाऊन्, ताकि तिनीहरूले लाभहरू, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्‍चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। ख्रीष्टविरोधीको स्वभाव खुलासा गर्ने परमेश्‍वरका वचनहरू मेरो लागि अत्यन्तै मर्मस्पर्शी, र गाह्रो थिए। तिनीहरू क्षणिक समयको लागि मात्र नाम र हैसियतको पछि लागेका हुँदैनन्, त्यो त तिनीहरूको हाडभित्र हुन्छ—यो जीवनभरिको पछि लगाइ हो। तिनीहरूका लागि, हैसियत सबैभन्दा माथि, तिनीहरूको आफ्‍नै जीवन जत्तिकै महत्त्वपूर्ण हुन्छ। ख्रीष्टविरोधीहरू सधैँ ओहदा चाहन्छन् र अरूभन्दा तल हुन मन गर्दैनन्। तिनीहरूलाई आफ्‍नो कर्तव्यप्रति कुनै जोसजाँगर जाग्न सबैको सम्‍मान र आदर चाहिन्छ। त्योविना, तिनीहरू नकारात्मक र सुस्त बन्छन्, र विश्‍वासप्रति चासोसमेत गुमाउँछन्। मेरो व्यवहार कसरी ख्रीष्टविरोधीको व्यवहारभन्दा फरक थियो र? अरूले मलाई आदर र मोल गर्दा म आफ्‍नो कर्तव्यमा उत्प्रेरित हुन्थेँ, तर हर पक्षमा मेरा सहकर्मीहरूले उत्कृष्ट भएर मलाई उछिनेको देख्दा, र हैसियत पाउने मेरो इच्‍छा पूरा नहुँदा, मलाई आफ्‍नो कर्तव्य निर्वाहको बोझ हुन छोड्यो। यति धेरै नयाँ विश्‍वासीहरूलाई तुरुन्तै मलजलको खाँचो पर्दा यो काम अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मैले तिनीहरूलाई सत्यता सिक्न र परमेश्‍वरको काम बुझ्‍न, साँचो मार्गमा जतिसक्दो चाँडो जरा गाड्न सहयोग गरिरहेको हुनुपर्थ्यो। तर मैले यसमा मन लगाइरहेकी थिइनँ। मेरो हृदयमा आफ्‍नै नाम र हैसियत मात्रै थिए, र म सबै कुरा झिजियानको काँधमा हालिदिन्थेँ। मैले पूरा गर्नुपर्ने कर्तव्य पूरा गरिरहेकी थिइनँ। ममा पटक्कै मानवता थिएन! मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्दा मलाई ग्‍लानि वा पछुतो भएन। आफ्‍नो प्रतिष्ठा वा हैसियत सङ्कटमा परेको देख्‍नु मेरो लागि जीवन गुम्नुजस्तै पीडादायी थियो। मैले आफ्‍नो घाटा-नाफाको हिसाब गरिरहेकी थिएँ, र त्यसले गर्दा नकारात्मक र कमजोर बनिरहेकी थिएँ। म सधैँ मेरा सहकर्मीहरूजस्तो राम्रो क्षमतावान् बन्‍न, सबैले आफूले नबुझेको कुरा मलाई सोधून् र छलफलको लागि मकहाँ आऊन् भन्‍ने चाहन्थेँ ताकि मैले समूहमा मुख्य स्थान लिन सकूँ। म सधैँ त्यसैको पछि लाग्थेँ, र म त्यही पाउन चाहन्थेँ। म अरूको आदर र प्रशंसा पाउनमै ध्यान दिन्थेँ। त्यस्तो खोजी र दृष्टिकोण ख्रीष्टविरोधीको जस्तै हो, होइन र? म गलत मार्गमा थिएँ र मैले पवित्र आत्‍माको डोऱ्याइ गुमाएकी थिएँ, त्यसकारण आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गरिरहेकी थिइनँ। तसर्थ मैले उच्‍च पद पाएर सबैको आदर कमाएकी भए पनि, के म परमेश्‍वरद्वारा हटाइनेथिइनँ र? यो महसुस गरेपछि, मलाई अलिक डर लाग्यो। हैसियतको पछि लागेर, म परमेश्‍वरविरुद्धको मार्गमा छु भन्‍ने मलाई थाहा भयो! म आफ्‍नो गलत खोजीलाई परिवर्तन गरेर अरूसँग प्रतिस्पर्धा गर्न छोड्न चाहन्थेँ। म आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न चाहन्थेँ।

त्यसपछि, मैले अभ्यासको मार्ग खोजेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो। “व्यक्तिले आफ्‍नो कर्तव्य राम्रोसित निभाउनको लागि के गर्नुपर्छ? उसले आफ्‍नो सारा हृदय र सारा शक्तिले आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्‍नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्‍न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्‍नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्‍नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँ बुज्झकी र ग्रहणशील छस् र तँसँग राम्रो विचार छ भने, तैँले यसबारेमा अरूलाई बताउनुपर्छ। सद्‌भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै गर्न चाहन्छस्, सधैँ एकलै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्‍नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्‌भावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यही कारणले गर्दा, सद्‌भावपूर्ण सहकार्य आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्‍म तैँले आफ्‍नो सारा हृदय र सारा शक्ति अनि सारा विश्‍वसनीयता लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मेरो क्षमताले फरक पार्दैनथ्यो। ममा इमानदार हृदय हुन सकेको र मैले अरूसँग राम्ररी काम गर्न सकेको, आफूले सकेजति गर्न सकेको, र कुनै चालबाजी नगरी आफूले गर्नुपर्ने सबै राम्ररी गर्न सकेको भए, त्यो परमेश्‍वरको इच्‍छाअनुरूप हुनेथ्यो। वास्तवमा, परमेश्‍वरले हामी तीन जनालाई फरक-फरक क्षमता र सबलताहरू दिनुभएको थियो ताकि हामीले एकअर्कालाई परिपूर्ति गर्न सकौँ। मेरा दुई सहकर्मीहरूको क्षमता राम्रो थियो र तिनीहरू काममा दक्ष थिए; तिनीहरूले समस्याका मुख्य भागहरू देख्‍न सक्थे। तिनीहरूमा ममा नभएको कुरा थिए। ममा क्षमताको अलिक कमी थियो, र म तिनीहरूभन्दा अलिक पाको थिएँ, त्यसकारण म कामकुराबारे अलिक होसियार भएर, अझ पूर्णरूपमा विचार गर्न सक्थेँ। हामी सबैमा आ-आफ्ना सबलताहरू थिए, हामीले सँगै मिलेर काम गर्न सक्थ्यौँ, र यसले हाम्रो काममा फाइदा पुर्‍याउन सक्थ्यो। तर सत्यता खोजी गर्नुको सट्टा, मैले मेरा सहकर्मीहरूका सबल पक्षलाई मेरो आफ्‍नै कमजोरीसँग तुलना गरिरहेकी थिएँ, जसले गर्दा म नकारात्मक र निष्क्रिय बनेँ, र मैले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनँ। अहिले त्यो सोच्दा, म साह्रै मूर्ख थिएछु। यो कुरा बुझेपछि, पछि कर्तव्य पूरा गर्ने क्रममा म अलिक सक्रिय हुन सकेँ। जुनसुकै कठिनाइ वा समस्याहरू आए पनि, म मेरा सहकर्मीहरूसँग छलफल गर्थेँ। म आफ्‍नो क्षमता वा उमेरको कारण पछि पर्न छोडेपछि, मलाई आफ्‍नो कर्तव्यमा निकै ढुक्‍क लाग्यो। हामीले हरेक व्यक्तिका सबलताहरू प्रयोग गरेर सहकार्य गर्दा, मिलेर काम गर्न सक्छौँ। त्यसपछि सबैले सँगै राम्ररी काम गर्न सक्छन् र हाम्रो मलजलको काम अझै सफल हुन्छ।

यसले मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद दिलायो: “तिमीहरू सँगै आफ्‍नो कर्तव्य पूरा गर्ने धेरै भए पनि थोरै भए पनि, परिस्‍थिति जस्तो भए पनि, र जहिले भए पनि, यो एउटा कुरा नबिर्स—एउटै मनको हुन। यस्तो स्थितिमा जिएर पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छौ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। हामीले नाम र हैसियत त्यागेर अरूसँग राम्ररी काम गर्दा, हाम्रो कर्तव्यमा पवित्र आत्‍माको डोऱ्याइ र असल परिणामहरू प्राप्त गर्छौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म ईर्ष्याको पासोमा परेँ

सु जुआन, चीनम मण्डलीमा चित्रहरू डिजाइन गर्ने कर्तव्य निर्वाह गर्थें, र पछि म टोली अगुवाका रूपमा छानिएँ। केही समयको सहकार्यपछि, टोलीको कामको...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

आफ्‍नो कर्तव्यलाई कसरी लिनुपर्छ

झेङ्ग ये, दक्षिण कोरियामैले विश्‍वासी बनेपछि मण्डली अगुवाहरूले प्रायजसो सत्यता सम्‍बन्धी भेला र सङ्गतिहरू गरेको देख्थें। कतिपयले भिडियोहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्