मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न खोज्दा

27 फेब्रुअरी 2023

सन् २०१८ को मार्चमा, मेरा आफन्तहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाए र मलाई अनलाइन भेलामा सहभागी हुन निमन्त्रणा दिए। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेर, सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रभु येशूको छुटकाराको काममा आधारित न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई पूर्ण रूपमा धुन र मुक्ति दिन, मानिसहरूलाई पापबाट मुक्त गर्न, र परमेश्‍वरको राज्यमा ल्याउन आउनुभएको छ भन्‍ने सिकेँ। मैले विगतमा प्रभुमा विश्‍वास गरेको भए पनि, र मण्डली सेवामा सक्रिय भएर सहभागिता जनाउने गरे पनि, म पाप गर्ने अनि स्वीकार गर्ने चक्रमा नै मेरा दिनहरू बिताउँथेँ, प्रभुको वचन अभ्यास गर्न सक्दिनथिएँ, र पीडामा जिउँथेँ। अहिले, मैले बल्‍ल भ्रष्टताबाट शुद्ध हुने बाटो पाएकी थिएँ, त्यसकारण मलाई निकै खुसी लागेको थियो, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ भन्‍नेमा म निश्‍चित भएँ। म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूसँग अनलाइन भेलाहरूमा सहभागी हुन थालेँ, र मैले भेलाहरूमा पाएका ज्ञानबारे मेरी आमालाई बताएँ। मैले भनेको कुरा फाइदाजनक लाग्यो भनेर उहाँले भन्‍नुभयो, र मैले अनलाइन सुनेका प्रवचनहरूप्रति उहाँलाई चासो लागेको थियो, त्यसकारण मैले उहाँलाई पनि मसँगै अनलाइन भेलामा सहभागी हुन निम्तो दिएँ। अनपेक्षित रूपमा, उहाँले बीचमै कुरा सुन्‍न छोड्नुभयो, त्यसपछि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न रोक्ने प्रयास गर्नुभयो।

एक दिन, मेरी आमाले मलाई अचानक सोध्‍नुभयो, “के हिजोको भेलाको सङ्गति पूर्वीय ज्योतिको प्रवचन हो?” मेरी आमाको अचानक प्रश्‍नले, सुरुमा त कसरी जवाफ दिने मलाई थाहा भएन। मैले सोचेँ, “मेरी आमाले सधैँ पाष्टरको कुरा सुन्‍नुहुन्छ। यदि उहाँले यो सोध्दैहुनुहुन्छ भने, के पूर्वीय ज्योतिलाई दोष दिने पाष्टरका अफवाहहरूद्वारा उहाँ भ्रममा पर्नुभएको हो?” मैले सोचेकी मात्र के थिएँ, मेरो कुरा सकिनेबित्तिकै, उहाँले मलाई दोष लगाउने शैलीमा भन्‍नुभयो, “बाइबलले के भन्छ, विचार गर्, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। पाष्टरले धेरैपटक यी पदहरू भनेका छन्। आखिरी दिनहरूमा, मानिसहरूलाई बहकाउन धेरै झूटा ख्रीष्टहरू देखा पर्नेछन्। विशेष गरी पूर्वीय ज्योतिको हकमा, तिनीहरूले प्रभु येशू देहधारी भएर आउनुभएको छ भनेर गवाही दिन्छन्। यो झूटो हुनुपर्छ। पाष्टरले हामीलाई यसमा कहिल्यै विश्‍वास नगर्नू, र तिनीहरूको प्रवचन कहिल्यै नसुन्‍नू भनेका छन्! तैँले पाष्टरले भनेको मान्‍नुपर्छ। यी प्रवचनहरू सुन्‍न छोडिहाल्!” मेरी आमाको कुरा सुनेर मलाई रिस उठ्यो। पाष्टरले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनेका थिएनन् वा आखिरी दिनहरूको उहाँको कामको अनुसन्धान गरेका थिएनन्। कसरी तिनले यति सजिलै प्रभुको पुनरागमनलाई निन्‍दा गर्न सके? मेरी आमाले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुभएको थिएन। उहाँ कसरी यस्तो अबुझ हुनुभयो, र यो झूटो हो भन्‍ने पाष्टरको दाबीलाई पछ्याउनुभयो? प्रभुका धेरै जना साँचो विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, र यसलाई परमेश्‍वरको आवाज भनेर चिनेका छन्। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, तिनको अख्‍तियार र शक्ति पनि महसुस गरेँ। प्रभु येशूका वचनहरू र ती वचनहरूको स्रोत एउटै हो र यो परमेश्‍वर स्‍वयम्‌को आवाज हो। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। कसरी तिनीहरूले उहाँ मानिसहरूलाई धोका दिने झूटो ख्रीष्ट हुनुहुन्छ भनेर भन्‍न सके?

सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका चार्लीले मलाई सत्यताको यो पक्षमा सङ्गति दिएका थिए, र मलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाएका थिए, “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्‍वरको काम मानिसका धारणाहरूसँग परस्परविरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्‍यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथ्यो। येशू एकपटक पहिले नै आइसक्‍नुभएकोले, यदि येशू यो पटक फेरि आउनुभएको भए, यो गलत हुनेथ्यो। प्रत्येक युगको एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। चार्लीले मलाई यसो भन्दै परमेश्‍वरको वचनबारे पनि सङ्गति दिए, हामीले “साँचो ख्रीष्‍ट र झूटा ख्रीष्टहरूबीचको भिन्‍नता छुट्याउँदा, सुरुमा तिनीहरूले सत्यता व्यक्त गर्न सक्छन् कि सक्दैनन्, परमेश्‍वरको स्वभाव र र परमेश्‍वरसँग जे छ अनि उहाँ जे हुनुहुन्छ त्यो सबै व्यक्त गर्न, र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नैपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण र आधारभूत सिद्धान्त हो। ख्रीष्‍टले मात्रै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, अनि सत्यता व्यक्त गर्न नसक्‍ने व्यक्ति अवश्य नै ख्रीष्‍ट होइन। झूटा ख्रीष्टहरूमा परमेश्‍वरको सार हुँदैन र तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्। तिनीहरूले भ्रमित र समझको कमी भएका मानिसहरूलाई छल गर्न प्रभु येशूको अनुकरण गर्न अनि साधारण चिन्‍ह र अचम्‍मका कामहरू देखाउन मात्र सक्छन्। त्यसकारण, कसैले आफूलाई ख्रीष्टको आगमन हुँ भनी दाबी गर्छ, तर अलिकति पनि सत्यता व्यक्त गर्न सक्दैन, अनि चिन्‍ह र अचम्‍मका कामहरू मात्रै देखाउन सक्छ भने, ऊ मानिसहरूलाई छल गर्न आएको दुष्ट आत्माको नक्कल र झूटो ख्रीष्ट हो। ख्रीष्‍ट मात्रै सत्यता, बाटो, र जीवन हुनुहुन्छ, अनि उहाँले मात्रै सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ। प्रभु येशू ख्रीष्‍टले उहाँ देखा परेर काम गर्नुहुँदा धेरै सत्यता व्यक्त गर्नुभयो, उहाँले मानिसहरूलाई पश्‍चात्तापको मार्ग र सबै मानवजातिलाई छुटकारा दिनुभयो, र उहाँले अनुग्रहको युगको प्रारम्‍भ गरेर व्यवस्थाको युगको अन्त्य गर्नुभयो। त्यसैले त हामी सबैले प्रभु येशू देहधारी परमेश्‍वर, ख्रीष्‍ट हुनुहुन्थ्यो भनेर पहिचान गर्न सक्छौँ। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर भ्रष्ट मानवजातिको मुक्तिको लागि आवश्यक पर्ने सबै सत्यता व्यक्त गर्न आउनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा अख्‍तियार र शक्ति छन्, र तिनले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै प्रकट गर्छन्। उहाँले चर्मपत्रको मुट्ठो खोल्‍नुहुन्छ, सात मोहोर तोड्नुहुन्छ, बाइबलका रहस्यहरू खोल्नुहुन्छ, अनुग्रहको युग समाप्त गरेर राज्यको युग सुरु गर्नुहुन्छ, अनि मानवजातिलाई पूर्ण मुक्ति दिन न्यायको काम गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र कामले उहाँ देहधारी परमेश्‍वर, आखिरी दिनहरूमा देखापर्नुभएका ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने पूर्ण रूपमा प्रमाणित गर्छ।” यसबारे विचार गर्दा, मेरो हृदय उज्यालो भयो। मैले मेरी आमालाई भनेँ, “तपाईं किन पाष्टरको कुरालाई यति धेरै विश्‍वास गर्नुहुन्छ? हामी प्रभुमा विश्‍वास गर्छौँ, त्यसकारण हामीले उहाँका वचनहरू सुन्‍नुपर्छ। प्रभु येशूले भन्‍नुभएको छ, ‘मेरो भेडाले मेरो सोर सुन्छ(यूहन्‍ना १०:२७)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले साँचो ख्रीष्‍ट र झूटा ख्रीष्‍टहरूबीच रहेको सत्यताबारे स्पष्टसित बताउँछन्। ख्रीष्‍ट मानिसको पुत्रका रूपमा देहधारी परमेश्‍वर हुनुहुन्छ। ख्रीष्‍ट परमेश्‍वर स्‍वयम्‌ हुनुभएकोले, उहाँले सत्यता व्यक्त गर्न र मानिसहरूलाई मुक्ति दिन काम गर्न सक्‍नुहुन्छ। झूटा ख्रीष्टहरू भ्रष्ट र नक्कल गर्ने मानिसहरू हुन्, जसले सत्यता व्यक्त गर्न वा मानवजातिलाई मुक्ति दिन सक्दैनन्, तर मानिसहरूलाई छल गर्न चिन्‍ह र अचम्‍मका कामहरू देखाउन मात्रै सक्छन्। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वर न्यायको काम गर्न आउनुहुन्छ, अर्थात् उहाँले मानिसहरूलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ। यदि हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझ धेरै वचनहरू पढ्यौँ भने, साँचो ख्रीष्‍ट र झूटा ख्रीष्‍टहरूबीचको भिन्‍नता छुट्याउन सक्छौँ, र हामी परमेश्‍वरको आवाज सुन्‍न र प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौँ। …” मैले मेरो कुरा सकिनअघि नै, मेरी आमाले कुरा सुन्‍न छोड्नुभयो। आमालाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर सुनाउने मन थियो, तर उहाँ रिसाउँदै गइहाल्‍नुभयो। ब्रदर-सिस्टरहरूले यो कुरा सुनेपछि, तिनीहरूले मेरी आमा पाष्टरको छलमा पर्नुभएको छ र साँचो ख्रीष्‍ट र झूटा ख्रीष्‍टहरूलाई छुट्याउने सत्यता बुझ्‍नुभएको छैन, त्यसैले उहाँले परमेश्‍वरको कामलाई गलत बुझ्‍नुभएको हो भनेर भने। तिनीहरूले मलाई सत्यताबारे उहाँसँग अझै धेरै सङ्गति गर्नुपर्छ अनि उहाँका धारणा र अन्योललाई प्रेमपूर्वक समाधान गर्नुपर्छ भनेर पनि भने। त्यसपछि, मैले साँचो ख्रीष्‍ट र झूटा ख्रीष्‍टहरूबीचको भिन्‍नता कसरी छुट्याउने भन्‍ने बारेमा उहाँसँग सङ्गति गर्ने मौका पाएँ। मैले भनेको कुरा सुनेपछि, उहाँलाई यो कुरा बुझेको र यो बाइबलअनुरूप रहेछ भन्ने लाग्यो, तबउसो उहाँले मेरा अनलाइन भेलाहरूको त्यति विरोध गर्नुभएन, र उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न चाहेको कुरा बताउनुभयो। मलाई निकै खुसी लाग्यो, त्यसकारण मैले आमाको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली एप डाउनलोड गरिदिएँ र उहाँलाई एउटा भेलामा सहभागी हुन अनुरोध गरेँ। तर त्यो भेलाभन्दा पहिले, उहाँले पाष्टरले अनलाइन पोष्ट गरेका अफवाहहरू देख्‍नुभएछ र मलाई फेरि पनि रोक्न थाल्‍नुभयो।

एक दिन, म काममा हुँदा, आमाले मलाई पाष्टरहरूले मण्डलीलाई गरेको निन्दा र दोषारोपणको भिडियोको स्‍क्रीनसट पठाउनुभयो, र मलाई भिडियो हेर्नू भनेर भन्‍नुभयो। स्क्रीनसट देखेर मलाई निकै रिस उठ्यो। किन यी पाष्टरहरूलाई परमेश्‍वरको अलिकति पनि डर छैन? तिनीहरूले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई निन्दा गर्न झूट र अफवाह फैलाए र विश्‍वासीहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोके। तिनीहरू कति दुष्ट थिए! मैले बुझ्‍नै सकिनँ। धर्मका अगुवाहरू भएको हैसियतले, पाष्टरहरू मण्डलीमा परमेश्‍वरको सेवा गर्ने मानिस हुन्। प्रभु येशू फर्कनुहुँदा, किन तिनीहरू प्रभुलाई स्वागत गर्दैनन्, बरु यसरी प्रभुको पुनरागमनको विरोध गर्छन्? मैले खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गरेँ। प्रार्थनापछि, मलाई “साँचो मार्गलाई प्राचीन समयदेखि नै सताइँदै आइएको छ” भन्‍ने वाक्यांश याद आयो। मलाई अचानक के महसुस भयो भने, अनुग्रहको युगमा प्रभु येशू काम गर्न आउनुहुँदा उहाँ पनि यहूदी धर्मका मुख्य पूजाहारी, शास्‍त्री, र फरिसीहरूको सतावट र निन्दाको सिकार बन्‍नुभयो। तिनीहरू सभाघरहरूमा धर्मशास्‍त्र व्याख्या गर्ने र परमेश्‍वरको सेवा गर्ने मानिस थिए। मैले यसबारे विचार गर्दै, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्‍ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास उपहासपूर्ण र हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने फरिसीहरूले प्रभु येशूलाई विरोध गर्नु र दोष दिनुको जड कारण भनेको सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई शत्रु ठान्‍ने तिनीहरूको प्रकृति र सार थियो। तिनीहरू परमेश्‍वरको डर मान्दैनथिए वा सत्यताको खोजी गर्दैनथिए। प्रभु येशूका वचनहरू र काममा अख्‍तियार र शक्ति छन् भन्‍ने तिनीहरूलाई प्रष्टै थाहा थियो, तर त्यो कुरा तिनीहरूको धारणासँग नमिलेको कारण, तिनीहरूले प्रभु येशूलाई नकारे, इन्कार गरे, निन्दा गरेर र दोष दिए, र अन्त्यमा प्रभुलाई क्रूसमा टाँगे। परमेश्‍वरका आखिरी दिनहरूको कामको सम्बन्धमा आजको धार्मिक संसारका पाष्टर र एल्डरहरू पनि जिद्दी भएर धार्मिक धारणाहरूमा अल्झिन्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले जति धेरै सत्यता व्यक्त गर्नुभए पनि, वा उहाँका वचनहरूमा जति नै अख्तियार भए पनि, यदि यो तिनीहरूको धारणासँग मिल्दैन भने, तिनीहरूले उन्माद भएर यसको विरोध र निन्दा गर्छन्, र हामीलाई अनुसन्धान गर्नबाट रोक्‍न अफवाहहरू फैलाउँछन्, र हामीलाई पूर्ण रूपमा नियन्त्रण गरेर परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्नबाट रोक्‍ने आशा गर्छन्। तिनीहरू कति दुष्ट छन्! के यो प्रभु येशूलाई विरोध र निन्दा गर्ने फरिसीहरूको जस्तै सार होइन र? तिनीहरू फरिसीहरूले भन्दा पनि गम्‍भीर रूपमा परमेश्‍वरको विरोध गर्छन्! मैले के तथ्य पनि देखेँ भने धार्मिक संसारका ख्रीष्टविरोधीहरूको सार सत्यतालाई घृणा गर्ने भएकोले, परमेश्‍वरले जुन युगमा वा जुन ठाउँमा देखा परेर काम गर्नुभए पनि, तिनीहरूले सधैँ उहाँलाई इन्कार र विरोध गर्नेछन्। यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ, “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। मैले यो कुरा बुझेँ, अब म अन्योलमा थिइनँ, र घर पुगेपछि आमालाई उचित सङ्गति दिन निर्णय गरेँ।

घर पुग्दा, मैले उहाँले पठाएको भिडियो नहेरेको थाहा पाएपछि मेरी आमा अत्यन्तै रिसाउनुभयो, र मैले स्पष्टीकरण दिन नपाई, उहाँले मलाई किन त्यो भिडियो नहेरेको भनेर सोधेको सोधेकै गर्नुभयो। जवाफमा मैले उहाँलाई सोधेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वर एकदमै स्पष्‍ट रूपमा बोल्‍नुहुन्छ, तर तपाईं खोजी वा अनुसन्धान गर्नुहुन्‍न। तपाईं किन ईश्‍वरनिन्दाका यी भिडियोहरू हेर्नुहुन्छ?” यो बेला, उहाँ झनै रिसाउनुभयो र मलाई गलत विश्‍वास गरेको आरोप लगाउनुभयो। उहाँ यति धेरै रिसाउनुभएको देख्दा मलाई दुःख लाग्यो। मेरी आमाले यति जिद्दी गरेर मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न रोक्नुको कारण के थियो भने, उहाँ पाष्टरका अफवाहहरूको बहकाउमा पर्नुभएको थियो। यो कुराले मलाई पाष्टरहरूप्रति झन् धेरै घृणा जाग्यो। तिनीहरू प्रभु येशूले फरिसीहरूलाई सराप दिँदा भन्‍नुभएका मानिसहरूजस्तै थिए, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। त्यसपछि, मैले आमालाई आग्रह गर्दै मानिसहरूको कुरा होइन, परमेश्‍वरका वचनहरू सुन्‍नुहोस्, नत्र परमेश्‍वरको मुक्ति गुमाउन सक्‍नुहुन्छ भनेर भनेँ, अनि म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न कहिल्यै छोड्दिनँ भनेर बताएँ। विश्‍वास छोड्ने मेरो कुनै अभिप्राय छैन भन्‍ने देखेर, आमाको भाव चिन्तामा परिणत भयो, र उहाँले मलाई भेलाहरूमा सहभागी हुन र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड् भनेर भन्‍नुभयो। मैले आमालाई सङ्गति दिन सबै तरिका अपनाउने प्रयास गरेँ, तर मैले भनेको कुनै कुरा उहाँले सुन्‍नुहुन्‍नथियो, र उहाँले प्रभु फर्कनुभएको छ भन्‍ने तथ्य स्वीकार गर्न सक्दिनँ भनेर भन्‍नुभयो। केही समयपछि, उहाँ अनुहार छोपेर रुन थाल्‍नुभयो। उहाँ रोएको देख्दा म व्याकुल भएँ। हुर्कँदै जाँदा, मलाई उहाँलाई रोएको देख्छु र दुःखित तुल्याउँछु होला भन्‍नेभन्दा धेरै डर अरू केहीको लाग्दैनथ्यो। आमाको नजरमा, म जहिल्यै पनि आज्ञाकारी छोरी थिएँ, तर अहिले मैले उहाँलाई चिन्तित र खिन्‍न तुल्याइरहेकी थिएँ। मलाई उहाँको कुरा सुनेर केही समयको लागि भेलाहरूमा सहभागी हुन छोड्नु नै राम्रो होला भन्‍ने लाग्यो। तर फेरि सोच्दा, मैले पहिले प्रभुलाई विश्‍वास गर्दा, म सधैँ मण्डलीको सेवालाई पहिलो स्थान दिन्थेँ र आफ्‍ना मामिलालाई दोस्रो स्थानमा राख्थेँ। अहिले मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेकी थिएँ, परमेश्‍वरलाई पहिलो प्राथमिकता दिनु पहिलेको भन्दा धेरै महत्त्वपूर्ण थियो। मैले त्यति धेरै सत्यता बुझेकी थिइनँ, त्यसकारण विशेष गरी म भेलाहरूमा सहभागी हुनु आवश्यक थियो। भेलाहरूमा नगई, मैले ब्रदर-सिस्टरहरूको सहयोग र साथ पाउन सक्दिनथिएँ। मलाई प्रलोभन वा बाधा आयो र म खडा हुन सकिनँ भने मैले के गर्ने? तर मैले भेलाहरूमा सहभागी हुन छोडिनँ भने, मेरी आमालाई हरेक दिन अति दुःखित देख्दा मलाई कष्ट हुन्थ्यो! म अल्झोमा परेँ, त्यसकारण मैले परमेश्‍वरलाई सही निर्णय गर्नका लागि डोऱ्याइ माग्न प्रार्थना गरेँ।

त्यस साँझको भेलामा, मैले एक जना सिस्टरलाई आफ्‍नो स्थितिबारे बताएँ, र उनले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्। “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिलाई वास्ता गर्नुहुन्छ, र उसलाई हेरचाह गर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई कृपा र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई फुस्ल्याउने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, र परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। उनले यो सङ्गति दिइन्, “तपाईंलाई जे भइरहेको छ त्यसलाई बाहिरबाट हेर्दा परिवारले तपाईंलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न बाधा र रोकावट दिइरहेको जस्तो देखिन्छ, तर यसको पछाडि शैतानको चालबाजी लुकेको छ। यो एउटा आत्मिक युद्ध हो। आखिरी दिनहरूमा परमेश्‍वर मानवजातिलाई मुक्ति दिन देहधारी भएर आउनुहुन्छ, तर मानिसहरूले परमेश्‍वरको मुक्ति पाएको शैतान चाहँदैन, त्यसकारण यसले हामीलाई बाधा दिन र रोक्न, परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउन, अनि अन्तिममा हामीमा बास गर्न, हामीलाई नियन्त्रण गर्न, अनि आफूसँगै नरकमा लैजान हामी वरपरका मानिसहरूलाई प्रयोग गर्छ। ठिक यस्तो बेला, तपाईंले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुभएको छ, र शैतानले तपाईंलाई तपाईंकी आमाको माध्यमद्वारा आक्रमण गर्छ र बाधा दिन्छ, ताकि तपाईंले तपाईंकी आमाको आज्ञा मानेर परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास त्यागून्, र परमेश्‍वरको मुक्ति गुमाऊन्। यो शैतानको कुटिल अभिप्राय हो। हामीले शैतानका चालहरूलाई बुझ्नुपर्छ र दह्रिलो गरी खडा हुन परमेश्‍वरमा भरोसा गर्नुपर्छ। अय्यूबको बारेमा विचार गर्नुहोस्। शैतानले तिनलाई परमेश्‍वरलाई त्याग्‍न लगाउन तिनकी पत्‍नीका गनगनहरू प्रयोग गर्दा, तिनले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास र आज्ञापालनलाई कायम राखे, परमेश्‍वरसम्‍बन्धी आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा भए, र शैतानलाई लाजमा पारे। अन्त्यमा, तिनको विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गर्‍यो। दह्रिलो गरी खडा हुन र शैतानका चालहरूमा नपर्न हामीसँग पनि विश्‍वास हुनुपर्छ!” परमेश्‍वरको वचनबारे मेरी सिस्टरले दिएको सङ्गति अत्यन्तै हृदयस्पर्शी थियो। मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, हरेक कदममा अवरोधहरूको सामना गरेँ, र यसको पछाडि आत्मिक युद्ध रहेको प्रमाणित भयो। म आमालाई वास्ता गर्छु र उहाँको कुरा सुन्छु भन्‍ने शैतानलाई थाहा थियो, त्यसकारण यसले मलाई बारम्‍बार बाधा दिन उहाँलाई प्रयोग गर्‍यो, मलाई धारणा र भ्रमहरूले भर्‍यो, मलाई छलमा पार्न अफवाह फैलायो, र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्न लगाउन बलजफ्ती गऱ्यो। शैतानका मनसायहरू अत्यन्तै धूर्त र दुष्ट हुन्छन्। म शैतानद्वारा मूर्ख बन्नु हुँदैनथियो। मेरी आमाले मलाई जसरी बाधा दिए पनि, म परमेश्‍वरमा विश्‍वास गरिरहनेछु, अनि सत्यता खोजी गरेर अझै धेरै बुझ्‍न ब्रदर-सिस्टरहरूसँग भेला हुनेछु भनेर मैले सङ्कल्‍प गरेँ।

त्यसपछि केही दिनसम्‍म, मेरी आमा हरेक दिन दुःखित देखिनुहुन्थ्यो र सुस्केरा हाल्नुहुन्थ्यो, अनि मलाई अनलाइन भेलामा सहभागी भएको देख्दा, उहाँ मप्रति रुखो बन्‍नुहुन्थ्यो। आमालाई यस्तो अवस्थामा देख्दा, मलाई अलिक विवश महसुस भयो, तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वासको मामिलामा सम्झौता गर्नु हुँदैन भन्‍ने मलाई थाहा थियो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले उल्लेखनीय रूपमा मेरो मन बुझाइदिए। ममा फेरि शैतानका युक्तिहरू आएका छन् भन्‍ने मलाई थाहा भयो। मैले परमेश्‍वरमाथिको विश्‍वास त्यागेकी छैनँ भन्‍ने शैतानले देखेको थियो, त्यसकारण मलाई आक्रमण गर्न र बाधा दिन अझै मेरी आमालाई प्रयोग गरिरहेको थियो, ताकि भेलाहरूमा उचित रूपमा सहभागी हुन मैले शान्त वातावरण भेट्टाउन असम्‍भव होस्। मैले शैतानको प्रलोभनलाई जित्‍न, र त्यसलाई पूर्ण रूपमा लज्जित पार्न परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। त्यसपछि, मैले सक्रिय भएर आमासँग हरेक दिन कुरा गरेँ, उहाँलाई सदाझैँ चासो दिएको र ख्याल गरेको देखाएँ, तर भेला हुने र परमेश्‍वरको वचन पढ्ने समयमा उहाँबाट जोगिने प्रयास गर्थेँ। क्रमिक रूपमा, आमाले परमेश्‍वरमाथिको मेरो विश्‍वासमा त्यति धेरै हस्तक्षेप गर्न छोड्नुभयो, र म अनलाइन भेलाहरूमा सहभागी भएको देख्दा समेत केही भन्‍नुहुन्‍नथियो। शैतानको प्रलोभन जित्‍न परमेश्‍वरले डोऱ्याइ दिनुभएकोमा म उहाँप्रति निकै कृतज्ञ थिएँ।

तर अनपेक्षित रूपमा केही समयपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेँ भन्‍ने कुरा मेरा बुबा र दाजुले थाहा पाउनुभयो, र मलाई रोक्न र पुरानै धर्ममा फर्काउन प्रयास गर्नुभयो। एक दिन, मेरा दाजु एकदमै रिसाउनुभयो र मलाई यसो भन्दै दोष दिनुभयो, “तँ किन यति जिद्दी भइरहेकी छेस्? तैँले परमेश्‍वरमा विश्‍वास गरेको कारण आमा चिन्तित र दुःखित हुनुहुन्छ। तँ कसरी ढुक्कले जिउन सकेकी? तैँले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेकोमा हाम्रो पूरै परिवार असहमत छ। के तँ आमा र बुबालाई खुसी पार्न यसलाई छोड्न सक्दैनस्?” मेरो परिवारका गलतबुझाइ र आरोपहरूको सामना गर्दा, मलाई अन्यायमा परेको जस्तो लाग्यो, र मैले आँसु रोक्‍न सकिनँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेपछि पाएका सबै कुरा म उहाँहरूलाई बताउन चाहन्थेँ, तर उहाँहरूले हरेक शब्‍दद्वारा मलाई दोष दिनुभयो र हप्काउनुभयो। म अलिक कमजोर महसुस नगरी बस्‍न सकिनँ। मैले मनमनै परमेश्‍वरलाई पुकारेँ, अनि दह्रिलो गरी खडा हुन विश्‍वास मागेँ। प्रार्थना गरेपछि, मलाई प्रभु येशूले भन्‍नुभएको यो वचन याद आयो, “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन(मत्ती १०:३७)। “साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यको खातिर आफ्‍नो घर, बाबुआमा, वा दाजुभाइ, वा पत्‍नी, वा छोराछोरी त्यागेको कुनै पनि मानिस छैन, जसले यस वर्तमान समयमा धेरै गुणा प्राप्त नगरोस्, र आउँदो संसारमा अनन्‍त जीवन नपाओस्(लूका १८:२९-३०)। अहिले मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्न रोकिरहेको थियो। यदि मैले परमेश्‍वरलाई पछ्याउन चाहन्थेँ भने, एउटा निर्णय गर्नुपर्थ्यो। मेरो परिवारले बाधा दिएको र मलाई बुझ्‍न नसकेको कारण मैले परमेश्‍वरलाई पछ्याउन छोड्नु हुँदैनथियो। मलाई पत्रुसको याद आयो। तिनले प्रभु येशूलाई पछ्याउँदा, तिनलाई पनि तिनका आमाबुबाले सताएका र बाधा दिएका थिए, तैपनि तिनले कुनै हिचकिचाहटविना प्रभुलाई पछ्याउने छनौट गरे। तिनले परमेश्‍वरलाई अरू कुनै कुरालाई भन्दा बढी प्रेम गर्थे, र मैले तिनको उदाहरण पछ्याउनुपर्छ भन्‍ने मलाई थाहा थियो। यसबारे विचार गरेपछि, मलाई अलिक शान्‍त महसुस भयो। म उहाँहरूसँग राम्रोसँग कुरा गरेर मैले विश्‍वास गरेको सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर बताउन चाहन्थेँ, तर मेरा बुबा र दाजुले मलाई यसो गर्न दिनुभएन, र मलाई प्रभुमा विश्‍वास गर्न मण्डलीमा फर्की भनेर जोड गर्नुभयो। मलाई असहाय महसुस भयो। मेरो परिवारले मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट कसरी बारम्‍बार रोको छ भनेर सोच्दा, मलाई मेरा आमाबुबा र दाजुले सानैदेखि वास्ता र प्रेम गर्नुभएको कुरा याद आयो। अहिले उहाँहरूले मलाई हप्काउनुभएको र घेर्नुभएको थियो, र मलाई यो सहन गाह्रो भयो। विश्‍वास अभ्यास गर्न किन यति गाह्रो भएको? उहाँले मलाई रोक्न अब के गर्नुहुनेछ भन्‍ने मलाई साँच्‍चै थाहा थिएन। मैले के गर्नुपर्ने हो? त्यसपछि, मलाई अचानक परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्‍वरको वचनले मलाई कुरा बुझ्‍न सहयोग गर्‍यो। मेरो परिवारले मलाई घेरेको थियो, तर परमेश्‍वरले मलाई सत्यता र समझशक्तिले सुसज्जित तुल्याउन, र मेरो विश्‍वासलाई सिद्ध पार्न यो परिस्थिति ममा आउन दिनुभएको थियो। मेरो परिवारले मलाई बारम्‍बार परमेश्‍वरमा विश्‍वास गर्नबाट रोकेको थियो, र मलाई दुःखित र कमजोर अनुभव भएको भए पनि, परमेश्‍वरले मलाई छोड्नुभएको थिएन, र आफ्‍ना वचनहरूद्वारा अगुवाइ र डोऱ्याइ दिइरहनुभएको थियो, जसले गर्दा म मेरो परिवारको बाधा र व्यवधानको अगाडि दह्रिलो गरी खडा हुन सकेँ। यसबाट गुज्रेपछि, मैले केही सत्यता बुझेँ, पाष्टरहरूले परमेश्‍वरलाई गर्ने विरोधको सार र शैतानका कुटिल अभिप्रायहरूलाई देखेँ, र परमेश्‍वरमाथिको मेरो विश्‍वास बढ्यो। परमेश्‍वरको काम अत्यन्तै बुद्धिमानी र व्यावहारिक छ। भविष्यमा मैले जस्तोसुकै कठिनाइ सामना गर्नुपरे पनि, मैले चिन्ता गर्नु वा डर मान्‍नु पर्दैनथियो। मलाई के विश्‍वास थियो भने यदि मैले परमेश्‍वरमा साँच्‍चै भरोसा गरेँ भने, परमेश्‍वरले मलाई अगुवाइ र डोऱ्याइ दिनुहुन्छ। यसबारे विचार गर्दा, परमेश्‍वरलाई पछ्याउने मेरो इच्‍छा झन् दह्रिलो भयो।

एक दिन, मेरा बुबाले मेरो ढोका बेस्‍सरी ढकढकाउनुभयो, र मैले ढोका खोल्‍नेबित्तिकै, मेरी आमा यसो भन्दै रुन थाल्‍नुभयो, “नानू, सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास त्यागिदेऊ। पाष्टरले भनेको मान्, के तैँले मण्डलीमा बसेर प्रभुमा विश्‍वास गर्नु पनि उस्तै होइन र?” उहाँलाई यस्तो अवस्थामा देखेर मलाई रिस पनि उठ्यो र दुःख पनि लाग्यो। मेरी आमाले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यता देखेर पनि, खोजी वा स्वीकार गर्ने कुनै मनोवृत्ति देखाउनुभएन। उहाँले पूर्ण रूपमा पाष्टरको कुरा सुन्‍नुभयो, र पाष्टरको कुरालाई सत्यताको रूपमा लिनुभयो। उहाँले परमेश्‍वरका आखिरी दिनहरूको मुक्तिलाई इन्कार गर्नुभएको थियो, र मलाई परमेश्‍वरलाई पछ्याउन बाधा दिन र रोक्न सक्‍दो गर्नुभएको थियो। मेरी आमा परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति हुनुहुन्‍न, तर मानिसहरूलाई पछ्याउने व्यक्ति हुनुहुन्छ भन्‍ने मलाई थाहा भयो। आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताले वास्तवमा सबै प्रकारका मानिसहरूलाई प्रकट गर्छ। गहुँ र सामा छुट्टिन्छन्, त्यसरी नै साँचो र झूटो विश्‍वासीहरू पनि छुट्टिन्छन्। हामी परिवार भए पनि, सत्यताप्रति हाम्रो फरक-फरक मनोवृत्ति भएकोले, हामीले फरक-फरक मार्ग अपनायौँ। यदि मेरी आमाले अझै पनि परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्न नमान्‍नुभएको भए, उहाँ र म फरक-फरक मार्गमा हिँडिरहेका थियौँ। अहिले, म आफ्‍नो धरातलमा उभिनुपर्थ्यो, भावनाहरूको नियन्त्रणमा पर्नु हुँदैनथियो, र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो। त्यसकारण, मैले आफैलाई शान्त तुल्याएँ र आमालाई भनेँ, “विश्‍वासीहरू भएपछि, के हामी प्रभुको पुनरागमनको प्रतीक्षा गर्दैनौँ र? अहिले प्रभु फर्केर आइसक्‍नुभएको छ, र परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम सुरु भएको छ, त्यसैले तपाईंहरूले पनि यसबारे ध्यान दिएर अनुसन्धान गर्नुहुनेछ, र सधैँ पाष्टरको कुरा सुन्‍नुहुनेछैन भन्‍ने आशा छ। यदि हामीले परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति गुमायौँ भने, हामीले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउनेछौँ।” मेरी आमा एकछिन चुप रहनुभयो, तर मेरा बुबाले रिसाएर भन्‍नुभयो, “म तँलाई एउटै प्रश्‍न सोध्छु। तँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्छस् कि छोड्दैनस्?” मैले उहाँलाई हेरेँ र दृढतासाथ भनेँ, “छोड्दिनँ,” यसो भनेपछि, मलाई गहन शान्ति र सुरक्षाको अनुभूति भयो। मैले बल्‍ल दह्रिलो अडान लिएकी थिएँ। मेरा बुबा झनै रिसाउनुभयो र उहाँले अत्यन्तै गम्‍भीरतासाथ भन्‍नुभयो, “तँ अब ठूली भइछेस्, म तँलाई काबुमा राख्‍न सक्दिनँ। जे गर्छस् गर्। पछि पछुताउन चाहिँ नपरोस्।” बुबाको कुराले मलाई म ठूली भएकी छु, र मैले आफ्‍नो जीवनको उत्तरदायित्व लिने बेला भएको छ भन्‍ने आभास गरायो। अब, मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेकी र परमेश्‍वरका पाइलाहरू पछ्याएकी थिएँ, त्यसकारण मैले नहिचकिचाई आफ्‍नो मार्ग पछ्याउनुपर्छ।

त्यसपछि, मेरा आमाबुबाले परमेश्‍वरमाथिको मेरो विश्‍वासमा हस्तक्षेप गर्न छोड्नुभयो। मेरो परिवारले दिएरको बाधाबाट, मैले केही समझशक्ति पाएँ, र केही सत्यता बुझेँ। मैले साँच्‍चै नै परमेश्‍वर सर्वशक्तिमान् र बुद्धिमान् हुनुहुन्छ भन्‍ने बुझेँ, शैतान घृणित र दुष्ट छ भन्‍ने देखेँ, र परमेश्‍वर मेरो आड हुनुहुन्छ भन्‍ने मैले साँचो रूपमा महसुस गरेँ। अब, म उचित रूपमा सत्यताको पछि लाग्न र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन चाहन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सबैभन्दा अर्थपूर्ण निर्णय

बालक हुँदादेखि नै मैले मेरा आमाबुबासँग प्रभुमा विश्‍वास गरेँ। ठूलो भएपछि, मैले निर्माण क्षेत्रमा काम गरेँ र एउटा कराँते स्कूल खोलेँ।...

पछुतोविना गरिएको निर्णय

मार्था, स्पेनविदेशमा काम गर्ने सिलसिलामा मेरो ब्वाइफ्रेन्ड र मेरो भेट भएको थियो। हामी दुवैले प्रभु येशूमा विश्‍वास गर्थ्यौँ र सँगै मण्डली...

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई २००५ मा स्वीकार गरेँ। त्यो अवधिमा, मैले भेलाहरूमा सहभागी भएर अनि परमेश्‍वरका वचनहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्