विश्‍वास: शक्तिको स्रोत

16 डिसेम्बर 2024

र्‍याण्डी, म्यान्मार

अगष्ट २०२० मा, मैले परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनलाइन अनुसन्धान गरिरहेको थिएँ। दाजुभाइ-दिदीबहिनीहरूले मसँग, कसरी प्रभुको पुनरागमन हुन्छ, कसरी परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गर्ने, कसरी झूटा ख्रीष्‍टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउने, परमेश्‍वरको ६००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू, र दर्शनको सत्यताका अरू विभिन्‍न पक्षजस्ता धेरै सत्यताबारे सङ्गति गरे। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पनि पढेँ। मैले दुई महिना विचार गरेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन सत्यता हो, यी वचनहरूले बाइबलका रहस्यहरू खोल्छन् भनेर बुझेँ, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित भएँ। मैले उहाँका आखिरी दिनहरूको कामलाई खुसीसाथ स्वीकार गरेँ। म आफ्नो परिवारका सबैलाई प्रभुको पुनरागमनबारे सुसमाचार बताएर परमेश्‍वरको अघि ल्याउन आतुर भएँ। तर तिनीहरूलाई सुसमाचार सुनाउनुअघि नै, मैले सेनामा फर्कनुपर्ने सूचना पाएँ।

पछि मैले मेरी श्रीमती र आमालाई फोनबाट सुसमाचार सुनाएँ। एक दिन, म श्रीमतीसँग प्रभुलाई कसरी स्वागत गर्ने भन्ने विषयमा कुरा गरिरहेको थिएँ, अनि उनले मलाई सोधिन्, “के तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुभएको हो? पाष्टरले त यस्ता मानिसहरूले आफ्‍नो परिवार त्याग्छन् भनेर भन्छन्। तपाईंले यो विश्वास त्याग्नुपर्छ।” उनको कुरा सुनेर म खिन्न भएँ र रिस पनि उठ्यो। मैले उनलाई भनेँ, “मूर्ख नबन। पाष्टरले भनेको कुरामा कसरी तिमीले अन्धाधुन्ध विश्‍वास गर्न सक्छौ? के तिनले त्यसो भन्‍नुको पछाडि कुनै वास्तविक आधार छ? मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको चार महिनाभन्दा बढी भइसक्यो। के मैले तिमीहरूलाई त्यागेको छु? के मैले परिवारको वास्ता गरेको छैनँ? मलाई यति मात्र थाहा छ, चिनियाँ कम्युनिस्ट पार्टीले पागलले जस्तो विश्‍वासीहरूलाई पक्राउ गरिरहेको छ र सताइरहेको छ, धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई घर फर्कन गाह्रो बनाइरहेको छ, र यहाँसम्म कि धेरै विश्‍वासीहरूका परिवारलाई टुक्र्याइरहेको छ। कसरी पाष्टरले तथ्यहरूलाई बङ्ग्याएर दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो परिवार चाहँदैनन् भनेर भन्‍न सक्छन्? ती सबै झूट कुरा हुन्। तिमीले तिनीहरूको अफवाह र दुष्ट शब्दहरूलाई आँखा चिम्लेर पटक्कै सुन्‍नु हुँदैन।” त्यसपछि मैले उनलाई भनेँ, “समझदार व्यक्तिले प्रभुको पुनरागमनको विषयमा केही खोजी गर्नुपर्छ र सर्वशक्तिमान्‌ परमेश्‍वरले घोषणा गर्नुभएका वचनहरू परमेश्‍वरका आवाज हुन् कि होइनन् भनेर हेर्नुपर्छ। प्रभु येशूले यसो पनि भन्‍नुभएको छ: ‘मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्‍ना १०:२७)। परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ, त्यसकारण प्रभुको पुनरागमनसम्‍बन्धी कुनै पनि कुराको अनुसन्धान गर्नुपर्छ र उहाँको आवाज सुन्‍नुपर्छ ताकि हामीले उहाँलाई स्वागत गर्न सकौँ। परमेश्‍वरका वचनहरू सत्यता हुन्—ती शक्तिशाली र आधिकारिक छन्। ती कुनै व्यक्तिबाट आएका हुन सक्दैन। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनेर म निश्चित भएको छु किनभने मैले उहाँका वचनहरू सत्यता हुन्, ती परमेश्‍वरका आवाज हुन् भन्‍ने देखेको छु।” तर उनले मेरो कुरा सुन्दै सुनिनन्। मैले फोन काट्नेबाहेक अरू केही गर्न सकिनँ। केही हप्तापछि मैले उनलाई फेरि कल गरेँ, तर उनले फोन बन्द गरिन् र मलाई जवाफ दिइनन्। त्यसपछि साँझको भेला हुने समय हुनेबित्तिकै, उनले मलाई बारम्‍बार फोन गरिन्। डिस्टर्ब भएकोले मैले भेलामा ध्यान दिएर बस्‍न वा परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि प्राप्त गर्न सकिनँ। के गर्ने मलाई थाहा भएन, त्यसकारण मलाई यो परिस्थितिमा अगुवाइ गर्नुहोस् भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थना गरेपछि, मलाई के लाग्यो भने, यी मामिलामा परमेश्‍वरको इच्‍छा के छ भन्‍ने मैले नबुझे पनि, विश्‍वास चाहिँ राख्नुपर्छ। म यी कुराद्वारा विवश हुनु हुँदैनथियो, र भेलामा ध्यान केन्द्रित हुनुपर्थ्यो। त्यसपछि मलाई अलिक शान्त महसुस भयो। एक दिन मलाई अचम्म लाग्यो, मेरी श्रीमतीले अचानक फोन गरेर भनिन्, “तपाईंले पूर्वीय ज्योतिको प्रचार सुन्‍नलाई मोबाइल किन्‍नुभयो, तर अहिले हाम्रो छोरो बिरामी छ र उसलाई उपचार गर्ने पैसा छैन। तपाईंले हाम्रो छोराको बारेमा सोच्नुपर्छ।” मैले परमेश्‍वरमा विश्‍वास नगरूँ भन्ने उनले चाहेकी हुनाले मात्रै त्यसो भनिरहेकी छिन् भन्‍ने मैले स्पष्टसित बुझेँ। वास्तवमा, चाहेको खण्डमा हामीले पैसा सापटी लिन सक्थ्यौं, र बच्‍चाहरू बिरामी हुनु एकदमै सामान्य कुरा हो। मैले विश्‍वास गरे पनि नगरे पनि, ऊ बिरामी हुन सक्थ्यो। म पनि उनको सर्वोत्तम हित चाहन्छु। मेरी श्रीमतीले कसरी मलाई त्यसरी गलत ठान्न सकिन्? मेरी श्रीमतीले मलाई मेरो विश्‍वासबाट अलग गराउन हाम्रो बच्‍चाको बिरामी अवस्थालाई बहानाको रूपमा प्रयोग गरेको देख्दा, मलाई निकै नरमाइलो लाग्यो। मैले केही भन्‍न नपाउँदै, उनले भनिन्, “तपाईं यसमा विश्‍वास गरिरहनुहुन्छ भने, भविष्यमा हामी परिवारसमेत रहनेछैनौँ होला।” मेरी श्रीमतीले यसो भनेको सुन्दा मेरो मन कटक्क दुख्यो। हाम्रो बच्‍चा यति सानै हुँदा नै के साँच्चै उनले छुटनाम गर्न चाहेकी हुन् त? मलाई अत्यन्तै नरमाइलो लाग्यो र केही नबोली फोन राखेँ। तर उनले भनेको कुराले मलाई व्याकुल बनाइरह्यो र गुनासो नगरी बस्‍नै सकिनँ: किन परमेश्वरले हाम्रो छोराको स्वास्थ्य र हाम्रो परिवारको सद्भावलाई रक्षा गर्नुभएको छैन?

केही समयसम्‍म, मैले भेलाहरूमा परमेश्‍वरसामु आफूलाई शान्त राख्‍न सकिनँ र सङ्गतिको लागि मसँग परमेश्वरका वचनबारे कुनै अन्तर्दृष्टि थिएन। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मेरो कद सानो छ। मेरी श्रीमतीले ती कुरा भनेदेखि मलाई नकारात्मक र कमजोर महसुस भइरहेको छ। बिन्ती छ मेरो साथमा रहनुहोस् र मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्।” त्यो साँझ मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास थामेर राख्यो। तैँले आफ्ना अनुभवहरूमा, परमेश्‍वरका वचनहरूबाट जे शोधन भोगे पनि, समग्रमा, परमेश्‍वरले चाहने कुरा भनेको, तेरो आस्था र परमेश्‍वरलाई प्रेम गर्ने हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्‍ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्‍वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। उहाँका वचनहरूले मलाई विश्वासको मार्ग र उहाँको राज्यमा प्रवेश गर्ने मार्ग सहज हुँदैन भनेर देखाए। सबै किसिमका कठिनाइ र परीक्षाहरू हुन्छन्, र हामीलाई मन नपर्ने धेरै कुरा आइपर्छन्। तर हामी यी सबै कुराबाट गुज्रनुपर्छ, किनभने यसले हामीसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ कि छैन, र हामी उहाँको लागि सानदार गवाही दिन सक्छौं कि सक्दैनौं भन्‍ने कुरालाई प्रकट गर्छ। मेरी श्रीमतीले सर्वशक्तिमान्‌ परमेश्‍वरप्रतिको मेरो विश्‍वासको पहिलोचोटि विरोध गरेको कुराबारे सोच्दा, मसँग उनलाई गवाही दिइरहने विश्‍वास थियो। तर उनले छुटनाम गर्ने धम्की दिन थाल्दा र हाम्रो बच्‍चा बिरामी हुँदा, मैले गुनासो नगरी सक्दैसकिनँ। परमेश्वरले मेरो परिवारको सौहार्दको रक्षा गरिरहनुभएको छैन, वा मेरो बच्‍चालाई बिमारी हुनबाट जोगाइरहनुभएको छैन भन्ने मलाई लाग्यो। परमेश्‍वरप्रति मसँग साँचो विश्‍वास छैन रहेछ भन्‍ने मैले देखेँ। केही कुरा आफूले चाहेको जस्तो नहुँदा मैले परमेश्‍वरलाई दोष दिन थालेँ—त्यो कसरी गवाही भयो र? त्यसपछि मैले यस्तो सोच्‍न थालेँ: मेरो परिवारमा केही परिआउनेबित्तिकै मैले किन परमेश्‍वरमाथिको विश्‍वास गुमाएको? म किन उहाँलाई दोष नदिई बस्‍नै सकिनँ?

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई मेरो विश्‍वासको पछि लाग्ने गलत दृष्टिकोणबारे केही बुझाइ प्रदान गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “आज, मैले भन्‍ने वचनहरूलाई तँ विश्‍वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्‍वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! … तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्‍वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्‍वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले परमेश्वरका वचनहरूबाट विश्‍वाससम्‍बन्धी मेरा उद्देश्य र दृष्टिकोण गलत रहेछ, ती सत्यताको पछि लाग्नका लागि थिएन रहेछ, तर आफ्नो परिवार सकुशल र सुरक्षित होस्, हाम्रो जीवन सहज होस् भन्नका खातिर थिएछ भनेर बुझेँ। म केवल परमेश्‍वरको अङ्गालोमा जिएर उहाँको अनुग्रह प्राप्त गर्न चाहन्थेँ। मैले उहाँको अनुग्रह पाउँदा, ममा उहाँलाई पछ्याउने विश्‍वास थियो, तर घरमा समस्याहरू आउँदा, मेरो बच्‍चा बिरामी हुँदा, मैले रक्षा नगरेकोमा परमेश्‍वरलाई दोष दिएँ। मैले विश्‍वास गुमाएँ, र मलाई त्यस्तो भएकोमा अन्याय भएको समेत महसुस गरेँ, परमेश्‍वरले मलाई मेरो विश्‍वासको लागि आशिष्‌ दिनुपर्छ, ममाथि त्यस्तो कुरा आइपर्न दिनु हुँदैन भन्ने लाग्यो। त्यसपछि, मलाई के महसुस भयो भने, मेरो विश्‍वासको जग नै पूर्णरूपमा आशिष्‌हरू प्राप्त गर्नु थिएछ र म परीक्षाको लागि खडा भइनँ। विश्‍वास गर्नु र परमेश्‍वरको आराधना गर्नु सही र स्वाभाविक कुरा हो। यो त बालबच्‍चा आमाबाबुप्रति समर्पित हुनुजस्तै हो—हामीले परमेश्‍वरसँग लेनदेन गर्नु हुँदैन। तर मैले सधैँ परमेश्‍वरबाट फाइदा लिने, उहाँको अनुग्रह पाउने प्रयास गरिरहेको थिएँ। मसँग कुनै विवेक वा समझशक्ति थिएन। के म ठ्याक्कै परमेश्‍वरले बताउनुभएको हृदय र आत्मा नभएको व्यक्ति थिइनँ र? त्यस प्रकारको विश्‍वास कसरी उहाँको इच्‍छाअनुरूप हुन सक्छ? त्यो विन्दुमा, मैले यी अप्रिय कुराहरू परमेश्‍वरकै अनुमतिमा हुनआएका हुन् भन्‍ने थाहा पाएँ। ती सबैबाट गुज्रिँदा विश्‍वाससम्‍बन्धी मेरा गलत दृष्टिकोणहरू खुलासा भए, जसले गर्दा परमेश्‍वरका वचनहरूद्वारा मैले आत्मसमीक्षा गर्न र आफूलाई चिन्‍न, आफ्ना गलत विचारहरूलाई परिवर्तन गर्न, र परमेश्‍वरप्रति साँचो विश्‍वास प्राप्त गर्न सकेँ। त्यो मप्रतिको परमेश्‍वरको शुद्धीकरण र मुक्ति थियो। मैले परमेश्‍वरको इच्‍छा बुझेपछि, विश्‍वास प्राप्त गरेँ। मैले पारिवारिक शान्ति, अनुग्रह र आशिषहरूको पछि लाग्न चाहिनँ। म भेलाहरूमा उपस्थित भइरहनुपर्थ्यो। भविष्यमा जेसुकै भए पनि, सत्यताको पछि लागिरहनेछु भनेर मैले सङ्कल्प गरेँ।

त्यसपछि मैले मेरो भक्तिमा परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानव धारणाहरूअनुरूप नहुँदा र त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। दुःख र शोधनका दौरान मानिसहरूमा आस्था हुनुपर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यता खोजी गर्न, परमेश्‍वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्‍छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्‍वरमाथिको आस्था गुमाएको छैनस् भन्‍ने कुरा प्रमाणित गर्छ। यदि, तँ शोधनका अवधिमा, सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि यदि, उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्‍वरमाथि साँचो आस्था हुनु भनेको यही हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। मैले परमेश्‍वरका वचनहरूबाट परिस्थिति प्रिय होस् वा अप्रिय, हामीले परमेश्‍वरमा शङ्का गर्ने वा उहाँलाई दोष दिने गर्नु हुँदैन भन्ने कुरा सिकेँ। हामीले परमेश्‍वरको इच्‍छा खोजी गर्नुपर्छ, उहाँको पक्षमा उभिनुपर्छ, अनि उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। हामीले जति नै कष्ट भोगे पनि परमेश्वरलाई सन्तुष्ट तुल्याउनका लागि उहाँलाई पछ्याउन र सत्यता अभ्यास गर्न सक्नुपर्छ। यो मात्रै साँचो विश्‍वास हो। यो बुझाइले मलाई अभ्यासको मार्ग र परमेश्‍वरलाई पछ्याउने विश्‍वास प्रदान गर्‍यो।

एक दिन, मैले मेरी आमालाई फोन गरेँ र मेरी श्रीमतीलाई कस्तो छ भनेर सोधेँ। उहाँले भन्नुभयो, “उनले त आफ्‍नो माइतमा समय बिताइरहेकी छिन् र घरका कामकुरा वास्ता गर्दिनन्। उनी पूर्ण रूपमा फरक व्यक्तिजस्तो भएकी छिन्।” आमाले मलाई यसो पनि भन्नुभयो, “पाष्टरले त तँ गलत मार्गमा छस्, तैँले सर्वशक्तिमान् परमेश्वरमा गरेको विश्‍वास प्रभु येशूप्रति धोका हो भनेर भन्छन्। तँलाई मण्डलीमा फर्काएर ल्याउनू र पूर्वीय ज्योतिलाई त्याग्न लगाउनू भनेर तिनले मलाई भनेका छन्।” त्यो कुरा सुन्दा मलाई अत्यन्तै रिस उठ्यो र सोचेँ: “ती पादरीले किन ती कुरा भनेका हुन्? तिनीहरूका छली अफवाहरूकै कारण मेरी श्रीमतीले परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई विरोध गरेकी थिइन्। मैले आफूलाई तिनीहरूको कारण विवश हुन दिनु हुँदैन। तिनीहरूले जे भने पनि, म तिनीहरूको कुरा सुन्नेछैनँ।” त्यसबारे सोचविचार गरेपछि, मैले आमालाई आग्रह गरेँ, “आमा, ती पादरीको कुरा नसुन्‍नुहोस्। सर्वशक्तिमान्‌ परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, र उहाँको आवाज परमेश्‍वर स्वयंको आवाज हो। उहाँ नै फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँ र प्रभु येशू एउटै परमेश्‍वर हुनुहुन्छ, त्यसकारण सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास प्रभु येशूप्रति धोका होइन। यो त थुमाका पाइलाहरूलाई पछ्याउनु र प्रभुको आगमनलाई स्वागत गर्नु हो।” त्यसपछि उहाँले जवाफमा केही भन्नुभएन।

त्यसपछि एक साँझ, मैले मेरी श्रीमतीलाई फोन गरेँ। उनले रिसाएर भनिन्, “किन मलाई कल गर्नुभएको? मैले त तपाईंलाई उप्रान्त परिवार चाहिँदैन भन्ने सोचेको थिएँ। छनौट गर्नुहोस्। पूर्वीय ज्योति कि परिवार? तपाईंले मेरो बारेमा सोच्‍नुहुन्‍न भने ठीकै छ, तर तपाईंले हाम्रो बच्‍चाको बारेमा सोच्‍नुपर्छ। ऊ भर्खर आठ महिना पुग्यो।” मेरी श्रीमतीको कुरा सुनेर म असाध्यै खिन्‍न भएँ। मैले सोचेँ, “म केवल भेलामा जाने र परमेश्‍वरका वचनहरू पढ्ने काम मात्रै गरिरहेको छु। म सही मार्गमा छु। मैले मलाई मेरो परिवार चाहिँदैन वा उनको र हाम्रो छोराको वास्ता गर्दिनँ भनेर कहिल्यै भनेको छैनँ। किन उनले मलाई यस्तो छनौट गर्न जोर गर्दैछिन्?” त्यसपछि मलाई लाग्यो, “परमेश्‍वरमाथिको विश्‍वास के हो भन्‍ने उनलाई थाहा छैन, र मैले जे भने पनि उनले सुन्नेछैनन्। तर मलाई मेरो विश्‍वास त्याग्‍न लगाउनु एकदमै असम्‍भव छ। सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भइसकेको छु, त्यसकारण उनले जे भने पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई नै पछ्याइरहनेछु भन्‍ने मलाई थाहा छ।” मैले प्रतिक्रिया नदिएको देखेर उनले फोन काटिन्। त्यतिबेला मेरी श्रीमतीले भनेको कुरा मेरो लागि चिन्ताको विषय भए पनि, मैले पहिलेजस्तो परमेश्‍वरलाई गुनासो गर्नु र दोष दिनु हुँदैन भन्‍ने मलाई थाहा थियो। यसबाट पार पाउनको लागि मैले विश्‍वास गर्नुपर्थ्यो, परमेश्‍वरमा भरोसा राख्नुपर्थ्यो। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो भजन सुनेँ “सत्यताको लागि सबै त्याग्‍नुपर्छ”:

१  तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन।

२  तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासलाई दह्रिलो बनाए। मलाई थाहा भयो, विश्‍वासी भएर सत्यताको खोजी गर्नु नै जिउने अर्थपूर्ण तरिका हो र मैले घरका केही समस्या वा शारीरिक असुविधाका कारण आफ्नो विश्‍वासलाई गुमाउनु हुँदैनथियो। विश्‍वास नहुनु र परमेश्‍वरको आराधना नगर्नु त अर्थहीन वा मूल्यहीन जीवन हुनेथियो। म आफ्नो परिवारद्वारा विवश पारिनु हुँदैनथियो। मेरो परिवार र बच्‍चाको स्वास्थ्य स्थिति सबै परमेश्‍वरकै हातमा थियो, त्यसकारण मैले ती कुरा परमेश्‍वरको हातमा सुम्पेर आफू उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्नेथियो। मैले सत्यता पछ्याउनुपर्थ्यो, र सक्दो आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो।

केही समयपछि, म आफ्नो परिचयपत्र नवीकरण गर्न घर जानुपर्ने भयो किनभने त्यसको म्याद सकिनलागेको थियो। मलाई यो आफ्नो परिवारलाई सुसमाचार सुनाउने राम्रो मौका हो जस्तो लागेकोले म एकदमै उत्साहित थिएँ। तर मलाई चिन्ता पनि लागेको थियो, किनभने मेरी श्रीमती र आमा सर्वशक्तिमान् परमेश्वरप्रतिको मेरो विश्‍वासविरुद्ध थिए, र म सर्वशक्तिमान् परमेश्वरमा विश्‍वास गर्छु भन्‍ने कुरा मेरो गृहनगरका सबैलाई थाहा थियो। यदि स्थानीय पादरीलाई म घर आएको छु भन्‍ने थाहा भयो भने, तिनीहरूले अवश्य नै मलाई बाधा दिने प्रयास गर्नेथिए। त्यहाँ फर्केर गएपछि के हुनेछ भन्ने मलाई केही आइडिया थिएन। त्यसकारण मैले परमेश्‍वरलाई यसरी प्रार्थना गरेँ, “हे परमेश्‍वर! यसपटक घर जाँदा म आफ्नो परिवारलाई सुसमाचार सुनाउन चाहन्छु, तर पादरीले हस्तक्षेप गर्दै आएका छन् र मेरो परिवारले मलाई विरोध गर्छ मलाई तिनीहरूले मेरो सङ्गति सुन्दैनन् कि भन्‍ने डर छ। हे परमेश्वर, कृपया मेरो साथमा रहनुहोस् र मेरो लागि बाटो खोलिदिनुहोस्।” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ “परमेश्‍वरका वचनहरू पालना गर्, अनि तँ हराउन सक्नेछैनस्”:

…………

२  तैँले हरेक व्यक्ति, घटना वा वस्तुको सामना गर्दा, कुनै पनि समय परमेश्‍वरको वचन तँकहाँ देखा पर्नेछ र तैँले गर्ने सबै कुरामा उहाँका अभिप्रायहरू अनुसार गर्न मार्गदर्शन दिनेछ। परमेश्‍वरको वचनले तँलाई तेरो प्रत्येक कार्यमा अगाडितर्फ डोऱ्याउनेछ; तँ बहकिनेछैनस्, र नयाँ ज्योतिमा, अझ धेरै र अझ नयाँ अन्तर्दृष्टिको साथमा जिउन सक्षम हुनेछस्। तैँले के गर्ने भनेर सोच्न मानव धारणाहरू प्रयोग गर्न हुँदैन; तँ परमेश्‍वरको वचनको मार्गदर्शनप्रति समर्पित हुनुपर्छ, तँसित स्वच्छ हृदय हुनुपर्छ, तँ परमेश्‍वरसामु शान्त बन्‍नुपर्छ र तैँले अझ धेरै चिन्तन गर्नुपर्छ। आफूले नबुझ्ने कुराका समाधानहरूका लागि अधीर नहो, र यस्ता मामिलाहरूलाई बारम्बार परमेश्‍वरसामु राख्, अनि उहाँलाई सच्‍चा हृदय चढा।

३  परमेश्‍वर पक्कै तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने विश्‍वास गर्। तँसित परमेश्‍वरका निम्ति ठूलो आकाङ्क्षा हुनैपर्छ, तैँले शैतानका बहाना, अभिप्राय र चालहरूलाई नकार्दै जोडतोडले खोजी गर्नुपर्छ। हार नमान्। कमजोर नहो। आफ्नो सारा हृदयले खोजी गर्; सारा हृदयले प्रतीक्षा गर्। सक्रिय रूपले परमेश्‍वरसित सहकार्य गर्, र आफूलाई आफ्ना आन्तरिक विघ्‍नबाधाहरूबाट मुक्त गर्।

—परमेश्‍वरको सङ्गति

यो भजन सुनेपछि, यसपटक घर जानुको पछाडि परमेश्‍वरको इच्‍छा रहेछ भन्‍ने मैले बुझेँ। यति मात्र हो कि, परमेश्वरप्रति मेरो विश्‍वास कम थियो र मैले उहाँको इच्‍छालाई बुझेको थिइनँ। तर यसमा पार पाउन मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। परमेश्वरका वचनहरूको “परमेश्‍वर पक्कै तेरा सर्वशक्तिमान् हुनुहुन्छ भन्‍ने विश्‍वास गर्” भन्‍ने भाग मलाई अत्यन्तै स्पष्ट भयो। परमेश्‍वरका वचनहरूले मेरो विश्‍वास बलियो बनाए। मैले हरेक दिन सामना गर्ने कुरा परमेश्‍वरले नै अनुमति दिनुभएको हो। मैले परमेश्‍वरमा भरोसा गरेँ र उहाँकै बाटो हेरेँ भने, मलाई विश्‍वास छ, उहाँले आफ्‍ना वचनहरूद्वारा मलाई यी सबै कुराको सामना गर्न डोर्‍याउनुहुनेछ।

घर पुग्नासाथ मेरी श्रीमतीले मलाई बेवास्ता गरिन्। पाष्टरले उनलाई बहकाएका हुनाले मात्रै उनले त्यस्तो गरेकी हुन् भन्‍ने मलाई थाहा थियो। मैले उनलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे गवाही दिने मौका खोज्‍नुपर्थ्यो ताकि उनले सत्यता जानून् र उप्रान्त पाष्टरको बहकाउमा नपरून्। मैले परमेश्‍वरलाई प्रार्थना गरेर उहाँको अगुवाइ मागेँ। त्यसपछि मैले धैर्यपूर्वक उनलाई हृदयका केही कुरा बताएँ। मैले भनेँ, “तिमी र आमाले साँच्‍चै नै सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई जाँच्नुपर्छ र उहाँका वचनहरू सुन्नुपर्छ। त्यसपछि तिमीहरू यो परमेश्‍वरको आवाज हो, मानवजातिको निम्ति परमेश्‍वरले दिनुभएको वचन हो भनेर निश्चित हुन सक्छौ। यदि तिमीहरूले यसबारे अनुसन्धान गरेनौ र परमेश्‍वरको आवाज सुनेनौ, तर पादरीको अफवाह र दुष्ट शब्‍दहरूलाई सुन्यौ भने, कसरी प्रभुलाई स्वागत गर्नेछौ? प्रभु येशूले एकपटक यसो भन्‍नुभयो: ‘माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ’ (मत्ती ७:७)। प्रभु भरपर्दो हुनुहुन्छ। हामीले साँचो रूपमा खोजी गर्‍यौँ भने, प्रभुको आवाज सुन्‍न र उहाँको पुनरागमनलाई स्वागत गर्न सक्नेछौँ।” यसमा मेरी श्रीमतीले केही जवाब दिइनन्। उनले शान्त भएर सुनिरहिन्, र पहिलेजस्तो विरोध र बहस गरिनन्। मैले परमेश्‍वरलाई हृदयबाटै धन्यवाद दिएँ, यो त उहाँको अगुवाइ थियो, र यसले गर्दा मैले मेरी श्रीमती र आमालाई परमेश्‍वरको कामबारे बताइरहने आत्मविश्वास प्राप्त गरेँ।

भोलिपल्ट, मैले मेरी श्रीमती र आमा दुवैलाई परमेश्वरको आगमन र कामबारे गवाही दिएँ। मैले भनेँ, “किन मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ तपाईंहरूलाई थाहा छ? किनभने मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेँ, र यी सबै सत्यता हुन्, परमेश्‍वरका आवाज हुन् भन्‍ने देखेँ, र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा म निश्‍चित भएँ। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले लाखौँ वचनहरू बोल्‍नुभएको छ, हाम्रो निम्ति आफ्‍नो ६,०००-वर्षे व्यवस्थापन योजना र बाइबलका सबै रहस्य प्रकट गर्नुभएको छ, साथै आजको दिनसम्‍म मानवजाति कसरी विकसित हुँदै आएका छन्, शैतानले हामीलाई कसरी भ्रष्ट तुल्याएको छ, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, उहाँले कसरी हाम्रो परिणाम र अन्तिम गन्तव्य निर्धारण गर्नुहुन्छ, कस्ता प्रकारका व्यक्तिले पूर्ण मुक्ति पाउन सक्छ र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ, र कसले दण्ड पाउनेछ भन्ने कुरा पनि प्रकट गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई मानिस कसरी शैतानद्वारा भ्रष्ट तुल्याइयो त्यो कुरा र परमेश्‍वरप्रतिको हाम्रो विरोधको जडबारे सत्यता पनि बताउनुभएको छ। यति मात्र होइन, उहाँले हामीलाई हाम्रो पाप पूर्णरूपमा धुने मार्ग पनि देखाउनुभएको छ। उहाँको हरेक वचन सत्यता हो, र यी सबै शक्तिशाली र अख्तियारपूर्ण छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई शुद्ध पार्न र परिवर्तन गर्न, शैतानको प्रभावबाट पूर्णरूपमा मुक्ति दिन यी सबै वचन घोषणा गर्नुभएको हो। तपाईंहरूलाई कसले सत्यता व्यक्त गर्न र रहस्यहरू प्रकट गर्न सक्छ भन्ने लाग्छ? कसले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सक्छ? परमेश्‍वरले मात्रै सक्‍नुहुन्छ! मानिसहरूमा सत्यता हुँदैन। ख्रीष्‍ट मात्रै बाटो, सत्यता, र जीवन हुनुहुन्छ। तपाईंहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू राम्ररी पढ्नुपर्छ, त्यसपछि तपाईंहरूले सर्वशक्तिमान् परमेश्‍वरले सत्यता बोल्नुहुन्छ, यो परमेश्वरको आवाज हो, र उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने देख्‍नुहुनेछ। यदि कसैले प्रभु फर्कनुभएको छ भनेको सुन्‍नुभयो र त्यसलाई जाँच्नुभएन, तर पाष्टरले भनेको कुराको आधारमा त्यसलाई लापरवाहीसाथ न्याय र निन्दा गर्नुहुन्छ भने, तपाईंहरूले प्रभुलाई स्वागत गर्ने मौका र परमेश्वरको अनन्त मुक्ति गुमाउनुहुनेछ। त्यो त असाध्यै लाजमर्दो कुरा हुनेछ।” त्यो सुनेपछि, मेरी आमाले भन्‍नुभयो, “हो, तैँले ठीक भनिस्। परमेश्‍वरले मानवजाति सृष्टि गर्नुभयो, त्यसकारण हामीले अरूको होइन, परमेश्‍वरको कुरा सुन्नुपर्छ।” उहाँले त्यसो भन्‍नुभएको सुन्दा, मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि उहाँले मलाई यसो भन्‍नुभयो, “एकपटक मैले पाष्टरलाई हाम्रो परिवारको निम्ति प्रार्थना गर्न अनुरोध गरेकी थिएँ, तर तिनले भने, ‘तपाईंको छोराले हाम्रो कुरा सुन्दैन। सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनको लागि तिनले हाम्रो अनुमति लिएनन्। तपाईंहरू हामीलाई पूर्णरूपमा अवहेलना गर्नुहुन्छ, त्यसैले अबदेखि तपाईंहरूको परिवारको मामिलामा हामीलाई सहयोग नमाग्‍नुहोस्, ती समस्या आफै सम्‍हाल्‍नुहोस्।’” त्यो कुरा सुनेर मैले रिसाउँदै भनेँ, “पादरीहरूले त दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभुको पुनरागमनको कुनै नयाँ सन्देशबारे अनुसन्धान गर्न नेतृत्व गर्नुपर्छ। तर तिनीहरूले त्यसो नगर्ने मात्र होइन, हामीलाई धम्की दिन्छन्, परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्न रोक्छन्। तिनीहरूका वास्तविक मनसाय के हुन्? के तिनीहरूले सबैलाई आफ्‍नो बलियो पकडमा राख्‍ने मात्रै प्रयास गरिरहेका छैनन् र? प्रभु येशूले फरिसीहरूलाई श्राप दिनुभयो: ‘शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ’ (मत्ती २३:१३)। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्न थाल्‍नुभयो, तब फरिसीहरूले पागलले झैँ अफवाह फैलाए, उहाँलाई विरोध गरे र दोष दिए ताकि तिनीहरूले आफ्नो हैसियत र जीविकोपार्जन कायम राख्न सकून्। तिनीहरूले विश्वासीहरूलाई बहकाए र प्रभुलाई पछ्याउन रोके, र अन्त्यमा प्रभु येशूलाई क्रूसमा टाँगे, त्यसपछि तिनीहरू परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। आजका पादरी फरिसीहरूजस्तै छन्। तिनीहरू विश्वासीहरूले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्लान् र आफूले हैसियत र जीविकोपार्जन गुमाउनुपर्ला भनेर डराउँछन्, त्यसैले विश्वासीहरूलाई प्रभुको वचन सुन्न र उहाँलाई स्वागत गर्न नदिन तिनीहरू सक्दो प्रयास गर्छन्। तिनीहरूले परमेश्‍वरका शत्रुका रूपमा काम गरिरहेका छन्! अन्त्यमा तिनीहरू पनि श्रापित र दण्डित हुनेछन्।”

त्यसपछि मैले मेरी श्रीमती र आमालाई प्रभुलाई स्वागत गर्न कसरी परमेश्‍वरको आवाज सुन्नुपर्छ, र त्यो मात्र बुद्धिमती कन्या बनेर प्रभुलाई स्वागत गर्ने तरिका हो भनेर सङ्गति दिएँ। त्यसपछि मैले उहाँहरूलाई आग्रह गरेँ, “मलाई आशा छ, तपाईंहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूलाई राम्ररी जाँच्नुहुनेछ, र ती साँच्‍चै परमेश्‍वरको आवाज हुन् कि होइनन् भनेर हेर्नुहुनेछ। मलाई तपाईंहरू पादरीको बहकाउमा र नियन्त्रणमा परेको मन पर्दैन। तपाईंहरूले समझशक्ति प्राप्त गर्न सिक्नुपर्छ।” त्यसपछि मेरी आमाले भन्‍नुभयो, “तैँले ठीक भनिस्। तैँले गलत बाटो लिइरहेको छस् कि भन्‍ने डरले पहिला मैले सधैँ पादरीको कुरा सुन्थेँ। त्यसैले त मैले तँलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न खोजेकी थिएँ। तर तेरो सङ्गति बाइबलीय रूपमा उचित रहेछ, र वास्तविकता पादरीले भनेजस्तो होइन रहेछ भनेर मैले बुझेँ। म यसलाई जाँच्नेछु।” मेरी श्रीमतीले ध्यान दिएर सुनिरहेकी थिइन्। त्यसपछि, मैले उहाँहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पढेर सुनाएँ, र परमेश्‍वरलाई पछ्याउनु र मानिसलाई पछ्याउनुबीचको भिन्‍नता, परमेश्‍वरले किन अहिले देहमा आएर आखिरी दिनहरूको आफ्नो न्यायको काम गरिरहनुभएको छ, र परमेश्‍वरका आखिरी दिनहरूको कामको महत्त्व इत्यादिबारे सङ्गति गरेँ। केहीपटक सङ्गति गरिसकेपछि, उहाँहरू दुवैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुभयो। दुवै जना परमेश्‍वरसामु आएको देख्दा मैले परमेश्‍वरलाई मुरीमुरी धन्यवाद दिएँ।

एकपटक, मेरी श्रीमतीले मसँग मन खोलेर कुरा गरिन्। उनले भनिन्, “पहिला मैले तपाईंलाई दमन गरेँ, र छुटनाम गर्नसमेत दबाब दिएँ, मैले पाष्टरको कुरा सुनेर नै यी सबै भएको थियो। हरेकपटक मण्डली जाँदा, तिनले मलाई तपाईं गलत मार्गमा हुनुहुन्छ र फर्कन लगाउनू भनी भन्थे। मलाई तिनले भनेको कुरा सही हो भन्‍ने लागेको थियो, त्यसकारण म सधैँ तपाईंसँग बहस गरिरहन्थेँ र तपाईंको कुरा सुन्दैसुन्दिनथिएँ। तर यत्तिका समयसम्म हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दा र तपाईंको सङ्गति सुन्दा, यो त पाष्टरले भनेको कुराभन्दा पूर्णतया फरक रहेछ भन्‍ने देखेकी छु। परमेश्‍वरको नयाँ कामप्रतिको मेरो मनोवृत्तिबारे सोच्दा, मलाई साँच्‍चै डर लाग्छ। म त परमेश्‍वरविरुद्ध लडिरहेकी थिएँ, र प्रभुको आगमनलाई स्वागत गर्ने मौका झण्डै गुमाएकी थिएँ। मैले पाष्टरले भनेका कुरा विश्वास गर्नु हुँदैनथियो र तपाईंलाई दमन गर्नु हुँदैनथियो। मलाई माफ गर्नुहोस्।” मेरी श्रीमतीले त्यसो भनेको सुन्दा, मेरो हृदय छोयो। म झण्डै रोएँ र सर्वशक्तिमान् परमेश्‍वरलाई हृदयको गहिराइबाट धन्यवाद दिएँ।

मैले ती सबै कुराबाट गुज्रेर मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको हार्दिक प्रयासहरू अनुभव गरेँ। उहाँले मेरो भ्रष्टता र कमीकमजोरी खुलासा गर्न अनि उहाँप्रतिको मेरो विश्‍वासलाई सिद्ध पार्न ममाथि कठिनाइहरू आइपर्न दिनुभयो। कहिलेकाहीँ मैले कष्ट भोगे पनि, कमजोर र दुःख महसुस गरे पनि, परमेश्‍वरले कहिल्यै पनि मेरो साथ छोड्नुभएन, र सधैँ आफ्‍ना वचनहरूद्वारा मलाई अगुवाइ गर्नुभयो। यसले मलाई विश्‍वाससम्‍बन्धी मेरो गलत दृष्टिकोण बुझ्न, शैतानका योजना र अवरोधहरूलाई जाँच्न अनि केही सत्यता सिक्न सहयोग गऱ्यो। यसले परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् बलियो बनाएको छ। यी सबै परमेश्‍वरका मार्गनिर्देशन थिए! परमेश्‍वरलाई धन्यवाद!

अर्को: मेरो रोजाइ

सम्बन्धित विषयवस्तु

पारिवारिक सतावटबीच एक छनोट

चिन फाङ, चीनएक समय मेरो मिलेको परिवार थियो। हामी खान-लाउनको चिन्ता नभएको जीवन जिउँथ्यौँ। तर, मेरो दोस्रो गर्भको सुरुवाती चरणमा, थाहै नपाई...

पारिवारिक सतावट भोग्दाको एक सिकाइ

विलमा, क्यानडामैले सन् २०१६ मा सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गरेँ, र मेरो श्रीमान्‌लाई सुसमाचार सुनाएँ। मैले...

Leave a Reply