अरूको असफलताबाट सिक्दा

25 अप्रिल 2023

गत वर्ष अक्टोबरमा, दुई जना भिडियो बनाउने कामका सुपरभाइजरहरू बर्खास्त भए। किनभने हाम्रा अगुवाले यो कामको महत्त्वको बारेमा बारम्‍बार जोड दिएका थिए, तर तिनीहरूलाई कुनै आतुरी महसुस भएन। तिनीहरू केवल सामान्य कामकाज सम्‍हाल्थे र कुनै पनि समस्या समाधान गर्दैनथे र भिडियो बनाउने काममा सहभागी हुँदैनथे, जसले गर्दा काममा ढिलाइ भयो। अनि अगुवा निकै रिसाए र त्यस्ता मानिसहरू चिप्ले र गैरजिम्‍मेवार हुन्छन्, आफ्‍नो काममा लगाव राख्दैनन्, र सुपरभाइजर हुन लायक हुँदैनन् भन्दै तिनीहरूलाई बर्खास्त गरे। यो सुन्दा म छक्‍क परेँ। मलाई त लाग्थ्यो, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिरहेका छन्। तिनीहरू अलिक अप्रभावकारी, निष्क्रिय, र बोझ नलिने भए पनि, त्यो ठूलो समस्या होइन। केही हदसम्‍म सबै जना त्यस्तै हुन्छन्। के तिनीहरू त्यति कारणले साँच्‍चै बर्खास्तलायक हुन्छन् र? पछि, अगुवाले हामीलाई सामान्यतः हामी कसरी कर्तव्य निभाउँछौँ भनेर सोधे: के हामीले सक्दो प्रयास गरिरहेका छौँ, सर्वस्व सुम्पिरहेका र कठिन परिश्रम गरिरहेका छौँ? के हामी सक्दो कुशल र उत्पादनशील बन्‍ने प्रयास गरिरहेका छौँ? यी प्रश्‍नहरू सुन्दा मलाई डर लाग्यो, र मैले आफ्‍नो शिर उठाइनँ। म ती मापदण्डहरू पूरा गर्ने छेउसम्म पनि पुगेकी छैन भन्‍ने मलाई थाहा थियो, र अगुवाले ती सुपरभाइजरहरूलाई “काममा लगाव नराखेका,” “आतुरी महसुस नगर्ने,” र “बोझ नलिने” भनेको सुन्दा मलाई झनै डर लाग्यो। मैले पनि त्यसरी नै कर्तव्य निभाइरहेकी छु भन्‍ने महसुस भयो। अगुवाले मलाई भिडियो बनाउने कामको फलो-अप गर्न लगाएका थिए, र सुरुमा त मैले सिद्धान्तहरू पालना गरेँ, सम्‍बन्धित सीपहरू अध्ययन गरेँ, र सक्दो चाँडो कसरी काम पूरा गर्ने भनेर सोचेँ। तर केही दिनपछि, मैले यस्तो सोच्‍न थालेँ: “भिडियो बनाउने काम निकै जटिल छ। मैले भर्खरै काम सुरु गरेकी छु र मलाई अझै धेरै कुरा थाहा छैन; समस्याहरू अवश्यै देखा पर्नेछन्। म आफूले जे सक्छु त्यही गर्नेछु। आखिर अगुवाले जाँच गर्ने नै छन्। समस्याहरू भए पनि, तिनले बुझ्‍नेछन्।” त्यसकारण म हरदिन समयतालिका पूरा गर्न मात्र काम गर्थेँ। मैले कामको आतुरी आवश्यकता बुझेकी छु भनेर भन्थेँ, तर अगुवाले हामीलाई जोड नगरेको बेला, थाहै नभई हाम्रो प्रगतिमा ढिलाइ हुन्थ्यो। एक हप्तामा सकिने काम गर्न दुई हप्ता बढी समय लाग्थ्यो र मैले आफू जिम्‍मेवार रहेको मलजलको कामबारे समेत फलोअप गर्न छोडेँ। कहिलेकहीँ मलाई ग्‍लानि हुन्थ्यो, तर काममा अति नै ढिलाइचाहिँ नभएकोले, म यसबारे त्यति चिन्ता गर्दिनथेँ। पछि, अगुवाले मलाई अर्को कामको इन्‍चार्ज बनाए, र मैले त्यस्तै मनोवृत्ति दोहोर्‍याएँ। बाहिरबाट हेर्दा म व्यस्त देखिए पनि, मलाई कुनै आतुरी महसुस हुन्थेन, र म धेरैजसो वास्तविक समस्याहरू समाधान गर्दिनथेँ। कहिलेकहीँ म सोच्थेँ: “ममा धेरै वटा कामको जिम्‍मेवारी छ, त्यसकारण मेरो समयतालिका व्यस्त हुनुपर्छ, मैले धेरै कुराको चिन्ता गर्नुपर्छ, र मलाई धेरै तनाव हुनुपर्छ। तर मलाई किन त्यस्तो अनुभव हुँदैन? दिनको अन्त्यमा त म निस्फिक्री पो हुन्छु त!” मैले अलिक बुद्धि लाएर आफ्‍नो समय योजना बनाउने सोचेँ। समयतालिका प्याकाप्याक भएमा, म अलिक कुशल भएर अझै धेरै काम पूरा हुने थियो। तर त्यसपछि मैले सोचेँ, “म पहिले नै निकै व्यस्त छु। किन आफूलाई यति दुःख दिने?” त्यसकारण यो कुरा बिर्सिदिएँ। ती दुई सुपरभाइजरलाई बर्खास्त गरिनुअघि मलाई कर्तव्यमा कुनै आतुरी हुँदैनथ्यो। अगुवाले हाम्रो कर्तव्यमा दुइटा मापदण्ड तय गरेका थिए: हामीले सक्दो प्रयास गरेर आफ्‍नो सर्वस्व सुम्पनुपर्थ्यो, र सक्दो कुशल र उत्पादनशील हुनुपर्थ्यो। मैले तीमध्ये कुनै पनि कुरा हासिल गरिरहेकी थिइनँ। कर्तव्यमा, म प्राय चिप्ले र झारातिरुवा बनिरहेकी हुन्थेँ। ममा कुनै बफादारी थिएन, परमेश्‍वप्रति श्रद्धा हुनु त परको कुरा हो। मलाई एकदमै ठूलो डरले गाँज्यो। यदि अगुवाले मेरो मनोवृत्तिबारे थाहा पाए भने, कतै स्थानान्तर वा बर्खास्त हुने अर्को व्यक्ति म त हुँदिन? मैले आफ्‍नो शैली नसुधारे, मलाई कुनै पनि बेला खुलासा गरिने थियो। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर, आजभोलि म मेरो कर्तव्यमा चिप्ले बनेकी छु। मलाई एक दिन खुलासा गरेर हटाइनेछ भन्‍ने डर छ। तर अहिले मलाई डर र चिन्ता मात्रै लागेको छ, तर मसित मेरो भ्रष्ट स्वभावप्रति कुनै साँचो ज्ञान वा कुनै घृणा छैन। बिन्ती मलाई आफूलाई चिन्‍न र आफ्‍नो गलत स्थिति सुधार्न अगुवाइ गर्नुहोस्।”

पछि, मैले यो सोचेँ: “ती सुपरभाइजरहरू बर्खास्त हुँदा मलाई किन यति धेरै डर लाग्यो र परमेश्‍वरविरुद्ध म प्रतिरक्षात्मक बनेँ?” केही हदसम्म मैले तिनीहरूको समस्याको सार नबुझेर यस्तो भएको रहेछ भन्‍ने महसुस भयो। म तिनीहरूको समस्या गम्‍भीर छैन भन्‍ने सोच्थेँ, त्यसकारण तिनीहरूमाथि जे भयो त्यसलाई साँचो रूपमा स्विकार्न सकिनँ। यस विषयमा मैले परमेश्‍वरका सान्दर्भिक वचनहरू भेट्टाएँ। परमेश्‍वरको वचनले भन्छ: “परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अहिले आफ्‍नो कर्तव्य पूरा गर्ने अभ्यास गरिरहेका छन्, र परमेश्‍वरले मानिसहरूको कर्तव्य निर्वाहलाई मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र अर्को समूहलाई हटाउन प्रयोग गर्नुहुन्छ। त्यसकारण, कर्तव्य पूरा गर्दा नै हरेक प्रकारको व्यक्ति प्रकट हुन्छ, र तिनीहरूको कर्तव्य निर्वाहमा नै हरेक प्रकारको धोकेबाज, गैरविश्‍वासी, र दुष्ट व्यक्ति प्रकट भएर हटाइन्छ। विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गर्नेहरू इमानदार मानिस हुन्; निरन्तर लापरवाही गर्ने र झारा टार्नेहरू छली, छट्टू मानिस हुन्, र तिनीहरू गैरविश्‍वासी हुन्; अनि आफ्‍नो कर्तव्यमा बाधा र व्यवधान पैदा गर्नेहरू दुष्ट मानिस हुन्, र तिनीहरू ख्रीष्टविरोधी हुन्। अहिले र अझै पनि, कर्तव्य निभाउने मानिसहरूमा व्यापक समस्याहरू रहेका छन्। कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो। परमेश्‍वरको घरले तँलाई यो कर्तव्य निभाउने जिम्‍मा दिएको छ, तैपनि कुनै ठोस काम नगरी तँ यस विषयमा कैयौँ दिन विचार गरेर बस्छस्। काम गर्ने ठाउँमा तँ देखा पर्दैनस्, अनि समस्याहरू खेप्दा र तिनलाई समाधान गर्नुपर्दा मानिसहरूले तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो कामको बोझ लिँदैनस्। यदि अगुवाले कामबारे सोध्यो भने, तैँले के भन्‍नेछस्? अहिले तैँले कुनै काम गरिरहेको छैनस्। त्यो काम तेरो जिम्‍मेवारी हो भन्‍ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ त्यो काम गर्दैनस्। आखिर तैँले के सोचिरहेको छस्? के तँ असक्षम भएकोले तैँले कुनै काम नगरेको हो? कि तँलाई सहजताको लोभ मात्रै लागेको हो? आफ्‍नो कर्तव्यप्रति तेरो मनोवृत्ति कस्तो छ? तँ धर्मसिद्धान्तका अक्षर र शब्‍दहरू मात्रै प्रचार गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै भन्छस्, तर कुनै व्यावहारिक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ लापरवाही र झाराटारुवा बन्छस्, अलिकति पनि निष्ठा देखाउँदैनस्। के आफूलाई परमेश्‍वरमा अर्पित गर्नु भनेको त्यही हो? परमेश्‍वरप्रति तँसँग कुनै इमानदारिता छैन, तर तँ इमान्दारिता भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र आधार बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाइको काँटीजत्तिको पनि उपयोगी हुँदैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुन्छ, तँलाई थाहा छ? उहाँले तँलाई घिनाउनुहुनेछ र निष्कासित गर्नुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि धोकेबाज हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरको वचनले यो कुरा स्पष्ट पारेको छ: सधैँ झारातिरुवा र चिप्ले बन्‍ने र थोरै काम गरेर मण्डलीबाट भात खान पाउनमै सन्तुष्ट हुने मानिसहरूसित कमजोर मानवता हुन्छ, चिप्ले र छली प्रकृति हुन्छ, र तिनीहरू परमेश्‍वमा अर्पित हुँदैनन्। अन्त्यमा तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुहुनेछ। परमेश्‍वर धर्मी हुनुहुन्छ। उहाँले हरेक व्यक्तिको अन्त्य कर्तव्यप्रतिको उसको मनोवृत्तिको आधारमा निर्धारण गर्नुहुन्छ। मैले बर्खास्त गरिएका ती सुपरभाइजरहरूबारे सोचेँ। तिनीहरू त्यस्तो महत्त्वपूर्ण कामको इन्‍चार्ज थिए तर “सुपरभाइजर” को पद मात्रै लिए, बोझ लिएनन्, र तिनीहरूले आफ्नो काम किन प्रभावकारी भएन, अरूले कर्तव्यमा के-कस्ता समस्याहरू सामना गरिरहेका छन्, वा आफूले काममा कसरी अगुवाइ वा फलोअप गर्नुपर्छ भनेर समीक्षा नगरी हरदिन केवल दैनिक तालिका भर्न मात्र कर्तव्य निभाउँथे। अरूले तिनीहरूलाई अझै सक्रिय हुन बुद्धीमानी ढङ्गले कामको योजना बनाउन, र यसको प्रभावकारिता बढाउन सम्झाइरहन्थे। तिनीहरूले त्यसो गर्ने वाचा त गर्थे, तर कुनै कुरा फेरबदल गर्दैनथे। तिनीहरू निष्क्रिय थिए र काम गर्न अह्राइरहनुपर्थ्यो। तिनीहरूमध्ये एक जना साँच्‍चिकै, बोल्‍नमा सिपालु, वरदानप्राप्त, र क्षमतायुक्त थिए, तर सुपरभाइजर बनेको एक महिनापछि पनि, तिनलाई काम वा कामको बाँडफाँटसम्बन्धी आधारभूत ज्ञान थिएन। उनी अत्यन्तै लापरवाह र गैरजिम्‍मेवार थिइन्। मैले परमेश्‍वरको वचनले अगुवाका जिम्‍मेवारीहरूबारे कति स्पष्ट सङ्गति गरेको छ, र हाम्रा अगुवाले कर्तव्यको महत्त्वबारे कति धेरै बताइरहन्थे भन्‍नेबारेमा विचार गरेँ। तिनीहरूलाई यी सबै कुरा थाहा थियो र पनि तिनीहरू लापरवाही थिए। तिनीहरू सत्यतालाई प्रेम वा खोजी गर्ने मानिसहरू थिएनन्, र परमेश्‍वरप्रति तिनीहरूमा कुनै श्रद्धा थिएन। मलाई परमेश्‍वरको यो वचन याद आयो: “यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिइरहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। पहिले, मलाई कर्तव्य निभाउन नमान्‍नेहरूले मात्रै परमेश्‍वरलाई धोका दिइरहेका हुन्छन् भन्‍ने लाग्थ्यो, तर परमेश्‍वरको वचनबाट थाहा भयो, जब मण्डलीले हामीलाई महत्त्वपूर्ण काम दिन्छ र हामी सुस्त र लापरवाह हुन्छौँ, सधैँ झाराटारुवा मनोवृत्ति राख्छौँ, र काममा हानि गर्छौँ, तब त्यो हेलचेक्र्याइँ र धोका हुन्छ। अगुवाले ती सुपरभाइजरहरूलाई बर्खास्त गर्नु रूखो व्यवहार थिएन। यो परमेश्‍वरको इच्‍छा र सिद्धान्तअनुरूप थियो। मैले यसलाई स्विकार्न सकेकी थिइनँ किनभने मैले परमेश्‍वरको वचनअनुसार हेरिरहेकी थिइनँ, जसले गर्दा म परमेश्‍वरप्रति सतर्क बनेँ। म साँच्‍चै अज्ञानी रहेछु। मलाई मेरो व्यवहार पनि तिनीहरूको जस्तै छ, त्यसकारण मैले तुरुन्तै आफ्‍नो कर्तव्यका समस्याहरूबारे मनन गर्नुपर्छ भन्‍ने महसुस भयो।

पछि, मेरो स्थिति र कर्तव्यप्रतिको मेरो मनोवृत्तिको आधारमा अभ्यास र प्रवेश गर्नको लागि मैले परमेश्‍वरका वचनहरू खोजेँ। परमेश्‍वरको वचनले भन्छ: “यदि तँ परमेश्‍वरका वचनहरू पढ्नमा लगनशील छैनस्, र तँ सत्यता बुझ्दैनस् भने, तैँले आफ्‍नो बारेमा मनन गर्न सक्दैनस्; तँ नाममात्रको प्रयास गर्न र कुनै अपराध नगरी बस्‍न पाउँदा मात्रै पनि सन्तुष्ट हुन्छस्, र यसलाई पूँजीको रूपमा प्रयोग गर्छस्। तँ हरेक दिन झारा टार्दै बिताउँछस्, अन्योलको स्थितिमा जिउँछस्, समयतालिकाअनुसार मात्रै काम गर्छस्, कडा मेहनत गर्दैनस्, कहिल्यै दिमाग लगाँदैनस्, र सधैँ सतही र असावधान हुन्छस्। यसरी, तैँले कहिल्यै पनि स्वीकार्य मापदण्डको स्तरमा आफ्‍नो कर्तव्य पूरा गर्नेछैनस्। कुनै कुरामा आफ्‍नो सम्पूर्ण प्रयास लगाउनको लागि, तैँले सुरुमा यसमा आफ्‍नो सारा हृदय लगाउनुपर्छ; तैँले कुनै कुरामा आफ्‍नो सारा हृदय लगाइस् भने मात्रै तैँले यसमा आफ्‍नो सम्पूर्ण प्रयास लगाउन, अनि सक्दो राम्रो गर्न सक्छस्। आज, कतिपय व्यक्तिहरू आफ्‍नो कर्तव्यपालनमा लगनशील हुन थालेका छन्, तिनीहरूले परमेश्‍वरको हृदय सन्तुष्ट पार्नको लागि सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी उचित रूपमा पूरा गर्ने भनी विचार गर्न थालेका छन्। तिनीहरू नकारात्मक र अल्छी बन्दैनन्, निष्क्रिय भई माथिबाट आदेशहरू जारी गरियोस् भनेर पर्खिँदैनन्, बरु केही अग्रसरता देखाउँछन्। तिमीहरूको कर्तव्यपालनको मूल्याङ्कन्‌ गरेर हेर्दा, तिमीहरू पहिलेभन्दा अलिक बढी प्रभावकारी भएका छौ, र यो अझै मापदण्डको स्तरमा पुग्‍न नसकेको भए पनि, थोरै वृद्धिचाहिँ भएको छ—जुन राम्रो कुरा हो। तर तिमीहरू यथास्थितिमै सन्तुष्ट भएर बस्‍नु हुँदैन, तिमीहरूले खोजी गरिरहनुपर्छ, तिमीहरू वृद्धि भइरहनुपर्छ—त्यसपछि मात्रै तिमीहरूले आफ्‍नो कर्तव्य अझै राम्ररी पूरा गर्नेछौ, र स्वीकार्य मापदण्डमा पुग्‍नेछौ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा, कतिपय मानिसहरू कुनै कसर बाँकी नछोडी तनमन दिएर लागिपर्दैनन्, केवल ५०-६० % प्रयास मात्रै लगाउँछन्, र आफूले गर्दै गरेको काम पूरा भइञ्‍जेलसम्‍म कामचालउ प्रयास मात्र गर्छन्। तिनीहरूले कहिल्यै पनि सामान्य स्थिति कायम राख्दैनन्: तिनीहरूलाई रेखदेख गर्ने वा सहयोग गर्ने कोही नहुँदा, तिनीहरू सुस्त हुन्छन् र जाँगर गुमाउँछन्; जब सत्यताको सङ्गति गर्ने कोही हुन्छ, तब तिनीहरू उत्साहित हुन्छन्, तर केही समयसम्‍म सत्यताको बारेमा सङ्गति दिइएन भने, तिनीहरू उदासीन बन्छन्। यसरी तिनीहरू सधैँ घरि यता, घरि उता गरिरहनुमा के समस्या छ? मानिसहरूले सत्यता प्राप्त नगरेको अवस्थामा, तिनीहरू यस्तै हुन्छन् र यसरी नै जोसमा जिउँछन्—एक यस्तो जोस जुन कायम राखिराख्‍न गाह्रो हुन्छ: तिनीहरूलाई हरदिन कसै न कसैले प्रचार र सङ्गति गर्नुपर्छ; तिनीहरूलाई मलजल र भरणपोषण गर्ने, र तिनीहरूलाई साथ दिने कोही छैन भने, तिनीहरूको हृदय फेरि चिसो भइहाल्छ, र तिनीहरू फेरि सुस्त बन्छन्। अनि, तिनीहरूको हृदय सुस्त हुँदा, तिनीहरू आफ्‍नो कर्तव्यमा कम प्रभावकारी हुन्छन्; यदि तिनीहरूले थप परिश्रम गरे भने, प्रभावकारितामा वृद्धि हुन्छ, तिनीहरूको कर्तव्यपालन अझै फलदायी हुन्छ, र तिनीहरूले अझै धेरै कुरा प्राप्त गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। “कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य उचित निभाउँदैनन्। तिनीहरूले सधैँ कुनै न कुनै तिकडम लाइरहेका हुन्छन्, जस्तै काम गर्नुको सट्टा मनोरञ्‍जन लिने, अबेरसम्‍म सुत्‍ने, वा देखेका समस्याहरू नदेखेजस्तो गर्ने र यसबारेमा अरू कसैलाई नबताउने। के यी कुराहरू विवेक नभएको व्यक्तिले गर्ने कुराहरू होइनन् र? तिनीहरूको कर्तव्यमा जति व्यस्तता बढ्छ, त्यति नै तिनीहरू आफ्‍नो व्यक्तिगत मामलामा तल्‍लीन बन्छन्। तिनीहरू डेटिङ्ग जान्छन्, भिडियो गेम खेल्छन्, व्यर्थका मेगजिन र पत्रपत्रिका पढ्छन्। आफ्‍नो कर्तव्य निभाउनुपर्ने बेलामा तिनीहरू सधैँ व्यक्तिगत मामलाहरूमा व्यस्त हुन्छन्। के तिनीहरूमा विवेक हुन्छ? (हुँदैन।) यदि तिमीहरूसित मैले बफादारी र पूर्ण समर्पणको बारेमा कुरा गरेँ भने, तिमीहरूको लागि यो निकै भारी विषय हुनेछ, र तिमीहरूले यसलाई निकै कठिन पाउनेछौ। यसले तिमीहरूलाई बन्धन र असहज महसुस गराउनेछ। तर यदि मैले विवेक र मानवताको बारेमा बताएँ भने, तिमीहरू के गर्छौ? के तिमीहरू यी दुई कुराको ज्ञानले सुसज्‍जित छौ? यदि तिमीहरूले विवेक, मानवता, र सामान्य मानिसहरूमा हुनुपर्ने सुझबुझबारे केही पनि बुझ्दैनौ भने, यदि तिमीहरू आफूलाई यी कुराहरूसँग कसरी तुलना गर्ने भन्‍नेबारे केही जान्दैनौ भने, र यदि तिमीहरूलाई आफ्‍नो मस्तिष्क वशमा राख्‍न र आफ्नो आचरण नियन्त्रण गर्न यी कुराहरू प्रयोग गर्न आउँदैन भने, तिमीहरूले सत्यतालाई प्रेम र खोजी गर्नु त धेरै परको कुरा हो, तिमीहरूको हर व्यवहार र आचरणसमेत सत्यतासँग कतै सम्‍बन्धित हुँदैन। परमेश्‍वरले मानवता, विवेक, र समझ भएका मानिसहरूमाझ उहाँको मुक्ति पाउन सक्‍ने मानिसहरू खोज्‍नुहुन्छ। यी कुराहरू नभएका मानिसहरू सत्यता बुझ्‍न वा अभ्यास गर्नबाट धेरै टाढा हुन्छन्, अनि मुक्ति पाउनबाट त झन् तिनीहरू अझै टाढा हुन्छन्(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूबाट मैले थाहा पाएँ, हामीले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नको लागि अग्रसरता जनाउनुपर्छ। हामी कठिन परिश्रम गर्न, कष्ट भोग्‍न र मूल्य चुकाउन तयार हुनुपर्छ। साथै, हामीले गर्ने सबै कुरामा सक्दो गर्नुपर्छ, यसमा सारा हृदय लागाउनुपर्छ, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेर परिणामहरू हासिल गर्नुपर्छ, र झारा मात्रै टार्नु हुँदैन। त्यही नै पर्याप्त रूपमा कर्तव्य निभाउनु हो। जब अगुवाले मलाई भिडियो बनाउने कामको इन्चार्ज बनाए सुरुमा, म कामको फलोअप गरेर अझै सिपालु हुन चाहन्थेँ, र मैले साँच्‍चिकै सीप र सिद्धान्तहरू अध्ययन गरेँ, तर केही समय यसो गरेपछि, मलाई भिडियो बनाउने काम गाह्रो लाग्यो। मैले भर्खरै काम सुरु गरेकी थिएँ, अझै धेरै कुरा जानेकी थिइनँ, र त्यसमा कष्ट भोग्‍नु र मूल्य चुकाउनुपर्थ्यो, त्यसकारण म सुस्त हुन थालेँ र मैले आफ्‍नो समयतालिका पूरा गरिनँ। हरदिन व्यस्त देखिए पनि, मैले कुशल रूपमा काम गरिरहेकी थिइनँ वा त्यति वास्तविक काम पूरा गरिरहेकी थिइनँ। मलाई के खाने, के पिउने भनेर सोच्‍ने पनि फुर्सत हुन्थ्यो, र समय हुँदा, म आराम गर्थेँ, बाहिर हिँड्न जान्थेँ, वा रमाइलो गर्थेँ। मसित सुपरभाइजरको पद थियो, तर म आफ्‍नो कर्तव्यमा अरूभन्दा धेरै खाली बस्थेँ। जब मैले काममा कठिनाइहरू सामना गर्थेँ, तब सिद्धान्तहरू खोजी गर्नेबारे वा बुझ्‍ने व्यक्तिको सहयोग लिनेबारे सोच्दिनथेँ, बरु “ठिकठाक” र “करिबकरिब ठीक” हुने उद्देश्य राख्थेँ, त्यसपछि बाँकी जाँच गर्ने काम अगुवालाई दिन्थेँ। म आफ्‍नो कर्तव्यमा लापरवह हुन्थेँ र वास्तविक परिणाम खोज्दिनथेँ, त्यसकारण अगुवाले सधैँ मेरो काममा समस्याहरू भेट्न सक्थे, यसलाई संशोधनको लागि फिर्ता दिइनुपर्थ्यो, र हाम्रो प्रगतिमा ढिलाइ हुन्थ्यो। मैले कर्तव्यमा सक्दो कोसिस पनि गरिरहेकी थिइनँ, यसमा पुरै हृदय लगाउनु त परको कुरा हो। मैले असावधान र बिटुलो शैलीमा काम गरिरहेकी थिएँ, र मैले मूल्य चुकाइरहेकी थिइनँ। मैले केही प्रयास नै लगाए पनि, वास्तविक परिणामहरू प्राप्त गर्दिनथेँ। त्यो कसरी कर्तव्य निभाएको भयो र? मैले स्पष्टतः परमेश्‍वरलाई छल्ने र ठग्‍ने गरिरहेकी थिएँ! यो महसुस गरेपछि मलाई अत्यन्तै पछुतो भयो। मण्डलीले मलाई सुपरभाइजरको तालिम दिइरहेको थियो, र म जिम्‍मेवार हुनेछु र उचित रूपमा मण्डलीको काम पूरा गर्नेछु भन्‍ने आशा गरेको थियो, तर म त सुस्त भइरहेकी थिएँ। म साँच्‍चै हृदयहीन रहेछु। मैले कर्तव्यलाई मालिकको लागि काम गर्ने अविश्‍वासीले झैँ लिइरहेकी थिएँ, र न्यून स्तरको सेवा दिइरहेकी थिएँ। मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो: “परमेश्‍वरले तेरो कर्तव्यपालनको लागि तय गर्नुभएको मापदण्ड भनेको यो ‘पर्याप्त स्तर हासिल गर्ने’ हुनुपर्छ भन्‍ने हो। ‘पर्याप्त स्तर हासिल गर्ने’ भनेको के हो? यसको अर्थ परमेश्‍वरका सर्तहरू पूरा गर्नु र उहाँलाई सन्तुष्ट पार्नु हो। परमेश्‍वरले तेरो कामले पर्याप्त स्तर हासिल गरेको छ भनेर भन्नुपर्छ र यसले उहाँको अनुमोदन प्राप्त गर्नुपर्छ। तब मात्र तेरो कर्तव्यपालनले पर्याप्त स्तर हासिल गरेको मानिन्छ। यदि परमेश्‍वरले तैँले पर्याप्त स्तर हासिल गरिनस् भनेर भन्‍नुहुन्छ भने, तैँले यो कर्तव्य जति नै लामो समयदेखि निभाएको भए पनि, वा यसको लागि जति नै मूल्य चुकाएको भए पनि, यसले पर्याप्त स्तर हासिल गरेको हुँदैन। अनि, यसको परिणाम के हुनेछ? यो सब सेवामात्र गरिएको हो भनेर वर्गीकृत हुनेछ। निष्ठावान्‌ हृदय भएका थोरै सेवाकर्ताहरूलाई मात्रै विपत्तिहरूमा जोगाइनेछ। यदि तिनीहरू आफूले दिने सेवामा निष्ठावान्‌ छैनन् भने, तिनीहरूको जोगिने कुनै आशा हुनेछैन। सरल रूपमा भन्दा, तिनीहरू विपत्तिहरूमा नष्ट हुनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। परमेश्‍वरका वचनहरूले मलाई मैले कर्तव्यमा विवेकको सबभन्दा आधारभूत स्तर पनि हासिल गरिरहेकी छैन भन्‍ने महसुस गरायो। परमेश्‍वरले यो मनोवृत्तिलाई घृणा गर्नुहुन्थ्यो र म मुक्ति पाउन लायक भइनँ। ती दुई सुपरभाइजरलाई बर्खास्त गरिनु मेरो लागि चेतावनी थियो। मैले बुझेँ कि आफ्‍नो कर्तव्यमा झारा टार्ने र लापरवाही गर्ने मानिसहरू मण्डलीमा टिक्दैनन्। अन्त्यमा, तिनीहरूलाई खुलासा गरेर हटाइन्छ। मैले मण्डलीमा कर्तव्य निभाइरहेकी भए पनि, यो पर्याप्त रूपमा गरिरहेकी छु भन्‍ने थिएन। मैले जतिसक्दो चाँडो आफ्‍नो स्थिति सुधार नगरे, मण्डलीले नहटाए पनि, परमेश्‍वरले मलाई हटाउनुहुने थियो। परमेश्‍वरको धर्मी स्वभावले नै यसको निर्णय गर्छ। यो महसुस गरेर, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले कर्तव्यमा साँचो मूल्य चुकाइरहेकी छैनँ, म अति झारातिरुवा छु, र मलाई धेरै कुराको पछुतो छ। मेरो स्थिति कति खतरनाक छ मलाई महसुस भएको छ, र मैले आफ्‍नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राख्‍नु हुँदैन। म राम्ररी पश्‍चात्ताप गरेर आफ्‍नो कर्तव्य सक्दो निभाउन चाहन्छु।”

यसपछि, मैले यस्तो सोचेँ: “कहिलेकहीँ मलाई मेरो जिम्‍मेवारी कति महत्त्वपूर्ण छ भन्‍ने थाहा हुन्छ, तर म प्राय सुस्त नभई बस्‍न सक्दिनँ र आफ्‍नो कर्तव्यमा मूल्य चुकाउन मन लाग्दैन। यसको कारण के हो?” मैले परमेश्‍वरको वचन पढेँ। “अत्यन्तै अल्छी मानिसहरूले के-कस्ता व्यवहार र विशेषताहरू प्रकट गर्छन्? पहिलो, तिनीहरूले जे काम गरिरहेको भए पनि, लापरवाही रूपमा काम गर्छन्, झारा टार्छन्, यताउता गर्दै समय काट्छन्, अल्याङटल्याङ गर्छन्, अनि विश्राम गर्छन् र आलटाल गर्छन्। दोस्रो, तिनीहरूले मण्डलीको काममा कुनै ध्यान दिँदैनन्। तिनीहरू जसलाई परिश्रम गर्न मन लाग्छ उसैले त्यो काम गरे हुन्छ भन्‍ने सोच्छन्। तर आफूले चाहिँ केही गर्नेछैनन्। जब तिनीहरूले कुनै काममा परिश्रम गर्छन्, तब त्यो तिनीहरूको आफ्‍नै प्रतिष्ठा र हैसियतको लागि हुन्छ—हैसियतका फाइदाहरूमा आनन्द गर्न पाउनु नै तिनीहरूको लागि महत्त्वपूर्ण हुन्छ। तेस्रो, तिनीहरूले आफ्नो काम अलिकति बढी थकाइलाग्दो भएको पनि स्वीकार गर्न सक्दैनन्; तिनीहरू अत्यन्तै आक्रोशपूर्ण बन्छन् र कठिनाइ भोग्‍न वा त्याग गर्न अनिच्‍छुक हुन्छन्। चौथो, तिनीहरू आफ्‍नो काममा लागिपर्न सक्दैनन्, सधैँ बीचैमा काम छोड्छन् र काम पुरा हुन्जेल लागिपर्न सक्दैनन्। तिनीहरूलाई जाँगर हुँदा क्षणिक रूपले कुनै नयाँ काम गर्नु स्वीकार्य हुन सक्छ, तर यदि कुनै काममा दीर्घकालीन प्रतिबद्धता आवश्यकता पर्छ भने, र यसले तिनीहरूलाई व्यस्त तुल्याउँछ, धेरै सोचविचार गर्नुपर्छ र शारीरिक थकाइ हुन्छ भने, समय बित्दै गएपछि तिनीहरू गनगनाउन थाल्छन्। उदाहरणको लागि, मण्डलीको काम रेखदेख गर्ने कतिपय अगुवाहरूलाई सुरुमा यो काम नयाँ र ताजा लाग्‍न सक्छ। सत्यता सङ्गति गर्दा तिनीहरू अत्यन्तै उत्साहित हुन्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या हुँदा, तिनीहरूले सहयोग गर्न र ती समस्या सुल्झाउन सक्छन्। तर जब अनगिन्ती समस्याहरू निरन्तर देखा परिरहन्छन् र केही समयसम्‍म निरन्तर काममा लागिपर्दा पनि तिनीहरूले ती समस्या सुल्झाउन सकेनन् भने, तिनीहरूले त्यो कामलाई निरन्तरता दिइरहन सक्दैनन् र सजिलो काममा लाग्‍न चाहन्छन्। तिनीहरू कठिनाइ भोग्‍न तयार हुँदैनन्, र तिनीहरूमा लागिपर्ने दृढता हुँदैन। पाँचौँ, अल्छी मानिसहरूलाई छुट्याउने अर्को विशेषता भनेको तिनीहरूमा व्यावहारिक काम गर्ने इच्‍छा नहुनु हो। आफ्नो देहमा कष्ट हुनेबित्तिकै, तिनीहरू कामबाट भाग्‍ने र पछि हट्ने बहाना र कारण खोज्छन् र त्यो काम अर्को व्यक्तिलाई सुम्पन्छन्। अनि, त्यस व्यक्तिले काम पूरा गरेपछि, तिनीहरूले नै त्यसको इनाम लिन्छन्। अल्छी मानिसहरूका पाँच विशेषता यिनै हुन्। मण्डलीका अगुवा र सेवकहरूमाझ त्यस्ता अल्छी मानिसहरू छन् कि तिमीहरूले जाँचेर हेर्नुपर्छ। यदि यस्ता कसैलाई भेट्यौ भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर। के अल्छी मानिसहरूले अगुवाको रूपमा असल काम गर्न सक्छन्? तिनीहरूमा जस्तोसुकै क्षमता भए पनि वा तिनीहरूको मानवतामा जस्तोसुकै गुण भए पनि, यदि तिनीहरू अल्छी हुन् भने, तिनीहरूले आफ्‍नो काम राम्ररी गर्न सक्दैनन्। तिनीहरूले काममा र ठूलो परियोजनामा ढिलाइ गराउनेछन्। मण्डलीको काम बहुमुखी हुन्छ; हरेक परियोजनाका धेरै ससाना भागहरू हुन्छन् र तिनलाई राम्ररी पूरा गर्नका लागि समस्याहरू सुल्झाउन सत्यता सङ्गति गर्नु आवश्यक हुन्छ। पर्याप्त कदम चालिएन भने, चाहेका परिणामहरू प्राप्त हुनेछैनन्। त्यसकारण, अगुवा र सेवकहरू लगनशील हुनैपर्छ—तिनीहरूले कामको प्रभावकारिता पक्‍का गर्न हरदिन धेरै कुरा बोल्‍नु र धेरै काम गर्नुपर्छ। यदि तिनीहरूले थोरै बोले भने, वा पर्याप्त काम गरेनन् भने, कुनै परिणाम आउनेछैन। त्यसकारण, यदि कुनै अगुवा वा सेवक अल्छी छ भने, ऊ पक्‍कै पनि झूटो अगुवा हो र उसले व्यावहारिक काम गर्न सक्दैन। अल्छी मानिसहरूले व्यावहारिक काम गर्दैनन्, काम गर्ने ठाउँमा तिनीहरू आफै जानु त परको कुरा हो, र तिनीहरूलाई समस्याहरू हल गर्न वा निश्‍चित काममा संलग्‍न हुन इच्छा हुँदैन। तिनीहरूले कुनै पनि परियोजनाको समस्याहरूबारे बुझेका वा जानेका हुँदैनन्। तिनीहरूले अरूको कुरा सुनेर, परिस्थितिबारे सतही ज्ञान बोकेर, अनि अलिअलि धर्मसिद्धान्त प्रचार गरेर नै काम टार्ने गर्छन्। के तिमीहरू यस्तो अगुवालाई चिन्‍न सक्छौ? के तिमीहरू ती झूटा अगुवा हुन् भनेर भन्‍न सक्छौ? (केही हदसम्‍म।) अल्छी मानिसहरू आफूले गर्ने कुनै पनि कर्तव्यमा लापरवाह हुन्छन् र झारा टार्छन्। कर्तव्य जे-जस्तो भए पनि, तिनीहरूमा लगनशीलता हुँदैन, र तिनीहरू घरी काम गर्ने घरी नगर्ने गर्छन्, र केही कठिनाइ भोगे भने हप्तौँ गुनासो गर्छन्। सधैँ आफ्‍नो रिस पोखाउने र आफ्‍नो कर्तव्य पूरा नगर्ने चाहना गर्दै तिनीहरू गल्‍लीमा भुक्‍ने कुकुरजस्तै आफ्‍नो आलोचना वा निराकरण गर्नेहरूमाथि जाइलाग्छन्। यसले तिनीहरूले आफ्‍नो कर्तव्यमा के गर्दैनन् भन्‍ने देखाउँछ? यसले तिनीहरूले बोझ लिँदैनन्, जिम्‍मेवारी लिन चाहँदैनन्, र तिनीहरू अल्छी मानिसहरू हुन् भन्‍ने कुरा देखाउँछ। तिनीहरू कष्ट भोग्‍न वा त्याग गर्न चाहँदैनन्। खास गरी, यदि अगुवा र सेवकहरूले बोझ नै लिँदैनन् भने, के तिनीहरूले अगुवा वा सेवकका जिम्‍मेवारीहरू पूरा गर्न सक्छन् त? अवश्यै सक्दैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचन मनन गर्दा मलाई मेरो कर्तव्यप्रति ममा किन लगनशीलताको कमी भयो, र केही जोसपछि, किन मलाई यसको निम्ति मूल्य चुकाउन मन लागेन भन्‍ने थाहा भयो। मुख्यतः किन त्यस्तो भयो भने, म अल्छी थिएँ र दैहिक सहजताको धेरै लोभ गर्थेँ। म आफ्‍नो कर्तव्यमा कार्यदक्षता खोज्दिनथेँ। कसैले मलाई अह्राएन वा निराकरण गरेन भने, म आतुरी महसुस गर्दिनथेँ। म कामका समस्याहरूमा मानसिक ऊर्जा खर्च गर्न चाहन्‍नथेँ, सधैँ मैले भर्खरै काम सुरु गरेकी हुँ भन्‍ने बहाना बनाउँथेँ र समस्याहरू अगुवाको काँधमा हालिदिन्थेँ। म मनमनै सोच्थेँ, “हामी जिउँदो हुँदा नै रमाइलो गर्नुपर्छ। काम जति नै हतारको भए पनि, हामीले आफूलाई पेल्‍ने वा बढी काम गर्ने गर्नु हुँदैन। आफूलाई निष्कासित गरिँदैन भने, थोरै प्रयास गर्दा र थोरै काम गर्दा पनि ठीकै हुन्छ।” म कहिल्यै प्रगति गर्न खोज्दिनथेँ, जसले गर्दा मेरो प्रगति अत्यन्तै सुस्त भयो। मलाई मेरा ब्रदर-सिस्टरहरूको याद आयो: तिनीहरूमध्ये कतिले काम पूरा गर्न धेरै समय र ऊर्जा लगाउँथे, र सधैँ आफ्‍नो कर्तव्यमा ध्यान दिन्थे। तिनीहरू आफ्‍नो काम सकेपछि पनि, यसमा कुनै विचलन छ कि, र यसलाई कसरी अझै राम्ररी गर्न सकिन्छ भनेर विचार गरिरहन्थे। राम्रोसित कसरी कर्तव्य निभाउने भन्‍ने मात्रै सोचिरहन्थे। तिनीहरू उचित काम गर्थे, तिनीहरूमा मानवता थियो, र तिनीहरू कर्तव्यमा समर्पित थिए। तिनीहरूले आफ्‍नो काममा सहजै पवित्र आत्‍माको अगुवाइ प्राप्त गर्थे, र समय बित्दै जाँदा तिनीहरूले प्रगति र उन्‍नति गरे। तैपनि, मलाई मण्डलीले भिडियो बनाउने कामको इन्‍चार्ज बनाएको थियो, तर ममा कुनै विवेक थिएन, मेरो दृष्टिकोण र खोजी पशुको जस्तो थियो। मसँग समय हुँदा, आफ्‍नो देहगत इच्‍छाहरूबारे सोच्थेँ तर आफ्‍नो कर्तव्यबारे पटक्‍कै सोच्दिनथेँ। मैले पद पाएकी थिएँ, तर वास्तविक काम गरिरहेकी थिइनँ, जसले गर्दा हामीले राम्रा परिणाम प्राप्त गर्न छोड्यौँ, र काममा ढिलाइ पनि भयो। म कति स्वार्थी र घृणित थिएछु! यदि त्यसरी नै अघि बढिरहन्थेँ भने, मैले कुनै काम गर्न सक्दिनथेँ, केही हासिल गर्दिनथेँ, र अवश्य नै परमेश्‍वरद्वारा हटाइने थिएँ। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “परमेश्‍वर, मेरो नीच प्रकृति अत्यन्तै गम्‍भीर छ। यस्तो महत्त्वपूर्ण काममा म गैरजिम्‍मेवार र चिप्ले बनिरहेकी छु र ममा तपाईंप्रति कुनै श्रद्धा छैन। पहिले, मलाई मेरो नीचता गम्‍भीर छ भन्‍ने थाहा थियो, तर यसलाई साँचो रूपमा घृणा गरिनँ। मलाई अब थाहा भयो। हे परमेश्‍वर, म परिवर्तन हुन चाहन्छु। कर्तव्यप्रतिको मेरो मनोवृत्ति बदल्‍न, र कर्तव्य राम्ररी निभाउन चाहन्छु। बिन्ती छ, मलाई आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्न र मानव रूपमा जिउन अगुवाइ गर्नुहोस्।”

पछि, मैले आफूले पढेको परमेश्‍वरको वचनको अर्को खण्ड याद गरेँ। “आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि तैँले दिनमा तीनपटकको खाना चोरी नगरी जुटाउँछस् भन्‍ने महसुस गर्नैपर्छ। यसलाई जिम्‍मेवारीको बोध भनिन्छ। तेरो क्षमता बलियो भए पनि कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि नबुझे पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाएर आफ्‍नो सारा हृदय र शक्तिले राम्ररी पूरा गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै लापरवाह र झाराटारुवा बन्‍नेछैनँ। यदि समस्या पैदा भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ? कतिपय मानिसहरू भन्छन्, ‘मलाई सुम्पिइएको काम मैले राम्ररी गर्नैपर्छ भन्‍ने छैन। म आफूले सकेको गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, हुनेछ। मैले आफैलाई अति थकित पारिरहनु पर्दैन वा कुनै गल्ती गरेँ भनेर चिन्तामा डुबिरहनु पर्दैन, र धेरै तनाव पनि लिइरहनु पर्दैन। आफूलाई यति थकित पार्नुको के अर्थ छ र? आखिर, म सधैँ काम गरिरहेको हुन्छु र मैले सित्तैमा खाँदै हिँडेको छैन।’ आफ्‍नो कर्तव्यप्रति यस्तो मनोवृत्ति राख्‍नु गैरजिम्‍मेवारी हो। ‘काम गर्न मन लाग्यो भने, केही काम गर्नेर्छु। म आफूले सकेको गर्नेछु र परिणाम जे-जस्तो हुनेछ, हुनेछ। यसलाई गम्‍भीर रूपमा लिनुपर्ने कुनै आवश्यकता छैन।’ त्यस्ता मानिसहरूमा आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवार मनोवृत्ति हुँदैन र तिनीहरूमा जिम्‍मेवारीबोधको कमी हुन्छ। तिमीहरू कस्ता व्यक्तिहरू हौ? यदि तिमीहरू पहिलो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू समझ र मानवता भएका व्यक्तिहरू हौ। यदि तिमीहरू दोस्रो प्रकारका व्यक्तिहरू हौ भने, तिमीहरू मैले भर्खरै चिरफार गरेका झूटा अगुवाहरूभन्दा फरक छैनौ। तिमीहरू बस त्यही दिशामा अघि बढिरहेका मात्रै छौ: ‘म थकान र कठिनाइबाट जोगिनेछु र अलिक बढी आनन्द लिनेछु। कुनै दिन मलाई बर्खास्त नै गरियो भने पनि मैले सबै कुरा गुमाउनेछैन। कम्तीमा पनि मैले केही दिनसम्‍म हैसियतका लाभहरू उपभोग गरेको हुनेछु, र मेरो लागि यो घाटा हुनेछैन। यदि मलाई अगुवा छनौट गरियो भने म त्यस्तै व्यवहार गर्नेछु।’ त्यस्ता मानिसहरूमा कस्तो मनोवृत्ति हुन्छ? यी मानिसहरू गैरविश्‍वासीहरू हुन् जो पटक्‍कै सत्यता खोजी गर्दैनन्। यदि तँ साँच्‍चै जिम्‍मेवार छस् भने, त्यसले तँमा विवेक छ र तँ तर्कशील व्यक्ति होस् भन्‍ने देखाउँछ। कुनै काम जति ठूलो वा सानो भए पनि, त्यो काम तँलाई जसले दिएको भए पनि, चाहे त्यो काम तँलाई परमेश्‍वरको घरले सुम्पेको भए पनि वा मण्डली अगुवा वा सेवकले दिएको भए पनि, तेरो मनोवृत्ति यस्तो हुनुपर्छ: ‘मैले यो कर्तव्य पाउनु परमेश्‍वरले मलाई गर्नुभएको उत्थान र अनुग्रह हो। मैले यो सत्यताका सिद्धान्तअनुसार राम्रोसित पूरा गरिने कुरा सुनिश्‍चित गर्नुपर्छ। मेरो सामान्य क्षमता भए पनि, म यो जिम्‍मेवारी लिन र आफूले गर्नुपर्ने सबै कुरा राम्ररी पूरा गर्न तयार छु। यदि मैले राम्ररी काम गरिनँ भने, म यसको जिम्‍मेवारी लिनेछु, र राम्रो काम गरेँ भने, यसको श्रेय लिनेछैनँ। मैले गर्नुपर्ने नै यही हो।’ व्यक्तिले आफ्‍नो कर्तव्यलाई कसरी लिन्छ भन्‍ने कुरा सिद्धान्तसँग सम्‍बन्धित मामिला हो भनेर म किन भन्छु? यदि तँमा साँच्‍चै नै जिम्‍मेवारीको बोध छ र तँ जिम्‍मेवार व्यक्ति होस् भने, तैँले मण्डलीको काम लिन अनि आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्‍नेछस्। यदि तँमा आफ्‍नो कर्तव्यप्रति लापरवाही मनोवृत्ति छ भने, परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तेरो दृष्टिकोण अनुचित छ, अनि परमेश्‍वर र कर्तव्यप्रतिको तेरो मनोवृत्ति समस्याग्रस्त छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने जिम्‍मेवार मानिसहरूले लगनसाथ काम गर्छन्। त्यो काम मन परोस्-नपरोस् वा त्यो काम राम्ररी गर्न आओस्-नआओस्, र आफ्नो क्षमता जस्तोसुकै होस्, तिनीहरूले त्यसलाई इमानदारीसाथ लिन्छन्, र त्यसलाई राम्ररी पूरा गर्न निष्ठापूर्वक लागिपर्छन्। यस्ता मानिसहरू वननबद्ध र विश्‍वासयोग्य, अनि परमेश्‍वरको अनुमोदन पाउन सक्षम हुन्छन्। यसको विपरीत, यदि व्यक्तिले कर्तव्य स्वीकार गर्छ, तर इज्‍जत बचाउन मात्रै काम गर्छ, र कुनै व्यावहारिक काम गर्दैन, अनि परिणाम वा प्रभावकारिता खोज्दैन भने, तिनीहरू बाहिरी संसारका अल्छी र सुस्तहरूजस्तै हुन्छन्। तिनीहरू भरोसालायक र भरपर्दो हुँदैनन्। मैले त्यसरी नै आफ्‍नो कर्तव्य निभाइरहेकी थिएँ। म सधैँ देहको ख्याल गर्थेँ र सत्यता अभ्यास बिरलै गर्थेँ। म झन्झन् कम मानव स्वरूपमा जिउँदै गइरहेकी थिएँ। मैले आफ्‍नो कर्तव्यप्रतिको मनोवृत्ति सुधार्नुपर्थ्यो। मेरो कार्यक्षमता जस्तोसुकै भए पनि, मण्डलीले मलाई यो काम सुम्पेको थियो, त्यसकारण मैले यो काम राम्ररी गर्न र यसमा आफ्‍नो शक्ति लगाउन सक्दो प्रयास गर्नुपर्थ्यो। यसको साथै, अहिले कर्तव्य निभाउने महत्त्वपूर्ण समय हो। यदि मैले सक्‍नेभन्दा कम काम गरिरहेँ भने, र परमेश्‍वरको काम समाप्त हुन्जेल थप प्रयास नगरी पर्खेँ भने, पश्‍चात्ताप गर्न ढिलो भइसकेको हुनेछ। यो सोचेपछि, जतिसक्दो बढी काम गर्न मैले आफ्‍नो समयतालिका मिलाएँ। मलाई अल्छी लाग्दा, परमेश्‍वरलाई प्रार्थना गर्थेँ र उहाँका वचनहरू सम्झिन्थेँ, यसले गर्दा मैले सतर्क भएर दैहिकता पन्छाउन सक्थेँ। हरेक काम सुरु गर्नुअघि उहाँलाई प्रार्थना गर्थेँ, मलाई रक्षा गर्नुहोस् भनी अनुरोध गर्थेँ, अनि अल्याङटल्याङ होइन, राम्ररी काम गर्न सकूँ भनेर लागिपर्थेँ। यसरी अभ्यास गर्दा मलाई अलिक ढुक्‍क लाग्‍न थाल्यो।

मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहे पनि, कहिलेकहीँ चुक्छु। जस्तै एक दिन, मैले मलजलको कामको जाँच गरिरहेकी थिएँ। एक नयाँ विश्‍वासीमा अझै पनि धेरै धार्मिक धारणाहरू रहेछन्, र त्यो सुल्झाउन मलजलकर्ताले मलाई मदत मागे। सुरुमा, मलजलकर्ताका कठिनाइहरूबारे सोच्दा मैले कति हदसम्म सुल्झाउन सक्छु भन्‍ने पर्वाह नगरी, सहयोग गर्न सक्दो प्रयास गर्न मन लाग्यो। तर मैले नयाँ विश्‍वासीसँग कुरा गरिसकेपछि, मैले केही समस्याहरू, त्यो पनि अलिअलि मात्रै बुझेँ र स्पष्ट रूपमा सङ्गति गर्न सकिनँ। म यो कुरा सोच्‍न बाध्य भएँ: “सत्यतासम्‍बन्धी मेरो बुझाइ सतही छ; मैले हासिल गर्न सक्‍ने यति नै हो। यस विषयमा अगुवाले फलोअप गर्ने नै छन्, त्यसैले तिनले नै यी समस्या समाधान गरून्।” तर अगुवा व्यस्त थिए र आउन पाएनन्, अनि हामीले नै समाधान गर्नुपर्ने भयो। यो परिस्थितिपछाडि परमेश्‍वरको इच्‍छा छ भन्‍ने थाहा थियो। म आफ्‍नो कर्तव्यमा सजिलो र सीधा काम छनौट गर्थेँ, र धेरै मेहनत गर्ने वा तनमन लगाउने गर्दिनथेँ। यसपटक मैले देहको ख्याल गर्नु वा सहजता खोज्‍नु हुँदैनथ्यो। मैले जति नै हासिल गर्न सके पनि आफूले सक्‍ने सबै कुरा गर्नुपर्थ्यो। यो सोचेपछि, म र मेरो सहकर्मीले मलजलकर्तालाई भेटेर सङ्गति दियौँ, धार्मिक धारणाहरूसँग सम्‍बन्धित परमेश्‍वरका वचनहरू र सुसमाचार भिडियोहरू खोज्यौँ, र केही छलफलपछि, सत्यताको यो पक्षबारे हामी सबै स्पष्ट भयौँ, र अन्त्यमा, नयाँ विश्‍वासीका समस्याहरू समाधान भए। यो अनुभवपछि मैले कति कुरा मेरो कदभन्दा बाहिरका जस्ता देखिए पनि, मैले परमेश्‍वरमा भरोसा गरेँ, र मूल्य चुकाएँ भने, परिणाम हासिल गर्न सक्छु भन्‍ने थाहा पाएँ। मैले कठिन परिश्रम गरेर पनि चुकेँ भने, ममा सफा विवेक हुनेछ।

मेरो चिनेजानेकाहरूको असफलता हेरेर मैले केही पाठ सिकेँ, कर्तव्यप्रतिको आफ्‍नो मनोवृत्तिबारे मनन गरेँ, र पर्याप्त रूपमा कर्तव्य निभाउनबाट म कति टाढा रहेछु भन्‍ने थाहा पाएँ। अनि मेरो नीच प्रकृतिले कति गहिरो जरा गाडेको रहेछ त्यो देखेँ। अहिले म पश्‍चात्ताप गर्ने भएकी छु, तर अझै परमेश्‍वरका मापदण्डहरूबाट चुक्छु। मैले परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ र पर्याप्त रूपले कर्तव्य निभाउने प्रयास गर्नुपर्छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

निराकरणपछिको परिवर्तन

गत मार्चमा, मैले मण्डलीको भिडियो काम जिम्‍मा लिएँ। त्यो कर्तव्यमा म नयाँ भएकोले मैले धेरै सत्यता पूर्णरूपमा बुझेको थिइनँ त्यसकारण हरेक दिन...

आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

के आशिष्‌को पछि लाग्‍नु परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ?

२०१८ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्ने सौभाग्य पाएँ। मैले प्रभुको आगमनलाई स्वागत गर्न पाएकोमा म अत्यन्तै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्