डाहा हड्डी मकाउने कुरा हो

25 फेब्रुअरी 2023

सु वान, चीन

नोभेम्बर २०२० मा मलाई मलजल कार्यको इन्चार्ज रहने टोली अगुवाको रूपमा छनौट गरियो—म अत्यन्तै खुसी थिएँ। समूह अगुवा छनौट भएपछि मलाई मैले सत्यता बुझेँ, मसँग अरू दाजुभाइ-दिदीबहीनीहरूसँग भन्दा राम्रो जीवन प्रवेश छ भन्‍ने लाग्यो। अरूले मलाई आदरका साथ हेरून् भनेर म आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्थेँ। केही समय कडा परिश्रम गरेपछि मैले नयाँ प्रवेशीहरूलाई मलजल गर्ने काममा केही प्रगति गर्न थालेँ, धेरैजसो नयाँ प्रवेशीहरू नियमित भेला भए र तिनीहरूले कर्तव्यहरू गरे, र दाजुभाइ-दिदीबहिनीहरूले मेरो सङ्गति स्पष्ट छ, मैले केही व्यावहारिक समस्या समाधान गर्न सक्छु भनेर भने। सबैले मेरो प्रशंसा गरेको सुनेर म आफूसित अत्यन्तै खुसी भएँ। तर एक महिनापछि, सिस्टर यूको आगमनले सबै कुरा परिवर्तन गर्‍यो।

पहिला उनी मण्डली अगुवा थिइन्, उनले सत्यतामा स्पष्टसित सङ्गति गर्थिन्, र उनीसँग राम्रो क्षमता र काम गर्ने सीप थियो। उनले आउनेबित्तिकै हाम्रो काममा केही समस्या देखिन् र विभिन्‍न विषयमा सङ्गति गर्नका लागि तुरुन्तै परमेश्‍वरका वचनहरू भेट्टाइहाल्थिन्। बिस्तारै, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना समस्यामा उनकै सङ्गति खोजी गरेको मैले देखेँ, र मलाई अलिक झर्को लाग्न थाल्यो। मैले मनमनै सोचेँ, “म समूह अगुवा हुँ, त्यसकारण समस्याहरू समाधान गर्ने मेरो सङ्गति र क्षमता उनको जत्तिको हुन सकेनन् भने, तिनीहरूले मलाई के सोच्‍नेछन्? के तिनीहरूले म असल समूह अगुवा होइन, समस्याहरू समाधान गर्न सक्दिनँ भनेर सोच्‍नेछन्?” मैले त्यसबारे यसरी सोच्दा, मलाई निकै लाज लाग्यो र सिस्टर यूप्रति पूर्वाग्रह राखेँ। मलाई उनले हाम्रो काममा समस्याहरू औँल्याएर र दाजुभाइ-दिदीबहिनीहरूका समस्या समाधान गरेर आफ्‍नो प्रदर्शन गरिरहेकी छिन् र मलाई समूह अगुवाको रूपमा पटक्कै आदर गर्दिनन्, उनले जानी-जानी मलाई लज्जित परिरहेकी छिन् जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “तिमीले पहिले पनि अगुवाको रूपमा काम गरिसकेकी र तिमीसँग केही अनुभव भए पनि, मेरो क्षमता त्यति खराब छैन, त्यसकारण तिमीले मलाई उछिन्‍न सक्छौ जस्तो मलाई लाग्दैन।” मैले आफ्‍नो इज्‍जत बचाउन, भेलाहरूमा परमेश्‍वरका वचनहरू मनन गर्न प्रयास गरेँ, उनले भन्दा राम्रो सङ्गति गर्न चाहेँ। दाजुभाइ-दिदीबहिनीले समस्या र कठिनाइहरू सामना गर्दा, त्यसलाई समाधान गर्नका लागि म परमेश्‍वरका वचनहरू भेट्टाउन र मैले बाँड्न सक्‍ने कुनै राम्रो अनुभवबारे विचार गर्न आफ्नो दिमाग खियाएँ, ताकि कोसँग साँच्चै सत्यताको वास्तविकता छ भनेर दाजुभाइ-दिदीबहिनीहरूले देख्‍न सकून्।

एक पटक एउटा भेलामा एक जना सिस्टरले आफ्‍नो कर्तव्यमा सामना गरेका केही समस्यालाई उठाइन् उनी त्यसको समाधान चाहन्थिन्। मैले मनमनै सोचेँ, “मैले चाँडो गरी ती सिस्टरको समस्या समाधान गर्न परमेश्‍वरका वचनहरूमा केही सान्दर्भिक खण्डहरू पत्ता लगाउनुपर्छ। यसमा मैले पासा पल्टाउनुपर्छ र सिस्टर यूलाई उछिन्नुपर्छ।” तर म जति चाँडो उत्तर दिन चाहन्थेँ, त्यति नै धेरै अन्योलमा परेँ। परमेश्‍वरको वचनको उपयुक्त खण्ड थाहा नभएर मैले यताउता पन्ना पल्टाइरहेको थिएँ। अन्त्यमा सिस्टर यूले उनीसँग सङ्गति गरेर उनको समस्या समाधान गरिन्। मलाई नराम्रोसित पराजित भएको महसुस भयो, र मेरो अनुहार लाजले रातो भएकोले मलाई केवल दुलोभित्र लुकूँ झैँ लाग्यो। म आफूलाई जति प्रमाणित गर्न चाहन्थेँ, आफूलाई त्यति नै मूर्ख तुल्याउथेँ। मैले जति कठिन परिश्रम गरे पनि सिस्टर यूको बराबरी गर्न कहिल्यै सक्दिनँ जस्तो मलाई लाग्यो। मलाई निकै निराश र दुःख लागिरहेको थियो। मलाई लाग्यो, त्यो कर्तव्य गरेर मैले इज्‍जत गुमाएकी छु, अरूले मेरो आन्द्राभुँडी थापा पाएका छन्, र तिनीहरूले पक्‍कै पनि सिस्टर यूलाई मभन्दा योग्य समूह अगुवाको रूपमा हेर्छन्। यदि त्यसो हो भने, मैले आफ्‍नो केही इज्‍जत जोगाउन ढिलो नगरी चाँडो राजीनामा दिनुपर्छ। मैले सिस्टर लूको ईर्ष्या गर्नु हुँदैन भनेर मलाई थाहा थियो, तर ईर्ष्या नगरी सक्दै सकिनँ। म पीडामा र निराश थिएँ, अनि नाम र हैसियतका ती बन्धनबाट कसरी उम्कने मलाई थाहा थिएन। मैले सधैँ नाम र हैसियतको पछि लागेको छु, त्यसकारण त्यो पक्‍कै पनि मेरो प्रकृति हो र म त्यसलाई परिवर्तन गर्न सक्दिनँ भन्‍ने सोच्दै आफूलाई सीमित पनि गरिरहेकी थिएँ। म दाजुभाइ-दिदीबहिनीहरूसँग खुलस्त कुरा गर्न र मेरो समस्याको समाधान खोज्न चाहन्थेँ, तर तिनीहरूले मलाई तुच्छ ठान्‍नेछन् भन्‍ने डर लाग्यो। साथै, म सिस्टर यू जत्तिको छैनँ भन्‍ने कुरा दाजुभाइ-दिदीबहिनीहरूसामु स्वीकार गर्न चाहँदिनथिएँ। त्यसकारण, म निराशामा रहिरहें र सिस्टर यूप्रति झन् झन् गहिरोसित पूर्वाग्रही भएँ। मैले भेलाहरूमा उनी कति सक्रिय छन् भनेर देख्दा, उनले हैसियतको लागि मसँग होड गर्ने प्रयास गर्दै आफ्‍नो प्रदर्शन गरिरहेकी छिन् भन्‍ने सोचेँ र मैले उनीसित झन् कम, झन कम सहकार्य गर्न चाहेँ। मैले अर्की सिस्टरलाई आफ्नो पक्षमा तान्न र सिस्टर यूको आलोचना गर्न ती सिस्टरसँग मेरो असन्तुष्टीबारे मन खोलेर कुरा गर्नेबारे समेत सोचेँ। मैले उनको विरुद्धमा गुटबन्दी गरिरहेकी छु भनेर मलाई भित्र हृदयमा थाहा थियो, तर मैले आत्मसमीक्षा गरिनँ। एक साँझ, मैले एक जना सिस्टरलाई म कति निराश भएकी छु भनेर यसो बताउन थालेँ। प्रायजसो सिस्टर यूले नै हामीले परमेश्‍वरका कुन वचनहरूमा सङ्गति गर्नुपर्छ भनेर सुझाव दिने गर्थिन्। उनले मलाई बेवास्ता गरेको जस्तो मलाई लाग्थ्यो; मलाई विवश पारिएको महसुस भइरहेको थियो र उप्रान्त समूह अगुवा रहन समेत मन लागेन। ती सिस्टरले मेरो पक्ष लिन्छिन् भन्‍ने लागेको थियो, तर मैले सिस्टर यूलाई उचित व्यवहार गर्नुपर्छ र आफ्नो समस्याबारे चिन्तन गर्नुपर्छ भनेर पो उनले भनिन्। केही दिनपछि, मैले उनलाई सिस्टर यूसँग मिलेर बसेको देख्दा, मलाई अत्यन्तै नराम्रो लाग्यो। मैले मनमनै सोचेँ, “मैले तिमीलाई त्यति धेरै कुरा बताएँ, कसरी तिमीले सिस्टर यूप्रति पूर्वाग्रह राख्न सकिनौँ?” त्यो कुरा सोच्दा मलाई अलिक अचम्‍म लाग्यो र मनमनै सोचेँ, “मैले कसरी त्यस्तो कुरा सोच्‍न समेत सकेँ? के मैले सिस्टर यूलाई बहिष्कार गर्नको लागि गिरोह बनाउने प्रयास गरिरहेकी छैनँ र?” मलाई झन्-झन् डर लाग्यो र मैले आत्मसमीक्षा गर्न थालेँ।

मलाई परमेश्‍वरका केही वचनहरू याद आयो: “कुनै व्यक्तिले आफूभन्दा राम्रो कसैलाई देख्छ र उसलाई होच्याउने प्रयास गर्छ, उसको बारेमा अफवाह फैलाउँछ वा उसलाई बदनाम गर्न र उसको प्रतिष्ठा गिराउन निश्‍चित साधनहरू प्रयोग गर्छ—र उसलाई कुल्चिमिल्चीसमेत गर्छ—र यो सबै काम मानिसहरूको मनमस्तिष्कमा आफ्नो स्थान जोगाउनको लागि गर्छ भने, यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कार मात्र होइन, यो त दुष्टको स्वभाव हो। यो व्यक्तिले आफूभन्दा राम्रो र सबल मानिसहरूलाई आक्रमण गर्न र एकल्याउन सक्‍नु कपटीपन र दुष्टता हो। … तिनीहरूले आफ्नै भावनालाई मात्र विचार गर्छन्, अरू मानिसहरूको मनमस्तिष्कमा आफ्नै हैसियत र प्रतिष्ठा बनाउने विचार मात्र गर्छन्, र आफ्नै उद्देश्य हासिल गर्न मात्र चाहन्छन्। आफूले परमेश्‍वरको घरको काममा कति हानि पुऱ्याउँछु भनेर तिनीहरूले वास्ता गर्दैनन्, र मानिसहरूको मनमस्तिष्कमा रहेको आफ्नो हैसियत र प्रतिष्ठालाई जोगाउन परमेश्‍वरको घरका हितहरूलाई बलि चढाउन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरूले परमेश्‍वरको इच्छालाई पटक्‍कै वास्ता गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्‍वरप्रति कुनै भय हुन्छ? तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि भय हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। मैले यी वचनलाई विचार गर्दा आफ्‍नोबारे पहिले कहिल्यै सोचेकी थिइनँ। त्यसपछि, परमेश्‍वरले मेरो आफ्‍नै स्थिति प्रकट गरिरहनुभएको छ भन्‍ने मैले बल्‍ल देखेँ। म यति दुष्ट हुनेछु भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। सिस्टर यूले मैले भन्दा राम्ररी सत्यतामा सङ्गति गरेकी र अरूका व्यावहारिक समस्याहरू समाधान गरेकी देखेर, मलाई बेखुसी मात्रै लागेन, तर क्रोधित भएँ, ईर्ष्या लाग्यो र उनको श्रेष्ठताले गर्दा मेरो इज्जत गुम्यो भन्ने पनि मलाई लाग्यो। मैले आफ्नो इज्जत बचाउन र हैसियत जोगाउन उनलाई उछिन्नका लागि सबै कुराबारे सोच्ने प्रयास गरेँ। मैले त्यसो गर्न नसक्दा, उनप्रति पूर्वाग्रह राखेँ, र आफूलाई प्रदर्शन गरेको र मेरो स्थान लिने प्रयास गरेको भनेर आलोचना गरेँ। मैले उनको विरुद्धमा पूर्वाग्रह फैलाउँदै गुटबन्दी गर्ने प्रयास गरिरहेकी थिएँ, ताकि सबैले उनलाई एकलो पारून्। म अत्यन्तै अहङ्कारी र कोही पनि मभन्दा राम्रो भएको सहन नसक्ने व्यक्ति रहेछु भनेर मैले बुझेँ। म समूह अगुवाको आफ्नो पदमा टिकिराख्न कुनै कुरामा रोकिनँ—यो कुटिल र नीच कार्य थियो। हैसियतको लागि अरूसँग लडाइ गर्ने र अरूलाई बहिष्कार गर्ने ती ख्रीष्टविरोधीहरूभन्दा म कसरी फरक थिएँ र? सत्यताबारे मेरो बुझाइ सतही थियो र मैले व्यावहारिक समस्याहरू समाधान गर्न सकिनँ, तर अझै पनि सिस्टर यूलाई सहयोग र सङ्गति प्रदान गर्न दिनेथिइनँ। के मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरिरहेकी थिइनँ र? मसँग कुनै मानवता थिएन! यो कुरा सोच्दा मलाई झनै दोषी महसुस भयो, र मैले साँच्‍चै नै दाजुभाइ-दिदीबहिनीहरूलाई खिन्‍न तुल्याएकी थिएँ। त्यसपछि मैले नाम र लाभको खातिर सिस्टर यूसँग होड गर्ने मेरो हालैको इच्‍छाबारे मन खोलेर कुरा गर्ने साहस बटुलेँ र उनलाई क्षमा मागेँ। उनले सङ्गति दिँदा म त्यति खुसी नभएको कुरा उनलाई थाहा भएको र उनलाई विवश पारिएको महसुस भएको, अनि मलाई असर पर्नेछ भनेर डरले गर्दा उनले धेरै कुरा नभन्‍ने गरेको उनले बताइन्। तब मात्रै मलाई नाम र लाभको लागि मैले गरेको संघर्षले उनलाई नकारात्मक रूपमा असर परेको थियो भन्‍ने थाहा भयो, र मलाई असाध्यै नरमाइलो लाग्यो। मण्डली भनेको परमेश्‍वरको आराधना गर्ने स्थान हो, नाम र फाइदाको लागि लड्ने ठाउँ होइन। तर मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ, हर समय उनीसँग होडबाजी गर्न चाहेको थिएँ, जसले परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा बाधा पुऱ्यायो। म पछुतोले भरिएँ।

यसपछि मैले अभ्यासको मार्ग खोजिरहेँ। परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “मण्डली अगुवा बन्‍नु भनेको व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै होइन, यो त प्रतिभाशाली मानिसहरू पत्ता लगाएर उनीहरूको वृद्धि-विकास गर्नु पनि हो र त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने गर्नु हुँदै हुँदैन। त्यस तरिकाले तिमीहरूलाई राम्ररी कर्तव्य पूरा गर्न सजिलो हुन्छ। यदि तैँले सत्यताको खोजी गर्ने केही व्यक्तिहरूको वृद्धि-विकास गरी तैँले गर्ने सबै काममा तँसँग सहकार्य गर्ने बनाउँछस, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा होस्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्। कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको सिफारिस गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको एक अर्को व्यक्ति थप्छस् भने, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। … सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो हैसियत, सान वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तँ बफादार बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर् र तिनको समाधान गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई अगुवा र सेवकहरूले प्रतिभावान् मानिसलाई पहिचान गरेर तिनीहरूको जगेर्ना गर्न सिक्‍नुपर्छ, अनि आफ्नो नाम र हैसियतलाई जोगाउनका लागि प्रतिभावान् मानिसलाई डाहा र दमन गर्नु भनेको परमेश्‍वरले सबैभन्दा धेरै घृणा गर्ने कुरा हो भनेर सिकाए। सिस्टर यूको सङ्गति अन्तर्दृष्टिपूर्ण हुन्थ्यो र उनले वास्तविक समस्याहरू समाधान गर्न सक्थिन्। मण्डलीको कामको लागि त्यो राम्रो कुरा थियो र त्यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा मद्दत पुऱ्यायो। मैले उनीसँग मिलेर काम गर्न र आफ्नो कर्तव्य गर्न परमेश्‍वरको इच्‍छालाई ध्यान दिनुपर्थ्यो अनि आफ्नो इज्‍जत र हैसियतलाई त्याग्‍नुपर्थ्यो। समूह अगुवाको रूपमा छनौट हुनु भनेको परमेश्‍वरले मलाई अभ्यास गर्ने मौका दिनुभएको कुरा थियो। यसको अर्थ म सबै कुरामा जानकार छु वा कर्तव्यको लागि म योग्य छु भन्‍ने थिएन। सत्यता र अरू कतिपय विषयको सतही ज्ञान हुनु सामान्य कुरा थियो, त्यसकारण मैले सिस्टर यूबाट सिक्‍नुपर्छ। तर, म समूह अगुवा भएकोले, मैले सबै समस्यालाई जाँच्न र समाधान गर्न सक्‍नुपर्छ, म अरू कोहीभन्दा कम योग्यको हुन सक्दिनँ भन्‍ने मैले सोचेँ, त्यसकारण म सधैँ सिस्टर यूसँग प्रतिस्पर्धा गरिरहेकी हुन्थेँ र उनले भन्दा राम्रो गर्न नसक्दा म निराश र दुःखी हुन्थेँ। म हदै मूर्ख थिएँ। अगुवाहरूले हरेक समस्या समाधान गर्न सक्‍नुपर्छ भनेर परमेश्‍वरले कहिल्यै पनि माग गर्नुभएको छैन। उहाँ केवल म इमानदार बनेको, आफूले बुझेको कुरामा मात्रै सङ्गति गरेको, अनि आफूले नबुझेको कुरा दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गरेको चाहनुहुन्थ्यो। त्यो परमेश्‍वरको इच्‍छा थियो। परमेश्‍वरको इच्‍छा बुझेपछि मलाई सिस्टर यूप्रति त्यति डाहा लाग्‍न छोड्यो, र म उनको कुनै पनि राम्रा विचारहरूलाई स्वीकार गर्न र कार्यान्वयन गर्न सक्‍ने भएँ। हामीले सङ्गति गर्न र भेलाहरूमा समस्या लिएर आउने जोकोहीलाई सहयोग गर्न हामी सहकार्यमा मिलेर काम गऱ्यौ, र त्यसरी धेरै समस्या समाधान भए।

ती सबैपछि, मलाई म परिवर्तन भएकी छु, म नाम र हैसियतप्रति त्यति लिप्त छैन भन्‍ने लाग्यो। तर शैतानले मलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको थियो। सही परिस्थिति आउनसाथ, ती पुराना समस्याहरू फर्केर आइरहे। जुलाइ २०२१ मा, व्यावहारिक कार्य गर्न नसकेकोमा मलाई बर्खास्त गरियो। मेरो ठाउँमा सिस्टर यूलाई छनौट गरियो। यो परिणाम सामना गर्नुपर्दा, मैले हृदयबाटै यस कुरालाई मानिलिएँ र उनले वास्तवमै पूर्णरूपले राम्ररी काम गर्नेछिन् भन्‍ने मलाई लाग्यो। उनलाई छनौट गर्दा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुग्नेथियो। तर केही समयपछि, उनले आफ्‍नो कर्तव्यको लागि कति धेरै जिम्मेवारी बोक्छिन्, र उनले समूह सदस्यहरूले सामना गर्ने कुनै पनि कठिनाइलाई तुरुन्तै समयमा नै समाधान गर्न सक्छिन् भन्‍ने मैले देखेँ। उनले हाम्रो मण्डली जीवनमा रहेका कमजोरीहरूलाई पनि सारांशमा बताइन्। त्यसले ममा केही भावना जगायो। यदि सिस्टर यूले समूह अगुवा रहँदा धेरै कुरा हासिल गर्न सकिन् भने, के म नराम्रो देखिनेछैनँ र? सबैले मलाई के सोच्‍नेछन्? तिनीहरूले मलाई काम नलाग्‍ने र क्षमता नभएकी ठान्‍नेछन् भन्‍ने कुरामा म निश्‍चित थिएँ। यस कुराबारे त्यसरी विचार गर्दा, मैले मण्डली जीवनमा सुधारको चाहना गर्न छोडेँ। यसभन्दा पहिले हामीले परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा होस् वा हाम्रो कामका समस्याहरूलाई सारांशमा बताउँदा होस्, म सक्रिय नै हुन्थेँ र सङ्गतिमा सबैलाई संलग्न हुन सहयोग गर्थेँ। तर अहिले म भेलाहरूमा बोल्‍ने अन्तिम व्यक्ति बनेकी थिएँ, र कहिलेकहीँ मैले केही अन्तर्दृष्टि प्राप्त गर्दा मलाई त्यसबारे कुरा गर्न मन लाग्दैनथियो, हाम्रो सङ्गतिको अन्त्यमा मन नलागी-नलागी एक-दुई शब्‍द बोल्थेँ। सिस्टर यूले मलाई भन्दै जानुहोस् भनी भन्दा मलाई थप भन्‍न मन लाग्दैनथियो। केही समयसम्‍म, दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्यमा आएका कतिपय कठिनाइले तिनीहरूलाई खराब स्थितिमा पुर्‍यायो, र सिस्टर यू काममा अत्यन्तै व्यस्त भएकोले त्यसलाई तुरुन्तै समाधान गर्न असमर्थ थिइन्। मैले सहयोग गरिनँ र “तिमी पनि त्यति राम्रो अगुवा त होइन रहिछौ—मभन्दा राम्रो त अवश्य होइनौ” भन्ने सोच्दै त्यो कठिन परिस्थितिमा रमाएँ! मैले अरूका समस्या ठीक समयमा समाधान नगरिएको र मण्डली जीवन समस्यामा परेको देखेँ, र मैले सिस्टर यूलाई मदत गरिनँ, बरु वास्तवमा अवस्था त्यस्तै रहिरहोस् भनेर आशा समेत गरेँ। त्यसपछि सिस्टर यूले यी समस्यालाई समाधान गर्न एकदमै चाँडो समय निकालेको मैले देखेँ। मलाई निकै नरमाइलो लाग्यो र त्यसैले म उनीप्रति झनै ईर्ष्यालु हुन थालेँ। बिस्तारै मलाई उनी झन्-झन् मन पर्न छोड्यो। म यस्तो हदसम्‍म पुगेँ कि उनले जे भने पनि, जे-जस्तो विचार व्यक्त गरे पनि, मलाई सुन्‍न समेत मन लाग्दैनथियो। भेलाहरूमा उनले सङ्गति गरिरहेको बेला म अर्कोतिर फर्केर हेर्थेँ। मेरो डाहा बढ्दै गएको, मेरो स्वभाव द्वेषपूर्ण भएको, अनि यसले उनी र हाम्रो मण्डली जीवन दुवैलाई चोट पुर्‍याउन सक्छ भन्‍ने मलाई थाहा थियो। म त्यसलाई निरन्तरता दिन चाहन्‍नथिएँ, तर म यस अवस्थाबाट उम्कन सकिनँ। पीडामा मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सिस्टर यूको डाहा गर्न चाहन्नँ, तर म आफूलाई रोक्‍नै सक्दिनँ। बिन्ती छ, मलाई बचाउनुहोस्, ताकि मैले नाम र हैसियतको पछि लाग्दा हुने खतरा र परिणामलाई बुझ्न सकूँ, अनि मेरो भ्रष्ट स्वभावका बन्धनहरूबाट मुक्त हुन सकूँ।” त्यसपछि, मैले आफ्नो गलत स्थितिबारे सबैलाई बताएँ। सिस्टर यूले मैले उनको बारेमा त्यसरी महसुस गर्छु भनेर कहिल्यै कल्‍पना नगरेकी, र उनलाई नरमाइलो लागेको बताइन्। उनले त्यसो भनेको सुन्दा मलाई अत्यन्तै दोषी महसुस भयो। हामीले एकअर्कालाई चिनेको धेरै लामो समय भएको थियो, मैले उनको डाहा गरेकी थिएँ र उनको पछाडि कुरा काट्दै आइरहेकी थिएँ, तर पनि उनले यो कुरालाई कुनै ध्यान दिइरहेकी थिइनन्। उनले क्षमा गरिरहेकी र मलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्दै आएकी थिइन्। उनीप्रति त्यस्तो व्यवहार गर्नु अत्यन्तै दुर्भावनापूर्ण र अमानवीय कुरा थियो।

त्यसपछि एउटा भेलामा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्ट विरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू कुटिल, चतुर र दुष्ट मात्र हुँदैनन्, अन्तन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमासकेको अवस्थामा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा घटिया हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नफुस्लिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर नहुने मात्र नभई रत्तीभर आज्ञाकारिता पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्‍वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्‍भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा विश्‍वासयोग्य हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्ट विरोधीको स्वभाव हो—र के यो दुष्ट छैन र?(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। ख्रीष्टविरोधीहरू धूर्त, दुष्ट हुन्छन्, र तिनीहरूमा दुष्ट प्रकृति हुन्छ भनेर परमेश्‍वरले देखाउनुहुन्छ। यदि तिनीहरूले आफ्‍नो हैसियत वा अरूको समर्थन गुमाए भने, तिनीहरू डाही बन्छन् र प्रतिशोध लिन चाहन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्रै गर्दैनन्, तर मण्डलीको काममा समस्या होस् भन्‍ने पनि चाहन्छन्। तिनीहरू परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूको खिल्ली उडाउन चाहन्छन्। मेरो अवस्था परमेश्‍वरले बताउनुभएको जस्तै रहेछ भनेर मैले थाहा पाएँ। म बर्खास्त भएपछि, सिस्टर यूले आफ्‍नो कर्तव्यको लागि कस्तो बोझ लिएकी छिन्, अनि उनले दाजुभाइ-दिदीबहिनीहरूका समस्या सक्रियरूपमा सम्‍हाल्‍न सक्छिन् भन्‍ने कुरा देखेकी थिएँ। यदि उनले राम्रो काम गरिन् र मण्डली जीवनमा सुधार भयो भने, यसले मभन्दा उनी कति राम्रो छिन् भन्‍ने कुरा देखाउनेछ भन्‍ने मलाई डर थियो। दाजुभाइ-दिदीबहीनीहरूको हृदयमा आफ्‍नो हैसियत र छविलाई जोगाउन मैले मण्डली जीवन खराब होस् भन्‍ने चाहना गरिरहेकी थिएँ। मलाई आफूसँग भएको स्पष्ट अन्तर्दृष्टिहरू बाँड्न मन लागेन। सिस्टर यूले कामको व्यस्तताले गर्दा समयमा नै दाजुभाइ-दिदीबहिनीहरूका समस्या समाधान गर्न नसकेकी देख्दा मलाई आनन्द भइरहेको थियो, त्यसमा मैले मदत गरिनँ। म उनीप्रति हाँसिरहेकी थिएँ। उनी काममा मभन्दा राम्रो छिन् भनेर मलाई ईर्ष्या लाग्यो। मलाई उनको कुनै कुरा मन पर्दैनथियो र मैले उनलाई पूर्ण रूपमा इन्कार गरेँ। मैले ख्रीष्टविरोधीको दुष्ट स्वभाव प्रकट गरिरहेकी थिएँ। मण्डली जीवनले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा प्रत्यक्ष प्रभाव पार्छ, तिनीहरू राम्रो स्थितिमा रहेमा र तिनीहरूसँग जीवन प्रवेश छ भने मात्रै तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। तर म अरूको नजरमा आफ्नो हैसियत कायम राख्‍न चाहन्थेँ, त्यसकारण मैले मण्डली जीवनलाई जोगाउन सकिनँ मात्रै होइन, तर मानिसहरूका समस्याहरू समाधान नभएको, अनि तिनीहरूको कर्तव्यबाट कुनै उपलब्धि हासिल नभएको देख्दा खुसी समेत मानेँ। त्यो मेरो अत्यन्तै कपटी र दुर्भावनापूर्ण व्यवहार थियो। परमेश्‍वरको घरले कसैलाई बढुवा वा बर्खास्त गर्ने भए तापनि, यो कामका आवश्यकताअनुसार गरिएको हुन्छ। मैले आफ्नो काम सम्‍हाल्‍न सकिनँ, त्यसकारण मलाई हटाइयो, र त्यसपछि मभन्दा राम्रो व्यक्तिले त्यो काम सम्हालिन्। मैले सिस्टर यूसित मिलेर काम गरिनँ मात्र होइन, उनलाई कमजोर बनाएँ, बाधा दिएँ र चोट पुर्‍याएँ। के म मानवसमेत थिएँ र? यो सोच्दा म पछुतोले भरिएँ र अनायासै आँसु झर्न थाल्यो। म कति दुष्ट रहेछु भनेर आफैलाई घृणा लाग्यो। म परमेश्‍वरको अघि जिउन योग्य थिइनँ। मलाई बाइबलमा बताइएको यो कुरा याद आयो: “डाहा हड्डी मकाउने कुरा हो” (हितोपदेश १४:३०)। यो एकदमै साँचो कुरा हो। डाहाले घृणा पैदा गर्छ र मानिसहरूलाई मूर्ख कुरा गर्न लगाउँछ।

त्यो रात, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “यदि परमेश्‍वरले सुरक्षा गर्न चाहनुभएका कुराहरूलाई तैँले सधैँ बाधा दिइरहेको, अवरोध पुऱ्याइरहेको र भताभुङ्ग पारिरहेको छस् भने, र यदि तैँले ती कुराहरूलाई सधैँ घृणा गरिरहेको छस् र तँसँग आफ्नै धारणा र सोच छन् भने, यसले तँ परमेश्‍वरसँग बहस गर्न, उहाँको विरोध गर्न चाहन्छस् भन्‍ने देखाउँछ। तैँले उहाँको घरका काम र हितलाई महत्त्व दिएको छैनस्। तैँले सधैँ यसलाई कमजोर पार्ने कोसिस गरिरहेको छस्, सधैँ विनाशकारी ढङ्गमा काम गर्न चाहिरहेको छस्, वा सधैँ फाइदा उठाउने, छल्ने र हिनामिना गर्न खोजिरहेको छस्। यस्तोमा, के परमेश्‍वर तँसित क्रोधित हुनुहुनेछैन र? (हुनुहुनेछ।) अनि परमेश्‍वरको क्रोधको परिणाम के हुन्छ? (दण्ड।) यो निश्‍चित कुरा हो। परमेश्‍वरले तँलाई क्षमा गर्नुहुनेछैन; त्यसको कुनै गुन्जायसै छैन। किनभने तैँले गरेका कामकुराहरूले मण्डलीको कामलाई कमजोर पारे र क्षति गरे, ती कामकुराहरू परमेश्‍वरको घरका काम र हितसित बाझिए, र ती ठूला दुष्कर्म र परमेश्‍वरप्रतिका प्रतिरोध थिए र तिनले प्रत्यक्ष रूपमै परमेश्‍वरको स्वभावलाई चिढ्याएका थिए—त्यसैले, तँसित परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्छ र? यदि कतिपय मानिसहरू आफ्नो कमजोर क्षमताको कारण काम गर्न अयोग्य हुन्‍छन्, र तिनीहरूले संयोगवश केही अवरोध र बाधा पुऱ्याउँछन् भने, यसलाई क्षमा गर्न सकिन्छ। तथापि, यदि तँ आफ्ना व्यक्तिगत हितको खातिर, ईर्ष्य़ा र विवादमा मुछिन्छस्, र जानाजानी परमेश्‍वरको घरलाई अवरोध गर्ने, बाधा पुऱ्याउने र नष्ट गर्ने केही कामकुराहरू गर्छस् भने, तैँले जानीबुझीकने पापहरू गरेको हुनेछस्। यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछ। के उहाँले तँलाई कृपा देखाउनुहुनेछ र? परमेश्‍वरले यहाँ आफ्नो छ-हजार-वर्षे व्यवस्थापन योजनाको काममा आफ्ना रगत, पसिना र आँसु सबै बगाउनुभएको छ। यदि तैँले उहाँविरुद्ध काम गरिस्, उहाँको घरका हितमा जानाजानी हानि पुर्‍याइस् र उहाँको घरका हितलाई दाउमा राखि आफ्नै हित पछ्याइस्, व्यक्तिगत प्रसिद्धि र हैसियत खोजिस्, परमेश्‍वरको घरको कामलाई नष्ट गर्न केहीजस्तो मानिनस् वा यसलाई रोकिस् र नष्ट गरिस्, अनि परमेश्‍वरको घरमा ठूलो भौतिक र आर्थिक हानिसमेत गरिस् भने, के तँजस्तो व्यक्तिले माफी पाउनुपर्छ भनेर तँ भन्‍नेछस्? (अहँ, भन्‍नेछैनस्।)” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक)”)। मैले उहाँका वचनहरूबाट परमेश्‍वरको चिढ्याउन नसकिने स्वभावलाई बोध गरेँ। म सबैसँग आफ्नो हैसियत कायम राख्‍न चाहन्थेँ, त्यसकारण सिस्टर यू नराम्रो देखिऊन् भन्‍ने सधैँ आशा गर्दै म उनको विरुद्धमा उभिँदै आइरहेकी थिएँ। मैले मण्डलीको काममा असर गरेँ। म अर्को व्यक्तिको विरुद्धमा मात्रै उभिरहेकी थिइनँ, तर परमेश्‍वरको विरुद्धमा पनि गइरहेकी थिएँ। मैले परमेश्‍वरको घरका हितलाई आफ्ना लक्ष्‍यहरू प्राप्त गर्ने बन्धकीको रूपमा बलि चढाउन इच्छुक थिएँ। यसो गर्नु भनेको परमेश्‍वरको स्वभावविरुद्ध जानु थियो। हामीले सत्यता प्राप्त गर्नेछौँ, आफ्नो जीवन स्वभाव परिवर्तन गर्नेछौँ र अन्त्यमा उहाँबाट मुक्ति पाउनेछौँ भनेर परमेश्‍वरले आशा गर्दै मानवजातिलाई मुक्ति दिन यति ठूलो मूल्य चुकाउनुभएको छ। दाजुभाइ-दिदीबहिनीहरूसँग असल मण्डली जीवन र असल अगुवा छ भने मात्रै तिनीहरू सत्यता बुझ्न सक्षम हुन्छन्, सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। म सृष्टि गरिएको प्राणी, परमेश्‍वरलाई पछ्याउने व्यक्ति हुँ, तर मैले परमेश्‍वरको इच्‍छाबारे विचार नै गरिरहेकी थिइनँ। मैले मण्डली जीवनमा समस्या आइरहेको देख्दा, मलाई खुसी लाग्यो। मैले अवस्था त्यस्तै रहिरहोस् भनेर समेत आशा गरेँ। म कसरी त्यति घृणित र दुष्ट हुन सक्थेँ? मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको काम सफल नहोस्, परमेश्‍वरको घरको काम बिग्रियोस्, सबैले उहाँको मुक्ति गुमाओस्, अनि अन्त्यमा तिनीहरू शैतानसँगै नरकमा जाऊन् भन्‍ने आशा शैतानले गर्छ। त्यसरी सोचेर अनि बोलेर, के मैले शैतानले जस्तै परमेश्‍वरको घरको काममा बाधा पुर्‍याइरहेकी थिइनँ र? परमेश्‍वरको धर्मी स्वभावले अपराध सहँदैन। यदि मैले पश्‍चात्ताप गर्न इन्कार गरिरहेँ भने, मैले अवश्यै अझै ठूलो दुष्कर्म गर्नेछु, परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछु, र उहाँद्वारा हटाइनेछु भन्‍ने मलाई थाहा भयो। तब मैले नाम र हैसियतको पछि लाग्‍नु राम्रो मार्ग होइन भन्‍ने कुरा साँच्चै बुझेँ। परमेश्‍वरले भन्‍नुभएको यो कुरा मलाई याद आयो: “जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। पहिला, मैले नाम र हैसियतको पछि लाग्‍ने समस्यालाई गम्‍भीर रूपमा लिइनँ, तर अरूले मलाई आदर गरून् भन्‍ने चाहना मात्र राखेकी हुँ भनेर सोच्थेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई वा परमेश्‍वरको घरको काममा कहिल्यै हानि गर्नेछैनँ भन्‍ने सोचेँ। तर परमेश्‍वरका वचनहरू र तथ्यहरूले मलाई के देखाए भने, यो कुरा मैले सोचेको जस्तो सामान्य होइन रहेछ, नाम र हैसियत भनेका शैतानले मानिसहरूलाई चोट पुर्‍याउन र ढलपल पार्न प्रयोग गर्ने औजार हुन्। ती त शैतानले मलाई बाँधेका नेलहरू थिए, अनि त्यसको वशमा परेर मैले परमेश्‍वरविरुद्ध काम गर्नेथिएँ र कुनै पनि बेला उहाँको प्रतिरोध गर्नेथिएँ। यदि मैले सत्यता पछ्याएर परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गरिनँ, तर ती कुराको पछि दौडिरहेँ भने, आफैलाई साँच्‍चै खतम पार्नेथिएँ। प्राचीन कालदेखि नै, हैसियत र शक्तिको पछि लाग्‍ने क्रममा मानिसका असल मित्रहरूसमेत घोर शत्रु बनेका छन्, र आपसमा सबैभन्दा बढी प्रेम गर्नेहरू एकअर्काप्रति षड्यन्त्र गर्ने र निर्दयी भएका छन्। सिस्टर यूप्रति पनि त्यस्तै भएको थियो। मैले आफ्नो नाम र हैसियत जोगाउनका लागि उनलाई हेर्नै सक्दिनथिएँ। मैले उनीसित खुल्लमखुल्ला र लुकिछिपी दुवै तरिकाले होड गरेँ, र मैले उनलाई उछिन्‍न नसक्दा, उनको आलोचना गर्न गुटबन्दी गर्न चाहेँ। मण्डली जीवन राम्रो नभइरहेको देख्दा, मैले त्यसको रक्षा गर्ने प्रयास गरिनँ। उनी असफल भएको हेर्न हात बाँधेर बसेँ, ताकि म उनको असफलतामा हाँस्‍न सकूँ। मैले हैसियत पाउने आफ्नो चाहना पूरा गर्न परमेश्‍वरको घरको काममा समस्या आएको हेर्न इच्छा समेत गरेँ। नाम र हैसियतको पछि लागेर म परमेश्‍वरको विरुद्धको मार्गमा छु भन्‍ने मैले देखेँ। त्यो बेला मलाई डर लाग्यो र मलाई थाहा थियो, मैले पश्‍चात्ताप नगरी परमेश्‍वरको घरको काममा वाधा दिँदै नाम र हैसियतको पछि लागिरहेँ भने, कम्तीमा पनि मैले सम्भवतः आफ्नो कर्तव्य गुमाउनेथिएँ, र बढीमा म ख्रीष्टविरोधी बनेर मण्डलीबाट बर्खास्त हुनेथिएँ। मैले मुक्ति पाउने मौका गुमाउनेथिएँ। यो कुरा बुझेपछि म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ। मैले आफ्नो बाबजुत नाम र हैसियतको पछि लाग्दैथिएँ। यस पटक परमेश्‍वरले मेरो लागि वास्तविक परिस्थिति ल्याइरहनुभएको थियो ताकि मैले त्यसको पछि लाग्ने मेरो कुरूप सत्यतालाई देख्‍न सकूँ, र यसरी मलाई नाम र हैसियतको पछि लाग्दा हुने हानि र खतरनाक परिणामहरू व्यक्तिगत तवरमा अनुभव गर्न लगाउनुभयो। मैले परमेश्‍वरका वचनहरूको न्यायद्वारा उहाँको चिढ्याउन नसकिने धर्मी स्वभावलाई पनि महसुस गरेँ र नाम र हैसियतको जकडबाट मुक्त हुने र पश्चात्ताप गर्ने चाहना गरेँ। मलाई पहिले सधैँ नकारात्मक र कमजोर महसुस हुन्थ्यो, किनभने नाम र हैसियत पाउने मेरो चाहना परिवर्तन हुनै सक्दैन र मसँग सत्यताको पछि लाग्‍ने आत्मविश्‍वास छैन भनेर म सोच्ने गर्थेँ। त्यसपछि मैले के बुझेँ भने, म असाध्यै भ्रष्ट भए तापनि, मैले सत्यता र व्यक्तिगत परिवर्तनको खोजी गर्न चाहेँ भने, परमेश्‍वरले मलाई सत्यता बुझ्‍न, ती नेलहरू तोड्न अनि मुक्तिको मार्गमा हिँड्न अगुवाइ गर्नुहुनेछ।

त्यसपछि परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “मानिसहरूले सधैँ अरूभन्दा राम्रो बन्‍ने प्रयास गर्नु, सधैँ अरूलाई उछिन्‍ने कोसिस गर्नु, हरेक पक्षमा भीडभन्दा राम्रो देखिने प्रयास गर्नु कस्तो स्वभाव हो? (अहङ्कारी स्वभाव।) यो परमेश्‍वरको बोझको ख्याल गर्नु होइन—परमेश्‍वरले तँलाई यस्तो खाले ख्याल गर्नू भनी भन्‍नुहुन्‍न। कतिपयले यसलाई तिनीहरू प्रतिस्पर्धात्मक बन्‍ने कुरा हो भन्छन्। प्रतिस्पर्धात्मक हुनु आफैमा नकारात्मक कुरा हो। यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण—प्रस्फुटीकरण—हो। जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई होच्याउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्‍ने कोसिस गरिरहेको हुन्छस्, सधैँ चाल चलिरहेको हुन्छस्, सधैँ अरूबाट लिने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तैँले कसैको आज्ञा मान्दैनस्, र आफूलाई विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यो समस्या हो; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँचो अर्थमा परमेश्‍वरको स्वीकारयोग्य प्राणी बन्‍न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नको लागि आफू जे हो त्योभन्दा श्रेष्ठ र सक्षम बन्‍ने प्रयास गर्नु—यो खराब कुरा हो; तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्नुपर्छ, र आफ्नो स्थानभन्दा माथि जानु हुँदैन; यसले मात्र अर्थ राख्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। “तिमीहरूका चाल-चलनका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थान अनुसार चालचलन प्रस्तुत गर्नुपर्छ, तिमीहरूले आफ्‍नो लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणको रूपमा, कतिपय मानिसहरू कुनै काम वा पेसामा सिपालु हुन्छन् र त्यसका सिद्धान्तहरूलाई बुझ्न सक्छन्, र तिनीहरूले यस सम्बन्धमा अन्तिम जाँच गर्नुपर्छ; आफ्‍ना विचारहरू र अन्तर्दृष्टिहरू प्रदान गरेर, अरू सबैलाई तिनै विचारहरूको आधारमा अघि बढेर उक्त कर्तव्य अझ राम्ररी गर्ने तुल्याउन सक्‍ने मानिसहरू पनि हुन्छन्—त्यसकारण तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मेलमिलापमा काम गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्, र तैँले आफ्‍नो स्थान अनुसार व्यवहार गरिरहेको हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। यसले मलाई अभ्यास गर्ने मार्ग दियो। परमेश्‍वरले हरेक व्यक्तिलाई फरक-फरक वरदान र क्षमता दिनुहुन्छ। हामी उहाँका बन्दोबस्तहरूमा समर्पित हुनेछौँ अनि आफ्‍नै स्थानमा बसेर आफ्ना सीपहरू प्रयोग गर्नेछौँ भन्‍ने आशा परमेश्‍वर गर्नुहुन्छ। सिस्टर यू मभन्दा धेरै योग्य थिइन् र वास्तविक समस्याहरू सम्‍हाल्‍न सक्थिन्। उनी एक प्रभावकारी समूह अगुवा थिइन्, र त्यो राम्रो कुरा थियो। मेरो जीवन प्रवेश सतही थियो, त्यसकारण मैले कडा परिश्रण गर्नुपर्थ्यो, आफ्नो सबै कुरा दिनुपर्थ्यो र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। मसित हुनुपर्ने एकमात्र कारण त्यही थियो। मलाई अयोग्य र क्षमताहीन भन्छ भन्‍ने डर थियो किनभने म प्राकृतिक तवरमै अहङ्कारी थिएँ र आफैलाई चिनेकी थिइनँ। मैले आफ्‍नै स्थानलाई चिनिनँ। सिस्टर यूले जीवन प्रवेशमा ध्यान केन्द्रित गर्थिन् र दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्थिन्। उनले ममा समस्याहरू देख्दा मप्रति पनि उनी अत्यन्तै सहयोगी भएकी थिइन्, ताकि मैले त्यो अवसरलाई उनीसँग काम गर्ने मौकाको रूपमा लिन, उनका समार्थ्यबाट सिक्न, अनि परमेश्‍वरले तय गर्नुभएको त्यो वातावरणमा आफ्नो व्यक्तिगत जीवन प्रवेशमा ध्यान केन्द्रित गर्न सकूँ। त्यसले मेरो जीवन प्रवेशमा सहायता गर्नेथियो। त्यो मानसिकताले मलाई स्वतन्त्रताको आभास प्रदान गर्‍यो। त्यसपछि, मैले उनीप्रतिको डाहालाई त्यागिदिएँ, र भेलाहरूमा सक्रिय भएर सहभागी भएँ र उनीसँग सहकार्य गरेँ, सङ्गतिमा राम्रो गर्न र अरूलाई सहयोग गर्न सक्दो गरेँ। त्यसरी अभ्यास गर्दा मलाई पहिले कहिल्यै प्राप्त नभएको शान्ति अनुभूति भयो।

यो अनुभवले मलाई मेरो भ्रष्ट प्रकृतिबारे अझै राम्रो बुझाइ प्रदान गर्‍यो। शैतानले मलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, कसरी म आफ्नो नाम र हैसियतको खातिर कुनै कुरामा रोकिएकी छैनँ र म साँच्‍चै कुटिल छु भन्‍ने कुरा मैले बुझेँ। मैले परमेश्‍वरको मुक्ति पनि अनुभव गरेँ। हैसियतको लागि त्यो लडाइँमा र त्यो डाहामा अल्झिएर बस्‍नु अत्यन्तै पीडादायी कुरा हो, र त्यो परमेश्‍वरका वचनहरूको न्याय थियो, जसले मलाई म अझ स्वतन्त्र हुन सकूँ भनेर ईर्ष्याको बन्धनबाट मुक्त गर्दै नाम र हैसियतको पछि लाग्नुको सारलाई देखाइदियो। परमेश्‍वरको मुक्तिको लागि म हृदयभित्रैदेखि कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्