कसले हाम्रो परिवार बरबाद गर्‍यो?

25 अप्रिल 2023

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले मेडिकल क्‍लिनिक खोलेँ, र तिनी चाहिँ टिभी रिपोर्टरको काम गर्थे। हाम्रा दुई प्यारा-प्यारा बच्‍चाहरू भए र हाम्रो जीवन शान्तिमय र सुखी थियो। सन् २००८ को अन्त्यतिर, मेरी सासू र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकाऱ्यौँ। मेरा श्रीमानले स्विकारेनन्—तिनी आफ्‍नो पेशामा नै व्यस्त थिए। तर तिनी मेरो विश्‍वासको समर्थन गर्थे। भेला भएर अनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, मैले हाम्रा मुक्तिदाता हामी माझ आउनुभएको रहेछ र उहाँले लगभग बीस वर्षदेखि मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ भन्‍ने थाहा पाएँ। परमेश्‍वरको काम समाप्त हुनलागेको छ, र यो हामीले मुक्ति पाउने एकमात्र मौका हो। यो अमूल्य र क्षणिक अवसर हो। मैले यो छुटाएकी भए, सधैँ पछुतो हुनेथ्यो। त्यसकारण आफ्‍नो विश्‍वास अभ्यास गर्न र कर्तव्य लिन, मैले क्‍लिनिक बन्द गरेँ र अरू ब्रदर-सिस्टरहरूसँगै सुसमाचार सुनाउन थालेँ।

सन् २०१० मा, चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक आस्थालाई दमन गर्न र त्यसको जरा उखेल्न, टिभी, रेडियो, अखबार र अरू मिडिया प्रयोग गऱ्यो र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निन्दा र बदनाम गऱ्यो। त्यसले इसाईहरूलाई पक्राउ गऱ्यो र सतायो। मैले मेरा श्रीमानलाई पनि मुछ्नेछु भन्‍ने डरले तिनले मेरो विश्‍वासमा बाधा दिन थाले। एक दिन तिनले मलाई भने, “पार्टीले धर्म मान्‍न दिँदैन र विश्‍वासीहरूले आफ्‍नो परिवार त्याग्छन् भनेर भनेको छ। चुपचाप विश्‍वास त्याग! तिमी पक्राउ पऱ्यौ भने, हाम्रो परिवार टुक्रिनेछ। के यो हामी पहिलेजस्तै मण्डली जानु जस्तै होइन र?” मैले तिनलाई भनेँ, “विश्‍वास गरेको यत्तिका वर्षमा मैले आफ्नो परिवार त्यागेको देख्‍नुभएको छ? यी सब सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दमन गर्न पार्टीले फैलाएका झूटहरू हुन्। तपाईं कसरी तिनीहरूका झूट पत्याउन सक्‍नुहुन्छ र? परमेश्‍वर फर्केर आउनुभएको छ र नयाँ काम गरिरहनुभएको छ। ती पुराना मण्डलीहरूमा गइरहने मानिसहरूले सत्यता वा जीवन प्राप्त गर्नेछैनन्, चाहे तिनीहरूले अन्त्यसम्‍मै किन नपछ्याऊन्। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ र मैले परमेश्‍वरका पाइलाहरू पछ्याइरहेको छु भनेर म निश्‍चित छु। म साँचो मार्ग त्याग्‍नेछैनँ।” म कति दृढ छु भन्‍ने देखेर, तिनले मलाई चेतावनी दिए, “जेसुकै होस्, तैँले विश्‍वासमा रहिरहन र भेलाहरूमा जान पाउँदिनस्!” त्यसपछि, मैले सबेरै उठेर किचनमा लुकेर परमेश्‍वरका वचनहरू पढ्नुपर्थ्यो र तिनको आँखा छलेर परिवार र आफन्तहरूलाई सुसमाचार सुनाउनुपर्थ्यो।

सन् २०१२ को एक साँझ, भेलापछि, मैले मेरा श्रीमान तलतिर स्टोररुमको ढोकामा उभिरहेका देखेँ। तिनले मलाई आएको देख्नेबित्तिकै लात र मुक्‍का बर्साउँदै भुईंमा पछारे। मैले सारा बल लगाएर आफूलाई छुटाएँ र दौडँदै माथिल्‍लो तला उक्लेँ, तर तिनले मलाई पक्रेर अनुहारमा झापट हाने, र गर्जिँदै भने, “अबदेखि भेलाहरू जाने होइन, बुझिस्!” मैले तोरीको फूल देखिरहेकी थिएँ, र मेरो ओठका कुनाबाट रगत बगिरहेको थियो। हाम्रो विवाह भएको दस वर्षमा तिनले मलाई कुटेको यो पहिलोचोटि थियो। मेरो विश्‍वासकै कारण तिनले मलाई यति नराम्ररी कुट्छन् भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। मलाई त्यो बेला अलिक कमजोर र डर महसुस भयो। सोचेँ, तिनले मलाई फेरि कुट्छन् भने त के मैले केही समयसम्‍म भेलामा जान र कर्तव्य पूरा गर्न छोड्नुपर्ने हो? मलाई आफू ठिक स्थितिमा छैनँ भन्‍ने थाहा थियो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेर विश्‍वास र सामर्थ्य मागेँ। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो असल अभिप्रायबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। ले तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। हो, अवश्य नै सबै कुरा परमेश्‍वरकै हातमा छन्। परमेश्‍वरको अनुमतिविना, मेरा श्रीमानले मलाई केही पनि गर्न सक्दैनथे। परमेश्‍वरले त्यस दिन मलाई त्यो हुन दिनुभएको थियो। कुट्छ वा हकार्छ भन्‍ने डरले यदि मैले आफ्‍नो कर्तव्य पूरा गर्ने आँट नगरेकी भए, के त्यो गवाही गुमाउनु हुनेथिएन र? मेरा श्रीमानले मलाई जसरी दमन गरे पनि म आफ्‍नो गवाहीमा दह्रिलो हुनुपर्थ्यो। म सदाझैँ भेलामा गइरहेँ र आफ्‍नो कर्तव्य पूरा गरिरहेँ।

सन् २०१२ को अन्त्यतिर, कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई अझ उग्र दमन गऱ्यो। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कारबाही र पक्राउ गर्ने बृहत् अभियान चलाए। एक दिन, भेलामा हुँदा म अरू केहीसँगै पक्राउ परेँ। मलाई सामाजिक सुव्यवस्था भङ्ग गरेको आरोपमा दश दिन हिरासतमा राखियो। रिहाइ भएर घर जाँदा, मेरा श्रीमान रिसले चूर भइरहेका थिए: “तँलाई थाहा छ? मेरा हाकिम र सहकर्मीहरू सबैले तँलाई तेरो आस्थाको कारण पक्राउ गरिएको बारेमा सोधे। त्यहाँ मैले आफ्‍नो शिर ठाडो पार्न सकिनँ। कति अपमान भयो!” मैले तिनलाई भनेँ, “विश्‍वास गर्नु सही र स्वाभाविक कुरा हो। भेला हुनु र सुसमाचार प्रचार गर्नु सम्‍मानको कुरा हो। दुष्ट त पार्टी हो, जसले इसाईहरूलाई पक्रन्छ र सताउँछ। युगौँदेखि साँचो मार्गलाई सताइएको छ। यस मार्गमा हिँड्नेहरूलाई शैतानका शक्तिहरूले सताउँछन्। के विभिन्‍न युगका सन्तहरूलाई सुसमाचार सुनाएको र परमेश्‍वरको गवाही दिएकोमा पक्राउ गरिएको छैन र?” तिनले क्रोधित हुँदै भने, “एउटा कुरा स्पष्ट पार्छु। तैँले विश्‍वास छोड्ने वचन दिइस् भने, हाम्रो जीवन सुखी हुनेछ। तैँले विश्‍वास गरिरहन्छस् भने, हाम्रो डिभोर्स हुन्छ! म तेरो छनौटमा बाधा बन्दिनँ!” मलाई मेरो विश्‍वास त्याग्‍न लगाउन डिभोर्सको धम्की दिँदा मलाई रिस उठ्यो र आङ सिरिङग भयो। कम्युनिस्ट पार्टीको दमनको कारण तिनले हाम्रो दस वर्षको विवाहलाई त्याग्‍नेछन् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। यदि हामीले डिभोर्स गरेका भए, अवश्य नै हाम्रा बच्चाहरूलाई चोट पुग्नेथ्यो। मलाई डिभोर्स गर्ने मन थिएन, तर योभन्दा बढी, म परमेश्‍वरलाई धोका दिएर उहाँलाई पछ्याउने र मुक्ति पाउने मौका गुमाउन चाहन्नथेँ। यो परिस्थिति कसरी पार गर्ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मार्गदर्शन मागेँ। मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के देखेँ भने यो मेरा श्रीमानले गरेको दमनजस्तो देखिए पनि, त्यसको पछाडि, मलाई रोक्न, परमेश्‍वरलाई धोका दिन, र मुक्तिको मौका गुमाउन लगाउन शैतानले तिनलाई चलाइरहेकोथ्यो। मैले शैतानको युक्तिलाई हाबी हुन दिनु हुँदैनथ्यो। मेरा श्रीमानले चिनियाँ कम्युनिस्ट पार्टीका अफवाहहरू पत्याएकाले मात्रै मलाई बाधा दिइरहेका थिए। यदि मैले तिनको अघि तिनीहरूका झूटहरू खुलासा गरेँ, र तिनले त्यो कुरा बुझेका भए, सायद मलाई दमन गर्न छोड्नेथे। त्यसकारण मैले तिनलाई भनेँ, “पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको निन्दा र बदनामी तिनीहरूले फैलाएका अफवाह मात्र हुन्। यतिका वर्ष रिपोर्टर भएर पनि, तपाईंलाई पार्टीको झूटो समाचारको वास्तविकता थाहा छैन? के तपाईंले सधैँ पार्टीको कुरा पत्याउनु हुँदैन भनेर भनिरहनुभएको छैन र? सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने हामीले चिनेका कुन व्यक्तिले आफ्‍नो परिवार त्यागेको छ? मैले विश्‍वास गरेको यतिका वर्ष भयो र के मैले हाम्रा आमाबुबा र बच्चाहरूको राम्ररी हेरचाह गरिरहेकी छैनँ र?” तिनले मैले भनेको कुरा खण्डन गर्न सकेनन्, त्यसकारण तिनले झर्किँदै भने, “तैँले भनेको नमान्‍ने रैछेस्। ठिक छ, तेरो परमेश्‍वरलाई नै विश्‍वास गर्!” त्यसपछि तिनी ढोका ड्याम्‍म थुनेर गए।

त्यसपछि अचम्‍म भयो, तिनी डिभोर्सको निवेदन दिन अदालत गएछन्। न्यायाधीशले हामीलाई मध्यस्थकर्ताकहाँ जान भने। तिनले मेरो वेतन कार्ड र ब्याङ्क कार्डहरू लिए, र मलाई निगरानी गर्न तिनी काममा नगई घरमा बस्थे ताकि मैले कुनै हालतमा भेलाहरूमा जान वा आफ्‍नो कर्तव्य पूरा गर्न नसकूँ। एक दिन हाम्रो गाउँका प्रमुखले कल गरेर मलाई प्रहरीले गाउँ समितिमा सूचना पठाएर मैले आफ्नो विश्‍वास छोडेको वा सुसमाचार प्रचार नगरेको सुनिश्‍चित गर्न र मेरा श्रीमानलाई मेरो राम्ररी निगरानी गर्न लगाउनु भनेर भनेको छ भन्यो। अन्यथा, म पक्राउ परेँ भने तिनीहरू पनि यसमा मुछिनेथिए। यो सुनेर, मेरा श्रीमानले मलाई अझै कडा गर्न थाले। एकपटक, मेरी सासू र मैले बेडरूममा खुसुक्क परमेश्‍वरको वचन सङ्गति गरिरहेका थियौँ, तर मेरा श्रीमानले सुनेछन्, र झोँकिदै भित्र पसे र कराएर भने, “तँ अझै विश्‍वास गर्छस्! तँ आफ्‍नो लागि मात्रै सोच्छेस्, मेरो वा बच्चाहरूबारे सोच्दिनस्। तँ पक्राउ परिस् भने, हामी पनि मुछिन्छौँ!” यसो भन्दै तिनले मलाई कुटे। बच्‍चाहरू यति तर्सिए कि तिनीहरू आ-आफ्‍नो कोठामा गएर लुके, बाहिर आउने आँट गरेनन्, र मेरी सासू दुःख मान्दै रुनुभयो। त्यो बेला मलाई साह्रै रिस उठ्यो। मेरो विश्‍वासकै कारण, कम्युनिस्ट पार्टीले मेरो परिवारलाई मलाई बाधा दिन धम्काइरहेको थियो, जसले गर्दा मेरी अस्‍सी वर्षीय सासू र मेरा बच्चाहरू भयभीत थिए। एकदमै सुखी परिवार अहिले यो अवस्थामा पुगेको थियो। मलाई निकै दुःख र निराश लाग्यो। मेरा श्रीमानले मेरो विश्‍वासलाई लिएर सधैँ झगडा गरिरहे। म भेलामा जान वा आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदिनथेँ। तिनी घरमा नहुँदा मात्रै म परमेश्‍वरका वचनहरू पढ्न पाउँथेँ। मलाई ब्रदर-सिस्टरहरूसँग भेला हुन र आफ्‍नो कर्तव्य पूरा गर्न पाउँदाका दिनहरू धेरै याद आउँथ्यो, तर अहिले मेरो घर नै पिँजडा बनेको थियो। मैले दुई महिनादेखि हरेक दिन मेरा श्रीमानको रुखो व्यवहार र हप्काइ सहँदै आएकी थिएँ। मलाई साह्रै दुःख र निराश लाग्थ्यो। यसको अन्त्य कहिले हुने हो मलाई थाहा थिएन। मेरो दुःख पराकाष्ठामा पुगेपछि, मैले यस्तो प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, म अत्यन्तै पीडा र दुःखमा छु। यो परिस्थिति कसरी पार गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंको इच्‍छा बुझ्‍न सकूँ।” मैले प्रार्थना गरेपछि परमेश्‍वरका वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “हजारौं वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो; यस बेला रखवारी कुकुरहरूको यो झुन्डले परमेश्‍वरले उनीहरूलाई थाहै नपाई पक्रनुहुनेछ र ती सबैलाई मेटाउनुहुनेछ, शान्ति र आनन्दको ठाउँ हुनेछैन भनी डराएर ठूला-ठूला आँखाले हेर्छन्। यस्तो भूतको शहरका यस्ता मानिसहरूले कसरी परमेश्‍वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्‍वरको मायालु र प्रेमिलोपनको आनन्द उठाएका छन्? मानव संसारका मामिलाको बारेमा तिनीहरूले कति बुझेका छन्? तिनीहरूमध्ये कसले परमेश्‍वरको उत्सुक इच्छालाई बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्‍वर पूर्ण रूपमा लुकेर रहनु त्यत्ति अचम्मको कुरा होइन: यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई मूर्ख बनाएका छन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने कम्युनिस्ट पार्टी शैतान अर्थात् पृथ्वीमा आएको पिशाचको मूर्त रूप हो। यसले धार्मिक स्वतन्त्रता दिएको छु भनी बाहिरी संसारलाई भन्छ, तर भित्र भने यसले परमेश्‍वरको घोर विरोध गर्छ र उहाँका मानिसहरूलाई अत्याचार गर्छ। आखिरी दिनहरूमा, देहधारी परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। यदि मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे भने, सत्यता बुझेर पार्टीको शैतानी अनुहार चिन्नेछन्, त्यसपछि यसलाई इन्कार गर्नेछन् र त्याग्‍नेछन् भन्‍ने पार्टीलाई डर छ। त्यसपछि मानिसहरूलाई सधैँ आफ्‍नो काबुमा राख्‍ने यसको उग्र महत्त्वाकाङ्क्षा चकनाचूर हुनेछ। त्यसैले यो अत्यन्तै रिसाएको छ र ख्रीष्टको हदै खेदो गर्दै, परमेश्‍वरका चुनिएका समग्र मानिसहरूलाई पक्राउ गरिरहेको र सताइरहेको छ। यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई झूटो आरोप लगाएर निन्दा गर्न सबै किसिमका झूटहरू फैलाइरहेको छ, सत्यता थाहा नभएका धेरै मानिसलाई बहकाइरहेको छ, ताकि तिनीहरूले साँचो मार्ग स्विकार्ने आँट नगरून्। धेरै इसाई परिवारका सदस्यहरूले तिनीहरूका झूटहरू पत्याउँछन् त्यसपछि त्यसकै पछि लागेर परमेश्‍वरका चुनिएका मानिसहरूलाई सताउँछन्। अन्तिममा, परमेश्‍वरविरुद्ध गएकाले तिनीहरू पनि नरक जानेछन्। मैले जति विचार गरेँ, उति नै कम्युनिस्ट पार्टी साँच्‍चै परमेश्‍वरलाई घृणा गर्ने र मानिसहरूलाई तहसनहस पार्ने पिशाच हो भन्‍ने बुझेँ। यो परमेश्‍वरको कट्टर शत्रु हो र मलाई यसप्रति हृदयदेखि नै घृणा जागेर आयो। मैले यसलाई त्याग्‍ने र इन्कार गर्ने, अनि परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने शपथ पनि खाएँ।

मैले परमेश्‍वरका वचनहरूमा केही कुरा पढेँ। “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्…। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने पार्टीले परमेश्‍वरविरुद्ध काम गर्छ र यो उहाँको शत्रु हो, त्यसैले चीनका विश्‍वासीहरूले धेरै दमन र कष्ट भोग्‍नुपर्ने हुन्छ। यो परमेश्‍वरले निर्धारित गर्नुभएको हुन्छ। परमेश्‍वरले हाम्रो विश्‍वासलाई सिद्ध पार्न यी कठिन परिस्थितिहरू प्रयोग गर्नुहुन्छ, साथै हामीले ठूलो रातो अजिङ्गरको वास्तविकता बुझेर, यसलाई घृणा र लत्याउन सकौँ, र उप्रान्त यसको बहकाउमा परेर चोट नखाऊँ भनेर पनि यसो गर्नुहुन्छ। तर मलाई परमेश्‍वरको इच्‍छा थाहा थिएन। म नकारात्मक भएकी थिएँ, र देहगत कष्टबारे गुनासो गरेँ, अनि सत्यता खोजिनँ वा पाठ सिकिनँ। म अत्यन्तै विद्रोही थिएछु। परमेश्‍वर अति महान् हुनुहुन्छ तर केवल भ्रष्ट मानवजातिलाई मुक्ति दिन यस्तो पीडा र अपमान सहनुहुन्छ। उहाँ बोल्‍न र काम गर्न देह बनेर हामीबीच आउनुभएको छ, दुष्ट कम्युनिस्ट पार्टीको खेदो र सतावट अनि धार्मिक संसारको दोषारोपण निरन्तर सहिरहनुभएको छ। तर परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन कहिल्यै लत्तो छोड्नुभएको छैन। उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ, हामीलाई मलजल र भरणपोषण गरिरहनुभएको छ। परमेश्‍वरले हाम्रै मुक्तिको खातिर यो सब अपमान र पीडा सहनुभएको छ। अनि अहिले परमेश्‍वरलाई पछ्याउन र मुक्ति पाउन मैले अलिकति कष्ट भोग्दा, ममा परमेश्‍वरप्रति साँचो विश्‍वास र आज्ञाकारिता कम भयो। मेरो कद अत्यन्तै सानो थियो। यस बेला मलाई साह्रै पछुतो र ग्‍लानि भयो, र मैले के सङ्कल्प गरेँ भने, मेरा श्रीमानले मसँग जस्तो व्यवहार गरे पनि, म देहगत कमजोरीहरूको वशमा परिरहने छैनँ, तर दह्रिलो हुन परमेश्‍वरमा भरोसा गर्नेछु, र शैतानप्रति लहसिने वा झुक्‍नेछैनँ। त्यसपछि, मेरा श्रीमानले मलाई अझै दमन गरेर बाधा दिइरहेको भए पनि, म परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्थेँ, र परमेश्‍वरका वचनहरूको डोऱ्याइले गर्दा मलाई त्यति पीडा हुन छोड्यो।

एकपटक, मैले पुरानो सहपाठीलाई सुसमाचार सुनाएको मेरा श्रीमानले थाहा पाएपछि, घरमा आएर मलाई हकारे, “पार्टीले तिमीहरूको प्रचारले परिवारहरू बरबाद पारिरहेको छ भनेर भन्छ। म तँलाई चेतावनी दिँदै छु, तैँले तेरा सहपाठी र साथीहरूलाई सुसमाचार नसुनाउँदा नै राम्रो हुन्छ, नत्र मैले अनुहार देखाई नसक्नु हुन्छ।” तिनले परमेश्‍वरको निन्दा हुने केही कुरा पनि भने। परमेश्‍वरप्रति घृणाले भरिएको तिनको उग्र रूप देख्दा मलाई रिस उठ्यो। मानिसहरूले विश्‍वास गरेर परमेश्‍वरको मुक्ति स्विकार्न सकून् भनेर हामी सुसमाचार सुनाउँछौँ, तर पार्टीले सबै कुरा उलटपुलट गर्छ। हामीले मानिसहरूका परिवार टुक्र्याइरहेका छौँ भन्दै तिनीहरू सबै किसिमका झूटहरू फैलाउँछन्। यो दुष्ट र लाजमर्दो कुरा हो! वर्षौंदेखि, कम्युनिस्ट पार्टीले परमेश्‍वरविरुद्ध काम गर्दै विश्‍वासीहरूलाई पक्राउ गरिरहेको छ, जसले गर्दा धेरै इसाईहरू पक्राउ परेर जेल परेका छन्। धेरै इसाईहरू पक्राउबाट बच्‍न भागी हिँड्छ्न र घर फर्कन पाउँदैनन्। धेरै परिवार टुक्रिएका छन्, आमाबुबा र छोराछोरी अलग भएका छन्। यी सबै इसाई परिवारको विनाशको अपराधी त्यो पार्टी नै हो! मेरा श्रीमान पार्टीका झूटहरूको छलमा परेको, तिनले सही र गलत छुट्याउन नसकेको, परमेश्‍वर र विश्‍वासीलाई असाध्यै घृणा गरेको देख्दा, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। … यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूले मलाई मेरा श्रीमानको परमेश्‍वरलाई इन्कार गर्ने प्रकृति र सार देखाइदिए। म विश्‍वास गर्थेँ र सुसमाचार सुनाउथेँ, त्यसकारण तिनले मलाई दमन गर्न र रोक्‍न हरेक उपाय अपनाए, र परमेश्‍वर-निन्दाका कुराहरू गरे। झट्ट हेर्दा यो मलाई लक्षित गरिएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, तिनले सत्यता र परमेश्‍वरलाई घृणा गर्थे। मैले पहिले मेरा श्रीमानको सार देखेकी थिइनँ। हाम्रो वैवाहिक जीवनभरि, तिनी मलाई ख्याल गर्थे र ध्यान दिन्थे, र मैले भनेको हर कुरा मान्थे, त्यसकारण तिनी मप्रति असल छन भन्‍ने सोच्थेँ। मेरो आस्थालाई पार्टीले दमन गरेको छ र यसले तिनको प्रतिष्ठा र भविष्यलाई असर गर्छ भन्‍ने कुरा देखेपछि, तिनी पूर्णतया फरक व्यक्ति बन्‍नेछन्—मलाई कुट्न थाल्‍नेछन्, मलाई विश्‍वास गर्न रोक्‍न हर उपाय अपनाउनेछन्, र परमेश्‍वरको निन्दा गर्नेछन् भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। यो त पिशाचको प्रकटीकरण थियो। सुरुमा त मलाई तिनी कम्युनिस्ट पार्टीका झूटहरूको बहकाउमा परेका हुन्, र तिनले तिनीहरूको वास्तविकता थाहा पाए भने, सायद यति धेरै दमन गर्दैनन् भन्‍ने भ्रममा परेँ। अहिले मलाई आफू गलत थिएछु भन्‍ने थाहा भयो। मेरा श्रीमान रिपोर्टर थिए, त्यसकारण तिनलाई पार्टीले झूटो समाचार फैलाउँछ भन्‍ने भित्री कुरा राम्ररी थाहा थियो, र पनि तिनले तिनीहरूको झूट पत्याएर मेरो विश्‍वासलाई सताए। सारगत रूपमा, तिनी परमेश्‍वरलाई घृणा गर्ने पिशाच थिए। मैले स्पष्टसित के देखेँ भने तिनले मलाई आफ्‍ना सन्तान जन्‍माउन र परिवारका साना र वृद्धहरूलाई हेरचाह गर्न लगाउन मसँग राम्रो व्यवहार गरेका रहेछन्। यो त वास्तविक प्रेम पटक्‍कै थिएन। यसले मलाई परमेश्‍वरका यी वचनहरू याद दिलायो: “विश्‍वासी र अविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। म विश्‍वासी थिएँ—म परमेश्‍वरलाई पछ्याउँथेँ, सत्यताको पछि लाग्थेँ, र सही बाटोमा थिएँ। मेरा श्रीमान कम्युनिस्ट पार्टीलाई पछ्याउँथे र परमेश्‍वरविरुद्धको मार्गमा थिए। हामी एउटै मार्गमा थिएनौँ। हामी कुनै घनिष्ठताविना एकसाथ जिइरहेका थियौँ—त्यो आफैमा पीडादायी हुन्छ। त्यो स्पष्ट भएपछि, मैले तिनीबारे आफ्‍ना सबै भ्रम त्यागेँ। त्यो बेला म परमेश्‍वरका वचनहरू त्यति पढ्न र भेलाहरूमा जान पाउँदिनथेँ, कर्तव्य पूरा गर्नु त परको कुरा थियो। म अत्यन्तै दुःखी थिएँ। ती केही दिन, मैले आतुरीसाथ परमेश्‍वरलाई प्रार्थना गरेर उम्‍कने बाटो मागेँ।

त्यसपछि एक साँझ, मेरा श्रीमानले मलाई भने, “आज म आफ्नो करियरबारे, र परिस्थिति कहिले मेरो अनुकूल हुन्छ भनेर सोध्‍न जोखना हेर्नेकहाँ गएको थिएँ।” मैले नसोची भनेँ, “कस्तो विश्‍वासी तपाईं—तपाईं त्यस्तो दुष्टको कुरा पत्याउनुहुन्छ?” तिनले तुरुन्तै अनुहार बिगारेर मलाई पेटमा मुड्कीले हान्दा म छक्क परेँ। तिनी जोडले कराए, “तँ विश्‍वास गरिरहन जिद्दी गर्छेस् भने, यो घरबाट निस्की!” त्यो बेला, मलाई यति पीडा भयो कि मेरा अङ्गहरूले ठाउँ छोडेको जस्तो लाग्यो। म पीडाले पेट समाउँदै भुईंमा पल्टिरहेँ। सोचेँ, यस घरमा मेरा श्रीमानले मलाई दिनहुँ दमन गरिरहेका छन्। म परमेश्‍वरका वचनहरू पढ्न, भेलामा जान वा कर्तव्य पूरा गर्न पाउँदिनँ। यदि यस्तै भइरह्यो भने, म कुनै हालतमा सत्यता खोज्न सक्दिनँ, र बरबाद हुनेछु। अहिले तिनी मसँग हिंस्रक बन्दैछन् र मलाई घरबाट निकाल्‍ने धम्की दिइरहेका छन्। म त्यो पीडा र कष्ट सहिरहन सक्दिनँ। मैले तिनलाई छोड्ने, त्यो घररूपी जेलबाट मुक्त हुने, र त्यो नरकीय जीवनबाट निस्कने निर्णय गरेँ। त्यो रात, म दुःख लागेर रूँदै ओछ्यानमा पल्टिरहेँ। हामीले मेहनत गरेर बनाएको घरलाई हेर्दा, हाम्रो दश वर्ष बढीको विवाह तोडिन लागेको र यस्तो सुन्दर परिवारलाई कम्युनिस्ट पार्टीले नष्ट गरेको सोच्दा, मलाई असाध्यै कमजोर महसुस भयो, विशेष गरी हाम्रा बच्चाहरूले कसरी खान्छन् भन्‍ने सोच्दा—हाम्रो जेठी छोरीले त आफ्‍नो देखभाल गर्न सक्थिन्, तर सानी छोरी भर्खर ४ वर्षकी थिइन् र तिनी रोगी थिइन्। मैले तनमन लगाएर उसलाई वर्षौँदेखि देखभाल गर्दै आएकी थिएँ। ऊ मबाट कहिल्यै टाढा भएकी छैन। मेरी सासू पनि वृद्ध हुँदै गइरहनुभएको थियो। हाम्रो डिभोर्स भयो भने कसले यी बच्चाहरूको हेरचाह गर्नेछ? यो सोच्दा मेरो मन साह्रै रोयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँको इच्‍छा बुझ्‍न अन्तर्दृष्टि र सहयोग मागेँ। प्रार्थना गरेपछि मैले परमेश्‍वरका केही वचनहरू सम्झेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, र यसमा जीवित प्राणी मानिसलाई ल्याउनुभयो, उसलाई जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ। यस प्रक्रियामा, मानिस परमेश्‍वरको हेरचाहमा नै वृद्धि भइरहेको छ भन्‍ने कसैले महसुस गर्दैन; बरु, मानिस आफ्ना आमाबुबाको प्रेमपूर्ण हेरचाहमा वृद्धि भइरहेको हुन्छ र उसको वृद्धिलाई उसैको जीवनको अन्तर्निहित शक्तिले निर्देशन गर्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यस्तो हुन्छ किनभने उसको जीवन कसले दिएको वा यो कहाँबाट आउँछ भन्‍ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्‍चर्यकर्महरू पैदा गर्छ भन्‍ने कुरा त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो र लगनशीलता नै उसको अस्तित्वको स्रोत हो अनि उसको मनमा भएका आस्थाहरू नै उसको अस्तित्वका जगहरू हुन् भन्‍ने मात्र उसले जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको बन्दोबस्तबारे अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवनलाई लापरवाही रूपमा बिताउँछ…। परमेश्‍वरले दिनरात हेरचाह गर्नुभएको मानवजातिमध्ये एक जनाले पनि उहाँको आराधना गर्न आफैलाई अग्रसर गर्दैन। परमेश्‍वरले मानिसमा काम मात्रै गरिरहनु हुन्छ, जसको निम्ति आफूले योजना बनाएअनुसार उहाँले कुनै पनि अपेक्षा राख्‍नुहुन्‍न। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझन्छ अनि जीवनको मूल्य र अर्थलाई, उसलाई परमेश्‍वरले दिनुभएको सबै कुराको निम्ति उहाँले चुकाउनुभएको मूल्य र मानिस उहाँतिर फर्कन्छ भनी उहाँले गर्नुभएको उत्सुकता सहितको प्रतीक्षालाई महसुस गर्नेछ भनी अपेक्षाको साथ परमेश्‍वरले यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने उहाँ नै मानव जीवनको स्रोत हुनुहुन्छ, र हाम्रो भाग्य चलाउने उहाँ नै हुनुहुन्छ। मेरा छोरीहरू सुरक्षित र सकुशल रूपमा बढ्छन् कि बढ्दैनन् भन्‍ने कुरा हामी आमाबुबाको हातमा हुँदैन, तर यो सब परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ। मेरी कान्छी छोरीको स्वास्थ्य, उसले जीवनमा सामना गर्ने कुरा, र उनको भाग्य कस्तो छ त्यो सबै परमेश्‍वरले निर्धारित गर्नुभएको हुन्छ। परमेश्‍वरले जे बन्दोबस्त गर्नुहुन्छ त्यो सर्वोत्कृष्ट र सबैभन्दा उपयुक्त हुन्छ। तर परमेश्‍वरप्रति मेरो विश्‍वास कम हुँदैथ्यो। म सधैँ मेरा छोरीहरूलाई मेरो आवश्यकता छ, तिनीहरूलाई स्वस्थ बनाएर हुर्काउनेबारे सोच्थेँ। मैले तिनीहरूलाई परमेश्‍वरको हातमा राखिरहेकी थिइनँ। म अहङ्कारी र अज्ञानी थिएँ। यदि म आमाको रूपमा मेरी छोरीको साथमा छु भने, उसलाई न्यानो राख्‍न र राम्ररी खुवाउन-पिलाउन मात्र सक्छु, तर उसको भाग्य नियन्त्रण गर्न सक्दिनँ। अब मैले परमेश्‍वरका नियम र बन्दोबस्तहरूमा समर्पित भएर उसलाई परमेश्‍वरको हातमा सुम्पनुपर्थ्यो, आफ्‍ना सबै चिन्ताहरू त्याग्नु, परमेश्‍वरलाई पछ्याउनु, सुसमाचार सुनाउनु, र आफ्‍नो कर्तव्य पूरा गर्नुपर्थ्यो। परमेश्‍वरको इच्‍छा बुझेपछि मलाई निकै स्वतन्त्र महसुस भयो।

भोलिपल्‍ट मेरा श्रीमान र मैले डिभोर्सको प्रक्रिया अघि बढायौँ। म विश्‍वासी भएको कारण यस्तो भएको हो भन्‍ने थाहा पाएपछि अधिकारीले मलाई भने, “यो धर्मसँग सम्‍बन्धित रहेछ, त्यसैले तपाईंले हस्ताक्षर गरेपछि, तपाईंका श्रीमान, छोराछोरी, र घर सबै गुम्‍नेछ। तपाईं पक्‍का हुनुहोस्।” यो सुनेर, मलाई अलिक हिचकिचाहट भयो। मैले मेरा श्रीमानको परमेश्‍वरविरोधी सार देखेकी भए पनि, र म मेरा बच्चाहरूलाई परमेश्‍वरको हातमा सुम्पन्न तयार भए पनि, मैले हस्ताक्षर गरेपछि मेरो घर, बच्चाहरू, र सबै कुरा गुम्‍नेछ भन्‍ने सोच्दा, म हिचकिचाएँ। म सही स्थितिमा छैनँ भन्‍ने महसुस गरेपछि, मैले मनमनै प्रार्थना गरेँ, त्यसपछि परमेश्‍वरका वचनहरूको यो कुरा सम्झेँ: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। … तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२))। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै अन्तर्दृष्टि दिए। यो साँचो हो—म सृष्टि गरिएको प्राणी हुँ, र परमेश्‍वरको आराधना गर्नु मेरो नगरी नहुने कर्तव्य हो। परमेश्‍वरलाई पछ्याउन, सत्यता र जीवनको पछि लाग्‍न सबै कुरा त्याग्‍नु जीवनको सही मार्ग हो। यो नै सबैभन्दा बहुमूल्य र अर्थपूर्ण जीवन हो। परमेश्‍वर देखा परेर मानवजातिलाई मुक्ति दिन आखिरी दिनहरूमा काम गरिरहनुभएको छ, जुन अमूल्य अवसर हो। परमेश्‍वरको मुक्ति स्विकार्ने र उहाँका वचनहरूको भरणपोषण प्राप्त गर्ने अवसर पाउनु परमेश्‍वरको अनुग्रह र कृपा हो। अहिले परमेश्‍वरको काम समाप्त हुनलागेको छ। मैले सबै कुरा पन्छ्याउनुपर्छ, आफूलाई परमेश्‍वरमा समर्पित गरेर आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। अन्यथा, मैले मुक्ति पाउने मौका गुमाउनेछु, जुन जीवनभरिको पछुतो हुनेछ। तर मेरा श्रीमान कम्युनिस्ट पार्टीको पछि लागे, तिनले मलाई बाधा दिन र दमन गर्न सबथोक गरे, मलाई शत्रुजस्तो व्यवहार गरे। मुखबाट “परमेश्‍वर” शब्‍द निकाल्दा नै तिनी मलाई कुट्थे। त्यो घरमा हुँदा, मैले परमेश्‍वरको वचन पढ्न, वा भेलामा जान वा कर्तव्य पूरा गर्न पाउँदिनथेँ। परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने एउटै मात्र उपाय भनेको डिभोर्स गर्नु थियो। के त्यसरी जिउँदा म मरेतुल्य हुनेथिइनँ र? म त नरकमा जानेथिएँ र शैतानसँगै दण्डित हुनेथिएँ। तथ्यहरूको सामना गर्दा, मेरा श्रीमान र घर मेरो भरोसा होइनन् भन्‍ने कुरा स्पष्ट भयो। तिनीहरू त शैतानले मलाई चोट पुर्‍याउन र बरबाद गर्न चलाएका औजार र बन्धनहरू थिए। परमेश्‍वर मात्रै मेरो भरोसा हुनुहुन्छ, र परमेश्‍वर मात्रै मेरो जीवनको भरणपोषणकर्ता हुनुहुन्छ। परमेश्‍वरलाई पछ्याउनु र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु परमेश्‍वरद्वारा मुक्ति अनि सुन्दर भाग्य र गन्तव्य प्राप्त गर्ने एकमात्र तरिका हो। मैले पत्रुसलाई सम्झेँ, जसले विश्‍वास गरेर सत्यता र जीवन प्राप्त गर्न आफ्‍ना आमाबुबाका बन्धनहरू तोडे। तिनले प्रभु येशूलाई पछ्याउन सबै कुरा त्यागे। मैले मेरा शैतानी श्रीमानका बन्धनहरू तोड्न पत्रुसको उदाहरण पछ्याउनुपर्थ्यो र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पूर्ण हृदयले पछ्याउनुपर्थ्यो। त्यसकारण, मैले नहिचकिचाई डिभोर्स पत्रमा हस्ताक्षर गरेँ।

घर पुगेपछि, मेरी जेठी छोरीले भनी, “आमा, परमेश्‍वरमा विश्‍वास गर्नु सही कुरा हो, तर बुबाले तपाईंलाई त्यस्तो व्यवहार गरेको देख्दा, म तपाईंले त्यसरी कष्ट भोगेको चाहँदिनथेँ। म तपाईंले डिभोर्स गरेकोमा सहमत छु।” उसले त्यसो भनेको सुन्दा मलाई प्रोत्साहन मिल्यो। मेरा साथीहरूले डिभोर्सबारे थाहा पाएपछि, लगभग बीस जना जति मलाई भेट्न आए र विश्‍वास त्याग्न कर गरे। मैले तिनीहरूलाई दृढता र विश्‍वस्तसाथ भनेँ, “परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो। मैले आमाबुबा र बच्चाहरूको राम्ररी हेरचाह गरेकी छु, तर तिनी पार्टीका झूटहरू पत्याएर मेरो विश्‍वासविरुद्ध खडा भए। तिनी मलाई कुट्थे, हकार्थे, र मलाई जबरजस्ती यो डिभोर्स गराए। म कुनै इज्‍जत वा मर्यादाविना जिइरहेकी थिएँ। मसँग अर्को कुनै विकल्‍प छैन। हाम्रो परिवार नष्ट गर्ने कम्युनिस्ट पार्टी हो!” तिनीहरूको मुखमा बुजो लाग्यो।

त्यसपछि, मैले घर छोडेँ र आफ्‍नो कर्तव्य पूरा गरिरहेकाहरूसँग आबद्ध भएँ। म ब्रदर-सिस्टरहरूसँग सुसमाचार प्रचार गर्न, हरेक दिन परमेश्‍वरका वचनहरू पढ्न, सत्यतामा सङ्गति गर्न, र परमेश्‍वरको वचनको भरणपोषणमा रमाउन थालेँ। मलाई ढुक्‍क र शान्ति मिलेको छ। मैले कम्युनिस्ट पार्टीको सतावट, र श्रीमानको दमन भोगेपछि, परमेश्‍वरलाई घृणा गर्ने र मानिसहरूलाई बरबाद गर्ने पार्टीको दुष्ट अनुहार स्पष्टसित देखेँ। यो साँच्‍चै नै शैतानको मूर्त रूप, अनि परमेश्‍वरको कट्टर शत्रु हो। मैले यसलाई मेरो हृदयदेखि नै घृणा र इन्कार गरेँ। मैले मेरा श्रीमानको परमेश्‍वरविरोधी साँचो सार पनि देखेँ र म त्यस घरको पिँजडाबाट उम्केँ। त्यो सबै परमेश्‍वरको मुक्ति थियो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरबारे आफ्नो गलतबुझाइबाट म बल्‍ल मुक्त भएँ

सन् २०१९ मा म मण्डली अगुवा थिएँ। म आफ्ना जिम्‍मेवारीहरू बेवास्ता गरेर नाम र हैसियतको पछि मात्रै लागिरहेकी थिएँ, सहकर्मीलाई ईर्ष्या गर्थेँ र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्