ईर्ष्यालाई आफूमाथि हाबी हुन नदिनु

7 अक्टोबर 2025

ली फाङ, चीन

सन् २०१७ को गृष्ममा म मण्डली अगुवा भएर सेवा गरिरहेकी थिएँ। कामको आवश्यकताका कारण माथिल्लो तहको अगुवाले सिस्टर याङ्ग गुआङ्ग र सिस्टर चेङ्ग शिनलाई मसँग काम गर्ने प्रबन्ध मिलाइन्, र तिनीहरूलाई मद्दत गर्नु भनी मलाई अह्राइन्। केही समयपछि, ती दुई सिस्टरले आफ्ना कर्तव्यमा बोझ उठाउँदै छिटो प्रगति गरिरहेको मैले देखेँ। केही कामकुराबारे मैले चिन्ता गर्नुपरेन—ती सिस्टरहरू त्यसउपर छलफल गर्न र आफै उचित तरिकाले सम्हाल्न सक्षम थिए। सुरुमा, म त्यसबारे निकै खुसी थिएँ, तर समयसँगै, मलाई नमिठो लाग्न थाल्यो। मैले मनमनै सोचेँ, “म अगुवा हुँ, त्यसैले तर्कसङ्गत कुरा भनेको मण्डलीका ठुला-साना सबै मामिलाहरूबारे पहिले मसँग छलफल गर्नुपर्छ। तर अहिले, यी दुई सिस्टरहरू मसँग सल्लाह नगरी केही कामकुरा प्रबन्ध गरिरहेका छन्। तिनीहरूले मलाई गम्भीरतापूर्वक लिइरहेका छैनन्! यस्तै चलिरह्यो भने, के म नाम मात्रको अगुवा रहनेछैनँ र?”

एउटा भेलामा, मलजल डिकनले याङ्ग गुआङ्ग र चेङ्ग शिनको नाम उल्लेख गरिन्। उनले भनिन्, “तिनीहरूले आफ्ना कर्तव्यमा साँच्चिकै बोझ उठाउँछन्। पहिले हामीसँग सधैँ मलजलकर्ताको कमी हुन्थ्यो, तर तिनीहरू आएदेखि स्थानान्तरण छिटो भइरहेको मात्र होइन, मलजलको काम पनि निकै प्रभावकारी भएको छ…।” यो सुनेपछि, मैले बाहिरबाट परमेश्‍वरलाई धन्यवाद दिएँ, तर मनमनै त्यति खुसी थिइनँ र मेरो अनुहार रातो भइरहेको म महसुस गर्न सक्थेँ। मैले मनमनै सोचेँ, “अरूले मलाईभन्दा ती दुई सिस्टरलाई उच्च सम्झन्छन्। म कैयौँ वर्षदेखि अगुवा रहेकी छु, र ती सिस्टरले केही दिनदेखि मात्र यो गरिरहेका छन्। के तिनीहरू मभन्दा बढी असल छन्?” म यसलाई स्विकार्न चाहन्नथेँ, र त्यस पछि मैले मलजल डिकनले भनेका कुनै पनि कुरा सुनिनँ। भेलापछि म लत्रक्क परेर घर गएँ। त्यो रात मैले ओछ्यानमा यताउता पल्टँदै बिताएँ, निदाउनै सकिनँ। हरेकपल्ट मलजल डिकनले भनेका कुराबारे सोच्दा म निकै निराश हुन्थेँ। म वर्षौँदेखि अगुवा रहेकी थिएँ, तर भर्खर प्रशिक्षण सुरु गरेका दुई सिस्टर बराबरी पनि थिइनँ। माथिल्लो तहकी अगुवाले थाहा पाइन् भने मेरो बारेमा के सोच्नेथिइन्? के उनले म अक्षम छु र अगुवा बन्न लायक छैन भन्‍नेथिइन्? अरूले मलाई आदर गर्थे, अब के तिनीहरूले मभन्दा ती दुई सिस्टर असल छन् भन्‍ने सोच्नेथिए? भोलिका दिनमा तिनीहरूले मलाई छोडेर तिनीहरूलाई समर्थन गर्नेथिए? मलाई लाग्यो याङ्ग गुआङ्ग र चेङ्ग शिनले मेरो चमक चोरेका छन्, र म तिनीहरूप्रति ईर्ष्या र आक्रोशले भरिएँ। त्यो बेला मेरो पद सुरक्षित छैन भन्‍ने डरले मेरो कल्पना अनियन्त्रित भइरहेको थियो। मैले चुपचाप आफूलाई राम्रो काम गर्न, हाम्रा सबै परियोजनामा अझ राम्रो गर्ने प्रयास गर्न र अरूलाई म ती सिस्टरहरूभन्दा कम छैन भन्‍ने देखाउन प्रोत्साहित गरेँ। त्यसपछि, म हरेक दिन सबेरै उठ्थेँ र अबेरसम्म जागा रहन्थेँ, म सबै महत्त्वपूर्ण परियोजनामा अगाडि रहन्थेँ र देखिएका कुनै पनि समस्यालाई तुरुन्त हल गर्थेँ, मभन्दा पहिले ती सिस्टरहरू त्यहाँ पुग्लान् भन्‍ने मलाई डर थियो। कहिलेकाहीँ तिनीहरूले गडबडी गरुन् र आफैलाई लज्जित बनाउन् भन्‍ने आशा समेत गर्थेँ। एक दिन मण्डलीका पुस्तकहरू जाँच गर्दैगर्दा हामीले पठाएका र प्राप्त गरेका सङ्ख्याबिच बेमेल पायौँ। पुस्तकहरू वितरण गर्ने र प्राप्त गर्ने काम ती सिस्टरहरूले सम्हालिरहेका थिए र तिनीहरूले चिन्तित हुँदै कारण खोजिरहँदा मैले मद्दत नगरेकी मात्र होइन, तिनीहरूको दुर्भाग्यमा रमाइरहेकी थिएँ, मैले सोचेँ “म तिमीहरूलाई निकै सक्षम ठान्थेँ—अब तिमीहरू के गर्नेछौ?” हप्काइको स्वरमा मैले तिनीहरूलाई भनेँ, मण्डलीका पुस्तकसम्बन्धी कुनै समस्या छन् भने त्यो निकै ठुलो कुरा हो। त्यसले तिनीहरूलाई झन् चिन्तित बनायो र तिनीहरूको स्थितिमा असर पर्‍यो। म भित्रभित्रै निकै खुसी भइरहेकी थिएँ, “अब तिमीहरूले यति ठुलो गल्ती गरेका छौ, हेरौँ माथिल्लो अगुवाले अझै पनि तिमीहरूलाई मभन्दा असल सोच्छिन् कि सोच्दिनन्! यदि तिमीहरू यो नकारात्मक स्थितिमा रह्यौ भने मैले मेरो पद जोखिममा पर्ने चिन्ता गर्नुपर्नेछैन।” त्यो बेला मलाई अलिक दोषी महसुस भयो र आफूले सीमा नाघ्दै छु भन्‍ने लाग्यो, तर, मैले वास्तवमा यसमाथि थप चिन्तन गरिनँ।

पछि, केही कारणले चेङ्ग शिनको कर्तव्य समायोजन गरियो, सँगै काम गर्ने म र याङ्ग गुआङ्ग मात्र भयौँ। एक दिन कामको छलफलको क्रममा, माथिल्लो अगुवाले सधैँ याङ्ग गुआङ्गको राय मागिरहेको देखेँ, जबकि म अपमानित महसुस गर्दै एउटा छेउमा बस्थेँ। मैले सोच्न थालेँ, अगुवाले उनलाई जवान र राम्रो क्षमता भएकाले प्रशिक्षित गर्न ध्यान केन्द्रित गरिरहेकी पो होलिन् कि। म निकै निराश भएँ। अगुवाले पहिले सधैँ मसँग कामकुराबारे छलफल गर्थिन्, तर अहिले याङ्ग गुआङ्गलाई धेरै कदर गर्छिन्। के त्यसले याङ्ग गुआङ्ग मभन्दा झन् असल रहेको देखाउँदैन र? मेरो ईर्ष्या फेरि बाहिर आइरहेको थियो। त्यो समयमा, जबजब म याङ्ग गुआङ्गको काममा विचलन देख्थेँ, म उनलाई गाली गर्थेँ र कहिलेकाहीँ उनलाई उपेक्षा गर्थेँ। म हरेक भेलाको अध्यक्षता गर्न र अरूको समस्या हल गर्न दौडन्थेँ, उनलाई सङ्गति गर्ने मौकै दिन्नथेँ। उनको स्थिति खराब हुँदै गयो र उनले मण्डलीको काममा बोझ उठाउन छाडिन्, उनले कतिपय कार्यलाई शीघ्रतासाथ गरिनन् र यसले मण्डलीको काममा केही हानि पुग्यो। त्यो बेला, मलाई अलि दोषी महसुस भयो। मलाई उनको नकारात्मक स्थितिमा मेरो धेरै योगदान छ भन्‍ने लाग्यो, तर मैले आत्मचिन्तन गरिनँ। परमेश्‍वरको ताडना नपाएसम्म मैले आफ्नै स्थितिबारे केही बुझेकी थिइनँ।

एक दिन म अचानक बिरामी परेँ, ज्वरो आयो र त्यसपछि खोकी लाग्यो। मलाई लाग्यो, मेरो दमको बिमारीले फेरि दुःख दिँदै छ, तर पछि, मेरो खोकी झन् बढ्दै गयो र कुनै औषधिले काम गरिरहेको थिएन। मैले जति चाहे पनि भेलामा सङ्गति गर्न सकिनँ। म डाक्टरकहाँ जाँच गराउन गएँ, र मलाई गम्भीर ब्रोन्किइक्टेसिस र क्षयरोग भएको बताइयो। डाक्टरले यो निकै गम्भीर रोग हो र नियन्त्रणमा आउन एक वर्षभन्दा धेरै औषधि खानुपर्ने बताए। त्यो सुनेर म स्तब्ध भई त्यही बसेँ, निकै दुःखी महसुस भइरह्यो। पहिले पनि मलाई क्षयरोग भइसकेको थियो र यसलाई निको पार्न साँच्चिकै गाह्रो भएको थियो। यो फेरि कसरी बल्झियो र यो पटक किन यति गम्भीर केस भयो? क्षयरोग सरुवा रोग भएकाले ब्रदर-सिस्टरहरूसँग मेरो कुनै सम्पर्क हुन पाएन। त्यसको अर्थ म आफ्नो कर्तव्य पूरा गर्न नपाउने भएकी थिएँ। आस्थाको यतिका वर्ष मैले सधैँ कर्तव्य पूरा गरेँ। आफूलाई समर्पित गर्न परिवार र जागिर समेत छाडेँ। विशेष गरी त्यो समयमा मण्डलीको काम निकै व्यस्त थियो र म ती सबमा अगाडि हुन्थेँ। मलाई कसरी यति गम्भीर रोग लाग्यो? परमेश्‍वरको अभिप्राय के थियो? यसबारे मैले जति सोचेँ, उति नराम्रो लाग्यो र म प्रायः सिरकभित्र रुँदै बस्थेँ। एक पटक, मैले रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर! म निकै पीडामा छु। यसबाट कसरी पार पाउने थाहा छैन? बिन्ती मलाई तपाईँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुहोस् ताकि म यो बिमारीबाट पाठ सिक्न सकूँ।”

एक दिन मैले आफ्नो भक्तिमा परमेश्‍वरका यी वचन पढेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “सामान्यतया, जब तैँले कुनै गम्भीर बिमार वा अनौठो रोग सामना गर्छस् जसले तँलाई भयानक पीडा दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी हुँदा र स्वस्थ हुँदा दुवैमा परमेश्‍वरको अभिप्राय हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। यसलाई मनन गरेर मैले के बुझेँ भने परमेश्‍वरले मलाई गम्भीर बिमार हुन दिनु संयोग थिएन, यसमा पक्कै परमेश्‍वरको अभिप्राय थियो। मैले आफूलाई गम्भीरतापूर्वक जाँच्नु थियो। मैले बारम्बार प्रार्थना गरी परमेश्‍वरसँग बिन्ती गरेँ। चिन्तनको क्रममा मैले अचानक के बुझेँ भने यो अवधिमा याङ्ग गुआङ्गप्रति मेरो निरन्तरको ईर्ष्या र व्यक्तिगत ख्याति र प्राप्तिप्रतिको मेरो अटुट सङ्घर्षले उनलाई बन्धनमा पारेको थियो र यसको असर मण्डलीको काममा परेको थियो। जब मैले यो जानेँ, तब मलाई दोषी महसुस भयो र पछुतोले भरिएँ। मैले परमेश्‍वरका वचनमा यो पढेँ: “निर्दयी मानवजाति! गुप्त योजना र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, ख्याति र प्राप्तिका लागि लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, हैसियत, दम्भ, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ)। “कतिपय मानिस आफूभन्दा अरू उत्तम होलान् वा उच्‍च होलान्, र आफूलाई बेवास्ता गरिँदा अरूलाई मान्यता मिल्ला भनेर सधैँ डराउँछन्, र यसले गर्दा तिनीहरू अरूलाई आक्रमण र बहिष्कार गर्छन्। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्ना स्वार्थी चाहनाहरू मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्न(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरले ठ्याक्कै मेरो स्थिति प्रकाश गर्नुभएको थियो। जबदेखि मैले ती दुई सिस्टरहरूलाई कर्तव्य कुशलतापूर्वक निर्वाह गरेको, छिटो प्रगति गरेको र केही कामकुरा मसँग सल्लाह नगरी सम्हालेको देखेँ, मलाई असहज भयो र तिनीहरूले मेरो आदर नगरेको जस्तो लाग्यो। मलजल डिकनले तिनीहरूलाई कर्तव्यमा प्रभावकारी भइरहेको भनी प्रशंसा गरेपछि मलाई झन् तिनीहरू मेरो पदका लागि खतरा हुन् र मेरो चमक चोरेका छन् भन्‍ने लाग्यो। तिनीहरूभन्दा म योग्य रहेको प्रमाणित गर्न र आफ्नो पद सुरक्षित गर्न म भेलाहरूमा सङ्गति गर्न र अरूको समस्या हल गर्न तिनीहरूभन्दा अगाडि जान्थेँ र तिनीहरूलाई सङ्गति गर्ने मौका नै दिन्नथेँ। मण्डलीका पुस्तकको सङ्ख्या नमिल्दा, यसको कारण खोज्न तिनीहरूलाई सहयोग गर्नुको सट्टा म तिनीहरूको दुःखमा रमाएँ र व्यङ्ग्यात्मक टिप्पणीहरू गरेँ, जसका कारण तिनीहरू नकारात्मकतामा जिउन थाले। म निकै दुर्भावनायुक्त थिएँ। यो सोचले, मलाई दोषी र पछुतो महसुस गरायो, मैले रुँदै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! तपाईँकै अनुग्रहबाट मैले मण्डलीको काम सुपरिवेक्षण गर्न सकेकी छु, तर म निकै विद्रोही भएकी छु। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र तपाईँको प्रेम चुकाउन नसकेकी मात्र होइन, म बढी क्षमता भएकाहरूको ईर्ष्या गर्ने, र व्यक्तिगत ख्याति र लाभका लागि सङ्घर्ष गर्ने भएकी छु। मेरो व्यवहार तपाईँका लागि घृणित र मन नपर्ने रहेको छ। परमेश्‍वर, म पश्चात्ताप गरी बदलिन चाहन्छु।”

त्यसपछि, मैले परमेश्‍वरका यी वचन पढेँ: “कुनै समस्याको सामना गर्नुपर्दा, कतिपय मानिसहरूले अरूबाट मद्दत खोज्छन्, तर जब अर्को व्यक्तिले भनेको कुरा सत्यतासँग मेल खान्छ, तब तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, तिनीहरू आज्ञापालन गर्न सक्दैनन्, र तिनीहरूले हृदयमा यस्तो सोच्छन्, ‘म सामान्यतया तिनीहरूभन्दा राम्रो छु। यदि मैले यस पटक तिनीहरूको सुझाव सुनेँ भने, के तिनीहरू मभन्दा श्रेष्ठ छन् जस्तो देखिँदैन र? अहँ, म यस मामिलामा तिनीहरूको कुरा सुन्न सक्दिनँ। यो मेरो तरिकाले मात्रै गर्न सकिन्छ।’ त्यसपछि तिनीहरूले अर्को व्यक्तिको दृष्टिकोणलाई खारेज गर्न एउटा न एउटा कारण र बहाना भेट्टाउँछन्। जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अधिकारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किच्छन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किच्ने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू असंयमित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्‍वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई पटक्‍कै ख्याल गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरू ज्यादै नै ईर्ष्यालु हुन्छन् र तिनीहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतको अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्‍वरको डर मान्दैनन्, तिनीहरू आफैलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक कुरालाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर उल्लेखयोग्य हुनुहुन्‍न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ नै हुँदैन। के आफ्नो हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान नहुने, र परमेश्‍वरको डर मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू जोसका साथ यताउता गएर आफूलाई व्यस्त राख्छन् र अत्यधिक मेहनत लगाउँछन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरप्रति समर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै ख्याति र हैसियतका लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको व्यक्ति डरलाग्दो हुन्छ भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन? के तिनीहरू हदैसम्म अहङ्कारी होइनन् र? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्‍वरको डर मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दुष्ट र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका वर्गमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदै हुँदैन र तिनीहरूले जस्तोसुकै दुष्टता गर्न सक्छन्। तिनीहरू परमेश्‍वरका शत्रु हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रु हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वरले मेरो सामुन्ने रही मलाई न्याय गर्दै रहेको जस्तो लाग्यो। म सोच्थेँ, धेरै वर्षसम्म अगुवा रहेपछि, म अरूभन्दा श्रेष्ठ र असल हुनुपर्छ, त्यसैले मैले आफूभन्दा बढी सक्षम जो कोहीलाई ईर्ष्या र अस्वीकार गरेँ। मलाई थाहा थियो, ती दुई सिस्टरमा क्षमता छ, तिनीहरूले बोझ उठाउँछन् र कर्तव्यमा प्रभावकारी छन्—मण्डलीको काम र ब्रदर-सिस्टरको जीवन प्रवेशका लागि यो राम्रो थियो। तर मैले त्यो कुनै पनि विचार गरिनँ, मैले केवल आफ्नै प्रतिष्ठा र हैसियतको ख्याल गरेँ। मैले भित्रभित्रै तिनीहरूसँग युद्ध गरेँ, तिनीहरूलाई निराश र लज्जित बनाउन तिनीहरूको काममा विचलन र त्रुटि खोजेँ। यसले तिनीहरूलाई खराब स्थितिमा पुर्‍यायो र तिनीहरूले कर्तव्यमा बोझ उठाउन छाडे, जसले मण्डलीको काममा समेत हानि भयो। आफ्नो हैसियत कायम राख्न, आफूभन्दा बढी प्रतिभाशालीको डाह गर्दै, मैले वास्तविक कार्य गर्न सक्ने ती दुई सिस्टरलाई नकारात्मक हुने गरी बाँधे। त्यसो गरेर, मैले मण्डलीको कामलाई अवरोध गरिरहेकी र मण्डलीका हितलाई हानि पुर्‍याइरहेकी थिएँ। ममा कुनै मानवता थिएन। मैले प्रकट गरिरहेका सबै कुरा सैतानी स्वभाव थिए। मानिसले राम्रो गरिरहेको सैतानले सहँदैन र तिनीहरूलाई नकारात्मक, पतित र परमेश्‍वरलाई धोका दिने बनाउन मरिहत्ते गर्छ। मैले सैतानको नोकर भएर कार्य गर्दै, मण्डलीको काममा अवरोध गरिरहेकी थिएँ। मण्डली अगुवाको रूपमा, मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो, मानिसलाई मण्डलीका लागि जगेर्ना गर्नुपर्थ्यो, ताकि ब्रदर-सिस्टरहरूले कर्तव्य निर्वाह गर्न सकुन्। तर मैले प्रतिभाशाली मानिसको जगेर्ना गर्न नसकेको मात्र होइन, मैले ईर्ष्या गर्दै तिनीहरूलाई दबाएँ। त्यो कसरी मेरो कर्तव्य पूरा गरेको भयो र? म त केवल दुष्कर्म र परमेश्‍वरको विरोध गर्दै थिएँ।

एक दिन, मैले एउटी सिस्टरसँग खुलेर कुरा गरेँ र आफ्नो ईर्ष्यालु स्थितिबारे सङ्गति गरेँ। उनले मेरो कुरा सुनिन् र त्यसपछि शाऊलले दाऊदप्रति गरेको ईर्ष्याको उदाहरण दिइन्। उनले भनिन्, “जब शाऊलले परमेश्‍वरले युद्ध जित्न दाऊदलाई प्रयोग गरिरहनुभएको र सारा इस्रायलीहरूले उनको समर्थन गरेको देखे, उनी दाऊदको ईर्ष्या गर्न लागे र उनलाई मार्ने प्रयत्न गरिरहे। अन्तमा, शाऊललाई परमेश्‍वरले तिरस्कार गर्नुभयो र दण्ड दिनुभयो।” यो सुनेर मेरो जिउ सिरिङ्ग भयो। मैले आफ्ना हालैका सबै व्यवहारको बारेमा सोचेँ। ती दुई सिस्टरले आफ्ना कर्तव्यमा केही नतिजा प्राप्त गरिरहँदा म तिनीहरूप्रति ईर्ष्यालु भएँ, र हरेक मोडमा तिनीहरूलाई बाँधे र दबाएँ। मैले तिनीहरूका लागि कठिनाइ मात्र सिर्जना गरिरहेकी होइन, आफूलाई परमेश्‍वरको शत्रु पनि बनाइरहेकी थिएँ। के म शाऊल जस्तै थिइनँ र? यो सोचेर, मलाई अलिक डर लाग्यो, र मलाई मेरो दुष्कर्म गर्ने बाटोमा रोक्न यो परमेश्‍वरले दिनुभएको सामयिक ताडना र अनुशासन हो भन्‍ने महसुस गरेँ। यदि मैले त्यसरी नै कार्य गरिरहेँ भने, परिणाम अकल्पनीय हुने थियो। पछि, मैले बारम्बार सोचेँ: परमेश्‍वरले ईर्ष्या मन पराउनुहुन्न भन्‍ने राम्ररी जान्दाजान्दै किन मैले अरू मानिसलाई पाखा लगाउने कामकुरा गर्नबाट आफूलाई रोक्न सकिनँ? मैले परमेश्‍वरका वचनको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीको सारको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै क्रूर हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति लिएर आफैसँग राख्छन्, र ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूको नियन्त्रणमा हुनुपर्छ, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। … जब कसैले अगाडि आएर थोरै काम गर्छ, वा जब कसैले साँचो अनुभवात्मक गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाह र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्छन् र दबाउँछन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। … ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘म कुनै हालतमा यो कुरा सहनेवाला छैनँ। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न र मसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा लोकप्रिय छस्, र तँ मैले भन्दा बढी लगनशीलताका साथ सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र तैँले मेरो श्रेय खोसिस् भने, त्यसपछि मैले के गर्ने?’ के तिनीहरू परमेश्‍वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्‍ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्‍लो घस्‍ने, सत्यताको बुझाइ नभएका र खुट्ट्याउने क्षमता नभएकाहरू हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वर प्रकाश गर्नुहुन्छ-ख्रीष्टविरोधीले मण्डलीको कामलाई ख्याल गर्दैनन्, तिनीहरू सत्तामा एकाधिकार जमाउन मात्र खोज्छन्। तिनीहरू मण्डलीलाई आफ्नो नियन्त्रणमा ल्याउँछन् र अरू कसैलाई यसमा सामेल हुन दिँदैनन्। तिनीहरूको हैसियतमा खतरा बन्ने जो कोहीलाई अलग गर्छन् र दबाउँछन्, र अरूका सबल पक्ष र खुबीलाई छोप्न लागिपर्छन्। म बिलकुल एउटा ख्रीष्टविरोधीले जस्तै व्यवहार गरिरहेकी थिएँ। मेरो हैसियत बलियो बनाउन सत्तामा एकाधिकार जमाउन र मण्डलीमा निर्णय गर्ने एक मात्र व्यक्ति बन्न चाहिरहेँ। मैले “महापुरुष एक जना मात्रै हुन सक्छ” र “समस्त ब्रह्माण्डमा सर्वोच्च शासन गर्ने म मात्र हुँ” जस्ता विचार अँगालिरहेकी थिएँ, र म कसैलाई पनि आफूभन्दा अगाडि जान दिन्नथेँ। जब दुई सिस्टरले केही मामिलाहरू सम्हालिरहेका थिए र मसँग त्यसबारे छलफल गरेनन्, तब तिनीहरूले मलाई गम्भीरतापूर्वक नलिइरहेको, र म अगुवा भएकीले मण्डलीका मामिला पहिले मेरो सामु आउनुपर्छ भन्‍ने लाग्यो। जब तिनीहरूको कर्तव्यमा समस्या देखिए, मैले त्यो विषयलाई बढाइचढाइ गरी तिनीहरूको आलोचना गरेँ र जानिबुझी तिनीहरूलाई मूर्ख बन्न दिएँ। म आफै भेलाको आयोजना गर्थेँ र ती सिस्टरहरूलाई सङ्गति गर्ने मौका दिन्नथेँ। मैले तिनीहरूको पछाडि तिनीहरूलाई गिराउने कुराहरू पनि गरेँ ताकि सुपरभाइजरले तिनीहरू सङ्गतिमा रुचि राख्दैनन् र भेलामा सधैँ अनौठो मौनता रहन्छ, अनि भेलाहरू आयोजना गर्ने सधैँ म मात्र हुन्छु भन्‍ने सोचुन्, मानौँ, सारा श्रेय मेरो मात्रै थियो। मेरो स्वभाव छली र द्वेषपूर्ण थियो, र म ख्रीष्टविरोधीको मार्गमा हिँड्दै थिएँ। त्यो क्षणमा मलाई अनुभूत भयो कि परमेश्‍वरको ताडना र अनुशासन, अनि उहाँका वचनको न्याय र प्रकाश नभएको भए, मेरा कार्यको प्रकृति कति गम्भीर थियो भन्‍ने मैले कहिल्यै देख्ने थिइनँ। मेरा सहकर्मी रहेका ती सिस्टरहरूलाई मैले दबाएकी र हानि गरेकी मात्र होइन, मैले अपराध र दुष्कर्म पनि गरेकी थिएँ। त्यो समयमा, मलाई निक्कै आत्मग्लानि र पछुतो भयो। दुष्कर्म गरेकोमा आफैप्रति घृणा जाग्यो, आफ्नो कर्तव्य ठिकसँग पूरा नगरेकोमा पछुतो भयो र परमेश्‍वरप्रति निकै ऋणी रहेको अनुभूत भयो।

त्यसपछि, मैले परमेश्‍वरका थप वचन पढेँ: “मण्डली अगुवाको रूपमा तैँले समस्याहरू सुल्झाउन केवल सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै जरुरी हुँदैन, तैँले प्रतिभाशाली मानिसहरू पत्ता लगाउन र उनीहरूलाई संवर्धन गर्न सिक्‍नु पनि जरुरी हुन्छ र तैँले कदापि त्यस्ता व्यक्तिहरूको डाहा गर्नु र उनीहरूलाई दबाउनु हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। यदि तँ सत्यता पछ्याउने केही व्यक्तिलाई संवर्धन गरी तिनीहरूलाई तँसँग सहकार्य गर्ने र हरेक काम राम्रोसित गर्ने बनाउन सक्छस्, र अन्त्यमा, तिनीहरू सबैसँग अनुभवात्मक गवाहीहरू हुन्छन् भने, तँ मानकअनुरूपको अगुवा वा कामदार होस्। यदि तँ सबै कुरा सिद्धान्तहरूअनुसार सम्हाल्न सक्षम छस् भने, तँ अर्पित भइरहेको छस्। … यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्तिलाई सिफारिस गर्छस् र उसलाई तालिम लिन र कर्तव्य निर्वाह गर्न दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तँ आफ्नो कर्तव्यमा अर्पित भइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनबाट मैले के सिकेँ भने अगुवा र सेवकहरूले प्रतिभावान् मानिस खोजेर तिनीहरूलाई जगेर्ना गर्ने कुरामा ध्यान दिनुपर्छ। आफ्नै स्वार्थका लागि तिनीहरूलाई दबाउनु, तिनीहरूको ईर्ष्या गर्नु परमेश्‍वरले घृणा गर्ने कुरा हुन्। ती दुई सिस्टरसँग काम गर्दा आएको पछुतोका बारेमा सोचेँ, र एउटा सङ्कल्प गरेँ। भविष्यमा जोसुकैसँग काम गरे पनि, म मण्डलीको हितलाई पहिले राख्नेछु, मैले खोजेका प्रतिभाशाली मानिसलाई तुरुन्त सिफारिस गर्नेछु, र मेरा जिम्मेवारीहरू पूरा गर्नेछु। पछि, मैले एउटा भेलामा अरूका सामु मेरो भ्रष्टताको खुलासा गरी विश्लेषण गरेँ, र सबैसँग काम गर्दा म आफूलाई तिनीहरूसँग सहकार्य गर्नुपर्छ, तिनीहरूको सबल पक्षबाट सिक्नुपर्छ र मण्डलीको काममा बाधा दिने कुनै पनि कुरा गर्नुहुँदैन भनी सम्झाइरहन्थेँ।

केही समय बितेपछि, म आफ्नो बिमारीबाट अलि निको भएँ र मण्डलीले मेरा लागि भिडियो निर्माणको काम मिलायो। त्यसको केही समयपछि, मण्डलीले मलाई अर्को सिस्टरलाई केही प्राविधिक प्रशिक्षण दिन भन्यो। उनको क्षमता राम्रो थियो र सिक्नमा तेज थिइन्। मैले सोचेँ, “यदि उनले यी सब तरिका सिकिन् भने के तिनले मेरो ठाउँ लिनेछिन्? अगुवाले यो सिस्टर मभन्दा छिटो सिक्छिन् भनेर देखिन् भने के मलाई हेयका दृष्टिले हेर्दिनन्?” त्यो सोचेर, मैले उनलाई लगनशील भएर प्रशिक्षण दिन चाहिनँ। तब, मलाई आफू सही स्थितिमा नरहेको अनुभूत भयो, त्यसैले म हतारिँदै प्रार्थना गर्न गएँ र परमेश्‍वरलाई मेरो हृदयको देखरेख गर्न बिन्ती गरेँ। मैले परमेश्‍वरका वचनबाट यी कुरा सम्झेँ: “तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचन मेरा लागि सामयिक सम्झौटो थियो, र मैले आफ्नो गलत सोचसँग विद्रोह गरेँ र उक्त सिस्टरलाई प्रशिक्षित गर्न सक्दो गरेँ। केही दिनपछि, उनले आफै भिडियो बनाउन सक्ने भइन्। सँगै काम गर्दा, हाम्रा कर्तव्य अलिक बढी उत्पादनशील भए। यसको अनुभवपछि, मैले सामञ्जस्य सहकार्यले हाम्रो हृदयमा खुसी र शान्ति ल्याउने महसुस गरेँ। सामञ्जस्य सहकार्यले मात्रै हामीले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन पाउन र कर्तव्यमा असल नतिजाहरू हासिल गर्न सक्ने सम्भावना हुन्छ। ममा आएको यो परिवर्तन परमेश्‍वरका वचनबाट हासिल भएका हुन्। परमेश्‍वरलाई धन्यवाद!

सम्बन्धित विषयवस्तु

सहकार्यबाट सिकेका पाठ

मैले मण्डलीमा भजनहरू रेकर्ड गर्ने कर्तव्य निर्वाह गर्दैआएको छु, र रेकर्ड गरिएका भजनहरू निक्कै राम्रो गुणस्तरका हुने गरेका छन्। ब्रदर र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्