इर्ष्याको बन्धनबाट छुटकारा

15 फेब्रुअरी 2022

जोयलिन, फिलिपिन्स

सन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेकी थिएँ। चाँडै नै मलाई भजनहरूको साङ्गीतिक भिडियो बनाउने काममा प्रमुख गायिकाको कर्तव्य दिइयो। सुरुमा, धेरै भाइबहिनीहरूले मैले राम्रो गाएँ भन्दै मलाई ध्यान दिए अनि म जहाँसुकै गएपनि, तिनीहरूले मलाई चिने। यसले मलाई खुशी तुल्यायो किनकि मलाई आफू प्रसिद्ध व्यक्ति जस्तै लाग्यो। केही महिनापछि, मलाई मण्डलीको अगुवा चुनियो। जलसेक गर्नका निम्ति धेरै नवप्रवेशीहरू थिए अनि अनुगमन गर्नका निम्ति धेरै सुसमाचारका काम थिए। नवप्रवेशीका समस्याहरूलाई राम्रोसित सम्हाल्नका निम्ति, आफैलाई सुसज्जित गर्न अनि परमेश्‍वरको कामको सत्यतालाई बुझ्न म प्रायः सुसमाचारका भिडियो हेर्थेँ अनि हरेक पल्ट तिनीहरूले नबुझेका निश्चित धारणा वा समस्याहरू हुँदा, म तिनीहरूसित सङ्गति गर्न र तिनीहरूका समस्याहरू हल गर्न सक्थेँ। मैले सधैँ ठूला भेलाहरू पनि आयोजना गर्थेँ अनि मेरा ब्रदर र सिस्टरहरूले मेरो राम्रो क्षमता र बुझाइका निम्ति प्रायः मेरो प्रशंसा गर्थेँ। म मेरा ब्रदर र सिस्टरहरूको समर्थन पाउँदा धेरै खुशी थिएँ। तथापि, म सुसमाचारका कामको अनुगमनमा धेरै प्रभावकारी थिइनँ। हरेकपल्ट अगुवाहरूले हरेक मण्डलीमा सुसमाचारका कामको प्रभावकारिताको बारेमा सोधखोज गर्दा, मेरो मण्डलीले सधैँ नराम्रो गर्थ्यो। पछि, सिस्टर क्याथीलाई सुसमाचार प्रचार गर्न हाम्रो मण्डलीमा सरुवा गरियो। सिस्टर क्याथीले छिट्टै आफ्नो काममा लय समातेको मैले देखेँ, तिनी सङ्गति गर्न र अरुका कर्तव्यमा भएका कुनै पनि समस्यालाई हल गर्न सक्थिन् अनि भेलाहरूमा पनि सक्रिय रूपले सङ्गति गरिन्। सिस्टर क्याथी आफ्नो कर्तव्यमा यति जिम्मेवार हुँदा म खुशी हुनुपर्ने थियो तर के कारणले हो मैले तिनलाई मन पराइनँ। हरेकपल्ट सिस्टर क्याथीले ब्रदर र सिस्टरहरूसित सङ्गति गर्दा, म तिनलाई हेर्न पनि चाहँदिन थिएँ। खासगरी, जब तिनीहरूले सिस्टर क्याथी धेरै राम्रो रहेकी र तिनलाई सुसमाचारको कामको डिकनको रुपमा चयन गर्न चाहेको भनेको मैले सुनेँ, तब म झन् बेचैन भएँ। मैले सोचेँ, “तिमी आउनु अघि सबै ब्रदर र सिस्टरहरूले मेरो राम्रो क्षमता, बुझाइ र जलसेकको प्रशंसा गर्थे, अनि मलाई सराहना गर्थे, तर अहिले तिनीहरू सबैले तिमी नै सर्वोत्तम छौ भनी सोच्छन् र सराहना गर्छन्। अब कसले मलाई सराहना गर्लान्?” त्यस समयदेखि, मैले सिस्टर क्याथीको इर्ष्या गर्न थालेँ, अनि तिनले ब्रदर र सिस्टरहरूको हृदयमा मेरो ठाउँ लिएकोमा चिन्तित भएँ।

त्यसपछि, सिस्टर क्याथीले प्रायः नवप्रवेशीहरूको अवस्थाका बारेमा सोध्न बोलाउने गरेको, अनि धेरै नवप्रवेशीहरूले समस्या समाधानका निम्ति तिनलाई नै खोजी गरेको मैले देखेँ। एकपल्ट, मैले जलसेक गरेको एउटी सिस्टरलाई सुसमाचारको काममा कठिनाइ भयो अनि तिनले मसँग सल्लाह मागिन्। मैले तिनीसित सङ्गति गरिसकेपछि, उनी सिस्टर क्याथीकहाँ गइन्। जब तिनी सिस्टर क्याथीकहाँ गएको कुरा मैले थाहा पाएँ, यसले मलाई निराश तुल्यायो। तिनले मेरो सल्लाह मनैदेखि लिन्नन् होली, सिस्टर क्याथी मभन्दा उत्तम रहेकी ठान्छिन् होली अनि मलाई अबदेखि सराहना गर्दिनन् होली जस्तो लाग्यो। निराश हुँदै मैले सोचेँ, “म सुसमाचारको काममा धेरै नराम्रो भएकोले मैले आफ्नो कमीकमजोरी हटाउनुपर्छ। तब म सिस्टर क्याथीभन्दा नराम्रो हुने छैनँ अनि भविष्यमा ब्रदर र सिस्टरहरूसित समस्याहरू भएमा तिनीकहाँ जानुको सट्टामा मकहाँ आउनेछन्।” पछिका दिनहरूमा, सिस्टर क्याथीले हरेक दिन रातको खाना ढिलो खाने गरेको र आफ्नो कामका व्यस्त रहेको, अनि कहिलेकाहीँ रातभरि काम गरेको देखेँ। त्यसैले, मैले पनि आफ्नो कामका निम्ति राति अबेरसम्म जागा रहने कोसिस गरेँ। त्यसो गर्दा, म पनि जिम्मेवार रहेको र तिनीभन्दा खराब नरहेको ब्रदर र सिस्टरहरूले देख्न सक्नेछन्। पछि, मण्डलीले सुसमाचारको कामको डिकन चयन गर्न चुनाव आयोजना गर्यो। वास्तवमा, हरेक पक्षबाट सिस्टर क्याथी यो कर्तव्यका निम्ति उत्तम थिइन्, तर म तिनलाई चुन्न चाहँदिन थिएँ। तिनीसित मण्डलीमा पद भयो भने बिस्तारै सबैको ध्यान तिनीतर्फ जान सक्नेछ अनि सबैले तिनी मभन्दा सक्षम रहेकी सोच्नेछन् भन्ने ठानेँ, तर मण्डलीको अगुवाहरूले मात्रै सबै काम गर्न नसक्ने अनि सहयोगका लागि डिकनहरू चाहिने कुरालाई विचार गर्दा, मैले सिस्टर क्याथीलाई नै चुन्नुपर्ने हो कि जस्तो पनि लाग्यो। यदि मैले तिनलाई चुनें भने, ब्रदर र सिस्टरहरू तिनीतिरै जाने र मलाई एक्लै छोड्ने थिए। तर सिस्टर क्याथीसित धेरै उच्च क्षमता छ र सुसमाचार डिकनका कर्तव्यहरू सम्हाल्न सक्छिन् भन्ने मलाई थाहा थियो। मैले यस कुरालाई निकै विचार गरेँ अनि इच्छा नलाग्दा नलाग्दै अन्तिममा तिनलाई नै चुनेँ।

एकचोटि, मण्डलीले एम.भी. समूहमा रेकर्ड गर्न फिलिपिनो र अङ्ग्रेजी जान्ने एकजना ब्रदर वा सिस्टरलाई खोजिरहेको थियो। सिस्टर क्याथीको फिलिपिनो र अङ्ग्रेजी दुवै राम्रो थियो, अनि अन्त्यमा ब्रदर र सिस्टरहरूले तिनलाई नै चुने। धेरै निराश हुँदै मैले सोचेँ, “मेरो फिलिपिनो र अँग्रेजी पनि राम्रो छ, अनि, किन मलाई नरोजी तिनलाई रोजे?” मैले तिनको धेरै इर्ष्या गरेँ र मेरो हृदयमा तिनीप्रति केही घृणा पनि अनुभव गरेँ। त्यस समयमा, सिस्टर क्याथीसित केही अहङ्कारी स्वभाव भएकोले हाम्रा अगुवाहरूले तिनले कसरी आफ्ना कर्तव्यहरू पूरा गर्छिन् भनी सोधखोज गरिरहेका थिए, र तिनको मूल्याङ्कन गरेर लेखिदिन मलाई आग्रह गरे। म ज्यादै खुशी भएँ। म तिनको धेरै कमीकमजोरी देखाउन चाहन्थेँ, ताकि हाम्रा अगुवाहरूले तिनका कर्तव्यहरू अरुलाई नै दिऊन् अनि म अबदेखि तिनको वरिपरि हुन नपरोस्। तर त्यस्तो प्रकारले सोच्नु गलत हो र मैले तिनलाई सही प्रकारले व्यवहार गर्नुपर्छ भन्ने पनि मलाई थाहा थियो। सिस्टर क्याथीसित भ्रष्ट स्वभावहरू भएतापनि हामीले सिद्धान्तअनुरुप निष्पक्ष व्यवहार गर्नुपर्छ भनेर पनि हाम्रो अगुवाले हामीसित सङ्गति गर्नुभयो। तर म हृदयदेखि उनी गएको चाहन्थें, ताकि ब्रदर र सिस्टरहरूले तिनलाई सराहना गर्नेछन् भन्ने मैले चिन्ता गर्नु नपरोस्। मैले सोचेँ, “तिमी आउनुअघि उत्तरहरू खोज्न ब्रदर र सिस्टरहरू सबैले मलाई खोज्थे। तर अहिले तिमी यहाँ भएकोले तिनीहरूले मेरो सट्टामा सधैँ तिमीलाई नै खोजेको प्रतीत हुन्छ।” यो सोचले मलाई दुःखित र दयनीय महसुस गरायो। हामीसँगै कर्तव्यहरू गरिरहेको बेलामा मैले तिनको अनुहार पनि हेर्न चाहिनँ। त्यस समयमा, मेरो हृदयमा इर्ष्याले जरा गाडिसकेको थियो।

त्यसपछि, मण्डलीको कामको अनुगमनमा मलाई धेरै दवाब पर्यो, र मसित केही समस्या थिए तर मैले परमेश्‍वरको इच्छा अनुभव गर्न सकिनँ, अनि त्यसलाई कसरी हल गर्ने थाहा थिएन। यो ज्यादै थकानपूर्ण थियो। मैले पवित्र आत्माको काम र अगुवाईलाई अनुभव गर्न सकिनँ र म आफ्ना कर्तव्यहरूमा अप्रभावकारी थिएँ। मेरो नकारात्मक स्थितिले मेरो कर्तव्यहरूलाई प्रभाव पारिरहेको छ भन्ने कुरालाई मैले तबसम्म पटक्कै महसुस गरिनँ, जबसम्म मैले भेलामा सर्वशक्तिमान परमेश्‍वरका यी वचनहरूलाई देखिनँ, “मण्डली अगुवा बन्‍नको लागि, व्यक्तिले समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्न सिक्‍नुपर्ने मात्रै हुँदैन, उसले त मानिसहरूको प्रतिभा पत्ता लगाएर त्यसको वृद्धि-विकास पनि गर्न सक्‍नुपर्छ, र त्यस्तो व्यक्तिलाई दबाउने वा डाहा गर्ने गर्नु हुँदै हुँदैन। त्यसरी कर्तव्य पूरा गर्नु मापदण्डअनुरूप हुन्छ, र त्यसो गर्ने अगुवा र सेवकहरू मापदण्डअनुसारका हुन्छन्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्। कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नोको बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको पक्षमा वकालत गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको अर्को व्यक्ति थपिँदा, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले प्रतिष्ठा र ओहोदका लागि, मानिसलाई मेरो सराहना र प्रशंसा गर्ने तुल्याउन आफ्नो कर्तव्य पालन गरेको कुरा महसुस गरेँ। जब सिस्टर क्याथी मण्डली आइन्, तिनले सत्यताको बारेमा सङ्गति गर्न र समस्याहरू हल गर्न सकेको कुरा मैले देखेँ, अनि जब अरूले सङ्गतिका निम्ति मलाई नखोजेर तिनलाई खोजे, सिस्टर क्याथीले मेरो स्थान लेलिन् भनेर म डराएँ, अनि म इर्ष्यालु भएँ र हरेक मोडमा तिनीसित प्रतिष्पर्धा गरेँ। मैले सत्यताको बुझेको र सङ्गति गर्न तथा मानिसहरूका समस्याहरू हल गर्न सक्छु भनेर देखाउन चाहन्थेँ, ताकि मेरा ब्रदर र सिस्टरहरूले मलाई सराहना गरून्। जब मण्डलीले सुसमाचार डिकनको चयन गर्यो, सिस्टर क्याथीसित त्यस कामका निम्ति क्षमता थियो भन्ने कुरा मलाई थाहा थियो, तर तिनले मेरो महिमा चोर्नेछिन् भनी म डराएँ, त्यसैले मैले तिनलाई चुन्न चाहिनँ, अनि तिनलाई हृदयदेखि घृणा गरेँ र तुच्छ ठानेँ। मसित दुर्भावपूर्ण अभिप्रायहरू थिए र मैले तिनका कमीकमजोरी खोज्ने कोसिस गरेँ। जब तिनले भ्रष्टता प्रकट गरेको देखेँ, तब म खुशी भएँ र तिनलाई बिदा गर्न तिनको मूल्याङ्कनमा केही खराब कुराहरू लेख्न चाहन्थेँ, ताकि मेरा ब्रदर र सिस्टरहरूले मेरा सबल पक्ष देखून्। परमेश्‍वरको वचनका प्रकाशबाट मात्र मैले महसुस गरेँ कि म तिनको क्षमताप्रति इर्ष्यालु थिएँ र तिनी मभन्दा उत्तम भएको कुरा सहन सक्दिनथेँ, अनि जुन कुरा मैले खुलासा गरेँ, त्यो दुर्भावपूर्ण स्वभाव थियो। बाहिरी रूपले, म आफ्नो कर्तव्य सक्रिय भएर पालन गरिरहेकी थिएँ, तर आफ्नो हृदयमा मैले परमेश्‍वरको घरको कामलाई विचार गरिनँ। सिस्टर क्याथीले परमेश्‍वरको घरको कामलाई सहायता गरिन् अनि सुसमाचारको कामलाई अझ प्रभावकारी बनाइन्। तर, मैले तिनीभन्दा कसरी उत्तम हुने भन्ने बारेमा मात्रै सोचेँ। परमेश्‍वरले हाम्रो कर्तव्यहरूप्रति हाम्रो हृदय र आचरणहरूलाई जाँच गर्नुहुन्छ। मैले परमेश्‍वरको भयविना आफ्नो कर्तव्य पालन गरेँ अनि मैले ख्याति, लाभ र ओहोदालाई मात्रै वास्ता गरेँ। यस तरिकाको व्यवहारले परमेश्‍वरलाई अप्रसन्न तुल्याउँछ।

पछि, मैले परमेश्‍वरको वचनबाट अर्को खण्ड पढेँ। “तिमीहरूको दिमागलाई भरेर राख्‍ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू मूल स्वरूपबाट अपरिवर्तित नै रहन्छन्। त्यसैले यदि परमेश्‍वरको घरले विभिन्न प्रकारका प्रतिभाहरू विकास गर्छ भन्ने तिमीहरूले सुन्यौ भने, यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणा महसुस गर्छौ, र तिमीहरू द्वेषपूर्ण बन्छौ अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्दा तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गर्यो। मैले मेरो सिस्टरलाई इर्ष्या गरेकी थिएँ किनकि मसित ख्याति र ओहोदाका लागि ठूलो चाहना थियो, अनि म अलग्गै देखिन र मानिसहरूको हृदयमा ठाउँ बनाउन चाहन्थेँ। कलेजमा हुँदा अरूबाट प्रशंसा र सराहना हासिल गर्न मैले सहपाठीहरूसित प्रतिष्पर्धा गरेको सम्झन्छु। अनि जहिलेसम्म हामी अलग्गै देखिन सक्थ्यौँ, हामीले एक अर्कालाई चोट पुर्याए पनि केही फरक पर्दैनथ्यो। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि मैले परमेश्‍वरको घरमा त्यही तरिकाले पछ्याएँ। जब सिस्टर क्याथी मभन्दा उत्तम छिन् भनेर देखेँ, तब मैले तिनलाई उछिन्न चाहेँ र घृणा समेत गरेँ, किनकि म ज्यादा मानिसहरूको समर्थन पाउन चाहन्थेँ अनि मानिसहरूद्वारा प्रशंसित र सम्मानित भएको कुरालाई मैले महत्वाकांक्षी भएर आशा गरेँ, जसले म कति अहङ्कारी छु भन्ने कुरा देखायो। मैले प्रतिष्ठा र ओहोदालाई पछ्याइरहेकी छु भन्ने कुरा पनि देखेँ, त्यसैकारण त, मैले आफ्नो कर्तव्यहरू राम्रोसित पालन गर्न सकिनँ, पवित्र आत्माको कामलाई प्राप्त गर्न सकिनँ, अनि मेरो मन साँगुरो हुँदै गएको कुरा महसुस गरेँ। जसरी परमेश्‍वरका वचनहरूले प्रकट गर्छ, “यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ।” बाइबलको यो कुरा म सम्झन्छु, “डाह हड्डी मकाउने कुरा हो” (हितोपदेश १४:३०)। त्यो सही हो। इर्ष्या शैतानी स्वभावको अभिव्यक्ति हो; यसले मानिसहरूलाई घृणा गर्न अनि अविवेकी कुराहरू पनि गर्न लगाउँछ।

पछि, मैले परमेश्‍वरको वचनमा अर्को खण्ड देखेँ जसले मलाई प्रतिष्ठा र ओहोदालाई पछ्याउनुको सार र परिणामहरू बुझ्न सहायता गर्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि तँ सधैँ देह अनुसार जिउँछस्, निरन्तर आफ्नै स्वार्थी इच्छाहरूलाई पूरा गर्छस् भने, त्यस्ता मानिसहरूमा सत्यताको वास्तविकता हुँदैन; यो परमेश्‍वरलाई अनादर गर्ने कार्यको चिह्न हो। तँ भन्छस्, ‘मैले केही गरेको छैनँ; मैले कसरी परमेश्‍वरलाई अपमान गरेको छु?’ तेरो मनमा त्यस्तो कुरा केही छैन, जुन दुष्ट नहोस्। तेरा कामहरूको पछाडिका अभिप्राय, लक्ष्य र आशयहरूमा, र तैंले गरेको कामको नतिजाहरूमा—हरप्रकारले तैंले शैतानलाई सन्तुष्ट पारिरहेको हुन्छस्, त्यसको हाँसोको पात्र बनिरहेको हुन्छस्, र त्यसलाई तँबाट केही प्राप्त गर्न दिइरहेको हुन्छस्। तँमा एक इसाइको हुनुपर्ने गवाही अलिकति पनि हुँदैन। तँ सैतानको स्वामित्वमा रहेको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरको नाउँको अनादर गर्छस् र तँसँग साँचो गवाही हुँदैन। के तैंले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू र तैंले पूरा गरेको कर्तव्यको बारेमा कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनु पर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, ‘त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’ (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा बिरामीहरूलाई निको पार्ने र भूतहरू निकाल्नेहरू, प्रभुको नाउँमा प्रचार गर्न यात्रा गर्नेहरू किन दुष्ट काम गर्नेहरू बनेका छन्? यी दुष्ट काम गर्नेहरू को हुन्? के उनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्? (होइन, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हुन् तर तिनीहरूले सत्यताको अभ्यासा गर्दैनन्।) ठीक। उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्। उनीहरूले परमेश्‍वरका लागि काम-कुराहरूलाई पनि त्याग्छन्, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर्छन्, र आफ्‍ना कर्तव्य पूरा गर्छन्। तापनि, आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूमा भक्ति र गवाहीको अभाव हुन्छ, र तिनीहरू अनियन्त्रित हुन्छन् र दुष्कर्मी बन्छन्, त्यसैले त प्रभु येशू भन्नुहुन्छ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। सर्वशक्तिमान् परमेश्‍वरको वचनको यो खण्ड पढेपछि, मैले आफू न्याय गरिएको र लज्जित भएको महसुस गरेँ। मेरा आफ्नै धारणा, सोच, मनसाय र अभिप्रायहरू परमेश्‍वरलाई सन्तुष्ट गर्नका निम्ति नभएर अरूले सराहना पाउनका लागि थिए भनी मैले देखेँ। जब ब्रदर र सिस्टरहरूले मलाई भन्दा बढी सिस्टर क्याथीलाई ध्यान दिएको मैले देखेँ, तब मभित्र इर्ष्या र प्रतिष्पर्धाको भावना आयो, मैले तिनलाई उछिन्न चाहेँ अनि तिनको अर्को मण्डलीमा सरुवा होस् भन्ने चाहना समेत गरेँ। मण्डलीको अगुवाको हैसियतले म मानिसहरूलाई मण्डलीको कामका निम्ति सुधार्नतर्फ केन्द्रित थिइनँ, म आफ्नो कर्तव्यमा लापरवाही गरिरहेकी, गलत बाटो लिइरहेकी, प्रतिभाको इर्ष्या गरेकी थिएँ अनि ख्याति र ओहोदालाई पछ्याइरहेको स्थितिमा जिएको थिएँ। म प्रभु येशू ख्रीष्टद्वारा भत्सर्ना गरिएको दुष्कर्म गर्नेहरू जस्तै छु। तिनीहरूले कष्ट भोग्दै काम गरे पनि तिनीहरूको परमेश्‍वरप्रति कुनै वफादारिता, कुनै गवाही थिएन, अनि तिनीहरूले आफ्नो प्रतिष्ठा र ओहोदा कायम राख्न अनि अरुको सराहना पाउन संघर्ष गरे। म पनि त्यस्तै थिएँ। मैले ब्रदर र सिस्टरहरूबाट प्रशंसा हासिल गर्न, आफ्नो प्रतिष्ठा र ओहोदा कायम गर्न कष्ट भोगेँ र ऊर्जा खर्चिएँ। म देखावटी गर्न व्यस्त छँदा, मेरो कर्तव्यमा मेरा अभिप्रायहरू सही भएनन्, जसले मलाई पवित्र आत्माको कामलाई हासिल गर्न असम्भव बनायो। मेरो सङ्गतिमा कुनै ज्योति थिएन अनि म नवप्रवेशीहरूका निम्ति समस्याहरू हल गर्न सक्दिनथेँ। इर्ष्यालु हुनु साँच्चै नै दुष्ट कुरा हो र यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। प्रभु येशूले भन्नुभयो, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। ती जो बाहिरबाट यात्रा गरेको र परमेश्‍वरका निम्ति कष्ट भोगेको जस्तो देखिन्छन् तर जसले आफ्नै मनसाय र अप्रिभायहरूलाई सन्तुष्ट पार्न मात्र काम गर्छन्, तिनीहरूलाई परमेश्‍वरले साँच्चै नै घृणा गर्नुहुन्छ। तिनीहरूले गर्ने भनेको आफ्नै फाइदाका निम्ति काम गर्ने हो। यो परमेश्‍वरलाई सन्तुष्ट पार्ने वा गवाही दिन बिलकुल होइन। त्यसैकारण, तिनीहरूले जति धेरै काम गरेतापनि परमेश्‍वरले त्यसलाई चिन्नुहुन्न। मैले आफैले त्यही गरिरहेको देखेँ। मैले बाहिरी प्रकारले आफ्ना कर्तव्यहरू गरिरहेकी थिएँ, तर मैले सत्यतालाई पछ्याइनँ, आत्मसमीक्षा गर्न वा आफैलाई जान्न कोसिस गरिनँ। अनि मैले मेरो सहकर्मीका सबल पक्षहरूबाट सिक्ने कोसिस गरिनँ। बरु, मैले प्रतिष्ठा र ओहोदाको गलत बाटो लिएँ, त्यसैले, म ती दुष्कर्म गर्नेहरूभन्दा फरक थिइनँ। सत्यतालाई पछ्याउन नभएर ख्याति र ओहोदालाई पछयाउन परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ परमेश्‍वरलाई विरोध गर्ने बाटो हो। हामीले बाहिरीबाट आफैलाई इन्कार गरेतापनि र खर्चिएतापनि, परमेश्‍वरले कहिल्यै स्वीकार गर्नुहुने छैन। पावलले मुकुटहरू मात्र हासिल गर्न र अरुको सराहना र सम्मान बटुल्न कति धेरै खर्चिए भन्ने बारेमा मैले सोचेँ। उनले कहिल्यै आफ्नो भ्रष्ट स्वभावहरू परिवर्तन गर्न खोजेनन् अनि उनले जे गरे, त्यसले परमेश्‍वरको गवाही दिइरहेको थिएन, त्यसले त आफ्नै गवाही दिइरहेको थियो। अन्त्यमा, परमेश्‍वरले त्यसका लागि उनलाई दण्ड दिनुभयो। यदि मैले स्वार्थी चाहनाहरूसहित आफ्ना कर्तव्यहरू पालन गरिरहेको भए, मैले परमेश्‍वरको घरको कामलाई ध्वस्त गर्ने र बिथोल्ने थिएँ, म अचेत रुपले पावल जस्तै दुष्ट काम गर्ने हुने थिएँ, अनि परमेश्‍वरद्वारा तिरष्कृत र निर्मूल पारिने थिएँ। यस कुरालाई बुझेपछि, म परमेश्‍वरको सामु गएँ र प्रार्थना गरेँ। मैले भनेँ, “सर्वशक्तिमान परमेश्‍वर, म प्रतिष्ठा र ओहोदालाई पछ्याउने स्थितिमा जिउँछु म मेरो सिस्टरलाई इर्ष्या गर्छु, अनि तिनीसित तुलना र प्रतिष्पर्धा गर्छु। परमेश्‍वर, म मेरो भ्रष्ट स्वभावलाई मेरो कर्तव्यको मार्गमा आउन दिन चाहन्न, म आफ्नो भ्रष्ट स्वभावलाई हल गर्न र मेरो कर्तव्य पूरा गर्न मेरो सिस्टरसित काम गर्न चाहन्छु। परमेश्‍वर, मलाई मार्गदर्शन गर्नुहोस् ताकि म यो समस्या समाधान गर्न सकूँ।”

पछि, मैले परमेश्‍वरको वचनबाट अर्को खण्ड पढेँ। “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँ थोरै क्षमता, सतही अनुभव भएको व्यक्ति होस् भने वा तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। जब तैँले आफूले गर्ने कामहरूमा आफ्नै स्वार्थी चाहनाहरूको बारेमा सोचिरहेको हुँदैनस् वा आफ्नै हितको बारेमा विचार गरिरहेको हुँदैनस्, तर त्यसको साटो मनमा निरन्तर परमेश्‍वरको घरको हितहरूलाई ध्यान दिइरहेको छस्, र तेरो कर्तव्य राम्ररी पूरा गरिरहेको छस् भने, तैँले परमेश्‍वरको सामु असल कार्यहरू जम्मा गरिरहेको हुनेछस्। यस्ता असल कार्यहरू गर्ने मानिसहरू सत्यताको वास्तविकता भएका मानिसहरू हुन्; त्यसरी नै, उनीहरूले गवाही धारण गरेका हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनले मलाई अभ्यासको बाटो दियो। अरुले हाम्रा प्रशंसा र सराहना गरुन् भनेर अरुको सामु आफ्ना कर्तव्यहरू पालन गर्नुहुँदैन। हामीले आफ्नो प्रतिष्ठालाई एकातिर पन्साउनुपर्छ, परमेश्‍वरको घरका हितहरूलाई ध्यान दिनुपर्छ अनि हाम्रा कर्तव्यहरूलाई पहिलो स्थान दिनुपर्छ। यो परमेश्‍वरको इच्छासित मेल खान्छ। सिस्टर क्याथीले राम्रोसित काम गरिन् र आफ्ना कर्तव्यहरूमा जिम्मेवार थिइन्। मैले तिनको इर्ष्या गर्नु हुँदैनथ्यो। मैले आफ्ना कमीकमजोरीलाई परिपूर्ति गर्न तिनका सब पक्षबाट सिक्नुपर्थ्यो। तिनीसित घुलमिल हुँदै मिलेर आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।

एकचोटि, मेरो मामाको छोरालाई म सुसमाचार सुनाउन चाहन्थेँ तर उनीसित गहिरो धार्मिक धारणाहरू थिए, अनि तिनलाई परमेश्‍वरको आखिरी दिनहरूका कामको कसरी गवाही दिने मलाई थाहा थिएन, र मेरो सङ्गति प्रष्ट हुने छैन भनेर पनि म चिन्तित भएँ, त्यसैले, सहकार्यका लागि एउटा सिस्टर चाहन्थेँ, अनि मैले सिस्टर क्याथीको बारेमा सोचेँ तर म हिच्किचाएँ। मैले सोचेँ, “यदि मैले तिनलाई मेरो सहकर्मीको रुपमा लिएँ भने यसले म तिनीभन्दा खराब छु, अनि परमेश्‍वरको कामको गवाही दिन वा धार्मिक धारणाहरू हल गर्न सक्दिनँ भन्ने कुरा प्रमाणित गर्दैन र? यदि मेरा ब्रदर र सिस्टरहरूले थाहा पाए भने के तिनीहरूले मलाई तुच्छ प्रकारले हेर्ने थिएनन् र? यदि सिस्टर क्याथीले मेरो मामाको छोराको धार्मिक धारणाहरूलाई हल गरिन् भने, मेरा ब्रदर र सिस्टरहरूले अवश्य तिनलाई सराहना गर्ने थिए।” जब ममा त्यस्तो विचार आयो, मैले फेरि ख्याति र लाभका निम्ति तिनीसित प्रतिष्पर्धा गरिरहेको महसुस गरेँ। त्यसैले, मैले शान्तपूर्वक परमेश्‍वरसित प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरको वचनबाट एउटा खण्ड स्मरण गरेँ, “तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनले मलाई अन्तर्दृष्टि दियो। मैले आफ्नो घमन्डलाई तल राखेर तिनीसित सहकार्य गर्नुपर्छ। यसरी अभ्यास गर्दा यसले मेरा कर्तव्यहरूलाई सहायता गर्नेछ। यदि मैले तिनलाई इर्ष्या गरिरहेँ र ख्याति र लाभका निम्ति तिनीसित प्रतिष्पर्धा गरेँ भने, मेरो स्थिति झन् नकारात्मक र अन्धकारमय मात्र हुनेछ, किनकि ख्याति र ओहोदालाई पछ्याउनु शैतानको बाटो हो। मैले परमेश्‍वरसित प्रार्थना गरेँ, “सर्वशक्तिमान् परमेश्‍वर, मसित अझै भ्रष्ट स्वभाव छ भनी म जान्दछु। म मेरो सिस्टरलाई इर्ष्या गर्छु अनि तिनीसित ख्याति र लाभका निम्ति प्रतिष्पर्धा गर्ने विचार गर्छु, तर मैले आफ्नो प्रतिष्ठा र ओहोदालाई एकातिर पन्साउनुपर्छ। कृपया, तपाईंलाई सन्तुष्ट पार्न देहलाई त्याग्ने र सत्यतालाई अभ्यास गर्ने कुरामा मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले बढी चैनको अनुभव गरेँ अनि अवस्थाको बारेमा प्रष्ट पार्न म सिस्टर क्याथीकहाँ गएँ। तिनी तुरुन्तै सहमत भइन् र यसलाई कसरी सुल्झाउने भन्ने बारेमा मसित छलफल गरिन्। जब मैले त्यो देखेँ, म धेरै प्रभावित भएँ। मैले सोचेँ कि म कसरी सधैँ आफ्नै ख्यातिका लागि जिएँ अनि सिस्टर क्याथीसित मिलेर काम गरेको बहाना गरेँ तर तिनले कहिल्यै मेरो वास्तविक सोचलाई जानिनन्। त्यसैले, मैले सिस्टर क्याथीसित खुलस्त हुने निर्णय गरेँ।

रातको खानापछि, मैले सिस्टर क्याथीसित कुरा गरेँ, अनि मैले खुलासा गरेको सबै भ्रष्टताको बारेमा सङ्गति गरेँ। यो सुनेपछि, तिनले भनिन् “ठीकै छ। वास्तवमा, यस सम्बन्धमा म तिमीभन्दा बढी भ्रष्ट छु। यस प्रकारको सङ्गति धेरै राम्रो छ।” म खुलस्त भएपछि, मैले आफू मुक्त भएको महसुस गरें, अनि तिनीप्रतिको इर्ष्याभाव पनि छोड्न सकें। अब म सिस्टर क्याथीसित मिलेर कर्तव्य पालन गर्नसक्छु अनि मैले ठूलो सुरक्षा र छुटकाराको गहिरो अनुभूति महसुस गरेँ। यो सबै परमेश्‍वरको वचनको न्यायद्वारा हासिल भएको प्रभाव थियो। सत्यतालाई अभ्यास गर्नाले शान्ति र चैनको अनुभूति गराउँछ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

छोराको घातक रोगको सामना गर्दा

लियाङ शिन्, चीन दुई वर्षअघि मेरो छोराको कम्मरमा अचानक अत्यधिक पीडा सुरु भयो। हामीले जाँच गरायौं र डाक्टरले जाँचको परिणाम चिन्ताजनक रहेको,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्