हैसियतको तृष्णाबारे मनन
सन् २०१९ को कुरा हो, मलाई मण्डली अगुवा छनौट गरियो। त्यो बेला, मैले मुख्यतः भिडियो प्रडक्सनको रेखदेख गरिरहेको थिएँ। मैले केही टोली...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरका वचनहरूले भन्छन्: “मानिसले अन्त्यमा परमेश्वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्वरको प्रेम यस्तो प्रकारको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। जब मानिसहरूले परमेश्वरको प्रेमको बारेमा उल्लेख गर्थे, म उहाँको कृपा र दया, उहाँको अनुग्रह र आशिषहरूको बारेमा सोच्ने गर्थेँ। उहाँको न्याय र सजाय प्रेम हो भनेर मैले साँच्चै बुझिनँ। तर मैले यसलाई व्यावहारिक रूपमा अनुभव गरेपछि, केही व्यक्तिगत बुझाइ प्राप्त गरेँ र परमेश्वरका वचनहरू सत्यता हुन्, र ती सबै एकदमै व्यावहारिक छन्, अनि न्याय र सजाय मानिसजातिका लागि परमेश्वरको प्रेम र मुक्ति हुन् भनेर बुझेँ।
म मलजलको समूहको लागि जिम्मेवारी थिएँ, त्यसपछि गत वर्षको सेप्टेम्बरमा मलाई व्यावहारिक काम नगरेकोमा हटाइएको थियो। मण्डली अगुवाले सिस्टर जोइसलाई मेरो काम सम्हाल्ने बन्दोबस्त मिलाउनुभयो। त्यो कुराले मलाई यस्तो अनुभूति गरायो कि त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। मैले पहिले जोइसको काम रेखदेख गरेकी थिएँ, तर अहिले उनले मेरो काम रेखदेख गर्न लागेकी थिइन्। के त्यसले मलाई अयोग्य देखाउँदैनथियो र? म मलजल समूहको इन्चार्जमा रहेको व्यक्तिबाट साधारण सदस्य बन्न पुगेकी थिएँ। मलाई चिन्ने दाजुभाइ-दिदीबहिनीहरूले त्यो कुरा पत्ता लगाए भने के त्यो लाजमर्दो हुनेथिएन र? यो सोचाइले मलाई साँच्चै आफ्नो काम राम्ररी नगरेकोमा पछुतो गर्न लगायो। पछि, हाम्रो कामबारे गरिएको समूह छलफलमा सबै जना केही समयसम्म चुपचाप बसे। म उप्रान्त इन्चार्ज नभए पनि, मलजलको कामबारे मसँग केही अनुभव छ, त्यसकारण मैले भार उठाएर आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ भन्ने मैले सोचेँ। त्यसरी सबैले मैले अझै पनि महत्त्वपूर्ण भूमिका निभाइरहेकी छु भन्ने देख्नेछन्, र सबैले मलाई आदरको नजरले हेर्न सक्छन्। त्यसकारण मैले सक्रिय भई मेरा सोचाइ र विचारहरू बताउन थालेँ, र केही छलफलपछि, मानिसहरू मुख्य रूपमा मेरो रायसित सहमत भए। लगभग हरेक छलफलमा, हामी मेरै विचारहरू अनुसार अघि बढ्यौं, त्यसकारण समूहमा मेरो क्षमताहरू निकै माथि उठेका छन् भन्ने मलाई लाग्यो। मसँग पर्यवेक्षकको भूमिका त थिएन, तर मैले अझै पनि त्यस प्रकारको काम सम्हाल्न सकेँ। अरूले मलाई आदरको नजरले हेर्छन्, र एक दिन मलाई फेरि बढुवा गरिनेछ भन्ने मलाई लागेको थियो। त्यसपछि मैले अझै सक्रिय भई विचारहरू बाँड्न थालेँ, र हरेक भेलाभन्दा पहिले, म नयाँ विश्वासीहरूले कसरी काम गर्दैछन् भनरे बुझ्ने र परमेश्वरका सन्दर्भिक वचनहरू खोज्ने प्रयास गर्थें। यसमा धेरै समय र शक्ति खर्च हुन्थ्यो, तर राम्रो काम गर्दा त्यसले मेरो क्षमतालाई प्रमाणित गर्छ, त्यसकारण त्यो मूल्य चुकाउनु सार्थक छ भन्ने लाग्थ्यो। म आफ्नो कर्तव्यमा सक्रिय थिएँ, हाम्रो काममा केही समस्याहरू पत्ता लगाउन सक्षम थिएँ, र मैले बताएका समाधान र सुझावहरूमा अरू सहमत हुन्थे। मलाई कस्तो लाग्यो भने मैले कति कठिन परिश्रम गरिरहेकी छु भन्ने कुरा सबैले देख्न सक्छन्, त्यसकारण अगुवाले हाम्रो काम अवलोकन गरेर मैले के गरिरहेकी छु भन्ने देखेपछि मलाई बढुवा दिन सक्नुहुन्छ। तर केही समय बित्यो, र पनि अगुवासँग मलाई बढुवा गर्ने सोच रहेको देखिएन। मण्डलीमा धेरैभन्दा धेरै नयाँ विश्वासीहरू सामेल भइरहेका छन् भन्ने मैले देखेँ, त्यसकारण धेरैभन्दा धेरै मानिसहरूले पदहरू सम्हाल्नु आवश्यक थियो, तर मलाई बढुवा दिने कुनै सोच रहेको देखिँदैनथियो। यो देखेर म अलिक निराश भएँ। मैले केही परिवर्तनहरू गरेकी छु र मेरो कर्तव्यमा निकै राम्रो काम गरिरहेकी छु भन्ने मलाई लाग्यो। मण्डलीमा सहायता गर्ने मान्छेको धेरै कमी भएको अवस्थामा पनि, किन मैले अर्को मौका पाइरहेकी थिइनँ? एक पटक हटाइएपछि, के मैले इन्चार्जमा रहने अर्को मौका कहिल्यै पाउनेछैन र? मैले यो कुरा बुझ्नै सकेकी थिइनँ। मेरो सबै कठिन परिश्रमले किन परिणाम ल्याइरहेको छैन मलाई थाहा थिएन। ममा के कुराको कमी थियो? पछि, मैले के सोचेँ भने मैले पक्कै पनि पर्याप्त रूपमा कठिन परिश्रम वा असल काम गरिरहेकी छैन, वा मैले चाहेजस्तो उपलब्धि हासिल गरेकी छैन। मैले सोचेँ, मैले कठिन परिश्रम गरिरहनुपर्छ र मेरो कर्तव्यमा उपलब्धिहरूमा मात्रै ध्यान दिनु हुँदैन, तर जीवन प्रवेश र सत्यताको खोजीमा पनि ध्यान दिनुपर्छ, ताकि अरूले मेरो व्यक्तिगत प्रगतिलाई देख्न सकून्। त्यसपछि परमेश्वरले मलाई कृपा गरेर मौका दिनुहुनेछ। मलाई लाग्यो, “उचित” खोजीले, एक दिन परिवर्तन आउनेछ, र मलाई बढुवा दिइएन भने पनि, म समूहमा उत्कृष्ट देखिनेछु र दाजुभाइ-दिदीबहिनीहरूको प्रशंसा प्राप्त गर्नेछु। त्यसकारण मैले हाम्रो समूहको मलजलको कार्यमा आफूलाई पूर्ण रूपमा समर्पित गरेँ, र जब नयाँ विश्वासीहरूसँग समस्याहरू हुन्थे, म तीबारे ध्यान दिएर सोच्थें अनि सङ्गति गर्न परमेश्वरका वचनहरू खोज्थें। जब मैले कुनै कुरा बुझ्दिनथिएँ, म उत्सुकताको साथ प्रार्थना र खोजी गर्थेँ। केही समयपछि, नयाँ विश्वासीहरूलाई मलजल गर्ने कार्यमा म झन्-झन् सफल हुँदै गएँ। केही समयपछि एउटा भेलामा, समूह अगुवाले मैले आफ्नो कर्तव्यको बोझ बोकेकी छु, र नयाँ विश्वासीहरूको समस्यालाई समाधान गर्न म सिपालु छु भनेर भन्नुभयो। मलाई आफैप्रति निकै खुसी लाग्यो। मलाई सबैले मैले कति राम्ररी काम गरिरहेकी छु त्यो देख्न थाल्नेछन्, र यदि मैले मेरो प्रस्तुतिलाई अझै सुधार गरेँ भने, सबैको प्रशंसा प्राप्त गर्न सक्छु भन्ने लाग्यो। त्यसपछि मैले बढुवा हुने मौका पाउनेछु। त्यसपछि म आफ्नो कर्तव्यमा पूर्ण रूपले लागिपरेँ। मेरा आफ्नै जिम्मेवारीहरूबाहेक, मैले सक्ने जति समूहका अरू कार्य पनि लिन थालेँ, र समस्याहरू पत्ता लगाउँदा पर्यवेक्षकलाई सुझाव र सहयोग पनि प्रदान गर्थेँ। सत्यतासम्बन्धी मेरो खोजीमा पनि म पछि परिनँ, तर हरेक खाली समयमा परमेश्वरका वचनहरू पढ्थें। जब-जब मलाई निराश हुन्थ्यो म प्रार्थनामा परमेश्वरको सामु आउथें र खोजी गर्थेँ अनि भेलाहरूमा हुने सङ्गतिमा सक्रिय रूपमा सहभागी हुन्थें। तर केही समयसम्म कठिन परिश्रम गरेपछि पनि मलाई अझै बढुवा नगरिँदा म निकै खिन्न भएँ। मैले जति कठिन परिश्रम गरे पनि वा मैले जति राम्रो काम गरे पनि, परमेश्वरले मलाई कहिल्यै अनुमोदन गर्नुहुनेछैन, र अगुवाले मलाई कहिल्यै बढुवा दिनुहुनेछैन भन्ने मलाई लाग्यो। त्यसोभए यो सबै गर्नुको अर्थ के रह्यो र? त्यसपछि, मैले त्यति धेरै प्रयास लगाउन छाडेँ, र जब म नयाँ विश्वासीहरू नियमित रूपमा भेला हुन असफल भएको देख्थें, मैले विस्तृत सोधपुछ वा सहयोग नगरिकन यसको बारेमा लापरवाही रूपमा सोध्थें। कहिलेकहीँ जब जोइसले मलाई भेलाहरूअघि दाजुभाइ-दिदीबहिनीहरूका निश्चित समस्या र कमीकमजोरीहरूको लागि परमेश्वरका वचनहरू खोज्न लगाउनुहुन्थ्यो, मलाई त्यो मेरो काम होइन भन्ने लाग्थ्यो, र मैले जति नै राम्रो काम गरे पनि कसैले पनि त्यो कुरालाई ध्यान दिँदैनथिए, त्यसकारण मैले बहाना बनाएर काम टार्थें। मेरो आफ्नै स्थिति पनि बिग्रिन थाल्यो र प्रार्थना गर्दा के भन्ने मलाई थाहा हुँदैनथियो। परमेश्वरका वचनहरू पढ्दा त्यो ज्ञानवर्धक लाग्दैनथियो, र कहिलेकहीँ म झकाउँथे। मलाई मेरो आत्मामा वास्तविक अन्धकारको अनुभूति भयो र मैले पवित्र आत्माको काम अनुभव गर्न सक्दिनथिएँ। केही समयपछि नै, मैले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बढुवा गरिएको देखेँ, जब कि म अझै पनि मलजल गर्ने कामको तुच्छ सदस्य मात्रै थिएँ। म अझै निरूत्साहित भएँ। मैले त्यतिका लामो समयदेखि धेरै कडा परिश्रम गरिरहेकी थिएँ, तर उही पुरानै ठाउँमा फन्को मारिरहेकी थिएँ। मेरो बढुवा हुने कुनै आशा देखिएन। मजस्ता विश्वासीहरू मण्डली अगुवा र समूह अगुवाहरू भएका थिए, र अरूको आदर पाएका थिए, तर मैले कहिल्यै पनि बढुवा पाइनँ। के यसको अर्थ, म विश्वासीको रूपमा असफल भएकी थिएँ? म यति नकारात्मक बनेँ कि मैले कुनै कुराको लागि उत्प्रेरणा नै बटुल्न सकिनँ।
त्यो बेला, म किन यति निराश भइरहेकी छु भनेर मैले मनमनै प्रश्न गरेँ। किन म हैसियतको लागि मात्रै जिएँ? के मेरो विश्वासका सारा वर्षहरू हैसियतको लागि मात्रै थिए त? कसरी म यति दयनीय हुन पुगेँ? किन मैले हैसियतप्रति यति मरिहत्ते गरेँ? मलाई साँच्चै आफूप्रति घृणा जाग्यो। मैले प्रार्थनामा परमेश्वरको अघि घुँडा टेकेँ र भनेँ, “हे परमेश्वर, म मेरो विश्वासमा सत्यताको खोजी गर्न चाहन्छु, तपाईंको प्रेमको बदली दिन चाहन्छु, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न चाहन्छु। तर अहिले म हैसियतप्रतिको आफ्नो चाहनाले प्रताडित छु, निराश र उदास भएकी छु। म यस तरिकामा जिउन चाहन्नँ, तर म आफूलाई रोक्नै सक्दिनँ। हे परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मुक्ति दिनुहोस्, ताकि मैले मेरो समस्यालाई बुझेर समाधान गर्न सकूँ।” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीसँग ख्रीष्टविरोधीको स्वभाव र सार हुन्छ, र तिनीहरूलाई सामान्य व्यक्तिबाट अलग बनाउने यसैले हो। बरखास्त भएपछि तिनीहरूले बाहिर केही नभने पनि हृदयमा भने प्रतिरोध गरिरहन्छन्। तिनीहरू आफ्ना गल्तीहरू स्विकार्दैनन्, र जति समय बिते पनि तिनीहरू कहिल्यै आफूलाई साँचो रूपमा चिन्न सक्षम हुनेछैनन्। यो कुरा धेरै पहिले नै प्रमाणित भएको हो। ख्रीष्टविरोधीबारे कहिल्यै नबद्लिने अर्को कुरा पनि छ: तिनीहरूले जहाँसुकै कामकुरा गरिरहेका भए पनि तिनीहरू फरक हुन, आदरभावले हेरिइन र अरूबाट सम्मान पाउन चाहन्छन्; मण्डली अगुवा वा टोली अगुवाका रूपमा तिनीहरूसित वैध पद र नाम-पदवी नभए पनि, तिनीहरू अझै पनि प्रतिष्ठा र मूल्यमा अरूभन्दा निकै माथि हुन चाहन्छन्। तिनीहरूले काम गर्न सके पनि वा नसके पनि, तिनीहरूसँग जे-जस्तो प्रकारको मानवता वा जीवन अनुभव भए पनि, तिनीहरू मानिसहरूको सम्मान पाउनका लागि सान देखाउने, मानिसहरूको निगाह सुनिश्चित गर्ने, मानिसहरूको मन जित्ने साथै मानिसहरूलाई लोभ्याउने र भ्रममा पार्ने मौकाहरू खोज्न जुनसुकै उपायहरू अपनाउँछन् र जुनसुकै हदसम्म जान्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूले तिनीहरूबारे के कुराको प्रशंसा गरून् भन्ने चाहन्छन्? तिनीहरू बर्खास्त भएका भए पनि ‘सिंहासनबाट गिरेको राजा पनि राजा नै हुन्छ’ र त्यो कुखुराको माथि उड्ने चील नै रहन्छ भन्ने सोच्छन्। के यो ख्रीष्टविरोधीहरूको अहङ्कार र आत्म-धार्मिकता साथै तिनीहरूको भिन्नता होइन र? तिनीहरू हैसियतविना रहन सक्दैनन्, एक सामान्य विश्वासी, केवल एक मामुली व्यक्ति हुन, भुइँमा खुट्टा टेकेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफ्ना स्थानमा रहन, वा आफ्नै काम मात्र राम्ररी गर्न, बफादारी देखाउन, र आफूलाई आइपरेका काममा सक्दो राम्रो गर्न सक्दैनन्। यी कुराहरूले तिनीहरूलाई अलिकति पनि सन्तुष्ट पार्दैनन्। तिनीहरू त्यस्तो व्यक्ति हुन वा त्यस्ता कुराहरू गर्न इच्छुक हुँदैनन्। तिनीहरूको ‘ठूलो आकाङ्क्षा’ के हो? सम्मानित हुनु र आदरभावले हेरिनु, अनि शक्ति हातमा लिनु हो। यसैले, तिनीहरूका नाममा कुनै विशेष पदवी नभए पनि, ख्रीष्टविरोधीले आफ्ना निम्ति प्रयत्न गर्नेछन्, आफ्ना निम्ति बोल्नेछन् र आफूलाई सही साबित गर्नेछन्, आफ्नो प्रदर्शन गर्नका लागि आफूले सक्ने सबथोक गर्छन्, किनकि तिनीहरूमा आफूलाई मानिसहरूले नदेख्लान् वा कसैले पनि ध्यान नदेलान् भन्ने डर हुन्छ। तिनीहरू अझ राम्ररी चिनिन, आफ्नो प्रतिष्ठा बढाउन, अझ धेरै मानिसलाई आफ्ना प्रतिभा र सामर्थ्य देखाउन हरेक मौकामा हाम फाल्नेछन्, र तिनीहरूले आफू अरूभन्दा श्रेष्ठ रहेको देखाउनेछन्। यी कामकुराहरू गर्दा, ख्रीष्टविरोधीहरू आफ्नो प्रदर्शन र सराहना गर्न, तिनीहरू अगुवा नभए पनि र तिनीहरूको हैसियत नभए पनि सबैलाई तिनीहरू अझै पनि साधारण मानिसहरूभन्दा श्रेष्ठ छन् भनी सोच्ने बनाउन जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन्। त्यसपछि एक ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुनेछ। ऊ मामुली र साधारण व्यक्ति बन्न इच्छुक हुँदैन; ऊ शक्ति र प्रतिष्ठा चाहन्छ, र अरूभन्दा निकै माथि हुन चाहन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनहरू पढ्दा, मलाई परमेश्वर मेरो छेवैमा हुनुहुन्छ र मेरो खुलासा गर्दै हुनुहुन्छ जस्तै लाग्यो। परमेश्वर भन्नुहुन्छ, ख्रीष्ट-विरोधी जस्ता मानिसहरूले जेसुकै भए पनि नाम र हैसियत, शक्ति र अरूको प्रशंसा पाउन चाहन्छन्। त्यो दुष्ट अभिलाषा पूरा गर्नको लागि, ख्रीष्ट-विरोधीहरू अरूको ध्यान पाउन, आफूलाई उचाल्न, र मानिसहरूको मन जित्न जुनसुकै मूल्य चुकाउँछन्। मैले मेरो खोजी ख्रीष्ट-विरोधीको जस्तै छ भन्ने देख्न सकेँ। मेरो विश्वासमा, म हैसियत प्राप्त गर्न, अगुवा वा पर्यवेक्षक बन्न चाहन्थेँ। म मेरो समूहमा उत्कृष्ट हुन, र अरूको प्रशंसा र समर्थन पाउन चाहन्थेँ। मलाई हटाइएपछि, मैले पर्यवेक्षक हुने मेरो इच्छालाई सम्बोधन गरिनँ। म सक्रिय भई छलफलमा सहभागी हुन्थें र सुझावहरू प्रदान गर्थेँ, र समस्याहरू पत्ता लगाउनेबित्तिकै सुपरिवेक्षकलाई सुझाव दिन्थें, ताकि उनले मैले समस्याहरू पत्ता लगाउने मात्र होइन, समाधानसमेत दिन सक्छु, अनि म चलाक पनि छु भन्ने थाहा पाऊन्। त्यसपछि म बढुवा हुने सम्भावनामा पर्नेछु। म मेरो कर्तव्यमा कठिन परिश्रम गर्थें, ताकि अरू दाजुभाइ-दिदीबहिनीहरूले मैले व्यावहारिक काम गर्न सक्छु भन्ने देख्न सकून्, र त्यसपछि, मसँग बढुवाको मौका हुनेथियो। मेरो प्राथमिक जिम्मेवारी नभए पनि म काममा सक्रिय भएर लागिपर्थें, आफ्नो धेरै समय र शक्ति खर्च गर्न तयार हुन्थें, मैले आफ्नो कर्तव्यको लागि बोझ उठाएको र धेरै कुराको सामना गर्न सकेको सबैले देखून् भन्ने चाहन्थेँ। म सत्यता सम्बन्धी मेरो खोजीमा पनि पछि परिनँ, ताकि तिनीहरूले मलाई अनुमोदन गरून्। म आफूलाई प्रमाणित गर्न, आफ्नो प्रदर्शन गर्न र मानिसहरूलाई जित्न हर मौकाको खोजी गर्थेँ। के त्यो परमेश्वरले खुलासा गर्नुहुने ख्रीष्टविरोधी व्यवहार होइन र?
मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले ख्रीष्टविरोधीहरूको भ्रष्ट स्वभावलाई पूर्ण रूपमा व्याख्या गर्छ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूको लागि उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु र खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्वरका वचनहरू जति धेरै पढे पनि आफूले सत्यताको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीहरूको मार्ग लिएकोमा अनि ख्रीष्टविरोधीहरूको प्रकृति सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा उनीहरू सधैँ आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूले जे गर्छन् त्यो अरूको अगाडि आफ्नो प्रदर्शन गर्नको लागि गर्छन् र परमेश्वरको अगाडि गर्दैनन्। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसले हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यताको अस्तित्वमा कहिल्यै पनि विश्वास गर्दैनन् र उनीहरू परमेश्वरको अस्तित्वमा पटक्कै विश्वास गर्दैनन् भनेर पनि भन्न सकिन्छ। यसैले उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचेकै बेस। प्रतिष्ठा र हैसियत सम्बन्धी निरन्तरको खोजीमा तिनीहरूले परमेश्वरले गर्नुभएका कुराहरूलाई पनि स्वेच्छाचारी रूपमा नकार्छन्। म किन यसो भन्छु त? ख्रीष्टविरोधीहरूले आफ्नो हृदयको गहिराइमा यस्तो विश्वास गर्छन्, ‘सबै प्रतिष्ठा र हैसियत आफ्नै प्रयासहरूद्वारा कमाइन्छ। मानिसहरूमाझ दह्रिलो स्थान हासिल गरेर अनि प्रतिष्ठा र हैसियत प्राप्त गरेर मात्रै तिनीहरूले परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। मानिसहरूले पूर्ण शक्ति र हैसियत प्राप्त गरेपछि मात्रै जीवनको मूल्य हुन्छ। यो मात्रै मानव जसरी जिउनु हो। यसको विपरीत परमेश्वरको वचनमा भनिएजस्तै सबै कुरामा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु, सृजित प्राणीको स्थानमा उभिन इच्छुक हुनु र सामान्य व्यक्तिजस्तै जिउनु व्यर्थ हुनेछ—कसैले पनि त्यस्तो व्यक्तिलाई आदरको नजरले हेर्दैन। व्यक्तिको हैसियत, प्रतिष्ठा र खुसी आफ्नै संघर्षबाट प्राप्त गर्नुपर्छ; ती कुराका लागि लडाइँ लड्नुपर्छ र सकारात्मक र सक्रिय मनोवृत्तिले तिनलाई टपक्कै टिप्नुपर्छ। अरू कसैले तँलाई ती कुराहरू दिनेछैन—हात बाँधेर प्रतीक्षा गर्दा असफलता मात्र हात लाग्छ।’ … ख्रीष्टविरोधीहरू दृढताका साथ हृदयमा विश्वास गर्छन् कि ख्याति र हैसियत भएमा मात्र उनीहरूको इज्जत हुन्छ र उनीहरू साँचो सृजित प्राणी हुन्छन्, हैसियत हुँदा मात्र उनीहरूलाई इनाम र मुकुट मिल्छ, उनीहरू परमेश्वरको अनुमोदन पाउन योग्य हुन्छन्, सबै कुरा प्राप्त गर्छन् र सच्चा व्यक्ति बन्छन्। ख्रीष्ट विरोधीहरूले हैसियतलाई केको रूपमा हेर्छन्? उनीहरूले यसलाई सत्यताको रूपमा हेर्छन्; उनीहरू त्यसलाई मानिसहरूले पछ्याउनुपर्ने सर्वोच्च लक्ष्य मान्छन्। के यो एउटा समस्या होइन र? हैसियतमा यस प्रकारले आशक्त हुन सक्ने मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू पावल जस्तै व्यक्तिहरू हुन्। तिनीहरू के विश्वास गर्छन् भने, सत्यता पछ्याउनु, परमेश्वरप्रति समर्पित हुन खोज्नु र इमानदार हुन खोज्नु सबै नै व्यक्तिलाई सम्भव भएसम्मको उच्चतम हैसियतमा पुऱ्याउने प्रक्रिया हुन्; ती केवल प्रक्रिया हुन्, आफूलाई आचरणमा ढाल्नुको लक्ष्य र मानक होइनन् र ती पूर्ण रूपमा परमेश्वरले हेर्नको लागि भनेर गरिन्छ। यस्तो बुझाइ निरर्थक र हास्यास्पद छ! सत्यतालाई घृणा गर्ने बेतुकेहरूले मात्र यस्तो हास्यास्पद विचार उत्पन्न गर्न सक्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूको यो खण्ड पढ्दा मलाई यो वास्तवमा नै मर्मस्पर्शी लाग्यो। मलाई आफ्नो हृदयमा मैले लुकाएर राखेको कुरालाई परमेश्वरले प्रकाशमा ल्याउनुभएको महसुस भयो। मलाई मैले लुक्ने ठाउँ कहीँ छैन भन्ने लाग्यो। मैले आफ्नो बारेमा मनन गर्न थालेँ, र जति मनन गरेँ, मेरो सोचाइ ख्रीष्ट-विरोधीको जस्तै छ भन्ने त्यति नै मलाई अनुभव हुँदै गयो। मेरा सबै वचन र कार्यहरू हैसियतमा केन्द्रित थियो, र मैले गरेको सबै कुरा आदर प्राप्त गर्नको लागि थियो। मेरो लागि अरू कुराभन्दा हैसियत नै महत्त्वपूर्ण थियो। विश्वासमा आउनुभन्दा पहिले, म सधैँ भीडभन्दा माथि उठ्न चाहन्थेँ र मलाई अरूको साथ र स्वीकृति पाउन मन पर्थ्यो। विश्वासमा आएपछि, मलाई अरूले आदरका साथ हेर्छन् र मण्डलीमा मेरो महत्त्वपूर्ण भूमिका हुन्छ भनेर म सधैँ नेतृत्वका पदहरूको पछि लाग्थें। म बर्खास्त भएपछि, मलाई मेरा विगतका अपराधहरूका लागि कुनै पछुतो थिएन अनि कसरी साँच्चै पश्चात्ताप गर्ने र परमेश्वरको ऋण तिर्न आफ्नो कर्तव्य कसरी राम्रोसँग निर्वाह गर्ने भनेर सोचिरहेकी थिइनँ। बरु, मैले त्यो कर्तव्य निर्वाह गर्ने अवसरलाई आफ्नो प्रदर्शन गर्ने मौकाको रूपमा प्रयोग गरेँ। मैले पर्यवेक्षकको पद गुमाइसकेपछि, म आफ्नो कर्तव्यमा लागिपरेँ, र महत्त्वपूर्ण पद प्राप्त गर्न कठिन परिश्रम गरेँ। केही कठिन परिश्रम गरेपछि पनि त्यो पद नपाउँदा, म निरूत्साहित भएँ। मलाई आफूले आफ्नो कर्तव्यमा जति धेरै गरे पनि, त्यसमा जति नै राम्रो गरे पनि, कसैले ध्यान नदिएजस्तो लाग्यो। मेरो प्रयासको कुनै अर्थ छैन भन्ने मैले सोचेँ। यति धेरै समर्पित भएपछि र राम्रो काम गरेपछि पनि कसैलाई थाहा नभई मैले मेरो कर्तव्यप्रति रुचि गुमाएँ। कुनै हैसियत प्राप्त नगरेपछि मैले मेरो कर्तव्य राम्ररी पूरा गर्ने जोस गुमाएँ। मैले परमेश्वरसँग तर्क गर्दै र प्रतिरोधी बन्दै उहाँलाई गलत रूपमा बुझ्ने र दोष दिने काम समेत गरेँ। म नाम र हैसियतको विचारमा बहकिएकी थिएँ। मैले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने विवेक र तर्क-शक्तिलाई गुमाएकी थिएँ। म सार हृदयले हैसियतको पछि लागेँ र समूहको साधारण सदस्य हुनमा सन्तुष्ट थिइनँ। म ख्रीष्टविरोधीजस्तै पूर्ण रूपमा अनुचित, दुष्ट र लाजविहीन थिएँ। परमेश्वरका यी वचनहरूले मलाई साँच्चै नै सहयोग गरेको छ: “तिनीहरू के विश्वास गर्छन् भने, सत्यता पछ्याउनु, परमेश्वरप्रति समर्पित हुन खोज्नु र इमानदार हुन खोज्नु सबै नै व्यक्तिलाई सम्भव भएसम्मको उच्चतम हैसियतमा पुऱ्याउने प्रक्रिया हुन्; ती केवल प्रक्रिया हुन्, आफूलाई आचरणमा ढाल्नुको लक्ष्य र मानक होइनन् र ती पूर्ण रूपमा परमेश्वरले हेर्नको लागि भनेर गरिन्छ।” मेरो लागि गालामा हानिएको थप्पड जस्तै थियो। सत्यताको खोजी र अभ्यास गर्नु राम्रो कुरा हो, र मानिस हुनुको नाताले यो हाम्रो कर्तव्य हो। हामीले हाम्रो जीवनमा सत्यताको खोजी गर्नुपर्छ र परमेश्वरका वचनहरू अनुसार जिउनुपर्छ। तैपनि, तैपनि मैले सत्यताको खोजी र अभ्यासलाई व्यक्तिगत हैसियतका निम्ति मोलतोल गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेकी थिएँ। मेरो कर्तव्यमा त्यस्तो खराब मनसाय राखेर मैले कहिल्यै परमेश्वरको अनुमोदन पाउनेथिइनँ। परमेश्वरका वचनहरूले मलाई कुराहरूप्रतिको मेरो दृष्टिकोण कस्तो गलत थियो भन्ने देखाए। हैसियत र शक्ति पाएर, आदर पाएर, प्रतिष्ठित भएर, कदर पाएर मात्रै मेरो जीवनको मूल्य हुनसक्छ भन्ने मैले सोचेकी थिएँ। विश्वासीको रूपमा हैसियत नभइकन सामान्य विश्वासी मात्रै बन्नु जिउने एउटा दयनीय तरिका थियो, र यो असफलता थियो। कस्तो पागलको जस्तो सोचाइ! परमेश्वरले हामी सृष्टि गरिएको सुयोग्य प्राणी बनेको, हाम्रो आफ्नै स्थानमा रहेको, परमेश्वरको नियम र बन्दोबस्तहरूमा कर्तव्यनिष्ठ भई समर्पित भएको, सृष्टि गरिएको प्राणीको जिम्मेवारी पूरा गरेको चाहनुहुन्छ। तर म मेरो स्थानमा बस्न चाहँदिनथिएँ, तर महत्त्वपूर्ण काम गर्ने महान् व्यक्ति बन्न, उच्च पद प्राप्त गर्न र त्यसरी थप आदर पाउन चाहन्थेँ। त्यो शैतानी स्वभाव हो। वास्तवमा, मलजल गर्ने कार्यमा मैले जतिनै ठूलो मूल्य चुकाए पनि वा मैले जस्तोसुकै महत्त्वपूर्ण भूमिका खेले पनि, त्यो केवल मैले गर्नुपर्ने कर्तव्य थियो। त्यो मेरो जिम्मेवारी थियो, तर म निश्चित हैसियत प्राप्त गर्न आफूलाई प्रदर्शन गर्न चाहन्थेँ। मेरा पागल लक्ष्यहरू पूरा नहुँदा, मैले आफ्नो कर्तव्यप्रति रुचि गुमाएँ। मैले मेरो महत्त्वाकाङ्क्षालाई परमेश्वरप्रतिको भक्ति हो भन्ठानेँ। त्यो तथाकथित भक्ति बेइमानी र लेनदेन थियो। त्यो कसरी सत्यताको अभ्यास गरेको र कर्तव्य पूरा गरेको भयो र? यो त परमेश्वरलाई प्रयोग गर्ने र धोका दिने प्रयास थियो र म ठ्याक्कै ख्रीष्टविरोधीको मार्गमा थिएँ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले हाम्रो हृदय र मन देख्नुहुन्छ। म एकोहोरो भएर गलत मार्गमा लागिरहेकी थिएँ। मैले कसरी पवित्र आत्माको काम प्राप्त गर्न सक्थेँ र? मेरो स्थिति झन्-झन् खस्किरहेको थियो र म अन्धकारमा थिएँ। यो परमेश्वरले मलाई अलग गर्नुभएको र सजाय दिनुभएको थियो। त्यही बेला मैले नाम र हैसियतको खोजी कति डरलाग्दो रहेछ भन्ने कुरा देखेँ। मैले आफूलाई चिनेकी थिइनँ, वा मैले व्यवहारिक काम गर्न सक्छु कि सक्दिनँ थाहा थिएन। म हैसियतको पछि मात्रै लागिरहेँ, बढुवा पाइने आशा गरिरहेँ। मैले उचित मानवता र तर्कशक्ति गुमाएकी थिएँ। मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरू साँचो हुन्। म निरन्तर हैसियतको पछि लागिरहेकी थिएँ, र मलाई शैतानले खेलाइरहेको र सताइरहेको थियो। मैले पवित्र आत्माको अगुवाइलाई गुमाएकी थिएँ र म अन्धकारमा जिइरहेकी थिएँ। मेरो इच्छाले मलाई साँच्चै नै हानि गरिरहेको थियो। मैले आँसु थाम्न सकिनँ अनि आफू असाध्यै जिद्दी र अटेरी भएकोमा मलाई घृणा लाग्यो। यतिका समय म नाम र हैसियतको पछि लागिरहेकी थिएँ, ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। म हटाइन र दण्ड पाउन योग्य थिएँ। तर परमेश्वरले मेरो मुक्तिको मौकालाई खोसिदिनुभएन। उहाँले मलाई चेतावनी दिन र खुलासा गर्नका लागि आफ्ना वचनहरू प्रयोग गरेर मलाई मेरो साँचो रूप देखाउन परिस्थितिहरू मिलाइरहनुभयो ताकि मैले मेरो खोजीमा रहेको समस्या देख्न सकूँ र फर्कन सकूँ। तर मैले यो कुरा बुझेकी थिइनँ। मैले परमेश्वरलाई गलत ठानेँ र दोष दिएँ, नकारात्मक भएँ र उहाँविरुद्ध गएँ। मैले अत्यन्तै अनुचित व्यवहार गरेँ। त्यो कुराको महसुस भएपछि म ग्लानिले भरिएँ, र यो प्रार्थना गरेँ, “हे परमेश्वर, उप्रान्त म नाम र हैसियतको पछि लाग्न चाहन्नँ, तर मेरो भ्रष्टतालाई समाधान गर्न, र साँचो रूपमा पश्चात्ताप गर्न सत्यताको खोजी गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्, मलाई मार्ग देखाउनुहोस्।”
त्यसपछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरका वचनहरूबाट मैले उहाँले हामी चर्चित, महान्, वा उत्कृष्ट भएको चाहनुहुन्न भन्ने देखेँ। हामी स्थिर हुन सक्छौँ र र आफ्नो कर्तव्य पूरा गर्छौँ, अनि उहाँमै समर्पित हुन्छौँ भन्ने उहाँ आशा गर्नुहुन्छ। तर मैले आफ्नो कर्तव्य विश्वासयोग्य ढङ्गले गरिनँ। म सामान्य व्यक्ति बन्नुमा सन्तुष्टि थिइनँ। म केवल उच्च पद र अरूभन्दा माथि उठ्न चाहन्थेँ। म असाध्यै अहङ्कारी थिएँ। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँ एकदमै महान् र आदरणीय हुनुहुन्छ। उहाँ व्यक्तिगत रूपमा नै देह बन्नुभएको छ र सत्यता व्यक्त गर्न पृथ्वीमा आउनुभएको छ, तर उहाँ कहिल्यै पनि प्रदर्शन गर्नुहुन्न। बरु, उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो काम चुपचाप गर्नुहुन्छ। परमेश्वर अत्यन्तै नम्र र गुप्त हुनुहुन्छ, अनि अत्यन्तै प्रेमपूर्ण हुनुहुन्छ। यस कुरालाई त्यसरी विचार गर्दा मलाई वास्तवमै लाज लाग्यो, र मैले मेरो देहसुखलाई त्याग्नुपर्छ र सत्यताको अभ्यास गर्नुपर्छ भन्ने सङ्कल्प गरेँ।
त्यसपछि, म मेरो कर्तव्यमा पूर्ण हृदयले लागिपरेँ र नयाँ विश्वासीहरूलाई कसरी मलजल गर्ने त्यसको बारेमा विचार गरेँ। मैले मेरो हैसियतको बारेमा बिर्सेँ, र खुसीसाथ साधारण व्यक्तिको रूपमा रहेँ र मैले सक्ने जति राम्ररी मेरो कर्तव्य पूरा गरेँ। यसलाई व्यवहारमा उतार्दा मलाई असाध्यै सहज महसुस भयो। जब मैले यसमा मेरो हृदय लगाएँ, परमेश्वरले मलाई मलजलको काममा मार्ग प्रदान गर्दै अन्तर्दृष्टि दिनुभयो। थाहै नपाई, मैले मेरो कर्तव्य अझै राम्ररी पूरा गरिरहेकी थिएँ। एकपटक हामीले नयाँ विश्वासीहरूको लागि भेला आयोजना गर्दा, मलजल गर्ने समूहमा आउनुभएकी नयाँ सिस्टरले नयाँ विश्वासीहरूलाई त्यति राम्ररी चिन्नुभएको थिएन, र तिनीहरूसँग कसरी कुराकानी गर्ने भनेर उनलाई थाहा थिएन, त्यो कुरा मैले सम्झेँ। मैले सहयोग गर्नुपर्छ भन्ने मलाई थाहा थियो, तर मलाई के महसुस भयो भने, मानिसहरूसँग सम्पर्कमा रहने सानोतिनो काम अत्यन्तै नीच काम हो। यदि मैले त्यसो गर्न अग्रसरता देखाएँ भने यसले मलाई होच्याउँदैन र? त्यो बेला, म गलत छु, कर्तव्यहरू महत्त्वको हिसाबले ठूलो-सानो हुँदैन, र संचार गर्नु पनि कर्तव्य नै हो भन्ने देखेँ। त्यसो भए मैले किन त्यसो गर्न सक्दिनँ? त्यसपछि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्नको लागि सहयोगको हात बढाएँ। मैले त्यसो गर्दा, मलाई के महसुस भयो भने कर्तव्य जे-जस्तो भए पनि परमेश्वरको सूक्ष्म जाँच स्विकार्न सक्ने हो भने, ठीक अभिप्राय छ भने र त्यो कर्तव्य हृदयबाट गर्न सक्ने हो भने सहज र शान्तिको अनुभूति हुनेछ। कहिलेकहीँ, जब दाजुभाइ-दिदीबहिनीहरूले मलजलको कामको बारेमा विवरणहरू सोधिरहेका हुन्थे र सुपरिवेक्षक अत्यन्तै व्यस्त भएकीले उनीहरूका प्रश्नको उत्तर दिन नभ्याउँदा, उनीहरूसँग सङ्गति गर्न र समस्या समाधान गर्न म आफूले सकेको सबै गर्थेँ। म उनीहरूले मलाई मान गर्छन् कि गर्दैनन् वा त्यसो गर्दा मेरो हैसियत बढ्छ कि बढ्दैन भनेर विचार गर्दिनथिएँ, तर सबैसँग राम्ररी काम गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ। मैले आफ्नो मनस्थिति परिवर्तन गरेपछि, मेरो कर्तव्यमा सबै कुरा परिवर्तन भए। मलाई अझै जिम्मेवारी बोध हुन थाल्यो र थप समस्याहरू पत्ता लगाउन थालेँ, र मेरो स्थिति क्रमिक रूपमा सुधार हुँदै गयो।
म सधैँ कठोर भएर नाम र हैसियतको पछि लाग्थें, जसले गर्दा म कष्ट र थकित अवस्थामा पुग्थें। परमेश्वरका वचनहरूको न्याय र प्रकाशहरूविना, मैले कहिल्यै पनि शैतानले मलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ वा मैले हैसियतमा कति धेरै चासो राख्थें भनेर देख्नेथिइनँ। म शैतानको खेलबाडमा परेर म ती कुराहरूको लागि लडिरहेकी हुनेथिएँ, र ममा कुनै मानव स्वरूप रहनेथिएन। यसमार्फत, मैले व्यक्तिगत रूपमा परमेश्वरको न्याय र सजाय उहाँको सबैभन्दा उत्तम सुरक्षा र मुक्ति हो, र यो उहाँको प्रेम हो भन्ने अनुभव गरेँ। परमेश्वरले भन्नुभएको छ: “यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। परमेश्वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्ने कुरा जान” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)।
सन् २०१९ को कुरा हो, मलाई मण्डली अगुवा छनौट गरियो। त्यो बेला, मैले मुख्यतः भिडियो प्रडक्सनको रेखदेख गरिरहेको थिएँ। मैले केही टोली...
मैले दुई वर्षअघि मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्न थालेकी थिएँ। मलाई यो निकै महत्त्वपूर्ण कर्तव्य हो भन्ने थाहा थियो, त्यसैले मैले...
वाङ्ग शेन, चीनसन् २०१९ मा, म भिडियो समूहको टोली अगुवाको रूपमा छानिएँ। मैले मनमनै सोचेँ, “म साँच्चै सक्षम छु जस्तो छ, नत्र भने उहाँहरूले...
स्यु थाओ, चीनसन् २०२३ मा, म मण्डलीमा नयाँ सदस्यहरूलाई मलजल गर्दै थिएँ। तालिमद्वारा, मैले विभिन्न पक्षका केही सिद्धान्तहरू बुझ्न सकेकी थिएँ।...