मूल्याङ्कन लेखनबारे गरिएको चिन्तन

25 अप्रिल 2023

गत अप्रिलमा, म मण्डलीको लेखनमा आधारित जिम्मेवारीमा थिएँ। एकदिन मैले एक उच्‍च अगुवाबाट अगुवा लिउ लिको मूल्याङ्कन लेखेर तीन दिनभित्र पठाउनु भन्‍ने बेहोराको पत्र पाएँ। अनि किन होला भनी अन्दाज गरिबसेँ: मलाई लिउ लिको मूल्याङ्कन गर्न भनिएको छ, त्यसैले सायद उनले व्यवहारिक काम गरिरहेकी छैनन्, र यो उनलाई बर्खास्त गर्ने योजना हो कि? वा हुनसक्छ उनमा राम्रो क्षमता छ र जगेर्ना गर्न लायक छिन्, त्यसैले उनलाई पदोन्नति गर्ने योजना हो कि? लिउ लिले कर्तव्यमा प्राय बोझ उठाउन स्विकार्थिन् र कामको प्रभावकारितासम्बन्धी समस्या तत्काल समाधान गर्न सक्थिन्। उनी साह्रै निपुणचाहिँ थिइनन्, र काममा व्यस्तता बढ्नेबित्तिकै उनी अल्मलिन्थिन्, र प्राथमिकता राम्रोसित हेर्दिनथिन्। मैले अनुमान लगाइरहेँ: यदि उनलाई पदोन्‍नति गर्ने अगुवाको योजना हो र मैले उनको त्रुटिबारे अति धेरै लेखेँ भने, अगुवाले ममा विवेक छैन र अरूलाई निष्पक्ष व्यवहार गर्दिनँ भन्‍नेहुन् कि? त्यसपछि उनले मबारे के सोच्लिन्? तर लिउ लिलाई बर्खास्त गर्ने उनको योजना छ र मैले उनको सवल पक्षबारे अति धेरै लेख्दा, उनले ममा क्षमता छैन र एउटा सही मूल्याङ्कन पनि लेख्न सक्दिनँ भन्ठान्लिन्, त्यसैले, म कसरी लेखनमा आधारित कामको सुपरिवेक्षण गरिबस्न सक्छु? त्यसपछि सम्भवतः उनमा मबारे खराब छाप बस्नेछ। यो सोचेर, मैले सजिलै लेख्ने आँट गरिनँ।

अर्को दिन, लिउ लिकी सहकर्मी सिस्टर वाङ जिए हामीसँग भेलामा आइन्। ममा एउटा उपाय फुर्‍यो—मैले जानकारीका लागि उनलाई सूक्ष्म रूपमा जाँच्न सक्छु। त्यसकारण, मैले उनलाई एउटा अनुसन्धानात्मक प्रश्‍न सोधेँ: “पछिल्लो समय हामीसँग तपाईं धेरै भेला हुँदै हुनुहुन्छ। तर लिउ लिलाई देख्दैनौँ नि? के उनी साँच्चिकै व्यस्त छिन् हो?” वाङ जिएले भनिन, “उनी अरू काममा व्यस्त छिन्।” उनले एकदमै सानो स्वरमा जवाफ दिएको देखेँ, र मैले अनुमान गरेँ लिउ लिलाई सायद बर्खास्त गरिँदै छ, र उनलाई सहयोग नगरेको कारण वाङ जिए दोषी महसुस गरिरहेकी छिन्। तर म अझै निश्‍चित थिइनँ, त्यसैले मैले अर्को प्रश्‍न सोधेँ: “तपाईंहरू दुईजनाले मात्र मण्डलीको काम सुपरिवेक्षण गर्दा, काम गर्न सकिरहनुभएको छ?” मैले उनको भाव र बोल्ने शैलीमा ध्यान दिएँ, स-साना सुरागहरू बुझ्न खोजेँ, तर अन्तिममा मैले कुनै स्पष्ट सङ्केत पाउन सकिनँ। मूल्याङ्कनको समयसीमा सकिँदै गरेको देखेर म चिन्तित भएँ, तर म के लेख्ने भनेर निश्‍चित थिइनँ र कामलाई थाती राखिरहेँ। अन्त्यमा मैले लेख्दै लेखिनँ जसले गर्दा अगुवाले मलाई विवेकको नभएको भनेर नबुझून्। उनले त्यसबारे सोधिन् भने, म ती दिनमा अति व्यस्त थिएँ र लेख्ने समय थिएन भन्न सक्थेँ। त्यसैले, मैले मूल्याङ्कन नलेखी त्यस विषयलाई पन्छाएँ। पछि त्यसबारे सोच्दा प्रत्येकपटक मलाई दोषी महसुस हुन्थ्यो। अगुवाले मलाई मुख्य गरी उनले व्यवहारिक काम गर्छिन् कि गर्दिनन्, र उनलाई जगेर्ना गर्न सकिन्छ कि सकिँदैन भनी बुझ्न लिउ लिको मूल्याङ्कन गर्न भनेकी थिइन्। त्यो मण्डलीको कामसँग प्रत्यक्ष जोडिएको थियो। मैले जानेको कुरा लेख्नु असाध्यै सजिलो काम थियो, तर मैले किन स्थगित गरेँ? मलाई के कुराले रोकेको थियो? मैले प्रार्थना गरेँ: “परमेश्‍वर! म त्यस मूल्याङ्कनबारे अति बढी सतर्क र अनिर्णित थिएँ। मसँग थुप्रै चिन्ता थिए र म सहयोग गर्न चाहन्नथेँ। कृपया, मलाई मेरो समस्या बुझ्न मार्गनिर्देश गर्नुहोस्।”

मैले मेरो भक्तिको समयमा यो कुरा पढेँ। “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्‍नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका वास्तविक परमेश्‍वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि डर हुँदैन। तिनीहरू परमेश्‍वरसँग हृदयबाट बोल्‍न र वास्तविक कुनै पनि कुरा भन्‍न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू घुमाउरो र अप्रत्यक्ष पारामा चिप्लो घस्दै कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्। जब तैँले कुनै कुराको बारेमा सत्यता जान्‍न चाहन्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरूले तेरो निर्णयको प्रतीक्षा गर्दै, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्दै, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्दै छलकपट गर्छन्। तिनीहरूले भन्‍ने हरेक कुरा चापलुसी, चम्चागिरी, र खुसामदपूर्ण हुन्छ; तिनीहरूको मुखबाट एउटै सत्य वचन निस्कँदैन। तिनीहरूले मानिसहरूसँग यसरी नै अन्तरक्रिया गर्छन् र परमेश्‍वरसँग यसरी नै व्यवहार गर्छन्—तिनीहरू त्यति धेरै विश्‍वासघाती हुन्छन्। यो ख्रीष्टविरोधीको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। ख्रीष्टविरोधीहरूले ख्रीष्टको सामना गर्दा छल गर्छन भनेर परमेश्‍वरका वचनले खलासा गरेका छन्। उनीहरू चिप्लो घस्छन्, कृपापात्र बन्‍न खोज्छन्, र उहाँको भावबाट सङ्केत लिन्छन्। उनीहरू ख्रीष्टसामु सत्य कुरा बोल्दैनन्; उनीहरू छल र नाटक गर्न माहिर हुन्छन्। उनीहरू अति धूर्त र दुष्ट हुन्छन, र तिनीहरूलाई परमेश्‍वरले घिनाउनुहुन्छ। म ख्रीष्टसँग आमनेसामने नभए पनि, ख्रीष्टविरोधीको जस्तै व्यवहार र स्वाभाव देखाइरहेकी थिएँ। मण्डलीको काममा आवश्यक परेकाले अगुवाले मलाई लिउ लिको मूल्याङ्कन लेख्न भनिन्। यो जटिल कुरा थिएन। मैले आफुले जानेको सबै कुरा सत्य लेख्दा हुन्थ्यो, र मैले बुझेका कुरा स्पष्ट र वस्तुगत भए पुगिहाल्थ्यो। तर मैले अगुवाको अभिप्रायबारे अनुमान लगाउँदै कामकुरा अति जटिल बनाएँ, किनकि मैले राम्ररी लेखिनँ भने उनले ममा विवेक छैन भन्लिन् र मलाई नराम्रो सोच्लिन् भन्‍ने डर थियो। उनको हृदयमा आफ्नो छवि र ठाउँ सुरक्षित राख्न, मेरा सिस्टरहरूको चासो राख्ने निहुँमा मैले उनको अभिप्राय बुझ्न खोजेँ। उनले लिउ लिलाई पदोन्‍नति गर्न चाहेकी भए, मैले उनको सवल पक्षबारे बढी लेख्ने थिएँ। उनलाई बर्खास्त गर्न खोजिएको भए, मैले लिउ लिको कमीकमजोरीबारे बढी लेख्ने थिएँ ताकि अगुवाले मलाई मान गरुन्। मैले तथ्य र सिद्धान्तका आधारमा उनको मूल्याङ्कन गर्न खोजिनँ, अगुवाको अभिप्राय अनुमान गर्न म वाङ जिएको प्रतिक्रिया नियाल्दै थिएँ। म ख्रीष्टविरोधीकै जस्तो स्वाभाव देखाउँदै थिएँ—चिप्लो र विश्‍वासघाती! अगुवाको अभिप्राय पत्ता लगाउन, मैले वाङ जिएलाई छड्के प्रश्‍नहरू सोधेँ र उनीबाट सूचना पाउने प्रयास गरेँ। म कुनै सम्मान वा चरित्रबिनाको तुच्छ बदनाम व्यक्तिजस्तै थिएँ। वास्तवमा, सबैका सबल र दुर्बल पक्ष हुन्छन्, र हामीले निष्पक्ष र वस्तुगत भएर तथ्यमा आधारित मूल्याङ्कन लेख्नुपर्छ। मैले खराब व्यक्तिबारे सकारात्मक मूल्याङ्कन लेखेँ, र अगुवाले गलत निर्णय गरे भने, मैले दुष्कर्म गर्दै, र परमेश्‍वरको प्रतिरोध गर्दै मण्डलीको काम बिथोलिरहेकी हुनेछु। मैले सत्यता पछ्याउने व्यक्तिबारे घृणित मूल्याङ्कन लेखेँ भने, त्यो अन्याय हो र त्यसले उसलाई गम्भीर हानि पुर्‍याउन सक्छ। मेरो गलत मूल्याङ्कनले गर्दा लिउ लिलाई सरुवा वा बर्खास्त गरिन्थ्यो भने पनि मैले दुष्कर्म गर्दै निश्‍चय नै परमेश्‍वरलाई चिढ्याइरहेकी हुन्थेँ। मैले परमेश्‍वरका वचन सम्झेँ: “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्‍वरले हामीबाट धेरै आशा राख्नुहुन्न। उहाँले हामीलाई वचन र कर्ममा स्पष्टवादी बनौँ, जे हो त्यही भनौँ, र छल नगर्ने र कुरा नलुकाउने निष्पक्ष र इमानदार मानिस बनौँ भन्‍ने आशा गर्नुहुन्छ। मूल्याङ्कन गर्दा, हामीले स्पष्टवक्ता बन्ने, आफूले जानेको कुरा लेख्ने, र मानिसलाई निष्पक्ष ढङ्गले व्यवहार गर्ने गर्नुपर्छ। तर मैले त्यो पनि गर्न सकिनँ। अगुवाले कसैको बारेमा मेरो धारणा जान्न खोजिन्, तर उनले मबाट एउटा पनि इमानदार शब्द पाइनन्। जहिल्यै कपटी र छली हुनु इमानदार व्यक्तिले गर्ने काम बिलकुलै होइन। त्यो थाहा भएपछि मैले आफैलाई घृणा गरेँ।

पछि, मैले परमेश्‍वरको वचनमा यो पढेँ। “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू भावनामा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सबैभन्दा मुख्य कुरा, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु भनेको परमेश्‍वरको मार्गलाई पछ्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुकै एक हिस्सा हो? के यो परमेश्‍वरको मार्ग पछ्याउनु हो? (हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिप्रति तपाईंको विचार के छ? के तिनले मण्डलीको कामको लागि जिम्‍मेवारी लिन्छन्?’ र तैँले जवाफ दिन्छस्, ‘तिनी निकै सिपालु छन्, तिनले मैलेभन्दा बढी जिम्‍मेवारी लिन्छन्, तिनको क्षमता मेरोभन्दा राम्रो छ, र तिनको मानवता पनि असल नै छ, तिनी परिपक्‍व र स्थिर छन्।’ तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के सोचिरहेको हुन्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, भरोसा गर्न लायक छैन, र कपटी, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, ‘मैले साँचो कुरा भन्‍नु हुँदैन, मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, तैँले तिनीहरूका बारेमा राम्रा कुराहरू गर्ने निर्णय गर्छस्, र तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन, यो सबै झूट र ढोँग मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तैँले शैतानको मार्ग, भूतहरूको मार्ग लिएको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्‍ने मार्ग हो। तैँले कुनै अर्को व्यक्तिसँग बोल्‍ने भए पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ, र तेरो हृदय नियालिरहनुभएको, तेरो हृदय जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्। तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्। परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ, परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, तेरो हृदयमा के-कस्ता तुच्छ युक्तिहरू छन्, के-कस्ता धोकेबाज तरिका र के-कस्ता कपटी विचारहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। अनि, तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने देखेर, तँप्रतिको परमेश्‍वरको दृष्टिकोण के हुन्छ, तँप्रतिको उहाँको मूल्याङ्कन के हुन्छ? यसमा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलेको छैनस् भन्‍ने हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्‍वरका वचनबाट के सिकेँ भने हामीले मूल्याङ्कन लेख्दा परमेश्‍वरको डर मान्‍नुपर्छ र उहाँको जाँच स्विकार्नुपर्छ। यसरी, उक्त काम गर्दा हामी सतर्क बनेर परमेश्‍वरको सामना गर्नेछौँ, किनकि हामीमा गलत आशय छ भने हामीले गलत र पक्षपातपूर्ण मूल्याङ्कन लेख्ने र यसरी परमेश्‍वरलाई चिढ्याउने डर हुन्छ। अनि मूल्याङ्कन लेख्दा, हामीले प्रार्थना गर्ने, सत्यताको सिद्धान्तको खोजीमा केन्द्रित हुने, र वस्तुगत भएर आफ्नै आशय नराखी त्यस व्यक्तिप्रतिको हाम्रो साँचो बुझाइ र विचार व्यक्त गर्ने गर्नुपर्छ। हामीले केही बढाइचढाइ नगरी जस्तो हो त्यस्तै भन्नुपर्छ। यो परमेश्‍वरको डर मान्ने लक्षण हो। तर परमेश्‍वरको डर नमान्नेहरूले आफ्नो लहडअनुसार बोल्ने र काम गर्ने गर्छन्, कहिलेकाहीँ आफूलाई जेले फाइदा पुग्‍लाजस्तो लाग्छ त्यही भन्छन, वा वास्तविकतालाई घुमाउने र तथ्यलाई बङ्ग्याउनेसमेत गर्छन्। उनीहरू वास्तवमै चतुर स्वाभावका मानिस हुन्। उनीहरू अविश्‍वासीझैँ व्यवहार गर्छन् र विश्‍वासिलो हुँदैनन्। उक्त मूल्याङ्कन लेख्नाले मेरो खुलासा भयो। वर्षौँको विश्‍वासपछि पनि, ममा अझै कुटिल अभिप्राय थिए र मूल्याङ्कन लेख्दा अरूको विचार बुझ्न खोज्थेँ, र मलाई फाइदा पुग्ने जे पनि भन्थेँ। मैले बिलकुलै परमेश्‍वरको डर मानिनँ। म अति चतुर थिएँ, र परमेश्‍वरले घिनाउनुभयो। यो थाहा पाएपछि, यस मार्गमा हिँडिरहनु खतरनाक हुने महसुस गरेँ। त्यसैले चिन्तन गर्न र आफैलाई चिन्न मार्गनिर्देश गर्न अनुरोध गर्दै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ। “साँचो दुष्टता भनेको के हो? प्रकट हुने कुन-कुन स्थितिहरू दुष्टता हुन्? मानिसहरूले आफ्‍नो हृदयका गहिराइमा लुकेका दुष्ट र लाजमर्दा अभिप्रायहरू लुकाउनका लागि ठुल्ठुला अभिव्यक्तिहरू दिएर ती अभिव्यक्तिहरू असल, निष्कपट र न्यायसङ्गत छन् भनी अरूलाई विश्‍वस्त गराएर अन्तिममा आफ्‍ना गुप्त मनसायहरू पुरा गर्छन् भने के यो दुष्ट स्वभाव हो? किन यसलाई छल नभनेर दुष्टता भनिन्छ? स्वभाव र सारको हिसाबमा, छल त्यति खराब होइन। दुष्ट हुनु छली हुनुभन्दा धेरै गम्‍भीर कुरा हो, यो छलीपनभन्दा घातक र धूर्त हुन्छ, र औषतको व्यक्तिलाई यो कुरा देख्‍न गाह्रो हुन्छ। उदाहरणको लागि, हव्‍वालाई लोभ्याउन सर्पले कस्ता शब्‍दहरू प्रयोग गर्‍यो? देखावटी शब्‍दहरू, जुन सुन्दाखेरी सही र आफ्नो भलाइ गर्नेजस्ता देखिन्छन्। यी शब्दहरूमा कुनै गलत कुरा लुकेको वा तिनको पछाडि कुनै दुर्भावनापूर्ण अभिप्राय रहेको तँलाई थाहै हुँदैन, र साथै, शैतानले दिएका यी सुझावहरू तँ त्याग्‍नै सक्दैनस्। यो परीक्षा हो। जब तँलाई प्रलोभित गरिन्छ र तँ यस्ता शब्‍दहरू सुन्छस्, तब तँ नलोभिई बस्‍न सक्दैनस् र तँ पासोमा पर्ने सम्‍भावना धेरै हुन्छ, र त्यसरी तैँले शैतानको उद्देश्य हासिल गर्छस्। दुष्टता भनेको यही हो। सर्पले हव्‍वालाई लोभ्याउन यही विधि प्रयोग गर्‍यो। के यो एक प्रकारको स्वभाव हो? (हो।) अनि, यस प्रकारको स्वभाव कहाँबाट आउँछ? यो सर्प अर्थात् शैतानबाट आउँछ। यस प्रकारको दुष्ट स्वभाव मानिसको प्रकृतिमै रहेको हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्य पछ्याउन सहयोग गर्छ)। परमेश्‍वर भन्नुहुन्छ, जब मानिसहरू समझदार लाग्छन् र उनीहरूको हृदयमा छल हुन्छ, र आफ्ना भित्री लक्ष्य हासिल गर्न मिठा वचनहरू प्रयोग गर्छन् त्यो धूर्तता मात्र नभई दुष्ट स्वाभाव हो। परमेश्‍वरले त्यस खालको व्यक्तिलाई सबभन्दा धेर घिनाउनुहुन्छ। अगुवाको स्वीकारोक्ति र सम्मान पाउनका लागि मूल्याङ्कन लेख्ने क्रममा विचार मिलोस् भनेर मैले उनको अभिप्राय अनुमान गरेँ, त्यसबारे सोधखोज गर्न लिउ लिबारे चासो राखेको नाटक पनि गरेँ, मैले उनलाई केही समयदेखि नभेटेकीले उनी काममा व्यस्त छिन् कि, र उनीहरूले राम्रैगरी व्यवस्थापन गर्दैछन् कि भनी सोधेँ, के भैरहेको छ र उनी बस्नेछिन् वा जानेछिन् भनी बुझ्न खोजेँ। बाहिरी रूपले म विचारशील छु र उनको बारेमा चासो राख्छु जस्तो देखिन्थेँ, तर मेरा शब्दहरू छलपूर्ण थिए र म बिलकुलै सच्‍चा व्यवहार गरिरहेकी थिइनँ। म वास्तवमै अति छली र दुष्ट थिएँ। मैले बोल्ने तरिका त्यही साँपको जस्तो थियो जसले हव्वालाई मिठा तर गलत मार्गमा डोर्‍याउने वचन प्रयोग गरेर ज्ञानको फल खान उक्साएको थियो। म वचन र कर्ममा धूर्त थिएँ, अरूलाई धोका दिने र खेलौना बनाउने गर्थेँ। म दियाबलसझैँ बनेँ। यदि म परिवर्तन हुँदिनथेँ भने, मैले सम्भवत वचनमार्फत पाप गर्ने थिएँ र परमेश्‍वर र उहाँको स्वाभावलाई चिढ्याउने थिएँ। यो थाहा पाएपछि, पश्‍चाताप गर्ने र परिवर्तन हुने, र दुष्ट स्वाभाव लिएर जिउन बन्द गर्ने चाहनाले मैले प्रार्थना गरेँ।

पछि, मैले अझ बढी परमेश्‍वरका वचनहरू पढेँ जसले मलाई अभ्यासको मार्ग दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो राज्यका निम्ति त्यस्ता मानिसहरू चाहिन्छ जो इमानदार छन्, जो पाखण्डी वा छली छैनन्। के इमानदार र निष्कपट मानिसहरू संसारमा अलोकप्रिय छैनन् र? म ठीक विपरीत छु। इमानदार मानिसहरू मकहाँ आउनु स्वीकार्य छ; म यस किसिमको व्यक्तिसँग खुशी हुन्छु, र मलाई यस किसिमको व्यक्ति चाहिन्छ। मेरो धार्मिकता ठीक यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३३)। “इमानदार व्यक्ति बन्‍नु परमेश्‍वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्‍वरसँग व्यवहार गर्दा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्‍नुपर्छ: परमेश्‍वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। अविश्‍वासीहरूले अभ्यास गर्ने चापलूसी वा चिप्‍लोघसाइका कार्यमा संलग्‍न नहो; परमेश्‍वरलाई मान्छेको चिप्‍लोघसाइ र चाप्लुसी जरुरी छैन। इमानदार बन्‍नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्‍नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्‍वरसित खुलेर कुरा गर्नु, परमेश्‍वरसँग इमानदार हृदयले भेट गर्नु, र कुनै पनि छल वा चलाकीविना सीधा कुरा बोल्‍नु।) ठीक भन्यौ। इमानदार व्यक्ति बन्‍नको लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत इच्‍छाहरूलाई पन्छ्याउनुपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तेरो हृदयमा के छ त्यो कुरा बता, र तेरा शब्‍दहरूका परिणामहरू के हुनेछन् त्यसको बारेमा चिन्तन गर्ने वा विचार-विमर्श गर्ने नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छ्याएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि मात्रै कुराहरू बोल्‍ने नगर्। जब तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र अशुद्धताहरू हुन्छन्, तब तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, ‘मैले यो कुरा भन्‍नुपर्छ, त्यो कुरा होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्‍वरमा असल छाप पर्ने गरी बताउनेछु।’ के तँमा मनसायहरू छैनन्? तिमीहरूले मुख खोल्‍नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्‍न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्‍दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्‍चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्‍नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्‍नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुष्ट मनसाय राख्‍नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ परमेश्‍वरको अनुहारको आव र उहाँको हेराइबाट सङ्केत लिन्छस्: यदि उहाँको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्‍नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि परमेश्‍वरको हेराइ नराम्रो छ, र उहाँलाई आफूले सुनेको कुरा मन परेन भन्‍ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, ‘ठीकै छ, म तपाईँलाई रोचक लाग्‍ने, तपाईँलाई खुशी बनाउने, तपाईंलाई मन पर्ने, र मप्रति सकरात्मक बनाउने कुरा बताउँछु।’ के यो इमानदार बन्‍नु हो? होइन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। परमेश्‍वरको वचनबाट मैले बुझेँ कि परमेश्‍वरले इमानदार मानिस रुचाउनुहुन्छ। इमानदार मानिसले सामान्य र खुला रूपले बोल्छन्, र परमेश्‍वर र अन्य मानिससँग, कुनै छल वा बहानाबिना, खुलस्त हुन्छन्। उनीहरू जे हो त्यही बोल्छन्, र स्पष्ट र निष्कपट हुन्छन्। साधारण व्यक्ति यस्तै हुनुपर्छ। मैले निकै धेरै ब्रदर-सिस्टरहरू इमानदार मानिस बन्ने कोसिस गरिरहेको देखेँ। कसैले सत्यताको सिद्धान्त उल्लङ्घन गरेको देख्दा, उनीहरूले सङगति गरेर सहयोग, वा काटछाँट गर्ने र उनीहरूलाई सम्हाल्ने गर्थे। उनीहरू स्पष्टवादी थिए, र एकअर्कालाई साथ र सहयोग दिन्थे। उनीहरूले भेलाहरूमा सङगति गर्दा खुलेर बोल्थे र उनीहरू एकदमै स्वतन्त्र थिए। मैले उनीहरूको प्रशंसा गरेँ र परमेश्‍वरले चाहनुभएजस्तै इमानदार व्यक्ति बन्ने कोसिस गर्न चाहेँ। मैले केही कुराहरू बुझ्दिनथेँ र मेरा केही विचारहरू गलत हुन सक्थे, तर कम्तीमा मैले कुनै छल पाल्नु हुन्‍नथ्यो, र ममा सही अभिप्राय हुनु आवश्यक थियो। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। यो बुझेर मेरो हृदय उज्यालो भयो, र मैले अभ्यासको मार्गसम्बन्धी स्पष्टता प्राप्त गरेँ।

त्यसपछि चाँडै, मैले अर्की अगुवा सिस्टर चेन सिआओको मूल्याङ्कन लेखेँ। मैले मनमनै सोचेँ: “म उनलाई खासै राम्ररी चिन्दिनँ। यदि म मूल्याङ्कनमा स्पष्ट भइनँ भने, उच्‍च अगुवाले ममा विवेक छैन भनेर मलाई गन्‍नै छाड्नेहुन् कि? शायद मैले उनका सबल पक्षबारे बढी लेख्नुपर्छ।” त्यो सोच्दा, म फेरि पनि खेल खेल्न खोज्दै छु जस्तो लाग्यो। मूल्याङ्कनहरू मामुली कुरा होइनन्—तिनीहरूले पदोन्‍नति र बर्खास्तीमा प्रभाव पार्छन्। त्यसबारे बोलेको झूटले परमेश्‍वरलाई चिढ्याउने थियो। मैले आफ्ना हितअनुरूप लेख्न सक्दिनथेँ, त्यसैले मैले हतारहतार परमेश्‍वरलाई प्रार्थना गरी आफैलाई त्यागेँ। मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ। “आफ्‍नो ख्याति र प्रतिष्ठालाई जोगाउन, तँ त्यस्तो घुमाउरो पारामा बोल्छस्, र आफूले बोल्‍ने हरेक शब्‍दको बारेमा एकदमै धेरै विचार गर्छस्। तेरो जीवन साँच्‍चै नै थकाइलाग्दो छ! यदि तँ यसरी जिउँछस् भने, के परमेश्‍वर खुसी बन्‍नुहुनेछ? छली मानिसहरूलाई परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुन्छ। यदि तँ शैतानको प्रभावलाई त्यागेर मुक्ति पाउन चाहन्छस् भने, तैँले सत्यता स्वीकार गर्नैपर्छ। यसको सुरुवात तैँले इमान्दार व्यक्ति बनेर, साँचो र वास्तविक कुराहरू बोलेर, भावनाको बन्धनमा नपरेर, बहाना र छलबाट आफूलाई मुक्त गरेर, अनि सिद्धान्तहरूअनुसार बोल्‍न र व्यवहार गर्न थालेर गर्नुपर्छ। यसरी जिउनु स्वतन्त्र र खुसी हुनु हो, र यसरी तँ परमेश्‍वरको अघि जिउन सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका बन्धनहरूलाई तोड्न सकिन्छ)। परमेश्‍वरका वचनले मलाई अभ्यासको मार्ग दिलाए। म आफ्नो ख्याति र हैसियत जोगाउन निष्ठाहीन बन्न सक्दिनथेँ। त्यो साँचो मानव रूप होइन। परमेश्‍वरले हामी इमानदार मानिस बनौँ भन्‍ने चाहनुहुन्छ, हामी सत्यवादी हुनुपर्छ र आफ्नै ख्याति र हैसियताबारे सोच्नु हुँदैन। मैले जे जान्दथेँ त्यही लेख्नुपर्थ्यो र स्पष्ट नभएको कुरा छोड्नुपर्थ्यो, र अरूले मबारे के सोच्लान् भनेर चिन्ता लिनु हुँदैनथ्यो। त्यसैले, मैले वस्तुगत र निष्पक्ष रूपमा चेन सिआओबारे आफ्नो तथ्यगत बुझाइ लेखेँ र पठाइदिएँ। यसो गर्दा मलाई धेरै शान्त अनुभव भयो। मार्गदर्शनका लागि परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बर्खास्त भएपछि मैले सिकेको पाठ

झेङ्ग यि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको...

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्