परमेश्‍वरलाई मेरो हृदय दिँदा

11 अक्टोबर 2021

क्षिन्चे, दक्षिण कोरिया

वर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको गवाही दिँदै मञ्चमा गीत गाउँदा र मलाई सम्मानित र भएको महसुस भयो। मैले अभ्यास गर्ने र मेरो कर्तव्य राम्रोसँग पूरा गर्ने प्रतिज्ञा गर्दै परमेश्‍वरलाई प्रार्थना पनि गरें। जब मैले पहिलोपल्ट अभ्यास गर्न सुरु गरें, म साँच्चिकै मेहनती थिएँ र यसमा कडा परिश्रम गर्थेँ। तर म नाचगानमा अनुभवी नभएको र मेरा हाउभाउहरू कठोर खालका भएका कारण मेरा क्षमताहरू अरूका समान थिएनन्। हाम्रा प्रशिक्षक सधैँ मेरा समस्याहरूलाई औंल्याउने गर्थे। केही समयपछि म निराश हुन थालें, जतिसुकै मेहनत गरे पनि मैले कहिल्यै राम्रो गर्न सकिनँ भन्‍ने लागेको थियो; जब स्थानहरू तोकिए, नाचगानमा दक्ष दाजुभाइ दिदीबहिनीहरू अगाडि भए, मचाहिँ पछाडि खाली ठाउँ भर्ने मात्र भएँ। म पूर्वाभ्यासमा कम सक्रिय भएँ र सम्भव भएसम्म ढिलो आउन थालें। हाम्रो पहिलो छायाङ्कनमा म पछिल्लो पङ्‌क्तिको एक छेउमा राखिएकी थिएँ। म एक किसिमले निराश थिएँ, “म यसमा दक्ष छैनँ र म ती नाचगानमा दक्ष रहेका व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ। जति नै कडा परिश्रम गरे पनि म उनीहरूको स्तरमा कहिल्यै पुग्‍नेछैन र म कहिल्यै क्यामेरामा आउनेछैन। किन पूर्वाभ्यास गर्दा कडा परिश्रम गर्ने? न्यूनतम प्रयास नै पनि ठीक हुनेछ।” त्यस बेलादेखि, म कम सक्रिय भएँ। मलाई थाहा थियो मेरा चालहरू सही थिएनन्, तर मैले तिनीहरूलाई सच्याउने कोसिस गरिनँ। कहिलेकहीँ प्रशिक्षकले हामीलाई कडा परिश्रम गर्न भन्थे, र यदि कुनै एक व्यक्ति अनुपस्थित थियो भने, यसले सम्पूर्ण कार्यक्रममा सम्झौता गर्दथ्यो र छायाङ्कनमा ढिलाइ गर्दथ्यो। त्यसले ममा प्रभाव पारेको थियो र मलाई समग्र नतिजामा मैले विचार गर्नुपर्छ भन्ने लाग्यो। मैले प्रयास गर्न सुरु गरें, र त्यसपछि पुनः कम सक्रिय हुनमा लिप्त भएँ। मैले परमेश्‍वरको अगुवाइलाई महसुस नगरी झारा टार्ने किसिमले गीत र चालहरूको पूर्वाभ्यास गर्ने गर्थेँ। केही चालहरू मैले अभ्यास त गर्थेँ, तर सही गर्न सक्दिनथिएँ। सबैले गीत सम्‍बन्धी आफ्नो बुझाइको बारेमा सङ्गति गर्थे, तर मैले त्यसो गर्न सक्दिनथिएँ। गाउने क्रममा मलाई हृदयको छुवाइको पनि महसुस हुँदैनथियो, र फिल्ममा मेरा अभिव्यक्तिहरू एकनासे थिए। कसैले पनि मलाई हेरेर आनन्द लिन सक्दैनथियो। मलाई पूर्वाभ्यासहरू थकाइलाग्दो लाग्थ्यो र अर्को काममा लागूँ भनेर मलाई कहिले यो सकिन्छ भनेर हतार हुन्थ्यो।

जब मञ्चको स्थान सम्‍बन्धी चार्ट प्रकाशित भयो, मेरा केही दृश्यहरू क्यामेरा बाहिर छन् भन्‍ने पत्ता लगाएँ, र अत्यन्तै निराश महसुस गरें। मैले सोचेँ, “म राम्रो छैन, तर म त्यस्तो खराब पनि त छैनँ। अघिल्लो पङ्‌क्तिमा नभए पनि म कम्तीमा क्यामेरामा समावेश हुन त सक्छु। म किन क्यामेरा बाहिर छु? के म व्यर्थमा पूर्वाभ्यास गरिरहेकी छु? यदि मलाई थाहा भएको भए, म यी चालहरू अभ्यास नै गर्नेथिइनँ।” त्यसपछि, जब म क्यामेरामा कैद हुन्थें, तब म खुसीको साथ अघि बढ्थें, अन्यथा, म पूर्वाभ्यासका चरणहरूमा मात्र जान्थें। जब छायाङ्कन सकियो, त्यहाँ भेला हुँदा सबैले आफूले के प्राप्त गरे भन्‍ने बारेमा कुरा गरिरहेको सुनेर मलाई नरमाइलो लाग्यो। मैले उही कर्तव्य पूरा गरेको थिएँ, र तिनीहरूले केही प्राप्त गरे, त्यसो भए किन मैले यसबाट केही पनि नपाए जस्तो गरी मेरो मुटु खाली भएको महसुस भयो? मैले परमेश्‍वरलाई घृणा गरेकी छु कि भनेर मलाई डर लाग्यो। त्यसपछि मैले परमेश्‍वरलाई खोजेँ र उहाँलाई अगुवाइको लागि निवेदन गर्दै प्रार्थना गरें। तब, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरले व्यक्तिको हृदयको गहिराइमा हेर्नुहुन्छ र सबै कुरा अवलोकन गर्नुहुन्छ भनेर मानिसहरूले सधैँ भन्छन्। तैपनि, किन कतिपयले पवित्र आत्‍माबाट कहिल्यै अन्तर्दृष्टि पाउँदैनन्, किन तिनीहरूले कहिल्यै पनि अनुग्रह प्राप्त गर्न सक्दैनन्, किन तिनीहरूसँग कहिल्यै आनन्द हुँदैन, किन तिनीहरू जहिल्यै नकारात्मक र निराश हुन्छन्, र किन तिनीहरू सकारात्मक बन्‍न सक्दैनन् त्यो कुरा मानिसहरूलाई कहिल्यै थाहा हुँदैन। तिनीहरूका स्थितिहरूलाई हेर। यी मानिसहरूमध्ये एक जनामा पनि कार्यशील विवेक वा इमानदार हृदय छैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई हामी यसलाई नजिकबाट विश्लेषण गरौं। यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्दछ जसको कारण मानिसहरूले ऊसँग मानवता नै छैन भनेर भन्छन्? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रस्तुत गर्छन्? त्यस्ता मानिसहरू तिनीहरूको कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। तिनीहरूले जब केही गर्छन् तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, ‘यदि मैले यो गरें भने के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले गरेको सारा कोसिस र परिश्रमी रूपमा काम गरेको देख्दैनन्, र यदि परमेश्‍वरले यो पनि देख्नुहुन्न भने, मैले त्यस्तो कोसिस गर्दा वा त्यसका लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।’ के यो स्वार्थीपन होइन? त्यसको साथसाथै, यो अति नीच किसिमको उद्देश्य पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, तब के विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा विवेकको कुनै हिस्‍सा हुन्छ? आफूले गरेको कर्तव्यमा समस्या देखेपछि चुप लागेर बस्‍ने किसिमका मानिसहरू समेत हुन्छन्। तिनीहरू अरूले रोकावट र बाधाहरू उत्पन्न गरेका देख्छन्, तापनि तिनीहरूलाई रोक्न केही पनि गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा रत्तीभर पनि विचार गर्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारीहरूको बारेमा नै सोच्छन्। तिनीहरू आफ्नै गर्व, इज्जत, ओहदा, हितहरू र सम्मानका निम्ति मात्र बोल्छन्, काम गर्छन्, डटेर खडा हुन्छन्, कोसिस गर्छन्, र ऊर्जा खर्च गर्छन्। त्यस्तो किसिमको कुनै व्यक्तिका कार्यहरू र उद्देश्यहरू सबैका लागि स्पष्ट हुन्छन्: जब सम्मान वा केही आशिष पाउने अवसर हुन्छ तब तिनीहरू देखा परिहाल्छन्। तर जब सम्मान पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाए जस्तै तिनीहरू दृश्यबाट हराउँछन्। के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? के यस्तो व्यवहार गर्ने अन्तस्करण र विवेकहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस प्रकारको व्यक्तिको अन्तस्करणले कुनै उद्देश्य पूरा गर्दैन, र तिनीहरूले कहिल्यै पनि स्व-निन्दाको महसुस गर्दैनन्। त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचन पढ्दा म प्रभावित भएँ। मैले के महसुस गरें भने म मेरो कर्तव्यमा नकारात्मक र निस्क्रिय थिएँ, र मैले पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ किनभने म मेरो हृदयमा इमानदार थिइनँ। मैले परमेश्‍वरको घरको हितलाई होइन, तर मेरो प्रतिष्ठा र हैसियतलाई मात्रै ध्यान दिएँ। कर्तव्यमा देखाइने यस्तो आचरणलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। विगतलाई सोच्दै, जब मैले मसँग अरूको भन्दा कम क्षमता भएको देखेँ, र जब मलाई पछाडि राखियो, म नकारात्मक र निष्क्रिय भएँ र मेरो हाउभाउ र चाल अभ्यास गर्न चाहिनँ। म न्यूनतम प्रयासबाट नै खुसी थिएँ, र मैले कसरी सुधार गर्ने भनेर सोचेकी थिइनँ। मेरो सङ्घर्ष व्यर्थ भइरहेको सोच्दै मेरो क्यामेरामा नखिचिएका दृश्यहरूले मलाई गुनासो र बहस गरूँ जस्तै महसुस गराए। म अभ्यास गर्न चाहन्नथें। जब मलाई चलचित्रमा देखिने छायाङ्कन गरिन्थ्यो, तब मैले मेरो भागको काम गर्थेँ, तर जब म क्यामेरा बाहिर हुन्थें, तब म सुस्त र अव्यवस्थित हुन्थें। जब मेले यसको बारेमा सोचेँ, तब मलाई पछुतो भयो। हामी परमेश्‍वरको बारेमा गवाही दिन सामूहिक प्रस्तुतिको चलचित्र बनाउँछौं, त्यसकारण मेरो सहभागिताको अर्थ परमेश्‍वरले मलाई माथि उठाइरहनु भएको छ भन्‍ने थियो। मैले मेरो कर्तव्यलाई राम्ररी पूरा गर्न, मैले सक्दो प्रयास गर्नु पर्थ्यो। यसको सट्टा, मेरो पद र प्रतिष्ठाको चाहनाले, मलाई लापरवाह, नकारात्मक र अल्छी बनायो। मसँग विवेक वा तर्कशक्ति थिएन। म स्वार्थी र क्षुद्र व्यक्ति थिएँ। परमेश्‍वर मानिसहरूको हृदय जाँच्नुहुन्छ, त्यसैले उहाँ मेरो आचरणद्वारा कसरी घृणित हुन सक्‍नुहुन्‍न र? यो महसुस गर्दा मलाई पछुतो र दोषी महसुस भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर! म गलत थिएँ। यस कार्यक्रममा मैले लिएको मेरो भागको लागि मलाई अफसोस छ र अब मसँग यसलाई सुधार गर्ने कुनै उपाय छैन। अब, म सत्यको पछि लाग्नेछु र इज्‍जत र हैसियतको बारेमा सोच्न छोड्नेछु। म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु।”

त्यो बेला, म पछुतोले मात्रै भरिन सक्थेँ, तर अचम्मको कुरा, हामीले केही थप छायाङ्कन गर्नुपर्‍यो। जब मैले त्यो सुनें, तब ममा सबै प्रकारका भावनाहरू आए। मलाई यो मेरो निम्ति पश्‍चाताप गर्ने मौका हो भन्ने लाग्यो। म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्नमा कटिबद्ध थिएँ। मैले मेरा सबै प्रयत्नहरू पूर्वाभ्यासमा लगाएँ, र केही समयपछि, मैले मेरो क्षमतामा पनि प्रगति भएको देखेँ। हामीले छायाङ्कन सुरु गर्नै लागेका थियौं, तर यसलाई केही अन्य परिस्थितिहरूको कारणले स्थगित गर्नुपर्‍यो। निर्देशकले हामीलाई अभ्यास गरिरहन भने। सुरुमा, मैले हरेक दिन यसमा कडा परिश्रम गर्न सकेँ, तर त्यसपछि मैले सोच्न थालें, “हामीलाई थाहा छैन हामी कहिले छायाङ्कन गर्दैछौं वा कति अभ्यास गर्नुपर्छ। पछिल्लो पटक जस्तै, म सायद केही दृश्यहरूमा क्यामेरामा हुने छैन। मैले गीत र चाललाई आधारभूत रूपमा बुझिसकेको छु, त्यसैले अभ्यास गर्न मात्रै पनि पर्याप्त हुनुपर्छ।” प्रशिक्षकले हामीलाई छायाङ्कन गर्नुअघि अभ्यासलाई सहजताको साथ नलिन चेतावनी दिए र मञ्‍चको बन्दोबस्त परिवर्तन हुन सक्थ्यो। तर मैले यस्तो सोच्दै त्यसमा ध्यान दिइनँ, “म अघिल्लो पङ्‌क्तिमा रहने कुनै सम्भावना छैन, यसैले यदि मैले कडा परिश्रम गरें भने पनि म चलचित्रमा देखिन्छु नै भन्ने निश्चित छैन। किन झमेला लिने?” जब प्रशिक्षकले मेरा समस्याहरू औंल्याए, म तिनलाई समाधान गर्न राजी भइनँ, र बहाना बनाएँ: “अगाडि भएका दाजुभाइ दिदीबहिनीहरू चलचित्रमा देखिनेछन्, त्यसैले तिनीहरूले नै बढी अभ्यास गरून्। तर म पछाडि हुनेछु, र मलाई कसैले चिन्‍नेछैनन्। यस्तो चिन्ता गरिरहनु कुनै आवश्यकता छैन।” त्यसपछि, म पूर्वाभ्यासहरूप्रति थाकेँ, लाग्थ्यो तिनीहरूले कर गरिरहेका छन्। धेरै पटक मलाई जान मन लाग्दैनथियो। ममलाई मेरो पुरानो समस्या बल्झिएको छ भन्‍ने लाग्यो र यो राम्रो लागेन। मैले आफैलाई सोधेँ, “म किन मेरो कर्तव्य पालनमा लापरवाही छु? म किन परमेश्‍वरलाई सन्तुष्ट पार्नेतर्फ ध्यान केन्द्रित गर्न सक्दिनँ?” मैले परमेश्‍वरलाई उहाँसँग अगुवाइको लागि बिन्ती गर्दै मेरो साँचो अवस्थाको बारेमा प्रार्थना गरेँ।

मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। … तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकरात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैं ‘आशाहीन सम्भावनाहरूको कारणले’ भन्ने हुँदैन र?” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। “यस्तो व्यक्तिले के भन्छ त्यसमा ध्यान नदे; ऊ कसरी जिउँछ, उसले के प्रकट गर्छ, र उसले आफ्ना कर्तव्यहरू पूरा गर्दा उसको आचरण कस्तो हुन्छ, साथसाथै उसको आन्तरिक अवस्था कस्तो छ र उसले कुन कुरालाई प्रेम गर्छ त्यो तैँले हेर्नुपर्छ। यदि उसको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको उसको बफादारीभन्दा बढी छ भने, यदि उसको ख्याति वा सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको रुचिभन्दा बढी छ वा यदि उसले आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरका निम्ति देखाएको सम्मानभन्दा बढी हुन्छ भने ऊ मानवता भएको व्यक्ति होइन। उसको व्यवहारलाई अरूले र परमेश्‍वरले देख्न सक्नुहुन्छ; त्यसकारण, त्यस्तो व्यक्तिले सत्यता प्राप्त गर्नु धेरै कठिन हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले गाडिएर रहेका मेरा घृणित मनसायहरूलाई उजागर गरे, र मैले मेरो कर्तव्य प्रदर्शन गर्न नसक्दा म लापरवाह किन हुन्थें र किन म आफ्नो कर्तव्य पालन र जिम्मेवारीप्रति भावशून्य हुन्थें भन्‍ने देखाए। इज्‍जत र हैसियतको लागि मेरो चाहना धेरै ठूलो थियो। कमसँग प्रतिभा नै नभएको हुनाले, मैले देखाउने मौका खोजिरहेकी थिएँ भन्ने स्पष्ट थिएन। ममा प्रतिभाको कमी भए तापनि म प्रदर्शनमा अगाडि रहन चाहन्थें। जब मैले अरूलाई उछिन्ने कुनै सम्भावना छैन, म अघिल्लो पङ्‌क्तिमा रहन सक्दिनँ भन्‍ने मैले देखेँ, म सम्पूर्ण कुराको बारेमा नकारात्मक भएँ र मेरो कर्तव्यमा थोरै मात्रै प्रयास गरें! मैले सक्दो प्रयास नगरी झारा टार्ने काम मात्रै गरेँ। ममलाई के लाग्यो भने, जब मैले प्रदर्शन गर्न सक्दिनँ भने, मैले त्यस्तो धेरै कष्ट पाउनु हुँदैन, त्यसो गर्दा म घाटामा पर्दिन। जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “अरूभन्दा असल बन” भन्‍ने जस्ता शैतानका विषहरू मभित्र गहिरो रूपमा गाडिएका थिए। म तिनीहरूको नियन्त्रणमा थिएँ त्यसैले मैले गरेका सबै कुरामा आफ्नै लाभको बारेमा मात्र सोचेँ। म यो केवल नाम र प्राप्तिको लागि मात्र गर्न चाहन्थें। त्यो मेरो कर्तव्यको हकमा पनि सत्य थियो। जब मैले मेरो कामको प्रदर्शन गर्न सक्थें, तब म कडा परिश्रम गर्थेँ, तर जब मैले मेरा इच्छाहरू पूरा गर्न सक्दिनथिएँ, म झारा टार्ने काम गर्थेँ, यसरी परमेश्‍वरको इच्छा वा परमेश्‍वरको घरलाई बेवास्ता गर्थेँ। मेरो नाम र पदको लागि युक्ति रच्दै म मेरो धूर्त प्रकृतिद्वारा बाँचिरहेकी थिएँ। म कुनै जिम्मेवारी, कुनै विवेक, तर्कशक्ति वा मर्यादाविना नै मेरो कर्तव्य पालनमा सुस्त र भ्रामक भई लागेको थिएँ। म पूर्ण रूपमा भर पर्न नसकिने व्यक्ति थिएँ। मैले चिनेका कतिपय शुद्ध र इमान्दार दाजुभाइ तथा दिदीबहिनीहरूको बारेमा विचार गरें, मञ्चमा जहाँसुकै रहनु परे पनि, तिनीहरूले परमेश्‍वरको लागि उत्तम प्रयास गर्थे। समय बित्दै जाँदा, उनीहरूको नाच र गान सुधारियो र तिनीहरूले परमेश्‍वरको आशिष् र मार्गदर्शन देख्न सके। यसका साथै पर्दापछाडि काम गर्नेहरू पनि थिए, जसले चुपचाप आफ्नो भागको काम गर्थे, यद्यपि उनीहरूलाई कहिल्यै पर्दामा देखिँदैनथियो। कार्यक्रम अनलाइनमा प्रकाशित गरिएको हेर्नु पाउनु नै तिनीहरूको सबै काम सार्थक भएको छ भनी तिनीहरूले भने। तर जब मैले अरूलाई देखाउन सक्दिनथिएँ, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्दिनथिएँ। ममा मानवताको कमी थियो। परमेश्‍वरको स्वभाव धर्मी छ, त्यसैले उहाँले मेरो जस्तै मानवता र खोजीहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मैले मेरो कर्तव्यमा पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ, र जीवनमा प्रगति गर्न सकिनँ। मलाई थाहा थियो, यदि मैले पश्चात्ताप गरिनँ भने, मैले कहिल्यै सत्यता प्राप्त गर्नेछैनँ। मलाई परमेश्‍वरले हटाउनुहुनेछ! मलाई आत्म-मनन गर्दा डर लाग्यो र मैले परमेश्‍वरलाई प्रार्थना गरें। “हे परमेश्‍वर, मानवताविना मेरो भ्रष्ट स्वभावमा जिउँदा, म कति लाजमर्दो बने ममलाई थाहा भयो। परमेश्‍वर, म पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छु। कृपया मलाई मेरो स्वभाव परिवर्तन गर्न र मेरो कर्तव्यमा ध्यान दिन अगुवाइ गर्नुहोस्।”

मैले पछि परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ परमेश्‍वरको इच्छा पूरा गर्नलाई तैँले गर्ने सबै कुरामा समर्पित हुन चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य पूरा गर्नु हुँदैन; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई तैँले स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरो चाखहरूसित मेल खाओस् वा नखाओस्, वा तेरा रुचिहरूभित्र परोस् वा नपरोस्, वा तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा केही गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै गर्नु हुँदैन, तैँले सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, र त्यसको बारेमा सिक्‍नुपर्छ र प्रवेश प्राप्त गर्नुपर्छ। यदि तैँले कष्ट भोग्‍नुपर्छ र तँ डटेर रहन र चम्कन सफल हुँदैनस् भने पनि तैँले अझै आफ्नो भक्ति अर्पण गर्नुपर्छ। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ; व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन, तर तेरो कर्तव्यजस्तो ठान्‍नुपर्छ। मानिसहरूले आफ्ना कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? जब सृष्टिकर्ता—परमेश्‍वर—ले कसैलाई उसले गर्नुपर्ने काम दिनुहुन्छ, र त्यस स्थितिमा त्यो व्यक्तिको कर्तव्य उत्पन्‍न हुन्छ। परमेश्‍वरले तँलाई दिनुहुने कामहरू, परमेश्‍वरले तपाईंलाई दिनुहुने आज्ञाहरू—यी नै तेरा कर्तव्यहरू हुन्। जब तँ तेरा लक्ष्यहरूको रूपमा तिनको पछि लाग्छस्, र तँमा साँच्‍चै परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्छ भने, तब के तँ अझै पनि इन्कार गर्न सक्छस् त? तैँले तिनीहरूलाई अस्वीकार गर्नु हुँदैन। तैँले तिनीहरूलाई स्वीकार गर्नुपर्छ। यो नै अभ्यासको मार्ग हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। ममलाई के थाहा भयो भने, मेरो कर्तव्य मेरो लागि परमेश्‍वरले दिनुभएको आज्ञा हो, र मैले आफूलाई प्रदर्शन गर्न सके पनि नसके पनि, मैले मेरा व्यक्तिगत मनसायहरूलाई त्याग्‍नुपर्छ, यसलाई मेरो कर्तव्यको रूपमा लिनुपर्छ, र परमेश्‍वरले चाहनुभएको कुरा उत्कृष्ट ढङ्गले गर्नुपर्छ। खासमा, कुनै कार्यक्रमका लागि पङ्‌क्तिबद्ध गर्दा, कोही मानिसहरू अगाडि हुन्छन् र कोही पछाडि हुन्छन्, तर तिनीहरू जहाँ भए पनि, तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्। परमेश्‍वरले आफ्‍नो कर्तव्यप्रतिको हाम्रो मनसाय र आचरणलाई हेर्नुहुन्छ, हाम्रो हृदय यसमा छ कि छैन, र हामी परमेश्‍वरलाई खुसी पार्नको लागि सत्यताको अभ्यास गर्छौं कि गर्दैनौं भन्‍ने हेर्नुहुन्छ। मैले कसरी म अन्य कलाकारहरू जस्तै प्रतिभाशाली छैनँ भनेर सोचेँ, तर परमेश्‍वरले अझै मलाई तालिम लिने मौका दिनुभयो त्यसैले मैले मेरो सीप र मेरो जीवनमा प्रवेश गर्ने सम्बन्धमा प्रगति गर्न सकेँ। त्यो परमेश्‍वरको प्रेम हो! परमेश्‍वरको हृदय तोडेर र उहाँलाई होच्याएर, म पहिले जस्तो स्वार्थी र निर्दयी हुनु हुँदैन भन्ने मलाई थाहा भयो। यदि म अगाडि वा पछाडि थिएँ भने, यदि मलाई देखिन सकिन्थ्यो भने पनि वा देखिन सकिँदैनथियो भने पनि, शुद्ध रूपमा मेरो कर्तव्य पालन गर्न र परमेश्‍वरको प्रेमको प्रत्युत्तर दिन मैले आफ्नो स्थान सृष्टि गरिएको व्यक्तिको रूपमा लिनु पर्थ्यो।

त्यसपछि, मैले प्रार्थना गर्ने र परमेश्‍वरमा भरोसा राख्ने निश्चय गरेँ र हामीले जेसुकैको पूर्वाभ्यास गरे पनि मैले कडा परिश्रम गरें। जब हामीले पूर्वाभ्यास गर्नु अघि परमेश्‍वरका वचनहरू पढ्यौं, मम परमेश्‍वरका आवश्यकताहरूबारे सोच्थें र पूर्वाभ्यासहरूमा उहाँका वचनहरू व्यवहारमा लागू गर्थेँ। जब प्रशिक्षकले मेरा समस्याहरूलाई उठाउँथे, म सुन्थें र उनको सल्लाहलाई मेरो अभ्यासमा लागू गर्थेँ। मैले मेरा कमजोरीहरूलाई ध्यान दिन्थें र मेरो खाली समयमा पनि अभ्यास गर्थेँ। मैले न्यूनतम अभ्यास मात्रै गर्ने कार्यलाई छोडें। सही उद्देश्यका साथ पूर्वाभ्यास गर्दा, हरेक दिन पूर्णताको महसुस हुन्थ्यो। मैले आफ्नो कर्तव्य पूरा गर्दा साँच्‍चै नै परमेश्‍वरको मार्गदर्शनलाई महसुस गर्न सक्थें र मलाई थकाइ लाग्दैनथियो। केही समयपछि, मेरो चाल र हाउभाउहरूमा सुधार भयो, र दिदीबहिनीहरूले मेरो क्षमतामा धेरै सुधार भएको छ भनेर बताए। मैले इमान्दार हृदयले आफ्नो कर्तव्य पालन गर्नु कत्तिको महत्त्वपूर्ण रहेछ भन्ने महसुस गरें।

धेरै पटकको छायाङ्कनमा मलाई अझै पछाडि नै राखियो, र कहिलेकहीँ मलाई सक्दो प्रयास गर्न मन लाग्दैनथियो। त्यसैले म परमेश्‍वरलाई प्रार्थना गर्थें र कसरी उहाँको इच्छाको ख्याल राख्ने, कसरी आफैलाई लगानी गर्ने भन्ने बारेमा सोच्थें। समय लाग्यो, तर मेरो मानसिकता सुध्रियो। पछाडि हुँदा, मैले अगाडि रहेका दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रार्थना गर्थेँ। जब म क्यामेरामा देखा पर्दिनथिएँ, तब मैले मेरा दिदीबहिनीहरूलाई उनीहरूको पोसाक र कपाल मिलाउन सहयोग गर्थेँ, यसरी मेरो कर्तव्यमा मैले सकेजति गरिरहेकी थिएँ। जब मैले केही दिदीबहिनीहरू पछाडि रहनु परेको कारण तिनीहरू नकारात्मक भएको देखेँ, मैले परमेश्‍वरको इच्छाको बारेमा उनीहरूलाई सङ्गति दिएँ। त्यसरी मेरो कर्तव्य पूरा गर्दा मलाई सहज भयो र मेरो अवस्थामा सुधार आयो। मेरो इज्‍जत र हैसियतलाई पन्छ्याउँदै र सत्यताको अभ्यास गर्दै गर्दा परमेश्‍वरका वचनहरूबाट अगुवाइ आयो।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

कर्तव्य करियर होइन

चेङ्ग नुओ, फ्रान्स गत वर्ष म दुई वटा मण्डलीहरूको काममा नवआगन्तुकहरूको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, हाम्रा मण्डलीहरूबाट अन्य कतै...

मेरो रोजाइ

बाइयुन्, चीन मार्च २०१२ मा, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। मैले हरेक दिन परमेश्‍वरका वचनहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्