ख्याति र प्राप्तीका बन्धनहरू
जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
२०२० को नोभेम्बर महिनामा, मलाई मण्डलीको मलजल कार्यको जिम्मेवारी दिई एक टोलीको अगुवाको रूपमा चयन गरियो। त्यो समयमा म धेरै खुसी थिएँ, र मलाई लाग्यो कि टोली अगुवाका रूपमा चुनिनुको मतलब सत्यता बुझ्नु र जीवनमा प्रवेश गर्नुको सन्दर्भमा म अन्य ब्रदर-सिस्टरहरूभन्दा राम्रो थिएँ। मैले मेरो कर्तव्य राम्ररी निभाउन चाहन्थेँ ताकि सबैले मलाई राम्रो मानून्। केही समयपछि, नयाँ विश्वासीहरूलाई मलजल गर्ने प्रयासको केही परिणाम आयो, र अधिकांश नयाँ विश्वासीहरूले नियमित रूपमा भेलामा सहभागिता जनाए र आफ्नो कर्तव्य निभाए। ब्रदर-सिस्टरहरूले भने कि मेरो सत्यताबारेको सङ्गति स्पष्ट थियो, र म केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम थिएँ। सबैले मेरो प्रशंसा गरेपछि, मलाई आफैँप्रति धेरै खुसी भयो। तर एक महिना पछि, सिस्टर शियांग झेनको आगमनले अप्रत्याशित रूपमा सबै कुरा बदलिदियो।
शियांग झेन पहिले मण्डलीको अगुवा थिइन्, र उनी सत्यताबारे स्पष्ट रूपमा सङ्गति गर्थिन्। उनी एक उच्च क्षमताकी व्यक्ति र सक्षम कामदार थिइन्। उनले आएको केही समयमै हाम्रा काममा केही समस्याहरू र विचलनहरू देखिन्, र सङ्गति गर्न अनि कामकुराहरू समाधान गर्न चाँडै परमेश्वरका वचनहरू पत्ता लगाइन्। बिस्तारै, मैले ब्रदर-सिस्टरहरूले आफ्ना समस्याहरूबारे सङ्गति गर्नका लागि शियांग झेनलाई खोज्ने गरेको देखेँ, र मलाई झर्को लाग्न थाल्यो। मैले मनमनै सोचेँ, “म टोलीको अगुवा हुँ, र यदि मेरो सत्यता बारेको सङ्गति र समस्याहरू समाधान गर्ने क्षमता शियांग झेनभन्दा राम्रो नभए, सबैले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले म सक्षम समूह अगुवा होइन र समस्याहरू समाधान गर्न सक्दिनँ भन्ने सोच्नेछन्?” त्यसरी सोच्दा, म निकै लज्जित भएँ र शियांग झेनप्रति पूर्वाग्रह राख्न थालेँ। मलाई लाग्थ्यो कि उनी हाम्रा काममा विचलनहरू देखाएर र ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गरेर आत्मप्रचार गरिरहेकी छिन्। मलाई उनले मलाई—टोलीको अगुवालाई—सम्मान गर्थिनन् र जानीजानी मलाई लज्जित बनाउँथिन् र अपमान गर्थिन् भन्ने लाग्यो। मैले मनमनै सोचेँ, “तिमी पहिले अगुवा थियौ र तिमीलाई कामको केही अनुभव भए तापनि मेरो क्षमता तिमीभन्दा कम छैन, र म विश्वास गर्छु कि म तिमी जति नै राम्रो छु।” इज्जत बचाउन, मैले भेलाहरूमा परमेश्वरका वचनहरू गहिरो गरी मनन प्रयास गरेँ, र उनीभन्दा राम्ररी सङ्गति गर्न चाहेँ। जब ब्रदर-सिस्टरहरूले समस्याहरू र कठिनाइहरू सामना गरे, मैले सङ्गति गर्न र तिनलाई समाधान गर्न परमेश्वरका वचनहरू खोज्दै समय बिताएँ, र केही राम्रा अनुभवहरूका बारेमा कसरी कुरा गर्ने भन्नेबारे सोचेँ ताकि ब्रदर-सिस्टरहरूले कोसँग साँचो वास्तविकता छ भन्ने देखून्।
एकपटक, एउटा भेलामा, एक सिस्टरले आफ्नो कर्तव्य गर्ने क्रममा भोगिरहेको कठिनाइका बारेमा भनिन् र यसलाई कसरी समाधान गर्ने भनेर जान्न चाहन्थिन्। मैले मनमा सोचेँ: “मैले सिस्टरको समस्या समाधान गर्न चाँडै परमेश्वरका वचनहरूमा केही सान्दर्भिक अंशहरू खोज्नुपर्ने छ। यस पटक, म लयमा फर्किनै पर्छ र शियांग झेनलाई उछिन्नै पर्छ।” तर मैले जति छिटो त्यसो गर्न चाहेँ, उति नै अलमलिएँ। मैले परमेश्वरको वचनको कुन खण्ड उपयुक्त हुनेछ भन्ने थाहा नपाई पानाहरू पल्टाइरहेँ। अन्ततः शियांग झेनले उनीसँग सङ्गति गरिन् र उनको समस्या समाधान गरिन्। म निकै दिक्क लाग्यो, र मेरो अनुहार लाजले जलिरहँदा, म बस एउटा दुलोमा पसेर लुकी बस्न चाहन्थेँ। मैले आफूलाई प्रमाणित गर्न जति चाहेँ, आफैँलाई त्यति नै मूर्ख बनाइरहेकी थिएँ। मैले जति नै मेहनत गरे पनि, म कहिल्यै शियांग झेनसँग तुलना गर्न सक्दिनँ भन्ने महसुस गरेँ। मैले साँच्चै कष्ट र अवसाद भोगिरहेकी थिएँ, र आफ्नो कर्तव्य पूरा गर्न खोज्दा, मैले इज्जत गुमाएको महसुस गरेँ। मैले यो पनि महसुस गरेँ कि सबैले म कत्तिको योग्य छु भनेर देखेका छन्, र ब्रदर-सिस्टरहरूले पक्कै शियांग झेनलाई मभन्दा बढी योग्य समूह अगुवा ठानेका छन्। यस्तो अवस्थामा, कम्तीमा इज्जत बचाउन सायद मैले जतिसक्दो चाँडो राजीनामा दिनुपर्थ्यो। म जान्दथेँ कि मैले शियांग झेनको ईर्ष्या गर्नु हुँदैन, तर म यसलाई नियन्त्रण गर्न सक्दिनथेँ। म पीडामा र नकरात्मक थिएँ, र मलाई प्रतिष्ठा र हैसियतको बन्धनबाट कसरी बाहिर निस्कने भनेर थाहा थिएन। मैले आफूलाई नै परिभाषित गरेँ, र मैले सँधै ती कुरा पछ्याउँदै आएका कारण सायद त्यो नै मेरो प्रकृति हो र म त्यसलाई परिवर्तन गर्न सक्दिनँ भनेर महसुस गरेँ। म ब्रदर-सिस्टरहरूसँग आफ्नो मन खोली मेरो समस्याको समाधान खोज्न चाहन्थेँ, तर उनीहरूले मलाई हेयको नजरले हेर्नेछन् कि भनेर डराइरहेकी थिएँ। म ब्रदर-सिस्टरहरूसँग आफू शियांग झेनजति राम्रो छैन भनेर पनि स्वीकार गर्न चाहन्थिनँ। त्यसैले म सधैँ नकारात्मक हुन्थेँ, र शियांग झेनप्रति गहिरो भन्दा गहिरो पूर्वाग्रह राख्न थालेँ। जब मैले उनी भेलाहरूमा कति सक्रिय छिन् भनेर देखेँ, मैले सोचेँ कि उनले देखावटी गर्दैछिन्, हैसियतका लागि मसँग प्रतिस्पर्धा गर्दैछिन्। उनलाई बेवास्ता गर्ने इच्छा झन्-झन् बढ्दै गयो। मैले अर्की सिस्टरसँग आफ्नो असन्तुष्टिबारे मन खोल्ने, उनलाई मेरो पक्ष लिन लगाउने र शियांग झेनको आलोचना गर्ने बारेमा समेत सोचेँ। यसो गर्दा, म शियांग झेनविरुद्ध हूल बाँध्दै थिएँ भनेर अस्पष्ट रूपमा सचेत थिएँ। तर मैले आत्माचिन्तन गरेकी थिइँन। एक साँझ, मैले एक सिस्टरलाई मेरो नकारात्मकता बारे बताएँ। भेलामा प्राय: शियांग झेनले नै हामीलाई परमेश्वरका कुन वचनहरूका बारेमा सङ्गति गर्नुपर्छ भनेर सुझाव दिन्थिन्, त्यसैले मलाई लाग्थ्यो कि उनले मलाई सम्मान गर्दिनन्। मलाई बाँधिएको महसुस भयो, र म त्यस उप्रान्त समूह अगुवा बन्न चाहिनँ। मैले सोचेँ कि ती सिस्टरले मेरो पक्ष लिनेछिन्, तर उल्टै उनले मलाई शियांग झेनलाई राम्ररी व्यवहार गर्न र आफ्नैँ समस्यामा मनन गर्न सल्लाह दिइन्। आउँदा दिनहरूमा, मैले देखेँ कि उनी शियांग झेनसँग मजाले मिलिरहेकी थिइन्, र यसले मलाई असजिलो बनायो। मैले मनमनै सोचेँ: “मैले तिमीलाई यति धेरै कुरा बताएँ, त्यसैले तिमी शियांग झेनको विरुद्ध कसरी पक्षपाती हुन सक्दैनौ?” त्यस्तो सोचले मलाई अचम्मित पार्यो। “मैले कसरी त्यस्तो सोच्न पनि सकेँ? के मैले एउटा गुट बनाउन र शियांग झेनलाई बहिष्कार गर्ने प्रयास गरिरहेकी छैन?” जति सोचेँ, उति नै म डराउन थालेँ, र आत्मचिन्तन गर्न थालेँ। त्यसपछि मैले परमेश्वरका वचनहरू सम्झेँ: “जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अधिकारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किच्छन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किच्ने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू असंयमित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। मैले पहिले परमेश्वरका वचनको त्यो खण्ड पढ्दा, ती मेरा लागि लागु हुन्छन् भनेर कहिल्यै सोचिनँ। त्यसपछि मैले अन्ततः परमेश्वरका वचनहरूले मेरो आफ्नै स्थिति प्रकट गरेको देखेँ। म यति विश्वासघाती र दुर्भावनापूर्ण हुन सक्छु भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। शियाङ्ग झेनले सत्यताबारे मभन्दा राम्रो सङ्गति गरी ब्रदर-सिस्टरहरूका वास्तविक समस्याहरू समाधान गरेको देख्दा, यसले मलाई दुखी मात्र बनाएन, मैले उनीप्रति द्वेष र ईर्ष्या पनि पालेँ। मलाई उनको श्रेष्ठताले गर्दा मेरो इज्जत गुमेको जस्तो लाग्यो। आफ्नो इज्जत बचाउन र हैसियत जोगाउन, म निरन्तर उनलाई मात दिने उपायहरूका बारेमा सोच्ने प्रयास गरिरहेकी हुन्थेँ। यसो गर्न नसक्दा, ममा शियांग झेनप्रति पूर्वाग्रह उत्पन्न हुन्थ्यो, र मैले उनले देखावट गर्दै मेरो हैसियत चोर्न खोजेको मूल्याङ्कन गरेँ। मैले शियांग झेनको पछाडि एउटा गुट बनाएर उनीप्रति पूर्वाग्रह फैलाउने प्रयास गरिरहेकी थिएँ ताकि सबैले उनलाई अलग राखून्। म निकै अहङ्काररी थिएँ। म कसैलाई पनि मभन्दा राम्रो हुन दिन सक्दिनँथेँ, र म समूह अगुवाको आफ्नो हैसियत कायम राख्न केही गर्नबाट पछि हट्दिनथेँ। यसो गर्दा, के म हैसियतका लागि मात्र अरूलाई आक्रमण र बहिष्कार गर्ने ख्रीष्टविरोधीहरू भन्दा फरक थिएँ? सत्यताबारे मेरो बुझाइ सतही थियो, र म वास्तविक समस्याहरू समाधान गर्न सक्दिनथेँ। तर म शियांग झेनलाई सङ्गति गर्न र सबैलाई मदत गर्न दिन्नथेँ, अनि के मैले ब्रदर-सिस्टरहरूलाई हानि पुर्याइरहेकी थिइनँ? ममा मानवता थिएन! जब मैले त्यो महसुस गरेँ, मलाई ग्लानि भयो। मैले ब्रदर-सिस्टरहरूलाई निराश बनाएकी थिएँ। त्यसपछि मैले हिम्मत जुटाएर शियांग झेनसँग प्रतिष्ठाका लागि मेरो प्रतिस्पर्धाबारे खुलस्त बताएँ र सङ्गति गरेँ र माफी मागेँ। उनले भनिन्, भेलाका क्रममा उनले सङ्गति गर्दा म धेरै खुसी हुन्थिनँ भनेर उनलाई थाहा थियो, त्यसैले उनले बाँधिएको महसुस गरिन् र मलाई असर पुर्याउँछ भन्ने डरले धेरै कुरा बाँड्ने आँट गरिनन्। त्यो बेला मैले बुझेँ कि प्रतिष्ठाका लागि मेरो संघर्षले उनलाई हानि पुर्यायो, र मैले दोषी महसुस गरेँ।
त्यसपछि मैले अभ्यासको मार्ग खोज्न जारी राखेँ, र मैले परमेश्वरका यी वचनहरू पढेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान् मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न। यदि तँ साँच्चै परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्वरको घरमा एक प्रतिभावान् व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। … सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनबाट मैले बुझेँ कि अगुवाहरू र कामदारहरूले क्षमता भएका व्यक्तिहरूलाई चिन्न र बढावा दिन सिक्नुपर्छ। उनीहरूले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि क्षमता भएका व्यक्तिहरूको ईर्ष्या गर्न वा तिनीहरूलाई दबाउन मिल्दैन, जुन कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ। शियांग झेनले स्पष्ट रूपमा सत्यताका बारेमा सङ्गति गरिन्, र वास्तविक समस्याहरू समाधान गर्न सकिन्। त्यसले मण्डलीको काममा फाइदा पुर्यायो र ब्रदर-सिस्टरहरूलाई जीवनमा प्रवेश गर्न मदत गर्यो। मैले परमेश्वरका अभिप्रायलाई ध्यानमा राख्नुपर्ने थियो र आफ्नो प्रतिष्ठा र हैसियत त्यागेर शियांग झेनसँग मिलेर काम गर्नुपर्ने थियो र मेरो कर्तव्य राम्ररी निभाउनुपर्ने थियो। समूहको अगुवा चयन हुनु परमेश्वरको अनुग्रह थियो, जसले मलाई अभ्यास गर्ने मौका दिएको थियो। यसको अर्थ म सबै कुरा बझ्थेँ, वा त्यो कर्तव्यका लागि योग्य थिएँ भन्ने थिएन। सत्यताको मेरो बुझाइ सतही थियो, र समस्याहरूलाई नबुझ्नु सामान्य कुरा थियो, त्यसैले मैले शियांग झेनबाट सिक्नुपर्थ्यो। तर म सधैँ आफैँलाई समूह अगुवाका रूपमा देख्थेँ, म प्रत्येक समस्यालाई नियालेर समाधान गर्न सक्नुपर्छ, र अरूभन्दा कम सक्षम हुन सक्दिन भन्ने सोच्थेँ। त्यसैले, म सधैँ शियांग झेनसँग सङ्घर्ष र प्रतिस्पर्धा गर्थेँ, र उनीभन्दा राम्रो गर्न नसक्दा, म नकारात्मक हुन्थेँ र कष्ट भोग्थेँ। म असाध्यै मूर्ख थिएँ! परमेश्वरले वास्तवमा अगुवाहरू र कामदारहरू प्रत्येक समस्या समाधान गर्न सक्षम हुनुपर्छ भनेर कहिल्यै माग गर्नुभएको छैन। परमेश्वर म इमानदार रहूँ, र केवल मैले बुझेका कुरामा मात्रै सङ्गति गरूँ र मैले नबुझेका कुराहरू ब्रदर-सिस्टरहरूसँग मिलेर छलफल गरूँ भन्ने आशा गर्नुहुन्छ। यो अभ्यास परमेश्वरको अभिप्रायसँग मेल खाने कुरा हो। परमेश्वरको अभिप्राय बुझेपछि, मैले शियांग झेनप्रति धेरै इर्ष्या गर्न छोडेँ, र म उनका कुनै पनि राम्रा विचारहरू स्विकार्न र कार्यान्वयन गर्न सक्षम भएँ। जब ब्रदर-सिस्टरहरूले भेलाहरूमा आफ्ना कठिनाइहरू उठाए, शियांग झेन र मैले सँगै मिलेर सङ्गति गर्यौँ र उनीहरूको मदत गर्यौँ, र धेरै समस्याहरू समाधान भए।
त्यो अनुभव पछि मैले सोचेँ कि म परिवर्तन भएकी छु, र मैले अब प्रतिष्ठा र हैसियतप्रति ध्यान दिन छोडेकी छु। तर म शैतानद्वारा यति गहिरो रूपमा भ्रष्ट भएकी थिएँ कि सही परिस्थिति पाएपछि म आफ्ना पुराना तौरतरिकमै फर्किएँ। सन् २०२१ को जुलाईमा, म वास्तविक काम गर्न नसकेका कारण बर्खास्त भएँ, र शियांग झेनलाई नयाँ समूहको अगुवा चयन गरियो। यस नतिजाको सामना गर्दै, मैले स्वीकार गरेँ कि उनी वास्तवमै सबै तरिकाले मभन्दा राम्री थिइन्, र उनलाई चयन गर्नु ब्रदर-सिस्टरहरूको जीवनमा प्रवेशका लागि फाइदाजनक हुनेछ। तर केही समयपछि मैले शियांग झेनले आफ्नो कर्तव्य निर्वाह गर्दा भार उठाउँछिन् भन्ने देखेँ। ब्रदर-सिस्टरहरूले कठिनाइ र समस्याहरूको सामना गर्दा, उनी उनीहरूसँग सङ्गति गरेर समयमै समस्याहरू समाधान गर्न सक्थिन्। उनी हाम्रो मण्डली जीवनका विचलनहरूको सारांश दिन पनि सक्षम थिइन्। त्यसले मेरो मनमा केही भावना जगायो: “यदि समूह अगुवाका रूपमा शियांग झेन मभन्दा बढी प्रभावकारी छिन् भने, के यसले मलाई अझ नराम्रो देखाउने छैन? सबैले मेरो बारेमा के सोच्नेछन्?” उनीहरूले पक्कै ममा क्षमता छैन र मेरो स्तर कम छ सोच्नेछन्। त्यो समयमा त्यसरी सोच्दा, मैले मण्डली जीवन सुध्रिने आशा गरिनँ। पहिलेका भेलाहरूमा, चाहे परमेश्वरका वचनको ज्ञानबारे सङ्गति गर्दा होस् वा हाम्रो कामका मुद्दाहरूको सारांश दिँदा होस्, म सङ्गति गर्न र सबैलाई त्यस्तै गर्न प्रेरित गर्नका लागि अग्रसर हुन्थेँ। तर त्यस बेलाका भेलाहरूमा, म सधैँ अन्तिममा बोल्ने गर्थेँ। कहिलेकाहीँ जब मैले केही अन्तर्दृष्टि र उज्यालो प्राप्त गर्थेँ, म त्यस बारेमा बोल्न चाहन्नथेँ, र अन्त्यमा अनिच्छापूर्वक थोरै शब्दहरू मात्रै बोल्थेँ। शियांग झेनले मलाई विस्तृत रूपमा व्याख्या गर्न भन्दा, मैले थप केही भन्न चाहिनँ। त्यतिबेला ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइमा थिए र नकारात्मक स्थितिमा जिइरहेका थिए, तर शियांग झेन काममा यति व्यस्त थिइन् कि समस्याहरू तुरुन्तै समाधान गर्न सकिनन्। मैले मदतको प्रस्ताव नगरेको मात्र होइन, तर वास्तवमा उनको दुर्दशामा आनन्द लिएँ, सोचेँ: “देख्यौ—तिमी साँच्चिकै राम्रो समूह अगुवा होइनौ। तिमी मभन्दा राम्री छैनौ!” मैले ब्रदर-सिस्टरहरूका समस्याहरू तुरुन्तै समाधान नभइरहेको देखेँ, र मण्डली जीवन अप्रभावी थियो। तर मैले शियांग झेनलाई मदत गरिनँ, र त्यस्तो स्थिति रहिरहोस् भन्ने आशा गरेँ। त्यसपछि मैले शियांग झेनले चाँडै आफ्नो तालिका मिलाएको र ती समस्याहरू समाधान गरेको देखेँ। त्यसले मलाई फेरि दुःखी बनायो, र मैले उनको अझै बढी ईर्ष्या गर्न थालेँ। विस्तारै, म उनलाई अझ बढी मन नपराउन थालेँ। अन्ततः म उनले भनेका कुनै कुरा र व्यक्त गरेका कुनै दृष्टिकोण पनि सुन्न चाहन्नथेँ। भेलाहरूमा, उनले सङ्गति गरेको बेलामा म अर्कोतर्फ फर्कन्थेँ। मलाई आफू झन्-झन् ईर्ष्यालु हुँदै गइरहेको, र आफ्नो स्वभाव दुर्भावनापूर्ण भएको थाहा थियो, जसले उनलाई चोट पुर्याउँथ्यो र मण्डली जीवनमा असर गर्थ्यो। म त्यो भइरहोस् भन्ने चाहन्नथेँ, तर म मेरो स्थितिबाट मुक्त हुन सकिनँ। पीडामा हुँदा, मैले परमेश्वरसँग प्रार्थना गरेँ: “हे परमेश्वर! म शियांग झेनको ईर्ष्या गर्न चाहन्नँ, तर म आफूलाई रोक्नै सक्दिनँ। कृपया मलाई मुक्ति दिनुहोस् ताकि म प्रतिष्ठा र हैसियत पछ्याउनुका खतरा र परिणामहरू बुझ्न सकूँ, र मेरो भ्रष्ट स्वभावबाट म अब बाँधिन नपरोस्।” त्यसपछि, मैले ब्रदर-सिस्टरहरूलाई आफ्नो गलत स्थितिबारे खुलेर बताएँ। मैले भनेका कुरा सुनेपछि, शियांग झेनले मैले उनलाई त्यस्तो गर्छु भनेर उनले कहिल्यै कल्पना नगरेकी, र उनलाई चोट पुगेको भनेर भनिन्। जब उनले त्यो भनिन्, मैले अत्यन्तै दोषी महसुस गरेँ। हामीले धेरै समयदेखि एकअर्कालाई चिनेका थियौँ, र मैले प्राय: उनको ईर्ष्या गरेको थिएँ र उनको अनुपस्थितिमा उनको आलोचना गरेको थिएँ तर उनले मसँग बहस गरिनन्। उनले मलाई माफ गरिन्, र मलाई मदत गर्न सत्यतामा सङ्गति गरिन्। ममा बिलकुलै मानवता थिएन र मैले अत्यन्तै दुर्भावनापूर्ण भई उनीसँग त्यसरी व्यवहार गरेकी थिएँ।
एक पटक भेलामा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू छली, कुटिल र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै क्रूर पनि हुन्छन्। तिनीहरूको हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाउँदा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक शत्रुवत् हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा झाराटारुवा हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्च नठानेपछि, र तिनीहरूद्वारा कोही नबहकिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय नहुने मात्र होइन, रत्तीभर समर्पण पनि हुँदैन। यसअलावा, तिनीहरूले हृदयमा परमेश्वरको घर, मण्डली, अनि अगुवा र कामदारहरूलाई घृणा गर्छन्; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीको र दाजुभाइ-दिदीबहिनीहरूको खिसीटिउरी गर्न चाहन्छन्। तिनीहरूले सत्यता पछ्याउने र परमेश्वरको डर मान्ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा बफादार रहेको र मूल्य चुकाउन इच्छुक जोकोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो—अनि, के यो क्रूर छैन र? यिनीहरू स्पष्टतः दुष्ट मानिसहरू हुन्; ख्रीष्टविरोधीहरू सारमा दुष्ट मानिसहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरले ख्रीष्टविरोधीहरूको कपट, दुष्टता, र दुष्ट प्रकृतिको खुलासा गर्नुहुन्छ। उनीहरूले आफ्नो हैसियत वा अरूको समर्थन गुमाउने बित्तिकै, उनीहरू ईर्ष्यालु र प्रतिशोधी बन्छन्। उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा झारा टार्ने मात्र नभई मण्डलीको काममा त्रुटिहरू होओस् भनी आशा पनि गर्छन् ताकि उनीहरूले परमेश्वरको घर र ब्रदर-सिस्टरहरूको मजाक उडाउन सकून्। परमेश्वरको वचनले मेरो अवस्था प्रकट गर्यो। बर्खास्त भएपछि, मैले शियांग झेनले आफ्नो कर्तव्य निर्वाह गर्दा भार वहन गरिरहेकी थिइन्, र उनी सक्रिय रूपमा ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्थिन् भनेर देख्न सकेँ। मलाई डर थियो कि यदि उनले राम्रो काम गरिन् र मण्डली जीवन सुध्रियो भने, त्यसले म उनी जत्तिको राम्रो छैन भनेर देखाउनेथ्यो। ब्रदर-सिस्टरहरूको मनमा मेरो हैसियत र छवि सुरक्षित राख्न, म मण्डली जीवन निष्प्रभावी होस् भन्ने चाहन्थेँ। त्यसैले मसँग स्पष्ट रूपमा अन्तर्दृष्टि र ज्योति भए पनि, म तीबारे सङ्गति गर्न चाहन्नथेँ। काममा व्यस्त भएका कारण शियांग झेनले ब्रदर-सिस्टरहरूका समस्याहरू तुरुन्तै समाधान गर्न नसक्दा, म मदत गर्दिनथेँ। बरु, मैले उनको दुर्दशाको आनन्द लिई उनीमाथि हाँस्न पर्खिन्थेँ। मैले उनको ईर्ष्या गर्थेँ, किनकि उनी काममा मभन्दा बढी सक्षम थिइन्। म उनको कुनै कुरा मन पराउँदिनथेँ, र उनलाई पूरै अस्वीकार गर्थेँ। मैले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव देखाउँदै थिएँ! मण्डली जीवनको प्रभावकारिता ब्रदर-सिस्टरहरूको जीवन प्रवेशसँग सिधै सम्बन्धित छ, र जब उनीहरूको परिस्थिति सामान्य हुन्छ र उनीहरू जीवनमा प्रवेश गरेका हुन्छन्, तब मात्र उनीहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छन्। तर मानिसहरूको नजरमा मेरो हैसियत कायम राख्न, म मण्डली जीवनको समर्थन गर्न असफल मात्र भइनँ, मैले ब्रदर-सिस्टरहरूका समस्याहरू नसुल्झिऊन् र उनीहरू आफ्नो कर्तव्यमा अप्रभावी रहून् भन्ने आश पनि गरेँ। म एकदमै विश्वासघाती र दुष्ट थिएँ! परमेश्वरको घरले कसैलाई प्रवर्धन गर्छ वा बर्खास्त गर्छ भन्ने कुरा कामको आवश्यकतामा आधारित हुन्छ। मैले मेरो काम गर्न सकिनँ, त्यसैले मलाई बरखास्त गरियो, र त्यसपछि एक झन् उपयुक्त व्यक्तिले त्यसको जिम्मा लिए। मैले शियांग झेनसँग राम्ररी काम नगरेको मात्र नभई, मैले उनलाई पर्दा पछाडि पनि कमजोर बनाएको थिएँ। मैले अवरोध र बाधा उत्पन्न गरेँ, र उनलाई चोट पुर्याएँ। के म मानव त थिएँ? त्यो विचारले गर्दा म पछुतोले भरिएँ, र मैले आँसु रोक्न सकिनँ। मैले धेरै दुर्भावनापूर्ण भएकोमा आफैँलाई घृणा गरेँ; म परमेश्वरको सामु जिउन योग्य थिइनँ। मैले बाइबलमा यो लेखिएको छ भनेर सम्झिएँ: “डाहा हड्डी मकाउने कुरा हो” (हितोपदेश १४:३०)। त्यो साँच्चै सत्य हो। ईर्ष्याले मानिसलाई घृणा गर्ने, र अव्यावहारिक कार्यहरू गर्ने पनि बनाउन सक्छ।
त्यो रात, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “यदि तैँले सधैँ परमेश्वरले रक्षा गर्न चाहनुहुने कुराहरूलाई बाधा र अवरोध गर्छस्, र जग कमजोर पार्छस् भने, यदि तैँले सधैँ त्यस्ता कुराहरूप्रति अवहेलना प्रदर्शन गर्छस्, र तीप्रति सधैँ धारणा र विचारहरू राख्छस् भने, तैँले परमेश्वरलाई खण्डन गरिरहेको र उहाँविरुद्ध खडा भइरहेको हुन्छस्। यदि तैँले परमेश्वरको घरको काम र परमेश्वरको घरका हितहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, र सधैँ तिनलाई कमजोर पार्न, र सधैँ विनाश गर्न चाहन्छस्, वा सधैँ तीबाट फाइदा लिन, ठग्न, वा हिनामिना गर्न चाहन्छस् भने, के परमेश्वर तँसँग रिसाउनुहुनेछैन र? (रिसाउनुहुनेछ।) अनि, परमेश्वरको रिसका परिणामहरू के-के हुन्? (हामीलाई दण्ड दिइनेछ।) यो कुरा निश्चित छ। परमेश्वरले तँलाई अवश्य नै क्षमा गर्नुहुनेछैन! किनभने तैँले गरिरहेको कुरा मण्डलीको काम तोड्नु र नष्ट गर्नु हो, र यो परमेश्वरको घरको काम र हितहरूसँग बाझिन्छ। यो ठूलो दुष्टता हो, यो परमेश्वरसँगको प्रतिस्पर्धामा प्रवेश गर्नु हो, र यो परमेश्वरको स्वभाव प्रत्यक्ष रूपमा चिढ्याउने कुरा हो। यस्तोमा परमेश्वर तँसँग नरिसाई कसरी बस्न सक्नुहुन्छ र? यदि कतिपय मानिसहरूले कमजोर क्षमता भएर अनि कामसम्बन्धी दक्षता नभएर अनजानमा अवरोध र बाधा पैदा गर्ने कुराहरू गर्छन् भने, त्यो माफ दिन सकिने कुरा हो। तर यदि तँ आफ्नै व्यक्तिगत हितहरूको कारण डाहा र कलहमा संलग्न हुन्छस् र जानीजानी परमेश्वरको घरको काममा अवरोध, बाधा, र विनाश ल्याउने कुराहरू गर्छस् भने, यो जानीजानी गरिएको उल्लङ्घन हो, र यो परमेश्वरको स्वभाव चिढ्याउने मामला हो। अनि, के तँलाई परमेश्वरले क्षमा गर्नुहुनेछ र? परमेश्वरले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाको काम गरिरहनुभएको छ, र उहाँको सबै रगत-पसिना यसैमा गएको छ। यदि कसैले परमेश्वरको विरोध गर्छ, जानीजानी परमेश्वरको घरका हितहरूमा हानि गर्छ, र जानीजानी परमेश्वरको घरका हितहरूमा हानि हुने गरी आफ्ना व्यक्तिगत हित र व्यक्तिगत प्रतिष्ठा र हैसियत पछ्याउँछ, र मण्डलीको काम तोड्न कति पनि हिच्किचाउँदैन, र यसरी परमेश्वरको घरको काममा बाधा र विनाश ल्याउँछ, र परमेश्वरको घरलाई ठूलो भौतिक र आर्थिक हानिसमेत पुर्याउँछ भने, तिमीहरूलाई के लाग्छ, के त्यस्ता मानिसहरूलाई क्षमा गरिनुपर्छ? (अहँ, तिनीहरूलाई क्षमा गरिनु हुँदैन।)” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरको वचनबाट मैले बुझेँ कि उहाँको स्वभावले अपमान सहन सक्दैन। सबैसँग मेरो हैसियत कायम राख्न, मैले बिना कारण शियांग झेनको विरोध गरेँ, सधैँ उनी लज्जित होऊन् भन्ने आशा गरेँ, जसले मण्डलीको कामलाई प्रभावित गर्यो। म आफ्ना उद्देश्य प्राप्त गर्न मण्डलीको हितलाई बलिदान गर्न तयार थिएँ। यो परमेश्वरलाई प्रतिरोध गर्नु हो। मैले परमेश्वरले कसरी मानवजातिले सत्यता पाउन, आफ्ना जीवन स्वभाव बदल्न, र उहाँको मुक्ति पाउन सकून् भन्ने आशा गर्दै मानवजातिलाई मुक्ति दिन कति ठूलो मूल्य चुकाउनुभएको छ भन्ने बारे सोचेँ। ब्रदर-सिस्टरहरूले राम्रो मण्डली जीवन र अगुवाका रूपमा राम्रा व्यक्ति पाउँदा मात्र, उनीहरूले सत्यता बुझ्न, सत्यता वास्तविकताभित्र प्रवेश गर्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छन्। तर मैले परमेश्वरका अभिप्रायहरूको पर्वाह नै गरिन। मण्डली जीवन निष्प्रभावी भएको देख्दा, मैले आश्चर्यजनक रूपमा खुसी महसुस गरेँ, र त्यो अवस्था निरन्तर चलिरहोस् भनेर नि आशा गरेँ। म यति घृणित र दुर्भावनापूर्ण कसरी हुन सकेँ? शैतानले मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम असफल होओस् र परमेश्वरको घरको काम ठप्प होओस भन्ने आशा गर्छ। त्यसले ब्रदर-सिस्टरहरूले परमेश्वरको मुक्ति गुमाऊन्, र अन्ततः त्यससँगै नर्कमा गई नष्ट होऊन् भन्ने आशा गर्छ। आज मैले यसरी सोच्नु र व्यवहार गर्न सक्नुको मतलब मण्डलीको काममा अवरोध र बाधा ल्याउँदा, म शैतानसमान भइनँ र? परमेश्वरको धर्मी स्वभावले अपमान सहन सक्दैन, र त्यो मार्गमा अगाडि बढिरहेँ र पछुतो मानिनँ भने, मैले पक्कै अझ ठूलो दुष्टता गर्ने थिएँ, परमेश्वरको स्वभावलाई अपमान गर्ने थिएँ, र उहाँले मलाई तिरस्कार गरी नष्ट गर्नुहुन्थ्यो। त्यस बेला मैले मनैबाट थाहा पाएँ कि नाम र हैसियत पछ्याउने बाटो राम्रो होइन। मैले परमेश्वरका वचन सम्झेँ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। पहिले, मैले ख्याति र हैसियत पछ्याउने कुरा गम्भीरतासाथ लिएकी थिइनँ। मलाई सधैँ यस्तो लाग्थ्यो कि म अरूले मलाई उच्च सोचून् भन्ने मात्र चाहन्थेँ, र म कहिल्यै ब्रदर-सिस्टरहरूलाई हानि पुर्याउने वा मण्डलीको हितलाई खतरामा पार्नेछैन। तर त्यतिबेला परमेश्वरका वचनको खुलासा र तथ्यहरूले कुराहरू मैले सोचेजस्तो साधारण हुँदैन भनेर देखाए। प्रतिष्ठा र हैसियत भनेका शैतानले मानिसहरूलाई हानि र चोट पुर्याउनका लागि प्रयोग गर्ने साधनहरू हुन्, मलाई नियन्त्रण गर्न शैतानले लगाएका जंजीरहरू हुन्, ताकि म कुनै पनि समयमा परमेश्वरको विरोध र प्रतिकार गर्न सकूँ। यदि मैले सत्यता पछ्याइन र परमेश्वरको न्याय र सजाय स्विकारिनँ, तर ती कुरा पछ्याउन जारी राखेँ भने, म बर्बाद हुनेथिएँ। प्राचीन समयदेखि, प्रतिष्ठा र शक्ति पछ्याउनाले राम्रा साथीहरू दुश्मन बनेका छन्, र नजिकका आफन्तहरूलाई एकअर्कामाथि हिसाबकिताब राख्ने र क्रूर बनेका छन्। मैले शियांग झेनसँग त्यस्तै व्यवहार गरेँ। मेरो प्रतिष्ठा र हैसियत जोगाउन, मैले उनलाई कहिल्यै सहन गर्न सकिनँ। मैले उनीसँग खुलेर र गोप्य रूपमा प्रतिस्पर्धा गरेँ, र उनलाई हराउन नसक्दा, म उनको आलोचना गर्न उनको पछाडि गुटहरू बनाउँथेँ। जब मैले मण्डली जीवनले नराम्रो परिणाम दिएको देखेँ, मैले त्यसलाई कायम राख्न प्रयास गरिनँ। मैले अलग्गै दृष्टिकोण अपनाएँ, म शियांग झेन असफल भएको देख्न चाहन्थेँ ताकि उनीमाथि हाँस्न सकूँ। मेरो हैसियतको चाहना पूरा गर्न म मण्डलीको काम प्रभावित भएको देख्न समेत तयार भएँ। मैले देखेँ कि प्रतिष्ठा र हैसियत पछ्याउने मार्गमा हिँड्नु भनेको परमेश्वरको विरोध गर्नु हो। म डराएँ, र मलाई यदि मैले पछुतो गरिनँ र प्रतिष्ठा र हैसियत पछ्याइरहेँ, मण्डलीको काममा बाधा र अवरोध ल्याइरहेँ भने, म ख्रीष्टविरोधी बन्न सक्छु र मण्डलीबाट बाहिर निष्कासित हुन सक्छु, र मेरो मुक्ति पाउने अवसर गुमाउनेछु भन्ने थाहा थियो। त्यो देखेपछि म परमेश्वरप्रति अति आभारी भएँ। आफ्नै इच्छाविपरीत म सधैँ प्रतिष्ठा र हैसियतको पछाडि दौडिरहेको थिएँ। त्यो समय परमेश्वरले मैले ती कुराका लागि प्रतिस्पर्धा गर्नुको कुरूपता देखूँ भनेर वास्तविक परिस्थिति सृजना गर्दै हुनुहुन्थ्यो, र मैले अन्ततः व्यक्तिगत अनुभवबाट प्रतिष्ठा र हैसियत पछ्याउँदाको कष्ट र खतरनाक परिणामहरू बुझेँ। परमेश्वरका वचनहरूको न्याय र प्रकाशमार्फत मैले बुझेँ कि उहाँको धर्मी स्वभावले अपमान सहन गर्दैन, र मेरो हृदयमा मैले प्रतिष्ठा र हैसियतको बन्धन तोड्न चाहन्थेँ। मैले पछुताउन र बदलिन चाहन्थेँ। पहिले, मैले सधैँ नकारात्मक र कमजोर महसुस गरेको थिएँ, किनकि म सोच्थेँ कि प्रतिष्ठा र हैसियतको मेरो चाहना परिवर्तन गर्नका लागि धेरै गम्भीर थियो, र म सत्यता पछ्याउनको लागि ममा आत्मविश्वास थिएँन। त्यतिबेला, मैले बुझेँ कि म भ्रष्ट भए पनि, म सत्यता पछ्याउन र बद्लिन इच्छुक भइन्जेलसम्म, परमेश्वरले मलाई सत्यता बुझ्न, प्रतिष्ठा र हैसियतका जन्जिरहरू तोड्न, र मुक्तिको मार्गमा अगाडि बढ्न मार्गदर्शन गर्नु हुनेछ।
पछी, मैले परमेश्वरका वचनमा यो पढेँ: “सधैँभरि अरू सबैलाई उछिन्ने, हरेक कुरा अरूले भन्दा राम्रोसित गर्ने, र हरप्रकारले भीडभन्दा राम्रो देखिने बारेमा नसोच्। त्यो कस्तो स्वभाव हो? (अहङ्कारी स्वभाव।) मानिसहरूमा सधैँ अहङ्कारी स्वभाव हुन्छ, र तिनीहरूले सत्यतातर्फ लागिपर्न र परमेश्वरलाई सन्तुष्ट पार्न चाहे पनि, तिनीहरू चुक्छन्। मानिसहरू अहङ्कारी स्वभावद्वारा नियन्त्रित हुँदा उनीहरूले विचलनहरू पैदा गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरू सधैँ परमेश्वरका मागहरू पालन गर्नुको साटो आफ्ना असल अभिप्रायहरू व्यक्त गर्न र आडम्बर देखाउन चाहन्छन्। के परमेश्वर असल अभिप्रायहरूको त्यस्तो अभिव्यक्तिलाई अनुमोदन गर्नुहुन्छ? परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि तैँले उहाँका मागहरू पालन गर्नैपर्छ, र आफ्नो कर्तव्य निर्वाह गर्न परमेश्वरका प्रबन्धहरूमा समर्पित हुनैपर्छ। असल अभिप्रायहरू व्यक्त गर्नु भनेको परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु होइन—यो त सधैँ नयाँ चालहरू चल्न र भव्य सुनिने शब्द बोल्न चाहनु हो। परमेश्वर तँलाई यसरी आफ्ना असल अभिप्राय व्यक्त गरेर उहाँका अभिप्रायको ख्याल गर्न भन्नुहुन्न। कतिपयले यसलाई तिनीहरू प्रतिस्पर्धात्मक बन्ने कुरा हो भन्छन्। प्रतिस्पर्धात्मक हुनु आफैमा नकारात्मक कुरा हो। यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण—प्रस्फुटीकरण—हो। जब तँसित यस्तो स्वभाव हुन्छ, तब तैँले सधैँ अरूलाई दबाउने प्रयास गरिरहेको हुन्छस्, सधैँ तिनीहरूलाई उछिन्ने कोसिस गरिरहेको हुन्छस्, सधैँ होडबाजी गरिरहेको हुन्छस्, सधैँ अरूबाट खोस्ने कोसिस गरिरहेको हुन्छस्। तँ असाध्यै ईर्ष्यालु बन्छस्, तँ कसैसँग झुक्दैनस्, र आफूलाई भीडमा विशिष्ट देखाउने कोसिस गरिरहेको हुन्छस्। यसले समस्या निम्त्याउँछ; शैतानले यसरी कार्य गर्छ। यदि तँ साँच्चै मानकअनुरूपको सृजित प्राणी बन्न चाहन्छस् भने, आफ्ना सपनाहरूको पछि नलाग्। आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आफ्नो सक्षमता र योग्यताभन्दा बढी सक्षम र योग्य देखिने प्रयास गर्नु समझहीन कुरा हो, र परमेश्वर यसलाई घृणा गर्नुहुन्छ। तैँले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सिक्नुपर्छ, र तँ एउटा मानवले ओगट्नुपर्ने ठाउँमा दृढतापूर्वक उभिनुपर्छ; यो मात्र समझको प्रकटीकरण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “तिमीहरूले आफूलाई आचरणमा ढाल्नुका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ, आफ्नो उचित स्थान खोज्नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; त्यसपछि मात्र तिमीहरू समझ भएको व्यक्ति हुन्छौ। उदाहरणका रूपमा, यदि तँ निश्चित पेसागत सीपहरूमा पोख्त छस् र तँसँग सिद्धान्तहरूको बोध छ भने, तैँले आफ्नो जिम्मेवारी वहन गरी त्यस क्षेत्रमा उचित जाँचपड्ताल गर्नुपर्छ; यदि तँ विचार र अन्तर्दृष्टिहरू प्रदान गर्न सक्छस्, अरूलाई आफ्ना कर्तव्य अझ राम्ररी निर्वाह गर्न तिनीहरूलाई उत्प्रेरित गर्न सक्छस् भने—तैँले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्न सकिस् भने, आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्—तैँले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनबाट मैले अभ्यासका मार्गहरू पाएँ। परमेश्वरले हरेक व्यक्तिलाई भिन्न उपहार र क्षमता दिनुहुन्छ। उहाँले आशा गर्नुहुन्छ कि हामी उहाँको सार्वभौमिकता र प्रबन्धमा समर्पित होऔँ, र हाम्रा सीपहरूलाई हाम्रो स्थानमा पूर्ण रूपले प्रयोग गरौँ। शियांग झेनमा मभन्दा उच्च क्षमता छ, र उनी वास्तविक समस्याहरू समाधान गर्न सक्षम छिन्। उनी समूह अगुवा हुनाले कामलाई लाभ हुन्छ, र यो राम्रो कुरा हो। मैले जीवनमा गहिरो रूपमा प्रवेश गरेको छैन, त्यसैले मैले सुध्रिन कडा मेहनत गर्नुपर्छ, र मेरो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दो प्रयास गर्नुपर्छ। ममा त्यो समझ हुनुपर्थ्यो। म सधैँ अरूले म अयोग्य र कम क्षमतावान छु भनेर भन्लान् कि भनेर डराउँथेँ। मेरो प्रकृति धेरै अहङ्कारी भएकाले, र मैले र मैले आफैलाई बुझिन, वा सही स्थान अपनाइन। शियांग झेन जीवनमा प्रवेश गर्नमा केन्द्रित थिइन्, र उनमा ब्रदर-सिस्टरहरूप्रति माया थियो। जब उनले मेरा समस्याहरू देखिन्, उनी सल्लाह दिन र मलाई मदत गर्न सक्षम भइन्। मैले उनीसँग काम गर्ने अवसरको कदर गर्नुपर्छ, उनका शक्तिहरूबाट सिक्नुपर्छ, र परमेश्वरले उपलब्ध गराउनु भएको वातावरणमा मेरो आफ्नै जीवनको प्रवेशमा ध्यान दिनुपर्छ। त्यो तरिकाले अभ्यास गर्दा मेरो जीवनको प्रवेशमा लाभ हुनेछ। त्यो प्रकारको मानसिकताले गर्दा मैले स्वतन्त्रताको अनुभूति प्राप्त गरेँ। त्यसपछि, मैले शियांग झेनको ईर्ष्या गरिनँ। भेलाहरूमा, म सक्रिय रूपमा उनीसँग सङ्गति र सहकार्य गर्न, मैले जे बुझेँ त्यसबारे सङ्गति गर्न, र ब्रदर-सिस्टरहरूलाई मदत गर्न मैले अधिकतम प्रयास गर्न सक्थेँ। त्यो तरिकाले अभ्यास गरेपछि, मैले पहिले कहिल्यै महसुस नगरेको शान्ति र सहजता महसुस गरेँ।
त्यो अनुभव भोग्नाले मलाई मेरो भ्रष्ट स्वभाव अझ राम्ररी बुझ्न मदत गर्यो। मैले देखेँ कि म शैतानद्वारा यति गहिरो रूपमा भ्रष्ट भएकी थिएँ कि म मेरो प्रतिष्ठा र हैसियत बचाउन जेसुकै गर्न तैयार थिएँ, र म साँच्चै दुष्ट र दुर्भावनापूर्ण थिएँ। जब म हैसियतका लागि लडिरहेको थिएँ र अरूको क्षमताको ईर्ष्या गर्थेँ, त्यो साँच्चै पीडादायी थियो। परमेश्वरका वचनहरूको न्याय र प्रकाशले मलाई प्रतिष्ठा र हैसियत पछ्याउनुको सार स्पष्ट रूपमा देखायो, र ईर्ष्याका जंजीरहरूबाट मलाई मुक्त गर्यो, ताकि म बढी आराम र स्वतन्त्र महसुस गर्न सकूँ। म परमेश्वरलाई मेरो हृदयको गहिराइबाट धन्यवाद दिन्छु!
जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...
झाओ याङ, चीनसन् २०२३ को अक्टोबर महिनाको एक दिन, अगुवाले मलाई एउटा पृष्ठभूमिको तस्बिर बनाउने व्यवस्था मिलाउनुभयो। उक्त तस्बिर बनाउन उच्च...
ओवेन, स्पेनसन् २०१८ मा, म मण्डलीका लागि भिडियोहरू निर्माण गरिरहेको थिएँ। मेरा व्यावसायिक सीपहरूमा छिट्टै सुधार भएकाले, र मैले...
याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...