मेरो आफ्नै बुबाको “कैदमा”
सन् २०२० को ग्रीष्म महिनामा। त्यो बेला, मेरी बहिनी एल्बिना र मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको भिडियो सपनाबाट बिउँझँदा भेट्टायौँ। त्यस भिडियोमा, प्रभु येशू फर्किसक्नुभएको छ भनेर भनिएको रहेछ। यसले गर्दा हामीलाई जिज्ञासा जाग्यो र हामीले सर्वशक्तिमान् परमेश्वरको मण्डली एप डाउनलोड गऱ्यौँ र मण्डलीका ब्रदर-सिस्टरहरूलाई सम्पर्क गऱ्यौँ। तिनीहरूले हामीलाई सर्वशक्तिमान् परमेश्वरले कसरी धेरै सत्यता व्यक्त गर्नुभएको छ, न्यायको काम गर्नुभएको छ र विजेताहरूको समूह बनाइसक्नुभएको छ भनेर गवाही दिए। म अत्यन्तै उत्साहित भएँ र सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेँ। उहाँका वचनहरू अख्तियार र शक्तिले भरिपूर्ण रहेछन्, र ती सबै सत्यता रहेछन् भन्ने देखेँ, र मलाई कुनै जाबो व्यक्तिले यस्ता वचनहरू व्यक्त गर्न सक्दैन—यो त परमेश्वरको आवाज हो भन्ने महसुस भयो। सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ! मेरी बहिनी र म निकै उत्प्रेरित भयौँ र खुसीसाथ सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकाऱ्यौँ। हामी प्रायजसो ब्रदर-सिस्टरहरूसँग अनलाइन भेला भएर परमेश्वरको वचनमा सङ्गति गर्थ्यौँ।
तर अचम्मको कुरो, जब हाम्रा बुबाले हामी सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा अनलाइन सहभागी भइरहेका छौँ, तर अर्थोडक्स प्रतिमाहरूलाई प्रार्थना गरिरहेका छैनौँ भन्ने देख्नुभयो, तब हामीले फरक परमेश्वरको आराधना गरिरहेका र प्रभु येशूलाई धोका दिइरहेका छौँ भनी भन्नुभयो। उहाँले यसो भन्नु गलत थियो। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटै परमेश्वर हुनुहुन्छ, एउटै आत्मा हुनुहुन्छ भन्ने जानेँ। उहाँहरूले फरक-फरक युगमा फरक-फरक काम गर्नुहुने परमेश्वरलाई प्रतिनिधित्व गर्नुहुन्छ। अनुग्रहको युगमा, परमेश्वरले छुटकाराको काम गर्न येशू नाम धारण गर्नुभयो। अहिले, आखिरी दिनहरूमा, परमेश्वरले देहधारी भएर न्याय र शुद्धीकरणको काम गर्न नयाँ नाम धारण गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वर भनेको प्रभु येशूले फर्कनुभएपछि धारण गर्नुभएको नयाँ नाम हो। मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेर प्रभु येशूलाई धोका दिइरहेकी थिइनँ, मैले त प्रभुको पुनरागमनलाई स्वागत गरेर परमेश्वरको पाइला पछ्याइरहेकी थिएँ। तर मेरा बुबाले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुभएको थिएन, परमेश्वरको कामलाई चिन्नुभएको थिएन त्यसैले सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने उहाँलाई थाहा थिएन। मैले उहाँलाई बुझाउने प्रयास गरेँ, तर उहाँले मलाई बोल्नसमेत दिनुभएन तर आफ्नै दृष्टिकोणमा अडिग रहनुभो, यहाँसम्म कि मलाई हप्काउनुभयो। हामीले फेरि सर्वशक्तिमान् परमेश्वरको वचन पढेको भेट्टाउनुभयो भने, उहाँले कुट्छु भन्नुभयो, र हामीलाई कुटेर मारेर जेल जानुपऱ्यो भने पनि, सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नबाट हामीलाई रोक्न त्यसो गर्छु भन्नुभयो। बुबाले यी कुराहरू भनेको सुन्दा म छक्क परेँ। उहाँले हामीलाई विश्वास गर्न रोक्ने नाममा यस्ता कटु बोली गर्नसक्नु होला भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। त्यस दिन, उहाँले हामीलाई घरबाट लखेट्नुभयो र हामी पायजामामा घण्टौँ बाहिर बस्न बाध्य भयौँ। त्यो बेला म निकै व्याकुल भएँ र परमेश्वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्वर, मलाई अलिक कमजोर महसुस भइरहेको छ, तर मैले दह्रिलो भएर यो सब सहनुपर्छ भन्ने मलाई थाहा छ। मेरा बुबाले मलाई जति नै बाधा दिए पनि, म तपाईंलाई नै विश्वास गरिरहनेछु। बिन्ती छ मलाई विश्वास र शक्ति दिनुहोस्।” ठिक त्यही बेला, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई प्रसन्न तुल्याए र मलाई शान्त हुन सहयोग गरे। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने मेरा बुबाले मलाई जसरी वाधा दिनुभए पनि, उहाँ अझै परमेश्वरको हातमा हुनुहुन्थ्यो र मैले उहाँको डर मान्नु पर्दैनथ्यो। मैले परमेश्वरलाई प्रार्थना गरेर साहस र बुद्धि माग्नुपर्थ्यो ताकि मैले यो अग्निपरीक्षा पार गर्न सकूँ। त्यसपछि, बुबाले मलाई प्रायजसो हप्काउने, ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्नबाट रोक्ने र मेरो फोन प्रायः जाँच्ने गर्नुभए पनि, म उहाँको निगरानी छल्न सक्दो गर्थेँ अनि बाथरूम, तहखाना वा बगैँचामा लुक्थेँ ताकि ब्रदर-सिस्टरहरूसँग कुरा गर्न सकूँ।
चाँडै नै, हामीले नयाँ मलजलकर्ताको रूपमा तालिम लिन थाल्यौँ र गुप्तरूपमा कर्तव्य लियौँ तर मलजल गर्नुपर्ने नयाँ विश्वासीहरूको सङ्ख्या बिस्तारै बढ्दै गयो र म हरेक दिन तिनीहरूसँग मेरो कोठाबाट सङ्गति गर्न र भेला हुन थालेँ। यसले गर्दा बुबाले म फेरि भेलामा सहभागी हुन थालेकी छु भन्ने शङ्का गर्नुभयो, तसर्थ निगरानी बढाउनुभयो। उहाँ मेरो फोन मात्रै चेक गर्नुहुन्नथ्यो, म एकलै कोठामा हुँदा, के गरिरहेकी छु भनेर हेर्न सुटुक्क आएर हेर्नुहुन्थ्यो। उहाँले घरमा सेक्युरिटी क्यामेरा पनि लगाउनुभयो र मेरो सानो भाइलाई उपहार दिएर समेत मेरो निगरानी गर्न लगाउनुभयो। कहिलेकाहीँ, म मण्डली र मेरो कर्तव्यसँग सम्बन्धित कुराहरू मेरो फोनबाट हटाएर केही समयको लागि ग्रुप च्याटबाट बाहिरिन बाध्य हुन्थेँ, तर अन्तिममा, मेरा बुबाले मैले आफ्नो विश्वास अभ्यास गरेको भेट्टाउनुभयो। त्यो दिन, उहाँले फेरि पिइरहनुभएको थियो र उहाँले मलाई गाली गर्न थाल्नुभो र परमेश्वरको निन्दासमेत गर्नुभयो। मैले त्यो सहनै सकिनँ, त्यसकारण मैले भनेँ: “म साँचो परमेश्वर, फर्कनुभएका प्रभु येशूलाई विश्वास गर्छु। सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई मुक्ति दिन अनि पाप र विपत्तिबाट बचाउन धेरै सत्यता व्यक्त गर्नुभएको छ। यो मुक्ति पाउने मेरो एकमात्र अवसर हो, तसर्थ मैले आफ्नो विश्वास अभ्यास गर्नैपर्छ। यदि तपाईंले मलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न रोक्ने प्रयास गरिरहनुभयो भने, म यो घर छोडेर अन्त कतै जान बाध्य हुनेछु।” उहाँले केही पनि भन्नुभएन, र त्यसपछि केही समयसम्म, उहाँले मेरो विश्वासबारे त्यति बोल्नुभएन र मलाई दमन गर्न छोड्नुभयो। यो सब गयो भन्ने मलाई लाग्यो, तर यो सब आँधी आउनुअघिको सन्नाटा मात्रै थियो भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। एक दिन, मैले भेला सुरु गर्न लागेकी बेला, मेरी बहिनी आएर बुबाले मेरो मोबाइल हेर्न माग्नुभएको छ भनिन्, तर मैले उहाँलाई फोन दिइनँ किनभने उहाँले यो फुटाउनुहुन्छ होला भन्ने मलाई थाहा भयो। मैले मण्डलीसँग सम्पर्क गर्ने र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्ने एकमात्र माध्यम फोन मात्रै थियो। त्यसैले, मैले तुरुन्तै मण्डलीकी एक जना सिस्टरलाई सम्पर्क गरेर मेरो परिवारको स्थितिबारे बताएँ र मैले मलजल गरेका नयाँ विश्वासीहरूलाई उनलाई सुम्पेँ। त्यसपछि, मैले आफ्नो फोन लुकाएँ।
त्यस दिन, बुबाले मेरा काकालाई बोलाएर, हामीलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न रोक्न अह्राउनुभयो। उहाँहरूले हामीलाई दमन गर्न के-कस्ता विधिहरू प्रयोग गर्नुहुनेछ मलाई थाहा थिएन। त्यसपछि मलाई परमेश्वरका केही वचन याद आयो: “परमेश्वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्वरसँग बाजी थाप्ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। “जब परमेश्वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई हेरचाह गर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्वरको कामलाई बिगार्न विभिन्न दुष्ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्वरले कुनै पनि व्यक्तिलाई प्राप्त गर्नुभएको त्यसले चाहँदैन; परमेश्वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्वरको विरोध गरून्। के यो शैतानको दुष्ट आशय होइन र? … परमेश्वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्जा र नियन्त्रण गर्नु, र परमेश्वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने, मेरो परिवारले मेरो विश्वासमाथि गरेको दमन शैतानको जाँच र बाधा थियो। मैले परमेश्वरलाई पछ्याएको र उहाँद्वारा मुक्ति पाएको शैतान चाहँदैनथ्यो, तसर्थ त्यसले मलाई आक्रमण गर्न र परमेश्वरलाई इन्कार गर्न अनि धोका दिन बाध्य पार्न मेरो परिवारलाई प्रयोग गरेको थियो। यो शैतानको छली षड्यन्त्र थियो। अय्यूबलाई जाँच गरिँदा, शैतानले कसरी आक्रमण गरेको थियो भनेर मैले सम्झेँ। तिनका सबै सम्पत्ति नष्ट भए, तिनका छोराछोरी मरे र तिनको पूरै शरीरमा खटिरा आएको थियो। त्यस्तो अत्यधिक कष्टको बाबजुद, अय्यूबले परमेश्वरको गवाही दिन र शैतानलाई लाजमा पार्न सके। मैले अय्यूबको अनुकरण गर्नुपर्छ भन्ने मलाई थाहा थियो। बुबा र काकाले मलाई जसरी दमन गरे पनि र बाधा दिए पनि, मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरिरहनुपर्थ्यो, दह्रिलो भएर शैतानलाई लाजमा पार्नुपर्थ्यो।
उहाँले हाम्रो कोठामा आउनेबित्तिकै हामीलाई विश्वास त्याग्न अर्ती दिन थाल्नुभो। उहाँले भन्नुभो: “तिमीहरूले प्रभु येशूलाई त्यागेका छौ र मण्डली जान चाहँदैनौ—यो त प्रभुलाई धोका दिनु हो!” मैले जवाफ दिएँ: “सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटै र उही परमेश्वर हुनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले लाखौँ वचन व्यक्त गर्नुभएको छ र अनगिन्ती सत्यता र रहस्यहरू प्रकट गर्नुभएको छ, जस्तै, परमेश्वरको ६,००० वर्षे व्यवस्थापन योजना, उहाँको कामका तीन चरणहरूको भित्री कथा, साथै परमेश्वरका नाउँहरूका रहस्यहरू इत्यादि। उहाँले मानवजातिको पापमय अवस्थाको जड र हामीलाई शैतानले तुल्याएको भ्रष्टताको वास्तविकता पनि प्रकट गर्नुभएको छ, यसरी हामीलाई मुक्तिको मार्ग देखाउनुभएको छ। संसारभरिका धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरूलाई सत्यता र ती परमेश्वरका आवाजको रूपमा स्विकार्छन् र प्रभुको पुनरागमनलाई स्वागत गरेका छन्। तसर्थ हामीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेर प्रभु येशूलाई धोका दिइरहेका छौँ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? प्रभु येशू आफ्नो काम गर्न आउनुहुँदा, धेरैले उहाँलाई पछ्याउन मन्दिर छोडे—के तिनीहरूले यहोवा परमेश्वरलाई धोका दिए भनेर भन्न सक्नुहुन्छ? मानिसहरूले प्रभुको पुनरागमनको गवाही दिँदा, परमेश्वरको आवाज सुन्न र प्रभुलाई पछ्याउन नसक्नेहरूले मात्रै वास्तवमा प्रभुलाई धोका दिइरहेका हुन्छन्।” यो सुनेर, मेरो काका क्रोधित हुनुभयो। उहाँले भन्नुभयो: “हेर त यसलाई! यसले मैले भनेको कुरा अलिकति पनि विचार गरिन अनि मलाई उल्टै भाषण छाँट्छे। यसले मलाई धर्म परिवर्तन गराएर मण्डलीमा तान्न खोज्दै छे।” त्यसपछि, मेरी काकीले मलाई मनाउने प्रयास गर्नुभो। उहाँले खिल्ली उडाएको र खिसी गरेको पाराले मलाई आफ्ना सबै समय विश्वास अभ्यास गरेर र धर्म परिवर्तन गराएर बिताउनुभन्दा अरू आइमाईले जस्तै विवाह गरेर स्थिर परिवार र कामकाजी जीवनको पछि लाग्न सुझाव दिनुभयो। मैले जवाफमा यसो भनेँ: “मैले विश्वासी बनेपछि, सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेकी छु, धेरै कुराको ज्ञान पाएकी छु, जीवनको अर्थ, र जीवनमा पछि लाग्नुपर्ने सबैभन्दा अर्थपूर्ण कुरा बुझेकी छु। यी वर्षहरूमा, महामारी, युद्ध र अनिकाल बढ्दै गइरहेका छन्, के देहसुख र आरामदायी जीवनले हाम्रो सुरक्षाको ग्यारेन्टी दिन वा हामीलाई विपत्तिहरूबाट बचाउन सक्छ? सर्वशक्तिमान् परमेश्वरको काम स्विकारेर, सत्यता प्राप्त गरेर र पाप त्यागेर मात्रै हामी विपत्तिहरू परमेश्वरको सुरक्षा पाउन र उहाँको राज्यमा प्रवेश गर्न सक्छौँ। मुक्ति पाउने एकमात्र मार्ग यही हो।” उहाँहरूले एक शब्द पनि बोल्नुभएन। मेरो दृढ अडान देखेर, उहाँहरूले मलाई मिलेर थर्काउन मेरा बाजे र अर्को काकालाई बोलाउनुभयो। मैले चिनियाँ चिनियाँ ब्रदर-सिस्टरहरू कसरी सतावट र कष्ट आइपर्दा दह्रिलो हुन सक्छन् भनेर सम्झेँ। म पनि तिनीहरूले जस्तै परमेश्वरको गवाही दिन र शैतानलाई लाजमा पार्न चाहन्थेँ, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर! अब मेरा बाजे र अरूले मलाई के भन्छन् वा के गर्छन् थाहा छैन बिन्ती छ, मलाई विश्वास र शक्ति दिनुहोस्।” मेरा बाजे आइपुग्नेबित्तिकै, मलाई र बहिनीलाई गाली गर्न थाल्नुभयो र आफ्नो पेटीसमेत हातमा लिएर धम्की दिँदै यसोसमेत भन्नुभयो: “यदि तिमीहरू दुईले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न छोडेनौ भने, तिमीहरू अब मेरा नातिनी होइनौ!” यो सुनेर, मैले मनमनै सोचेँ: मलाई मेरो पूरै परिवारले त्यागे पनि, म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न कहिल्यै छोड्दिनँ। प्रभु येशूले भन्नुभयो, “जसले मलाई मानिसहरूका अगाडि इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु” (मत्ती १०:३३)। मानिसहरूबाट त्यागिनु डरलाग्दो कुरा होइन किनभने हामी सँगी मानवविना पनि बाँच्न सक्छौँ, तर हामी परमेश्वरद्वारा त्यागियौँ भने, सबै खतम हुन्छ। त्यसैले तिनीहरूले मलाई जसरी बाधा दिएका भए पनि, म परमेश्वरलाई त्याग्नेथिइनँ। मैले दृढतासाथ भनेँ: “मैले सर्वशक्तिमान् परमेश्वरलाई साँचो परमेश्वर मानेकी छु। तपाईंहरूले जेसुकै भन्नुभए पनि, म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न कहिल्यै छोड्दिनँ।” मेरी बहिनीले पनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न छोड्दिनँ भनेर भनिन्। हामीले भनेको कुराले त्यहाँ भएका सबै चकित भए। मेरा काका रिसले आगो हुनुभो, र मेरो फोन खोसेर मलाई यसो भन्दै केर्नुभयो: “तँ हरेक दिन यो फोनबाट कसलाई कल गर्छस्? तिनीहरू को हुन्? तिनीहरूका नाम के हुन्? मलाई तिनीहरूको फोन नम्बर दे! म प्रहरीलाई तिनीहरूको रिपोर्ट गर्छु!” त्यसपछि उहाँले मलाई मेरो फोन अनलक गर् भन्नुभयो। मैले नमान्दा, उहाँ झनै रिसाउनुभयो र भन्नुभयो: “तँ खत्तम भएछस्, हामीले भनेको कुनै कुरा सुन्दैनस्। तँलाई उपचारको लागि मनोचिकित्सककहाँ लैजानुपर्ने रहेछ।” तिनीहरूको नजरमा, विश्वास भनेको धार्मिक आस्था मात्रै हो, र परमेश्वरका लागि त्याग गर्ने र समर्पित हुने मानिसहरूलाई तिनीहरू असामान्य ठान्थे। त्यसपछि, हामीलाई परिवारका अरू सदस्यहरूले पालैपालो हप्कीधप्की गरे, तर मेरी बहिनी र म डगमगाएनौँ, हामीले जवाफमा बहससमेत गर्यौँ। अन्तिममा तिनीहरू हरेस खाएर घर गए।
तिनीहरू त्यतिमै रोकिएनन्। दुई दिनपछि, मेरो बुबाले हामीलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्ने धेरैवटा भिडियो देखाउनुभयो। मलाई ती भिडियोहरू साह्रै आपत्तिजनक लाग्यो, किनभने ती झूटा हुन् र तिनमा मण्डलीको निन्दा गरिएको छ भन्ने मलाई थाहा थियो। मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको त्यति लामो समय नभएको होला, तर उहाँका वचनहरू पढेकी थिएँ र केही सत्यताहरू बुझेकी थिएँ। पापमुक्त हुन र शुद्ध हुन व्यक्तिले लिनैपर्ने मार्गबारे, र जीवनमा कुन कुराहरूको पछि लाग्नु अर्थपूर्ण हुन्छ भन्ने मलाई थाहा थियो। मैले परमेश्वरको वचनको आधारमा सबै कुरा हेर्न अभ्यास थालेकी थिएँ अनि असल र खराबबीचको भिन्नता केही बुझेकी थिएँ। मैले केही क्षेत्रमा सुधारहरू गरिसकेकी थिएँ र सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासले मलाई धेरै फाइदा पुऱ्याएको थियो। मैले भित्री शान्ति र सन्तुष्टि पाएँ र यो नै साँचो मार्ग, परमेश्वरले हामीलाई डोऱ्याइरहनुभएको मार्ग हो भन्नेमा म विश्वस्त भएँ। त्यसकारण मैले बुबालाई भनेँ: “तपाईंले परमेश्वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्नुभएको छैन तर यी सबै अनलाइन अफवाह र भ्रमहरूलाई पत्याउनुहुन्छ। यी सब दियाबलसका झूटहरू हुन्। म साँचो परमेश्वरमा विश्वास गर्छु…।” तर मैले यसो भन्नासाथ बुबाले मेरो कुरा काट्दै मलाई फेरि गाली गर्न थाल्नुभो। पछि, काका फेरि आएर मलाई यसो भन्दै दबाब दिन थाल्नुभो: “केआन्ना, तँ हाम्रो परिवारक सदस्य होस्, र हामी सबै तँलाई धेरै माया गर्छौँ। हामी तेरै हितको लागि यो गरिरहेका छौँ। तैँले पछि यो बुझ्नेछस्। जतिसक्दो चाँडो यो मण्डली छोडिहाल्।” उहाँको कुरा सुन्दा मलाई शैतानले अय्यूबलाई आक्रमण गर्न कसरी तिनकी पत्नीलाई प्रयोग गरेको थियो त्यो याद आयो। अय्यूबकी श्रीमतीले भनेकी थिइन्: “के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। तर अय्यूबले तिनको कुरा सुनेनन्, बरु यस्तो बोलेकोमा तिनलाई “मूर्ख आइमाई बोलिन्” भनेर हप्काए। अहिले, मलाई पनि मेरो परिवारले कर गरिरहेको र बाधा दिइरहेको थियो। तिनीहरूले यो मेरो भलाइको लागि गरिरहेका छौँ भने, तर वास्तवमा यो मलाई सर्वशक्तिमान् परमेश्वरलाई त्याग्न बाध्य पार्नका लागि थियो। म तिनीहरूको झूट र धोकाद्वारा दिक्क भएकी थिएँ, त्यसकारण मैले चुपचाप रहेर तिनीहरूलाई बेवास्ता गरेँ। म तिनीहरूलाई धेरै कुरा बताउन चाहन्थेँ, तर तिनीहरूले मेरो कुरा सुन्दैनन् भन्ने मलाई थाहा थियो। मैले तिनीहरूको कुरा मान्नेछैनँ भन्ने देखेर, बुबाले पेटी निकालेर अनुहार र हातमा धेरैपटक हिर्काउनुभयो, जसले गर्दा हात भतभत पोल्यो र आँखाबाट बरबर आँसु झऱ्यो। अन्तिममा, तिनीहरूले मेरो र बहिनीको फोन खोसे र हामी मण्डलीसँग सम्पर्क गर्न नसक्ने भयौँ। त्यसपछि, बुबाले हाम्रो निरन्तर निगरानी गर्नुभयो र हामीलाई परमेश्वरको वचन पढ्न निषेध गर्नुभयो। म एकलै नहोस् भनेर उहाँ मलाई जहाँ गए पनि पछ्याउनुहुन्थ्यो र मेरो अनुहारको भाव पनि विचार गर्नुहुन्थ्यो—मेरो मनमा कुनै कुरा खेलिरहेको छ जस्तो लाग्यो भने, उहाँ चिच्याउँदै भन्नुहुन्थ्यो: “तैँले विश्वास गर्ने परमेश्वरबारे सोच्ने आँटसमेत नगर्!” मलाई सर्वशक्तिमान् परमेश्वरका केही वचनहरू याद आयो: “विश्वासी र अविश्वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। “देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। … यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्वरले अविश्वासीहरूको सार खुलासा गर्नुभयो। म सोच्थेँ, परिवार जत्तिको नजिक अरू कोही छैन, तर तिनीहरूको दमन र बाधामा बारम्बर पर्दा र त्यसलाई परमेश्वरको वचनसँग तुलना गर्दा, मैले बल्ल तिनीहरूको साँचो रूप देखेँ। तिनीहरूले प्रभुमा विश्वास गरेका भए पनि, तिनीहरूले प्रभुको पुनरागमनजस्तो उल्लेखनीय कुराबारे थाहा पाउँदा अलिकति पनि खोजी गर्ने इच्छा गरेनन्। तिनीहरूले परमेश्वरको आवाज सुनेनन् र प्रभुलाई स्वागत गरेनन् तर हामीलाई सर्वशक्तिमान् परमेश्वरलाई स्विकार्नदेखि रोक्न चाहिने सबै माध्यमसमेत प्रयोग गरे, यसरी उहाँलाई सबै किसिमको आलोचना र निन्दा गरे। तिनीहरू परमेश्वरलाई घृणा र प्रतिरोध गर्ने मानिसहरू थिए। तिनीहरू परमेश्वरका शत्रु भएकाले, मेरा पनि शत्रु थिए। म तिनीहरूजस्तो थिइनँ।
मैले आफ्नो परिवारलाई केही बुझे पनि, म निरन्तर तिनीहरूको निगरानीमा हुने गर्थेँ, भेलाहरूमा सहभागी हुन पाउँदिनथेँ र मेरी बहिनीसँग खुसुक्क आत्मिक कुराबारे बोल्न पनि पाउँदिनथेँ, त्यसैले, समय बित्दै जाँदा, मलाई कमजोर महसुस हुन थाल्यो। त्यो बेला, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ। तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचनहरूले मलाई आनन्दित तुल्याए र मलाई उहाँ मेरो निकै नजिक हुनुहुन्छ भन्ने महसुस भयो। मैले के सोचिरहेकी छु र म कस्तो परिस्थितिबाट गुज्रिरहेकी छु भन्ने परमेश्वरले बुझ्नुभएको थियो र मलाई सान्त्वना र प्रोत्साहन दिन उहाँले आफ्ना वचनहरू प्रयोग गर्नुभयो। मलाई थाहा थियो, स्वर्गको राज्यमा प्रवेश गर्नु निकै कठिन छ र साँचो मार्गलाई निरन्तर सताइन्छ र इन्कार गरिन्छ, किनभने यो संसारमा शैतानले शासन गर्छ र यसले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन परमेश्वरलाई यहाँ आउन दिँदैन, झन् मानिसहरूलाई परमेश्वरलाई पछ्याउन र विश्वास गर्न दिन त परको कुरा हो। परिणामस्वरूप, उहाँलाई पछ्याउने र विश्वास गर्ने मानिसहरूलाई सताइन्छ। अनुग्रहको युगमा, प्रभु येशूमा विश्वास गरेको कारण धेरैलाई सताइयो र कति त सहिदसमेत बने। अहिले, राज्यको युगमा, परमेश्वर मानवजातिलाई मुक्ति दिन फेरि देहधारी हुनुभएको छ। चीनमा, सर्वशक्तिमान् परमेश्वरका धेरै विश्वासीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेको, सताएको, कुटपिट गरेको र यातना दिएको छ, तर तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा दह्रिलो भइरहन्छन् र उहाँको गवाही दिन्छन्। मैले परमेश्वरमा विश्वास गरेको कारण परिवारबाट यो सतावट भोग्दा, शैतानसामु परमेश्वरको गवाही दिनु ठूलो सम्मानको कुरा थियो। मैले केही कठिनाइहरू सामना गर्नुपऱ्यो, तर यसमा परमेश्वरका असल अभिप्रायहरू थिए। ममा विश्वासको कमी थियो र मैले शैतानको षड्यन्त्र देख्न सकिनँ, त्यसकारण परमेश्वरले मलाई उहाँमा भरोसा गर्न र समझ दिलउन हेतु सत्यता खोज्न सिकाउनका लागि मेरो परिवारको बाधा र सतावटलाई सम्हाल्नुभयो। यो परिस्थितिले मलाई सत्यता बुझ्न र कदमा बढ्न सहयोग गऱ्यो। परमेश्वरका अभिप्रायहरू बुझेपछि, मलाई निकै ढुक्क भयो र त्यति चिन्ता लागेन र मैले यो अनुभवमा परमेश्वरमा भरोसा गर्ने निर्णय गरेँ। परमेश्वर मेरो साथमा हुनुभइञ्जेल, कसले मलाई विरोध गर्छ वा बाधा दिन्छ त्यसले केही फरक पार्नेथिएन।
त्यो अवधिमा, हामीलाई परिवारले निरन्तर निगरानीमा राखे र दमन गरे। हामीले परमेश्वरको वचन पढ्न पाएनौँ, र यति साह्रो नरमाइलो लाग्यो कि भागूँ जस्तो लाग्यो। मेरो सोचाइमा, मुक्त हुने एकमात्र उपाय भाग्नु नै थियो। मैले घर छोडेँ भने, सामान्यरूपमा विश्वास अभ्यास गर्न सक्नेथिएँ, तर भाग्ने सबै बाटो बन्द थिए। बुबा सधैँ घरमा बस्नुहुन्थ्यो र उहाँको आँखा कसरी छल्ने मलाई थाहा भएन। परिवारका अरू सदस्यले पनि मलाई निगरानी गरिरहेका हुन्थे। साथै, मसँग पैसा थिएन र कहाँ जाने थाहा थिएन। म भागेँ भने, मेरा बुबाले ब्रदर-सिस्टरहरूबारे प्रहरीलाई फोन गरेर बताइदिनेछन् भन्ने मलाई डर लाग्यो। म साह्रै निराश भएँ र सधैँ रोइरहेकी हुन्थेँ, र यस्तो अवस्थामा कसैले नदेखोस् भन्ने लाग्थ्यो। त्यो अवधिमा, म निरन्तर डरमा जिएँ। कोठामा बसेर प्रार्थना गर्दा, मलाई सधैँ बुबा झट्ट पस्नुहुनेछ, ढोका फुटाएर मलाई कराउनुहुन्छ भन्ने चिन्ता लाग्थ्यो। उहाँले मलाई कुट्नुहुनेछ अनि म र बहिनीलाई हकार्नुहुनेछ भनेर झनै चिन्ता लाग्थ्यो। यो सतावट कति समयसम्म रहन्छ मलाई थाहा थिएन। मेरा ब्रदर-सिस्टरहरू कसरी सबै जना नियमितरूपमा भेला हुन र आफ्नो कर्तव्य पूरा गर्न सकेका छन्, तर मैले भने त्यो मौका पाएकी छैनँ भन्ने सोच्दा, मलाई तिनीहरूको डाहा लाग्थ्यो त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ: “प्यारो परमेश्वर, घरमा बसेर विश्वास अभ्यास गर्न मलाई साह्रै गाह्रो भइरहेको छ। म घर छोड्न चाहन्छु, ताकि मैले स्वतन्त्र भएर भेला हुन र कर्तव्य पूरा गर्न सकूँ। बिन्ती छ, मेरो लागि बाटो खोलिदिनुहोस्।”
एक दिन, मैले बल्ल मेरो परिवारका सदस्यहरूको आँखा छलेर मेरो फोनमा परमेश्वरको वचनका दुईवटा खण्ड पढ्न पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्वरको कामप्रति तँमा विश्वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्वासको आवश्यकता हुन्छ। मानिसहरूको विश्वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको विश्वासले मात्र तैँले परमेश्वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्वास हुन्छ परमेश्वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्वासविना उहाँले यो गर्न सक्नुहुन्न” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। “यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले उहाँको अभिप्राय स्पष्ट बुझेँ र हामीले आफ्नो विश्वासमा परीक्षा र शोधनबाट गुज्रनुपर्छ भन्ने देखेँ। यी शोधनहरूद्वारा मात्रै हामी परमेश्वरप्रति साँचो विश्वास हासिल गर्न सक्छौँ। अय्यूबको जीवनलाई लिऊँ—तिनी परीक्षाबाट गुज्रेर आफ्नो गवाहीमा दह्रिलो भएपछि, परमेश्वरप्रति तिनको विश्वास बढ्यो र शैतान अपमानित भई लुरुक्क परेर गयो। मैले अय्यूबलाई आफ्नो आदर्श मानेर यो परीक्षामा दह्रिलो हुनुपर्छ भन्ने मलाई थाहा थियो तर मैले आफूमा विश्वासको धेरै कमी रहेछ भन्ने देखाएकी थिएँ। जब म शान्तिपूर्ण र सुरक्षित वातावरणमा नियमितरूपमा भेला हुन सक्थेँ, तब मेरो विश्वास दह्रिलो थियो र यसो समेत भन्थेँ: “जेसुकै भए पनि, म परमेश्वरलाई कहिल्यै दोष दिनेछैनँ।” तर मेरो परिवारले मलाई दमन गरेर घरमा थुनेर कुनै स्वतन्त्रता नदिएपछि, म नकारात्मक र कमजोर बनेँ। मैले परमेश्वरमाथिको आफ्नो विश्वास त्यागेकी त थिइनँ, तर म सधैँ गुनासो गरिरहेकी हुन्थेँ, र आरामको जीवन र सहज आराधना खोज्दै सधैँ कठिनाइबाट जोगिन चाहन्थेँ। यसले मेरो प्रकृति परमेश्वरलाई धोका दिने किसिमको छ भन्ने स्पष्टसित देखायो। मैले अय्यूब कति दृढ थिए भन्नेबारे सोचेँ। शैतानले तिनलाई जाँच्दा र आक्रमण गर्दा, तिनले परमेश्वरप्रति कहिल्यै गुनासो गरेनन्, परमेश्वरबाट अनुचित मागहरू कहिल्यै गरेनन्, झन् तिनको जीवनमा यस्ता कुराहरू आउन दिनुभएकोमा परमेश्वरलाई प्रश्न गर्ने कुरा त परै जाओस्। अय्यूब परमेश्वरप्रति समर्पित थिए र उहाँको श्रद्धा गर्थे, तर म त्यस्तो थिइनँ। मैले के महसुस गरेँ भने, परमेश्वरले मलाई जाँच्न र मेरो विश्वास सिद्ध तुल्याउन यो परिस्थितिलाई प्रयोग गरिरहनुभएको थियो। यदि मैले सधैँ फुर्सदमा विश्वास अभ्यास गर्न चाहेकी, उहाँले तय गर्नुभएका परिस्थितिहरूबाट तर्केर तीबाट नसिकेकी भए, मेरो हातमा केही हुनेथिएन। मलाई के लाग्यो भने, मैले थोरै कष्ट भोगेकी भए पनि, परमेश्वरले सधैँ मलाई साथमा रहेर डोऱ्याइरहनुभएको थियो। म कमजोर हुँदा, परमेश्वरको वचनले मलाई सान्त्वना र प्रोत्साहन दियो। त्यसकारण म कसरी परमेश्वरसँग गुनासो गर्न सक्थेँ र? ममा विवेकको धेरै कमी थियो। आफ्नो परिवारको दमनमा नपरेका ब्रदर-सिस्टरहरूप्रति मलाई डाहा लाग्थ्यो, तर अहिले यसबारे विचार गर्छु: अन्तिममा कसलाई धेरै फाइदा हुन्छ? आराम र अनुग्रहमा जिउनेलाई धेरै फाइदा हुन्छ कि दमन र कठिनाइ भोग्नेलाई? यसको उत्तर स्पष्ट थियो। सबै कुरा परमेश्वरकै हातमा र उहाँकै योजनाबद्ध कार्यभित्र छन्, र परमेश्वर अर्थहीन काम गर्नुहुन्न। मेरो जीवन प्रगतिको लागि कस्तो परिस्थिति उचित हुन्छ भन्ने कुरा परमेश्वरलाई मात्रै थाहा हुन्छ, मलाई थाहा हुँदैन, त्यसकारण मैले समर्पित भएर खोजी गर्नुपर्छ।
त्यसको केही समयपछि नै, मेरा बुबाले काम पाउनुभयो र बाहिर धेरै जान थाल्नुभयो। त्यो अवधिमा, बहिनी र मैले सुरक्षितसाथ भेलामा सहभागी हुन र परमेश्वरको वचनमा सङ्गति गर्न पायौँ। मेरा बुबाले लगाउनुभएको सर्भेलेन्स क्यामेराले हामीविरुद्ध काम नगरेको मात्रै होइन, तर वास्तवमा हामीलाई सुरक्षा प्रदान गऱ्यो, किनभने मेरो बुबा हरेकपटक घर फर्कनुहुँदा, हामीले उहाँ आउनुभएको क्यामेरामा देखेर हाम्रो भेलालाई रोक्न सक्थ्यौँ। उहाँ फेरि जानुभएपछि, हामी सङ्गति जारी राख्थ्यौँ। बुबा घरमा हुनुहुँदा, हामी भेलामा सहभागी हुन पाउँदैनथ्यौँ, त्यसैले हामी उहाँलाई स्टोरमा जाने अनुमति माग्थ्यौँ र बाहिर पार्कमा सङ्गति गर्ने मौका छोप्थ्यौँ। सन् २०२२ मा, मेरा मण्डली अगुवाले मलाई नयाँ विश्वासीहरूलाई मलजल निरन्तर गर्न खटाए र म पछि सुपरभाइजर बनेँ। मैले बुबाको दमन र बाधामा पनि आफ्नो कर्तव्य निरन्तर पूरा गर्दै आएकी छु।
मैले परमेश्वरको वचन अनुभव गरेकी, उहाँको सर्वशक्तिमान्ता र बुद्धिलाई देखेकी अनि उहाँलाई विश्वास गरेकी छु। मैले परमेश्वरमा भरोसा गर्न सिकेकी छु अनि आफ्ना समस्याहरू समाधान गर्न आफै परमेश्वरको वचन खान-पिउन अभ्यास गरेकी छु। मैले अविश्वासी परिवारका सदस्यहरूको वास्तविकता पनि बुझेकी छु र तिनीहरूसँग कसरी व्यवहार गर्ने त्यो पनि सिकेकी छु। मैले आरामको जीवन जिएर यो कुनै कहिल्यै सिक्नेथिइनँ। परमेश्वरको काम अत्यन्तै अतभुत र व्यवहारिक छ। म सर्वशक्तिमान् परमेश्वरलाई हृदयदेखि धन्यवाद दिन्छु!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।