मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

27 फेब्रुअरी 2023

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई २००५ मा स्वीकार गरेँ। त्यो अवधिमा, मैले भेलाहरूमा सहभागी भएर अनि परमेश्‍वरका वचनहरू पढेर, पहिले कहिल्यै नसुनेका धेरै सत्यता र रहस्यहरूबारे सिकेँ: मैले परमेश्‍वरले कसरी मानवजातिलाई व्यवस्थापन गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ भन्‍ने थाहा पाएँ, र मानव जीवनको उद्देश्‍य, मूल्य र अर्थ, साथै मानिसको परिणाम र गन्तव्यबारे सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले आफ्‍नो जीवनका धेरै समस्या र कठिनाइहरू समाधान गर्न सकेँ। परमेश्‍वरमा विश्‍वास गर्दा एकदमै राम्रो लाग्थ्यो। तर मेरा श्रीमानले थाहा पाएपछि, तिनी मेरो विश्‍वासको विरोध गर्न दृढ भए। एकपटक मेरा काकालाई प्रभुमा विश्‍वास गरेको कारण चिनियाँ कम्युनिस्ट पार्टी प्रहरीले पक्राउ गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीले सबैलाई परमेश्‍वरमा विश्‍वास गर्न निषेध गर्छ भन्‍ने मेरा श्रीमानलाई थाहा थियो, र म पनि पक्राउ पर्छु र यसमा सम्पूर्ण परिवार मुछिन्छ भन्‍ने तिनलाई चिन्ता लागेको थियो, त्यसकारण उनले मेरो विश्‍वासको धेरै विरोध गरे। साथै, म त्यो बेला सब्सिच्युट शिक्षक थिएँ र स्कूलले थाहा पाएर मलाई कामबाट निकालिदिन्छ भन्‍ने चिन्ताले गर्दा, उनले मलाई धेरै दबाब र बाधा दिए।

तिनले मलाई परमेश्‍वरका वचनहरू पढ्न वा भजनहरू सुन्‍न दिँदैनथिए, भेलाहरूमा सहभागी हुन वा आफ्‍नो कर्तव्य पूरा गर्न दिनु त परको कुरा थियो। एकपटक, मैले परमेश्‍वरका वचनहरू पढिरहेको तिनले भेट्ट्ए र तिनी अत्यन्तै रिसाएको मलाई याद आयो। तिनले भने: “हाम्रो सरकारले विश्‍वास गर्न तिमीहरूलाई निषेध गर्छ, तर तँ अझै विश्‍वास गर्छस्! यदि तँलाई शिक्षा समितिको सदस्यले देख्यो भने, तैँले जागिर मात्रै गुमाउँदैनस्, तर जेलको हावा पनि खानेछस्, तेरो जमानत गर्ने मसँग पैसा छैन, त्यसकारण धेरै ढिलो हुनुभन्दा पहिले नै तैँले विश्‍वास छोडिहाल्नु राम्रो हुन्छ!” त्यसपछि पनि, मैले विश्‍वास गरिरहँदा तिनले मलाई यसो भन्दै धम्की दिए, “जबसम्‍म मेरो सास रहन्छ, तबसम्‍म तैँले विश्‍वास अभ्यास गर्ने सपनासमेत नदेखे हुन्छ!” यो सुनेर, मेरो सङ्कल्प कमजोर भयो। मैले सोचेँ: “जे गरे पनि मेरा श्रीमानले मलाई विश्‍वास अभ्यास गर्न दिनेछैनन् र तैपनि म अझै विश्‍वास गर्न जोड दिन्छु। तब तिनले मलाई के गर्छन्?” त्यही बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरू मेरो लागि एकदमै प्रेरणादायी थिए। मेरा श्रीमान मलाई धम्की दिन, विश्‍वास जबरजस्ती त्याग्‍न लगाउन कसरी चिनियाँ कम्युनिस्ट पार्टीको छलमा परेका छन् भन्‍ने बारेमा सोचेँ। यसो हेर्दा, मेरा श्रीमानले मलाई दबाब दिएर परमेश्‍वरलाई पछ्याउनबाट रोकिरहेका छन् जस्तो देखिन्थ्यो, तर वास्तवमा, शैतानले मलाई जबरजस्ती परमेश्‍वरलाई धोका दिन र उहाँको मुक्ति गुमाउन लगाउन तिनको माध्यमद्वारा काम गरिरहेको थियो। म शैतानको षड्यन्त्रमा पर्नु वा मैले त्यससँग सम्झौता गर्नु हुँदैनथियो। मैले परमेश्‍वरमा भरोसा गरेँ र उहाँका वचनहरूअनुसार चलेँ भने, उहाँले मलाई मेरा श्रीमानको जबरजस्तीलाई जित्‍न अगुवाइ गर्नुहुनेछ भन्‍ने मलाई विश्‍वास थियो। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूका पुस्तकहरू लुकाएँ र तिनी नहुँदा मात्रै म वचन पढ्थेँ, भेलाहरूमा सहभागी हुन्थेँ वा सुसमाचार प्रचार गर्थेँ। २००८ को जुलाईमा मात्रै मैले अझै पनि विश्‍वास अभ्यास गरिरहेकी र आफ्‍नो कर्तव्य पूरा गरिरहेकी छु भन्‍ने थाहा पाए, र तिनी मसँग असाध्यै रिसाए। परमेश्‍वरको वचनका पुस्तकहरू खोज्‍न र मैले भजनहरू सुन्‍न प्रयोग गर्ने एमपीफाइभ प्‍लेयर खोज्‍न तिनले पूरै घर खोतलखातल गरे। तिनले त्यो प्‍लेयरलाई कुल्चेरर टुक्रा-टुक्रा पारिदिए। तिनले मलाई विश्‍वास अभ्यास गर्नबाट रोक्‍न, दिनभरि घरमै बसेर मेरा क्रियाकलापहरू निगरानी गर्न राम्रो तलबको जागिरबाट बिदा लिए। म भेलाहरूमा सहभागिता जनाउन सक्दिनथिएँ र मलाई निकै पीडा हुन्थ्यो, त्यसकारण, मौका पाउनेबित्तिकै म मेरा ब्रदर-सिस्टरहरूलाई भेट्न खुसुक्‍क निस्केर जान्थेँ। तर अचम्‍मको कुरो, तिनले हाम्रो बारेमा रिपोर्ट गर्न प्रहरीलाई फोन गरेछन्। भाग्यवस तिनीहरूले परमेश्‍वरको वचनका कुनै पनि पुस्तकहरू वा अरू सबुत भेट्टाएनन्, त्यसकारण तिनीहरूले हामीलाई पक्राउ गरेनन्। पछि, तिनले पल्‍लो घरकी सिस्टरको घर हाम्रो भेला हुने ठाउँ हो भन्‍ने पत्ता लगाएपछि, भेलामा उपस्थित ब्रदर-सिस्टरहरूको फोटो लिए र तिनीहरूबारे रिपोर्ट गर्छु भनेर धम्की दिए। परिणामस्वरूप, ब्रदर-सिस्टरहरूले त्यहाँ निरन्तर भेला गर्ने आँट गरेनन्। मैले ब्रदर-सिस्टरहरूलाई सम्पर्क गरेको देखे भने, तिनले मलाई कि त कुट्थे कि त हप्काउँथे। तिनले अनगिन्तीपटक कुटेका छन्, र मेरो एउटा कान महिनौँसम्‍म बजिरह्यो।

त्यो अवधिमा, म प्रायजसो यो भजन गुनगुनाउने गर्थेँ: “म मेरो प्रेम र इमानदारीता परमेश्‍वरलाई चढाउने छु र परमेश्‍वरलाई महिमा दिन मेरो अभियान पूरा गर्ने छु। मैले परमेश्‍वरप्रतिको मेरो गवाहीमा दह्रिलो गरी खडा हुने र शैतानसामु कहिल्यै नझुक्ने अठोट गरेको छु। हाम्रो शिर भाँचिन र हाम्रो रगत बग्‍न सके पनि, परमेश्‍वरका मानिसहरूको मेरुदण्ड कहिल्यै निहुरने छैन। मैले परमेश्‍वरका अर्तीहरू मुटुमा बेरेर शैतान अर्थात् दियाबलसलाई लाजमा पार्ने प्रण गर्छु। पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। म मृत्युसम्‍मै उहाँप्रति विश्‍वासी र आज्ञाकारी हुने छु। म परमेश्‍वरलाई कहिल्यै रुवाउने छैन र म उहाँलाई कहिल्यै चिन्तित तुल्याउने छैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु)। कसरी मैले परमेश्‍वरको असीम प्रेमले गर्दा मात्रै सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरलाई पछ्याउने र उहाँको मुक्ति पाउने सौभाग्य पाएकी थिएँ भनेर सोचेँ। शैतानको अघि झुक्‍नुभन्दा म मर्न तयार थिएँ र परमेश्‍वरलाई कहिल्यै पनि धोका दिनेथिइनँ। मेरा श्रीमानले मलाई जति दबाब दिए, मैले त्यति नै परमेश्‍वरलाई पछ्याउनुपर्थ्यो, दह्रिलो गरी खडा भएर शैतानलाई लाजमा पार्नुपर्थ्यो। यदि मैले निरन्तर भेलाहरूमा सहभागिता जनाइरहेँ वा आफ्‍नो कर्तव्य पूरा गरिरहेँ भने श्रीमानले मलाई निरन्तर कुटपिट गर्नेछन्, र तिनले अरू ब्रदर-सिस्टरहरूको रिपोर्ट गर्नेछन् भन्‍ने मण्डलीलाई चिन्ता भयो, त्यसकारण तिनीहरूले मलाई भेलाहरूमा सहभागी नभई घरमै परमेश्‍वरको वचन पढ्न अनुरोध गरे।

त्यसपछिका तीन वर्षसम्‍म, म श्रीमान बाहिर गएको मौका छोपेर परमेश्‍वरको वचन लुकेर पढ्थेँ, कहिलेकहीँ सङ्गति गर्न छिमेकी सिस्टरकहाँ जान्थेँ अनि साथीसँगी र परिवारलाई सुसमाचार सुनाउँथेँ। म त पिँजडाको चराजस्तै बन्धनमा थिएँ। म ब्रदर-सिस्टरहरूसँगसँगै समय बिताएका, सत्यतामा सङ्गति गरेका, परमेश्‍वरको प्रशंसाका भजनहरू गाएका पलहरूबारे सोच्थेँ, ती पलहरू कति सुखद र सुन्दर थिए! मानवजातिलाई मुक्ति दिने परेश्‍वरका आखिरी दिनहरूको काम भनेको जीवनमा एकपटक मात्र हुने घटना, र सोच्नै नपाई झट्टै गइहाल्ने अवसर हो, त्यसकारण मैले यसलाई गुमाउनु हुँदैनथियो भनेर पनि मैले सोचेँ। मलाई सामान्य मण्डली जीवन जिउने, अरूसँगसँगै सुसमाचार सुनाउने र परमेश्‍वरको गवाही दिने धेरै इच्‍छा लाग्थ्यो, तर यी सबै रित्तो आशा मात्रै बनेका थिए। म अत्यन्तै निराश र दुःखी भएँ र प्रायजसो एकलै लुकेर रुने गर्थेँ। मलाई यसो भन्दै चिच्याउन मन लाग्थ्यो: “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सही मार्गमा हिँड्नु हो। मैले सही निर्णय गरेकी छु। किन मेरो समस्या हट्दैन?” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा, मैले परमेश्‍वरलाई विरोध गर्ने चिनियाँ कम्युनिस्ट पार्टी दानवहरूको सत्यता छर्लङ्गै देखेँ। चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि नै, तिनीहरूले कसरी बिनाकराण नास्तिकवादको प्रचारबाजी गर्दै आएका छन् भन्‍नेबारे मैले विचार गरेँ, “यावत् थोक प्राकृतिक रूपमा विकसित भए,” “मानिस बाँदरबाट विकसित भई आयो,” “मुक्तिदाता कहिल्यै आएका छैनन्,” इत्यादि कुरा तिनीहरू भन्छन्। तिनीहरूले मानिसहरूलाई धोका दिन यी हास्यास्पद सिद्धान्तहरू प्रयोग गरेका छन्, तिनीहरूको उद्देश्य मानिसहरूलाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन, तिनीहरूसँगैसँगै परमेश्‍वरको विरोध गर्न, अनि अन्त्यमा परमेश्‍वरद्वारा नष्ट हुन र चिहानका सामग्री बन्‍न लगाउनु हो। आखिरी दिनहरूमा, अहिले मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभएको छ, त्यसकारण चिनियाँ कम्युनिस्ट पार्टीले ख्रीष्टलाई पागलले झैँ खेदो गरिरहेको छ र इसाईहरूलाई बिनाकारण पक्राउ गरिरहेको र सताइरहेको छ, यसको उद्देश्य परमेश्‍वरका आखिरी दिनहरूको कामलाई दमन गर्नु र चीनमा नास्तिक प्रभुत्व स्थापना गर्नु हो। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्‍वरलाई शत्रुको रूपमा हेर्ने शैतानी फौज हो। यो हत्यारा, शैतानको परमेश्‍वरविरोधी अवतार हो। मलाई मेरा श्रीमानले दबाब दिएर विश्‍वास अभ्यास गर्न रोक्नुको कारण के थियो भने, चिनियाँ कम्युनिस्ट पार्टीको नास्तिक दर्शनले तिनको ब्रेनवाश भएको थियो। तिनले परमेश्‍वरमा विश्‍वास गर्दैनथिए र मलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गर्‍यो भने तिनी मुछिन्छन् भन्‍ने तिनलाई डर थियो, त्यसकारण परमेश्‍वरमाथिको मेरो विश्‍वासको कडा विरोध गर्थे। मैले भोगिरहेका सबै कष्ट दुष्ट शासक चिनियाँ कम्युनिस्ट पार्टीको कार्य थियो। मलाई त्यो शैतानी षड्यन्त्रप्रति हृदयदेखि घृणा जाग्यो। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, मेरा श्रीमानले चिनियाँ कम्युनिस्ट पार्टीको पछि लागेर मलाई दमन गरिरहे, मलाई परमेश्‍वरका वचनहरू पढ्न, भेलाहरूमा जान वा आफ्‍नो कर्तव्य पूरा गर्न दिएनन्, मलाई अनगिन्तीपटक कुटपिट गरे अनि मलाई र ब्रदर-सिस्टरहरूलाई प्रहरीकहाँ रिपोर्टसमेत गरे। मलाई श्रीमानको प्रकृति र सार सत्यता र परमेश्‍वरलाई घृणा गर्ने किसिमको छ, र मैले घरमै बसेर विश्‍वास अभ्यास गर्ने प्रयास गरेँ भने तिनले मलाई सधैँ दमन गर्नेछन् भन्‍ने महसुस भएपछि, मैले धेरैपटक डिभोर्स गरेर साँच्चै विश्‍वास अभ्यास गर्न र आफ्‍नो कर्तव्य पूरा गर्न घर छोडेर जाने बारेमा सोचेँ। तर जब-जब घर छोड्ने बारेमा सोच्थेँ, तब मलाई मेरो छोराको चिन्ता लाग्थ्यो। तिनी भर्खर किशोर अवस्थामा नै थिए—आमा गुमाउँदा तिनलाई गाह्रो हुनेथियो! घरमा म उसलाई बाइबलका कथाहरू पढेर सुनाउन, ऊसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गर्न, र उसलाई परमेश्‍वरको अघि ल्याउन सक्थेँ। म गएँ भने, उसलाई कसले पो विश्‍वासमा डोर्‍याउनेथियो र? यसबारे विचार गर्दा, मलाई निकै कमजोर महसुस हुन्थ्यो, श्रीमानसँग छुटनाम गर्ने साहस हराउँथ्यो, र म चुपचाप आफ्‍नो बँधुवा जीवनलाई सहेर बस्थेँ। कष्टले विक्षिप्त भएपछि, म परमेश्‍वरअघि आएर प्रार्थना गर्थेँ र लुकीछिपी उहाँका वचनहरू पढ्थेँ। त्यसपछि मात्रै मलाई अलिक सान्त्वना मिल्थ्यो।

२०११ को अक्टोबरमा, म एक-दुईवटा भेलाहरूमा लुकेर सुटुक्क गएँ। मेरा श्रीमानले ब्रदर-सिस्टरहरूलाई तिनीहरूले मलाई आउन दिए भने, अर्कोपटक तिनीहरूसँग यति राम्रो मुखले कुरा गर्नेछैनँ भनेर भने। तिनले मलाई पनि यसो भन्दै धम्की दिए: “जबसम्‍म यहाँ बस्छस्, तँलाई म परमेश्‍वरमा विश्‍वास गर्न दिनेछैनँ! विश्‍वास गर्न चाहन्छस् भने, तैँले यो परिवार छोड्नुपर्छ!” तिनले यसो भनेको सुन्दा मलाई अत्यन्तै दुःख लाग्यो। छक्कलाग्दो, हामीले यतिका वर्ष सँगै बिताएका पलबारे तिनले अलिकति पनि नसोची मैले परमेश्‍वरमा विश्‍वास गरेकै आधारमा मलाई निकाल्‍ने रहेछन्। त्यो बेला, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्डको याद आयो: “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरू एकदमै साँचो रहेछन्। मानिसहरूको बीचमा साँचो प्रेम छैन। श्रीमान र श्रीमतीबीचको प्रेम साझे लाभको मान्यतामा आधारित छ। मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, मेरा श्रीमानले मलाई कहिल्यै पनि त्यस्तो व्यवहार गरेका थिएनन्। तर मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण तिनी त्यसमा मुछिएला भन्‍ने चिन्ता लागेपछि, तिनले हाम्रो विवाहका यतिका वर्षलाई अलिकति पनि विचार गरेनन्, बरु मलाई कुटपिट गरे र घरबाट निकाल्‍ने धम्कीसमेत दिए। के तिनी आफ्‍नो हितको रक्षा गर्न मात्रै त्यति निर्दयी भएका थिएनन् र? मैले त्यो महसुस गरेपछि, मनमनै सोचेँ: “तिनले मलाई पन्छाउने कोसिस गरिरहेका हुनाले, म पनि घर छोडेर परमेश्‍वरमा विश्‍वास गर्न र आफ्‍नो कर्तव्य पूरा गर्न स्वतन्त्र हुनुपर्ला।” पछि, मेरो छोरा उसकी फुपूसँग ट्युसन पढिरहेको बेला, म लगभग ५० किलोमिटर टाढा रहेको मण्डलीमा गएँ, र बल्‍ल मण्डली जीवन जिउन र आफ्‍नो कर्तव्य पूरा गर्न पाएँ। तर त्यो बेला, मलाई अझै पनि छोराको चिन्ता लागिरहेको थियो। मलाई फुर्सत हुँदा वा बिदाको समयमा बालबच्‍चाहरू स्कूल छुट्टी भएपछि आफ्‍ना आमाबुबाकहाँ आएको देख्दा, मेरो छोरा म घरमा नभएकोले पक्‍कै पनि दुःखित होला भन्‍ने लाग्थ्यो र उसलाई भेट्न घर जान मन लाग्थ्यो। तर मलाई श्रीमानले कुटपिट गर्छन्, दमन गर्छन् र हप्काउँछन् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसैले जाने आँट आउँदैनथियो। लुकेर आँसु झार्नेबाहेक म केही पनि गर्न सक्दिनथिएँ।

त्यसपछि, सेप्टेम्‍बर २०१२ को एक दिन, मैले मेरा भिनाजुलाई सडकमा भेटेँ र तिनले मलाई घर फर्केर आउन कर गरे। म घर फर्केपछि, मेरा श्रीमानले पूरै परिवार बोलाएर भेला गरे। तिनले मलाई रोक्ने प्रयास गर्न आफ्ना दाजु र भाइ, मेरा सौतेनी बुबा र भेनाजुलाई बोलाए। मेरा जेठाजुले मलाई यसो भन्दै धम्की दिए: “तिमी मेरी बुहारी नभएकी भए, म कल गरेर तिमीलाई सार्वजनिक सुरक्षा ब्यूरोमा पठाइहाल्‍नेथिएँ।” मेरा सौतेला बुबाले मेरा श्रीमानलाई मेरा कार्यहरू दमन गर्न प्रोत्साहन दिँदै आगोमा घिउ हाले। परिस्थिति त्यस्तो देखेर, यति धेरै मानिस परमेश्‍वरमाथिको मेरो विश्‍वासविरुद्ध भएकाले, भविष्यमा मेरा श्रीमानले मलाई अझै बढी दमन गर्नेछन् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मैले बुद्धिमानीपूर्वक म आफ्‍नो जीवन जिउन घर आएकी हुँ भनेर बताएँ। त्यसपछि मात्रै मेरा आफन्तहरू चुप लागे। घर आएको तेस्रो दिन, मेरो मण्डली अगुवा छिमेकी सिस्टरकहाँ आएको देखेँ, त्यसकारण म मण्डलीका भेलाहरूबारे उनलाई सोध्‍न उत्साहित हुँदै गएँ। अचम्‍मको कुरो, मेरा श्रीमानले मलाई पछ्याउँदै आएर आक्रमक शैलीमा घर फर्किहाल् भनेर कराए। म मेरा सिस्टरहरूलाई समस्यामा पार्न चाहँदिनथिएँ, त्यसकारण म तुरुन्तै घर फर्केँ। मण्डली अगुवा सिस्टरको घरबाट निस्केपछि, मेरा श्रीमानले साबेल लिएर उनलाई धम्की दिए: “अबदेखि यतातिर फेरि आयौ भने, राम्रो हुनेछैन!” त्यसपछि, तिनी भान्छाबाट चक्‍कु निकालेर सिस्टरलाई प्रहार गर्ने मनसायले उनको घरमा सटासट पसे, र सिस्टरका श्रीमान र म तिनलाई पक्रिन हतार-हतार जानुपऱ्यो। त्यसपछि, मेरा ब्रदर-सिस्टरहरूलाई खतरामा पार्छु होला भन्‍ने डरले म तिनीहरूसँग भेला हुन छोडेँ।

त्यो अवधिमा, मलाई धेरै मानसिक पीडा भयो, र प्रायजसो लुकेर रुन्थेँ। एकपटक, श्रीमान बाहिर गएपछि म एक जना सिस्टरसँग कुरा गर्न खुसुक्‍क बाहिर गएँ, तर म घर फर्किरहेको बेला, गाडीबाट मेरा श्रीमानले मलाई देखेछन्। तिनले गर्जिँदै मलाई यसो भने: “तँलाई म यही कारले किचिदिन पनि सक्छु, तँलाई थाहा छ?” यो सुनेर, म त भावशून्य भएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण तिनी मलाई कारले किच्‍न चाहन्थे। यो कुराले गर्दा मैले मेरा श्रीमान परमेश्‍वरलाई घृणा गर्ने पिशाच हुन्, र तिनले मलाई दमन गर्न कहिल्यै छोड्नेछैनन् भन्‍ने कुरा अझै स्पष्ट रूपमा देखेँ। त्यो घरमा बसेर म आफ्‍नो विश्‍वास अभ्यास गर्न सक्दिनथिएँ, त्यसकारण मेरो एक मात्र विकल्‍प भनेको त्यहाँबाट जानु थियो। तर छोडेर जानेबारे सोच्दा, मलाई असाध्यै नरमाइलो लाग्यो। छोरासँग मेरो भर्खरै भेट भएको थियो र म फेरि गएँ भने तिनलाई अत्यन्तै गाह्रो हुनेथियो! म गएँ भने, तिनलाई कसले परमेश्‍वरमा विश्‍वास गर्न र सही मार्गमा हिँड्न डोऱ्यानेछ? यसबारे जति सोचेँ, त्यति नै मलाई छोरालाई छोडेर जान गाह्रो भयो। परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेबाहेक म अरू केही गर्न सक्दिनथिएँ: “प्यारो परमेश्‍वर! मेरा श्रीमानले मलाई दमन गरिरहन्छन् र बाधा दिइरहन्छन्। म यहाँबाट जान चाहन्छु ताकि आफ्‍नो विश्‍वास अभ्यास गर्न सकूँ, तर म छोरालाई छोड्न सक्दिनँ। प्यारो परमेश्‍वर! के गर्ने भनेर मैले निर्णय गर्न सकेकी छैनँ र बिन्ती छ, मलाई अन्तर्दृष्टि दिनुहोस् र अगुवाइ गर्नुहोस्।” त्यसपछि, मैले परमेश्‍वरको वचनहरूको एउटा भजन भेट्टाएँ: “के यो छोटो समयको लागि मानिसहरूले आफ्‍नो देहलाई पन्छाउन सक्दैनन्? मानिस र परमेश्‍वर बीचको प्रेमलाई के कुराले चिरा पार्न सक्छ? मानिस र परमेश्‍वर बीचको प्रेमलाई कसले छुटाउन सक्छ? के यो आमाबाबु, पति, दिदीबहिनी, पत्‍नी हुन् कि पीडादायी शोधन हो? के विवेकबाट आएका भावनाहरूले मानिसभित्रको परमेश्‍वरको स्वरूपलाई मेटाउन सक्छ? के एक-अर्काप्रतिको मानिसहरूको ऋणीपन र कार्यहरू तिनीहरू आफैले ल्याएको कुरा हो? के तिनलाई मानिसले समाधान गर्न सक्छ? कसले आफैलाई रक्षा गर्न सक्छ? के मानिसहरूले आफैले आफ्‍नो भरणपोषण गर्न सक्छन्? जीवनमा दह्रिला हुनेहरू को हुन्? को मलाई छोडेर आफै जिउन सक्छ? बारम्‍बार, परमेश्‍वरले किन सबै मानिसहरूलाई आत्म-चिन्तनको काम गर्न लगाउनुहुन्छ? परमेश्‍वरले किन यसो भन्‍नुहुन्छ, ‘तैपनि कसका कठिनाइ तिनीहरूका आफ्‍नै हातले ल्याएका हुन्छन् र?’(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, के मानिसले यो छोटो समयको लागि आफ्‍नो देहलाई पन्छाउन सक्दैन र?)। परमेश्‍वरको वचनले ममा गहन प्रभाव पार्‍यो र मलाई निकै ग्‍लानि भयो। परमेश्‍वर कसरी मानवजातिलाई मुक्ति दिन देहधारी हुनुभएको छ, र ठूलो अपमान सहँदै र आफ्‍नो मुक्तिका पात्र, मानवजातिलाई आफ्‍नो सारा प्रेम प्रदान गर्दै ठूलो धैर्यका साथ मानिसहरूमाझ सत्यता व्यक्त गर्नुहुन्छ र आफ्‍नो काम गर्नुहुन्छ भन्‍ने बारेमा मैले विचार गरेँ। परमेश्‍वरले मानिसलाई मुक्ति दिन सहनुभएका सबै कष्टहरूबारे विचार गर्दा, उहाँको प्रेम कति धेरै व्यावहारिक छ भन्‍ने मैले महसुस गरेँ। हामीले खडा भएर उहाँको इच्‍छा खोजी गर्नेछौँ, र सुसमाचार सुनाउन र उहाँको गवाही दिन सबै कुरा पन्छ्याउनेछौँ भन्‍ने परमेश्‍वर आशा गर्नुहुन्छ। यो हामीप्रतिको परमेश्‍वरको प्रेम हो। तर म स्वार्थी थिएँ, म गएँ भने मेरो छोरालाई हेरचाह गर्ने कोही हुनेछैन भनेर मात्रै सोचेँ, तर परमेश्‍वरको इच्‍छा खोज्न चुकेँ। म कमजोर, बेकार, र अविवेकी भएकोमा अनि परमेश्‍वरलाई पछ्याउन सबै कुरा पन्छ्याउन नसकेकोमा मलाई आफूप्रति घृणा जाग्यो। मैले आफ्‍नो छोरालाई छोड्न नसकेको हुनाले, म घरमै फसेर श्रीमानको कुटाइ खाँदै थुनिएर बन्धनमा बस्‍नुपरेको थियो, परमेश्‍वरको वचन पढ्ने मौका थिएन, झन् सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अवसर पाउनु त परको कुरा थियो। सत्यताको पछि लाग्‍ने र परमेश्‍वरलाई प्रेम गर्ने अलिकति पनि सङ्कल्प ममा थिएन। अब्राहाम आफ्‍नो एक मात्र छोरा परमेश्‍वरलाई चढाउन तयार थिए, तर किन म सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न, सत्यता पछ्याउन, र परमेश्‍वरको मुक्ति प्राप्त गर्न आफ्नो छोरासँग अस्थायी रूपमा छुटिन सकिनँ? मैले आफ्‍नो छोरालाई छोड्न नसक्नुले गर्दा आफ्नो कर्तव्यलाई पन्छाउन सक्दिनथेँ। परमेश्‍वरको मुक्तिको काम समाप्त हुन लागेको छ र महाविपत्तिहरू चाँडै आउनेछन् भन्‍ने मलाई थाहा थियो। घरमा, म परमेश्‍वरका वचनहरू पढ्न, भेलाहरूमा सहभागी हुन वा आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदिनथिएँ; यदि यस्तै भइरह्यो भने, मैले सत्यता प्राप्त गर्नेथिइनँ र असल कार्यहरू तयार पार्न सक्दिनथिएँ। म आउँदै गरेका कुनै पनि विपत्तिहरूमा नाश हुनेथिएँ। त्यसपछि त मैले आफ्नो छोरालाई कसरी सही मार्गमा डोऱ्याउनेथिएँ र? के मेरो छोराको भाग्य पनि परमेश्‍वरकै हातमा थिएन र? उसले कति कष्ट भोग्‍नुपर्छ वा सही मार्गमा पाइला टेक्‍न सक्छ कि सक्दैन भन्‍ने कुरा मेरो नियन्त्रणमा थिएन। यो महसुस गरेपछि, मेरो चिन्ता अलिक कम भयो।

त्यसपछि, मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ, सत्यताबारे थप सिकेँ अनि अन्तिममा मेरो छोराबारे चिन्ताहरू गर्न छोडिदिएँ। मैले यो खण्ड पढेँ। “जन्‍म दिने र हुर्काउने बाहेक, अभिभावकको रूपमा रहेको आमाबाबुको जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्कनको निम्ति औपचारिक वातावरण दिनु मात्रै हो, किनभने सृष्टिकर्ताको पूर्वनिर्धारित योजनाले बाहेक व्यक्तिको नियतिमा अरू केहीले पनि प्रभाव पार्दैन। आफ्‍नो भविष्य कस्तो हुनेछ भनेर कसैले पनि नियन्त्रण गर्न सक्दैन; धेरै पहिले अग्रिम रूपमा नै यसको पूर्वनिर्धारण गरिएको हुन्छ, र व्यक्तिको बाबुआमाले समेत उसको नियति परिवर्तन गर्न सक्दैन। नियतिको बारेमा भन्दा, हरेक व्यक्ति स्वतन्त्र हुन्छ, र हरेकको आ-आफ्‍नै नियति हुन्छ। त्यसैले, कसैको बाबुआमाले उसको जीवनको नियतिलाई रोक्‍न वा उसले जीवनमा खेल्‍ने भूमिकामा अलिकति पनि प्रभाव पार्न सक्दैन। के भन्‍न सकिन्छ भने, व्यक्तिले जुन परिवारमा जन्‍मिने र जुन वातावरणमा हुर्कने नियति ल्याएर आएको हुन्छ, त्यो जीवनमा व्यक्तिको मिसनलाई पूरा गर्ने पूर्वसर्त बाहेक केही पनि होइन। तिनीहरूले कुनै पनि हालतमा व्यक्तिको जीवनको नियतिलाई निर्धारित गर्दैनन् वा जुन प्रकारको नियतिमा व्यक्तिले आफ्‍नो मिसन पूरा गर्छ त्यसलाई निर्धारित गर्दैनन्। यसरी, जीवनमा व्यक्तिको मिसनलाई हासिल गर्नमा उसलाई उसका बाबुआमाले सहयोग गर्न सक्दैनन्, त्यसै गरी, कसैका आफन्तले व्यक्तिलाई उसको जीवनको भूमिका निर्वाह गर्न सहयोग गर्न सक्दैनन्। व्यक्तिले आफ्‍नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जिउने वातावरणमा आफ्‍नो भूमिका निर्वाह गर्छ त्यसलाई पूर्ण रूपमा व्यक्तिको जीवनको नियतिले नै निर्धारित गर्छ। अर्को शब्‍दमा भन्दा, अरू कुनै पनि वस्तुगत अवस्थाहरूले व्यक्तिको मिसनलाई प्रभाव पार्न सक्दैन, जसलाई सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सबै मानिसहरू तिनीहरू हुर्केको वातावरणमा नै परिपक्‍व हुन्छन्; त्यसपछि, क्रमिक रूपमा, तिनीहरू जीवनको आफ्‍नै मार्गमा हिँड्न सुरु गर्छन् अनि सृष्टिकर्ताले तिनीहरूका लागि योजना गरिदिनुभएका नियतिहरूलाई पूरा गर्छन्। स्वाभाविक रूपमा, अनायासै, तिनीहरू मानवजातिको विशाल समुद्रमा मिसिन्छन् अनि तिनीहरूको आफ्‍नै जीवनका पदहरू धारण गर्छन्, जहाँ सृष्टिकर्ताको पूर्वनिर्धारित नियतिको खातिर, उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृष्टि गरिएका प्राणीहरूका रूपमा आफ्ना जिम्‍मेवारीहरूलाई पूरा गर्न थाल्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। मैले परमेश्‍वरका वचनहरू पढेर, बच्‍चाको भाग्य उसका आमाबुबासित सम्बन्धित हुँदैन, तर परमेश्‍वरको सार्वभौमिकताद्वारा निर्धारित हुन्छ भन्‍ने महसुस गरेँ। मेरो छोराको भाग्य परमेश्‍वरको हातमा थियो। मेरो छोराले कति धेरै कष्ट भोग्छ वा सही मार्गमा पाइला चाल्छ कि चाल्दैन भन्‍ने कुरालाई म नियन्त्रण गर्न सक्दिनथिएँ—यो सबै परमेश्‍वरका बन्दोबस्तहरूको अधीनमा थिए। मलाई योसेफको बारेमा याद आयो: तिनलाई सानै उमेरमा मिश्रको दासत्वमा बेचिएको थियो र तिनी आफ्ना आमाबुबाको हेरचाह र मार्गदर्शन पाउन वञ्चित भएका थिए, तर यहोवा परमेश्‍वर तिनको साथमा हुनुहुन्थ्यो। फारोको गार्डको कप्तानकी पत्‍नीले तिनलाई जसरी लोभ्याए पनि, तिनी कहिल्यै छलमा परेनन्। साथै, योसेफले मिश्रमा धेरै कठिनाइहरू भोगे, तर यी घटनाहरूले वास्तवमा तिनको सङ्ककल्पलाई बलियो बनाए र तिनलाई परमेश्‍वरमा भरोसा गर्न सिकाए। आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो घर छोडेर नजाने ती ब्रदर-सिस्टरहरूबारे सोचेर हेर्दा—तिनीहरूले प्रायजसो आफ्‍ना छोराछोरीलाई विश्‍वासको अभ्यास गर्न र सही मार्गमा हिँड्न प्रोत्साहन दिए, र कतिपय बालबच्‍चाले विश्‍वास अभ्यास गरे र परमेश्‍वरलाई सही मार्गमा पछ्याए, तर अरू चाहिँ सांसारिक दुष्ट प्रचलनहरूमा फँसे र झन्-झन् पतित हुँदै गए। बच्‍चा सही मार्गमा हिँड्छ-हिँड्दैन भन्‍ने कुरा उसको आमाबुबाको साथले होइन, तर ऊसँग सत्यतालाई प्रेम गर्ने प्रकृति छ कि छैन र परमेश्‍वरले उसलाई त्यसो गर्न पूर्वनिर्धारण गर्नुभएको छ कि छैन, त्यसमा निर्भर हुन्छ। यदि मेरो छोरामा मानवता छ र ऊ परमेश्‍वरको मुक्तिको पात्र हो भने, म तिनको साथमा बसिनँ भने पनि, ऊ स्वास्थ्य भएर हुर्कनेथियो र उसले परमेश्‍वरलाई विश्‍वास गर्नेथियो। यो सबै परमेश्‍वरको हातमा थियो—मैले यसको चिन्ता लिनुपर्दैनथियो। मैले विश्‍वासीको रूपमा बिताएको वर्षौंको अवधिमा परमेश्‍वरका वचनहरूका धेरै मलजल र भरणपोषण प्राप्त गरेकी थिएँ, तर म छोराप्रतिको मोहले गर्दा सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न असक्षम थिएँ। कति स्वार्थी! मैले सुसमाचार प्रचार गरेर, परमेश्‍वरको निम्ति गवाही दिएर, अनि धेरैभन्दा धेरै मानिसहरूलाई उहाँको घरमा ल्याएर उहँको प्रेमको ऋण तिर्नुपर्थ्यो। फेब्रुवरी २०१३ मा, मैले मेरो परिवार छोडेर टाढाको सहरको मण्डली जान ट्रेन समातेँ।

ट्रेन मेरो छोराको स्कूल नजिकबाट जाँदा, मैले ऊ पढ्ने स्कूल भवनतिर नियालेँ र मनमनै सोचेँ: “म उसलाई फेरि कहिले भेट्छु, कसलाई थाहा छ र।” मैले आँसु रोक्‍नै सकिनँ। यो कुराले गर्दा मलाई दुष्ट शैतानको अधिनायकवादी शासनप्रति झनै घृणा जाग्यो। त्यसले मलाई मेरो परिवारबाट अलग गरेको थियो र विश्‍वास अभ्यास गर्न र आफ्‍नो कर्तव्य पूरा गर्नबाट रोकेको थियो। त्यो बेला, मलाई ख्रीष्टले सर्वोच्‍च शासन गर्नुहुने आनन्दमय र स्वतन्त्र समयको अझै धेरै तृष्णा जाग्यो र यसले सत्यता पछ्याउने र ज्योतिको निम्ति लागिपर्ने मेरो जाँगरलाई झन् बढायो। मैले मनमनै परमेश्‍वरका वचनहरूको यो भजन गाएँ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, सबैभन्दा अर्थपूर्ण जीवन)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के महसुस गरेँ भने, मैले यस्तो प्रतिकूल वातावरणमा परमेश्‍वरलाई पछ्याउनुपर्छ र आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ भनेर परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको थियो—परमेश्‍वरले मलाई डोर्‍याइरहनुभएको मार्ग यही थियो। सृष्टि गरिएको प्राणीको रूपमा, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन, सत्यता खोजी गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्यनिष्ठा भई आफ्‍नो कर्तव्य पूरा गर्न अनि दुष्ट शैतानलाई लाजमा पार्न तयार थिएँ। यो महसुस गरेपछि, मलाई निकै शान्ति र सहज महसुस भयो। मलाई मेरा श्रीमानको बन्धनबाट मुक्त हुन अगुवाइ गर्नुभएकोमा, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न र सही मार्गमा हिँड्न दिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

त्यसपछि, मैले घरबाट टाढा रहेर मण्डलीमै आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेकी छु। यी वर्षहरूमा, मैले परमेश्‍वरका वचनहरू र काम अनुभव गरेकी छु, केही सत्यता बुझेकी छु, र मैले अलिक धेरै कुरा प्राप्त गरेकी जस्तो महसुस भएको छ। परमेश्‍वरलाई उहाँको अगुवाइको लागि धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सबैभन्दा अर्थपूर्ण निर्णय

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...

आजका फरिसीहरू को हुन्?

जिङ्मो, मलेशिया म इसाई भएको २२ वर्ष भयो, मुख्यतः मण्डलीका वित्तीय मामिला र बाल-सङ्गति सम्हाल्छु। मेइ २०१७ मा मैले फ्रान्सकी सिस्टर जेनलाई...

मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न खोज्दा

सन् २०१८ को मार्चमा, मेरा आफन्तहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाए र मलाई अनलाइन भेलामा सहभागी हुन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्