आफ्नो कर्तव्यमा लागिरहनु

21 अक्टोबर 2021

याङ्ग्मु, दक्षिण कोरिया

म ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर गाउन सक्छु, परमेश्‍वरको गवाही दिन सक्छु भनेर सपना देख्थें। यो कस्तो आदरको कुरा हुनेथियो! त्यो दिन मैले सोचेको भन्दा चाँडै नै आइपुग्यो।

मे २०१८ मा, म गायन झुण्डको कोरल प्रदर्शन, राज्यको स्तुतिगानको अभ्यासहरूमा सामेल भएँ। अँ, मैले पहिले कहिल्यै गाएको वा नाचेको थिइनँ, त्यसैले सुरुमा मलाई अभ्यास गर्न गाह्रो भयो। मैले गाउँदा म साँच्चिकै अत्तालिएको थिएँ अनि मेरो अनुहारमा कडापन झल्किएको थियो। अनि नाचहरूमा सधैँ मेरो तालमेल बिग्रन्थ्यो। तर म निरुत्साहित भइनँ। मलाई राज्यको स्तुतिगान परमेश्‍वरको आगमनको गवाही हो भन्‍ने लाग्थ्यो, अनि यति उत्प्रेरित हुन्थें कि म केवल प्रार्थना गरिरहन्थें। राम्रोसित प्रदर्शन गर्न म मेरो सम्पूर्ण प्रयास लगाउथें। परमेश्‍वरले मलाई अलि-अलि गरेर अगुवाइ गर्नुभयो, अनि चाँडै, मैले सबै कुरामा सहज अनुभव गर्न थालेँ। म अरूलाई तिनीहरूको हाउभाउमा पनि सहायता गरिरहेको थिएँ। म आफैसित खुशी थिएँ र सोच्थें, “अब मैले राम्रै प्रस्तुति दिइरहेको छु। मेरा चालहरू साँच्चिकै विशेष छन्। तिनीहरूले छायाङ्कन गर्दा, मलाई पक्कै पनि सबैभन्दा अगाडि राखिनेछ। अनि जब घरमा भएका ब्रदर र सिष्टरहरूले मलाई अगाडि देख्छन्, तब तिनीहरू अति उत्तेजित हुनेछन् अनि गर्व गर्नेछन्। म निश्चित छु, तिनीहरूले मेरो ईर्ष्या पनि गर्नेछन्।” जब-जब मैले यो कुरा सोच्थें, तब-तब मलाई खुसी लाग्थ्यो अनि मेरो कर्तव्यप्रति मसित असीम ऊर्जा आउँथ्यो। अनि जब हामी अभ्यास गर्थ्यौं, म पसिना र दुखाइमा भए पनि, म आराम लिँदिनथिएँ। यदि म सुस्त भएँ भने म अगाडि हुन पाउनेछैन, अनि मैले आफैलाई देखाउने अवसर पाउनेछैन भनेर म डराएको थिएँ। जतिसुकै कठिन भए पनि मैले सक्दो गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। छायाङ्कन नजिक आउँदै गर्दा, निर्देशकले मञ्चमा हाम्रो स्थानहरू योजनाबद्ध गर्नुभयो। म अति उत्साहित थिएँ र सूचीमा मेरो नाउँ खोजी गरेँ। तब मैले आफू सातौँ पङ्क्तिमा रहेको देखेँ। मैले विश्‍वासै गर्न सकिनँ। मलाई किन त्यति पछाडि राखियो? के निर्देशकले गल्ती गर्‍यो त? मेरा चालहरू र हाउभाउहरू सबै राम्रै देखिन्थे। मैले अरूलाई पनि तिनीहरूको चालहरूमा सहायता गर्दै आइरहेको थिएँ। म त धेरै अगाडि हुनुपर्ने हो भन्‍ने मलाई साँच्चिकै लाग्यो। किन मलाई त्यति पछाडि राखियो? यति मेरो भिडियो खिचिएन, यदि म पर्दामै देखिइनँ भने, कसैले मलाई देख्ने समेत छैन। यो सोचले मलाई साँच्चिकै असन्तुष्ट तुल्यायो। अभ्यासहरूमा उप्रान्त मैले प्रस्तुतिमा कुनै आनन्द वा ऊर्जा लगाउन सकिनँ। मलाई सधैँ खिन्न लाग्थ्यो, विशेष गरी जब मैले अगाडिका पङ्‌क्तिहरूमा रहेका केही सिष्टरहरू देख्थें, जसको प्रस्तुति केही विशेष थिएन। मैले यो कुरा बुझेको थिइनँ। कसरी तिनीहरू मभन्दा राम्रो भए र? किन तिनीहरू अगाडिका पङ्‌क्तिहरूमा हुन पाए? जबकि म पछाडि अड्केको छु? म एकदमै ईर्ष्यालु भएँ अनि यस कुरालाई स्वीकारै गर्न सकिनँ। तर मैले अभ्यासमा मभन्दा जान्‍ने केही ब्रदर र सिष्टरहरूलाई अझ पछाडिको पङ्‌क्तिहरूमा राखिएको देखेँ। तर अभ्यासहरूमा, तिनीहरू पूरा खुशी थिए, मानौं त्यसले तिनीहरूलाई कुनै चिन्तित तुल्याएको थिएन। म अलमल्लमा परेँ। पछाडि हुँदा पनि, तिनीहरू आज्ञाकारी र निकै सक्रिय थिए। त्यसोभए, किन त मलाई यो गाह्रो भएको थियो? किन म अधीनमा बस्न सकिन? के म अनुचित व्यक्ति भइरहेको थिएँ त? त्यस बेला मलाई अलिक पछुतो भयो, तर अझै पनि मैले आफ्‍नो बारेमा मनन गरिनँ। मलाई जुन पङ्क्तिमा ठाउँ दिइयो, त्यसलाई मैले स्वीकारै गर्न सकिनँ।

तब पछि, निर्देशकले पङ्क्तिमा केही हेरफेर गरे। म मनमनै खुशी भएँ, अनि यस पल्ट अगाडि जान पाउनेछु भनेर सोचेँ। तर जब मैले त्यो देखेँ, मलाई रुनै मन लाग्यो। मलाई सबैभन्दा पछाडिको पङ्‌क्तिको, छेउमा राखियो जहाँ क्यामेराले मुस्किलले मलाई देख्थ्यो। अनि अझ खराब त के थियो भने, अभ्यासमा आएको त्यति धेरै समय नभए पनि, कतिपय सिष्टरहरूलाई मभन्दा अगाडि राखिएको थियो। मैले सबै कुराको सन्तुलन भताभुङ्ग भएको अनुभव गरेँ। फिल्ममा देखा परुँ भनेर मैले यति कडा अभ्यास गर्दै आइरहेको थिएँ तैपनि, किन मलाई नदेखिने गरी पछाडिको कुनामा राखियो जहाँ मैले मेरो अनुहार देखाउने कुनै मौका पाउँदिनथिएँ? म केवल मञ्‍चको वस्तु मात्र भएँ। फिल्ममा हुनुको के नै अर्थ भयो र? यदि मलाई थाहा भएको भए, अभ्यासहरूमा म त्यति कडा परिश्रम पनि गर्नेथिइनँ। मलाई आफू तोडिँदैछु जस्तो लाग्यो। मैले यसलाई स्वीकार्न सकिनँ। केही दिन पछिको अभ्यासमा, मैले मेरो गोली गाँठो मर्काइ पठाएँ। त्यसैले, मैले सोचेँ, “अब मेरो गोली गाँठो मर्केको छ, म विश्राम लिन सक्छु। आफूलाई थकाउन कुनै आवश्यक छैन। म पछाडि छु। कसैले मलाई देख्ने होइन क्यारे। किन कडा परिश्रम गर्नु?” म त्यहाँ ढीला पुग्थें अनि चाँडै फर्किन्थें। जब पूर्वाभ्यास गाह्रो हुन्थ्यो, म मजाले आराम लिन्थें। यो देखेर अरू केही सिष्टरहरूले मलाई स्मरण दिलाउन थाले, “यो छायाङ्कन गर्ने दिन जस्तै हो। यदि तिमीले हामीसित अभ्यास गरेनौ भने, सबै जनासित तिम्रो तालमेल बिग्रनेछ। तिमीले गर्दा हामी पछि पर्नु हुँदैन।” यसले मलाई व्याकुल बनायो, अनि मलाई अलि नराम्रो लाग्न थाल्यो। हामीले बीस दिनमा छायाङ्कन गर्न लागेका छौं भन्‍ने मलाई थाहा थियो। यदि म अभ्यासमा लागिन भने, सबै परियोजनामा ढिलाइ हुनसक्थ्यो। मबाट बाधा उत्पन्न हुन सक्थ्यो। अचानक मलाई डर लाग्यो। किन मैले यस्तो भ्रष्ट व्यवहार देखाइरहेको छु? मनन गरिसकेपछि मैले के देखेँ भने, तिनीहरूले मलाई पछाडिको पङ्क्तिमा राखेको कारण मेरो कामको निम्ति ऊर्जा गुमाउन थालेको र विरोधी बन्‍न थालेको रहेछु, पङ्‌क्ति र मैले आफूलाई प्रदर्शन गर्न सकेको थिइनँ। मैले जतिसक्दो थोरै मात्र प्रयास गरिरहेको थिएँ। यस क्रममा मैले परमेश्‍वरको विरोध गरिरहेको थिएँ। मेरो गोली गाँठो झन्-झन् साह्रो भइरहेको थियो, जुन परमेश्‍वरले मलाई अनुशासित गरिरहनुभएको हुनसक्छ। आफूलाई प्रदर्शन गर्ने कुरालाई त छोडौं, तर यदि म विरोधी नै भइरहेको भए, म मञ्चमा खडा हुन पनि पाउने थिइनँ होला, अनि मैले मेरो कर्तव्य गुमाउनेथिएँ। मेरो पीडा र खेदमा, मैले त्यस रात परमेश्‍वरसित प्रार्थना गरेँ। “हे परमेश्‍वर, मलाई पछाडिको पङ्क्तिमा राखेदेखि नै म साँच्चिकै खिन्न भएको छु। म अधीनतामा रहिनँ, मसित गुनासाहरू छन्, मैले आफ्नो कर्तव्य राम्ररी गरिरहेको थिइनँ, काममा ढिलासुस्ती गरिरहेको थिएँ। म कति विद्रोही छु भनी मैले देखेको छु। मैले तपाईंलाई दुःखित तुल्याएको छु। हे परमेश्‍वर, दया गरी, मलाई यो डरलाग्दो अवस्थादेखि बाहिर निकाल्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ। यदि व्यक्तिले यी भ्रष्ट स्वभावहरू त्यागेको छ भने, के ऊ मुक्त र स्वतन्त्र भएको हुँदैन? यो कुरालाई विचार गर्: यदि कुनै व्यक्ति यस्ता अवस्थाहरूको पासोमा पर्नबाट जोगिन चाहन्छ, तीबाट आफूलाई छुटाउन चाहन्छ भने, र यी कुराहरूको कष्ट र दासत्वबाट स्वतन्त्र हुन चाहन्छ भने उसले कस्ता किसिमका परिवर्तनहरू गर्नुपर्छ? कुनै व्यक्ति साँच्चै मुक्त र स्वतन्त्र हुन सक्नुभन्दा पहिले उसले के प्राप्त गर्नुपर्छ? एकातिर, उसले परिस्थितिहरूलाई राम्ररी हेर्नुपर्छ: ख्याति र सम्पत्ति अनि ओहदाहरू शैतानले मानिसहरूलाई भ्रष्ट पार्न, तिनीहरूलाई पासोमा पार्न, तिनीहरूको हानि गर्न, र तिनीहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने औजार हुन्। सैद्धान्तिक रूपमा, तैँले पहिले यसको स्पष्ट ज्ञान प्राप्त गर्नुपर्छ। यसबाहेक, तैँले यी कुराहरू छोड्न र तिनलाई एकातिर पन्साउन सिक्नैपर्छ। … होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले अझ कम मात्र प्राप्त गरेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। यी वचनहरूले मलाई अलिक ब्युँझायो। परमेश्‍वरका वचनहरूले मेरो अवस्था सटीक प्रकारले प्रकट गर्यो। म गायनझुण्डमा सामेल भएपछि, अनि नाचको समयतालिकाबारे परिचित भएपछि, अनि अरूलाई समेत अभ्यासमा डोर्याउन सक्‍ने भएपछि, मलाई के लाग्यो भने, मैले अरूभन्दा राम्रो प्रस्तुति गर्छु अनि छायाङ्कन गर्दा अगाडि हुनेछु। क्यामेरामा देखिनेछु भनी सोचेर म आफ्नो कर्तव्यप्रति निकै उत्साहित थिएँ। मैले खुशीसाथ कडा परिश्रम गर्थेँ, अनि मैले अभ्यासमा ध्यान केन्द्रित गर्थेँ। तर जब मेरो स्थान सबैभन्दा पछाडिको पङ्क्तिमा पर्‍यो, आफूलाई प्रदर्शन गर्ने मेरा आशाहरू ध्वस्त भए। मैले निर्देशकको बन्दोबस्तको विरोध गरेँ, अनि अगाडि भएकाहरूलाई स्वीकार्न मानिनँ। म डाही भएँ। मैले यसको बारेमा गुनासो गरेँ। यो उचित छैन भन्‍ने मलाई लाग्यो। मैले परमेश्‍वरसित तर्कवितर्क गर्ने प्रयास गरेँ। म नकारात्मक भएँ र सुस्त भएँ। मैले पहिले लगाएका सबै प्रयासको निम्ति अफसोस पनि गरेँ। मेरो व्यवहार र अभिप्रायहरूलाई मनन गर्दा, मैले परमेश्‍वरको इच्छालाई वा उहाँको गवाही हुने कार्यलाई विचार गरेर आफ्नो कर्तव्य पूरा गरिरहेको रहेनछु भन्‍ने महसुस गरेँ। म अरूभन्दा अलग देखिने अवसर, अनि अरूले मेरो प्रशंसा गरून् भन्‍ने मात्र चाहन्थेँ। के मैले केवल आफ्नै हैसियत र प्रतिष्ठाको निम्ति लडाइँ गरिरहेको थिइनँ र? म कति स्वार्थी र घिनलाग्दो थिएँ। मलाई गायनझुण्डमा समावेश हुने अवसर दिएर परमेश्‍वरले मलाई उचालिरहनुभएको थियो, तर कुनै विवेक नभएकोले, मैले कसरी परमेश्‍वरलाई सन्तुष्ट पार्नसक्छु भनेर सोचिनँ। मैले आफैलाई प्रदर्शन गर्ने प्रयास मात्रै गरेँ। अनि जब मैले त्यसो गर्न सकिनँ, तब मैले खिन्न भएर गुनासो गरेँ। म साँच्चिकै अन्धकारपूर्ण अवस्थामा खसेको थिएँ। यसरी मैले नराम्रो काम गरेँ, अनि यसले परमेश्‍वरलाई अप्रसन्न तुल्यायो। के म शैतानको फन्दामा परिरहेको थिइनँ र? मैले पर्दापछाडि कडा मेहनत गर्ने ती सबै व्यक्तिहरूको बारेमा सोचेँ, जसले मञ्चमा जान पाउँदैनथिए, तर गुनासो नगरिकन कडा मेहनत गर्थे, जो आफ्नो काममा लगनशील भएर लागिरहन्थे। यी मानिसहरूसित तुलना गर्दा म त केही पनि थिइनँ। म कृतघ्न थिएँ जस्तो लाग्यो, अनि म परमेश्‍वरप्रति ऋणी थिएँ। म यस्तो विद्रोही हुन चाहँदिनथिएँ। म पश्‍चाताप गर्न चाहन्थेँ।

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ठाउँ खुला हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सर्वप्रथम तिनलाई एकातिर पन्छाउनुपर्छ र तिनलाई परित्याग गर्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई अघि बढ्ने बाटो दियो। जब मैले आफूलाई प्रदर्शन गर्न चाहन्थेँ, तब म परमेश्‍वरसित प्रार्थना गर्थें अनि आफैलाई इन्कार गर्थें, मेरा इच्छाहरूलाई त्याग्थें अनि परमेश्‍वरले चाहनुभए अनुसार म कसरी मेरो कर्तव्य पूरा गर्न सक्छु मेरा चालहरू कसरी ठीक गर्न सक्छु र गाउन सक्छु भन्ने बारेमा सोच्थें। मैले गर्नुपर्ने त्यही हो। मैले राज्यको स्तुतिगानमा हुन पाउनु त एक सृष्टिको रूपमा मैले पाएको कर्तव्य थियो, चाहे म जहाँसुकै उभिनु परोस् भन्‍ने मैले महसुस गरेँ। परमेश्‍वरले हामी कुन पङ्क्तिमा खडा छौँ त्यसअनुसार हाम्रो उपासनाको मूल्याङ्कन गर्नुहुन्न, तर हाम्रो इमानदारीता र हामीले सत्यतालाई अभ्यास गर्छौं कि गर्दैनौं र परमेश्‍वरको अधीनमा बस्छौं कि बस्दैनौं त्यसअनुसार गर्नुहुन्छ। मैले परमेश्‍वरको इच्छा बुझेपछि मैले शान्ति अनुभव गरेँ। त्यसपछि मैले यसो भनेर प्रार्थना गरेँ: “परमेश्‍वर, म फेरि विद्रोह गर्नेछैन। म जहाँ खडा भए पनि, मलाई कसैले नदेख्‍ने गरी पछाडि परे पनि, म मेरो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु।”

त्यसपछि अभ्यासहरूमा, मलाई सधैँ पछाडि राखियो। अनि कहिलेकाहीँ म किन पर्दामा कहिल्यै देखा पर्दिनँ, अनि किन कसैले मलाई प्रशंसा गरेनन् भनेर मैले सोच्थें, अनि म हताश हुन्थें। जब त्यस्तो हुन्थ्यो, तब म परमेश्‍वरलाई मेरो हृदयलाई शान्त गरिदिनको निम्ति प्रार्थना गर्थें, अनि मैले सोचेँ, मैले गाउने हरेक पङ्‌क्तिबाट परमेश्‍वरले जे चाहनुहुन्छ त्यसलाई म कसरी व्यक्त गर्न सक्छु? म कसरी ऊर्जासहित मैले जसरी नाच्नुपर्ने हो, त्यसरी नाच्न सक्छु? जब मैले यसरी मेरा सबै कुरा अर्पण गरेँ, म परमेश्‍वरसित अति नजिक भएँ, अनि म कहाँ खडा छु, त्यसको मैले वास्तै गरिनँ। अनि यस्तो भयो, छायाङ्कन हुने दिनको नजिकतिर, मलाई अगाडिको पङ्‌क्तितर्फ सार्दै लगियो, अनि भिडियो खिच्न केही साना दृश्यहरू पनि दिइयो। मलाई यो अवसर दिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। ती दिनहरूमा जब भिडियो खिचिन्थ्यो, तब म कृतज्ञ भइरहन्थेँ। हरेक दृश्य खिचिँदा मैले त्यसमा पूरा मन लगाउनमा ध्यान केन्द्रित गर्थेँ, ताकि मसित कुनै खेदहरू नहोऊन्। अन्तिम दृश्यको छायाङ्कनका निम्ति, मलाई क्यामेराको नजिकै पहिलो पङ्क्तिमा राखियो। मैले त विश्‍वासै गर्न सकिनँ। यो त ठूलो आदर हो भन्‍ने मलाईलाग्यो। मैले परमेश्‍वरलाई धेरै धन्यवाद दिएँ। मैले राम्रो काम गर्ने संकल्प गरेँ। म खुशी भएर पहिलो पङ्‌क्तितर्फ हिँड्दा सबै क्यामेराहरू मैतर्फ फर्काइएको थियो, लाइटहरू मतिर नै थिए। मेरो कपडा सीधा गरिदिन अनि मेरो कपाल मिलाइदिन एक जना सिष्टर दौडेर आइन्। अचानक, सबैले मलाई नै हेरिरहेका छन्, म नै आकर्षणको केन्द्र भएको छु जस्तो मलाई अनुभव भयो, अनि मैले मेरो उत्साहलाई रोक्नै सकिनँ। मैले कहिल्यै पहिलो पङ्क्तिमा हुन पाउने आशा गरेको थिइनँ। यदि दृश्य राम्रो आएमा, धेरै मानिसहरूले मलाई हेर्नेछन् अनि मैले साँच्चिकै नाम कमाउनेछु भनी मैले सोचेँ। यो विचार मभित्र बढ्दै गइरहेको थियो। मलाई साँच्‍चै खुशी लागेको थियो। त्यसपछि, म ठीक स्थितिमा छैनँ, मैले फेरि आफूलाई प्रदर्शन गर्न चाहिरहेको छु भन्‍ने मलाई लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गर्न थालेँ र आफैलाई इन्कार गर्न थालेँ, तर मैले यस बेठीक तरिकाले सोच्ने कार्यलाई रोक्नै सकिनँ, अनि म शान्त हुन सकिनँ। हामीले केही दृश्यहरू खिँच्यौ, तर मैले राम्रोसित गर्न सकिनँ। निर्देशकले हामीलाई ठीक मनस्थितिमा रहन स्मरण गराउनुभयो। त्यसपछि, मैले ठीक गरिरहेको छैन भनी निर्देशकले देख्लान् अनि मलाई पछाडिको पङ्क्तिमा राखिदेलान् भनेर म अत्तालिएँ। मैले आफैलाई प्रदर्शन गर्ने अवसर गुमाउनेथिएँ। तर मलाई के महसुस भयो भने, मैले आफ्नै हितको बारेमा सोच्नु हुँदैन अनि मैले आफ्नो स्थितिलाई मिलाउनुपर्छ, र मेरो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ। यस समयभरि, मैले आफूलाई प्रदर्शन गर्ने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने चाहनाको बीचमा एउटा युद्ध मच्चिरहेको अनुभव गरेँ। म धेरै अत्तालिएँ। हामीले एक पछि अर्को दृश्य खिँच्यौं तर मैले अझै पनि राम्रो गर्न सकिनँ, अनि म साँच्चिकै कठोर देखिन्थे। त्यसपछि सुटिङ सकिएपछि केही सिस्टरहरूले आफूले सिकेको कुराहरूको बारेमा कुरा गरेको सुनेँ र आँशु समेत झारेको देखेँ। तर मैले आफ्‍नो भावनालाई माथि उठाउन सकिन। म अत्यन्तै निरुत्साहित भएँ र जतिसक्दो चाँडो म चुपचाप गइहालेँ।

हिँड्दै गर्दा, क्यामेरामा मलाई देखाउँदा काम बिगारेकोमा मैले निकै दोषी अनुभव गरेँ। सबैले परमेश्‍वरलाई आफ्ना निर्दोष मुस्कान, आफ्ना इमान्दार हृदय दिएका थिए, जबकि मैले दिएको कुरा आफैलाई देखाउने सनक मात्र थियो। अनि मेरो प्रदर्शन, परमेश्‍वरको गवाही हुनको निम्ति पर्याप्त राम्रो थिएन, अनि परमेश्‍वरले मेरो कामलाई स्वीकार गर्न सक्नुभएन। त्यसपछि, मलाई साँच्चिकै रुन मात्र मन लाग्यो। मैले परमेश्‍वरलाई भनेँ, “परमेश्‍वर, यो पछिल्लो दृश्य खिचाइको निम्ति म दुःखी छु। म उप्रान्त आफैलाई प्रदर्शन गर्नेछैनँ। म मञ्चको सबैभन्दा पछिल्लो स्थानमा हुन चाहन्छु जहाँ कसैले पनि, क्यामेराले पनि मलाई देख्न सक्दैन। जबसम्म मसित तपाईंको निम्ति साँचो प्रकारले गाउने एउटा सरल हृदय हुन्छ, तबसम्म म खुशी नै हुनेछु। म शान्ति अनुभव गर्नेछु। अनि म कहिल्यै दोषी अनुभव गर्नेछैनँ। तर धेरै ढिलो भइसकेको थियो। मैले जे गरेँ, त्यसलाई मैले पूर्ति गर्न सक्दिनथिएँ।” मैले काम बिगारेकोमा मैले जति पछुतो गरेँ, मलाई त्यति नै बढी नराम्रो लाग्यो।

पछि, मैले हृदयलाई शान्त गरेँ, अनि यसको बारेमा विचार गर्ने प्रयास गरेँ। अरूभन्दा राम्रो देखिने र आफूलाई देखाउने मेरो चाहना किन ममा प्रबल छ, जबकि देहलाई इन्कार गर्नु, अनि सत्यतालाई अभ्यास गर्नु चाहिँ मलाई यति गाह्रो लाग्छ? मैले परमेश्‍वरका वचनहरूबाट यो पढेँ: “तँलाई जे मनपर्दछ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र सुधार गर्न नसकिने छ भनी प्रमाणित गर्न यो पर्याप्त छ। तैँले यस तरिकाले आफ्नो स्वभावको विश्लेषण गर्नुपर्दछ; अर्थात्, तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयको लागि कसैको निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चिकै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ”)। “मानिसहरूले उनीहरूका प्रकृतिमा रुचि राख्ने कुराहरू पत्ता लगाउनु बाहेक, तिनीहरूको प्रकृतिसित सम्बन्धित अन्य कुराहरूलाई पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, विभिन्न थोकहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूका तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोणहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ”)। परमेश्‍वरका वचनहरूले मलाई मानव सोचाइ, प्राथमिकताहरू र खोजीहरू सबै हाम्रो प्रकृतिबाट आउँछ र हाम्रो प्रकृतिद्वारा नै नियन्त्रित हुन्छ भनी बुझ्न सहायता गर्‍यो। त्यसैले मैले आफैलाई सोधेँ, मैले आफ्नो काममा त्यो पूरै समय के खोजी गर्दै आइरहेको थिएँ त? जब मञ्चमा मेरो स्थान अगाडितिर धकेलिँदै गयो, अनि म धेरैभन्दा धेरै भिडियोमा देखिन थालेँ, तब मैले अरूलाई ईर्ष्यालु बनाउन अनि अरूलाई देखाउनको निम्ति अन्त्यमा अगाडि हुने अवसरको बारेमा नै मैले धेरै सोचेँ। विशेषगरी, अन्तिम दृश्यमा जब मलाई अगाडिको पङ्क्तिमा राखियो, मलाई म प्रसिद्ध व्यक्ति हुँ जस्तो लाग्यो। मैले राम्रो काम गरेको छु भन्‍ने मैले सोचेँ। यतिसम्म कि मैले आफूलाई देखाउने, वा क्यामेराको निम्ति मेरो राम्रो अनुहारलाई देखाउने मेरो इच्छालाई नियन्त्रण गर्नै सकिनँ, ताकि मलाई हेरिरहेका मलाई चिन्नेहरूले मलाई देखून् अनि मैले आफ्‍नो निम्ति सुन्दर याद निर्माण गर्न सकूँ। मैले नामलाई कति महत्त्वपूर्ण ठान्‍ने रहेछु, र यो मेरो हृदयको गहिराइमा गडिएको छ भन्‍ने कुरा मैले देखेँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूमा एउटा भ्रष्ट शैतानी स्वभावले गहिरो जरा गाडेको छ; त्यो उनीहरूको जीवन बनेको छ। मानिसहरूले वास्तवमा कुन कुराको खोजी गर्छन् र के प्राप्त गर्न चाहन्छन्? भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्वाकांक्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? सर्वप्रथम, मानिसहरू सधैं यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको प्रभुत्वको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा एक कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसो भए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? उहाँ त्यस्तो व्यक्ति चाहनुहुन्छ जसको खुट्टा दह्रिलोसँग जमिनमा टेकिएको हुन्छ, जो परमेश्‍वरको एक योग्य प्राणी हुन चाहन्छ, जसले एक प्राणीको कर्तव्य पूरा गर्न सक्छ, र जो मानिसको स्थानमा रहन सक्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभावहरूलाई सत्यताको खोजी गरेर अनि परमेश्‍वरमा भर परेर मात्र समाधान गर्न सकिन्छ”)। “तँ सधैँ महानता, कुलीनता र गरिमा खोज्दै छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँले यसलाई घृणा गर्नुहुन्छ र यसलाई हेर्न चाहनुहुन्‍न। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति नबन्! त्यसो भए, यस्तो उपलब्धि कसरी प्राप्त गर्न सकिन्छ त? मानिसको स्थानमा उभिएर एकदमै व्यावहारिक तवरमा काम-कुराहरू गरेर। अल्छे सपनाहरूमा नभुल्, प्रसिद्धिको पछि नलाग् वा सहपाठीहरूभन्दा राम्रो देखिन नखोज्, र यसअतिरिक्त, अरू सबैलाई उछिन्‍ने, मानिसहरूमाझमा उच्‍च स्थानमा रहेको र अरूलाई आफ्नो आराधना गर्न लगाउने महान्‌ व्यक्ति बन्‍ने कोसिस नगर्। यो शैतान हिँड्ने बाटो हो; सृष्टि गरिएका यस्ता प्राणीहरूलाई परमेश्‍वरले चाहनुहुन्‍न। अन्त्यमा, यदि परमेश्‍वरका सबै कामहरू समापन हुँदा पनि यी कुराहरूलाई पछ्याउने मानिसहरू अझ पनि रहन्छन् भने तिनीहरूको निम्ति एउटै मात्र परिणाम हुन्छ: र त्यो हो, तिनीहरूको निष्कासन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”)। परमेश्‍वरका वचनहरू चेतावनीका घण्टी जस्तै भयो। मलाई किन सधैँ व्यर्थको व्यवहार गर्न र आफूलाई देखाउन मन पर्थ्यो त्यस बेमा मैले विचार गरेँ। म शैतानद्वारा भ्रष्ट पारिएको कारणले नै यो सबै भएको थियो। “अरूभन्दा असल बन र पुर्खाको नाम राख”, अनि “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता विचारहरू मभित्र घुसेका थिए, अनि मलाई जीवनप्रति गलत दृष्टिकोण प्रदान गरेको थियो। मलाई प्रतिष्ठा र हैसियतको खोजी गर्नु एउटा सकारात्मक कुरा हो भन्‍ने लागेको थियो। मैले ती कुराहरूलाई मेरो जीवनको लक्ष्यको बनाएको थिएँ। मैले जे गरिरहेको भए पनि मैले आफूलाई देखाउन चाहन्थेँ, ताकि अरूले मेरो प्रशंसा गरून् अनि मेरो डाह गरून्। त्यस्तो प्रकारले जिउनु उत्तम र आदरणीय हुन्छ भन्‍ने मलाई लागेको थियो। त्यसैले, मसित प्रतिष्ठा र हैसियतको निम्ति ठूलो मोह थियो। स्कूलमा वा अरूसितको अन्तरक्रियाहरूमा पहिले म कसरी सधैँ अरूभन्दा श्रेष्ठ हुन चाहन्थेँ त्यसको बारेमा मैले सोचेँ। म अरूभन्दा अघि हुन चाहन्थेँ, आकर्षणको केन्द्रमा हुन चाहन्थेँ। जब अरूले मलाई ध्यान दिन्थे, तब म खुशी हुन्थें। तर जब मानिसहरूको समूहमा मलाई ध्यान दिइँदैनथ्यो, मैले त्यसलाई सहन सक्दिनथिएँ। म स्थानको लागि लडाइँ गर्न चाहन्थेँ अनि जब म चुक्थें, म दुःखी हुन्थें। म सधैँ यी शैतानी विषहरूद्वारा बाँचिरहेको थिएँ, अनि म अरूले मलाई उच्‍च ठानून् भन्‍ने चाहन्थेँ। यी विचारहरू साङ्लाहरूजस्तै थिए जसले मलाई बाँधिरहेको अनि मेरा विचारहरूलाई नियन्त्रण गरिरहेका थिए। त्यसले मलाई यो फिल्मको बारेमा सोच्ने तुल्यायो, जसले मेरो आफ्नै व्यक्तिगत मञ्च जस्तै परमेश्‍वरको गवाही बोक्ने काम गर्नुपर्थ्यो। मेरो कर्तव्य मेरो आफ्नै चाहनाहरूलाई सन्तुष्ट गर्ने एउटा स्प्रीङबोर्ड जस्तै भयो। मेरो हृदयले अरूभन्दा अलग देखिने चाहना मात्रै गरेको थियो। मैले परमेश्‍वरलाई सन्तुष्ट पार्ने वा आफ्नो कर्तव्य पूरा गर्ने बारेमा सोचिनँ। यदि मैले मेरो शैतानी प्रकृतिलाई परिवर्तन गरिनँ भने मैले मेरो काम मात्र राम्रोसँग गर्न नसक्ने होइन, तर त्योभन्दा खराब, मलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍ने मैले देखेँ, किनकि मैले उहाँलाई विरोध गरेको थिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढेँ: “परमेश्‍वरले मानिसहरूमा निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्ने वा कुनै ठूलो जिम्मेवारी पूरा गर्ने क्षमता चाहनुहुन्‍न, न त उहाँलाई तिनीहरूले कुनै ठूलो जिम्मेवारीको अगुवाइ गरेको नै आवश्यक पर्छ। परमेश्‍वरको चाहना यही हो कि मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। तँ महान् वा प्रतिष्ठित हुनु परमेश्‍वरको आवश्यकता होइन, न त तैँले कुनै चमत्कार गर्नु उहाँको आवश्यकता हो, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरू सुन् र तिनलाई सुनिसकेपछि हृदयमा राख् र ध्यान दिँदै तिनलाई अत्यन्तै व्यवहारिक प्रकारले अभ्यास गर्, ताकि परमेश्‍वरका वचनहरू तेरो जिउने तरिका र तेरो जीवन बन्‍न सकून्। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”)। परमेश्‍वरले हामी पूर्ण रूपले इमान्दार मानिसहरू भएको अनि हामीले सत्यताको खोजी गरेको, हाम्रो कर्तव्यमा कडा मेहनत गरेको अनि उहाँको शासन र बन्दोबस्तहरूको अधीनतामा रहेको चाहनुहुन्छ। यी लक्ष्यहरूतर्फ काम गर्दा यसले उहाँलाई सन्तुष्ट पार्नेछ। मलाई परमेश्‍वरको इच्छा के हो त्यो पहिले थाहा थिएन, मैले केवल आफ्नो प्रतिष्ठाको खोजी गर्थेँ। त्यसैकारण, मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ, अनि यसले परमेश्‍वरलाई दुःखी तुल्यायो। म यति भ्रष्ट थिएँ, तर परमेश्‍वरले मप्रति हरेस खानुभएन। म मञ्चमा जहाँ उभिएको थिएँ, त्यसलाई मिलाएर उहाँले मेरो गलत खोजीलाई हरेक पटक नै प्रकट गरिदिनुभयो। त्यसपछि, मैले मेरो शैतानी स्वभावलाई देख्न सकेँ, सुधार्दै जान सकेँ अनि परिवर्तन गर्न सकेँ। परमेश्‍वरको प्रेम साँच्चिकै हृदयस्पर्शी थियो। मैले उहाँलाई यो प्रार्थना गरेँ: “परमेश्‍वर, म उप्रान्त कसैको डाह गर्न वा अरूभन्दा अलग देखिन चाहन्नँ। ती खोजीहरूले मलाई पीडा मात्र दिन्छ अनि मेरो कर्तव्यमा तपाईंलाई सन्तुष्ट तुल्याउनको लागि मलाई असमर्थ बनाउँछ, अनि मलाई दोषी अनुभव गराउँछ। अबदेखि म तपाईंका वचनहरू अनुसार अभ्यास गर्नेछु। मेरो स्थान जेसुकै होस्। मैले आफूलाई प्रदर्शन गर्न सकूँ वा नसकूँ। म हृदयको अधीनतासहित तपाईंको प्रशंसा गाउन, अनि मेरो कर्तव्यले तपाईंलाई सन्तुष्ट पार्न मात्रै चाहन्छु।” त्यसपछि, जब हामीले केही दृश्यहरू खिँच्थ्यौं, कहिलेकाहीँ, मलाई पछि सारिन्थ्यो; कहिलेकाहीँ अगाडि सारिन्थ्यो। कहिलेकाहीँ, मलाई अभ्यासमा प्रयोग गरिन्थ्यो, तर फेरि भिडियो खिच्दा मेरो आवश्यकता पर्दैनथियो। यसले मलाई भावनात्मक रूपले केही प्रभाव पार्थ्यो। तर परमेश्‍वरका वचनहरू पढेर र प्रार्थना गरेर मैले मेरा इच्छाहरूलाई छोडिदिन सक्थेँ। कहिलेकाहीँ, आफ्नो काम राम्रोसित नगरिरहेका अरू सिष्टरहरूलाई मञ्चमै तिनीहरूको स्थान परिवर्तन गरिँदा दुःखित भएको म देख्थें। मैले परमेश्‍वरका केही सान्दर्भिक वचनहरू खोजेर, मेरा आफ्ना अनुभवहरू बाँड्न अनि तिनीहरूलाई सहायता गर्न सक्थेँ। यस प्रकारले मेरो कर्तव्य पूरा गर्दा मलाई यो अर्थपूर्ण लाग्यो। मलाई निकै खुशी लाग्थ्यो! पछि, निर्देशकले मलाई फेरि अगाडिको पङ्क्तिमा राखिदिनुभयो। तर, पहिलेको जस्तो मैले आफूलाई देखाउन खोजिरहेको थिइनँ। मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र हरेक एकल दृश्यमा गवाही दिनुपर्छ भन्ने मलाई महसुस भयो। मैले राम्ररी गाउनुमा अनि मेरो कर्तव्य पूरा गर्नुमा ध्यान केन्द्रित गरेँ। म निकै पछाडि हुँदाको एउटा दृश्यलाई याद आयो, हामीले यो गीत गाएका थियौं: “परमेश्‍वरको हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! परमेश्‍वरको पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा!” मैले ख्याति र हैसियत खोजेर म कति भ्रष्ट भएको छु, मैले आफ्नो काम राम्रोसित गर्न वा परमेश्‍वरलाई सन्तुष्ट गर्न चुकेको छु भन्‍ने बारेमा सोचेँ। त्यस दिन, मैले मेरो हृदयबाट परमेश्‍वरलाई प्रशंसा गर्नुपर्छ र उहाँलाई मेरो सर्वोत्तम गीत अर्पण गर्नुपर्छ भन्‍ने महसुस गरेँ। ताकि शैतान पराजित भएको होस्! जब मैले मञ्चमा यस नयाँ सोचसहित परमेश्‍वरको प्रशंसा गाएँ, तब मैले पहिले कहिल्यै अनुभव नगरेको खुशी अनुभव गरेँ। मैले गर्वको पनि अनुभव गरेँ!

राज्यको स्तुतिगान, यो ठूलो गायनझुण्ड परियोजनालाई चाँडै नै अनलाइनमा राखियो। हामी ब्रदर र सिष्टरहरू भिडियो हेर्नको लागि अत्यन्तै उत्साहित भएका भयौं। अनि हामीले परमेश्‍वरका थुप्रै चुनिएका मानिसहरू जैतुनको डाँडाको सामु गाइरहेको देख्यौं। “भीडहरूले परमेश्‍वरको जयजयकार गर्छन्, भीडहरूले परमेश्‍वरको प्रशंसा गर्छन्” यसले मेरो मन यसरी छोयो कि कुनै कुराले यसरी छोएको छैन। म कृतज्ञताको आँसुहरू नझारी बस्‍न सकिनँ। सबै कुरालाई फर्केर हेर्दा मञ्चमा मेरो स्थानद्वारा अति दुःखित भएर मैले राम्रोसित कर्तव्य पूरा गर्न नसकेको कुरादेखि, मलाई मञ्‍चमा जहाँ राखिए पनि पछि ख्याति र हैसियतदेखि प्रभावित नहुने, तर मेरो हृदयले स्वतन्त्र भएर गाएको, अनि परमेश्‍वरको निम्ति गवाही भएको अवस्थासम्‍म यो सबै मेरो जीवनमा परमेश्‍वरले गर्नुभएको काम थियो भन्ने मैले देखें। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्