एक विश्‍वासीले वृद्धावस्थामा भोगेका कठिनाइहरू

25 अप्रिल 2023

सन् २००७ को शरद ऋतुमा, म र मेरी श्रीमतीले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकाऱ्यौँ। हामी हरेक दिन परमेश्‍वरको वचन पढ्थ्यौँ, ब्रदर-सिस्टरहरूसँग भेला हुन्थ्यौँ र आफ्‍नो कर्तव्य पूरा गर्थ्यौँ, यसरी जीवनको भरपूर आनन्द लिन्थ्यौँ। हामी परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ थियौँ। सुरुमा, हाम्रा छोरा-बुहारी हाम्रो विश्‍वासको समर्थन गर्थे। तर राम्रो कुरा टिक्दो रहेनछ। अर्को वर्ष, हाम्री बुहारीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीविरुद्ध आरोपहरू लगाइएका कम्युनिस्ट पार्टीका केही झूटा समाचारहरू देखेछिन्, र उनीलाई पत्यार लागेछ। उनले हामी पार्टीविरुद्ध छौँ भनेर भनिन् र हाम्रो विश्‍वासको विरोध गर्न थालिन्। ब्रदर-सिस्टरहरू भेलाको लागि आउँदा, उनले अनुहार बिगारेर तिनीहरूलाई भित्र पस्न दिँदिनथिइन्, र कहिलेकाहीँ तिनीहरूको अगाडि हामीसँग झर्किन्थिन्।

अनि एक दिन तिनले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको विश्‍वासीलाई पत्ता लगायो भने, उसका तीन पुस्ता बरबाद हुनेछन् भन्दै हामीलाई जबरजस्ती विश्‍वास त्याग्‍न लगाउन खोजिन्। तिनीहरूका सन्तान कलेजमा, सेनामा, पार्टीमा भर्ना हुन, वा अधिकारी बन्‍न पाउनेछैनन्। तिनीहरूलाई जागिर वा जीवन साथी भेट्टाउन गाह्रो हुनेछ। उनले त्यसो भनेपछि मलाई रिस उठ्यो। मैले उनलाई भनेँ, “मानिसहरूको भाग्य परमेश्‍वरको हातमा हुन्छ। अन्तिम निर्णय कम्युनिस्ट पार्टीको हातमा छैन।” तिनले रिसाउँदै भनिन्, “अहिले पार्टी शक्तिमा छ। तिनीहरूले कलेज जान पाउँदैनस् भन्छन् भने, जान पाइँदैन। जागिर दिएन भने, जागिर पाइँदैन। तपाईंको विश्‍वासले तपाईंका नातिनातिनाको भविष्यमा असर पार्दै छ!” त्यसपछि तिनी रिसाउँदै बाहिर गइन्। तिनले नदिएकीले ब्रदर-सिस्टरहरू हाम्रो घरमा भेलाको लागि आउन पाएनन्, त्यसकारण हामीले छ महिनासम्‍म मण्डली जीवन बिताउन पाएनौँ। सुरुमा हामी विश्‍वासी बनेपछि, हाम्री बुहारीले हामी निकै उत्साहित भएका र हाम्रो स्वास्थ्य सुध्रिएको देखेकी थिइन्, र तिनले निकै समर्थन गरिन्। तर कम्युनिस्ट पार्टीका झूटहरूको छलमा परेपछि, तिनी हाम्रो शत्रुजस्तै बनेकी थिइन्, दिनभरि हामीलाई गाली गर्थिन् र विश्‍वास छोडिहाल्नू भन्थिन्। अरू गाउँलेहरूले पनि हामीलाई गिल्‍ला गर्थे। मलाई अलिक कमजोर महसुस भयो, परमेश्‍वरमा विश्‍वास गर्नु साह्रै गाह्रो रहेछ जस्तो लाग्यो, त्यसकारण मैले तुरुन्तै प्रार्थना गरेँ। मैले परमेश्‍वर कसरी दुवैपटक देह बन्‍नुभयो र मानवजातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभयो भनेर सम्झेँ। उहाँलाई मानवजातिले तिरस्कार र निन्दा गरे। परमेश्‍वर सर्वोच्‍च र महान् हुनुहुन्छ, तैपनि मानवजातिलाई मुक्ति दिनकै लागि उहाँले यो अपमान र दुःख सहनुभयो। अनि मचाहिँ भ्रष्ट मानवको रूपमा मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गर्छु, तर मेरी बुहारीको हेपाइ र अपमान, र छिमेकीहरूबाटको गिल्‍ला र बदनामीको कारण, मैले नकारात्मक बनेर गुनासो गरेँ। यो अत्यन्तै अविवेकी कार्य थियो। त्यो कष्ट मैले आफ्‍नो विश्‍वास र सत्यताको खोजीमा भोग्‍नुपर्ने कष्ट थियो, त्यसकारण मैले परमेश्‍वरमा भरोसा गरेर अघि बढ्ने सङ्कल्प गर्नुपर्थ्यो। मेरी श्रीमती र मैले घरमा कर्तव्य पूरा गर्न नसक्‍ने भएकाले, हामी सुसमाचार सुनाउन बाहिर जान सक्थ्यौँ। हामीले गर्नुपर्ने अर्को कर्तव्य त्यही हो! पछि हामी केही ब्रदर-सिस्टरहरूसँग काम गर्न बाहिर गयौँ र चाँडै नै हामीले १० जना साथीहरू र इष्टमित्रलाई परमेश्‍वरमा ल्यायौँ। त्यसपछि, हामीले सुसमाचार सुनाउने अझै धेरै उत्साह पायौँ।

सन् २०१२ को डिसेम्‍बरमा, धर्मका एक व्यक्तिले मैले सुसमाचार प्रचार गरेको रिपोर्ट गरेछन् र पुलिसले मलाई धेरै घण्टासम्‍म थुना केन्द्रमा राखे। मेरो वृद्धास्था र तिनीहरूले मबाट कुनै जानकारी पाउन नसकेकाले मात्रै तिनीहरूले मलाई छोडिदिए। गाउँमा आएपछि ब्रिगेड शाखाका सचिवले मलाई देखेर गिल्‍ला गर्दै भने, “मलाई त तपाईं तीन-चार वर्ष जेल पर्नुहुन्छ भन्‍ने लागेको थियो। चाँडै निस्कनुभएछ! यस्तो उमेरमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई मानेर के गर्नुभएको?” गाउँका मानिसहरूले मलाई देख्दा बेवास्ता गर्थे, र मेरो पिठ्युँपछाडि मलाई खिसी र आलोचना गर्थे। मेरो आफन्त भाइले मलाई खुलेआम यसरी गिल्ला गर्थे: “यो बुढा त विश्‍वासमा पागलै भइसक्यो! यदि पार्टीले उसको जमिन लियो र खाने एक गेढो अन्‍न भएन भने, हेरौँ न उसले विश्‍वास गरिरहन्छ कि रहँदैन!” मलाई अत्यन्तै रिस उठ्यो। हाम्रो विश्‍वास सही मार्ग हो, तर हामीलाई कम्युनिस्ट पार्टीले पक्रन्छ र सताउँछ, अनि हाम्रा आफन्त र छिमेकीहरू हामीलाई गिल्‍ला र अपमान गर्छन्। त्यो त साँच्‍चै पीडादायी कुरा हो। मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो: “सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। सही हो! यो नास्तिक देश चीनमा बसेर परमेश्‍वरमा विश्‍वास गर्दा र जीवनमा सही मार्ग लिँदा, हामी अवश्य नै अपमान र दमनमा पर्नेछौँ। तर त्यो कष्ट क्षणिक हो, र यो परमेश्‍वरलाई पछ्याउन र मुक्ति पाउनको खातिर हो, जुन सम्‍मानको कुरा हो। यो कष्टको मूल्य र अर्थ छ। यो कुरा बुझ्दा मलाई राहत मिल्यो, र मलाई त्यति बन्धनमा परेको महसुस भएन।

त्यस महिनाको अन्त्यमा, मेरा छोरा-बुहारी नयाँ वर्षको लागि सहरबाट घर आए। आइपुग्‍नेबित्तिकै बुहारी मेरी श्रीमती र ममाथि खनिइन्, “हामीले तपाईंहरूलाई परमेश्‍वरमा विश्‍वास नगर्नू भनेका थियौँ, तर भनेको मान्‍नुहुन्‍न। जिद्दी गर्नुहुन्छ! यदि तपाईंहरू त्यही गर्नुहुन्छ भने, हामीलाई चाहिँ नमुछ्‍नुहोस्। यदि तपाईंहरू विश्‍वास त्याग्‍न सक्‍नुहुन्छ भने यहाँ बस्‍न पाउनुहुन्छ, तर जिद्दी गर्नुहुन्छ भने, तपाईंहरू यहाँबाट जानुपर्छ। हामी हाम्रो सम्‍बन्ध पूरै तोड्नेछौँ, र कसैले कसैलाई बाधा दिनेछैन।” यसो भन्दै, तिनले रिसाउँदै मेरी श्रीमतीलाई अनुहारमा थप्पड हानिन्। मैले हतार-हतार छुटाउँदै भनेँ, “कसरी सासूलाई हात लगाउन सक्यौ?” तिनले भनिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको तपाईंको विश्‍वास पार्टीविरुद्ध छ, र अहिले हाम्रो पूरै परिवार मुछिएको छ।” मैले भनेँ, “हामी आफ्नो विश्‍वासमा भेला हुने र परमेश्‍वरका वचन पढ्ने मात्र त गर्छौँ। पार्टीले विश्‍वासीहरूलाई पक्रन्छ र सताउँछ अनि हाम्रो परिवारका सदस्यहरूलाई समेत मुछ्छ। कम्युनिस्ट पार्टी दुष्ट छ! तर पार्टीलाई घृणा गर्नुको सट्टा, तिमीहरू हामीलाई सताउँछौ। तिमीहरू सत्यतालाई दमन गरिरहेका छौ, सही र गलतलाई छ्यासमिस पारिरहेका छौ!” त्यसपछि तिनले अरू केही भनिनन्। ऊ एक छेउमा उभिएर बुहारीले हामीलाई त्यसरी व्यवहार गरेकी हामी दुई बुढाबुढीलाई घरबाट निकाल्‍न लागेकी हेरिरहेको थियो। म साह्रै निराश भएँ र आँखाबाट अनुहारमा आँसु झरिरहेको थियो। त्यो बेला चिनियाँ नयाँ वर्ष थियो, अरूका छोराछोरी खुसीसाथ घर फर्केर रमाइलो गरिरहेका थिए, तर हाम्री बुहारीचाहिँ हामीलाई घरबाट निकाल्‍न चाहन्थिन्। हामी कहाँ जाने? मेरी श्रीमतीले बारम्‍बार आँसु पुछेको देख्दा मलाई साह्रै नराम्रो लाग्यो। हामीले ६० नाघिसकेका थियौँ र हाम्रो स्वास्थ्य पहिलेको जस्तो थिएन। यदि हामी बिरामी भयौँ र हेरचाह गर्न छोराछोरी भएनन् भने, हामीले के गर्ने? हामी घरमा बस्यौँ भने, हामीलाई शारीरिकरूपमा सहज हुनेथ्यो, तर हामीले आफ्नो विश्‍वास अभ्यास गर्न कुनै हालतमा पाउनेथिएनौँ। मलाई साह्रै दोधार भयो, र मैले परमेश्‍वरलाई उहाँको डोऱ्याइ माग्दै पुकारिरहेँ। मलाई अय्यूब जाँचमा परेको घटना याद आयो। तिनले आफ्‍ना सबै सन्तान र परिवारको सम्पत्ति गुमाएका थिए, र तिनको पूरै शरीरमा खटिरा आएको थियो, तर अय्यूबले कहिल्यै परमेश्‍वरलाई दोष दिएनन् वा इन्कार गरेनन्, तर परमेश्‍वरको नाउँको प्रशंसासमेत गरे। परमेश्‍वरमाथि अय्यूबको विश्‍वास साँचो थियो, र तिनी परमेश्‍वरको गवाहीमा दह्रिलो रहे, र परमेश्‍वरबाट स्याबासी पाए। त्यो बेला, म पनि दोबाटोमा थिएँ: सहज जीवनमा रमाउँदै शैतानलाई पछ्याउने कि कष्ट भोग्दै परमेश्‍वरलाई पछ्याउने। परमेश्‍वरले मैले सोचिरहेको कुरा हेरिरहनुभएको थियो। यो सोचेपछि मैले जस्तोसुकै कठिनाइ वा दमनको सामना गरे पनि, म परमेश्‍वरलाई पछ्याउँछु, गवाहीमा दह्रिलो भएर शैतानलाई लाजमा पार्छु भनेर सङ्कल्‍प गरेँ।

मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड याद आयो: “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, विश्‍वासमा सत्यता प्राप्त गर्न कष्ट भोग्‍नुपर्छ र मूल्य चुकाउनुपर्छ। सत्यता खोज्न आफ्नो घर र देहसुख त्याग्‍नुको मूल्य र अर्थ थियो। साथै, परमेश्‍वरका आखिरी दिनहरूको काम नै हामीले परमेश्‍वरद्वारा मुक्ति पाइने र शुद्ध होइने एकमात्र मौका हो। केवल देहसुखको लागि सत्यताको पछि लाग्ने र त्यसलाई प्राप्त गर्ने मौका गुमाउनु, र अन्तिममा परमेश्‍वरको मुक्ति नपाउनु ठूलो मूर्खता हुनेथ्यो! म सधैँ सन्तानको माया पाएर घरको सुखी जीवन जिउन चाहन्थेँ। मलाई मेरो वृद्धावस्थामा हेरचाह गर्ने कोही हुनेछैन, र म जीवन धान्न सक्दिनँ भन्‍ने चिन्ता थियो। ममा परमेश्‍वरमाथि कुनै विश्‍वास थिएन वा कष्ट सहने कुनै साहस थिएन। मेरो कद अत्यन्तै सानो थियो। अय्यूब परमेश्‍वरमा विश्‍वास गर्थे र आफ्‍नो गवाहीमा दह्रिलो भए, जुन निकै गौरवको कुरा थियो! म अय्यूबजस्तै हुन, सत्यता प्राप्त गर्नको लागि कष्ट भोग्‍न चाहन्थेँ—त्यो कष्टभोग सार्थक हो!

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई परमेश्‍वरको इच्‍छा अलिक राम्ररी बुझ्‍न सहयोग गर्‍यो। “यो ‘विश्‍वास’ भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्‍ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरू पूर्णरूपमा स्पष्ट छन्। हामीले समस्या र परीक्षाहरू सामना गर्दा, र के गर्ने हामीलाई थाहा नहुँदा, हामीले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, उहाँको सर्वशक्तिमान् नियममा विश्‍वास गर्नुपर्छ, अनि उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। त्यो मात्रै परमेश्‍वरमा साँचो विश्‍वास हो। अय्यूबजस्तै, जसले परमेश्‍वरको गवाहीमा दह्रिलो हुन आफ्‍नो विश्‍वासमा भरोसा गरी शैतानलाई लाजमा पारेका र परमेश्‍वरलाई सान्त्वना दिएका थिए। मैले यसबारे जति विचार गरेँ, त्यति नै प्रेरणा पाएँ। मेरा छोराछोरीले मलाई त्यागे पनि, मसँग कुनै विकल्‍प बाँकी नरहे पनि, म परमेश्‍वरलाई नै पछ्याउनेथेँ! मैले मेरी श्रीमतीलाई यसरी सान्त्वना दिएँ, “हामीले परमेश्‍वरमा विश्‍वास गरेका कारण कष्ट भोगिरहेका र दमन सहिरहेका छौँ—यो सार्थक छ! हामीले मागेर खानुपरे पनि, परमेश्‍वरलाई पछ्याउनुपर्छ!” उनले आँसु पुछ्दै भनिन्, “त्यसोभए ठिक छ, यो घर छोडेर जाऊँ!”

हामीले एउटा पुरानो त्यागिएको घर भेट्टायौँ र त्यहाँ सऱ्यौँ। हामी त्यहाँ आठ वर्ष बस्यौँ। ती वर्षहरूमा, हामीले झुपडीमा बसेर शारीरिकरूपमा केही कष्ट भोगिरहेका भए पनि, बुहारीको बाधा र व्यवधानविना, सामान्यरूपमा भेला हुन र परमेश्‍वरका वचन पढ्न, सुसमाचार सुनाउन र कर्तव्य पूरा गर्न पाउँथ्यौँ। हामीले केही सत्यताहरू सिक्यौँ, अनि शान्ति र आनन्दको अवर्णनीय अनुभूति गऱ्यौँ। हामीले जीवनमा कहिलेकहीँ कठिनाइहरू सामना गर्दा, ब्रदर-सिस्टरहरूले हामीलाई उत्साहसाथ सहयोग गर्थे। हामीलाई कमजोर र नकारात्मक महसुस हुँदा, तिनीहरू साथ दिन आउँथे। यो पूर्णरूपमा परमेश्‍वरकै प्रेम हो भन्‍ने हामीलाई थाहा भयो, र हामीले उहाँलाई हृदयबाटै धन्यवाद दियौँ! तर आठ वर्षपछि, हामीलाई फेरि समस्या आइपऱ्यो।

हामी थोत्रो घरमा बसिरहेका थियौँ, त्यसकारण सन् २०२० नोभेम्बरमा वातावरण ब्यूरोले यसलाई भत्काउन चाह्यो। तिनीहरूले हामीलाई सर्नका लागि तीन दिन दिए। म त्यतिनै बेला चिन्तित भएँ। हामी कहाँ जाने? हामी घर फर्कन सक्दैनथ्यौँ, र चिनियाँ नयाँ वर्ष आउनलागेको थियो त्यसैले हामी कसैको घरमा बाधा हुनेथ्यौँ। हाम्रो शिर लुकाउने ठाउँ थिएन। मेरी श्रीमतीले चिसो र बतास सहन सक्दिनन् र उनलाई छाती दुख्‍ने समस्या धेरै हुन्छ। बस्‍ने ठाउँविना जिउने कसरी? मलाई यति चिन्ता लाग्यो कि म उनीसँगै रोएँ। हाम्रो बस्‍ने ठाउँ-ठेगान नभएको देखेर, गाउँलेहरूले हाम्रो खिल्‍ली उडाए: “तिमी विश्‍वासीहरूलाई यस्तै हुन्छ! तिमीहरू पार्टीको विरुद्धमा गयौ, र अहिले तिमीहरूको बस्‍ने ठाउँसमेत छैन। तिमीहरूले पाउने यही हो!” ती अविश्‍वासीहरूको गिल्‍ला र अपमानको सामना गर्दा मैले कम्युनिस्ट पार्टीको अझ धेरै दुष्टता देखेँ! यसले ती झूटहरू फैलाएर आफूसँगै मानिसहरूलाई पनि परमेश्‍वरको विरोध गराउन बहकाएको थियो। मलाई यसप्रति पूर्णरूपमा घृणा जाग्यो। पछि मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो। अर्थात्, विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिलाई प्रकट गर्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै हो परमेश्‍वरको इच्छा(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के देखेँ भने, परमेश्‍वरले हाम्रो विश्‍वास र प्रेमलाई सिद्ध पार्न, अनि हामीले कम्युनिस्ट पार्टीको दुष्ट, परमेश्‍वरविरोधी सारलाई स्पष्टरूपमा देख्‍न सकौँ, अनि यसलाई हृदयबाट त्याग्‍न र इन्कार गर्न सकौँ, र त्यो परिस्थिति पार गर्न परमेश्‍वरमा भरोसा गर्न तयार हुन सकौँ भनेर हामीमाथि यो दमन र यी कठिनाइहरू आउन दिनुभएको रहेछ।

त्यो बेला मैले छोरीको घरमा जाने कि भनेर सोचेँ, त्यसकारण मैले उनलाई कल गरेँ, तर उसले रुखो पाराले यसो भन्दा म छक्‍क परेँ, “तपाईंको छोरा छ त। तपाईंलाई हेरचाह गर्ने पालो मेरो होइन!” मैले मेरा छोराबुहारी कामको सिलसिलामा बाहिर धेरै जाने गर्छन्, र घर खाली हुन्छ, त्यसकारण हामीले तिनीहरूलाई घरको हेरचाह गर्न सहयोग गर्न सक्छौँ भन्‍ने सोचेँ। मैले कल गरेर तिनीहरूलाई हामी गएर तिमीहरूलाई घरको काममा सघाउँछौँ भनेँ। तर बुहारीले जङ्गिदै यसो भन्छिन् भनेर कसले सोचेको थियो र, “तपाईंहरूले अबदेखि हामी विश्‍वासी होइनौँ भनेर नभनेसम्म म घरको चाबी दिनेछैनँ। नत्र, तपाईंहरूले सँघार पार गर्न पाउनुहुन्‍न!” त्यो त कम्युनिस्ट पार्टीले ब्रदर-सिस्टरहरूलाई “तीन-पत्रमा” सही गर्न जबरजस्ती गरेको जस्तै थियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। मेरी बुहारीले हामीलाई दमन गरिरहेकी, परमेश्‍वरलाई धोका दिन लगाइरहेकी जस्तो देखिन्थ्यो, तर वास्तवमा यो त शैतानको जाँच थियो, र हामी यसको चालमा फस्नु हुँदैनथ्यो! मलाई परमेश्‍वरको अर्को वचन याद आयो: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनले गर्दा, मैले विश्‍वासी र अविश्‍वासीहरू फरक-फरक प्रकारका मानिस हुन् भन्‍ने देखेँ। मेरा छोराछोरी अविश्‍वासी हुन्, त्यसकारण तिनीहरू सम्पत्ति र करियर बनाउन, सुन्दर भविष्य र जीवन पाउन काम गर्छन्। तिनीहरू शारीरिक सुखको पछि लाग्ने अविश्‍वासी मार्गमा छन्। हामी विश्‍वासी हौँ, त्यसैले सत्यता र जीवनको पछि लाग्छौँ, र हामी मुक्तिको बाटोमा छौँ। हामी फरक-फरक बाटोमा छौँ र हाम्रो परिणाम पनि फरक-फरक हुनेछ। विश्‍वास गर्ने र परमेश्‍वरको इच्‍छा पालना गर्नेहरूले मात्रै राम्रो परिणाम र गन्तव्य प्राप्त गर्नेछन्। मेरा छोराछोरी विश्‍वास गर्दैनन् र परमेश्‍वरको विरोधसमेत गर्छन्, त्यसकारण तिनीहरूलाई परमेश्‍वरले दण्ड दिनुहुनेछ! मानिसहरूका भाग्य र परिणाम परमेश्‍वरकै हातमा छन्। मेरा छोराछोरी आफै पनि आफ्नो वशमा थिएनन्, तर म सधैँ तिनीहरूमा भर पर्न चाहन्थेँ। के त्यो मूर्खता थिएन र? त्यसकारण मैले यी दुईलाई कडाइसाथ र उचितरूपमा भनेँ, “म विश्‍वासको यस मार्गमा पूर्णतया लागिसकेको छु। बरु म सडकमा भौँतारिँदै मागेर खान तयार छु। र पनि म परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउनेछु!” हामी परमेश्‍वरले हाम्रो लागि तय गर्नुभएको कुरामा समर्पित भएर त्यसलाई भोग्‍न तयार भएपछि, अचानक मेरी छोरीले कल गरेर हामी ऊसँग बस्‍न सक्छौँ भनेर भनी। यो परमेश्‍वरले हामीलाई बाटो खोलिदिनुभएको हो भन्‍ने मलाई थाहा भयो, र मैले उहाँलाई बारम्‍बार धन्यवाद दिइरहेँ!

मेरी छोरीको घरमा, हामी सामान्यतया सानातिना कामकुरा गर्थ्यौँ त्यसपछि खाली समयमा हामी परमेश्‍वरको वचन पढ्थ्यौँ र भेलामा जान्थ्यौँ। तर त्यहाँ बस्‍नु हाम्रो दीर्घकालीन योजना पटक्कै थिएन। मेरी श्रीमती र मैले एउटा खाली जग्‍गा भेट्टायौँ, र हामीले गहूँ बेचेको ५,००० युआन जति रकममा दुइटा साधारण छाप्रो बनायौँ र मेरी छोरीको घरबाट त्यहाँ सऱ्यौँ। त्यहाँदेखि हामीलाई हाम्रा छोराछोरीले बाधा दिएका छैनन्। हामी सामान्यरूपमा परमेश्‍वरको वचन खान-पिउन, भेला हुन, र कर्तव्य पूरा गर्न सक्छौँ। मलाई साह्रै स्वतन्त्र र ढुक्‍क महसुस हुन्छ।

त्यस अनुभवबाट हामीले केही शारीरिक कष्ट भोगे पनि, हामीले कम्युनिस्ट पार्टीको दुष्ट, परमेश्‍वरविरोधी सारलाई बुझ्यौँ, र हामीले हाम्रा छोराछोरीको परमेश्‍वरविरोधी सारलाई पनि देख्यौँ। परमेश्‍वर हाम्रो एकमात्र चट्टान, एकमात्र मुक्ति हुनुहुन्छ। म परमेश्‍वरका वचनहरूको डोऱ्याइप्रति कृतज्ञ छु, किनभने यसले गर्दा मैले यस्तो कठिन परिस्थितिमा सही निर्णय गर्न सकेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न खोज्दा

सन् २०१८ को मार्चमा, मेरा आफन्तहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाए र मलाई अनलाइन भेलामा सहभागी हुन...

क्याथोलिक पादरीको छनौट

वेइ मो, चीनमेरा आमाबुबाले मलाई क्याथोलिक मण्डलीमै हुर्काउनुभयो र म ठूलो भएपछि पादरी बनेँ। पछि, मण्डली झन्झन् उजाड हुँदै गयो। बिशप र...

पछुतोविना गरिएको निर्णय

मार्था, स्पेनविदेशमा काम गर्ने सिलसिलामा मेरो ब्वाइफ्रेन्ड र मेरो भेट भएको थियो। हामी दुवैले प्रभु येशूमा विश्‍वास गर्थ्यौँ र सँगै मण्डली...

साँचो मार्गको अनुसन्धान गर्दा मैले अनुभव गरेको कुरा

मैले बालक छँदा नै मेरा आमाबुबाको पछि लागेर प्रभुलाई विश्‍वास गरेकी थिएँ। पछि, म शिक्षक बनेँ, अनि इसाई र नैतिक शिक्षासम्‍बन्धी पाठ्यक्रमहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्