आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

25 फेब्रुअरी 2023

त्यसपछि म निकै व्याकुल भएकी थिएँ। मैले यो कुरालाई स्वीकार गर्न सकेकी थिइनँ, विशेष गरी अझै धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेको, र तत्कालै मलजलको काम गर्नुपर्ने देख्दा। ठीक त्यही बेला मेरो कर्तव्य परिवर्तन भएको देख्दा मलाई निष्कासन पो गरिएको हो कि भन्‍ने लाग्यो। यो कुरा थाहा पाएपछि अरूले के सोच्लान्, तिनीहरूले ममा क्षमताको कमी छ, र मैले सीप नचाहिने र सानातिना काम मात्र गर्न सक्छु भन्लान् भन्‍ने चिन्ता लाग्यो। सुरुमा मैले सबैसँग नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम गरिरहेकी थिएँ, तर अहिले मैले साधारण मामलाहरू, सानातिना दैनिक कामकाज सम्‍हालिरहेकी थिएँ, तब त्यस्तो कर्तव्यको अर्थ के छ र? मैले जति राम्रो काम गरे पनि, म त सेवाकर्ता मात्रै हुनेथिएँ र हटाइनेथिएँ। तर त्यो बेला मैले परमेश्‍वरको इच्‍छाको खोजी गरिनँ, र मलाई यसको बारेमा झन्-झन् हैरान लाग्‍न थाल्यो। मैले आफ्‍ना कामहरू राम्ररी पूरा गरिरहेकी थिइनँ, तर यसमा आफ्‍नो मन नलगाई अल्याङटल्याङ गर्नमा नै म खुशी थिएँ। कहिलेकहीँ साँझमा गर्नुपर्ने कुराहरू धेरै हुन्थे, तर म चाँडै नै झुल्‍न थाल्थेँ। त्यसपछि मलजलको इन्‍चार्ज रहेकी एक जना सिस्टरले मलाई एउटा सन्देश पठाइन्, र पहिलेका काम सम्‍बन्धी दस्तावेजहरू भेला गर्न सहयोगको लागि मलाई अनुरोध गरिन्। त्यो पढ्दा मलाई निकै अटेर गर्न मन लाग्यो। मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न छोडेकी थिएँ, त्यसकारण म ती कुराहरूप्रति जिम्‍मेवार थिइनँ। उनले मलाई किन त्यो काम गर्न अनुरोध गर्छिन्? तैपनि मैले यस कुरालाई नाइँ भन्‍न सकिनँ, त्यसकारण मैले मन नलागी-नलागी हुन्छ भनेँ। तर अर्को दिन मलजल गर्ने अर्की सिस्टरले अर्कै काममा सहयोग गर्न मलाई अनुरोध गरिन्। मैले के सोचेँ भने साधारण मामलाहरू साँच्‍चै नै सानातिना काम हुन्, र कसैले पनि मलाई के गर्ने भनेर अह्राउन सक्छन्। यो वास्तवमा मेरो क्षेत्र नै थिएन, तर पनि किन उनले मलाई सहयोग गर्न लगाइन्? मलाई त्यो काम गर्न सहमत हुन मन लागेको थिएन, तर मैले सहमति जनाइनँ भने, मैले मण्डलीको काममा साथ दिइरहेकी छैन भन्‍ने उनले सोच्‍नेछिन् भन्‍ने मलाई डर लाग्यो। बाध्य भएर, मैले उनलाई हुन्छ गर्छु भनी भनेँ।

केही दिनसम्‍म, मैले आफ्‍नो अवस्थाको बारेमा पटक्‍कै बुझेकी थिइनँ। मैले कर्तव्यमा आएको त्यो परिवर्तनलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गरिनँ र अगुवाप्रति म अटेर बनेँ, किनभने मलाई उनले मेरो लागि अवस्था कठिन बनाइरहेकी छिन् भन्‍ने लाग्यो। मसँग पहिले सहकार्य गरेकी एक जना सिस्टरलाई मैले जानी-जानी भनेँ, “मेरो मलजलको काममा म कहिल्यै पनि फोकटमा बस्दिनथिएँ र आफूले गर्नुपर्ने सबै कुरा गर्थेँ। समस्याहरू आइपर्दा अगुवाले मलाई कहिल्यै सहयोग गर्दैनथिइन्, तर सानो गल्ती गर्दा उनले मलाई बर्खास्त गरिन्। जेसुकै होस्। मलाई बर्खास्त गरिएको हुनाले, यसमा मैले सिक्‍नु पर्ने पाठ पक्‍कै पनि छ।” यो कुरा सुनेपछि, उनलाई पनि अगुवाले मप्रति निष्पक्ष व्यवहार गरेकी छैनन् भन्‍ने लाग्यो। तर त्यो बेला, साधारण मामलाहरू सम्‍हाल्‍ने र अरूबाट पाउने आदर गुमाउने विषयमा विचार गर्दा मलाई आफूमाथि अन्याय भएको जस्तो लाग्यो। मलाई किन साधारण मामलाहरू सम्‍हाल्‍ने काम दिइयो? के म सानातिना कामहरू मात्रै गर्न सक्थेँ? के म वृद्धि-विकास गरिन योग्य थिइनँ? त्यसपछि त मलाई म काम नलाग्‍ने व्यक्ति हुँ, र मैले अन्त्यसम्‍मै आफ्‍नो विश्‍वासलाई कायम राखेँ भने पनि, म हटाइनेछु भन्‍ने लाग्‍न थाल्यो। यी कुराहरू सोच्दा म झन्-झन् हैरान भएँ। मलाई मेरो स्थिति सही छैन भन्‍ने थाहा भयो त्यसकारण म प्रार्थना गर्न परमेश्‍वरको अघि आएँ। “हे परमेश्‍वर, मलाई के भयो? यो पनि कर्तव्य नै हो, र पनि किन म साधारण मामला सम्‍हाल्‍ने कामप्रति यति असन्तुष्ट छु? हे परमेश्‍वर, कृपया मलाई आफूलाई बुझ्‍ने र भ्रष्टतामा जिउन छोड्ने अन्तर्दृष्टि दिनुहोस्।”

प्रार्थना गरेपछि मलाई ख्रीष्ट-विरोधीहरूले कर्तव्य परिवर्तन हुँदा कस्तो आचरण राख्छन् त्यससँग सम्‍बन्धित परमेश्‍वरका वचनहरू याद आयो। परमेश्‍वरका वचनहरूले भन्छ, “तँलाई कुन कर्तव्य उचित हुन्छ भन्‍ने कुरा तेरा आफ्‍नै सामर्थ्यहरूमा आधारित हुनुपर्छ। यदि मण्डलीले तेरो लागि मिलाएको कर्तव्य तैँले राम्रोसित गर्न सक्‍ने काम होइन वा तँलाई गर्न मनपर्ने काम होइन भने, तैँले यो कुरा कुराकानीमार्फत उठाउन र समाधान गर्न सक्छस्। तर यदि तैँले त्यो कर्तव्य पूरा गर्न सक्छस्, र यो तैँले पूरा गर्नुपर्ने कर्तव्य हो, अनि कष्ट भोग्‍नुपर्छ भन्‍ने डरले मात्रै तँ यो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, व्यक्तिगत रूपमा तँमा समस्या छ। यदि तँ आज्ञापालन गर्न र आफ्‍नो देहलाई पन्छ्याउन तयार छस् भने, तँलाई उपयुक्त भनेर भन्‍न सकिन्छ। तर यदि तँ सधैँ यो वा त्यो कर्तव्य बढी प्रतिष्‍ठित छ भनेर हिसाबकिताब गर्छस्, र कुनै निश्‍चित कर्तव्य निर्वाह गर्दा तँलाई अरूले हेप्छन् भन्‍ने ठान्छस् भने, यसले तँमा भ्रष्ट स्वभाव छ भन्‍ने प्रमाणित गर्छ। कर्तव्यसम्‍बन्धी बुझाइमा तँ किन यति पूर्वाग्रही हुन्छस्? के आफ्‍नो विचारअनुसार छनौट गरेको कर्तव्य राम्ररी पूरा गर्न सकिन्छ भन्‍ने हुन्छ? यस्तै हुन्छ भन्‍ने छैन। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नु हो, र यदि तैँले आफ्नो भ्रष्ट स्वभाव समाधान गरिनस् भने, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनस्, चाहे त्यो कर्तव्य तँलाई मनपर्ने नै किन नहोस्। कतिपय मानिसहरूले सिद्धान्तहरू पालना नगरी आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, र तिनीहरूको कर्तव्यपालन सधैँ तिनीहरूकै रुचिमा आधारित हुन्छ, त्यसकारण तिनीहरूले कहिल्यै पनि कठिनाइहरू समाधान गर्न सक्दैनन्, तिनीहरू आफूले निभाउने कर्तव्यमा सधैँ अल्याङटल्याङ गर्छन्, र अन्त्यमा तिनीहरू हटाइन्छन्। के यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? … दुष्कर्मी र ख्रीष्टविरोधीहरूसँग आफ्‍नो कर्तव्यप्रति कहिल्यै सही मनोवृत्ति हुँदैन। तिनीहरूलाई स्थानान्तर गरिँदा तिनीहरूले के सोच्छन्? ‘के तपाईंलाई म सेवाकर्ता मात्र हुँ, तपाईंको आदेश पाएर सेवा गर्ने, र काम सकिएपछि खेदाउन मिल्‍ने व्यक्ति हुँ जस्तो लाग्छ? तर, म आफूमाथि त्यस्तो व्यवहार हुन दिन्‍नँ! म अगुवा वा सेवक बन्‍न चाहन्छु, किनभने यहाँ आदर पाउने एउटै मात्र काम त्यही हो। यदि तपाईं मलाई अगुवा वा सेवक बन्‍न दिनुहुन्‍न र अझै पनि मेरो योगदान चाहनुहुन्छ भने, त्यो कुरा बिर्सिदिए हुन्छ!’ यो कस्तो प्रकारको मनोवृत्ति हो? के यो आज्ञाकारी मनोवृत्ति हो? कर्तव्य निभाउँदा स्थानान्तर हुनुप्रतिको त्यस्तो मनोवृत्ति तिनीहरूमा के कुराले गर्दा देखा पर्छ? हडबडेपन, तिनीहरूको आफ्‍नै विचार, र तिनीहरूको भ्रष्ट स्वभावले गर्दा, होइन त? अनि, यसलाई यसरी लिनुका परिणामहरू के-के हुन्? सर्वप्रथम, के अर्को कर्तव्य पाउँदा तिनीहरू समर्पित र इमानदार हुन सक्छन्? अहँ, सक्दैनन्। के तिनीहरूमा सकारात्मक मनोवृत्ति हुनेछ? तिनीहरू कस्तो स्थितिमा हुनेछन्? (निराश अवस्थामा।) निराशाको सार के हो? प्रतिरोध हो। अनि प्रतिरोध र निराश मनस्थितिको अन्तिम परिणाम के हुन्छ? के यस्तो अनुभव गर्ने व्यक्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? (सक्दैन।) यदि कुनै व्यक्ति सधैँ नकारात्मक र प्रतिरोधी हुन्छ भने, के ऊ कर्तव्य निर्वाह गर्न योग्य हुन्छ? उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, त्यो राम्ररी पूरा गर्न सक्दैन। यो एक दुष्चक्र हो, र यसको परिणाम राम्रो हुँदैन। किन त्यसो हुन्छ? त्यस्ता मानिसहरू असल मार्गमा हुँदैनन्; तिनीहरूले सत्यताको खोजी गर्दैनन्, तिनीहरू आज्ञाकारी हुँदैनन्, र परमेश्‍वरको परिवारले तिनीहरूप्रति राख्‍ने मनोवृत्ति र व्यवहार गर्ने शैलीलाई तिनीहरूले उचित रूपमा बुझ्दैनन्। यो समस्या हो, होइन र? यो कर्तव्यमा गरिने पूर्ण रूपमा उचित हेरफेर थियो, तर ख्रीष्टविरोधीहरू भन्छन् कि यो तिनीहरूलाई सताउनको लागि गरिएको हो, तिनीहरूलाई मानवजस्तो व्यवहार गरिएको छैन, परमेश्‍वरको परिवारमा प्रेमको कमी छ, तिनीहरूलाई मेसिनजस्तो व्यवहार गरिएको छ, र तिनीहरूलाई चाहेको बेला बोलाउने, नचाहेको बेला खेदाउने गरिएको छ। के यो तर्क बङ्ग्याउने काम होइन र? के यस्तो कुरा भन्‍ने व्यक्तिमा विवेक वा समझ हुन्छ? तिनीहरूमा कुनै मानवता हुँदैन! तिनीहरूले पूर्ण रूपमा उचित विषयलाई बङ्ग्याउँछन्; तिनीहरूले उचित अभ्यासलाई बङ्ग्याएर नकरात्मक बनाउँछन्—के यो ख्रीष्टविरोधीको दुष्कर्म होइन र? के यस्तो दुष्ट व्यक्तिले सत्यता बुझ्‍न सक्छ? अवश्य सक्दैन। यो ख्रीष्टविरोधीको समस्या हो; तिनीहरूले आफूलाई जेसुकै आइपरे पनि त्यसको तार्किकता बङ्ग्याइहाल्छन्। किन तिनीहरूले यस्तो बाङ्गो पारामा सोच्छन्? किनभने तिनीहरू प्रकृतिले नै अत्यन्तै दुष्ट हुन्छन्, र तिनीहरूको सार नै दुष्ट हुन्छ। ख्रीष्टविरोधीको प्रकृति र सार मुख्य रूपमा दुष्ट हुन्छ, र त्यसपछि दोस्रोमा तिनीहरू दुराशयी हुन्छन्; तिनीहरूको मुख्य चरित्र यिनै हुन्। ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिले तिनीहरूलाई कुनै पनि कुरा सही रूपमा बुझ्‍न दिँदैन, अनि सही रूपमा बुझ्नुको साटो, तिनीहरूले सबै कुरा बङ्ग्याउँछन् र गलत अर्थ्याउँछन्, तिनीहरू चरम हदसम्‍म पुग्छन्, तीललाई पहाड बनाउँछन्, र तिनीहरूले परिस्थितिलाई उचित रूपमा सम्‍हाल्‍न वा सत्यताको खोजी गर्न सक्दैनन्। त्यसपछि, तिनीहरूले सक्रियतापूर्वक विरोध गर्छन् र बदला लिन खोज्छन्, अनि परमेश्‍वरको घरको काममा बाधा दिन अरूलाई उक्साउँदै र आफ्‍नो पक्षमा ल्याउँदै आफ्‍नै धारणा र नकारात्मकता फिजाउँछन्। तिनीहरूले गुप्त रूपमा गुनासो फैलाउँछन्, परमेश्‍वरको घरमा मानिसहरूलाई गरिने व्यवहार, यसका व्यवस्थापन नियमहरू, केही निश्‍चित अगुवाहरूको काम गर्ने तरिकाहरूको बारेमा टीकाटिप्पणी गर्छन्, र ती अगुवाहरूको आलोचना गर्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयी स्वभाव हो(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १२: जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने कुनै पनि कुराको सामना गर्दा, ख्रीष्ट-विरोधीहरूले उचित रूपमा परमेश्‍वरको इच्‍छा बुझ्‍न सक्दैनन्, तर परिस्थितिलाई सधैँ गलत तरिकाले लिन्छन्। तिनीहरूले कर्तव्यमा आउने साधारण परिवर्तनलाई दुष्ट दृष्टिकोणले हेर्छन्, र तिनीहरूलाई दबाइएको छ, तिनीहरूको लागि परिस्थिति कठिन तुल्याइएको छ भन्‍ने सोच्छन्। तिनीहरू नकारात्मक र अटेरी बन्छन्, र तिनीहरूले मण्डलीको कामलाई बेवास्ता गर्दै कुनै पनि बेला आफ्‍नो कर्तव्य त्याग्‍न सक्छन्। ख्रीष्ट-विरोधीहरूसँग त्यस्तो दुष्ट र आक्रमक प्रकृति हुन्छ! तर मैले पनि ठीक त्यस्तै व्यवहार गरिरहेको छु भन्‍ने मलाई थाहा भयो। मैले बर्खास्त भएपछि त म कसरी असफल भएँ भनेर मनन गर्नुपर्ने थियो र नयाँ कर्तव्य पूरा गर्ने यो मौकालाई कदर गर्नुपर्ने थियो। तर मैले मनन समेत गरिनँ। मलाई त अगुवाले मसँग कठोर व्यवहार गर्‍यो, र साधारण मामला सम्‍हाल्‍ने काम सानो हैसियतको र लाजमर्दो काम हो, मैले सानातिना काम गरिरहेकी छु, म सेवाकर्ता हुँ, र म जगेर्नायोग्य छुइनँ भन्‍ने लाग्यो। म यसमा समर्पित हुनै सकिनँ, तर मैले ठूलो अन्याय भोग्‍नु परेको छ भन्‍ने समेत लाग्यो, त्यसकारण म यो कर्तव्यमा निकै अटेरी भएँ। म सधैँ अल्याङटल्याङ गरिरहेकी, लापरवाही गरिरहेकी, झारा टारिरहेकी हुन्थेँ। मैले आफूलाई परमेश्‍वरको विरुद्धमा खडा गरिरहेकी थिएँ र यस्तो नकारात्मकतालाई परमेश्‍वरको विरुद्धमा जान प्रयोग गरिरहेकी थिएँ। मलजल गर्ने सिस्टर मकहाँ सहयोगको लागि आउँदा मलाई सहकार्य गर्न मन लागेन, तर म गुनासोले भरिएँ। मलाई त तिनीहरूले मलाई आदेश दिँदै हिँडिरहेका छन्, मलाई परिश्रम गर्न र सानातिना काम गर्न लगाइरहेका छन् भन्‍ने लाग्यो। म कति विवेकहीन र दुष्ट भइरहेकी रहेछु! मलाई अन्यायमा परेको छु भन्‍ने मेरो भावना पोखाउन मन थियो, त्यसकारण मैले मेरो पहिलेको सहकर्मीप्रतिका मेरा गुनासाहरू पोखाएँ, र अगुवाको बारेमा गनगन गरेँ। त्यो कुराले उनलाई असर गर्‍यो र उनी अगुवाप्रति पूर्वाग्रहग्रस्त हुन पुगिन्। कर्तव्यमा आएको त्यो परिवर्तनले मलाई पूर्ण रूपमा खुलासा गर्‍यो। मैले व्यक्तिगत रुचिकै आधारमा आफ्‍नो कर्तव्य पूरा गर्थेँ, र मलाई राम्रो देखाउने कर्तव्य मात्रै लिन चाहन्थेँ। सानो हैसियत सहितको कर्तव्य पाउँदा, मलाई अरूले हेप्‍नेछन् र मसँग आशिषहरू पाउने कुनै आशा हुनेछैन भन्‍ने लाग्यो, त्यसकारण म नकारात्मक बनेँ र अल्याङटल्याङ काम गर्दै परमेश्‍वरको विरुद्धमा उठेँ अनि आफ्‍नो कर्तव्यमा आफ्‍नो रिस समेत पोखाएँ। मैले आफ्‍नै पूर्वाग्रह र धारणाहरू फैलाएँ, र मेरो लागि लडिदिने अर्को व्यक्तिलाई मेरो पक्षमा पारेँ। त्यो कसरी ख्रीष्ट-विरोधीभन्दा फरक थियो र? मैले चिन्तनमनन गर्दा मलाई ममा साँच्‍चै कुनै मानवता वा तर्क-शक्ति रहेनछ, र ममा अत्यन्तै आक्रमक प्रकृति रहेछ भन्‍ने थाहा भयो।

त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, तिनीहरूले सधैँ लापरवाही र झारातिरुवा शैलीमा काम गर्छन्, र बाधा वा अवरोध खडा गर्छन्, र अन्त्यमा, तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। तर तिनीहरूलाई मण्डलीबाट निष्कासन भने गरिँदैन, र त्यो तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिइएको हो। हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र हरेक व्यक्ति कुनै बेला भ्रमित वा अन्योल बन्छ, र कुनै बेला तिनीहरूको कद सानो हुन्छ। तँलाई मौका दिइनुको उद्देश्य तैँले यो सबै कुरा सुल्टाउन सक् भन्‍ने हो। अनि तैँले कसरी यसलाई सुल्टाउन सक्छस्? तैँले चिन्तन गर्नुपर्छ र आफ्‍ना विगतका गल्तीहरू चिन्‍नुपर्छ; बहानाहरू बनाउने नगर्, र धारणाहरू फैलाउँदै नहिँड्। यदि तैँले परमेश्‍वरलाई गलत बुझ्छस् र अरूले पनि तँसँगै परमेश्‍वरलाई गलत बुझून् भनेर तैँले केहीजस्तो नमानी यी गलतबुझाइहरू अरूकहाँ फैलाउँछस् भने, र यदि तँसँग धारणाहरू छन् र सबैमा तेरा जस्तै धारणा हुन् र तँसँगै परमेश्‍वरसँग तर्क गरून् भनी ती धारणा फैलाउँदै हिँड्छस् भने, के तैँले मानिसहरूलाई उक्साइरहेको हुँदैनस् र? के यो परमेश्‍वरलाई विरोध गर्नु होइन र? अनि के परमेश्‍वरको विरोध गर्दा कुनै असल कुरा आउन सक्छ? के तैँले अझै मुक्ति पाउन सक्छस्? तँ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछ भन्‍ने आशा गर्छस्, तर तैँले परमेश्‍वरलाई प्रतिरोध र विरोध गर्छस्; के परमेश्‍वरले अझै तँलाई मुक्ति दिन सक्‍नुहुन्छ? यी कुराको आशा गर्न छोड्। तैँले गल्ती गर्दा, परमेश्‍वरले तँलाई जवाफदेही तुल्याउनुभएन, न त यो एउटा गल्तीको कारण तँलाई हटाउनु नै भयो। परमेश्‍वरको घरले तँलाई मौका दियो र कर्तव्य निर्वाह गरिरहन, अनि पश्‍चात्ताप गर्ने मौका दियो, र यो परमेश्‍वरले तँलाई दिनुभएको अवसर हो; यदि तँसँग विवेक र समझ छ भने, तैँले यसलाई कदर गर्नुपर्छ। कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निर्वाह गर्दा सधैँ लापरवाही र झारातिरुवा शैलीमा काम गर्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ; कतिपयलाई स्थानान्तर गरिन्छ। के यसको अर्थ तिनीहरूलाई हटाइएको छ भन्‍ने हुन्छ? यदि परमेश्‍वरले त्यसो भन्‍नुभएको छैन भने, तँसँग अझै पनि मौका हुन्छ। त्यसो भए, तैँले के गर्नुपर्छ? तैँले मनन गरेर आफूलाई चिन्‍नुपर्छ, र साँचो पश्‍चात्ताप हासिल गर्नुपर्छ; मार्ग यही हो। तर कतिपय मानिसहरूले त्यसो गर्दैनन्। तिनीहरूले प्रतिकार गर्छन्, र यसो भन्छन्, ‘मैले गलत कुरा भनेकोले र कसैलाई चिढ्याएकोले मलाई यो कर्तव्य निर्वाह गर्न दिइएन।’ तिनीहरूले आफूभित्र समस्या नियाल्दैनन्, मनन गर्दैनन्, सत्यता खोजी गर्दैनन्, परमेश्‍वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू पालना गर्दैनन्, र धारणाहरू फैलाएर परमेश्‍वरको विरोध गर्छन्। के तिनीहरू शैतान नै बनिसकेका हुँदैनन् र? जब तैँले शैतानले गर्ने काम गर्छस्, त्यसउप्रान्त तँ परमेश्‍वरको अनुयायी रहँदैनस्। तँ परमेश्‍वरको शत्रु बनिसकेको हुन्छस्—के परमेश्‍वरले आफ्‍नो शत्रुलाई मुक्ति दिनुहुन्छ? दिनुहुन्‍न। परमेश्‍वरले भ्रष्ट स्वभाव भएका र वास्तविक मानिसहरूलाई मुक्ति दिनुहुन्छ—दियाबलस, र उहाँका शत्रुहरूलाई होइन। जब तँ परमेश्‍वरको विरुद्धमा जान्छस्, र परमेश्‍वरको बारेमा गुनासो गर्छस्, अनि परमेश्‍वरको गलत अर्थ लगाउँछस् अनि उहाँको आलोचना गर्दै परमेश्‍वरको बारेमा धारणाहरू फैलाउँछस्, तब तँ पूर्ण रूपमा परमेश्‍वरको विरुद्धमा हुन्छस्; तैँले परमेश्‍वरको विरुद्धमा कोहोलो मच्याइरहेको हुन्छस्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वरका वचनहरू मलाई निकै मार्मिक लाग्यो। मैले त्यो कर्तव्य गुमाएकी थिएँ, तर परमेश्‍वरले मेरो कर्तव्य पूरा गर्ने मौका खोस्‍नुभएको थिएन। उहाँले मलाई मैले सत्यताको खोजी गर्न सक्दिनँ, त्यसकारण मलाई हटाइनेछ भनेर भन्‍नुभएको थिएन। मलाई अर्को कर्तव्य दिने बन्दोबस्त मिलाइएको थियो, यसरी मलाई साँचो रूपमा आत्म-चिन्तन गर्ने र आफूलाई बुझ्‍ने मौका दिइएको थियो। तर परमेश्‍वरको इच्‍छालाई नबुझेको कारण, मैले यो परिवर्तन त हैसियत र इज्‍जत गुमाउनु हो भन्‍ने सोचेँ। म नकारात्मक र प्रतिरोधी थिएँ। म अत्यन्तै विद्रोही र अव्यावहारिक भएँ। जब मैले नयाँ विश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ, तब मसँग राम्रो क्षमता नभएको कारण, म दर्शनहरूका विभिन्‍न सत्यताहरूको बारेमा स्पष्‍ट रूपमा सङ्गति गर्न सक्दिनथिएँ र तिनीहरूका प्रश्‍नहरू समाधान हुन सक्दैनथिए। तर अरूले मलाई हेप्‍लान् भन्‍ने डरले, म बहाना बनाउथेँ र मैले सामना गरेका कठिनाइहरूका बारेमा खुलस्त बताएर सहयोग माग्दिनथिएँ। अगुवाले मलाई त्यस कर्तव्यका सिद्धान्त र विधिहरूमा सङ्गति गरिदिएकी थिइन्, तर म तिनको बारेमा जान्‍न पाउँदा नै सन्तुष्ट थिएँ, र पछि तिनलाई कसरी अभ्यास गर्ने र लागू गर्ने त्यसको बारेमा विचार गरिनँ। त्यसकारण धेरै पटक सङ्गति गरिसकेपछि पनि मैले धेरै वटा सिद्धान्तहरूका बारेमा बुझिनँ र मेरो मलजलको काममा कहिल्यै पनि राम्रा परिणामहरू आएनन्। ममा कमजोर क्षमता मात्रै थिएन, तर म अत्यन्तै अहङ्कारी थिएँ र मसँग सत्यताको खोजी गर्ने इच्‍छा थिएन। मैले आफ्‍ना सीपहरूलाई साँचो रूपमा सुधार गरिरहेकी थिइनँ, र मैले जिम्‍मेवारी पाएको काममा कुनै प्रगति भएको थिएन। त्यसकारण मलाई बर्खास्त गर्नु आवश्यक थियो। तर मैले मेरो भ्रष्टता र गल्तीहरूलाई स्वीकार गर्दिनथिएँ। आफ्‍नो बर्खास्तप्रति म रुष्ट भएँ र यसलाई स्वीकार गर्न मानिनँ। परमेश्‍वरले मलाई खुलासा गरिरहनुभएको छ, मलाई नराम्रो देखाइरहनुभएको छ, र हटाइरहनुभएको छ भनेर गलत रूपमा समेत बुझेँ। त्यो मेरो अत्यन्तै मूर्ख र अत्यन्तै अनुचित व्यवहार थियो। मेरो कमजोर क्षमता र नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यमा मैले उपलब्धीहरू नगरेको कारण, मलाई सधैँ बन्धित र अपर्‍याप्त महसुस हुन्थ्यो, र म अत्यन्तै निराश थिएँ। यदि मैले त्यो कर्तव्य पूरा गरिरहेकी भए, यसले मेरो आफ्‍नै जीवनलाई चोट पुर्‍याउने मात्रै थिएन, मण्डलीको कामलाई पनि रोक्‍ने थियो। मेरो क्षमता र सामर्थ्यहरूका आधारमा, अगुवाले मलाई मैले गर्न सक्‍ने, र पूरा गर्न सक्‍ने कर्तव्य दिएकी थिइन्। त्यो सिद्धान्त पछ्याउनु, र आफ्‍नो जीवनप्रति जिम्‍मेवार बन्‍नु थियो। तर मलाई आफ्‍नो लागि के असल हुन्छ भन्‍ने थाहा थिएन। मैले आफूलाई चिन्‍न आत्म-चिन्तन गरिनँ, तर प्रतिकार गरेँ, र यसरी अगुवालाई उनको पिठ्यूँ पछाडि आलोचना गरेँ र नकारात्मकता फैलाएँ। मैले उनको गल्तीहरू खोतलिरहेकी छु जस्तो देखिन्थ्यो, तर मैले परमेश्‍वरलाई विरोध गरिरहेकी, र म उहाँको विरुद्धमा खडा भइरहेकी थिएँ। यसरी खुलासा हुँदा, मैले के थाहा पाएँ भने ममा क्षमताको कमी रहेको मात्रै होइन, तर ममा गम्‍भीर भ्रष्ट स्वभाव पनि छ। यदि म जसरी समर्पित हुनु पर्ने हो त्यसरी समर्पित भइनँ र मैले आफ्‍नो कर्तव्य इमानदारिताको साथ पूरा गरिनँ भने, मलाई खुलासा गरेर निकालिनेथियो।

चिन्तन-मननद्वारा मैले आफूमा रहेको गलत दृष्टिकोणलाई पनि पत्ता लगाएँ। मलाई कर्तव्यहरूको फरक-फरक दर्जा हुन्छ, ती साना र ठूला हुन्छन्, र अगुवा बन्‍नु वा मलजल गर्ने व्यक्ति हुनु मात्रै वास्तविक कर्तव्य हो, जब कि सानातिना काम र साधारण मामलाका कामहरू गन्तीमा आउँदैनन् भन्‍ने लागेको थियो। मलाई त्यस्तो काम नीच काम हो, र त्यसलाई बढीमा सेवा पुर्‍याउनुको रूपमा मात्रै गन्ती गरिन्छ, त्यसपछि म हटाइनेछु भन्‍ने लागेको थियो। मलाई साधारण मामलाहरू सम्‍हाल्‍ने काम दिइएको छ भन्‍ने सुनेपछि मलाई आफू सानो भएको, मलाई मेसिनलाई जस्तो व्यवहार गरिएको जस्तो लाग्यो। म यसप्रति अत्यन्तै अटेरी भएँ र मसँग आफ्‍नो कर्तव्य पूरा गर्ने जाँगर समेत थिएन। तर परमेश्‍वरको घरमा, सबै कर्तव्यहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाका लागि नै हुन्। चाहे यो अगुवा बन्‍ने, मलजलकर्ता बन्‍ने काम होस्, वा साधारण मामलाहरू सम्‍हाल्‍ने काम होस्, यो सबै परमेश्‍वरको आज्ञा हो, र हामीले सहकार्य गर्नु आवश्यकता हुन्छ। यो त एउटा मेसिन जस्तै हो, जसको हरेक पुर्जाको आ-आफ्‍नै उद्देश्य हुन्छ, त्यसकारण कर्तव्यमा ठूलो वा सानो, उच्‍च वा नीच, आदर्शमय वा तुच्छ भन्‍ने कुरा हुँदैन, हुन्छ त केवल फरक-फरक कार्य। जुनसुकै कर्तव्य पूरा गरे पनि, हरेकले सिक्‍नुपर्ने पाठहरू हुन्छन्, र प्रवेश गर्नुपर्ने सत्यताहरू हुन्छन्। जबसम्‍म हामीले सत्यताको खोजी गर्छौँ, तबसम्‍म हामी सबैलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ। तर मैले सधैँ यी कुराहरूका बारेमा गलत तरिकाले विचार गरिरहेकी हुन्थेँ। मलाई साधारण मामलाहरू सम्‍हाल्‍ने काम श्रम, सानोतिनो काम, र सेवा गर्ने काम मात्रै हो जस्तो लाग्थ्यो। मेरो कर्तव्य परिवर्तन गरिएको विषयमा मैले त्यही भ्रमित र दुष्ट दृष्टिकोण लागू गरेँ र परमेश्‍वरको इच्‍छालाई गलत रूपमा बुझेँ। त्यो परमेश्‍वरको लागि अप्रिय र घिनलाग्दो कुरा थियो!

यो सोच्दा मलाई परमेश्‍वरका केही वचनहरू याद आयो। “परमेश्‍वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्‍ने छ। मैले तिमीहरू पछौटे वा कम क्षमताका छौ भन्दा केही फरक पर्दैन—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्‍ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। मलाई साह्रै मन छोयो, तर मलाई लाज पनि लाग्यो। मैले परमेश्‍वरको इच्‍छालाई नबुझी उहाँलाई गलत रूपमा बुझेकी थिएँ र दोष दिएकी थिएँ। वास्तवमा, परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरूलाई मुक्ति दिँदिन भनेर कहिल्यै भन्‍नुभएको थिएन, र तिनीहरूको क्षमता वा तिनीहरूले पूरा गर्ने कर्तव्यले तिनीहरूप्रति उहाँले गर्ने व्यवहारलाई निर्धारित गर्दैन। तिनीहरूले सत्यतालाई प्रेम गर्ने र खोजी गर्ने गर्छन् कि गर्दैनन् त्यसलाई नै उहाँले हेर्नुहुन्छ। तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको कुञ्‍जी त्यही नै हो। मैले पहिले मण्डलीले निष्कासित गरेको एक दुष्कर्मीको बारेमा सोचेँ। तिनीसँग राम्रो क्षमता छ जस्तो देखिन्थ्यो र तिनको कर्तव्यले अरूमा आदरभाव जगाउँथ्यो तर तिनले सधैँ हैसियतको खोजी गर्थिन्, अरूलाई दमन गर्थिन् र फरक दृष्टिकोण राख्‍नेलाई बन्चित गर्थिन्। तिनलाई बारम्बार काट-छाँट र निराकरण गरिएको थियो, तर पनि पश्‍चात्ताप गरिनन्। अन्त्यमा उनलाई निकालियो। र हालैका वर्षहरूमा खुलासा गरिएका र हटाइएका झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूमध्ये धेरैसँग क्षमता र वरदानहरू छन् जस्तो देखिन्थ्यो, तर तिनीहरूले सत्यताको खोजी गर्दैनथिए। तिनीहरूले सधैँ नाम र प्रतिष्ठाको खोजी गर्थे, र परमेश्‍वरको विरुद्धको मार्गमा हिँड्थे। कुनै व्यक्तिको क्षमता जति नै ठूलो देखिए पनि, उसको हैसियत जति नै उच्‍च भए पनि, यदि उसले सत्यताको खोजी गर्दैन भने, ढिलो-चाँडो परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुहुन्छ र निकाल्‍नुहुन्छ। साधारण क्षमता भएका कतिपय दाजुभाइ-दिदीबहिनीहरूको बारेमा पनि मैले सोचेँ जसका कर्तव्यहरू त्यति असाधारण छैनन्, तर तिनीहरूले सृष्टि गरिएको प्राणीको स्थान लिँदै यसमा तन-मन लगाउँछन्। जब तिनीहरूले भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरू प्रार्थना र खोजी गर्न, परमेश्‍वरका वचनहरूको आधारमा आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न परमेश्‍वरको अघि आउँछन्। समय बित्दै जाँदा तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुँदै जान्छ। त्यसको बारेमा विचार गर्दा मैले परमेश्‍वरको स्वभाव कति धर्मी छ भन्‍ने कुरा अनुभव गर्न सकेँ। परमेश्‍वरले पनि कसैलाई अनुचित व्यवहार गर्नुहुन्‍न। हाम्रो क्षमताको स्तर, हामीले पूरा गर्ने कर्तव्य जे-जस्तो भए पनि, परमेश्‍वरले सबैलाई समान रूपमा भरणपोषण र मलजल गर्नुहुन्छ, र परमेश्‍वरका वचनहरू अनुभव गरेर सत्यताको वास्तविकतामा प्रवेश गर्न हाम्रो लागि परिस्थितिहरू मिलाउनुहुन्छ। मानिसलाई मुक्ति दिने परमेश्‍वरको काम अत्यन्तै व्यवहारिक छ! परमेश्‍वरको इच्‍छा बुझेपछि, म मेरो वर्तमान कर्तव्यप्रति त्यति धेरै विरोधी भइनँ, तर मैले समर्पित भएर यसलाई पूरा गर्न चाहेँ।

पछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “आज, जब तिमीहरूले परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्छौ, यो ठूलो वा सानो जेसुकै भए पनि, यसमा शारीरिक परिश्रम वा तेरो दिमाग जे लगाउनु परे पनि, यो मण्डलीबाहिर वा मण्डलीभित्र गरिए पनि, तैँले गर्ने कर्तव्य कुनै दुर्घटना होइन? कसरी यो तेरो छनौट हुन सक्छ र? यो परमेश्‍वरद्वारा निर्देशित हुन्छ। परमेश्‍वरको कार्यभारको कारणले मात्रै तँ उत्प्रेरित छस् अनि तँसित मिशन र जिम्मेवारीको यो चेतना छ, अनि तँ यो कर्तव्य गर्न सक्छस्। अविश्‍वासीहरूको माझमा, त्यस्ता धेरै छन् जो आकर्षक, बुद्धिमानी वा सक्षम छन्। तर, के परमेश्‍वरले तिनीहरूलाई कृपा गर्नुहुन्छ र? गर्नुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएन, परमेश्‍वरले तिमीहरूलाई मात्र, यस समूहका मानिसहरूलाई मात्रै कृपा गर्नुहुन्छ। उहाँले आफ्नो कामको व्यवस्थापनमा तँलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न लगाउनुहुन्छ, हरेक प्रकारको कर्तव्य र जिम्मेवारी पूरा गर्न लगाउनुहुन्छ, अनि जब अन्त्यमा परमेश्‍वरको व्यवस्थापनको योजना सिद्धिन्छ र पूरा हुन्छ, यो कस्तो महिमा र आदर हुनेछ! अनि त्यसैले आज आफ्‍नो कर्तव्य निभाउने क्रममा मानिसहरूले जब थोरै कठिनाइ भोग्छन्, जब तिनीहरूले कति कुराहरू परित्याग गरी आफैलाई समर्पित गर्छन्, जब तिनीहरूले मूल्य चुकाउँछन्, जब तिनीहरूले यस संसारको हैसियत, ख्याति र सम्पत्ति गुमाउँछन्, जब तिनीहरूसँग यी कुराहरू हुँदैन, तब यस्तो प्रतीत हुन्छ कि परमेश्‍वरले ती कुराहरू तिनीहरूबाट खोसिलानुभएको छ—तर तिनीहरूले अझ मूल्यवान्‌ र अझ महत्त्वपूर्ण कुरा हासिल गरेका हुन्छन्। तिनीहरूले परमेश्‍वरबाट के हासिल गरेका हुन्छन् त? कर्तव्य पूरा गरेर मानिसहरूले सत्यता र जीवन प्राप्त गर्छन्। जब तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गरेको हुन्छस्, जब तैँले तेरो लागि दिइएको परमेश्‍वरको कार्यभारलाई तैँले पूरा गरेको हुन्छस्, जब तैँले तेरो मिसन र परमेश्‍वरले दिनुभएको कार्यभारको निम्ति सम्पूर्ण जीवन जिउँछस्, जब तँसित सुन्दर गवाही हुन्छ. र तँ सार्थक जीवन जिउँछस्—तब तँ वास्तविक व्यक्ति होस्! तँ वास्तविक व्यक्ति होस् भनेर म किन भन्छु? परमेश्‍वरले तँलाई चुन्नुभएकोले, उहाँले तँलाई उहाँको व्यवस्थापनमा परमेश्‍वरको सृजिएको प्राणीको कर्तव्य गर्न दिनुभएको छ अनि तेरो जीवनमा योभन्दा ठूलो मूल्य वा अर्थ अरू कुनै हुँदैन(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, भाग तीन)। “परमेश्‍वरसामु तैँले के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्‍वरले सो कुरा हेर्नुहुन्‍न। परमेश्‍वरले तेरो काम हेर्नुहुन्छ, तर परमेश्‍वरले तेरा कार्यहरू कति उच्‍च, रहस्यमय, वा शक्तिशाली छन् भनेर वास्ता गर्नुहुन्‍न; तैँले सानो काम नै गरे पनि, तेरो काममा यदि परमेश्‍वरले इमानदारिता देख्‍नुभयो भने, परमेश्‍वरले भन्‍नुहुनेछ, ‘यो व्यक्तिले मलाई साँचो रूपमा विश्‍वास गर्छ। उसले कहिल्यै बढाइचढाइ गरेको छैन। उसले आफ्‍नो स्थानअनुसार व्यवहार गर्छ। उसले परमेश्‍वरको घरमा ठूलो योगदान नदिए पनि र ऊ कमजोर क्षमताको भए पनि, आफूले गर्ने काममा ऊ दृढ छ; ऊसँग इमानदारिता छ।’ यो ‘इमानदारिता’ मा के कुरा हुन्छ? यसमा परमेश्‍वरप्रतिको डर र आज्ञापालन, साथै साँचो विश्‍वास र प्रेम हुन्छ; यसमा परमेश्‍वरले हेर्न चाहनुहुने सबै कुरा हुन्छ। अरूका लागि, त्यस्ता मानिसहरू उल्‍लेखनीय नहुन सक्छन्, यो व्यक्ति खाना पकाउने वा सरसफाइ गर्ने, अर्थात् साधारण कर्तव्य पूरा गर्ने व्यक्ति हुन सक्छ। त्यस्ता मानिसहरू अरूका लागि त्यति उल्‍लेखनीय हुँदैनन्, तिनीहरूले ठूलो उपलब्धि केही पनि हासिल गरेका हुँदैनन्, र तिनीहरूमा कुनै पनि आदरणीय, प्रशंसनीय वा डाहा गर्नलायक कुरा हुँदैन—तिनीहरू सर्वसाधारण मानिसहरू हुन्छन्। तैपनि, परमेश्‍वरले चाहनुभएका सबै कुरा तिनीहरूमा हुन्छ, ती सबै कुराको आधारमा तिनीहरू बाँचेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई सर्वस्व दिएका हुन्छन्। परमेश्‍वरले योभन्दा बढी के चाहनुहुन्छ जस्तो तिमीहरूलाई लाग्छ? परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने मैले जुनसुकै कर्तव्य पाए पनि, यो परमेश्‍वरको नियम र बन्दोबस्तहरूबाट आएको हुन्छ। म यसमा समर्पित हुनुपर्छ र हृदयबाट यसलाई लिनुपर्छ। मेरो क्षमता जे-जस्तो भए पनि वा मैले जति धेरै गर्न सके पनि, मैले आफूसँग भएको सबै कुरा सुम्पनुपर्छ, आफ्‍नो सर्वस्व दिनुपर्छ। परमेश्‍वरको इच्‍छा त्यही हो, र आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको वास्तवमा त्यही हो।

केही समयसम्‍म साधारण मामलाहरू सम्‍हालेपछि, मलाई यो मैले कल्‍पना गरेजस्तो गाह्रो छैन रहेछ भन्‍ने थाहा भयो। त्यस कर्तव्यमा बुझ्‍नुपर्ने र प्रवेश गर्नुपर्ने सिद्धान्तहरू धेरै छन्, र यसलाई पूरा गर्न सच्‍चा र सत्यताको खोजी गर्ने हृदय हुनुपर्छ। मैले साधारण मामलाहरू सम्‍हालेर केही अभ्यास प्राप्त गरेपछि धेरै कुरा सिकेँ। मैले केही सीपहरू सिकेँ र केही सिद्धान्तहरू बुझेँ, र मानवजातिप्रतिको परमेश्‍वरको मुक्ति कति व्यावहारिक छ भन्‍ने कुरा पनि अनुभव गरेँ! कर्तव्यमा गरिएको यो परिवर्तनले कर्तव्यहरूप्रतिको मेरो गलत दृष्टिकोणलाई परिवर्तन गर्‍यो र म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित भएर आफ्‍नो कर्तव्यमा सक्दो गर्न तयार भएँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको न्यायले मलाई बचायो

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र...

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्