सुसमाचार प्रचारको अविस्मरणीय अनुभव
मलाई सबैभन्दा गहिरो प्रभाव पार्ने एउटा अनुभवको घटना अप्रिल २०२१ मा भएको थियो। मैले राफाएल नामका क्याथोलिक ब्रदरलाई अनलाइनमा भेटेँ। तिनलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२१ मा, म निकैवटा मण्डलीको इन्चार्ज थिएँ। ती मण्डलीहरू भर्खरै स्थापना भएका थिए र सबै काम प्रारम्भिक चरणमा थिए। काममा निर्देशन दिन हाम्रा माथिल्लो तहका अगुवा प्रायजसो आउनुपर्थ्यो, र उनले समस्याहरू पत्ता लाग्दा समयमा नै सङ्गति दिन्थिन्। विशेष गरी उनले सुसमाचार कामबारे धेरै सोध्थिन्। अरू मण्डलीका सुसमाचार काम राम्ररी अघि बढिरहेका, तिनीहरूसँग साँचो मार्ग अनुसन्धान गर्ने र हरेक महिना मण्डलीमा आबद्ध हुने मानिसहरूको सङ्ख्या निकै धेरै देखेर मलाई निकै डाहा लाग्यो। मलाई लाग्यो, सुसमाचार काम माथिल्लो तहका अगुवाका लागि अत्यन्तै महत्त्वपूर्ण छ र त्यो पक्षमा म अलिक कमजोर छु। यदि मैले यो राम्ररी गर्न सकिनँ र हाम्रो सुसमाचार काम रोकियो भने, अगुवाले अवश्य नै ममा क्षमताको कमी छ, म काम गर्न सक्दिनँ भनेर भन्नेछिन्, र मलाई बर्खास्त गर्नेछिन्। त्यसकारण मैले केही समयसम्म सुसमाचार काममा धेरै मेहनत गरेँ, काम कसरी अघि बढिरहेको छ भनेर ब्रदर-सिस्टरहरूलाई बारम्बार अनुगमन गर्थेँ, समाधानहरू पत्ता लगाउन तिनीहरूसँग समस्याहरूबारे बुझ्थेँ, तर म अरू कामबारे त्यति धेरै सोध्ने वा अनुगमन गर्ने गर्दिनथिएँ। केही समयपछि, हामीले हाम्रो सुसमाचार काममा अलिक राम्रा परिणामहरू प्राप्त गऱ्यौँ, तर हाम्रो मलजल कामको प्रभावकारिता खस्किरहेको थियो। कतिपय नयाँ विश्वासीहरूले कठिनाइहरू सामना गरिरहेका थिए वा तिनीहरूलाई आफ्ना पाष्टरहरूले बाधा दिन्थे, र तिनीहरूलेसमयमा नै मलजल र साथ पाउँदैनथे, त्यसकारण तिनीहरू नकारात्मक भएर भेलाहरूमा आउन छोड्थे। यो देखेर मलाई के लाग्यो भने, हामीसँग मलजलकर्ताको कमी छ त्यसकारण सायद हामीले कतिपय नयाँ विश्वासीहरूलाई मलजलकर्ता बन्न तालिम दिनुपर्छ। तर त्यसपछि मलाई के लाग्यो भने, त्यस बेला माथिल्लो तहका अगुवा मुख्यतः सुसमाचार काममा नै केन्द्रित छन्, र त्यस क्षेत्रमा अरू मण्डलीले निकै प्रगति गरिरहेका छन्। यदि मैले असल परिणामहरू प्राप्त गर्न सकिनँ भने, अगुवाले पक्कै पनि ममा क्षमताको कमी छ भनेर सोच्नेछिन्। मैले सुसमाचार काममा नै आफ्नो शक्ति लगाइरहनुपर्छ भन्ने मलाई लाग्यो। मैले यो कुरा मनमा राखेर नयाँ विश्वासीहरूलाई प्रगति गराउने बारे त्यति विचार गरिनँ। पछि अगुवाले हाम्रो कामको जाँच गर्दा, हामीले हालैका महिनाहरूमा नयाँ विश्वासीहरूलाई तालिम दिइरहेका छैनौँ, र नयाँ मण्डली सदस्यहरूले समयमा नै मलजल पाइरहेका छैनन् भन्ने थाहा पाइन्। उनले रिसाउँदै भनिन्, “हामीले नयाँ विश्वासीहरूलाई उन्नति गराउनुपर्छ भनेर परमेश्वरको घरले बारम्बार माग गरेको छ। तपाईंले कामको यस्तो महत्त्वपूर्ण पक्षलाई रोक्नुभएको रहेछ—किन?” उनले मेरो मलजल गर्ने जिम्मेवारी रद्द गरिन्। म अलिक अन्योलमा परेँ। तर सोचेँ, त्यो कामको इन्चार्ज नहुनु राम्रै हो। मण्डलीमा गर्नुपर्ने काम धेरै थियो र म त्यो पूरा गर्न सक्दिनथिएँ, त्यसकारण सुसमाचार कामको मात्रै जिम्मेवारी लिएर म त्यो राम्ररी गर्न सक्थेँ। मलाई आफूभित्रको समस्याबारे पटक्कै थाहा थिएन। भोलिपल्टको मेरो भक्तिको समयमा मात्रै मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने जस्तो महत्त्वपूर्ण जिम्मेवारी खोसिएको घटनाबाट मैले पाठ सिक्नैपर्छ भन्ने महसुस भयो। यस कुरालाई विचार गरी मैले साँच्चै आत्मचिन्तन गर्नुपर्थ्यो। मैले परमेश्वरलाई हृदयदेखि मनमनै प्रार्थना गरी आफूलाई चिन्न अन्तर्दृष्टि र डोऱ्याइ मागेँ। प्रार्थना गरेपछि मलाई के लाग्यो भने मैले त मेरा अगुवाले भर्खरै जाँच गरेको काममा मात्रै ध्यान दिइरहेकी रहेछु। यदि अगुवाले कुनै कुरा उल्लेख नगरेकी भए, म आफ्नो जिम्मेवारीको दायराभित्र समस्या आए पनि त्यसलाई ध्यान दिन्थिनँ। के मैले देखाउनका लागि मात्रै काम गरिरहेकी थिइनँ र? पछि मैले परमेश्वरका केही मिल्ने वचनहरू भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “कतिपय मण्डलीहरू सुसमाचार फैलाउने काममा विशेष ढिला हुन्छन्, र झूटा अगुवाहरू आफ्नो कर्तव्यमा असावधान भएकोले र तिनीहरूले धेरैभन्दा धेरै गल्ती गर्ने गरेकोले यस्तो हुन्छ, र झूटा अगुवाहरू आफ्ना काममा लापर्बाह हुनु र तिनीहरूले अति धेरै गल्तीहरू गर्नु नै यसको कारण हो। विभिन्न कार्यहरूलाई अघि बढाउने क्रममा, वास्तवमा झूटा अगुवाहरूले समाधान गर्नुपर्ने, सुधार गर्नुपर्ने, र निवारण गर्नुपर्ने विभिन्न समस्या, विचलनहरू, र भुलचुकहरू हुन्छन्—तर, तिनीहरूसँग बोझको बोध नभएकोले, तिनीहरूले सरकारी अधिकारीको भूमिका मात्रै खेल्न सक्ने र वास्तविक काम गर्न नसक्ने भएको हुनाले, परिणामस्वरूप तिनीहरूले विनाशकारी भद्रगोल पैदा गर्छन्। कतिपय मण्डलीका सदस्यहरूले एकता पनि गुमाउँछन्, र तिनीहरूले एकअर्कालाई कमजोर बनाउँछन्, एकअर्काप्रति शङ्कालु र सतर्क बन्छन्; तिनीहरू परमेश्वरको घरले आफूलाई निष्कासित गर्ला कि भनेर पनि चिन्ता र डर मान्छन्। जब झूटा अगुवाहरूले यस्तो अवस्थाको सामना गर्छन्, तिनीहरूले कुनै निश्चित कार्यलाई पनि अघि बढाउँदैनन्। झूटा अगुवाहरूलाई तिनीहरूको काम रोकिएर बस्दा अलिकति पनि पीडा हुँदैन; तिनीहरूले आफूलाई कुनै पनि वास्तविक काम गर्न अग्रसर गराउन सक्दैनन्, यसको सट्टा तिनीहरूलाई के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने माथिका आदेशहरू पर्खेर बस्छन्, मानौँ तिनीहरूको काम माथिको लागि मात्रै गरिन्छ। यदि माथिबाट कुनै पनि विशिष्ट मापदण्डहरू आएन, र कुनै पनि प्रत्यक्ष आदेश वा आज्ञाहरू आएन भने, तिनीहरू केही पनि गर्दैनन्, र तिनीहरू लापरवाही र झाराटारुवा बन्छन्। माथिबाट जति गर्न दिइन्छ, तिनीहरूले त्यति नै गर्छन्, गर् भन्दा गर्ने अनि केही नभन्दा चुपचाप बस्छन्, लापरवाही र झाराटारुवा बन्छन्। झूटा अगुवा भनेको के हो? तिनीहरूको बारेमा छोटकरीमा भन्दा, तिनीहरूले व्यावहारिक काम गर्दैनन्, जसको अर्थ तिनीहरूले अगुवाको रूपमा आफ्नो काम गर्दैनन् भन्ने हुन्छ। महत्त्वपूर्ण र आधारभूत काममा तिनीहरू चरम लापरवाही गर्छन्—तिनीहरूले सिन्को भाँच्दैनन्। झूटा अगुवा यस्तै हुन्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू)। परमेश्वरका वचनहरूबाट मैले के थाहा पाएँ भने, झूटा अगुवाहरूले आफूलाई राम्रो देखाउने काममा तनमन लगाउँछन्। तिनीहरू अगुवाहरूले जोड दिएका वा अरूले देख्न सक्ने कामहरू मात्रै गर्छन्। यदि अगुवाले कुनै काम अह्राएनन् भने, त्यो काममा हानि पुगिसकेको भए पनि, तिनीहरू आँखा चिम्लन्छन् वा झारा टार्छन्। त्यस्तो व्यक्तिले आफ्नो कर्तव्यमा मण्डलीको काम पटक्कै कायम राख्दैनन्। वा कुनै व्यावहारिक काम गर्दैनन्। तिनीहरूमा कुनै मानवता वा चरित्र हुँदैन, र तिनीहरू सत्यता खोजी गर्ने वा त्यसलाई प्रेम गर्ने मानिस होइनन्। कर्तव्य पूरा गर्दासमेत, तिनीहरू केवल बाधा दिइरहेका र दुष्कर्म गरिरहेका हुन्छन्। पहिले, मसँग असल मानवता छैन भन्ने मलाई कहिल्यै लागेको थिएन, तर त्यसपछि मलाई म त्यस्तै स्थितिमा छु भन्ने थाहा भयो। मैले आफ्नो कर्तव्यमा कसरी काम गरिरहेकी छु भन्नेबारे सोचेँ। माथिल्लो तहका अगुवाले सुसमाचार कामलाई प्राथमिकता दिएको मैले देखेँ र त्यस पक्षमा म त्यति सिपालु नभएकोले उनले मलाई धेरै डोऱ्याइ र सहयोग दिइन्, त्यसकारण मलाई त्यसमा समस्या भइरह्यो भने बर्खास्त गरिनेछ भन्ने चिन्ता थियो। मैले आफ्नो पदलाई कायम राख्न, सुसमाचार काममा अझै बढी ध्यान दिन र हाम्रो कामको अन्य पक्षलाई बेवास्ता गर्न थालेँ। त्यस अवधिमा मलाई अरू कुरा मेरा कार्यक्षेत्रभित्र पर्छन् र मैले ती कुराको पनि अनुगमन गर्नुपर्छ भन्ने आभास थियो, तर अगुवाले ती कुराबारे नसोधेकोले, ती त्यति महत्त्वपूर्ण छैनन् भन्ने पनि लाग्यो, त्यसकारण मैले ती गरिनँ। मैले अगुवाले भनेको काम, आफ्नो नाम र हैसियतमा फाइदा पुग्ने काम मात्रै गरेँ। मैले परमेश्वरको इच्छाबारे विचार गरिनँ। मैले आफ्नो कर्तव्यमा एउटा अगुवाका जिम्मेवारी पूरा गरिरहेकी थिइनँ। मैले देखाउन अनि अगुवाको चित्त बुझाउनका लागि मात्र काम गरिरहेकी थिएँ। कर्तव्यप्रतिको मेरो मनोवृत्तिले आफ्नो कामलाई असर गरिसकेको थियो। हामीले असल क्षमता भएका नयाँ विश्वासीहरूले कर्तव्य लिन सकून् भनी तिनीहरूलाई मलजल गर्नुपर्छ र उन्नति गराउनुपर्छ भनेर परमेश्वरको घरले धेरैपटक सङ्गति गरेको थियो। त्यसो गर्दा राज्य सुसमाचार विस्तारमा फाइदा पुग्नेथियो। तर मैले त्यस्तो महत्त्वपूर्ण दुई-तीन महिनादेखि काम गरेकी थिइनँ, र हाम्रो काममा गम्भीर रूपले ढिलाइ गरिरहेकी थिएँ। त्यो त दुष्ट काम थियो। यसबारे त्यसरी सोच्दा निकै खिन्न लाग्छ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अति झूटो र धूर्त रहेछु। मैले त आफूलाई राम्रो देखाउन मात्रै काम गरिरहेकी रहेछु र मण्डलीको काममा ढिलाइ गरेकी छु। हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु!”
त्यसपछि मैले ख्रीष्टविरोधीहरूका स्वभावलाई खुलासा गर्ने परमेश्वरका केही वचन पढेँ जसले मलाई आफूबारे बुझ्न सहायता गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “सत्यता अभ्यास गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तो हुन्छ: तिनीहरूलाई फाइदा हुन्छ भने, तिनीहरूलाई सबैले प्रशंसा र आदर गर्छन् भने, तिनीहरू लागिपर्छन्, र देखाउनका लागि भए पनि केही प्रयास गरेजस्तो गर्छन्। यदि सत्यता अभ्यास गर्दा तिनीहरूलाई कुनै फाइदा हुँदैन, कसैले देख्दैन, र माथिल्लो स्तरका अगुवाहरू उपस्थित छैनन् भने, त्यस्तो बेला तिनीहरूले सत्यता अभ्यास गर्ने कुरै हुँदैन। तिनीहरूले सत्यता अभ्यास गर्ने कुरा प्रसङ्ग, समय, अनि यो सार्वजनिक रूपमा गरिन्छ कि कसैले नदेख्ने गरी गरिन्छ, यसमा लाभहरू कति ठूला छन् भन्ने कुरामा निर्भर हुन्छ; यस्ता कुराहरूमा तिनीहरू अति नै पोख्त र चलाख हुन्छन्, र कुनै लाभ नहुनु वा आफ्नो प्रदर्शन गर्न नपाउनु तिनीहरूको लागि अस्वीकार्य हुन्छ। तिनीहरूका प्रयासहरूलाई पहिचान गरिँदैन भने, र काम जति गरे पनि देख्ने कोही छैन भने तिनीहरूले कुनै काम गर्दैनन्। यदि काम परमेश्वरको घरले प्रत्यक्ष रूपमा बन्दोबस्त गरेको हो, र यो काम गर्नेबाहेक तिनीहरूसँग कुनै विकल्प छैन भने पनि अझै तिनीहरूले यसबाट तिनीहरूको हैसियत र प्रतिष्ठामा फाइदा हुन्छ कि हुँदैन भन्ने कुरा विचार गर्छन्। यदि यो तिनीहरूको हैसियतको लागि राम्रो हो र यसले तिनीहरूको प्रतिष्ठा बढाउन सक्छ भने, तिनीहरूले यो काममा आफ्नो सर्वस्व सुम्पन्छन् र राम्ररी काम गर्छन्; तिनीहरूलाई आफूले एक पन्थ दुइ काज गरिरहेको छु जस्तो लाग्छ। यदि यसले तिनीहरूको हैसियत वा प्रतिष्ठामा कुनै फाइदा पुग्दैन, र यो काम नराम्ररी गरिएमा तिनीहरूको विश्वसनीयता गुम्न सक्छ भने, तिनीहरू यसबाट उम्कने उपाय वा बहानाको बारेमा सोच्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाए पनि, तिनीहरू सधैँ एउटै सिद्धान्तमा लागिरहन्छन्: तिनीहरूले केही न केही फाइदा पाउनैपर्छ। ख्रीष्टविरोधीहरूलाई आफ्नो कुनै लागत नलाग्ने, तिनीहरूले कुनै कष्ट भोग्नु वा मूल्य चुकाउनु नपर्ने, अनि तिनीहरूको प्रतिष्ठा र हैसियतमा फाइदा पुग्ने काम सबैभन्दा बढी मन पर्छ। समग्रमा, ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि, तिनीहरू सुरुमा आफ्नै हितहरूलाई विचार गर्छन्, र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचोरूपमा, इमानदारीपूर्वक, र पूर्णरूपमा सत्यता पालना गर्दैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात्, सत्यताका सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू, र परमेश्वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीररूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरको इच्छा कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यताका सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति र सार छ भन्ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि व्यावहारिक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति र सार यही हो। के यो स्वार्थी र दुष्ट कुरा होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। “ख्रीष्टविरोधीहरू चतुर हुन्छन्, होइन र? तिनीहरूले गर्ने हरेक कुरामा, आठ-दशपटक वा त्योभन्दा बढी युक्ति रच्छन् र हिसाबकिताब गर्छन्। भीडमाझ कसरी अरूभन्दा स्थिर पद पाउने, अझ राम्रो प्रतिष्ठा र इज्जत कसरी पाउने, माथिको चापलुसी कसरी गर्ने, ब्रदर-सिस्टरहरूबाट कसरी साथ, प्रेम र सम्मान पाउनेजस्ता सोचहरूले तिनीहरूको मष्तिष्क भरिएको हुन्छ, र तिनीहरूले यी परिणामहरू प्राप्त गर्न सक्दो गर्छन्। तिनीहरू कुन मार्गमा हिँडिरहेका हुन्छन्? तिनीहरूका लागि, परमेश्वरको घरका हितहरू, मण्डलीका हितहरू, र परमेश्वरको घरको काम तिनीहरूको मुख्य ध्यान जानुपर्ने कुरा होइनन्, न त तिनीहरूलाई यी कुराको कुनै चिन्ता नै हुन्छ। तिनीहरूले के सोच्छन्? ‘यी कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन। अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ; मान्छेले आफ्नै लागि र आफ्नै प्रतिष्ठा र हैसियतको लागि जिउनुपर्छ। सबैभन्दा ठूलो उद्देश्य त्यही हो। यदि कसैलाई ऊ आफ्नै लागि जिउनुपर्छ र उसले आफ्नै रक्षा गर्नुपर्छ भन्ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो। यदि मलाई सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन र उहाँको घरका बन्दोबस्तहरू मान्न लगाइयो भने, त्यो मैले यसमा कुनै फाइदा पाउँछु कि पाउँदिन, र त्यसो गर्दा कुनै लाभ मिल्छ कि मिल्दैन भन्नेमा निर्भर हुनेछ। यदि परमेश्वरको घरका बन्दोबस्तहरूमा समर्पित नहुँदा मलाई हटाइने सम्भावना हुन्छ र मैले आशिष्हरू पाउने असर गुमाउँछु भने, म समर्पित हुनेछु।’ तसर्थ, आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि ख्रीष्टविरोधीहरूले प्रायजसो कुनै न कुनै सम्झौता गरिरहेका हुन्छन्। के भन्न सकिन्छ भने हैसियतका खातिर, ख्रीष्टविरोधीहरूले कुनै पनि प्रकारको कठिनाइ भोग्न सक्छन्, र राम्रो प्रतिष्ठा पाउनका लागि, तिनीहरूले कुनै पनि मूल्य चुकाउन सक्छन्। ‘कहिले झुक्ने र कहिले नझुक्ने, त्यो महान् व्यक्तिलाई थाहा हुन्छ’ भन्ने भनाइ तिनीहरूलाई साँचो लाग्छ। यो शैतानको तर्क हो, होइन र? यो संसारमा जिउनेसम्बन्धी शैतानको दर्शन हो, र यो अस्तित्वमा रहिरहनेसम्बन्धी शैतानको सिद्धान्त पनि हो। यो अत्यन्तै घृणित छ!” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई))। परमेश्वरका वचनहरूबाट मैले के बुझ्न सकेँ भने ख्रीष्टविरोधीहरू प्रकृतिले नै धूर्त र छली हुन्छन्; तिनीहरू अति नै स्वार्थी र दुष्ट हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा आफ्नै नाम र हैसियतबारे मात्रै सोच्छन् र आफ्ना हितहरूलाई प्राथमिकता दिन्छन्। यदि कुनै कुराले तिनीहरूलाई, तिनीहरूको प्रतिष्ठालाई फाइदा दिन्छ, अगुवाहरूबाट प्रशंसा पाउँछ र ब्रदर-सिस्टरहरूको समर्थन प्राप्त हुन्छ भने, तिनीहरू त्यसमा मरिहत्ते गर्छन्। तर पूरा गरे पनि अगुवाहरूले नदेख्ने कामहरू वा आफ्नो नाम वा हैसियतलाई फाइदा नहुने कुराका हकमा चाहिँ तिनीहरू मूल्य चुकाउन मान्दैनन्। ख्रीष्टविरोधीले कुनै काम गर्नुभन्दा पहिले कसरी आफ्नो प्रतिष्ठा र हैसियत जोगाउने, कसरी आफ्नो फाइदा बढाउने भनेर हिसाब गर्छ। उसले मण्डलीको काम कायम राख्नेबारे कहिल्यै सोच्दैन। म कसरी चलेँ भनेर मनन गर्दा, मैले ख्रीष्टविरोधीका जस्तै स्वभाव प्रकट गरेकी रहेछु भन्ने मलाई थाहा भयो। मैले आफ्नो कर्तव्यमा मण्डलीको कामलाई फाइदा पुग्ने कुरा विचार गरिरहेकी थिइनँ र मण्डलीको काम कायम गरिरहेकी थिइनँ। यसको सट्टा केले अगुवामा मेरो राम्रो छवि बनाउँछ, कसरी उनलाई सन्तुष्ट पार्ने र मेरा कमीकमजोरी देख्नबाट रोक्ने भनेर म मनमनै हिसाब लगाइरहेकी हुन्थेँ ताकि आफ्नो पद कायम राख्न सकूँ। अगुवाले सुसमाचार कामबारे धेरै सोधिरहेको देख्दा, यो काम उनका लागि महत्त्वपूर्ण छ भन्ने सोचेँ, त्यसकारण मैले आफ्नो पद जोगाउन सुसमाचार कामलाई अनावश्यक जोड दिएँ, त्यो कामको अनगुमन र ती समस्या समाधान गर्ने प्रयास थालेँ। तर केही समयसम्म अगुवाले मलजल कामलाई ध्यान दिइरहेकी छैनन् भन्ने देख्दा, मैले आफ्नो कामको त्यो पक्षलाई बेवास्ता गरेँ। मैले यसमा समय खर्चे पनि अगुवाको प्रशंसा पाउनेछैनँ भन्ने मलाई लाग्यो। हामीलाई मलजलकर्ताहरूको खाँचो छ र नयाँ विश्वासीहरूलाई समयमा नै मलजल नगरिएको कारण दुष्परिणामहरू आइसकेका छन् भन्ने मलाई राम्ररी थाहा थियो, तर पनि मैले यसलाई ध्यान दिइनँ, तर आफ्नै आँखाअघि मलजल कार्यमा समस्या आउन दिएँ। म आफ्नो कर्तव्यमा निकै लागिपर्ने र अगुवाले भनेको तुरुन्तै गरिहाल्ने जस्तो देखिन्थेँ, तर वास्तवमा, मैले देखावटी रूप धारण गरेर मानिसहरूलाई धोका दिँदै र परमेश्वरलाई छल गर्दै आफ्नै उद्यम चलाइरहेकी थिएँ। म स्वार्थी, धूर्त र चलाक थिएछु। मैले त्यस्तो महत्त्वपूर्ण काम लिएकी थिएँ, तर हरेक मोडमा मैले आफ्ना हितबारे सोचिरहेकी र हिसाब गरिरहेकी थिएँ। मैले आफ्नो कर्तव्यलाई नाम र हैसियत पछ्याउने अवसरको रूपमा लिएकी थिएँ। म ख्रीष्टविरोधीको मार्गमा थिएँ—मैले गरेको हरेक कुरा परमेश्वरका लागि घृणित थियो। त्यो कुरा बुझेपछि, मलाई मैले मण्डलीको काममा बाधा दिइरहेकी छु, र बर्खास्त गर्दा पनि हुन्छ भन्ने लाग्यो। म यति स्वार्थी, धूर्त र गैरजिम्मेवार भएकी थिएँ, र म यस्तो महत्त्वपूर्ण कामको योग्य थिइनँ। मलाई ग्लानि र पछुतो अनि परमेश्वरप्रति धेरै ऋणी महसुस भयो! मैले हृदयबाट परमेश्वरलाई प्रार्थना गरेँ, र अगुवाले कुनै कुराबारे सोधे पनि नसोधे पनि, मेरो कार्यक्षेत्रमा पर्ने भए यसमा सर्वस्व सुम्पेर आफ्ना अपराधहरूको परिपूर्ति गर्छु भनेर भनेँ। अचम्मको कुरो, परमेश्वरको अघि पश्चात्ताप गर्न तयार भएपछि, अगुवाले मलाई फेरि पनि मलजलको काम लिन अनुरोध गरिन्। त्यो बेला म निकै भावुक भएँ। सोचेँ, मैले त्यो कर्तव्यलाई पूर्ण रूपमा मोल गर्नुपर्छ र फेरि कहिल्यै आफ्नो नाम र हैसियतबारे सोच्नु हुँदैन। त्यसपछि मैले आफ्नो काममा तनमन लगाएँ। मैले ध्यान नदिएका कामहरूलाई जरुरीका आधारमा प्राथमिकतामा राखेँ तीबारे सिकेँ र अनुगमन गरेँ, र समस्याहरूका व्यावहारिक समाधान भेट्टाएँ। त्यसरी काम गर्न थालेपछि मलाई निकै सहज महसुस भयो।
केही दिनपछि, परमेश्वरको घरले मण्डलीहरूलाई सफाइको काम गर्न आदेश दियो। मलाई लाग्यो, म सुसमाचार र मलजलको कामका निम्ति जिम्मेवार छु र यी काम महत्त्वपूर्ण छन्, र सफाइको काम मेरो प्राथमिक जिम्मेवारी होइन। मेरा सहकर्मीले नै यो काम सम्हाल्नेछन् भन्ने सोचेँ। त्यसकारण, मैले यसलाई उच्च प्राथमिकतामा राखिनँ। मैले त्यो काम कसरी गर्ने भनेर सहकर्मीसँग सङ्क्षेपमा छलफल गरेँ र उनलाई यो काम सम्हाल्न लगाएँ। मैले यो काममा उनको प्रगति वा यसमा पर्ने साह्रोगाह्रोबारे कहिल्यै सोधिनँ। भेलामा अगुवाले सफाइको काम कस्तो भइरहेको छ भनी सोध्दा म झस्केँ। उनले अर्को मण्डलीबारे सोधिरहेकी थिइन्, र तिनीहरूले कसलाई निकाले ती मानिसहरूले कस्तो व्यवहार गरेका थिए, तिनीहरूले त्यस काममा कुनै कठिनाइ सामना गरे कि वा कुनै कुरा बुझेनन् कि भनेर उनले जान्न चाहेकी थिइन्। म अत्यन्तै घबराएँ किनभने मैले सफाइको कामबारे जाँच गरिरहेकी थिइनँ र यसबारे मलाई केही थाहा थिएन। यदि मलाई सोधियो र केही भन्न सकिनँ भने, मैले व्यावहारिक काम गरिरहेकी छैनँ भनेर अगुवाले पक्कै भन्नेथिइन्। मेरो कर्तव्य परिवर्तन गरियो वा मलाई बर्खास्त गरियो भने के गर्ने? मैले त्यो बेला एउटै कुरा सोचेँ: भेला समाप्त हुनेबित्तिकै त्यस कामको प्रगति पत्ता लगाउने, हटाइएका मानिसहरूको सङ्ख्या लिने, म कोबारे अनिश्चित छु भनेर हेर्ने अनि तिनीहरूलाई हटाउनुपर्छ कि पर्दैन भनेर तुरुन्तै छलफल गरेर निर्णय गर्ने ताकि अगुवाले सोधखोज गरिन् भने अगुवालाई आधारभूत उत्तर दिन सकूँ। त्यसरी मैले केही वास्तविक काम गर्न सक्छु भनेर उनले सोच्नेथिइन्। भेला समाप्त हुँदा आधा रात कटिसकेको थियो तर म अझै पनि सहकर्मीलाई त्यस कामबारे सोध्न चाहन्थेँ। उनलाई सम्पर्क गर्न लाग्दा, मलाई अलिक अनौठो लाग्यो। के मैले फेरि पनि देखाउन मात्रै काम गरिरहेकी थिइनँ र? यस कुरालाई त्यसरी हेर्नु भनेको झारा टार्नु मात्रै थियो। यदि हामीले गलत निर्णय गरे हटाउन नहुने व्यक्तिलाई हटायौँ भने, के त्यो ब्रदर-सिस्टरहरूको जीवनप्रति गैरजिम्मेवारी हुँदैन र? यदि मैले होसियारसाथ अनुसन्धान नगरी र निर्णयलाई नजाँची हतारमा काम गरेँ र गलत व्यक्तिलाई हटाइयो भने, त्यो मेरो कर्तव्यप्रति गैरजिम्मेवारी मात्र नभई, ब्रदर-सिस्टरहरूका लागि हानिकारक पनि हुनेथियो। त्यो सोच्दा मलाई अलिक डर र चिन्ता लाग्यो र मैले मनमनै प्रार्थना गरेँ, “हेर परमेश्वर, मैले फेरि पनि देखाउनका लागि काम गर्न थालेछु। अहिले म सफाइको कामबारे हतारमा अनुगमन गरिरहेकी छु। यो तपाईंको इच्छालाई ध्यान दिन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि होइन, तर आफ्नो प्रतिष्ठा र पदका लागि हो। मैले फेरि चाल चल्दै तपाईंलाई छल गरिरहेकी छु। हे परमेश्वर, म आफ्नो कर्तव्यमा अलिकति पनि सच्चा छैनँ, मैले त राम्रो देखिन मात्रै काम गरिरहेकी छु। यो सब तपाईं घृणा गर्नुहुन्छ। हे परमेश्वर, म आत्मचिन्तन गरेर तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।” ठिक त्यही बेला, मलाई आफूले भर्खरै पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “यदि तँ अगुवा होस् भने, तँ जति धेरै परियोजनाहरूप्रति जिम्मेवार भए तापनि, निरन्तर सहभागी हुनु र प्रश्नहरू सोध्नुका साथै अवस्थाहरूको जाँच गर्नु र समस्याहरू देखा पर्नेबित्तिकै तुरुन्तै समाधान गर्नु तेरो जिम्मेवारी हो। यो तेरो काम हो। अनि, तँ क्षेत्रीय अगुवा, जिल्लाको अगुवा, मण्डलीको अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जोसुकै भए पनि, तैँले तेरो जिम्मेवारीहरूका क्षेत्रलाई पत्ता लगाएपछि, तैँले यस काममा आफ्नो भाग पूरा गरिरहेको छस् कि छैनस्, अगुवा वा कर्मचारीले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरिरहेको छस् कि छैनस्, तैँले कुन काम गरेको छैनस्, कुन काम राम्रोसित गरिनस, कुन काम गर्न चाहँदैनस्, कुन काम अप्रभावकारी भएको छ, र कुन कामको सिद्धान्त बुझ्न तँ असफल भइस् भनेर निरन्तर जाँच गर्नुपर्छ। यी सबै थोकहरूको बारेमा तैँले प्रायजसो मनन गर्नुपर्छ। साथै, तैँले अरू व्यक्तिहरूसँग सङ्गति गर्न र प्रश्नहरू सोध्न सिक्नुपर्छ, अनि परमेश्वरका वचनहरू र कामको बन्दोबस्तहरूमा कार्यान्वयनको निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्नुपर्छ। जुनसुकै कामको बन्दोबस्त होस्, चाहे त्यो प्रशासन, मानव संसाधन वा मण्डलीको जीवनसँग सम्बन्धित होस् वा कुनै पनि विशेषज्ञ कामसँग सम्बन्धित होस्, यदि यो अगुवा तथा कर्मचारीहरूको जिम्मेवारीहरूसँग सम्बन्धित छ भने, यदि यो तैँले पूरा गर्नुपर्ने जिम्मेवारी हो र तेरो जिम्मेवारीहरूको कार्यक्षेत्रभित्र पर्छ भने, तैँले यसको बारेमा चासो राख्नुपर्छ। स्वाभाविक रूपमै, प्राथमिकताहरू परिस्थितिको आधारमा निर्धारण गरिनुपर्छ ताकि कुनै पनि परियोजना पछि नपरोस्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू)। परमेश्वरका वचनहरू अत्यन्तै स्पष्ट छन्। मण्डलीको कामप्रति जिम्मेवार अगुवाको हैसियतले, हामीले जति वटा कामको रेखदेख गरे पनि, ती कामलाई प्राथमिकता दिनुपर्छ, रेखदेख गर्नुपर्छ, सोधपुछ र जाँच गर्नुपर्छ, ताकि हरेक काम जसरी अघि बढ्नुपर्ने हो, त्यसरी अघि बढून्। यो अगुवा वा सेवकले गर्नुपर्ने काम, र वास्तविक काम पूरा गर्ने एक मात्र तरिका हो। तर मैले देख्न सकिने परिणामहरू निकाल्न सक्ने महत्त्वपूर्ण काम, वा अगुवाले नियमित रूपमा सोध्ने काम पूरा गरेँ भने, त्यो व्यावहारिक काम गर्नु हो भन्ने मलाई लाग्थ्यो। तर माथिल्लो तहका अगुवाले त्यति नसोध्ने वा त्यति स्पष्ट परिणाम नदिने कामहरूमा म बिरलै मेहनत वा अनुगमन गर्थेँ। तर वास्तवमा, मैले आफ्नो कर्तव्यको दायरमा रहेका सबै कुरामा आफ्नो सर्वस्व लगाउनुपर्थ्यो। कतिपय काम सुरु भइसकेका थिए र तीबारे केही समयदेखि छलफल भएको थिएनन्, तर त्यसको अर्थ ती रोकिएका छन् र त्यसको अनुगमन गर्नुपर्दैन भन्ने होइन। मैले प्राथमिकताको आधारमा ती कामबारे सोधखोज गर्नुपर्थ्यो। यदि मैले ती बारे कहिल्यै नसोधेको भए र यसले गर्दा ती कामको प्रगतिमा ढिलाइ भएको भए, त्यो गैरजिम्मेवारी, र परमेश्वरप्रति भक्तिको कमी हुनेथ्यो। मैले आफ्नो कामप्रतिको मेरो मनोवृत्तिबारे सोचेँ। सफाइको काम अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मलाई थाहा थियो, तर यो म मुख्य रूपमा जिम्मेवार रहेको काम होइन, र यदि यो काम राम्ररी गरियो भने यसमा मैले लगाएको प्रयासलाई कसैले देख्नेछैन भन्ने मलाई लाग्यो, त्यसकारण मैले यसमा मन लगाइनँ वा यसलाई गम्भीर रूपले लिइनँ। मलाई यसको प्रगतिबारे केही थाहा थिएन। अगुवाले यसबारे सोधेको सुन्नेबित्तिकै मैले यसबारे जाँच गर्न हतार गरेँ। म केही सामान्य अनुगमन गर्न चाहन्थेँ ताकि अगुवाले मेरो कामबारे सोध्दा म उनलाई उत्तर दिन सकूँ, त्यसो गर्दा मैले वास्तविक काम गरिरहेकी छैनँ भन्ने उनले थाहा पाउनेथिइनन् र मलाई बर्खास्त गर्नेथिइनन्। मैले चाल चलिरहेकी र छल गरिरहेकी थिएँ, यसरी आफ्नो नाम र हैसियत जोगाउँदै मण्डलीको कामका लागि जिम्मेवारी लिइरहेकी थिइनँ। त्यो दुष्ट काम थियो!
त्यसपछि मैले आफ्नो कर्तव्यमा मेरोभर्खरैको मनोवृत्ति र प्रस्तुतिबारे सोचेँ। मला परमेश्वरका वचनहरूका यी खण्ड याद आयो: “कुनै एक व्यक्तिले परमेश्वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्यो कि गरेन र त्यस व्यक्तिले परमेश्वरको इच्छालाई सन्तुष्ट गर्यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्ने कुराको निर्णय गर्नको निम्ति परमेश्वरसँग मापदण्ड छ। परमेश्वरले मानिसको हृदयको वास्ता राख्नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्म तिनीहरूले केही न केही गर्छन्, परमेश्वरले त्यसलाई आशिष् दिनुपर्छ भन्ने छैन। परमेश्वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। “सबै जना सत्यता पछ्याउन इच्छुक भए पनि, यसको वास्तविकतामा प्रवेश गर्नु त्यति सरल कुरा होइन। यसको मुख्य कुरा भनेको सत्यताको खोजी गर्ने र सत्यतालाई अभ्यास गर्ने कार्यमा ध्यान दिनु हो। तैँले यी कुराहरूका बारेमा हरेक दिन मनन गर्नुपर्छ। तैँले जस्तोसुकै समस्या वा कठिनाइको सामना गरे पनि, सत्यता अभ्यास गर्न नछोड्; तैँले सत्यता खोजी गर्न र आफ्नो बारेमा मनन गर्न सिक्नुपर्छ, अनि अन्त्यमा सत्यता अभ्यास गर्नुपर्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो; तैँले जे गरे पनि, आफ्नै हितहरू मात्र रक्षा गर्ने प्रयास नगर्, अनि यदि तैँले आफ्ना हितहरूलाई पहिलो प्राथमिकता दिन्छस् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछैनस्। आफ्नै बारेमा मात्रै सोच्ने मानिसहरूलाई हेर्—तिनीहरूमध्ये कसले सत्यता अभ्यास गर्न सक्छ? एउटाले पनि सक्दैन। सत्यता अभ्यास गर्ने सबै मानिसहरू इमानदार, सत्यतालाई प्रेम गर्ने र दयालु मानिसहरू हुन्। तिनीहरू सबैमा विवेक र समझ हुन्छ, तिनीहरूले आफ्नै हित, अभिमान, र घमण्ड छोड्न अनि देहसुख त्याग्न सक्छन्। यी मानिसहरू सत्यता अभ्यास गर्न सक्ने मानिसहरू हुन्। … सत्यतालाई प्रेम गर्ने मानिसहरू सत्यतालाई प्रेम नगर्नेहरूभन्दा फरक मार्गमा हिँड्छन्: सत्यतालाई प्रेम नगर्ने मानिसहरू सधैँ शैतानका दर्शनअनुसार जिउनमा ध्यान दिन्छन्, तिनीहरू असल व्यवहार र भक्तिपनको बाह्य प्रदर्शनमै सन्तुष्ट हुन्छन्, तर तिनीहरूको हृदयमा अझै पनि बेकाबू लालसा र इच्छाहरू हुन्छन्, अनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको पछि लाग्छन्, अझै पनि आशिष् पाउन र राज्यमा प्रवेश गर्न चाहन्छन्—तर तिनीहरूले सत्यता खोजी गर्दैनन्, र आफ्नो भ्रष्ट स्वभावलाई त्याग्न सक्दैनन्, अनि तिनीहरू सधैँ शैतानको शक्तिमा परेर जिउँछन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्छन्, आफ्नो बारेमा मनन गर्छन् र आफूलाई चिन्ने प्रयास गर्छन्, अनि सत्यता अभ्यास गर्न ध्यान दिन्छन्, र तिनीहरूको हृदयमा परमेश्वरप्रतिको आज्ञापालन र डर सधैँ हुन्छ। उहाँबारे कुनै धारणा वा गलत बुझाइ उत्पन्न भए, तिनीहरूले तुरुन्तै परमेश्वरसँग प्रार्थना गर्छन् र तिनलाई समाधान गर्न सत्यता खोजी गर्छन्; तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा ध्यान लगाउँछन् ताकि परमेश्वरको इच्छा तृप्त होस्; र तिनीहरू सत्यताप्रति लागिपर्छन् र परमेश्वरको ज्ञानको पछि लाग्छन्, हृदयमा उहाँको भय मान्छन् र सबै दुष्कर्मबाट अलग बस्छन्। सधैँ परमेश्वरको सामु जिउने व्यक्ति यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन)। म आफ्नो कर्तव्यमा आफूलाई राम्रो देखाउने कुराहरू मात्रै गर्थेँ, सधैँ अगुवाको स्याबासी पाउने र आफ्नो पद जोगाउनेबारे मात्रै सोचिरहेकी हुन्थेँ। मलाई म स्मार्ट भइरहेकी छु भन्ने लाग्थ्यो, तर वास्तवमा मूर्ख भइरहेकी थिएँ। परमेश्वर वचनहरू अत्यन्तै स्पष्ट छन्—परमेश्वरले व्यक्तिले कस्तो हृदयले आफ्नो कर्तव्य पूरा गर्छ भनेर वास्ता गर्नुहुन्छ। आफ्नो कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति उहाँको इच्छाप्रति विचारशील छ कि छैन भनेर उहाँ हेर्नुहुन्छ, तिनीहरूले कति धेरै काम गरेका देखिन्छन् वा तिनीहरूले कति जना मानिसबाट स्याबासी पाएका छन् भनेर हेर्नुहुन्न। साथै, मानिसहरूलाई बर्खास्त गर्ने विषयमा मण्डलीका सिद्धान्तहरू छन्। कसैले छोटो समय आफ्नो काम राम्ररी नगरेको कारण उसलाई त्यत्तिकै बर्खास्त गरिँदैन। यदि तिनीहरूको नियत सही छ र तिनीहरू मण्डलीको कामलाई कायम राख्न सक्छन्, अनुभवको कमीले गर्दा केही गल्ती गर्छन् भने, परमेश्वरको घरले तिनीहरूलाई साथ र सहयोग गर्छ। क्षमताको कमीले गर्दा तिनीहरूले त्यो काम साँच्चै सम्हाल्न सक्दैनन् भने, मण्डलीले तिनीहरूलाई अर्को कर्तव्यमा खटाउँछ। समग्रमा, मुख्य कुरो भनेको तपाईंको नियत सही हुनुपर्छ। यदि आफ्नो कर्तव्यमा गलत अभिप्राय राखियो वा परमेश्वरको इच्छालाई ध्यान दिइएन, नाम र हैसियतको पछि मात्रै लागियो, वा अगुवाहरूले मोल गरून् भनेर चाल चलियो र धोका दिइयो भने, काम गरिरहेको, अनि कष्ट भोग्न र मूल्य चुकाउन सक्षम भएको जस्तो देखिएला, तर आफ्ना मनसायहरू गलत हुन्छन्, र सबै कुरा आफ्नै लागि गरिरहेको हुन्छ। त्यो आफ्नो कर्तव्य पूरा गर्नु हुँदै होइन र त्यसले परमेश्वरको अनुमोदन पाउँदैन। परमेश्वरको घरका लागि सफाइको काम महत्त्वपूर्ण प्रोजेक्ट हो भन्ने मलाई थाहा थियो। सहकर्मीहरूको प्रगतिलाई बुझ्नु र रेखदेख गर्नु मेरो कामको भाग थियो। ममा सही मनोवृत्ति हुनुपर्थ्यो र मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। त्यसपछि, म सहकर्मीहरूसँग तिनीहरूको सफाइको कामको प्रगतिबारे कुरा गर्न गएँ र तिनीहरूले सामना गरेका कठिनाइहरू बारे सोधेँ। त्यसपछि म तिनीहरूलाई कर्मचारीको मूल्याङ्कनमा सहयोग गर्न आफै लागिपरेँ र हामीले सफाइका सर्तहरूअनुसार निकाल्नुपर्ने मानिसहरूलाई निकाल्यौँ। त्यसो गरेपछि मलाई निकै सहज महसुस भयो।
मैले यी सबै अनुभवबाट धेरै कुरा पाएँ। म पहिले अगुवाले प्राथमिकता र ध्यान दिएका काम गर्नु व्यावहारिक काम गर्नु हो भन्ने सोच्थेँ। तर यी अनुभवहरूबाट, मैले के देखेँ भने, यदि मेरो मनसाय ठिक छैन, म नाम, हैसियत, र अरूको प्रशंसा पाउन, वा अगुवालाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्छु भने त्यो देखाउनका लागि काम गर्नु हो, आफ्नो कर्तव्य पूरा गर्नु होइन। त्यसो हुँदा मैले जति नै काम गरे पनि, परमेश्वरले यसलाई कहिल्यै अनुमोदन गर्नुहुनेछैन। हामीले कर्तव्य पूरा गर्दा, परमेश्वर हाम्रो हृदयको वास्ता गर्नुहुन्छ अनि हाम्रो कर्तव्यप्रतिको मनोवृत्तिलाई, हामीले मण्डलीको काम कायम राखिरहेका छौँ कि छैनौँ, हामी सत्यता अभ्यास गर्न र उहाँका वचनहरूअनुसार जिउन सक्छौँ कि सक्दैनौँ भन्ने हेर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही हो। परमेश्वरको डोऱ्याइको कारण नै मैले यो कुरा बुझेँ। परमेश्वर धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मलाई सबैभन्दा गहिरो प्रभाव पार्ने एउटा अनुभवको घटना अप्रिल २०२१ मा भएको थियो। मैले राफाएल नामका क्याथोलिक ब्रदरलाई अनलाइनमा भेटेँ। तिनलाई...
सन् २०१६ मा, मण्डलीमा मेरो कर्तव्य मलजल डिकनको थियो। त्यो समयमा, एउटा ख्रीष्टविरोधीको थिचोमिचोमा परेकी मण्डली अगुवा नकारात्मकतामा जिइरहेकी...
सन् २०२० मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...
रिले, अमेरिकापरमेश्वरका वचनहरूले भन्छन्: “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्वरका वचनहरूको न्याय र सजाय...