परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

25 फेब्रुअरी 2023

केही समय अघि, मैले नयाँ विश्‍वासीहरूको अनुभव सम्‍बन्धी गवाहीका भिडियोहरू हेरेकी थिएँ, र म निकै प्रभावित भएँ। दुई-तीन वर्ष विश्‍वास गरेर पनि, तिनीहरूले आफ्‍नो अनुभव र गवाहीहरू बाँड्न सकेका थिए। मलाई निकै लाज लाग्यो, र मैले यति धेरै वर्ष विश्‍वास गरेकी भए पनि, किन परमेश्‍वरको गवाही दिन सकेकी छैन भनेर मैले मनन गर्न थालेँ। एक दिन, मैले परमेश्‍वरको वचनको यो खण्ड भेटेँ: “तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनथियौ। … तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्‍वरको वचन पढेपछि, म निकै उत्साहित भएँ, तर ग्‍लानि पनि भयो। मैले परमेश्‍वरको काम अनुभव गर्ने र परमेश्‍वरका वचनहरूको भरणपोषण प्राप्त गर्ने सौभाग्य पाएकोमा म निकै उत्साहित थिएँ, तर मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भइसकेको र मैले परमेश्‍वरको धेरै अनुग्रह प्राप्त गरेकी थिएँ, तर मैले परमेश्‍वरको कुनै गवाही दिएकी थिइन, त्यसप्रति मलाई ग्‍लानि भयो। मैले सोचेँ, आखिरी दिनहरूमा, परमेश्‍वरले हामीलाई सित्तैँमा धेरै सत्यताहरू प्रदान गर्नुभएको छ, तर हामीले सत्यताको खोजी नगर्ने हुनाले, र हाम्रो बुझ्‍ने क्षमता कमजोर भएको हुनाले, परमेश्‍वरले हामीसँग सत्यताका सबै पक्षहरूमा विस्तृत रूपमा सङ्गति दिनुभएको छ, हामीलाई उदाहरण र उपमाहरू दिनुभएको छ, र हामीले बुझेका छौँ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न आधारभूत कुरादेखि नै व्याख्या गर्नुभएको छ। परमेश्‍वरले हाम्रो भ्रष्ट स्वभावलाई निसाना बनाएर हामीलाई न्याय गर्न र खुलासा गर्न साथै हामीलाई सम्झाउन, सल्‍लाह दिन, प्रोत्साहन दिन, र सान्त्वना दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले हाम्रो लागि यति धेरै प्रयास गर्नुभएको छ र धेरै मूल्य चुकाउनुभएको छ, र हामीले सत्यता बुझेको र उहाँलाई चिनेको, हाम्रो भ्रष्टतालाई हटाएको, र साँचो रूपमा पश्‍चात्ताप गरी परिवर्तन भएको उहाँले चाहनुहुने हुनाले उहाँले यसो गर्नुभएको हो। परमेश्‍वरले चाहनुहुने गवाही यही हो। उहाँले आफ्‍नो काम सुरु गर्नुभएको ३० वर्ष भएको छ। उहाँले धेरै काम गर्नुभएको छ र धेरै सत्यता व्यक्त गर्नुभएको छ, र उहाँले हामीमा गवाही देख्‍न चाहनुहुन्छ। यो सतही नै भए पनि, उहाँले यसलाई वास्तविकताको रूपमा स्वीकार गर्नुहुन्छ। हामीले उहाँको काम सम्‍बन्धी हाम्रो अनुभव र ज्ञान बाँडेको र गवाहीका लेखहरू लेखेको चाहनुहुन्छ किनभने यो परमेश्‍वरको कामको फल र परमेश्‍वरको प्रयासको मूर्त रूप हो। परमेश्‍वरले विशेष गरी यस्तो गवाहीलाई कदर गर्नुहुन्छ। त्यस्तो गवाही नै परमेश्‍वरको लागि सबैभन्दा आकर्षक र सान्त्वना दिने किसिमको हुन्छ। त्यसपछि मैले आफ्‍नै बारेमा विचार गरेँ। मैले परमेश्‍वरबाट धेरै प्राप्त गरेकी भए पनि, मैले सत्यताको कुन पक्षलाई बुझेकी छु, र म कुन सत्यताको वास्तविकतामा प्रवेश गरेकी छु भन्‍ने बारेमा सोच्‍ने आँट गर्दिनथिएँ, किनभने मैले परमेश्‍वरको वचनलाई सैद्धान्तिक हिसाबले मात्रै बुझेकी थिएँ, तर त्यसलाई गम्‍भीर रूपमा चिन्तन गरेकी वा अनुभव गरेकी थिइनँ। त्यसकारण, जब परमेश्‍वरको गवाही दिने र गवाहीका लेखहरू लेख्‍ने कुरा आयो, म विचलित भएँ र सुरु गर्ने आँट नै आएन, र यस विषयमा मैले त्यति धेरै प्रयास गरिनँ। मैले विश्‍वास गरेको वर्षौं भएको थियो, तैपनि मैले आफ्‍नो अनुभवको बारेमा लेख्‍न सकेकी थिइनँ, र मसँग कुनै गवाही थिएन, जुन कुरा सोच्दा म निकै व्याकुल भएँ।

एक पटक, एक जना सिस्टरले मलाई अनुभव सम्‍बन्धी गवाही लेख्‍न अभ्यास गर्न चाहन्छु कि भनेर सोधिन्। त्यो बेला मैले सहमति त जनाएँ, तर कहिल्यै केही पनि लेखिनँ। कहिलेकहीँ म थोरै लेखेर कुरा लेखेर पन्छ्याउँथेँ, त्यसपछि लेख लेखेर कहिल्यै समाप्त गर्दिनथिएँ। वास्तवमा, मैले त्यति धेरै कामको जिम्‍मेवारी लिएकी थिइनँ, तर मलाई म सधैँ व्यस्त छु र लेख्‍ने समय छैन जस्तो लाग्थ्यो। त्यसकारण, दिनदिनै, लेखहरू लेख्‍ने कामलाई मैले थाती राख्दै गएँ। पछि, मैले लेख लेख्‍न समय तालिका बनाएँ, तर समय आएपछि, म अझै पनि अरू काममा व्यस्त थिएँ, त्यसकारण लेख्‍नको लागि आफूलाई शान्त बनाउन सकिनँ। मैले धेरै वटा कारण र बहानाहरू देखाएँ। कहिलेकहीँ म त्यति शिक्षित छैन, वा ममा कमजोर क्षमता छ, त्यसकारण मलाई राम्रो लेख्‍न आउँदैन भन्थेँ। अरू बेला म व्यस्त छु र समय छैन, त्यसैले पछि गर्छु भन्थेँ। कहिलेकहीँ, लेखहरू लेख्‍नु त्यति महत्त्वपूर्ण छैन, र सबैभन्दा महत्त्वपूर्ण काम भनेको मेरो दैनिक काम पूरा गर्नु हो, किनभने मैले ढिलाइ गरेँ भने, मलाई काट-छाँट र निराकरण गरिनेछ, र गम्‍भीर समस्या भयो भने मलाई बर्खास्त गरिनेछ भनेर सोच्थेँ। नलेखेकोमा कसैले पनि मलाई दोष लगाउन सक्दैनथियो। यसरी सोच्दा, मैले लेखहरू लेख्‍ने कार्यलाई त्यति गम्‍भीर रूपमा लिन छोडेँ, र लेखहरू लेख्‍ने कार्यलाई मेरो कर्तव्यको एउटा महत्त्वपूर्ण भागको रूपमा लिइनँ। गवाहीहरू लेख्‍ने विषयमा, म यो जिद्दी र विद्रोही स्थितिमा अल्झिएकी थिएँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो दृष्टिकोण अलिक परिवर्तन भयो। परमेश्‍वरका वचनहरूले भन्छ, “अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। यस खण्डले स्पष्‍ट रूपमा नै के बताउँछ भने परमेश्‍वरका विश्‍वासीहरूले परमेश्‍वरको गवाही दिनुपर्छ र यो हरेक व्यक्तिको कर्तव्य हो। परमेश्‍वरका विश्‍वासीहरूले गवाही दिन सक्दैनन् भने, तिनीहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। विशेष गरी परमेश्‍वरको वचनको यो हरफ, “यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु।” “यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्।” “गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ।” परमेश्‍वरका वचनहरूमा मैले उहाँको क्रोध अनुभव गरेँ। धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेपछि र अहिलेसम्‍म परमेश्‍वरलाई पछ्याएपछि, परमेश्‍वरको धेरै वचन पढेपछि, अनगिन्ती प्रवचन र सङ्गति सुनेपछि, काट-छाँट, निराकरण, बाधा, र असफलता अनुभव गरेपछि, पवित्र आत्‍माको अन्तर्दृष्टि, अगुवाइ, र अनुशासन अनुभव गरेपछि पनि, म अझै परमेश्‍वरको गवाही दिन सक्दिनथिएँ। मसँग केही अनुभव र ज्ञान थियो, तर मलाई लेख्‍ने काम गर्न मन थिएन। म दिनभरि बाहिरी कुराहरू सम्‍हाल्दै बिताउँथेँ, र आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यताको खोजी गर्नमा ध्यान दिँदिनथिएँ, र सत्यतामा प्रगति गर्न लागिपर्दिनथिएँ। मेरो सामान्य अनुभवबाट, मैले थोरै ज्ञान र ज्योति प्राप्त गर्थेँ, तर यो प्रायजसो एकतर्फी, भिन्‍न, र अनिश्‍चित हुन्थ्यो। मैले सच्‍चा बुझाइ प्राप्त गर्न सकूँ भनेर मनन गर्ने र स्पष्टता हासिल गर्ने गर्दिनथिएँ, र समय बित्दै जाँदा, मैले आफूले प्राप्त गरेको कुरा पनि गुमाएँ, जसले गर्दा पवित्र आत्‍माको अन्तर्दृष्टिलाई पनि दमन गर्‍यो। मैले पहिले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने अभ्यास गर्दाको कुरा मलाई याद आयो। म परमेश्‍वरको कामको गवाही दिन सत्यतामा राम्ररी सङ्गति समेत गर्न सक्दिनथिएँ। मैले बताउने कुराहरू तुलनात्मक रूपमा सतही हुन्थे, र मैले मुख्य बुँदाहरूलाई बुझ्‍न सकेकी हुँदिनथिएँ। पछि जब मैले प्रचार गर्न थालेँ, तब म धार्मिक धारणाहरू वा ख्रीष्ट-विरोधीहरूका भ्रमहरूलाई स्पष्ट रूपमा वा विश्‍वासलाग्दो तरिकाले विश्‍लेषण गर्न सक्दिनथिएँ। सत्यताको हरेक पक्षको बारेमा, मैले आधा मात्रै बुझेकी हुन्थेँ, र स्पष्ट रूपमा सङ्गति गर्न सक्दिनथिएँ। भेलाहरूको बेला जीवन प्रवेश सम्‍बन्धी समस्याहरूमा सङ्गति गर्दा, म मानिसहरूलाई प्रायजसो सतही अत्योक्तिहरू प्रयोग गरेर मनाउने मात्रै गर्थेँ, अथवा केही खोक्रा सिद्धान्त र सतही बुझाइ मात्रै प्रदान गर्थेँ। मैले समस्याको जडलाई समाधान गर्न सक्दिनथिएँ, र परमेश्‍वर सम्‍बन्धी मेरो गवाही अप्रभावकारी हुन्थ्यो। सत्यताको कुनै पनि पक्ष सम्‍बन्धी मेरो बुझाई सारगत रूपमा खोक्रा हुन्थे। मैले दिन धेरैजसो सङ्गति अक्षर र सिद्धान्तहरू मात्रै हुन्थे, सत्यताका वास्तविकताहरू होइन। परमेश्‍वरमा विश्‍वास गरेर पनि म परमेश्‍वरको गवाही दिन सक्दिनँ भन्‍ने मलाई थाहा भयो। म थोरै प्रयास लगाएर मात्रै काम गर्थेँ, तर मैले परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई वास्तविक रूपमा स्वीकार गरेकी थिइनँ न त मसँग सत्यताको बुझाइ र मेरो जीवन स्वभाव परिवर्तन सम्‍बन्धी कुनै गवाही नै थियो। मलाई परमेश्‍वरले त्यस्ता मानिसहरू उहाँको आँखाका कसिङ्गर, ठेस लाग्‍ने ढुङ्गा, र सामा हुन्, जसलाई उहाँले निफनेर फाल्‍नुहुन्छ भनेर भन्‍नुभएको कुरा याद आयो। त्यस्ता मानिसहरूप्रतिको परमेश्‍वरको क्रोध कहिल्यै बिलाएर जाँदैन। यस्ता सोचाइहरूले म व्याकुल भएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो तर मैले केही पनि सिकेकी थिइनँ। मलाई त म काम नलाग्‍ने अनि ठूलो लाजको कारण हुँ, र म परमेश्‍वरको उपस्थितिमा खडा हुन योग्य छैन जस्तो लाग्यो। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई विशेष गरी घृणा गर्नुहुन्छ, तिनीहरूलाई सहनुहुन्छ, र तिनीहरूप्रति क्रोधित बन्‍नुहुन्छ। त्यस्ता मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गरे पनि, तिनीहरू सत्यता खोज्दैनन्, त्यसैले तिनीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्दैनन्, र अन्त्यमा, तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्दैनन्। त्यस्ता मानिसहरूप्रतिको परमेश्‍वरको आचरण कस्तो हुन्छ भन्‍ने देखेपछि, मेरा धारणाहरूको पूर्ण खण्ड भयो। मलाई त के लाग्थ्यो भने मलाई सुम्पिएको काम गरेँ, कुनै दुष्कर्म गरिनँ, आफ्‍नो कर्तव्यमा ठूलो गल्ती गरिनँ, कुनै पनि गम्‍भीर अपराध गरिनँ भने, र मलाई बर्खास्त गरिएन भने, मैले आधारभूत रूपमा मुक्ति पाइसकेको हुन्छु, र मैले मुक्ति पाउने आशा हुन्छ। अहिले मैले यो परमेश्‍वरका मापदण्डहरू अनुरूप छैन भन्‍ने कुरा देखेँ। यो त मेरो धारणा र कामना मात्रै रहेछ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आफ्‍नो कर्तव्यमा परिश्रम गर्नु, केही नियम पालना गर्नु, र कुनै स्पष्ट दुष्कर्म नगर्नु मात्रै होइन। यदि तपाईंले परमेश्‍वरमा विश्‍वास गर्नुभएको धेरै वर्ष भयो र पनि तपाईंसँग गवाही छैन भने, तपाईंलाई अन्तिममा हटाइनेछ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। यसले तिमीहरूलाई सदाको निम्ति पापी बनाउनेछैन र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र?(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)। परमेश्‍वरका वचनहरूले मलाई लज्‍जित तुल्याए, र बेचैन पनि तुल्याए। मलाई अब यसरी जिउनु हुँदैन भन्‍ने लाग्यो। पछि, मैले गवाही सम्‍बन्धी लेखहरू लेख्‍ने कार्यमा ध्यान दिन थालेँ।

जब म लेख्‍न बस्थेँ, तब पनि मेरो मनमा अझै बाधा हुन्थ्यो। सुरुमा, मैले आफ्‍नो अनुभवलाई सीधा रूपमा व्यक्त गर्न सक्दिनथिएँ, र कहाँबाट सुरु गर्ने मलाई थाहा हुँदैनथियो, यसको साथै अरू अझै अर्जेन्ट काम हुन्थे, त्यसकारण म अरू काममा नै लागिपर्थेँ। त्यसपछि, मैले कमजोर क्षमतालाई बहानाको रूपमा प्रयोग गरेँ। म सोच्थेँ, अरूले गवाहीको लेख आधा दिनमा नै पूरा गर्न सक्छन्, तर शान्त वातावरण र पर्‍याप्त समयविना म त्यसो गर्न सक्दिनँ, त्यसकारण मैले फेरि पनि लेख्‍न छोडेँ। त्यसपछि मैले यसको बारेमा सोचविचार गर्न थालेँ। म गवाही सम्‍बन्धी लेखहरू लेख्‍न किन निष्क्रिय छु? मैले लेख्‍न सहमति जनाएँ, तर केही पनि गरिनँ। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेटेँ र आफ्‍नो बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्नुहुन्छ, “तैँले कसरी शैतानी स्वभावलाई चिन्‍न र छुट्याउन सक्छस्? शैतानलाई जे गर्न मन पर्छ त्यसको आधारमा, साथै यसले काम गर्दा प्रयोग गर्ने विधि र चलाकीहरूको आधारमा मूल्याङ्कन गर्नुपर्छ। यसलाई सकारात्मक कुराहरू कहिल्यै मन पर्दैन, यसलाई दुष्टता मन पर्छ, र यसले सधैँ आफूलाई सक्षम र सबै कुरा नियन्त्रण गर्न सक्‍ने ठान्छ। यो शैतानको अहङ्कारी प्रकृति हो। त्यही कारणले गर्दा शैतानले लापरवाही तरिकाले परमेश्‍वरलाई इन्कार, प्रतिरोध, र विरोध गर्छ। यो हर नकारात्मक र दुष्ट कुराहरूको प्रतिनिधि र स्रोत हो। यस मामलालाई स्पष्ट रूपमा देख्‍न सक्‍नु नै शैतानी स्वभावलाई चिन्‍न सक्‍नु हो। मानिसहरूले सत्यता स्वीकार र अभ्यास गर्नु त्यति सरल कुरा होइन, किनभने तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ, र तिनीहरू सबै आफ्‍नो शैतानी स्वभावको बन्धन र नियन्त्रणमा हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूलाई इमानदार व्यक्ति बन्‍नु राम्रो कुरा हो भन्‍ने थाहा हुन्छ, र अरूहरू इमानदार बनेको देख्दा, सत्य कुरा बोल्‍न सकेको देख्दा, र खुला मनले बोलेको देख्दा डाहा गर्छन्, तैपनि तिनीहरूलाई इमानदार व्यक्ति बन्‍न अनुरोध गरियो भने, तिनीहरूलाई गाह्रो लाग्छ। के यो शैतानी स्वभाव होइन र? तिनीहरूले राम्रो सुनिने कुराहरू बोल्छन्, तर तिनीहरूले ती अभ्यास गर्दैनन्। सत्यताप्रति दिक्‍क मान्‍नु भनेको यही हो। सत्यताप्रति दिक्‍क मान्‍नेहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ र तिनीहरू सत्यताका वास्तविकताहरूमा कुनै पनि हालतमा प्रवेश गर्न सक्दैनन्। सत्यताप्रति दिक्‍क मान्‍ने मानिसहरूको सबैभन्दा स्पष्ट स्थिति के हो भने, तिनीहरू सकारात्मक कुराप्रति चासो राख्दैनन्, र तिनीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउन धेरै मन पर्छ। परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरू र उहाँले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरूलाई तिनीहरूले आफ्‍नो हृदयबाट स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्‍वरले मानिसहरूका लागि तोक्‍नुभएका मापदण्ड र सिद्धान्तहरूलाई घृणासमेत गर्छन्। तिनीहरूलाई सकारात्मक कुराहरूदेखि घिन लाग्छ, र ती कुराप्रति तिनीहरूमा प्रतिरोध, विरोध, र घृणा हुन्छ। सत्यताप्रति दिक्‍क मान्‍नुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्‍वरको वचन पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निभाउनु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्। यो कुरा स्पष्ट छ, तर कतिपय मानिसहरूले यी सकारात्मक कुराहरूलाई घृणा गर्छन्, यी कुराको वास्ता गर्दैनन्, र यी कुराप्रति उदासीन हुन्छन्। सबैभन्दा घृणास्पद कुरा त के हो भने, तिनीहरूले इमानदार मानिसहरू, सत्यताको खोजी गर्नेहरू, आफ्‍नो कर्तव्य विश्‍वासयोग्य ढङ्गले पूरा गर्नेहरू, र परमेश्‍वरको घरको कामको रक्षा गर्नेहरूजस्ता सकारात्मक मानिसहरूप्रति सबैभन्दा तिरस्कारपूर्ण मनोवृत्ति राख्छन्। तिनीहरूले सधैँ यी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले उनीहरूमा कमीकमजोरी छ वा उनीहरूले भ्रष्टता प्रकट गर्छन् भन्‍ने थाहा पाए भने, तिललाई पहाड बनाउँदै उनीहरूलाई होच्याउँछन्। यो कस्तो प्रकारको स्वभाव हो? किन तिनीहरूले सकारात्मक मानिसहरूलाई यति घृणा गर्छन्? किन तिनीहरूले दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, र ख्रीष्टविरोधीहरूलाई त्यति माया गर्छन् र राम्रो ठान्छन्, र किन तिनीहरूले प्रायजसो त्यस्तै मानिसहरूसँग गुटबन्दी गर्छन्? जहाँसम्‍म नकारात्मक र दुष्ट कुराहरूको सवाल आउँछ, तब तिनीहरू जोसिला र उत्साहित हुन्छन्, तर सकारात्मक कुराहरू देख्दा, सत्यताको सङ्गति सुन्दा वा समस्याहरू समाधान गर्न सत्यता प्रयोग गरिएको देख्दा, तिनीहरूले विरोध गर्छन्, असन्तुष्टि जनाउँछन्, र गुनासाहरू पोख्छन्। के यो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव होइन र? के यो भ्रष्ट स्वभाव प्रकट गर्नु होइन र? धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, परमेश्‍वरको काम गर्न मन पराउँछन् र उत्साहको साथ दौडधूप गर्छन्; व्यर्थका कुराहरू बोल्न र कामहरू गर्नको लागि अनि आफ्‍नो प्रदर्शन गर्नको लागि तिनीहरूसँग अटुट ऊर्जा हुन्छ। तैपनि जब तिनीहरूलाई सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न लगाइन्छ, तब तिनीहरूसँग कुनै ऊर्जा हुँदैन। आफ्‍नो प्रदर्शन नगर्न अनुरोध गरियो भने, तिनीहरूलाई आफूसँग कुनै हैसियत छैन भन्‍ने लाग्छ, र तिनीहरूको उत्ताउलो ऊर्जा हराएर जान्छ। सबै मानिसहरूले आफ्‍नै हित चाहन्छन्। तिनीहरूले सुरुमा परमेश्‍वरलाई विश्‍वास गर्दा, तिनीहरू सबैले मुकुट र इनाम पाउन चाहन्छन्, र तिनीहरू जुनसुकै कुराको लागि कष्ट भोग्‍न तयार हुन्छन्। किन तिनीहरूले यसो गर्छन्? यो सबै आशिष्‌हरू पाउनको लागि हुन्छ, र सीधै भन्दा, यो स्वर्गको राज्यमा प्रवेश गर्नको लागि हुन्छ। लाभ प्राप्त नहुने हो भने, मानिसहरूले उत्साह गुमाउँछन्, तिनीहरू निराश बन्छन्, र तिनीहरूमा कुनै जाँगर हुँदैन। यी सबै कुरा सत्यताप्रति दिक्‍क मान्‍ने भ्रष्ट स्वभावबाट आएका हुन्छन्। यो स्वभावको नियन्त्रणमा परेका मानिसहरूसँग कुनै दिशा हुँदैन र कुन मार्ग छनौट गर्ने त्यो तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले प्रायजसो आफ्‍नो बाटो बिराउँछन् र सधैँ गलत बाटो अङ्गाल्छन्। जब मानिसहरूले सत्यताप्रति दिक्‍क मान्‍ने आफ्‍नो स्वभावलाई पहिचान गर्दैनन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नसमेत सक्दैनन्, परिवर्तन हुन सक्‍नु त परको कुरा हो। तिनीहरूले अझै पनि आफ्‍नो देह र भ्रष्ट शैतानी स्वभावलाई पछ्याउँछन्। यसको तात्पर्य के हो भने तिनीहरूले अझै पनि शैतानलाई पछ्याउँछन्, तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानका सेवक हुन्छन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, भाग तीन)। यसभन्दा पहिले, मैले लेखहरू लेख्‍ने काममा कठिन परिश्रम गरेकी थिइनँ, र मलाई यसको बारेमा क्षणिक ग्‍लानि मात्रै भएको थियो। मलाई यो त्यति ठूलो समस्या हो जस्तो लागेको थिएन। परमेश्‍वरको वचनको प्रकाशद्वारा मात्रै मैले यो त सत्यतालाई घृणा गर्नु, अनि एक प्रकारको शैतानी स्वभाव हो भन्‍ने थाहा पाएँ। लेखहरू लेख्‍नको लागि अनुभव र ज्ञान चाहिन्छ, र यसको बारेमा सोच्दा समय लाग्छ। हामीले आफूलाई शान्त पारेर, परमेश्‍वरका वचनहरूमा मनन गर्ने, सत्यताको खोजी गर्ने, र आफ्‍नो बारेमा चिन्तन गर्ने गर्नुपर्छ। तर बाहिरी कुराहरू, हामीले सीप सिकेका कुराहरू गर्न सजिलै हुन्छ। त्यसैले त, सत्यताको खोजी गर्न, परमेश्‍वरको वचनमा मनन गर्न, र लेखहरू लेख्‍न लगाउँदा, मैले हृदयबाट इन्कार र विरोध गरेँ। परमेश्‍वरको गवाही कसरी दिने भन्‍ने बारेमा उहाँले धेरै सङ्गति दिनुभएको छ भन्‍ने मलाई थाहा थियो, र मेरा सबै ब्रदर-सिस्टरहरूले गवाही सम्‍बन्धी लेखहरू लेखिरहेका थिए, तर म उदासीन भएँ, र यसबाट उम्कन बहाना पनि बनाएँ। म विशेष गरी जिद्दी छु भन्‍ने मलाई थाहा भयो। म सत्यतासँग सम्‍बन्धित कुराहरूलाई इन्कार्थेँ र नकार्थेँ, र कठिन परिश्रम गर्न अनिच्‍छुक हुन्थेँ। बाहिरी कुराहरूमा, सत्यताको सारसँग सम्‍बन्धित नरहेका कुराहरूमा, म निकै उत्साहित र इच्‍छुक हुन्थेँ। यो साँच्‍चै नै सत्यताप्रति दिक्‍क मान्‍ने शैतानी स्वभाव थियो। वास्तवमा, लेख लेख्‍ने प्रक्रिया भनेको सत्यताको खोजी गर्ने प्रक्रिया नै हो। समस्याहरू समाधान गर्नको लागि सत्यताको खोजी गर्दा त्यसले सत्यताप्रतिको मानिसहरूको आचरणलाई सबैभन्दा राम्ररी प्रकट गर्न सक्छ। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको भए, र मैले आफ्‍नो कर्तव्य पूरा गर्न आफूलाई त्याग्‍न र समर्पित हुन सक्‍ने भए पनि, र मैले धेरै अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा बोल्‍न सक्‍ने भए पनि, मलाई सत्यताप्रति चासो थिएन र म यसको तृष्णा गर्ने वा यसलाई हिफाजत गर्ने गर्दिनथिएँ, न त परमेश्‍वरप्रति ममा सच्‍चा आज्ञापालन नै थियो। म अझै पनि आफ्‍नो शैतानी स्वभाव अनुसार जिउँथेँ र परमेश्‍वरप्रति शत्रुको व्यवहार गरेर बस्थेँ। यसको बारेमा मनन गरेपछि, मेरो समस्या गम्‍भीर छ भन्‍ने मलाई थाहा भयो। परमेश्‍वरमा वर्षौंदेखि विश्‍वास गरेपछि पनि, मेरो जीवन स्वभाव परिवर्तन भएको थिएन। परमेश्‍वर र सत्यताप्रतिको मेरो आचरणमा कुनै पनि वास्तविक परिवर्तन आएको थिएन। म अझै पनि शैतानको स्वामित्वमा थिएँ, सत्यतालाई घृणा गर्थेँ र परमेश्‍वरको विरोध गर्थेँ। यदि यस्तै भइरहेको भए, मैले जति धेरै समय विश्‍वास गरेकी वा मैले यसमा जति नै मेहनत गरेकी भए पनि, मैले कहिल्यै पनि सत्यतालाई बुझ्‍नेथिइनँ वा मेरो भ्रष्ट स्वभावलाई समाधान गर्नेथिइनँ। मैले अन्त्यसम्‍मै विश्‍वास गरे पनि, मैले कहिल्यै पनि पूर्ण मुक्ति पाउनेथिइनँ। त्यो बेला, मलाई अलिक डर लाग्यो, त्यसकारण मैले पश्‍चात्ताप गर्दै परमेश्‍वरसँग प्रार्थना गरेँ। “हे परमेश्‍वर, म सत्यतालाई प्रेम गर्दिनँ, तर यसप्रति दिक्‍क मान्छु। म आफ्‍नो कर्तव्यमा मेहनत गर्न र परिश्रम गर्न मात्रै मन पराउँछु। मेरो विश्‍वास कति दयनीय छ भन्‍ने मलाई अहिले थाहा भयो। म यसरी अघि बढिरहन चाहँदिन। म तपाईंतर्फ फर्केर, सत्यताको खोजी गर्न धेरै परिश्रम गर्न चाहन्छु।”

पछि, मैले त्यति राम्रो शिक्षा पाएकी छैन र ममा कमजोर क्षमता छ भनेर मैले गरेको गुनासोको जवाफमा, एक जना सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्, जुन मलाई निकै उपयोगी लाग्यो। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि नयाँ कुराहरू र वास्तविक अनुभव प्राप्त हुन्छ— त्यसकारण तैँले परमेश्‍वरको गवाही दिनुपर्छ। परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, परमेश्‍वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ। तिमीहरू त्यस्ता मानिसहरू हुने गर्थ्यौ जसले परमेश्‍वरको धेरै विरोध गर्थे र उहाँप्रति समर्पित हुने झुकाउ निकै कम थियो, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। मानिसहरूले ती कुराहरू स्पष्ट बुझिसकेपछि, गवाही कसरी दिनुपर्छ भनी जान्‍नेछन्; अन्यथा, तिनीहरूले लाजमर्दो र मूर्ख कामहरू गर्नेछन्, जुन परमेश्‍वरलाई गवाही दिनु होइन, बरु परमेश्‍वरलाई लाजमा पार्नु हो। सत्यताको सच्‍चा अनुभव र बुझाइविना, परमेश्‍वरको गवाही दिनु सम्‍भव हुँदैन; परमेश्‍वरमाथिको भ्रमित र अन्योलपूर्ण विश्‍वास भएका मानिसहरूले परमेश्‍वरको गवाही कहिल्यै दिन सक्दैनन्(वचन, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू, सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले यो कुरा बुझेँ। परमेश्‍वरको बारेमा सच्‍चा गवाही दिनु भनेको परमेश्‍वरका वचनहरू र कामको बारेमा गवाही दिनु, परमेश्‍वरको वचनद्वारा गरिएको न्याय, सजाय, परीक्षा र शोधन सम्‍बन्धी आफ्‍नो अनुभवको बारेमा सङ्गति गर्नु, आफूले देखाएको भ्रष्टताको बारेमा सङ्गति गर्नु, र परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट आफूले आफ्‍नो बारेमा पाएको ज्ञानको बारेमा बताउनु, र आफूले कसरी प्रवेश पाइयो भन्‍ने बारेमा बताउनु हो, ताकि अरूले परमेश्‍वरको धर्मी स्वभावलाई देख्‍न सकून् र परमेश्‍वरको काम र प्रेमको बारेमा जान्‍न सकून्। परमेश्‍वरको गवाही दिनको लागि व्यक्ति वृहत् सिद्धान्तहरूका बारेमा बोल्‍न जति नै सक्षम हुनु-नहुनुले फरक पार्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इमान्दारीपूर्वक र निष्कपट रूपमा बोल्‍नु हो। यो कुरा महसुस गरेपछि, मेरो हृदय अलिक उज्यालो भयो। गवाहीहरू लेख्‍ने कार्यमा पनि यही कुरा लागू हुन्छ। तपाईंको शिक्षाको स्तर वा लेख्‍ने शैलीले केही फरक पार्दैन। मुख्य कुरा भनेको सत्यताको खोजी गर्न तपाईंले प्रयास गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न, आफ्‍नो भ्रष्टता र समस्याहरूलाई समाधान गर्न तपाईंले सत्यताको खोजी गर्नुहुन्छ कि गर्नुहुन्‍न, तपाईंले परमेश्‍वरको न्याय अनुभव गर्न, परमेश्‍वरको वचन अनुसार आफूलाई विश्‍लेषण गर्न र चिन्‍न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न, समस्याको सारलाई स्पष्ट रूपमा देख्‍न, र साँचो रूपमा पश्‍चात्ताप गरेर परिवर्तन हुन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न त्यही नै हो। तपाईंमा यी कुराहरू छन् भने, तपाईंले लेख्‍ने लेखहरू राम्रा हुनेछन्। तपाईंको शिक्षाको स्तरसँग यसको कुनै सम्‍बन्ध हुँदैन। तपाईंले दैनिक जीवनमा बोल्‍ने शैलीमा नै यी व्यवहारिक कुराहरू लेखे भइहाल्छ। तपाईंले आफूलाई लाग्‍ने र बुझेको कुरा मात्रै लेखे पुगिहाल्छ। यदि तपाईंले आफ्‍नो सच्‍चा बुझाइ र भावनाहरूलाई आफ्‍नै शब्‍दहरूमा लेख्‍नुभयो, अरूलाई फाइदा पुग्‍ने जेसुकै कुरा लेख्‍नुभयो भने, तपाईंसँग गवाही छ। विगतमा, म सधैँ मेरो शिक्षाको स्तर कमी छ र मेरो क्षमता कमजोर छ भनेर सोच्‍ने गर्थेँ, र यसलाई बहाना बनाएर गवाही सम्‍बन्धी लेखहरू लेख्‍न मान्दिनथिएँ, मानौँ ती लेख्‍नको लागि उच्‍च स्तरको ज्ञान चाहिन्छ, तर अहिले मलाई यो दृष्टिकोण गलत हो भन्‍ने थाहा भयो। म यस्तो स्थितिमा नजिएको भए हुनेथियो। मैले सत्यताको खोजी गर्ने, परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्ने, र परमेश्‍वरलाई गवाही दिन आफूले अनुभव गरेको र सिकेको कुराको बारेमा लेखहरू लेख्‍ने कार्यमा ध्यान दिनुपर्छ। यो मेरो कर्तव्य हो।

त्यसपछि, मैले एउटा भेलामा परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ, जुन खण्डले मलाई सत्यताको खोजी गर्न र गवाही सम्‍बन्धी लेख लेख्‍ने कार्यमा बोझ उठाउन सहयोग गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “अगुवा र सेवकहरूका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो, र तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्‍वरको कामको लागि तिनीहरूको आवश्यकता परेको हो; सूक्ष्‍म रूपमा, मण्डलीको कामको निम्ति तिनीहरूको आवश्यकता पर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आवश्यकता पर्छ। … अगुवा र सेवकहरू अनि बाँकी परमेश्‍वरका चुनिएका मानिसहरूबीचको भिन्‍नता भनेकै अगुवा र सेवकहरूले निर्वाह गर्ने कर्तव्यमा रहेको खास विशेषता मात्र हो। त्यो खास विशेषता मुख्य रूपमा तिनीहरूको नेतृत्वकारी भूमिकामा देखिन्छ। उदाहरणको लागि, मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? तिनीहरूले मण्डलीमा रहेका सबै चुनिएका जनहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि त्यस अगुवाले गलत मार्ग लियो भने, त्यस मण्डलीका परमेश्‍वरका चुनिएका जनहरूले गलत मार्ग हिँड्ने कार्यमा त्यस अगुवालाई पछ्याउँछन्, जसले तिनीहरू सबैमा ठूलो असर पुर्‍याउँनेछ। उदाहरणको लागि, पावललाई लिऊँ। तिनले आफूले स्थापना गरेका धेरै मण्डलीहरू र परमेश्‍वरका चुनिएका जनहरूको नेतृत्व गर्थे। अनि जब पावल बरालिए, तिनले नेतृत्व गरेका मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरू पनि बरालिए। त्यसैले, जब अगुवाहरू बरालिन्छन्, तब तिनीहरू आफै मात्र प्रभावित हुँदैनन्; तिनीहरूले नेतृत्व गर्ने मण्डली र परमेश्‍वरका चुनिएका जनहरूसमेत प्रभावित हुन्छन्। यदि अगुवा सही छ, ऊ सही बाटोमा हिँड्दैछ र उसले सत्यलाई पछ्याउने र अभ्यास गर्ने गर्छ भने, त्यस्तो अगुवाले नेतृत्व गर्ने मानिसहरूले उचित तरिकाले परमश्‍वरका वचनहरू खाने र पिउनेछन् र उचित तरिकाले सत्यता खोजी गर्नेछन्, अनि यसै समयमा, अगुवाको जीवन अनुभव र प्रगति अरूको सामु देखिनेछ, र यसले तिनीहरूलाई प्रभावित पार्नेछ। यसैले, एक अगुवाले लिनुपर्ने सही बाटो के हो? यो अरूलाई सत्यको बुझाइ र सत्यमा प्रवेश गर्नेतर्फ डोर्‍याउन र अरूलाई परमेश्‍वरको अगाडि नेतृत्व गर्न सक्षम हुनु हो। गलत बाटो के हो त? यो हैसियत, ख्याति र फाइदालाई पछ्याउनु, बारम्बार आफैँलाई उचाल्नु र आफ्नै साक्षी बन्‍नु, र कहिल्यै पनि परमेश्‍वरको साक्षी नबन्‍नु हो। यसले परमेश्‍वरका चुनिएका जनहरूमा कस्तो प्रभाव पार्छ? तिनीहरू बाटो बिराई परमेश्‍वरबाट टाढा हुनेछन् र यस अगुवाको नियन्त्रणमा आउनेछन्। यदि तैँले मानिसहरूलाई तेरो अगाडि आउनलाई नेतृत्व गर्छस् भने तैँले तिनीहरूलाई भ्रष्ट मानवजातिको अगाडि आउन नेतृत्व गरिरहेको छस् र तैँले तिनीहरूलाई परमेश्‍वरको अगाडि होइन शैतानको अगाडि आउन नेतृत्व गरिरहेको छस्। मानिसहरूलाई सत्यको अगाडि आउन नेतृत्व गर्नु मात्र तिनीहरूलाई परमेश्‍वरको अगाडि आउन नेतृत्व गर्नु हो। अगुवाहरू र कर्मचारीहरूले सही मार्ग हिँडे पनि गलत मार्ग हिँडे पनि, परमेश्‍वरका चुनिएका मानिसहरूप्रति तिनीहरूको प्रत्यक्ष प्रभाव हुन्छ(वचन, खण्ड ३, ख्रीष्ट विरोधीहरूको पर्दाफास, विषयवस्तु १: तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्)। परमेश्‍वरका वचनहरू पढेपछि, म आफ्‍ना जिम्‍मेवारी र कर्तव्यहरूका बारेमा अझै स्पष्ट भएँ। यसको साथै, मलाई मेरो काँधमा जिम्‍मेवारीको ठूलो बोझ आएको छ भन्‍ने अनुभव भयो। परमेश्‍वरले हामीलाई के भन्‍नुभएको छ भने अगुवा र सेवकहरूले लिने मार्ग र तिनीहरूले खोजी गर्ने कुराले तिनीहरूलाई मात्रै होइन, तर तिनीहरूले नेतृत्व गर्ने ब्रदर-सिस्टरहरूलाई पनि असर गर्छ। अगुवा र सेवकहरूले सत्यताको खोजी गर्छन् र तिनीहरू सही मानिसहरू हुन् भने, तिनीहरूले सत्यतामा निरन्तर प्रगति गर्नेछन्, दैनिक जीवनमा तिनीहरूले के-कस्ता गलत दृष्टिकोण राखेका छन्, वा तिनीहरू कस्तो भ्रष्ट स्वभावमा जिउँछन् भन्‍ने कुराको बारेमा मनन गर्नेछन्, परमेश्‍वरका वचनहरू अनुसार समस्याको सारलाई बुझ्‍नेछन्, र प्रवेश गर्नको लागि चाहिने सिद्धान्त पत्ता लगाउनेछन्। अगुवा र सेवकहरूले सही मार्ग लिए भने, तिनीहरूले ब्रदर-सिस्टरहरूको जीवन प्रवेशको लागि बोझ लिनेछन्, र समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्ने कार्यमा ध्यान दिनेछन्, ताकि तिनीहरूले नेतृत्व गर्ने मानिसहरू पनि यस दिशामा प्रवेश गर्न सकून्। यदि अगुवा र सेवकहरू लापरवाही छिन्, सत्यताको खोजी गर्दैनन्, आफ्‍नो सारा समय ख्याति र हैसियत प्राप्त गर्नको लागि मात्रै काम गरिरहेका हुन्छन्, सत्यताको खोजी गर्नमा चासो दिँदैनन्, र समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्दैनन् भने, तिनीहरूको कर्तव्य बाहिरी मामलासँग मात्र सम्‍बन्धित हुन्छ, वा तिनीहरूले आफूलाई उचाल्‍न र झूटो रूप धारण गर्न मात्रै बोलिरहेका हुन्छ, जसले परमेश्‍वरलाई गवाही दिने परिणामहरू ल्याउन सक्दैन। त्यसपछि तिनीहरूले परमेश्‍वरको विरोध गर्ने मार्ग हिँडिरहेका हुन्छन्, र तिनीहरूले मानिसहरूलाई गलत मार्गमा पनि डोर्‍याइरहेका हुन्छन्। त्यस्ता मानिसहरू थाहै नपाई आफ्‍नै मार्गमा हिँडिरहेका हुन्छन् र अरूलाई सेवा गर्ने मार्गमा लगिरहेका हुन्छन्, जुन परमेश्‍वरलाई विरोध गर्ने पावलको मार्ग हो। यो काम गरेर मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय विपरीत जान्छ। यो बुझेपछि, मण्डलीले मलाई मैले बाहिरी काम गर्न सकूँ, मैले सेवा र परिश्रम गर्न सकूँ, अनि मैले प्रतिष्ठा र हैसियतको खोजी गर्न सकूँ भनेर मलाई अगुवा बन्‍ने अवसर दिएको होइन भन्‍ने महसुस भयो। मैले अगुवाको भूमिका निर्वाह गर्नुपर्थ्यो, अरूलाई परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यमा अगुवाइ गर्न सक्‍ने, आफ्‍नो कर्तव्यका समस्याहरूलाई समाधान गर्न सत्यता खोजी गर्न सक्‍ने, क्रमिक रूपमा सत्यतालाई बुझेर परमेश्‍वरको वचनका वास्तविकताहरूमा प्रवेश गर्न सक्‍ने व्यक्ति बन्‍न्नुपर्थ्यो। यो मेरो कर्तव्य थियो। त्यसकारण, मलाई सत्यताको खोजी गर्न र मेरा भ्रष्ट स्वभावहरूलाई समाधान गर्न ध्यान दिन महत्त्वपूर्ण छ भन्‍ने लाग्यो। यस विन्दुमा, मसँग सत्यताको अत्यन्तै सतही बुझाइ थियो, र मसँग सत्यताको कुनै वास्तविकता थिएन, त्यसकारण मैले यसलाई अनुभव गर्दै जाँदा मात्रै यसको बारेमा सिक्‍न सक्थेँ। तपाईंको हृदय र मार्ग सही छ भने, तपाईंले परमेश्‍वरको अगुवाइ र आशिष्‌ प्राप्त गर्नुहुनेछ।

त्यसपछिको अवधिमा, मैले आफ्‍नो स्थितिको बारेमा, परमेश्‍वरमाथि विश्‍वास गरेपछिका वर्षहरूमा मैले साँचो रूपमा सत्यताको खोजी गरेर के-कस्ता समस्याहरू समाधान गर्न सकेँ मैले के-कस्ता भ्रष्ट स्वभावहरू समाधान गर्न सकेँ भनेर मनन गर्न थालेँ। यस विषयमा चिन्तन-मनन गर्न थालेपछि, मैले म अन्योलमा थिएँ र धेरै प्रश्‍नहरूलाई मैले आधा मात्रै बुझेकी थिएँ भन्‍ने थाहा पाएँ। मैले साँचो रूपमा सत्यतालाई बुझेकी थिइनँ र समस्याको सारलाई देख्‍ने गर्थिनँ, वा अभ्यासका मार्गहरू भेट्टाउँथिनँ, न त मैले कहिल्यै प्रभावकारी रूपमा समस्याहरू नै समाधान गर्ने गर्थेँ। त्यसपछि, मैले तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरेका अनुभवहरूका बारेमा लेख्‍ने प्रयास गर्न थालेँ, र लेख्‍ने क्रममा म मनन गर्थेँ। समय पाउने बित्तिकै म मनन गर्थेँ। मैले लेख लेखिसकेपछि, मलाई निकै ढुक्‍क, सुरक्षित, र सहज महसुस भयो, किनभने लेख्‍ने प्रक्रियामा, सत्यताको खोजी गरेर, मैले प्राकृतिक रूपमा नै आफ्‍नो स्थिति र मेरो समस्याको सारलाई अझै स्पष्ट रूपमा देख्‍न थालेँ, सत्यता सम्‍बन्धी मेरो ज्ञान अझै व्यवहारिक र ठोस बन्यो, र मेरो अभ्यासको मार्ग अझै स्पष्ट भयो। मैले गवाही सम्‍बन्धी लेख लेख्‍नु आफ्‍नो स्थितिलाई बुझ्‍नको लागि र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने थाहा पाएँ। यो जीवन प्रवेशको मार्ग हो, र सत्यताको खोजी गर्ने र बुझ्‍ने सबैभन्दा उत्कृष्ट मार्ग हो।

पछि, अगुवा र सेवकहरू लगायत धेरैले लेख लेख्‍ने कार्यमा ध्यान दिएका छैनन्, न त तिनीहरूले यस विषयमा कुनै प्रयास नै गरेका छन् भन्‍ने सुनेँ। कतिले सधैँ आफू व्यस्त भएकोले समय छैन भन्थे। मैले सोचेँ, के मेरो स्थिति पनि यस्तै थिएन र? मैले पनि गलत दृष्टिकोण राखेकी थिएँ, र नलेख्‍नको लागि बहाना बनाउथेँ। मैले सोचेँ, “यदि मैले आफ्‍नो स्थितिको बारेमा कसरी सिकेँ र मैले कसरी आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गरेँ त्यसको प्रक्रियाको बारेमा लेख लेखेँ भने, के त्यसले मेरा कतिपय ब्रदर-सिस्टरहरूको समस्यालाई समाधान गर्नेछैन र?” यो महसुस गरेपछि, मलाई मैले बोझ लिनुपर्छ भन्‍ने लाग्यो, र मैले लेख्‍न तयारी गर्न थालेँ। मेरो बुझाइ सतही र छरपष्ट भएको भए तापनि, मैले यो लेख लेख्‍नु मेरो कर्तव्य हो, त्यसकारण मैले आफूले बुझे जति लेख्‍नुपर्छ भन्‍ने मलाई लाग्यो। यो उद्देश्यलाई ध्यानमा राख्दै, मैले मेरा ब्रदर-सिस्टरहरूलाई भेट्दा वा तिनीहरूसँग सङ्गति गर्दा, हामीले यस विषयमा छलफल गर्थ्यौँ, र खाली समयमा म यसको बारेमा सोचविचार गर्थेँ। मेरो बिहानीको भक्तिको समयमा, म कहिलेकहीँ यस विषयमा परमेश्‍वरको वचन खाने र पिउने गर्थेँ। केही समयपछि, मैले यस समस्यालाई अलिक स्पष्‍ट रूपमा देख्‍न सकेँ, र जब मैले लेख्‍न थालेँ, तब निकै सजिलो भयो। मैले रूपरेखा तयार गरेपछि, मैले आफ्‍नै बुझाइ अनुसार हरेक तहको अर्थलाई व्यक्त गरेँ, र आफ्‍नै शब्दहरूमा मेरा विचार र अनुभवहरू लेखेँ। त्यति गाह्रो लाग्‍न छोड्यो, र लेख्दै जाँदा मनन गरेपछि, मलाई म समस्या र सम्‍बन्धित सत्यताका पक्षहरूलाई अझै स्पष्ट रूपमा देख्‍न सक्छु जस्तो लाग्‍न थाल्यो। मलाई साँच्‍चै के अनुभव भयो भने हामीले सत्यताको खोजी गर्ने प्रयास जति धेरै गर्छौँ र समस्याहरू समाधान गर्न हामी जति धेरै लेखहरू लेख्छौँ, हामीले त्यति नै धेरै परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्छौँ र हामीले त्यति नै आशिष्‌ पनि पाउँछौँ। मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो, “तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। परमेश्‍वरले तँलाई यो बोझ दिनुहुँदा उहाँको वचनबाट खाँदै र पिउँदै तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनसम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो अनि तैँले सधैँ आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तैँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले सोच्‍नेछस्, म कसरी यी समस्याहरूलाई समाधान गर्नेछु? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तैँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस् अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँका वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरका मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यसबारे तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँका वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्(वचन, खण्ड १, परमेश्‍वरको काम र परमेश्‍वरलाई चिन्‍नु, सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने जब हामीले मण्डलीमा आफ्‍नो जीवन प्रवेश र समस्याहरूको निम्ति आफै बोझ उठाउँछौँ, तब समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नको लागि अझै बढी प्रयास गर्न, विवेकशील रूपमा परमेश्‍वरको वचन खान, पिउन र अभ्यास गर्न, अनि परमेश्‍वरको वचन सम्‍बन्धी आफ्‍नो बुझाइको बारेमा सङ्गति गर्न र लेख्‍न सक्छौँ। त्यसपछि मात्रै हामी क्रमिक रूपमा सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छौँ। यस प्रक्रियामा, हामीले बोझ बोक्दै, तृष्णा गर्दै, र खोजी गर्दै जाने क्रममा, हामीले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाई प्राप्त गर्न सक्छोँ, सत्यता सम्‍बन्धी हाम्रो बुझाइलाई क्रमिक रूपमा गहन बनाउन सक्छौँ, कुनै निश्‍चित विषयलाई अझै स्पष्ट र विस्तृत रूपमा देख्‍न सक्छौँ, अनि सत्यता सम्‍बन्धी अझै ठोस र व्यवहारिक बुझाइ पाउन सक्छौँ। यदि हामीले सत्यताको खोजी गर्न वा लेखहरू लेख्‍न अभ्यास गर्न परिश्रम गरेनौँ भने, हामीले परमेश्‍वरको वचनको बारेमा केही ज्ञान नै प्राप्त गरे पनि, त्यो सतही र धारणागत बुझाइ मात्रै हुन्छ, र त्यो सधैँ अस्पष्ट लाग्छ, कुहिरोको आकारजस्तो, र यसले हामीसँग कुनै वास्तविक ज्ञान नै छैन भन्‍ने देखाउँछ। हाम्रो वास्तविक ज्ञान र अनुभवको बारेमा लेखेर, परमेश्‍वरको वचनको आधारमा विस्तृत रूपमा मनन गरेर अनि समस्याहरूलाई बुझेर, अनि अन्तिममा हाम्रो धारणात्मक ज्ञानलाई स्पष्ट, तर्कसंगत ज्ञानमा उत्थान गरेर मात्रै, हाम्रो बुझाइले बल्‍ल फूल फुलेर फल दिन सक्छ। यो हाम्रो कटनी, हाम्रो विचारको मूर्तरूप हो। यस अवधिमा मैले लेखहरू लेख्‍नु सम्‍बन्धित विषयमा स्पष्टता प्राप्त गर्नु, सत्यतालाई बुझ्‍नु र समस्याहरू समाधान गर्नुको प्रक्रिया हो भन्‍ने पनि अनुभव गरेँ। हामीले जति लेख्छौँ त्यति नै कुरा सिक्छौँ।

अहिले, म लेखहरू लेख्‍ने कार्यलाई इन्कार गर्दिनँ। यो त मलाई मन पर्ने कुरा हो, किनभने लेख्‍ने क्रममा, मैले आफ्‍नै भ्रष्ट स्वभावहरूलाई अझै स्पष्‍ट रूपमा देख्‍न सक्छु, र परमेश्‍वरको वचन बुझ्‍ने क्रममा मेरो दृष्टिकोण र विचारधारा पनि परिवर्तन हुन्छ। यो वास्तविक फाइदा, र बहुमूल्य र अर्थपूर्ण कुरा हो। पहिले त, मलाई लेखहरू लेख्‍नु झन्झटिलो र निकै कठिन हुन्छ, र लेख्‍ने प्रयास गर्नुभन्दा बाहिरी काम गर्छु जस्तो लाग्थ्यो। म अत्यन्तै विद्रोही थिएँ। मलाई त लेखहरू लेख्दा यसले मेरो काममा ढिलाइ गर्छ भन्‍ने समेत लाग्थ्यो, तर यो दृष्टिकोण वास्तवमा निकै गलत र हास्यास्पद थियो। लेखहरू लेख्दा यसले काममा ढिलाइ गर्दै गर्दैन। बरु, यसले समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न उत्प्रेरित गर्छ र आफ्‍नो कर्तव्यमा प्रभावकारी बनाउँछ। अहिले, जब-जब मसँग समय हुन्छ, तब-तब म आफूलाई शान्त पारेर आफ्‍नो स्थितिको बारेमा विचार गर्ने प्रयास गर्छु। मैले स्पष्ट रूपमा देख्‍न वा समाधान गर्न नसक्‍ने समस्याहरूलाई मैले मनन गर्नुपर्छ जस्तो लाग्छ। मैले क्रमिक रूपमा सत्यताको खोजी गर्नको लागि बोझ उठाउन थालेकी छु। मलाई ममा परमेश्‍वरको वचन अनुसार समाधान गर्नुपर्ने धेरै स्थितिहरू छन् भन्‍ने पनि लाग्छ, र बिस्तारै, मैले परमेश्‍वरको वचनप्रति तृष्णाको विकास गरेकी छु। यो सबै परमेश्‍वरको अनुग्रह र आशिषको कारणले हो, र म परमेश्‍वरप्रति विशेष रूपमा धन्यवादी छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्