इर्ष्याको बन्धनबाट छुटकारा

15 फेब्रुअरी 2022

जोयलिन, फिलिपिन्स

सन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेँ, र चाँडै नै मलाई मण्डलीमा भजनहरूको साङ्गीतिक भिडियो बनाउने काममा प्रमुख गायिकाको कर्तव्य दिइयो। सुरुमा, धेरै भाइबहिनीहरूले मैले राम्रो गाएँ भन्दै मलाई ध्यान दिए अनि म जहाँसुकै गएपनि, तिनीहरूले मलाई चिने। यसले मलाई खुशी तुल्यायो। केही महिनापछि, मलाई मण्डलीको अगुवा चुनियो। जलसेक गर्नका निम्ति धेरै नवप्रवेशीहरू थिए अनि अनुगमन गर्नका निम्ति धेरै सुसमाचारका काम थिए। नवप्रवेशीका समस्याहरूलाई राम्रोसित सम्हाल्नका निम्ति, आफैलाई परमेश्‍वरको कामलाई चिन्‍नेसम्बन्धी सत्यताले सुसज्‍जित पार्न म प्रायः सुसमाचारका भिडियो हेर्थेँ, र हरेकपल्ट नवप्रवेशीहरूसित निश्‍चित धारणा हुँदा वा तिनीहरूले नबुझेका समस्याहरू सामना गर्दा, म तिनीहरूसित सक्रियतासाथ सङ्गति गर्न र तिनीहरूका समस्याहरू हल गर्न सक्थेँ। मेरा ब्रदर र सिस्टरहरूले मेरो राम्रो क्षमता र बुझाइका निम्ति प्रायः मेरो प्रशंसा गर्थेँ। म तिनीहरूको समर्थन पाउँदा धेरै खुशी थिएँ। तथापि, म सुसमाचारको काममा कहिल्यै पनि त्यति धेरै प्रभावकारी थिइनँ। त्यो बेला, सिस्टर क्लेयरलाई सुसमाचार प्रचार गर्न हाम्रो मण्डलीमा सरुवा गरियो। उनले छिट्टै नै आफूलाई काममा होमिन्, तिनी सङ्गति गर्न र अरूका कर्तव्यमा भएका कुनै पनि समस्या हल गर्न कदम उठाउन सक्थिन्, र भेलाहरूमा पनि सक्रिय रूपले सङ्गति गर्थिन्। क्लेयर आफ्नो कर्तव्यमा यति जिम्मेवार देख्‍दा म खुशी हुनुपर्नेथ्यो तर के कारणले हो मैले तिनलाई मन पराइनँ। हरेकपल्ट तिनले ब्रदर र सिस्टरहरूसित सङ्गति गर्दा, म तिनलाई हेर्न पनि चाहँदिनथेँ। खास गरी, जब तिनीहरूले “क्लेयर धेरै राम्रो हुनुहुन्छ, उहाँ सुसमाचार डिकन बन्‍न सक्‍नुहुन्छ” भनेर भनेको मैले सुनेँ, म झन् बेचैन भएँ। मैले सोचेँ, “क्लेयर हाम्रो मण्डलीमा आउनुअघि धेरैजसो ब्रदर-सिस्टरहरूले मेरो राम्रो क्षमता, बुझाइ र मैले नवविश्‍वासीहरूलाई मलजल गरेको बारेमा कुरा गर्थे, र मलाई सराहना गर्थे, तर अहिले तिनीहरू सबैले तिनी सर्वोत्तम छिन् भनी सोच्छन् र तिनैको सराहना गर्छन्। अब कसले मलाई सराहना गर्लान्?” त्यस समयदेखि, मैले क्लेयरको इर्ष्या गर्न थालेँ, र तिनले ब्रदर र सिस्टरहरूको हृदयमा मेरो ठाउँ लेलिन् भनेर चिन्तित भएँ।

त्यसपछि, क्लेयरले प्रायः नवप्रवेशीहरूको अवस्थाका बारेमा सोध्न बोलाउने गरेको, र धेरै नवप्रवेशीहरूले समस्या समाधानका निम्ति तिनलाई नै खोजी गरेको मैले देखेँ। एकपल्ट, मैले मलजल गरेको एउटी सिस्टरलाई सुसमाचारको काममा कठिनाइ भयो र तिनले मसँग सल्लाह मागिन्। मैले तिनीसित सङ्गति गरिसकेपछि, तिनी क्लेयरलाई खोज्‍न गइन्। जब तिनी क्लेयरकहाँ गएको कुरा मैले थाहा पाएँ, मलाई दुःख लाग्यो। मैले मनमनै सोचेँ, “तिनले मेरो सल्लाहलाई गम्भीर रूपमा लिन्‍नन् होला, र क्लेयरलाई मभन्दा उत्तम ठान्छिन् होला, र मलाई सराहना गर्न छोडिसकिन् होला। म सुसमाचारको काममा धेरै नराम्रो भएकोले मैले आफ्नो कमीकमजोरी पूर्ति गर्नको लागि कडा मेहनत गर्नुपर्छ। तब म क्लेयरभन्दा नराम्रो हुनेछैनँ, र भविष्यमा ब्रदर-सिस्टरहरूसित समस्याहरू भएमा तिनीअरू तिनीकहाँ जानुको सट्टा मकहाँ आउनेछन्।” त्यसपछिका दिनहरूमा, मैले चुपचाप क्लेयरसँग प्रतिस्पर्धा गर्न थालेँ। मैले क्लेयरलाई कर्तव्यमा व्यस्त रहेको र हरेक दिन रातको खाना ढिलो खाने गरेको देख्थेँ, र तिनी कहिलेकाहीँ रातभरि काम गर्थिन्। त्यसैले, म पनि जिम्मेवार रहेको र तिनीभन्दा खराब नरहेको ब्रदर र सिस्टरहरूले देख्‍न सकून् भनेर मैले पनि आफ्नो कामका निम्ति राति अबेरसम्म जागै रहने कोसिस गरेँ। पछि, मण्डलीले सुसमाचारको कामको डिकन चयन गर्न चुनाव आयोजना गर्यो। हरेक पक्षलाई हेर्दा, क्लेयर यो कर्तव्यका निम्ति उत्तम थिइन्, तर म तिनलाई चुन्‍न चाहँदिनथेँ। मलाई लाग्यो कि तिनी मभन्दा सक्षाम छिन् र यदि तिनी सुसमचार डिकन बनिन् भने, बिस्तारै सबैको ध्यान तिनीतर्फ जानेछ। तर मण्डलीको अगुवाहरूले मात्रै सबै काम गर्न नसक्‍ने, र कामको केही भाग सम्हाल्नको लागि डिकनहरू चाहिने कुरालाई विचार गर्दा, मैले मनमनै सोचेँ, “के मैले सिस्टर लिनलाई नै चुन्‍नुपर्ने हो त? यदि मैले तिनलाई चुनें भने, ब्रदर र सिस्टरहरू तिनीतिरै झुम्‍मिनेछन् र मलाई पन्छाउनेछन्।” तर क्लेयरसित धेरै उच्‍च क्षमता छ र सुसमाचार डिकनको काम सम्हाल्न सक्छिन् भन्‍ने मलाई थाहा थियो। मैले यस कुरालाई निकै विचार गरेँ अनि इच्छा नलाग्दा नलाग्दै अन्तिममा तिनलाई नै चुनेँ।

एकचोटि, मण्डलीले म्युजिक भिडियोमा एउटा भूमिका खेल्नको लागि फिलिपिनो र अङ्ग्रेजी जान्‍ने एक सिस्टर खोजिरहेको थियो। क्लेयरको फिलिपिनो र अङ्ग्रेजी दुवै राम्रो थियो, अनि अन्त्यमा ब्रदर-सिस्टरहरूले तिनलाई नै चुने। धेरै निराश हुँदै मैले सोचेँ, “मेरो फिलिपिनो र अँग्रेजी पनि राम्रो छ, अनि किन ब्रदर-सिस्टरहरूले मलाई नरोजी तिनलाई रोजे?” मैले तिनको धेरै इर्ष्या गरेँ र मेरो हृदयमा तिनीप्रति केही घृणा पनि अनुभव गरेँ। ठीक त्यसै समयमा, क्लेयरले केही अहङ्कारी स्वभाव प्रकट गरिन्, हाम्रा अगुवाहरूले तिनले कसरी आफ्ना कर्तव्यहरू पूरा गर्छिन् भनी सोधखोज गरिरहेका थिए, र तिनको मूल्याङ्कन लेखिदिन मलाई आग्रह गरे। म ज्यादै खुशी भएँ, र म तिनको कमीकमजोरीको बारेमा धेरै लेख्‍न चाहन्थेँ, ताकि हाम्रा अगुवाहरूले तिनलाई अरू नै कर्तव्यमा सारून् र अबदेखि मैले तिनीसित कर्तव्य निर्वाह गर्नु नपरोस्। अन्त्यमा मैले त्यसो नगरे पनि, म हृदयदेखि नै उनी गएको चाहन्थें। उत्तरहरू खोज्न ब्रदर र सिस्टरहरूले तिनलाई खोज्ने गरेको तर मलाई अहिले खोज्ने नगरेको कुरा सोच्दा मलाई दुःखी र दयनीय महसुस हुन्थ्यो। हामीले सँगै कर्तव्य निर्वाह गरिरहेको बेलामा पनि मैले तिनको अनुहार हेर्न चाहन्‍नथेँ। त्यतिखेर, म इर्ष्याले भरिएकी हुन्थेँ र भ्रष्ट स्वभावले मेरो हृदय वास्तवमै जकडेको हुन्थ्यो।

त्यसपछि, मैले आफ्नो कर्तव्यमा पवित्र आत्माको काम र अगुवाई अनुभव गर्न सकिनँ। जब मैले केही समस्याहरूको सामना गर्थेँ, म ती समस्याको सार बुझ्दिनथेँ, र तिनलाई कसरी हल गर्ने मलाई थाहा हुन्‍नथ्यो। मेरो नकारात्मक स्थितिले मेरो कर्तव्यहरूलाई प्रभाव पारिरहेको छ भन्‍ने कुरालाई मैले पटक्‍कै महसुस गरिनँ। यो कुरा त्यो बेलासम्म जारिरह्यो, जुन बेला मैले भेलामा परमेश्‍वरका यी वचनहरूलाई देखेकी थिएँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्‍च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले प्रतिष्ठा र ओहोदका लागि, मानिसलाई मेरो सराहना र आदर गर्ने तुल्याउन आफ्नो कर्तव्य पालन गरेको कुरा महसुस गरेँ। जब क्लेयर मण्डली आइन्, र मैले तिनलाई सत्यताको बारेमा सङ्गति गर्न र समस्याहरू हल गर्न सक्षम देखेँ, र अरूले सङ्गतिका निम्ति मलाई नखोजेर तिनलाई खोज्‍न सक्‍ने अवस्था महसुस गरेँ, म इर्ष्यालु भएँ र क्लेयरले मेरो स्थान लेलिन् भनेर म डराएँ, त्यसैले मैले हरेक मोडमा तिनीसित प्रतिस्पर्धा गर्न थालेँ, र तिनलाई उछिन्‍ने प्रयासमा आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न ठूलो प्रयत्‍न लगाउन थालेँ। जब मण्डलीले सुसमाचार डिकनको चयन गर्नुपर्‍यो, क्लेयरले त्यो काम सम्हाल्न सक्छिन् भन्‍ने कुरा मलाई स्पष्टै थाहा थियो, तर तिनले मेरो हैसियत चोर्नेछिन् भनी म डराएँ, त्यसैले मैले तिनलाई चुन्‍न चाहिनँ, अनि तिनलाई हृदयदेखि घृणा गरेँ र तुच्छ ठानेँ। जब तिनले भ्रष्टता प्रकट गरेको देखेँ, तब म खुशी भएँ र तिनको मूल्याङ्कन लेख्‍ने अवस्था आउँदा मैले द्वेषपूर्ण अभिप्राय राखेँ। म तिनको कमीमजोरीहरूको बारेमा सबै कुरा लेख्‍न चाहन्थेँ, र तिनलाई खेदाउन चाहन्थेँ, ताकि ब्रदर र सिस्टरहरूले तिनलाई उच्‍च नजरले हेर्लान् भनेर मैले डराइरहनु नपरोस्। परमेश्‍वरका वचनहरूको प्रकाशमार्फत मैले महसुस गरेँ कि म तिनको क्षमताप्रति इर्ष्यालु थिएँ र तिनी मभन्दा उत्तम भएको कुरा सहन सक्दिनथेँ, अनि जुन कुरा मैले खुलासा गरेँ, त्यो दुर्भावपूर्ण स्वभाव थियो। बाहिरी रूपले, म आफ्नो कर्तव्य सक्रिय भएर पालन गरिरहेकी थिएँ, तर आफ्नो हृदयमा मैले मण्डलीको कुनै पनि कामलाई विचार गरिरहेकी थिइनँ। क्लेयर सुसमाचरको काममा उत्तम थिइन्, र मैले सुसमाचारको कामलाई अझ प्रभावकारी बनाउन तिनीसित सहकार्य गर्नुपर्थ्यो। तर, मैले तिनीभन्दा कसरी उत्तम हुने, कसरी तिनलाई बाहिर पठाउने, र कसरी आफ्नो हैसियत जोगाउने भनेर मात्रै सोचेँ। परमेश्‍वरले हाम्रो हृदय र कर्तव्यहरूप्रतिको हाम्रो मनोवृतिलाई जाँच गर्नुहुन्छ। मैले परमेश्‍वरको भयविना आफ्नो कर्तव्य पालन गरेँ अनि मैले नाम, दाम र ओहोदालाई मात्रै वास्ता गरेँ। परमेश्‍वरले यो व्यवहारलाई तिरस्कार गर्नुहुन्छ, र यो व्यवहारप्रति उहाँलाई घिन लाग्छ।

पछि, मैले परमेश्‍वरको वचनबाट अर्को खण्ड पढेँ: “प्रतिष्ठा, हैसियत, वा चम्कने अवसर समावेश हुने कुनै पनि कुराको हकमा—उदाहरणका लागि, जब तिमीहरूले परमेश्‍वरको घरले विभिन्न किसिमका प्रतिभाशाली व्यक्तिहरूलाई संवर्धन गर्ने योजना बनाउँदैछ भनी सुन्छौ—तब तिमीहरूमध्ये हरेक जना चाहनाले सकसक गर्न थाल्छौ, र नाम कमाउन र चर्चाको केन्द्रमा आउन चाहन्छौ। तिमीहरू सबै जना प्रतिष्ठा र हैसियतका लागि प्रतिस्पर्धा गर्न चाहन्छौ। तिमीहरूलाई यो व्यवहारमा संलग्न हुन लाज लाग्छ, तर त्यसो नगर्न तिमीहरूको मनले मान्दै मान्दैन। चुनिएका र चर्चाको केन्द्रमा आउने मानिसहरूलाई देख्दा तिमीहरूलाई डाहा लाग्छ, घृणा लाग्छ, र तिमीहरू गुनासो गर्छौ, अनि यो अन्यायपूर्ण छ भन्ने सोच्छौ: ‘म किन अलग देखिन सक्दिनँ? अरू मानिसहरू किन सधैँ चर्चाको केन्द्रमा हुन्छन्? मेरो पालो कहिल्यै किन आउँदैन?’ तिमीहरूलाई हृदयमा रिस उठ्छ, र तिमीहरूले त्यसलाई दबाउने प्रयास गरे पनि, तिमीहरू सक्दैनौ। तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र तिमीहरूको स्थिति केही समयका लागि सुध्रन सक्छ, तर जब तिमीहरूले यस्तो प्रकारको परिस्थिति फेरि सामना गर्छौ, तब तिमीहरूले अझै पनि यसलाई विजय गर्न सक्दैनौ। के यो सानो कदको प्रकटीकरण होइन र? जब तिमीहरू यस्ता स्थितिहरूमा फस्छौ, तब के तिमीहरू शैतानको पासोमा परेका हुँदैनौ र? शैतानी भ्रष्ट प्रकृतिले मानिसहरूलाई यसरी नै बाँध्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई प्रकट गर्यो। मैले मेरी सिस्टरलाई इर्ष्या गरेकी थिएँ किनकि ममा नाम र ओहोदाको तीव्र चाहना थियो, अनि म भिडभन्दा राम्रो देखिन र मानिसहरूको हृदयमा ठाउँ बनाउन चाहन्थेँ। मलाई याद आयो, कलेजमा हुँदा अरूबाट प्रशंसा र सराहना हासिल गर्न म सहपाठीहरूसित प्रतिस्पर्धा गर्थेँ, र जबसम्म म अरूभन्दा राम्रो देखिने सम्भावना रहन्थ्यो, तबसम्म तिनीहरूलाई मैले चोट नै पुर्‍याए पनि मलाई केही फरक पर्दैनथ्यो। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि म फेरि मण्डलीभित्र त्यही प्रकारको खोजीमा संलग्‍न भएँ। क्लेयर मभन्दा उत्तम छिन् भनेर देख्‍दा, मैले तिनलाई उछिन्‍न औधी नै चाहना गरेँ, किनकि म ज्यादा मानिसहरूको प्रशंसा पाउन चाहन्थेँ र मैले महत्त्वाकाङ्क्षी भएर मानिसहरूद्वारा प्रशंसित र सम्मानित हुने आशा गरेँ, जसले म कति अहङ्कारी छु भन्‍ने कुरा देखायो। मैले सधैँ प्रतिष्ठा र ओहोदालाई पछ्याइरहेकी छु भन्‍ने कुरा पनि देखेँ, त्यसैकारण त, मैले आफ्नो कर्तव्यमा पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ, र म अन्धकारतिर खसिरहेको थिएँ। यी त शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू थिए जसले मलाई बाँधेका र हानि गरेका थिए। केही पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ जसले मलाई नाम, दाम, र हैसियतलाई पछ्याउनुको सार र परिणामहरूको केही बुझाइ प्राप्त गर्न मदत गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। तिनीहरू सधैँ शारीरिक आनन्दमा लिप्त हुँदै देहअनुसार जिउँछन्, र सधैँ आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सत्यता वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरलाई लज्जित पारिएको सङ्केत हो। तँ भन्छस्, ‘मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ। मैले कसरी उहाँलाई लज्जित पारेको छु?’ तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तँ जे गर्छस् ती कुराहरूपछाडिका तेरा अभिप्राय, लक्ष्य, र आशयहरू, अनि तेरा कार्यव्यवहारका परिणामहरू सबैले शैतानलाई सन्तुष्ट पार्छन्, तँलाई त्यसको हाँसोको पात्र बनाउँछन्, र त्यसलाई तेरो गोप्य जानकारी लैजान दिन्छन्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही दिएको छैनस्। तँ शैतानको होस्। तँ सबै कुरामा परमेश्‍वरको नाउँलाई लज्जित पार्छस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू, तेरो व्यवहार र तैँले निर्वाह गरेका कर्तव्यहरूबारे कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, ‘त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ’ (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, तिनीहरूले उहाँका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू प्रभुको खातिर आफूले गरेको काम, आफूले भोगेको कठिनाइ, र आफूले गरेका बलिदानहरू स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यसमा तिनीहरू परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका थिए, र परमेश्‍वरलाई प्रयोग गर्न र परमेश्‍वरलाई छल्न खोजिरहेका थिए, त्यसैले प्रभु येशू तिनीहरूप्रति वितृष्ण हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई घृणा गर्नुभयो, र तिनीहरूलाई दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारिरहेका छन्, तर कतिपय मानिसहरू अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, र सधैँ आफूलाई विशिष्ट बनाउने इच्छा गर्छन्; तिनीहरू सधैँ अगुवा र कामदार बन्‍न चाहिरहेका हुन्छन् ताकि तिनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न सकून्, र यसरी हैसियतका लाभहरू लिन सकून्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु भनेर भने पनि, र परमेश्‍वरका लागि कामकुरा त्यागे र समर्पित भए पनि, तिनीहरू ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूसँग सधैँ आफ्नै गुप्त युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति समर्पित वा बफादार हुँदैनन्, तिनीहरू थोरै पनि आत्मचिन्तन नगरी खराब कामकुरा गर्दै बेलगाम जथाभावी गर्न सक्छन्, र त्यसरी तिनीहरू दुष्कर्मी बन्छन्। परमेश्‍वर यी दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ, र परमेश्‍वर दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले लज्‍जित महसुस गरेँ। मेरा विचार, सोच, मनसाय र अभिप्रायहरू परमेश्‍वरलाई सन्तुष्ट गर्नका निम्ति नभएर अरूले सराहना पाउनका लागि थिए भनी मैले देखेँ। जब ब्रदर र सिस्टरहरूले मलाई भन्दा बढी क्लेयरलाई ध्यान दिएको मैले देखेँ, तब मभित्र इर्ष्या पलायो, मैले तिनीसित प्रतिस्पर्धा गरेँ, तिनलाई उछिन्‍न चाहेँ, र तिनको अर्को मण्डलीमा सरुवा होस् भन्‍ने चाहना समेत गरेँ। मण्डलीको अगुवाको हैसियतले म मानिसहरूलाई मण्डलीको कामका निम्ति जगेर्ना गर्न वा मण्डलीको काम राम्रोसित गर्नमा केन्द्रित थिइनँ; बरु, आफ्नो कर्तव्यमा लापरवाही, प्रतिभाको इर्ष्या, अनि नाम र दामको पछि लाग्‍ने काम गरिरहेकी थिएँ। म प्रभु येशू ख्रीष्टद्वारा भत्सर्ना गरिएका दुष्कर्मीहरू जस्तै थिएँ। तिनीहरूले लगाएको प्रयत्‍न आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्‍नको लागि र अरूले आफूलाई उच्‍च नजरले हेरून् भनेर थियो। म पनि त्यस्तै थिएँ। मैले लगाएको प्रयत्‍न पनि ब्रदर- सिस्टरहरूबाट प्रशंसा हासिल गर्न, र प्रतिष्ठा र हैसियत हासिल गर्नलाई थियो। म देखावटी गर्न व्यस्त छँदा, मेरो कर्तव्यमा मेरा अभिप्रायहरू सही भएनन्, जसले मलाई पवित्र आत्माको कामलाई हासिल गर्न असम्भव बनायो। मेरो सङ्गतिमा कुनै ज्योति थिएन र मैले ब्रदर-सिस्टरहरूका समस्याहरू हल गर्न सक्दिनथेँ। अब मैले बुझेँ कि नाम, दाम र हैसियत खोज्नु साँच्‍चै नै दुष्ट कुरा हो र यसलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। प्रभु येशूले भन्‍नुभयो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। बाहिरबाट हेर्दा परमेश्‍वरका निम्ति यात्रा गरेको र कष्ट भोगेको जस्तो देखिनेहरू तर वास्तवमा आफ्नै मनसाय र अप्रिभायहरूलाई सन्तुष्ट पार्न मात्र काम गर्नेहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। तिनीहरूले गर्ने भनेकै आफ्नै फाइदाका काम हो। यो परमेश्‍वरलाई सन्तुष्ट पार्ने वा गवाही दिने काम बिलकुलै होइन। त्यस कारणले गर्दा, तिनीहरूले जति धेरै काम गरे तापनि परमेश्‍वरले त्यसलाई मान्यता दिनुहुन्‍न। मैले आफैले त्यही गरिरहेको देखेँ। मैले बाहिरी प्रकारले आफ्ना कर्तव्यहरू गरिरहेकी थिएँ, तर मैले सत्यता खोजीरहेकी पछ्याइनँ, आत्मसमीक्षा गर्न र आफैलाई चिन्‍ने कोसिस गरिरहेकी थिइनँ, र मैले मेरा सहकर्मीहरूका सबल पक्षहरूबाट सिक्‍ने कोसिस गरिरहेकी थिइनँ। बरु, मैले प्रतिष्ठा र ओहोदाको गलत बाटो लिएँ, त्यसैले, म ती दुष्कर्म गर्नेहरूभन्दा फरक थिइनँ। पावलले अरूलाई आफ्नो सराहना र आराधना गर्न लगाउन आफैलाई कति धेरै खर्चे र कष्ट भोगे भन्‍नेबारेमा मैले सोचेँ। तिनले बारम्बार आफूलाई सधैँ उचाल्‍ने गर्थे र उनले कति कष्ट भोगेका छन् र कति दौडधूप गरेका छन् भनेर धाक लगाउँथे, र म “चेलाहरूमध्यकै सबैभन्दा महान् चेलाभन्दा कम छैनँ” भनी भन्थे, यहाँसम्‍म कि तिनले तिनी जिउँदा तिनी नै ख्रीष्ट हुन् भनेर समेत भने। तिनको काम र बोलीवचनले कहिल्यै पनि परमेश्‍वरको गवाही दिन्नथ्यो, बरु तिनको आफ्‍नै गवाही दिन्थ्यो। यसले गर्दा मानिसहरूले आज दुई हजार वर्षपछि पनि तिनलाई आदर गरिरहेका र प्रिय ठानिरहेका छन्, यहाँसम्‍म कि तिनका वचनहरूलाई परमेश्‍वरकै वचनहरूका रूपमा समेत लिइरहेका छन्। अन्त्यमा, परमेश्‍वरले तिनलाई उहाँको स्वभाव उल्‍लङ्घन गरेकोमा दण्ड दिनुभयो। यदि मैले नाम, दाम, र हैसियतलाई नै पछ्याइरहेकी भए, र मेरा कर्तव्यहरूमा अरूले मलाई कदर गरून् भन्‍ने चाहना गरिरहेकी भए, म थाहै नपाई पावल जस्तै बन्‍नेथेँ, गलत मार्गमा हिँड्नेथेँ, दुष्ट व्यक्ति बन्‍नेथेँ, र परमेश्‍वरले मलाई इन्कार गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो। यस कुरालाई महसुस गरेपछि, मैले परमेश्‍वरसामु प्रार्थना गरेँ। मैले भनेँ, “सर्वशक्तिमान परमेश्‍वर, म मेरो भ्रष्ट स्वभावलाई मेरो कर्तव्यको मार्गमा आउन दिन चाहन्नँ, म आफ्नो भ्रष्ट स्वभावलाई हल गर्न र मेरो कर्तव्य गर्न मेरी सिस्टरसित मिलेर काम गर्न चाहन्छु। बिन्ती छ, मलाई मार्गदर्शन गर्नुहोस् ताकि म यो समस्या समाधान गर्न सकूँ।”

एकपल्ट, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। एउटै मात्र अपवाद भनेको, यदि तेरो क्षमता कमजोर छ, वा तेरो अनुभव कम छ, वा तँ आफ्नो व्यावसायिक काममा पर्याप्त रूपमा निपुण छैनस्, र यसले गर्दा तेरो काममा केही गल्ती वा कमीकमजोरीहरू उत्पन्न हुन्छन्, र राम्रा नतिजाहरू हासिल हुँदैनन्, तर तँ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकै छस् भन्ने हो। तँ आफ्नै स्वार्थी चाहना वा प्राथमिकताहरू पूरा गर्नका लागि काम गरिरहेको छैनस्। बरु, हरेक पक्षमा तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई ख्याल गरिरहेको छस्। तैँले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गरिरहेको नहुन सक्छस्, तर तेरो हृदय सच्चिएको छ; यसमाथि, यदि तँ आफ्नो कर्तव्यमा रहेका समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छस् भने, तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्, र साथसाथै, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। त्यसपछि, तँसँग गवाही हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले अभ्यासको बाटो फेला पारेँ। अरूले हाम्रा प्रशंसा र सराहना गरुन् भनेर अरूको सामु हामीले आफ्ना कर्तव्यहरू पालन गर्नुहुँदैन। बरु, हामीले आफ्नो प्रतिष्ठा र हैसियतलाई एकातिर पन्साउनुपर्छ, मण्डलीका हितहरूलाई ध्यान दिनुपर्छ अनि हाम्रा कर्तव्यहरूलाई पहिलो स्थान दिनुपर्छ। यो परमेश्‍वरको इच्छासित मेल खान्छ। क्लेयरले सुसमचारको काम राम्रोसित काम गर्थिन् र आफ्ना कर्तव्यहरूमा जिम्मेवार थिइन्। मैले तिनको इर्ष्या गर्नु हुँदैनथ्यो। मैले आफ्ना कमीकमजोरीलाई परिपूर्ति गर्न तिनका सबल पक्षबाट सिक्‍नुपर्थ्यो, र हाम्रो कर्तव्य उचित रूपमा पूरा गर्नको लागि तिनीसित सहकार्य गर्नुपर्थ्यो।

एकचोटि, मेरो मामाको छोरालाई म सुसमाचार सुनाउन चाहन्थेँ तर उनीसित धेरै धार्मिक धारणाहरू थिए। मेरो सङ्गति प्रष्ट नहोला, र यो समस्या हल गर्न नसकुँला भनेर मलाई चिन्ता लाग्यो, त्यसैले सहकार्यका लागि एक सिस्टर लैजान चाहन्थेँ। मैले क्लेयर सुसमचार सुनाउनमा पोख्त छिन् र उनलाई लैजान उचित होला भनेर सोचेँ, तर म हिच्किचाएँ। मैले सोचेँ, “यदि मैले तिनलाई मेरो सहकर्मीको रूपमा लिएँ भने यसले म तिनीभन्दा खराब छु, र परमेश्‍वरको कामको गवाही दिन वा धार्मिक धारणाहरू हल गर्न सक्दिनँ भन्‍ने प्रमाणित गर्दैन र? यदि मेरा ब्रदर-सिस्टरहरूले थाहा पाए भने के तिनीहरूले मलाई नीच नजरले हेर्दैनन् र? यदि क्लेयरले मेरो मामाको छोराका धार्मिक धारणाहरू हल गरिन् भने, मेरा ब्रदर-सिस्टरहरूले अवश्य तिनलाई अझ बढी सराहना गर्नेछन्।” जब ममा त्यस्तो विचार आयो, मैले फेरि नाम र दामका निम्ति तिनीसित प्रतिस्पर्धा गरिरहेको महसुस गरेँ। त्यसैले, मैले शान्तपूर्वक परमेश्‍वरसित प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड स्मरण गरेँ: “तैँले यी कुराहरू त्याग्न र छोड्न, अरूलाई सिफारिस गर्न, र राम्रा अवसरहरू आउँदा अरूलाई अलग देखिन दिन सिक्नैपर्छ। अलग देखिने र चम्कने अवसरहरू आउँदा तिनका लागि प्रतिस्पर्धा वा होडबाजी नगर्। तँ आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्न सक्षम हुनैपर्छ, तर तैँले आफ्नो कर्तव्य निर्वाह पटक्कै रोक्नु पनि हुँदैन। गुमनाम भएर काम गर्ने, धाक नलगाउने, र अर्पित भएर आफ्नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्। तैँले आफ्नो अभिमान र हैसियत जति धेरै त्याग्छस्, र तैँले आफ्ना स्वार्थहरू जति धेरै त्याग्छस्, तँलाई त्यति नै धेरै शान्ति महसुस हुनेछ, तेरो हृदयमा त्यति नै धेरै ज्योति हुनेछ, र तेरो स्थिति त्यति नै राम्रो बन्नेछ। तैँले जति धेरै प्रतिस्पर्धा र होडबाजी गर्छस्, तेरो स्थिति त्यति नै अन्धकारमय हुनेछ। यदि तँ मलाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले मलाई अन्तर्दृष्टि दियो। मैले आफ्नो घमन्ड र हैसियतलाई तल राखेर तिनीसित सहकार्य गर्न पहल गर्नुपर्थ्यो। यसरी अभ्यास गर्दा यसले मेरा कर्तव्यहरूलाई सहायता गर्नेथ्यो। यदि मैले तिनको इर्ष्या गरिरहेको भए र नाम र दामका निम्ति तिनीसित प्रतिस्पर्धा गर्न जारी राखेको भए, मेरो स्थिति झन् नकारात्मक र अन्धकारमय मात्र हुनेथ्यो, किनकि नाम र हैसियतलाई पछ्याउनु शैतानको बाटो हो। त्यसैले मैले परमेश्‍वरसित प्रार्थना गरेँ, “सर्वशक्तिमान् परमेश्‍वर, मसित भ्रष्ट स्वभाव छ। म मेरी सिस्टरको इर्ष्या गर्छु र नाम र दामका निम्ति तिनीसित प्रतिस्पर्धा गर्छु, तर म यी सिस्टरसित सहकार्य गर्नको लागि देहलाई परित्याग गर्न र आफैलाई एकातिर पन्साउन इच्छुक छु, ताकि तपाईंलाई सन्तुष्ट पार्न मैले सत्यता अभ्यास गर्न सकूँ।” प्रार्थना गरिसकेपछि, मैले अझ बढी चैनको अनुभव गरेँ, अनि अवस्थाको बारेमा प्रष्ट पार्न म क्लेयरकहाँ गएँ। तिनी तुरुन्तै सहमत भइन् र मेरो मामाको छोरालाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिन हामीले कसरी सहकार्य गर्ने भनी मसित छलफल गरिन्। मैले कसरी सधैँ आफ्नै प्रतिष्ठा र हैसियतका लागि क्लेयरको ईर्ष्या गर्थेँ र उनीसित मिलेर काम गर्ने बहाना बनाउँथे भनेर सोचेँ; तिनले कहिल्यै पनि मेरो वास्तविक सोच थाहा पाएकी थिइनन्। त्यसैले, मैले क्लेयरसित खुलेर कुरा गर्ने निर्णय गरेँ। रातको खानापछि, मैले क्लेयरसित कुराहरू स्पष्ट पारेँ, र त्यो बेला मैले प्रकट गरेका सबै भ्रष्टता अनि आत्मसमीक्षाबाट महसुस गरेका सबै कुराहरूको बारेमा सङ्गति गरेँ। यो सुनेपछि, तिनले भनिन् “ठीकै छ। यस सम्बन्धमा म पनि भ्रष्ट छु। यस प्रकारले खुल्नु एकदमै राम्रो हुन्‍छ।” खुलेर कुरा गरेपछि, मैले आफू मुक्त भएको महसुस गरें। अब म क्लेयरसित सामञ्‍जस्य रूपमा कर्तव्य पालन गर्न सक्छु र मैले ठूलो सुरक्षा र छुटकाराको गहिरो अनुभूति महसुस गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

सम्बन्धित विषयवस्तु

आफ्नो कर्तव्यमा सही मनोवृत्ति हुनुको महत्त्व

एला, फिलिपिन्सअक्टोबर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ। मैले सक्रिय रूपमा भेलाहरूमा सहभागिता जनाएँ र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्