न्याय परमेश्‍वरको प्रेम हो

23 जनवरी 2022

सिएन, अमेरिका

परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्‍वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैंले उहाँलाई प्रेम गर्न सक् र तैंले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैंले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरको न्याय प्रेम हो”)। जब मानिसहरूले परमेश्‍वरको प्रेमको बारेमा उल्‍लेख गर्थे, म उहाँको कृपा र दया, उहाँको अनुग्रह र आशिषहरूको बारेमा सोच्ने गर्थेँ। मैले साँच्‍चै उहाँको न्याय र सजायको प्रेमलाई बुझेकी थिइनँ। तर यसलाई व्यक्तिगत रूपमा अनुभव गरेपछि, यो कति महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले देखेँ, र परमेश्‍वरका वचनहरू सत्यता हुन्, र सबै व्यवहारिक छन् भन्‍ने देखेँ। न्याय साँच्‍चै नै मानवजातिका निम्ति परमेश्‍वरको प्रेम, र सबैभन्दा उत्तम मुक्ति हो।

म मलजलको समूहको लागि जिम्‍मेवारी थिएँ, त्यसपछि गत वर्षको सेप्टेम्बरमा मलाई व्यावहारिक काम नगरेकोमा हटाइएको थियो। मण्डली अगुवाले सिस्टर वाङ्गलाई मेरो काम सम्‍हाल्‍ने बन्दोबस्त मिलाउनुभयो। त्यो कुराले मलाई यस्तो अनुभूति गरायो कि त्यसलाई शब्‍दमा व्यक्त गर्न सक्दिनँ। मैले पहिले सिस्टर वाङ्गको कामलाई रेखदेख गरेकी थिएँ, तर अहिले उनले मेरो काम रेखदेख गर्न लागेकी थिइन्। के त्यसले मलाई अयोग्य देखाउँदैनथियो र? म मलजल समूहको इन्‍चार्जमा रहेको व्यक्तिबाट साधारण सदस्य बन्‍न पुगेकी थिएँ। मलाई चिन्‍ने दाजुभाइ-दिदीबहिनीहरूले त्यो कुरा पत्ता लगाए भने के त्यो लाजमर्दो हुनेथिएन र? मलाई साँच्‍चै मेरो काम राम्ररी नगरेकोमा पछुतो भयो। पछि हाम्रो कामको बारेमा गरिएको समूह छलफलमा सबै जना केही समयसम्‍म चुपचाप बसे, र समय गइरहेको हेर्दा मैले के सोचेँ भने म उप्रान्त इन्‍चार्ज नभए पनि, मलजलको कामको बारेमा मसँग केही अनुभव छ, त्यसकारण मैले अग्रसरता जनाएर मेरा विचारहरूलाई व्यक्त गर्नुपर्छ। त्यसरी सबैले मैले अझै पनि महत्त्वपूर्ण भूमिका निभाइरहेकी छु भन्‍ने देख्‍नेछन्, र सबैले मलाई आदरको नजरले हेर्न सक्छन्। त्यसकारण मैले सक्रिय भई मेरा सोचाइ र विचारहरू बताउन थालेँ, र केही छलफलपछि, मानिसहरू मुख्य रूपमा मसँग सहमत भए। लगभग हरेक छलफलमा, हामी मेरै विचारहरू अनुसार अघि बढ्यौं, त्यसकारण समूहमा मेरो क्षमताहरू निकै माथि उठेका छन् भन्‍ने मलाई लाग्यो। मसँग पर्यवेक्षकको भूमिका त थिएन, तर मैले अझै पनि त्यस प्रकारको काम सम्‍हाल्‍न सकेँ। अरूले मलाई आदरको नजरले हेर्छन्, र एक दिन मलाई फेरि बढुवा गरिनेछ भन्‍ने मलाई लागेको थियो। त्यसपछि मैले अझै सक्रिय भई विचारहरू बाँड्न थालेँ, र हरेक भेलाभन्दा पहिले, म गएर हरेकको स्थितिको बारेमा सोध्थें र परमेश्‍वरका उचित वचनहरू खोजेर राख्थें। यसमा धेरै समय र शक्ति खर्च हुन्थ्यो, तर राम्रो काम गर्दा त्यसले मेरो क्षमतालाई प्रमाणित गर्छ, त्यसकारण त्यो मूल्य चुकाउनु सार्थक छ भन्‍ने लाग्थ्यो।

त्यो बेला, मैले हाम्रो काममा केही समस्याहरू पत्ता लगाएँ, र मैले व्यक्त गरेका समाधान र सुझावहरूमा अरूले प्रायजसो सहमत जनाए। मलाई कस्तो लाग्यो भने मैले कति कठिन परिश्रम गरिरहेकी छु भन्‍ने कुरा सबैले देख्‍न सक्छन्, त्यसकारण अगुवाले हाम्रो काम अवलोकन गरेर मैले के गरिरहेकी छु भन्‍ने देखेपछि मलाई बढुवा दिन सक्‍नुहुन्छ। तर केही समय बित्यो, र पनि अगुवासँग मलाई बढुवा गर्ने सोच रहेको देखिएन। धेरैभन्दा धेरै मानिसहरू मण्डलीमा सहभागी भइरहेका छन् भन्‍ने मैले देखेँ, त्यसकारण धेरैभन्दा धेरै मानिसहरूले पदहरू सम्हाल्नु आवश्यक थियो, तर मलाई बढुवा दिने कुनै सोच रहेको देखिँदैनथियो। मलाई अलिक निराश लाग्‍न थाल्यो। मैले केही परिवर्तनहरू गरेकी छु र मेरो कर्तव्यमा निकै राम्रो काम गरिरहेकी छु भन्‍ने मलाई लाग्यो। मण्डलीमा सहायता गर्ने मान्छेको धेरै कमी भएको अवस्थामा पनि, किन मैले अर्को मौका पाइरहेकी थिइनँ? एक पटक हटाइएपछि, के मैले इन्‍चार्जमा रहने अर्को मौका कहिल्यै पाउनेछैन र? मैले यो कुरा बुझ्‍नै सकेकी थिइनँ। मेरो सबै कठिन परिश्रमले किन परिणाम ल्याइरहेको छैन मलाई थाहा थिएन। ममा के कुराको कमी थियो? पछि, मैले के सोचेँ भने मैले पक्‍कै पनि पर्याप्त रूपमा कठिन परिश्रम वा असल काम गरिरहेकी छैन, वा मैले चाहेजस्तो उपलब्धि हासिल गरेकी छैन। मैले सोचेँ, मैले कठिन परिश्रम गरिरहनुपर्छ र मेरो कर्तव्यमा उपलब्धिहरूमा मात्रै ध्यान दिनु हुँदैन, तर जीवन प्रवेश र सत्यताको खोजीमा पनि ध्यान दिनुपर्छ, ताकि अरूले मेरो व्यक्तिगत प्रगतिलाई देख्‍न सकून्। त्यसपछि परमेश्‍वरले मलाई कृपा गरेर मौका दिनुहुनेछ। मलाई लाग्यो, उचित “खोजी,” ले एक दिन परिवर्तन आउनेछ, र मलाई बढुवा दिइएन भने पनि, म समूहमा उत्कृष्ट देखिनेछु र दाजुभाइ-दिदीबहिनीहरूको प्रशंसा प्राप्त गर्नेछु। त्यसकारण मैले हाम्रो समूहको मलजलको कार्यमा आफूलाई पूर्ण रूपमा समर्पित गरेँ, र जब नयाँ विश्‍वासीहरूसँग समस्याहरू हुन्थे, म त्यसको बारेमा ध्यान दिएर सोच्थें अनि सङ्गति गर्न परमेश्‍वरका वचनहरू खोज्थें। जब मैले कुनै कुरा बुझ्दिनथिएँ, म उत्सुकताको साथ प्रार्थना र खोजी गर्थेँ। केही समयपछि, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यमा म झन्-झन् सफल हुँदै गएँ। केही समयपछि एउटा भेलामा, समूह अगुवाले मैले आफ्नो कर्तव्यको बोझ बोकेकी छु, र नयाँ विश्‍वासीहरूको समस्यालाई समाधान गर्न म सिपालु छु भनेर भन्‍नुभयो। मलाई आफैप्रति निकै खुशी लाग्यो। मलाई सबैले मैले कति राम्ररी काम गरिरहेकी छु त्यो देख्‍न थाल्‍नेछन्, र यदि मैले मेरो प्रस्तुतिलाई अझै सुधार गरेँ भने सबैको प्रशंसा प्राप्त गर्न सक्छु भन्‍ने लाग्यो। त्यसपछि मैले बढुवा हुने मौका पाउनेछु। त्यसपछि म यसमा पूर्ण रूपमा लागिपरेँ। मेरा आफ्‍नै जिम्‍मेवारीहरू बाहेक, मैले सक्‍ने जति समूहका अरू कार्य पनि लिन थालेँ, र समस्याहरू पत्ता लगाउँदा पर्यवेक्षकलाई सुझाव र सहयोग पनि प्रदान गर्थेँ। सत्यता सम्‍बन्धी मेरो खोजीमा पनि म पछि परिनँ, तर हरेक खाली समयमा परमेश्‍वरका वचनहरू पढ्थें। जब-जब मलाई निराश हुन्थ्यो म प्रार्थनामा परमेश्‍वरको सामु आउथें र खोजी गर्थेँ अनि भेलाहरूमा हुने सङ्गतिमा सक्रिय रूपमा सहभागी हुन्थें।

तर केही समयसम्‍म कठिन परिश्रम गरेपछि पनि मलाई अझै पनि बढुवा दिइएन। मैले जति कठिन परिश्रम गरे पनि वा मैले जति राम्रो काम गरे पनि, परमेश्‍वरले मलाई कहिल्यै इनाम दिनुहुनेछैन, र अगुवाले मलाई कहिल्यै बढुवा दिनुहुनेछैन भन्‍ने मलाई लाग्यो। त्यसोभए यो सबै गर्नुको अर्थ के रह्यो र? त्यसपछि, मैले त्यति धेरै प्रयास लगाउन छाडेँ, र जब म नयाँ विश्‍वासीहरू नियमित रूपमा भेला हुन असफल भएको देख्थें, मैले विस्तृत सोधपुछ वा सहयोग नगरिकन यसको बारेमा लापरवाही रूपमा सोध्थें। कहिलेकहीँ जब सिस्टर वाङ्गले मलाई दाजुभाइ-दिदीबहिनीहरूको निश्‍चित स्थितिहरूको बारेमा परमेश्‍वरका वचनहरू खोज्‍न लगाउनुहुन्थ्यो, मलाई त्यो मेरो काम होइन भन्‍ने लाग्थ्यो, र मैले जति नै राम्रो काम गरे पनि कसैले पनि त्यो कुरालाई ध्यान दिँदैनथिए, त्यसकारण मैले बहाना बनाएर काम टार्थें। मेरो आफ्‍नै स्थिति पनि बिग्रिन थाल्यो र प्रार्थना गर्दा के भन्‍ने मलाई थाहा हुँदैनथियो। परमेश्‍वरका वचनहरू पढ्दा त्यो ज्ञानवर्धक लाग्दैनथियो, र कहिलेकहीँ म झकाउँथे। मलाई मेरो आत्मामा वास्तविक अन्धकारको अनुभूति भयो र मैले पवित्र आत्‍माको काम अनुभव गर्न सक्दिनथिएँ। केही समयपछि नै, मैले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बढुवा गरिएको देखेँ, जब कि म अझै पनि मलजल गर्ने कामको तुच्छ सदस्य मात्रै थिएँ। म अझै निरूत्साहित भएँ। मजस्ता विश्‍वासीहरू मण्डली अगुवा र समूह अगुवाहरू भएका थिए, र अरूको आदर पाएका थिए, तर मैले कहिल्यै पनि बढुवा पाइनँ। के यसको अर्थ विश्‍वासीको रूपमा र मेरो कर्तव्यमा म असफल भएकी छु भन्‍ने थियो? मैले अत्यन्तै कठिन परिश्रम गर्दै आइरहेकी थिएँ, तर म त्यही पुरानै स्थानमा अड्किएकी थिएँ। मलाई मेरो बढुवा हुने कुनै आशा छैन भन्‍ने लाग्यो। म यति नकारात्मक बनेँ कि मैले कुनै काम गर्ने उत्प्रेरणा नै बटुल्‍न सकिनँ।

त्यो बेला, म किन यति निराश भइरहेकी छु भनेर मैले मनमनै प्रश्‍न गरेँ। किन म हैसियतको लागि मात्रै जिएँ? के मेरो विश्‍वासका सारा वर्षहरू हैसियतको लागि मात्रै थियो त? यसको बारेमा विचार गर्दा, म कति दयनीय अवस्थामा थिएँ भन्‍ने मैले थाहा पाएँ। मानवको रूपमा, मैले किन हैसियतप्रति यति मरिहत्ते गरिरहेकी थिएँ? मलाई साँच्‍चै आफूप्रति घृणा जाग्यो। मैले प्रार्थनामा परमेश्‍वरको अघि घुँडा टेकेँ र भनेँ, “हे परमेश्‍वर, म मेरो विश्‍वासमा सत्यताको खोजी गर्न चाहन्छु, तपाईंको प्रेमको बदली दिन चाहन्छु, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न चाहन्छु। म किन हैसियतप्रति यति मग्‍न छु? म यस्तो स्थितिमा जिउन चाहन्नँ, तर मैले आफूलाई रोक्‍नै सक्दिनँ। हैसियतप्रतिको मेरो इच्‍छाले मलाई पकडमा राखेको छ। हे परमेश्‍वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मुक्ति दिनुहोस्, ताकि मैले मेरो समस्यालाई बुझेर समाधान गर्न सकूँ।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ। “ख्रीष्टविरोधीसँग ख्रीष्टविरोधीको स्वभाव र सार हुन्छ, र यसले उनीहरूलाई सामान्य व्यक्तिबाट अलग बनाउँछ। बाहिरबाट हेर्दा, उनीहरू आफ्नो बर्खास्ती प्रक्रियाप्रति समर्पित रहन इच्छुक रहेको, यो वास्तविकतालाई स्वीकार गर्न सक्षम भएको जस्तो देखिन्छन्, तर त्यहाँ कहिल्यै परिवर्तन नहुने एउटा कुरा हुन्छ: उनीहरूले जुनसुकै ठाउँमा कर्तव्य निर्वाह गरिरहेका भए पनि, उनीहरू जुनसुकै समूहका मानिसहरूसँग घुलमिल भए पनि, उनीहरू भिडबाट अलग र राम्रो देखिन, आदरसाथ हेरिइन र अरूबाट प्रशंसा पाउन चाहन्छन्; मण्डली अगुवा वा टोली अगुवाको रूपमा उनीहरूसित वैध ओहदा र नाम-पदवी नभए पनि, उनीहरू अझै पनि प्रतिष्ठा र हैसियतमा अरूभन्दा राम्रो हुन चाहन्छन्। उनीहरूले काम गर्न सके वा नसके पनि, उनीहरूसँग जे-जस्तो प्रकारको मानवता वा जीवनको अनुभव भए पनि, उनीहरू आफैलाई ठूलो बनाउने मौकाहरू खोज्न, मानिसहरूको हृदयमा स्थान बनाउन, अरूको मन जित्‍न, अरूलाई धोका दिन र लोभ्याउन, र अरूको प्रशंसा पाउन जुनसुकै उपायहरू अपनाउँछन् र जुनसुकै हदसम्म जान्छन्। उनीहरूको बारेमा प्रशंसा गर्नुपर्ने कुराचाहिँ के हुन्छ त? ‘एउटा ऊँट दुब्लै भए पनि घोडाभन्दा ठूलै हुन्छ’—उनीहरूलाई बर्खास्त गरिएको भए पनि, उनीहरू कुखुराको माथि उड्ने चील नै हुन्। के यो ख्रीष्टविरोधीको अहङ्कार र आत्म-धार्मिकता र आफू असाधारण छु भन्‍ने भावना होइन र? उनीहरूले आफैलाई हैसियत नभएको, एक सामान्य विश्‍वासी, केवल एक मामुली व्यक्ति बन्‍ने कुरासँग सम्झौता गर्न सक्दैनन्। उनीहरू भुइँमा खुट्टा टेकेर आफ्नो कर्तव्य निर्वाह गर्न र आफ्नो स्थानमा रहन, उनीहरूका आफ्नै कर्तव्यमा राम्रो काम गर्न, आफैलाई त्यसमा समर्पित गर्न र आफूले सकेसम्म राम्रो काम गर्न सक्दैनन्। यी कुराहरूले उनीहरूलाई अलिकति पनि सन्तुष्ट पार्दैनन्। उनीहरूको महत्त्वाकांक्षा कता हुन्छ त? प्रशंसनीय हुनुमा, आदरसाथ हेरिइनुमा, र शक्ति हातमा लिनुमा। यसैले, उनीहरूको नाउँसँग कुनै विशेष पदवी नजोडिएको हुँदा पनि, ख्रीष्टविरोधीले देखाउनका निम्ति आफूले गर्न सक्‍ने सबै कुरा गर्दै, उनीहरूले के गर्न सक्छन् त्यो देखाउनलाई आफै कोसिस गर्नेछन्, आफ्नो पक्षमा आफै बोल्नेछन्, आफैलाई सही ठहराउने प्रयास गर्नेछन्, र तिनीहरूलाई कसैले आफूलाई नदेख्ला भन्‍ने डर हुन्छ। उनीहरू अझ राम्ररी चिनिन, आफ्नो इज्‍जत बढाउन, धेरै मानिसहरूलाई आफ्नो प्रतिभा र शक्तिहरू देखाउन, उनीहरू अरूभन्दा श्रेष्ठ छन् भनी देखाउन हरेक मौकामा हाम फाल्नेछन्। आफूले गर्ने हरेक कुरामा ख्रीष्टविरोधीहरू वाहवाही र प्रशंसा पाउन, उनीहरू अब अगुवा नरहे पनि र उनीहरूको हैसियत नभए पनि उनीहरू अझै पनि साधारण मानिसहरूभन्दा श्रेष्ठ छन् भनी सोच्ने बनाउन जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन्। यस शैलीमा एक ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुन्छ। उनीहरू मामुली र साधारण व्यक्ति बन्‍न इच्छुक हुँदैनन्; उनीहरू शक्ति र प्रतिष्ठा चाहन्छन्, र उच्‍च हुन चाहन्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्”)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छोयो। परमेश्‍वरले मेरो छेउमा आएर मलाई खुलासा गर्दैहुनुहुन्छ जस्तै लागेको थियो। परमेश्‍वर भन्‍नुहुन्छ, ख्रीष्ट-विरोधी जस्ता मानिसहरूले जेसुकै भए पनि नाम र हैसियत, शक्ति र अरूको प्रशंसा पाउन चाहन्छन्। त्यो दुष्ट अभिलाषा पूरा गर्नको लागि, ख्रीष्ट-विरोधीहरू अरूको ध्यान पाउन, आफूलाई उचाल्‍न, र मानिसहरूको मन जित्‍न जुनसुकै मूल्य चुकाउँछन्। मैले मेरो खोजी ख्रीष्ट-विरोधीको जस्तै छ भन्‍ने देख्‍न सकेँ। मेरो विश्‍वासमा, म हैसियत प्राप्त गर्न, अगुवा वा पर्यवेक्षक बन्‍न चाहन्थेँ। म मेरो समूहमा उत्कृष्ट हुन, र अरूको प्रशंसा र समर्थन पाउन चाहन्थेँ। मलाई हटाइएपछि, मैले पर्यवेक्षक हुने मेरो इच्‍छालाई सम्‍बोधन गरिनँ। म सक्रिय भई छलफलमा सहभागी हुन्थें र सुझावहरू प्रदान गर्थेँ, र समस्याहरू पत्ता लगाउने बित्तिकै अगुवाहरूलाई सुझाव दिन्थें, ताकि तिनीहरूले मैले समस्याहरू पत्ता लगाउने मात्र होइन, समाधान समेत दिन सक्छु, अनि म चलाख पनि छु भन्‍ने थाहा पाऊन्। त्यसपछि म बढुवा हुने सम्‍भावनामा पर्नेछु। मैले मेरो कर्तव्यमा कठिन परिश्रम गर्थेँ, ताकि अरू दाजुभाइ-दिदीबहिनीहरूले मैले व्यवहारिक काम गर्न सक्छु भन्‍ने देख्‍न सकून्, र मैले तिनीहरूको अनुमोदन पाएपछि, मसँग बढुवाको मौका हुनेथियो। मेरो प्राथमिक जिम्‍मेवारी नभए पनि म काममा सक्रिय भएर लागिपर्थें, मेरो धेरै समय र शक्ति खर्च गर्न तयार हुन्थें। म सत्यता सम्‍बन्धी मेरो खोजीमा पनि पछि परिनँ। सबैले मैले कस्तो बोझ बोकेकी छु, मैले गह्रौं बोझ लिन सक्छु अनि अझै पनि सत्यताको खोजी गर्न सक्छु भन्‍ने देख्‍न सकून् भनेर यसो गरेकी थिएँ ताकि तिनीहरूले मलाई अनुमोदन गरून्। म आफूलाई प्रमाणित गर्ने, आफ्‍नो प्रदर्शन गर्ने र मानिसहरूलाई जित्‍ने हरेक मौकाको खोजी गर्थेँ। के त्यो परमेश्‍वरले खुलासा गर्नुहुने ख्रीष्ट-विरोधी व्यवहार होइन र?

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले ख्रीष्ट-विरोधीहरूको भ्रष्ट स्वभावलाई पूर्ण रूपमा व्याख्या गर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीले गर्ने सबै कुरापछाडिको लक्ष्य र आशय यी दुईवटा कुरामा केन्द्रित हुन्छन्—ती हुन् हैसियत र प्रतिष्ठा। चाहे त्यो उनीहरूको बाहिरी रूपमा बोल्ने, काम गर्ने वा व्यवहार गर्ने तरिका होस्, वा एक प्रकारको सोचाइ र दृष्टिकोण वा खोज्ने तरिका होस्, ती सबै कुरा उनीहरूको प्रतिष्ठा र हैसियतमा केन्द्रित हुन्छन्। ख्रीष्टविरोधीका लागि, उनीहरूका प्रतिष्ठा र हैसियतमा आक्रमण गर्नु वा हानि पुर्‍याउनु भनेको उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जतिवटा उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि, ती कुराले उनीहरूलाई न त कहिल्यै सत्यको अभ्यास नगरेकोमा र उनीहरूले ख्रीष्टविरोधीको बाटो लिएकोमा, न त उनीहरूले ख्रीष्टविरोधको प्रकृति र सार धारण गरेकोमा दुःखी वा पछुतो नै महसुस गराउन सक्छन्। यसको सट्टा, उनीहरू सधैं आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्‍न सकिन्छ कि यस प्रकारको व्यक्तिले जे गर्छ त्यो अरूको अगाडि गर्छ र परमेश्‍वरको अगाडि गर्दैन। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसहरू हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन, आफ्नो जीवनको लक्ष्य र दिशाको रूपमा लिन्छन्। यसबाहेक, उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यको अस्तित्वमा कहिल्यै पनि विश्‍वास गर्दैनन्। यसको मतलब, यस प्रकारका मानिसहरूमा यस्तो किसिमको सार र प्रकृति भएकोले उनीहरू परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनन्। यसैले, उनीहरूले जसरी आँकलन गरे पनि र मानिसहरू र परमेश्‍वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि, उनीहरूका हृदयको गहिराइमा कुनै ग्लानि वा चेतनाबोध हुँदैन, कुनै चिन्ता हुने त कुरै नगरौं। त्यसकारण, निरन्तर र बेइमानीसाथ हैसियत र प्रतिष्ठा खोज्दै उनीहरूले परमेश्‍वरले गर्नुहुने सबै कुरालाई अस्वीकार गर्दै आएका छन्। उनीहरूको हृदयको गहिराइमा, उनीहरूको अर्धवचेतन दिमागमा, उनीहरूसित केही समझ हुन्छ। उनीहरू सोच्छन्, ‘व्यक्तिको हैसियत र अरू सबै कुरा ऊ आफैले कोसिस गर्नुमा भर पर्छ। मानिसहरूमाझ दह्रिलो गरी खुट्टा टेकेर पूर्ण शक्ति र सर्वोच्‍च हैसियत प्राप्त गरेमा मात्र जीवनको कुनै मूल्य हुन सक्छ; तब मात्र व्यक्तिले मानिस जस्तो जिउन सक्छ। यसको विपरीत, परमेश्‍वरको वचनमा जस्तै, सबै कुरामा परमेश्‍वरको सार्वभौमसत्ता र प्रबन्धमा समर्पित हुनु, सृष्टि गरिएको वस्तुको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्ति जस्तै जिउनु कायरता हुनेछ—कसैले पनि उनीहरूलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्‍कै टिप्‍नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—निष्क्रिय भएर पर्खनु व्यर्थ छ।’ … उनीहरूका खोज र उनीहरूको ज्ञानको दायरामा, उनीहरू हैसियत हुनेहरू मात्र सृष्टिको वास्तविक वस्तुहरू हुन्, र हैसियत हुनु भनेको सबै कुरा प्राप्त गर्न सक्षम हुनु हो र त्यसले व्यक्तिलाई मानिसको स्वरूपमा जिउन सक्षम बनाउँछ भनी विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरूले हैसियतलाई केको रूपमा हेर्छन्? उनीहरूले यसलाई सत्यको रूपमा हेर्छन्; उनीहरू त्यसलाई सामान्य मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्‍च लक्ष्य मान्छन्। तर के यो एउटा समस्या होइन र? उनीहरू के विश्‍वास गर्छन् भने सत्य खोज्नु, परमेश्‍वरको आज्ञाकारी हुन खोज्नु, इमानदार हुन खोज्नु अर्थहीन प्रक्रियाहरू हुन्—ती कार्यहरू परमेश्‍वरलाई देखाउनका लागि गरिन्छन् र ती आफैलाई सञ्‍चालन गर्ने मापदण्डहरू होइनन्। यस्तो बुझाइ निरर्थक र हास्यास्पद छ। सत्यलाई प्रेम नगर्ने मूर्खहरूले मात्र यस्तो हास्यास्पद विचार उत्पन्‍न गर्न सक्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। परमेश्‍वरका वचनहरूको यो खण्ड पढ्दा मलाई यो वास्तवमा नै मर्मस्पर्शी लाग्यो। मलाई मेरो हृदयमा मैले लुकाएर राखेको सबै कुरालाई परमेश्‍वरले प्रकाशमा ल्याउनुभएको अनुभव भयो। मलाई मैले लुक्‍ने ठाउँ कहीँ छैन भन्‍ने लाग्यो। मैले आफ्‍नो बारेमा मनन गर्न थालेँ, र जति मनन गरेँ, मेरो सोचाइ ख्रीष्ट-विरोधीको जस्तै छ भन्‍ने त्यति नै मलाई अनुभव हुँदै गयो। मेरा सबै वचन र कार्यहरू हैसियतमा केन्द्रित थियो, र मैले गरेको सबै कुरा आदर प्राप्त गर्नको लागि थियो। मेरो लागि अरू कुराभन्दा हैसियत नै महत्त्वपूर्ण थियो। विश्‍वासमा आउनुभन्दा पहिले, म सधैँ भीडभन्दा माथि उठ्न चाहन्थेँ र मलाई अरूको साथ र स्वीकृति पाउन मन पर्थ्यो। विश्‍वासमा आएपछि, मलाई अरूले आदरका साथ हेर्छन् र मण्डलीमा मेरो महत्त्वपूर्ण भूमिका हुन्छ भनेर म सधैँ नेतृत्वका पदहरूको पछि लाग्थें। मैले पर्यवेक्षकको पद गुमाइसकेपछि, म आफ्‍नो कर्तव्यमा लागिपरेँ, र महत्त्वपूर्ण पद प्राप्त गर्न कठिन परिश्रम गरेँ। केही कठिन परिश्रम गरेपछि पनि त्यो पद नपाउँदा, म निरूत्साहित भएँ। यति धेरै समर्पित भएपछि र राम्रो काम गरेपछि पनि कसैलाई थाहा नभई मैले मेरो कर्तव्यप्रति रुचि गुमाएँ। कुनै हैसियत प्राप्त नगरेपछि मैले मेरो कर्तव्य राम्ररी पूरा गर्ने जोस गुमाएँ। मैले परमेश्‍वरसँग तर्क गर्दै र प्रतिरोधी बन्दै उहाँलाई गलत रूपमा बुझ्‍ने र दोष दिने काम समेत गरेँ। म नाम र हैसियतको विचारमा बहकिएकी थिएँ। मैले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने विवेक र तर्क-शक्तिलाई गुमाएकी थिएँ। मैले व्यवहारिक काम गरिरहेकी थिइनँ त्यसकारण मलाई हटाइएको थियो, तर मैले मेरा विगतका गल्तीहरूमा पछुतो गरिनँ। मैले कसरी पश्‍चात्ताप गर्ने र परमेश्‍वरको ऋण तिर्न आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने भनेर विचार गरिनँ। मैले आफ्‍नो प्रदर्शन गर्न, तनमनले हैसियतको पछि लाग्‍नको लागि मात्र कर्तव्य पूरा गर्ने मेरो अवसरलाई प्रयोग गरेँ। म समूहको साधारण सदस्य हुनमा सन्तुष्ट थिइनँ, तर म ख्रीष्ट-विरोधी जस्तै पूर्ण रूपमा अनुचित, दुष्ट र लाज विहीन थिएँ। परमेश्‍वरका यी वचनहरूले मलाई साँच्‍चै नै सहयोग गरेको छ: “उनीहरू के विश्‍वास गर्छन् भने सत्य खोज्नु, परमेश्‍वरको आज्ञाकारी हुन खोज्नु, इमानदार हुन खोज्नु अर्थहीन प्रक्रियाहरू हुन्—ती कार्यहरू परमेश्‍वरलाई देखाउनका लागि गरिन्छन् र ती आफैलाई सञ्‍चालन गर्ने मापदण्डहरू होइनन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। यो मेरो लागि गालामा हानिएको थप्‍पड जस्तै थियो। सत्यताको खोजी र अभ्यास गर्नु राम्रो कुरा हो, र मानिस हुनुको नाताले यो हाम्रो कर्तव्य हो। हामीले हाम्रो जीवनमा सत्यताको खोजी गर्नुपर्छ र परमेश्‍वरका वचनहरू अनुसार जिउनुपर्छ। तैपनि, तैपनि मैले सत्यताको खोजी र अभ्यासलाई व्यक्तिगत हैसियतका निम्ति मोलतोल गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेकी थिएँ। मैले त्यसलाई पदको लागि साट्न चाहेकी थिएँ। के त्यो त सत्यतालाई खेलौना, कुल्चीमिल्ची गर्ने कुराको रूपमा लिनु होइन र? मेरो कर्तव्यमा त्यस्तो खराब मनसाय राखेर मैले कहिल्यै परमेश्‍वरको अनुमोदन पाउनेथिइनँ। परमेश्‍वरका वचनहरूले मलाई कुराहरूप्रतिको मेरो दृष्टिकोण कस्तो हास्यास्पद थियो भन्‍ने देखाए। हैसियत र शक्ति पाएर, आदर पाएर, प्रतिष्ठित भएर, कदर पाएर मात्रै मेरो जीवनको मूल्य हुनसक्छ भन्‍ने मैले सोचेकी थिएँ। विश्‍वासीको रूपमा हैसियत नभइकन सामान्य विश्‍वासी मात्रै बन्‍नु जिउने एउटा दयनीय तरिका थियो, र यो असफलता थियो। कस्तो पागलको जस्तो सोचाइ! त्यो पूर्ण रूपमा शैतानी तर्क हो। परमेश्‍वरले हामी सृष्टि गरिएको सुयोग्य प्राणी बनेको, हाम्रो आफ्‍नै स्थानमा रहेको, परमेश्‍वरको नियम र बन्दोबस्तहरूमा कर्तव्यनिष्ठ भई समर्पित भएको, सृष्टि गरिएको प्राणीको जिम्‍मेवारी पूरा गरेको चाहनुहुन्छ। तर हाम्रो लागि सृष्टिकर्ताले तय गरिदिनुभएका असल व्यक्ति बन्‍ने सम्‍बन्धी सिद्धान्तहरूलाई मैले त्यागेकी थिएँ। म मेरो स्थानमा बस्‍न चाहँदिनथिएँ, तर महत्त्वपूर्ण काम गर्ने महान् व्यक्ति बन्‍न, उच्‍च पद प्राप्त गर्न र त्यसरी थप आदर पाउन चाहन्थेँ। त्यो शैतानी स्वभाव हो। मलजल गर्ने कार्यप्रति म निकै परिचित थिएँ, त्यसकारण मैले हाम्रा छलफलहरूमा केही विचार र सुझावहरू दिन सक्थेँ। त्यो पूर्ण रूपमा सामान्य कुरा हो, र यो मेरो कर्तव्यको भाग थियो। तर मसँग त्यसलाई आफ्‍नो प्रदर्शन गर्न र बढुवा पाउन प्रयोग गर्ने मूर्ख इच्‍छा थियो। मैले चाहेको कुरा नपाउँदा म खिन्‍न भएँ र परमेश्‍वरले मेरो कठिन परिश्रम देख्‍न सक्‍नुभएन भन्‍ने अनुभव गरेँ। मैले हैसियत प्राप्त नगर्दा म मेरो विश्‍वासमा असफल भएकी छु भन्‍ने सोचेँ, र मैले कर्तव्यप्रतिको रुचि गुमाएँ। मैले मेरो महत्वाकांक्षालाई परमेश्‍वरप्रतिको भक्तिको रूपमा ठानेँ। त्यो तथाकथित भक्ति निकै अशुद्ध थियो, यो बेइमानी र लेनदेनमा केन्द्रित थियो। त्यो कसरी सत्यताको अभ्यास गरेको र कर्तव्य पूरा गरेको भयो र? यो त परमेश्‍वरलाई प्रयोग गर्ने र धोका दिने प्रयास थियो र परमेश्‍वरको विरुद्धमा ख्रीष्ट-विरोधीसँग मिल्‍ने कार्य थियो। परमेश्‍वरले हाम्रो हृदय र मन देख्‍नुहुन्छ, र उहाँ धर्मी र पवित्र हुनुहुन्छ। म एकोहोरो भएर गलत मार्गमा लागिरहेकी थिएँ। मैले कसरी पवित्र आत्‍माको काम प्राप्त गर्न सक्थेँ र? मेरो स्थिति झन्-झन् खस्किरहेको थियो र म अन्धकारमा थिएँ। यो परमेश्‍वरले मलाई ताडना दिनुभएको र पन्छ्याउनुभएको तथ्य थियो। त्यही बेला मैले नाम र हैसियतको खोजी कति डरलाग्दो रहेछ भन्‍ने कुरा देखेँ। मैले आफूलाई चिनेकी थिइनँ, वा मैले व्यवहारिक काम गर्न सक्छु कि सक्दिनँ थाहा थिएन। मैले उच्‍च पद मात्रै खोजिरहेँ। मलाई शैतानले यति भ्रष्ट तुल्याएको थियो कि मैले सामान्य तर्क-शक्ति गुमाएकी थिएँ र मसँग कुनै आत्म-चेतना थिएन। मलाई साँच्‍चै मेरो स्थान थाहा थिएन। त्यही कारणले गर्दा मैले ठक्‍कर खाइरहेँ र पीडा भोगिरहेँ। मेरो भ्रष्टताले मसँग खेलबाड गरिरहेको थियो र मलाई चोट दिइरहेको थियो। शैतानले नाम र हैसियत सम्बन्धी हाम्रो खोजीद्वारा भ्रष्ट बनाएर हामीलाई हानि गर्छ। यो सही मार्ग होइन, र हामीले हैसियत नै पाए पनि सत्यताको खोजी गरेनौं भने हामी अवश्य नै हटाइनेछौं। हामीले मुक्ति पाउनको लागि सत्यताको खोजी गर्नुपर्छ र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “ख्याति र प्राप्ति मानिसलाई बाँध्‍न शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भन्‍ने कुरा तिमीहरू सबैले एक दिन पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्णरूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍नको लागि शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्णरूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई तैँले साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्रै मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। मलाई ती साँचो लाग्यो। मैले मेरो सबै हैरानी शैतानको कारणले आएको हो भन्‍ने देखेँ। म निरन्तर हैसियतको पछि लागिरहेकी थिएँ, र मलाई शैतानले खेलाइरहेको र सताइरहेको थियो। मैले पवित्र आत्‍माको अगुवाइलाई गुमाएकी थिएँ र म अन्धकारमा जिइरहेकी थिएँ। मेरो इच्‍छाले मलाई साँच्‍चै नै हानि गरिरहेको थियो। म कति जिद्दी, कति अटेरी थिएँ त्यसप्रति मलाई घृणा जाग्यो। यतिका समय म परमेश्‍वरको विरुद्धमा जाँदै ख्रीष्ट-विरोधीको मार्गमा हिँडिरहेकी थिएछु। म दण्ड पाउन र हटाइन योग्य थिएँ। तर परमेश्‍वरले मेरो मुक्तिको मौकालाई खोसिदिनुभएन। उहाँले मलाई कर्तव्य पूरा गर्ने मौका दिँदै मलाई आफ्‍ना वचनहरूद्वारा धैर्यताको साथ मलजल र भरणपोषण गरिरहनुभयो, ताकि मैले मेरो खोजीमा रहेको समस्यालाई देख्‍न सकूँ र फर्कन सकूँ। तर मैले यो कुरा बुझेकी थिइनँ। म नकारात्मक नै रहिरहेँ र परमेश्‍वरलाई दोष दिएँ। मैले अत्यन्तै अनुचित व्यवहार गरेँ। त्यो कुराको महसुस भएपछि म ग्लानिले भरिएँ, र यो प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंको न्याय र सजाय लागि धन्यवाद जसले गर्दा मैले आफैलाई चिन्‍न सकेँ। म नाम र हैसियतको पछि लाग्‍न चाहन्नँ, तर मेरो भ्रष्टतालाई समाधान गर्न, र साँचो रूपमा पश्‍चात्ताप गर्न सत्यताको खोजी गर्न चाहन्छु।”

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ” को अन्तिम खण्ड। “परमेश्‍वरले मानिसहरूमा निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्ने वा कुनै ठूलो जिम्मेवारी पूरा गर्ने क्षमता चाहनुहुन्‍न, न त उहाँलाई तिनीहरूले कुनै ठूलो जिम्मेवारीको अगुवाइ गरेको नै आवश्यक पर्छ। परमेश्‍वरको चाहना यही हो कि मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। तँ महान् वा प्रतिष्ठित हुनु परमेश्‍वरको आवश्यकता होइन, न त तैँले कुनै चमत्कार गर्नु उहाँको आवश्यकता हो, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरू सुन् र तिनलाई सुनिसकेपछि हृदयमा राख् र ध्यान दिँदै तिनलाई अत्यन्तै व्यवहारिक प्रकारले अभ्यास गर्, ताकि परमेश्‍वरका वचनहरू तेरो जिउने तरिका र तेरो जीवन बन्‍न सकून्। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र गरिमा खोज्दै छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँले यसलाई घृणा गर्नुहुन्छ र यसलाई हेर्न चाहनुहुन्‍न। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आफ्नै बारेमा समीक्षा गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति नबन्‍ने कुरा सुनिश्‍चित गर्! परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति बन्। त्यसो भए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? एकदमै व्यावहारिक तवरमा सत्यता प्राप्त गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, इमानदार व्यक्ति बन्‍न र आफ्ना कर्तव्यहरू निर्वाह गर्नको लागि दृढ़ रूपमा परमेश्‍वरको वचनमा भर परेर, र साँचो मानव स्वरूपमा जीवन जिएर। यति नै काफी छ। महत्वाकांक्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने कुरा सुनिश्‍चित गर्, प्रसिद्धि, फाइदा, र हैसियतको पछि नलाग् वा भीडभन्दा राम्रो देखिन नखोज्। यसअतिरिक्त, अरू सबैलाई उछिन्‍ने, मानिसहरूमाझमा उच्‍च स्थानमा रहेको र अरूलाई आफ्नो आराधना गर्न लगाउने महान्‌ व्यक्ति वा अलौकिक मानव बन्‍ने कोसिस नगर्। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; सृष्टि गरिएका यस्ता प्राणीहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि अझै पनि केही मानिसहरू प्रसिद्धि, फाइदा, र हैसियतको पछि लाग्छन् र पश्‍चात्ताप गर्न अस्विकार गर्छन् भने तिनीहरूको लागि कुनै उपचार छैन, र तिनीहरूको निम्ति एउटै मात्र परिणाम हुन्छ: त्यो हो, तिनीहरूको निष्कासन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। परमेश्‍वरका वचनहरूबाट मैले उहाँले हामी चर्चित, महान्, वा उत्कृष्ट भएको चाहनुहुन्‍न भन्‍ने देखेँ। हामी स्थिर भएर हाम्रो कर्तव्य पूरा गरेको, र उहाँमा समर्पित भएको चाहनुहुन्छ। तर मैले आफूलाई बुझिनँ वा आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले गरिनँ। मैले आदर र प्रशंसाको लागि अरूको हृदयमा स्थान पाउन मात्र चाहेँ। त्यो परमेश्‍वरले तोक्‍नुभएको कुराभन्दा ठीक विपरीत थियो। म सृष्टि गरिएको प्राणी, शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको व्यक्ति हुँ, तर म सामान्य व्यक्ति बन्‍नुमा सन्तुष्टि थिइनँ। म हैसियत र अरूभन्दा माथि उठ्न मात्रै चाहन्थेँ। म कुनै पनि आत्म-चेतना नभएको अहङ्कारी व्यक्ति थिएँ। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ अन्तर्निहित रूपमा नै अत्यन्तै महान् र प्रतापी हुनुहुन्छ। उहाँ व्यक्तिगत रूपमा नै देह बन्‍नुभएको छ र मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्न संसारमा आउनुभएको छ, तर उहाँले कहिल्यै पनि प्रदर्शन गर्ने वा परमेश्‍वरको रूपमा हैकम चलाउने गर्नुभएन। बरु, उहाँले मानवजातिलाई मुक्ति दिने आफ्‍नो काम चुपचाप गर्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र र गुप्त हुनुहुन्छ, र उहाँको सार अत्यन्तै प्रेमपूर्ण छ। यस कुरालाई त्यसरी विचार गर्दा मलाई वास्तवमै लाज लाग्यो, र मैले मेरो देहसुखलाई त्याग्‍नुपर्छ र सत्यताको अभ्यास गर्नुपर्छ भन्‍ने सङ्कल्प गरेँ।

त्यसपछि, म मेरो कर्तव्यमा पूर्ण हृदयले लागिपरेँ र नयाँ विश्‍वासीहरूलाई कसरी मलजल गर्ने त्यसको बारेमा विचार गरेँ। मैले मेरो हैसियतको बारेमा बिर्सेँ, र खुशीसाथ साधारण व्यक्तिको रूपमा रहेँ र मैले सक्‍ने जति राम्ररी मेरो कर्तव्य पूरा गरेँ। जब मैले यसमा मेरो हृदय लगाएँ, परमेश्‍वरले मलाई मलजलको काममा मार्ग प्रदान गर्दै अन्तर्दृष्टि दिनुभयो। थाहै नपाई, मैले मेरो कर्तव्य अझै राम्ररी पूरा गरिरहेकी थिएँ। त्यस्तो अभ्यासद्वारा मलाई निकै राम्रो अनुभूति भयो। एक पटक हामीले नयाँ विश्‍वासीहरूको लागि भेला आयोजना गर्नुपर्ने भयो। तर मलजल सम्‍बन्धी समूहमा नयाँ आउनुभएको सिस्टरले नयाँ विश्‍वासीहरूलाई त्यति राम्ररी बुझ्‍नुभएको थिएन, र तिनीहरूसँग कसरी कुराकानी गर्ने थाहा थिएन। मैले अग्रसरता जनाएर सहयोग गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर मलाई के महसुस भयो भने मानिसहरूसँग सम्पर्कमा रहने सानोतिनो काम अत्यन्तै नीच काम हो। यदि मैले त्यसो गर्न अग्रसरता देखाएँ भने यसले मलाई होच्याउँदैन र? त्यो बेला म गलत छु, कर्तव्यहरू महत्त्वको हिसाबले ठूलो-सानो हुँदैन, र संचार गर्नु पनि कर्तव्य नै हो भन्‍ने देखेँ। त्यसो भए मैले किन त्यसो गर्न सक्दिनँ? त्यसपछि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्नको लागि सहयोगको हात बढाएँ। मैले के महसुस गरेँ भने कर्तव्य जे-जस्तो भए पनि ठीक अभिप्राय छ र परमेश्‍वरलाई ध्यानमा राख्दै हृदयबाट गर्न सकिन्छ भने सहज र शान्तिको अनुभूति हुनेछ। कहिलेकहीँ जब म पर्यवेक्षक अत्यन्तै व्यस्त भएको र दाजुभाइ-दिदीबहिनीहरूले मलजलको कामको बारेमा विवरणहरू सोधिरहेका देख्थें, म मेरो हैसियतको बारेमा विचार गर्दिनथिएँ, तर सबैसँग राम्ररी काम गर्न र मेरो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ। त्यसकारण सङ्गति गर्न र समस्याहरू समाधान गर्नको लागि मैले गर्न सक्‍ने सबै गरें। केही समयपछि, मैले मेरो मनस्थिति परिवर्तन गरेपछि, मेरो कर्तव्यमा सबै कुरा परिवर्तन भयो। मलाई अझै जिम्‍मेवारी बोध हुन थाल्यो र थप समस्याहरू पत्ता लगाउन थालेँ, र मेरो स्थिति क्रमिक रूपमा सुधार हुँदै गयो।

एक दिन, एक जना सिस्टरले मलाई बोलाउनुभयो र अर्को सिस्टरसँग मण्डलीको कामको जिम्‍मेवारी लिनुहोस् भनेर मलाई भन्‍नुभयो। त्यो सुन्दा म छक्‍क परेँ। मेरो भावनालाई कसरी व्याख्या गर्ने मलाई थाहा थिएन। मलाई परमेश्‍वर सम्‍बन्धी मेरा सबै गलत बुझाइ र दूरी एकै क्षणमा बिलाएको छ भन्‍ने अनुभव भयो। म सधैँ कुण्ठित मनको भएकी थिएँ र परमेश्‍वरलाई गलत रूपमा बुझेकी थिएँ। मलाई म मेरो कर्तव्यमा पहिले असफल भएकी छु, त्यसकारण त्यसपछि मैले जति कठिन काम गरे पनि कसैले त्यो काम देख्दैनन् भन्‍ने लागेको थियो। परमेश्‍वरले मलाई कृपा नगर्न वा थप मौका नदिन पनि सक्‍नुहुन्थ्यो। तर परमेश्‍वरले म परिवर्तन हुन्छु भनेर प्रतीक्षा गरिरहनुभएको थियो। उहाँले सबै कुराहरू मिलाइरहनुभएको थियो ताकि मैले मेरो स्थान पाउन सकूँ, र सृष्टिकर्ताको बन्दोबस्तहरूलाई स्वीकार गर्न सकूँ। म सधैँ मेरो आफ्‍नै हैसियतको लागि लड्ने प्रयास गरिरहेकी थिएँ, र हरेक कदममा असफल भइरहेकी थिएँ। जब मैले त्यो कुरालाई त्यागेँ र मेरो आफ्‍नै स्थानको बारेमा विचार गर्न छोडेँ, परमेश्‍वरले मलाई अर्को आज्ञा दिनुभयो। मैले परमेश्‍वरको सार कति दयालु र प्रेमिलो छ भन्‍ने देखेँ। परमेश्‍वरले त्यस्तो कुराको लागि कसैलाई कहिल्यै पनि त्याग्‍नुभएको छैन, र उहाँको न्याय र सजायमा उहाँको क्रोध समावेश भए तापनि, यो उहाँको प्रगाढ अपेक्षाहरूले भरिएको छ। उहाँको सजायपछि, तिनीहरूले कष्ट भोगेपछि, तिनीहरू जीवनमा वृद्धि हुनेछन् भनेर उहाँले आशा गरिरहनुभएको हुन्छ। यो परमेश्‍वरको बहुमूल्‍य प्रेम हो! मलाई परमेश्‍वरले दिनुभएको मुक्तिको लागि म हार्दिक धन्यवाद दिन्छु।

म सधैँ कठोर भएर नाम र हैसियतको पछि लाग्थें, जसले गर्दा म कष्ट र थकित अवस्थामा पुग्थें। परमेश्‍वरका वचनहरूको न्याय, परीक्षा, र प्रकाशहरूविना, मैले कहिल्यै पनि शैतानले मलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ वा मैले हैसियतमा कति धेरै चासो राख्थें भनेर देख्‍नेथिइनँ। म शैतानको खेलबाडमा परेर म ती कुराहरूको लागि लडिरहेकी हुनेथिएँ, र ममा कुनै मानव स्वरूप रहनेथिएन। व्यक्तिगत रूपमा मैले परमेश्‍वरको न्याय र सजाय नै उहाँको सबैभन्दा उत्तम सुरक्षा र मुक्ति हो, र उहाँको सबैभन्दा सच्‍चा प्रेम हो भन्‍ने अनुभव गरेँ। परमेश्‍वरले भन्‍नुभएको छ, “आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पुनः रोगको सामना

याङ्ग यि, चीन मैले १९९५ बाट प्रभु येशूमा विश्‍वास गर्न थालें। त्यसपछि, वर्षौंदेखिको मेरो मुटुको रोग चमत्कारी ढङ्गले ठिक भयो। म धेरै आभारी...

परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्