ख्रीष्ट-विरोधीलाई पहिचान गर्न सिक्दा
मण्डली अगुवाको रूपमा सेवा गर्न सुरु गर्दा, हाम्रो मण्डलीको कामको जिम्मेवार व्यक्ति चेन थिइन्। हामी लगभग उस्तै उमेरका थियौं र राम्ररी मिल्थ्यौं। हामी सधैँ आफ्नो हालखबरको बारेमा कुरा गर्ने गर्थ्यौं र मेरो कर्तव्यमा मैले कठिनाइहरूको सामना गर्दा उनले मायाले सहयोग गर्ने र साथ दिने गर्थिन्। केही समयपछि, मलाई चेनको कामको रेखदेख गर्न बढुवा गरिएपछि, तिनी फरक व्यक्ति भएको जस्तो देखिन्थ्यो। तिनले मलाई स्वीकार गर्न मान्दिनथिइन् र मसँग बोल्न मन गर्दिनथिइन् जस्तो देखिन्थ्यो, साथै उनको अनुहार सधैँ अमिलिएको देखिन्थ्यो। सायद कामको बोझले गर्दा उनको मुड खराब भएको हो भन्ने लाग्थ्यो, त्यसकारण मैले यसको बारेमा त्यति ध्यान दिँदिनथिएँ। त्यसपछि पछि एउटा भेलामा, उनले भनिन्, “मेरो कामको रेखदेख गर्ने काम लिएकोमा मलाई डाहा लागेको छ। मलाई मैले राम्ररी नै यो काम गर्न सक्छु भन्ने लाग्छ, तर किन मलाई छनौट गरिएन? सबैले मलाई म यो काम गर्न योग्य छैन भन्ने सोच्छन् होला। मलाई योग्यको र सम्मानित ठान्दैनन् भन्ने सोच्दा मलाई यति नकरात्मक बनाउँछ कि मलाई कर्तव्य पूरा गर्न नै मन लाग्दैन।” त्यसपछि मलाई उनको अमिलिएको अनुहार त डाहाबाट पो आएको रहेछ भन्ने थाहा भयो। पछि, मसँग काम गर्ने सिस्टरले मलाई चेनको स्वभाव अलिक अस्थिर छ, तिनले हैसियतलाई धेरै ध्यान दिन्छिन् र हठी छिन् भनेर भनिन्। यो अवस्था खराब हुँदा यसले काममा प्रभाव पार्थ्यो। मैले उनीसँग सङ्गति गरेको र उनलाई सहयोग गरेको उनी चाहन्थिन्। मैले के सोचिरहेकी थिएँ भने उनले हैसियतप्रति अत्यन्तै चासो राख्छिन्, तर उनी सरल र खुला मनकी छिन्, र सङ्गतिमा उनले आफ्नो बारेमा मनन गरेर आफूलाई बुझ्न सक्छिन्। यो त्यति गम्भीर समस्या हुन सक्दैन। यसको अतिरिक्त, तिनी जवानै छिन्, त्यसकारण केही डाहाको अनुभव गर्नु वा प्रतिस्पर्धी हुनु सामान्य नै थियो। तर केही समयपछि मैले उनले हैसियतप्रति अत्यन्तै चासो राख्ने गरेकी रहेछिन्, र उनले चाहेको प्रतिष्ठा प्राप्त नगर्दा उनी नकरात्मक र सुस्त बन्ने रहेछिन् भन्ने थाहा पाएँ। उदाहरणको लागि, जब मेरो सहकर्मी र मैले उनको कर्तव्यका केही कमीकमजोरी पत्ता लगायौं र त्यसबारे उनलाई औँल्याइयौं, तब हामीले उनलाई अरू सहकर्मीहरूको अगाडि नराम्रो देखाउने प्रयास गरिरहेका छौं भन्ने चेनले ठानिन्, अनि त्यसपछि हामीले जे भने पनि उनले हामीसँग कुराकानी गर्न इन्कार गरिन्। जब हामीले उनको सट्टा अरू कसैलाई काम दिन्थ्यौं, तिनी योग्यकी छैनन् भन्ने अनुभव गर्दै तिनी निन्याउरो बन्थिन्। कहिलेकहीँ उनले आफूमाथि यति न्याय भएको छ भन्ने ठान्थिन् कि उनी भेलाहरूमा रुने गर्थिन् र उनीसँग सङ्गति गर्नको लागि सबै जनाले सबै कुरा छोड्नुपर्थ्यो। उनको वरिपरि भेला भएर सङ्गति गर्दा उनी खुशी हुन्थिन् र मनको कुरा खोल्थिन्। कहिलेकहीँ उनले आफ्नो बारेमा केही कुरा बुझ्थिन् र पछुतोले रुन्थिन्, अनि उनी हैसियतप्रति केन्द्रित भएको कुरा थाहा छ र परिवर्तन हुन चाहन्छु भनेर भन्थिन्, तर उनी त्यो कुरा प्रकट नगरी बस्न सक्दिनथिइन्। त्यो कुरा सुन्दा मलाई उनी उनको भ्रष्ट स्वभावको बन्धनमा छिन् भन्ने लाग्यो, र उनी यसमा अत्यन्तै लिप्त भएकी हुनाले, त्यो कुरालाई तुरुन्तै परिवर्तन गर्न सकिँदैनथियो। उनलाई अझै बढी सहयोगको खाँचो छ भन्ने मलाई लागेको थियो।
पछि उनलाई नेतृत्वको पदमा छनौट गरियो र हामी फेरि पनि सहकर्मी बन्यौं। एक पटक, मैले भेटेकै दिन एक जना सिस्टर अचानक पक्राउ परिन्। उनलाई पुलिसले धेरै दिनदेखि निगरानी गरिरहेको रहेछ, त्यसकारण उनको सम्पर्कमा आएका दाजुभाइ-दिदीबहिनीहरू पनि अवश्य नै निगरानीमा छन् भन्ने हामीले थाहा पायौं। सचेत भएर त्यो ठाउँबाट गइहाल्नको लागि हामीले तिनीहरूलाई तुरुन्तै जानकारी दिनु परेको थियो। मैले उनलाई भर्खरै भेटेकी हुनाले, मलाई पनि पुलिसले निगरानी गरिरहेको हुन सक्ने धेरै सम्भावना थियो, त्यसकारण मैले त्यस घटनापछि अरूलाई सहयोग गर्न सक्ने कुनै उपाय थिएन। मैले हाम्रा यसपछिका कदमहरूको बारेमा छलफल गर्न चेन र अर्को सहकर्मीलाई पत्र लेखेँ। चेनले कुनै समाधानहरू ननिकालेकी मात्रै होइन, तर त्यस मौकाको फाइदा उठाउँदै म र त्यस सहकर्मी बीच समस्या उत्पन्न गरिन्। मैले सिद्धान्त अनुसार काम नगरेको हुनाले त्यो सिस्टर पक्राउ परेकी हुन् भन्दै उनले भनिन्। त्यस सहकर्मीले मलाई नराम्रो ठानिन्, र मलाई रूखो तरिकाले निराकरण र काट-छाँट गरिन्। पछि तिनले अवस्था चेनले भनेजस्तो होइन भन्ने थाहा पाइन् र उनलाई नरमाइलो लाग्यो। उनले मसँग यसको बारेमा मन खोलेर कुरा गरिन् र उनले त्यो कार्यले अरूलाई अपमान गर्छ र कलह पैदा गर्छ भनेर बताउँदै चेनसँग पनि सङ्गति गरेँ भनेर भनिन्। चेनले त्यो कुरालाई स्वीकार नगरेकी मात्र होइन, तर आफ्नो पक्षमा तर्क समेत गरिन्। यो सुन्दा म छक्क परेँ। कसरी चेनले त्यस्तो व्यवहार गर्न सकिन्? मलाई अपमान गरेकोमा र बाधा दिएकोमा उनलाई औंल्याइएको थियो, तर उनले त्यो कुरा स्वीकार गर्न मानिनन्। त्यो त सत्यतालाई स्वीकार गर्न नमान्नु हो। मैले चेन र मैले कसरी लामो समयदेखि काम गरेकी थियौँ, र उनले मप्रति कुनै विचार वा पूर्वाग्रह, वा कुनै सुझाव दिने गरेकी थिइनन् त्यसको बारेमा विचार गरिरहेकी थिएँ। मैले कुनै गलत काम गरेकोले उनलाई बाधा भयो कि र त्यसैले उनले मेरो सहकर्मीलाई त्यसो भनेकी हुन् कि भनेर मैले सोचेँ। त्यसो हो भने, मैले अत्यन्तै होसियारीताको साथ आफ्नो बारेमा मनन गर्नुपर्थ्यो। त्यसकारण मैले चेनलाई सम्पर्क गरेँ र त्यस कुराप्रति मेरो प्रतिक्रिया के थियो त्यो खुलस्त भनेँ। मैले उनलाई यसरी अरूलाई कमजोर तुल्याउने, बाधा दिने व्यवहार दुष्कर्मको रूपमा गनिन्छ भनेर पनि उल्लेख गरेँ। चेनले यसो भन्दै प्रतिक्रिया दिइन्, “मैले हाम्रो सहकर्मीको अघि त्यसरी तपाईंलाई आलोचना गर्नु सही थिएन र मैले आफ्नो बारेमा मनन गर्दै आएकी छु। आजभोलि म नाम र हैसियतको लागि मरिहत्ते गरिरहेकी छु। तपाईंले अगुवाइ गरेर धेरै काम सक्रिय रूपमा सम्हाल्नुभएको छ र अरू सबैले तपाईंलाई साथ दिन्छन्। तपाईंले जे भने पनि, जे सुझाव दिए पनि, सबैले तपाईंको कुरा सुन्न चाहन्छन्, र त्यसले मलाई छायामा पार्छ। मलाई अत्यन्तै असहज महसुस हुन्छ, र मेरो भ्रष्टताले मेरो मन कब्जा गरेको छ।” यो सबै कुरा गर्दा उनी रोइरहेकी थिइन्। उनलाई त्यति धेरै चोट पुगेको देख्दा मलाई खिन्न लाग्यो र अलिक पछुतो पनि लाग्यो। मलाई मैले उनका भावनाहरूलाई ध्यान दिएकी छैन र तिनले भ्रष्टतासँग संघर्ष गरिरहेकी छिन् जस्तो लाग्यो। मेरो बारेमा ती कुरा भन्दा उनी आफ्नो वसमा थिइनन् त्यसकारण उनले मनन गरेर आफ्नो बारेमा सिक्न सक्ने, र त्यसको बारेमा साँच्चै मन खोलेर कुरा गर्न सक्ने भएकीले, उनले पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छिन्। तर त्यसपछि, मैले उनी परिवर्तन भएकी छैनन्, र त्यो व्यवहार झन्-झन् खराब हुँदै गइरहेको छ भन्ने पत्ता लगाएँ।
महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूलाई सधैँ भेट गर्ने अर्की सहकर्मीलाई पुलिसले गुप्त रूपमा निगरानी गरेर पक्राउ गर्यो। पुलिसले तिनीहरूलाई सर्भेलेन्सद्वारा भेट्टाउँछन् भन्ने कुरामा निश्चित भयो। यो साँच्चै नै अनपेक्षित घटना थियो। हामीले हरेक व्यक्तिको सुरक्षालाई सुनिश्चित गर्न यसको बारेमा के गर्ने भनेर आपतकालीन छलफल सुरु गर्यौं। तर चेनले केही पनि बोलिरहेकी थिइनन्, र उनी अलिक बेखुशी देखिन्थिन्। हामीलाई सबैको निर्णय चाहिँदा, तिनी एकोहोरो बन्थिन् र धेरै बेर बोल्दिनथिइन्। यसले साँच्चै नै हाम्रो योजनालाई प्रभाव पार्यो। मलाई याद छ, विगतमा, अरूले उनको दृष्टिकोणमा सहमति नजनाउँदा, वा उनलाई योग्यको नठानिँदा, उनले चुपचाप ओठ लेब्र्याउँथिन् र छलफलमा सहभागी हुन मान्दिनथिइन्। यस पटक के भनेर उनलाई चित्त बुझेन मलाई थाहा थिएन। अवस्था अत्यन्तै अर्जेन्ट थियो। दाजुभाइ-दिदीबहिनीहरू कुनै पनि बेला पक्राउ पर्न सक्थे, जसले परमेश्वरको घरको कामको हितमा क्षति पुर्याउनेथियो, तर उनी उदासीन देखिन्थिन्। क्रोधित भएर, मैले उनलाई बेवास्ता गरेँ र अरूसँग छलफललाई जारी राखेँ। हामीले खतरामा रहेकाहरूलाई तुरुन्तै अर्को ठाउँ सरिहाल्न जानकारी दियौं। त्यो छलफल समाप्त हुँदा रातको ११ बजिसकेको थियो र अरू केही अर्जेन्ट काम पनि गरिहाल्नुपर्नेथियो। तर चेन केही नगरी अनुहार बिगारेर बसिरहेकी थिइन्। उनले केही पनि भन्दिनथिइन् वा छलफलमा सहभागी हुनुपर्दा झारा टार्दै एक-दुई शब्द बोल्थिन्। यसले हामीलाई साँच्चै बाधा दियो। तुरुन्तै पूरा गर्न सकिने कुराहरू बिहानको ३-४ बजेसम्म लाग्यो। त्यो त स्वेच्छाचारी हुनु वा अनिश्चित व्यवहार देखाउने बन्नु मात्रै होइन तर त्यो त कामलाई व्यर्थ गर्नु र बाधा दिनु हो। त्यसपछि, मण्डलीको कामलाई ध्यान नै नदिई आफ्नै नाम र हैसियतको मात्रै वास्ता गरेकोमा मैले उनको स्वार्थ र घृणित अवस्थालाई खुलासा र विश्लेषण गरेँ। त्यसको प्रकृति भनेको ठूलो रातो अजिङ्गरको सहयोगीको रूपमा काम गरेर परमेश्वरको घरको काममा बाधा दिनु हो। अरू केही सहकर्मीहरूले पनि उनका समस्याहरूमा सङ्गति गरे। तर अचम्मको कुरा, उनले विरोध गर्दै भनिन्, “यदि तपाईंहरू सबैलाई म यो काम गर्न सक्दिन भन्ने लाग्छ भने, मलाई कामबाट निकालिदिनुहोस्। जे भए पनि, मलाई म यो कर्तव्य पूरा गर्न सक्छु जस्तो लाग्दैन।” त्यसपछि उनले यसो भनिन्, “म सहभागी हुन नचाहेकी होइन, तर सबैले मैले भनेको कुरा इन्कार गर्छन्। अवस्था यहाँसम्म पुगेको छ कि मसँग कुनै आत्मविश्वास बाँकी छैन। म के भन्न सक्छु र? हरेक पटक म समस्याहरूमा सहयोग गर्न चाहन्छु, तर अरू सबैले यसको सामना गर्ने जिद्दी गर्छन्, त्यसकारण म के गर्न सक्छु र? जे भए पनि, सबैले मलाई व्यर्थ अगुवाको रूपमा हेर्छन्। तपाईंहरूले मलाई केही पनि ठान्नुहुन्न, त्यसकारण म पनि तपाईंहरूसँग संलग्न हुन चाहन्न।” उनको कुरा सुन्दा हामी सबै चकित भयौं। उनले अझै पनि सत्यतालाई स्वीकार गरिरहेकी थिइनन्। आलोचना हुँदा, उनले आफ्नो कर्तव्यलाई त्यागिन् र हामीमाथि जिम्मेवारी थोपर्दै हामीलाई दोष समेत दिइन्। त्यस्तो अर्जेन्ट काममा समेत, उनले आफ्नो नाम र हैसियतको लागि लडाइ गरिरहेकी थिइन्। उनमा साँच्चै नै मानवताको कमी थियो। तर त्यसपछि मैले अत्यन्तै जोड दिइरहेकी छु कि, सबै कुरा आफै गरेर उनलाई खराब अवस्थामा छोडिरहेकी छु कि भन्ने सोचेँ। जब कुनै कुराले उनको नाम वा हैसियतमा असर पर्दैनथियो, तब उनले निकै ध्यान दिइन्थिन् र हाम्रो कामका समस्याहरूलाई राम्ररी पत्ता लगाउँथिन्। तर यो छलफलमा, उनले सहभागिता नजनाएको देख्दा मैले उनलाई बेवास्ता गरेकी नै थिएँ। यदि मैले साँच्चै नै उनलाई ठक्कर खुवाएकी हुँ भने, त्यो पनि दुष्कर्म नै हुनेथियो। त्यो कुरा सोचेपछि मैले अरू थप केही कुरा भनिनँ।
तर पछि यसको बारेमा विचार गर्दा, मैले चेनले बारम्बार यस्तो व्यवहार देखाएकी छिन् भन्ने देखेँ। उनको नाम र हैसियतसँग सम्बन्धित कुनै कुरा आइपरेमा, उनी नकरात्मक बन्थिन् र सुस्त बन्थिन्, अनि कामको बारेमा वास्ता गर्दिनथिइन्, तर मण्डलीको काममा अलिकति पनि साथ दिँदिनथिइन्। वास्तविक समस्या के थियो? त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। “तिनीहरू बाहिरबाट जति नै व्यस्त देखिए पनि, तिनीहरूले जति नै समय बाटोमा दौडिँदै बिताए पनि, र तिनीहरूले जति नै बलिदान, त्याग, र अर्पण गरे पनि, के हैसियतको लागि मात्र बोल्ने र काम गर्ने खालका मानिसहरूलाई सत्यता पछ्याउने मानिसहरू भन्न मिल्छ त? बिल्कुलै मिल्दैन। हैसियतको लागि, तिनीहरू कुनै पनि मूल्य चुकाउनेछन्। हैसियतको लागि, तिनीहरू कुनै पनि कठिनाइ सहनेछन्। हैसियतको लागि, तिनीहरू कहीँकतै रोकिनेछैनन्। तिनीहरूले अरू मानिसहरूमा खोट पत्ता लगाउने, तिनीहरूलाई दोष दिने, वा तिनीहरूको लागि कठिनाइ खडा गर्ने कोसिस गर्छन्, र यसरी अरू मानिसहरूलाई पैतालामुनि कुल्चिन्छन्। तिनीहरू सजाय र प्रतिशोधको डरसमेत मान्दैनन्; तिनीहरू परिणामबारे केही नसोची हैसियतको लागि काम गर्छन्। यस्ता खाले मानिसहरू केमा लागिपर्छन्? (हैसियतमा।) यो कहाँनेर पावलसँग समान छ? (मुकुटमा लागिपर्ने कुरामा।) तिनीहरू धार्मिकताको मुकुटमा लागिपर्छन्, र तिनीहरू हैसियत, ख्याति र लाभ पछ्याउँछन्, अनि सत्यता पछ्याउनुको सट्टा त्यस्तो पछ्याइलाई नै जायज पछ्याइ मान्छन्। अनि, यस्ता मानिसहरूको सबैभन्दा पहिलो विशेषता के हो? त्यो के हो भने, तिनीहरू हरेक पक्षमा, हैसियत, ख्याति, र लाभका लागि कार्य गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले चेनका सबै व्यवहारहरूको बारेमा विचार गर्न थालेँ। उनी कष्ट भोग्न र मूल्य चुकाउन तयार छिन् जस्तो देखिन्थिन्, तर उनले गरेको सबै कुरा आफ्नै नाम र हैसियतको खातिर थियो। जब म उनको कामको इन्चार्ज बनेँ, तब उनी मभन्दा सानो पदमा छन् भन्ने सोच्दै मसँग राम्ररी बोल्नै छोडिन्। उनी यति निराश भएकी थिइन् कि उनले उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहिनन्। हामीले उनलाई सहयोग गर्न उनको कामका समस्याहरूलाई औँल्याउथ्यौं र कहिलेकहीँ हामीले उनको सट्टा अरू मानिसहरूलाई काम दिने गर्थ्यौं। त्यो संसारको सबैभन्दा सामान्य कुरा हो। तर त्यसो गर्दा उनको इज्जत जान्छ भन्ने उनले सोच्थिन्, त्यसकारण उनी अवज्ञाकारी बन्थिन्, अनि सबैले उनलाई नै ध्यान दिऊन्, उनलाई नै केन्द्रविन्दु बनाऊन् भनेर पर्खिँदै, घुर्की लगाउँथिन् र बोल्न मान्दिनथिइन्। अगुवाको रूपमा, कुनै व्यक्ति पक्राउ परेपछिको काम अर्जेन्ट हुन्छ भन्ने कुरा उनलाई थाहा थियो, तर उनी अझै नाम र फाइदाको लागि संघर्ष गर्न चाहन्थिन्, र अवस्थालाई खराब बनाउन चाहन्थिन्, र सहभागिता जनाउन इन्कार गर्थिन्। उनले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको बारेमा विचार गरिनन् र परमेश्वरको घरको कामलाई साथ दिइनन्। मैले यो अवस्थाबाट के थाहा पाएँ भने, उनको हृदय ठीक ठाउँमा छैन, उनले नाम र हैसियतको मात्रै खोजी गर्न सक्छिन्, सत्यताको होइन। उनी परमेश्वर विरुद्धको बाटोमा थिइन्। हामीले उनलाई धेरै पटक सहयोग गर्ने र उनीसँग सङ्गति गर्ने प्रयास गर्यौं, तर उनले विरोध गर्थिन् र स्वीकार गर्दिनथिइन्। उनी सत्यतालाई स्वीकार गर्ने व्यक्ति थिइनन्। अगुवाहरू छनौट गर्ने सम्बन्धी सबैभन्दा आधारभूत सिद्धान्त भनेको तिनीहरूले सत्यताको खोजी र स्वीकार गर्नुपर्छ भन्ने हो। मापदण्ड पूरा नगरी, कसरी उनले अगुवाको रूपमा काम गर्न सक्थिन्?
त्यसपछि, हामीमध्ये केहीले चेनले अगुवाको रूपमा सेवा गर्न सक्छिन् कि सक्दिनन् भनेर छलफल गर्यौं। कतिले के बताए भने, उनी स्वेच्छाचारी छिन् र हैसियत सम्बन्धी उनको इच्छा पूरा नहुँदा काममा प्रभाव पार्छिन्, तर कुनै कुरा उनको नाम र हैसियतसँग सम्बन्धित नहुँदा, उनले केही काम पूरा गर्न सक्छिन्। उनीसँग राम्रो क्षमता र सक्षमता थियो, र समस्याहरूलाई सक्रिय रूपमा सम्हाल्न सक्थिन्। साथै, हैसियतमा केन्द्रित हुने बानीलाई तुरुन्तै परिवर्तन गर्न सकिँदैन, त्यसकारण सायद उनलाई हामीबाट थप सहयोगको आवश्यकता छ। अर्की सहकर्मीले चेनले नाम र हैसियतको लागि संघर्ष गर्दा र उनको अनुहार बिग्रिँदा, हामीलाई बाधा भएको महसुस हुन्छ, तर कुनै कुराले उनको हैसियतलाई खतरामा नपार्दा उनले हामीसँग मिलेर नै काम गर्छिन्, र हरेक घटनापछि, उनी रुन्छिन् र आफ्नो बारेमा सिक्न सक्छिन् भनेर भनिन्, त्यसकारण चेनले पश्चात्ताप गरेर परिवर्तन हुन चाहन्छिन् भन्ने उनलाई लागेको थियो। र हामीले उनका समस्याहरूको खुलासा गरेपछि, उनी पहिलेजस्तो धेरै दिनसम्म नकरात्मक बनिनन्, तर भोलिपल्ट नै काममा आइन्। हामीले पर्खेर हेर्नुपर्छ, अनि चेन अझै परिवर्तन भइनन् भने, उनलाई त्यतिखेर हटाउँदा पनि ढीला हुँदैन भनेर यस सहकर्मीले भनिनन्। त्यो कुरा सुन्दा मलाई के गर्ने-के नगर्ने भयो। मलाई त्यो सबै कुरा सही हो भन्ने लाग्यो। हामीले उनका समस्याहरू औंल्याएपछि, उनी रोएकी थिइन् र आफ्नो भ्रष्टताको बारेमा मन खोलेर बताएकी थिइन् त्यसपछि सामान्य रूपमा नै आफ्नो कर्तव्य पूरा गर्न आएकी थिइन्। यदि उनले साँच्चै पश्चात्ताप गर्न चाहेकी थिइन् भने, के उनी परिवर्तन हुन सक्दिनथिइन् र? सायद हामीले प्रतीक्षा गरेर हेर्नुपर्छ, अनि उनले मण्डलीको काममा बाधा दिइरहिन् र प्रभाव पारिरहिन् भने, हामीले उनलाई निकाल्न सक्छौं। त्यसरी, मैले चेनको समस्यालाई पन्छ्याएँ।
तर बेला-बेलामा चेनको मुड परिवर्तन हुन्थ्यो र घुर्की देखाउँथिन्, र हामीले उनको विचार अनुसार काम नगर्दा, उनलाई आफू अपमानित भएको अनुभव हुन्थ्यो। कहिलेकहीँ कुनै सहकर्मीले उनीसँग भन्दा अलिक बढी समय मसँग कुरा गर्यो भने, मसँग उनी रिसाउँथिन्, र हाम्रो सम्बन्ध निकै राम्रो छ र उनी हाम्रो लागि महत्त्वपूर्ण छैनन् भन्ने सोच्थिन्। कहिलेकहीँ उनी अचानक विना कारण रिसाउँथिन्। उनीद्वारा हामी सबैलाई साँच्चै बाधा पुगेको थियो। के कुरा भनेर वा गरेर उनलाई त्यति रिस उठेको थियो सो हामीलाई थाहा थिएन। कहिलेकहीँ मलाई बाहिरबाट घर पनि आउन मन लाग्दैनथियो, किनभने उनीसँग रहँदा निकै कठिन र दवाबपूर्ण हुन्थ्यो। एक पटक उनी नेतृत्वमा केही परिवर्तन ल्याउन एउटा मण्डलीमा गएकी थिइन्। जानुभन्दा पहिले, हामीले उचित नरहेका झूटा अगुवा र सेवकहरूलाई उनले पूर्ण रूपमा निकाल्नुपर्छ त्यसपछि असल अगुवाहरूलाई छनौट गर्नुपर्छ भनेर छलफल गरेका थियौं। केही हप्तापछि उनी फर्केर आइन् र हामी सबैलाई हतार-हतार उनले सबै कुराको बारेमा खोजी-निधो गरेकी र याङ्ग चेनले दुष्ट काम गर्नेहरू र ख्रीष्ट-विरोधीहरूलाई रक्षा गरेर मण्डलीमा कोलाहल ल्याइरहेकी छिन् भन्ने पत्ता लगाइन्, र याङ्ग चेनले हैसियतका लाभहरूमा आनन्द लिने गरेकी र वास्तविक काम नगर्ने गरेकी, जसले मण्डलीको केही काममा बाधा पुगेको कुरा थाहा पाइन्। उनले याङ्ग चेन साँच्चै स्वार्थी र कपटी छिन्, र साँचो कुरा बिरलै बोल्छिन्, अरूमा समझशक्तिको कमी भएकोले तिनीहरू उनको बहकाउमा परेका र उनलाई सम्मान गर्ने गर्दा रहेछन् भनेर पनि बताइन्। सत्यतालाई स्वीकार नगर्ने वा आफूलाई नचिनेकी अनि आफूले गरेको कुरामा कुनै पछुतो नगर्ने याङ्ग चेनमा यी सबै बानीबेहोरा छन् भनेर औँल्याइन्। तिनको बारेमा चेनले बताएकी सबै कुराको आधारमा हेर्दा, तिनी पूर्ण रूपमा झूटा अगुवा हुन् भन्ने देखिन्थ्यो। उनले चेनलाई हटाइन् कि हटाइनन् भनेर हामीले सोध्यौं। उनी अत्तालिइन्, अनि एकछिन सोचेर भनिन्, “मलाई त्यस्तो लागेको मात्रै हो, तर तिनका वास्तविक समस्याहरू के हुन् भन्ने बारेमा म निश्चित थिइनँ, त्यसकारण मैले उनलाई हटाइन।” त्यसो भन्दा मलाई अलिक रिस उठ्यो। के त्यो दाजुभाइ-दिदीबहिनीहरूलाई चोट पुर्याउने कार्य होइन र? उनले झूटो अगुवालाई आश्रय दिइरहेकी थिइन् र परमेश्वरको घरको काममा बाधा पुर्याइरहेकी थिइन्! हामीले चेनलाई यिनै कुराहरू भन्यौं र त्यो बेला उनी अलिक बेखुशी देखिन्थिन्। आफूसँग कुराहरू बुझ्ने क्षमता नभएको भन्दै उनले आफ्नो बचाउ गरिन्। त्यसपछि, उनको प्रतिरक्षा अत्यन्तै घोर छ भन्ने लागेर, उनले फेरि पनि आत्म-चिन्तन गरेको बहाना बनाइन्। उनले याङ्ग चेनलाई नबुझेको होइन, तर उनले तिनको हैसियतको रक्षा गर्ने प्रयास गरेको कुरा बताइन्, किनभने उनले काममा ढिलाई गरेर प्रभावकारी काम गरिनन् भनेर हामीले भन्छौ भन्ने उनलाई डर थियो, त्यसकारण उनले याङ्ग चेनलाई समयमा नै निकालिनन् तर तुरुन्तै फर्केर आइहालिन्। तर पछि, झूटो अगुवालाई तुरुन्तै नहटाएकोमा चेनसँग कुनै बुझाइ वा पछुतो थिएन। त्यसको केही समयपछि नै, उनी नेतृत्वमा केही परिवर्तन ल्याउन अर्को मण्डलीमा गइन्। त्यहाँको एक जना अगुवाले व्यवहारिक काम गर्दिनन्, तर सधैँ धर्मसिद्धान्तको कुरा गर्छिन्, र तिनी झूटो अगुवा हुन् भन्ने कुरा उनलाई राम्ररी नै थाहा थियो। त्यसपछि त्यहाँ दुई जना डिकनहरू पनि थिए। एक जनाले सधैँ मानिसहरूलाई हप्काउन, दमन गर्न, र अनुशासनमा राख्न आफ्नो पदको प्रयोग गरिरहेकी हुन्थिन्, र अर्कीमा व्यावहारिक काम गर्ने क्षमताको कमी थियो। सिद्धान्तहरू अनुसार त तिनीहरूलाई निकालिनुपर्थ्यो। अन्त्यमा, चेनले मण्डली अगुवालाई मात्रै निकालिन्, त्यसकारण मैले उनलाई उनले किन दुई जना डिकनहरूलाई निकालिनन् भनेर सोधेँ। अगुवा र डिकनहरूले उनी निर्दयी रहेछिन् भनेर भन्नेछन्, र अरूले उनी अहङ्कारी, रिसाहा, र मानिसहरूलाई मौका नदिने व्यक्ति हुन् भनेर भन्नेछन् भन्ने डर लाग्यो भनेर उनले मलाई भनिन्। उनले अरू पनि धेरै बहानाहरू बनाइन्। जब-जब पछि यो कुरा निस्कन्थ्यो, चेन सधैँ मुस्कुराउँथिन्; तिनीहरूलाई समयमा नै निष्कासन नगरेकोमा उनलाई अलिकति पनि पछुतो थिएन। यस्तो कामको महत्त्वको बारेमा हामीले धेरै पटक सङ्गति गरेका थियौं। चेन अगुवा भएको धेरै वर्ष भएको थियो, र झूटा अगुवा र सेवकहरूले मण्डलीमा गर्ने हानिको बारेमा उनलाई थाहा थिएन भन्ने होइन, तर आफ्नो नाम र हैसियतको रक्षा गर्न, तिनी झूटा अगुवाहरूको रक्षा गर्दै बारम्बार तिनीहरूको पक्षमा उभिएकी थिइन्। यो मण्डलीको कामको लागि गम्भीर बाधा थियो। जब हामीले उनीसँग उनका कार्यहरूको प्रकृतिको बारेमा सङ्गति गर्यौं, तब उनले धेरै वटा बहाना बनाइन्, तर कुनै आत्मज्ञान देखाइनन्, पछुतो वा खेद प्रकट गर्ने कुरा त परै जाओस्। तिनी कस्तो किसिमको व्यक्ति हुन्? यो प्रश्न मनमा राख्दै, मैले परमेश्वरसँग प्रार्थना गरेँ अनि सहकर्मीहरूसँग सङ्गति गरेँ।
त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित मनोवृत्ति भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? पटक्कै हुँदैन। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्याउँछन्—परमेश्वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति वितृष्ण भइसकेका हुन्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म वितृष्ण भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई जिद्दी भई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्वरको घरको कामलाई गम्भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा पर्याप्त रूपले प्रमाणित गर्छ। तिनीहरू परमेश्वरमा विश्वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्वास हुन्छ कि, यदि तिनीहरूले आफ्नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले तिनीहरूलाई जेजसरी खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाब यी व्यवहारहरूले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्छन्। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना र गैरजिम्मेवारीपूर्ण हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, जिम्मेवारीबाट पन्छिनुले सत्यताप्रति वितृष्ण बन्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्ने देखाउँछ। तिनीहरूको बाधा र दुष्कर्मले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले धिक्कार अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरू सारमा दियाबलसहरू हुन्। आफूले परमेश्वरको घरको हितमा जति नै ठूलो हानि पुर्याए पनि तिनीहरूले त्यो देख्दैनन्। यसको कारण तिनीहरू हृदयमा अलिकति पनि दुःखी हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। तिनीहरू दियाबलस हुन्, र दियाबलसहरूमा अलिकति पनि विवेक वा समझ हुँदैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, ख्रीष्ट-विरोधीले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैन, तर तिनीहरूको प्रकृति नै सत्यतालाई घृणा गर्ने हुन्छ। तिनीहरूलाई काट-छाँट र निराकरण गर्दा, तिनीहरूले त्यसलाई इन्कार गर्दै बहानाहरू बनाउँछन्। तिनीहरूका कार्यले दाजुभाइ-दिदीबहिनीहरूलाई जति नै चोट पुर्याए पनि वा परमेश्वरको घरको काममा जति नै हानि गरे पनि, तिनीहरूलाई कहिल्यै पनि यसको बारेमा नराम्रो लाग्दैन, र विशेष गरी पछुतो गर्ने वा ग्लानि अनुभव गर्ने गर्दैनन्। जब त्यस्तो व्यक्तिले आफ्नो दुष्कर्म प्रकट गर्छ, तब ऊ आफ्नो छविको रक्षा गर्न त्यसलाई स्वीकार गर्नुभन्दा बरु मर्न तयार हुन्छ। परमेश्वरको घरको काम र हितको बारेमा तिनीहरू अत्यन्तै लापरवाही र गैरजिम्मेवार हुन्छन्, र आफ्नो नाम र हैसियतको खातिर परमेश्वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई बलिदान दिन समेत तयार हुन्छन्। तिनीहरूमा विवेक र समझशक्तिको कमी हुन्छ, र तिनीहरूमा मानवता सून्य हुन्छ। तिनीहरू दुष्टहरू र शैतान हुन्। चेनका सबै व्यवहार परमेश्वरले ख्रीष्ट-विरोधीहरूका बारेमा प्रकट गर्नुभएको कुरासँग मिलेको मैले देखेँ। उनले गर्ने हरेक कुरामा, उनले आफ्नै नाम र हैसियतको रक्षा गर्थिन्। पक्राउपछि अर्जेन्ट कामको बारेमा छलफल गर्नुपर्दा, उनको सुझावलाई सबैले स्वीकार नगरेको देख्दा, हामीले उनलाई गम्भीर रूपमा लिँदैनौं भन्ने उनलाई लाग्थ्यो, त्यसकारण उनले ओठ लेब्र्याउँदै छलफलमा सहभागी हुन इन्कार गर्थिन्, जसले हामीलाई बाधा पुग्थ्यो। याङ्ग चेन वास्तविक काम नगर्ने झूटो अगुवा हुन् भन्ने उनलाई राम्ररी थाहा थियो, तर पनि उनले तिनलाई निष्कासन गरिनन्, जसले गर्दा तिनले मण्डलीका सदस्यहरूलाई निरन्तर हानि गरिरहिन्। अर्को मण्डलीका डिकनहरू कामको लागि योग्य नरहेको देख्दा पनि, आफ्नो हैसियतको रक्षा गर्न, उनले तिनीहरूलाई निष्कासन गरिनन् र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने मौका पाइरहे। जब यस विषयमा उनलाई प्रश्न गरियो, तब उनी यसलाई स्वीकार गर्न अनिच्छुक थिइन्, तर ठूलो झूट बोल्दै बहाना बनाइन्। ती दुई वटा मण्डलीका अगुवाहरू ख्रीष्ट-विरोधीहरू हुन् भन्ने कुरा पछि थाहा भयो। तिनीहरूले धेरै दुष्ट काम गरे र आक्रोश फैलाए। र पनि चेनले झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूको पक्षमा उभिने र तिनीहरूको रक्षा गर्ने दुष्ट काम गरेकोमा कुनै पछुतो गरिनन्। उनी त मुस्कुराउने समेत गर्थिन्। यसले मलाई के देखायो भने, उनको प्रकृति नै सत्यतालाई घिनाउने, घृणा गर्ने किसिमको छ, र तिनमा दुष्ट मानवता छ। तिनी दुष्ट, शैतान, ख्रीष्ट-विरोधी थिइन्।
पछि मैले परमेश्वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्न सक्ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतको खोजीलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यसलाई उही वजन दिन्छन्। भन्नुको मतलब, परमेश्वरमाथिको विश्वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियतको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा परमेश्वरमाथिको विश्वास र सत्यताको खोजी भनेकै प्रतिष्ठा र हैसियतको खोजी हो भन्ने विश्वास गर्छन्; प्रतिष्ठा र हैसियतको खोजी भनेको सत्यताको खोजी हो र प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्। यदि तिनीहरूलाई आफ्नो कुनै प्रतिष्ठा, लाभ वा हैसियत छैन, कसैले पनि आफूलाई सम्मान वा आदर गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता होइन र? के यो निराशलाग्दो छैन र?’ तिनीहरूले आफ्नो हृदयमा त्यस्ता कुराहरूबारे बारम्बार विचार गर्छन्, आफ्नो लागि परमेश्वरको घरमा कसरी स्थान लिन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ भनेर विचार गर्छन्, ताकि मानिसहरूले तिनीहरूको कुरा सुनून्, र तिनीहरूले गरेको काममा समर्थन जनाऊन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूलाई पछ्याऊन्; ताकि तिनीहरूले मण्डलीमा अन्तिम निर्णय गर्न पाऊन्, र तिनीहरूले ख्याति, लाभ, र हैसियत पाऊन्—तिनीहरूले यस्ता कुराहरूमा साँच्चै ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले गर्ने खोजी यिनै हुन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? परमेश्वरका वचनहरू पढेपछि, उपदेशहरू सुनेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के तिनीहरू वास्तवमै यी सबै कुरा देख्न सक्षम छैनन् त? के परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? अवस्था बिलकुलै त्यस्तो होइन। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र हृदयमा तिनीहरूले सत्यताप्रति वितृष्ण मान्ने हुनाले, समस्या तिनीहरूमै हुन्छ, र फलस्वरूप, तिनीहरू सत्यता ग्रहण गर्न सक्दै नसक्ने हुन्छन्—र यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गरेको हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूलाई मनन गर्दा मैले, ख्रीष्ट-विरोधीहरूले नाम र हैसियतको विशेष लोभ गर्छन् भन्ने देखेँ। तिनीहरू जहाँ भए पनि, तिनीहरूले जे गरे पनि, तिनीहरूले सधैँ अरूले तिनीहरूलाई मान-सम्मान गर्छन् कि गर्दैनन्, तिनीहरूले निर्णय गर्ने अधिकार पाउँछन् कि पाउँदैनन् भनेर मात्रै सोचिरहेका हुन्छन्। यदि तिनीहरूले ती कुरा पाउन सक्दैनन्, तिनीहरू अत्यन्तै खिन्न बन्छन् र विश्वास गर्ने र कर्तव्य पूरा गर्ने इच्छा समेत गुमाउँछन्। तिनीहरूको हृदयमा, प्रतिष्ठा र हैसियत नै सबैभन्दा पहिलो स्थानमा हुन्छ। तिनीहरूका वरिपरि जे-जस्तो घटना घटिरहेको भए पनि, वा तिनीहरूले परमेश्वरका जति धेरै वचनहरू सुने पनि, तिनीहरूले यो खोजीलाई कहिल्यै पनि परिवर्तन गर्दैनन्। र आफ्नै छवि र चासोहरूका लागि, तिनीहरू परमेश्वर र सत्यताको विरुद्धमा अन्त्यसम्मै लड्न समेत पछि पर्दैनन्। मैले चेनको व्यवहारको बारेमा विचार गरेँ। उनले आफ्नो नाम र हैसियतलाई नै सबैभन्दा बढी महत्त्वपूर्ण ठान्थिन्, यहाँसम्म कि त्यो तिनको जीवन नै बनेको थियो। उनले सधैँ अन्तिम निर्णय गर्ने अधिकारको लागि संघर्ष गरिरहेकी हुन्थिन्, र त्यो कुरा नपाउँदा उनले विरोधी बनेर घुर्की देखाउँथिन्। उनले अरूलाई अवमूल्यन गर्ने र समस्याहरू पैदा गर्ने समेत गर्थिन्। उनले सबै उचित मानव समझ गुमाएकी थिइन्। मण्डलीका हितहरूसँग सम्बन्धित कुरामा, उनले सधैँ आफ्नै नाम र हैसियतलाई पहिलो स्थानमा राख्थिन्। परमेश्वरको घरको लागि यो जति नै अर्जेन्ट भए पनि वा अरू खतरामा नै रहेको भए पनि, उनले त्यसको वास्ता गर्दिनथिइन्। कहिलेकहीँ उनले बाधा दिइरहेकी छिन् भन्ने कुराको बारेमा उनलाई राम्ररी नै थाहा हुन्थ्यो, तर उनले आफ्नै हैसियतको रक्षा गर्न चाहन्थिन्। चेन अगुवा भएको धेरै वर्ष भएको थियो। झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूलाई तुरुन्तै निकालिनुपर्छ भन्ने कुरा उनलाई थाहा थियो, तर उनले आफ्नै हैसियतको रक्षा गर्न चाहन्थिन्, त्यसकारण जब उनले झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सबै प्रकारको दुष्कर्म गरिरहेका, मण्डलीको काममा बाधा दिइरहेका देख्थिन्, तब उनले पूर्ण रूपमा तिनीहरूको ढालको रूपमा काम गर्थिन्। अनि मण्डलीको काममा हानि गर्यो र सदस्यहरूको जीवन प्रवेशमा गम्भीर हानि पुर्यायो। उनी परमेश्वरको विरुद्धमा निडर भई काम गर्ने सङ्गी दुष्कर्मी थिइन्। मलाई परमेश्वरका वचनहरूको यो खण्ड याद आयो: “शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। उनी अगुवा थिइन्, तर उनले परमेश्वरको घरका हितहरूलाई अलिकति पनि साथ दिइरहेकी थिइनन्। कुनै कुरा जति महत्त्वपूर्ण वा अर्जेन्ट हुन्थ्यो, उनी त्यति ठूलो बाधा बन्थिन्। उनले सधैँ यस्तै व्यवहार गर्थिन्। त्यो कार्य केही भ्रष्टता प्रकट गर्नु वा एकछिन समझशक्ति गुमाउनु होइन। उनले जानी-जानी परमेश्वरको घरको काममा बाधा दिइरहेकी र कमजोर तुल्याइरहेकी थिइन्। परमेश्वरले “सच्चा दुष्ट शैतान” भनी व्याख्या गर्नुभएको व्यक्ति त्यस्तै हुन्छ। सिद्धान्तहरू अनुसार, त्यस्तो व्यक्तिलाई मण्डलीबाट निष्कासन गर्नुपर्छ। मैले परमेश्वरका वचनहरूमा जति धेरै मनन गरेँ, यो कुरा त्यति नै स्पष्ट भयो। मैले म कति अन्धो र मूर्ख थिएँ भन्ने थाहा पाएँ। मैले यस दुष्कर्मी, यस ख्रीष्ट-विरोधीप्रति सहनशील व्यवहार मात्रै गर्दै आएकी रहेछु, र उनलाई एउटा सिस्टरलाई जस्तो व्यवहार गरिरहेकी रहेछु। मलाई उनी जवान र अस्थिर छिन्, उनीसँग वरदान, क्षमता, र उनी योग्य छिन् भन्ने लागेको थियो, त्यसकारण मैले उनलाई सहयोग र समर्थन गरिरहेँ, प्रेम गरेर उनलाई मौका दिइरहेँ। मैले त झूटा अगुवा, ख्रीष्ट-विरोधीलाई पो रक्षा गरिरहेकी रहेछु, जसले गर्दा परमेश्वरको घरको काममा हानि भएको थियो। पीडा र आत्म-ग्लानिमा डुबेर मैले परमेश्वरसँग प्रार्थना गरेँ: “हे परमेश्वर, मसँग कुनै समझशक्ति रहेनछ। मैले झूटा अगुवा, ख्रीष्ट-विरोधीको रक्षा गरेँ, अनि तपाईंको विरुद्धमा गम्भीर अपराध गरेँ। हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। खडा भएर चेनको दुष्कर्मलाई खुलासा गर्न र मण्डलीको कामको रक्षा गर्न मलाई अगुवाइ गर्नुहोस्।”
त्यसपछि, अरू केही सहकर्मी र मैले चेनको बारेमा रिपोर्ट गर्दै पत्र लेख्यौं र उनकै अघि उनको दुष्ट कार्यहरूको खुलासा र विश्लेषण गर्यौं। उनलाई आफूमाथि अन्याय भएको छ भन्ने लाग्यो र आफ्नो व्यवहारको बारेमा उनीसँग अलिकति पनि बुझाइ थिएन। मलाई परमेश्वरका वचनहरूमा उल्लेख गरिएको दुष्ट व्यक्तिको शब्दकोशमा “पश्चात्ताप” भन्ने कुनै शब्द हुँदैन भन्ने भनाइको याद आयो। चेनको प्रकृति दुष्टतालाई घृणा गर्ने, र घिनाउने किसिमको थियो भन्ने बारेमा म अझै निश्चित भएँ। उनले जति धेरै दुष्कर्म गरेकी भए पनि वा उनले जे-जस्तो असफलता अनुभव गरेकी भए पनि, उनले साँचो रूपमा पश्चात्ताप गर्न सक्दिनथिइन्। सिद्धान्त अनुसार हामीले उनलाई निष्कासित गर्यौं। आफ्नो पदबाट निष्कासित भएपछि, उनले अलिकति पनि आत्म-चिन्तन गरिनन्। उनले परमेश्वरको घरमा प्रेमको कमी छ भनेर भन्दै आलोचनात्मक कुराहरू भनिरहिन्, र अन्तिममा विश्वास त्याग गरिन्। यसबाट मैले के देखेँ भने चेन परमेश्वरको कामले खुलासा गरेको एक जना ख्रीष्ट-विरोधी, गैर-विश्वासी थिइन्। उनलाई आधिकारिक रूपमा मण्डलीबाट निष्कासित गरियो।
त्यसपछि, मैले आफ्नो बारेमा मनन गरिरहेकी थिएँ। मैले किन मेरै छेउमा रहेको ख्रीष्ट-विरोधीलाई देखिनँ? ममा के कुराको कमी भएर, ममा भेदशक्तिको कमी थियो? यस बारेमा मनन गरिसकेपछि मैले के थाहा पाएँ भने उनले आफ्नो इज्जतको लागि लडाइ गरिसकेपछि, हरेक पटक उनले आफ्नो व्यवहार र विचारहरूका बारेमा मन खोलेर कुरा गर्थिन्, र कहिलेकहीँ त आँसु समेत झार्थिन्। मलाई के लाग्थ्यो भने, उनी हैसियतप्रति तल्लीन छिन्, तर उनले सत्यतालाई स्वीकार गर्न र पश्चात्ताप गर्न सक्छिन्। उनी जवान, अस्थिर भएकीले, उनको भ्रष्टताको बन्धनमा परेर त्यसलाई रोक्न नसकेकी हुनाले उनले बाधा दिने, अनुचित कार्यहरू गर्ने गरेकी हुन्। त्यसकारण म मुख्य रूपमा सङ्गति र सहयोग मात्रै प्रदान गर्थेँ, र सधैँ आफ्नो बारेमा मनन गर्ने र आफूलाई बुझ्ने प्रयास गर्थेँ। साथै, कुनै कुरा उनको नाम र हैसियतसँग सम्बन्धित नहुँदा, उनी अरूसँग मिलेर बस्थिन् र आफ्नो कर्तव्यप्रति बोझ उठाउँथिन्। उनले बनाएको यो झूटो छविद्वारा म छलमा परेकी थिएँ। पछि मैले परमेश्वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरेँ, र त्यसले मलाई के कुरा बुझ्न सहयोग गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूले मानिसहरूलाई जुनै विधिहरू प्रयोग गरेर भ्रममा पार्ने र लोभ्याउने गरे पनि, एउटा कुरा चाहिँ निश्चित छ: तिनीहरूले आफ्नो शक्ति र हैसियतका लागि दिमाग खियाउँछन् र आवश्यक कुनै पनि माध्यमहरू अपनाउनेछन्। अर्को निश्चित कुरा के हो भने तिनीहरूले जे गरे पनि, आफ्ना कर्तव्य निभाउन गरिरहेका हुँदैनन्, अनि निश्चय नै आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न गरिरहेका हुँदैनन्; बरु, तिनीहरू मण्डलीमा प्रभुत्व जमाउने आफ्नो लक्ष्य हासिल गर्न त्यसो गर्छन्। यसका अलावा, तिनीहरू आफूले जे गरे पनि, परमेश्वरको घरका हितहरूलाई कहिल्यै विचार गर्दैनन्, र निश्चय नै परमेश्वरका चुनिएका जनहरूका हितहरूलाई विचार गर्दैनन्। ख्रीष्टविरोधीहरूको शब्दकोषमा, यी दुई कुरा पाइँदैनन्; तिनीहरूमा ती कुरा जन्मजातै हुँदैनन्। तिनीहरू जुनसुकै तहका अगुवा भए पनि, परमेश्वरको घर वा परमेश्वरका चुनिएका जनहरूका हितप्रति अलिकति पनि चासो देखाउँदैनन्। तिनीहरूका सोच र दृष्टिकोणमा, मण्डलीको काम र परमेश्वरको घरका हित असान्दर्भिक र आफूभन्दा तल हुन्छन्। तिनीहरू आफ्नो पद र आफ्ना हितबारे मात्र सोच्छन्। … कहिलेकाहीँ, जब निकै दुष्टता गरेकोमा ख्रीष्टविरोधीहरूको रिपोर्ट गरिन्छ र माथिले तिनीहरूबारे थाहा पाउँछ, र तिनीहरूलाई आफ्नो पद गुम्न लागेको महसुस हुन्छ, तब तिनीहरू भक्कानिएर रुन थाल्छन्। बाहिरी रूपमा, तिनीहरू पश्चात्तापी र परमेश्वरतिर फर्किरहेकोझैँ देखिन्छन्, तर तिनीहरू रुनुको साँचो कारण के हो? तिनीहरू साँच्चै के कुरामा पछुताउँछन्? तिनीहरूलाई आफूले मानिसहरूको हृदय, आफ्नो पद, र ख्याति गुमाएकाले दुःख लाग्छ र पीडा हुन्छ। तिनीहरूको आँसुमा यही कुरा हुन्छ। त्यो सँगसँगै, तिनीहरूले आफ्नो पदलाई बलियो बनाउन, आफ्ना गल्तीहरूबाट सिक्न र फेरि फर्कन अर्का कदमहरूबारे योजना बुन्न थालिसकेका हुन्छन्। ख्रीष्टविरोधीहरूको यो व्यवहारलाई नियाल्दा, तिनीहरूलाई आफूले गरेका अपराध र प्रकट गरेका भ्रष्ट स्वभावहरूका कारण पछुतो वा पीडा हुँदैन, अनि तिनीहरू निश्चय नै आफूलाई साँचो रूपमा चिन्ने वा पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरसामु घुँडा टेक्लान्, भक्कानिएर रोइकराइ गर्लान्, चिन्तन गरेर आफूलाई धिक्कार्लान्, तर यो त मानिसहरूलाई भ्रममा पार्ने खोल हो, र कतिपय मानिसले त यसलाई साँचोसमेत ठान्लान्। सम्भवतः त्यस क्षणमा, तिनीहरूका भावनाहरू साँचो हुन्। तर, ख्रीष्टविरोधीहरूले कहिल्यै साँचो पछुतो अनुभव गर्नेछैनन् भन्ने कुरा याद राख्न जरुरी छ। तिनीहरूलाई कुनै दिन खुलासा गरेर हटाइए पनि, साँचो रूपमा पछुतो हुनेछैन। तिनीहरूले आफ्नो असफलता, आफूले आफ्नो कार्यप्रस्तुति नराम्रो तरिकाले बिगारेको छ र आफ्ना सारा दुष्ट कार्यहरू खुलासा गरेको छ भनेर मात्र स्विकार्नेछन्। किन म यसो भन्छु? सत्यता र परमेश्वरलाई घृणा गर्नु ख्रीष्टविरोधीहरूको प्रकृतिमा आधारित हुन्छ। तिनीहरूले सत्यता कहिल्यै स्विकार्नेछैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको आत्मज्ञान निरन्तर रूपमा झूटो हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने ख्रीष्ट-विरोधीहरू भूत हुन्, दुष्ट र धूर्त प्रकृतिका हुन्छन्, र तिनीहरूसँग छलका अत्यन्तै चलाक रणनीति हुन्छन्। कहिलेकहीँ तिनीहरू अरूप्रति प्रेमिलो, सहनशील, र धैर्य देखिन्छन्, तर तिनीहरूका चासोहरूसँग सम्बन्धित कुरा छ भने, तिनीहरूले अरू मानिसहरूमाथि जाइलाग्न र इन्कार गर्न केही पनि बाँकी राख्दैनन्। त्यसरी तिनीहरूको तथाकथित प्रेम, धैर्यता र सहनशीलता सबै बनावटी हुन् भन्ने कुरा तैँले थाहा पाउन सक्छस्। कहिलेकहीँ, तिनीहरू नराम्ररी रुन्छन्, आफूलाई चिन्छन् र सराप्छन्, तर त्यो साँचो पश्चात्ताप होइन। यो अरूलाई बहकाउन र नियन्त्रण गर्न, आफ्नै पदलाई दह्रिलो पार्नको लागि गरिएको हुन्छ। मैले चेनसँगका मेरा सबै अन्तरक्रियाहरूलाई होसियारीताको साथ विचार गरेँ। कुनै कुरा उनको नाम र हैसियतसँग सम्बन्धित नहुँदा उनी मसँग सामान्य रूपमा नै मिल्ने गर्थिन्, तर त्यो उनको नाम र हैसियतसँग सम्बन्धित हुँदा, उनले तुरुन्तै अर्को रूप देखाउँथिन्। उनी मेरो कामको इन्चार्ज हुँदा, उनले मलाई सहयोग गर्थिन् र साथ दिन्थिन्, तर जब म उनको कामको इन्चार्ज भएँ, तब उनले अचानक मलाई रूखो व्यवहार गर्न थालिन्, र डाह गरेर मलाई कमजोर बनाउन थालिन्। हामीले उनका समस्याहरू औँल्याउँदा, उनले केही कुरा स्वीकार गरिन्, र बहाना समेत बनाइन्। उनले हामीलाई आक्रमण गर्दै हामीमाथि नै जिम्मेवारी थोपरिन्। पछि उनले आफूले देखाएको भ्रष्टताको बारेमा मन खोलेर बताइन्, र परिवर्तन हुन र पश्चात्ताप गर्न चाहेको बताउँदै रोइन्, तर उनमा कुनै परिवर्तन आएको थिएन। उनको आत्मज्ञान र मन खोलाइमा शैतानका छलहरू लुकेका थिए। उनले हामीलाई बहकाउन यी कुराहरू प्रयोग गर्न चाहन्थिन्, ताकि उनले आफैलाई बुझेकी छिन् भन्ने हामीले सोचौँ र उनी वास्तवमा को हुन् भन्ने कुरा हामीले नदेखौं। त्यसरी उनले आफ्नो स्थानलाई रक्षा गरिन्। उनले हामी उनको पक्षमा उभिएको, उनीप्रति सहानुभूतिशील बनेको र उनलाई बुझेको पनि चाहन्थिन्। उनको आत्मज्ञान मानिसहरूको आँखामा छारो हाल्नको लागि मात्रै थियो। यो अत्यन्तै धूर्त र कुटिल कार्य थियो। त्यो नक्कली आँसु थियो र सचेत नभइकन, सहजै बहकाउमा पर्न, धोकामा पर्न सकिन्थ्यो। साँच्चै विवेक र समझ भएका, मानवता भएका मानिसहरूले परमेश्वरको घरको लागि कुनै खराब कुरा गर्ने बित्तिकै वा यसको काममा बाधा पुर्याउने बित्तिकै पछुतोले भरिन्छन् र आफैलाई घृणा गर्छन्। त्यसपछि, यस कुरालाई सच्याउनको लागि तिनीहरूले सम्भव भएको सबै कुरा गर्न चाहन्छन्, र हृदयभित्र, तिनीहरूले पश्चात्ताप गर्न र आफूलाई परिवर्तन गर्न चाहन्छन्। तर चेन यसको ठीक विपरीत थिइन्। उनले परमेश्वरको घरको काममा जति नै हानि गरेकी भए पनि, उनले पश्चात्ताप गर्ने वा नराम्रो महसुस गर्ने कहिल्यै गर्दिनथिइन्, र उनले आफूले गरेको दुष्ट कार्यलाई घृणा गरेकी हुनाले उनी रोएकी हुँदिनथिइन्। पछि जब हामीले उनका दुष्ट कार्यहरूको खुलासा गर्यौं, उनले पश्चात्ताप नै गरिनन्। उनले परमेश्वरको घरलाई प्रेम रहीत भनेर दोष दिँदै, झूटो आरोप लगाइन्। यसले मलाई के देखायो भने, उनले सत्यतालाई स्वीकार गर्दिनन्। उनको प्रकृति नै, सत्यतालाई घृणा गर्ने किसिमको थियो, उनी साँच्चै नै कठोर र दुष्ट थिइन्। उनले पूर्ण रूपमा ख्रीष्ट-विरोधीको प्रकृति र सारलाई प्रकट गरेकी थिइन्, यसमा कुनै शङ्का छैन। मैले बल्ल के थाहा पाएँ भने ख्रीष्ट-विरोधीहरूको प्रकृति, विशेषता, र रणनीतिहरूलाई नचिन्नुको अर्थ ख्रीष्ट-विरोधीको प्रकृति भएको व्यक्तिलाई ख्रीष्ट-विरोधीको स्वभाव भएको व्यक्तिको रूपमा सहजै झुक्किनु हो, त्यसपछि दियाबलसहरूप्रति दयालु भएर, अनजानमै परमेश्वरको विरुद्धमा काम गर्नु हो।
यो सबै कुरापछि मलाई झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूलाई चिन्नु कति महत्त्वपूर्ण छ भन्ने मैले थाहा पाएँ। मलाई भेदशक्तिसँग सम्बन्धित सत्यताहरू सिक्ने कार्यमा ध्यान केन्द्रित गर्न बानी परेको थिएन। मसँग झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूको व्यवहारको बारेमा आधारभूत विचार, साधारण बुझाइ थियो, जसले गर्दा मैले मेरै छेउको त्यस्तो व्यक्तिलाई देख्न सकिनँ। म थाहै नपाई ख्रीष्ट-विरोधीको ढाल बनेँ, जसले गर्दा मलाई धेरै पछुतो र ग्लानि भयो। मैले के पनि अनुभव गरेँ भने सत्यताको बारेमा सिक्नु र भेदशक्ति प्राप्त गर्नु मात्रै महत्त्वपूर्ण समयमा परमेश्वरको इच्छा पूरा गर्ने, झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूलाई खुलासा गरेर परमेश्वरको घरको रक्षा गर्ने एउटै मात्र तरिका हो। मेरो लागि यस्तो वास्तविक परिस्थिति मिलाउनुभएकोमा, र ख्रीष्ट-विरोधीहरू चिन्ने समझशक्ति र मेरा आफ्नै कमीकमजोरीहरूको बारेमा केही बुझाइ प्रदान गर्ने उहाँका वचनहरूको अगुवाइको लागि परमेश्वरप्रति आभारी छु। अहिले मैले सत्यताको खोजी गर्नुको महत्त्वको बारेमा हार्दिक अनुभव प्राप्त गरेकी छु। मैले परमेश्वरको अगुवाइ र आशिष्हरूद्वारा नै यो कुरा सिकेकी हुँ! परमेश्वरलाई धन्यवाद होस्!