मेरा आफ्नाजनको आक्रमणपछाडि लुकेका कुराहरू

25 अप्रिल 2023

मेरो बुबा स्कूलका प्रिन्सिपल हुनुहुन्थ्यो, र प्रायः स्कूल र घरमा भौतिकवादको कुरा गर्नुहुन्थ्यो। उहाँले के सिकाउनुहुन्थ्यो भने, हाम्रो खुशी हाम्रो आफ्नै मेहनतमा भर पर्छ, र हामीले भीडभन्दा राम्रो देखिन र हाम्रो पुर्खाको इज्‍जत राख्‍न मेहेनत गर्नुपर्छ। आमाबाबुको शब्द र उहाँहरूको उदाहरण पछ्याउँदै, मेरा भाइबहिनी र मैले सधैं कडा परिश्रम गर्‍यौँ। हामी व्यापर-व्यवसायमा छिर्‍यौँ, अधिकारी बन्यौँ, र अलिअलि सफल भयौँ। सन् २००७ को वसन्तमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारें। मैले हरदिन परमेश्‍वरका वचनहरू पढें, ब्रदर-सिस्टरहरूसँग नियमित रूपमा सङ्‍गति गरें, र परमेश्‍वरको सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरे। यी शब्दहरू एकदमै प्रभावशाली थिए: “परमेश्‍वरले यस संसारलाई सृष्‍टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्‍टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्‍वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्‍वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्‍वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्‍वास गर्छस्। कुनै देश वा राज्यको नियति परमेश्‍वरलाई मात्र थाहा छ, अनि परमेश्‍वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्‍वरको आराधना गर्न घुँडा टेक्‍नुपर्छ, परमेश्‍वरका सामु पश्‍चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य भनेको रोक्‍नै नसकिने विनाश हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। परमेश्‍वरका वचनहरूले मेरो हृदय उज्यालो पारे। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले नै नै आजको दिनसम्म मानिसलाई अगुवाइ र भरणपोषण गर्नुभएको छ। अनि, उहाँले हाम्रो नियतिमाथि शासन पनि गर्नुहुन्छ। परमेश्‍वरको आराधना गरेर, उहाँसँग पश्‍चात्ताप गरेर, र उहाँको मुक्ति स्विकारेर मात्र हामीले राम्रो नियति पाउन सक्छौं। मैले यो पनि जानेँ कि मुक्तिदाता, सर्वशक्तिमान् परमेश्‍वर आखिरी दिनहरूमा सत्य व्यक्त गर्न र न्यायको काम गर्न, मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र बचाउन, हामीलाई शैतानको प्रभावबाट निकाल्दै परमेश्‍वरले हाम्रो लागि तयार पार्नुभएको सुन्दर गन्तव्यमा डोर्‍याउन आउनुभएको छ। ताकि हामीले राम्रो नियति र परिणाम पाउन सकौं। मैले सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकार्न पाएकोमा एकदमै आशिषित महसुस गरें, अनि विश्‍वासको राम्रो अभ्यास गर्ने, सत्य पछ्याउने र परमेश्‍वरको प्रेमको ऋण तिर्न सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने कसम खाएँ।

तर जब मैले कर्तव्यमा आफूलाई समर्पण गरिरहेकी थिएँ, मलाई कम्युनिष्ट पार्टीले गिरफ्तार गर्‍यो। मार्च २००९ को एक दिन दिउँसो, पुलिस हाम्रो भेलामा आए, मेरा तीन सिस्टरहरू र मलाई समाते र अवैध रूपमा हामीलाई प्रहरी चौकीमा थुने। सार्वजनिक सुरक्षा प्रमुखले मलाई डरलाग्दो गरी चिच्यायो: “तँलाई के थाहा छ, हामीलाई भन्! तँलाई कसले धर्म बदल्न लगायो? तेरो मण्डली अगुवा को हो? यदि बोलिस् भने म तँलाई तुरुन्तै घर जान दिन्छु। तर बोलिनस् भने, तेरो ठाउँमा भेटिएका सबै धार्मिक पुस्तकहरूसहित, हामी तँलाई पाँच-छ वर्ष जेल हाल्न सक्छौं!” उसको उग्र रूप देखेर मेरो मुटु धड्कन बढ्न थाल्यो। मलाई थाहा थिएन उनीहरूले मलाई कस्तो व्यवहार गर्नेछन्। मैले तुरुन्तै प्रार्थना गरें, र मेरो हेरचाह गर्न, मलाई विश्‍वास र बल दिन, र मलाई बलियो बनाउन परमेश्‍वरलाई अनुरोध गरें। प्रार्थनापछि मैले परमेश्‍वरका यी वचनहरूबारे सोचें: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। परमेश्‍वरको वचनले मलाई विश्‍वास र बल दियो। निस्सन्देह नै सबै चीजहरू परमेश्‍वरको हातमा छन्। त्यो सार्वजनिक सुरक्षा प्रमुख डरलाग्दो देखिन्थ्यो, तर ऊ पनि परमेश्‍वरको हातमा थियो। ऊ परमेश्‍वरको सेवा गर्ने साधन थियो। मलाई सजाय दिन निर्णय गर्ने शक्ति ऊसँग थिएन—परमेश्‍वरसँग मात्र थियो। उसको गालीको अगाडि म डराउन सक्दिनथेँ। तिनीहरूले देखे कि म बोल्नेवाला थिइनँ, त्यसैले तिनीहरूले मलाई र अरू तीन जनालाई सामाजिक व्यवस्था बिगारेको आरोपमा थुना केन्द्रमा थुने।

एक बिहान, एक्‍कासी मैले कसैले मेरो नाम चिच्याएको सुनें। मेरो मुटुको धड्कन निकै बढ्यो। के तिनीहरूले फेरि मसँग सोधपुछ गर्दै छन्? तिनीहरूले मलाई पहिले सोधेपुछ गरेका थिए, र मैले केही भनेकी थिइनँ। तिनीहरूले मेरो विरुद्ध अझ क्रूर तरिका प्रयोग गर्छन् कि लाग्यो। डराउँदै, मैले चुपचाप परमेश्‍वरसँग प्रार्थना गरें, र म बिस्तारै शान्त हुन सकें। पुलिसले मलाई एउटा ठूलो कोठामा ल्यायो। भित्र पस्दा, मैले मेरो बुबालाई देखें, र म निराश भएँ। तिनीहरूले मेरो बुबालाई किन ल्याए? उहाँले सधैँ मेरो आस्थाको विरोध गर्नुहुन्थ्यो, अब म प्रक्राउ परेपछि उहाँले मलाई कस्तो व्यवहार गर्नुहोला? मैले केही भन्‍नुभन्दा पहिले, मेरो बुबाले मेरो टाउकोमा हातले तीनपटक हिर्काउनुभयो। मलाई चक्‍कर आयो र तारा देखें। उहाँले कडा स्वरमा भन्‍नुभयो: “मैले तँलाई आस्था राख्‍न रोकेको थिएँ, तर तैँले जिद्दी गरिस्, र अहिले पक्राउ परेर, मेरो नाम माटोमा मिलाइस्! आफ्नो आस्थाको बारेमा सबै कुरा उनीहरूलाई बता। तैँले सबै कुरा स्विकारेपछि पुलिसले छोड्ने कुरा गरेको छ, तर यदि स्विकारिनस् भने भारी सजाय पाउनेछस्!” बुबाको बुढो अनुहार देखेर मुटुमा घोचेको महसुस भयो। उहाँ लगभग ८० वर्षको हुनुहुन्थ्यो, र उहाँको लागि प्रतिष्ठा सधैं सबभन्दा महत्त्वपूर्ण थियो। मलाई सजाय भए, उहाँले कसरी सहनुहुन्थ्यो? त्यसपछि अचानक उहाँले घुँडा टेक्‍नुभयो, र आँसु झार्दै भन्‍नुभयो, “जब तेरी आमाले यो कुरा थाहा पाई, ऊ बिरामी परी। ऊ ओछ्यानमा छे, स्लाइन पानी चढाइएको छ। तँलाई के थाहा छ उनीहरूलाई भन् र मसँग घर आइज!” ती सबथोक सामना गर्दा, मैले आफ्नो आँसु थाम्‍न सकिनँ। पुरातन समयदेखि, बच्‍चाहरूले मात्र आफ्ना आमाबाबुसामु घुँडा टेक्छन्, आमाबाबुले टेक्‍नुहुन्‍न। मेरा आमाबाबुले मलाई हुर्काउन कस्ता कठिनाइहरू सहनुभयो, मेरा छोराछोरी हुर्काउन कसरी मद्दत गर्नुभयो भनेर मैले सोचें। यस्तो बुढेसकालमा पनि मेरो बारेमा चिन्ता गर्नुपरेको थियो। म विश्‍वासी नभएको भए उहाँहरूले यस्तो पीडा र वेदना सामना गर्नुहुने थिएन। म उहाँहरूको ऋणी भएझैँ लाग्यो—र नमिठो लाग्यो। त्यसपछि, महसुस भयो, म सही अवस्थामा छैन। मैले तुरुन्तै प्रार्थना गरेँ, “परमेश्‍वर! यो अवस्था मेरो लागि पीडादायी छ। म कमजोर भएको छु। आमाबुवाप्रति ऋणी महसुस गर्छु। के गर्ने मलाई थाहा छैन। बिन्ती मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईंको इच्छा बुझ्न र बलियो हुन सकूँ।” प्रार्थनापछि, मैले तुरुन्तै परमेश्‍वरसामु के गर्ने सङ्कल्प गरेकी थिएँ भनेर सोचें—मैले विश्‍वासमा बलियो हुने, परमेश्‍वरलाई पछ्याउने, र सधैं उहाँलाई प्रेम गर्न खोज्‍ने प्रण गरेकी थिएँ। त्यही क्षण मेरो चेत खुल्यो। मैले परमेश्‍वरका वचनहरूबारे पनि सोचें: “के यो छोटो समयको लागि मानिसहरूले आफ्‍नो देहलाई पन्छाउन सक्दैनन्? मानिस र परमेश्‍वर बीचको प्रेमलाई के कुराले चिरा पार्न सक्छ? मानिस र परमेश्‍वर बीचको प्रेमलाई कसले छुटाउन सक्छ? के यो आमाबाबु, पति, दिदीबहिनी, पत्‍नी हुन् कि पीडादायी शोधन हो? के विवेकबाट आएका भावनाहरूले मानिसभित्रको परमेश्‍वरको स्वरूपलाई मेटाउन सक्छ? के एक-अर्काप्रतिको मानिसहरूको ऋणीपन र कार्यहरू तिनीहरू आफैले ल्याएको कुरा हो? के तिनलाई मानिसले समाधान गर्न सक्छ? कसले आफैलाई रक्षा गर्न सक्छ? के मानिसहरूले आफैले आफ्‍नो भरणपोषण गर्न सक्छन्? जीवनमा दह्रिला हुनेहरू को हुन्? को मलाई छोडेर आफै जिउन सक्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २४ र २५)। परमेश्‍वरको वचनले मलाई आत्मनिन्दाले भरिदियो। यो सास पनि मलाई परमेश्‍वरले दिनुभएको हो, र परमेश्‍वरले नै मलाई बाँच्नको लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ। परमेश्‍वरले चुपचाप मेरो हेरचाह र सुरक्षा गर्नु नै म त्यो दिनसम्म बाँच्नुको एउटै कारण थियो। उहाँले मलाई उहाँसामु आउन र उहाँको मुक्ति स्विकार्न मार्गदर्शन दिनको लागि सबै कुरा मिलाउनुभयो। परमेश्‍वरको प्रेम कति महान छ! आमाबुबालाई चोट पुर्‍याउने डरले मैले परमेश्‍वरलाई धोका दिन सक्दिनथेँ। साथै, वहाँहरूको स्वास्थ्य परमेश्‍वरको हातमा थियो, र मैले गर्ने चिन्ता व्यर्थ थियो। कम्युनिष्ट पार्टीको दमनका कारण वहाँहरू दुःखी र पीडामा हुनुहुन्थ्यो। त्यो पार्टीको दुष्टता थाहा पाउनुभएको भए, उहाँहरूलाई आफ्नो इज्‍जत गएजस्तो लाग्दैनथ्यो, र शैतानले वहाँहरूलाई मूर्ख बनाउन सक्‍ने थिएन। यसरी सोच्दा मलाई त्यति दुख लागेन। मैले कसम खाएँ म जेलमा परे पनि मेरो गवाहीमा दृढ रहनेछु। मैले मेरो आँसु पुछें र बुवालाई उठ्न मद्दत गरें। त्यसपछि पाँच-छ जना पुलिस आएर मलाई घेरे। मैले तिनीहरूलाई भनें, “मलाई केही थाहा छैन।” एक जनाले मलाई हेरेर भन्यो, “तसँग पाँच मिनेट बाँकी छ।” मेरो बुवा धेरै रिसाउनुभयो। मलाई केहीपल्ट कुट्नुभयो, अनि घुँडा टेकेर भन्‍नुभयो, “यदि तँ बोलिनस् भने म नमरुन्जेल यहीं यसरी नै बसिरहनेछु! पार्टीले धार्मिक आस्थाको अनुमति दिँदैन, यसविरुद्ध जाने हिम्मत कसरी गरिस्? छिट्टो स्विकार्! त्यसपछि हामी घर जान सक्छौं।” तर त्यसपछि मैले बुझें कि यो त पुलिसको षड्यन्त्र हो। तिनीहरू मेरो बुबालाई मलाई जुडास बन्‍न र अरूलाई धोका दिन लगाउन दबाब दिन चाहन्थे। ती प्रहरी अत्यन्तै षडयन्त्रकारी हुन्छन्! मलाई रिस उठ्यो, आक्रोश जाग्यो। मैले बुबालाई उठ्न मद्दत गरें, र मसँग कुरा गर्न पाँच-छ जना पुलिसहरूले फेरि मलाई घेरे। मैले उनीहरूलाई हेरेँ, र शान्त भएर भनें: “मलाई केही थाहा छैन।” त्यतिकैमा बुबाको फोन बज्न थाल्यो, र वहाँले मलाई कुरा गर्न भन्‍नुभयो। मैले आमालाई फोनमा सुन्‍न सक्थें, उहाँ गाली गर्दै भन्दै हुनुहुन्थ्यो, “तैँले तिमीले मारेरै छोड्ने भइस्! सरकारले आस्थाको अनुमति दिँदैन, तर तँ जिद्दी गर्छस्। तैँले सरकारविरुद्ध जान सक्दैनस्! तँलाई के थाहा छ तिनीहरूलाई बता र घर आइज! तँ दोषी ठहरिइस् भने हामी के गर्ने? तेरो छोराको बिहे कसरी हुन्छ? हामी सबैको अपमान हुनेछ। हाम्रो बारेमा सोच्!” मैले रुँदै फोन काटें र मेरो बुबालाई बिस्तारै बाहिर निस्केको हेरेँ। जब म मेरो कोठरीमा फर्किएँ, मैले फेरि ओछ्यान परेकी मेरी बिरामी आमाबारे सोचें। उहाँलाई केही नराम्रो भए, मैले उहाँको आशको बनिवास पारेको हुन्थेँ। जति सोचेँ, त्यति नै नराम्रो लाग्यो। मैले आफ्नो आँसु थाम्‍न सकिनँ। त्यसैबेला महसुस भयो, मेरो स्‍नेह मेरो एक मात्र कमजोरी थियो। मैले आफूलाई परमेश्‍वरको प्रार्थनामा समर्पण गरेँ। उहाँलाई मलाई अडान लिन, र भावनामा आधारित भएर नबाँच्न मार्गदर्शन दिन आग्रह गरें। मैले परमेश्‍वरले भन्‍नुभएको कुरा सम्झेँ: “किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८)। परमेश्‍वरको वचनले मेरो आँखा खोलिदियो। भावनाहरू परमेश्‍वरका शत्रु, अनि सत्य अभ्यासका सबैभन्दा ठूला बाधा हुन्। भावनामा बाँच्दा, हामी परमेश्‍वरबाट टाढा हुन्छौं र उहाँलाई धोका दिन्छौं। म आमाबाबुप्रतिका मेरो भावनाहरूमा अल्झिएकी थिएँ। मैले सोच्थें, सन्तानजस्तो व्यवहार नगर्नु भयानक अपराध हो, र त्यसले मलाई खराब छोरी बनाउँछ। मेरो पक्राउबाट उहाँहरू दुःखी र उदास हुनुभएको देख्दा मलाई उहाँहरूप्रति ऋणी महसुस भयो। मलाई हुर्काउन उहाँहरूले धेरै मेहनत गर्नुभएको थियो, तर मैले सो ऋण तिरिनँ, बरु उहाँहरूलाई मेरो निम्ति कष्ट भोगाएँजस्तो लाग्यो। मैले आमाबाबुको दयाबारे धेरै सोचें, तर बिर्सिएँ कि हामीलाई जीवन त परमेश्‍वरले दिनुहुन्छ। परमेश्‍वर मानव जीवनको स्रोत हुनुहुन्छ, र यो उहाँले दिनुभएको जीवनरूपी सास हो जसले मलाई आजसम्म जीवित राखेको छ। मसँग जे छ त्यो परमेश्‍वरको मार्गदर्शन र भरणपोषणको कारणले नै हो। परमेश्‍वरले हामीलाई बदलामा केही नमागी धेरै दिनुभएको छ। मानवजातिलाई मुक्ति दिनको लागि ठूलो अपमान र कम्युनिष्ट पार्टीको खेदो र दमन सहँदै आखिरी दिनहरूमा परमेश्‍वरले फेरि देहधारण गर्नुभएको छ। परमेश्‍वरले मानिसजातिको लागि सबथोक दिनुभएको छ—उहाँको प्रेम महान छ! हामीले आराधना र आज्ञापालन गर्नुपर्ने एकमात्र परमेश्‍वर उहाँ हो। मेरो आमाबुबाको हेरचाहले मेरो भौतिक जीवनमा सुधार गरेको हुन सक्छ, तर वहाँहरूले मलाई सत्य दिन सक्‍नुहुन्‍नथ्यो। वहाँहरूले मलाई शैतानको भ्रष्टताबाट बचाउन वा राम्रो गन्तव्य र परिणाम दिन सक्‍नुहुन्‍नथ्यो। यदि मैले आमाबाबुको इच्छाअनुसार परमेश्‍वर र अरूलाई धोका दिएँ भने म वहाँहरूको ऋणी त हुनेछैन, तर परमेश्‍वरबाट तिरस्कृत भई उहाँको मुक्ति सदाको लागि गुमाउनेछु। त्यही बेला मैले थाहा पाएँ शैतानले मलाई परीक्षामा पार्न आमाबाबुप्रतिको मेरो प्रेम प्रयोग गरिरहेको थियो, र अन्त्यमा मलाई परमेश्‍वरबाट टाढा गएर, उहाँलाई धोका दिन, मुक्तिको मौका गुमाउन र त्यससँगै नर्कमा गएर नष्ट हुन लगाउँदै थियो। म शैतानको चालमा फस्‍न सक्दिनथेँ। यसले मलाई पत्रुसको सम्झना गराउँछ, जो सिद्धान्तपरक जीवन जिउँथे, र आफ्ना आमाबाबुविरुद्ध अडान लिन्थे। उनी आफ्नो विश्‍वासमा बलियो थिए र तिनीहरूले उनलाई रोक्‍न खोजे पनि प्रभु येशूको पछि लागे। अन्त्यमा, परमेश्‍वरप्रतिको उनको प्रेमले सबथोकलाई जित्यो र उनले परमेश्‍वरको अनुमोदन प्राप्त गरे। यो मेरो लागि साँच्‍चै प्रेरणादायी छ!

पाँचौं दिन पुलिसले मलाई पढ्नको लागि तीनवटा पत्र ल्याइदियो, ती मेरी आमा, मेरी छोरी र मेरो छोराद्वारा लेखिएका थिए। मेरो छोराले लेखेको थियो: “आमा, सेनामा हुँदाका यी पछिल्ला केही वर्षहरू, म सम्पूर्ण परिवारको पुनर्मिलन पर्खिरहेको छु। मेरो लागि सरुवा भई घर आउन सजिलो थिएन, तर अब तपाईं पक्राउ पर्नभएको छ। तपाईंबिना घरमा, मलाई आकाश नै झरेको जस्तो महसुस हुन्छ। आमा, पुलिसलाई आफ्ना धार्मिक कुराहरू बताइदिनुहोस्! यदि तपाईं जेल जानुभयो भने, मेरो भविष्यको काम र विवाहमा असर पर्नेछ। तपाईंले आफ्नो बारेमा नसोचे पनि मेरो बारेमा सोच्नुपर्छ…।” पत्रमा त्यो कुरा पढ्दा, मैले आँसु थाम्‍न सकिनँ। यदि उसको भविष्य म जेल जाँदा बर्बाद हुन्थ्यो भने मैले उसलाई कसरी सामना गर्ने थाहै थिएन। उसले पक्‍कै मलाई घृणा गर्नेथ्यो। मलाई विश्‍वासको बाटो बाधैबाधाले भरिएको र कदम कदममा छनौट गर्दै हिँड्नुपर्ने रैछ जस्तो लाग्यो। मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर, म साँच्‍चै पीडामा छु, र कमजोर महसुस गर्दै छु। बिन्ती, मेरो हृदयको हेरचाह गरेर मेरो विश्‍वास दह्रिलो पारिदिनुहोस्।” कोठरीमा फर्केपछि, एक सिस्टरले म कुन् अवस्थामा गुज्रिरहेकी छु भनी थाहा पाइन् र शैतानको चालमा नफस्‍नु भनी सम्झाइन्। त्यो मेरो लागि चेतावनी थियो। मैले शैतानले कसरी हरप्रकारका माध्यमहरू प्रयोग गर्दै हामीलाई प्रलोभन र धोकामा पारेर परमेश्‍वरलाई धोका दिन लगाउँछ भनेर सोचें। हामी अलि कम सावधान हुनेबित्तिकै शैतानको जालमा पर्न सक्छौं। हामीले शैतानका चालहरू स्पष्टसित देख्‍न, परमेश्‍वरको सुरक्षा प्राप्त गर्न, र दह्रिलो हुन परमेश्‍वरसामु निरन्तर हाम्रो हृदय शान्त राख्‍नुपर्छ, र उहाँलाई प्रार्थना र भरोसा गर्नुपर्छ। त्यो रात म सुत्‍न नसकी ओछ्यानमा पल्टिरहें, र चुपचाप परमेश्‍वरलाई प्रार्थना गरिरहें। उहाँका वचनहरूबाट मलाई यो कुरा याद आयो: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। ठिक भन्‍नुभयो। हाम्रो सम्पूर्ण जीवनको लागि, हाम्रो नियति परमेश्‍वरले प्रबन्ध गर्नुभएको हुन्छ, र कसैले त्यसलाई बदल्न सक्दैन। मेरो छोराले भविष्यमा कस्तो जागिर खाने वा बिहे गर्ने हो, सो मैले नियन्त्रण गर्न सक्दिनथेँ। छोराछोरीको बारेमा जति विचार गरे पनि तिनीहरूको नियति बदल्न सक्दिनथेँ, र म जेल जान्छु वा जाँदिनँ, त्यो पनि परमेश्‍वरले नै निर्धारित गर्नुहुन्थ्यो। मैले चाहेकोले मात्रै त्यसबाट बाहिर निस्कन सक्दिनथेँ। मैले सबै कुरा परमेश्‍वरलाई जिम्‍मा दिएर उहाँको सार्वभौमिकता समर्पित हुनुपर्थ्यो। त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्डबारे सोचें। “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरको वचनले मलाई विश्‍वास र बल दियो। विश्‍वासीको रूपमा, परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने एकमात्र तरिका सत्यको पछि लाग्‍नु र सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निर्वाह गर्नु हो। त्यसलाई मात्र मूल्यवान्‌ जीवन मान्‍न सकिन्छ, र सत्य प्राप्त गर्न जति कष्ट खपे पनि त्यो लायकै हुन्छ। यदि मैले मेरो परिवारलाई सन्तुष्ट पार्न मेरा ब्रदरसिस्टर र मण्डलीलाई बेचें भने म परमेश्‍वरलाई धोका दिने जुडास हुनेछु। त्यो सबभन्दा ठूलो अपमान हुनेछ, र म यसको लागि परमेश्‍वरद्वारा श्रापित हुनेछु। सुखी परिवार र आरामदायी जीवनको साथमा पनि, यो रित्तो र अर्थहीन हुनेछ, र म जिउँदो लाशभन्दा बढी अरू केही हुनेछैन। यो सोचेर, मैले परमेश्‍वरलाई पछ्याउन अझ दृढ महसुस गरें। पुलिसहरूले जेसुकै रणनीति प्रयोग गरे पनि, म साक्षी दिँदै शैतानलाई लज्‍जित पार्नेवाला थिएँ!

छैटौं दिन पुलिसले मलाई मुख्य हलमा बोलायो, जहाँ मैले मेरो काका, मेरो श्रीमान्, र मेरा छोरा र छोरी देखेँ। मेरा बच्‍चाहरूले मलाई अँगालो हालेर रुँदै भने: “आमा, घर आउनुहोस्!” मेरो श्रीमान् रुँदै छेउमा उभिए। अनि मेरो काकाले रुँदै भन्‍नुभयो: “लिङमिन, पुलिसले भनेको छ, तिमीले केही जानकारी दिएलगत्तै घर आउन सक्छौ, र तिमीले जेल जानु पर्दैन। जेल गयौ भने तिम्रो छोराको भविष्य बर्बाद हुनेछ। परिवार ध्वस्त हुनेछ! मेरो कुरा सुन, र तिनीहरूसँग कुरा गर!” त्यतिबेला मेरो मन स्पष्ट थियो। मलाई थाहा थियो, मेरो परिवारको सल्लाहपछाडि शैतानको चाल थियो, र यदि मैले थोरै जानकारी दिएँ भने, पुलिसले मबाट अझै धेरै जानकारी लिन खोज्नेछ, र अरू धेरै जना पक्राउ पर्नेछन्। यो सोचेर मैले भने: “एक विश्‍वासीको रूपमा, म जीवनमा सही बाटो हिडिरहेकी छु। मैले कुनै गैरकानूनी काम गरेकी छैन, त्यसैले मसँग कबुल गर्नुपर्ने केही छैन। घर जानुहोस्।” मेरो कोठरीमा फर्किदै गर्दा, मैले मलाई पुलिसले प्रलोभनमा पार्न, मेरा ब्रदरसिस्टर र परमेश्‍वरलाई धोका दिन जबरजस्ती गर्न मेरा प्रियजनहरूलाई बारम्बार प्रयोग गरेको बारे सोचें। कम्युनिष्ट पार्टी कति नीच रहेछ! तिनीहरू परमेश्‍वरविरोधी राक्षस हुन्! त्यसपछि, एउटा अधिकारीले मलाई अफिसमा बोलायो र मुस्कुराउँदै भन्यो: “तेरो परिवारसँगको भ्रमण कस्तो रह्यो?” यस्तो नराम्रो बेलामा रमाइलो मानेको देखेर, मलाई एकदमै रिस उठ्यो, र मैले ती तीनवटा पत्र खल्तीबाट निकालेर च्यातेँ, र टेबुलमा फाल्दै भनेँ: “म एक विश्‍वासी र सोझो व्यक्ति हुँ। मैले केही खराब गरेकी छैन। किन उनीहरूलाई मलाई मनाउन लाउनु भयो? मैले कुन कानुन तोडेको छु?” त्यसपछि म सिधै बाहिर निस्केँ। प्रहरीको सोधपुछलाई शान्तपूर्वक सामना गर्न सक्‍नु परमेश्‍वरले दिनुभएको शक्तिले गर्दा नै थियो।

१४ औं दिन बिहान सार्वजनिक सुरक्षा ब्यूरो प्रमुखले मलाई कार्यालयमा बोलाए। ऊ पहिलेजस्तो उग्र थिएन, बरु चिन्तित भएको नाटक गर्दै उसले मलाई मेरो परिवारबारे सोध्यो। उसले मलाई मेरा ब्रदर-सिस्टरहरू बेच्न लोभ्याउन चिप्लो बोली प्रयोग गर्न खोज्यो। मैले शैतानको चालमा फस्‍नबाट जोगाउन बिन्ती गर्दै हृदयभित्रै परमेश्‍वरलाई प्रार्थना गरें। ब्यूरो प्रमुखले धेरै कुरा भन्यो। अन्त्यमा, मैले केही नबोलेको देखेर ऊ रिसायो र क्रूर भई चिच्यायो, “म सिधासिधा भन्छु। हामीले तेरो घरमा धेरै धार्मिक पुस्तकहरू भेट्टायौं, यो शहरको सबैभन्दा ठूलो केस हो। यदि बोलिनस् भने तँ जेल जान पक्‍का छ!” तर उसले जे भने पनि मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरें र कसम खाएँ, म अरूको बारेमा कहिल्यै जानकारी दिनेछैन र मलाई जेल सजाय सुनाइए पनि परमेश्‍वरलाई धोका दिनेछैन। पन्ध्र दिनपछि, तिनीहरूले देखे कि तिनीहरूले मबाट केही पाउनेछैनन्, र मलाई घर फर्काइदिए। घर फर्केपछि पनि मेरो परिवारले मेरो विश्‍वासको विरोध गर्‍यो। मलाई थाहा थियो, यो सबै कम्युनिष्ट पार्टीको झुट र दमनको कारण हो। मैले प्रार्थना गरें र कसम खाएँ, जति नै कठिन भए पनि म अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउनेछु। त्यसपछि, “प्रेमिलो परमेश्‍वरको मार्गमा अगाडि बढ्दै” भजन दिमागमा आयो।

१ विश्‍वासको मार्ग कति कठिन होला भन्‍ने चिन्ता छैन, मेरो एउटै मिशन हो परमेश्‍वरको इच्छा पूरा गर्नु; भविष्यमा आशिष् पाउँछु वा दुर्भाग्य भोग्छु भन्‍ने कुराको म त्यति वास्ता गर्दिनँ। म त अहिले परमेश्‍वरलाई प्रेम गर्न दृढ़ छु, म अन्त्यसम्म विश्‍वासयोग्य हुनेछु। मेरो पछाडि जस्तोसुकै खतरा वा कठिनाइहरू लुकेका भए पनि, अनि म जस्तोसुकै अवस्थामा पुगे पनि, परमेश्‍वरको महिमाको दिनलाई स्वागत गर्न, उहाँका पाइला राम्ररी पछ्याउँछु, सधैँ अगाडि बढ्ने प्रयास गर्छु।

…………

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

मैले त्यो भजन बारम्बार गाएँ, र एकदमै उत्प्रेरित महसुस गरें। मलाई थाहा थियो, विश्‍वासको बाटोमा सधैं कम्युनिस्ट पार्टीको दमन हुनेछ, र म सायद फेरि गिरफ्तार हुनेछु वा भविष्यमा सजाय पनि भोग्‍न सक्छु। तर म पक्‍का थिएँ, यो नै साँचो बाटो हो, र म अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन तयार थिएँ। केही समय, मैले अरू कुनै मण्डलीको सदस्यहरूसँग सम्पर्क गर्न वा मण्डली जीवन बिताउन सकिनँ। त्यसैले, मैले परमेश्‍वरका वचनहरू खाएँ र पिएँ, घरैमा बसी आफूलाई सत्यले सुसज्‍जित गरें, र परिवारसँग सुसमाचार बाँडे। मेरो श्रीमान् र छोरी विश्‍वासी भए। हामी भेला हुन्थ्यौँ, र परिवारको रूपमा परमेश्‍वरका वचनहरू खान्थ्यौँ र पिउँथ्यौँ। एक वर्षपछि, म ब्रदर-सिस्टरहरूसँग फेरि सम्पर्कमा आएँ, र कर्तव्य निभाउन थालेँ। म परमेश्‍वरप्रति साँच्‍चै कृतज्ञ भएँ।

यो पुरै समय, कम्युनिष्ट पार्टीको दमन र गिरफ्तारी र मेरो परिवारको आक्रमणबाट पार पाउन मलाई परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनले कदमकदममा सहयोग गर्‍यो। मेरो अगाडिको बाटो जति कठिन नै किन नहोस, म अन्त्यसम्मै परमेश्‍वरसँगै जानेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

सुसमाचार प्रचारको मार्ग

मलाई याद छ, जब मैले पहिलो पटक सुसमाचार सुनाउन सिकिरहेको थिएँ, मैले ग्रेट प्रेज चर्चको सदस्य, हुइबेइका ब्रदर क्षुलाई भेटेँ। केही समयपछि नै,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्