मेरो रोजाइ

20 जनवरी 2022

बाइयुन्, चीन

मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू पढ्न थालें र अक्सर अरूसित परमेश्‍वरका वचनहरूबारे भेला र सङ्गति गर्ने गर्थेँ। एक दिन मैले आफ्नो भक्तिको समयमा पढेको सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड मलाई याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानवजातिका सदस्यहरू र समर्पित इसाईहरूका रूपमा, परमेश्‍वरको आदेशलाई पूरा गर्नका निम्ति हाम्रा मन र शरीरलाई बलिदानको रूपमा चढाउने हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताको कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आदेश र मानवजातिको धार्मिक अभियानका निम्ति होइनन् भने, परमेश्‍वरको आदेशको निम्ति शहीद भएकाहरूका निम्ति हाम्रा आत्मा अयोग्य हुनेछन्, र हाम्रा लागि सबै थोक जुटाउनुहुने परमेश्‍वरका निम्ति त झन् अयोग्य हुनेछन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ”)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझें भने, मानिसजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो र मसित भएका सबै थोक उहाँबाटै आएका हुन्। मैले उहाँको प्रेमको साटो तिर्नुपर्छ र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ। त्यसैले, मैले चिनेजानेका मानिसहरूलाई सुसमाचार सुनाउन थालें।

डिसेम्बर २०१२ को एक दिन, सुसमाचार प्रचार गरेको कारण मलाई प्रहरीले अवैध रूपमा गिरफ्तार गऱ्यो र “सामाजिक सुव्यवस्था बिथोलेको” आरोपमा १४ दिन हिरासतमा राख्यो। म थुनामा रहेको सातौं दिन मेरा आमाबुबा र श्रीमान मलाई भेट्न हिरासत केन्द्रमा आउनुभयो। म आफन्तसित भेट गर्ने कक्षातिर जाँदै गर्दा आमाबुबा मेरो प्रतीक्षामा उभिरहनुभएको र मेरा श्रीमानले चाहिँ हाम्रो एक वर्षीय छोरालाई बोकिरहनुभएको मैले देखें। उहाँहरू सबैलाई त्यहाँ देख्दा मेरो आँखा रसायो। मैले चुपचाप आमाबुबालाई स्वागत गरें, र हतारपतार श्रीमानकहाँ गएर छोरालाई आफ्नो हातमा लिएँ। त्यति बेला, मलाई साह्रो दुःख लाग्यो। हामी सबै एकै परिवारको रूपमा थियौं, त्यसपछि, अरू केही कारणले नभई केवल मैले विश्‍वास गरेको र सुसमाचार प्रचार गरेकोले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीले मलाई अवैध रूपमा थुनामा राख्यो। अहिले, मैले आफ्नो परिवारलाई हिरासत केन्द्रमा देखिरहेकी थिएँ। मेरो श्रीमानले भन्नुभयो, “मैले तिम्रो गिरफ्तारीको बारेमा थाहा पाएपछि, मेरा टोली अगुवालाई भनें र तिनीहरूले, तिमीले आफ्नो विश्‍वास त्याग्नुपर्छ भनेर भनेका छन्। तिमी कलेज स्नातक हौ, तिमीसित शिक्षा छ। यदि तिमीले परमेश्‍वरमा विश्‍वास गरिरह्यौ भने, तिम्रो भविष्य बरबाद हुनेछ! यदि तिमीले आफ्नो विश्‍वास त्यागेनौ भने, मलाई पार्टी र सैन्य सेवाबाट बर्खास्त गरिनेछ भनेर पनि तिनीहरूले भने। अर्को वर्ष मैले काम छोडेको बोनस समेत पाउनेछैनँ! म ती सबैलाई बेवास्ता गर्न सक्छु, तर तिमीले आफ्नो छोरा र परिवारबारे सोच्नुपर्छ। तिमी फेरि पक्राउ पऱ्यौ भने, अहिले जस्तो हुनेछैन। तिम्रो जेल सजाय हुनेछ र त्यसपछि हाम्रो छोराको हालत के हुनेछ? ऊ कहिल्यै विश्‍वविद्यालय जानेछैन, निजामति कर्मचारी बन्नेछैन वा सैन्य सेनामा लाग्नेछैन। कसरी ऊ समाजमा खरो उत्रनेछ? के उसले शिर झुकाएर जिउनुपर्नेछ?” उहाँको कुरा सुनेर म झनै उदास भएँ। छोरालाई समाउँदा मेरो छातीमा गाँठो पऱ्यो र सोचें, “यदि साँच्चै एक दिन म जेल परें भने, यस्तो कलिलो उमेरमा आमा नभएकोले के मेरो छोरा स्वस्थ भएर हुर्किएला? के ऊ हाँसोको पात्र बन्नेछ र भेदभावको शिकार हुनेछ? यदि मेरो श्रीमानलाई पार्टी र सैन्य सेनाबाट निकालियो भने, उसको भविष्य खतम हुन्छ।” उप्रान्त मैले त्यसबारे सोच्नै सकिनँ। भक्कानिएर आएको रुवाइलाई भित्रै दबाएँ र एक शब्द पनि बोलिनँ। मैले केही पनि नभनेको देखेर, मेरो श्रीमानले रिसाउँदै भन्नुभयो, “हाम्रा अगुवाले भन्नुभएको, यदि तिमीले आफ्नो विश्‍वास त्याग्ने कसम खाएनौ भने, मैले छुटनाम गर्नुपर्छ। तिमीले छनोट गर्नुपर्छ!” फेरि पनि म एक शब्द नबोल्दा, उहाँले छोरालाई टपक्कै लिएर झोकिँदै बाहिर निस्कनुभयो। मलाई मुटुमा छुरा रोपेको जस्तो भयो र त्यसपछि चाहिँ आँशु थाम्नै सकिनँ। म आफ्नो कोठरीतिर लाग्दै गर्दा, अलमल्लमा थिएँ। किन मेरो श्रीमानले उहाँका अगुवालाई मेरो गिरफ्तारीबारे तुरुन्तै बताइहाल्नु परेको होला? त्यसले मलाई वा उहाँलाई कुनै पनि हालतमा फाइदा गर्दैन भनेर उहाँलाई थाहा थियो। किन उहाँले त्यस्तो खुलस्तसित सबै कुरा बताउनुभएको होला? मैले यसबारे केहीबेर सोचें र उहाँले पक्कै पनि आफूलाई जोगाइरहनुभएको हुनुपर्छ भन्ने मलाई लाग्यो। आफूलाई यस्तो लागेपछि, मैले त्यसलाई एकदमै स्वीकार गर्न चाहिनँ। म असाध्यै पीडामा थिएँ। परमेश्‍वरप्रतिको विश्‍वास सही र स्वभाविक कुरा हो, यो कुनै अपराधिक काम होइन भनेर मैले नसोची सक्दै सकिनँ। हामी विश्‍वासीहरू भेला हुँदा, केवल परमेश्‍वरका वचनहरू पढ्छौं, आफ्नो कर्तव्य पूरा गर्छौं, सुसमाचार सुनाउँछौं र सत्यताको पछि लाग्छौं। त्यसबाहेक, के राष्ट्रिय संविधानले स्पष्टसित धार्मिक स्वतन्त्रता दिएको छैन र? तर किन कम्युनिस्ट पार्टीले हामीलाई यत्ति बिघ्न सताउँछ र मेरो श्रीमानलाई मसित छुटनाम गर्न दबाब दिन्छ? मैले त्यो कुरा पटक्कै बुझ्न सकिनँ।

आफ्नो कोठरीमा पुगेपछि, मैले आफ्नो अन्योलताबारे मण्डलीकी एक जना सिस्टरलाई बताएँ। उहाँले शान्त भएर सर्वशक्तिमान परमेश्‍वरका वचनहरूका केही खण्डहरू मलाई पढेर सुनाउनुभयो। “यो शैतानहरूको कस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म यसले परमेश्‍वरको कामलाई नाश पार्दैन र सबैलाई पूरै लथालिङ्ग[१] बनाउँदैन तबसम्म यसले विश्राम गर्दैन, मानौं यसले माछा नगरुञ्‍जेल या त जाल नफाटुञ्जेल अन्त्यसम्मै कडा विरोध गर्न चाहन्छ, जानी-जानी आफैलाई परमेश्‍वरको विरोधमा राख्छ र झन्-झन् नजिकतिर बढ्छ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोट लागेको र कुटपिट गरिएको[२] छ र दुःखत स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको आफ्नो घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एक गाँसमा खाएपछि मात्र त्यसको हृदयको घृणालाई त्यसले कम गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (७)”)। “धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु? परमेश्‍वरको आगमनलाई दमन गर्न किन शक्ति प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्‍वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्‍वरले उहाँको शिर टेकाउने ठाउँ नपाउञ्‍जेल किन उहाँको खेदो गर्नु?” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। त्यसपछि, उहाँले यो सङ्गति गर्नुभयो: “आखिरी दिनहरूमा, परमेश्‍वर देह हुनुभएको छ अनि बोल्न र काम गर्न पृथ्वीमा आउनुभएको छ। उहाँले मानिसजातिलाई धुने र मुक्ति दिने सत्यताहरू व्यक्त गर्नुहुन्छ र हृदय र आत्मा भएकाहरूले परमेश्‍वरको आवाज सुन्छन् र सर्वशक्तिमान् परमेश्‍वरतर्फ फर्कन्छन्। तर कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो। त्यसले परमेश्‍वर र सत्यतालाई उग्र रूपले घृणा गर्छ, अनि सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट सत्यता सुन्नेछन् र त्यसपछि तिनीहरूले ख्रीष्टलाई पछ्याउनेछन् र उहाँको गवाही दिन्छन् र त्यसलाई त्याग्छन् र इन्कार गर्छन् भनेर त्यो डराउँछ। त्यस उप्रान्त कसैले पनि त्यसको समर्थन गर्नेथिएन र चिनियाँ मानिसहरूलाई आफ्नो कब्जा र नियन्त्रणमा राखिराख्ने त्यसको डरलाग्दो महत्वाकाङ्क्षा सदाका लागि माटोमा मिल्नेथियो। त्यसैकारण, यसले आफूलाई सर्वशक्तिमान परमेश्‍वरको बदख्वाइँ र निन्दा गर्न सबै प्रकारका हल्ला र झूटहरू फैलाउने काममा जाक्छ। अनि यसले ख्रीष्टलाई खेदो गर्न र इसाईहरूलाई सताउन सारा राष्ट्रको शक्ति लगाउँछ। यसले आफ्नो नास्तिक अधिनायकवादलाई जोगाउनका लागि पृथ्वीबाट परमेश्‍वरको कामलाई निमिट्यान्न पार्न चाहन्छ।” चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक विश्‍वासमाथि गरेको आफ्नो दुष्ट सतावटलाई ढाकछोप गर्न संसारका मानिसहरूलाई मूर्ख बनाउने चालको रूपमा धार्मिक स्वतन्त्रता दिएको दाबी गर्छ। चीनमा साँचो धार्मिक स्वतन्त्रता र मानव अधिकार छँदैछैन। चीनमा धार्मिक विश्‍वास हुनु भनेको कम्युनिस्ट पार्टीको शैतानी शासनबाट सतावट भोग्नु हो। त्यो तथ्य हो। उहाँको सङ्गतिपछि, परमेश्‍वर र सत्यतालाई घृणा गर्ने कम्युनिस्ट पार्टीको दुष्ट प्रकृतिबारे अझ स्पष्टसित बुझ्न सकें र त्यो कत्ति साह्रो दुष्ट रहेछ भनेर मलाई महसुस भयो। मभित्र सानैदेखि यसको नास्तिक शिक्षाको विष गहिरोसित गढेको थियो। मैले यो पार्टीलाई मानिसहरूको “महान् मुक्तिदाता” को रूपमा हेर्थें र त्यसको निकै प्रशंसा गर्थें। यसले भनेको कुरा म आँखा चिम्लेर विश्‍वास गर्थें र लागू गर्ने गर्थें। त्यसो गर्नु कत्ति मूर्खता रहेछ भनेर मैले अहिले बुझ्न सकें। मैले मेरो श्रीमानलाई सुसमाचार सुनाउँदा उहाँले भन्नुभएको कुराबारे पनि सोचें। “केन्द्रीय समितिले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई जरैदेखि उखेल्नू भनेर आदेश दिएको छ र हाम्रो टोलीको युद्ध तयारीलाई तीन तहमाथि पुऱ्याइएको छ। सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने जो-कोहीलाई शत्रुको रूपमा हेरिन्छ। अनि अब हाम्रो पार्टी कक्षामा सिकाइने राजनैतिक पाठहरू सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीबारे हुन्छ। तिम्रो धार्मिक विश्‍वास राम्रो छ भनेर मलाई थाहा भए तापनि, कम्युनिस्ट पार्टी सत्तामा छ र कमजोरले बलियोलाई कहिल्यै जित्न सक्दैन। के गर्ने त्यसको आज्ञा पालन नगरी भो त?” उहाँले भन्नुभएका यी सबै कुराबारे सोच्दा मलाई असाध्यै रीस उठ्यो! कम्युनिस्ट पार्टी स्वर्गको विरुद्धमा जाँदैछ। यसले आफ्नो भएभरको शक्तिलाई परमेश्‍वर विरुद्ध लगाउन चाहन्छ, विश्‍वासीहरूलाई निन्दा गरेर र दमन गरेर राष्ट्रिय अपराधीजस्तो व्यवहार मात्र गर्दैन, तर जनसमुदायलाई आफ्नो पक्षमा खडा हुन लगाउन धम्काउँछ र उक्साउँछ। मेरो श्रीमानलाई समेत धम्काइयो र बहकाइयो। उहाँलाई सही र गलत थाहा थिएन अनि उहाँले मेरो विश्‍वासलाई दमन गर्नुभयो। कोहीले पनि परमेश्‍वरलाई पछ्याएको र सही मार्गमा हिँडेको कम्युनिस्ट पार्टी चाहँदैन तर त्यसलाई विश्‍वास गरेको र पछ्याएको चाहन्छ। त्यो त दुष्ट, घृणित र लज्जास्पद कुरा हो! मलाई हृदयबाटै ती कम्युनिस्ट प्रेतहरूप्रति घृणा जाग्यो र मैले तिनीहरूलाई सरापेँ! तिनीहरूले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन मेरो छोरा र मेरो श्रीमानको भविष्यलाई हतियार बनाएर धम्की दिइरहेका थिए। तिनीहरूको चालअघि मैले घुँडा टेक्‍नु हुँदैन भन्‍ने मलाई थाहा थियो। मेरो श्रीमानले मलाई जत्तिनै दबाब दिए पनि, म जेल जानुपरे तापनि, म परमेश्‍वरलाई पछ्याइरहनेथिएँ!

राति ओछ्यानमा पल्टिँदै मेरो छोरासित बिताएको खुसीका ती सबै पलबारे सोचें। ऊ अझै सानै थियो र उसले अघि लामो यात्रा तय गर्नु थियो। कतै मेरो विश्‍वासले उसको भविष्यलाई असर गर्ने हो किन भनेर सोचें। यस सोचाइले गर्दा म कमजोर हुन थालें, त्यसैले, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरें, मेरो हृदय जाँच्नुहोस् भनेर उहाँलाई बिन्ती गरें। प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डबारे सोचें। “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन? जे म भन्छु त्यो गरिन्छ, र मानिसहरूमध्ये कसले मेरो मन परिवर्तन गर्न सक्छ?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १”)। मैले सोचें, “त्यो सही हो। परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ र मेरो छोराको नियति पनि उहाँकै हातमा छ। अन्तिम निर्णय उहाँकै हुन्छ, कुनै मानिसको होइन। चिन्ता गरेर के फाइदा?” त्यसैले, मेरो छोरा परमेश्‍वरको हातमा सुम्पिँदै मैले प्रार्थना गरें। त्यसपछि मलाई निकै निष्फिक्री महसुस भयो र मलाई त्यति चिन्ता लागेन। त्यसरी मैले विश्‍वास र परमेश्‍वरले दिनुभएको शक्तिले गर्दा १४ दिनको हिरासत पार गरें। म रिहा भएपछि, मेरा बुबाले मलाई घर पुऱ्याइदिनुभयो र मेरो श्रीमान पछाडी सीटमा बस्नुभयो। मेरो श्रीमानका आँखा रोएर राता भएका थिए, उहाँले भन्नुभयो, “अहिले पूरा समय मेरो अगुवाले ममाथि वैचारिक कार्य गरिरहनुभएको छ। मैले तिम्रो बारेमा रिपोर्ट गर्नुपर्छ। यदि तिमीले परमेश्‍वरमा विश्‍वास गरिरह्यौ भने, कि चाहिँ मैले तिमीसित छुटनाम गर्नुपर्छ नत्र म बर्खास्त हुनेछु भनेर तिनीहरूले भनेका छन्। यस कुराले मेरो दिमाग रन्थनाइरहेको छ! म बिन्ती गर्छु—छोडिदेऊ यसलाई। यदि तिमी पक्रा पऱ्यौ भने, जेल जानेछौ र हाम्रो परिवार भताभुङ्ग हुनेछ!” उहाँ बोल्दै गर्दा रोइरहनुभएको मैले देखें र मेरो मन भारी भयो। मैले तुरुन्तै परमेश्‍वरलाई हृदयबाटै प्रार्थना गरें, मलाई बलियो बनाउनुहोस् भनेर उहाँलाई बिन्ती गरें। त्यसपछि, परमेश्‍वरका वचनहरूको यो खण्ड मेरो मनमा आयो। “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो”)। यो, शैतानको एउटा चाल थियो भनेर मैले बुझें। शैतानले मेरो श्रीमानलाई छुटनामको धम्की दिन लगाएर मलाई परमेश्‍वरप्रति धोकेबाज बनाउन चाहन्थ्यो। म त्यसको जालमा पर्न सक्दिनथिएँ! त्यसैले, मैले मेरो श्रीमानलाई यसो भनें: “म हाम्रो परिवार फुटाउन चाहँदिनँ। विश्‍वासी भएदेखि म परिवर्तन भएकी तपाईंले देख्नुभएकै छ। त्यस उप्रान्त हामीबीच झगडा भएको छैन र हाम्रो परिवार झन्-झन् राम्रो हुँदै गइरहेको छ। तपाईंले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू र दाजुभाइ-दिदीबहिनीहरूको गवाही सुन्नुभएको छ। तपाईंलाई थाहा छ विश्‍वास गर्नु राम्रो कुरा हो। तर, अहिले चिनियाँ कम्युनिस्ट पार्टीले मलाई निन्दा र गिरफ्तार गर्न, तपाईंलाई बर्खास्त गर्न, सैन्य सेनाबाट निकाल्न र मसित छुटनाम गर्न लगाउन चाहन्छ। वास्तवमा कसले चाहिँ हाम्रो परिवार फुटाउन चाहँदैछ? तपाईंले चिनियाँ कम्युनिस्ट पार्टीलाई घृणा गर्नुको साटो उल्टै मेरो विश्‍वासलाई सताउन त्यसैलाई साथ दिइरहनुभएको छ। के तपाईंले सही र गलत सबैलाई छ्यासमिस बनाउनुभएको छैन र? कम्युनिस्ट पार्टी कस्तो प्रकारको पार्टी हो भनेर तपाईंलाई थाहा छ। यसले परमेश्‍वर र सत्यतालाई घृणा गर्छ अनि यो परमेश्‍वरको कट्टर शत्रु हो। यसले धेरै जना इसाईहरूलाई गिरफ्तार गरेको छ र सताएको छ, यसले अति धेरै दुष्कर्म गरेको छ। के यो परमेश्‍वरको सजायबाट साँच्चै उम्कन्छ? परमेश्‍वरले धेरैअघि यसो भन्नुभयो: ‘जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन’ (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरूको “अध्याय १०”)। विपत्तिहरू दिनदिनै बढिरहेका छन्। महाविपत्तिहरू आउँदा, परमेश्‍वरले सबैभन्दा पहिले कम्युनिस्ट पार्टीलाई नाश गर्नुहुनेछ, र ती घटना हुँदा, त्यसको पछि लाग्ने र परमेश्‍वरको विरोध गर्ने सबै जना नष्ट हुनेछन्। तिनीहरूले शान्तिको दिन थाहा पाउनेछैनन्। फेरि मलाई मेरो विश्‍वास त्याग्न लगाउन कर नगर्नुहोस्। म परमेश्‍वरमा विश्‍वास गर्न कहिल्यै छोड्नेछैनँ!” मैले घुँडा नटेक्ने छाँट देखेपछि, उहाँले रीसले मेरो अनुहारमा झ्याम्म थप्पड हान्नुभयो। मप्रति त्यस्तो व्यवहार गर्न उहाँलाई उक्साउने त्यही कम्युनिस्ट पार्टी हो भनेर मैले बुझ्न सकें। यो मेरो लागि निकै पीडादायी थियो र मैले त्यो पार्टीलाई मनभित्रैदेखि घृणा गरें। मैले सोचें, “तैंले जति धेरै दबाउँछस्, उति नै धेरै मेरो विश्‍वास बलियो हुन्छ!”

घरमा पुगेपछि, मेरा श्रीमानले हार मान्नुभएन। “यदि तिमीले आफ्नो विश्‍वास अभ्यास गर्नु छ भने, घरैमा गर। म अगुवालाई तिम्रो रिपोर्ट गर्दिनँ, बुझ्यौ?” मैले सोचें, “मैले परमेश्‍वरबाट यत्ति धेरै अनुग्रह र आशिष अनि सत्यताबाट पोषण पाएकी छु। सुसमाचार प्रचार नगरी वा आफ्नो कर्तव्य पूरा नगरीकन पनि के त्यो विश्‍वास हुन्छ र? साथै, भेला नभई वा परमेश्‍वरका वचनहरूबारे सङ्गति नगरी घरमै मात्र बसेर त मेरो जीवन प्रगति कछुवा तालमा हुनेछ।” मैले मेरो श्रीमानको कुरा सुन्नु हुँदैन भन्‍ने मलाई थाहा थियो। त्यसपछि, उहाँले मसित मीठो बोल्ने प्रयास गर्न थाल्नुभयो: “मैले तिम्रो राम्रो ख्याल गरेको छैनँ। मैले तिमीलाई अन्याय गरेको छु। म केही समयसम्म काममा जाँदिनँ। तिमी र छोराको साथमा घरैमा रहनेछु। तिमी जहाँ भन्छौ, म त्यहीँ तिमीसित जानेछु र तिमी जे चाहन्छौ त्यही किनिदिनेछु। म केवल तिमी खुसी भएको चाहन्छु!” उहाँले मसित त्यस्तो मीठो बोली बोल्नुभएको सुन्दा म अलिक डगमगाएँ, तर त्यो शैतानको अर्को चाल हो भनेर मैले तुरुन्तै बुझिहालें। जेसुकै होस्, मैले विश्‍वास राखिराख्न र आफ्नो कर्तव्य गरिरहन सकूँ भनेर मनमनै प्रार्थना गरें। तर त्यसपछि, म जहाँ गए पनि मेरो श्रीमान पछि लाग्न थाल्नुभयो। यदि उहाँले मेरो रिपोर्ट गर्नुभयो भने, अरू पनि खतरामा पर्लान् भन्ने मलाई डर भयो। त्यसकारण, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्ने आँट गरिनँ। गिरफ्तार हुनुअघि म आफ्नो जीवनको लागि कत्ति मरिमेट्थें। त्यति बेला कसरी म भेला हुन अनि दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति र आफ्नो कर्तव्य पूरा गर्न सक्थें त्यस बारेमा सोचें। तर अहिले, म भेलामा जान सक्दिनथिएँ र हरेक मोडमा प्रतिबन्ध थियो। म आफ्नो विश्‍वास अभ्यास गर्न वा सामान्य जीवन जिउन सक्दिनथिएँ। सरकारदेखि भयभीत भएर मेरा श्रीमानले मलाई मेरो विश्‍वास त्याग्न लगाउने सङ्कल्‍प लिनुभएको थियो, वा उहाँले मसित छुटनाम गर्नुहुनेथियो। मैले गर्नुपर्ने छनोटबारे सोच्दा म तड्पिएँ। सत्य कुरा के हो भने, मैले मेरो श्रीमान मसँगै विश्‍वासमा आउनुहोला र हामी छुट्टिनु पर्दैन भनेर आशा गरिरहेकी थिएँ। त्यति बेला, मलाई हरेक दिन एक वर्ष जस्तो लाग्थ्यो। आँशु झार्दै म परमेश्‍वरसामु आएँ र प्रार्थना गरें: “हे परमेश्‍वर, यो छनोट गर्नुपर्ने भएकोले म असाध्यै दुःखी र कमजोर भएकी छु। के गर्नुपर्ने हो, मलाई थाहा छैन। कृपया मलाई मार्गदर्शन दिनुहोस्!” त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्।” “देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। … परमेश्‍वरलाई नचिन्ने जो कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई नचिन्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट-विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्”)। यो पढिसकेपछि, मेरो गिरफ्तारी भएदेखि यता मेरो श्रीमानले मसित कस्तो व्यवहार गर्दै आउनुभएको छ भनेर फर्केर सोचें। उहाँले मलाई मेरो विश्‍वास त्याग्न लगाउन बारम्बार कर गर्नुभयो, उहाँले मलाई माया देखाउँदै फकाउनुभयो, छुटनाम गर्ने धम्की दिँदै दबाब दिनुभयो, र मलाई हिर्काउनु समेत भयो। के यी सबै, मलाई परमेश्‍वरलाई धोका दिन लगाउनका लागि गरिएका थिएनन् र? के उहाँ परमेश्‍वरले भन्नुभएका “परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू” मध्ये एक हुनुहुन्नथियो र? उहाँले मेरो गिरफ्तारीबारे थाहा पाएपछि सर्वप्रथम आफ्नो टोली अगुवालाई बताउनुभयो। के त्यो उहाँले मेरो वास्ता नगरी आफूलाई जोगाउन गर्नुभएको थिएन र? उहाँको लागि मभन्दा धेरै महत्वपूर्ण उहाँको भविष्य थियो। उहाँले मलाई भन्नुभएका ती सबै मीठा कुराहरू नाटक मात्र थिए! उहाँले चिनियाँ कम्युनिस्ट पार्टी रोज्नुभयो र मैले परमेश्‍वरलाई रोजेँ। हामी बिल्कुलै दुई भिन्न मार्गमा थियौं। हामीले एकसाथ कुनै साँचो खुसी प्राप्त गर्न सक्दैनथियौं। यसरी सोच्दा, मैले मेरो विश्‍वास र परिवारबीच अवश्यै छनोट गर्नुपर्छ भनेर बुझ्ने मदत पाएँ। तर मैले आफ्‍नो श्रीमानसित बिताएका दिनहरूबारे फर्केर सोच्दा, म निकै उदास र दुःखी भएँ। फेरि मैले परमेश्‍वरलाई प्रार्थना गरें र उहाँको सुरक्षा मागें। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन, र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌, र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्नसक्छस्‌? एउटा सत्यताको खातिर तैँले पापमय स्वभावका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए र मेरो विश्‍वास पुनर्स्थापित गरे। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरें। “हे परमेश्‍वर! छुटनाम गर्नुपरे तापनि, म तपाईंलाई नै पछ्याउनेछु! कृपया मलाई बलियो बनाइराख्नुहोस् र तपाईंको गवाहीको रूपामा खडा हुन विश्‍वास दिनुहोस्।”

एक दिन, म मेरा श्रीमानको आँखा छलेर बाहिर जान सकें र केही दाजुभाइ-दिदीबहिनीहरूलाई भेटें। घर फर्कंदा, मेरो श्रीमान परिवारका केही सदस्यहरूसित उभिरहनुएको मैले देखें। उहाँका आँखा राता थिए र उहाँ साह्रै अशान्त देखिरहनुभएको थियो। हाम्रा केही आफन्तहरू दुःखी र उदास देखिन्थे, अरू चाहिँ साह्रै रिसाएका देखिन्थे। शैतानले यस पटक चाहिँ मेरो परिवार चलाएर मलाई फेरि फन्दामा पार्दैछ भनेर मैले बुझें। मैले तुरुन्तै मनमनै परमेश्‍वरलाई प्रार्थना गरें। मैले परमेश्‍वरका वचनहरूबाट यसबारे सोचें: “परमेश्‍वरले जस-जसलाई ‘विजेताहरू’ भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन्, अर्थात् जब तिनीहरूले आफैलाई अन्धकारको शक्ति बीचमा पाउँछन् त्यस बेला पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ परमेश्‍वरको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस्, र परमेश्‍वरले यसैलाई ‘विजेता’ हुनु भनी भन्‍नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए र मेरो परिवारले जे गरे पनि म परमेश्‍वरलाई कहिल्यै धोका दिँदिनँ भनेर मैले मनमनै सङ्कल्प गरें। म उहाँको गवाहीको रूपमा खडा हुनेथिएँ!

रीसले अनुहार खुम्चाउँदै मेरी काकीले मलाई सोध्नुभयो, “तिमी भेलामा गएर आएकी होइनौ त? तिमीलाई यो परिवार चाहिन्छ कि चाहिँदैन?” त्यसपछि, मेरो काकाले मलाई गाली गर्नुभयो, “परमेश्‍वर? परमेश्‍वर छैन! चीन नास्तिक देश हो र यहाँ कम्युनिस्ट पार्टीको राज छ। यदि तिमी विश्‍वास नै गर्छौ भने, त्यो पार्टीमा विश्‍वास गर!” त्यसपछि, उहाँले आफ्नो फोनमा कम्युनिस्ट पार्टीले फैलाएका केही झूटहरू देखाउँदै भन्नुभयो, “लौ हेर! तिमीले विश्‍वास गरेको सर्वशक्तिमान् परमेश्‍वर यही हो। राष्ट्रको प्रमुख तारो यही हो। विश्‍वासीहरूले आफ्नो सम्पूर्ण परिवारलाई आफूसँगै पतन गराउँछन्! आफूबारे नसोचे पनि, कम्तीमा पनि आफ्नो बच्चाको बारेमा त सोच!” त्यसपछि, अर्की काकी कराउन थालिन्, “तिमीहरू दुईले विवाह गरेको धेरै भएको छैन र कामकुरा सम्हाल्न तिमीहरूलाई सजिलो भएको छैन। यस्तो कुराको लागि तिमीले आफ्नो परिवार त फुटाउनु भएन नि! यदि तिमीले परमेश्‍वरमा विश्‍वास नगरेकी भए, के तिम्रो परिवारमा अहिले यस्तो गन्जागोल हुन्थ्यो?” सबै जनाले उहाँको कुरामा सहमति जनाउन थाले। तिनीहरू सबैले त्यस्तो बकबक गरेको सुनेर मलाई साह्रै रीस उठ्यो। त्यसपछि, मैले तिनीहरूलाई सही र कठोर तरिकामा भनें, “कसले यो परिवार फुटाउन चाहन्छ? के सही मार्ग पछ्याउनु गलत हो? कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई निन्दा र गिरफ्तार गर्छ अनि मलाई जेलमा हाल्न चाहन्छ। त्यसले तपाईंहरू सबैलाई पनि धम्काएको छ र मेरो श्रीमानलाई मसित छुटनाम गर्न कर गरेको छ। यी सबै गर्ने कम्युनिस्ट पार्टी नै हो! तपाईंहरू चिनियाँ कम्युनिस्ट पार्टीलाई घृणा गर्नुहुन्न, तर उल्टै मलाई परमेश्‍वरलाई धोका दिन लगाउन मेरो विरुद्ध त्यसैको पक्षमा खडा हुनुहुन्छ। के मेरो र परिवारको लागि सबैभन्दा राम्रो कुरा त्यही हो?” मैले त्यसो भनिसकेपछि, अर्का काकाले भन्नुभयो, “यो साँचो हो, पार्टीलाई भरोसा गर्न सकिँदैन, तर अहिले त्यसैको राज छ। यदि तिमीले परमेश्‍वरमा विश्‍वास गऱ्यौ भने, त्यसले तिमीलाई दया देखाउनेछैन। तिमी जेल जानेछौ। हामी केवल सामान्य मानिस हौं। कसरी हामी पार्टी विरुद्ध खडा हुन सक्छौं र? हेर, मेरो सल्लाह मान। आफ्नो विश्‍वास त्यागिदेऊ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको तिम्रो परिवारलाई एकसाथ बाँधिराख्नु हो!” त्यसपछि, मैले तिनीहरूलाई भनें, “अहिले झन्-झन् ठूला विपत्तिहरू आइरहेका छन्। महाविपत्तिहरू आउँदा, परमेश्‍वरको विरोध गर्नेहरू सबैले सजाय पाउनेछन्। परमेश्‍वरसामु पश्चात्ताप गर्ने विश्‍वासका मानिसहरूले मात्र उहाँको सुरक्षा पाउनेछन्। साँचो विश्‍वासीहरूले मात्र असल भविष्य र नियति पाउनेछन्। विश्‍वासविना त भविष्य कस्तो हुन सक्ला? तपाईंहरू सबै जना मेरा प्रियजनहरू हुनुहुन्छ। तपाईंहरूलाई परमेश्‍वरले बचाऊन् र विपत्तिमा नपरून् भन्ने मेरो ठूलो आशा छ, त्यसैकारण, मैले तपाईंहरूलाई बारम्बार सुसमाचार सुनाएकी छु। तर, तपाईंहरूले यो साँचो मार्ग हो भनेर बुझ्नुभए तापनि गिरफ्तार होला भन्ने डरले विश्‍वास गर्ने आँट गर्नुहुन्न। अहिले तपाईंहरू मेरो बाटोमा बाधा बनेर खडा भइरहनुभएको छ, परमेश्‍वरलाई धोका दिन लगाउन मलाई कर गर्नु हुँदैछ। विपत्तिहरू आउँदा, कम्युनिस्ट पार्टीसँगै तपाईंहरूले पनि सजाय भोग्नुपर्नेछ भनेर के तपाईंहरूलाई डर लाग्दैन?” मैले त्यसो भनेपछि, सुरुमा बोल्नुहुने मेरा काकाको अनुहार रीसले रातो भयो र रिसाउँदै मलाई धम्की दिनुभयो: “तिमीले विश्‍वास गरिरह्यौ भने, सजाय भोग्नेछौ! म प्रहरीलाई तिम्रो रिपोर्ट गरिदिन्छु, तिमी जेल जानेछौ!” उहाँले त्यसो भन्दै आफ्नो फोन निकालेर फोन लगाउन थाल्नुभयो। मेरी काकीले हतार-हतार उहाँबाट फोन लिनुभयो। मेरो काकाले त्यसो गर्नै लाग्नुभएको देखेर मलाई साह्रै दुःख लाग्यो। यो कस्तो परिवार हो? के त्यो शैतानको काम हो? मैले तिनीहरूलाई भनें, “तपाईंहरू मेरा अग्रज हुनुहुन्छ र म तपाईंहरूको आदर गर्छु, तर मेरो विश्‍वासको मार्ग रोज्ने सन्दर्भमा, कसैले पनि मेरो लागि निर्णय गरेको म चाहन्नँ! तपाईंहरूले चाहनुभएको जस्तो मैले आफ्नो विश्‍वास त्याग्ने, परमेश्‍वरलाई धोका दिने र चिनियाँ कम्युनिस्ट पार्टीलाई पछ्याउने त कुरै आउँदैन।” त्यसपछि, मेरो श्रीमानले मलाई भुइँमा पछारिनेगरि जोरसित हिर्काउनुभयो। मेरो चश्मा उछिटिएर कोठामा पुग्यो। उहाँले मलाई औँल्याउँदै चिच्याउनुभयो, “तिमी परमेश्‍वर चाहन्छौ कि यो परिवार? यदि तिमीले विश्‍वास गर्न छोडिनौ भने, म अहिले नै छुटनाम गर्नेछु!” मेरो श्रीमानले आफ्नो भविष्य जोगाउन मसित छुटनाम गर्न इच्छुक भएको मैले बुझें। मलाई साह्रै दुःख लाग्यो र कम्युनिस्ट पार्टीप्रति मेरो मन घृणाले भरियो। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरें, “मैले प्रेम गरेको कुरा गुमाउनुपरे तापनि म परमेश्‍वरलाई सन्तुष्ट पार्नेछु!” केही महिनापछि, हाम्रो छुटनाम हुने दिन आयो। मेरो श्रीमानले मलाई फोन गरेर भन्नुभयो, “भोली हामीसँगै टोली अगुवा छुटनाम प्रक्रिया सम्हाल्न नागरिक मामिला ब्यूरो जानुहुनेछ।” उहाँको कुरा सुनेर, हाम्रो यत्ति राम्रो परिवारलाई चिनियाँ कम्युनिस्ट पार्टीले फुटाइदियो भनेर सोचें। चिनियाँ कम्युनिस्ट पार्टी साह्रै दुष्ट, साह्रै घृणित छ! भोलिपल्ट, टोली अगुवाको निगरानीमा हाम्रो छुटनाम भयो। मेरो श्रीमान र म अलग बाटो लाग्यौं। मैले परमेश्‍वरलाई पछ्याइरहेँ, सुसमाचार सुनाइरहेँ र आफ्नो कर्तव्य पूरा गरिरहेँ। यो मेरो रोजाइ हो र त्यसमा म कहिल्यै अफसोस मान्नेछैनँ! परमेश्‍वरलाई धन्यवाद होस्!

१. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भनी सङ्केत गर्दछ।

२. “चोट लागेको र कुटपिट गरिएको” भनेको शैतानको राजाको कुरूप अनुहार हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

झोङ्गचेङ्ग, चीन सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय...

मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्