ख्याति र प्राप्तीका बन्धनहरू
जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२१ मा, म अगुवाका रूपमा चुनिएँ। कामका आवश्यकताले गर्दा, पछि मैले अर्को मण्डलीमा जिम्मेवारी लिएँ। मण्डलीको काम त्यति प्रभावकारी नभएको देखेर, मैले सोचेँ, “मलाई यो मण्डलीमा आउने प्रबन्ध गर्ने अगुवाहरूले पक्कै पनि मलाई उच्च महत्त्व दिएको हुनुपर्छ र मैले यो मण्डलीको कामलाई उकास्न सक्छु भन्ने आशा राखेको हुनुपर्छ, त्यसैले मैले राम्रोसँग काम गर्नुपर्छ र आफूले केही वास्तविक काम गर्न सक्छु भनेर अगुवाहरूलाई देखाउनुपर्छ।” त्यसपछि, म कामको अवस्थाबारे बुझ्न मण्डलीको हरेक समूहमा गएँ र ब्रदर-सिस्टरका कर्तव्यहरूमा भएका कठिनाइ र समस्याहरू समाधान गरेँ। केही ब्रदर-सिस्टरहरू खराब स्थितिमा थिए, त्यसैले मैले प्रेमपूर्वक उनीहरूलाई मदत र सहयोग गरेँ। जब मैले काममा अनुपयुक्त व्यक्तिहरू भेट्टाएँ, मैले सहकार्य गरिरहेका ब्रदर-सिस्टरहरूसँग छलफल गरी सिद्धान्तहरूअनुसार उनीहरूलाई तुरुन्तै सरुवा वा प्रतिस्थापन गरेँ। केही समयपछि, मण्डलीको काममा केही सुधार भयो। म धेरै खुसी भएँ, र मैले यसो नसोची रहन सकिनँ, “मैले केही वास्तविक काम गर्न सक्ने रहेछु। मैले मेहनत गरिरहनुपर्छ र अझ राम्रा नतिजाहरू ल्याउनुपर्छ ताकि मेरा ब्रदर-सिस्टरहरूले मसँग कार्य सामर्थ्य छ भन्ने देखून् र मलाई असल अगुवा भनून्।”
एकदिन, हामीले केही कामको समीक्षा गर्दा, मैले मलजलको कामको प्रभावकारिता उल्लेखनीय रूपमा घटेको देखेँ। धेरै जना नयाँ विश्वासीहरू भेलाहरूमा आइरहेका थिएनन्। मैले सोचेँ, “अरू सबै काम अहिले निकै प्रभावकारी छन्, तर मलजलको कामको प्रभावकारिता घटेको छ। मैले मलजलको कामले समग्र नतिजाहरूमा असर पार्न दिनुहुन्न, नत्र सबैले मलाई अयोग्य अगुवा भन्नेछन्, र पहिले जसरी हेर्नेछैनन्।” त्यसैले, म यसबारे बुझ्न तुरुन्तै मलजल गर्नेहरूकहाँ गएँ। त्यहाँ पुगेर मैले समूह अगुवा, सिस्टर वु वेनले नयाँ विश्वासीहरूका भेला र कर्तव्यहरू मिलाउँदा उनीहरूका वास्तविक कठिनाइहरूलाई ध्यान नदिने गरेको थाहा पाएँ। केही नयाँ विश्वासीहरूले काम गर्नुपर्ने बेलामा उनी भेलाहरू आयोजना गर्थिन्, जसले गर्दा उनीहरू उपस्थित हुन सक्दैनथे। यो सुनेर मलाई अलि रिस उठ्यो। मैले सोचेँ, “मैले उनलाई प्रस्टसँग भनेकी थिएँ हामीले नयाँ विश्वासीहरूका लागि भेला र कर्तव्यहरू मिलाउँदा उनीहरूको अवस्थालाई विचार गर्नुपर्छ। उनले किन कुराहरू राम्ररी बुझेर लचिलो भई लागू गर्न सक्दिनन्? लाग्छ उनीसँग नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्षमता छैन। उनी समूह अगुवा हुन्, र यदि उनी आफ्नो अभ्यासमा विचलित भइन् भने, यसले पूरै समूहको प्रभावकारितामा असर पार्नेछ। उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ। यदि मैले उनलाई बर्खास्त गरिनँ भने, कामको नतिजा कहिल्यै सुध्रनेछैन। यसले मण्डलीको काममा बाधा मात्र पुऱ्याउने छैन, मेरा वरिष्ठहरू, ब्रदर र सिस्टरहरूले पनि म काम गर्न वा वा वास्तविक समस्याहरू समाधान गर्न अयोग्य छु भनेर पनि सोच्नेछन्। मैले मानिसहरूलाई मेरो कार्य सामर्थ्यमाथि प्रश्न उठाउन दिनुहुँदैन।” त्यसैले, मैले मेरा सहकर्मीहरूसँग वु वेनको बर्खासीबारे कुरा उठाएँ। मलजल गर्ने डिकनले भनिन्, “विगतमा वु वेन नयाँ विश्वासीहरूलाई मलजल गर्नमा प्रभावकारी थिइन्। सायद हिजोआज उनी खराब स्थितिमा होलिन्, र नयाँ विश्वासीहरूलाई संवर्धन गर्दा अलि हतार गरेकी हुन सक्छिन्, जसले गर्दा समस्याहरू आए। हामीले उनको अवस्थाबारे बुझ्नुपर्छ र त्यसपछि सङ्गति गरेर उनलाई मदत गर्नुपर्छ। यदि केही समयपछि पनि उनी बदलिइनन् भने, तब हामीले उनलाई बर्खास्त गर्न सक्छौँ।” तर मैले उनको कुरा वास्तै गरिनँ। मैले केवल सोचेँ, “वु वेनले भर्खरै नयाँ विश्वासीहरूलाई मलजल गर्न थालेकी होइनन्। मैले उनलाई योभन्दा पहिले पनि यसबारे सम्झाएकी छु। मलाई लाग्छ उनले सम्झाएको र मदत गरेको स्वीकार गर्दिनन्। यदि हामीले उनलाई तुरुन्तै बर्खास्त गरेनौँ, र ढिलाइ भयो वा काममा असर पर्यो भने, त्यसको जिम्मेवारी मैले नै लिनुपर्नेछ। जे भए पनि, यसपालि मैले उनीहरूलाई मेरो कुरामा सहमत गराउनुपर्छ र वु वेनलाई बर्खास्त गर्नुपर्छ।” त्यसैले, मैले रिसाउँदै भनेँ, “वु वेन आफ्नो कर्तव्यमा अप्रभावकारी छिन्—यसले उनी यो कर्तव्यका लागि अयोग्य र अनुपयुक्त छिन् भन्ने प्रमाणित गर्छ। यदि तपाईँहरूले उनलाई राख्नुभयो, र हाम्रो कामको परिणाम सुध्रिएन भने, तपाईंहरूमध्ये कसले त्यो जिम्मेवारी लिन सक्छ? मविना नै उनलाई मदत गर्नुहोस्!” मेरो त्यस्तो मनोवृत्ति देखेर, मेरा सहकर्मीहरूले केही भनेनन्।
पछि, मैले बर्खास्त भएपछि वु वेन धेरै नकारात्मक भएकी छिन् भन्ने सुनेँ। उनलाई हामीले उनको निरन्तरको व्यवहारको सन्तुलित मूल्याङ्कन गर्नुको सट्टा क्षणिक व्यवहारका आधारमा बर्खास्त गर्यौँ, र यस प्रकारको बर्खासी सिद्धान्तविपरीत थियो भन्ने लागेछ। तैपनि, मैले सत्यता खोजेर आत्मचिन्तन नगरेकी मात्र हैन, मलाई वु वेनको कद धेरै सानो छ, र उनले आफूलाई चिन्न वा परिस्थितिहरूबाट पाठ सिक्न सक्दिनन् भन्ने समेत लाग्यो, त्यसैले मैले यसलाई पटक्कै गम्भीरतापूर्वक लिइनँ।
वु वेनलाई बर्खास्त गरिएपछि, हामीले सिस्टर जेन सिनलाई समूह अगुवाका रूपमा चुन्यौँ। मैले खुसी हुँदै सोचेँ, “अब मलजलको काम अझ प्रभावकारी हुनुपर्छ।” तर केही समयपछि, मैले जेन सिनको कार्य सामर्थ्य अलि कमजोर भएको पाएँ, र उनमा वु वेनमा जस्तो जिम्मेवारी बोध थिएन। उनले नयाँ विश्वासीहरूको स्थिति समयमै बुझ्न सकिनन्, र उनीहरूका समस्या समाधान गर्न कसरी सङ्गति गर्ने भनेर उनलाई थाहा थिएन। परिणामस्वरूप, केही समयपछि पनि, मलजलको काममा अझै सुधार भएन। मलाई असहज महसुस हुन थाल्यो, र वु वेनलाई बर्खास्त गर्नु गल्ती थियो कि भनेर सोच्न थालेँ। तर, कुरा यहाँसम्म आइसकेकाले, मैले जेन सिनलाई थप सङ्गति गरेर र मदत दिएर उनको नतिजामा सुधार होला कि भनेर हेर्न निर्णय गरेँ।
मण्डलीमा नयाँ विश्वासीहरू बढ्दै गएपछि, छिटोभन्दा छिटो धेरै मलजल गर्नेहरूलाई संवर्धन गर्नु उच्च प्राथमिकता बन्यो। त्यसैले मैले तुरुन्तै उम्मेदवारहरू खोज्न थालेँ। मैले भर्खरै बर्खास्त भएकी सिस्टर चेन चेनबारे सोचेँ। उनले पहिले सुसमाचार प्रचार गरेकी थिइन् र केही नतिजाहरू ल्याएकी थिइन्। उनी मिलनसार र मानिसहरूसँग कुराकानी गर्न सिपालु थिइन्, त्यसैले हामीले उनलाई संवर्धन गर्यौँ भने, मलजलको काममा सुधार हुनेछ, र मेरा वरिष्ठहरूले पक्कै पनि मेरो क्षमता र कार्य सामर्थ्य राम्रो छ भन्नुहुनेछ भन्ने लाग्यो। मैले मलजल गर्ने डिकनलाई चेन चेनलाई संवर्धन गर्नमा ध्यान केन्द्रित गर्न भनेँ। मलजल गर्ने डिकनले अप्ठ्यारो मान्दै भनिन्, “हामीले पनि त्यस्तै व्यवस्था गर्ने सोचेका थियौँ, तर हामीले बर्खास्त भएपछि चेन चेनमा अझै कुनै आत्मज्ञान नभएको देख्यौँ। उनले सुसमाचार प्रचार गर्दा, सधैँ ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्थिन्, र डाहा र विवादहरू फैलाउँथिन्, जसले गर्दा अरूलाई सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न असम्भव हुन्थ्यो। यदि हामीले उनलाई अहिले नयाँ विश्वासीहरूलाई मलजल गर्न संवर्धन गर्यौँ भने, के उनले अझ धेरै दुष्टता गर्ने र थप अवरोधहरू खडा गर्ने छैनन् र? मलजल गर्नु सबैभन्दा महत्त्वपूर्ण कामहरूमध्येको एक हो—यसका लागि संवर्धन गरिनेहरूको मानवता असल हुनैपर्छ र उनीहरूले मण्डलीको काममा बाधा पुऱ्याउनै हुँदैन। हामीले सिद्धान्तअनुसार काम गर्नुपर्छ!” उनका कुराहरूले मलाई चिन्तित बनायो। मैले सोचेँ, “चेन चेन मिलनसार छिन् र उनीसँग क्षमता छ। नयाँ विश्वासीहरूलाई मलजल गर्नका लागि उनलाई संवर्धन गर्दा काम छिट्टै अझ प्रभावकारी हुने निश्चित छ। यदि हामीले उनमा साँचो पश्चात्तापको कमी देखिन्छ भनेर अहिले उनलाई संवर्धन नगर्ने निर्णय गर्यौँ भने मेरा अगुवाहरूले मेरो कार्य सामर्थ्य देख्न सक्नुहुनेछैन। त्यसो गर्नु राम्रो हुँदैन। मैले उनीहरूलाई मैले चाहेको कुरा गर्न मनाउनुपर्छ। मैले सजिलै हार मान्नु हुँदैन।” त्यसैले, मैले मलजल गर्ने डिकनलाई भनेँ, “अहिले आँखा चिम्लेर नियमहरू पछ्याउने बेला हो र? सिद्धान्तहरूले यो पनि भन्छन् कि विगतमा अपराध गर्नेहरूलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ। चेन चेन मिलनसार छिन् र उनीसँग नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्षमता छ, त्यसैले हामीले उनलाई संवर्धन गर्न सक्छौँ। हामीले केवल उनलाई नजिकबाट नियाल्नुपर्छ र बाधा उत्पन्न गर्न दिनुहुँदैन। चेन चेनको क्षमता राम्रो छ र उनी छिटो सिक्छिन्। एउटी अर्की सिपालु मलजल गर्ने व्यक्ति हुँदा मण्डलीका धेरै समस्याहरू समाधान हुनेछन्!” जब मलजल गर्ने डिकनले मेरो हठी मनोवृत्ति देखिन्, तब उनले अरू केही भनिनन्।
तर केही दिनपछि, मलजल गर्ने डिकनले के रिपोर्ट गरिन् भने चेन चेनले नयाँ विश्वासीहरूलाई मलजल गर्नुअघि उनीहरूका धारणाहरू र अन्यौलबारे बुझ्दिनन् र लक्षित सङ्गति र समाधानहरू पनि दिन्नन्। बरु, उनले आफ्नै विचारअनुसार सङ्गति गर्न जिद्दी गर्छिन्। यसले गर्दा दुई जना नयाँ विश्वासीहरू विरोधी, प्रतिरोधी बने र विश्वास गर्न छोडे। मलाई अलि असहज महसुस भयो—चेन चेनको क्षमताअनुसार, उनले यस्तो गर्नुहुँदैनथ्यो। पछि, जब मैले चेन चेनसँग कुरा गरेँ, तब मैले उनी आफ्नो कर्तव्यमा बाह्य रूपमा मात्र सक्रिय रहिछिन् भन्ने महसुस गरेँ। उनीसँग आफ्नो विगतका अपराधहरूको कुनै बुझाइ थिएन, र उनको मलजलको काममा यति ठूलो समस्या आएपछि पनि, उनले आत्मचिन्तन गरेर त्यसबाट पाठ सिकिनन्। उनी भावशून्य थिइन्। बल्ल अहिले मलाई सायद मैले उनलाई संवर्धन गर्न धेरै हतार गरेँ, र सायद उनले चिन्तन गरिरहनु आवश्यक थियो कि भन्ने चेतना भयो। तर फेरि सोचेँ, “चेन चेनको क्षमता राम्रो छ र उनी अगुवा पनि थिइन्, त्यसैले यदि मैले उनलाई अझ मदत गरेँ भने, उनले छिट्टै आफूलाई बुझेर परिस्थितिलाई उल्टाउन सक्नेछिन्। मैले गर्नुपर्ने भनेको उनलाई संवर्धन गर्नु र मलजलको कामको नतिजामा सुधार गर्नु मात्र हो, र मेरा अगुवाहरूले मलाई अनुमोदन गर्नुहुनेछ।”
म राम्रो नतिजाको आशा गरिरहेकी मात्र के थिएँ, एक बिहान मेरी सहकर्मी सिस्टरले मलाई भनिन्, “ब्रदर-सिस्टरहरूले तपाईँले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्दै आइरहनुभएको छैन भनेर पत्र लेखेका छन्। तपाईँले अलग बसी चिन्तन गरिरहेकी चेन चेनलाई जबर्जस्ती मलजलको काम गर्न लगाउनुभयो। यस अवधिमा, चेन चेनले नयाँ विश्वासीहरूलाई मलजल गर्दा धेरै समस्याहरू खडा गरेकी छिन्, र उनले पटक्कै आत्मचिन्तन गरेकी वा आफूलाई चिनेकी छैनन्। उनको निरन्तरको व्यवहार हेर्दा, उनी संवर्धनका लागि पूर्ण रूपमा अनुपयुक्त छिन्, र उनले आफैलाई अलग राखेर चिन्तन गर्न जारी राख्नुपर्छ भनी सिफारिस गरिएको छ।” जब मैले उनले भनेको कुरा सुनेँ, मेरो मुटु चसक्क भयो। “सकियो। यो साधारण राय मात्र होइन—यो त मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा नगरेको भनेर मेरो रिपोर्ट र खुलासा गर्नु हो। मैले वर्षौंदेखि परमेश्वरमा विश्वास गरेकी छु, र मेरो कसैले कहिल्यै रिपोर्ट गरेको छैन। अब मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्?” त्यसबेला, म धेरै लज्जित भएँ। मैले आफ्नो कप उठाएर केही घुट्को पानी पिएँ, आफूलाई शान्त पार्ने प्रयास गरेँ, तर मेरो हृदय आँधीबेहरी आएको समुद्रजस्तै अशान्त भयो: “यदि मेरा अगुवाहरूले त्यो पत्रमा भएका कुराबारे थाहा पाउनुभयो भने, उहाँहरूले पक्कै पनि म सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्दिनँ, र मैले मण्डलीको काममा अवरोध पुऱ्याइरहेकी छु भन्नुहुनेछ। के उहाँहरूले यो कुरामा मलाई बर्खास्त गर्नुहुनेछ?” मेरो मनमा उथलपुथल भइरहेको थियो। अन्तमा, म हावा फुस्केको बलजस्तै कुर्सीमा थ्याच्च बसेँ। जब मेरी सहकर्मीले मेरो स्थिति देखिन्, उनले भनिन्, “हाम्रा ब्रदर-सिस्टरहरूद्वारा निगरानी र खुलासा गरिनु हाम्रो लागि लाभदायक हुन्छ। तपाईंले यसलाई परमेश्वरबाट आएको भनेर स्वीकार गर्नुपर्छ।” मैले यसलाई परमेश्वरबाट आएको भनेर स्वीकार गर्ने वाचा गरेँ, तर मैले आफ्नो मनलाई शान्त पार्न सकिनँ। पूरै दिन, मैले खान-सुत्न सकिनँ। त्यो पत्रमा मेरो व्यवहारको तथ्य कसरी खुलासा गरिएको थियो भन्ने सोचले मेरो हृदय छेड्यो। म घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गर्न थालेँ, “हे परमेश्वर! मलाई थाहा छ ममाथि यस्तो हुन दिनुमा तपाईँको असल अभिप्राय छ। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न र यसबाट पाठ सिक्न मार्गदर्शन गर्नुहोस्।”
जब मैले चिन्तन र खोजी गरेँ, तब मैले परमेश्वरका वचनहरू पढेर आफ्नो स्थितिबारे केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरूको सधैँ आफ्नै उद्देश्य र अभिप्रायहरू हुन्छन्, तिनीहरू सधैँ आफ्नै योजनाअनुसार काम गरिरहेका हुन्छन्, र परमेश्वरको घरका बन्दोबस्त र कामप्रति तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, ‘तपाईंका हजारौँ योजना होलान्, तर मेरो एउटै नियम छ’; यो सबै ख्रीष्टविरोधीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ। के ख्रीष्टविरोधीहरूले आफ्नो मानसिकता परिवर्तन गरेर सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्छन्? त्यो कुरा असम्भव हुनेछ…। ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाए पनि तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले प्रतिष्ठा, हैसियत वा आफ्ना हितहरूमा केही न केही फाइदा पाउनैपर्छ र तिनीहरूलाई कुनै घाटा हुनु हुँदैन। ख्रीष्टविरोधीहरूलाई तिनीहरूले कुनै कष्ट भोग्नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू र परमेश्वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरको वचनमा प्रकट गरिएको कुराबाट मैले के बुझेँ भने ख्रीष्टविरोधीहरूले जे गर्छन्, त्यो आफ्नै प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि गर्छन्। उनीहरूको प्रतिष्ठा र हैसियत नजोडिने मामिलाहरूमा, उनीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्छन्, तर यदि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दा प्रतिष्ठा र हैसियतमा खतरा हुने भएमा, ख्रीष्टविरोधीहरूले खुलेआम सिद्धान्तहरू उल्लङ्घन गर्नेछन् र आफ्नै विचारअनुसार मनमानी ढङ्गले काम गर्नेछन्। उनीहरू आफ्नै हित सुरक्षित राख्न मण्डलीको हितमा हानि पुऱ्याउन रुचाउनेछन्। मैले अगुवा बनेदेखि यता आफूले गरेका सबै कुराबारे चिन्तन गरेँ, र त्यो त परमेश्वरको वचनले प्रकट गरेको ख्रीष्टविरोधीहरूको व्यवहारझैँ रहेको देखेँ। मैले सधैँ केही कुरा छिटो हासिल गर्न चाहेकी थिएँ, ताकि मसँग कार्य सामर्थ्य छ र वास्तविक काम गर्न सक्छु भनेर प्रमाणित गर्न सकूँ—यसरी, मेरा वरिष्ठहरू, ब्रदर र सिस्टरहरूले मलाई अगुवा बनाउनु सही छनोट थियो भनेर देखून्। त्यसैले, जब मैले मानिसहरूलाई छनोट र प्रयोग गरेँ, तब मैले सत्यता सिद्धान्तहरू पटक्कै खोजिनँ, मैले मण्डलीको कामलाई कसरी फाइदा पुऱ्याउने भनेर सोचिनँ, मैले अरूको सल्लाह सुनिनँ, र मैले आफै निर्णय गर्न जिद्दी गरेँ। जब मैले वु वेनले नयाँ विश्वासीहरूको वास्तविक अवस्थाका आधारमा उचित रूपमा भेला र कर्तव्यहरूको व्यवस्था गरिरहेकी थिइनन् भन्ने देखेँ, तब मैले उनको स्थिति र कठिनाइहरूबारे सोधिनँ, न त मैले उनीसँग समस्याको जड पत्ता लगाउन र सिद्धान्तहरूमा प्रवेश गर्न काम नै गरेँ, ताकि उनले उही गल्तीहरू नगर्न सकून्। उनले आफ्नो कर्तव्यमा कुनै नतिजा नल्याएको, र त्यसले मेरो प्रतिष्ठा र हैसियतलाई हानि पुऱ्याउने देखेर, मैले उनलाई अन्यायपूर्वक नराम्रो देखाएँ, बहिष्कार गरेँ, र उनलाई बर्खास्त गर्न चाहेँ। आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न, मैले सिद्धान्तहरू र मेरा सहकर्मीहरूको सल्लाहलाई बेवास्ता गरेँ र उनलाई जबर्जस्ती हटाएँ। मैले उनीप्रति कुनै प्रेम वा धैर्य देखाइनँ, र उनलाई मदत गर्न सत्यतामा सङ्गति गरिनँ। मैले उनलाई सीधै बर्खास्त गरिदिएँ। म साँच्चै मानवताहीन थिएँ! उनलाई बर्खास्त गरेपछि, मैले छानेकी नयाँ सिस्टरले काम गर्न सकिनन्, जसले मलजलको कामको नतिजामा सीधै असर गर्यो। त्यतिबेला पनि, मैले आत्मचिन्तन गरिनँ। कामको नतिजामा छिटो सुधार ल्याउन, र अगुवाहरूको अनुमोदन पाउन, मैले फेरि सिद्धान्तहरू उल्लङ्घन गरेँ—मण्डलीको काममा बाधा पुऱ्याउने व्यक्तिलाई पदोन्नति र संवर्धन गरेँ। मैले प्रसङ्गबाहिर कुरा लगेकी थिएँ, र बेतुके रूपमा हामीले उनलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ भनेकी थिएँ। मैले मलजल गर्ने डिकनलाई अन्धाधुन्ध नियमहरू पछ्याएको भनेर आलोचना गरेँ, मेरो खण्डन गर्न डराउने बनाएँ। फलतः चेन चेन पटक्कै उपयुक्त थिइनन्, र उनले मलजलको कामलाई हानि पुऱ्याइन्। मैले के देखेँ भने आफ्नै प्रतिष्ठा र हैसियतका खातिर, मैले आफ्नो कर्तव्यमा द्रुत सफलता खोजेँ, र परमेश्वरको घरका सिद्धान्त र अरूले सम्झाएका कुराहरूलाई बेवास्ता गरेँ। रिपोर्ट र खुलासा गरिएपछि पनि, मैले आफ्नो असफलताका कारणहरूबारे चिन्तन गरिनँ—मैले चिन्ता गरेको कुरा त अगुवाहरूले मलाई कसरी हेर्छन् भन्ने थियो। मैले हठपूर्वक आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गरेँ, र आफ्नै हितको रक्षा गर्न मण्डलीको हितमा हानि हुन दिन चाहेँ। मैले जे प्रदर्शन गरेँ त्यो ख्रीष्टविरोधीको स्वभाव थियो!
पछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ जसले मलाई मेरा कार्यहरूको प्रकृतिबारे केही अन्तर्ज्ञान दियो। परमेश्वर भन्नुहुन्छ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्यतया कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्ने कुरामा असर पुर्याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्न गर्छ, उनीहरूलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरको वचन पढेपछि, मैले के बुझेँ भने जब हामी आफ्नो कर्तव्य पूरा गर्ने आडमा व्यक्तिगत प्रतिष्ठा र हैसियतको पछि लाग्छौँ, तब हामी सारमा शैतानका नोकरहरूका रूपमा काम गरिरहेका हुन्छौँ र मण्डलीको काममा अवरोध पुऱ्याइरहेका हुन्छौँ। परमेश्वरको वचनले मेरा कार्यहरूको सारलाई प्रकट गर्यो। परमेश्वरले मलाई मण्डलीको अगुवा हुने मौका दिएर अनुग्रह देखाउनुभएको छ, र उहाँको आशा थियो म उहाँका अभिप्रायहरूप्रति विचारशील हुनेछु र मेरा ब्रदर-सिस्टरहरूलाई राम्रोसँग मलजल गर्नेछु, उनीहरूको जीवन प्रवेशमा भएका कठिनाइ र समस्याहरू समाधान गर्नेछु, र मण्डलीका विभिन्न कामहरू गर्न उपयुक्त व्यक्तिहरूलाई संवर्धन गरी मण्डलीको काम सामान्य रूपमा अघि बढ्ने सुनिश्चित गर्नेछु। तर मैले परमेश्वरका अभिप्राय र मागहरूलाई विचार गरिनँ, र मैले एक अगुवका रूपमा आफ्ना जिम्मेवारी पूरा गरिनँ। जब मैले मानिसहरूलाई छनोट र प्रयोग गरेँ, तब मैले आफ्नै हितलाई मात्र विचार गरेँ। फलस्वरूप, मैले पदोन्नति र संवर्धन गरेकी मलजल गर्ने व्यक्ति कामका लागि उपयुक्त थिइनन्। नयाँ विश्वासीहरूलाई राम्रोसँग मलजल नगरिएको मात्र होइन, मलजलको काममा पनि अड्चन आइपर्यो, जसले गर्दा नयाँ विश्वासीहरू नकारात्मक भएर पछि हटे। यो कसरी मेरो कर्तव्य पूरा गर्नु थियो र? मैले मण्डलीको काम बिथोलिरहेकी थिएँ, र दुष्टता गरिरहेकी थिएँ! यस्तो हुँदा पनि, ममा कुनै सचेतना थिएन—म अति स्वार्थी र अति नै भावशून्य थिएँ! मैले मण्डलीबाट निष्कासित गरिएका ख्रीष्टविरोधी र दुष्ट मानिसहरूका बारेमा सोचेँ। उनीहरू सधैँ आफ्नै फाइदाका लागि षड्यन्त्र गर्थे, उनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत कायम राख्न सत्यता सिद्धान्तहरूलाई बेवास्ता गर्थे, उनीहरू मनमानी रूपमा र जथाभावी आफ्नो कर्तव्य गर्थे, गम्भीर रूपमा मण्डलीको काममा बाधा पुऱ्याउँथे, र अन्तमा, उनीहरूका धेरै दुष्ट कार्यहरका कारण, उनीहरू परमेश्वरद्वारा घृणा गरिए र हटाइए। मैले गरेका काम र यी ख्रीष्टविरोधीहरूका कार्यहरूबीच सारमा कुनै भिन्नता थियो र? जब मैले यो कुरा थाहा पाएँ, म भयभीत भएँ, र मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले आफ्नो उचित कर्तव्यमा ध्यान दिइनँ। म ख्याति, हैसियत, र द्रुत सफलताको पछि लागेँ, र मैले गलत बाटो लिएँ। हे परमेश्वर, म तपाईँसामु पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई डोऱ्याउनुहोस् र मार्गदर्शन गर्नुहोस्।”
पछि, चिन्तन र खोजीमार्फत मैले के थाहा पाएँ भने आफ्नो कर्तव्यमा प्रभावकारी हुन, हामीसँग सही अभिप्रायहरू हुनैपर्छ, सत्यता खोज्नमा ध्यान केन्द्रित गर्नैपर्छ, र सिद्धान्तहरूअनुसार काम गर्नैपर्छ। तब मात्र हामीले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्छौँ, र हाम्रा नतिजहरूमा निरन्तर सुधार गर्न सक्छौँ। परमेश्वरले भन्नुभएझैँ: “जब तैँले परमेश्वरबाट आज्ञा प्राप्त गर्छस् र आफ्नो कर्तव्य पूरा गर्ने र आफ्नो मिसन पूरा गर्ने उद्देश्य राख्छस्, तब तैँले सुरुमा परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ। तैँले यो आज्ञा परमेश्वरबाट आएको हो, यो उहाँको अभिप्राय हो भन्ने जान्नुपर्छ, र तैँले यसलाई स्वीकार गर्नुपर्छ, यसलाई ख्याल गर्नुपर्छ, र अझै महत्त्वपूर्ण कुरा, यसमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्नुपर्छ। दोस्रो, तैँले यो कर्तव्य पूरा गर्नका लागि कुन-कुन सत्यताहरू बुझ्नुपर्छ, कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ, र परमेश्वरका चुनिएका मानिसहरूलाई र परमेश्वरको घरको कामलाई फाइदा हुने तरिकाले कसरी अभ्यास गर्ने भनेर खोजी गर्नुपर्छ। अभ्यासका सिद्धान्तहरू यिनै हुन्। परमेश्वरको अभिप्राय बुझेपछि, तैँले तुरुन्तै यो कर्तव्य पूरा गर्ने कार्यसँग सम्बन्धित सत्यताहरूलाई खोजी गर्नुपर्छ र बुझ्नुपर्छ र सत्यता बुझेपछि, यी सत्यताहरू अभ्यास गर्ने सिद्धान्त र मार्गलाई सुनिश्चित गर्नुपर्छ। ‘सिद्धान्तहरू’ ले केलाई जनाउँछ? निश्चित रूपमा भन्दा, सिद्धान्तले सत्यताको अभ्यास गर्दा लक्ष्य हासिल गर्न वा परिणामहरू प्राप्त गर्नका लागि प्रयोग गरिनु नै पर्ने आधारलाई जनाउँछ। … सत्यताको अभ्यास गर्नका लागि व्यक्तिले सिद्धान्तहरू बुझ्नुपर्छ: सिद्धान्तहरू नै प्रमुख, र सबैभन्दा आधारभूत तत्व हुन्। तैँले आफ्नो कर्तव्य निर्वाहका आधारभूत सिद्धान्तहरू बुझेपछि, यसले के देखाउँछ भने तैँले त्यो कर्तव्य पूरा गर्नका लागि माग गरिएका मानकहरू बुझेको छस्। यी सिद्धान्तहरूमा निपुणता प्राप्त गर्नु भनेको सत्यता अभ्यास कसरी गर्ने भन्ने जान्नु सरह हो। त्यसोभए, अभ्यास गर्ने यो क्षमता कुन आधारमा स्थापित हुन्छ? यो परमेश्वरको अभिप्राय र सत्यतालाई बुझ्ने कार्यको जगमा आधारित हुन्छ। के परमेश्वरले माग गर्नुभएका कुराहरूको एउटा वाक्य मात्रै थाहा छ भने यसलाई सत्यता बुझ्नु मानिन्छ? अहँ, मानिँदैन। सत्यता बुझेको मानिनका लागि के-कस्ता मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ? तैँले आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ र मूल्यलाई बुझ्नुपर्छ र, यी दुई पक्षहरूका बारेमा स्पष्ट भएपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धी सत्यतालाई बुझेको हुन्छस्। यसको साथै, सत्यता बुझेपछि, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्तहरू र अभ्यासका मार्गहरू पनि बुझ्नुपर्छ। तैँले आफ्नो कर्तव्य पूरा गर्ने सम्बन्धी सिद्धान्तहरू बुझेर लागू गर्न, र कहिलेकाहीँ थोरै बुद्धि लगाउन सकेपछि, आफ्नो कर्तव्य पूरा गर्ने कार्यको प्रभावकारितालाई सुनिश्चित गर्न सक्छस्। यी सिद्धान्तहरू बुझेर र ती अनुसार कार्य गरेर, तँ सत्यता अभ्यास गर्न सक्ने अवस्थामा पुग्न सक्छस्। यदि तैँले कुनै पनि मानव अभिप्रायहरू नमिसाइ आफ्नो कर्तव्य पूरा गरिस् भने, यदि यो परमेश्वरका मापदण्डहरूमा पूर्ण रूपमा समर्पित भएर अनि परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार, पूर्ण रूपमा परमेश्वरका वचनहरू अनुरूप गरिएको छ भने, तैँले आफ्नो कर्तव्य मानकअनुरूप पूर्ण रूपमा पूरा गरेको हुन्छस्, र परमेश्वरका मापदण्डहरूसँग तुलना गर्दा परिणामहरूमा केही भिन्नताहरू भए पनि, यसलाई अझै पनि परमेश्वरका मापदण्डहरू हासिल गरेको रूपमा लिइन्छ। यदि तैँले पूर्ण रूपमा सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्छस्, यदि तँ बफादार हुन्छस् र आफ्नो क्षमताले भ्याए अनुसार गर्छस् भने, तेरो कर्तव्य पूरा गर्ने कार्य परमेश्वरको अभिप्रायसँग पूर्ण रूपमा मिल्छ। तैँले सृजित प्राणीका रूपमा रहेको आफ्नो कर्तव्यलाई आफ्नो सारा हृदय, मन, र शक्तिले पूरा गरेको छस्, जुन सत्यता अभ्यास गरेर हासिल गरिने परिणाम हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरका वचनहरू धेरै प्रस्ट छन्। जब हामी परमेश्वरको आज्ञा स्वीकार गर्छौँ, तब हामीले पहिले परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ, हाम्रो कर्तव्यमा प्रवेश गर्नुपर्ने सिद्धान्तहरू खोज्नुपर्छ, सत्यताको बुझाइमा पुग्नुपर्छ, परमेश्वरमा समर्पित हुनुपर्छ, र हाम्रो कर्तव्यमा सत्यता सिद्धान्तहरूलाई कडाइका साथ पालन गर्नुपर्छ। साथै, आफ्नो कर्तव्य पूरा गर्दा, हामीले मण्डलीका हितलाई विचार गर्नुपर्छ, आफूलाई बारम्बार जाँच्नुपर्छ, र व्यक्तिगत लाभको योजना बनाउनुहुँदैन। यसले हाम्रा आफ्नै विचारहरूको मिसावटलाई र हामीबाट कर्तव्यमा हुने भूलहरूलाई कम गर्छ। मैले आफ्नो कर्तव्यमा केवल ख्याति र हैसियतका लागि कसरी काम गरिरहेकी थिएँ भन्ने सोचेँ—मैले बिरलै सत्यता सिद्धान्तहरू खोजेँ, र थोरै थाहा हुँदा पनि, मैले पालन गरिनँ। मलजल गर्नेहरू छनोट गर्दा, आवश्यक मुख्य गुणहरू भनेको सत्यतालाई स्पष्ट रूपमा सङ्गति गर्नु, धैर्य राख्नु र जिम्मेवार हुनु हो। वु वेन आफ्नो कर्तव्यमा जिम्मेवार थिइन्, र नयाँ विश्वासीहरूप्रति प्रेमिलो र धैर्यवान थिइन्। नयाँ विश्वासीहरूका स्थिति वा कठिनाइहरू जस्तोसुकै भए पनि, उनी सक्रिय रूपमा सङ्गति गरेर समस्याहरू समाधान गर्न सक्थिन्। उनले नयाँ विश्वासीहरूलाई मलजल गर्ने केही सिद्धान्तहरू पनि बुझेकी थिइन्। विगतमा, उनी आफ्नो कर्तव्यमा प्रभावकारी थिइन्, र उनले हालै मात्र केही वास्तविक कठिनाइहरू सम्हाल्न नसक्दा केही गल्तीहरू गरेकी थिइन्। यस्तो अवस्थामा, मैले उनलाई लापरवाहीपूर्वक बर्खास्त गरेर अर्को काममा खटाउनुको सट्टा उनलाई प्रेमपूर्वक सङ्गति गर्नुपर्थ्यो र मदत दिनुपर्थ्यो—कि त, उनलाई काटछाँट गर्ने, खुलासा गर्ने, र हप्काउने गर्नुपर्थ्यो। साथै, जब मैले चेन चेन बाहिरबाट उत्साही र मिलनसार रहेको देखेँ, तब मैले उनी संवर्धनका लागि उपयुक्त छिन् भनी कल्पना गरेँ। अब मलाई थाहा भयो यो सिद्धान्तअनुरूप थिएन। आत्मचिन्तनका लागि अलग्याइएकाहरूले बाधा वा अवरोध उत्पन्न गर्दैनन् भने, उनीहरूलाई सुसमाचार प्रचार गर्न र नयाँ विश्वासीहरूलाई मलजल गर्न खटाउन सकिन्छ, तर खराब मानवता भएका, दुष्टता गर्ने र मण्डलीको काममा बाधा पुऱ्याउने मानिसहरूलाई कुनै पनि हालतमा संवर्धन गर्न सकिँदैन। चेन चेनको नाम र हैसियतको चाहना बलियो थियो र उनी विगतमा अक्सर त्यसका लागि लडेकी थिइन्, जसले गर्दा मण्डलीको काममा बाधा पुगेको थियो। बर्खास्त गरिएर आत्मचिन्तनका लागि अलग्याइएपछि, उनले आफ्नो विगतका अपराधहरूको कुनै साँचो बुझाइ कहिल्यै देखाइनन्। यस्ता मानिसहरू संवर्धनका लागि महत्त्वपूर्ण निसानाहरू हुन सक्दैनन्। मैले चेन चेनलाई पदोन्नति र संवर्धन गरेर सिद्धान्त उल्लङ्घन गरेकी थिएँ, जसले मलजलको काममा ढिलाइ गरायो। मैले मानिसहरूलाई बर्खास्त गर्ने र प्रयोग गर्ने सिद्धान्तहरू बुझिनँ, र म ख्याति र हैसियतका लागि काम गरिरहेकी थिएँ। यसले मण्डलीको काममा अवरोध र व्यवधान पुऱ्याएको थियो, र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि पुऱ्याएको थियो। यो सोचेर, म पछुतोले भरिएँ। पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “परमेश्वरको घरमा, तैँले जे गरे पनि, तँ आफ्नै कार्यभारमा संलग्न भइरहेको हुँदैनस्; यो परमेश्वरको घरको काम हो, यो परमेश्वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्नुपर्छ, ‘यो मेरो आफ्नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्नै व्यक्तिगत कामकाज होइन।’ मानिसहरूले बुझ्नुपर्ने पहिलो कुरा यही हो। यदि तँ कुनै कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छस्, र काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। कुनै कर्तव्य तेरो व्यक्तिगत मामिला होइन; ठूलो होस् या सानो, परमेश्वरको घरका कामकुराहरू कुनै व्यक्तिका व्यक्तिगत मामिला होइनन्। यो कर्तव्यसँग सम्बन्धित छ भने, तेरो निजी कुरा होइन, यो तेरो व्यक्तिगत मामिला होइन—यो सत्यतासँग सम्बन्धित छ, र यो सिद्धान्तसँग सम्बन्धित छ। त्यसोभए तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरूले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू खोजी गर्नुपर्छ। अनि यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, सुरुमा सिद्धान्तहरू खोजी गर्नैपर्छ; यदि तिमीहरूले सत्यता बुझिसकेका छौ भने, सिद्धान्त पहिचान गर्न सहज हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरको वचनले मलाई अभ्यासको मार्ग दियो। कर्तव्यहरू परमेश्वरबाट आएका आज्ञाहरू हुन्, व्यक्तिगत मामिला होइनन्, त्यसैले हामी आफ्नो व्यक्तिगत हित पूरा गर्न मन लागे अनुसार ती कामहरू गर्न सक्दैनौँ। हरेक कुरामा, हामीले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ र परमेश्वरका मागहरूअनुसार अभ्यास गर्नुपर्छ। यदि हामी बुझ्दैनौँ भने, हामीले अरूसँग थप सङ्गति र खोजी गर्नुपर्छ। अरूले जे सोचे पनि, हामीले गर्नुपर्ने भनेको परमेश्वरको छानबिन स्विकार्नु र आफ्नो सक्दो प्रयास लगाउनु हो। कहिलेकाहीँ हाम्रो काममा विचलन वा त्रुटिहरू भए पनि, र हामीले छिट्टै राम्रा नतिजा हासिल नगरे पनि, यदि हामी अरूलाई देखाउनको लागि नभई परमेश्वरलाई सन्तुष्ट पार्न काम गर्छौँ भने, हामी सही बाटोमा हिँडिरहेका हुन्छौँ, र परमेश्वरले हामीलाई मार्गदर्शन गर्नुहुनेछ। पछि, म ब्रदर-सिस्टरहरूसामु आफ्नो बारेमा खुलस्त भएँ, मैले कसरी प्रतिष्ठा र हैसियतका लागि आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, द्रुत सफलताको मेरो चाहना, मानिसहरू छनोट र प्रयोग गर्दा सिद्धान्तहरूको उल्लङ्घन, साथै मैले कसरी मनमानी काम गरेकी थिएँ र अरूलाई हप्काउन आफ्नो पद प्रयोग गरेकी थिएँ, जसले उनीहरूलाई हानि पुऱ्यायो भन्ने कुरा खुलासा गरेँ। मैले उनीहरूसँग गम्भीरतापूर्वक माफी मागेँ र मलाई अझ धेरै निगरानी गर्न आग्रह गरेँ। जब मैले यसरी अभ्यास गरेँ, तब मेरा ब्रदर-सिस्टरहरूले मलाई हेयको नजरले हेरेनन्, उनीहरूले मलाई प्रोत्साहन दिए, र भने कि हामी एकअर्काको सुपरिवेक्षण गर्न सक्छौँ र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सँगै काम गर्न सक्छौँ।
धेरै समय नबित्दै, अर्को घटना घट्यो। सुसमाचार डिकन उनको परिवारको अवरोधका कारणले केही समय आफ्नो कर्तव्य पूरा गर्न असमर्थ भइन्। खबर सुनेपछि, म अलि चिन्तित भएँ। मैले सोचेँ, “अहिले, हरेक मण्डलीले सुसमाचार प्रचार गर्न सक्दो प्रयास गरिरहेको छ—यस घडीमा, यदि सुसमाचार डिकनले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनन् भने, हाम्रो काममा ठूलो असर पर्नेछ! यदि मैले उनलाई समयमै प्रतिस्थापन गरिनँ भने, हाम्रो नतिजा कहिल्यै सुध्रिनेछैन। मेरा वरिष्ठहरूले पक्कै पनि मसँग कार्य सामर्थ्य छैन भन्ने सोच्नुहुनेछ।” त्यसैले, मैले मेरी सहकर्मी सिस्टरसँग सुसमाचार डिकनलाई अर्को काममा खटाएर उनको ठाउँ लिने कोही खोज्ने कि भनी छलफल गरेँ। उनले भनिन्, “सुसमाचार डिकन सधैँ जिम्मेवार र सक्षम कामदार रहेकी छिन्, र सुसमाचारको कामको नतिजा राम्रो रहेको छ। यदि तपाईँले उनलाई केही समयका लागि परिवारको बन्धनबाट मुक्त हुन नसकेकै कारण अर्को काम खटाउनुभयो भने, त्यो सिद्धान्तविपरीत हुनेछ।” जब म आफ्नो तर्क प्रस्तुत गर्नै लागेकी थिएँ, मैले तुरुन्तै आफूले कसरी वु वेनलाई जबर्जस्ती प्रतिस्थापन गरेकी थिएँ भन्ने कुरा सम्झेँ। के म फेरि आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नतिर लागिरहेकी थिइनँ र? मेरी सहकर्मीले मलाई सिद्धान्तअनुसार कर्तव्य निर्वाह गर्नुपर्छ भनेर सम्झाइरहेकी थिइन्। मैले झण्डै अर्को ठूलो गल्ती गरेकी थिएँ। मैले मनमनै परमेश्वरलाई धन्यवाद दिँदै, उनलाई भनेँ, “मेरा अभिप्रायहरू गलत छन्। म उनलाई सिद्धान्तविना अर्को काममा खटाइरहेकी, फेरि ख्याति र हैसियतका लागि काम गरिरहेकी हुनेछु। उनी साँच्चै जिम्मेवार छिन्, र सही व्यक्ति हुन्। यदि उनी अहिले आफ्नो काम गर्न सक्दिनन् भने, त्यो कमीलाई हामीले पूर्ति गर्नेछौँ र सुसमाचारको काम गर्नेछौँ। हामी उनको अवस्थाबारे अझ धेरै बुझौँ र उनलाई सहयोग र मदत गर्ने प्रयास गरौँ।” मेरो कुरा सुनेपछि, मेरी सहकर्मीले सहमतिमा टाउको हल्लाइन्, र यसरी अभ्यास गर्दा मलाई सहज महसुस भयो।
अब, जब म आफ्नो कर्तव्य पूरा गर्छु, म अक्सर आफैलाई सोध्छु, “के मैले आज आफ्नो कर्तव्य सत्यता सिद्धान्तहरूअनुसार निर्वाह गरेँ? के मैले मानिसहरूसँगको अन्तरक्रियामा भ्रष्ट स्वभावले काम गरेँ?” यदि मैले सिद्धान्त र परमेश्वरका अभिप्रायहरूअनुरूप नभएको केही गरेँ भने, म त्यसलाई तुरुन्तै सच्याउन परमेश्वरलाई प्रार्थना गर्छु। यसरी अभ्यास गर्दा, म परमेश्वरको मार्गदर्शन देख्छु, मण्डलीको काममा केही सुधार हुन्छ, र मेरा ब्रदर-सिस्टरहरूले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जिएलि, स्पेन२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो...
लिऊ हुईझेन, चीनमैले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्दा, अगुवा ब्रदर-सिस्टरहरू मानिसहरूका समस्या समाधान गर्न कसरी परमेश्वरका वचनमा...
काओशेन, चीनसन् २०१६ को अन्त्यतिर, मैले मण्डलीको काममा सिस्टर यी सिनसँग सहकार्य गरेँ। केही समय सँगै काम गरेपछि, मैले यी सिनको क्षमता राम्रो...
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्न सक्नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”