बर्खास्त भएपछि मैले सिकेको पाठ

20 जनवरी 2022

झेङ्ग यि, अमेरिका

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। परमेश्‍वरका वचनहरू एकदमै व्यावहारिक छन्। परमेश्‍वरका वचनहरूद्वारा न्याय, सजाय, निराकरण र काटछाँट गरिएपछि मात्र हामी आफ्ना शैतानी स्वभावहरू परिवर्तन गर्न सक्छौं र परमेश्‍वरप्रति आज्ञाकारी र विश्‍वासयोग्य हुन सक्छौं। मैले सधैँ भ्रष्ट स्वभावद्वारा आफ्ना कर्तव्यहरू पूरा गर्ने गर्थें र म विशेषगरी स्वार्थी र घृणित थिएँ, सधैँ आफ्नो इज्जत र हैसियत मात्र जोगाउथें। बर्खास्त भएपछि, मैले परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट आफ्नो भ्रष्ट स्वभावबारे साँचो ज्ञान प्राप्त गरें। मलाई पछुतो भयो र आफैलाई घृणा गरें, र अर्को कर्तव्य पाउँदा, मैले पहिलाभन्दा राम्ररी पूरा गरें।

गत अगस्टमा, म मण्डली अगुवा चयन भएँ र अन्य केही दाजुभाइ-दिदीबहिनीहरूसँगै मण्डलीको कामको जिम्मेवारी लिनुपर्थ्यो। म चाहिँ मुख्यतः पानी हाल्ने काम गर्थें साथै मण्डली परियोजनाहरूको लागि निर्णय गर्नमा पनि सहभागी हुन्थें। हामीले जिम्मेवारीहरू बाँडेका थियौं, तर मलाई के थाहा थियो भने, मण्डलीको काम एक विस्तृत एकाइ हो, र परमेश्‍वरको घरका हितहरूलाई रक्षा गर्न र आफ्ना कर्तव्य उचित तरिकाले पूरा गर्न मैले दाजुभाइ-दिदीबहिनीहरूसित सहकार्य गर्नुपर्छ। सुरुमा त, म हाम्रा साप्ताहिक सभाहरूमा खूबै ध्यान दिन्थें। छलफलमा सक्रिय रूपले भाग लिन्थें र सिफारिसहरू अघि सार्थें। त्यसपछि, अक्टोबरको एक दिन, नवआगन्तुकहरूलाई पानी हाल्ने काम झण्डै ढिलो भयो किनभने मैले समयमै काम गरेकी थिइनँ। माथिल्ला तहका अगुवाहरूले मलाई कठोरतासाथ काटछाँट र निराकरण गरे। मैले मनमनै सोचें, मेरो काममा समस्या भएकोले मलाई निराकरण गरियो। यदि अझ धेरै समस्याहरू भएका भए, अगुवाहरूले मलाई जाँचेर बुझ्नेथिए र मैले व्यावहारिक काम गर्न सक्दिनँ भनेर भन्नेथिए र मलाई बर्खास्त गर्नेथिए। त्यसपछि मैले फेरि कसरी आफ्नो अनुहार देखाउन सक्थें र? कसले पो मेरो मान गर्नेथिए र? अहँ, कसैले गर्नेथिएन, मैले आफ्नो जिम्मेवारीमा भएको काममा अझ धेरै प्रयास गर्नुपर्थ्यो र थप गल्ती गर्ने त कुरै थिएन।

केही समयपछि, मेरो जिम्मेवारीको दायरा बढाइयो। केही कामहरू गर्न म सिपालु थिइनँ, त्यसैले ती कुरा सिक्न र गर्न धेरै समय र प्रयास चाहिन्थ्यो, तर हरेक सभामा छलफल गर्नुपर्ने निकै धेरै रणनीतिक निर्णयहरू थिएँ, र त्यसले धेरै समय खान्थ्यो। कतै यसले भर्खरै म जिम्मेवार भएको कामलाई असर गर्ने हो कि भनेर मैले सोचें। यदि म जिम्मेवार भएको काम प्रभावकारी भएन र अझ धेरै समस्याहरू उत्पन्न भएमा, म अवश्यै बर्खास्त हुनेथिएँ, र त्यसपछि अरूले मलाई के सोच्नेथिएँ? के अरू मानिसहरूले मण्डलीका अन्य परियोजनाहरूको बारेमा सोधपुछ गरिरहेका छैनन् र? मलाई लाग्यो, तिनीहरूले आफ्ना छलफलहरू गर्न सक्छन् तर मसित त कामको ओइरो छ। अझ के हो भने, तिनीहरूले आफ्नो काम पूरा गर्नुसित मेरो कुनै सरोकार थिएन र त्यसको प्रशंसा मैले पाउने पनि होइन। तर मेरो दायराभित्रका समस्याहरूको लागि म सीधै जिम्मेवार हुनेथिएँ, तसर्थ, मैले आफ्नै जिम्मेवारीहरूलाई मात्र देखरेख गर्नुपर्छ। त्यसपछि, मैले मेरो जिम्मेवारीमा भएको मुख्य काममा मात्र धेरै समय र प्रयास लगाएँ अनि अरू कामलाई बोझ ठानें। मेरो कामसँग सम्‍बन्धित कुनै पनि कुरामाथि म आफ्नो दृष्टिकोण राख्थें, तर त्यस दायराभन्दा बाहिरका कुराहरू आउँदा म आफूलाई आफ्नै कामहरूमा व्यस्त राख्थें। मैले ध्यान लगाएर छलफलहरू सुन्‍ने गर्थिनँ, त्यसैले, निर्णयहरूमा मैले अडान लिनुपर्दा, अरू सबैले जे गर्थे त्यसैको पछि लाग्थें। महत्वपूर्ण मामिलाहरूमा जरुरी छलफल र निर्णय गर्नुपर्दा, ती कुरा मेरो कर्तव्यसित सम्बन्धित होइनन् भने, त्यसलाई म बेवास्ता गर्थें र त्यसप्रति उदासीन हुन्थें।

केही समयपछि, दाजुभाइ-दिदीबहिनीहरूले के भन्दै गरेका मैले सुनिरहें भने, अगुवाहरूले केही कामकुराहरू ठीकसित सुल्झाएका र निराकरण गरेका छैनन्। र साथै कर्मचारी प्रबन्धहरू सिद्धान्तहरू अनुरूप छैनन्, र त्यसले गर्दा परमेश्‍वरको घरको काममा क्षति पुगेको छ। केही कुरामा सबैले निर्णय र हस्ताक्षर गर्नु आवश्यक हुन्छ। ती कुरा ठीकसित नसम्हालेकोले गर्दा, अन्त्यमा परमेश्‍वरको घरका हितहरूमा हानि पुग्यो। साथै, मण्डलीका लागि सामान खरिद गर्दा पनि राम्ररी गरिएन, परिणामस्वरूप, भेटीहरूमा नोक्सानी भयो। यस्ता कुराहरू भइरहे। मलाई लाग्यो, राम्रै भयो, मेरो काममा कुनै ठूलो समस्या आएन। यसको जाँच हुँदा, ममाथि दोष आउँदैन। यो त मैले निकै लामो समयदेखि आफ्नो कर्तव्यप्रति राख्दै आएको एक प्रकारको गैरजिम्मेवार आचरण थियो र यसमा मैले कुनै गल्ती देखिनँ। एक दिन, मसँगै काम गर्ने एक जना सिस्टर मलाई खोज्दै आइन् र भनिन् कि, मैले आफ्नो कर्तव्यमा भार उठाइरहेकी छैनँ वा खुल्ला दृष्टिकोण राखिरहेकी छैनँ, तर आफ्नै काममा मात्र ध्यान दिइरहेकी छु र निर्णय गर्नमा सक्रिय रूपले भाग लिइरहेकी छैनँ। त्यो कुरा गम्भीर हो र यदि मैले त्यसलाई त्यागिनँ भने, ढिलो वा चाँडो म निष्कासित हुनेछु भनेर तिनले भनिन्। मैले आफ्नो कर्तव्यप्रतिको मेरो दृष्टिकोणबारे राम्ररी चिन्तन गर्नुपर्छ भनेर तिनले भनिन्। तिनको सङ्गतिपछि पनि मैले आत्मसमीक्षा गरिनँ। त्यसको सट्टा, मनमनै तर्क गरें: “के तपाईंले मैले भोगका यत्तिका पीडा देख्नुभएको छैन? यो काम राम्ररी गर्न धेरै कुरा गर्नुपर्ने हुन्छ। यदि मेरो जिम्मेवारीमा भएका काममा समस्याहरू भएमा, त्यसको दोष ममाथि आउँछ, त्यसपछि अरूले मलाई के सोच्छन्? तिनीहरूले म अयोग्य छु र व्यावहारिक काम गर्न सक्दिनँ भनेर सोच्नेछन्। अझ त्योभन्दा पनि, ती अरू कामहरूको जिम्मेवारी लिने व्यक्ति छैनन् र? यी निर्णयहरूमा मैले भाग लिँदैमा केही फरक पर्दैन।” तर मण्डलीको समग्र कामप्रतिको मेरो हेलचेक्र्याइँ र गैरजिम्मेवारी र मैले साँचो आत्मसमीक्षा नगरेको कारण परमेश्‍वरको क्रोध चाँडै ममाथि दन्कियो। यो जनवरीमा, एक जना अगुवा मकहाँ आए र भने, “दाजुभाइ-दिदीबहिनीहरूले भन्नुभएको, तपाईंले आफ्नो कर्तव्यमा भार उठाइरहनुभएको छैन रे, छलफल र निर्णयहरूमा तपाईंले आफ्नो धारणा प्रायः राख्नुहुन्न रे, तपाईंले ठोस सिफारिसहरू अघि ल्याइरहनुभएको छैन रे, र तपाईंले मण्डलीको कामप्रति अलिकति पनि जिम्मेवारी महसुस गर्नुहुन्न रे। छलफलपछि, सबैले तपाईंलाई बर्खास्त गर्नुपर्ने निर्णय गरेका छन्।” ती अगुवाको कुरा सुनेर, मेरो त पुरै अक्कलगुम भयो, झण्डै ढलेँ। सोचें, “यत्तिकै मलाई कसरी बर्खास्त गर्न सक्नुहुन्छ? हो, मण्डलीको समग्र काममा म त्यति सहभागी भइरहेकी छैनँ, तर हरेक दिन म आफ्ना जिम्मेवारीहरूमा अत्यन्तै व्यस्त रहन्छु र मैले निकै पीडा भोगेकी छु। मैले भार उठाइरहेकी छैनँ भनेर कसरी भन्न सक्नुहुन्छ? मैले कुनै समस्या खडा नगरी आफ्नो काम पूरा गर्नु नै पर्याप्त छैन र?” केही समयसम्म त मैले यस नतिजालाई स्वीकार गर्नै सकिनँ, तर परमेश्‍वरले गर्नुहुने सबै कुरा असल हुन्छन् र मसित चेतनाको कमी मात्र भएको हो भनेर मैले अझै विश्‍वास गरें। मैले परमेश्‍वरलाई प्रार्थना गरें र उहाँको मार्गदर्शन खोजें ताकि चिन्तन गर्न र आफूलाई चिन्न सकूँ।

एक पटक मैले परमेश्‍वरका वचनहरूमा मलाई उत्प्रेरित गर्ने एउटा खण्ड देखें। “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई हामी यसलाई नजिकबाट विश्लेषण गरौं। यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्दछ जसको कारण मानिसहरूले ऊसँग मानवता नै छैन भनेर भन्छन्? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रस्तुत गर्छन्? त्यस्ता मानिसहरू तिनीहरूको कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … आफूले गरेको कर्तव्यमा समस्या देखेपछि चुप लागेर बस्‍ने किसिमका मानिसहरू समेत हुन्छन्। तिनीहरू अरूले रोकावट र बाधाहरू उत्पन्न गरेका देख्छन्, तापनि तिनीहरूलाई रोक्न केही पनि गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा रत्तीभर पनि विचार गर्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य र जिम्मेवारीहरूको बारेमा नै सोच्छन्। तिनीहरू आफ्नै गर्व, इज्जत, ओहदा, हितहरू र सम्मानका निम्ति मात्र बोल्छन्, काम गर्छन्, डटेर खडा हुन्छन्, कोसिस गर्छन्, र ऊर्जा खर्च गर्छन्। त्यस्तो किसिमको कुनै व्यक्तिका कार्यहरू र उद्देश्यहरू सबैका लागि स्पष्ट हुन्छन्: जब सम्मान वा केही आशिष पाउने अवसर हुन्छ तब तिनीहरू देखा परिहाल्छन्। तर जब सम्मान पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाए जस्तै तिनीहरू दृश्यबाट हराउँछन्। के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? के यस्तो व्यवहार गर्ने अन्तस्करण र विवेकहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस प्रकारको व्यक्तिको अन्तस्करणले कुनै उद्देश्य पूरा गर्दैन, र तिनीहरूले कहिल्यै पनि स्व-निन्दाको महसुस गर्दैनन्। त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। जति धेरै पढेँ, उति नै धेरै मेरो मुटु छियाछिया भयो। म परमेश्‍वरले बताउनुभएकै जस्तो थिएँ। म आफ्नो कर्तव्यप्रति असावधान भएँ र अलग्गिएँ, आफ्ना जिम्मेवारी बाहिरका कुनै पनि कुरालाई ध्यान दिइनँ। मैले आफ्नै काममा मात्र ध्यान लगाएँ। आफ्नो प्रतिष्ठा र हैसियत प्राप्त गर्ने चाहना पूरा हुन सक्छ कि सक्दैन भनेर मात्र मैले विचार गरेकी थिएँ। मैले परमेश्‍वरको घरको कामलाई पिटिक्कै रक्षा गरेकी थिइनँ। त्यस समयबारे फर्केर सोच्दा, निर्णयहरू गर्न सबै जना छलफलमा सहभागी भएका बेला, मेरो जिम्मेवारीभन्दा बाहिर प्राप्त हुने सफलताले मलाई असल देखाउन मदत गर्नेछैन, अनि त्यसलाई राम्ररी सम्हाल्न सकिएन भने, दोष ममाथि आउँछ भनेर मैले सोच्‍ने गरेकी थिएँ। तसर्थ, सकेसम्‍म म त्यसमा भाग लिनेथिइनँ। मैले यसमा झारा टार्ने काम मात्र गर्थेँ, अरू सबैले जे गर्छन् त्यसैको पछि लाग्थें। त्यो त हेलचेक्र्याइँ र गैरजिम्मेवारी हो। म आफ्नो दायराभित्रको काममा असाध्यै लगनशील र परिश्रमी थिएँ, यदि समस्या खडा भएमा, मलाई काटछाँट र निराकरण गरिन्छ वा बर्खास्त गरिन्छ र पुरै बदनाम होइन्छ भनेर म भयभीत थिएँ। मैले आफ्नो काम राम्ररी पूरा गर्न र आफ्नो हैसियत र छविलाई जोगाउनका लागि निर्णय गर्ने कामलाई अवरोध र समयको बरबादी ठान्थें, यसले मलाई आफ्नो काम गर्नदेखि रोक्छ भनेर सोच्थें। मैले आफ्नो व्यवहारबारे चिन्तन गर्दा, के बुझें भने, आफ्नो कर्तव्य पूरा गर्नु पछाडिको मनसाय भनेको आफूलाई सन्तुष्ट पार्नु थियो, र मैले भोगेका ती सबै पीडाहरू आफ्नै लागि थिए। मैले परमेश्‍वरको घरको समग्र काम व हितहरूलाई रक्षा गर्न कुनै भार उठाएकी थिइनँ वा मसित जिम्मेवारीको भाव थिएन। म मानवता विहीन र यस्तो महत्वपूर्ण कामको लागि बिल्कुलै अयोग्य भएकी थिएँ। त्यसपछि, मैले आफ्नो बर्खासीलाई पूर्ण रूपले स्विकारेँ। मेरा कार्यहरू परमेश्‍वरको इच्छाअनुरूप छैनन् भनेर मलाई थाहा भए तापनि, मैले अझै मेरो प्रकृतिलाई बुझिनँ र वास्तवमा कुन कुराले गर्दा मैले आफ्नो कर्तव्यमा भार उठाइरहेकी छैन भन्‍ने मलाई थाहा थिएन। मेरो पूरा ध्यान प्रतिष्ठा र हैसियत प्राप्तिमा केन्द्रित थियो र मैले परमेश्‍वरको घरका हितहरूलाई पुरै अवहेलना गरेकी थिएँ। त्यसपछि, मैले प्रार्थना गरेर यस समस्यालाई परमेश्‍वरसामु राखें, मेरो समस्याको जड र सारलाई चिन्न अनि आफ्नो शैतानी स्वभावलाई बुझ्न डोऱ्याइ दिनुहोस् भनेर परमेश्‍वरलाई बिन्ती गरें ताकि मैले आफूलाई भित्री हृदयदेखि नै घृणा गर्न सकूँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको भिडियो हेरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्ट विरोधीको मानवताको अर्को चिन्‍ह—तिनीहरूमा कुनै सर्म नहुनु हो—त्यसबाहेक तिनीहरूमा असामान्य स्वार्थीपन र नीचता हुन्छ। तिनीहरू कति स्वार्थी हुन्छन्? अनि यो स्वार्थीपनको शाब्दिक व्याख्या के हो? तिनीहरूले आफ्ना हितहरू सम्बन्धी कुनै पनि कुरालाई पूरा ध्यान दिन्छन्: तिनीहरूले यसका लागि दु:ख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, आफैलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्ति विभाजनकारी वा विघटनकारी हुँदैछ भने पनि तिनीहरू त्यसलाई वास्ता गर्दैनन्। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, घिनलाग्दो, दुःखी हुन्छ भनी भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र नीच’ को रूपमा परिभाषित गर्दछौं। ख्रीष्ट विरोधीहरूको मानवताको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? जब कुनै कुरा तिनीहरूको प्रतिष्ठा वा इज्जतसित सम्बन्धित हुन्छ, तिनीहरू के गर्ने वा के भन्ने भनेर आफ्नो दिमाग खियाउँछन्, तिनीहरू सबैतिर दगुर्नुबाट रोकिँदैनन्, तिनीहरू खुसीसाथ ठूलो कठिनाइ भोग्छन्। तर परमेश्‍वरको घरको काम र सिद्धान्तसित सम्बन्धित कुराप्रति—दुष्ट मानिसहरूले बाधा दिँदा र हस्तक्षेप गर्दा, र हरप्रकारको दुष्ट काम गर्दा, र मण्डलीको कामलाई गम्भीर प्रभाव पार्दा पनि—तिनीहरू उदासीन र निश्चिन्त रहन्छन्, मानौं, तिनीहरूसँग त्यसको केही सम्बन्ध छैन। र यदि कसैले थाहा पाएर त्यो कुरालाई खुलासा गऱ्यो भने तिनीहरूले केही देखेका छैन भनी भन्छन्, र अनभिज्ञ भएको बहाना गर्छन्। जब मानिसहरूले तिनीहरूलाई रिपोर्ट गर्छन्, र तिनीहरू वास्तवमा को हुन् भनी तिनीहरूलाई प्रकट गरिदिन्छन्, तब तिनीहरू रातोपिरो हुन्छन्: कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो, त्यसमा को संलग्न थियो भनी त्यसको अनुसन्धान गर्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्‍जेल खाँदैनन् वा निदाउँदैनन्; कहिलेकहीँ त तिनीहरूलाई दोष लगाउनेहरूका सबै सहयोगीहरूलाई समेत तल खसालेपछि मात्र तिनीहरू खुसी हुन्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र प्रतिष्ठाका निम्ति, शुद्ध र सरल भएको अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै कार्य सञ्चालन गरिरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो नाकको अगाडिका कार्यहरूको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि परमेश्‍वरको घर र मण्डलीको काम आफ्नो फुर्सदको समयमा गर्ने काम हुन्छ, र तिनीहरूलाई सबै कुरा गर्नका लागि उत्प्रेरित गरिनुपर्छ। तिनीहरूका आफ्नै हितहरूको सुरक्षा गर्नु नै तिनीहरूको वास्तविक पेसा हुन्छ, तिनीहरूले वास्तविक व्यवसायलाई जस्तै गर्न मन पराउने कुरा। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको वा परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशसित सम्बन्धित कुनै पनि कुराको महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तो सुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्याहरू पहिचान गरे पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्ट विरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। तिनीहरू मण्डलीका मामिलाहरूप्रति बिलकुलै उदासीन हुन्छन्, चाहे ती मामिलाहरू जति नै ठूला किन नहोऊन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू अनिच्छुक बन्दै र लापरवाहीसाथ सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यसबारे सोध्दा टार्न खोज्छन्, अनिच्छापूर्वक त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र?(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशको सामना गर्नु मार्मिक र खिन्न पार्ने कुरा थियो। ख्रीष्टविरोधीहरूले मात्र आफ्नो नाम र हैसियतको लागि काम गर्छन्, अनि आफ्ना हित मुछिएको कुनै पनि कुरा गर्न तिनीहरू लगनशील हुन्छन्। त्यसको लागि, तिनीहरूले आफ्ना सबै मानसिक र शारीरिक शक्ति लगाउँछन्। आफूलाई फाइदा नहुने जुनसुकै कुरालाई तिनीहरू बेवास्ता गर्छन्। यो त विशेषगरी स्वार्थी र घृणित प्रकृति हो। मैले बुझें कि मेरो व्यवहार पनि ख्रीष्टविरोधीकै जस्तो भएको थियो, र मैले स्वार्थी र चालबाजी ढङ्गमा आफ्नै प्रतिष्ठा र हैसियतको लागि काम गरिरहेकी थिएँ। म यी शैतानी दर्शनहरू,“जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” र “जति कम समस्या, उति राम्रो” अनुसार जिइरहेकी थिएँ मैले आफ्नो जिम्मेवारीमा भएको कामलाई मात्र ध्यान दिइरहेकी थिएँ, जसले मेरो प्रतिष्ठा र हैसियतमा असर गर्न सक्थ्यो, अनि मेरो जिम्मेवारीको दायराभित्र नपर्ने कामलाई बेवास्ता र अवहेलना गरिरहेकी थिएँ। परिणामस्वरूप, परमेश्‍वरको घरको काम र उहाँलाई चढाइने भेटीमा गम्भीर क्षति पुग्न गयो। म स्वार्थी, आफ्नै मात्र हित चिताउने, घृणित र पतित थिएँ र भरपर्दो वा विश्‍वासयोग्य थिइनँ भनेर मैले देखें। त्यस समयलाई फर्केर हेर्दा, मण्डलीको काममा एकपछि अर्को समस्याको पहिरो नै आएको थियो, अनि राम्रोसँग काम नगरेकोमा अगुवाहरूले अरू दाजुभाइ-दिदीबहिनीहरूको कडा आलोचना गरे। मलाई सीधै आलोचना गरिएन, तर म पनि मण्डली अगुवा थिएँ र मसित पनि जिम्मेवारी थियो जसबाट पन्छिन मिल्दैन थियो। यदि मैले कामसम्बन्धी छलफलहरूमा लगनशील भई भाग लिएकी भए, सायद कतिपय समस्याहरू पत्ता लगाउन सक्थें, तर मैले केवल आफ्नो इज्जत र हैसियत जोगाउन अनि आफ्नै एक पोको जिम्मेवारीलाई ध्यान दिन चाहें। मैले परमेश्‍वरको घरका समग्र काम वा हितहरूलाई पटक्कै विचार गरिनँ। मैले आफ्नो कर्तव्यमा गरेका विभिन्न अपराधहरू र परमेश्‍वरको घरको काममा पुऱ्याएको अपूरणीय क्षतिलाई हेर्दा, मेरो हृदय पछुतो र आत्मग्लानिले भरियो। परमेश्‍वरले मलाई यस्तो महत्वपूर्ण कर्तव्यद्वारा उचाल्नुभयो, आफूलाई तिखार्ने मौका दिनुभयो ताकि मैले अझ चाँडो सत्यता सिक्न सकूँ। परमेश्‍वरले मलाई बचाउन सबै कुरा दाउमा लगाउनुभयो, मेरो निम्ति धेरै कुरा गर्नुभयो, र मैले धेरै वर्षसम्म परमेश्‍वरका वचनहरूको सिंचन र पोषण प्राप्त गरें, तरै पनि, मैले यसको ऋण अकृतज्ञ भएर चुक्ता गरें र आफ्नो कर्तव्य ठीकसित गर्न पूरा चाहिनँ वा परमेश्‍वरको प्रेमको साटो तिर्न चाहिनँ। मैले मेरो निराकरण नगरियोस् भनी आफ्नै इज्जत र हैसियत जोगाउनेबारे र आफ्नै सानो क्षेत्रबारे मात्र सोचें। यस महत्वपूर्ण कामप्रति म असावधान र गैरजिम्मेवार भएँ अनि परमेश्‍वरको घरका हितहरूमा हानि पुग्दा र मण्डलीको काम प्रभावित हुँदा, म केवल मूर्तीसरह खडा रहें। म भावशून्य र विवेकशून्य थिएँ। म कसरी मानव कहलिन लायक समेत थिएँ र? कुकुरलाई खानेकुरा दियो भने, त्यो जहिले पनि वफादार रहन्छ। म त त्यो जनावरभन्दा पनि खराब थिएँ। यसबारे जति धेरै सोचें, उति नै धेरै आफू अमानव भएको र परमेश्‍वरको अनुग्रह पाउन एकदमै अयोग्य भएको मलाई महसुस भयो। यति बेला, म परमेश्‍वरसामु आएँ र प्रार्थना गरें: “हे परमेश्‍वर, म गलत थिएँ। जे होस्, मैले परमेश्‍वरको घरको कामलाई रक्षा नगरी मेरो कर्तव्यमा आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र विचार गरेकी छु। म मानवता विहीन, स्वार्थी र आफ्नै मात्र हित चिताउने व्यक्ति थिएँ। आज बर्खास्त हुनु तपाईंको धार्मिकता थियो र त्योभन्दा पनि, मप्रति तपाईंको प्रेम र मुक्ति थियो। म तपाईंसँग पश्चात्ताप गर्न तयार छु।”

त्यसपछि, मैले “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ” बाट परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा तेरा विचारहरू, शब्दहरू, र व्यवहारहरूमा तँसँग सत्यतालाई अभ्यास गर्ने र सत्यता वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्ट कार्य गर्ने व्यक्ति होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा शैतानलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैंले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैंले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैंले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा तैंले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। परमेश्‍वरको स्वीकृति प्राप्त गर्नुको सट्टा, तँलाई दोषी ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के प्राप्त गर्न खोज्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। परमेश्‍वरका वचनहरूबाट मैले देखें कि उहाँको स्वभाव धर्मी र रीस उठाउन नसकिने छ। परमेश्‍वरले मानिसको हृदयको गहिराइ जाँच गर्नुहुन्छ, र यदि मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्नु बाहेक अन्य मनसायले आफ्नो कर्तव्य पूरा गर्छन्, सत्यता अभ्यासको गवाही दिन चुक्छन्, तर सबै कुरामा आफूलाई सन्तुष्ट पार्छन् र आफ्नै हितको पछि लाग्छन् भने, त्यसलाई परमेश्‍वर स्याबासी दिनुहुन्न। यस्तो कुरामा जति नै पीडा भोगे पनि, परमेश्‍वरले त्यसलाई याद गर्नुहुन्न, तर परमेश्‍वरले तिनीहरूलाई दुष्ट व्यक्तिको रूपमा निन्दा गर्नुहुन्छ। आफ्नो कर्तव्यप्रतिको मेरा मनसायहरू गलत थिए। ती परमेश्‍वरलाई सन्तुष्ट पार्नुका लागि थिएनन् तर मैले आफ्नै उद्योग चलाइरहेकी थिएँ। म आफू जिम्मेवार भएको कामको लागि पीडा भोग्न र प्रयास गर्न इच्छुक थिएँ, तर त्यो, अरूको दृष्टिमा आफ्नो हैसियत र छवि जोगाउनका लागि थियो। म आफूलाई पीडा भोगेको र कडा परिश्रम गरेको देखाएर, मानिसहरूको प्रशंसा प्राप्त गर्न र उनीहरूको मन जित्न चाहन्थें। यो अवश्यै मानिसहरूलाई फसाउन र परमेश्‍वर विरुद्ध होड गर्नको लागि थियो। यसले गम्भीर रूपमा परमेश्‍वरको स्वभावलाई चिढ्यायो। यदि मैले पश्चात्ताप नगरेको र परिवर्तन नभएको भए, अन्त्यमा परमेश्‍वरले मलाई पन्छाउनुहुनेथियो र हटाउनुहुनेथियो। परमेश्‍वरले मलाई आफूलाई तिखार्ने मौका दिनु नै एक जना अगुवाको कर्तव्य थियो। मण्डलीको समग्र कामको लागि अगुवाहरू जिम्मेवार हुन्छन्, र मण्डलीमा थुप्रै समस्या, कठिनाइ र मामिलाहरू समाधान गर्नुपर्ने हुन्छ। त्यसको लागि सत्यता र सिद्धान्तहरू धेरै खोजी गर्नुपर्ने हुन्छ। मैले काममा गल्ती गर्न सक्छु र मलाई काटछाँट व निराकरण गरिन सक्छ, तर निरन्तर समीक्षा, सुधार र चिन्तन गरेर मैले धेरै कुरा प्राप्त गर्नेछु। यी सबै व्यावहारिक ज्ञान हुन्, चाहे ती परमेश्‍वरको धर्मी स्वभावसँग सम्‍बन्धित होऊन् वा मेरो आफ्नै भ्रष्ट स्वभावसँग। तर म कृतज्ञ भइनँ र मैले यस अवसरको कदर गरिनँ। त्यसको सट्टा, मैले यसलाई अवरोध ठानें र परमेश्‍वरद्वारा सिद्ध पारिने यस मौकालाई गुमाएँ। यस्तो महत्वपूर्ण कर्तव्यमा, जिम्मेवार नभएर वा अरूसित सहकार्य नगरेर, र निर्णय, सुपरिवेक्षण वा देखरेख गर्ने काममा कुनै भूमिका निर्वाह नगरेर, कसरी मैलै वास्तवमै आफ्नो कर्तव्य गरिरहेकी थिएँ र? मैले परमेश्‍वरलाई मूर्ख बनाइरहेकी र छल गरिरहेकी थिएँ। मैले दुष्ट काम गरिरहेकी थिएँ।

पछि मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ। “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको आफ्नै हितको बारेमा सोच्नुपर्छ, अनि उहाँको कामको बारेमा सोच्नुपर्छ र यी सोचहरूलाई सबैभन्दा पहिलो र प्रमुख ठान्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैंले केही समयसम्‍म यसो गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यास गर्ने मार्ग दिए। परमेश्‍वरको घरका हितहरू प्राथमिकतामा पर्नुपर्छ। हामीले परमेश्‍वरको जाँचलाई स्वीकार्नुपर्छ र सत्यता खोजी गर्न ध्यान केन्द्रित गर्नुपर्छ, आफ्नो इज्जत, हैसियत र व्यक्तिगत चासोहरूलाई पर पन्छ्याउनुपर्छ, र सबै कुरामा परमेश्‍वरको घरको कामलाई रक्षा गर्नुपर्छ। परमेश्‍वरको इच्छाअनुरूप काम गर्ने अनि खुल्लासित र सम्मानपूर्वक जिउने एकमात्र मार्ग यही हो। मण्डलीको कामको लागि निर्णय गर्नमा सहभागी हुँदा मेरो आफ्नो काममा ढिलाइ हुन्छ भनेर म सधैँ सोच्ने गर्थें, तर त्यो व्यर्थको सोचाइ हो। वास्तवमा, सत्यता र सिद्धान्तहरू खोजी गर्न, प्राथमिकताको भावनालाई कायम राख्न र महत्वपूर्ण कामहरू देखभाल गर्न ध्यान केन्द्रित गर्दा काममा ढिलाइ हुँदैन। अनि निर्णय गर्नमा सहभागी हुँदा, तपाईंले अझ धेरै सिद्धान्तहरू बुझ्नुहुनेछ, तपाईंको कर्तव्य र तपाईं आफैलाई फाइदा हुनेछ। मण्डलीको कामका लागि संयुक्त रूपमा जिम्मेवार हुने केही अगुवाहरूलाई परमेश्‍वरको घरले हरेक मण्डलीमा चयन गरेको हुन्छ, त्यसैले, प्रत्येक व्यक्ति एक-अर्काको पूरक हुन सक्छ, एकअर्कालाई सुपरिवेक्षण र नियन्त्रण गर्न सक्छ। विशेषगरी, तिनीहरूले केही जटिल समस्याहरूबारे निर्णय गर्नुपर्दा, यसले, परमेश्‍वरको घरको काममा मनपरी निर्णय गर्दा र अन्तर्दृष्टिको कमीले गर्दा हुने क्षतिहरूलाई रोक्न सक्छ, तर म यस्तो महत्वपूर्ण कर्तव्यप्रति लापरवाह र असावधान थिएँ। म विश्‍वास गर्न योग्य पटक्कै थिइनँ अनि बर्खास्त गरिन र हटाइन लायक थिएँ। मैले यो कुरा बुझेपछि के सङ्कल्प गरें भने, भविष्यमा मेरो मुख्य जिम्मेवारी जेसुकै होस्, चाहे त्यो परमेश्‍वरको घरको काम होस् व त्यसमा समावेश हितहरू, त्यो त मेरो जिम्मेवारी र कर्तव्य हुनेछ, र परमेश्‍वरको घरको कामलाई रक्षा गर्न मैले सक्दो गर्नुपर्छ। म आफ्नै मात्र हित चिताउने स्वार्थी र घृणित व्यक्ति हुनेछैनँ।

पछि, म फेरि अर्को मण्डलीको लागि अगुवा चयन भएँ। यो, परमेश्‍वरले मलाई उच्च पार्नुभएको हो भनेर मलाई थाहा थियो। म स्वार्थी र घृणित भएकी थिएँ, तर परमेश्‍वरको घरले अझै मलाई यस्तो महत्वपूर्ण कर्तव्य निर्वाह गर्न दियो। मैले यसलाई उचित तरिकाले पूरा गर्ने शपथ खाएँ, म स्वार्थी ढङ्गमा आफ्नै कामलाई मात्र विचार गर्नेवाला थिइनँ। त्यो मण्डलीका तीन जना अगुवाहरूमध्ये म एक थिएँ, अनि कामको एक-एक भागप्रति हामी प्रत्येक जिम्मेवार थियौं। एक जना सिस्टरले मण्डलीका परियोजनाहरूबारे मसित सङ्गति गर्दा, मैले नबुझेका कुरा धेरै रहेछन् भनेर मैले थाहा पाएँ, त्यसको लागि समय र प्रयास चाहिन्थ्यो। हरेक दिन, मेरो कार्यतालिका व्यस्त थियो र कहिलेकाहीँ मलाई समय अपुग भएको महसुस हुन्थ्यो। एक दिन, मसँगै काम गर्ने सिस्टर मकहाँ आइन् र केही समस्याहरूबारे अरूसित सङ्गति गर्नमा मैले उनलाई सघाउनुपर्छ भनेर भनिन्। मैले सोचें, “केही दिनअघि, माथिल्लो तहका एक जना अगुवाले मेरो कामको समीक्षा गरिन् र मैले धेरै कुरा उचित तरिकामा गरेकी छैन भनेर भनिन्। मेरो समय एकदमै बहुमूल्य छ। यदि म तिनलाई मदत गर्न गएँ र मेरो काममा ढिलाइ भयो, र यसले गर्दा मैले नतिजाहरू प्राप्त गर्न सकिनँ भने, ती अगुवाले मलाई के सोच्छिन्? के तिनले मलाई अक्षम र व्यवहारिक काम गर्न नसक्ने रहेछ भन्‍ने ठान्छिन्? के फेरि म बर्खास्त हुनेछु?” त्यसरी विचार गर्दा, मैले फेरि आफ्नो इज्जत र हैसियतबारे सोचिरहेकी छु भन्‍ने महसुस गरें। मण्डलीको काम एउटै हो र म त्यसलाई विभाजन गर्न सक्दिनँ। यदि मैले आफ्नै जिम्मेवारीहरूलाई मात्र ध्यान दिएँ र अन्य सबै कुरालाई अवहेलना गरें भने, के त्यो स्वार्थी, घृणित र आफ्नै हितहरूलाई मात्र रक्षा गरेको हुँदैन र? म त्यसो गर्न सक्दिनथिएँ। मैले मेरा हितहरूलाई पर पन्छ्याउनुपर्थ्यो र मण्डलीका समस्याहरू समाधान गर्न यी सिस्टरसित सहकार्य गर्नुपर्थ्यो। त्यसैले, तिनीसँग भेलामा गएर सङ्गतिमा सघाउन म राजी भएँ। यसो गर्दा मलाई शान्ति महसुस भयो र सत्यता अभ्यास गर्दा प्राप्त हुने स्वतन्त्रता मैले महसुस गरें। मलाई आफ्नो कर्तव्यबाट बर्खास्त गरिँदा एकदमै दुःख लागे तापनि, यसले मलाई मूल्यवान् पाठ पनि सिकायो। यसले मलाई परमेश्‍वरको धर्मी र रीस उठाउन नसकिने स्वभावबारे व्यवहारिक चेतना दियो। मैले मेरो कर्तव्यप्रतिको गलत दृष्टिकोण र लापरवाह आचरणलाई पनि सुधार गरेकी छु। मलाई मुक्ति दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अपरिहार्य कर्तव्य

सेप्टेम्‍बर २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। त्यसपछि, मैले भेलाहरूमा निरन्तर सहभागिता जनाउन...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्